रक्सी पिउनेहरुको कलेजो मात्रै नभएर पिसाब थैली फुटेर पनि मृत्यु हुन सक्ने

धरान– सामान्यतया मदिरा (रक्सी)को लत लागेकाहरुलाई कलेजोमा समस्या हुन्छ। लामो समय रक्सी पिउनेहरुको कलेजो ड्यामेज भएर मृत्युसमेत हुने गरेको छ। तर, लत लागेको होस वा कहिले कहीा मात्र मदिरा पिउने होस्, थाहा नपाई पिसाब थैली फुटेर पनि मृत्यु हुनसक्छ।

एक महिनाअघि एक २४ वर्षीय युवकको पिसाब थैली फुटेर मृत्यु भएको हो। ती युवामा सधै मदिरा पिउने लत थिएन। तर उनी दिउँसो निक्कै मदिरा पिएका थिए। मदिरा पिउनेहरुले पानी धेरै पिएका हुन्छन्। राती सुत्ने बेला हुलुका पेट दुखेपनि उनले वास्ता गरेका थिएनन्। बिहान ४ बजेतिर प्यास लागेपछि पानी पिएका थिए। त्यसपछि एक्कासी बेहोस भएका ती युवकको पछि पोष्टमार्टमबाट पिसाब थैली फुटेर मृत्यु भएको खुल्यो। ‘रक्सी पिउनेहरुको मृत्यु यसरी पनि हुनसक्छ, त्यसैले सबैले होस पुर्याउनुपर्छ,’ यो घटनाको केसस्टडी रिपोर्ट तयार गरेका प्रतिष्ठानका सहायक निर्देशक डा.विकास साहले भने,‘थैलो फुटेको केही घण्टा वा दिनसम्म पनि थाहा नहुनसक्छ, तर यसरी फुटेको मानिसको ४७ प्रतिशत मानिसको मृत्यु नै हुन्छ।’

डा.साहका अनुसार रक्सी पिउनेहरुले धेरै पानी पिएका हुन्छन्। त्यस अवस्थामा पिसाब धेरै लाग्नुपर्ने हो। तर, यो घटनामा ती व्यक्तिलाई पिसाब नलागेको र थैली फुटेको अनौठो घटना भएको हो। उनले यो केसस्टडीको पेपर प्रस्तुती बुधबारदेखि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुरु भएको २६ औं स्वास्थ्य विज्ञान सम्मेलनको पहिलो दिन प्रस्तुत गरेका छन्। फरेन्सिक विभागका एसोसिएट प्रोफेसर डा.साहले रक्सी पिउने व्यक्तिको पिसाबथैली फुटेर मृत्यु भएको घटना एकदमै कम हुने बताए। ‘१५, २० वर्षसम्म धेरै रक्सी पिउनेहरुको कलेजो बिग्रने, मृत्यु हुने सामान्य हो, तर २४ वर्षकै उमेरमा त्यस्तो हुदैन,’उनले भने, ‘कहिले कही पिउनेलाई वमिट भएर श्वासनलीमा खानेकुरा गएर अड्किने र सास रोकिएर मृत्यु हुने पनि हुन्छ। यसखालको घटना एकदमै कम हुन्छ। त्यसैले रक्सी सकेसम्म नपिउँ, पिउँदा पनि ख्याल गरौं।’

डा. साहले जस्तै बुधबार विभिन्न बिषयमा प्रतिष्ठानका चिकित्सक, नर्स र विद्यार्थीहरुले शोध तथा अनुसन्धानपत्र प्रस्तुत गरेका छन्। सम्मेलनका संयोजक तथा बालरोग विभाग प्रमुख डा.प्रकाश पौडेलका अनुसार पहिलो दिन कुल ८० वटा अनुसन्धानपत्र प्रस्तुत गरिएको छ। ‘४० वटा ओरल र ४० वटा पेपर प्रेजेन्टेशन भएको छ। यी अनुसन्धानले केही नयाँ कुरा पत्ता लगाएको हुन्छ, त्यसले उपचार र रोकथाममा सहयोगी हुन्छ,’संयोजक डा.पौडेलले भने, ‘हामीले अपनाइरहेको उपचारको विधि, पद्दतीमा सुधार गर्न मात्र होइन, सरकारको स्वास्थ्य नीतिमा सुधार गर्नुपर्ने छ भने पनि यी अनुसन्धान पत्रहरुले मार्गनिर्देश गर्छ।’

बुधबार सम्मेलनको उद्घाटन प्रतिष्ठानका निमित्त उपकुलपति डा.गुरु खनालले गरेका थिए। हरेक वर्ष वार्षिकोत्सवको अवसरमा हुने यो सम्मेलनमा प्रतिष्ठानका चिकित्सक, विद्यार्थी र नर्सहरुले गरेको शोध तथा अनुसन्धान पत्र प्रस्तुत गर्ने गरिन्छ। यसपटक तीन दिनसम्म कुल २ सय १० वटा शोध तथा अनुसन्धान पत्रहरु प्रस्तुत हुने र छलफल गर्ने आयोजकले जनाएको छ। यसपाली प्रतिष्ठानको बालरोग विभागले सम्मेलन आयोजनाको जिम्मा पाएको छ।

विपी प्रतिष्ठान विरामीको उपचार गर्ने अस्पताल मात्र नभएर दक्ष जनशक्ति उत्पादन गर्ने पनि थलो हो। साथै, यहाँ निरन्तर स्वास्थ्य अनुसन्धान पनि भइरहेको हुन्छ। वीपी प्रतिष्ठान नेपालकै सबैभन्दा धेरै शोध तथा अनुसन्धानहरु हुने संस्था हो। ‘हाम्रो संस्थाको मिसननै उपचार, पठनपाठन र अनुसन्धान हो, उद्देश्य अनुसारकै काम भइरहेको छ,’ निमित्त उपकुलपति डा.खनालले भने, ‘यी अनुसन्धानहरुले उपचार पद्दतीमा नयाँ आविष्कार गर्छ। संसारमा नभएको कुरा पत्ता लाग्नसक्छ, र उपचार पद्दती नै परिवर्तन गर्छ।’

वर्षेनी हुने यस्ता अनुसन्धानहरु प्रतिष्ठानको इन्स्टिच्युशनल इथिकल कमिटीबाट प्रस्ताव स्वीकृत भएपछि मात्र गर्न पाइन्छ। तीन दिनसम्म प्रस्तुत हुने शोध तथा अनुसन्धान पत्रहरुमध्येबाट उत्कृष्टलाई छनौट गरेर पुरस्कृत गर्ने आयोजक बालरोग विभागका एसिस्टेण्ट प्रोफेसर डा.शंकर यादवले जानकारी दिए। उनका अनुसार शोध तथा अनुसन्धान पत्रहरु प्रतिष्ठानमा भएको र इटहरी, इलाम, जनकपुरलगायत ठाउँमा पनि गरिएका छन्।

-अन्नपूर्ण पोष्टबाट

कस्तो समस्या देखिन सक्छन् गर्भावस्थामा ?

डा. बालकृष्ण साह । गर्भावस्था एउटा जटिल अनि विशेष अवस्था हो । यो अवस्थामा एकातिर आमा बन्ने खुसी जोडिएको हुन्छ भने अर्कातिर महिलाको ज्यान जाने खतरा पनि हुन्छ । हिजोआज विस्तारित स्वास्थ्य सेवा तथा बढ्दो जनचेतनाले नियमित स्वास्थ्य परीक्षण गर्ने चलन पनि बढ्दै छ । फलस्वरूप मातृ मृत्युदरमा कमी आएको छ । गर्भावस्थामा विभिन्न किसिमका समस्या आउन सक्छन् तथापि नआत्तिई समयमै उपचार गरे धेरैजसो अवस्थामा आमा र शिशु दुवैलाई बचाउन सकिन्छ । अमिता नेपालीको ५ वर्षअघि पहिलो शिशु घरमै भएको थियो । त्यसबेला कुनै परीक्षण नगराए पनि यसपटक उनी महिनावारी निर्धारित समयमा नभएको ३ हप्ता नबित्दै परीक्षणका लागि अस्पताल गइन् । चिकित्सकले प्रारम्भिक परीक्षणपछि उनलाई भिडियो एक्स–रे गर्ने सल्लाह दिए । आफूलाई केही अप्ठ्यारो नभएको अनि गर्भ बसेको भर्खर दुई महिना पुग्न लागेकाले उनले भिडियो एक्स–रे गर्न उपयुक्त मानिनन् तर दुईदिन नबित्दै उनलाई धेरै पेट दुखेर अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइयो । उनको गर्भ पाठेघरमा नरहेर अण्डबाहिनी नलीमा बसेको रहेछ । त्यो फुटेर समस्या देखिएको रहेछ । यो एउटा गम्भीर एवं खतरनाक अवस्था हो । यस्तो अवस्थामा तुरुन्त शल्यक्रिया हुन सकेन भने बिरामीको ज्यान जान सक्छ । पाठेघरबाहेक अन्य स्थानमा गर्भ रहनुलाई इक्टोपिक प्रिग्नेन्सी भनिन्छ । इक्टोपिक प्रिग्नेन्सी हुने कारण धेरै भएपनि सबै अवस्थामा यसको कारण पत्ता लगाउन सकिँदैन । समयमै भिडियो एक्स–रे गरेर इक्टोपिक प्रिग्नेन्सी रहेको थाहा पाउन सकिन्छ । इक्टोपिक प्रिग्नेन्सी भएको थाहा पाउने बित्तिकै कुनै विषमस्थिति आउनुअघि नै त्यसको अन्त्य गर्नुपर्छ । इक्टोपिक प्रिग्नेन्सीलाई समयमै परीक्षण गरियो भने शिशुको ज्यान बचाउन नसकिएपनि आमाको ज्यान बचाउन सकिन्छ । गर्भावस्थामा हुने अर्को प्रमुख समस्या उच्च रक्तचाप हो । अन्य रोगको कारणले पनि उच्च रक्तचाप भएको हुन सक्छ वा उच्च रक्तचाप पहिलोपटक गर्भावस्थामा देखिन सक्छ । २० साताकी गर्भवती महिला वा शिशु पाएको २४ घन्टाभित्र लगातार रक्तचाप १४०–९० हुनु वा कम्तीमा ४ घन्टाको परक पारेर दुईपटक रक्तचाप नाप्दा १४०–९० हुनु (पहिलो रक्तचाप सामान्य रहेको अवस्थामा) लाई गर्भावस्थाको रक्तचाप वा गेस्टेसलन हाइपर टेन्सन भनिन्छ । यस्तो अवस्थामा गर्भको शिशु तथा आमाको मृत्यु हुने संभावना कम हुन्छ, तर अर्को पटक गर्भवती हुँदा रक्तचाप बढी हुनुका साथै अन्य समस्या पनि देखापर्न सक्छन् । उच्च रक्तचापसँगै पिसाबमा प्रोटिन देखिनुले ठूलो समस्या ल्याउन सक्छ । यसबाट आमा बेहोश हुने, रक्तचाप बढ्ने, अचेत हुने, संक्रमित हुने तथा आमाको मृत्यु समेत हुन सक्ने हुन्छ। गर्भावस्थामा यस्तो समस्या आउनाले शिशु कम तौलको हुने, महिना नपुग्दै जन्मने तथा गर्भमै शिशुको मृत्युसमेत हुनसक्छ । गर्भवती महिलामा देखापर्ने यस किसिमको समस्यालाई प्रि– इक्नाप्पसिया भनिन्छ, यो पहिलो पटकको गर्भमा बढी देखिन्छ । शरीरका सम्पूर्ण रक्तनली, विशेष गरी पाठेघर, मिर्गौला र मस्तिष्कमा रक्तनलीहरू आवश्यकभन्दा बढी संकुचित भएका कारण उच्च रक्तचाप तथा प्रिइक्लाम्पसिया हुन्छ । प्रि–इक्लाप्पसियामा भएका गर्भवती महिला एकपटक मात्र पनि अचेत हुने वा बेहोस हुने अवस्थालाई इक्लाम्पसिया भनिन्छ । एक पटकमात्र पनि इक्लाम्पसिया भएका, गर्भवती महिला तथा गर्भमा रहेको शिशु दुवैका लागि खतरा बढेर जान्छ। गेस्टेसलन हाइपर टेन्सन, प्रि इक्नाप्पसिया तथा इक्लाम्पसिया जटिल किसिमका समस्या हुन्। यसका लागि नियमित रूपमा, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नुपर्छ । यस्तो समस्याका लागि सुविधा सम्पन्न अस्पतालमा भर्ना भएर उपचार गराउँदा पनि अप्रिय समाचार सुन्नुपर्ने हुन्छ । गर्भावस्थामा अन्य सामान्य समस्या पनि देखापर्न सक्छन् । यो अवस्थामा वाकवाक लाग्नु तथा बान्ता हुन खोज्नुलाई ठूलो समस्या मानिँदैन । त्यस्तो अवस्थामा चिल्लो तथा मसलेदार खानेकुरा सेवन नगरी सुख्खा खानेकुरा खानुपर्छ । यस्तो समस्या सामान्यतया पहिलो तीन महिनासम्म हुन्छ । गर्भको शिशुले सामान्यतया १२ हप्ता पार गरिसकेपछि वाकवाक लाग्न छोड्छ । यद्यपि कसै–कसैलाई यो समस्याले पनि निकै पिरोल्न सक्छ। यस्तो पीडालाई हाइपरइमेसिस् ग्राभिडम् भनिन्छ। यस्तो स्थिति प्रायः पहिलो पटकको गर्भमा बढी भएको पाइन्छ । गर्भमा एकभन्दा बढी शिशु रहे तथा अव्यवस्थित गर्भ रहेको अवस्थामा पनि यो समस्या बढी देखिन्छ। यो समस्या वंशाणुगत पनि हुनसक्छ । गर्भावस्थामा एचसीजी हार्मोनको मात्रा बढ्छ । यो हार्मोनको मात्रा सामान्यभन्दा बढी भए धेरै बान्ता हुन सक्छ। एचसीजी हार्मोन धेरै अवस्थामा पत्ता लगाउन सकिँदैन। गर्भमा धेरै पानी हुनु, दुई वा त्यसभन्दा बढी शिशु हुनु आदि त्यसका प्रमुख कारण हुन्। यसबाहेक भिटामिन बी वा प्रोटिनको कमी हुनु तथा मानसिक समस्याहरूले हाइपरइमेसिस् ग्राभिडम् गराउन सक्छन्। गर्भावस्थामा पनि अन्य अवस्थामा जस्तै पिसाबको संक्रमण, पेटको अल्सर, एपेन्डिसाइटिस, पित्त थैलीको संक्रमण, कलेजोको संक्रमण आदिले बान्ता गराउन सक्छ । गर्भावस्थामा सामान्यभन्दा बढी वान्ता भए तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । यस्तो बेला बान्ताको कारण पत्ता लगाउन विभिन्न परीक्षण (रगत, पिसाब, भिडियो एक्स–रे) गर्नुपर्ने हुन सक्छ। कसैकसैमा धेरै बान्ता भएर धेरै पानी तथा लवण खेर गएको हुनसक्छ । त्यस्तो अवस्थामा बिरामीलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने हुन सक्छ। पहिलो तीन महिनामा भएको सानो समस्याले पनि गर्भ तुहिने सम्भावना रहन्छ। यो अवस्थामा लामो दूरीको यात्रा गर्नु, मानसिक तनाव लिनु, धूम्रपान तथा मद्यपान गर्नु हानिकारक साबित हुनसक्छ । सामान्यतया गर्भावस्थाको दोस्रो तीन महिना समस्या बिहीन हुन्छ । यो अवस्थामा खानामा रुचि बढ्ने, तौल बढ्ने तथा पेट देखिन थाल्ने हुन्छ । यही अवस्थामा रगतको मात्रा बढाउन आइरन तथा क्याल्सियमको कमी हुन नदिन गर्भवती महिलालाई क्याल्सियम चक्कीका साथै टीटी भ्याक्सिन दिइन्छ । करिब ५० देखि ७० प्रतिशत महिलालाई गर्भको ४ महिनादेखि कम्मरको पीडा सुरु हुने गरेको अध्ययनले देखाएको छ । कम्मरको पीडाका अन्य कारणमा गर्भवती महिलाको तौल बढ्नु पनि एक हो । यो बढेको तौललाई पनि कम्मरले थाम्नुपर्ने हुन्छ । यो अवस्थामा पाठेघर तन्किएर बढेको हुन्छ, जसले तल्ला नशाहरूलाई च्यापेको वा प्रेसर दिएको हुन्छ । यी कारणहरूले गर्दा नै कम्मरको पीड हुन्छ भन्ने विज्ञहरूको धारणा छ । गर्भावस्थामा भएको कम्मरको पीडाका लागि आत्तिनुपर्दैन। यस्तो अवस्थामा पीडा कम गर्ने औषधि सेवन गर्नेभन्दा पनि सामान्य व्यायाम गर्ने, तातोले सेक्ने तथा पीडा कम गर्ने मल्हमहरू (डीएफओ जेल, निन्जा जेल) प्रयोग गर्नु राम्रो मानिन्छ । त्यस्तै यो अवस्थामा कसैकसैलाई एसिडिटीले सताउन सक्छ । मुखमा अमिलो पानी आउने, उल्टी (बान्ता) हुन खोज्ने, पेट पोल्ने वा दुख्ने एसिडिटीका लक्षण हुन् । नियमितरूपमा सन्तुलित भोजन गर्ने, चिल्लो, पिरो, अमिलो कम खाने तथा धेरैबेर भोकै नबस्ने कार्यले मात्र पनि यो समस्या कम गर्न सकिन्छ । गर्भको अन्तिम अवस्थामा आएर पनि विभिन्न किसिमका स्वास्थ्य समस्या देखापर्न सक्छन् र यस्ता समस्याले मानसिक तनावमात्र उत्पन्न गर्दैनन्, आमा एवं गर्भस्थ शिशु दुवैका लागि खतरा साबित हुन सक्छन्। त्यसैले आफूमा कुनै किसिमका समस्या भए चिकित्सकको सल्लाह लिइहाल्नुपर्छ । अस्पतालको छनोट कसरी गर्ने ? साधारणतया हामीले अस्पताल छनोट गर्दा आफूलाई पायक पर्ने ठाउँ हेर्छौं । त्यसो त आपतकालीन अवस्थामा जुन अस्पताल नजिक छ त्यहीँ जान्छौं । अस्पताल छनोट गर्दा पर्याप्त ध्यान पुर्‍याउनुपर्छ किनभने अहिले अस्पतालबाटै पनि संक्रमण फैलन सक्छ । त्यसैले अस्पतालमा के-कस्ता सुविधा छन् हेर्नुपर्छ । अस्पताल छनोट गर्दा निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छः ० सबैभन्दा पहिले नजिकमा भएका अस्पतालको सूची बनाउनुपर्छ। ० नजिकको अस्पतालले मात्र हुँदैन । आफ्नो स्वास्थ्यसँग सम्बन्धित सबै उपचार उक्त अस्पतालमा हुन्छ कि हुँदैन त्यो पनि हेर्नु आवश्यक छ। ० अस्पताल छनोट गर्दा आफूलाई मन पर्ने तथा चिनजानको चिकित्सक छान्नुपर्छ। ० अस्पतालमा बिरामीप्रति गरिने व्यवहार कस्तो छ विचार पुर्‍याउनु आवश्यक हुन्छ। ० अस्पतालको सरसफाइ तथा बिरामीलाई दिइने सुविधाका विषयमा ध्यान दिनुपर्छ। ० अस्पतालको संक्रमण रोक्न के-कस्ता उपाय अपनाइन्छ विचार पुर्‍याउनुपर्छ। महमा ऊर्जा एक चम्चा महले मानिसको शरीरमा ऊर्जा प्रदान गर्छ। यसमा पाइने ग्लुकोज तथा फुट क्रोजका कारण कलेजोलाई ग्लाइकोजेन नामक रसायन प्राप्त हुन्छ। यो रसायन शरीरका लागि अत्यन्त लाभदायक मानिन्छ। नियमित महको सेवनले ऊर्जा प्रदान गरेर कुनै पनि काम गर्ने जाँगर बढाउँछ। महमा कुनै बाहिरी तत्व मिसिएको हुनुहुँदैन । राति राम्रो शुद्ध मह खाए मस्तिष्कले राम्रोसँग काम गर्छ। कलेजोमा जम्मा भएको फुटक्रोजले मस्तिष्कलाई काम गर्ने शक्ति दिन्छ । महले रोग प्रतिरोधक क्षमता पनि बढाउँछ । महको सेवनले शरीरलाई विभिन्न प्रकारका विकारबाट टाढा राख्न सहयोग पुर्‍याउँछ। महमा आन्तरिक एवं बाह्य रूपमा ब्याक्टेरियासँग लड्ने तत्व हुन्छ । जाडो मौसममा धेरै मानिस रुघाखोकीको सिकार हुने भएकाले नियमित मह सेवन गरे उक्त संक्रमणबाट बच्न सकिन्छ । अनुसन्धानबाट पनि महमा विषाणु नष्ट गर्ने क्षमता भएको कुरा प्रमाणित भैसकेको छ । निद्रामा पनि क्रियाशील मानिसहरू आफ्नो सुन्दरता बढाउन विभिन्न उपाय अपनाउँछन् । दिनभरिको व्यस्ततामा सुन्दरता बढाउने क्रियाकलाप सम्भव नहुन सक्छ । त्यसैले सुत्ने बेला केही उपाय अपनाएर बिहान उठ्दा पहिलेभन्दा फुर्तिलो र तेजिलो महसुस गर्न सकिन्छ । मानिसहरू आफ्नो छाला नरम राख्न सुत्ने बेला विशेष किसिमका प्रसाधन प्रयोग गर्छन् । कोही आफ्नो हातमा भ्यासलिन लगाएर पन्जा लगाउँछन् त कोही अनुहारमा फेसप्याक वा दाग–धब्बामा टुथपेस्ट लगाएर सुत्छन् । छाला विशेषज्ञ इव लोभका अनुसार निदाएका बेला शारीरिक प्रक्रियामा परिवर्तन भइरहन्छ र केही हार्मोनको स्राव बढी हुन्छ । निदाएका बेला तन्तुको मर्मत र पुनर्जीवनका अतिरिक्त छालाका कोशिकाहरू, रक्त वा मस्तिष्क कोशिकाहरू टुट्ने–फुट्ने तथा मर्मत र पुनर्जीवन हुने कार्य भइरहन्छ। निद्राले हाम्रो रोग प्रतिरोधक क्षमता बढाउँछ । एक अमेरिकी पोषण विशेषज्ञका अनुसार शारीरिक अङ्गको पुनर्जीवन र मर्मतको कार्य तबसम्म सुरु हुँदैन जबसम्म कमसेकम ६ घन्टाको निद्रा पूरा हुँदैन । जब हामी निदाएका हुन्छौँ तब हाम्रो अनुहार स्थिर हुन्छ । यसले दिनभरिको श्रम र थकानबाट राहत दिलाउँछ । छाला विशेषज्ञ करेन बुर्कका अनुसार निदाएका बेला अनुहारले अनावश्यक तनावबाट मुक्ति पाउँछ । करेन बुर्कको सुझावअनुसार पीठको बलमा सुत्दा वा घुँडाको तलतिर सिरानी राखेर सुत्दा आराम महसुस गर्न सकिन्छ । छाला विशेषज्ञ निकोल लोवेका अनुसार सुत्दा मोस्चराइजरको प्रयोग आवश्यक छ। तातो कोठामा सुत्दा छाला रुखो अर्थात् फुस्रो हुनसक्छ । त्यसैले ओछ्यानमा जानुभन्दा पहिले क्रिम लगाउनुपर्छ। रातिको खाना ढिलो खाने बानी परिवर्तन गर्नुपर्छ । सुत्दा शारीरिक मेटाबोलिज्मको गति सुस्त हुन्छ किनभने त्यतिबेला हाम्रो शरीरको शक्ति क्यालोरीमा खर्च भएको हुँदैन । सुत्नुभन्दा अघि व्यायाम गर्नु राम्रो हुन्छ, यसले एड्रोनाइल बढाउँछ र शरीर जाग्छ । सुत्नुअघिको सहवास पनि प्रकृति प्रदत्त व्यायाम हो । यसका अतिरिक्त योगासन एवं ध्यान पनि सहायकसिद्ध हुन्छन् । दीपकलाल श्रेष्ठ गर्मीका लागि स्वास्थ्य टिप्स बिहानै पौष्टिक तत्व समावेश भएको नास्ता खानुपर्छ। बिहान–बेलुका हल्का खाना खानु राम्रो हुन्छ। खाना खानुअघि तथा खाना खानासाथ तुरुन्त पानी पिउनु हुँदैन। पर्याप्त मात्रामा कागती पानी सेवन गर्नु उपयुक्त हुन्छ। भोक लागेको बेला मात्र खाना खानुपर्छ कम चिल्लो भएका खानेकुरा खानुपर्छ। पानी पर्याप्त मात्रामा पिउनुपर्छ। तरबुजाको जुस पिउनुपर्छ। बिहान उठ्नासाथ तामाको भाँडामा राखिएको मनतातो पानी पिउनुपर्छ। राति सुत्ने बेलामा एक गिलास मनतातो पानीमा कागती हालेर पिउँदा फाइदा पुग्छ। भात एवं रोटी कम तथा तरकारी र फलफूल बढी खानुपर्छ। खाना खानासाथ तुरुन्त सुत्नु हुँदैन। खाना खाएपछि ४०-५० कदम हिँडडुल गरेर मात्र सुत्न जानुपर्छ। दैनिक खुला हावामा हिँड्ने तथा हल्का व्यायाम गर्ने बानी बसाल्नुपर्छ। वजन कम गर्ने सरल उपाय डाइटिसियनबाट डाइट चार्ट बनाउनुपर्छ। निर्धारित समयमा खाना खानुपर्छ। खाना खाएको तीन घन्टासम्म केही खानु हुँदैन। दिनहुँ बिहान व्यायाम गर्नुपर्छ। बाहिरको खाना कम खानुपर्छ। प्रत्येक हप्ता आफ्नो वजन जाँच गर्नुपर्छ। सलाद तथा जुस प्रशस्त सेवन गर्नुपर्छ। मस्तिष्कलाई कसरी सक्रिय बनाउने ? मांसपेशी जस्तै मस्तिष्कलाई पनि कसरतको आवश्यकता पर्छ। निम्न लिखित उपायले मस्तिष्कलाई वृद्धावस्थासम्म पनि सक्रिय राख्छ । बालबालिकाका साथमा चलचित्र हेर्नुपर्छ । बाधा–अड्चनको समाधान गर्नुपर्छ । अफिस जाने नयाँ बाटो रोज्नुपर्छ । श्रीमान्–श्रीमती प्रेमपूर्वक बस्नुपर्छ । यसले मानिसको न्युरोन्स विकसित गर्न मद्दत गर्छ। भरसक दिनहुँ नयाँ(नयाँ प्रयोग गर्नुपर्छ । जीवनमा तनावलाई स्थान दिनु हुँदैन। रक्त अल्पताका लागि भोजन पालुंगो एवं गाजरको रसमा मह मिसाएर पिउनु लाभदायक हुन्छ। अनार, अंगुर, सुन्तला, मौसम, केरा, स्याउ, गोलभेंडा, चुकन्दर, बन्दा आदि नियमित रूपमा सेवन गर्नुपर्छ। हरिया सागपात, पालुंगो, बाँबरी नियमित भोजनमा समावेश गर्नुपर्छ। अन्जिर एवं दाख खानु पनि फाइदाजनक हुन्छ। मेथी, बेसार, निमका पात पनि रक्त अल्पताका रोगीका लागि वेश हुन्छ। गहुँको जमराको रस दिनहुँ पिउँदा पनि राम्रो हुन्छ। चोकर सहितको गहुँको परिकार, ब्राउन राइस, हरिया सागपात, बन्दा आदिमा प्राकृतिक रूपमै आइरन तत्व पाइन्छ। माछा, मासु, कलेजो, अण्डा आदिले हेमोग्लोबिन बन्न सघाउ पुर्‍याउँछ । शाकाहारीले दूध, दूधबाट बनेका परिकार, भटमास, बदाम आदि खानुपर्छ । सय ग्राम ब्राउन राइसमा ३० ग्राम कालो भटमास तथा ३० ग्राम छोकडा मिसाई पकाउने र सख्खर मिसाएर खाए फाइदा हुन्छ। पालुंगोको सागमा कलेजो मिसाएर पकाउने र सुपका रूपमा खाए लाभदायक हुन्छ। अण्डा, कुरिलो, राजमा, ओखर पनि रक्त अल्पताका लागि उपयोगी मानिन्छ। राति किन बाउँडिन्छ गोडा राति कसै–कसैको गोडा बाउँडिन्छ। यसका धेरै कारणमध्ये काम गर्ने बेलामा मांसपेशी तन्किनु, धेरै समयसम्म एउटै ठाउँमा उभिनु, एन्टी साइकोटिक्स, डियोरेक्टिस औषधिको सेवन तथा शरीरमा पोटासियम, क्याल्सियम तथा पानीको कमी आदि हुन सक्छ । यस्तो समस्याबाट छुटकारा पाउन पोटासियमयुक्त खाद्यपदार्थ मेथी, पालुंगो तथा बन्दागोभी आदि खानुपर्छ । पर्याप्त पानी पिउनुपर्छ । अल्कोहल तथा कफिन सेवन गर्नुहुँदैन। गोडाको कसरत गर्नुपर्छ र गोडा बाउँडिएका बेला ओछ्यानबाट उठेर हिँड्नुपर्छ । डाइनेटिक्स स्वास्थ्यको आधुनिक विज्ञान डा.आदर्श प्रधान वर्तमान युग तीव्रगतिमा दौडिरहेको छ । समयसँगै हामी पनि एक–अर्काबीच प्रतिस्पर्धा गर्दै बाँचिरहेका छौं । यस्तो भागदौड तथा तनावयुक्त वातावरणमा हाम्रो स्वास्थ्य चाहेर पनि सोचेजस्तो राम्रो हुन सक्दैन । अहिलेको जीवनशैलीमा हामीभित्र नचाहिँदा संवेग, उत्तेजना, सनक, भयजस्ता मानसिक भावना जम्मा भैरहेका हुन्छन् । यस्ता नकारात्मक मानसिक भावनाले गर्दा हामीमध्ये धेरैमा आत्मविश्वासको कमी, निराशा, हीनताबोध, भय बढ्दै गएको पाइन्छ । मेडिकल साइन्सले पनि यदि यस्तो अवस्था बढ्दै गयो भने असाध्य रूपमा मानसिक रोगी हुनसक्ने कुरा स्वीकार गरेको छ । डाइनेटिक्स एउटा यस्तो आधुनिक विज्ञान हो जसको प्रयोगले हाम्रो मस्तिष्कभित्र दबिरहेको अनावश्यक संवेग, उत्तेजना, सनक, भय, दुःख आदि मानसिक भावनालाई उत्खनन गरेर नकारात्मक मानसिक अवस्थालाई सही अवस्थामा ल्याउन मद्दत गर्छ । डाइनेटिक्सको सिद्धान्तअनुसार मानसिक तनावले गर्दा नै मानिसलाई रोग लाग्छ । मानिसको जीवनमा तनाव त आइरहन्छ, तर तनावलाई कसरी लिने र दबिरहेको तनावलाई मस्तिष्कबाट कसरी मुक्त गर्ने भन्ने कुरा डाइनेटिक्सले सिकाउँछ । एलरोन हर्बडले प्रतिपादन गरेको यो आध्यात्मिक ज्ञानले हाम्रो आत्मा, मस्तिष्क र शरीरलाई सन्तुलनमा राख्न सिकाउँछ । डाइनेटिक्समा अडिटिङको माध्यमबाट रोगीको उपचार गरिन्छ । यो उपचारबाट जस्तोसुकै मानसिक, शारीरिक, भावनात्मक रोगीको सफल उपचार गर्न सकिन्छ । डाइनेटिक्सको सिद्धान्तअनुरूप प्रत्येक मानिसमा दुईवटा मस्तिष्क हुन्छन् । ती दुईवटा मस्तिष्कमध्ये प्रतिक्रियात्मक मस्तिष्कमा रहने मानसिक छाया चित्रहरूको संकलनलाई इनग्राम भनिन्छ । हामीमा भएको शारीरिक पीडा, दुर्घटना, भय, बेहोस हुँदा हुने अनुभूतिको छाप उक्त मस्तिष्कमा हुन्छ । हाम्रो मस्तिष्कमा भएका यी इनग्रामले गर्दा हामीमा अनावश्यक भय, निराशा, मानसिक समस्या, शारीरिक पीडा आदि उत्पन्न हुन्छन् । डाइनेटिक्स एउटा माध्यमिक परामर्श विधि हो, जसमा अडिटरद्वारा रोगी वा निरोगीलाई अनावश्यक इनग्राम हटाउन अडिटिङ गरिन्छ । डाइनेटिक्सको भाषामा अडिटिङ गराउन आउने व्यक्तिलाई प्रि–क्लियर (स्पष्ट हुन बाँकी) भनिन्छ । जसको मस्तिष्कभित्र नकारात्मक आवेग, संवेदना, भावना हुन्छ त्यस्तो व्यक्तिलाई प्रि(क्लियर भनिन्छ । प्रि–क्लियरलाई अडिटिङ गरिसकेपछि मानिसभित्र रहेको नकारात्मक आवेग, संवेदना हट्नुका साथै उसभित्र रहेको समस्यालाई ऊ आफैंले बोध गर्छ । आफूभित्र रहेको समस्यालाई बुझेर हटाएपछि प्रि–क्लियरलाई स्पष्ट भएको मानिन्छ । अतः डाइनेटिक्स लक्ष्य भनेको मानिसलाई प्रि–क्लियरबाट क्लियर बनाउनु हो । डाइनेटिक्स सिद्धान्तका प्रवर्तक एलरोन हर्बडले तनाव नाप्ने मेसिनको पनि आविष्कार गरेका छन्, जुन मेसिनबाट मानिसभित्र रहेको तनावलाई सजिलै नाप्न सकिन्छ । नापेर आएका अंकका आधारमा मानिसमित्र रहेको मानसिक अवस्था पत्ता लगाइन्छ । एलरोन हर्बडका पुस्तकहरूः एलरोन हर्बडले सयौं महत्त्वपूर्ण पुस्तक लेखेका छन् । ती पुस्तकहरूको अध्ययन एवं प्रयोगपछि हामीले दिमागी अवरोधहरूबाट पार पाउन सक्नुका साथै तिनीहरूको नियन्त्रणमाथि क्रमिक सफलता पाएर भविष्यका खुसीहरू कसरी पाउन सकिन्छ भन्ने जानकारी प्राप्त गर्न सक्छौं । एलरोन हर्बडको विश्वभर सर्वाधिक बिक्री भएको पुस्तक डाइनेटिक्सः मानसिक स्वास्थ्यको आधुनिक विज्ञान हो जुन पुस्तकमा डाइनेटिक्स सिद्धान्तको प्रयोग, अडिटिङ प्रक्रिया, डाइनेटिक्सको प्रयोगले जीवनमा कसरी काम गर्छ भन्ने कुरा समावेश छ । नेपालमा डाइनेटिक्सः नेपालमा लोकेन्द्रबहादुर चन्द प्रधानन्त्री भएको बेलामा अमेरिकाबाट डाइनेटिक्स विज्ञहरू ल्याएर सबै मन्त्रीलाई होटल र्‍याडिसनमा प्रशिक्षण दिइएको थियो । नेपालमा ५ वर्षअघि पुस्तक बिक्रीबाट सुरु भएको डाइनेटिक्स संस्थाको कार्य हाल डाइनेटिक्स वर्कसप, अडिटिङ, जीवन विधायक शिक्षण कोर्सको संचालनसम्म पुगेको छ । काठमाडौंको न्यूप्लाजास्थित यो संस्थाका संस्थापक अध्यक्ष एमएलगुरुङ तथा कार्यकारी निर्देशक नगेन्द्र पौड्याल हुन् । हाल यो संस्थामा तनाव नाप्ने मेसिनका साथै ओशिय परीक्षण पनि गरिन्छ । ओशिय परीक्षणबाट हाम्रो मानसिक एवं भावनात्मक अवस्थाका बारेमा सजिलै थाहा पाउन सकिन्छ । डाइनेटिक्सका जीवन विधायक शिक्षण कोर्स अरू शिक्षण कोर्सजस्तो होइन । यसका कोर्सहरू प्रयोगात्मक हुन्छन्, जुन हामीले आफ्नो जीवनमा प्रयोग गर्नुपर्छ । यो जीवन विधायक शिक्षण कोर्सको अध्ययनपछि अध्ययन गर्ने व्यक्तिको जीवनमा परिवर्तन आउँछ भन्ने संस्थाको दाबी छ । एजेन्सी

यस्ता छन् ध्यान गर्दाका फाइदा

काठमाडौं । ओशोका अनुयायीले किन ध्यान गर्छन्, यसमा धेरैको जिज्ञासा होला । वास्तवमा ध्यान विचारसिद्धिको अवस्था हो । ध्यान कुनै वस्तुप्रतिको एकाग्रता भने होइन । यो आफैँमा विश्राम पाउने एउटा प्रक्रिया हो । ओशो दर्शनअनुसार यस (ध्यान) लाई सक्रिय ध्यान पनि भनिन्छ । यसभित्र योग, प्राणायाम (श्वासप्रश्वासको अभ्यास) आदि पर्छन् । अब जानौँ ध्यान गर्दाका फाइदाः मनमा शान्तिध्यान गरेरै मनमा हुने अनेक अशान्तिबाट टाढा रहन सकिन्छ । ध्यान गर्दा मन एकाग्र हुने भएकाले बाहिरी कामबाट हुने भय, डर र चिन्तालाई हटाउन सकिन्छ । त्यस्तै, आफूमा धैर्यताको विकास गर्न ध्यान गर्न आवश्यक छ । तनाव व्यवस्थापनभौतिक जीवनबाट हुने हरेक किसिमको तनावलाई ध्यानको माध्यमले सजिलै व्यवस्थापन गर्न सकिन्छ । यसका कारण हुने स्वास्थ्य समस्याबाट समेत बच्न सकिन्छ । ध्यान गर्दा आफ्नो मस्तिष्कलाई आफैँले एकाग्र गरिने हुनाले व्याकुलता, ईष्र्या तथा निराशा हटेर जान्छ । सकारात्मक सोचध्यान गर्दा मानिसमा नकारात्मकता हटेर जान्छ, सकारात्मक सोच पलाउँछ । सकारात्मक सोचले मानिसको व्यक्तित्वमा नै परिवर्तन ल्याउँछ । मनबाट नकारात्मक सोच हट्नेबित्तिकै मानिसमा सिर्जनशीलता स्वतः बढ्छ । जसले गर्दा मानिसको व्यवहारमा नम्रता आउने भएकाले उसले समाजमा राम्रो सम्बन्ध कायम राख्न सक्छ । शारीरिक तन्दुरुस्तीशरीरमा राम्ररी रक्तसञ्चार गराउन ध्यानले भूमिका खेल्छ । जसबाट प्रत्येक कोषिकामा ऊर्जा उत्पन्न हुने गर्छ । नियमित गरिने ध्यानबाट रक्तचाप र रगतमा ग्लुकोजको मात्रा नियन्त्रण हुन्छ । त्यस्तै, रोगप्रतिरोधी क्षमताको विकासका साथै घाउ, अनिद्रा, जोर्र्नी र टाउको दुखाइबाट राहत पाउन सकिन्छ । भावनालाई बढाउने सेरोटोनिन हार्मोनको विकास पनि ध्यानबाट प्राप्त हुन्छ । जसबाट व्यक्तिको भावदशा र व्यवहारमा सुधार आउँछ । यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

रिलेनसनशिपमा हुँदा यी ५ गल्ती कहिल्यै गर्नुहुँदैन

दिनानुदिन मानिसहरुमा सामाजिक सञ्जालको प्रभाव बढ्दै गइरहेको छ । सामाजिक सञ्जालको क्रेज यस्तो छ कि मानिसहरु आफ्नो धेरैजस्तो समय विभिन्न किसिमका पोस्ट शेयर गर्नमा नै व्यस्त रहन्छन् । मानिसहरु सामाजिक सञ्जालको प्रयोग व्यवसायिक प्रयोजनको लागि मात्र होइन आफ्नो व्यक्तिगत विषयहरु पनि सामाजिक सञ्जालमा शेयर गरिरहेका हुन्छन् । आफ्ना व्यक्तिगत जीवनसँग सम्बन्धित र सम्बन्धसँग जोडिएका विविध कुराहरु सामाजिक सञ्जालमा शेयर गर्नु कत्तिको उचित हुन्छ त ? व्यक्तिगत जीवनसँग सम्बन्धित कुराहरु सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्दा यसले मानिसको जीवनमा पार्ने प्रभाव निकै नराम्रो हुन सक्छ । के सही वा के गलत हो त्यसलाई पहिचान गरेर मात्रै सामाजिक सञ्जालमा शेयर गर्न आवश्यक छ । सम्बन्ध र व्यक्तिगत जीवनसँग मेल खाने के–के कुरा सामाजिक सञ्जालमा शेयर गर्नुहुँदैन ? झै–झगडाः सामान्य वादविवाद वा झगडा हरेक सम्बन्धमा हुन्छ र यसलाई सामान्य नै मानिन्छ । तर त्यही झगडाको विषयमा सामाजिक सञ्जालमा लेख्नु वा देखाउनु एकदमै गलत कुरा हो । यसले आपसी झगडा झन् बढाउँछ । यसका साथै त्यसले तपाईंको पार्टनरको आत्मसम्मानमा चोट पुग्न सक्छ भने, अन्य मानिसको अगाडि उसको छवि नराम्रो हुन सक्छ । त्यसैले यस्ता कुरा सामाजिक सञ्जालमा पोस्ट गर्नुभन्दा कुनै मिल्ने मान्छेसँग मनको कुरा शेयर गर्नुपर्छ । महंगो उपहारः तपाईंको पार्टनरले तपाईंलाई दिएको उपहारको बारेमा सामाजिक सञ्जालमा देखाउनु गलत हो । उपहारहरु सामाजिक सञ्जालमा शेयर गर्दा पार्टनरको साथ साथै अरुको नजरमा नराम्रो भावना पैदा हुनसक्छ । व्यक्तिगत फोटोः आफ्नो पार्टनरसँग लिएका व्यक्तिगत तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदैन । यसले विभिन्न समस्या पैदा गर्न सक्छन् । घुम्न जाने ठाउँको जानकारीः यदि तपाईं छुट्टीमा कतै घुम्न जाँदै हुनुहुन्छ भने त्यो कुरा सामाजिक सञ्जालमा नदेखाउनुहोस् । ब्रेकअपः यदि तपाईं र तपाईंको पार्टनरबीच ब्रेकअप भएको छ र त्यसलाई सामाजिक सञ्जालमा पोस्ट् नगर्नुहोस् । त्यसले तपाईंलाई मानिसले हेर्ने दृष्टिकोण नराम्रो हुनसक्छ । र पछि पुन सम्बन्धमा सुधार आउने सम्भावना पनि कम हुँदै जान्छ । एजेन्सी

निद्रासम्बन्धी १० भ्रम जसलाई हामीले आजैबाट त्याग्नुपर्ने

एजेन्सी । हामीमध्ये धेरैको निद्राबारे केही धारणा बनाएका हुन्छौं । तीमध्ये केही अनुसन्धानमा आधारित हुन्छन् भने हामीमध्ये कतिले त्यस्ता भ्रम पालेका हुन्छौं जसले स्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेको हुने एनवाईयू लाङ्गोन हेल्थ स्कूल एण्ड मेडिसिनका अनुसन्धानकर्ताले बताएका छन् । एनवाईयू लाङ्गोन हेल्थ स्कूलकी पोष्टडक्टरल रिसर्च फेलो रेबेका रबिन्सले हाम्रो सुताई र उठाईबीच निकै गहिरो सम्बन्ध हुने बताएकी छिन् । रबिन्स र उनका सहकर्मीले निद्राको सही तालिकाको अध्ययनका लागि आठ हजार वेबसाइटको अध्ययन गरे । त्यहाँ उल्लेखित धारणालाई ‘स्लिप मेडिसिन एक्सपर्ट’सँग सल्लाह गरे । तीमध्ये कुन भ्रम हो वा कुन यथार्थ हो भन्ने निश्चित गर्दै यसलाई झुटो र स्वास्थ्यको हिसाबले कति महत्वपूर्ण छ भनेर सूचीबद्ध गरियो । यसैका आधारमा निद्राबारे हामीले पाल्ने यस्ता १० भ्रमबारे यहाँ जानकारी दिइएको छ । यस्ता भ्रमलाई आजबाटै हामीले त्याग्नुपर्ने विशेषज्ञ बताउँछन् ।   भ्रम नं १ः वयस्कलाई पाँच घण्टा वा सोभन्दा कम सुते पुग्छः ‘यदि तपाईं दिनमा निकै फुर्तिलो हुन चाहनुहुन्छ, बिरामी हुन चाहनुहुन्नँ, मानसिक रुपमा बलियो हुन चाहनुहुन्छ, आफूले चाहेको जस्तो जीवनशैली अपनाउन चाहनुहुन्छ भने तपाईं कति घण्टा सुत्नुपर्छ रु’ डिपार्टमेन्ट अफ पपुलेशन हेल्थका वरिष्ठ अनुसन्धानकर्ता गिरार्डिन जिन–लुइसले प्रश्न सोधे । ‘धेरैले पाँच घण्टा वा सोभन्दा कम सुते पर्याप्त हुने बताउन सक्छन्,’ उनले भने । ‘हामीले पत्ता लगाएको सबैभन्दा ठूलो समस्याग्रस्त धारणा यही नै हो ।’ उमेर अनुसार हामी दैनिक सातदेखि १० घण्टा सुत्नैपर्छ । तर अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार एक तिहाई अमेरिकी सात घण्टाभन्दा कम सुत्छन् । वर्ल्ड स्लिप डे स्ट्याटिस्टिक्सका अनुसार पर्याप्त निद्रा नपुग्दा ४५ प्रतिशतको स्वास्थ्यमा नकारात्मक असर पुगिरहेको छ । ‘लगातार पाँच घण्टा वा सोभन्दा कम सुत्नेहरुको स्वास्थ्यमा विकराल समस्या निम्तिने प्रमाण नै हामीसँग छ जसमा हृदयसम्बन्धि रोग र छिटो मृत्यु हुने पर्दछन्,’ रबिन्स भन्छिन् । बेलायतका १० हजार तीन सय ८ जना निजामती कर्मचारीमाथि एउटा अनुसन्धान गरिएको थियो । यसमा सात घण्टा सुत्ने कर्मचारी केही रातका लागि पाँच घण्टा मात्र सुत्दा उनीहरुको मृत्युदर दोब्बरले बढेको पाइयो, विशेषगरी मुटुसम्बन्धि रोगका कारण । विज्ञानले पनि थोरै सुत्दा रक्तचाप उच्च हुने, रोग प्रतिरोधी क्षमता कम हुने, तौल बढ्ने, यौनेच्छामा कमी, मुड परिवर्तन भइरहने, डिप्रेशन, मधुमेहको उच्च जोखिम, स्ट्रोक, दिमागी रोग र केही प्रकारको क्यान्सर हुने बताएको पुष्टि गरिसकेको छ । भ्रम नं २ः निदाउने त हो, जहाँ र जहिले सुते पनि भइहाल्यो नि ! पर्याप्त विश्राम लिएका व्यक्ति कार, ट्रेन, विमान चल्न सुरु भएलगत्तै निदाउने गरेको धेरैले धारणा बनाएका हुन्छन् । वास्तवमा यो ठिक विपरित हो । ‘जहाँ पनि जतापनि निदाइहाल्नु भनेको तपाईंले पर्याप्त निन्द्रा नपाएको संकेत हो,’ रबिन्सले भनिन् । ‘यसको अर्थ यो हो कि तपाईंको शरीर यति थकित छ कि तपाईंले मौका पाएलगत्तै निन्द्राको बोझ हल्का पार्न खोज्नुहुन्छ ।’ निन्द्रा नपुग्दा तपाईंको दिमागमा एडेनोसाइन नामको रसायन श्राव हुन्छ जसका कारण तपाईंलाई दिनभरी झुप्प–झुप्प भइरहन्छ । मिठो निन्द्रा लाग्दा यो रसायनको श्राव निकै कम हुन्छ र जब तपाईं उठ्नुहुन्छ तपाईं फ्रेश भएको महसुस गर्नुहुन्छ । भ्रम नं ३ः तपाईंको दिमाग र शरीरले कम निन्द्रा बिस्तारै पचाउन सक्छ दिनदिनै कम सुत्ने व्यक्तिहरुको दिमाग र शरीर क्रमशः यसमा अभ्यस्त हुँदै जाने धेरैले सोचिरहेका हुन्छन् । तर विशेषज्ञका अनुसार यो पनि एउटा भ्रम नै हो । किनभने हाम्रो शरीरले पूर्ण रुपमा आफूलाई पुनर्स्थापित गर्न निन्द्राको चारवटा भिन्न चरण पार गर्नुपर्छ । पहिलो चरणमा, तपाईं कम सुत्न थाल्नुहुन्छ र तपाईं आफ्नो वातावरणसँग कम घुलमिल हुनुहुनेछ । दोस्रो चरणमा तपाईं आफ्नो धेरैजसो समय सुतेर नै बिताउनु हुनेछ । तेस्रो र चौथो चरणमा सबैभन्दा गहिरो, सबैभन्दा राम्रो निन्द्रा र –यापिड आइ मुभमेन्ट (REM) स्लिप पर्छ ।  ‘REM मा तपाईंको दिमाग सबैभन्दा बढी प्रतिक्रियाशील हुन्छ,’ रबिन्सले भनिन् । ‘यदि तपाईंको दिमागी तरङ्गलाई हेर्ने हो भने तपाईंको दिमाग ब्यूँझिरहेको देख्नुहुनेछ ।’ REM तपाईं निदाएको जुनसुकै बेला पनि सुरु हुनसक्छ तर साधारणतया यो तपाईं निदाएको ९० मिनेटपछि सुरु हुन्छ । REM  त्यतिबेला हुन्छ जब तपाईंको शरीर र दिमाग तपाईंका यादहरु कैद गर्न व्यस्त हुन्छन् । तपाईं सपना देखिरहेका बेला पनि च्भ्ः हुन्छ । तपाईं च्भ्ः निन्द्रामा हुँदा हात र खुट्टाका माशंपेशी अस्थायी रुपमा पक्षघात हुन्छन् त्यसकारण तपाईं सपनामा बहकिएर आफूलाई असर पुर्याउन सक्नुहुन्नँ । मिठो निन्द्राका लागि तपाईंको  REM साइकल दोहोरिरहन्छ । यसले तपाईंको सुत्ने समयको २५ प्रतिशत ओगटेको हुन्छ । निन्द्राको अर्को महत्वपूर्ण पाटो भनेको गहिरो निन्द्रा हो । यतिबेला तपाईंको दिमागको तरङ्ग डेल्टा वा स्लो वेभ स्लिपमा परिणत हुन्छ । यतिबेला मानव वृद्धि हर्मोनको श्राव हुन्छ र यादहरु कैद हुन्छन् । ‘गहिरो निन्द्रा न्यूरोनको विकासका लागि, मासंपेशीको मर्मतका लागि र रोग प्रतिरोधी क्षमताको विकासका लागि अत्यधिक महत्वपूर्ण छ,’ रबिन्सले भनिन् । गहिरो निन्द्रामा भएका मानिसहरुलाई ब्यूँझाउन निकै गाह्रो हुन्छ । यदि तपाईंलाई जबर्जस्ती ब्यूँझाइयो भने तपाईंलाई थकाई लागेको महसुस हुन्छ । तपाईंको दिमागले आधा घण्टासम्म राम्रोसँग काम गर्न सक्दैन,’ अनुसन्धानले भन्छ । भ्रम नं ४ः घुर्ने बानी रिस उठ्दो भएपनि हानिकारक हुँदैन बीचबीचमा सास रोकिएर ठूलो आवाजमा घुर्नुलाई स्लिप एप्निया भनिन्छ । यो एउटा यस्तो निन्द्रा विकार हो जसले नेशनल हार्ट, लंग एण्ड ब्लड इन्स्टिच्युटका अनुसार हृदयघात, दम, उच्च रक्तचाप, क्यान्सर, मधुमेह, मृगौला रोगको सम्भावना बढाउने गर्छ । ‘स्लिप एप्नियाले निकै थकित बनाउँछ,’ रबिन्सले भनिन् । ‘यस्ता व्यक्तिहरु बारम्बार ब्यूँझिरहन्छन् । उनीहरु निकै थाक्ने भएकाले दिनरात निदाउन प्रत्यत्न गरिरहेका हुन्छन् । यस्तो लाग्छ कि यसले हाम्रो ३० प्रतिशत जनसंख्यालाई प्रभावित पारेको छ । ’ भ्रम नं ५ः राती सुत्नुअघि मद्यपान गर्दा मज्जाले निन्द्रा लाग्छ ‘मद्यपानले तपाईंलाई छिटो निन्द्रा लाग्न सहयोग त गर्ला तर यसले तपाईंलाई गहिरो निन्द्रामा पर्न भने दिँदैन,’ रबिन्सले भनिन् । ‘यसले तपाईंलाई च्भ्ः बाट बाहिर निकालिरहन्छ जसका कारण तपाईं मज्जाले निदाउन सक्नुहुन्नँ त्यसैले त रक्सी पिएर सुतेको मान्छे उठ्दा आलस्य महसुस गर्छन्,’ रबिन्स भन्छिन् । भ्रम नं ६ः निन्द्रा लागेन रु ओछ्यानमा पल्टिएर आँखा चिम्लनुहोस् र निदाउन प्रयत्न गर्नुहोस् तपाईंले मान्नुपर्छ कि यो लाइन अर्थपूर्ण छ । तपाईं बेडमा सुतेर आँखा नचिम्ली कसरी निदाउन सक्नुहुन्छ रु यद्यपी, निदाउन प्रयत्न गरेको १५ मिनेटभित्र निदाइसक्नुपर्ने निद्रा विशेषज्ञ बताउँछन् । बेडमा गएपछि निद्रा नलाग्ने बानीलाई रबिन्स जिममा गएर ट्रेडमिलमा उभिने तर केही पनि नगर्ने जस्तो बताउँछिन् । रबिन्स भन्छिन्, ‘एक व्यक्ति मस्त निन्द्रामा पर्न १५ मिनेटको समय लाग्छ । यदि तपाईं १५ मिनेटभन्दा बढी समयका लागि कोल्टे फेरिरहनुहुन्छ भने बेडबाट निस्कनुहोस्, दिमाग खियाउनु नपर्ने काम गर्नुहोस् । मधुरो बत्ती बाल्नुहोस् र मोजा पट्याउनुहोस्,’ उनी सल्लाह दिन्छिन् । भ्रम नं ७ः दिउँसो जतिबेला सुतेपनि फरक पर्दैन केही विशेषज्ञका अनुसार यो एउटा यस्तो भ्रम हो जसले स्वास्थ्यलाई नकारात्मक असर पुर्याउने गर्छ । ‘मानिसहरुले आफ्नो निद्राको तालिका नै बनाउनुपर्छ किनभने यसले हामो जैविक समयतालिका नियन्त्रण गर्ने गर्छ,’ जिन–लुइसले भने । ‘यसले हाम्रो शरीरको सम्पूर्ण हर्मोन, तापक्रम, खानपिन, पाचनक्रिया र सुत्ने–उठ्ने साइकल नियन्त्रण गर्छ ।’ यदि तपाईंको जैविक समयतालिका र बाहिरी वातावरणबीचको तादम्य मिल्दैन भने तपाईं असन्तुलित, बेचैन र जतिबेला पनि निद्रा लागेको जस्तो महसुस गर्नुहुनेछ । फरक समय तालिकामा काम गर्नेहरुलाई मुटु रोग, अल्सर, डिप्रेशन, मोटोपना र केही प्रकारको क्यान्सरको अत्यधिक जोखिम हुन्छ । यस्ता व्यक्तिहरु केही कुरामा ढिला प्रतिक्रिया दिने किसिमका हुन्छन् त्यसकारण कार्यस्थलमा विभिन्न दुर्घटनाको शिकार बन्ने गर्छन् । ८ः बेडमा टिभी हेरेर विश्राम लिनु राम्रो काइदा होः यो हामी सबैले गर्छौं । हामीमध्ये धेरैजना सुत्नु अघि ल्यापटप र स्मार्टफोन नियाल्छौं । दुर्भाग्यवश, यसले तपाईंको निद्रा बिगारिरहेको हुन्छ । ‘विद्युतीय उपकरणले निलो प्रकाश फाल्ने गर्छ र यही निलो प्रकाशले हरेक बिहान हाम्रो दिमागलाई जागा हुन निर्देशन दिन्छ,’ रबिन्स भन्छिन् । ‘सुत्नुअघि हामी निलो प्रकाश फाल्ने टेलिभिजन र स्मार्टफोनबाट जोगिनुपर्छ । हामीलाई जे कुराले आनन्द दिन्छ, त्यो कुरा गर्नुपर्छ ।’ नेशनल स्लिप फाउन्डेशनका अनुसार निलो प्रकाशले स्लिप हर्मोन भनिने मेलाटोनिनको श्रावमा प्रभाव पार्छ । सुत्नु दुई घण्टाअघि टिभीलगायत विद्युतीय उपकरण हेर्दा तपाईंलाई निद्रा लाग्न बेर लाग्न सक्छ, तपाईंलाई गहिरो निद्रा लाग्नबाट रोक्छ । यसो गर्दा तपाईं आठ घण्टा वा सोभन्दा बढी सुतेर उठ्दा पनि तपाईंलाई आलस्य महसुस हुन्छ । अबेर रातीसम्म काम गर्नुपरेको खण्डमा स्क्रिनको चमकलाई घटाउने र स्क्रिनको रङलाई सूर्यास्त हुँदाको प्रकाशसँग मेल खाने किसिमको बनाउनुपर्छ । रातो र पहेँलो रङको तरङ्ग कम हुन्छ र यसले मेलाटोनिनलाई कमै असर गर्दछ । भ्रम नं ९ः  स्नूज दबाउनु राम्रो हो १ अलार्म बज्ने बित्तिकै उठ्नु पर्दैन बिहान उठ्नुअघि धेरैले स्नूज बटन दबाउनुहुन्छ होला । ‘स्नूज बटन दबाउने तपाईंको बानी त्याग्नुहोस् । तपाईंको शरीर पुनः निद्रामा जान्छ – निकै हल्का, कम गुणस्तरको निद्रा ।’ रबिन्सले भनिन् । ‘तपाईं आफ्नो निद्राको अन्तिम समयमा आइपुग्दा तपाईंको शरीरले सम्भवतः च्भ्ः चक्रलाई बिट मार्ने प्रक्रियामा हुन्छ । स्नूज बटन दबाउने बित्तिकै तपाईंको दिमाग पुनः नयाँ च्भ्ः चक्रमा जान्छ । केही मिनेटपछि अलार्म पुनः बजेपछि तपाईं उक्त चक्रको अन्त्यमा नभई बीचतीरै उठ्नुहुन्छ त्यसकारण तपाईं उठ्दा पुनः शिथिल महसुस गर्नुहुन्छ । स्नूज बटन दबाउने आफ्नो बानी हटाउन गाह्रो भइरहेको छ भने सुत्नुअघि आफ्नो फोनलाई कोठाको कुनै कुनामा राख्नुहोस् ता कि अलार्म निभाउन तपाईं उठेर हिँड्नै परोस् । भ्रम नं १०ःसपना सम्झनु भनेको मिठो निन्द्राको संकेत हो ‘यो सरासर गलत हो किनभने हामीमध्ये धेरैले एक रातमा चार वा पाँचपटक सपना देख्छौं,’ जिन– लुईसले भने । ‘र हामीलाई यो याद नै हुँदैन किनभने हामी त्यतिबेला ब्यूँझिएका हुँदैनौं र निद्रा पनि बिग्रिरहेको हुँदैन ।’ फ्रान्समा गरिएको एक अनुसन्धान अनुसार जसले आफ्नो सपना सम्झन्छन् उनीहरुको मस्तिष्क निकै क्रियाशील हुन्छ । यस्ता व्यक्तिहरु राती बारम्बार उठिरहन्छन् र सानो आवाज आउँदा पनि ब्यूँझिने किसिमका हुन्छन् । ‘यदि हामी मज्जाले निदाएका छौं भने सपना सम्झिनै सक्दैनौं,’ जिन लुईसले भने ।

किन उभिएर पानी पिउनु हुँदैन ? कारण यस्तो छ

स्वस्थ शरीरको लागि पानी एकदम आवश्यक छ । तर पानी कति र कसरी पिउने, त्यसले पनि शरीर स्वस्थ हुनु नहुनुमा फरक पार्छ। उभिएर पानी पिउँदा शरीरलाई नोक्सान पुग्न सक्छ । आयुर्वेदको अनुसार उभिएर पानी पिउँदा शरीरमा नकारात्मक असर पर्छ। जब हामी उभिएर पानी पिउँछौँ, शरीरमा तरल पदार्थको सन्तुलनमा बाधा पुग्छ। यो बाधाले शरीरमा विषाक्त पदार्थको उत्पादन र खाना अपाचनको सम्भावना बढाउछ। मिर्गौलामा हानी उभिएर पानी पिउँदा पानी नछानिई सिधै शरीरको तल्लो भागमा जान्छ। यसले शरीरमा अशुद्ध तत्व जम्मा हुने सम्भावना बढी हुन्छ। अशुद्ध तत्व धेरै मात्रामा जम्मा भएपछि मृगौलामा हानी पुगी मिर्गौलाले ठिकसँग काम गर्न सक्दैन। जोर्नीमा पीडा एक अध्ययनको अनुसार उभिएर पानी पिउँदा पानीको प्रवाह उच्च हुन्छ। उच्च प्रवाह भएको पानी हावासँगै शरीरमा प्रवेश गर्दा शरीरको सबै प्रणालीमा असर गरी शरीरमा गाँठा देखिने र जोर्नीमा पीडाको कारण बन्नसक्छ। लगातार उभिएर पानी पिउँदा मुटु र फोक्सोमा पनि समस्या उत्पन्न हुन्छ। अल्सर हुने सम्भावना उभिएर पानी पिउँदा एसोफेगसको तल्लो भागमा अधिक नोक्सान पुग्छ। जसको कारण पेटमा अल्सर हुने सम्भावना बढ्छ। शरीरमा हुने पीडामा वृद्धि उभिएर पानी पिउँदा शरीरमा बढी दबाब परी शरीरको जैविक प्रणालीमा प्रभाव पर्छ। त्यो प्रभावले शरीरको भइरहेको दुःखाइमा वृद्धि हुन्छ। र शरीरमा यसै पनि पिडा हुने सम्भावना बढ्छ। शरीरलाई बेफाइदा उभिएर पानी पिउँदा, पिएको पानी कलेजोमा व्यवस्थित हुन पाउँदैन। यसरी पिएको पानीले शरीरलाई कुनै फाईदा हुँदैन। शरीरले पानीबाट प्राप्त गर्न पर्ने कुनै पनि तत्व प्राप्त गर्दैन, केवल पसिना र पिसाबको रूपमा बाहिर निस्कन्छ। हेल्थअनबक्सबाट

लागुऔषधको कुलतबाट छुटकारा पाउन अपनाउनहोुस यस्ता उपाय !

काठमाडौं, चैत २६ । –लागुऔषधबाट छुटकारा पाउन सबैभन्दा पहिले आफ्नो समस्या पहिचान गर्नुपर्ने हुन्छ । ड्रग्सका कारण व्यक्तिगत स्वास्थ्य तथा समाजमा असर परिरहेको छ भन्ने बुझेपछि प्रयोगकर्ताले परिवर्तनका लागि निर्णय लिनुपर्छ । –तनाव कत्तिको छ, जीवन कसरी चल्दै छ, स्वास्थ्यमा ड्रग्सको असर कति परेको छ, यी र यस्ता प्रश्न आफैँसँग गर्नुहोस् । –आफ्ना लागि ड्रग्सभन्दा महत्वपूर्ण  कुरा के–के छन्, जस्तो– परिवार, करिअर, तपाईंको स्वास्थ्य, तपाईंले माया गरेर घरमा पालेका जनावर, तपाईंकी श्रीमती वा गर्लफ्रेन्ड । यस्ता कुराको सूची तयार गर्नुहोस् । –ड्रग्सका कारण तपाईंको जीवनमा के भइरहेको छ र यसलाई त्याग गर्दा तपाईंलाई आर्थिक र सामाजिक रूपमा के–कस्ता फाइदा हुन्छन् भनेर सोच्नुहोस् । –तपाईंलाई ड्रग्स छाड्न के कुराले अवरोध गरिरहेको छ भनेर आफैँलाई प्रश्न गर्नुहोस् । यो सामाग्री नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

रक्तदान गर्नु अघि जान्नैपर्ने कुरा

काठमाडौं, चैत १७ । १८ देखि ६० वर्षसम्मका मानिस रक्तदान उमेर समूहमा पर्छन् । रक्तदान गर्ने मानिसको तौल ४५ किलोग्रामभन्दा बढी हुनुपर्छ । रक्तदान गर्ने व्यक्तिलाई मलेरिया, जन्डिस, मधुमेह, क्षयरोग र एड्सलगायत कुनै पनि यौनरोग लागेको हुनुहुँदैन । मदिरा सेवन गरेको २४ घन्टाभित्र रगत दिनुहुँदैन । त्यस्तै, लागुपदार्थ सेवन गरेका व्यक्तिले पनि रक्तदान गर्नुहुँदैन । रक्तदान गरेको तीन महिनापछि मात्र पुनः रक्तदान गर्न सकिन्छ । गर्भवती, ६ महिना नपुगेकी सुत्केरी र महिनावारी भइरहेको अवस्थामा पनि रक्तदान गर्नुहुँदैन । रक्तदान गर्ने व्यक्तिको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुनुहुँदैन । रक्तदान गर्नुभन्दा तीन घन्टाअघि पोषिलो खाना सेवन गर्नु राम्रो हुन्छ । र, रक्तदानको समय जुसको सेवन गर्दा पनि स्वास्थ्यमा फाइदा पुग्छ । यस्तो खानाले थकाइ लाग्न दिँदैन ।

धेरै नेपाली माझ्न जान्दैनन् दाँत, कसरी गर्ने ब्रस? जान्नुहोस्

काठमाडौं, चैत १७ । प्रत्येक सय नेपालीमा ९६ जनाले सही तरिकाले दाँत माझ्न जान्दैनन्। यो तीतो सत्यले देशका नागरिकको ‘मुख–स्वास्थ्य’ को वास्तविक तथा विकराल अवस्था प्रस्ट्याउँछ। एक अनुसन्धानका अनुसार मुख स्वास्थ्यमा हुने समस्याले मुटु, फोक्सो तथा पेटसम्बन्धी रोग, डिमेन्सिया, स्ट्रोक, गर्भावस्था सम्बन्धी जटिलता, बाँझोपना, इरेक्टाइल डिस्फग्सन, क्यान्सर, मृगौला रोग, अर्थराइटिस, प्रोस्टेट लगायतका ४० भन्दा बढी रोग लाग्ने सम्भावना हुन्छ।हाम्रो मुखमा ६ सयभन्दा बढी प्रकारका ब्याक्टेरिया हुन्छन् । मुख अस्वस्थ हुँदा रगतलगायतका माध्यमबाट ती ब्याक्टेरिया विभिन्न अंगमा पुग्छन् । ‘अनुपयुक्त मुख स्वास्थ्यले अन्य रोगको जोखिमसमेत बढिरहेको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखा प्रमुख डा। प्रकाश बुढाथोकी भन्छन्, ‘सही तरिकाले कसरी दाँत माझ्ने, जिब्रो सफा गर्ने तथा मुखको ख्याल गर्नेमा अधिकांशमा निकै चेतना कम छ।’‘दाँतका ५ भाग भए पनि सबैजसो नेपालीले तीन भाग मात्र सफा गर्छन्,’ ओरल मैक्सिलोफेसियल सर्जन डा। सुवास घिमिरेले भने। उनका अनुसार मुख स्वास्थ्यमा पर्याप्त ध्यान नदिँदा नेपालीको मुख लगायत मुटु, पेट, फोक्सो, अर्थराइटिस लगायतका रोगमा वृद्धि भएको छ। दाँतका पाँचै भागलाई उपयुक्त ढंगले सफा गर्दा दाँत तथा गिजासम्बन्धी ९५ प्रतिशतभन्दा बढी रोग नलाग्ने उनको भनाइ छ। दाँत कीराले खाने अधिकांश नेपालीको साझा समस्या हो। ग्रामीण भेगका ५० देखि ५५ प्रतिशत तथा सहरी क्षेत्रका करिब ९० प्रतिशत बालबालिकाका दाँत कीराले खाने देखिएको छ। विसं २०६१ को सर्वेक्षण अनुसार ७५ प्रतिशत वयस्कमा दाँतकीराले खाने समस्या छ। डेढ दशक अघिको सर्वेक्षणलाई आधार मान्दा उक्त प्रतिशत अझै बढी रहेको विशेषज्ञहरूको भनाइ छ। ‘द ग्लोबल वर्डेन अफ डिजिज स्टडी-२०१६’ का अनुसार विश्वव्यापी रूपमा आधा जनसंख्या दाँत कीराले खाने समस्याले पीडित छन्। जिब्रो सफा गर्देनन् नेपाली जिब्रोमा विभिन्न जीवाणुको संक्रमण रोक्न नियमित सफा गर्नु आवश्यक छ । मुख स्वास्थ्यअन्तर्गत महत्त्वपूर्ण मानिने जिब्रोलाई सही तरिकाले सफा नगर्ने नेपालीको संख्या प्रशस्त रहेको डा। बुढाथोकी र घिमिरेको भनाइ छ । जिब्रोमा जम्ने सेतो फोहर दिनहुँ सफा गर्नुपर्छ । चिकित्सकद्वयका अनुसार जिब्रो उपयुक्त ढंगले सफा नगर्दा खानको स्वाद लिनमा समेत समस्या हुन्छ। जिब्रो दाँत माझ्ने ब्रसको ब्रिस्टनले सफा गर्नुपर्छ। डा। बुढाथोकी भन्छन्, यसले जिब्रोमा घाउ खटिरा आउँदैन, स्वाद पहिचान गर्ने बडसमेत लामो समयसम्म स्वस्थ रहन्छ ।’ उनका अनुसार जिब्रो सफा गर्न घातु वा प्लास्टिकको जिब्री प्रयोग गर्नुहुँदैन। कसरी ब्रस गर्ने? ब्रसमा पेस्ट लगाएर दाँत, गिजा एवं दाँतको मिलन स्थल इनामेलमा राखेर ब्रसलाई तीन–तीन दाँतमा विस्तारै तल–माथि हरेक दाँतमा अगाडि–पछाडि, दायाँ–बायाँ ४५ डिग्रीको कोणमा घुमाउनुपर्छ। दाँत सफा गर्दा ब्रसलाई तलबाट माथि, तल्लो बंगारामा र माथिबाट तल माथिल्लो बंगारामा चलाउनुपर्छ । यस्तै प्रक्रिया भित्री दाँतमा समेत गर्नुपर्छ। एउटा दाँतमा तलमाथि गरेर घोट्ने जस्तो गरी ब्रस गर्नु हुँदैन । यही प्रक्रिया सबै दाँतको लागि अपनाउनुस् । यस्तै हरेक दाँतको भित्र सतहलाई समेत विस्तारै विस्तारै सफा गर्नुस्। दाँतको चपाउने सतहमा ब्रसलाई राखेर अगाडि पछाडि चलाउनुस् । तर अझै तपाईं दाँतको ५ भागमध्ये ३ भागलाई मात्र सफा गर्नुभयो । बाँकी दुई भाग अर्थात् दुई दाँत बीचको भागलाई सफा गर्न डेन्टल फल्सलगायतका प्रक्रिया अपनाउनुस्। दाँतको तालुतिरको र जिब्रोतिरको खण्डलाई सफा गर्नलाई ब्रसको अगाडिको खण्ड उपयोग गर्नुपर्छ । ब्रस गरेपछि राम्ररी कुल्ला गर्नुपर्छ र गिजालाई हलुको मालिस गरेर पुनः राम्ररी कुल्ला गर्नुपर्छ। ब्रस र पेस्ट कस्तो प्रयोग गर्ने सामान्यतः हामी टुथ ब्रसबारे खासै जानकारी राख्दैनौं । पसलेले दिने ब्रसको गुणस्तर नसोधी त्यसैले दाँत माझ्छौं । बजारमा कडा, मध्यम कडा, नरम, धेरै नरम लगायतका ब्रस पाइए पनि नरम टुथब्रस प्रयोग गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । ‘मध्यम, कडा आदि टुथब्रस उपयोग गर्नु हुँदैन,’ डा। बुढाथोकी भन्छन्, ‘भाँडा सफा गर्न कडा ब्रस चाहिएला, दाँतका लागि होइन ।’ अमेरिकन डेन्टल एसोसिएसनका अनुसार ब्रसको ब्रिसेल नाइलनको हुनुको साथै ‘राउन्ड इन्डेड’ हुनुपर्छ । टुथब्रस मुखको हरेक कुनामा घुमाएर दाँत सफा गर्न सकिने पनि हुनुपर्छ । त्यसका लागि ब्रसको टाउकोसानो हुनुपर्छ। ब्रसको स्याहार कसरी? मुखमा कैयौं किटाणु हुन्छन् । दाँतबाट प्लेक र अन्य नरम कणहरू निकाल्दा टुथब्रस ब्याक्टेरिया, रगत, र्‍याल आदिबाट दूषित हुन्छ । यसरी दूषित हुने ब्रसबाट दाँत सफा गरेपछि राम्ररी सफा गर्नुपर्छ। अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीका अनुसार आँखाले हेर्दा सफा देखिए पनि ब्रसमा रोग उत्पन्न गर्न सक्ने जीवाणु, रहन्छन् । यसैले दाँत सफा गरेपछि टुथब्रसलाई राम्ररी सफा, संक्रमणमुत्त, वा स्टरलाइजेसन आदि गर्न सकिन्छ । दाँत सफा गरेपछि टुथ ब्रसलाई कडा घाममा सुकाउनुसमेत स्वच्छताको दृष्टिले उपयोगी मानिने गरिएको छ । टुथब्रसलाई सकेसम्म बाथरुमरटोइलेटमा राख्नु हुँदैन । प्लस गर्दा निस्किने पानीको ससाना कण र दिसाको टुक्रा ब्रससम्म पुग्न सक्ने भएकोले टोइलेटमा ब्रस राख्नु स्वास्थ्यको दृष्टिले सुरक्षित उपयुक्त नहुने डा।बुढाथोकी बताउँछन् । राम्ररी सफा गरे पनि कीटाणु सार्न सक्ने भएकोले टुथ ब्रस साझा गर्नु हुँदैन । ब्रस गरेपछि हावामा सुक्न दिनुपर्छ । एकभन्दा बढी ब्रस एकै स्थानमा राखिए एकले अर्कोलाई छुन दिनु हुँदैन । ब्रस हरेक ३ देखि ४ महिनामा फेर्नुपर्छ । दाँतबीचको भाग सफा गर्नुस् दाँतको सफाइसँगै जिब्रोको समेत सफाइ नियमित रूपले गर्नुपर्छ । दिनहुँ मात्र दाँतको सफाइ गर्नु मुख स्वास्थ्यका लागि अधुरो मानिन्छ । दाँत सफा गर्दा, पेस्ट वा मन्जन उपयोग गर्नुहुन्छ भने यसको गुणस्तर सुनिश्चित गर्न आवश्यक छ । दैनिक बिहान र राती सुत्ने बेलाफ्लोराइडयुक्त पेस्टले दाँत सफा गर्नुपर्छ । त्यसैगरी, दाँतको बीचमा हुने प्लक हटाउन नियमित रूपले डेन्टल फ्लस प्रयोग गर्नुपर्छ । ब्रस आदि गर्दा दाँतबीचको भाग सफा नहुने भएकाले डेन्टल फलस ९बेक्स मिसिएको धागो० प्रयोग गर्नुपर्छ । फ्लस गर्दा गिजा र हाड नछुने गरी दाँतको सतहबाट गर्नुपर्ने डा।बुढाथोकी सुझाव छ । त्यसैगरी, खाना खाएपछि राम्ररी मुख कुल्ला गर्नुपर्छ । हाम्रो मुखमा हुने ब्याक्टेरिया म्युकस र अन्य तत्त्वसँग मिलेर प्लाक नामक रंगहीन पदार्थ बन्छ । नियमित रूपमा सही तरिकाले दाँत सफा नगर्दा प्लाक जम्मा भई टार्टर बन्छ । सामान्य ब्रसले सफा नहुने टार्टरलाई दन्तरोग विशेषज्ञको सहयोगले हटाउन सकिन्छ । लामो समय सम्म टार्टर जम्मा भएको खण्डमा गिजाको समस्या देखिन्छ । औंलाले सफा नगर्नुस् कतिपय मानिसले तत्काल ब्रस नभएको खण्डमा औंलामा पेस्ट राखेर दाँत सफा गर्छन् । डा। घिमिरे भन्छन्, ‘औंलाले दाँत सफा गर्नु हुँदैन ।’ कत्तिलेगिजाबाट रगत आउँदा वा दुख्दा औंलाले ब्रस गर्ने गरेको जनाउँदै त्यस्तो अवस्थामा चिकित्सकसँग परामर्श लिनुपर्ने घिमिरेको भनाइ छ । याे सामग्री आजको कान्तिपुर दैनिकमा छािपएकाे छ ।

होसियार ! राति पेन्टी लगाएर सुत्दा हुन सक्छ यस्तो समस्या

धेरै मानिसहरुको बानी राती सबै कपडा खोलेर सुत्ने हुन्छ । त्यसमा कोही कोही कपडा नै नखुली सुत्छन् भने केही माथिको कपडा मात्र खोलेर टाउजार लगाएर सुत्छन् । तर कोही सबै लुगा खोलेपछि पेन्टीचाहि लगाएरै सुत्छन् । विज्ञहरुको अनुसार पेन्टी लगाएर सुत्ने व्यक्तिले धेरै समस्याको सामना गर्नुपर्ने बताउँछन् । के रातति पेन्टी लगाएर सुत्नु हानिकारक हो ? विज्ञहरुको भनाई अनुसार पेन्टी लगाएर सुत्नु स्वास्थ्यको लागी खराब बानी हो । यदि राती पेन्टी लगाएर सुतेमा शरिरमा पसिना आएर ब्याक्टेरिया छिर्ने बढी सम्भावना हुन्छ । त्यसपछि उक्त ब्याक्टेरिया बचेर तपाईको शरिरमा छाला चिलाउने र सक्रमण हुने समस्या देखा पर्दछ । त्यसैले राती नांगै सुत्नुपर्छ । तर विचार गर्नुस्, पुरुषहरुले भन्दा महिलाहरुले यो कुरामा विशेष ध्यान दिनुपर्छ । किनभने महिलाहरुलाई महिनावारीको समयमा यो समस्याले सताउँछ । त्यसका लागी राति सुत्ने बेलामा सुतीको कपडा पहिरेर सुत्नु राम्रो हुन्छ ।

जान्नुहोस, केहो डिहाइड्रेसन?

काठमाडौं, चैत १३ । नियमित पिएको पानीले थुप्रै रोगबाट बचाउँछ । त्यसैले हाम्रो शरीरका लागि पानी अत्यावश्यक छ । शरीरमा पानी बढी वा कमी हुन सक्छ । यी दुबै अबस्था स्वास्थ्यका दृष्टिकोणले ठीक होइन । यद्यपी, शरीरमा पानीको कमी भएमा अझ धेरै समस्या निम्तिन्छ । जसलाई चिकित्सकीय भाषामा डिहाइड्रेसन भएको भनिन्छ । डिहाइड्रेसनका असर दिनभर टाउको दुख्नुका साथै टाउको भारी हुने समस्या भएमा त्यो पानी अभावको संकेत हुन सक्छ । शरीरमा पानीको कमी भएमा मस्तिष्कलाई पर्याप्त मात्रामा उर्जा मिल्दैन । यस्तो अबस्थामा काम गर्दा मस्तिष्कलाई वढी जोड दिनुपर्ने हुन्छ । जसले अत्यधिक थकान महसुस गराउँछ । आँखामा सुख्खापन आउने समस्या भएमा यो पनि पानी अभावको कारणले हुनसक्छ । पानी अभावकै कारण आँखा सुन्निने, जलन हुनेलगायत समस्या देखापर्छ । शरीरमा पर्याप्त पानी नभएमा खाना राम्रोसँग नपच्ने समस्या हुन्छ । जसका कारण कब्जियत र एसिडिटीको समस्या निम्तिन्छ । पानीको अभावले शरीरको छाला फुश्रो हुने समस्या हुन्छ । यदि पिसाबको रङ पहेँलो, गाडा पहेँलो वा फिका भएमा पनि शरीरलाई पानी नपुगेको बुझ्नुपर्छ । यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

हेर्नुस्, स्वास्थ्यका लागि रङ कति हानिकारक?

काठमाडौं, चैत ६ । बुधबार नेपालको पहाडी क्षेत्रमा एकअर्कामा रङ दलेर खुसियालीपूर्वक होली पर्व मनाइँदै छ। तराई क्षेत्रमा भने पहाडी क्षेत्रमा मनाइएको भोलि मनाउनु प्रचलन छ। फाल्गुण शुक्ल पूर्णिमाका दिन पर्ने होली पर्वलाई सद्भाव र खुसियालीको पर्व रुपमा पनि मानिन्छ। होलीमा मानिसहरूले एकअर्कामाथि विभिन्न प्रकारका रङहरू दलेर रंगिन बन्छन्। मीठा खाने कुराहरू पनि खाइन्छ। रङ लगाएर एकअर्कामा अत्मीयता साटासाट गरिन्छ। जसले गर्दा जुनसुकै उमेर समूहका मानिसहरु पनि होलीमा रंग लगाएर रमाउने गर्छ। तर खुसी र उमंगका लागि लगाइने रंगहरुले हाम्रो स्वास्थ्यलाई गर्ने असरबारे धेरैलाई थाहा नहुन सक्छ। यस पर्वमा पछिल्लो समय शरीरलाई असर पार्ने घातक रसायन मिसिएका रङहरूको प्रयोग बढ्दै गएको छ। हामीले रगाइने रंगमा हुने विभिन्न किसिमका केमिकलहरुले हाम्रो छालालाई मात्र हैन भित्री अंगहरुलाई समेत गम्भीर असर गर्ने गर्छ। खराब रंगले कस्तो असर गर्छ? विभिन्न थरीका रङहरू प्रयोग गरेर मनाइने रङहरूको पर्व होलीमा रातो, नीलो, कालो, हरियोलगायतका रङले शरीरमा तत्कालै वा दीर्घकालमा असरहरू पर्ने गर्छ। हामीले प्रयोग गर्ने रङहरू बनाउँदा ९० प्रतिशत घुलनशील तत्त्व प्रयोग गरिएको हुन्छ। यस्तै, सुख्खा रङ बनाउन सिसा, मर्करी, पेट्रोलियम उत्पादनजस्ता स्वास्थ्यका लागि हानिकारक तत्त्व प्रयोग गरिएको हुन्छ। यसरी रसायनहरूको मिसावटबाट बनाइने रङहरूमा एस्वेस्टस र सिलिकाजस्ता तत्त्व पनि हुन्छन्। यी तत्त्वले आँखा र छालामा संक्रमण गर्नुका साथै दम, खोकीजस्ता रोगलाई जन्म दिन्छ। एलर्जी, छाला सुन्निने, फोकाफोकी आउने, श्वासको समस्या, दम बढ्ने, मिर्गौला खराब हुने, आँखा पोल्ने र पाक्ने जस्ता लक्षण लेड अक्साइड नामक रसायनको प्रयोगबाट हुन्छ। यस्तै, हरियो रङमा कपर सल्फेट, नीलोतुथो भन्ने रसायन मिसाइएको हुन्छ। यो रसायनले आँखा तथा छालामा असर गर्छ। यसले गर्दा छाला चिलाउने, सुन्निने, पोल्ने, आँखाको सेतो भाग तथा ढकनी सुनिने, आँखामा घाउ आउनेजस्ता समस्या आउन सक्छन्। यो रङ निलेमा बान्ता हुने, छाती पोल्ने, टाउको दुख्ने, पखाला लाग्ने जस्ता समस्या देखिनुका साथै पेट, रगत, मस्तिष्क, कलेजोलगायत अंगहरूलाई पनि हानी पुर्‍याउँछ। बैजनी रंङमा क्रोमियम ब्रोमाइड भन्ने रसायन प्रयोग गरिन्छ। यो तत्त्व श्वास र फोक्सोका लागि हानिकारक छ। यो रङको बढी प्रयोग गर्दा श्वास बढ्ने, दम, खोकी लाग्ने, एलर्जी हुनेजस्ता लक्षण देखिन सक्छन्। चाँदीजस्तो चम्कने सेतो रङमा आल्मुनियम ब्रोमाइड मिसाइएको हुन्छ। यसको विषाक्तताले क्यान्सरसमेत हुन सक्छ। बैजनी रंङमा क्रोमियम ब्रोमाइड भन्ने रसायन प्रयोग गरिन्छ। यो तत्त्व श्वास र फोक्सोका लागि हानिकारक छ। यो रङको बढी प्रयोग गर्दा श्वास बढ्ने, दम, खोकी लाग्ने, एलर्जी हुनेजस्ता लक्षण देखिन सक्छन्। चाँदीजस्तो चम्कने सेतो रङमा आल्मुनियम ब्रोमाइड मिसाइएको हुन्छ। यसको विषाक्तताले क्यान्सरसमेत हुन सक्छ। आँखा, छाला र श्वास प्रणालीमा प्रत्यक्ष हानी पुर्‍याउने तत्त्वले फोक्सोमा असर, दम, खोकी, छाला चिलाउने, पोल्ने, सुन्निने, आँखा पोल्ने, पाक्ने, पानी बग्ने, टाउको दुख्ने, बान्ता हुनेजस्ता समस्या निम्त्याउँछ। यस्तै, नीलो रङमा प्रसियन ब्लु नामक रसायन मिसाइन्छ। यसले छालाको एलर्जी, डर्मटाटिक्सजस्ता समस्या ल्याउन सक्छ। यसलाई निलेमा पेट दुख्ने, पाचन गडबड हुने र कब्जियतको समस्या देखिन सक्छ। रातो रङमा धेरै मर्करी सल्फेट तत्त्व मिसाइएको हुन्छ, जुन श्वास प्रश्वासद्वारा शरीरभित्र प्रवेश गरेमा छाती पोल्ने, दुख्ने, भारी हुने, खोकी लाग्ने, श्वास लिन कठिनाइ हुने, दम बढ्नेजस्ता समस्या देखा पर्छन्। यो तत्त्व आँखामा पर्न गए नानी जलेर अन्धोपन पनि हुन सक्छ। आँखा पाक्ने, पोल्ने, दुख्ने समस्या पनि आउन सक्छ। यो तत्त्व मिसाइएको रङ खाएमा पेट दुख्ने, वाकवाक आउने, बान्ता हुने, पखाला चल्ने र आन्द्रा गल्ने समस्या देखा पर्छन्। रातो रङमा हुने सल्फेट तत्त्व शरीरमा धेरै नै प्रवेश गरेमा रक्तनलीहरूमा असर पुर्‍याई प्यारालाइसिससम्म हुने खतरा रहन्छ। पछिल्लो समय होली खेल्न प्रयोग गरिने चाँदीजस्तो देखिने रङमा क्यान्सर लाग्ने घातक तत्त्व हुने भएकाले यस्तो रङ छालाका लागि धेरै नै हानिकारक हुन्छ। बजारमा पाइने रङहरू बनाउन प्रयोग गरिने विभिन्न खालका रसायनहरूले हाम्रो शरीरमा तत्कालीन र दीर्घकालीन असरहरू पुर्‍याउँछ। यसका साथै रङ लगाउनु अगाडि बाक्लो गरी भ्यास्लिन तथा मोइस्चराइजर क्रिम लगाउनुपर्छ। यसले छाला चिल्लो हुने भएकाले रङले छालामा त्यति असर गर्न पाउँदैनन्। साथै शरीरमा रङ सकेसम्म लामो समयसम्म राख्नु हुँदैन। रङ लगाएको दश पन्ध्र मिनेटपछि पखाल्नुपर्छ। चिल्लोयुक्त साबुन वा फेसवासले रङ पखाल्ने गर्नुपर्छ। रसायनयुक्त रङहरूले कपालमा असर गर्ने हुँदा होली खेल्नु अगाडि कपालमा धेरै तेल लगाउनु राम्रो हुन्छ। यसले रङ पखाल्न सजिलो हुनुका साथै चिल्लोकै कारण रङमा भएका घातक रसायनले कपालमा असर गर्दैन। रङ लगाउँदा छाला चिलाउने, रातो हुने, फोका उठ्ने जस्ता समस्या देखिएमा चिकित्सकलाई देखाउनुपर्छ। सकेसम्म होलीमा रंग लगाउनुअघि शरीरमा राम्रोसँग मोस्चाइजर लगाउनाले रंगमा हुने केमिकलहरुले हाम्रो शरीरका कम असर गर्छ। यो सामग्री थाहखबरबाट साभार गरिएको हो ।

राम्ररी पकाएर खाए ‘बर्ड फ्लु’ नसर्ने चिकित्सको दाबी

काठमाडौं, चैत ६ । बर्ड फ्लु कारण कुखुराको मासु खान हितकिचाउन नपर्ने चिकित्सकले बताएका छन् । राम्ररी पकाएको मासु आँदा बर्ड फ्लु भाइरसले कुनै असर नगर्ने उनीहरुको दाबी छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा। विवेककुमार लालले मासु उपभोक्ता तुलनात्मक रुपमा सुरक्षित रहेको बताए । ‘काँचो मासु खानु हुँदैन्, पकाएर खानु पर्छ । पकाएर खाँदा बर्ड फ्लुको जोखिक हुँदैन,’ उनले भने । मासु उपभोग गर्नेभन्दा पशुपन्छीको स्याहारसुसार गर्ने किसान र कामदारको स्वास्थ्य जोखिममा छ । उनीहरुमा बर्ड फ्लु को संक्रमण हुने जोखिम रहेकाले सजग हुन चिकित्सकले सल्लाह दिएका छन् । यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।

जानिराखौं यस्तो हुनुपर्छ बिहानको समयमा खाने खाना

शारीरिक तथा मानसिकरूपमा हृष्टपुष्ट र स्वस्थ रहन विशेषगरी हामीले बिहानको खानामा ध्यान पुर्याउन जरुरी छ । यो सन्तुलित भोजनयुक्त हुन आवश्यक छ । किनकि, दिनभर हामीले गर्ने कामका लागि बिहानको खानाले ऊर्जा प्रदान गर्नुपर्ने हुन्छ । यद्यपि, हामीमध्ये अधिकांश नेपाली खाली अघाउनका लागि खाना खाइरहेका हुन्छौं । बिहान ब्रेकफास्ट गर्दैनौँ  । अनि, खाना खाने बेलासम्म धेरै भोक लागेको हुन्छ । र, एकैपटक धेरै भात खान्छौं । त्यसैले, बिहानको खाना कस्तो खाने भन्ने जान्न आवश्यक छ । ० १२ देखि १ बजेको समयमा बिहानको खाना खानु उपयुक्त हुन्छ । कोदो तथा फापरको ढिँडो, मकैको च्याँख्ला, गहुँको च्याँख्ला, ब्राउन राइस, ब्ल्याक राइस खानाको रूपमा खानुपर्छ । खानासँग तरकारी खाइन्छ । खानासँग मौसमअनुसारका सलाद पनि खान सकिन्छ । ० खानासँगै खाने तरकारी उसिनेर पकाएको राम्रो हुन्छ । उसिनेको तरकारी सय डिग्री फरेनहाइड तापक्रममा पकाइने भएकाले ब्याक्टेरिया मर्छन् । उसिनेको तरकारी तथा परिकारमा ब्याक्टेरिया मर्छन्, तर पोषण तत्व भने नाश हुँदैन । ० फ्राई गरेको वा भुटेको तरकारी तथा परिकार सकभर नखाएकै राम्रो । तरकारी तथा परिकार तेलमा तार्दा वा फ्राई गर्दा परिकारको पोषणको रूप नै परिवर्तन हुन्छ । तरकारी तथा परिकार भुट्दा वा तार्दा परिकारको पोषक तत्व नष्ट हुने सम्भावना धेरै हुन्छ । त्यसैले खाँदा जिब्रोका लागि स्वादिलो भए पनि तारेका तथा भुटेका परिकार खानु पोषणका हिसाबले गलत हो । चिल्लो, पिरो र मरमसला कम हालेर तरकारी बनाउनुपर्छ । ० खानासँग दाल पनि खान सकिन्छ । दाल खाँदा भने भातसँग मुछेर नखाँदा नै राम्रो । दाल छुट्टै पिउनु उपयुक्त हुन्छ । दाल–भात एकै ठाउँ मुछेर खाँदा खाना राम्रोसँग चपिँदैन । खाना राम्रोसँग नचपाई निल्दा पाचन प्रक्रियाले काम गर्न सक्दैन । दाँतको कामसमेत हुँदैन । पाचन प्रणालीमा प्रत्यक्षरूपमा नकारात्मक असर गर्छ, जसले ग्यास्ट्रिकको जोखिम बढ्छ । खाना चपाउँदा पाचन ग्रन्थीबाट र्‍याल निस्किन्छ । तर, नचपाई खाँदा सो र्याल ननिस्किने भएकाले ग्यास्ट्रिकको जोखिम हुन्छ । त्यसैले चपाएर खाँदा पचाउन सजिलो हुन्छ । ० खानासँगै पानी पिउँदा पाचन ग्रन्थीबाट निस्किने इन्जाइम पानीले पखाल्ने भएकाले खाना पच्दैन । त्यसैले खानासँग पानी पिउनु त्यति उपयुक्त हुँदैन । खाना खाएको आधा घन्टापछि पानी पिउनु राम्रो हो । राम्रोसँग चपाएर ¥याल निकालेर खाना खाँदा खाना अड्किने सम्भावना पनि कम हुन्छ । सामान्यतयाः दिउँसो शरीर सक्रिय हुने भएकाले अघाउन्जेल खाना खान सकिन्छ । खाना पच्छ पनि । खानासँगै दूध, दही, मही पनि खाएमा लाभदायी हुन्छ । स्वास्थ्यबाट

आलुका फाइदा के–के? जान्नुहोस्

काठमाडौं, चैत ४ । आलु एक सर्वसुलभ र सस्तो तरकारी तथा खाजा हो । नेपालीको भान्सामा सबैभन्दा बढी प्रयोग हुने तरकारी पनि यही हो । आलुलाई जुनसुकै तरकारीसँग पनि मिसाएर खान पाइन्छ । साथै, यसलाई धेरै किसिमका परिकार बनाएर खान मिल्छ । आलु स्वास्थ्य र पोषणका दृष्टिकोणले समेत उपयोगी मानिन्छ । –आलु पोषणको भण्डार हो । यसमा प्रशस्त मात्रामा भिटामिन र मिनरल्स पाइन्छ । –आलु भिटामिन, खनिज र एन्टिअक्सिडेन्टको राम्रो स्रोत मानिन्छ । आलुमा पाइने एन्टिअक्सिडेन्टका कारण मधुमेह, हृदय रोग, क्यान्सर र पुराना रोग बल्झिने समस्या कम हुन्छ । –रक्तचाप, प्रतिरक्षा प्रणाली, पाचन प्रणाली लागि पनि आलु उपयोगी तरकारी मानिन्छ । –आलुमा धरै स्टार्चको मात्रा हुन्छ । जसले रगतमा इन्सुलिनको मात्रालाई नियन्त्रणगरी ब्लड सुगरको जोखिम घटाउँछ । –नियमित आलु खाने गर्नाले मानिसमा कब्जियत, पेट दुख्ने, ग्यास भरिने आदि समस्याको जोखिम कम हुन्छ । –एक अध्ययनका अनुसार आलु खाएर शरीरमा हर्मोनको स्तर बढाउन पनि सकिन्छ ।

आगो पोलेमा के गर्ने ? यस्तो छ उपचार विधि

० आगोले पोलिरहेको छ भने तुरुन्तै कम्बलले छोपेर घटना स्थलबाट बाहिर निस्कने–निकाल्ने र बाक्लो कपडाले छोप्ने । ० घटना भएलगत्तै पोलेको अंग चिसो पानीमा डुबाएर राख्ने । ० पानी नभएको अवस्थामा नरम कटनको कपडाले छोप्न पनि सकिन्छ । ० पोल्नेबित्तिकै मानिसको शरीरमा भएका औँठी, चुरा, माला, जुत्ता वा अन्य कसिलो सामग्रीलाई शरीरबाट उतार्ने । नत्र पोलेको भाग सुन्निएर पछि निकाल्नै अप्ठ्यारो हुन्छ । ० बिरामी खान सक्ने अवस्थामा भए प्रशस्त पानी वा अन्य झोलिलो पदार्थ सेवन गराउने । ० जलेको भागमा कुनै पनि प्रकारको लोसन, तेल वा अन्य पदार्थ नलगाई छिटोभन्दा छिटो स्वास्थ्य संस्था पुर्‍याउने । ० जलेपछि उठेको फोकालाई कहिल्यै पनि फुटाउने प्रयास गर्नुहुँदैन । ० रासायनिक जलन छ भने रसायनले भिजेको कपडालाई तुरुन्तै शरीरबाट बाहिर निकाल्नुपर्छ । र, प्रभावित भागलाई करिब २० मिनेटसम्म चिसो पानीले सफा गर्नुपर्छ । ० त्यस्तै, रसायनले जलेको अवस्थामा सोडियम बाइकार्बोनेटले धुन पनि सकिन्छ । एजेन्सी