यी हुन गर्मी महिनामा खान हुने र नहुने ?
गर्मी मौसममा के खाने के नखाने। शरिरमा पानीको कमी हुन नदिन र स्वास्त रहन ध्यान दिनुपर्ने कुराहरु
गर्मी महिना शुरु भएको छ। गर्मी महिनामा आफ्नो हात र शरिरका विभिन्न अंगको सफाईमा ध्यान दिनुपर्छ । गर्मी मौसममा डि–हाइड्रेसन (जल विनियोजन), भोक नलाग्नु र धेरै पसिना आउने कारण शरिरको तापक्रम साधारण हुँदैन र थुप्रै रोग लाग्न सक्ने सम्भावना हुन्छ, त्यसैले गर्मिमा आवश्यकता अनुसार कमसेकम ३ देखि ५ लिटरसम्म पानी पिउनैपर्छ । यो स्थितिबाट बच्नका लागि आफ्नो खानपिनमा विशेष ध्यान दिन आवश्यक छ।
गर्मी महिनामा खानुहोस् यी खानेकुरा, जसले तपाईलाई शरिरमा पानीको कमी हुन दिने छैन र स्वस्थ राख्ने छ ।
के खाने ?
पानीः गर्मीमा प्रशस्त पानी पिइएन भने डि–हाइड्रेसन हुन्छ । शरीरका नसा र कोशिकाहरूलाई पानीले सिंचित गरिराख्न शरीरमा पानीको मात्रा कम हुन दिनुहुँदैन । गर्मी महिनामा घामको सीधा असर हुने भएकाले शरीरलाई अत्यधिक पानीको आवश्यकता पर्दछ । यसर्थ, आफ्नै घरमा सफा गरिएको अथवा उमालेको पानी बोतलमा बोकेर हिँड्ने र पानी पिइरहने गर्दा सबैभन्दा उत्तम हुन्छ ।
मकैः गर्मीमा मकै पोलेर अथवा उसिनेर खानु कतिपयलाई त्यति रमाइलो नलाग्न सक्छ । तर, मकैमा लुटेन र जेक्सानथिन नामक अक्सिडेन्ट्स पाइन्छन् । यसले सूर्यका हानिकारक विकिरणबाट आँखालाई जोगाउने गर्छ । यसर्थ, मकै खाने सिजन शुरु भएपछि भने टन्नै हरिया मकै खान पाठकलाई सुझाव दिइन्छ । साथै, यसले बुढ्यौलीका कारण आँखा कमजोर हुने समस्यालाई पनि कम गर्छ। मकैले शरीरलाई ऊर्जा प्रदान गर्ने कुरा त छँदै छ।
गोल्भेडाः त्यस्तै गर्मी महिनामा गोल्भेडालाई पनि अत्यधिक उपभोगमा ल्याउनु श्रेयस्कर हुन्छ । गोलभेँडामा लाइसोपेन नामक तत्व पाइन्छ । यसले घामको रापबाट छालालाई डढ्नबाट जोगाउँछ । तर ख्याल गर्नुहोस्, कतिपय ठुला जातका गोल्भेडाहरुमा बढी विसादी प्रयोग भएका हुनाले केही घण्टा गोल्भेडालाई पानीमा भिजाएर या डुबाएरपछि मात्र जुस, पेष्ट या अचार बनाएर खानुहोला ।
गाजरः त्यस्तै एउटा अनुसन्धानले एक कप गाजरको जुस १० देखि १२ हप्तासम्म नियमित खाने मानिसको छालामा घाममा पाइने विकिरणले हानि पुर्याउने जोखिम ५० प्रतिशत कम भएको पत्ता लगाएको थियो। सिधै गाजर खाँदा त झनै राम्रो। तर ख्याल गर्नुहोस्, गाजरमा विभिन्न चिरा परेका ठाउँमा फोहरहरु रहने भएकाले तीनलाई राम्रोसँग खुर्केर र पखालेर मात्र खानुहोला।
खरबुजाः खरबुजा पनि गर्मीको मौशममा प्रशस्त पाइन्छ । शरीरमा डिहाइड्रेसन भयो भने दिमाग बोधो हुने र मुड ठीक नहुने समस्या हुने भएकाले प्रशस्त पानी भएका यस्ता फलफुलको प्रयोग आवश्यक छ । गर्मीमा पिसाब र पसिना मार्फत शरीरमा रहेको पानी बढी मात्रामा निकास हुने भएकाले पानीको मात्रा बढी भएको खरबुजा जस्ता फलफूल नियमित खाने प्रयास गर्नुपर्छ । खरबुजामा छालालाई घामको विकिरणबाट जोगाउने तत्वसमेत भएकाले गर्मीमा यो ज्यादै उपयोगी हुन्छ । खरबुजामा क्यालोरीको मात्रा कम हुने भएकाले खरबुजा बढी खाँदा पनि मोटाइएला भन्ने चिन्ता पनि हुँदैन ।
काँक्रोः काँक्रोमा सिलिकाजस्ता तत्व पाइन्छन् । जसले गर्मीमा छालालाई स्वस्थ बनाउने गर्छन् । साथै, यसमा फाइबर, पोटासियम र म्याग्नेसियम पनि प्रशस्त पाइन्छन् । काँक्रोमा पानीको मात्रा बढी पाइने भएकाले यसले शरीरलाई डिहाइड्रेट हुनसमेत दिँदैन । तसर्थ, गर्मीमा खानासँगै काँक्राको सलाद नछुटाउनु ज्यादै लाभदायक हुन्छ ।
दहीः यो समयमा संक्रमणको जोखिम उच्च हुने तथा त्यसबाट पाचन क्रियासम्बन्धी समस्याहरु निम्तिने डर हुन्छ । गर्मी याममा खानपानको विषयमा अपनाउनुपर्ने सावधानी सँगै खानामा दही समावेश गराउनु निकै फाइदाजनक हुन्छ । दहीको नियमित सेवनले गर्मी याममा स्वास्थ्य तथा सुन्दरतालाई प्रवर्धन गर्न सहयोग पूराउँछ ।
पुदिनाः पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । यसमा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसले अनुहार चम्किलो बनाउन पनि सहयोग गर्छ । यो गर्मीका समयमा स्वास्थ्यका लागि झन् बढी फाइदाजनक मानिन्छ किनभने यसको गुण शीतल हुन्छ ।
के नखाने ?
मसालेदार खानेकुरा
चीया, कफी
बाँसी, सढेगलेका खानेकुरा, चिल्लो पीरो, धेरै दिनसम्म फ्रिजमा राखेको खानेकुरा
जाँड रक्सी र सूर्तिजन्य पदार्थ
तेलबाट बनेको खानेकुरा
गर्मि मौसममा हामीले तेल बाट बनेको वा तेलमा फ्राई गरेको खान नखाने यदि तेल बाट बनेको परिकार खाएमा मेटाबॉलिज्म बिग्रन सक्छ जसका कारण बिरामी हुने सम्भावना रहनछ ।
माछा कम खानेः गर्मी मौसममा माछा कम खाने किन कि माछाले गर्मिमा शरीर लाई हिट बनाउछ र शरीरबाट पसिनाको मात्र बढी निकाली दिन्छ र हाम्रो शरीरको पाचन प्रणाली बिगारी दिन्छ त्यस कारण माछा कम खानु पर्छ ।
जंक फूड (चाउचाउ, लेज, कुरकुरे लगायत) र फास्ट फूड
एस्ता खानेकुरामा चिल्लो बढी र पौष्टिक तत्व कम हुन्छ र चिल्लोको मात्रले हामीलाई निकै असर गर्ने भएकाले हामी यी खानेकुरा बाट परै रहनुपर्छ ।
अन्डा कम खाने
गर्मि मौसममा अन्डा खानाले इंफेक्शन गर्ने खातारा हुने भएकाले अन्डा कम खानु राम्रो हुन्छ ।
रातो मासुः रातो मासुमा बढीमात्रामा बोसो भएका कारण गर्मीमा यसले कोलेस्टेरोल बढाउँछ । कोलेस्टेरोलकै कारण पेट सफा नरहने अनि झाडापखाला लाग्ने गर्दछ । एजेन्सीको सहयोगबाट
धेरै एयरफोन लगाउनेलाई हुनसक्छ बहिरोपन ?
काठमाडौं, वैशाख १५ । आजकाल किशोरकिशोरीहरु कानमा एयरफोन लगाएर हिडिरहेका हुन्छन् । पकेटमा मोबाइल या आइपड, कानमा एयरफोन फेसन जस्तै चलेको छ । तर, संगीतको यो आनन्द जीवनभरका लागि सजाय बन्न सक्छ भन्ने कुराचाहिँ कसैले पनि ख्याल गरेको देखिँदैंन । एयरफोनको आवाजले बहिरोपन निम्त्याउन सक्ने अनुसन्धानकर्ताहरु बताउँछन् । ठूलो आवाजका साथ एयरफोन सुन्दा कानको पर्दामा नकारात्मक असर पर्न सक्ने उनीहरुको भनाई छ । एक अध्ययन अनुसार १५ वर्षयता अमेरिकी किशोरकिशोरीमा बहिरोपनको समस्या तीब्र रुपमा बढिरहेको छ । ५ जनामध्ये १ किशोरीमा यस्तो समस्या देखिएको छ । यसअघि यस्तो समस्या ५० देखि ६० वर्षका व्यक्तिमा हुने गथ्र्यो । हार्वर्ड स्कुल अफ पब्लिक हेल्थ र बर्मिङघम एण्ड उमन्स हस्पिटलका अनुसन्धानकर्ताका अनुसार १९८८ देखी १९९४ मा गरिएको सर्वेक्षणको तुलनामा २००५ देखी २००६ मा १२ देखि १९ वर्षका किशोरकिशोरीमा बहिरोपन ३० प्रतिशत बढेको पाइएको छ । यस्तै, विगत १५ वर्षमा अमेरिकी किशोरमा हल्का या गम्भीर खालको बहिरोपनमा ७० प्रतिशत वृद्धि भएको पाइएको छ । अनुसन्धानकर्ताका अनुसार ५ मध्ये एक किशोरीमा सुन्ने क्षमतामा कमी पाइएको थियो भने २० मध्ये एक जनामा सुन्ने क्षमता निकै कम भएको पाइएको थियो । अनुसन्धानको नेतृत्व गरेका बर्मिङघम एण्ड उमन्स हस्पिटलका जोसेफ शरगोरोडस्कार्डका अनुसार हालैका अध्ययनमा किशोरकिशोरीमा आएको सुन्ने क्षमताको कमी चिन्ता जनक छ । खासमा युवाहरु आफ्नो श्रवणशक्ति बचाउने विषयमा ध्यानै दिँदैंनन् । तर अध्ययनमा किशोरकिशोरीबीच बढ्दो बहिरोपनको मुख्य कारण उल्लेख गरिएको छैन । तर, मोबाइल फोन र इयरफोन यसको कारक हो कि होइन भन्ने विषयमा अनुसन्धानकर्ताहरुले अध्ययन गरिरहेका छन् । जोसेफ भन्छन्, ‘बहिरोपनको खास कारण थाहा पाउन थप अनुसन्धान जरुरी छ ।’ अनुसन्धानकर्ताहरुका अनुसार अमेरिकामा किशोरीको तुलनामा किशोरमा बहिरोपनको समस्या बढी छ । २००५ देखी २००६ मा करिब २२ प्रतिशत किशोर र १७ प्रतिशत किशोरीमा बहिरोपनको समस्या बढेको छ । कानको हेरविचार कसरी गर्ने १. कानलाई स्वस्थ राख्न शरीरका अन्य अंगजस्तै हेरविचार गर्नुपर्छ । २. कहिल्यै पनि चाबी या फलामले नकोट्याउनुस् । ३. कानमा बढी समस्या भयो, इन्फेक्सन भयो भने तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ । ४. ठूलो स्वरमा गीत नबजाउने या एयरफोनमा ठूलो आवाज लगाउनुहुन्न । ५. नुहाउदा कानमा कपास वा सुतिको कपडा हाल्नुहोस्, ताकि साबुन,पानी सिधै कान भित्र छिर्न नपाओस् । ६. नियमित कानको परिक्षण गराउनुपर्छ ।
यी घरेलु विधि अपनाउनुस् र लामखुट्टे भगानुस्
गर्मी र वर्षायाममात्रै होइन पछिल्ला वर्षमा जाडो याममा पनि लामखुट्टेको विगविगी झन बढेको छ । गर्मी याम शुरु भएसँगैं लामखुट्टेको प्रकोप शुरु भइसकेको छ । आधिकांश रोग लामखुट्टेको टोकाइबाट हुने चिकित्सकहरु बताउँछन् । यसै सन्दर्भमा कसरी धरेले विधिबाट लामखुट्टेबाट बच्ने त ? यसबारेमा यहाँ जानकारी गराउदै छौंः ल्वाङ र नरिवलको तेल ल्वाङको तेलको बासनाले लामखुट्टे भाग्दछ । त्यसैले नरिवलको तेलमा ल्वाङको तेल मिसाएर शरीरमा लगाउँनुस् । यति भएपछि लामखुट्टेले तपाईलाई टोक्दैन । ल्वाङ र नरिवलको तेलको मिश्रणले अचूक औषधिको काम गर्दछ । हजारीको फूलको बासना हजारीको फूलको बासनाले घरको रौनक नै अर्कौ बनाइ दिन्छ । हजारीको फूललाई घरमा लगाउनुस् । हजारी फूलको बासनाले घरबाट लामख्ट्टे भगाउनु ठूलो मद्दत गर्दछ । यसले तपाईको घर सुगन्धीत हुन्छ र लामखुट्टे पनि आृँदैनन् । कपूरको धुवाँ लामखुट्टेबाट बच्न कपूरको पनि प्रयोग गर्न सकिन्छ । कपूरको दाना बालेर कोठामा राखेमा लामखुट्टे आउँदैन वा कपूरको धुवाँको बासनाले लामखुट्टे भाग्दछन् । यो लामखुट्टे भगाउनु सबैभन्दा सस्तो र सजिलो तरिका हो । कागतीको रस घरमा लामखुट्टे भगाउन प्रयोग गरिने लिक्विडको रिफिलमा कागतीको रस हालेर प्रयोग गर्दा यो अझै प्रभावकारी हुन्छ । यस्तो मिश्रणले कोठामा भएका सबै लामखुट्टे मर्दछन् । यसको प्रयोग सातामा दुई पटकसम्म गरे राम्रो मानिन्छ । तपाईले चाहानु भयो भने नीलगिरीको तेलमा कागतीको रस मिसाएर हात–खुट्टामा लगाउन पनि सक्नुहुन्छ । नीमको प्रयोग नीमको पात बालेर घरमा धुवाँ बनाएर पनि लामखुट्टे भगाउन वा हटाउन सकिन्छ । सातामा एक पटक घरमा नीमको धुवाँ बनाउनुस् । जसले घरमा भएका सबै लामखुट्टे मर्दछन् । लामखुट्टेका साथै अन्य किराहरु पनि मछैन । तर घरमा कसैलाई श्वासप्रश्वास सम्बन्धी समस्या छ भने सवधानी अपनाउनु भने नभुल्नुस् ।
दहीसँग यी खानेकुरा भुलेर पनि नखानुहोस, यदि खानुभयो भने त्यो विष हुनसक्छ !
काठमाडौं। गर्मीमा धेरै मानिसको पहिलो रोजाइमा नै पर्छ दही र दहीबाट बनेको परिकार । तर दहीसँग केही चीजहरु सँगै खानु स्वास्थ्यलाई निकै हानीकारक हुने चिकित्सकले बताएका छन् । दहीसँग केही चीजहरु खाँदा फाइदा भन्दा बढी नोक्सान हुने बताइएको छ । किनकी दहीसँग ती चीजहरु खाँदा शरीरमा टक्सिन पैदा हुन्छ । जसले पेटमा गडबडी, वान्ता हुने शरीर चिलाउने जस्ता परिणाम देखिन्छ । आयुर्वेधिक एक्सपर्ट गीताञ्जलि शर्माका अनुसार त्यसरी त दही एकदम राम्रो चीज हो । दहीलाई कैक्याल्शियमदेखि लिएर लेटिक एसिडको राम्रो स्रोत मानिन्छ । यदि सही तरिकाले खानु भयो भनी यसले तपाईलाई निकै फाइदा गर्छ । पाँचन क्रिया सुधार्नका लागि यो भन्दा राम्रो अर्को कुनै चीजै छैन । तर केही चीजका साथ दही खानु भयो भने त्यसको नकारात्मक असर पर्दछ । आउनुस् दहीसँग खान नमिल्ने ती चीजहरुका बारेमा यहाँ जानकारी गराउछौंः आँपसँग दही गर्मीयाममा यी दुई चीज बढी खाइन्छ । तर आँप र दही एकसाथ खानु हुँदैन । यदि आप र दही सँगै खानु भयो भने तपाईको शरीरमा टक्सिन बढी उत्पादन हुन्छ । किनकी यी दुईको असर उल्टो हुन्छ । दहीलाई चिसो र आँपलाई गर्मी मानिन्छ । चीजसँग दही चीजसँग दही खानु हुँदैन । आयुर्वेदमा यी दुईलाई एकै साथ खान मानाही गरिएको छ । दही र चीजसँगै खानले शरीरमा नकारात्मक असर पर्दछ । डोसासँग दही डा शर्माका अनुसार डोसा बनाउन दहीको प्रयोग हुन्छ तर डोसा र दही सँगै खानाले यसले शरीरमा फाइदाको सट्ट नोक्सान गर्दछ । केरासँग दही केरासँग दही खाना पनि स्वास्थ्यको दृष्टिले नराम्रो मानिन्छ । वा मनाही छ । यदि केरा र दही सँगै खानु भयो भने त्यसले तपाईको शरीरमा नकरात्मक असर गर्दछ । यदि खानै पर्ने भयो भने पनि कम्तिमा दुई घण्टापछि खान सकिन्छ । मसुरोको दालसँग दही मसुरोको दालसँग पनि दही खानु हुँदै । मसुरोको दालसँग दही खाएमा यो विष बन्दछ् । त्यसैले यसलाई भुलेर पनि सँगै खानु हुँदैन् ।
मासु नखानेले खानै पर्ने यी ८ चीज
मासु मात्र प्रोटिनको एक मात्र स्रोत हो भन्ने सोच्नुहुन्छ ? तर मासु मात्र प्रोटिनको स्रोत भन्ने कुरा गलत हो । मासुबाहेक पनि यस्ता विभिन्न खानेकुरा छन् जो प्रोटिनका सर्वश्रेष्ठ स्रोत हुन् । मुख्यतः अमिनो एसिडबाट बनेका प्रोटिनले कोशिका र तन्तुको मर्मतका लागि महत्वपूर्ण हुन्छन् । जब शरिरमा प्रोटिनको कमी हुन्छ तब कोशिका र तन्तुका कार्यमा रोकावट आउन थाल्छ र अनेक शारिरिक समस्या निम्तिन सक्छ । त्यसैले शरिरले उत्कृष्ट तरिकाले काम गर्नका लागि पर्याप्त मात्रामा प्रोटिनको आवश्यकता पर्छ । साथै, शरिरको ऊर्जाको मात्रा बनाइराख्नका लागि पनि प्रोटिनको आवश्यकता पर्छ । यदि तपाईं अत्यधिक शारिरिक गतिविधि गर्नुहुन्छ भने तपाईंलाई प्रोटिनको आवश्यकता अझै धेरै हुन्छ । शाकाहारीका लागि यहाँ प्रोटिनका केही राम्रो स्रोतलाई सूचीबद्ध गरिएको छ । १. तोफूः तोफू सोयाबिनबाट बनेको हुन्छ र प्रोटिनको एक उत्कृष्ट स्रोत हो । यसमा प्रोटिनमात्र नभई थुप्रै अन्य पोषक तत्व पनि पाइन्छन् जुन शरिरका लागि आवश्यक हुन्छ । तपाईं तोफूलाई तरकारी बनाएर खान सक्नुहुन्छ । २. मुसुरोको दालः प्रोटिन, फाइबर र एन्टीअक्सिडेन्टले भरिपूर्ण मुसुरोको दालले पेटलाई सफा राख्न सहयोग गर्दछ । साथै यसले अनेकौं स्वास्थ्य समस्या जस्तै मधुमेह र क्यान्सरको जोखिमलाई कम गर्छ । ३. स्पिरुलिनाः स्पिरुलिनामा भरपुर मात्रामा प्रोटिन हुन्छ । यसका साथै यसमा म्याग्नेसियम, पोटासियम र फ्याटी एसिडजस्ता आवश्यक पोषक तत्व पाइन्छन् जुन शरिरको लागि आवश्यक छन् । ४. ब्रोकोलीः ब्रोकोली प्रोटिनको सबैभन्दा राम्रो स्रोत हो । यदि तपाईं शाकाहारी हुनुहुन्छ भने ब्रोकोलीलाई तरकारीको रुपमा प्रयोग गरेर प्रोटिन पाउन सक्नुहुन्छ । ५. बदामः बदाम, काजू, र ओखर पनि प्रोटिनको राम्रो स्रोत हो । ६. जईः जईमा प्रोटिन र फाइबरले भरिपूर्ण हुन्छ । यो म्याग्नेसियम र जिंकको पनि राम्रो स्रोत हो । त्यसकारण जो पनि शाकाहारी हुनुहुन्छ उनीहरुले आवश्यक प्रोटिन प्राप्त गर्नका लागि प्रतिदिन आधा कप जईको सेवन गर्न सक्नुहुन्छ । ७. सोया दुधः सोया दुध प्रोटिनमा समृद्ध छ र भिटामिन डी, बी १२ र क्याल्सियमको एक महत्वपूर्ण स्रोत पनि हो । ८. टुसा उम्रेको गेडागुडीः टुसा उम्रेको गेडागुडी र भिटामिन सी र बीटा क्यारोटिनजस्ता अन्य स्वस्थ पोषक तत्वले पनि भरिपूर्ण हुन्छ ।
अकबरे खुर्सानी खानुहोस्, ग्यास्ट्रिक तथा अल्सरलार्इ निको पार्नुहोस्
दैनिकजसो हामी भान्सामा खाना खाने बेलामा खोर्सानी खान पनि उत्तिकै रुचाएका हुन्छौं । अझै भन्ने हो त डल्ले (अकबरे) खोर्सानी त खान पाउँदाको आनन्द बेग्लै हुन्छ । धेरै मानिसलाई थाहा छैन कि अकबरे खोर्सानी स्वादका साथै स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक रहेको हुन्छ भनेर । अकबरे खोर्सानीले एउटा अचुक औषधिको काम गरिरहेको हुन्छ । डल्ले (अकबरे) खोर्सानीको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सर जस्ता रोगको लागि उपयोगी सिद्ध हुने विज्ञहरुले बताएका छन् । डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने बताइएको छ । यो खुर्सानीको नियमित सेवनले ग्यास्ट्रिक तथा अल्सरको संक्रमण बाट बचाउनुको साथै मोटोपन घटाउन सहयोग गर्छ ।रगतमा चिनीको मात्रा घटाउछ । पिसाबको बिरामीलाई लाभदायक हुन्छ । हाडजोर्नी लगायतका दुखाइ घटाउँछ । विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ थकाइ पनि मेटाउँछ । एजेन्सीको सहयोगबाट
कतै कण्डम किन्दा यस्तो गल्ती त गर्नुहुन्न ?
‘साहुजी एक जोर जुत्ता दिनुस् त’ भन्दै तपार्इँ पसलबाट जुत्ताको प्याकेट लिएर फर्किनुहुन्छ त ? पक्कै पनि तपाईं पहिला साइज नाप्नुहुन्छ । ब्रान्ड जाँच्नुहुन्छ । चित्त बुझे अनिमात्रै जुत्ता किन्नुहुन्छ, हैन त ? त्यसो हो भने कण्डम नि ? के तपाईंले कण्डम किन्दा कहिल्यै जुत्ता वा अन्य कुनै वस्तु चेकजाँच गरेझैँ किन्नुभएको छ त ? पक्कै धेरै कमले मात्र त्यसो गर्नुभएको होला । राम्रो गुणस्तरको जुत्ता जसरी हिँड्दा आरामदायी हुन्छ, त्यसरी नै सही कण्डमको छनोट र प्रयोगले तपाईंको यौनसाथीसँगको सम्पर्क उत्तिकै आनन्दमय बनाउँछ । त्यसैले सहवासलाई कत्तिको सुरक्षित र सेक्सी बनाउने भन्ने कुरा तपाईंको सानो छनोटमा भर पर्दछ । नेपाली बजारमा दसौंथरी कण्डमहरू उपलब्ध छन् । सरकारी या संघसंस्थाहरूले पनि कण्डम उपलब्ध गराउने गरेका छन् । गुणस्तरीय कण्डमको सही प्रयोगले अनिच्छित गर्भ रहनबाट मात्रै जोगाउँदैन । एचआईभीको संक्रमण रोक्न पनि यसले भूमिका खेल्छ । सहवास गर्नुपूर्व लिङमा लगाइने कण्डमको फाइदा यत्तिमात्रै छैन । यसले कतिपय यौनरोगहरू, हेपाटाइटिस ‘सी’ लगायतका अन्य संक्रमणबाट समेत जोगाउँछ । जुत्ता किन लगाउने त ? नांगै हिंडे पनि त भइहाल्यो नि ! भन्नेहरूलाई तपाईं जे जवाफ दिनुहुन्छ, ठीक त्यही कुरा कण्डमको सन्दर्भमा पनि लागू हुन्छ । त्यसैले श्रीमान् श्रीमतीका बीच, यौनसाथीका बीच, जुनसुकै बेला पनि कण्डमको प्रयोग जरुरी हुन्छ । हो, कण्डमको प्रयोगबाट यौन आनन्द आउँदैन भन्ने गुनासाहरू पनि नसुनिएका होइनन् । माथि नै भनिसकियो, तपाईंले कण्डम छान्ने, कण्डमको प्रयोग गर्ने र यौन वातावरणको निर्माण गर्ने कुरामा सही निर्णय लिएर काम गर्नुभयो भने यसले तपाईंको सहवासलाई चरमसुखतर्फ लैजानेमा शंका गर्नुपर्दैन । कण्डमको गुणस्तरीयता तपाईंको छनोटको मुख्य आधार हुनुपर्छ । विडम्बना, नेपालमा कण्डमको गुणस्तर नाप्ने कुनै संयन्त्र छैन । औषधिहरूको गुणस्तरीयतालाई औषधि व्यवस्था विभागले नियन्त्रण गर्ने भए पनि कण्डमको गुणस्तर के कस्तो छ र यसमा आवश्यक सबै तत्वहरू छन् कि छैनन्, यसलाई प्याकेजिङ गर्नु अगाडि जाँच गरिएको छ कि छैन् अनि प्रयोग गरिएको रबर, सिलिकन, ल्युब या अन्य पदार्थहरू उपर्युक्त छन् कि छैनन् भन्ने बारेमा नेपालमा जाँच हुँदैन । बजारमा पाइने सबै कण्डमहरू गुणस्तरीय नै छन् भनेर दाबी गर्न सकिँदैन । अमेरिकामा भने ल्याटेक्स (रबरबाट प्राप्त गरिने पदार्थ) कण्डम उत्पादकहरूले भने संघीय औषधि प्रशासन फेडरल ड्रग एडमिनिस्ट्रसनका मानकहरू पूरा गर्नै पर्दछ । यो भनेको कुनै एउटा ब्याजको कण्डम प्याकेज गर्नु अगाडि यो खराब अर्थात् डिफेक्ट छ कि छैन भनेर अनिवार्य विद्युतीय जाँच गरिनुपर्दछ । यसबाहेक औषधि प्रशासनले हरेक ब्याचका नमुनाहरूलाई यसमा प्वाल छ या छैन भनेर जाँचगर्दछ । हामीकहाँ अमेरिकामा उत्पादन हुने कण्डमहरू पनि बजारमा छन् । कतिपय कण्डमहरू भारतबाट आयात हुन्छन् । कुन कम्पनीको कण्डम गुणस्तरीय र भरपर्दो छ भन्ने कुरा उपभोक्तालाई जानकारी दिने किसिमको कुनै संयन्त्र नहुँदा उपभोक्ता स्वयमले यसमा सचेत हुनुपर्ने अवस्था छ । अनुदानमा बाँडिने कण्डमहरू कमिसनको कारण कमसल गुणस्तरको किनिने र उपभोक्ताहरूले प्रयोग गर्न नमान्ने गुनासाहरू बारम्बार आइरहने गर्छन् । विज्ञापन या बाहिरको खोल आकर्षक हुँदैमा भित्रको सामान राम्रो हुन्छ भन्ने भ्रममा पर्नु हुँदैन । साइजको कुरा गर्दा कण्डमहरू औसत लिंगको साइजका आधारमा (४ इन्चदेखि ७ इन्चसम्म) निर्माण गरिएका हुन्छन् । विशेष साइज या साँघुरो या खुकुलो कण्डम पनि बजारमा पाउन सकिन्छ । नेपाली बजारमा भने औसत सबैलाई मिल्ने किसिमको कण्डम उपलब्ध छन् । कण्डमभित्र प्रयोग हुने ल्युब या जेली (चिल्लो पदार्थ) गुणस्तरीय कम्पनीको उत्पादनमा राम्रो खाले प्रयोग गरिएको हुन्छ । मुख मैथुनका लागि बिना जेल या चिल्लो भएका कण्डम पनि बनाइएका हुन्छन् । कण्डमबाहेक आफैंले अतिरिक्त ल्युब या चिल्लोपदार्थ प्रयोग गर्दा सबै खालको कण्डममा सबै किसिमको चिल्लो पदार्थ मेल नहुन सक्छ । कुनै कण्डमको बाहिर पातलो, डेटेड आदि इत्यादि लेखिएको हुन्छ । तर लेखिएअनुसार उक्त पातलो या मोटो कुन कण्डम कति प्रभावकारी हुन्छ भन्ने कुनै अनुसन्धान नेपालमा भएको देखिँदैन । कण्डमको प्रयोग गर्दा मुख्य कुरा तपाईँले आफू र आफ्नो साथीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याल राख्नुपर्दछ । गुणस्तरीय कम्पनीको कण्डम किन्ने, यौन आनन्दलाई कण्डमसँग तुलना नगर्ने, यौन सम्पर्कको वातावरण आनन्दमय बनाउने, कण्डमको सही किसिमले प्रयोग गर्ने हो भने तपाईंको यौन जीवनमा कण्डमले उन्मादको आगोमा घिउको काम पक्कै गर्नेछ ।
महिनावारीमा धेरै पेट दुख्ने केटीको बच्चा हुँदैन ?
म १८ वर्षीया युवती हुँ । महिनावारी हुँदा मेरो पेट निकै दुख्छ । गाउँघरका जेठाबाठाहरू भन्नुहुन्छ, महिनावारीमा धेरै पेट दुख्ने केटीको शिशु हुँदैन । के यो सत्य हो ? मेरो पनि शिशु हुँदैन त ? यसको समाधान के होला ? पहिलो पटक महिनावारी भएपछि केही समयसम्म यो नियमित नहुन सक्छ । त्यसबाहेक महिनावारी हुनुभन्दा पहिले अन्य लक्षण देखिन्छन्, जस्तो कि पेट फुलेजस्तो हुने चिन्ता हुने, स्तन दुख्ने वा भारी हुने, रुन मन लाग्ने, दिक्क लाग्ने थकाइ लाग्ने, चिडचिडापन, प्यास लाग्ने, खानपिनसम्बन्धी रुचिमा परिवर्तन तथा गोडा वा अन्य भाग सुन्निनेजस्ता कुरा हुन सक्छन् र यस्तो स्थितिलाई Premenstrual Tension Syndrome भनिन्छ । महिनावारी हुँदा किन पेट दुख्छ ? प्राय: सबैजसो किशोरीले महिनावारी हुँदा धेरथोर पीडाको अनुभव गरेकै हुुन्छन् । आधाजसो महिलाले त बेस्सरी नै पेट दुखेको गुनासो गर्छन् । महिनावारीको यस्तो पेट दुखाइलाई dysmenorrhea भनिन्छ । यस्तो किसिमको पीडा तल्लोपेट, pelvic area कम्मर, ढाडको तल्लो भाग वा तिघ्रातिर समेत सर्न सक्छ । महिनावारीमा तल्लो पेट दुख्दा सामान्य दैनिक जीवन नै खलबलिन सक्छ । महिनावारी हुँदा रगत बाहिर पठाउन पाठेघरमा छिन–छिनमा संकुचन आउँछ र पीडा अनुभव हुन्छ । किशोरावस्थामा पाठेघरको मुख केही खुले पनि तुलनात्मक रूपमा सानै हुने भएकाले वयस्क अवस्थाको भन्दा बढी दुख्छ । समय बित्दै गएपछि वा शिशु जन्माइसकेपछि पाठेघरको मुख पर्याप्त मात्रामा ठूलो हुने भएकाले त्यति धेरै पीडा महसुस हुँदैन । महिनावारी हुँदा रगत निस्कने क्रममा पाठेघरको भित्री परत तुहिने क्रममा prostaglandin भनिने रसायन निस्कन्छ, जसले रक्तनसामा संकुचन ल्याउँछ र पाठेघरलाई आवश्यक रक्तप्रवाहमा कमी आई अक्सिजनको मात्रामा कमी आउँछ । यो प्रक्रियाले पनि पीडा दिन्छ । यी दुवै प्रक्रिया महिनावारी चक्रकै अन्तरङ्ग प्रक्रिया भएकाले यसलाई प्राकृतिक नै मानिन्छ । यस्तो स्थितिलाई Primary Dysmenorrhea भनिन्छ । तपार्इंले आफ्नो महिनावारी चक्रका बारेमा केही लेख्नुभएको छैन । स्वस्थ महिलामा यस्तै ३ देखि ५ दिनसम्म योनिबाट रगत आउने र २८–३० दिनको चक्रीय रूपमा अर्को महिनावारी हुन्छ भन्ने कुरा त तपाईंलाई थाहै होला । यस्तो चक्र केही चाँडोमा २१ दिनदेखि बढीमा ३५ दिन सम्म हुनुलाई सामान्य नै मानिन्छ । तपाईंले पनि अनुभव गर्नुभएकै होला, पहिलो पटक महिनावारी भएपछि केही समयसम्म यो नियमित नहुन सक्छ । त्यसबाहेक महिनावारी हुनुभन्दा पहिले अन्य लक्षण देखिन्छन्, जस्तो कि पेट फुलेजस्तो हुने, चिन्ता हुने, स्तन दुख्ने वा भारी हुने, रुन मन लाग्ने, दिक्क लाग्ने, थकाइ लाग्ने, चिडचिडापन, प्यास लाग्ने, खानपिनसम्बन्धी रुचिमा परिवर्तन तथा गोडा वा अन्य भाग सुन्निने जस्ता कुरा हुन सक्छन् र यस्तो स्थितिलाई Premenstrual Tension Syndrome भनिन्छ । किशोरावस्थामा तल्लो पेटको पीडा कम गर्न के गर्ने ? पीडा भैरहेका बेला आरामको आवश्यकता पर्छ, त्यसैले थप आराम गर्ने अर्थात् सुत्ने प्रयास नै गर्नुभए हुन्छ, तर पेट नदुखेका बेला भरसक अरूझैं दैनिक घरेलु कार्य वा अध्ययनमा व्यस्त रहनुपर्छ । व्यक्तिगत सरसफाइ तथा कब्जियत हुन नदिन विशेष ध्यान पुर्याउनुपर्छ । नुनको सेवन कम गर्दा शरीरमा जम्मा हुने पानी कम हुने भएकाले पनि केही सजिलो हुने कुरा बताइन्छ । पीडा कम गर्न तातो वस्तु जस्तै : hot water bottle वा बाक्लो कपडा तताएर सेक्न सकिन्छ । तातो पानीले नुहाउँदा पनि पीडा कम गर्न मद्दत मिल्छ । कुनै तातो पेय पिउन सकिन्छ वा वा पेटमा हल्का मालिस गर्दा पनि पीडा कम गर्न सकिन्छ । महिनावारी भएका बेला कसरत वा व्यायामले पनि पीडा कम गर्न सकिन्छ । औषधीको सेवन गरेर पनि यस्तो पीडा कम गर्न सकिन्छ । अति नै दुखेको स्थितिमा घरेलु उपाय वा सिटामोलजस्ता औषधीको सेवन पर्याप्त नहुन सक्छ । त्यस्तो अवस्थामा चिकित्सकको सहयोग लिनु आवश्यक हुन्छ । आवश्यकता हेरी चिकित्सकले केही कडा किसिमका औषधी, पिसाब लगाउने औषधी वा हार्मोन भएका औषधी दिन सक्छन् । पाठेघरको मुखलाई ठूलो पारेर गरिने उपचार किशोरीहरूमा प्रयोग गरिंदैन । कतिपय महिलामा गर्भधारण गरेर सामान्य रुपमा (योनिमार्गबाट नै) सन्तान जन्माउँदा यो समस्या पूर्ण रुपमा समाधान भएको पाइएको छ । के शिशु जन्माउन सकिँदैन ? किशोरीहरूमा पेट दुख्ने प्रमुख कारण Primary Dysmenorhea हुन्छ । यस किसिमको स्थितिमा शिशु जन्माउन सक्ने अर्थात् भनौं प्रजनन क्षमतामा कुनै नकारात्मक असर पर्दैन । किशोरावस्थामा विरलै मात्र हुने भए पनि पाठेघर वा त्यसवरिपरिका अङ्गमा कुनै रोग वा विकार भएको अवस्थामा तल्लो पेट दुख्नुलाई Secondary Dysmenorrhea भनिन्छ । पाठेघरको टयुमर, पाठेघर तथा वरिपरिको अङ्गको सक्रमण एवं इन्डोमेट्रियोसिसजस्ता स्थिति पीडाका कारण हुन सक्छन् । यस्तो स्थितीमा भने प्रजनन क्षमतामा नकारात्मक असर पर्न सक्छ । त्यसैले तपाईंले उल्लेख गर्नुभएजस्तो जेठाबाठाहरूले भनेको कुरामा पूरै सत्यता नभए पनि केही हदसम्म सत्यता छ । समाधानका लागि तपाईंको पीडाको प्रमुख कारण निक्र्यौल गर्नुपर्छ । यसका लागि तपाईंले स्त्रीरोग विशेषज्ञको सहायता लिनुपर्ने हुन्छ । स्त्रीरोग विशेषज्ञको सल्लाहमा विभिन्न किसिमको परीक्षण गराउनुपर्ने हुन सक्छ । कुनै खराबी नभए अनावश्यक रूपमा चिन्ता लिनु पर्दैन । केही खराबी देखिएको स्थितिमा भने खराबीअनुसार उपचार गराउनुपर्ने हुन्छ । यसका लागि तपाईंलाई स्त्रीरोग विशेषज्ञले नै सहयोग गर्नुहुनेछ । साप्ताहिकबाट
रोटी चिसो भएर हैरान हुनुहुन्छ, यसरी राख्नुहाेस् तातै
काठमाडौं, चैत्र ७ । गहुँको सुक्खा रोटीको सौखिन धेरै हुन्छन् । अधिकांश नेपालीको भान्सामा यस्तो रोटी तयार हुन्छ । उसो त डाइबिटिजजस्ता रोगका लागि पनि रोटी निकै उपयुक्त हुन्छ । तर, यस्तो रोटी चाँडै सेलाउने र दह्रो हुने भएकाले धेरैलाई चिन्तित बनाएको हुन्छ । यस्तो चिन्ताबाट मुक्त हुन सानो आइडिया पनि पर्याप्त बन्न सक्छ ? लामो समयसम्म रोटी नरम बनाइराख्न पिठो मुछ्ने र बनाउने तरिकाले निर्भर गर्छ । पिठोमा आवश्यकताअनुसार तातो पानी, एक–एक चम्चा नुन र तेल राख्नुहोस् र आधा घन्टा छाडिदिनुहोस् । अब, राम्रोसँग २० मिनेटजति मोल्नुहोस् । वेला–वेलामा पानी थप्नुहोस् । पिठो मुलायम भएपछि बेलेर रोटी बनाउनुहोस् । तयारी रोटीलाई नरम र तातो बनाइराख्न घरमा कुलिङ ¥याकको व्यवस्था गर्दा उपयुक्त हुन्छ । कुलिङ ¥याक छैन भने घरकै भाँडो पनि प्रयोग सक्नुहुन्छ । पकाएको रोटी यस्तै भाँडोमा राख्नुस् । त्यसपछि क्यासरोलमा कटन बिछ्याउनुहोस् र त्यहीमाथि रोटी मिलाएर राख्नुहोस् । रोटी राखिसकेपछि कटन कपडाले छोपिदिनुहोस् र क्यासरोलको ढक्कन लगाइदिनुहोस् । यसरी राख्दा रोटी कम्तीमा दुई घन्टासम्म तातै रहन्छ । रोटी चाँडै चिसो र कडा हुनुको कारण रोटीबाट बाफ उड्नु हो । रोटीबाट निस्किएको बाफ भित्रै रह“दा त्यही बाफले केही बेर रोटी तातै रहन मद्दत पुग्छ । क्यासरोलमा रहेको पातलो कटनले बाफ सोस्छ र रोटीलाई तातो पनि राखिराख्छ । नयाँ पत्रिकाबाट
के खाने, कहिले खाने र कसरी खाने ?
डा ललितकुमार मिश्र/ राम्रो स्वास्थ्यको लागि सधैं सकारात्मक सोच राख्नुको साथै मौसमअनुसारको ताजा फलफूल, हरियो सागपात, गेडागुडी, दूध, दही, अन्डा, माछा, मासुको सेवन उचित मात्रामा गर्नु पर्दछ । चिकित्सकहरूले पनि आफ्ना बिरामीलाई रोगअनुसारको खानेकुराको सल्लाह दिन्छन् नै । घरका ठूलाबडाले पनि यस प्रकारको शिक्षा आफ्ना छोराछोरी तथा नातिनातिनीलाई दिने गर्दछन् । कुरो ठीकै हो । अवस्था फरक छ, उहिले फलफूल, हरियो सागसब्जीलगायतका सबै चीजहरू मौसमअनुसार फल्ने फुल्ने गर्दथ्यो । मानिसहरू सिजनअनुसारको फलफूल, सागसब्जी खान्थे र हृष्टपुष्ट, स्वास्थ्य र दीर्घजीवी हुन्थे । तर, अचेल त वर्षैभरि सबै किसिमका फलफूलहरू हरियो तरकारी, गाउँघरमा लाग्ने सानो हाटबजारदेखि लिएर ठूलाठूला सहरका मल (सपिङ सेन्टर)हरूमा आकर्षक प्याकेजिङमा उपलब्ध हुन्छन् । मानिसहरू यिनै किनेर खाइरहेका छन् । यसका बाबजुद पनि मानिसमा धेरैजसो स्वास्थ्यसम्बन्धी समस्या हुनु अचेल सामान्य कुरो भइसकेको छ । यहाँ प्रश्न उठ्छ, के यी फलफूलहरू, हरियो सागसब्जी, दूध, दही, अन्डा, माछा, मासुमा पर्याप्त मात्रामा पोषकतत्व छ त ? के यी चिजहरू वास्तवमा तपाईंको परिवारको स्वास्थ्यको लागि पोषणयुक्त छ ? अचेल बढी उत्पादन एवं धेरै दिनसम्म बजारमा ताजा बनाई राख्नका लागि किसान वा थोक व्यापारीहरूले बढी मात्रामा रासायनिक मल, पेस्टिसाइडस् (कीटनाशक) एवं हार्मोन्सको इन्जेक्सनको प्रयोग गर्दछन् । मानिसमा विभिन्न प्रकारका स्वास्थ्यसम्बन्धी समस्याहरू पनि सोही रफ्तारमा बढिरहेको छ । भारतको चित्तरञ्जन नेसनल क्यान्सर इन्स्टिच्युटले हालसालै गरेको एक अध्ययन रिपोर्टमा भनिएको छ, प्रायः गरी सागसब्जीहरूमा प्रयोग गरिने इन्सेक्टिसाइट र पेस्टिसाइड्सको अंश यी बजारमा बिक्री गर्न ल्याइने हरियो तरकारीहरूमा रहिरहन्छ । यसको सेवनले तमाम दूरगामी खालका रक्तविकार, नसासम्बन्धी रोग, श्वासप्रश्वाससम्बन्धी रोग एवं महिलामा प्रजननसम्बन्धी रोग हुने सम्भावना बढी हुन्छ । जस्तै, थकान महसुस हुनु, पसिना बढी आउनु, टाउको दुख्नु, रिंंगटा लाग्नु, हातखुट्टा झम्झमाउनु, मांसपेशीमा ऐठान हुनु, शरीरको तौल घट्नु, भोक नलाग्नु, निद्रामा कमी आउनु तथा महिलामा गर्भपतन हुनु आदिजस्ता यस रोगका लक्षणहरू हुन् । यसै प्रकार कोलकाता विश्वविद्यालय कृषि विभागले प्रकाशन गरेको एक रिपोर्टअनुसार सागसब्जीहरूमा लिड, निकिल, केडमियमजस्ता तत्वहरू बढी भएकोले अनेक प्रकारको पाचनसम्बन्धी रोग देखा पर्दछन् । जस्तै, पेट दुख्नु, पखाला लाग्नु, आऊँ ९रगतमासी० हुनु आदि । यस प्रकार पेस्टिसाइड्सको दुष्प्रभावले गर्दा क्यान्सर, शारीरिक विकाससम्बन्धी रोग, बिकलांग बच्चा जन्मिनु या गर्भावस्थामा रोग लाग्ने सम्भावना बढिरहन्छ । व्यापारको दृष्टिले फर्म हाउसमा सागसब्जी वा फलफूलहरूको बढी उत्पादनको चाहनामा तथा मलखादको खर्चमा कटौती अथवा बचत गर्नको लागि बोटबिरुवामा आक्सिटोक्सिन (ग्रोथहार्मोन्स, चाँडै बढ्नको लागि दिइने इन्जेक्सन) को प्रयोग बढेको छ । जस्तै, भान्टा, लौका तथा गाईभैंसीलाई दूध बढी दिने सुई, कुखुराको मासुको तौल बढाउन, माछाको भुराको तौल चाँडै बढाउन प्रयोगमा ल्याइने हार्मोन्स प्रयोगबाट यसरी अस्वाभाविक रूपमा उत्पादन भएका सागसब्जी, फलफूल, तरकारीहरूलाई बढी समयसम्म ताजा बनाइराख्नको लागि टिन (जस्ता) या मेटलको पन्नीमा ¥यापगरी राख्ने गर्नाले ९खाद्यपदार्थ० अझ संक्रमिक हुन सक्छ । यस्तो खाद्य पदार्थको सेवन लामो समयसम्म गर्नाले व्यक्तिको मृत्यु पनि हुन सक्छ । यस प्रकार समयभन्दा पूर्व काँचो फलफूलहरू केरा, आँपलाई पकाउनको लागि केल्सियम कार्बाइडमा राखिन्छ । काँचो आँप कार्बाइडनामक रसायनमा राख्नाले २४ घन्टामै आँप पाक्दछ । यदि कार्बाइडको मात्रा कम हुन गयो भने फलको बोक्राको रङ बदलिन्छ । तर, भित्रबाट फल काँचो नै रहन्छ । यदि रसायनको मात्रा बढी हुन गयो भने फल त पाक्दछ तर बेस्वाद र विषाक्त हुन्छ । राम्ररी नपकाइकन खाएको सागसब्जीहरूको सेवनले इससिरयाकोलाई, कलास्ट्रिडम, बेसिलेस सेलभनेला, लिस्टेरियानामक कीटाणुहरूको संक्रमण हुनाले पनि यस्ता रोग लाग्ने सम्भावना रहन्छ । यस्ता खानेकुराबाट छालासम्बन्धी समस्या, क्यान्सर, अजीर्ण (अपच) पेटमा ग्यास भरिनु, पेटमा दर्द, पेट बट्टारिनु, बान्ता हुनु, पखाला लाग्नु, रिंगटा लाग्नु, छालासम्बन्धी रोग र क्यान्सर आदिजस्ता रोगका लक्षणहरू उपभोक्तामा देखिन सक्छन् । यसबाट बच्नको लागि एउटैमात्र उपाय भनेको, सिजनअनुसारको सागसब्जी, फलफूल खाने हो । सकभर अर्गानिक सागसब्जी र फलफूलको सेवन गर्ने बानी बसालौं । हाटबजारबाट किनेर ल्याएको फलफूल या सागसब्जीलाई हल्का तातोपानीमा कम्तीमा ३० मिनेट जति डुबाएर राख्नुपर्छ । त्यसपछि राम्रोसँग धोइपखाली राम्रोसँग पकाएर खानुपर्छ । खाना खानु अगाडि र खाना खाइसकेपछि राम्रोसँग साबुनपानीले हात धुनुपर्छ । खाद्य पदार्थको विषाक्तता (फुडपोइजन) बाट हुने रोगहरूमा रोगीको अवस्था र लक्षणहरूको आधारमा निम्नलिखित केही होमियोप्याथिक औषधिहरू प्रयोग गर्न सकिन्छ । आर्सेनिकएलबम, पोडोफाइलम, चाइना, बेलाडोना, एलोज, एलियमसिपा, कार्बोभेज आदि । यी औषधिहरू आफ्नो नजिकको योग्य तथा अनुभवी होमियोप्याथिक चिकित्सकसँग सल्लाह लिएर प्रयोग गर्नाले लाभदायक हुन्छ । अन्त्यमा खान सबैले जानेको हुन्छ, तर के खाने ? कहिले खाने र कसरी खाने ? भन्ने कुरा धेरैले जानेका हुँदैनन् । खानपिनमा नै हाम्रो स्वास्थ्य निर्भर छ ।
धुवाँ–धुलोबाट बच्नका लागि कस्तो चस्मा उपयुक्त हुन्छ ?
चैतको हावाहुरीले राजधानीका सडक धुलाम्मे भएृका छन् । सडकमा हिंड्ने जो कोहिलाई यसले समस्या पारेको छ। धुलोबाट संबेदनशील अंग आँखालाई बचाउन चस्माको प्रयोग गर्नु अत्यावश्यक भएको छ। धुलो मात्रै नभई घामको विकीरणबाट पर्न सक्ने असरलाई समेत चस्माले न्यूनीकरण गर्दछ। आँखाको सुरक्षा मात्र नभई चस्माले सुन्दरता बढाउन पनि उत्तिकै भुमिका खेल्छ। गर्मी तथा धुवाँधुलोबाट आँखालाई जोगाउन कालो चस्माको प्रयोग उपयोगी मानिन्छ। सामान्यतया चस्माले आँखालाई धुलो, धुँवा, किटाणुबाट बचाउन मद्दत गर्छ। त्यसमा पनि कालो चस्माले आँखा बिगार्ने अल्ट्रा भाइलेट विकीरणबाट समेत सुरक्षा दिने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार चस्माको प्रयोग गर्दा आँखामा अल्ट्राभाइलेट रेको प्रभाव कम हुने र मोतिविन्दु तथा ढकनीको झिल्लीमा हुने क्यान्सर समेत घटाउन मद्दत पुग्दछ। बढि घाम हुने भएकै कारण तराईमा मोतिबिन्दु हुनकोे औसत उमेर ४० वर्ष र पहाडमा ५५ वर्ष। आँखा रोग विशेषज्ञ डा। अजितमान श्रेष्ठ जति गर्मी र घाम बढछ उति धेरै कालो चस्मा उपयोगी हुने र प्रयोग गर्नुपर्ने सुझाउँछन् । त्यस्तै हिउँ, पानीको सतह, घाम लागेको स्थान लगायत बढी चमक आउने स्थानमा चस्माको प्रयोगले हेर्न सहज बनाउनुका साथै अन्य जोखिमपूर्ण क्षेत्रमा काम गर्दा आँखालाई चोटपटक लाग्नबाट समेत जोगाउने गर्छ। नेपाली बजारमा फरक मूल्यका रेबन, पोलिस, भोउग, ओकले, गुसी जस्ता विश्व बजारका चर्चित ब्राण्डका चस्माहरु किन्न पाइन्छ। तर माथि उल्लेखित ब्राण्ड मध्ये नेपाली माझ रेबन बढी चर्चित छ। जसको ओर्जिनल चस्माको बजार मूल्य ५ हजार देखि २५ हजारसम्म पर्ने गर्दछ। अन्य ब्राण्डका चस्मा केही आधिकारीक पसलले मात्र सम्बन्धित कम्पनीबाट ल्याउने हुनाले तिनमा उपभोक्ता ठगिने सम्भावना न्युन रहन्छ। तर नेपालमा रेबन लेखेका चस्मा फुटपाथ देखि महँगा पसलहरुसम्म पाइने गर्छ। जसमा नक्कली र सक्कली छुट्याउन नसक्दा ग्राहक ठगिने गरेका छन्। दरबारमार्ग स्थित ‘अपसन्स’ पसल सञ्चालन गर्दै आएका अनुज शाक्यका अनुसार नेपाली बजारमा चीन तथा इटालीबाट चस्मा भित्रिने गर्छ। जसमा इटालीबाट आयात हुने चस्मा आधिकारिक ब्राण्डको विक्रेता मार्फत सोझै ल्याइएको हुन्छ। चीनबाट आयात हुने चस्मामा ब्राण्डेड नाम राखेर बनाइन्छ र ग्राहक झुक्याउन ‘मेड इन इटाली’ वा ‘मेड इन युएसए’ भनेर बेचिन्छ। उनले भने, ‘नेपालमा क्रेज बढे पनि ओर्जिनल चिन्न नसक्दा हाल ७० प्रतिशत मानिस चस्मा किन्ने क्रममा ठगिने गरेको पाएको छु, गुणस्तरमा भन्दा मूल्यमा ध्यान दिने तथा जस्तो पायो त्यस्तै पसलमा चस्मा किन्नाले अधिकाशं मानिस ठगिने गरेका छन्।’ विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वका ४० वर्ष भन्दा मुनिका ४० प्रतिशत तथा ४० वर्ष नाघेका सबै मानिसलाई चस्माको आवश्यकता पर्दछ। कसरी चिन्ने ओर्जिनल चस्मा ? व्यवसायीहरुका अनुसार चस्मा किन्नु भन्दाअघि त्यो प्लास्टिक वा पोलाराइज्ड युभी ग्लास के बाट बनेको भन्ने कुरामा चनाखो हुनुपर्र्छ। त्यस्तै किन्न लागेको चस्माको स्टिकर वा लोगो हेर्ने, ‘ग्लास स्टिकर’मा चस्मालाई परीक्षण गर्ने र ‘ब्राण्ड कन्सेप्ट’ तथा ‘जेन्यून’ ठाउँमा किन्ने गर्नुपर्दछ। चिकित्सक श्रेष्ठका अनुसार घाम बढी लागेको समयमा आँखाको नानीको आकार तथा व्यास सानो हून्छ। यस्तोमा कमसल चस्मा प्रयोग गर्दा आँखामा अँध्यारोपन बढ्न जान्छ र त्यसले नानी वरपरको व्यास ठूलो बनाउँछ। कमसल तथा नबुझी किनेका चस्मा लगाउँदा आँखाको नानी र पर्दासम्म बढी प्रकाश पुग्ने र त्यसले व्यास ठूलो बनाउने तथा सूर्यको किरणलाई फिल्टर गर्न नसक्ने हुन्छ। यसको कारण हानिकारक प्रकाश भित्र छिरेर आँखालाई झन् नराम्रो असर पुर्याउने गर्छ। कसरी छान्ने आफूलाई सुहाउने चस्मा ? चस्माले मानिसको व्यक्तित्वको पहिचानमा पनि महत्वपूर्ण भूमिका खेल्ने गर्छ। चस्माको बनोट र अनुहारको आकार अनुसार चस्मा छान्नु पर्छ। दृष्टी विशेषज्ञ किशोर सापकोटाका अनुसार व्यक्तिलाई कस्तो फ्रेम भएको चस्मा सुहाउँछ भन्ने कुरा अनुहारको बनोट, छालाको रङ तथा कपालको शैलीमा निर्भर हुने गर्छ। उनको भनाइमा चारपाटे वा गोलो अनुहार भएका व्यक्तिलाई ‘रेक्टेन्गुलर’ तथा लाम्चो अनुहार भएका व्यक्तिलाई बढी चौडा भएको चस्मा प्रयोग गर्दा सुहाउँछ। उनका अनुसार लाम्चो ९ओभल० आकारको अनुहार भएका व्यक्तिलाई भने प्राय सबै खाले फ्रेमको चस्मा सुहाउने गर्छ। त्यस्तै नाक लामो भएका व्यक्तिलाई लेन्सको बीचको भाग अलि छोटो तथा नाकको तल्लो भागमा अडिने खालको र छोटो नाक भएकाहरुलाई नाकको शिरानमै अडिने खालको चस्मा सुहाउने गर्छ। चस्माको माथिको भाग र प्रयोगकर्ताको आँखीभौं समानान्तर नभएमा चस्माले आखीँभौं नै ढाक्ने खालको हुनुपर्दछ। कपाल खौरिएको वा छोटो भएका व्यक्तिलाई मसिनो वा हलुका फ्रेम आकर्षक हुन्छ भने लामो कपाल भएकाहरुलाई मध्यम स्तरको फ्रेम र ठिक्क कपाल हुनेहरुलाई ठूलो र गाढा फ्रेमको चस्मा प्रयोग गर्दा सुहाउने उनी बताउँछन्। एजेन्सीको सहयोगबाट
थाहा पाइराखौं यस्तो अवस्थामा दही भुलेर नखानुहोस् !
दही स्वादिलो पेय हो र गुणकारी पनि। दही सेवन गर्दा स्वास्थ्यमा अनेक लाभ मिल्छ। गर्मीमा दहीले तिर्खा पनि मेट्छ। तर, दही खाने समय र तरिकामा भने ख्याल गर्नुपर्छ। दही स्वास्थ्यको लागि एकदमै फाइदाजनक चीज हो यसमा कुनै शंका छैन र यसको आफ्नै आयुर्वेदिक महत्व पनि छ। दहीमा प्रचुर मात्रामा क्याल्सियम हुन्छ जसले दाँत तथा मांशपेशीमा रहेका हड्डीहरुलाई बलियो बनाउनुका साथै पाचन प्रक्रियालाई समेत स्फूर्त बनाउने काम गर्दछ। दहीले जति फाइदाजनक काम गर्छ त्यति नै हानी पनि गर्छ । कस्ता व्यक्तिले दही खानुहुँदैन ? राति दही खाँदा पाचन क्रियामा गडबडी पैदा हुन्छ। यसलाई पचाउनका लागि इनर्जी बर्न गर्नुपर्ने आवश्यकता हुन्छ। धेरै मानिसहरू राति खाएपछि सुतिहाल्छन्। यसले झन् समस्या हुन्छ। राति दही सेवन गर्दा शरीरमा इन्फेक्सनको डर हुन्छ। यसले रुघा र खोकी लाग्न सक्छ । यसका साथै कतिपय अवस्थामा दही हानिकारक हुनसक्छ। वा त्यसले पोषण होइन, विषको काम गर्न सक्छ । जस्तो कि शरीरको कुनै भाग सुन्निएको छ भने राति दही कदापि खानु हुँदैन । यसले सुन्निएको झन् बढ्छ । घडा वा जोर्नीको दुखाईबाट पीडित भएको अवस्थामा दही सेवन उपयोगी हुँदैन। अन्यथा यसले दुखाईलाई झनै बढाउँछ । हामी दहीमा विभिन्न मिश्रण बनाएर सेवन गर्छौं, खासगरी डिजर्टको रुपमा। तर, थरीथरीका फलफूल दहीमा मिसाउँदा त्यो विषाक्त बन्न सक्छ। दही कहिले, किन र कसरी खाने र ? दही खाने उपयुक्त समय बिहान हो। हातगोडाको जलन, पेटको इन्फेक्सन, अपच, भोक नलाग्नु, कमजोरीका साथै अरु पनि थुप्रै समस्याहरू बिहान दही सेवन गर्दा ठीक हुन्छ। नास्तामा एक कचौरा दहीमा सक्खर मिलाएर खाँदा शरीरमा रगत बढ्छ। यसमा यस्ता रासायनिक पदार्थ हुन्छन् जसले गर्दा यो दूधभन्दा चाँडै पच्छ पनि। अपच, कब्जियत, ग्यास जस्ता पेटको समस्या भोगिरहेका व्यक्तिलाई दही वा त्यसबाट बनेको लस्सी, मोही आदिको उपयोग गर्नु फाइदाजनक हुन्छ। दही खाँदाका फाइदा राति निद्रा नलाग्ने समस्या छ भने दैनिक खानाका साथ एक कचौरा दही सेवन गरौं । दहीको नियमित सेवन शरीरका लागि अमृत समान मानिन्छ। यसले रगतको कमि तथा कमजोरी हटाउँछ। दूधले जब दहीको रुप लिन्छ, यसको सुगर एसिडमा बदलिन्छ। यसबाट पाचनमा मद्दत मिल्छ। भोक कम लाग्ने व्यक्तिहरुलाई दहीले एकदम फाइदा गर्छ। दहीको मोही वा लस्सी बनाएर पिउँदा पेटको गर्मी शान्त हुन्छ। पेटमा गडबडी हुँदा दहीमा विीरे नुन हालेर खाँदा पनि फाइदा हुन्छ। अमेरिकी आहार विशेषज्ञहरुका अनुसार दहीको नियमित सेवन गर्दा आन्द्राको रोग तथा पेट सम्वन्धी रोगहरुबाट छुट्कारा मिल्छ। दहीमा मुटुको रोग, उच्च रक्तचाप, तथा गुदाको रोगहरुलाई बिसेक पार्ने गजबको क्षमता हुन्छ। यसले कोलस्ट्रोल बढ्नबाट रोक्छ र मुटुको धड्कनलाई ठीक राख्छ। दहीमा क्याल्सियम अधिक मात्रामा पाइन्छ। यो हड्डीहरुको विकासमा सहायक हुन्छ। साथै, दाँत, ता नङलाई पनि बलियो बनाउँछ। पायल्स रोगबाट पीडित व्यक्तिहरुले दिउसो भोजनपछि एक गिलास मोही पिउँदा फाइदा मिल्छ। एजेन्सीको सहयोगबाट
सावधान ! म:म: खान मन पराउनेहरुलार्इ यस्तो खतरनाक हुनसक्छ
हामी दैनिकजसो खाजाको रुपमा मःमः नै बढी खान रुचाउँछौैं । खाजाको रुपमा मःमः धेरै खानु पनि खतरनाक हुने गर्दछ । तर, मानिसहरु खाजाको रुपमा मःम नै विशेषगरी खान मन पराएको देखिन्छ । होटल, रेष्टुरेन्टहरुमा मःमः खानेहरुको भीड अत्यन्तै लागेको देखिन्छ । तर, हामीलाई मःमः धेरै खाएमा के हुन्छ भन्ने कुरा थाहा छैन होला । हामी मःमः बनाउन मैदा बढी प्रयोग गरिन्छ । मैदाबाट बनेको मःमः दैनिकजसो खाने गरेमा स्वास्थ्यका लागि खतरनाक हुन सक्छ । हिजोआज हरेक गाउँदेखि सहरका गल्लीमा सहजै उपलब्ध हुने मःमः स्वास्थ्यका लागि हानिकारक हुन्छ । मःमः होस् वा अन्य मैदाबाट बनेको अन्य खानेकुराको साइड इफेक्ट हुन्छ । मैदा गहुँको परिस्कृत आँटा हो । यसमा फाइबर हुँदैन । मैदालाई सेतो तथा चमकदार बनाउन बेन्जोइल परअक्साइडले ब्लीच गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि हानिकार हुन्छ । थाहा पाइराखौं, मैदाबाट बनेको खानेकुरा खाँदा कस्तो नकारात्मक असरहरु पर्दछन्– १. मैदा खाँदा शरीरमा सुगरको मात्रा बढ्छ, किन कि यसमा हाइ ग्लाइसेमिक इन्डेक्स हुन्छ । २. ब्लड सुगर बढ्दा रगतमा ग्लुकोज जम्ने गर्छ । जसले गर्दा शरीरमा केमिकल रियाक्सन हुन्छ । यसले मुटु सम्बन्धि रोग लाग्ने गर्छ । ३. ममको अत्याधिक सेवनले कब्जियतको समस्या हुन्छ । यसले टाउको दुख्नेलगायतका समस्या निम्त्याउँछ । ४. जुन मानिस नियमित रुपमा मैदाबाट बनेको मम वा अन्य खानेकुरा खान्छ उसको रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । ५. मैदा बनाउँदा निकालिएको प्रोटिनका कारण मैदामा एसिडको मात्रा बढी हुन्छ । जसले गर्दा शरीरका हड्डी कमजोर हुन्छन् । एजेन्सीको सहयोगबाट
किन सुक्छ स्वर ? बचाउन के गर्ने ?
जिवीत प्राणीसंग आवाज हुन्छ । त्यही आवाजबाट उसले एक अर्काबीच सन्चार प्रक्रिया गर्छ, अन्तक्र्रिया गर्छ । आवाजमार्फत् नै मानिसले दुःख–सुख साट्छ, भावना व्यक्त गर्छ । यसैले हामीलाई समाजमा घुलमिल गर्न सहयोग गर्छ । आवाजविनाको परिकल्पना हामी गर्न पनि सक्दैनौं। डा ढुण्डीराज पौडेल मानिसको आवाज विभिन्न थरिका हुन्छन् । तर यसमा पनि समस्या आउन सक्छन् । धोद्रो, सुकेको, ठूलो, चर्को, मधुरोजस्ता आवाजहरु सबै स्वरका समस्या हुन सक्छन् । स्वर सुक्ने समस्यालाई ‘हर्सनेस’ भनिन्छ । घोडाको जस्तै आवाज भएकाले यसो भनिएको हो । मेडिकल भाषामा यसलाई ‘डिसफोनिया’ भनिन्छ। कहाँ बन्छ आवाज ? घाँटीमा एउटा स्वरयन्त्र हुन्छ । त्यहाँ दुईवटा भोकल कर्ड हुन्छन् । दुईटा स्वर यन्त्रको बीचबाट हावा बाहिर निस्कने क्रममा बोली अर्थात् आवाज निस्कन्छ। बोली उत्पादन भोकल कर्डमा हुन्छ । तर आवाज निस्केर मात्र हुँदैंन, त्यसलाई सुमधुरता दिन माथिल्लो अंगहरु जस्तै नाक, घाँटी, अनुहारका हड्डीजस्ता विभिन्न अंगले स्वर मिठो बनाउन भूमिका खेल्छन् । भोकल कर्डलाई हामी रुद्रघण्टी भन्छौं। किन हुन्छ बोली धोद्रो ? भोकल कर्डबाट नाकको भागसम्म अथवा टाउकाको तल्लो भागसम्म कुनै पनि प्रकारको खराबी भयो भने खराब आवाज निस्कन्छ । अर्थात् स्वरको समस्या हुन्छ । जसलाई हामी डिस्फोनिया भन्छौँ । यसैले भोकल कर्डमा समस्या भयो भने आवाज धोद्रो निस्कन्छ । यसका अतिरिक्त नाक तथा घाँटीको समस्या र पिनासका कारणले पनि बोली धोद्रो हुन सक्छ । यस्तै, भाइरसको समस्याले पनि स्वरमा परिवर्तन हुन्छ । धुलो, धुँवा, प्रदूषण, क्यान्सर, लामो समयसम्म चुरोट खानेहरुमा पनि क्यान्सर भएर मासु पलाउन सक्छ । बोलीको अत्याधिक प्रयोग अथवा ‘एब्युज अफ भ्वाइस’ कारण पनि बोली धोद्रो हुन्छ । बोलेको बोल्यै गर्नुपर्ने मानिसहरु जस्तै, शिक्षक, नेता, कर्मचारी, व्यापारीहरुको भोकल कर्डमा असर गरेर मासु पलाउन सक्छ र आवाज बिग्रन्छ। कहिलेकाही स्वरको दुरुपयोग पनि हुन्छ । कुनै घटनामा प्रतिक्रिया जनाँउदा, कुनै खेलमा आफ्नो मनपर्ने टिमले जित्दा, भिडभाडमा आफूले चिनेको व्यक्ति देखिँदा हामी ठूलो स्वरले चिच्याउँछौं । यसरी चिच्याउनु अनावश्यक हो, नचिच्याए पनि हुन्छ । त्यसैले यो स्वरको दुरुपयोग (एब्युज अफ भ्वाइस) हो। यस्तै, मसालेदार खानेकुरा, चिया–कफीको बढी प्रयोग, पानीको कम प्रयोग र ग्यास्ट्रिक भएका मानिसमा पनि स्वरको समस्या हुन्छ । फोक्सोमा क्यान्सर हुँदा मासु पलायो भने त्यसले स्वरयन्त्र चलाउने नशा च्यापिएर पनि स्वरमा समस्या हुनसक्छ वा बोली भाषिन सक्छ । मुटुमा रोग लाग्यो भने पनि त्यसले नशा च्यापिएर पनि स्वरयन्त्र प्यारालाइज हुँदा बोलीमा समस्या आउन सक्छ। मानिस वृद्ध अवस्थामा पुग्दा शरीरका नशा सक्दै जान्छन् । त्यसले पनि स्वर सानो हुँदैं जान्छ । त्यस्तै फोक्सोका रोगीमा पनि स्वरमा समस्या हुन्छ । किनभने बोली निस्कन हावा निस्कनुपर्छ । हावा निकाल्न फोक्सोमा कम हावा भयो भने यस्तो समस्या आउछ । त्यसैले निमोनिया, दम भएको मानिसमा स्वरमा समस्या आउँछ। कुनै मानिसको घाँटी बजाइराख्ने बानी हुन्छ, ठूलो स्वर निकालेर घाँटी सफा गर्ने बानी हुन्छ, त्यस्ता व्यक्तिमा पनि स्वरमा समस्या हुन सक्छ । अनावश्यक खोकीराख्नेहरुमा पनि बोलीमा समस्या हुन सक्छ । स्वर बचाउन के गर्ने ? धाराप्रवाह रुपमा छिटा–छिटो बोल्नु हुँदैन । अनावश्यक र चर्को स्वरमा नबोल्ने । बिस्तारै बोल्नुपर्छ । बोल्दा बीच–बीचमा रोकिएर थुक निल्दै बोल्नुपर्छ । आधा घण्टा बोले १० मिनेट आराम गर्नुपर्ने हुन्छ । धेरै बोल्नुपर्ने शिक्षकले स्वरमा ध्यान दिनुपर्छ । बिद्यालयमा पढाइसकेपछि बाहिरा निस्किएर गफ गरेर बस्नुभन्दा एकछिन चुप लागेर बस्नुपर्छ । यसको साटो बरु किताब पढेर बस्न सकिन्छ । (डा पौडेल वीर अस्पतालका नाक कान घाँटी रोग विशेषज्ञ हुन्। स्वास्थ्य खबरबाट)
यी खानेकुरा दूधसँग किन खानुहुँदैन ?
आजभोलि मानिसहरु आफ्नो स्वास्थ्य स्वस्थ र फिट राख्नका लागि बिहान–बेलुकी दूध पिउने गर्दछन् । तर, दूध पिउँदा यी कुराहरुमा ध्यान दिनुहोस् । दूधसँग यी खानेकुराहरु भुलेर पनि नखानुहोस् । जसको कारणले शरीरमा विभिन्न समस्याहरु आउन सक्छ । दूध र दही वा कफी नखाने, यदि खाएमा एसिडिटी, ग्याँस तथा कब्जियतको समस्या हुन्छ । यसमा एक डेढ घण्टाको फरक राख्नु राम्रो हुन्छ । ० मासको दाल र दूध खाँदा अपच हुन्छ । ० दूधका साथमा सुन्तला, मौसमजस्ता अमिलो जातका फल खानु उपयुक्त होइन । ० जसलाई कफको समस्या छ, उनीहरूले दूध र केरासँगै खानुहुँदैन, किनभने यी दुवै खाद्यसमाग्री कफ कारक हुन् । ० दूधसँग माछा खाँदा ग्यास बढ्छ, त्यस्तै छालाको समस्या समेत सिर्जना हुनसक्छ । ० दूधका साथ तारेको–भुटेको खाना पचाउन गाह्रो हुन्छ र छालाको समस्या समेत वृद्धि हुन्छ । ० दूध र नुन अथवा नुन हालिएको परिकारविरुद्ध आहार हो । एजेन्सीको सहयोगबाट
किन हुन्छ बच्चामा औंला चुस्ने बानी ?
काठमाडौंका रोशन तिवारीलाई सानोमा औंला चुसेर निदाउने, खेल्ने बानी थियो । उनको औँला चुस्ने बानीले ठूलो रुप निम्त्याउला भनेर बाबुआमाले पनि सोचेका थिएनन् । स्कुल जान थालेपछि बानी हट्ला भनेर परिवारका सदस्यले त्यति महत्व दिएनन् । तर, स्कुल जान थालेपछि पनि बानी हटेन । बरु उनका औंला बिस्तारै सुक्दै जान थालेपछि बाबुआमा चिन्तित हुन थाले। सुरु–सुरुमा शिक्षकहरुले पनि उनको बानीलाई वास्ता गरेनन् । नयाँ ठाउँ भएर चुसेको होला, स्कुलको वातावरणमा घुलमिल भएपछि औंला चुस्ने बानी हट्दै जान्छ भन्ने सोचे । तर भर्ना भएको दुई वर्षसम्म पनि औंला चुस्ने बानी नगएपछि शिक्षकले रोशनको आमाबुबालाई बोलाएर कुराकानी गरे । त्यसपछि मात्र रोशनका आमाबुबालाई औंला चुस्ने बानी ठूलै समस्या रहेछ भन्ने थाहा भयो । रोशनलाई अस्पताल लैजाँदासम्म एउटा औंला सुकेर सानो भैसकेको थियो। सामान्यतः बालबालिकाहरु भर्खर स्कुल भर्ना भएको बेला वातावरण फरक पाएर औँला चुस्ने गर्छन् । तर परिवारमा सोधपुध गदै जाँदा रोशनकी आमाको दुध नआएर उनको सानै उमेरदेखि औंला चुस्ने बानी भएको रहेछ । यो बानी जति उपाय अपनाउँदा पनि हटेको थिएन । परिवारले रोशनको औँलामा टेप लगाइदिँदा पनि अर्को औँला चुस्न थाले । तर पनि बानी छुटेन । किन चुस्छन् बालबालिकाले औंला ? यो व्यवहारिक रुपमा आउने समस्या हो । खासगरी, सानो उमेरमा आमाको दूध खान नपाएका बच्चाहरुमा आैंला चुस्ने बानी हुन्छ । रोशनको जस्तै सानो उमेरमा औंला चुस्ने बानीलाई बाबुआमाले समस्याको रुपमा लिँदैंनन् । औंला चुस्ने बच्चाले धेरै झगडा गर्दैन भन्ने मान्यता छ हाम्रो समाजमा । बच्चाको व्यवहार कस्तो हुने भन्ने कुरा परिवारका सदस्यसंग प्रत्यक्ष सम्बन्ध राख्छ । धेरैजसो अवस्थामा बाबुआमाको लापरवाहीले गर्दा यस्तो समस्या निम्तिएको हुन्छ । त्यसैले बच्चाको व्यवहार परिवर्तन गर्न निम्न कुरामा ध्यान दिनुपर्छ: सकेसम्म त समस्या निम्तन नदिनु नै बुद्धिमानी मानिन्छ । ठुलो भइसकेको बच्चालाई आमाको दुध चुसाएर बानी हटाउने कुरा आउँदैन । त्यसैले सानो बेलामा राम्रोसँग आमको दूध चुसायो भने यो समस्या आउँदैंन। चुस्ने औंलामा टेप लगाउने एक उपाय भएपनि यो समस्याको समाधान भने होइन । साथीहरुसँग घुलमिल गराएर शारीरिक अभ्यास हुने खालका खेल खेल्न लगाएर सम्झाउँदैं बिस्तारै छुटाउन सकिन्छ । फुर्सदमा चित्र बनाउन लगाउने या कुनै न कुनै काम गर्न लगाउने हो भने पनि बानी छुटाउन सकिन्छ । यस्तो बानी भएका बच्चालाई जिस्क्याउनु हुन्न । आमाबुबा, शिक्षकहरुले उनीहरुको व्यवहार परिवर्तन गर्न सहयोग गर्नुपर्छ । व्यवहार परिवर्तन गर्न समय लाग्छ । औषधि खाएर एकैछिनमा निको हुनेजस्तो समस्या होइन यो । सम्झाएर या उसलाई विभिन्न क्रियाकलापमा संलग्न गराएर बिस्तारै हटाउन सकिन्छ । बच्चाको शारीरिक तथा मानसिक विकासका लागि आमाको दूध महत्वपूर्ण हुन्छ । आमाको दूध खान नपाएका बच्चामा औंला चुस्ने, नङ टोक्नेजस्ता समस्या देखिन्छन् । कतिपयमा ठूलो भएपछि यो समस्या हटेको हुन्न । त्यसैले बच्चालाई आमाको दूध खान दिई औंला चुस्ने अवस्था आउन नदिन परिवार र बाबुआमाले ख्याल गर्नु जरुरी छ । स्वास्थ्यखबरबाट

