डिप्रेसनबाट बच्नको लागि यस्तो छ उपाय
– अस्वस्थ जीवनशैलीका कारण अधिकांश मानिसमा तनाव हुने गर्छ । यसको व्यवस्थापन गर्न नसक्दा उनीहरू डिप्रेसनको शिकार हुने गरेका छन् । यसर्थ, स्वस्थ जीवनशैली अपनाउनुपर्छ । समयमा सुत्ने–उठ्ने, सन्तुलित आहारसँगै पर्याप्त आराम गर्न आवश्यक छ ।
– दैनिक काम गर्दा हुने तनावलाई सकारात्मक रूपमा लिनुपर्छ । आइपर्ने समस्याको चिन्ता लिएर बस्नुभन्दा समाधानको उपाय खोज्ने गर्नुपर्छ ।
– लामो समयसम्म एउटै काम गरिहनुहुँदैन । बीच–बीचमा घुम्न जानेजस्ता क्रियाकलाप गर्नाले फ्रेस भइन्छ ।
– फास्टफुड, जंकफुड, धूम्रपान र मध्यपानबाट टाढा रहनुपर्छ । अत्यधिक मात्रामा चिया–कफी पनि सेवन गर्नुहुँदैन । यसले निद्रा गडबडीको समस्या निम्त्याउँछ ।
– निष्क्रिय जीवनशैली त्याग्नुपर्छ । सामाजिक कार्यमा सक्रिय हुनुपर्छ ।
– मनोरोगलाई भयानक रूपमालिनुहँदैन । यदि, मानसिक समस्या भएको संकेत भएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।
रक्सी खाएपछि किन हुन्छ ह्याङओभर, कसरी पाउने छुटकारा ?
नयाँ वर्ष आइसकेको छ। पार्टीहरू अझै चल्दैछन्। रक्सीका गिलासहरू एक अर्कासँग ठोक्किँदैछन्। कुनै आफन्तसँग त कुनै साथीहरूसँग। अलिकति धेरै नै पिइँदैछ। तर नतिजा, रातिको पार्टी सकिएपछि टाउको भारी हुन थाल्छ, बान्ता र रिँगटा लाग्न थाल्छ। थकाइ अनुभव हुन्छ। मानिसहरू यसलाई धेरै पिएपछि भएको ‘ह्याङ्गओभर’ हो भन्छन्। हिलसा माछाको अचार खानु, अण्डा खानु वा ओएस्टर खानु, ह्याङ्गओभर हट्छ भन्छन्। अधिक रक्सी पिएपछि प्राय: मानिसहरू ह्याङ्गओभर भएको बताउँछन्। फेरि जो साथीले अघिल्लो दिन धेरै पिउन बल गरेको थियो उसैले भोलिपल्ट ह्याङ्गओभर हटाउने उपायहरू पनि बताइरहेको हुन्छ। तर कुन उपायले तपाईँलाई ताजा बनाउला? त्यस्तो कुनै उपाय छ कि छैन? ह्याङ्गओभरबाट कसरी छुट्कारा पाउने भन्ने समस्या आजको होइन। मिश्रमा भेटिएको १९०० वर्ष पुरानो एउटा भोजपत्रमा यसबाट मुक्ति पाउने उपाय लेखिएको थियो। अर्थात् उसबेला पनि मानिसहरू रक्सी धेरै पिएपछि त्यसले निम्तिने समस्याबाट हैरान थिए र त्यसको समाधान खोजिरहेका थिए। त्यो भोजपत्रमा जुन उपायहरू सुझाइएको थियो, त्यो आजको दिनमा व्यवहारमा लागु गर्न कठिन छ। तर आज पनि ह्याङ्गओभर हटाउने अनेकौँ उपायहरू बताइन्छ। जस्तै क्यानरी भनिने चराको भुटेको मासु खानु, काँचो अण्डा खानु, गोलभेँडाको रस पिउनु, सस वा त्यस्तै चिज मिलाएर तयार पारिएको ओइस्टर खानु – आदि। रमाइलो कुरा के छ भने यीमध्ये कुनै पनि उपायले धेरै रक्सी पिएर तपाईँले भोगिरहनु भएको ह्याङ्गओभर समस्याको समाधान गर्ने निश्चित छैन। निश्चित समयपछि यो समस्या आफै हराउँछ। त्यसअर्थमा समयसँगै ह्याङ्गओभर हटेर जान्छ। यसको मुख्य कारण के हो भने आजको दिनसम्म ह्याङ्गओभर किन हुन्छ भन्ने स्पष्ट थाहा भइसकेको छैन। किन हुन्छ त ह्याङ्गओभर विज्ञानले के भन्छ भने जब अधिक रक्सी पिएर हामीलाई ह्याङ्गओभर भएको अनुभव हुन्छ या भनौँ जब टाउको भारी भएर दुख्न थाल्छ, रिंगटा लाग्छ तबसम्म हाम्रो शरीरमा रक्सीको अंश बाँकी नै हुँदैन। त्यसो भए ह्याङ्गओभर किन हुन्छ? रक्सी इथानोलबाट बन्छ। यसलाई हाम्रो शरीरमा भएको इन्जाइमले टुक्रा टुक्रा पारेर अन्य विभिन्न रसायनमा परिणत गरिदिन्छ। यीमध्यै सबैभन्दा महत्त्वपूर्ण एसिटेल्डिहाइड हो। यसलाई थप टुक्रा गरेर इन्जाइमले अर्को रसायन एसिटेटमा परिणत गरिदिन्छ। यही एसिटेट रसायन फ्याट्टि एसिड र पानीमा परिणत हुन्छ। केही वैज्ञानिकहरू ह्याङ्गओभर यही एसिटेल्डिहाइडका कारण भएको विश्वास गर्छन्। तर केही अध्ययनहरूले यो रसायनको ह्याङ्गओभरसँग प्रस्ट सम्बन्ध नहुने देखाएको छ। केही जानकारहरू भने रक्सीमा मिसाइने अरु नै रसायनका कारण ह्याङ्गओभर हुने बताउँछन्। तिनलाई कन्जेनर्स भनिन्छ। ह्विस्की बनाउँदा अन्य धेरै किसिमका तत्वपनि निस्किन्छन्। धेरै पिएपछि मात्र मानिसहरूले तिनको उपस्थिति अनुभव गर्छन्। कडा रङ्गका रक्सीमा यसको मात्रा बढी हुन्छ। त्यसैले बर्बन पिउँदा उत्तिकै भोड्का पिएभन्दा बढी ह्याङ्गओभरको अनुभूति हुन्छ। तर यसको असर व्यक्तिपिच्छे फरक फरक हुन्छ। साथै पिउनुको असर वा ह्याङ्गओभर पनि पिउने मानिसको उमेर र पिएको मात्रा अनुसार भिन्न हुन्छ। थकाइलागेको अनुभव किन हुन्छ वास्तवमा कुनै एक कारणले ह्याङ्गओभर हुँदैन। यसका विविध कारणहरू हुन्छन्। रक्सी पिउँदा हाम्रो शरीरमा हर्मोनको सन्तुलन खलबलिन्छ। यसबेला मानिसहरू अरुबेलाभन्दा धेरै पिसाब गर्न थाल्छन्। यसले उनीहरूको शरीरमा पानीको मात्रा कम हुन पुग्छ। टाउको भारी हुनु वा दुख्नु योसँग पनि सम्बन्धित छ। रक्सी सेवनले निद्रामा पनि असर गर्छ। प्राय: मानिसहरू राति अबेरसम्म रक्सी पिउँछन्। जसको परिणाम स्वरूप उनीहरू पर्याप्त सुत्न पाउँदैनन्। यसैकारण पनि उनीहरू थकान अनुभव गर्छन्। नेदरल्याण्ड्सको उत्रेख्त विश्वविद्यालयका प्राध्यापक योरिस सी वेर्सटर भन्छन्,”धेरै रक्सी सेवन गरेपछि हाम्रो शरीर त्यससँग लड्न थाल्छ ताकि त्यसले हाम्रो शरीरमा धेरै खराबी नगरोस्। त्यसै कारण पनि मानिसहरू धेरै पिएपछि अल्मलिएको जस्तो देखिन्छन्।” इन्टरनेटमा ह्याङ्गओभर हटाउने अनेकौँ उपायहरू लेखिएका भेटिन्छन्। कसैले केरा खाए राहत हुन्छ भन्छन्। किनकि रक्सी पिउनाले शरीरमा भएको पोटासियम नष्ट हुन्छ र केरा खाए त्यसमा भएको पोटासियमले शरीरमा त्यसको कमी पूरा हुन्छ। तर पोटासियमको कमी एक रात रक्सी खाँदैमा हुँदैन, जुन केरा खाएर तुरुन्तै पूर्ति होस्। कोही मानिसहरू ह्याङ्गओभर हटाउन बिहान चिल्लोयुक्त नास्ता खानु पर्ने सुझाउँछन्। कोही भने पिउनु पहिल्यै पेटभरि खानु पर्ने बताउँछन्। केही मानिसहरू अण्डा खाने सल्लाह दिन्छन्। अण्डामा हुने एमिनो एसिड भनिने रसायन एसिटेल्डिहाइड टुक्र्याउन प्रयोग हुन्छ। त्यसैले अण्डा खाएर राहत मिल्छ भनिन्छ। तर त्यस्तो तत्व त अन्य खानामा पनि पाइन्छ। अहिलेको लागि भने रक्सी धेरै पिएर हुने समस्याबाट छुट्कारा पाउने सबैभन्दा राम्रो उपाय भनेको आराम गर्नु, धेरै पानी पिउनु र एक चक्की एस्पिरिन लिनु हो। रक्सी पिउनुपूर्व राम्रोसँग खानेकुरा खानु र रक्सी पनि विस्तारै विस्तारै पिए ह्याङ्गओभर कम हुन्छ। र, सबभन्दा राम्रो उपाय त धेरै रक्सी नपिउनु नै हो।
स्वस्थ स्वास्थ्यका लागि योगाका अपत्यारिला फाइदाहरु यस्ता छन्
मोटोपनाको कारण भद्दा भएको शरीरलाई फिट बनाउनको लागि धेरैले विभिन्न उपायहरु अपनाउँछन् । तीमध्ये सबैभन्दा सरल र प्रभावकारी उपाय हो– नियमित योगा र ध्यान गर्ने । नियमित योगा र ध्यान गर्नाले धेरै हाम्रो शरीर चुस्त–दुरुस्त त हुन्छ नै यसले शरीरको रोग प्रतिरोधी प्रणालीमा पनि सुधार गर्छ । योगा र ध्यानमा मानव शरीरका केही यस्ता राज लुकेका छन् जसले हाम्रो डिएनए परिवर्तन गरेर क्यान्सर जस्ता कैयौं घातक रोगहरुबाट टाढा राख्न सक्छ । यस्तोमा वैज्ञानिकहरुले एन्टी इन्फ्लेमेटरी जिन्स पत्ता लगाएका छन् जसले शरीरलाई सक्रिय र स्वस्थमात्रै राख्ने होइन बरु आयु पनि बढाउँछ ।
स्टिम बाथबाट मुटुलाई यस्तो छ फाइदा
स्टिम बाथले छालालाई निकै फाइदा पुर्याउँछ । तर, यसको फाइदा छालामा मात्र सीमित छैन । यसले त मुटुलाई स्वस्थ बनाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । अर्थात्, मुटुका लागि पनि उत्तिकै फाइदाजनक छ, स्टिम बाथ । एक अनुसन्धानले प्रमाणित गरेको छ कि नियमित स्टिम बाथ लिने मानिसलाई स्ट्रोकको खतरा निकै कम हुन्छ । ० हप्तामा एक दिन मात्र स्टिम बाथ लिनेको तुलनामा दैनिक स्टिम बाथ लिने मानिसलाई स्ट्रोकको सम्भावना ६१ प्रतिशत कम हुन्छ । ० ब्रिटेनको युनिभर्सिटी अफ ब्रिस्टोलका सेटर कुनुतसोरले भनेका छन्, ‘नियमित रूपमा स्टिम बाथ लिँदा स्वास्थ्यमा कैयौँ फाइदा पुग्छ । र, यसले स्ट्रोक हुने खतराबाट बचाउन पनि भूमिका निर्वाह गर्छ।’ ० अनुसन्धानकर्ताहरूका अनुसार जति छोटो समयको अन्तरालमा बाफले स्नान गरिन्छ, त्यति नै स्ट्रोक हुने खतरा कम भएर जान्छ । यसको प्रभाव पुरुष–महिला दुवैमा समान हुन्छ । १५ वर्षसम्म गरिएको यस्तो अध्ययनको निष्कर्ष न्युरोलोजी पत्रिकामा प्रकाशित भएको हो । अन्य फाइदा ( छालामा जमेर बसेको विकार पदार्थ पसिनाका माध्यमबाट बाहिर निस्कन्छ । ० स्टिम बाथले छालालाई स्टिमुलेट गर्ने हुँदा छाला, जोर्नीलगायतको दुखाइ निको पार्छ । ० ढाड–कम्मर, जोर्नी दुख्ने, बाथरोग, युरिक एसिड बढेका, पिनास, मधुमेहजस्ता रोगबाट ग्रसितका लागि यो लाभदायक मानिन्छ । ० हप्तामा एकपटक स्टिम बाथ गर्दा स्वस्थ रहन मद्दत पुग्छ । रगतमा कोलेस्ट्रोल, ट्राइग्लिसाराइडजस्ता समस्या भएका व्यक्तिलाई पनि यसले फाइदा पुर्याउँछ । एजेन्सीको सहयोगबाट
यस्तो छ दुध र बेसार मिलाएर खानुको अचुक फाइदा
आयुर्वेदमा बेसारलाई सबैभन्दा राम्रो प्राकृतिक एन्टिबायोटिक भनेर व्याख्या गरिएको छ । यसैले छाला, पेट तथा अन्य रोगका लागि यसलाई प्रयोग गर्न सकिन्छ । त्यस्तै दुधमा पनि प्राकृतिक एन्टिबायोटिक रहेको हुन्छ । यसले शरीरमा हुने प्राकृतिक संक्रमणलाई रोकथाम गर्दछ । यदि बेसार र दुधलाई मिसाएर सेवन गर्ने हो भने हाम्रो शरीरलाई यस्ता फाइदा हुन्छन्ः ० दैनिकरुपमा एक गिलास दुधमा आधा चम्चा बेसार मिसाएर खाँदा प्रयाप्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ । जसका कारण गर्दा हड्डी स्वस्थ तथा मजबुत हुन्छ। ० बेसार र दुध मिसाएर खाँदा शरीरका जोर्नी दुख्ने समस्या पनि हट्छ । यसबाहेक बाथरोगका कारण हुने सुजनलाई पनि कम गर्दछ। ० दुध र बेसारको प्रयोगले हाम्रो शरीरमा भएका हानिकारक तत्व बाहिर निस्कन्छन्। विशेषगरी रगतमा भएको हानिकारक तत्व तथा कलेजोलाई सफा राख्न बेसार र दुधले सहयोग गर्दछ। ० बेसार हालेको दुध खाने हो भने क्यान्सरका कारण मानव कोषमा भएको डिएनएमा पर्ने असर वा हानीलाई रोक्दछ भन्ने एउटा अध्ययनले देखाएको छ। यस बाहेक क्यान्सर उपचारमा प्रयोग गरिने केमोथेरापी प्रविधिको साइड इफेक्टलाई कम गर्दछ। ० दुध र बेसार सेवनले कान दुख्ने समस्या पनि समाधान हुन्छ । शरीरमा रक्त सञ्चारलाई बढाएर कान दुख्ने पीडा कम हुने गर्दछ। ० अनुहारलाई चम्किलो बनाउन बेसार तथा दुधले सहयोग गर्दछ । बेसारमा दुध मिलाएर अनुहारमा लगाउने हो भने छाला चम्किलो हुन्छ। ० आयुर्वेद अनुसार बेसार प्रयोग गर्ने हो भने हाम्रो रगत सफा हुन्छ । यसले रक्त सञ्चारलाई मजबुत बनाउनुका साथै रक्तनलीलाई सफा राख्दछ । यसबाहेक रगत पातलो बनाउन पनि सहयोग गर्दछ । ० दैनिक एक गिलास दुधमा आधा चम्मा बेसार मिलाएर पिउने हो भने शरीरमा भएको अनावश्यक बोशो कम हुन्छ । यस कारण मोटोपन घटाउन पनि बेसार र दुध प्रयोग गर्न सकिन्छ। ० छालासम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउनका लागि बेसार हालेको दुध उपयोगी मानिन्छ। ० दुध र बेसार मिलाएर सेवन गर्ने हो भने पेटसम्बन्धी विभिन्न रोग निको हुन्छन्। पखला लाग्ने, पेट दुख्ने, ग्याष्ट्रिक तथा अल्सर जस्ता समस्याबाट पीडित बिरामीलाई बेसार अमृत समान मानिन्छ। ० महिनावारी भएको बेलामा पेट दुख्ने समस्याबाट मुक्त हुन बेसार र दुध प्रयोग गर्न सकिन्छ। साथै गर्भवती अवस्थामा रगत बग्ने समस्यालाई पनि कम गर्दछ। सुत्केरी भएपछि सामान्य अवस्थामा छीटो फर्कन पनि दुध तथा बेसारले सहयोग गर्द छ। ० चिसोका कारण रुघाखोकी लाग्ने मानिसले बेसार तथा दुध मिसाएर खाने हो भने चाँडो निको हुन्छ। एजेन्सीको सहयोगबाट
खुसी र स्वास्थ्य जीवनको लागि प्रकृतिसँग कसरी एकाकार हुने ?
तपाईं/हाम्रो स्थुल शरीरको निर्माण कसरी भएको छ ? एकपटक ध्यानमग्न भएर सोचौं त । योग विज्ञानले शरीरलाई पाँच तत्वले मिलेर बनेको हुन्छ भन्छ । आकाश, वायु, अग्नी, जल, पृथ्वी । शरीरको रचनालाई बुझ्ने हो भने यसको अद्भूत शक्ति र महत्वलाई पनि हामी अन्दाज गर्न सक्छौं । तर, आफ्नै शरीरका सम्पूर्ण शक्ति र प्रक्रियाबारे हामी अनभिज्ञ छौं । दुःखलाग्दो त के भने शरीरका यी गुण, विशेषता, शक्तिबारे बेखबर रहेरै हामी देहत्याग गर्छौं । अर्थात आफैसँग भएको, आफ्नै शरीरको प्रक्रिया र सामथ्र्यबारे जान्न नपाउँदै हामी भौतिक संसार त्यग्न पुग्छौं । स्मार्टफोन र जीवन भनिन्छ नि, एउटा स्मार्टफोनमा अनेक फंसन हुन्छ । तर, त्यसमध्ये अति आशिंक फंसनबारे हामी जानकारी राख्छौं । कल गर्न, भिडियो/फोटो खिच्न, केही एप्स चलाउन भन्दा अरु केही गर्दैनौं । अर्थात जति मूल्य चुकाएर हामीले स्मार्टफोन खरिद गर्छौं, त्यस अनुरुप स्मार्टफोनको उपयोग गर्दैनौं । किनभने त्यसको सम्पूर्ण उपयोगिताबारे हेक्का नै राखिदैन । ठीक यसैगरी शरीरको रचना र विज्ञान, यसको शक्ति र सौन्दर्य हामी खोज्दैनौ, जान्दैनौ । आफ्नै शरीरसँग के-कस्ता शक्ति छन्, के-कस्ता प्रणाली छन् भन्ने कुरामा थाहा पाउँदैनौ । जबकी हाम्रा पूर्खाहरुले शरीरको महत्व र शक्ति कति छ भन्ने कुरा प्रयोगबाट नै प्रमाणित गरिसकेका थिए । योग-विज्ञान त्यसैको नतिजा हुन् । योग-विज्ञानले शरीरको संरचना र आयमबारे प्रष्ट पारेको छ । यसलाई बुझियो भने शरीर कति अनमोल छ भन्ने कुरा प्रष्ट हुन्छ । शरीरः माटोको रचना शरीर अद्भूत छ । यो प्रकृतिको सुन्दर रचना हो । र, यो माटोबाट प्रस्फुटित एक उन्नत रुप हो । जसरी कुनै सुन्दर बुट्यान, मगमगाउने फूल, रसिलो फल माटोबाट उब्जिएका हुन् । त्यसैगरी शरीर पनि माटोकै रचना हुन् । माटोमा उब्जिएको शरीर माटोमा नै बिलय भएर जान्छ । यो कुरालाई हामीले बोध गर्यौं भने यो पवित्र शरीरभित्र अहंकार, दम्भ, लोभ, रिस जस्ता विकारहरु पालेर राख्ने छैनौं । तर, शरीरको रचनाबारे बेखबर भएकाले हामी यी विकारहरु भण्डारण गरेर शरीरलाई अपवित्र तुल्याउँछौं । दुषित तुल्याउँछौं । जसरी वायुमण्डल दुषित भएपछि त्यसले अनेक समस्या निम्त्याउँछ, त्यसैगरी शरीरभित्रका दुषित भावनाले पनि शरीरलाई रोगी एवं जीर्ण बनाउँछ । आधुनिक जीवनशैलीमा जे-जति रोग फैलिएका छन्, त्यसमा धेरैजसो त हाम्रो शरीरभित्रै उब्जिएका छन् । किस्ताबन्दीमा आत्महत्या शरीरभित्र अथाह शक्ति छ । अद्भूत सौन्दर्य छ । तर, हामी शरीरभित्र कहिल्यै प्रवेश गर्दैनौं । बाहिरी सुखभोगको चक्करमा आफ्नो शरीरलाई बेवास्ता गर्छौं । चाहिने-नचाहिने खान्छौं । अप्राकृतिक जीवनशैलीमा रमाउँछौं । यसरी आफ्नै शरीरलाई हेला गर्छौं । अपमान गर्छौं । यसको नतिजा के हुन्छ ? शरीरमा अनेक रोग, कष्ट, पीडा थपिन्छ । गौतम बुद्धलेभ नेका छन्, ‘रोगी शरीर लिएर बाँच्नु भनेको जीवन होइन, केवल पीडाको एक स्थिती हो ।’ योग-विज्ञानले रोगी शरीर लिएर बाच्नुलाई ‘किस्तावन्दीमा आत्महत्या गर्नु’ भनेका छन् । यसर्थ रोगी भएर वा पीडादायक अवस्थामा जीवन गुजार्नु आफैमा एक सजाय हो । यातना हो । यातनाका लागि हिरासतमै पुग्नुपर्छ भन्ने छैन । आफ्नै घरको आरमदायक सयनमा पनि हामी यातनापूर्ण जीवन विताइरहेका हुन्छौं । अतः यस्तो पीडा, यातनाबाट उन्मुक्त भएर उल्लासमय, उर्जामय, सुखमय जीवन विताउनका लागि हामीले प्रकृतिसँग एकाकार हुनुपर्छ । माटोसँग एकाकार हुनुपर्छ । हामी जति धेरै प्रकृतिबाट विमुख हुन्छौं, उत्तिनै पीडा झेल्नुपर्ने हुन्छ । प्रकृतिसँग हातेमालोः जीवन सुखी र निरोगी माटोमा खेल्नुहोस्, बनजंगलमा विचरण गर्नुहोस्, प्रकृतिले दिएको फल, अन्न सेवन गर्नुहोस् । प्रकृतिले हाम्रो शरीरलाई सन्तुलित र स्वस्थ्य राख्न उपयुक्त समयमा विभिन्न फल, अन्न आदि उब्जाउँछ । तर, हामी प्रकृति विरुद्ध जान्छौं । प्रकृतिले पुस-माघमा उब्जाउने फललाई हामी चैत्र-वैशाखमा फलाउने यत्न गर्छौं । प्रकृतिले काँचो खान दिएको खानेकुरालाई तारेर, पकाएर, भुटेर खाने चेष्टा गर्छौं । बनजंगल फाडनी गर्छौं र घरमा प्लाष्टिकको कृतिम फूल सजाउँर्छौं । यसरी प्रकृतिबाट विमुख भइरहँदा हामी रोगको दलदलमा फस्दै जान्छौं । एजेन्सीको सहयोगबाट
काठमाण्डूसहित विभिन्न स्थानमा रुघा-खोकीको नयाँ संक्रमण- लक्षण र जोगिने उपायसहित
काठमाण्डू र अन्य केही स्थानमा सामान्य रुघा-खोकी जस्तो देखिने नयाँ ‘फ्लु टाइप-ए’ नामक भाइरसका बिरामीहरूको संख्या बढिरहेको चिकित्सकहरूले बताएका छन्। राजधानी काठमाण्डू उपत्यका र केही जिल्लामा मौसमी रुघाखोकी जस्तो देखिने ‘फ्लु टाइप-ए’ नामक भाइरसका बिरामी देखापरेको भन्दै सर्वसाधारणलाई सावधानी अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन्। स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुखले विश्वका हरेक स्थानमा मौसम परिवर्तनका बेला देखापर्ने सङ्क्रमण सामान्य रुघा-खोजी जस्तो देखिने गरे पनि हेलचक्य्राइँ गरिए जोखिम बढ्ने सक्ने बताए। एकै स्थानमा थुप्रै बिरामी देखा नपरे पनि काठमाण्डू उपत्यकासहितका केही जिल्लाका विभिन्न अस्पतालहरुमा ‘फ्लु टाइप ए’ का भाइरल बिरामीहरू देखिन थालेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। जोखिम कसरी बढ्छ? सामान्य औषधिले नै ठिक हुने तर लापर्बाही गर्दा ज्यानै जाने हुनाले मौसम परिवर्तन हुने यो बेलामा सतर्क रहन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालले आग्रह गरेका छन्। उनले भने, “सास फेर्न गाह्रो हुने, लगातार ज्वरो आउने लक्षण देखिन्छ। सानो बच्चा यदि दूध नै खान नसक्ने अवस्था छ भने तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ।” इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रत्येक हप्ता नयाँ नयाँ रोगका बारेमा अध्ययन गर्ने क्रममा यसै हप्ता ‘फ्लु टाइप-ए’ देखापरेको जनाएको हो। मधुमेह दम र अन्य दीर्घरोगी र कमजोर व्यक्तिरूमा भने यसले तुरुन्तै आक्रमण गर्न सक्ने बताइएको छ। महाशाखाका अनुसार गतवर्ष पनि ‘भाइरल इन्फ्लुएन्जा-बी’को संक्रमणका कारण थुप्रै मानिसहरू बिरामी परेका थिए। सावधानी कसरी? अहिले देखिएको ‘फ्लु टाइप-ए’ भाइरसबाट जोगिन भने सामान्य सावधानी नै पर्याप्त रहेको महाशाखा प्रमुख लालको भनाइ छ। उनी भन्छन्, “व्यक्तिगत सरसफाइ सबैभन्दा महत्त्वपूर्ण छ। जस्तै खोक्दा हाच्छ्युँ गर्दा रुमालले मुख छोप्ने, भिडमा नबस्ने र तुरुन्त साबुन पानीले हात धुने। यी सामान्य तर एकदमै प्रभावकारी उपाय हुन्। अर्को कुरा रुघाखोकी लागेको छ भने झोल भएको खानेकुरा खानमा जोड दिनु पर्छ।” इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘फ्लु टाइप-ए’को संक्रमण बढेको देखिएकोले सतर्कता अपनाउन राजधानी र अन्य जिल्लाका स्वास्थ्य शाखाहरूलाई सचेत गराइसकिएको जनाएको छ। -BBCNepali बाट
के अण्डा र केरा सँग खानु घातक हुन्छ ?
हिजोआज सोसियल मिडियामा एउटा पोष्ट भाइरल भएको छ । अण्डा र त्यसलगत्तै केरा सेवन गरिएको केही सेकेण्डमै भारतका एक व्यक्तिको मृत्यु भएपछि उक्त पोष्ट सोसियल मिडियामा एकाएक भाइरल बन्दै गएको छ । उक्त पोष्टलाई आधार मान्ने हो भने अण्डा र केराको मिश्रणले पेटमा गएर विषको रूप लिने गर्दछ । जसका कारण मानिसको मृत्यु समेत हुनसक्छ । त्यसैले अण्डा र केराकेा सेवन नगर्न सोसल मिडियामा सुझावको ओइलो लागेको छ । आखिर अण्डा र केरामा त्यस्तो के छ, जसको सेवनका कारण मानिसको मृत्यु समेत हुनसक्छ भनेर प्रचार गरिन्छ ? अण्डा र केराका फाइदा अण्डा तथा केरा हरेक घरमा पाइन्छन्, खाइन्छन् । विशेषगरी जीम जाने तथा शारिरिक व्यायाम गर्नेहरू माझ लोकपि्रय अण्डामा प्रोटिनको मात्रा धेरै हुन्छ भने फलफूलको रूपमा सेवन गरिने केरामा आइरन तथा कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ । यसबाहेक पनि अण्डा तथा केरा सेवन गर्दा थुप्रै फाइदा हुने गर्छन् । केराका फाइदा केरामा भरपूर मात्रामा आयरन, पोटासियम, फाइबर तथा मिनरल्स पाइन्छ । यो ग्लूकोज तथा प|mुट्रोसको पनि राम्रो स्रोत हो । आइरनले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्छ भने पोटासियमले रक्तसञ्चारलाई सही तरीकाले प्रवाह गर्न मद्दत गर्छ । केराको सेवनले ब्लड प्रेसर नियन्त्रण रहनुका साथै तनाव कम गर्न मद्दत गर्छ । केराले शरीरलाई रोगहरूबाट बचाउने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने हुँदा केराको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । अण्डाका फाइदा प्रोटिनको राम्रो स्रोत मानिएको अण्डामा भरपूर मात्रामा स्याचुरेटेड फ्याट, क्याल्सियम, अमिनो एसिड तथा भिटामिन ‘डी’ समेत प्रशस्त मात्रामा पाइन्छ । यसको सेवनले शरीरको स्टामिना बढाउनुका साथै मांशसपेशीलाई बलियो बनाउन मद्दत गर्दछ । के यी दुईको सममिश्रण शरीरका लागि घातक छ ? चिकित्सकहरूका अनुसार केरा र अण्डा एकैसाथ खानु हुँदैन भन्ने कुनै वैज्ञानिक आधार छैन । तथापि विभिन्न किसिमको कीटनाशक औषधीको प्रयोग तथा केरालाई पकाउनका लागि गरिने विभिन्न औषधीको प्रयोगका कारण औषधीको डोज धेरै भएमा त्यस्ता औषधीले मानव शरीरलाई असर पार्दछ । व्याक्टेरिया तथा संक्रमित अण्डाको सेवनका कारण पनि शरीरमा फुड प्वाइजनिङको समस्या निम्तने गर्दछ । जसका कारण मानव शरीरमा गम्भीर समस्या निम्तेर मानिसको मृत्यु सक्ने ओम अस्पताल तथा रिसर्च सेन्टरका पोषणविद् डा. भूपाल बानियाँ बताउँछन् । बानियाँ भन्छन्, ‘खानेकुरा खाएकै कारण मानिसको मृत्यु हुन्छ भन्ने कुराको तर्क छैन । यद्यपि प्रत्येक मानिसको शरीर फरक हुने तथा त्यसले गर्ने काम समेत फरक हुने भएकाले कसैलाई त्यही कुराले फाइदा गर्छ भने कसैलाई हानिनोक्सानी पुर्याउन सक्छ ।’ अण्डा तथा केरा खाएकै कारण मानिसको मृत्यु हुन्छ भन्नु सही नभएको बानियाँ बताउँछन् । उनका अनुसार कयौ मानिसलाई अण्डाको एलर्जी हुने गर्दछ । अण्डाको एलर्जी भएका व्यक्तिले अण्डाको सेवन गरेमा उनीहरूलाई चिलाउने, घाउ खटिरा तथा विविरा आउने, पेट दुख्ने तथा फुल्नेजस्ता समस्या देखा पर्न सक्छन् । त्यस्तै, कसैलाई ग्लूटेन मिसिएको खानेकुराको कारण एलर्जी हुनसक्छ भने कसैलाई मिल्क प्रोटिनका कारण दूधको एलर्जी हुनसक्छ । र, त्यही एलर्जीका कारण मानिसको मृत्यु समेत हुनसक्दछ । त्यसो भए अन्य कुनै खानाको मिश्रणले पनि यस्तो समस्या उत्पन्न हुनसक्छ ? यस प्रश्नमा चिकित्सकहरू संसारमा त्यस्ता कुनै मिश्रण नभएको बताउने गर्छन् । डा. बानियाँ भन्छन्,’ मेडिकल साइन्समा यस्तो कुनै मिश्रण छैन, जसको सेवन गरेकै कारण मानिसको मृत्यु हुन्छ । यद्यपी, फिजिकल , बायोलोजीकल तथा केमिकल्स मिसावटयुक्त खानेकुराकेा सेवनका कारण भने मानिसको मृत्यु सक्ने कुरालाई भने नर्कान सकिदैन’ । विशेषगरी, फिजिकल मिसावट अन्तर्गत खानामा रौ, चुरा आदी मिसाएको कारण त्यसले आन्द्रामा समस्या निम्त्याउन सक्दछ । जसका कारण शरीरमा गम्भीर समस्या उत्पन्न भई मानिसको मृत्यु समेत हुन सक्छ । त्यसैगरी, जैविक मिसावट अन्तर्गत वासी, सडेगलेका, ढुसीयुक्त तथा व्याक्टेरियायुसक्त खानेकुरा पर्दछ । केमिकल्स कन्ट्यामिनेशन अन्तर्गत विभिन्न रसायन, किटानशक औषधी तथा माछामा प्रयोग गरिने फर्मालाईन नामक औषधी भन्ने बुझिन्छ । यस्ता मिसावटको प्रयोग खानामा अधिक भएमा यसले स्वास्थ्यलाई गभीर समस्या पुर्याउन सक्छ । यस हिसाबले कुनै व्यक्तिको शरीरमा कुनै तत्वले असर पार्न त सक्दछ । तर यो कुरा सबैमा लागु नहुने भएकाले यस कुरालाई भने विशेष मनन गर्न समेत उनले अनुरोध गरेका छन् ।
महिलामा स्तनको आकार किन फरक हुन्छ ? यस्तो छ अनुसन्धानको निष्कर्श
एजेन्सी – महिलाहरुको दुईवटा स्तनको समान आकार नहुन सक्छ । यस्तो किन हुन्छ भन्ने कुराबारे बिभिन्न निश्कर्ष निकालिएको पाइन्छ । हालैमात्र बेलायतको एक पहिरन उत्पादन कम्पनी डिभेनहाम्सले पनि यसको बारेमा अनुसन्धानको नतिजा सार्वजनिक गरेको छ । यो कम्पनीले हरेक वर्ष महिलाले लगाउने ब्रा तथा पेन्टीहरुको आकारको बारेमा सर्वेक्षण गर्छ । आम महिलाले सानो, मझौला वा ठूलो मध्ये कुन प्रकारको ब्रा र पेन्टी लगाउँछन् भन्ने जान्नका लागि यस कम्पनीले यस्तो सर्वेक्षण गर्दै आएको छ । उदाहरणको लागि सन् २००८ को एउटा सर्वेक्षणले बेलायती महिलामाझ ‘पुस अप’ ब्रा निकै लोकप्रिय रहेको देखाएको थियो । सन् २०१२ को एक सर्वेक्षण अनुसार आजभोलीको महिलाको स्तन बढेको भन्दै सोही अनुरुपको ब्रा बनाएको थियो । डिभेनाहाम्सका नियमित ग्राहकमाझ ब्राको आकार सन् २०१० देखि नै बढेको छ । किनकी त्यतिबेला नै ब्राको आकार ३४बीको आकारबाट ३४ डी मा पुगेको थियो । त्यसो त स्तन र ब्राको विषयमा एउटा कम्पनीको सर्वेक्षणलाई मात्र आधिकारिक वा विश्वासिलो मान्न सकिदैन । तर, अन्य केही तथ्यांकहरुलाई विश्लेषण गर्दा यो बुझ्न करै लाग्छ कि, पछिल्ला वर्षहरुमा पश्चिमेली महिलाका स्तनहरुको आकार भने बिस्तारै ठूला र पुटुक्क देखिन थालेका छन् । आकर्षक स्तन देखिनु वंशाणुगत उपहार हो वा ब्राको चमत्कार हो यसको जबाफ विज्ञहरुले नै देलान् । तर, कस्मेटिक सर्जरीकै कारणले पश्चिमा महिलाको स्तन ठूलो भएको भने अवश्य होइन । सन् १९८३ मा महिलाहरुको भित्री पोसाक निर्माता अर्को कम्पनी प्लेटेक्सले सर्वाधिक विक्री हुने ब्राको आकार ३४ बी बाट ३६ बी पुगेको रिर्पोट गर्यो । केही वर्षपछि औषत अमेरिकी महिलाको कप साइज ३६ सी पुगेको बताइयो । अनि बिस्तारै महिलाहरु ठूला ठूला ब्रा प्रति मोहित हुन थाले । ठूलो ब्रा लगाउनुका पछाडि विभिन्न तत्वले भूमिका खेलेको बताइन्छ । जस्तैः महिलाको कम्मरमा बृद्धि, फिटिङ ब्रा प्रतिको बढ्दो मोह र ब्रा निर्माता कम्पनीमा स्टार्डन्ड साइजको अभाव इत्यादि । जहाँसम्म स्तनको आकारको सवाल छ, यसमा विभिन्न तत्वले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । जस्तै तौल परिवर्तन, औषधी, गर्भवती अवस्था र मासिक धर्मको अवस्था यी सबैले स्तनको आकार बढाउन र घटाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तरपनि स्तनको आकारलाई सातओटा वंशाणुगत संकेतले निर्देशित गर्ने बताइन्छ । हरेक महिलाले आफ्नो अभिभावकको जीनबाट ब्रासँग सम्बन्धित डीएनको अद्धितीय सेट प्राप्त गरेको हुन्छ । स्तनको स्वरुप सामान्यता सबै महिलाहरुमा उस्ताउस्तै भएपनि यसको आकार महिलैपिच्छे फरक मात्र होइन स्तनपिच्छे फरक हुन्छ । महिलाहरको यौन अंग विकसित भएपछि महिला सेक्स हर्मन ९इस्ट्रोजिन०ले महिलाको प्रारम्भिक स्तन विकासमा सहयोग पुर्याउँछ । बिस्तारै स्तनको मुन्टामा हल्का बृद्धि हुन्छ । तर, दुबै स्तनले एउटै खालको हर्मन नपाउन पनि सक्छन् । जसका कारण एउटा स्तन अर्को भन्दा तुलनात्मक रुपमा ठूलो हुन्छ । किशोरावस्थामा देखिएको स्तनको आकारको असन्तुलन प्रौढ अवस्थामा पनि देखिन्छ । कम्तिमा पनि २५ प्रतिशत महिलाको एकातिरको स्तन सानो हुन्छ । स्तनको आकार ठूलो वा सानो बनाउने जीनबारे अनुसन्धानकर्ताहरुले वृहत विवरण पत्ता लगाइरहेकै बेला स्तनको असन्तुलित आकारले उचित ब्रा कप खोज्न झन्झटबाट मुक्त पाउने विश्वास गरिएको छ ।
औषधीको गर्भपतनले यस्तो हुन्छ खतरा, जान्नैपर्ने कुरा
२७ वर्षीया नम्रता १० महिने छोराकी आमा हुन् । पहिलो नानी सानो छँदै उनी गर्भवती भइन् । त्यसैले उनले गर्भपतन गराउने निर्णय लिइन् । गर्भपतनका लागि औषधिहरु पाइन्छ भन्ने कुरा सुनेकी नम्रताले आफूले पनि औषधी सेवन गरेर नै गर्भपतन गराउन पाए हुन्थ्यो भन्ने चाहना राखिन् । उनका श्रीमान्ले उनलाई चिनेको एक औषधि पसलबाट गर्भपतनका लागि केही औषधी ल्याइदिए । उनले सो औषधी तोकिएको विधी अनुरुप नै सेवन गरिन् । औषधी सेवन गरेको केही घण्टापछि औषधी पसलेले भनेजस्तै रक्तश्राव हुन थाल्यो । आफ्नो गर्भ खेर गयो भनेर ढुक्क थिइन् उनी । तर, दुर्भाग्य ! लामो समयसम्म पनि रक्तश्राव रोकिएन । उनलाई कमजोरी महसुस भयो । रगत पनि अत्यधिक बग्यो । उनी भित्रभित्रै डराउन थालिन् । चिन्तित हुन थालिन् । श्रीमान् लगायत घरका सबै आत्तिए । हतार-हतार उनलाई अस्पताल पुर्याइयो । चिकित्सकले प्रारम्भिक परीक्षणपछि उनलाई तुरुन्त रगत दिनु पर्ने तथा गर्भ राम्ररी सफा भइनसकेकाले पाठेघर सफा पनि गर्नुपर्ने सल्लाह दिए । चिकित्सकका अनुसार उनी समयमा अस्पताल नपुगेको भए ज्यानै गुमाउनु पर्ने हुन्थ्यो । यो एक प्रतिनिधि घटना हो । गर्भपतनका लागि उपलब्ध औषधी सेवन गरेर त्यसका जोखिम झेल्नेहरु यहाँ हजारौं छन् । उनीहरुमध्ये कतिपय गम्भीर संकटमा समेत फसिसकेका छन् । वाध्यता र असावधानी गर्भपतन रहरले गराउने होइन । यसका निम्ति विभिन्न वाध्यता हुन्छन् । गर्भ रहँदा र त्यस गर्भलाई हुर्कन दिँदा निम्तने सम्भावित जटिलताले गर्दा धेरैले गर्भपतन गराउँछन् । गर्भपतन गराउने केही विधि प्रचलित छन् । ति सुरक्षित विधि हुन् । अहिले औषधी सेवनबाट समेत गर्भपतन गराउन सकिन्छ । तर, यसमा केही सतर्कता अपनाउनुपर्ने हुन्छ । गर्भपतन गर्ने चाहना वा बाध्यता धेरैको हुने गर्छ । कसैको बच्चा सानो भएको, कसैको सन्तानको रहर पुगिसकेको त कसैको छोराछोरी हुर्किसकेर ठूला भइसकेको, कसैको अध्ययन पूरा नभएको जस्ता सामाजिक तथा आर्थिक कारणहरुले गर्दा गर्भपतन गराउनु पर्ने हुनसक्छ । गर्भनिरोधक साधन असफल भएर रहेको गर्भ तथा सामाजिक मर्यादा तोडेर रहेको गर्भ पनि कतिपले फाल्ने गर्दछन् । तर यसमा असावधानी अपनाउँदा ज्यानै जाने खतरा हुन्छ । तीन हजार बढी गर्भपतन सेवा नेपालमा गर्भवती महिलाको इच्छाले गर्भपतन गर्न पाउने कानुनी मान्यता सन् २००२ मा प्राप्त भयो । सन् २००४ मा नेपालभर गर्भपतन सेवा म्यानुल भ्याकुम एस्पिरेशन (एम.भी.ए.) अर्थात प्लाष्टिकमा क्यानुलाद्वारा खाली पारिएको सिरिन्जको मद्दतले गरिने गर्भपतन सेवामा विस्तार गरियो । सन् २००९ मा औषधीले गरिने गर्भपतन सेवा (मेडिकल एबोर्सन- एम.ए.) पनि शुरु गरियो । परिवार महाशाखाको पछिल्लो तथ्यांक अनुसार हाल देशभर वटै जिल्लामा गरेर ३ हजारभन्दा बढी गर्भपतन सेवा दिने स्वास्थ्यकर्मी तथा चिकित्सकहरु छन् । यी दुवै सेवाहरु अधिकांश सरकारी अस्पतालहरु तथा केही गैरसरकारी स्वास्थ्य संस्थाहरुमा पनि उपलब्ध छन् । कानुनी मापदण्ड के छ ? गर्भपतन सेवाका लागि कानुनी मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । गर्भपतन सेवा दिने संस्था र चिकित्सक वा स्वास्थ्यकर्मी दुवै सूचीकृत हुनुपर्छ । गर्भपतन सेवाका लागि सूचीकृत भएका वा मान्यता प्राप्त गरेका संस्थामा सुरक्षित गर्भपतन सेवाको लोगो राखिएको हुन्छ । राम्रो कुरा के छ भने, यस्ता सूचीकृत संस्थामा तालिम प्राप्त चिकित्सकबाट गरिएको गर्भपतनबाट हालसम्म एक जनाको पनि मृत्यु भएको छैन । एक प्रतिशतभन्दा पनि कममा मात्र सामान्य समस्या देखिने गरेको तथ्यांक छ । गर्भपतन गराउने तरिका विश्व बजारमा वर्षौंदेखि गर्भपतनका औषधीहरु प्रयोग गरिँदै आएपनि नेपालमा यो भित्रिएको धेरै भएको छैन । नेपालमा पनि आईपास, पी.एस.आई. नेपाल, परिवार महाशाखा लगायतले ६ वटा जिल्लामा गरेको सफल परीक्षण पछि मात्र भित्र्याइएको थियो । नेपालमा अपनाइएको पद्दती अनुसार एकथरि औषधी मुखबाट सेवन गरेको २४ देखि ४८ घण्टासम्म अर्कोथरिको औषधी योनिमार्गमा वा जिब्रोमुनि राख्नु पर्छ । सजिलो र घरमा पनि प्रयोग गर्न सकिने भएकाले यसको प्रयोगकर्ता बढीरहेका छन् । अत्यन्त प्रभावकारी मानिने यी औषधीहरुको प्रयोगले ९ हप्ता अर्थात ६३ दिनसम्मको गर्भपतन गराउन सकिन्छ । नेपालका सूचीकृत स्वास्थ्य संस्थाहरुमा प्रयोग गरिएका औषधी करिब ९६ प्रतिशत प्रभाकारी भएको साबित भएको छ । त्यसैले गाउँ-गाउँसम्म यो सेवा बिस्तार गर्ने नेपाल सरकारको लक्ष्य छ । सोही लक्ष्य अनुरुप स्वास्थ्य चौकीसम्म यो सेवा बढाइएको छ । गर्भपतन कसले गराउन पाउँछ ? गर्भ राख्न नचाहने १६ वर्ष पार गरेकी मानसिक सन्तुलन ठीक भएकी हरेक गर्भवतीले आफ्नै मञ्जुरीमा ९ हप्तासम्मको गर्भपतनका लागि सूचीकृत स्वास्थ्य संस्थामा गएर आवश्यक परिक्षण र परामर्श गरेर यो औषधिहरु सेवन गर्न सक्छन् । औषधीहरु सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । निजी तर सूचीकृत संस्थामा यसको मूल्य तिर्नुपर्छ । यो औषधी पसलमा सोझै खाने औषधी होइन । १६ वर्ष पार नगरेको वा मानसिक अवस्था ठीक नभएको गर्भवतीले आफ्नो नजिकको नातेदारको मञ्जुरीमा यो सेवा लिन पाउँछन् । बिना परामर्श अनाधिकृत ठाउँबाट गर्भपतनको औषधी सेवन गर्नु गैरकानुनी मात्र होइन घातक पनि हुन सक्छ । किन हुन्छ अत्याधिक रक्तश्राव ? मेडिकल एबोर्सन (औषधिद्वारा गरिने गर्भपतन) ६३ दिनसम्मको गर्भपतनका लागि प्रभावकारी र सफल रहे पनि यसका केही साइड इफेक्टहरु पनि छन् । टाउको दुख्ने, ज्वरो आउला जस्तो हुने, पखाला लाग्ने, वाक्वाक हुने तथा महिनावारीको जस्तो वा केही रगत बग्ने हुन सक्छ । यस्तो असरहरु समान्यता आफै हराएर जान्छ र स्वास्थ्य परामर्शको आवश्यकता नपर्न सक्छ । तर, अत्यधिक रक्तश्राव भएमा, बेहोस भएमा, गन्हाउने वा योनीमार्गबाट पिप जस्तो जान थालेमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने हुन्छ । तोकिएको अर्थात तालिम प्राप्त स्वास्थ्यकर्मी वा चिकित्सकद्वारा गरिएका मेडिकल एबोर्सनमा यस्ता गम्भीर असरहरु प्रायः देखिँदैन । यद्यपी अस्पतालहरुमा यस्ता विरामी घटेका छैनन्, कारण हो अनाधिकृत रुपमा औषधी सेवन । औषधी पसलेहरु तथा सम्बन्धित स्वास्थ्यकर्मीहरु बाहेकले यस्ता औषधीहरु बिक्री वितरण गर्न नपाउने नियम छ । तर केही औषधी पसले तथा अनाधिकृत वा अयोग्य स्वास्थ्यकर्मीहरुले क्षणिक आर्थिक मुनाफाका लागि भारतीय बजारबाट ल्याएका कमसल वा औषधीहरु बिक्री वितरण गर्ने गरेको पाइन्छ । औषधीद्वारा गरिने गर्भपतनको सफलताको सबभन्दा महत्वपूर्ण पक्ष हो, गर्भको अवधि वा आकारको सही मापन । मेडिकल एबोर्सनका लागि पाठेघरको आकार पत्ता लगाउन भिडियो एक्सरे -अल्ट्रासाउण्ड) गर्नुपर्ने मान्यता छ । मेडिकल एबोर्सनका लागि अर्को महत्वपूर्ण पक्ष हो, गर्भपतन पुर्णरुपले भयो वा भएन भनेर परीक्षण गर्नु । समान्यतया औषधी सेवन गरिसकेपछि रक्तश्राव सबैलाई हुन्छ । तर रक्तश्राव हुँदैमा पूर्णरुपमा गर्भपतन नभएको हुन सक्छ । यो अवस्था समान्य पनि हुन सक्छ तर धेरै समयसम्म अत्याधिक रक्तश्राव जोखिमपूर्ण हुन सक्छ । यी दुवै अवस्था तथा तथ्यलाई पहिचान गर्न नसक्ने जो कोहि व्यक्तिबाट वा गर्भको स्थितिलाई परीक्षण नगरी एम.ए. अर्थात मेडिकल एबोर्सन गर्नु खतरनाक पनि हुन सक्छ । यस बाहेक गर्भपतनका लागि अन्य धेरै कुरामा बिचार पुर्याउनु पर्छ । पहिलेको गर्भ तथा प्रसूति सम्बन्धी समस्याहरु, अन्य दीर्घरोगहरु, बिभिन्न स्वास्थ्य समस्याका लागि औषधीहरु सेवन गरिरहेको अवस्था आदिका बारेमा पनि जानकारी लिनु पर्ने हुन्छ । कतिपय यस्ता अवस्थामा गर्भपतनको औषधी सेवन गर्नु हुँदैन । समयको अभावमा वा सूचीकृत चिकित्सकलाई झन्झट मानेर उचित परामर्श र पूर्ण परीक्षण बिना गरेको गर्भपतन सुरक्षित हुन्छ भनेर भन्न सकिँदैन र यसबारे समयमा नै सचेत हुन आवश्यक छ । त्यस कारणले गर्दा पैसा र समय बचाउन तथा गोपनियताको लागि सम्बन्धित स्वास्थ्य केन्द्रमा नगएर अनाधिकृत व्यक्तिको भर पर्दा दुःख पर्ने मात्र होइन, ज्यानै पनि जान सक्छ भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ । यसको विकल्प छैन ? गर्भपतन (औषधि तथा एमभीए) सुरक्षित हुँदाहुँदै पनि यो अन्तिम विकल्प मात्र हो । गर्भपतन नगराएर अनावश्यक बच्चाको जन्म दिनु पनि उपयुक्त हुँदैन र गर्भपतन रोज्नु पर्ने हुन्छ । त्यसैले यस्तो अवस्था आउन नदिनु नै उत्तम उपाय हुन्छ । यसका लागि परिवार नियोजनका साधनहरु प्रयोग गर्न सकिन्छ । सबै दम्पत्तिहरुले एकै खालका परिवार नियोजनका साधन प्रयोग गर्नु पर्छ वा उपयुक्त हुन्छ भन्ने छैन । आफूलाई कस्तो साधन राम्रो र प्रभावकारी हुन्छ त्यसबारेमा स्वास्थ्यकर्मीसँग परामर्श गरेर छनोट गर्नु राम्रो हो । परिवारको आकार पूरा भएपछि वा सन्तानको रहर पुगिसकेपछि स्थायी बन्ध्याकरण पनि उचित हुन सक्छ । सुरक्षित यौनव्यवहार र राम्रो परिवार नियोजनका साधन रोज्न सके, गर्भपतन गराउनु पर्ने बाध्यात्मक अवस्था नआउन सक्छ भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ ।
विदेशमा रहेका श्रीमानको शुक्रकीट जम्मा गरेर बच्चा जन्माउने सेवा नेपालमैं (अन्तर्वार्ता)
डा.उमा श्रीवास्तव निसन्तान केन्द्र बानेश्वरकी प्रमुख डा. उमा श्रीवास्तव २५ वर्ष देखि प्रजनन् तथा स्त्री रोग विशेषज्ञका रुपमा काम गर्दै आएकी छिन् । चार हजार भन्दा बढी निसन्तान दम्पतीलाई कृतिम विधिबाट सन्तान जन्माउन सहयोग गरेकी श्रीवास्तवसँग निसन्तानको समस्याका बारेमा डा.उमा श्रीवास्तव संग गरियको कुराकानीः कहिल्यै पनि बच्चा नहुने हुन्छ कि हुँदैन ? यो एकदमै कममा मात्र हुन्छ । एक पाठेघरमा दीर्घ रोग लागेमा र अर्को कुनै पनि महिला महिलाको स्वरुप मात्र हुने तर उसको बृद्धि विकास पुरुषको भएको अवस्थामा मात्र बच्चा नहुने हुन्छ । नभए अरु कुनै पनि अवस्थामा महिलाको बन्चा नहुने भन्ने हुदैन । जो जो धेरै बर्ष देखि बच्चा भएन भनेर बस्नु भएको छ उहाँहरु भ्रममा हुनुहुन्छ । कतिको सेक्स पार्टनरको शुक्रकीटले काम नगरेको कारण बच्चा नभएको हुन्छ । यो कुरा चाहिँ हामीले भुल्नु हुँदैन । एकदुई बर्ष बच्चा भएन भने हामीकहाँ श्रीमानलाई भन्दा बढी श्रीमतीलाई जाँच गर्ने चलन छ । बच्चा पाउने बारेमा सल्लाह गर्न आउँदै हुनुहुन्छ भने पहिले श्रीमानले शुक्रकीटको जाँच गराउनुस् अनि मात्र श्रीमतीको उपचार सुरु हुन्छ । त्यसले उपचार छोटिन्छ । बच्चा नहुनुमा श्रीमतीको दोष देख्ने कुरा गल्ती हो । श्रीमान अथवा सेक्स पार्टनरको शुक्रकीटले काम नगरेको अवस्थाले बच्चा नभएको हो भने शुक्रकीट बरो गरेर अथवा कसैको शुक्रकीट प्रयोग गरेर बच्चा बनाउन सकिन्छ । आमाकै पाठेघरको कमजोरीले हो भने केमा कमी छ त्यो हेर्नु पर्छ । पहिलो शुक्रकीट जाने नली थुनिएको छ कि वा सोे नली सानो छ कि जाँच गराउनु पर्छ । बच्चा आएर पनि पाठेघरमा बस्न नसक्ने अवस्था छ कि, यस्तै अन्य समस्या पनि हुन सक्छन् । समस्या पत्ता लागेपछि हामी त्यही अनुरुप काम गर्छौं । शुक्रकीट बरो भन्नु भयो यो कसरी गरिन्छ प्रक्रिया बताइदिनोस् न ? बच्चा चाहने दम्पतीको श्रीमानको शुक्रकीटले काम नगरेको र श्रीमतीको पाठेघर बच्चा राख्न तयारी रहेको अवश्थामा हामी यो प्रकृया अपनाउछौ । श्रीमान श्रीमतीको सहमतिमा उहाँहरुले चाहेको मान्छे या हस्पिटलमा नै स्टोरमा रहेको शुक्रकीट प्रयोग गर्ने गरेका छौं । उहाँहरुले नै भनेको मानिसको शुक्रकीट राख्नको लागि पनि पहिला त्यो मानिसमा केही रोग छ कि छैन परीक्षण गर्छौं । उ स्वस्थ्य भएको खण्डमा उसको शुक्रकीट लिएर सफा गर्छौं र शक्तिशाली तीन चार वटा तयार गरेर वा शुक्रकीट बैंकमा राखिएको शुक्रकीटलाई सुईको माध्यमबाट पाठेघरसम्म पुर्याउँछौ । नेपालमा निसन्तान कति प्रतिशत छन् ? र यसको कारण के के हुन् ? सरकारी तथ्याङ्कमा जनसंख्याको १५ प्रतिशतमा निशन्तान भन्ने देखिएको छ । तर त्यति धेरै हुनुमा सचेतना र स्वास्थ्य संस्थाको पहुँच नभएरर धेरैले उपचारमा नआएर यस्तो भएको हो । यो कुनै स साना कारणले हुन्छ समयमा चासो देखाए बच्चा हुन्न नै भन्ने हुँदैन । तर उपचार गर्न चाहिँ आउनु पर्छ । बाहिरी वातावरणले बच्चा हुने कुरामा कतिको असर गर्छ ? पुरुषहरुको हकमा कामको लोड, विषादियुक्त खाना, तातोमा काम गुर्न पर्ने आदि कारणले शुक्रकीट उत्पादन कम हुने र उत्पादन भएका शुक्रकीट पनि काम गर्न नसक्ने हुन्छन् । महिलाको हकमा पनि माथिका सबै कुराले असर गर्ने त हुन्छ नै त्यसमा पनि पहिलो बच्चा पाठेघरमा तयार हँुदा फाल्ने गर्दा त्यसमा दोस्रो पटक बच्चा नबस्ने सम्भावना धेरै हुन्छ । त्यसैले पहिलो बच्चा कुनै पनि हालतमा जन्म दिनु पर्छ । बच्चा जन्माउँदा आमा मात्र हैन श्रीमान देखि घरका अन्य सबै सदस्य तयारी अवश्थामा रहनु पर्छ । फेमेली प्लालिङ गरेर मात्र बच्चा जन्माउने गर्नुपर्छ । र पहिलो कोखमा आएको बच्चा कहिल्यै फाल्नु हुँदैन । पहिलो बच्चा जन्माउनु पर्छ भन्नुहुन्छ बिवाह गर्ने बितिक्कै बच्चा नबसोस् भनेर कति साधन अपनाउँछन् र बच्चा बसे पनि अहिल्यै नपाउने भनेर पहिलो बच्चा फाल्ने गर्छन् नि ? हेर्नुस, घरमा बच्चा नहुँदा एउटा परिवारले कति मानसिक पीडा भोगिरहेको छ बच्चा भएको परिवारले कल्पना मात्र गर्न सक्छ । म त भन्छु विबाहपछि कहिले बच्चा पाउने भनेर फेमेली प्लान बनाउनुस् र सोही अनुसार बच्चा जन्माउनुस् यो त धेरै राम्रो कुरा हो । बच्चा नराख्नलाई बिभिन्न औषधी प्रयोग गर्नाले भोलि बच्चा नबस्न सक्छ, त्यता ध्यान दिनुस् र यही बीचमा बच्चा आए पहिलो बच्चा कुनै हालतमा जन्म दिनोस् । किनकी पहिलो बच्चा नै फाल्नुभयो भने दोस्रो बच्चाका लागि पाठेघर तयार नहुन सक्छ । डिम्म बनाउन तयार हुनुपर्ने जुन हर्मोन्स् हो त्यो सक्रिय हुनुपर्छ । एक पटक बच्चा फ्याँकेपछि डिम्ब बनाउन तयार नै नहुने हुन्छ । बच्चा नहुने समस्या पुरुषहरुमा बढी छ कि महिलामा ? पहिला पहिला चाहिँ महिला धेरै आउनु हुन्थ्यो र हामी महिलामा बच्चा नहुने कुरा धेरै हो कि भन्ने ठान्थ्यौं । तर पछिल्लो समयमा महिला पुरुष दुबै आउन थालेपछि थाहा हुँदैछ कि यो समस्या महिला पुरुषमा बराबरी छ । के थाहा पछि पुरुषहरु खुलेरै आउनु थाल्नुभयो भने यसको संख्या पुरुषमा बढी हुने पो हो कि । बिदेशमा त शुक्रकीट बैंकमा शुक्रकीट बेचेर गुजारा चलाएका समाचारहरु आउँछन् नेपालमा कसरी सञ्चालनमा छ शुक्रकीट बैंक ? नेपालमा पनि अन्य देशमा जस्तो पैसा तिरेर शुक्रकीट किन्नु पर्ने अवस्था छैन । चाहिएको बेला प्रयोग गर्नलाई हामीकहाँ स्टोर हुन्छ । त्यो पनि डक्टर, डक्टरका आफन्त र नजिककाहरुबाट लिएर राखेका हुन्छौं । र कसैले त्यहि कास्टको लिइदिनोस् भनेर माग गर्नुभयो भने त्यसै अनुसार तयार गरिदिन्छौं । श्रीमान बिदेसिनु पर्ने अवस्थामा श्रीमतीले चाहेको खण्डमा प्रयोग गर्ने गरी पनि हामीले श्रीमानको शुक्रकीट स्टोर गर्ने गरेका छांै । सञ्चालनमा रहेका हरेक निसन्तान केन्द्रको आ आफ्नै शुक्रकीट बैंक छन् । यो तयार नगरी नगरी काम गर्नै सकिंदैन । फेमेली प्लानिङ् भन्नुहुन्छ अहिले त बच्चा पाउने अघिल्लो दिनसम्म काममा जाने कामकाजी महिलाहरुको बाध्यता कम्ता पीडादायी छ त ? कामको जटिलता छ भनेर फेमेली प्लानिङ नगरी कामकै बीचमा बच्चा जन्माउने गर्नु हुँदैन । त्यो परिवारले बुझ्नु पर्छ । यो यस्तो जटिल अवस्था हो कि जुन बेला जे पनि हुन सक्छ । महिला बेला जस्तो नर्मल हुँदै हुँदैनन् यो बेला । एउटा सुन्दर महिला कुरुप नै बनेकी हुन्छिन् । उनको शरिरमा पुरै परिर्वतन भएको हुन्छ । खाना नरुच्ने, प्रेसर बढ्ने, जिउ सुन्निने, भोमिट हुने, पेट बढ्ने, फेसको चमक हराउँछ, अनेक परिवर्तन आउँछ । अरु त अरु, स्वास पनि नर्मल तरिकाले गर्न नसक्ने अवस्था हुन्छ । अनि त्यो बेला काम पनि गर्छु बच्चा पनि पाउँछु, कलेज पनि सक्छु भनेर कहिल्यै नसोच्नुस् । एउटै बच्चा पनि दूध खुवाउँदै खाना बनाएर खानु एकदमै गाह्रो कुरा हो । यो बेला खर्चको पनि आवश्यक पर्छ र दुबैको सामान्जस्यता पनि आवश्यक हुन्छ । सानो कुरा पनि चित्त दुख्ने हुन्छ किनकी शरिर एकदमै कमजोर भएको हुन्छ । हाम्रो नेपाली समाजको पो बिडम्बना नै छ कि बुहारी प्रेग्नेन्सी हँुदा सहयोग नै नगर्ने । बाहिरको समुदायमा, यहीँ नजिकै भारतमा पनि पेटमा बच्चा आए देखि नै खुसियाली मनाउने चलन छ । एक जना बच्चा जन्माउने हुदा बस्न , उठ्न समेत हात दिन्छन् र पो बच्चा पाउन सजिलो हुन्छ । मेरो यही सजेसन छ कि पहिलो पेटमा आएको बच्चा पनि नफाल्नुस् साथै फेमेली प्लान नगरी पनि बच्चा नपाउनुस् । खानपानले निसन्तानमा कत्तिको असर गर्छ ? खुवाउन सक्ने परिवारका केटीहरुले नखाइदिएर मालन्युट्रेसन बढेको छ । जसको असर आउने बच्चालाई पर्दैछ भने खान नपुग्ने परिवारमा खान नपाएर छोरीहरुमा मालन्युट्रेसन भएको छ र त्यसको असर पनि आउने पुस्ताले खप्दैछ । एउटा पुरुष स्वस्थ्य हुनु भनेको उसको लागि मात्र हो भने एउटी महिला स्वस्थ्य हुनु भनेको उसले पुस्तौ पुस्तालाई स्वस्थ्य राख्नु हो । किनभने यदि उ स्वस्थ्य भई भने मात्र उसले जन्माउने बच्चा स्वस्थ्य हुन्छ र तिनबाट जन्मने बच्चाहरु स्वस्थ्य हुन्छन् । त्यसैले एउटी महिलाको स्वास्थ्यले एउटा परिवारको मात्र हैन पुस्तौं पुस्ताको स्वास्थ्य निर्धारण गर्छ । धुम्रपान मध्यपानले पनि शरिरमा असर गरेको छ । कामको बोझले बढेको स्ट्रेसले पनि प्रेग्नेन्सीमा धेरै ठूलो अशर गर्छ । बच्चा पाउन शरिर कतिको योग्य छ भनेर जान्ने कुरामा केही सचेतना चाहिँ बढेको हो ? हो । पछिल्लो पाँच बर्षमा त महिला मात्र हैन पुरुषहरु पनि आफ्नो शुक्रकीटले कत्तिको काम गर्न भनेर जचाउन आउने गरेकाछन् । ममा कमी छ कि भनेर प्राय विदेश गएर काम गर्ने भाइहरु बिर्य जाँच गराउन आउने गरेका छन् । अनिन्द्रा, कामको प्रेसर, धेरै तातोमा काम गर्नेहरु बिर्यको क्षमता घट्छ । बिर्यले बढी जाडोमा, रातको समयमा र शान्त वातावरण सशक्त हुन्छ र बिर्यले बढी काम गर्छ । आइभीएफ प्रविधि भनेको केहो ? यो कस्तो बेलामा कसरी प्रयोग गरिन्छ ? पहिलो महिलाको पाठेघरमा के समस्या छ भनेर हेरिन्छ । पहिलो एक समुहका महिलाहरुको डिम्ब विकास नभएर बच्चा नभएको हुन्छ । डिम्ब बिकास नभएर बच्चा नभएकाहरुको लागि डिम्ब बिकास गर्ने औषधी दिन्छौं र बच्चा हुन्छ । अर्को ग्रुप महिलाको चाहिँ डिम्ब बिकास गर्न सक्ने भए पनि डिम्ब बाहिनी नली नै बन्द भएको हुन्छ । त्यो कुनै सानो इन्फेक्सन या मासु बढेर हुन सक्छ । त्यो खुलाउने बितिक्कै बच्चा हुन्छ । खुलाउने बिभिन्न प्रविधिहरु छन् । जसको डिम्ब बाहिनी नली दुबै बन्द छ । डिम्ब र शुक्रकीट भेट हुन सक्ने अवस्था छैन र कुनैपनि प्रविधिले खुल्न सकेन या सुन्निएर काम गरेको छैन भने यो आइभीएफ अथवा टेष्टटुयुब बेबीमा जानु पर्छ । यस्तो अवस्थामा डिम्बहरुलाई बाहिर निकालेर श्रीमानको शुक्रकीटलाई भेटाइदिने काम अव कृतिम तरिकाले गर्ने काम हामी गर्छौ । यसमा पहिला महिलाको शरिरमा हार्मोनको मात्रा पुर्याएर राम्रो क्षमतावान डिम्ब उत्पादन गर्न सक्ने बनाउँछौं । अब ती डिम्बहरुले काम गर्न सक्छन् भन्ने भएपछि अल्ट्रासाउण्डद्वरा डिम्बहरु निकाल्छांै । निकालिएका डिम्बहरु सफा गरेर ट्युवमा राख्छांै । अनि त्यहि ट्युवमा शुक्रकीट राखेर दुबैको त्यहाँ भेट गराउँछौं र २४ घण्टा राख्छौं । भोलिपल्ट आएर हेछौ, हेर्दा बाबु र आमाको मिलेको फटिलाइज भएको रहेछ दुई वा तीन वटा भ्रुण निकालेर सुरक्षित तरिकाले आमालाई बोलाएर पाठेघरमा लगेर राखिदिन्छौं र घर पठाउँछौं । घर गएर चाहिँ हामी आराम गर्न भन्छांै । यदि मिलेन भने फेरि अर्को पटक गर्नु पर्ने हुन्छ । यसरी बाहिर ट्युवमा फटिलाइजेसन गर्ने भएकोले टेष्टट्युव बेबी भनिएको हो । यो निसन्तान केन्द्र संन्चालन गरेको २४ बर्ष भयो, अहिलेसम्म हामीले चार हजारको आमालाई बच्चा थमाएर पठाएका छौं । साभार : चक्रपथ अनलाइन बाट
जन्मान्तर कति हुनु अामा र शिशुको लागि फाइदा हुन्छ ?
आमा तथा शिशुको स्वास्थ्यमा आइपर्ने जोखिमबाट जोगिन आमाहरूले एउटा जन्म दिएको कम्तीमा एक वर्षपछि मात्रै अर्को गर्भाधारण गर्नु उचित हुने एउटा नयाँ अनुसन्धानले जनाएको छ। ती अनुसन्धानकर्ताहरूका अनुसार हाल विश्व स्वास्थ्य संगठनले भन्ने गरेको जस्तो त्यसको निम्ति १८ महिनासम्म कुर्न भने जरूरी छैन । गर्भधारणमा उचित अन्तर नराखे त्यसले समय अगावै शिशुको जन्म हुने, साना आकारका शिशु जन्मने र मातृ तथा शिशु मृत्युदर बढाउने खतरा निम्त्याउन सक्छ । नयाँ अनुसन्धानका निष्कर्षले बढी उमेरका महिलाहरूलाई खुशी दिने अनुसन्धानकर्ताहरूले ठानेका छन्। ब्रिटिश कोलम्बिया विश्वविद्यालय तथा हार्भाड टिएच चान स्कूल अफ पब्लिक हेल्थद्वारा क्यानाडामा डेढ लाख सुत्केरीहरूमा गरिएको अनुसन्धानको निष्कर्ष जामा इन्टरनल मेडिसिनमा प्रकाशन गरिएको छ। सो निष्कर्ष अनुसार सुत्केरी हुनु र अर्को गर्भधारण गर्नुका बीच १२ देखि १८ महिनाको अन्तर राख्नु उत्तम हुन्छ। जबकि विश्व स्वास्थ संगठनको विद्यमान निर्देशिकाले त्यस्तो अन्तर कम्तीमा १८ महिनादेखि २४ महिना हुनुपर्ने भन्छ। बीबीसीबाट
यस्तो छ भिटामिन ‘बी’ को कमीबाट हुने समस्या !
हामीले दैनिक खाने खानामा भिटामिन ‘बी’ हुनु अति आवश्यक छ । भिटामिन ‘बी’ पानीमा घुलनशील भिटामिन हो । यसको कमीबाट शरीरमा अनेक रोग लाग्छन् । अनुसन्धानकर्ताहरुले भिटामिन ‘बी’का थुप्रै प्रकारको खोजी गरिसकेका छन् । सबैलाई मिलाएर भिटामिन बीकम्प्लेक्स भनिन्छ । यी सबै एक अर्कासँग अन्तर सम्बन्धित हुन्छन् । भिटामिन ‘बी’ को कमी भएमा स्मरणशक्ति कमजोर हुनुका साथै थकान महसुस हुने र डिप्रेसन पनि हुन सक्छ । स्वस्थ रहन तथा शरीलाई सुचारु गर्न भिटामिन र सूक्ष्म पोषणको जरुरी हुन्छ । भिटामिन ‘बी’ कम्प्लेक्सले शरीरमा मेटाबोलिज्म बढाउँछ । मेटाबोलिज्मले पोषक तत्वलाई शक्तिमा बदल्ने काम गर्छ । यसले डिएनए बनाउन पनि सहयोग गर्छ । राता रक्त कोष निर्माण पनि भिटामिन ‘बी’ कम्प्लेक्सले गर्छ । यसले शरीरका विभिन्न भागका लागि प्रोटिन बनाउने काम पनि गर्छ । कमी भए के हुन्छ ? हात–खुट्टा झमझम गर्ने, पोल्ने स्मरण शक्ति ह्रास हुने कमजोरी महसुस हुने थकान डिप्रेसन निद्रा कम पर्ने शरीरमा राता टाटा देखापर्ने रिंगटा लाग्ने पाचन प्रक्रियामा समस्या आउने आँखा कमजोर हुने भिटामिन बी कम्प्लेक्सको स्रोत मासु तथा दुग्ध जन्य पदार्थ जमिनभित्र फल्ने फल–आलु, गाँजर, मुला, सलगम, तरुल आदि गोलभेंडा, गहुँको पिठो, हरियो साग, बदाम, ओखर, पालिस नगरिएको चामल, सुपारी, अंगुर, हरियो केराउ, दाल, मेवा, नरिवल, पेस्ता, दही, बन्दाकोभी, माछा, अण्डाको सेतो भाग आदि । भिटामिन ‘बी’का बहुरुप भिटामिन बीबिभिन्न रुपमा पाइन्छ । बी १, बी २, बी ३ र बी १६ । यी चार तत्वको सम्मिलित रुप नै भिटामिन ‘बी’ कम्प्लेक्स हो । भिटामिन ‘बी’ को पहिलो सदस्य ‘थाइमिन’हो । त्यसैले यसलाई बी १ भनिन्छ । यसले स्नायु र पाचन प्रणालीलाई स्वस्थ राख्छ । रोग प्रतिरोध क्षमता बढाउँछ । बी १ को कमी भएमा भोक नलाग्ने, कमजोर हुने हुन्छ । यसको कमीले मानसिक समस्या पनि हुन्छ । यो चामल, गहुँ, जौं, भटमास, केराउ, बदाम आदिमा पाइन्छ । भिटामिन बी २ लाई ‘राइबो फ्लोबिन’पनि भनिन्छ । यो मुख र आँखाका लागि आवश्यक हुन्छ । यसको कमीले जिब्रो रातो हुने, मुखको छाला निस्कने, आँखा कमजोर हुने, जिब्रोमा घाउ आउने जस्ता समस्या देखिन्छ । बी २ यो दूध, दही, विभिन्न अनाज, हरियो सागसब्जीमा पाइन्छ । भिटामिन बी ६ लाई ‘पाइरीडाक्सिन’ भनिन्छ । यो छालाका लागि आवश्यक हुन्छ । यो अनाज, दूध, कलेजो, मासु आदीमा पाइन्छ । भिटामिन बी १२ को रासायनिक नाम ‘सायनोकाबालामीन’हो । यो छाला, हड्डी, कोशिका तथा मांसपेशीका लागि आवश्यक हुन्छ । यो मासु, माछा, अण्डा आदिमा पाइन्छ । भिटामिन बी कम्प्लेक्समा नाइकोटोनिक एसिड, बायोटिन, प्यान्टोथेनिक एसिड र फोलिक एसिड पनि पाइन्छ । यसलाई स्थायी भिटामिन भनिन्छ । मासुलाई ४५ मिनेट उमाल्दा पनि करिब ७० प्रतिशत भिटामिन सुरक्षितरुपमा बच्छ । गाईको दूधलाई २ देखि ५ मिनेटसम्म उमाल्दा पनि २५ देखि ३० प्रतिशतमात्र नष्ट हुन्छ । यसले ऊर्जा र क्षमता बढाउँछ भने मस्तिष्कलाई स्वस्थ राखी एकाग्रता बढाउँछ । यस्तै, भिटामिन बी १२ ले तनाव र अनिद्रा हटाउनुका साथै रोग प्रतिरोधी क्षमतालाई पनि बढाउँछ । कोशिकाको विकास र मर्मतका लागि पनि यो जरुरी छ । एजेन्सीको सहयोगबाट
किन चिलाउँछ गुद्द्वार, के संकेत दिन्छ यसले ?
काठमाडौंः गुदद्वार चिलाउने समस्या प्रायश: देखिने समस्या हो । गुदद्वार अनि त्यस वरिपरिको छाला चिलाउँछ र कतिपय समयमा त यो यति तीव्र हुन्छ कि नकन्याई बस्नै सकिँदैन । यस्तो स्थितिले असजिलो स्थितिसमेत निम्त्याउन सक्छ । गुदद्वार चिलाउने यस्तो स्थितिलाई Pruritus ani भनिन्छ । चिलाउनुका साथै कतिपय स्थितिमा पोल्ने अनि दुख्ने वा जलन हुने पनि हुन सक्छ । कारणअनुसार यी लक्षणमा भिन्नता हुन सक्छन् । यसरी गुदद्वार चिलाउने कतिपय समस्याको चिकित्सकीय उपचार आवश्यक नपर्न सक्छ, तर विशेष गरी कडा किसिमको वा एक महिनाभन्दा बढी समयसम्म निरन्तर यसरी चिलाए वा गुदानलीबाट रगत आए चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । गुदद्वार चिलाउने प्रमुख कारणहरूका सम्बन्धमा छोटकरीमा चर्चा गरौं । १. छालामा विभिन्न कारणले हुने जलनले यस्तो समस्या निम्त्याउन सक्छ । घर्षण अनि बढी कसिलो हुँदा पनि यस्तो हुन सक्छ । सुगन्ध युक्त पदार्थ, रङ्ग वा छालालाई कोमल बनाउने तत्व भएका साबुन, ट्वाइलेट पेपरजस्ता कुराले पनि गुदद्वारमा जलन हुने वा चिलाउने हुनसक्छ । यस्ता सामानको अधिक प्रयोगले समस्यालाई बढाउन सक्छ । २. पखाला धेरै लाग्दा पनि यस्तो हुन सक्छ । थाहै नपाई दिसाको केही मात्रा गुदद्वार क्षेत्रमा रहँदा पनि यस्तो समस्या हुन्छ । ३. गुदद्वार क्षेत्रमा भएका रक्तनशा फुलेर दिसा गर्दा नदुखे पनि रगत देखा पर्ने स्थितिमा पनि गुदद्वार चिलाउन सक्छ । ४. संक्रमण र कतिपय यौन रोग पनि गुदद्वार चिलाउने कारण हुनसक्छ । बाल्यावस्थामा चुर्ना (pinworm) पर्दा गुदद्वार चिलाउने धेरैले अनुभव गरेका हुन्छन् र एकै घरका वयस्कमा पनि चुर्नाको समस्या हुन सक्छ । ढुसीको संक्रमण, जुन योनि चिलाउने एउटा प्रमुख कारण हो, पनि गुदद्वार चिलाउने कारक हुनसक्छ । ५. छालाको समस्या जस्तै psoriasis वा contact dermatitis जस्तो स्थितिमा पनि गुदद्वार चिलाउन सक्छ । ६. अति नै विरलै हुने गुदद्वारको ट्युमर पनि यसको कारण हुन सक्छ । समस्या के त ? अब तपाईंलाई के भएको होला भन्ने मूल प्रश्नमा आऔं । तपाईंले दिनु भएको सीमित जानकारीका आधारमा यसै भन्न सकिने स्थिति छैन । माथि उल्लेख गरिएका गुदद्वार चिलाउने केही स्थिति तपाईंलाई नै थाहा भएकाले त्यसैअनुरूप आफूलाई के भएको हो, अनुमान गर्न अनुरोध गर्छु । गुदामैथुन गर्दा यौनसंक्रमण हुन सक्छ, जसले गर्दा गुदा चिलाउँछ । अब गुदामैथुन र यौन सक्रमणका बारेमा केही कुरा गरौं । गुदामैथुन र यौन संक्रमण धेरैजसोले यौन सम्पर्क भन्नाले योनि–लिङ्ग मैथुनलाई मात्र सम्झन्छन् । यौनसम्पर्क योनि–लिङ्ग मात्र नभई मुख–मैथुन वा गुदा–मैथुन पनि हुनसक्छ । सामान्य रूपमा भन्नुपर्दा आफ्नो यौनसाथीको गुदानलीमा लिङ्ग पसाई गरिने यौनसम्पर्कलाई गुदामैथुन भनिन्छ । धेरै मानिसले गुदामैथुन भनेकै समलिङ्गी यौनव्यवहार हो भन्ने मान्छन् तर वास्तविकता के हो भने यो समान लिङ्गीहरू तथा विपरित लिङ्गी अर्थात् पुरुष तथा महिलाको विच पनि हुन सक्छ । वैवाहिक जोडी बीच पनि यस्तो किसिमको यौनव्यवहार हुने गरेको तथ्य अहिले जग जाहेर छ । मानिसले किन गुदामैथन गर्छन् भन्ने कुराको जवाफ पाउन सजिलो भने छैन, तर भिन्न भए पनि यसले प्राकृतिक यौन अभिव्यक्ति वा व्यवहारकै रुपमा मान्यता पाएको छ । फ्रायडले भनेझैं मुख, यौनाङ्ग र गुदा क्षेत्र शरीरका अन्य अङ्गहरूभन्दा बढी यौन संवेदनशील हुन्छन् । योनिको बाह्य भागजस्तै गुदद्वारमा पनि प्रशस्त स्नायु हुन्छन्, जुन यौन संवेदनशील हुन्छन् । यी सबै कुराले गुदामैथुनलाई सुखमय बनाउन सहयोग गर्छ । गुदाक्षेत्रबाट यौन उत्तेजना तथा सुख प्राप्त गर्ने कुरालाई anal eroticism भनिन्छ । लिङ्ग ग्रहण गर्ने व्यक्तिले यौन चरमसुख प्राप्त गर्नुलाई anal orgasm भनिन्छ । अर्कातिर कतिपय व्यक्तिले धेरै व्यक्तिले गर्ने कार्य भन्दा फरक किसिमको कार्य गर्दा एउटा विशेष प्रकारको आनन्द एवं रोमाञ्चताको अनुभव गर्छन् । गुदामैथुन गर्दा कुनै वर्जित कार्य गरेको भनी मानसिक रूपमा रोमाञ्चको अनुभव गर्छन्, त्यसैले पनि यस किसिमको यौन सम्पर्कका लागि लालायित हुन्छन् । विचार गर्नुपर्ने कुरा के भने योनिको भन्दा गुदद्वारको संरचना निकै फरक हुन्छ । गुदद्वार यौनसम्पर्कका लागि प्राकृतिक रूपमा बनेको अंग होईन । योनिमा यौन उत्तेजना भएपछि यौनसम्पर्कलाई सजिलो बनाउन योनिरस आएजस्तो रस त्यसबाट आउँदैन । गुदद्वारमा यसलाई राम्रोसँग बन्द गर्ने मांसपेशी हुन्छ । बाहिरी मांसपेशीलाई चाहेअनुरूप संकुचित वा खोल्ने (खुकुलो पार्ने) गर्न सकिन्छ भने भित्री मांसपेशीलाई सजिलै त्यसो गर्न सकिँदैन । लामो अभ्यास पछि एक हदसम्म भित्री मांसपेशीलाई खुकुलो तुल्याउन सकिन्छ । गुदद्वार वा गुदानलीमा कुनै कुरा प्रवेश गर्न खोजे यो मांसपेशी बेस्सरी संकुचित हुन्छ र जबरजस्ती गर्न खोजे पीडा हुन्छ र चोट पनि लाग्न सक्छ । गुदामैथुन गर्दा पानीमा घुल्ने चिप्लो पदार्थ जस्तै कि K-Y Jelly वा पर्याप्त थुक प्रयोग गर्न सकिन्छ । गुदामैथुन गर्न तपाई आफू मानसिक रूपमा तयार हुनुपर्छ । यसका बारेमा दुवैले राम्रोसँग कुराकानी गरी यौनसुख प्राप्तिमा दुवैको सहभागीता होस् भन्ने कार्यमा लाग्नुपर्छ । यसमा जोर जबरजस्ती गरिनु हुँदैन । यदि यौनसाथीमा संक्रमण छ भने कुुनै पनि यौनसम्पर्कमा जस्तै त्यो सर्ने सम्भावना हुन्छ, अर्को शब्दमा यौनरोगहरू गुदामैथुन गर्दा पनि सर्छन् । एचआईभी तथा अन्य यौनरोग सर्ने मामिलामा योनि–लिङ्ग मैथुनको तुलनामा गुदामैथुन बढी जोखिमयुक्त मानिन्छ । यसलाई निदान गर्न चिकित्सकसँग सम्पर्क राख्नुहोला । संक्रमण हुन नदिन कन्डम प्रयोग गर्नु उत्तम उपाय हो ।
टाइफाइड : यसबाट लक्षण र बच्ने उपाय के के हुन् ?
बाल्यवस्थामा लगभग हामी सबैजसोले एकपटक टाइफाइड रोगको अनुभव गरेका हुन्छौँ । अङ्ग्रेजीमा टाइफाइड शब्दको अर्थ ‘टाइफसजस्तै लाग्ने’ भन्ने हुन्छ। यो रोग लागेको बेलामा टाइफस रोगको लक्षणहरू जस्तै लक्षणहरू देखापर्ने भएकोले यसलाई टाइफाइड नामाकरण गरिएको हो । टाइफाइडलाई म्यादी ज्वरो तथा आन्तरिक ज्वरोको नामले पनि चिनिन्छ । यो ज्वरो साल्मोनेला टाइफी (मुख्य) र पाराटाइफी ‘ए’, ‘बी’ तथा ‘सी’ प्रजातिका ब्याक्टेरियाको सङ्क्रमणका कारणले आउने गर्दछ । तुलनात्मकरूपमा एशियामा टाइफाइडका बिरामी बढी हुने गर्छन् । त्यसपछि अफ्रीकी मुलुकहरू दोस्रो नम्बरमा आउँछन् । एशियन मुलुकहरू जस्तै बंगलादेश, चीन, नेपाल, इन्डिया, इंडोनेशिया, लाओस, भियतनाम आदिले ८०५ रोग ओगट्छन् । असार, साउन र भदौ अर्थात् वर्षायाममा यो रोगको सङ्क्रमण बढ्दछ । दूषित पानी, खानाका माध्यमबाट सर्ने यो रोग मानिसको व्यक्तिगत सरसफाइ तथा वातावरणीय सरसफाइसँग प्रत्यक्षरूपमा सम्बन्धित छ । त्यसैले विकासोन्मुख देशहरूमा यो रोग एउटा स्वास्थ्य चुनौती पनि हो। टाइफाइड रोगको कीटाणु जब दूषित पदार्थसँगै निलिन्छ तब यो पेट हुँदै आन्द्रासम्म पुग्दछ । सामान्यतया पेटमा हुने अम्लीय रस र शरीरको प्रतिरक्षा प्रणालीले यी कीटाणुलाई मार्दछ र रोग लाग्नबाट बचाउँछ । तर, यसबाट फुत्किन सफल भएमा मेसेन्टेरिक लिम्फ नोड र त्यहाँबाट कलेजो, हाडको मासी, फियो, थोरासिक डक्टमा गएर बस्छन् जहाँ प्रजननद्वारा आफ्नो संख्या वृद्धि गर्छन् । त्यसपश्चात यहाँबाट सीधा रगत र टार्गेट अंगहरूमा पुग्दछन् । पित्तथैलीमा पुग्ने पनि रगत वा पित्त रसको माध्यमबाट हो । पित्तले ब्याक्टेरियाको लागि सहज वातावरण बनाउँछ। यसमा ब्याक्टेरिया लामो समयसम्म बाँच्न सक्छन् । उक्त व्यक्तिले जीवनभर अरूलाई टाइफाइड सार्न सक्ने क्षमता राख्दछ किनकी हरेक पटक पित्त (जसले पाचन रसको काम गर्छ) दिशासँगै मिसिएर र ब्याक्टेरिया पित्तसँगै मिसिएर बाहिर निस्कन्छ । पिसाबमा पनि कीटाणु मिसिएका हुन्छन् । गलत के नबुझौँ भने, यस्तो बेलामा सबै मानिसमा लक्षण देखा पर्नै पर्छ भन्ने चाहिँ होइन । बिना लक्षण पनि मान्छेले टाइफाइड सार्न सक्छन्। कस्ता–कस्ता लक्षणहरू देखिन्छन् त टाइफाइड हुँदा ? संक्रमण छ देखि तीस दिनपछि देखिने यसका लक्षणहरू मन्द देखि गम्भीर प्रकृतिका हुने गर्दछन् । रोगको पहिलो हप्ता ० पाचन प्रणाली संग सम्बन्धित लक्षण जस्तै पेट दुख्ने, कब्जियत हुने ० बिस्तारै बढ्दै जाने खालको उच्च ज्वरो ० फुको खोकी लाग्ने ० टाउको दुख्ने ० बढ्दो आलस्यता ० कन्फ्युज हुने आदि। र हप्ताको अन्त्यमा, ० लगातार उच्च ज्वरो (१०३–१०४ डिग्री फरेनहाइट) ० केही रोगीहरूको छालामा गुलाबी रङ्गको दाग (२–५ दिन पछि हराउँछ) यति हुँदासम्म पनि बिरामीले उपचार नपाएमा, रोगको दोस्रो हप्ता ० माथीका लक्षण बढ्दै जाने ० पेट फुलिने ० फियो सुनिने ० मुटुको गति सापेक्षीक रूपमा घट्ने रोगको तेस्रो हप्ता ० उत्तिकै ज्वरो ० खाना पटक्कै खान मन नलाग्ने ० शरीरको तौल घट्ने ० आँखामा इन्फेक्सन ० छिटो छिटो सास फेर्ने ० कमजोर नाडी ० हरियो–पहेँलो (केराउको सुपजस्तो) एकदम गन्हाउने पातलो दिशा ० अनुहारबाटै सिरियस बिरामी देखिने ० दिग्भ्रमित हुने ० मानसिक सन्तुलन गुमाउने आदि। यदि अवस्था अझै गंभीर हुँदै गए पेयर्स प्याचेज कुहिने अनि आन्द्रामा प्वाल पर्ने हुन्छ। जसले गर्दा भित्र धेरै रगत बगेर वा इन्फेक्सन (पेरिटोनाइटिस) भएर बिरामीको मृत्यु हुनसक्छ । कथम कथाचित बिरामी बाँची हालेमा, रोगको चौँथो हप्ता ० ज्वरो, मानसिक स्थिति र पेट फुल्न विस्तारै ठीक हुन थाल्छ ० तौल बढ्न र स्वास्थ्य पुनः पहिले जस्तो हुन लामो समय लाग्छ ० यो रोग अरूलाई सार्न सक्ने क्षमता जीवनभर राख्न सक्दछ। नोटः टाइफाइडका लक्षणहरू सधैँ माथी दिए जस्तै हुन्छन् भन्ने होइन । लक्षणहरूको एकदम अनियमित खालको प्रस्तुति रहन सक्छ। रोगको निदान यस रोगको निदान लक्षणहरूको आधारमा नै गरिन्छ। तर प्रमाणको लागि कल्चरबाट ब्याक्टेरिया छुट्याउनु पर्ने हुन्छ। हाडभित्रको मासी, रगत, दिशा आदिलाई परीक्षण तथा कल्चरको लागि प्रयोग गरिन्छ।आन्द्रामा प्वाल परेनपरेको पत्ता लगाउन एक्स(रे, सिटीस्क्यान, एमआरआइ पनि गर्न सकिन्छ। रोग निदानका लागि विडाल टेष्ट वर्षौसम्म प्रयोगमा रह्यो तर प्रमाणका लागि कल्चर गर्नै पर्ने तथा उक्त टेष्टको sensitivity र specificity कम हुनाले आजकल प्रयोग हुन छाडेको छ। उपचार एम्पिरिकल ब्रोड इस्पेक्ट्रम यान्टिबायोटिक, रोग प्रमाणित हुनु भन्दा अगाडि चलाइन्छ भने टाइफाइड भन्ने प्रमाणित भइसकेपछि न्यारो इस्पेक्ट्रम यान्टिबायोटिक चलाइन्छ । एन्टिवायोटिक जुन पायो त्यही र जति पायो त्यति डोजमा सेवन गर्दा प्रतिरोध विकसित भइ पछि उही एन्टिवायोटिकले पनि काम नगर्ने हुन्छ र निको हुन त्योभन्दा कडा चाहिने हुन्छ जुन आफैँमा एउटा ठूलो समस्या हो ।े प्रायः बिरामीको उपचार ओपिडिबाट नै हुन्छ र बिरामीलाई राम्रोसँग वैज्ञानिक तरिकाले हात धुन सिकाइन्छ साथै घरको लागि खाना नबनाउन सल्लाह दिइन्छ । बिरामीको दिशा पिसाब उपयुक्त ठाउँमा मात्र विसर्जन गर्न सल्लाह दिइन्छ। यी कुराहरूले रोग अरूमा सर्नबाट बचाउँछ । हस्पिटलमा भर्ना भएका बिरामीहरूलाई पनि रोग सार्न सक्ने स्थितिमा छन् भने अरूबाट अलग्गै राखेर उपचार गरिन्छ। आन्द्रामा प्वाल पर्नु (आन्द्राको केही भाग काटेर फालिदिने) तथा यान्टिबायोटिकले पित्त थैलीको ब्याक्टेरिया मार्न नसक्नु (पित्तथैली निकालेर फालिदिने) अपरेसन गर्नुपर्ने स्थितिको सिर्जना हुनु हो । प्रशस्त मात्रामा पानी र झोलीलो खाना खाने, आराम गर्ने जसले रोग चाँडो निको हुन सहयोग गर्दछ। रोकथामका उपायहरू ० यो रोगबाट बच्न सफा खानेपानीको व्यवस्था, सरसफाइ र साबुन पानीले राम्रोसँग हातधुने जस्ता कुराहरूमा ध्यान दिनु जरुरी हुन्छ। ० यदि कसैलाई टाइफाइड लागेको छ भने उसको सङ्क्रमण हटेको स्पष्ट रूपमा प्रमाणित नभइञ्जेलसम्म उसलाई अन्य मानिसको लागि खाना तयार पार्ने काम दिनु हुँदैन। ० टाइफाइडविरुद्धको खोप लगाएर दुई वर्षसम्म ३० देखि ७० प्रतिसत रोग लाग्नबाट बचाउन सकिन्छ। यो खोपको केही प्रभावकारीता सात वर्षसम्म रहन्छ। ० टाइफाइडको उच्च जोखिममा रहेकाहरू वा प्रकोप रहेका स्थानहरूमा भ्रमणका लागि जानुभन्दा पहिला यो खोप लगाउन सुझाव दिइन्छ। रोचक तथ्यहरू १. अमेरिकी महिला कुक म्यारी म्याल्लोन (टाइफ्वोइड म्यारी) लक्षण बिना यो रोग सार्ने (५१ जनालाई जसमध्ये ३ जनाको मृत्यु भयो) पहिलो ब्यक्ति हुनुभयो। २. सन् १९८९ मा अंग्रेजी भाषाका कवि जेराल्ड म्यान्ली हप्किन्सको टाइफाइडका कारणले मृत्यू भएको थियो। ३. सन् १९८६ को अस्ट्रेलियन क्रिकेट टिमका क्याप्टेन डा. एच् जे एच् टुपु स्कट, इंगल्याण्ड टुरमा जाँदा सन् १९१० मा टाइफाइडबाट मरेका थिए। ४. जापानी मेडिकल वैज्ञानिक हाकारू हासिमोटोको मृत्यु पनि टाइफाइडका कारणले सन् १९३४ मा भएको थियो। ५. गायक लाउर्डेज भान डुनेम् टाइफाइडले सन् २००६ मा मरेका थिए। एजेन्सीको सहयोगबाट
यौन स्वास्थ्य दुरुस्त राख्ने हो भने यी खानेकुरा भुलेर पनि नखानुहोस्
यस्ता केही खानेकुरा हुन्छन्, जुन हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् । यी खानेकुराको बढी प्रयोगले शरीरमा कमजोरीपना आउने, मोटोपना बढ्ने, मुटु तथा मृगौलामा समस्याहरु आउने हुन सक्छन् । भारतीय एक आयुर्वेदका विशेषज्ञ डा. एस के यादवका अनुसार यी १० खानेकुरा जुन मर्दले खान नहुने अर्थात कम खानुपर्ने बताएका छन् । पुदिना : पुदिनामा मेंथोल नामक तत्व हुन्छ । यसको बढी प्रयोगले विपरीत लिङ्गीप्रति यौन प्रदर्शनमा प्रभाव पार्छ । डेरीजन्य उत्पादन कम खानुस् : सन् २००३ मा जोन होपकिन्स विश्वविद्यालयको एक अनुसन्धानका अनुसार डेरीजन्य खाने कुराको बढी प्रयोगले प्रोस्टेट क्यान्सर हुने सम्भावना बढी हुने गरेको पाइएको छ । चिल्लो तथा जंक फुड : बढी मात्रामा चिल्लोपना तथा बाहिर राखिने जंक फूडको सेवनले कोलेस्ट्रोलको मात्रा बढ्ने क्यालिफोर्निया विश्वविद्यालयको एक शोधमा उल्लेख गरिएको छ । कफी तथा कोल्ड ड्रिङ्कस् : कफी तथा गर्मी महिनामा खाइने चिसो पेय पदार्थको सेवन पनि हानिकारक हुने गरेको एक अध्ययनले देखाएको छ । यसको बढी प्रयोगले बीर्य उत्पादनमा कमी आउँछ । अल्कोहल : अमेरिकाको नेशनल इन्सटिच्युट अफ हेल्थका अनुसार अल्कोहलले पुरुषमा हुने सन्तानोत्पादनको क्षमतामा ह्रास आउँछ । एजेन्सीको सहयोगबाट

