पाँच वर्षपछि युरोप भ्रमणमा निस्किए चिनियाँ राष्ट्रपति

एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङ पाँच वर्षपछि युरोपको सद्भावना भ्रमणमा निस्केका छन् । चीन र बेल्जियमबीच आर्थिक तनाव बढिरहेको अवस्थामा चिनियाँ राष्ट्रपति सी युरोप भ्रमणमा निस्किएका हुन्।

उनले सोमबार फ्रान्स पुगेर समकक्षी इम्यानुअल म्याक्रोँ र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोनडिअरसँग भेट गर्ने कार्यक्रम रहेको छ ।


त्यसपछि उनी सर्बिया र हंगेरी जाने कार्यक्रम छ । सर्बिया र हंगेरी रूसलाई सहयोग गरिरहेका युरोका देश हुन् । चीनका राष्ट्रपति सी तीन उद्देश्यले युरोप भ्रममा निस्किएको विज्ञहरुको मत छ ।

पहिलो, युरोप र चीनबीच रूस(युक्रेन युद्धपछिको सम्बन्ध सुधार । दोस्रो, आर्थिक तथा सुरक्षासम्बन्धी एजेण्डामा छलफल र तेस्रो सर्बिया र हंगेरीसँग चीनको समेत बलियो सम्बन्ध रहेको सन्देश प्रवाह ।

भूराजनीतिक मामिलाका जानकार म्याट जेरासिमले अलजजिरासँग भनेका छन्, ‘सीले युरोप पुगेर सम्बन्ध सुधारसँगै  आर्थिक र सुरक्षा मामिलामा युरोपियन चासोलाई सम्बोधन गर्न खोजेका छन् । सर्बिया र हंगेरीसँग आफ्नो पनि राम्रो सम्बन्ध रहेको सन्देश उनले दिन चाहेका छन् ।’

बेइजिङ र पेरिसले कुटनीतिक वर्षगाँठको ६ दशक समेत मनाउँदैछन् । विश्व सुरक्षा मामिलामा दुई युद्धका कारण चुनौती थपिएको अवस्थामा सी युरोपतर्फ निस्किएका हुन् । सीको भ्रमणमा अन्तर्राष्ट्रिय संकटबारे छलफल हुने फ्रान्सका अधिकारीहरूले बताएका छन् ।

‘दुई मुलुकबीच अर्न्तराष्ट्रिय संकट, मध्यपूर्व र रूस(युक्रेन युद्धका सवालमा छलफल हुनेछ’, फ्रान्सेली पक्षको भनाइ उद्दृत गर्दै अलजजिराले लेखेको छ।

म्याक्रोँ युरोपको सुरक्षामा सबैभन्दा प्रखर रूपमा अघि सरिरहेका छन् । उनले सीलाई रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध रोक्न दबाबका लागि आग्रह गर्ने अपेक्षा राखिएको छ । यस युद्धले युरोपको अस्तित्वमा चुनौती थपेको म्याक्रोँले इकोनोमिस्टसँगको कुराकानीमा भनेका छन् ।

‘यो युद्ध रूसले जितेको अवस्थामा युरोप सुरक्षित हुनेछैन । रूस यहीसम्म रोकिन्छ भन्ने के सुनिश्चितता छ रु युक्रेनलाई हमला गरेको रूसले मोल्डोभमा, रोमानिया, पोल्याण्ड वा लिथुआनियालाई उसै छोड्ला र ?’ म्याक्रोँको प्रश्न थियो ।

यो भेटमा युरोपेली युनियनले युद्धबारे मात्रै नभएर चीनले विद्युतीय सवारी साधनमा दिएको अनुदानले थपेको चुनौतीबारे समेत छलफल गर्नेछ । चिनियाँ घरेलु अनुदानले युरोपेली कम्पनीहरूले बजारमा प्रतिस्पर्धा गर्न चुनौती थपिने भएकाले यसमा छलफल हुने भएको हो ।

सी युरोप जानुअघि विदेश मन्त्रालयका प्रवक्ता ली जिआनले युरोपसँग रणनीतिक तथा आर्थिक साझेदारीका लागि रचनात्मक छलफल हुने बताएका थिए। ‘हामी फ्रान्स र समग्र युरोपसँग रणनीतिक साझेदारीको पक्षमा छौँ । आपसी हित तथा विश्व शान्तिका  लागि दीर्घकालीन सहकार्यको प्रस्ताव सहित राष्ट्रपति भ्रमणमा निस्किनुभएको छ’, उनले भनेका थिए।

सोमबार म्याक्रोँले समकक्षी सी र चिनियाँ फर्स्ट लेडी पेङ लीयुआनलाई राजकीय भोजमा सरिक गराउनेछन् । त्यसपछि मंगलबार उनले  हिमाल दृश्यावलोकनका लागि लाने कार्यक्रम छ।

त्यसपछि उनी सर्बिया पुग्नेछन्। सर्बिया युरोपेली युनियनको सदस्य राष्ट्र भने होइन। सर्बियामा चीनको ठूलो लगानी रहेको छ। मे ८ मा सीले हंगेरीको बुडापेस्ट पुगेर युरोपको यात्रा अन्त्य गर्नेछन् । उनले त्यहाँ राष्ट्रपति भिक्टर ओरबानसँग भेट गर्नेछन्।

हंगेरीले लिएको नीतिबारे युरोपेली युनियनका सदस्यहरूले प्रश्न उठाइरहेका छन् । मस्को र बेइजिङसँग हंगेरीको हिमचिमबारे प्रश्न उठ्ने गरेको छ । अझ उसले सुरक्षा सहकार्य सम्बन्धमा मस्को र बेइजिङसँग सहमति गरेपछि युरोपेली युनियनमा हंगेरीप्रति असन्तुष्टि बढ्दै आएको छ । हंगेरी बीआरआईमा समेत संलग्न राष्ट्र हो ।

युरोप भ्रमणका दौरान मानवअधिकारका सवालमा पनि छलफल हुनेछ । करिब १० लाख तिब्बती बालबालिका शिक्षाबाट बञ्चित भएको उइगुर समुदायप्रति दमन भएको लगायतका विषयमा पनि छलफल गर्ने तयारी युरोपेली आयोगको छ ।

विशेषगरी रूस युक्रेन युद्ध रोक्नका लागि थप पहल लिन म्याक्रोंले दबाब दिनसक्ने अपेक्षा राखिएको छ ।

प्यालेस्टाइनको पक्षमा अमेरिकाभर प्रर्दशन, गाजामा भेटियो ३ सय ९२ जनाको सामुहिक चिहान

क्यालिफोर्निया। संयुक्त राज्य अमेरिकाका दर्जनौँ क्याम्पसहरूमा 'स्वतन्त्र प्यालेस्टाइन'को नारा सहित विद्यार्थीहरुले गरेको पर्दशन चर्किएको छ । इजरेलले गाजा क्षेमा नरसंहार गरेको भन्दै उक्त युद्ध रोक्न माग गर्दै प्रदर्शन भइरहँदा क्यालिफोर्नियाको लस एन्जलीसस्थित एउटा विश्वविद्यालयले दुई सातापछि हुने दीक्षान्त समारोह स्थगित गरेको छ। सुरक्षाको कारण देखाउँदै यूनिभर्सिटी अफ सदर्न क्यालिफोर्निया (यूएससी) ले मे १० मा हुन लागेको मुख्य दीक्षान्त समारोह उक्त दिन नहुने जानकारी दिएको छ।एट्लान्टाको एमरी यूनिभर्सिटीमा बिहीवार २८ प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो।अमेरिकामा गत साता न्यूयोर्कको कोलम्बिया यूनिभर्सिटीबाट विरोधप्रदर्शनको लहर सुरु भएको थियो।बिहीवार विज्ञप्ति जारी गर्दै यूएससीले आफ्नो परिसरमाूविद्यार्थी, तिनका परिवार र साथीहरू समेत गरी ६५,००० मानिस उपस्थित हुने गरेको प्रमुख कार्यक्रम गर्न नसक्ने” अवस्था बनेको बताएको छ। प्रहरीले प्रदर्शन रोक्ने क्रममा बुधवार कैयौँ मानिसलाई पक्राउ गर्नुका साथै विश्वविद्यालयले दीक्षान्तका लागि बनाएका अस्थायी संरचना हटाउन निर्देशन दिएपछि विश्वविद्यालय उक्त निर्णयमा पुगेको हो।यो विश्वविद्यालयले यसअघि एक मुस्लिम विद्यार्थीलाई नखुलाइएको सुरक्षा खतराका कारण दीक्षान्त समारोहमा आफ्नो मन्तव्य राख्न नदिइने जनाएको थियो। अन्य विश्वविद्यालयमा पनि प्रदर्शन अहिले अमेरिका हरेका प्रदेशका विश्वविद्यालयमा विद्यार्थीहरुले पर्दशन गरिरहेका छन् । एट्लान्टाको एमरी यूनिभर्सिटीमा पनि प्रदर्शन हुन थालेको छ। त्यहाँ प्रदर्शनकारीहरूले प्यालेस्टाइनको समर्थन गर्नुका साथै एट्लान्टामा प्रहरी तालिम केन्द्र स्थापना गर्ने विषयप्रति आपत्ति जनाएका छन्।त्यस्तो केन्द्र स्थापना गर्ने योजनाको स्थानीयवासीहरूले विरोध गर्दै आएका थिए। विपक्षीहरूले उक्त स्थानलाई प्रहरी नगर बनाउन लागिएको भन्दै विरोध गरेका छन्।एमरीले जारी गरेको वक्तव्यमा विश्वविद्यालयबाहिर भइरहेको प्रदर्शनमा विद्यार्थीहरू पनि सहभागी भएका र त्यसबाट विश्वविद्यालयलाई अन्तिम परीक्षाको तयारी र अध्ययन अध्यापन प्रभावित भएको उल्लेख गरेको छ।अमेरिकामा विद्यार्थीहरुले विश्वविद्यालय मा क्याम्प खडा गरेर पर्दशन गर्ने गर्दछन् । प्रहरी प्रदर्शनकारी तनाव प्रदर्शनकारीहरूले प्रहरी अधिकारीहरूलाई धकेलेको दाबी एमरी प्रहरीले जनाएको छ।अधिकारीहरूमाथि प्रत्यक्ष आक्रमण भएपछि कानुन कार्यान्वयनकारी निकायले भिड तितरबितर पार्न रासायनिक पदार्थ प्रयोग गर्‍यो,” एमरी प्रहरीले भनेको छ।एट्लान्टाको प्रहरीले पनि भिड नियन्त्रण गर्न रासायनिक पदार्थ प्रयोग गरिएको जनाएको छ तर उसले रबरका गोली प्रहार गरिएको आरोप अस्वीकार गरेको छ। कसरी सुरु भयो प्रदर्शन यसअघि न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयमा प्रदर्शनका क्रममा १०० जना पक्राउ परेका थिए। प्रदर्शनको लहर अहिले दर्जनौँ क्याम्पसहरूमा फैलिएको छ।अभियानकर्मीहरूले विश्वविद्यालयहरूलाई “नरसंहार रोक्न ” आग्रह गर्दै आएका छन्। उनीहरूले इजरेलले गाजामा अघि बढाइरहेको युद्धलाई सहयोग पुग्न सक्ने हतियार उत्पादन गर्ने कम्पनीमा विश्वविद्यालयको आर्थिक स्रोत लगानी नगर्न पनि आह्वान गरेका छन्। दक्षिण अफ्रिकाले एउटा अन्तर्राष्ट्रिय अदालतमा गाजामा नरसंहार गरेको भन्दै इजरेलविरुद्ध हालेको मुद्दा चलिहरेको छ। इजरेलले भने उक्त आरोप आधारहीन भएको दाबी गर्दै आएको छ।कनेटिकटस्थित येल यूनिभर्सिटीमा कानुनकी विद्यार्थी चिसातो मिमुराले अभियानकर्मीहरू “नरसंहारमा प्रयोग भएका हतियार उपलब्ध गराएको र त्यसका लागि अनुदान दिएकोमा” राष्ट्रपति जो बाइडन र विद्यालयका अधिकारीहरूसँग दुःखी भएको बताइन्।गाजा युद्धः समर्थनको विषयमा इजरेली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिको कुरा बाझियो यहुदी विद्यार्थीको प्रतिक्रिया कतिपय प्रदर्शनहरू यहुदीविरोधी भावनाबाट प्रेरित भएको आरोप लागेको छ।कतिपय यहुदी विद्यार्थीहरूले कोलम्बियामा असुरक्षित महसुस भएको बताएका छन् भने अरू केही यहुदी विद्यार्थीहरू प्रदर्शनमा सहभागी पनि भएका छन्। यूएससी प्रशासनले प्रदर्शनकारी विद्यार्थीहरूसँग सहमतिका लागि समयसीमा तोकेको छ। सहमति नभए विश्वविद्यालय शान्त राख्न आवश्यक उपाय अवलम्बन गरिने विश्वविद्यालयले चेतावनी दिएको छ।सो विश्वविद्यालयको क्याम्पसमा प्रदर्शनमा गर्ने एक डेमोक्र्याटिक पार्टीकी सांसदकी छोरी पनि छिन्। गाजामा ३ सय ९२ जनाको सामुहिक चिहान फेला  गाजामा ३ सय ९२ जनाको सामुहिक शव भएको चिहान फेला परेको छ । सो चिहान  तीनवटा छुट्टाछुट्टै ठाउँमा सामूहिक रुपमा भेटिएपछि त्यसको स्वतन्त्र छानविनको माग गरिएको छ । दक्षिणी गाजा पट्टीको खान युनिसको नासेर अस्पतालमा मानिसहरू र स्वास्थ्यकर्मीहरूले शव फेला पारेका हुन्। संयुक्त राष्ट्रका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले गाजाका सामूहिक चिहानहरूबाट सबै फोरेन्सिक प्रमाणहरू  सुरक्षित राख्न आग्रह गरेका छन् जसमा अन्तर्राष्ट्रिय छानबिनको आवश्यकता औल्याइएको छ। प्यालेस्टाइन सिभिल डिफेन्सले गाजामा ३ सय ९२ शव फेला परेका तीनवटा छुट्टाछुट्टै सामूहिक चिहानको स्वतन्त्र अनुसन्धानमा सहयोग गर्ने बताएको छ ।बिबिसि र अल जजिराको सहयोगमा 

घुष लिएको आरोपमा रुसका उपरक्षा मन्त्री जेल चलान

काठमाडौं । रुसका एक उपरक्षा मन्त्रीलाई घुस लिएको आरोपमा मस्कोको एक अदालतले जेल चलान गरेको छ ।घुष लिएको आरोप अस्वीकार गरेको भएपनि अदालतले टिमुर इभानोभलाई विशेष गरी ठूलो मात्रामा घुस लिएको आरोपमा दोषी ठहर गरेको छ । पाँच वर्षको अनुसन्धान पश्चात उनलाई १ मिलियन रुबल भष्ट्राचार गरेको भन्दै दोषी ठहर गरिएको छ । तर उनी अदालले दोषी ठहर गर्नु पहिलेसम्म जिम्मेवारी मै थिए । सन् २०१६ मा रक्षा मन्त्रालयमा नियुक्त भएका ४७ वर्षीय इभानोभले रुसको सैन्य पूर्वाधार परियोजनाको जिम्मेवारी सम्हालेका थिए।रुसी जनताले लामो समयदेखि रूसमा हुने गरेको भ्रष्टाचारको विरोध गर्दै आएका छन् । यद्यपि, २०२२ मा रसियाले युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेदेखि नै यस्ता उच्च प्रोफाइलका भ्रष्टाचार घटनाहरू विरलै सार्वजनिक भएका छन्। इभानोभलाई रक्षामन्त्री सर्गेई शोइगुको सहयोगी मानिन्छन् र धेरै वर्षदेखि उनीसँग काम गरेका व्यक्ति हुन्। उनी पहिले मस्को क्षेत्रका उपप्रधानमन्त्री थिए । जहाँ उनले शोइगुले छोटो समयका लागि गभर्नरको रूपमा सेवा गरेका थिए । २०२२ मा, भ्रष्टाचार विरोधी फाउन्डेसन (एसिएफ), दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नी द्वारा स्थापना गरिएको समूहले श्री इभानोभलाई रूसले कब्जा गरेको युक्रेनको क्षेत्रहरूमा निर्माणको क्रममा भ्रष्टाचार योजनाहरूमा भाग लिएको आरोप लगाइएको छ ।

अमेरिकाको तल्लो सदनबाट युक्रेनलाई ६१ अर्ब डलरको सहायता प्याकेज पारित

वाशिङटन डीसी । अमेरिकी कंग्रेसको तल्लो हाउस अफ रिप्रेजेन्टेटिभ्सले युक्रेनलाई सहायता गर्न ६१ अर्ब डलर बराबरको राहत प्याकेज पारित गरेको छ । युक्रेनलाई सहयोग गर्ने प्रस्तावको पक्षमा ३११ मत परेको थियो भने विपक्षमा ११२ मत परेको थियो । अब यो प्रस्ताव माथिल्लो सदन सिनेटमा जानेछ । प्रस्ताव केही दिनभित्रै सिनेटबाट पारित हुने अपेक्षा गरिएको सिएनएनले जनाएको छ । कंग्रेसमा लामो समयदेखि सहयोग प्रस्ताव अड्किएर बसेको थियो। सिनेटबाट पनि पारित भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यसमा हस्ताक्षर गरेर सहयोग विधेयकलाई कानुनको रूपमा मान्यता दिनेछन्।यस सहयोगबाट युद्धलाई अगाडि बढ्नबाट रोक्ने र हजारौंको ज्यान जोगाउन सकिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रस्ताव पारित भएकोमा खुसी व्यक्त गरेका छन्। विश्वस्तरमा लोकतन्त्र र स्वतन्त्रताको सधैं महत्त्व रहने र यसको रक्षाको लागि अमेरिका रहेसम्म यिनीहरू कहिल्यै असफल नहुने उनको भनाई छ । यस प्रस्तावमा इजरायललाई करिब २६ अर्ब डलर बराबरको सैन्य सहायता पनि दिइएको छ ।गाजामा मानवीय सहायताका लागि करिब ९ अर्ब डलर राहत प्याकेज पनि छुट्टाइएको छ ।

इरानमा इजरायली आक्रमणको ओमानद्धारा निन्दा

तेहरान । मध्यपूर्वमा शान्ति स्थापनार्थ मध्यस्थता गरिरहेको ओमानले इरानमा भएको आक्रमणको निन्दा गरेको छ । ओमानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय इरानमा बारम्बार इजरायली सैन्य हमलाहरू को निन्दा गरेको बिबिसिले जनाएको छ । ओमानले मध्यपूर्वमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको र अवस्थालाई तनावपूर्ण नबनाउन प्रयास गरिरहेको छ। फ्रान्सले पनि मध्यपूर्वमा यस क्षेत्रमा तनाव कम गर्न आह्वान गरेको छ । फ्रान्सका उप विदेश मन्त्री जीन नोएल ब्यारोटले संयमता अपनाउनका लागि आह्वान गरेका छन् ।

इजरायलद्वारा इरानमाथि हमलाको खबरा सार्वजनिक हुनासाथ बढ्यो तेल र सुनको मूल्य

तेहरान । इजरायलद्वारा इरानमाथि हमला भएको सार्वजनिक हुनासाथ विश्वमा तेल र सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार बिहान एसियामा क्रुड तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको बिबिसिले जनाएको छ । जसानुसार प्रतिब्यारेलमा ९० डलरसम्म वृद्धि भएको छ । सुनको मूल्य अहिलेसम्मकै उच्च अर्थात् प्रतिऔँस दुई हजार ४०० डलर पुगेको छ । सेयर बजारमा भने विश्वव्यापी रूपमा गिरावट आएको छ । जापान, हङकङ र दक्षिण कोरियाको स्टक एक्सचेन्जको बेन्चमार्कमा गिरावट आएको छ ।

इरानले नष्ट गरिदियो इजरायलको ड्रोन

तेहरान ।इरानस्थित इस्फाहानको आकाशमा देखिएका तीनवटा ड्रोनहरू इरानको वायु रक्षा प्रणालीले नष्ट गरिदिएको रोयटर्सले जनाएको छ । इरानको आकाशमा त्यहाँको समय अनुसार १२ः३० बजे ड्रोनहरू देखिएको तर इरानले तुरुन्तै नष्ट गरिदिएको इरानी सरकारी टिभीले जनाएको छ । यसअघि, अर्धआधिकारिक फार्स समाचार एजेन्सीले इस्फाहानको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विस्फोटको आवाज सुनिएको बताएको थियो। इस्फहान प्रान्तमा ठूलो एयर बेस, एक प्रमुख मिसाइल उत्पादन परिसर र धेरै आणविक साइटहरू रहेका छन्।

उत्तरी इजरायलमा भुलवस साइरन अलर्ट

काठमाडौं । इजरायली सेनाले उत्तरी इजरायलमा गल्तीबस अलर्ट साइरन सक्रिय बनाएको बताएको छ ।इजरायली आक्रमण लगत्तै उत्तरी इजरायलमा साइरन अलर्ट गरिएको थियो ।

उत्तरी इजरायलमा साइरन अलर्ट

काठमाडौं । इजरायली सेनाले उत्तरी इजरायलमा अलर्ट साइरन सक्रिय बनाएको छ।इजरायली आक्रमणसँगै इरानले पनि आक्रमण गर्न सक्ने भएको कारण नागरिकलाई सुरक्षा सचेतता अपनाउनका लागि साइरन अलर्ट गरिएको हो ।

इरानको आकाशमा विस्फोटको आवाज

काठमाडौं । इरानको सरकारी टिभीले ‘मिनी(ड्रोन’ लाई निशाना बनाएर हवाई प्रतिरक्षाका कारण विस्फोट भएको बताएको छ । इरानका सञ्चारमाध्यमका अनुसार इरानका धेरै क्षेत्रहरूमा अहिले कडा आवाजहरु सुनिएको छ । ती आवाज मिनी ड्रोनहरूको सामना गर्न सक्रिय गरिएको वायु रक्षाको कारण भएको विस्फोट हो । 

इजरायलद्धारा इरानमा मिसाइल प्रहार

काठमाडौं । इजरायलले इरानमा मिसाइल गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् । इजरायलको प्रहार लगत्तै इरानको वायु रक्षा प्रणाली सक्रिय पारेको  छ ।इरानी समाचार एजेन्सीहरुका अनुसार इरानले आफ्नो वायु रक्षा प्रणाली प्रायजसो प्रान्तहरूमा सक्रिय बनाएको छ। इरानको इशफान क्षेत्रमा थुप्रै विस्फोटका घटना भएको जनाइएको छ। इरानका विदेशमन्त्री होसेन अमीर अब्दुल्लाहले सीएनएनसँगको एक अन्तर्वार्तामा इजरायलले कुनै सैनिक गतिविधि गरेमा यसको प्रतिक्रिया तत्काल र व्यापक रूपमा पाउने चेतावनी शुक्रबार दिएलगत्तै इरानमा विस्फोटका घटना सुनिएको जनाइएको छ । बिहीबार इजरायलका प्रधानमन्त्री बेन्जामिन न्यातानाहूले इजरायलले आफ्नै हिसाबले निर्णय लिने बताएका थिए । इरानको राष्ट्रिय टीभीकाअनुसार इरानबाट अरू देशमा जाने केही उडान समेत तत्काल रद्द गरिएका छन् । कम्तीमा आठ उडान इरानी आकाशबाट अन्यत्र मोडिएको जनाइएको छ ।

भारतमा लोकसभा निर्वाचन आजबाट सुरु, २१ राज्यमा मतदान हुँदै

काठमाडौं । भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान आज हुँदैछ । यस चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशका १०२ सिटमा मतदान हुने भारतीय निर्वाचन आयोगले जनाएको छ । आज भारतका २१ राज्यसहित केन्द्र शासित प्रदेशका १०२ लोकसभा सिटका लागि मतदान हुन लागेको हो। सात चरणमा निर्वाचन हुने भए पनि पहिलो चरणमा १०२ सिटमा मतदान भएपछि कसको सरकार बन्ने भन्ने रूपरेखा तय हुनेछ। १०२ लोकसभा सीटहरूमा कुल १६२५ उम्मेदवारहरूले प्रतिस्पर्धा गर्दैछन् । पहिलो चरणमा नरेन्द्र मोदीको मन्त्रिपरिषद्का आठ सदस्य, तीन पूर्व मुख्यमन्त्री र एक पूर्व राज्यपाल सहभागी छन् । पहिलो चरणमा अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अण्डमान निकोबार, जम्मु कश्मीर, लक्षद्वीप, पुडुचेरीमा मतदान हुनेछ। पहिलो चरणमा उत्तर प्रदेशका आठ सिट, पश्चिम बंगालका तीन सिट, विहारको ४ सिट, जम्मु कश्मिरको एक सिट, मध्य प्रदेशको ६ सिट, महाराष्ट्रका पाँच सिट, असमको पाँच सिट, त्रिपुराको एक सिट, छत्तीसगढको एक सीट, राजस्थानका १२ सिट, मणिपुरमा दुई सिट, तमिलनाडुका सबै ३९ सिट, उत्तराखण्डमा पाँच सिट, अरुणाचल प्रदेशको दुई सीट, मेघालयको दुई सिट, मिजोरम, नागाल्याण्ड, पुडुचेरी र सिक्किमका एक एक सिटमा आज मतदान हुँदै छ । अण्डमान र लक्षद्वीपको एक एक सिटमा पनि आज मतदान हुँदै छ ।

खाडीमा भारी वर्षापछि बाढी : दुबई र ओमनमा २० जनाको मृत्यु

काठमाडौं । खाडी मुलुकहरुमा भारी वर्षा पछि बाढी आउँदा मानव जीवन प्रभावित बनेको छ । अचानक आएको घातक बाढीले विश्वको दोस्रो व्यस्त विमानस्थल दुबई विमानस्थल अस्तव्यस्त भएको छ । थुप्रै उडानहरु अवरुद्ध भएका छन् । भीषण बाढी र डुवानका कारण यात्रुहरुलाई नआउन भनिएको छ । असिना पानीसहितको भीषण वर्षाले आबुधावी विमानस्थलसहित केही शहरहरु डुबानमा परेका छन् । दुबई विमानस्थलले अकल्पनीय चुनौतीपूर्ण अवस्था सामना गरिरहेको छ। दुबईमा कार बाढीमा फसेपछि एक जनाको मृत्यु भएको छ । अर्को खाडी मुलुक ओमानमा भने आइतबारदेखि हालसम्म बाढीकै कारण १९ जनाको मृत्यु भइसकेको छ। बाढी र वर्षाका कारण हिजो मात्रै दुबई अन्तर्राष्ट्रिय विमानस्थलले २ सय ९० वटा उडान रद्द गरेको फ्लाइट अवोयर डाटाले जनाएको छ । साथै विपद्का कारण थप ४ सय ४० उडानहरु ढिलाई भएको तथ्यांकले देखाएको छ। प्रत्येक महाद्धिपमा उडानहरु संचालन गर्ने प्रमुख हबका रुपमा रहेको दुबई विमानस्थल पूर्ववत अवस्थामा संचालन हुन भने समय लाग्ने बताइएको छ।

मध्य पूर्वमा थप तनाव हुनबाट जोगाउन विश्वका अधिकांश देशको आह्वान

काठमाडौं । विश्वका अधिकांश देशहरुले मध्यपूर्वमा देखिएको तनाब थप बढ्नबाट जोगाउ सम्बन्धित पक्षलाई आह्वान गरेका छन् । यही अप्रिल १ मा इजरायलले सिरियास्थित इरानी वाणिज्य दूतावासमा हवाई आक्रामण गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको थियो । उक्त आक्रामणमा इरानका उच्च सैनिक अधिकृत मारिएका थिए ।सोही प्रतिक्रिया स्वरुप इरानले आइतबार बिहान इजरायलमाथि ड्रोन र क्रुज मिसाइल प्रहार गरेपछि पश्चिम एसिया भयंकर युद्धको सङ्घारमा पुगेपछि विश्वबाट दुवै पक्षलाई संयममता अपनाउन आग्रह गरिएको हो । स्थानीय समय अनुसार अप्रिल १४ तारिख बिहान सबेरै इरानी सेनाले इजरायलका सम्बन्धित क्षेत्रमाथि क्षेप्यास्त्र तथा मानवरहित विमानबाट आक्रमण गरेको छ। त्यसपछि इजरायलको वायु सेनाका लडाकू विमानले तीमध्येका करिब ३०० बढि क्षेप्यास्त्र तथा मानवरहित विमान आक्रमणलाई निष्क्रिय पारेको छ। मध्यपूर्वमा देखि थालेको तनाबको वातावरण थप भड्किन नदिन रुसको विदेश मन्त्रालयले एउटा वक्तव्य जारी गर्दै सम्बन्धित पक्षहरुसँग संयम गर्न आह्वान गरेको छ। जोर्डनका राजा अब्दुलाह द्वितीयले गाजा क्षेत्रमा गरिएको आक्रमण तुरुन्तै बन्द गर्नु नै मध्य पूर्व क्षेत्रको स्थितिलाई अझ बढ्न नदिन र पस्थिति गम्भिर हुनुबाट जोगाउनका लागि एउटै मात्र उपाय भएको कुरामा जोड दिएका छन्। त्यसैगरी टर्कीको विदेश मन्त्रालयले एउटा वक्तव्य जारी गर्दै इजरायलले सिरियास्थित इरानको राजदूतावासमाथिको आक्रमण अन्तर्राष्ट्रिय कानूनसँग विपरित रहेको दाबी गरेको छ। त्यसका अतिरिक्त, ब्राजिल, मेक्सिको, भेनेजुएला तथा कोलम्बिया लगायत ल्याटिन अमेरिकी मुलुकहरुले पनि दुवै पक्षहरुसँग संयम रहन आह्वान गरेका छन् , अमेरिकाले इरानविरुद्ध आफुले आक्रमण नगर्ने बताउँदै सम्बन्धित पक्षलाई संयम हुन समेत आग्रह गरेको हो ।

जो बाइडेनले नेतन्याहुलाई भने - 'इरानविरुद्ध आक्रमण गर्दैनौं'

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई इरानविरुद्धको आक्रमणमा अमेरिका सहभागी नहुने बताएका छन् । इजरायलमा इरानले गरेको आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा आकस्मिक बैठक गरेका थिए। उक्त बैठक पछि राष्ट्रपति बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई फोन गरी इजरायलको सुरक्षामा सहयोग गर्न अमेरिका प्रतिबद्ध रहेको भएपनि इरानमाथि आक्रमणमा भने नउत्रिने बताएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

टर्कीमा केबलकार दुर्घटना हुँदा एकको मृत्यु, दश घाइते

एजेन्सी । टर्कीको दक्षिणी प्रान्त अन्टाल्यामा शुक्रबार एउटा केबलकारको केबिन भाँचिएर पोलमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्। त्यहाँको स्थानीय समय अनुसार शुक्रबार बेलुका ५ः२३ मा केबलकारका २४ वटा केबिन हावामा फसेका थिए। केबलकारको केबिनमा अड्किएका ११२ जनालाई उद्दार गरीएको छ भने । ६० भन्दा बढी व्यक्ति १६ घण्टा देखि  हावामै फसिरहेको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ । हावामा अड्किएका नागरिकहरुको स्वास्थ्यमा कुनै समस्या नरहेको विपत व्यवस्थापन प्राधिकरणले जनाएको छ । अहिले उद्दारका लागि ७ वटा हेलिकप्टर र ५०० उद्दार कर्मी परिचालन गरिएको छ । शनिबार साँझसम्म उद्दार कार्य सक्ने गरी काम गरिरहेको अधिकारीहरुले बताएका छन् ।