चुम्बन अघि ध्यान दिनुपर्नै पाँच कुरा

दुई व्यक्तिबीच कति प्रगाढ सम्बन्ध छ भने कुरा चुम्बनबाट पुष्टी हुने बताइन्छ । वा निकट सम्बन्ध भएकाहरुबीच मात्रै चुम्बन साटासाट हुन्छ । प्रेम व्यक्त गर्ने अनेक तरिका मध्ये चुम्बन सबैभन्दा लोकप्रिय विधी हो।

यौन साथीहरुबीच त यसको ठूलै महत्व छ । यौन सम्बन्ध अघिको फोरप्लेमा यसको महत्वपूर्ण भूमिका हन्छ । प्रेम र निकटता प्रकट गर्न गरिने चुम्बन सधै सकारात्म हुदैंन । कहले काहीँ सानो कुरामा ध्यान नपुर्याउदा यसले ठूलो समस्या सृजना गरि दिन्छ । र सम्बन्धमै संकट उत्पन्न हुने गरेका थुप्रै उदाहरणहरु छन ।

तर तपाईले चुम्बन अघि यी सुन्दा स–साना लाग्ने कुरामा ध्यान दिन सकेमा चुम्बन गर्दा उत्पन्न हुन सक्ने संकटबाट सचिलै बच्न सक्नु हुनेछ ।

चुम्बन अघि ध्यान दिनुपर्ने पाँच कुरा

१ श्वासको दुर्गन्ध
यदी तपाइँले कसैलाई माया, प्रेम व्यक्त गर्नका लागि चुम्बन गर्दै हुनुहुन्छ भने श्वासको दुर्गन्धको प्रसंग ननिकाल्नुस् । दुर्गन्ध अनुभव नै भएपनि यस्तो गन्हाएको वा यस्तो उस्तो भनेर टिप्पणी नगर्नुस् । यसले तपाइँको प्रेम एकैछिनमा घृणामा बदलिन सक्छ ।

२ चुम्बनको तुलना
कुनै पनि स्त्रीलाई चुम्बन गर्दै हुनु हुन्छ भने उसलाई पहिले उसको पूर्व प्रेमी वा पतिले कसरी चुम्बन गर्छ वा कस्तो स्टाइल भन्ने जस्ता प्रश्न नसोध्नुस् । यस्ता प्रश्न केटीहरुलाई मन पर्दैन ।

३ डकार
चुम्बन गर्ने समयमा डकार्नु सबैभन्दा असभ्य काम हो । तपाइँलाई डकार आइरहेको छ भने यस्तो समयमा चुम्बन नगर्नुस्।

४ मुड छैन
कुनै पनि स्त्रीलाई चुम्बन गर्दा मलाई मुड त छैन तर तिमीलाई खुसी पार्न चुम्बन गर्छु भन्ने जस्ता शब्दावली प्रयोग नगर्नुस् । यस्तो गर्नु भनेको प्रेमिल अवस्थालाई घृणामा बदल्नु जस्तै हो ।

५ मैले यस्तो सोंचेको छैन
कुनै पनि विपरित लिङ्गी ब्यक्तिसँग घुमफिर वा नजिक भएपछि चुम्बन गर्न चाहेमा मैले यस्तो सोंचेकै छैन नभन्नुस् । यस्तो भन्नु भनेको अर्काको चित्त दुखाउनु हो ।

सेक्स सम्बन्धी अनौठा ८ नियम

सेक्सका विषयमा समाजै पिच्छे आ–आफ्ना मान्यता, धारणा, परम्परा र कानून छन् । कहीँ सेक्सको विषयमा समाज निकै खुला हुन्छ भने कहीँ निकै कडा । अझ केही देशले सेक्सको विषयमा केही त्यस्ता परम्पारगत नियम कानुन बनाएका हुन्छन् जुन सुन्दा नै अनौठो लाग्छ । तरपनि यी कानून वा सामाजिक परम्पराको आफ्नै महत्व छ । सुन्दा नै अचम्म लाग्ने सेक्स सम्बन्धी विश्वका अनौठा ८ नियम यस्ता छन्ः १. बोलिभियाको सान्ता क्रुजमा पुरुषलाई कुनैपनि महिलाका आमाछोरीसँग एकैपटक सेक्स गर्न कानुनी रुपमा छुट छ । २. अमेरिकाको वासिंटनस्थित एक क्षेत्रमा कुमारी केटीसँग सेक्स गर्नु कानुनी अपराध मानिन्छ चाहे त्यो विवाहको पहिलो रात किन नहोस् । ३. कोलम्बियामा महिलालाई केबल आफ्ना पतिसँग मात्र सेक्स गर्न छुट छ । तर आफ्ना पतिसँग सेक्स गर्दा पनि उनले साक्षीको रुपमा आफ्नी आमालाई अगाडि राख्नुपर्छ । ४. बहराइनमा पुरुष डाक्टरका लागि मेडिकल जाँचका दौरान महिलाको गुप्तांग हेर्ने छुट छ । तर पुरुष डाक्टरले महिलाको गुप्तांग सिधा आँखाले हेर्न पाउँदैन, ऐनामा हेर्नुपर्छ । ५. केही मध्यपूर्वी देशहरुमा एक इस्लामिक कानुन विद्यमान छ, जस अनुसार यदि कुनै पुरुषले भेडासँग सेक्स गरेको फेला परेमा उसलाई सजायँको रुपमा भेडाकै मासु खुवाइन्छ । ६. लेबनानमा पुरुषलाई पशुका साथ सेक्स गर्ने छुट छ । तर पशु पोथी हुनु आवश्यक छ । यदि कुनै पुरुषले भाले पशुसँग सेक्स गरेको पाइएमा उसलाई मृत्युदण्डको सजाय हुन्छ । ७. अमेरिकाको नेवादामा कण्डम विना सेक्स गर्नु कानूनी अपराध मानिन्छ । ८. भर्जिनियाको रोम्बोचमा सेक्सका बेला बत्ती बाल्नु गैरकानुनी रहेको छ ।

थाहा पाउनुहोस् सुगर पत्ता लगाउने तरिका

मंसिर १३ । वैज्ञानिकहरुले एक यस्तो सेन्सर मेसिन विकसित गरेका छन् जुन पसिना आइरहेको छालाको विश्लेषणबाटै व्यक्तिको रगतमा कति मात्रामा सुगर लेवल छ भन्ने पत्ता लगाउन सकिन्छ र यसका लागि थोरै पसिना पनि काफी छ । दक्षिण कोरियाका वैज्ञानिकहरुको एक टीमले गरेको परीक्षणमा यो सेन्सर पूरापूर सफल भएको बीबीसीले उल्लेख गरेको छ । वैज्ञानिकहरुले यो पनि दाबी गरेका छन् की आफूहरुले पत्ता लगाएको यो सेन्सरले खासगरी मधुमेहका बिरामीलाई धेरैभन्दा धेरै सहयोग पुर्याउने छ । यो सेन्सर सानो पेच र सानो सियोद्वारा बनाइएको छ । यो सेन्सरले मधुमेहको दवाई आफ से आफ भित्र पुुर्याइदिने काम गर्दछ । सोल यूनिभर्सिटीको टीमले मधुमेहका बिरामीलाई पीडादायी रगत निकाल्ने पुरानो तरिकामा राहत दिलाउन यो सेन्सर उपयोगी हुने बताइएको छ । सेन्सरले यस्तो मद्दत गर्दछ सेन्सर धेरै नै लचिलो खालको हुने गर्दछ त्यसकारण यो छालाभित्र विना ‘खाई घुसाउन सजिलो हुन्छ । तर पनि वैज्ञानिकहरुको चुनौती तत्कालका लागि कम भने भएको छैन् किनभने जति सुगर लेवल मानिसको रगतमा हुने गर्दछ त्यति उस्को पसिनामा हुदैन् । यस्तो अवस्थामा व्यक्तिमा सुगर पत्ता लगाउने काम सजिलो छैन् । यस्को साथै पसिनामा अन्य विभिन्न किशिमका क्यामिकल्स समेत हुने गर्दछन् । पसिनामा पाईने क्यामिकल्समा लेक्टिक एसिड समेत पाइने गर्दछ जस्ले सुगरको सहि लेवलमा प्रभावित हुने सम्भावना रहन्छ । यो सेन्सरको पेचमा पनि तीनवटा सेन्सर फेरी राखिएको हुन्छ जस्ले रगतमा भएको सुगर लेवल पत्ता लगाउने काम गर्दछ । पसीनामा एसिडिटीको परीक्षण तथा ह्यूमडिटी सेन्सरले पसीनाको स्तर पनि पत्ता लगाउन सकिन्छ । यी सबैलाई पसीना निस्किने छिद्र वा अर्थात स– सना प्वालहरुमा पर्ने गरी लगाइन्छ र यसले त्याहाँ पसीना सोस्ने काम पनि गर्दछ । यस प्रक्रियामा सेन्सरले गरेका सबै सूचना कप्यूटरमा प्राप्त हुने गरी जडान गरिएको हुन्छ र सुगरको लेवल पत्ता लाग्ने गर्दछ । बीबीसी  

ध्यान दिनुहोस् गर्भवती हुँदा यसरी सुत्नुपर्छ

मंसिर ५ । एक अध्ययनले गर्भवती महिलाहरुले गर्भावस्थाको तीन महिनापछि बिस्तारामा दायाँ–बायाँ फर्की–फर्की अर्थात कोल्टे फेर्दै सुत्ने गरेमा मृत बच्चा जन्मिने खतरा धेरै हदसम्म कम हुने देखाएको छ । एक हजार गर्भवती महिलाहरुमा गरिएको उक्त अध्ययनले गर्भावस्थाको आखिरी महिनामा कम्मरको बलमा सुत्ने गर्नाले मृत बच्चा जन्मिने खतरा बढि भेटिएको छ । अध्ययनका क्रममा समावेश गरिएका २९१ बच्चाहरु मृत जन्मेका थिए भने ७३५ बच्चा स्वस्थ रुपमा नै जन्मिएका थिए । शोधकर्ताका अनुसार यदि गर्भवती महिलाहरु दिउँसो अथवा राति जतिबेला सुत्दा पनि कम्मरमा जोड नदिई यताउता फर्किदै सुत्दै गर्नु अति आवश्यक छ । तर निदाएर बिउँझिदा आफ्नो शरीरको बल कम्मरमा परेको महसुस भएमा भने त्यसलाई तनावको विषय नबनाई हल्का रुपमा लिन पनि उनिहरुले सुझाव दिएका छन् । ब्रिटेनमा प्रत्येक वर्ष २२५ शिशु मृत रुपमा जन्मिने गर्दछन् । शोधकर्ताहरुका अनुसार यदि गर्भवती महिलाहरु दायाँ बायाँ फर्किदै सुत्दै गरेमा भने यो मृत्युदर घटाएर १३० शिशुको ज्यान जोगाउन सकिने छ । माइनेस स्टडी एक उपल्लो स्तरको अध्ययन हो जुन ब्रिटेनको स्त्री एवंं प्रसूतीसँग सम्बन्धित अखबारमा हालै छापिएको छ । यो शोधले अष्ट्रेलिया तथा न्यूजीरल्याण्डमा गरिएका यसैविषयका अध्ययनहरुको पनि पुष्टि गर्ने बीबीसीले उल्लेख गरेको छ । यो रिसर्चलाई प्रोफेसर एलेक्जेण्डर हीजलको नेतृत्वमा पूरा गरिएको हो जो टाँमिल स्टिलबर्थ रिसर्च सेण्टरका निर्देशक समेत हन् । अध्ययनका क्रममा समावेश गरिएका गर्भवती महिलाहरुलाई खासगरी तपाईको सुताइएको पोजिन कस्तो छ भनी सोधिएको थियो । शोधकर्ताले गर्भवती महिलाहरुलाई यो सुझाव दिएका छन् कि तपाई कस्तो पोजिनमा उठ्नुहुन्छ त्यतातिर पटक्कै ध्यान नदिनुहोस् तर तपाई कस्तो पोजिनमा सुत्नुहुन्छ त्यसतर्फ भने खुब चनाखो हुनुहोस् । शोधकर्ताहरुले दाबीका साथ नबताएपनि आँकडाहरुले सुताइका कारण मृत बच्चा जन्मने खतरा अधिक हुने देखाएको बताएका छन् । जब कोही गर्भवती महिला कम्मरको बलमा सुत्छिन् तब बच्चा तथा गर्भाशयको कारण रक्तनलीमा दबाब सिर्जना हुने गर्दछ र बच्चालाई रगत तथा अक्सिजन पर्याप्त मात्रामा पुग्दैन् जस्काकारण शिशुको मृत्यु हुन सक्दछ । शोधकर्ताहरुले गर्भावस्थामा कसरी सुत्ने केही टिप्स पनि दिएका छन् । जुन यहाँ प्रस्तुत गरिन्छ । कम्मरको पछाडी सिरानी राखेर सुत्ने गरौं ता कि यताउता फर्किदै सुत्न सहिजो होस्। राति निद्राबाट बिउँझिदा चेक गरौं कि आफू कुन पोजिसनमा सुतेको थे भनेर त्यसपछि फेरी अर्कोतिर फर्केर सुतौं । दिनमा सुत्दा पनि घरी दायाँ घरी बायाँ फर्केर्दै सुत्दै गरौं। यदि रातमा ब्युझिँदा तपाईलाई कम्मरको बलमा सुतेको महसुस भयो भने नआत्तिनुहोस् केही फरक पर्दैन् । तपाई दायाँ तथा बायाँ जतापनि फर्केर सुत्न सक्नुहुन्छ तर पोजिसन भने परिवर्तन गरिरहनुहोस् । बीबीसी

यौन इच्छा हुँदा पनि उत्तेजना आउँदैन किन ?

म २० वर्षीया युवती हुँ । म हप्तामा एकपटक यौनसम्पर्क गर्छु । ममा चाहना पनि छ कि म यौनसम्पर्क गरूँ, तर किन हो ममा उत्तेजना नै हुँदैन । शारीरिक रूपमा मलाई सम्बन्धका लागि कुनै समस्या छैन । के मैले कुनै चिकित्सकबाट जाँच गराउनुपर्छ ? के यो कुनै रोग हो ? यौनेच्छा वा यौन व्यग्रता मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो । यसका लागि चाहिने यौन उत्तेजना पनि स्वाभाविक रूपमै व्यक्तिमा हुन्छ । मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन् । एक त इन्डोक्राइन सिस्टम अन्तर्गतका रागरसहरूले त्यसको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले ।गर्छ । यौनसम्पर्क, उत्तेजना र चरमसुख  तपाईंले पक्कै पनि मानव यौन प्रतिक्रिया चक्रका बारेमा सुन्नुभएको होला । पहिलो चरणलाई उत्तेजनाको चरण भनिन्छ र त्यसमा यौन उत्तेजना दिने क्रियाकलापलाई निरन्तरता दिए एबितभबग चरणमा पुगिन्छ । प्लाटो फेजमा भएको यौन stimulation निरन्तर रूपमा बढाउँदै लान सकिए एउटा यस्तो बिन्दुमा पुगिन्छ जसमा पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ । यतिबेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दमध्येको सर्वोत्कृष्ट सुख अनुभव गर्छ । यसैलाई चरमसुख भनिन्छ । यौनसम्पर्क नै यसलाई प्राप्त गर्ने सबैभन्दा महत्वपूर्ण उपाय हो । मैले तपाईंले यौनसम्पर्क राखेर पनि उत्तेजना नपाउने भन्नुभएको कुरा चरमसुखलाई भन्नुभएको मानेर जवाफ दिने प्रयास गरेको छु । अन्यथा भए पुन: आफ्नो कुरालाई विस्तृतमा लेख्नुहोला । महिलामा चरमसुखको चरणमा मांसपेशीहरूमा निकै तनाव आउँछ र त्यो आफैं खुम्चने तथा खुल्ने हुन्छ । श्वास–प्रश्वासको गति तथा मुटुको गति बढेर दोब्बर हुन्छ भने रक्तचाप समेत बढ्छ । पाठेघर तथा योनिको बाहिरी भाग तथा शरीरको तल्लो भागका मांसपेशीहरू खुम्चने तथा फुक्ने हुन्छन् । पूर्ण चरमसुख प्राप्त हुँदा मांसपेशी खुम्चने फुक्ने क्रम १० देखि १५ पटक सम्म हुन्छ । बुझ्नुपर्ने कुरा के छ भने आधारभूत रूपमा महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै भए पनि पनि केही कुरामा भने फरक हुन्छ । चरमसुखको स्थितिसम्म पुग्न पुरुषको तुलनामा महिलालाई बढी समय लाग्छ । यदि चरमसुखको चरणपछि पनि यौन स्टिमुलेसन (stimulation) निरन्तर रूपमा भैरह्यो भने कतिपय महिलाले एक पटकभन्दा बढी चरमसुख प्राप्त गर्न सक्छन्, तर पुरुषहरूमा भने यस्तो हुँदैन । महिला तथा पुरुषबीचको सबैभन्दा महत्वपूर्ण फरक Refractory Periodम हो । पुरुषहरू चरमसुख पाएर पुरानै अवस्था फर्किएपछि केही समयका लागि यौन रूपमा उत्तेजित हुन सक्दैनन्, तर महिलाले यौन चरमसुखपछि पनि यौन क्रियाकलापलाई निरन्तरता दिन सक्छन् । यौन चाहनाको सञ्चालन यौनेच्छा वा यौन व्यग्रता मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो । यसका लागि चाहिने यौन उत्तेजना पनि स्वाभाविक रूपमै व्यक्तिमा हुन्छ । मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन् । एक त इन्डोक्राइन सिस्टम (endocrine system) अन्तर्गतका रागरसहरूले त्यसको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले । टेस्टेस्टेरोनले यौनेच्छा वा यौन व्यग्रताका लागि महत्वपूर्ण भूमिका खेल्छ । यौन उत्तेजनामा स्वभाविक रूपमै इन्द्रियहरूको महत्वपूर्ण भूमिका हुन्छ । यौनसम्पर्क पनि एक विशेष किसिमको स्पर्श नै हो । यौन उत्तेजनाको स्रोत जेसुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ । वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने यौन उत्तेजनालाई स्नायु प्रणाली तथा यौनाङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलताका रूपमा परिभाषित गर्न सकिन्छ । महिलालाई यौन चरमसुख प्राप्त गर्न के कुरा सहयोगी हुन्छ ?  पुरुष तथा महिलाको यौन प्रतिक्रिया चक्रमा हुने भिन्नता तथा अन्य कारणले हरेक यौन सम्पर्कमा यौन चरमसुखको अपेक्षा राख्नु मनासिव होइन । फेरि पुरुष माथि रहेर गरिने यौनसम्पर्कमा त महिलाको सबैभन्दा बढी यौन संवेदनशील अङ्ग भगांकुरको घर्षण नै हुँदैन । महिला माथितिर रहेर महिलाले आफूले चाहेजस्तो कटि प्रदेश चलाउन सक्छन् अनि भगांकुरलाई हात वा औंलाले वा यौन प्रसाधन जस्तै— भाइब्रेटर प्रयोग गरेर यौन सन्तुष्टि प्राप्त गर्न सकिन्छ । त्यसबाहेक योनि, स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउने जस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ । यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सहज हुन्छ । यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई साथसाथै चरमसुख प्राप्त गर्न मद्दत मिल्छ । पुरुषको तुलनामा महिलालाई यौन चरमसुखसम्म पुग्न केही बढी समय लाग्दा पुरुषले आफ्नो चरमसुखपछि लिङ्ग झिक्दा यौन क्रियाकलापले निरन्तरता पाउन सक्दैन र महिला असन्तुष्ट नै बस्नुपर्ने स्थिति आउँछ । कुनै यौनसम्पर्क पुरुषको तथा कुनै महिलाको यौनसुख प्राप्तिलाई ध्यानमा राखेर गर्न सके महिलालाई यौनसम्पर्कबाट पूर्ण सन्तुष्टि प्राप्त गर्न सहज हुन्छ । चरमसुख नै नहुने कुरा  यद्यपि केही व्यक्तिले चरमसुखको अनुभव नै गर्न सक्दैनन् भने अर्कातिर विभिन्न कारणले सजिलै यौन चरमसुख प्राप्त हुन सक्दैन । दीर्घ किसिमको विमारी, मधुमेह, कटि प्रदेशको चोटपटक, कतिपय उच्च रक्तचाप, एन्टिहिस्टामिन वा मानसिक रोगका औषधीको प्रभाव वा हार्मोनमा हुने असन्तुलनजस्ता कतिपय कुराले चरमसुख प्राप्त गर्न गाह्रो हुन्छ । कुनै पनि कारणले हुने चिन्ता वा निराशाले यौन क्रियाकलाप अनि यौन चरमसुख प्राप्तिमा असर गर्छ । अहिले आधुनिक समाजको दैनिक जीवनका चापाचापको कार्यशैली होस् वा आर्थिक कारणले हुने तनाव, यसमा त्यसको नकारात्मक प्रभाव पर्छ नै । स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या, शंका वा जानकारी आवश्यक भए चिकित्सकलाई देखाउने वा सल्लाह लिने विचार उत्तम हो । त्यसका लागि आफूलाई के भएको हो अनि के जान्न चाहेको हो, राम्रोसँग तयारी गरेर जानुहोला ।

किन पुरुषलाई बिहान र महिलालाई राति सेक्स गर्ने चाहना बढी हुन्छ ? कारण जानिराखौं

सामान्यतः मानिसहरु यौनको बारेमा धेरै कुराकानी गर्न रुचाउँदैनन् । तर सुखद जीवनको लागि यौन जीवन पनि सुखद हुनु जरुरी छ । यसको लागि यौनका बारेमा एकअर्कामा खुलेर कुरा गर्ने वातावरण हुनुपर्दछ । जसरी जीवनमा खाना, निन्द्रा र अन्य दैनिक काम जरुरी छ, सेक्स पनि त्यतिकै जरुरी छ । हाम्रो समाजमा यौनकै कारण कतिपय परिवार भाँडिएको छ, झगडाको बिउ रोपिएको छ । यो यसकारण पनि भइरहेको छ कि हामीलाई यौनको जैविक जानकारी कम छ। हामीमध्ये धेरैलाई सेक्स कतिबेला गर्नुपर्छ भन्ने नै थाहा छैन हालसालै अमेरिकन मेडिकल एसोसिएसनमा भएको एक अनुसन्धानमा पुरुष बिहानको समयमा यौन गर्न बढी इच्छुक हुने रहस्य खुलेको छ । तर, ठिक उल्टो महिला भने मध्यरातमा बढी रोमान्टिक हुने र यौन सम्पर्क गर्न रुचाउने तथ्य सार्वजनिक भएको छ । उक्त अनुसन्धानका अनुसार यस्तो हुनुको पछाडि हर्मोनले भूमिका खेल्ने गर्दछ । हर्मोनकै कारण महिला राति बढी रोमान्टिक हुन्छन् भने पुरुषलाई यतिबेला कम रुचि राख्ने वा सुत्ने गर्दछन् । यस्तै समस्या महिलालाई बिहान हुन्छ । बिहानको समयमा पुरुष धेरै रोमान्टिक हुन्छन् भने महिला ठिक उल्टो । अनुसन्धानमा पत्ता लागे अनुसार बिहान ५ देखि ७ बजेसम्म पुरुषको टेस्टेस्टेरोन हर्मोनको मात्रा बढी हुन्छ जसको कारण पुरुषको मन त्यतिबेला बढी रोमान्टिक हुन्छ र उनीहरु सेक्सको लागि लालायित हुन्छन् । बिहानको समय पुरुषको हर्मोन अरु समयमा भन्दा २५ देखि ५० प्रतिशतसम्म बढ्छ । महिलामा पनि टेस्टेस्टेरोन हर्मोन त बन्छ तर एस्ट्रोजन र प्रोजेस्टेरोनका कारण सन्तुलित रहन्छ । महिलामा यसको मात्रा राति बढ्छ जसका कारण उनीहरु रातको समयमा सेक्सका लागि बढी लालायित हुन्छन् । अनुसन्धानमा पुरुष जति गहिरो निन्द्रा सुत्छन्, त्यति टेस्टेस्टेरोनको मात्रा बढी हुने तथ्य खुलेको छ । अमेरिकन मेडिकल एसोसिएसनले गरेको उक्त अध्ययनका अनुसार ५ घन्टाभन्दा बढी सुत्नाले पुरुषमा टेस्टेस्टेरोनको मात्रा १५ प्रतिशतसम्म बढ्न सक्छ । अनुसन्धानका अनुसार सुतेर उठ्दा पुरुषमा यौनको चाहना धेरै हुन्छ जबकि यसको उल्टो महिलामा एकदमै कम । साँझ ६ बजेपछि पुरुषमा टेस्टेस्टेरोनको मात्र घट्न थाल्छ । जबकि महिलामा सेक्स हर्मोनहरु बढ्न थाल्छ । साँझ ढल्कन थालेपछि महिलाहरुमा ३० प्रतिशतभन्दा बढी सेक्सको चाहना बढ्छ । सबैभन्दा धेरै ध्यान दिनुपर्ने कुरा त अनुसन्धानबाट अफिसको तनाव बढी हुने पुरुषमा टेस्टेस्टेरोनको मात्रा घट्छ । यसैगरी आफूलाई मन पर्ने टिमले खेल जित्दा पनि टेस्टेस्टेरोन हर्मोन २० प्रतिशतसम्म बढ्ने अनुसन्धानबाट खुलेको छ । एजेन्सीबाट

शनिबार राति महिलाहरुले के गरे सेक्सी देखिने गर्छन् ? जानिराखौं

कार्तिक २५ । ‘स्याटडे नाइट’ अर्थात शनिबारको रात पुरुषका लागि मात्र खास नभई दुनियाँभरका महिलाका लागि समेत खास बन्ने गरेको बेलायतमा गरिएको एक सर्वेले देखाएको छ । बेलायतको हेल्थ एण्ड ब्युटी रिटेलर सुपर डगको अध्ययनअनुसार धेरै महिला सातामा एकदिन आफूलाई आफ्नो काबुमा राख्न सक्दैन । त्यो दिन भनेको शनिवारको रात हो । अध्ययनका अनुसार महिला आफुलाई ‘सिडक्टिव फिल’ गराउन विभिन्न तरीका अपनाउँछन् । उनीहरू शनिवारको रातलाई विशेष बनाउन तातो पानीले नुहाउने, नयाँ कपडा लगाउने र पुश अप ब्रालगाउन मन पराउँछन् । आफुलाई सेक्सी फिल गराउन ‘परफ्यूम’को हल्का प्रयोग, राम्रो हेयर स्टाइल र सेक्सी स्माइल बढी प्रयोग गर्छन् । यस्तो छ सर्वेको परिणामः — २००० महिलामा गरिएको सर्भेमा आधाभन्दा बढी महिलाले परफ्यूमको हल्का स्प्रे स्पेसल फिल गराउनको लागि मन पराए । — एक तिहार्इभन्दा बढी महिलालाई भने नयाँ हेयर कलरले सेक्सी भएको फिल गराउन मद्दत पुर्यायो । —सेक्सी लुक पाउन नियमित व्यायाम गर्ने, टाइट फिटिङ कपडा लगाउने, शर्ट स्कट र गहना लगाउनले पनि सर्भेका क्रममा भेटिएका थिए । —अध्ययनका अनुसार महिला आफुलाई सेक्सी फिल गर्न सो दिन केही घण्टा समय बिताउँछन् । एजेन्सीबाट

पुरुषहरुले यौनसम्पर्क गर्नुअघि यी कुरामा ध्यान दिनुहोस्

आफ्नो यौनपार्टनरसंग यौन सम्बन्ध बनाउनुभन्दा पहिला पुरुषहरुले यी कुरामा ध्यान दिनुहोस्, जस्ले भरपुर आनन्दको साथै यौनसम्पर्कको समयावधि पनि लम्ब्याउन सकिन्छ । शान्त तथा सकारात्मक रहनुहोस्– पुरुषहरुमा शीघ्रपतन उतिने समस्याको विषय बन्ने गरेको छ जति मानसिक समस्या हुने गर्दछ । यस्लाई आफ्नो कमजोरीका रुपमा नलिऊ र आफूलाई दोष दिन बन्द गरौं । आफैले आफैलाई गर्ने अविश्वास, शंकाका कारण सेक्समा आत्मविश्वास तथा आत्मसम्मान खस्कन नदिऊ । बरु सकारात्मक सोचौं, आफूमा आवश्यक परिवर्तन ल्याउन तपाई सक्षम हुनसक्नुहुन्छ । आफैसंग अभ्यास आफैसं यौन अभ्यास गर्नुलाई सामान्य बोलीचालीको भाषामा हस्तमैथुन भनिन्छ । यो तरिका पूर्णतया स्वस्थवद्र्धक तथा स्वभाविक प्रक्रिया भएको विज्ञहरु बताउँछन् । तपाईले आफ्नो यौनक्षमता बढाउनका लागि हस्तमैथुन नियमित गर्दा फाइदा हुनेछ । यस्ले शिघ्रपतनबाट बच्न पनि मद्दत पुर्याउने छ । यतिसम्म की हस्तमैथुनले तपाईलाई तनाव तथा थकानबाट पनि मुक्ति दिलाउन सहयोग गर्दछ । यो अभ्यासले आफ्नो शरीर र यस्को इस्टामिनाका बरेमा तपाई स्वंमलाई परिचित गराइदिन्छ । यसबाट तपाई यौनसम्पर्कका बेला गति कति बेला बढाउने वा घटाउने भन्नेमा पनि थाहा पाउन सक्नुहुन्छ । सम्भव भएसम्म नियमित यौनसाथी खोजौं पुरुषहरुमा कोही नयाँ महिलाको साथमा पहिलो पटकमा नै विशेषरुपमा उत्तेजित हुने प्रवृत्ति हावी हुने विशेषज्ञहरु बताउँछन् । खासगरी यस्ती महिलासँग की जोसंग शारीरिक आकर्षण पहिलाबाट नै थियो र यौनसम्पर्क भएको थिएन । मात्र एउटा मात्र साथीसँग वा श्रीमतीसँग मात्र दिगो यौनसम्बन्ध राख्नु नै शारीरिक तथा मानसकि हिसाबले उत्तम मानिन्छ किनभने तपाई यौनसम्पर्कका बेला जति पुरानो यौनपार्टनर भयो उति खुल्न सक्नुहुन्छ र आत्मविश्वास पनि उच्च रहेको हुन्छ । कण्डमको प्रयोग गर्नुहोस् धेरै पुरुषहरुको एउटै गुनाँसो रहेको हुन्छ की कण्डमको प्रयोगले सोचेजति यौनान्द प्राप्त हुदैंन। तर तपाई विस्तारामा अधिक समय यौनपार्टनरसँग बिताउन चाहानुहुन्छ भने यसको प्रयोग गर्नेपर्छ जस्को कारण तपाई निर्धक्कसंग यौनसम्पर्क गर्न सक्नुहुन्छ भने गर्भ बस्ने तथा यौन रोग लाग्ने जोखिमबाट मुक्त हुन सक्नुहुन्छ । मदिरा तथा धु्रमपान कम गरौं यस्ता पदार्थको सेवनले पुरुषहरुमा शिघ्र स्खलनको समस्या बढ्ने हुँदा सकेसम्म नखाएको राम्रो यदि खाने बानी भएमा कम गर्दै लैजानुहोस् । एजेन्सी

जाडोमा रुघाखोकीबाट जोगिने घरेलु उपाय

यो वर्षको जाडो मौसम सुरु भइसकेको छ । मौसम परिर्वतनसँगै मानिसमा विभिन्न स्वास्थ्य समस्या पनि देखिन थलिसकेको छ । धेरैजसोमा रुघाखोकी र सर्दीको समस्या देखिएको छ । रुघाखोकी र सर्दीको उपचार सुरुकै अवस्थामा नगरे गम्भीर खालका रोगले आक्रमण गर्न पनि सक्छ । उसो त बजारमा रुघाखोकी र सर्दीबाट जोगिन विभिन्न प्रकारका औषधिहरू पनि पाइन्छ । तर, केही यस्ता घरेलु उपाय छन् जसलाई अपनाए यस्ता समस्याबट राहत पाउन सकिन्छ । जानौं ती उपाय — आयुर्वेदमा मरिचलाई विभिन्न औषधिको रुपमा लिइन्छ । सर्दी लागेको बेला मरिचको धूलोमा मह मिसाएर खानाले निकै फाइदा हुन्छ । — एक गिलास तातो दुधमा खजूरलाई राम्रोसँग उमालेर पिउनाले सर्दीमा राहत हुन्छ । — दिनमा ४–५ पटक महमा अदुवा मिसाएर खानाले सर्दीमा राहत र चाँडै निको हुन्छ । — तुलसी, पुदिना र मरिचले बनेको काढ़ा पिउनाले घाँटीको खसखस कम हुनुको साथै सर्दी पनि निको हुन्छ । — बेसारमा एन्टी भाइरल र एन्टी ब्याक्टेरियल गुण पाइन्छ । जसले सर्दी र रुघाखोकी निको गर्न मद्दत गर्छ । त्यसैले सर्दी भए तातो दुधमा एक चम्चा बेसार मिसाएर पिउदा स्वास्थ्यलाई निकै फाइदा पुग्छ । — दालचिनी र जाइफललाई बराबर मात्रामा पिसेर बिहान बेलुका महसँग खानाले रुघाखोकी र सर्दीमा राहत मिल्छ । —सर्दीको कारण ज्वरो आएको अनुभव भए दुई कप पानीमा ज्वानो र गुड उमाल्ने र जब पानी आधा हुन्छ त्यो पानी पिउने । उक्त पानीको सेवनले ज्वरो चाँडै निको हुन्छ । एजेन्सीको सहयोगी

सेक्स गर्नका लागि बिहानको साँढे सात बजेको समय उपयुक्त हुने

कार्तिक २२ । यदि तपाईं बिहान चाँडै उठेर आफ्नो क्रियाकलाप सुरु गर्ने प्रयास गर्नु हुन्छ अब त्यसलाई केही समयकालागि रोकिदिनुस् । एक नयाँ अध्ययनका अनुसार बिहान यौनसम्बन्ध राख्नाले तपाईँलाई अनेक फाइदा हुन सक्छ । जानौँ फाइदा र कारण अध्ययनमा के आयो नयाँ रु हेल्थ एन्ड फिटनेस कम्पनी फोर्जा सप्लीमेन्टको अध्ययनमा विहानको समय यौन सम्बन्ध राख्नाले फाइदा हुने तथ्य सामने आएको हो । उक्त अध्ययनका अनुसार प्रायःजसो व्यक्तिले बिहान साढे सात बजेको समयमा यौनसम्बन्ध राख्नाले तनाव कमहुने र दिनको सुरुवातपनि राम्रो हुने बताए । अध्ययनमा सहभागी मानिसहरुले बिहानको समय यौनसम्बन्ध राख्नाले पुरै दिन मुड फ्रेश रहने बताए । यसको एक लोजिकल कारण भनेको बिहानको समयमा पुरुषको टेस्टोस्टेरोन लेभेल निकै उच्च रहन्छ । जसले गर्दा उक्त समय यौन सम्बन्ध राख्दा निकै जोशिलो र धेरै समय टिक्ने हुन्छ । फोर्जा सप्लीमेन्ट रिसर्चमा मानिसको सर्केडियन रिदम ९स्लीपरवेक साइकिल र उक्त समयको तपाईँको गतिविधि० लाई अवलोक नगर्न चाहन्थे । उनले १ हजार मानिसलाई समावेश गराएर यो अध्ययन गरेका थिए । अध्ययनकर्ताले अध्ययनमा सहभागिलाई आफ्नो दैनिक क्रियाकलाप जस्तै स् व्यायाम, घरको काम, अफिसको काम र सेक्सको बेला राम्रो प्रदर्शन ९फरफम० गर्ने गर्छन् ती सबैलाई ध्यान दिनका लागि भनेका थिए । के यसो गर्नाले साच्चि हुन्छ फाइदारु के बिहान उठेर यौन सम्पर्क गर्नुको कुनै फाइदा छ त रु पक्कै पनि छ १ आफ्नो दिनचर्यामा एउटा सानो परिवर्तन गरेर तपाईँ आफ्नो तौल कम गर्न सक्नु हुन्छ साथै फिट रहन र कार्य क्षमतापनि बढाउन सक्नुुहुन्छ । अन्त्यमा फाइदाका साथै तपाईँ रोमान्टिक पार्टनर हुनुको कम्प्लिमेन्ट पनिपाउन सक्नु हुन्छ । एजेन्सीको सहयोगमा

नियमित सेक्सपछि महिलामा यसको रुचि घट्ने

कार्तिक २२ । एक अध्ययनका अनुसार, महिला आफ्नो पार्टनरसँग बाह्रै महिना सेक्सबाट बोर हुने गर्छन् । लामो समयसम्म सम्बन्धमा बसेपछि महिलाले सेक्सलाई त्यति महत्व दिँदैनन्। क्यालिफोर्निया विश्वविद्यालय, सन फ्रान्सिस्कोका वैज्ञानिक र साउथह्याम्प्टन यूनिभर्सिटीका अध्ययनकर्ताले संयुक्त रुपमा उक्त अध्ययन गरेका छन् । अध्ययनकर्ताले लण्डनका ११ हजार ५ सय ८ जनामा गरेको अध्ययनमा महिलामा सेक्सप्रति रुची चाँडै नै समाप्त हुन्छ भने पुरुषमा सेक्सप्रति रुचि रहिहन्छ । अध्ययनमा ६ हजार ६ सय ६८ महिला र ४ हजार ८ सय ३९ पुरुषहरूलाई सहभागी गराइएको थियो । सहभागी सबै पछिल्लो एक वर्षदेखि आफ्नो पार्टनरसँग सक्रिय रुपले सेक्स गर्दै थिए । अध्ययनमा महिलामा सेक्स प्रति अधिकतम रुची केवल एक वर्षसम्म मात्रै रहन्छ। त्यसपछि उनीहरू सेक्सबाट भाग्न खोज्छन् । तर पुरुषमा यस प्रकारको कुनै परिर्वतन आउँदैन । सेक्स लाइफबाट महिलामा तनाव कम अध्ययनकर्ताका अनुसार नियमित सेक्स गर्ने महिलामा तनाव कम हुन सक्छ । उनीहरूको रोग प्रतिरोधात्मक क्षमता पनि अन्यको तुलनामा बढी रहेको अध्ययनले देखाएको छ । यस्ता महिला लामो समयसम्म बाँच्ने पनि गरेका छन् । सातामा कम्तीमा एक पटक सेक्स गर्ने महिलामा उमेर बढ्न थाल्छ भन्ने तथ्य अध्ययनले सार्वजनिक गरेको छ । यस्तो छ अध्ययनको रिपोर्ट ४५ देखि ५४ वर्षः अध्ययनमा सहभागी यो उमेर समूहका पाँच महिलामध्ये दुई जनाले सेक्न लाइफबाट सन्तुष्ट नभएको बताएका थिए । ५५ देखि ६४ वर्ष स् ३८ दशमलव ८ प्रतिशतले सेक्समा रुची नभएको बताएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । ४५ देखि ५४ वर्षः ३७ दशमलव ९ प्रतिशत महिलाले पनि सेक्समा कुनै रुची अध्ययनका क्रममा जनाएका थिए । ६५ देखि ६४ः अध्ययनमा सहभागि मध्ये ३४ दशमलव २ प्रतिशतले सेक्समा रुची नभएको बताए । उमेर बढ्दै जाँदा सेक्समा रुचि कम अध्ययनका अनुसार उमेर बढ्दै जादा सेक्सप्रति रुची कम हुँदै गएको छ । यो क्रम पुरुषमा भन्दा महिलामा बढी भएको पाइयो । विशेषज्ञका अनुसार यस्तो हुनुमा मोनोपज प्रमुख कारण हुन सक्छ । किनकी त्यो समय हर्मोनल परिवर्तन अत्यधिक हुन्छ । केही विशेषज्ञका अनुसार अधबैंसे उमेरका महिलामा घर र बाहिर दुवैतिर बढ्दो उत्तरदायित्वले कमी आउन सक्छ। आमा बनेपछि सेक्समा रुची कम महिला जब आमा बनेपछि बच्चाका कारणले सेक्समा रुची घट्ने अध्ययनले देखाएको छ । अध्ययनमा सहभागी यस्ता ५० प्रतिशत महिलाले रुची देखाएका थिएनन् । एजेन्सीको सहयोगमा

उमेरअनुसार यौनसम्पर्क कति पटकसम्म गर्दा राम्रो मानिन्छ त ?

कति पटक यौनसम्पर्क राख्ने भन्ने कुराको कुनै नियम छैन । यो पूर्ण रुपले तपाईंको खुशीमा भरपर्छ । तर, यो विषयमा भएको एक अध्ययनमा केही निश्कर्ष निकालिएको छ की उमेरअनुसार मानिसले कति पटकसम्म सेक्स गर्नुपर्छ भनेर । किन्जी इन्स्टिच्यूट अफ रिसर्च इन सेक्स, रिप्रोक्डशन एन्ड जेन्डरले गरेको अध्ययन अनुसार वर्षभरिमा कति पटक सेक्स गर्नु उपयुक्त हुन्छ भनेर सार्वजनिक गरेको छ । परिणाम निकै रोचक छ । अध्ययनमा १८ देखि २९ वर्षसम्म मानिसले वर्षमा औसत ११२ पटकसम्म यौन सम्पर्क राख्छन् । यस्तै ३० देखि ३९ वर्ष उमेर समूहका मानिसले वर्षमा औसत ८६ पटक सेक्स गर्ने गरेको पाइयो भने ४० देखि ४९ वर्ष उमेर समूहका मानिसले वर्षमा ६९ पटक सेक्स गरेको पाइयो ।विवाहपछिको नतिजा अचम्मको कुरा यो थियो की १३ प्रतिशत नवविवाहिता जोडी यस्ता थिए जसले वर्षभरिमै सेक्स गर्न कम गरिसकेका थिए । त्यस्तै ४५ प्रतिशत दम्पतीले महिनामा कहिलेकाही मात्रै सेक्स गर्ने गरेका थिए । फ्रिक्वेन्सी कम हुनुको कारण विवाहपछि सेक्सको ‘फ्रिक्वेन्सी’ कम हुनुको कारण जिम्मेवारी बढ्नु पनि हो। जस्तैः हेक्टिक वर्क सेड्युल, घरको काम आदि । एक्सर्ट्सका अनुसार उमेर बढ्नुको साथै मानिसमा रोगले पनि आक्रमण गर्न थाल्छ जसले सेक्सप्रतिको इच्छा कम हुँदै जान्छ । के भन्छ अरु तथ्यांकले ३४ प्रतिशत मानिसले सातामा दुईदेखि तीन पटकसम्म सेक्स गरेको स्विकारे । सात प्रतिशतले सातामा चारदेखि पाँच पटकसम्म सेक्स गर्न रुचाउँथे । याद राखौँ माथि दिइएको तथ्यांकबाट आफ्नो सेक्स लाइफको तुलना गर्नु भन्दा पहिले लामो सास लिनुस् र यो ध्यान राख्नुस की सेक्सको अर्थ मिल्ने साथीसँग राम्रो समय बिताउनु पनि हो । जबसम्म तपाईं र तपाईंको पार्टनर सेक्सबाट सन्तुष्ट बन्छन त्यसले फरक पार्दैन की कति समयसम्म सेक्स गर्नुपर्छ भनेर । एजेन्सीको सहयोगमा

८५ वर्षका श्रीमानले ८० वर्षीया श्रीमतीलार्इ दिए सेक्स टोय उपहार

डा. राजन ताज्या छाला तथा यौन रोग विशेषज्ञ काठमाडौं, कार्तिक २१ जब ८५ वर्षका वृद्ध सेक्स टोय खरिद गर्न पुगे… उमेर बढ्दै गएपछि यौन क्षमतामा पनि ह्रास आउँदै जान्छ । तर, एकजना ८५ वर्षका वृद्ध कण्डम हाउसमा आएपछि युवराज अचम्ममा परेका थिए । युवराज ती वृद्धको कथा सुनाउँछन्, ‘काठमाडौंबाटै वृद्धदम्पती मेरो पसलमा आउनुभयो । वृद्धको उमेर ८५ वर्ष र उनको श्रीमतीको उमेर ८० भन्दा कमको रहेछ । मसँग आएर ती वृद्धले भन्नुभयो, ‘हामीले पछिल्लो डेढ महिनासम्म सहज रूपमा यौनसम्पर्क गरिरहेका थियौँ । अचानक मेरो यौनांग उत्तेजित हुन छाड्यो । त्यसैले श्रीमतीका लागि सेक्स टोय लिन आएको ।’ उनीहरूले सेक्स टोय खरिद गरेर लगेको केही समयपछि वृद्धको त्यस्तो समस्या निको भएको कण्डम हाउसका युवराजले जानकारी दिए । श्रीमतीलाई सेक्स टोय उपहार केही वर्षदेखि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उल्लेख्य रूपमा बढ्दो छ । दिनमा औसत १५ सयले रोजगारीका लागि देश छाड्ने गरेको तथ्यांकले देखाउँछ । वैदेशिक रोजगारीका लागि श्रीमती छाडेर जानेहरूले श्रीमतीलाई सेक्स टोय गिफ्ट दिने प्रचलन पनि बढ्न थालेको छ । मेरो सपिङका सञ्चालक भन्छन्, ‘रोजगारीका लागि विदेश जानेहरूका श्रीमतीहरूले पनि सेक्स टोय खरिद गर्ने गर्दछन् । कतिपयले विदेशबाटै आफ्ना श्रीमतीलाई सेक्स टोय पु¥याइदिन आग्रह गर्दछन् भने कतिले विदेश जानुपूर्व गिफ्ट दिन्छन् ।’ उनका अनुसार मध्यमवर्गीय परिवारका सदस्यले अत्यधिक मात्रमा सेक्स टोय प्रयोग गर्ने गरेका छन् । भन्छन्, ‘सम्पन्न मान्छेले त पैसाले जे पनि खरिद गर्न सक्छन् । तर, मध्यमवर्गीयका लागि असम्भव हुन्छ । अत्यधिक मध्यमवर्गीय परिवारले सेक्स टोयको प्रयोग गर्दछन् ।’ सेक्स टोयको प्रयोगकर्ता नेता र कलाकार पनि नेता र चर्चित नायक–नायिकाले पनि सेक्स टोय प्रयोग गर्ने गरेका छन् । एक–दुईजनाले मात्र नभई दर्जनौँको संख्यामा । कतिपय हिरोइनहरू पसलमै पुगेर खरिद गर्ने गरेका छन् भने कतिपयले घरमै मगाउँछन् । युवराजका अनुसार सेक्स टोय प्रयोग गर्नेमा चर्चित हिरो, हिरोइन नै बढी छन् । भन्छन्, ‘कतिपयले त मैले सेक्स टोय प्रयोग गर्छु भनेर अन्तर्वार्ता पनि दिनुभएको छ ।’ सेक्स टोय प्रयोग गर्नेमा नेताको संख्या अझ बढी भएको युवराज बताउँछन् । भन्छन्, ‘सेक्स टोय प्रयोग गर्नेहरूमा केन्द्रीय स्तरकै नेताहरूको संख्या बढी छ ।’ हाइप्रोफाइल सेलेब्रिटीले पनि सेक्स टोय प्रयोग गर्ने गरेको उनको भनाइ छ । श्रीमान्–श्रीमतीमै सेक्स टोय मोह अचम्मको कुरा त के भने कतिपय दम्पती एउटै ओच्छ्यानमा सुते पनि छुट्टाछुट्टै सेक्स टोय प्रयोग गरेर यौन सन्तुष्टि लिने गर्छन् । खासगरी एक–अर्काबीचको सम्बन्ध राम्रो नभएको र खटपट भइरहने दम्पतीले यसो गर्ने गरेको युवराज बताउँछन् । उसो त यस्ता थुप्रै दम्पती आफ्ना ग्राहक भएको युवराजको दाबी छ । ‘श्रीमान्–श्रीमतीको आ–आफ्नै अर्कै सेक्स पार्टनर भएको र खटपट परेकाले आफ्नो पार्टनरको अभावमा सेक्स टोय प्रयोग गर्ने मेरा थुप्रै ग्राहक हुनुहुन्छ’, उनी भन्छन् । प्रायः ४० वर्षभन्दा माथि उमेर समूहका दम्पतीले यसरी सेक्स टोय प्रयोग गर्छन् । युवराजका अनुसार सेक्स टोय प्रयोगकर्तामध्येका १५ प्रतिशत दम्पती यस्ता छन् । तेस्रोलिंगीको मोह तेस्रोलिंगी र समलिंगीले पनि सेक्स टोयको प्रयोग गर्ने गरेका छन् । यस्ता खालका थुप्रै ग्राहक युवराजको सम्पर्कमा छन् । समलिंगीको स्वभाव भएका, तर बुवाआमाको दबाबमा विपरीत लिंगीसँग बिहे गरेकाहरूले पनि सेक्स टोय प्रयोग गरेको पाइन्छ । युवराज भन्छन्, ‘यौनकर्मीहरू सेक्स टोय खरिद गर्न आउँदैनन् । तर, तेस्रोलिंगी र समलिंगी सेक्स टोय प्रयोग कर्ताको संख्या भने ठूलै छ ।’ कतिपयले बुब्सहरू पनि खरिद गर्ने गरेको युवराज बताउँछन् ।कति हुन्छ खपत, कस्ता हुन्छन् सेक्स टोय काठमाडौंमा पाँचवटा सेक्स टोयका पसल छन् । तर, उनीहरूले सेक्स टोयको मात्र व्यापारचाहिँ गर्दैनन् । उनीहरूले यौनसम्पर्कका लागि अन्य अस्थायी साधनको सँगै व्यापार गर्ने गर्दछन् । कन्डम हाउसको मात्र काठमाडौंमा तीनवटा शाखा छन् । गोंगबु, चाबहिल र सुन्धारा । केही समयअघि काठमाडौंमा स्विट सेक्रेट नामक सेक्स टोयको व्यापार गरे पनि पछिल्लो समय उक्त पसल बन्द भइसकेको छ । काठमाडौंमा दैनिक औसत ८÷९ वटाको दरले सेक्स टोयको व्यापार हुने गरेको छ । व्यवसायी भने सेक्स टोयको उत्साहप्रद व्यापारचाहिँ नभएको बताउँछन् । तीनदेखि ६ हजार रुपैयाँसम्मको सेक्स टोय अत्यधिक बिक्री हुने व्यवसायी बताउँछन् । देशभर भने नौवटाभन्दा बढी सेक्स टोयका पसल छन् । स्वचालित पेनिसदेखि स्तन, भेजिना मसाजरको सामग्रीलगायतका यौन सामग्री नेपालमा उपलब्ध छ । काठमाडौंमा पछिल्लो समय फुल बडीको सेक्स टोय उपलब्ध नभए पनि पोखरामा भने उपलब्ध छ । युवराज भन्छन्, ‘हामीले सबै प्रकारका सेक्स टोय राखेका थियौँ । तर, त्यस्ता प्रकृतिको सेक्स टोय बिक्री नभएपछि अहिले हामीकहाँ छैन ।’ काठमाडौंमा ११ सयदेखि १२–१३ हजार मूल्यसम्मका सेक्स खेलौना उपलब्ध छन् । कहाँबाट आउँछ सेक्स टोय ? नेपालमा कन्डम हाउसले होलसेलमा सेक्स टोय बिक्री गर्दै आएको छ । कन्डम हाउसबाटै काठमाडौंबाहिर पनि सेक्स टोय जाने गरेको छ । नेपालमा चीन, थाइल्यान्ड, जापान, मलेसिया र कोरियाबाट सेक्स टोय ल्याउने गरिन्छ । अनलाइनबाट पनि किनमेल अनलाइन बिजनेस मेरो सपिङले तीन वर्षदेखि सेक्स टोयको व्यापार गर्दै आएको छ । मेरो सपिङ पनि पुरुषको तुलनामा महिलाका लागि दोब्बर संख्यामा सेक्स टोय बिक्री हुने बताउँछ । मेरो सपिङमा भने अत्यधिक मात्रामा टिन एजर्सले सेक्स टोयको माग गर्ने गर्छन् । तर, उनीहरूले आफ्नो परिचय भने राम्रोसँग नखुलाउने गरेको सञ्चालक बताउँछन् । भाइवर, फेसबुक म्यासेन्जरमार्फत पेनिस, टाइटेनिङ जेललगायतका सामग्री मगाउने गर्दछन् । तर, अनलाइनमा यस्ता सामान मगाउनेले आफ्नो नाम सत्य नबताउने मेरो सपिङका सञ्चालक बताउँछन् । भन्छन्, ‘उहाँहरूले साथी वा आफन्तलाई चाहिएको उल्लेख गर्नुहुन्छ र आफ्नो नाम पनि बताउनुहुन्छ ।’ नेपालका प्रायः सेक्स टोय पसलेले होम डेलिभरी नगरे पनि मेरो सपिङको विशेषता भने होम डेलिभरी नै हो । सेक्स टोयको इतिहास सेक्स टोयलाई अहिले पनि सामाजिक रूपमा बहिष्कार गरिँदै आएको छ । यस विषयमा खुलेर बहस गर्ने परिस्थिति अझै पनि निर्माण भइसकेको पाइँदैन । तर, सेक्स टोयको इतिहास भने जोकोहीको सोचाइसँग मेल नखान सक्छ । प्राचीन समयमा पनि विभिन्न प्रकारका यौनोत्तेजक तथा कृत्रिम यौन सामग्री (सेक्स टोय)को प्रयोग हुने गरेको पाइएको थियो । प्राचीन रोम तथा ग्रिस सभ्यतामा सेक्स टोयका रूपमा विभिन्न सामग्री प्रयोग हुने गरेको पाइएको छ । जर्मनीस्थित तुबियान विश्वविद्यालयमा प्राग इतिहास तथा पारिस्थितिक प्रणाली विषयका प्राध्यापक निकोलस कोनार्डले पुरुषको यौनांग आकारमा निर्माण गरिएका ढुंगाका यौनोत्तेजक सामग्री प्राचीन समयमा प्रयोग हुने गरेको उल्लेख गरेका छन् । तत्कालीन समयमा प्रयोग गरिने यौनोत्तेजक सामग्री काठ, छाला, सिसा, ढुंगा, चाँदी, सुन र विभिन्न जनावरका सिङबाट बनाइएका हुन्थे । तर, यस्ता वस्तुबाट निर्माण गरिएका यौनोत्तेजक सामग्री निकै कडा किसिमका हुने भएकाले यी वस्तुमा निकै मिहिनेतका साथ कलात्मक तथा विभिन्न रङको पोलिस गरी प्रयोग गर्न निकै सहज हुने गरी निर्माण गरिएका हुन्थे । हालसम्म पनि महिला तथा पुरुष दुवैले प्रयोग गर्ने सेक्स टोयमा सिसा, चाँदी र सुनजस्ता विभिन्न धातु तथा रबर प्रयोग हुने गरेको छ । मानिसले कहिलेबाट यौनोत्तेजक सामग्रीको प्रयोग गर्न थाले भन्ने प्रश्नको ठ्याक्कै सही र तथ्यपरक उत्तर प्राप्त गर्न गाह्रो छ । तैपनि जर्मनीको एक गाउँको गुफामा भेट्टाइएको ढुंगाबाट निर्मित पुरुष तथा महिलाको यौनांग आकारका वस्तु पाइएकाले ती वस्तु नै विश्वका सबैभन्दा पुराना यौनोत्तेजक सामग्री भएको मानिँदै आएको छ । करिब २७ हजारदेखि ३० हजार वर्ष पुराना ती सामग्री निकै कडा भएको बताइन्छ । तसर्थ सो समयभन्दा पहिले नै मानिसले यौनोत्तेजक तथा कृत्रिम यौन सामग्री प्रयोग गर्ने गरेको अनुमान लगाउन सकिन्छ । उन्नाइसाैँ शताब्दीमा सेक्स टोयको निर्माण तथा प्रयोगले ठूलो फड्को मारेको देखिन्छ । आधुनिक सेक्स टोय निर्माण हुन थालेको पनि यही समयबाट नै हो । उन्नाइसौँ शताब्दीमा आइपुग्दा सेक्स टोय विद्युतीय उपकरण बन्न पुग्यो । इसापूर्व ६००० तिर महिला तथा पुरुषका यौनांगमा अलौकिक शक्ति हुने गरेको विश्वास गरिन्थ्यो । सो समयभन्दा पहिले नै पनि निर्माण गरिएका पुरुषको यौनांगकै रूप दिइएका सामग्री टर्कीमा पाइएका छन् । प्राचीन समयका सेक्स टोय निकै कडा र प्रयोग गर्दा असुविधा हुने भएकाले इसापूर्व ५०० तिर ग्रिसमा ब्रेड बनाउन प्रयोग गरिने विभिन्न अन्नको पिठो सुकाएर ‘डिल्डो’ (पुरुषको कृत्रिम यौनांग) निर्माण गरी प्रयोग हुने गरेको बताइन्छ । इसापूर्व १०० तिर इजिप्टकी रानी क्लियोपेट्राले पहिलोपटक भाइब्रेटर प्रयोग गरेको उल्लेख गरिएको छ । लौका सुकाएर खाली गरी प्रयोग गरेका वेला आवाज निकाल्ने खालका ससाना वस्तु राख्न उनले आप्mना सेवकलाई निर्देशन दिएकी थिइन् । सन् ५०० तिर कृत्रिम यौनांगको विकासले निकै ठूलो फड्को मारेको पाइन्छ । पुरुषको अण्डकोष आकारकै केही गिलो वस्तु डिल्डोमा अड्याउन थालियो । यसको प्रयोगले महिलाको यौनांग बाहिर बिस्तारै घर्षण पैदा गर्ने र यौन उत्तेजना वृद्धि गर्ने बताइएको सो प्रयासले आधुनिक सेक्स टोय निर्माणमा निकै सहयोग पु¥याएको विश्लेषण गर्ने गरिएको छ । सो अभ्यास जापानमा गरिएको थियो । यसलाई पछि ‘डम्ब बेल’ भन्न थालियो । मध्यकाल (सन् १००० को वरिपरिको समय)मा पाश्चात्य जगत्मा चर्च निकै शक्तिशाली थियो । कुनै प्रकारका यौनोत्तेजक तथा यौन सामग्री प्रयोग गर्नुलाई पाप गरेको मानिन्थ्यो । सन् १३६८ देखि सन् १६४४ को बीचमा चीनमा मिङ वंशको शासन रहेका वेला पुरुषको कृत्रिम यौनांग र ‘पेनिस रिङ’ (पुरुषको यौनांगमा राखिने रिङ) मा हात्तीका दारा तथा बहुमूल्य धातुको प्रयोग गरिएको इतिहास छ । उन्नाइसाँै शताब्दीमा सेक्स टोयको निर्माण तथा प्रयोगले ठूलो फड्को मारेको देखिन्छ । आधुनिक सेक्स टोय निर्माण हुन थालेको पनि यही समयबाट नै हो । उन्नाइसौँ शताब्दीमा आइपुग्दा सेक्स टोय विद्युतीय उपकरण बन्न पुग्यो । थोमस एल्बा एडिसनले विद्युतीय बल्बको आविष्कार गरेपछि सेक्स टोयमा पनि विद्युत् प्रयोग हुन लामो समय लागेन । भाइब्रेटरलगायतका सेक्स टोयमा विद्युत् अपरिहार्य बन्न पुग्यो । अमेरिकी वैज्ञानिक जर्ज टेलरले सन् १८६९ मा वाष्प इन्जिनबाट सञ्चालित हुने भाइब्रेटर निर्माण गरेका थिए । उनले यसलाई म्यानिपुलेटर नाम दिएका थिए । यसपछि विभिन्न आकार–प्रकार र विशेषता भएका विभिन्न प्रकारका सेक्स टोय निर्माण हुने क्रमले गति लिएको देखिन्छ । डा. राजन ताज्या छाला तथा यौन रोग विशेषज्ञ सचेतना नअपनाए क्यान्सर हुन सक्छ सेक्स टोयको प्रयोग पछिल्लो समयमा अत्यधिक हुन थालेको छ । सामान्य प्रयोगका लागि त कुनै फरक पार्दैन, तर ह्याबिट भयो या यसकै कारण रेगुलर काममै असर पर्ने अवस्था आयो भनेचाहिँ समस्या सिर्जना हुन्छ । यसलाई निरन्तर ग¥यो भने इन्फेक्सन पनि हुन सक्छ । विज्ञसँग परामर्श गरेर यसको प्रयोग गर्नुपर्छ । विभिन्न प्रकारका हुने भएकाले बिहेपूर्व र बिहेपश्चात् प्रयोग गर्ने साधनहरू पनि फरक–फरक हुन्छन् । खासगरी सिलिकनबाट बनेका यस्ता सामग्रीले त्यति धेरै स्वास्थ्यमा असर त गर्दैन, तर कतिपय क्वालिटी नभएका वा प्लास्टिकहरू मिसिएका भएचाहिँ क्यान्सर पनि हुन सक्छ । अर्को कुरा निरन्तर प्रयोग गरेपछि होमोजिनियस सेक्समा आउँदा समस्या सिर्जना पनि हुन सक्छ । करिब चार महिनाअघिको कुरा हो । धनगढीकी सुविना (नाम परिवर्तन)ले काठमाडौंस्थित सेक्स टोय (यौन खेलौना) पसलमा फोन गरिन् र भनिन्, ‘तपाईंलाई मेरो श्रीमान्ले केही भन्नुभएको थियो ?’ सुविनाले फोन गरेको अघिल्लो दिन उनका श्रीमान्ले पसलमालिकलाई फोन गरेका थिए । जो स्पेनमा बस्दै आएका थिए । उनले जिज्ञासा राखेका थिए, ‘त्यहाँ कस्ता खालका सेक्स टोय पाइन्छ ? मेरी श्रीमतीलाई पनि चाहिएको थियो ।’ पसलेले सम्पूर्ण जानकारी दिए । सो जानकारी श्रीमान्ले सुविनालाई सेयर गरेका थिए । सुविनाले सबै जानकारी पाइसकेपछि सेक्स टोय झिकाइन् । त्यसको एक हप्तापछि उनी काठमाडौंकै सेक्स टोय पसलमा आइन् । दुई दिनको यात्रा गरेर उनी सेक्स टोय खरिद गर्न काठमाडौंसम्म आइन् । ६ हजार रुपैयाँमा किनेको उक्त सेक्स टोय सुविनालाई सानो भएपछि अलि ठूलो आकारको टोय लगिन् । करिब आठ वर्षपहिलेको कुरा हो । रामेछापबाट एकजना पुरुष सुन्धारास्थित सेक्स टोय पसलमा आए । उनले पसलेलाई भने, ‘मेरो बहिनीका लागि सेक्स टोय चाहियो ।’ पसले दंग खाए । ती पुरुष बहिनीका लागि सेक्स टोय खरिद गर्न आउनुको कारणचाहिँ बडो दर्दनाक थियो । उनका ज्वाइँ सशस्त्र द्वन्द्वका वेला मारिएका थिए । बहिनी समीक्षा (नाम परिवर्तन)का दुई सन्तान थिए । घरमा अपहेलित भएपछि उनी माइतीमा बस्दै आएकी थिइन् । बिस्तारै समीक्षा छटपटाउन थालिन् । उनी घरि अचेत बन्थिन्, घरि केटा देख्नासाथ हातमा जे भेट्यो त्यसैले झम्टिन्थिन् । समीक्षाका लागि लामो समय धामी–झाँक्री र औषधि–मूलो गर्दा पनि उनको रोग बीसको उन्नाइस भएन । एक दिन समीक्षा खेतको डिलमा बसेर दाह्रा किटिरहेकी थिइन् । त्यस्तो गतिविधि भाउजूले देखेपछि घरमा आएर श्रीमान्लाई भनिन्, ‘बहिनीको बिहे गरेपछि पो ठीक हुन्छ कि ?’ त्यसपछि समीक्षाका दाइ काठमाडौं आएर सेक्स टोय खरिद गरे । ३५ सय रुपैयाँको सेक्स टोय खरिद गर्नका लागि पाँस सय रुपैयाँ पुगेन । तर, पछि ल्याइदिनु भन्दै पसलेले उपलब्ध गराए । त्यसको तीन महिनामा पाँच सय रुपैयाँ बोकेर उनी त्यहाँ आइपुगे । उनको मुख हँसिलो थियो । भने, ‘मैले वर्षौंदेखि औषधि गर्दा पनि केही सुधार भएको थिएन, अहिले पूर्ण रूपमा निको भयो । तपाईंलाई धन्यवाद ।’ एकपटक ह्विलचेयरमा बसेर एक अधबैँसे दम्पती कन्डम हाउस पुगे । उनीहरूले पसलेसँग आफ्नो समस्या बताए । केहीबेरपछि श्रीमान्ले भने, ‘मलाई स्पाइनल कर्ड इन्जुरी भएको ५–६ वर्ष भइसक्यो । यदि रुचि भए अरूसँग सेक्स गर्दा हुन्छ भनेर पनि मैले पटक–पटक भनेँ । तर, उसले मानिनँ । बिहे गरभन्दा पनि मान्दिनँ । एउटा राम्रो खालको सेक्स टोय दिनुपर्यो ।’ माथिका घटना उदाहरण मात्रै हुन्, नेपालमा सेक्स टोय प्रयोग गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको थाहा हुन्छ । ०६५ सालमा काठमाडौंमा पहिलोपटक कन्डम हाउसको नाममा सेक्स टोय पसल खुलेको थियो । त्यसपश्चात् काठमाडौं, पोखरा, चितवन, इटहरी र दमकमा गरी नौभन्दा बढी यस्ता पसलको स्थापना भएको छ । अहिले काठमाडौंमा मात्रै पाँच ठाउँमा यस्ता पसल सञ्चालनमा छन् । आफ्नो सेक्स पार्टनर नभएको अवस्थामा सम्भोगका लागि प्रयोग गर्ने सेक्स टोयको माग पछिल्लो समय बढ्दै गएको छ । स्वचालित पेनिसदेखि स्तन, भेजिना मसाजरको सामग्री नेपाली बजारमा उपलब्ध छ । सुरुसुरुमा ग्राहकहरू लजाउने गरेपनि अचेल अधिकांशले निसंकोच आफ्नो समस्या बताएर सेक्स टोय खरिद गर्ने गरेको कण्डम हाउसका सञ्चालक युवराज न्यौपाने बताउँछन् । पहिलोपटक पसल खोल्दा डेढ वर्षसम्म सेक्स टोयका ग्राहक नपाएका युवराज अहिले दिनमा औसत तीनवटा सेक्स टोय बेच्छन् । सेक्स टोय खरिद गर्नेहरू अधिकांश तन्नेरी हुने गरेको युवराज बताउँछन् । ‘अधिकांश सेक्स टोय खरिद गर्नेहरू २० देखि ४५ वर्ष उमेर समूहका हुन्छन्,’ उनले भने, ‘कतिपय युवती भाइब्रेट लिन आए पनि सेक्स टोय नै खरिद गर्न आएको भने त्यति धेरै पाएको छैन ।’ तर, सेक्स टोय खरिद गर्नेमा अधिकांश महिला भएको उनको भनाइ छ । भन्छन्, ‘महिलाका लागि २० वटा सेक्स टोय बिक्री हुँदा मुस्किलले पुरुषका लागि एउटा जान्छ ।’ यौनका बारेमा व्यक्तिपिच्छे फरक–फरक बुझाइ हुन सक्छ, तर एउटा समान धारणा के हुन्छ भने सबै यसमा गोप्यता चाहन्छन् । यौन शरीरको यस्तो आवश्यकता र चाहना हो जसलाई मान्छेले सधैँ नियन्त्रणमा नराख्न पनि सक्छ । चाहेको वेला यौन चाहना पूर्ति नहुन पनि सक्छ । त्यस्तो अवस्थामा विकल्पका रूपमा सेक्य टोयहरू रोजाइमा पर्न थालेका छन् । नेपालमा पनि सेक्स टोयको माग बढ्दै छ । विश्वास खड्का थोकीको रिपोर्ट नयाँ पत्रिकाबाट

श्रीमती महिनावारी हुँदा श्रीमानले यी कुरामा ध्यान दिनुहोस्

कार्तिक २० । महिनावारीको क्रममा महिलामा विभिन्न शारिरिक र मानसिक परिवर्तन हुने गर्दछ । यो क्रममा महिलाले आफ्नो पुरुष पार्टनरसँग सहयोग र सहानुभूतीको आशा गर्दछन् र आशा अनुरुप सहयोग पाए महिलाहरुको आधा पीडा कम हुने गर्दछ । महिनावारीको क्रममा के गर्ने पुरुष ? बम्बे हस्पिटलकी गायनोकोलोजिस्ट डा. निरजा पौराणिकका अनुसार पुरुषले महिला महिनावारी हुँदा फोहोर वा असामान्य गतिविधीको रुपमा व्यवहार गर्नु हुँदैन । महिलाले यो क्रममा किचनमा जान नहुने, खानपिनका वस्तुहरु छुन नहुनेजस्ता कुराको कुनै वैज्ञानिक आधार छैन । पुरुषले आफ्नो महिला पार्टनरलाई कामकाजमा सहयोग गर्ने र उनको मुडलाई बुझेर डिस्टर्ब नगर्ने । मूडलाई बुझ्नुहोस् महिनावारी हुँदा महिलामा चिड्चिडापन बढ्ने गर्दछ । उनको मूड बुझेर आपसी सहयोग गर्नुहोस् । हट वाटर ब्याग दिनुहोस् महिनावारी हुँदा पेट दुख्नु साधारण कुरा हो । हट वाटर ब्यागमार्फत पेट दुखाईबाट राहत पाउन सकिन्छ । डार्क चकलेट खुवाउनुहोस् डार्क चकलेटमा पाइने फ्लेवनाइड्सले मूडलाई राम्रो बनाउने गर्दछ । तरकारी र फलफूल खुवाउनुहोस् केरा, मेवालगायतका फलफूल र हरिया तरकारीले महिनावारीको समस्यालाई कम गर्दछ । मसाज गर्नुहोस् महिनावारीका बेला महिलालाई कम्मर दुख्नेलगायतका समस्या हुने गर्दछ । तपाईंले हल्का हातको मसाजले उनलाई राहत दिनेछ । व्यायाम गराउनुहोस् हल्काफूल्का व्यायाम वा योगाबाट पेट र ढाड दुखाईबाट राहत प्राप्त हुन्छ । धेरैभन्दा धेरै पानी पिउन लगाउनुहोस् महिनावारी हुँदा शरिरमा जति पानी हुन्छ, पीडा त्यति नै कम हुने गर्दछ । आराम गर्न दिनुहोस् तपाईंको पार्टनरलाई महिनावारी हुँदा धेरै काम गर्न नदिनुहोस् । आराम गर्दा समस्या कम हुनेछ । चिया–कफी वा मसालेदार खानेकुरा नदिनुहोस् मसालेदार खानेकुरा र क्याफेनले महिनावारीको पीडालाई बढाउने गर्दछ । डाक्टरलाई भेट्नुहोस् यदि रक्तश्राव अत्यधिक भइरहेको छ भने डाक्टरलाई भेट्न जानुहोस् । एजेन्सी

स्वास्थ्य स्वस्थ राख्न दैनिक भोजनमा तीन पोषक तत्व हुनु अति अावश्यक

हामीले शारीरिक र मानसिक रुपमा स्वस्थ र फिट रहन आफ्नो भोजनलाई सन्तुलित बनाउनु जरुरी छ । यी तीन महत्वपूर्ण पोषक तत्व हाम्रो खानामा सामेल गर्न सके मस्तिष्कदेखि रोग प्रतिरोध प्रणालीसम्मलाई स्वस्थ्य र सुदृढ पार्छ । भिटामिन बी भिटामिन बीले मानसिक क्षमता वृद्धि गर्छ र मुटुको सुरक्षा गर्छ । ८ वटा भिटामिन बीमध्ये बी १२ र फोलेट सबैभन्दा महत्वपूर्ण छन् । भिटामिन बी १२ ले हामीले खाएको भोजनलाई ऊर्जामा परिणत गर्न सघाउनुका साथै हाम्रो स्नायुतन्त्रको सुरक्षा कवच मानिने ‘माइलिन’ बनाउन आवश्यक पर्छ । यसले मस्तिष्कका करोडौं ‘न्युरोन’ लाई आपसमा सञ्चार गर्न पनि सघाउँछ । भिटामिन बी१२ को कमीले स्मरण शक्ति घट्ने, भ्रम उत्पन्न हुने र डिप्रेसन हुन्छ । फोलेट गर्भवतीका लागि महत्वपूर्ण मानिए पनि महिला पुरुष सबैका लागि यो उत्तिकै आवश्यक छ । भ्रुणको विकासमा यसको महत्वपूर्ण भूमिका हुन्छ। सामान्यतया शरीरमा फोलेटले मस्तिष्कघात र मुटुसम्बन्धी रोगको जोखिम बढाउने ‘एमिनो एसिड’को मात्रा बढ्न दिँदैन । फोलेट र भिटामिन बी मुटुका लागि आवश्यक पोषण समूहमा पर्छन्। केमा पाइन्छ भिटामिन बी र फोलेट भिटामिन बी१२ त्यस्तो दुर्लभ भिटामिन हो, जुन वनस्पति अर्थात् सागसब्जी, फलफूल वा गेडागुडी कुनैमा पनि पाइँदैन । भिटामिन बी१२ अन्डा, चिज, दूध, दही, माछा र रातो मासुमा पाइन्छ। तर, फोलेट भने हरिया सागसब्जी, कुरिलो, भिटामिन लगायत विभिन्न पोषक तत्व मिसाइएका तयारी खाद्यान्नमा पाइन्छ । भिटामिन डी शरीरका हाड र रोग प्रतिरोध प्रणालीका लागि भिटामिन डी आवश्यक छ । हामीलाई ‘भिटामिन डी’ को ठ्याक्कै कतिमात्रा आवश्यक पर्छ, वैज्ञानिकहरूले बताउन सकेका छैनन् । तर, अधिकांश अध्ययन अनुसन्धानले शरीर स्वस्थ राख्न भिटामिन डी महत्वपूर्ण रहेको देखाएका छन् । यसले क्याल्सियमलाई सोस्न सक्षम बनाउँछ, र क्याल्सियमले हाड बलियो बनाउँछ । रोग प्रतिरोध प्रणालीको प्रभावकारी कामका लागि पनि भिटामिन डी आवश्यक छ । केही अध्ययनले भिटामिन डीको कमी हुँदा क्रोन्स डिजिज (पाचन प्रणाली बिग्रने), ‘¥युमाटिड आर्थराइटिस’ र ‘मल्टिपल सिरोसिस’जस्ता रोग लाग्न सक्ने देखाएका छन्। भिटामिन डी पाइने खानेकुरा भिटामिन डी पनि भोजनबाट पाउन कठिन छ । बरु हाम्रो शरीरले नै भिटामिन डी बनाउँछ तर यसका लागि हामीले हाम्रो छालामा बिहानको मधुरो घाम पार्नुपर्छ । साथै उत्तरी गोलाद्र्धका बासिन्दाले भने अन्डाको पहेँलो भाग, धेरै चिल्लो पाइने माछा (जस्तै सार्डिन), पोषक तत्व मिसाइएको दूध, सुन्तलाको रस, अन्न आदिबाट भिटामिन डी लिन सक्छन् । यसबाहेक आवश्यक परे चिकित्सकको परामर्शमा भिटामिन डीको ट्याबलेट खान सकिन्छ। म्याग्नेसियम म्याग्नेसियमले निदाउन सघाउनुका साथै दुखाइ घटाउँछ । पछिल्लो समय अनिद्राका रोगीहरू म्याग्नेसियम प्रति हुरुक्क छन् । तर, यसले निद्रा लगाउने औषधिजस्तो खानेबित्तिकै निद्राले लठ्ठ बनाइहाल्दैन । यसले मांसपेशीलाई आराम गर्न सघाउने र मांसपेशीको दुखाइमा आराम दिलाउने भएकाले हिजोआज धावक र कसरत गर्नेहरूबीच निकै लोकप्रिय भएको छ । यसले हामीलाई जगाइराख्ने मस्तिष्कको हिस्सालाई सुदृढ बनाउँछ । यसले हामीलाई राति निद्रा बिथोल्ने सामान्य एन्जाइटी शान्त पार्न पनि मद्दत गर्छ । म्याग्नेसियमले माइग्रेनको दुखाइ कम गर्ने पनि विभिन्न अध्ययनले देखाएका छन्। म्याग्नेसियम पाइने खानेकुरा भोजन सम्बन्धी अधिकांश सर्वेक्षणले अमेरिकीहरूलाई म्याग्नेसियमको कमी भएको देखाएका छन् । यसको कारण भने फाइबर धेरै मात्रामा पाइने सागसब्जी र ब्राउन राइस म्याग्नेसियमको मुख्य स्रोत हुन् र अमेरिकीहरूले भोजनमा यी दुवैको साटो प्रशोधित र डिब्बाबन्द खानेकुरा खान्छन् । पर्याप्त फाइबर र म्याग्नेसियमको पोषण पाउन विभिन्न खालका बिउहरू अझ (हाडे बदाम, ओखर, फर्सीको बिउ) खानु उपयुक्त हुन्छ । स्वास्थ्यखबरबाट साभार

नर्मल र सिजेरियन डेलिभरी कुन राम्रो ?

सुत्केरी गराउने दुई विधि छन् । सामान्य डेलिभरी र सिजरियन सेक्सन । तर, दुवै विधिको मूल उदेश्य सहज रुपमा शिशुलाई संसार ल्याउनु हो । केही वर्ष अघिसम्म सामान्य अथवा नर्मल डेलिभरीबाट मात्रै सुत्केरी गराइन्थ्यो । यो विधिका कारण कतिपय अवस्थामा आमा र शिशुको स्वास्थ्यमै समेत खतरा पुग्ने गथ्र्यो । तर प्रविधिको विकाससँगै सुत्केरी गराउने विधि पनि परिर्वतन भएको छ । आमा र शिशु दुवैको स्वास्थ्यमा असर नपर्ने हुँदा धेरै गर्भवतीले सिजेरियना सेक्सनलाई जोड दिन थालेका छन् । तर यी दुवै विधिको आ–आफ्नै फाइदा र बेफाइदा छन् । डा. मञ्जलीकुमारी यादव नर्मल डेलिभरी प्राकृतिक र परम्परागत विधि हो । पृथ्वीको उत्पतिसँगै यो विधिको सुरुवात भएको हो । यो विधि अनुसार शरीरले सुत्केरी हुने अवश्यक वातावरण सृजना गर्दै पाठेघर खुल्ने र बच्चा जन्मिदाको पीडा आमामा महशुस गराउँछ । नर्मल डेलिभरी हुँदा अस्पतालमा धेरै समय बस्नु पर्दैन । कृत्रिम घाउ नहुँदैन । आमा बन्ने क्रममा प्रसब पीडा भए पनि प्रसब पछि पीडा कम हुन्छ । नर्मल डेलिभरी भएपछि आमाले बच्चालाई लगत्तै आफ्नो दुध खुवाउन सक्छन् । जुन बच्चाको लागि अमृत सरह हुन्छ । आमा र बच्चाबीचको सम्बन्ध झन घनिष्ठ गराउँछ । तुरुन्तै एकले अर्काको श्पर्स पाउँछन् । नर्मल डेलिभरीमा थोरै रगत (५ सय एमएल) मात्रै जान्छ । यसमा कुनै भित्रि अङमा क्षति पुग्ने डर हुँदैन । तर, अपवातका रुपमा धेरै रगत जाने सम्भावना पनि हुन्छ । जसलाई पोष्टपार्टम ह्युमीरेज (पीपीएच) भनिन्छ । कहिलेकाहि बच्चा च्यापिएर अक्सिजनको कमी हुने बच्चालाई ब्रुजेल लाग्ने डर हुन्छ । जस्तो शरीर सुनिने आदी । नर्मल डेलिभरीमा पछि गएर आंङ खस्ने समस्या पनि देखिनसक्छ । कहिलेकाही जबरजस्ती साल तान्दा पाठेघर फर्कीन पनि सक्छ । यस्तो अवस्थामा आमाको ज्यानै जाने सम्भावना पनि हुन्छ । सिजेरियनका फाइदा र बेफाइदा सिजेरियन सेक्सन पनि दुई प्रकारका छन् । आकस्मिक र ऐच्छिक । ऐच्छिकमा बच्चा जन्मिनु अघि तर समय पुगि सकेको अवस्थामा आमाको पेट चिरेर बच्चा निकालिन्छ । यसो गर्दा आमामा तनाव र पीडा कम हुन्छ । आमालाई सबै कुराको तयारी गर्न र मानसिक रुपमा तयारी हुन प्रर्याप्त समय पनि हुन्छ । अर्काे आकास्मिक सिजेरिय विधि हो । यो विधिको प्रयोग गर्भमा भएको शिशुलाई अप्ठयारो परेको खण्डमा या आमालाई अप्ठ्यारो परेको खण्डमा गरिन्छ । शिशुको मुटुको धड्कन कम वा बढी हुँदा, तौल धेरै हुँदा, प्रसवको समय चाहिने भन्दा बढी भएमा, आमालाई गाह्रो पर्दा वा कुनै जटिल रोग हुँदा गरिन्छ । आकस्मिक सिजेरियन गर्दा आमालाई बेहोश बनाइन्छ । पूर्णत बेहोस नगराई पेटदेखि तल्लो भाग मात्रै बेहोश बनाउने गरिन्छ । आमाले बच्चा निस्केको हेर्न सक्छिन । सिजेरियन वा शल्यक्रिया गरी शिशु निकाल्दा संक्रमण हुने, धेरै रगत जाने, औषधिको एलर्जी हुने, भित्रि अंगमा चोट लाग्ने र बेहोश बनाउँदा समस्या देखिन सक्छ । एसटीडी, एचआइभी र एचपीआर भएका आमाबाट बच्चामा सर्ने रोगको न्युनिकरण गर्न सकिन्छ । जुन नर्मल डेलिभरीमा बढी हुन्छ । पेनिक फ्लोरको चोट पनि कम हुन्छ । नर्मलमा भन्दा बढी सयम अस्पताल बस्नुपर्ने हुन्छ । शल्यक्रिया गरेको घाउ निको हुन समय लाग्छ । गर्भवतीले प्रसव पीडाका डरले सिजेरियन गर्ने प्रचलन बढ्दो छ । जुन गलत हो । कतिपयमा नर्मल डेलिभरी गर्दा यौन आनन्दमा असर गर्छ भन्ने भ्रम पनि छ । त्यो कथाचित सत्य होइन । बच्चा जन्मे पछि केहि समयमा यौनाङ पूर्णत पहिलेकै रुपमा आउँछ । त्यो भ्रमले अपे्रसन गराउनु राम्रो हुँदैन । तर अवश्यकता अनुसार शल्यक्रिया भने गर्नुपर्छ । नत्र आमा र शिशु दुवैको ज्यान जोखिममा पर्न सक्छ । शल्यक्रियापछि सोही अनुरुपको खानपानले आमालाई छिट्टै सन्चो बनाउँछ । (स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा यादव टाइम्स हस्पिटल, रंगेली, मोरङ्गमा कार्यरत छिन् ।)