स्वस्थ स्वास्थ्यको लागि कस्तो चिया पिउनु राम्रो मानिन्छ ?

हामी दैनिक सुरुवात चियाबाट सुरु गर्छाै । त्यसमा पनि दूधको चिया पिउनेको संख्या अझ बढी देखिन्छन् । हरेक घर, होटल र रेष्टुरेन्टहरुमा चिया पिउनेको भीड निकै देखिने गर्छन् ।

तर, धेरै दूधको चिया पिउनु हानिकारक रहेको छ । दुध चिया बढी मात्रामा पिउने गर्नाले शरीरको मोटोपना बढाउँछ । चियाले मधुमेहका बिरामीमा चिनीको नियन्त्रण बिग्रन सक्छ । दूध चियाको अर्को नराम्रो पक्ष भनेको कोलेस्टेरोल हो । दुध चियामा चियापत्तिको बढी प्रयोग हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

चियापत्तिको बढी प्रयोगले शरीरमा क्याफिनको मात्रा बढी भएर मुटुको चालसम्बन्धी समस्या उत्पन्न हुनसक्छ । त्यसैले दिनमा चार कप भन्दा बढी चिया पिउनुहुँदैन ।

चिया पिउनै परे सबैभन्दा राम्रो छनौट ग्रिन टी हुनसक्छ । यसले शरीरको तौल घटाउन पनि मद्दत गर्छ । यसमा एन्टि–अक्सिडेन्ट पनि पाइने भएकाले शरीरलाई फाइदा गर्छ । सिधै चियापत्ती राख्नुभन्दा टी ब्याग राम्रो मानिन्छ । किनकी चिया उमाल्दा चियापत्तिमा पाइने पोषक तत्व नष्ट हुन्छ ।

दुधले पनि चियापत्तिमा पाइने एन्टिअक्सिडन्टलाई नष्ट गर्छ । कालो चियाले रक्तनलिमा क्लट हुनबाट रोक्छ । र रोग प्रतिरोधात्मक शक्ति पनि बढाउछ । चियापत्तिमा भिटामीन सि, डि, के र एमिनो एसिड हुन्छ जसले शरीरलाई फाइदा गर्छ । कालो चियामा चिनी अन्त्यन्तै न्युन राखेर वा राख्दै नराखी पिउँदा फाइदा गर्छ । त्यसैले दुध चियाभन्दा कालो चियाले फाइदा गर्छ।

एजेन्सीको सहयोगबाट

गर्भनिरोधक चक्की सेवन गर्न छुटे यस्तो छ सजिलो उपाय

काठमाडौं। जतिसुकै होसियारी अपनाए पनि दैनिक कार्य बोझ वा तनावका कारण मानिसहरु नियमित लिने गरेका औषधि सेवन गर्न भुल्छन् वा छुटाउछन् । जसका कारण पछि उनीहरु तनावमा आउँछन् । यो समस्या सबैभन्दा बढी माहिलाहरुलाई आइपर्दछ । श्रीमान श्रीमति सँगै भए यौन सम्पर्क नियमित प्रक्रिया हो तर सन्तानको आवश्यकता नरहेको बेला गर्भनिरोधक चक्की सेवन गर्न भुलेमा समस्या उत्पन्न हुन्छ । जबकी यो चक्की नियमित रुपमा सेवन गर्नुपर्छ भनिन्छ र मासिक धर्मको चक्र अनुरुप यसको मात्रा पनि निश्चित हुन्छ । यदि कुनै दिन गर्भनिरोधक चक्की सेवन गर्न भुलियो भने ? के गर्ने त ? सजिलो उपाय यस्तो छ : कम्बिनेशन चक्की लिन भुलिएमा कम्बिनेसन पिल एस्ट्रोजन र प्रोजेस्ट्रानले बनेको हुन्छ, जसले हर्मोन्समा मासिक अस्थिरतालाई रोक्छ । जसले गर्दा गर्भ रहँदैन । अहिले यो औषधी त्यसरी बनाइएको हुन्छ कि, जसले केवल २४ घण्टासम्म मात्र असर गर्छ । यदि एक दिन कम्बिनेसन पिल लिन भुलिएमा सामान्य अवस्थाबाट हार्मोन तल र्झछ । र, यस्तो अवस्थामा यौन सम्पर्क गरेपछि गर्भधारणको संभावना बढ्छ । सामान्य हर्मोनल परिवर्तनको कारण टाउको दुख्ने, रक्तश्राव हुने जस्ता समस्या हुनसक्छ। के गर्ने त ? आफुले कम्बिनेसन पिल लिन भुलिएको थाहा हुनसाथ कतिपनि ढिला नगरी पिल सेवन गरौ । यदि अर्को पिल लिने समय भएको छ भने दुबै एकसाथ सेवन गर्दा पनि हुन्छ । यदि एक दिनभन्दा बढी पिल लिन भुलियो भने अर्को गर्भनिरोधको तरिका अपनाउनु पर्दैन । दुई दिनको पिल्स लिन भुलियो भने बाँकी दुई दिनसम्म दुई वटा पिल्स खानुपर्छ । र, अघिल्लो सात दिनसम् मगर्भनिरोधक प्रयोग गर्नुपर्छ। प्रोजेस्ट्रन गर्भनिरोधक चक्की लिनुहुन्छ भने के गर्ने ? प्रोजेस्ट्रन ओनली पिल केवल १२ घण्टासम्म काम गर्छ । र, हरेक दिन १२ घण्टाको अन्तरलामा पिल दुई पटक लिनुपर्छ । यदि प्रोजेस्ट्रन ओनली पिल लिन भुलेमा जति चाडो पिल लिनुपर्छ । नयाँ प्याक सुरु गर्नमा पनि ढिलो गर्नु हुँदैन । गर्भनिरोधक चक्कीको साइट इफेक्ट अनिच्छित गर्भ रोक्नका लागि महिलाहरुले गर्भनिरोधक चक्की सेवन गर्छन् । तर, यसले स्वास्थ्यमा केहि समस्या पनि निम्त्याउँछ। गर्भनिरोधक चक्कीको सेवनले टाउको दुख्ने, यौन रुचीमा परिवर्तन, तौल बढ्ने, चक्कर आउने, स्तन सुन्निने जस्ता समस्या हुन्छ । गर्भनिरोधक चक्कीले शरीरमा हर्मोन नियन्त्रण गर्छ, त्यसैले यसको बेफाइदा पनि छ । शरीरमा हर्मोनको उतार-चढावको कारण टाउको दुख्ने वा माइग्रेन हुन्छ। कतिपय चक्कीले एस्ट्रोजनको मात्रा घटाइदिन्छ, जसले टाउको दुख्ने समस्या हुन्छ। पिलको सेवनले असामान्य रक्तश्राव समेत हुनसक्छ। यौनीमा जलन हुने । यीस्ट इन्फेक्सन हुने संभावना पनि रहन्छ।

प्रजनन स्वास्थ्यमा जोखिम हुन्छ यी सौन्दर्य सामग्रीबाट

अचेल बजारमा सौन्दर्य सामग्रीहरूको भरमार रहेको छ । त्यस्ता सामग्रीहरू विशेष गरी महिलाहरूलाई लक्षित गरेर बजारमा ल्याइएका हुन्छन् । यदि विशेषज्ञहरूको कुरा पत्याउने हो भने बजारमा उपलब्ध फेयरनेस साबुन, फेयरनेस क्रीम, स्याम्पु , नङ पालिस जस्ता उत्पादनले महिलाहरूमा प्रजनन सम्बन्धी समस्याहरू देखिन सक्छन् । यस्ता सौन्दर्य सामग्रीहरूमा राखिने केमिकलहरूको कारण हार्मोनहरूमा असन्तुलन आउने भएकाले प्रजनन स्वास्थ्य प्रभावित हुने जनाइएको छ । साबुनबाट हुनसक्छ बाँझोपन शोधकर्ताहरूका अनुसार कस्मेटिक सामानहरूमा महिलाको इंडोक्राइन प्रणालीमा प्रत्यक्ष असर गर्ने रसायन भेटिएका छन् । भारतको दिल्ली स्थित इंदिरा आईभीएफ अस्पतालकी डाक्टर नितासा गुप्ताका अनुसार अचेल नङ पालिस, फेयरनेस क्रीम, साबुन, स्याम्पु, पर्फ्यूम आदिमा खतरनाक रसायन रहेका हुन्छन् । यस्ता रसायनहरूले अंडाशयमा समस्या गर्नसक्ने भएकाले, अण्डाणु नबन्ने या गर्भपातको खतरा रहन्छ । डाक्टर गुप्ताकै शब्दमा, “कीटाणुहरू मार्ने भनिएका साबुनमा ‘ट्रिक्लोसन’ नामक रसायन हुन्छ । जसले इंडोक्राइन प्रणालीलाई समस्या ग्रस्त बनाइदिन्छ ।” त्यस्तै स्याम्पु र कंडिसनरहरूमा ‘पाराबोन्स’ नामक एउटा प्रिजरभेटिभ हुन्छ । यसले शरीरलाई ब्याक्टेरियाबाट त बचाउँछ तर यसको अत्यधिक प्रयोगले महिलाहरुलाई गर्भधारण गर्न समस्या आउन सक्छ । कम खतरनाक छैन नङ पालिस पनि शोधहरू अनुसार नङ पालिसमा पनि ‘फर्मल्डिहाइड’, ‘डाइब्युटाइल पीएचथालेट’ र ‘टोल्युन’ जस्ता रसायनहरू हुन्छन । यिनीहरूले बाँझोपन, गर्भपात र नवजात बच्चामा कमजोरी जस्ता समस्या देखा पर्न सक्छन् । ‘पीएचथालेट’ जस्ता यौगिक युक्त रसायन प्रजनन क्षमताको कोणबाट महिला, पुरुष दुबैका लागि घातक हुन्छन् । डाक्टरहरूले नेल पालिस रिमुभरमा पाइने ‘टोल्युइन’ले केंद्रीय स्नायु प्रणाली (सीएनएस)लाई प्रभावित गरेर प्रजनन प्रणालीमा असर पार्दछन् ।

हाछ्यौं रोक्दा ज्यान नै जाने खतरा

चिसो याम छ, रुघा लागेर वा चिसो कारण पनि हाछ्यौं आउनसक्छ । यदि हाछ्यौं आउदा रोक्ने गर्नु भएको छ भने अब बिचार गर्नुस् । हाछ्यौं रोक्दा स्वास्थ्यका लागि हानिकार हुन्छ । चिकित्सकहरुले हाछ्यौं राक्दा खतरा हुनसक्ने चेतावनी दिएका छन् । हाछ्यौं रोक्दा बेलायतमा एक युवकले सात दिन अस्पताल बस्नु परेको छ । हाछ्यौं आउदा एक युवकले रोक्ने प्रयास गरे । उनले नाक र मुख बन्द गरेर साथीहरुलाई देखाउँन खोजे । उनको घाटीमा झनझनाहट भयो । केहीबेरमै घाँटी सुन्नियो । विस्तारै उनको आवाज बन्द भयो । बेलायतको लिसेस्टर युनिभर्सिटी हस्पिटल पु¥याएका उनलाई सातदिन पछि मात्रै सन्चो लाग्यो । चिकित्सकहरुका अनुसार, हाछ्यौं आउदा प्रतिघण्टा ८० किलोमिटरको गतिले हावा बाहिर आउँछ । यदि यसलाई रोक्ने कोसिस गरियो भने तिव्र गतिमा बाहिर निस्किने हावा भित्रै रोकिने र त्यसले स्वास्थ्यलाई असर पार्ने चिकित्सकहरु बताउँछन् । यसरी रोकिने हावा छातीसम्म पुग्ने र यसले करङ, फोक्सो अन्य भित्री अंगमा असर गर्ने देखिएको छ । अमेरिकाको टेक्सास विश्वविद्यालयको स्वास्थ्य विज्ञान केन्द्रका प्रमुख डा.जी याङ जियाङ गर्धनमा गोली लाग्दा हुने जतिकै हानी एक पटक हाछ्यौं रोक्दा हुने बताउँछन् । यसले फोक्सो नै क्षति हुनसक्ने उनको भनाइ छ । चिकित्सकहरु जति सक्दो जोरले हाछ्यौं गर्नु पर्ने बताउँछन् । यस्तो गर्दा भाइरस र ब्याक्टेरिया बाहिर निस्किन्छन् । त्यसैले जति सक्नु हुन्छ, निर्धक्कसँग जोरले हाछ्यौं गर्नुस् ।  

राति सुत्नुअघि यी ६ खानेकुरा भुलेर पनि नखानुहोस्

हामीले खाना खाने समय लगभग निर्धारित हुन्छ। बिहान, दिउँसो, बेलुका यिनै तीन समयमा आफ्नो सहजता अनुसार मानिसले खानेकुरा खान्छन् । तर, बेलुकाको समयमा खाने खाना र सुत्नुअघि केही खाने बानी छ भने त्यसमा ध्यान पुर्याउनुपर्छ । सुत्नेबेलामा यी खानेकुरा नखानुहोस्ः चकलेटः चकलेटमा सुगर र फ्याटको मात्रा बढी हुन्छ। विशेषगरी बच्चाहरुले चक्लेट जुन समयमा भेटे पनि खाइदिन्छन्। चकलेट दाँतमा टाँसिएर रातभरि बस्यो भने त्यसले बच्चाको दाँत बिगार्छ। त्यसैले सुत्नेबेलामा खाएको चकलेटले हानी पुर्याउँछ। राति खाएको चकलेटले एसिडिटी बढाउँछ भने निद्राको समस्या आउन सक्छ। पास्ताः पास्तामा धेरै कार्बोहाइड्रेड हुन्छ। राति पास्ता नखाँदा राम्रो। धेरै कार्बोहाइड्रेड भएको खाना खाएर सुत्दा मानिसको तौल बढ्ने हुन्छ। तसर्थ तौल नियन्त्रणका लागि पनि राति पास्ता खानु उचित होइन। पिजाः बेलुका एसो रेस्टुरेन्टतिर घुमेर पिजा खाएर आउने अनि सुत्ने चलन सहरमा बढ्दो छ। तर पिजामा पाइने अधिक क्यालोरीले गर्दा राति खाँदा शरीरलाई फाइदा पुर्‍याउँदैन। शरीरलाई चाहिनेभन्दा बढी क्यालोरीयुक्त खानेकुरा खाएर सुत्दा मोटोपना नियन्त्रण हुँदैन । पाचन प्रक्रियाका पनि समस्या आउन सक्छ। खुर्सानीः सुत्नुअघि धुलो खुर्सानी मिसाएको खानेकुरा खानु हुँदैन। राति धुलो खुर्सानी खाँदा एसिडिटी, उच्च रक्तचाप र कब्जियतको समस्या आउन सक्छ। मासुः मासु राति नखाँदा उत्तम । अधिकांशले मासु राति पकाएर खाने गर्छन्, जुन स्वास्थ्यका हिसाबले राम्रो होइन। राति मासु खाएर सुत्दा पाचन प्रक्रियामा समस्या आउन सक्छ। मासुमा प्रोटिनको मात्रा बढी हुन्छ, जसले मोटोपना बढ्छ । यस्तै, राति मासु खाएर सुत्दा अपच हुने र निद्रामा समस्या आउने पनि हुन्छ। फ्रुटजुसः फ्रुट जुसमा एसिडिटी हुन्छ। राति फलफूलको जुस खाँदा डायबिटिज र पेट पोल्ने समस्या आउँछ।

खतरनाक हुनसक्छ राती बढी पसीना आउनु, ध्यान दिनुस् यी कुरा

काठमाडौं, त्यसो त पसीना आउनु सामान्य कुरा नै हो । हरेक मानिसपिच्छे पसीना आउने कुरा पनि फरक फरक हुन्छ । तर कतिपय बेला पसीना आउनु गम्भीर प्रकृतिको रोगको संकेत पनि हुनसक्छ । नियमित र स्वभाविक पसीना आउँदैन भने यसलाई त्यसै उपेक्षा गर्न भने मिल्दैन । कतिपय व्यक्तिहरुलाई राती निकै बढी पसीना आउने हुनसक्छ । यो सामान्य मानिँदैन । तपाई यो खबर एभरेष्टदैनिकडटकममा पढ्दै हुनुहुन्छ । यसरी पसीना आएको खण्डमा यसको कारण पत्ता लगाउर चिकित्सकसँग छलफल गर्नु जरुरी हुन्छ । किन आउँछ त पसीना ? पसीना आउने कतिपय कारणहरु यसप्रकार छन् । क्षयरोग क्षयरोगबाट प्रभावित केही मानिसहरुमा राती पसीना आउनसक्छ । त्यसैले अत्यधिक पसीना आउने अवस्थामा क्षयरोग हुनसक्छ । त्यसैले यस्तो भएमा क्षयरोगको परीक्षण गर्ने अथवा चिकित्सकसँग सल्लाह लिनुपर्छ । इन्फेक्सन केही मानिसहरुमा व्याक्टेरियाको इन्फेक्सनको कारण राती पसीना आउन सक्छ । यसमा मुटुको भल्भ सुन्निनु, हाडहरुसँग जोडिएका संक्रमणका साथै एचआईभी संक्रमण पनि हुनसक्छ । यस्तो भएमा तत्काल चिकित्सकसँग सल्लाह लिनु पर्छ । हाइपोग्लाइसिमिया शरीरमा ब्लड ग्लुकोज कम भएमा पनि पसीना आउँछ । इन्सुलिन या ओरल एन्टिबायोटिक औषधीहरु लिने मानिसहरुमो राती पसीना आउनुका साथै हाइपोग्लासिमियिाको समस्या पनि हुनसक्छ । क्यान्सर राती पसिना आउनुलाई क्यान्सरको प्रारम्भिक लक्षणका रुपमा पनि लिइन्छ । यो खासगरी फोक्सोजन्य क्यान्सरमा बढी देखिन्छ । त्यसो त तौल घटनु र ज्वरो आउनु पन िक्यान्सरको लक्षण हुनसक्छ । औषधीहरु कोसेवनका कारण कतिपय मानसिक तनाव क मगर्ने औषधी या डिप्रेसनका औषधीहरुका कारण पनि राती अत्यधिक पसीना आउने गर्दछ । एस्प्रिनि, एसितोमिनोफन जस्ता औषधीमा पनि पसीना आउने गर्दछ। हर्मोनमा असन्तुलन शरीरका हर्मोनमा हुने असन्तुलनका कारण पनि पसीना आउनसक्छ । खासगरी कार्सिनाइड सिन्ड्रोम, फियोक्रामोसाइटोम जस्ता अवस्थामा पसीना आउने गर्छ । मेनोपजः महिलाहरुमा एउटा निश्चित उमेरपछि महिनावारी रोकिन्छ । यतिखेरको अवस्थालाई मेनोपज भनिन्छ । यो बेला पनि हर्मोनमा आउने परिवर्तनका कारण पसीना आउन सक्छ । त्यसैले चिकित्सकसँग सल्लाह लिनुपर्छ । आइडियोप्याथिक हाइपरहाइड्रोसिस कैयन् घटनामा राती पसिना आउने कुराको खासै कारण देखिदैन । यसलाई आइडियोप्याथिक हाइपरहाइड्रोसिस भनिन्छ । यो अवस्थामा कुनै कारण बिना नै शरीरमा पसीना आउँछ ।

तपार्इ स्मरणशक्ति बढाउन चाहानु हुन्छ ? खानुस् यी चीज

प्रकृतिले प्राणीहरूलाई प्रशस्त मात्रामा अनमोल खाद्यान्‍न तथा फलफूलहरू उत्पादन गरिदिएको छ। तर, सबै अन्न तथा फलफूलका आआफ्ना विशेषता छन्। कुनै प्रोटिनप्रधान छन् त कुनै भिटामन, कार्बोहाइडे्रट वा बोसोप्रधान छन्। त्यस्तै कुनै सात्विक छन् त कुनै राजसिक वा तामसिक छन्। चामल, गहुँ, मुँग, मकै आदि अन्नस लौका, फर्सी, करेला, लसुन, टमाटर, काँक्रो, आलु, मूला आदि तरकारीस सिमी, बोडी, भटमास, केराउ आदि गेडागुडी तथा हरियो सागपात र फलफूल सात्विक भोजनका साथै सन्तुलित भोजन पनि हुन्। यिनमा प्रोटिन, कार्बोहाइडे्रट, फ्याट, भिटामिन तथा मिनरल्स उपलब्ध हुन्छन्। बालबालिकादेखि वृद्धसम्मलाई चाहिने भोजन पनि यिनै हुन्। तर, यी भोजनमध्ये केही यस्ता अन्न तथा फलफूलहरू छन् जसले मानिसको शरीर तथा मस्तिष्कलाई ताकत दिन्छन्, स्मरणशक्ति बढाउँछन्। यस्ता मस्तिष्कमैत्री अन्न तथा फलफूल गाउँघरका बगैंचा, करेसाबारी तथा वरपरका जंगलमै उपलब्ध हुन्छन्। त्यसैले यहाँ यस्ता खाद्यपदार्थका बारेमा उल्लेख गरिएको छ। जमुना त सबैले देखेको तथा खाएको फल हो। तर, जमुना मस्तिष्कवर्द्धक फल हो भन्ने कुरा धेरै कम मानिसलाई थाहा छ। वास्तवमा वर्षा ऋतुमा नेपालमा पनि प्रशस्त पाइने जमुना मानिसका लागि ज्यादै उत्तम फल हो। जमुनाले रक्तशोधन गरी चेहरालाई चमकदार बनाउँछ, चिडचिडापन हटाउँछ। यसले पेटको विकार हटाउँछ, मेमोरी बढाउँछ, बुद्धिलाई तीव्र बनाउँछ।बिहान र साँझ खाजाका रूपमा जमुना खानु ज्यादै उत्तम हुन्छ। पालुंगोस्बुद्धि तीव्र पार्ने तथा दिमागलाई दुरुस्त राख्ने खाद्यान्नका रूपमा पालुंगो त प्रकृतिको वरदान नै हो। मस्तिष्कका लागि योभन्दा उपयुक्त अर्को हरियो सागतपात छैन। पालुंगोमा भिटामिन ए, बी, सी, क्लोरोफिल, बिटा कैटोरिन, राइवोफ्लेबिन तथा सोडियम आदि हुन्छन्। माछामासुमा झैं प्रोटिन हुन्छ। कतिपय बालबालिकालाई पालुंगो त्यत्ति स्वादिलो लाग्दैन तर यसको सेवनले मनलाई ताजा बनाउँछ, मस्तिष्कलाई ताकत दिन्छ। यो एउटा महत्त्वपूर्ण ब्रेन टनिक हो भन्‍ने कुरा पोषणविद्हरूले हालसालै प्रमाणित गरिदिएका छन्। त्यसैले हिजोआज विदेशमा पालुंगोको सेवन ह्वात्तै बढेको छ। पालुंगोलाई विभिन्न तरिकाले सेवन गर्न सकिन्छ। सलादका रूपमा, तरकारी र सुप बनाएर पनि यसलाई खान सकिन्छ। बेलाबेलामा पालुंगोको तरकारी वा सुप बनाएर खानु निकै उत्तम हुन्छ। तर, अक्जेलिक एसिड हुने भएकाले किड्नीका रोगी तथा किड्नीमा पत्थरी जम्ने समस्या भएकाहरूले पालुंगो खान हुँदैन। अमलास्फलहरूमा अमला एक सर्वोत्तम फल हो। यो भिटामिन सीको भण्डार हो।यसले हाड, दाँत र गिजा बलियो बनाउँछ। अनुहारको कान्ति बढाई कपाल फुल्न दिँदैन। नेत्रज्योति बढाउँछ, मस्तिष्कलाई ऊर्जा दिन्छ। मस्तिष्कशक्ति तथा स्मरणशक्ति बढाउँछ। बुद्धि तीव्र बनाई शरीरमा बल(वीर्य वृद्धि गराउँछ। यसले हाई ब्लड प्रेसर, हृदयरोग, क्यान्सर, नपुंसकता, मन्दाग्नि, स्नायु रोग, चर्म रोग, कलेजो तथा मिर्गौलाको रोग, रक्त रोग, जन्डिस, टीबी, पिसाब तथा हड्डीका रोगहरू ठीक पार्न सहयोग गर्छ। अमला त्रिदोषनाशक फल हो, अर्को बे्रन टनिक। अमलामा पाइने एन्टी अक्सिडेन्ट इन्जाइमले बूढोपन रोक्छ। अमलामा जति रोगप्रतिरोधक, रक्तशोधक तथा बल(वीर्यवद्र्धक तत्त्वहरू पाइन्छ, त्यति तत्त्व संसारका कुनै पदार्थ तथा औषधिमा पाइँदैन। प्रतिदिन कुनै न कुनै रूपमा दुईचारवटा अमला खानु निकै राम्रो हुन्छ। अमलालाई अनेकौं तरिकाले प्रयोग गर्न सकिन्छ। जस्तैस् काटेर सलादका रूपमा, अचार तथा मुरब्बाको रूपमा वा त्यसै पनि खान सकिन्छ। तर, बिहानको खाजामा दुईचारवटा अमलाको मुरब्बा ९जाम० सेवन गर्नु सर्वोत्तम हुन्छ। स्ट्रबरीस्अमलाजस्तै स्ट्रबरी अर्को महत्त्वपर्ण फल हो। रातो तथा मीठो यो फलले मस्तिष्कलाई चुस्तदुरुस्त राख्छ। सम्भव भएसम्म बेलाबेलामा स्ट्रबरी खानु राम्रो हुन्छ। बदामस्बदाम ९आलमन्ड० ब्रेन फुडको राजा हो। यसमा शरीरलाई आवश्यक सबै पोषक तत्त्व हुन्छन्।यो मस्तिष्कका लागि निकै लाभदायक छ। बदाम दुई प्रकारका हुन्छन्, मीठो र अलि तीतो। मीठो कागजी बदाम नै स्वास्थ्यवद्र्धक हुन्छ। बदाम बालक, जवान तथा वृद्ध सबैका लागि उत्तिकै उपयोगी हुन्छ। बदामलाई पानीमा भिजाएर, बोक्रा हटाई पिसेर लेप बनाई दूधसँग खानु उत्तम हुन्छ। बदामको दूध तथा बदामको तेलले स्मरणशक्ति तथा नेत्रज्योति बढाउँछ। बदाम आई टनिक पनि हो। ओखरस्बदामजस्तै ओखर पनि बे्रन टनिक हो। ओखरको त रूपरंग नै ब्रेनजस्तै हुन्छ। तर, बदाम र ओखर नेपालमा उत्पादन हुँदैन। सम्भव भएसम्म नास्ताका रूपमा बदाम तथा ओखर खाने गर्नुपर्छ। अंकुरित गेडागुडीस्अंकुरित गेडागुडी त अमृत भोजन नै हो। शरीरशास्त्री भन्छन्, जबसम्म शरीरका कोषहरूकोनिर्माण तथा पुनर्निर्माण ठीकठीक रूपमा भइरहन्छ तबसम्म बुढ्यौली आउँदैन, शरीर स्वस्थ र बलियो बनिरहन्छ। तर, जब कोषहरूको निर्माण तथा पुनर्निर्माणको प्रक्रियामा विघ्नबाधा पर्छ तब कोषहरूको निर्माण र पुनर्निर्माणको गति मन्द हुन्छ। यसो भएपछि शरीर बूढो तथा कमजोर हुन थाल्छ। तर, भिटामिन ई, भिटामिन सी र कोलिनको पर्याप्त मात्रा प्रत्येक दिनको भोजनमा समावेश गरियो भने शरीरमा कोषहरूको निर्माण तथा पुनर्निर्माण प्रक्रिया ठीक ढंगबाट हुन्छ। जबसम्म यो प्रक्रिया ठीकसँग चल्छ, तबसम्म बुढ्यौली आउँदैन। प्रकृतिको नियमअनुसार बुढ्यौली आउँछ तर यी भिटामिन सेवन गर्ने हो भने ढिलो आउँछ। जस्तो कि ६० वर्षको बूढो पनि ४० वर्षको जवानजस्तो देखिन्छ। यस्ता भिटामिन अंकुरित गेडागुडीमा पाइन्छ। त्यसैले बिहानको खाजामा अंकुरित गेडागडी खानु सुनमा सुगन्ध नै हुन्छ। अन्य ब्रेन फुड्सस्स्याउ, लसुन, कालो अंगुर, कुरिलो, किसमिस, गाजर तथा बन्दागोभी आदिले पनि मस्तिष्कलाई पोषण तथा ताकत प्रदान गर्छ। पीपलको फल पनि मस्तिष्कका लागि निकै उपयोगी हुन्छ। पीपलको मौसममा पीपलको फल खानु निकै राम्रो हुन्छ। यसका साथै काँक्रो, लौका, फर्सी तथा खरभुजाको बीउ पनि ु ब्रेन फुड मानिन्छ। आयुर्वेदका अनुसार लसुन तामसिक पदार्थ हो तर यसको औषधीय गुण धेरै छ। लसुन खाँदा ब्लड प्रेसर घटाउँछ। रगत सफा गरी कोलोस्ट्रोल घटाउँछ। कग्निटिभ क्रिया प्रभावकारी बनाउन सहयोग गर्छ । नेपाली स्वास्थ्य खबरबाट साभार गरिएकाे ।

स्वास्थ्यका लागि सुन्तला खानुको १० फाइदाहरु यी हु्न्

कतिपयमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ । तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ । सुन्तला स्वादका लागि मात्र नभर्इ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ । मानिसहरू सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन् । सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ । बढी तौल भएका व्यक्तिका लागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुन्छ । दिनहँ सुन्तलाको सेवन गर्ने गरेमा विभिन्न रोगहरु न्यून गर्न मद्धत मिल्छ । यसले मिर्गौलाको पत्थरी हुनबाट बचाउन सक्छ । दम, ब्रोङकाइटिस, रुघाखोकी, ज्वरो र मुटुको रोगीलाई फाइदा पुर्याउँछ । त्यस्तै डण्डिफोर तथा खटिरा, निमोनिया, पाइरिया, श्वासप्रश्वासको समस्या, टाइफाइड, मधुमेह र उच्च रक्तचापका रोगीलाई पनि सुन्तलाको सेवन लाभदायक मानिन्छ । यसले रक्सीको लतलाई पनि यसले कम गर्न सक्छ । क्यान्सरको जोखिम घटाउँछ सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ । यसले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने क्यान्सर लाग्ने जोखिम घटाउँछ । मिर्गौला स्वस्थ राख्छ सुन्तला खाइरहने गर्नले मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्या पनि हुँदैन । कलेजो जोगाउँछ सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ । कोलेस्टरोल घटाउँछ सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा कोलेस्टरोलको मात्रा घटाउँछ । मुटु बलियो बनाउँछ सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छन् । यिनले मुटुको गतिविधिलाई सुचारु राखी यसलाई स्वस्थ राख्न मद्दत पु¥याउँछन् । पोटासियमको कमीले मुटुसम्बन्धी रोग लाग्ने गर्छ । जुन सुन्तला खानाले रोकिन्छ । भाइरल इन्फेक्सन हटाउँछ सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन् । कब्जियत खुलाउँछ कब्जियतको समस्या छ भने सुन्तला खाने गर्नुस्, दिसा खलास हुन्छ । यसमा फाइबरको मात्रा उच्च हुन्छ, जसले पाचन प्रक्रियालाई बलियो बनाउँछ । आँखा तेजिलो बनाउँछ सुन्तलामा पाइने भिटामिन–ए, क्यारोटेनोइडजस्ता तत्वले आँखालाई तेजिलो बनाउँछन् र रतन्धोजस्तो समस्या देखापर्न दिँदैनन् । रक्तचाप नियन्त्रण गर्छ सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ । छालाको सुरक्षा गर्छ सुन्तलामा बेटा–क्यारोटिन पाइन्छ । यो उत्तम एन्टी अक्सिडेन्ट हो । यसले छालालाई चम्किलो बनाउँछ । स्वास्थ्यखबरबाट साभार

जाडोमा छालालाई यसरी बचाउने

काठमाडौं, पुस १२ । जाडो मौसममा छालाको विशेष हेरचाह गर्नुपर्छ । किनकि, न्यून तापक्रम र सुख्खा हावाले छालालाई नोक्सान पुर्‍याउँछ । केही साधारण उपायबाट तपाईं आफ्नो छालाको सुरक्षा गर्न सक्नुहुन्छ। विशेषगरी जाडो मौसममा सुख्खा हावाले छालामा रहेको पानीलाई सुकाएर छाला खस्रो बनाउँछ। जसले गर्दा जाडो मौसममा हात–खुट्टा फुट्नुका साथै चिलाउने र छाला पोल्ने गर्छ। छाला सुख्खा हुँदा अनुहारमा पोतो आउने र टाउकोमा चायाँ पर्ने गर्छ । यस्तै, जाडो मौसममा छाला डढ्ने भएकाले छालालाई ढाक्नु नै एउटा उत्तम उपाय हो । यसले छालालाई सुख्खा र खस्रो हुनबाट बचाउँछ । यसबाहेक छालाको हेरचाह गर्न यी कुरामा ध्यान पुर्‍याउनु जरुरी हुन्छः १. नुहाउनुको साटो फोहोरा (सावर) लिने । तातोपानीले नभई मनतातो पानीले सकेसम्म कम समय लगाएर नुहाउने । २. छालालाई कम नोक्सान पुर्‍याउने फेसियल क्लिनरको प्रयोग गर्ने । जोजोबा लगायत तेल, सी बटर भएको क्लिनरको प्रयोगमा जोड दिने । ३. मोइस्चराइजिङ क्रिमको प्रयोग सकेसम्म बिहानको समयमा गर्ने । बेलुकी सुत्नुअघि पनि यो क्रिम लगाउनुस् । दिउँसो पनि एक पटक यसको प्रयोग गर्नु उपयुक्त मानिन्छ । ४. शरीरमा पानीको कमी हुन नदिन अधिक मात्रामा पानी पिउने । सकेसम्म मदिरा तथा कैफिनको सेवन घटाउने । ५. तपाईं धेरै समय घरभित्र बस्नुहुन्छ भने सकेसम्म लामो समय हिटर नताप्नु राम्रो हुन्छ । हिटरले तपाईंको छालालाई सुख्खा बनाउन सक्छ । शरीरलाई न्यानो पार्न बाक्लो लुगा लगाउनु उपयुक्त मानिन्छ । ६. घरबाट बाहिर जाँदा सम्भव भएसम्म बढीभन्दा बढी शरीर ढाक्ने गरी लुगा लगाउनु उचित हुन्छ । यसले तपाईंको छालालाई सुख्खा हुन दिँदैन । ७. सकेसम्म छालामा प्रत्यक्ष टाँसिने गरी ऊनी लुगा नलगाउनु नै वेश हुन्छ । लगाउनैपरे भित्री भागमा सुतीको लुगा लगाएर त्यसमाथि ऊनी लुगा लगाउनु उचित हुन्छ । एजेन्सी

खाना खानेबित्तिकै गर्नै नहुने सात काम

काठमाडाैं । आयुर्वेद विज्ञानका अनुसार नियमित दिनचर्या र खान(पानले हाम्रो स्वास्थ्य अवस्थालाई असर गर्छ । आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नका लागि हामीले दैनिक जीवनमा खानाका विषयमा ध्यान दिनु जरूरी हुन्छ । यस्तै, खाना खाएपछी हामीले गर्ने कामका विषयमा पनि सचेत हुनु पर्छ । कुनै काम गर्दा हाम्रो पाचन प्रक्रिया चाँडो हुन्छ भने कुनै काम गर्दा पाचन प्रक्रिया ढिलो हुने गर्छ । पाचन प्रक्रियामा ढिलाइ हुँदा हाम्रो स्वास्थ्यलाई बेफाईदा गर्ने गर्छ ।खाना खाने बित्तिकै गरिने कामले पनि हाम्रो स्वास्थ्यलाई बेफाइदा गर्ने हुनाले त्यस्ता कामहरू खाना खाएपछी नगर्नु नै राम्रो हुन्छ ।ती के-के काम हुन् जुन खाना खाने बित्तिकै गर्नु हुँदैन थाहा पाऔ। सुत्नेः धेरै मानिसलाइ खाना खाएपछी अल्छि लाग्छ र सकेसम्म सुत्ने चाहना राख्छन् । तर, खाना खानेबित्तिकै सुत्नु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । खाने बित्तिकै सुत्ने गर्दा तपाईले खाएको खाना पाचन हुन सक्दैन र यसले शरिरमा बिकार पैदा गर्छ । साथै मोटोपन पनि बढ्ने गर्छ । नहुाउनेः सही समयमा खानु र नुहाउनुले शरिरलाई निकै फाइदा ग्रछ तर, खाना खानेबित्तिकै नुहाउनु भने फाइदाजनक हुँदैन । खाना खानेबित्तिकै नुहाउँदा पेटमा रक्तसञ्चार तिव्र हुन्छ, र पाचन प्रक्रिया ढिलो हन्छ, जसले शरिरलाई बेफाइदा गर्छ । पेटी खुकुलो बनाउनेः केही मानिसहरू धेरै खाना खान्छन् र पेटी खुकुलो बनाउने गर्छन् । यसरी पेटी खुकुलो बनाउँदा पनि पाचन प्रक्रिया ढिलो हुने गर्छ । फलफूल खानेः खाना खानेबित्तिकै फलफुल खानु राम्रो मानिदैन । खाना खानेबित्तिकै फलफुल खाँदा ग्याष्टिकको समस्या देखिने गर्छ । हिड्नेः धेरै मानिसलाई लाग्न सक्छ खाना खाने बित्तिकै कम्तिमा एक सय कदम हिड्नु पर्छ । यसले खाएको खाना पचाउन मद्धत गर्छ तर, यो कार्य गलत हो । खाना खानेबित्तिकै हिड्ने गर्दा खानाको सम्पूर्ण पोषण शरिरले पाउँदैन भने पाचन प्रक्रिया पनि कमजोर हुन्छ । चिया पिउनेः केही मानिसलाई खाना खाएपछी चिया पिउने बानी हुन्छ । तर, यो बानी हटाएको राम्रो हुन्छ। खाना खानेबित्तिकै चिया पिउनु फाइदाजनक मानिदैन । खाना खानेबित्तिकै चिया पिउँदा पाचन प्रणालीमा असर गर्छ । यसले एसिडिटीको समस्या पनि ल्याउँछ । धुम्रपान गर्नेः खाना खाने बित्तिकै मानिसहरूको धुम्रपान गर्ने गर्छन् । तर, खाना खाएपछी धुम्रपान गर्दा स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । यसले क्यान्सरको सम्भावना समेत बढाउने गर्छ। यौन समबन्ध खाना खाने बित्तीकै यौन संबन्ध पनि राख्नु हदैँन् । एजेन्सी

के हो टेस्टट्युब बेबी ? कसरी जन्माइन्छ ?

काठमाडौं, पुस ४ । नेपालमा पहिलो पटक २०६० सालमा टेस्टट्युब बेबी जन्मिएको थियो । जुन प्रविधि स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालले भित्र्याएका थिए । त्यसपछि ओम हस्पिटलबाट मात्र एक हजारभन्दा बढी टेस्टट्युब बेबी जन्मिसकेका छन् । नेपालीमात्र नभएर विदेशीसमेत आएर ओममा टेस्टट्युब बेबी जन्माउँछन् । तर, अहिलेसम्म पनि नेपाली समाजमा यसबारे विभिन्न मिथक छन् । टेस्टट्युब बेबी जन्मने प्रक्रिया के हो त ?  ‘टेस्टट्युब बेबी’ को बारेमा केही कुरा जान्न डा.भोला रिजालसँग गरिएका कुराकानी– को हो टेस्टट्युब बेबी ? नेपालमा टेस्टट्युब बेबी भनेर निकै प्रचलित छ । तर, यसको खास नामचाहिँ यो होइन । कतिपय मानिसलाई लागेको हुन्छ कि बच्चा पनि टेस्टट्युबबाटै निस्कन्छ । यो पनि पूर्ण असत्य हो । यसलाई अंग्रेजीमा इनभित्रो फर्टिलाइजेसन भनिन्छ । भिभो फर्टिलाइजेसन भनेको आमाको गर्भमा फर्टिलाइज गर्ने र भित्रो भनेको बाहिर गर्ने हो । बाबुको शुक्रकिट र आमाको डिम्बलाई आमाको गर्भाशयभन्दा बाहिर फर्टिलाइज गर्ने भएकाले यस्तो प्रक्रियालाई इनभित्रो फर्टिलाइजेसन भनिन्छ । तर, यस्तो फर्टिलाइज गर्दा बाबुको शुक्रकिट र आमाको डिम्ब भने मेल हुन जरुरी हुन्छ । खासमा आमाको डिम्ब र बाबुको शुक्रकिटलाई टेस्टट्युबमा निकालिने भएकाले यसको नाम नेपालीमा टेस्टट्युब बेबी भनिएको हो । यसरी जन्माइन्छ सबैभन्दा पहिले आमा र बाबुलाई इन्जेक्सन दिएर डिम्ब र शुक्रकिट निकालिन्छ । यसो गर्नुको कारण भनेको आमा र बाबुबाट बढीभन्दा बढी डिम्ब र शुक्रकिट निस्कियोस् भन्ने हो । त्यतिवेला बाबु र आमालाई अलिकति लट्याइन्छ पनि । त्यसपछि नलीबाट डिम्ब र शुक्रकिट टेस्टट्युबमा निकालिन्छ । डिम्ब र शुक्रकिटलाई टेस्टट्युबमा दुई मिनेटभन्दा बढी समय राखिँदैन । खासमा बजारमा पाइने आकारकै हुन्छ, यसमा प्रयोग गर्ने टेस्टट्युब तर प्रकृति भने अलि फरक हुन्छ । त्यसपछि डिम्ब र शुक्रकिटलाई इक्रिपेट पेट्रिडिस ९सिसाको विशेष भाँडो०मा राखिन्छ । पेट्रिडिसमा ३६ घन्टासम्म राख्दा डिम्ब र शुक्रकिट फर्टायल आर्थात् सेचन हुन्छ । पेट्रिडिसमा भ्रुण बन्नका लागि योग्य वातावरण हुन्छ अर्थात् बच्चाको भु्रण बन्छ । त्यसरी सेचन भइसकेको भ्रुणलाई पुनः आमाको गर्भाशयमा राखिन्छ, जसलाई एमरिओ ट्रान्सफर भनिन्छ । त्यसपछि अरू बच्चा जसरी जन्मिन्छन् त्यसरी नै टेस्टट्युब बेबी पनि जन्मन्छ । किन पर्‍यो आवश्यक ? जब बाबुको शुक्रकिट र आमाको डिम्बाशय मिल्न सक्दैन, त्यस्तो अवस्थामा टेस्टट्युब बेबीको आवश्यकता पर्छ । बाबुले शुक्रकिट खसाल्न नसकेको या शुक्रकिटलाई डिम्बसम्म पु¥याउने आमाको नसा वा कोष बीचमा बाधा उत्पन्न भएर होस्, यस्तो वेला जन्माउने हो टेस्टट्युब बेबी । नेपालमा २०६० सालदेखि टेस्टट्युब बेबीको प्रचलन सुरु भयो । जतिवेला विश्वमा जन्मेको टेस्टट्युब बेबी लिस ब्राउन २५ वर्षकी भइसकेकी थिइन् अर्थात् विश्वमा सुरु भएको २५ वर्षपछि मात्र यो प्रविधि नेपालमा भित्रियो । अरू कुनै पनि तरिकाबाट बच्चा भइरहेको छैन भने उनीहरूका लागि वरदान साबित हुन सक्छ, टेस्टट्युब बेबी । त्यसैले अब कोही पनि बच्चा भएन भनेर निराश हुनुपर्ने अवस्था छैन । नेपालमा जुलाई १० लाई निःसन्तान दिवसका रूपमा पनि मनाउँछौँ । कति लाग्छ खर्च ? अहिले नेपालमा धेरै हस्पिटलले टेस्टट्युब बेबी जन्माउन सुरु गरिसकेका छन् । तर, पहिलोपटक ओम हस्पिटलमा हामीले ओममणि तामाङलाई जन्म दियौँ । अहिले त नेपाल सरकारले समेत प्रसूति गृहमा यस्तो प्रविधिको सुरुवात गरिसकेको छ । विशेषगरी ओम हस्पिटलमा तीनदेखि साढे तीन लाख रुपैयाँमा हामीले टेस्टट्युब बेबी जन्माउने गरेका छौँ । कतिपय बच्चा अझ सस्तोमा पनि जन्माएका छौँ । विदेशीहरू आएर समेत हामीसँग सेवा लिइरहेको छ । यही प्रविधिलाई प्रयोग गरेर भारतमा टेस्टट्युब बेबी जन्माउँदा साढे पाँच लाख भारु खर्च लाग्छ । आमाको स्वास्थ्यमा असर पर्छ त ? टेस्टट्युब बेबी जन्माउनका लागि केही लिमिटेसनहरूचाहिँ पक्कै छन् । यसका लागि पनि बाबुसँग सक्षम शुक्रकिट र आमाबाट डिम्ब निस्कनुपर्‍यो । आमामा पाठेघर र बच्चा राख्न सक्ने क्षमता हुनुपर्‍यो । केही शारीरिक कारणबाट स्वास्थ्यमा असर पर्न सक्छ । तर, टेस्टट्युब बेबीकै कारणचाहिँ आमा र बच्चाको स्वास्थ्यमा कुनै प्रकारको असर पर्दैन । डा.भोला रिजाल

ढाडको दुखार्इबाट मुक्त हुन यी उपाय अपनाउनुहोस् !

पुस १ । हरेक मानिसहरुमा अचेल ढाड दुख्ने समस्याले दिन प्रतिदिन सताइरहेको हुन्छ । के गर्दा ढाडको दुखार्इबाट मुक्त हुन सकिन्छ भनेर हरेक उपाय, हस्पिटल धाउन थालेका हुन्छन् । त्यसैले ढाडको दुखार्इबाट बच्नका लागि केही उपायहरु अपनाउन सकिन्छ- एउटै सिटमा धेरैबेरसम्म बस्नु उठ्दाको तुलनामा लगातार बस्दा स्पाइनको हड्डीमा धेरै दबाब पर्छ भन्ने कुरा थोरै मानिसलाई मात्र थाहा छ । विशेषज्ञको तुलनामा यो तरिकाले तुलनात्मक रुपमा ४० प्रतिशतसम्म दबाब पार्छ । यसकारण लामोसमयसम्म एकै स्थानमा बस्नुपर्नेहरुलाई बेला–बेलामा उठेर टहलिन सल्लाह दिइन्छ । कयौं घण्टासम्म एकैस्थानमा बसेर काम गर्दा पिठको मांसपेशी कमजोर हुन थाल्छ । यस्ता मांसपेशीमा लामो समयसम्म कुनै गतिविधि आउँदैंन र यसको लचिलोपनामा असर पर्न थाल्छ । के गर्ने त ? अफिसको काममा समय समयमा ब्रेक लिनु जरुरी छ । फोन कुरा गरिरहँदा र आफनो सहकर्मीसंग कुरा गरेको समयमा कुर्सीमा थोरै सुतेको मुद्रामा बस्नुपर्छ । तर, कुर्सी भने त्यही स्थितिमा रहनुपर्छ,जसले पिठ्यु र कम्मरलाई सपोर्ट देओस् । यस्तो बेलामा टाउको भने सिधा गर्नुपर्छ । पानी ल्याउने जस्ता काम आफैं गर्नुपर्छ । कुर्सीको सही चयन कुर्सीमा आरामसंग बस्ने बानीले इनर्जी लेभल कम हुन्छ र तौल बढ्न थाल्छ । साथै पिठ्युँ र गर्धनमा समेत समस्या आउन सक्छ । टेक्साब ब्याक इन्सिच्युटका चिरोप्याक्टिक डिभिजनका निर्देशक डेरेन डब्ल्यु मार्लोका अनुसार कार चलाउँदासमेत बस्ने तरिका सही हुनुपर्छ । त्यसैले स्टेयरिङ ह्वीलमा बस्दा सधैं ९० डिग्रीको एंगल बनाएर बस्नुपर्छ । नियमित जिम जानुस् सक्रिय जीवनशैली मांसपेशी र जोर्नीको पीडालाई कम गर्न मद्दत गर्छ । एक अनुसन्धानअनुसार ढाड दुख्ने समस्याको मुख्य कारण मनिसको सक्रियतामा ४० प्रतिशतले कमी आउनु हो । चिकित्सकका अनुसार यस्ता व्यक्तिले मर्निङ वाक, जगिङ आदि गर्नुपर्छ । जसले मांसपेशी खुम्चने समस्या हटाउँछ । यस्तो अवस्थाले हिप्स र घुँडाको पछाडीको मांसपेशीको स्ट्रेचिङका लागि फाइदा पुग्छ र मांसपेशीको थकान पनि कम हुन्छ । योग गर्नुपर्छ मांसपेशी खुम्चने, रक्तनलीमा रक्तसञ्चार कम हुने र तनावका समस्या कम गर्न योग निकै लाभदायी हुन्छ । युनिभर्सिटी अफ वाशिङगटनका अनुसन्धानकर्ताका अनुसार ढाडको तल्लो भागको दुखाई आधुनिक तरिकाको तुलनामा योगबाट चाँडै निको हुन्छ । करिब १ सय १ जना बिरामीमा गरिएको अनुसन्धानमा वैज्ञानिकहरु यो निष्कर्षमा पुगेका थिए । यसका लागि तालिमप्राप्त योग गुरुलाई सम्पर्क गर्न सकिन्छ । धेरै टीभी हेर्नु पनि एउटा कारण दैनिक धेरै समय टीभी हेर्ने बानीले पनि ढाड दुख्ने समस्या निम्तन सक्छ । एक अध्ययनअनुसार जो मानिस टीभी या कम्प्युटरअगाडि एक हप्तामा १५ घण्टाभन्दा बढी समय बिताउँछन्, उनीहरु लोअर ब्याक पेनबाट बढी पीडित हुन्छन् । तनाव हटाउनुपर्छ मनमा भएको कुनै पनि प्रकारको रिस, तनावआदिलाई निकाल्ने हो भने पनि ढाड दुख्ने समस्याबाट मुक्ति पाउन सकिन्छ । डच्युक मेडिकल सेन्टरमा गरिएको अनुसन्धानमा यो निष्कर्ष निकालिएको हो । अनुसन्धानकर्ता जेम्स डब्लु कार्सनका अनुसार व्यक्तिको भावनात्मक स्तर तथा विचारको मांसपेशीमा हुने पीडाबीच सिधा सम्बन्ध हुन्छ ।  

चिसोबाट बच्न यी तरिकाहरु अपनाअौं

बिहान मर्निङ नगरौ‌ं चिकित्सकहरुका अनुसार चिसो मौषममा विहान मर्निङ वाक गर्नु हानिकारक हुन्छ । सूर्योदय हुन अघि मौषम ओसिलो हुन्छ । उक्त समयमा फुलका पराग कणहरु हावाको ओसिलो पनाका कारण जमेर बसेका हुन्छन तीनै कणले हाम्रो छालालाई हानी पर्याउछन । त्यसकारण सूर्योदय पछि मात्र मर्निङ वाक गरौं । बालबालिकालाई चिसोबाट यसरी बचाऔं चिसोबाट सबैभन्दा बढी बालबालिकाहरु प्रभावित हुन्छन । चिसोका कारण धेरै बालबालिकाहरुको ज्यान गएको समाचारहरु हामीले थाहा पाउदै आएका छौ । त्यसकारण सूर्योदय हुनु अघि बालबिलकाहरुलाई घरबाहिर निस्कन नदिऔ । घाम लागिसकेपछि मात्र उनीहरुलाई बाहिर निस्कन दिनु उपयुक्त हुन्छ । चिसोको मौषममा दिउसो पनि बालबालिकाहरुलाई न्यानो लुगा, टोपी, पन्जा, मुखमा मास्क र जिरो पावरवाला चश्मा लगाएर मात्र सार्वजनिक स्थानमा जानु दिऔ । बालबालिकाहरुलाई तातो पानी खान दिऔं । खानेकुरामा ध्यान दिऔं भुजिया नमकीन मिठाई विभिन्न पेय पदार्थहरुमा धेरै मात्रामा चिनी, बोसोजन्य पदार्थ र सोडियम जस्ता मानव शरीरलाई नोक्सान पुर्याउने पदार्थ हुन्छन । यी पदार्थको सेवनले रोगसंग लडने क्षमतामा ह्रास ल्याउछ । त्यसकारण यस्ता चिजहरुबाट यसरी बचौ ।आफ्नै बारीमा फलेका फलफुल र तरकारी खाऔं । दिनमा ३ र ४ पटक काजु बदाम जस्ता पोसिला ड्राईफ्रुट खाने बानी बसालौ । दैनिक ३ देखि ४ लिटरसम्म पानी पिऔं । यदी यति धेरै पानी पिउन कठिनाई भइरहेको छ भने दुध, दही,लस्सी, नरिवलको पानि, कागतीपानी पनि पिउन सक्नु हुन्छ । सकिन्छ भने अमला र अम्बा दैनिक खाने गरौ । प्रोटिनयुक्त खाध्यपदार्थ नियमित खाऔं । दैनिक आधा घण्टा अनिवार्य शारीरिक व्यायम गरौं ।

किन देखिन्छ शरीरमा मुसा, के खतरा हुन्छ यसले ?

डा.ललितकुमार मिश्र जन्मिएपछि देखापर्ने मुसाको मुख्य कारण इन्फेक्सन हो । यी मुसाहरू शरीरमा आउनुको कारण एक प्रकारको ह्युमन पेपिलोमा नामक भाइरस हो । छालामा पेपिलोमा भाइरसको कारण ससाना, खस्रो, कडा खालको दर्दरहित दानाजस्तो छालामा पलाउँदछ । केही प्रकारका मुसाहरू शारीरिक सम्पर्कको माध्यमले पनि फैलिन्छ । मुसा तोरीको दानादेखि अंगुरको आकार जत्रो पनि हुनसक्छ । मुसा शरीरको एक ठाउँबाट अर्को ठाउँमा सर्दै जान्छ । यो एक किसिमको छालाको रोग हो । जसलाई मुसा (वार्टस) भनिन्छ । सामान्यतया शरीरमा देखिने मुसाहरू कालो, खैरो, सेतो, रातो किसिमको देखिन्छ भने कहिलेकाहीँ छालाको रङजस्तो पनि हुन्छ । जसले गर्दा मानिसहरूलाई यी मुसाहरू आएको थाहा नै हुँदैन । यसकारण मानिसहरू यसको बारेमा ध्यान दिँदैनन् । लक्षणहरू धेरैजसो मुसाहरू छालाको सतहभन्दा आलिक माथि उठेको खस्रो सतह भएको हुन्छ । आकारमा यो गोलो, अन्डाकार, च्याप्टो हुन्छ भने केही चिल्लो मुलायम र चेप्टो सतह भएको हुन्छ । कुनै मुसा पेन्डुलम किसिमको हुन्छ यताउति हल्लिने खालको पनि हुन्छ । केही मुसा भने छुँदा दुख्ने खालको पनि हुन्छ । कुनै अजेरु पलाएको जस्तै हुन्छ । पानीले धुँदा वा नुहाउँदा ढाडिएर फुलेर आउँछ । हेर्दा घिनलाग्दो देखिन्छ, यस्ता मुसाहरू विशेषगरी हात र खुट्टामा देखिन्छन् । मुसामा प्रकारहरू (१) साधारण देखिने मुसाहरूलाई कमन वार्टस भनिन्छ । यस्ता मुसा हात, खुट्टा, मुख वा कपडाले नढाकिने शरीरका विभिन्न स्थानहरूमा बढी देखिन्छ । यी मुसा सानार ठूला पनि हुनसक्छन् । यो मुसा हेर्दा खस्रो देखिने, सारो र पानी पर्दा फुल्ने खालको हुन्छ । बच्चा र बूढा सबैलाई यस प्रकारको मुसा आउँछ । (२) चेप्टो खालको मुसा (फ्ल्याट वार्टस) बच्चा र वयस्क व्यक्तिमा बढी देखिन्छ । विशेष गरेर केटाकेटीहरूको अनुहार, निधार, हात र खुट्टामा देखिन्छ । यो अन्य मुसाजस्तो सजिलै थाहा पाउन सकिन्न । यस्ता मुसा ससाना थोप्लाजस्ता देखिन्छन् र यसको टुप्पो पनि समथर हुन्छ । यो दाह्रीजुँगा भएको ठाउँमा बढी आउँछ । यस प्रकारको मुसा बच्चाको हातमा पनि देखिन्छ । (३) जेनिटल वार्टस (कन्डिलोमा) अर्थात् प्राइभेट पाटर््समा देखिने यो मुसा सामान्यतया गुप्तांग क्षेत्र वरिपरि र तिघ्राको बीचमा तथा महिलाको योनिका साथै मलद्वारमा पनि देखिन्छ । यी मुसा यौनसम्पर्कबाट सर्दछ । यीमुसाहरू आकारमा अंगुरका झुप्पाजस्ता ससाना दानादेखि ठूलाठूला झुप्पाजस्ता पनि हुनसक्छन् । (४) हत्केला र खुट्टामा देखिने मुसालाई प्लामो प्लान्टर वार्टस भनिन्छ । हत्केला र खुट्टाको पंैतालामा हुने यस प्रकारका मुसाहरू दुख्ने र सारो हुनुको साथै बीच भागमा केही खाल्डोयुक्त हुन्छ । यसले गर्दा व्यक्तिलाई हिँडडुल गर्न पनि अप्ठ्यारो हुन्छ । नङको जरा वा वरिपरि यस्तो मुसा आउँदा अत्यन्तै दुख्छ । (५) यस्तै अर्को प्रकारको मुसा जुन प्राय (बुचर) कसाई (मासु काटी रहने मान्छे) को हातमा देखिन्छ । यस प्रकारको मुसालाई बुचर वार्टस भनिन्छ । यो साह्रै कडा हुन्छ र हेर्दा काउलीजस्तो देखिन्छ । क्यान्सर कारक पनि हुन्छ मुसा यदि तपाईंलाई जन्मिँदादेखिने कुनै मुसा छ भने यो हानिकारक हुँदैन । तर, मुसा जन्मेपछि या ठूलो भएपछि देखिएको हो भने समय बित्दै जाँदा यसले क्यान्सरको रूप धारण पनि गर्न सक्छ । यदि कुनै व्यक्तिमा तीस वर्षको उमेरपछि मुसा पलाएको छ भने त्यसमा क्यान्सर हुने खतरा बढी रहन्छ । खतरानाक अवस्थाका मुसा यदि शरीरमा भएको कुनै मुसाबाट रगत आएमा, यसलाई नजरअन्दाज गर्नु हुँदैन । यदि मुसा भएको ठाउँ चिलाउँछ भने पनि यसलाई हलुका ढंगले लिनु हुँदैन । तुरुन्तै चिकित्सकसँग सल्लाह गर्नुपर्छ । उपचार हुन त मुसा ६ महिनादेखि वर्ष दिनभित्र आपंmै हराएर जान थाल्छ । त्यसको लागि कुनै विशेष उपचार गरिरहनु पर्दैन । शरीरका विभिन्न भागमा रहेका मुसाहरूको उपचार विभिन्न प्रकारको विधिबाट गरिन्छ । जस्तै, भौतिक रूपले नष्ट गर्ने । करेन्टले डामेर वा लेजर प्रविधिबाट मुसालाई हटाउने आदि इत्यादि । यी विधिका आफ्नै जटिलता र धेरै साइड इफेक्टहरू पनि छन् । हेल्थटुडेनेपाल डटकमबाट साभार

कहिलेदेखि मानिसले मकैलाई अाफ्नो अाहारा बनाए ?

मकै नेपालीहरुको रोजाईकै आहराअन्तर्गत पर्दछ । खासगरी भुटेर फुल उठेको मकै सजिलै बजारमा किन्न पाइन्छ । मकै स्वास्थ्यका दृष्ट्रिकोणले पनि निकै स्वस्थवद्धर्क मानिन्छ । मकै खान मानिसले कहिलेदेखि शुरु गरे होलान् त ? यो विषयमा निकै रोचक कुरा बाहिर आएको छ । नयाँ शोधका अनुसार उत्तरी पेरुमा भने झण्डै १ हजार वर्ष अगाडी पर्पकर्न अर्थात मकै भुटेर खाने गरेको तथ्य भेटिएको छ । शोधकर्ताहरुले पेरुमा मकैको फूला भएको दाना भेट्टाएपछि हजारौं वर्षअअि देखि त्याहाँका मानिसहरुले मकै भुटेर खाने गर्दथे भन्ने तथ्य बाहिर आएकोछ । तर अमेरीकाको वासिङटनको प्राकृतिक इतिहास संग्रालयमा राखिएको मकैको फूला उठेको दानामध्ये सबैभन्दा पुरानो दाना ६ हजार ७ सय वर्ष अगाडीको छ । यसबाट के पुष्टि हुन्छ भने मानिसहरुले आफ्नो आहरमा मकैलाई हजारौ वर्षदलेखि सामेल गर्दै आइरहेका छन् । पौष्टिक तत्वले भरिपूर्ण मकैका विभिन्न परिकारहरु अहिले विश्वमा प्रचलित भएपनि मकैलाई शुरुमा घाँसका रुपमा मात्र प्रयोग गरिने गरको शोधकर्ताहरुको भनाई छ । स्मिथसोनियन म्यूजियम अफ नेचुरल हिस्ट्रीको न्यू वल्र्ड अर्कोलोजी विभागका निरीक्षक डोलोर्स पिपर्नाका अनुसार मेक्सिकोमा ९ हजार वर्ष पहिले मकै घाँसका लागि रोपिएको थियो । उनले शोध रिपोर्टलाई आधार मान्दै भनेका छन् की साउथ अमेरीकामा मकै भित्त्रिनु १ हजार वर्ष पहिला महाद्धिपको अन्य क्षेत्रमा विभिन्न रुपमा भेटिएको थियो । शोधकर्ताहरुको टीमले मर्कै बालीको अवशेष पारेदोन्स तथा हुआका प्रीटा नाम को प्राचिन स्थलमा भेट्टाएका थिए । उनीहरुका अनुसार त्यतिबेला मकै मानिसको आहार भन्दा पनि वस्तुभाउको लागि घाँसका रुपमा लगाउने गरिन्थ्यो । बीबीसी  

यी खानेकुरा बिर्सेर दोस्रो पटक नतताउनुहोस्

विशेषज्ञहरुको भनाई अनुसार केही खानालाई दोस्रो पटक तताएर खाँदा क्यान्सरजस्तो घातक रोग लाग्न सक्छ ।त्यसैलेएकैपटक खान सक्ने गरी मात्र खाना बनाउन उपयुक्त हुन्छ । चियाः चियामा टोनिक एसिड हुन्छ । दोस्रो पटक तताएर पिउँदो एसिडको मात्रा बढ्छ जसले कलेजोमा समस्या आउन सक्छ । भातः भातलाई दोस्रो पटक तताउँदा यसमा हुने ब्याक्टेरियाको संख्या दुई गुणा बढ्ने गर्दछ जसका कारण झाडा( पखला लाग्नसक्छ । खाने तेलः तेललाई दोस्रो पटक तताउँदा तेलमा टक्सिन पैदा हुन्छ, जसले क्यान्सरको सम्भावना बढ्ने हुन्छ । आलुः आलुको परिकारलाई दोस्रो पटक तताएर खाँदा ब्याक्टेरियाको संख्या बढ्छ जसले फुड प्वाइजनिङ हुनसक्छ । चिकेन,अण्डा,च्याउः यी तिन चिजमा प्रोटिनको मात्रा बढी हुन्छ । यीनि परिकारलाई दोस्रोपटक तताउँदा प्रोटिनको संरचनामा परिवर्तन आउँछ,जसले पाचन प्रणालीमा समस्या आउंछ । एजेन्सीको सहयोगबाट