ट्रम्प सचिवालयले बेलाइती प्रधानमन्त्रीको नाम अश्लील चलचित्रकी नायिका लेखेपछि हंगामा
वाशिंगटन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकोप्रेस सचिवालयले ब्रिटिश प्रधानमन्त्रिको नाम बिगारेर प्रचार गरेपछि यसले ठुलो चर्चा पाएको छ ।
ब्रिटिश प्रधानमन्त्रि थेरेसा मे र राष्ट्रपति ट्रम्पबीच आज शुक्रवार हुने भेटघाटको मेमों सार्वजनिक गर्दा यो गल्ती भएको हो ।
सचिवालयले प्रधानमन्त्री थेरेसाको हिज्जे लेख्दा Teresa may लेखेको थियो ।
Teresa may ब्रिटेनकी चर्चित पोर्न नायिका थिईन । उनले कैयन वयस्क चलचित्र खेलेकि छिन ।
यो गल्ती पछि सुधार गरिएको थियो ।
अमेरिका र मेक्सिकोको सीमामा पर्खाल लगाउन ट्रम्पको निर्देशन
वाशिङ्गटन डिसी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँग जोडिएको अमेरिकी सीमामा पर्खाल लगाउने कार्यकारी निर्णयमा हस्ताक्षर गरेका छन् । सीमा नभएको कुनै देश नहुने भन्दै ट्रम्पलेयो योजनालाई तत्काल कार्यान्वयन गर्न समेत निर्देशन दिएका छन् । हतियारदेखि लागुऔषध र मानव तस्करीको मुख्य रुटका रुपमा मेक्सिको र अमेरिकाको सीमा रहँदै आएको छ । ् यसको मुख्य उद्देश्य भनेको अवैध अप्रावासीहरुलाई अमेरिका छिर्नबाट रोक्नु रहेको आँकलन गरिएको छ । मेक्सिको र अमेरिकीबीच २ हजार माइल लामो पर्खाल बनाउने कुरा चुनावका क्रममा समेत घोषणा गरिएको थियो ।
ट्रम्पद्वारा गर्भपतनका क्षेत्रमा दिइएको अमेरिकी सहयोग खारेज
काठमाडौं, १२ । राष्ट्रपति बनेलगत्तै एकपछि अर्को विवादास्पद निर्णय गर्न पुगेका डोनाल्ड ट्रम्पको पछिल्लो निर्णयले संसारभरी बहस चुलिएको छ । ओबामाले गर्भपतनका क्षेत्रमा अमेरिकी सहायता नियोगका तर्फ दिईंदै आएको सहयोग खारेज गर्ने निर्णयमा हस्ताक्षर गरेपछि संसारभरी नै यसको समर्थन र बिरोधमा जनमत देखिएको छ । ट्रम्पको पार्टीले गर्भपतनलाई कानुनी मान्यता दिन हुँदैन भन्ने मान्यता राख्दै आएको छ । यही मान्यताका आधारमा ट्रम्पले विश्वका विकासोन्मुख देशहरुमा सुरक्षित गर्भपतनका क्षेत्रमा अमेरिकी सहायता नियोग “युएसएआइडी” र अन्य निकायबाट गरिँदै आएको सहयोग खारेज गर्ने निर्णय गरे । “अमेरिकी जनताको करबाट उठेको पैसा गर्भपतनका लागि खर्च गर्न सकिन्न” कार्यकारी निर्णयमा हस्ताक्षर गर्दै ट्रम्पले घोषणा गरेको सिएनएनले जनाएको छ । यो निर्णयले संसारभरी नै प्रजनन स्वास्थ्य र खासगरी सुरक्षित गर्भपतनका क्षेत्रमा कार्यरत हजारौं कार्यक्रम सोझै प्रभावित हुनेछन् । यो निर्णयको असर परिवार नियोजनका क्षेत्रमा समेत पर्ने छ । विश्वका अधिकांश देशहरु अहिले परिवार नियोजन–२०२० कार्यक्रम अन्तर्गत परिवार नियोजनका साधन र सुरक्षित मातृत्व (गर्भपतनको कार्यक्रम सहित) अभियान सञ्चालित गरिरहेका छन् । ट्रम्पले सन् २००९ मा ओबामा प्रशासनले खारेज गरेको नीतिलाई फेरी लागु गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन । यो नीतिमा यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा अमेरिकाले कुनै संघसंस्था या देशलाई सहयोग नगर्ने उल्लेख छ । यो नीतिलाई रोनाल्ड रेगनले अघि सारेका थिए । ओबामाले भने संसारमा लाखौं महिलाहरुको जीवनसँग प्रत्यक्षरुपमा जोडिएको गर्भपतनको विषयमा अमेरिकाले सहयोग गर्नुपर्ने भन्दै यसलाई निष्क्रिय बनाएका थिए । ओबामा प्रशासनको नीतिमा रहेर अमेरिकी सहायता नियोगहरुले विश्वभरी नै प्रजनन स्वास्थ्यका क्षेत्रमा ठूलो रकम खर्च गरेका थिए । निर्णयबारे जानकारी दिँदै व्हाइट हाउसका प्रेस सचिव सिएन स्पाइसरले यो नीति अमेरिकी जनता, जन्मिँदै नजन्मेका अमेरिकी जनता र राज्यलाई कर तिरिरहेका अमेरिकी जनताको पक्षमा रहेको जिकिर गरे । भयानक दुर्घटना निम्त्याउने परिवार नियोजन र सुरक्षित मातृत्वको क्षेत्रमा काम गरिरहेका संघसंस्थाहरुले ट्रम्पको निर्णयलाई आपदाको संकेत बताएका छन् । मेरी स्टोप्सले यो निर्णय खतरनाक रहेको र यसको दूरगामी असर पर्ने जनाएको छ । यो निर्णयबाट मेरि स्टोप्सको कार्यक्षेत्रमा मात्रै ६५ लाख गर्भवती महिलाले सुरक्षित सेवा लिन नपाउने, २२ लाख गर्भपतन प्रभावित हुने, २१ लाख असुरक्षित गर्भपतन हुने र २१ हजार ७ सय नवजात शिशुको मृत्यु हुने संस्थाले जनाएको छ । परिवार नियोजनको बारेमा यथेष्ट कार्यक्रम र सचेतनाको अभावमा कानुनको आडमा गर्भपतनलाई निषेध गर्नु गलत रहेको मेरी स्टोप्सको भनाई छ । यो संस्थाले नेपालमा आएको भूकम्पपछि २ हजार ८ सय ४३ गर्भवती महिलाको परीक्षण र ५ सय ८६ परिवार नियोजनका साधनको प्रत्यारोपण गरेको थियो । “यो निर्णयले संसारमा रेखदेखबिना सुत्केरी हुनुपर्ने, असुरक्षित गर्भपतन र नवजात आमा र शिशुको मृत्यु बढाउने काम मात्रै गर्ने छ ।” प्रजनन अधिकार केन्द्रकी कार्यकारी अधिकृत न्यान्सी नोर्थअपको भनाई सिएनएनले उल्लेख गरेको छ ।
साउथ चाइना सीमा युद्दको संकेतः अमेरिकाले दियो चीनलाई कडा जवाफ
वाशिङ्गटन, माघ ११ । साउथ चाइना सीमाथि चीन र अमेरिकाबीचको विवादले झनै उग्र रुप लिएको छ । अमेरिकी नीतिको चीनले कडा प्रतिवाद गरेपछि अमेकिारले समेत त्यसको प्रत्युत्तरमा कडा प्रतिक्रिया दिएपछि तनाव चुलिएको हो । चीनले साउन चाइना सीका प्रायद्विपहरुमा आफ्नो सार्वभौम अधिकार रहेको भन्दै अमेरिकालाई त्यसतर्फ दृष्टि नलगाउन चेतावनी दिएको थियो । चीनले अरु देशको सार्वभौमसत्तामाथि अमेरिकाले आँखा लगाउनु गलत भएको र आफ्ना द्विपहरुको रक्षाका लागि चुप लागेर नबस्ने जनाएको थियो । चीनको प्रतिक्रियामाथि जवाफ दिँदै अमेरिकाले साउथ चाइना सीमाथि पुरै विश्वको हात भएको भन्दै अमेरिकाले अन्तराष्ट्रिय हितहरुको रक्षा गर्ने जनाएको छ । “साउथ चाइना सी चीनको सम्पत्ति होइन, यसमा सम्पूर्ण विश्वको हक छ।” अमेरिकाले भनेको छ । डोनाल्ड ट्रम्पले दक्षिण चीन समुद्रमा चीनले आफ्नो मात्रै कब्जा जमाउन नसक्ने बताएका छन् । ट्रम्पले यसअघि ताइवानका बारेमा समेत एक चीन नीतिविरुद्ध प्रतिक्रिया दिएका थिए । के हो साउथ चाइना सीको विवाद २०१६ डिसेम्बरमा चीन्ले साउथ चाइना सीमा एयरक्राफ्ट क्यारियरका अतिरिक्त ५ लडाकु जहाज पठाएको थियो । उता ताइवानको सीमामा यी जहाजहरु राखिएको भन्दै कतिपयले आपत्ती जनाएका थिए । यो क्षेत्र फिलिपिन्सको समुन्द्री सीमा नजिक छ । फिलिपिन्स र चीन अमेरिकाका सवालमा समान धारणा राख्दछन् । ताइवानले समेत यसमा आपत्ती जनाएको थियो । अगस्तमा अमेरिकी थिंक ट्यांकले साउथ चाइना सीको स्याटेलाइट तस्वीर जारी गरे । उनीहरुले चीनले नक्कली द्विप बनाएको आरोप लगाउनुका साथै कतिपय द्विपमा रनवेसमेत बनाएको दावी गरेका थिए । अमेरिकाले दक्षिण चीन समुद्रमा आफ्ना युद्धपोतहरु पठाउँदै आएको छ । अमेरिकाको राजनीतिक परिवर्तनसँगै साउथ चाइना सीमा देखिएको तनाव बढ्दै जाँदा यसले युद्दको संकेत गरेको कतिपयले आँकलन गरेका छन् ।
मुम्बई एयरपोर्टमा दुबईबाट तस्करी गरिएको ८ किलो सुन पक्राऊ
मुम्बई, माघ ११ । पछिल्लो दुई दिनमा बिभिन्न व्यक्तिहरुले लुकाएर ल्याएको ११ किलो सुन मुम्बई विमानस्थलमा पक्राउ परेको छ । यसको मूल्य भारतीय रुपैयाँ सवा दुई करोडभन्दा बढी रहेको बताइन्छ । मुम्बई प्रहरीले तीनजनालाई सुन तस्करीको आरोपमा पक्राउ गरेको छ । मिडिया एजेन्सीहरुले उल्लेख गरे अनुसार, सुन तस्करहरुले दुबईदेखि ल्याइरहेको राशिद, इरफानभाई राणा र अब्दुलसलीमलाई पक्राउ गरेको जनाएका छन् ।
सामूहिक बलात्कारको भिडियो फेसबुकबाट लाइभ गर्ने ३ पक्राउ
एजेन्सी । स्वीडेनमा आइतबार बलात्कारको आरोपमा ३ जनालाइ पक्राउ गरिएको छ । खबरका अनुसार एक महिलामाथि भएको भनिकएको बलात्कारको भिडियो फेसब’कमा प्रत्यक्ष देखाइएको थियो । आइतबार स्वीडेनमा उप्पासलाको प्रहरीलाई एक महिलाले सम्पर्क गरेर उनले सामुहिक बलात्कार गरेर सिमीत ग्रुपमा लाइभ गरेको देखेको बताइन् । ती महिलाका अनुसार भिडीयोको अन्त्यमा एक व्यत्तिले तिम्रो बलात्कार भयो भन्दै हाँसेका थिए । स्वीडेन प्रहरीले यो कुराको पुष्टि गर्दै उक्त भिडीयो अरुले पनि हेरेको भेटीएको बताए । उक्त समुहमा हजारौं मानिस सदस्य भएको बताइएको छ । प्रहरीले उक्त भिडियोमा भएको ३ व्यक्ति र एक महिलालाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई घटनास्थलबाटै पक्राउ गरिएको बताइएको छ । भिडीयो देखेर प्रहरीलाई खबर गर्ने महिा २१ वर्षीय जोसेफिन लुंडग्रृेन हु न् । उक्त भिडीयो ६० जनाले प्रत्यक्ष हेरेको र कयौंले अश्लील कमेन्ट गरेको पनि बताइन् ।
ओबामा विदेश नीतिमाथि ट्रम्पको पहिलो प्रहारः १२ देशसँग व्यापार सम्झौता रद्द
वाशिङ्गटन डिसी, नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामा प्रशासनका निर्णयमाथि प्रहार गर्न सुरु गरेका छन् । ओबामा हेल्थकेयरलाई खारेज गरेपछि उनले “ट्रान्स प्यासिफिक पार्टनरशीप (टिपीपी)” बाट बाहिरिने कार्यकारी निर्णयमा हस्ताक्षर गरेका छन् । ओबामाको एशिया नीतिको केन्द्रका रुपमा मानिने यो सम्झौतामा १२ देशले हस्ताक्षर गरेका थिए । यो निर्णयसँगै ट्रम्पले बहुराष्ट्रिय व्यापार सम्झौताको युगको अन्त्य भएको घोषणा गरेका छन् । “पहिला अमेरिका” भन्ने नारा अन्तर्गत गरिएको यो सम्झौता रद्दको घोषणाले क्यानाडादेखि चिली र अष्ट्रेलियादेखि जापानसम्म अमेरिकी व्यापारको जालो प्रभावित हुने छ । यो निर्णयले अमेरिकी कम्पनीहरुले अमेरिका बाहिर कारखाना खोल्ने या व्यापार गर्ने सम्भावनामाथि प्रभाव पार्ने छ । ट्रम्पले भने अमेरिकामा उत्पादन गर्न छोडेर अरु देशमा जाने कम्पनीहरुलाई नियन्त्रण गर्न खोजिएको दावी गरेका छन् । आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले यो सम्झौतालाई “सम्भावित संकट” भन्दै यसले अमेरिकी उत्पादन क्षेत्रलाई नोक्सानी पुर्याएको दावी गरेका थिए । योसँगै ट्रम्पले “ठूलो मात्रामा” ट्याक्स घटाउने र विनियम कम गर्ने बताएका छन् । विदेशमा कारखाना हुने कम्पनीलाई भने निकै बढी कर लगाउने उनको घोषणा छ । यतिमात्रै होइन ट्रम्पले व्यापार जगतका ठूला १२ वटा कम्पनीहरुलाई आयातमाथि जरिवाना लगाउने समेत बताएका छन् । ट्रम्पले अमेरिकी कम्पनीले स्वदेशमा नै उत्पादन गर्नुपर्ने र विदेशबाट आयात हुने सामानमा कर लगाइने कुरा स्पष्ट गरेका छन् । कर्पोरेट करमा हाल लागु भइरहेको ३५ प्रतिशत करलाई १५ देखि २० प्रतिशतसम्म क मगर्ने र विनियममा ७५ प्रतिशत कटौत ीगर्ने उनले बताएका छन् । यसबाट अमेरिका र अन्य देशबीचको व्यापारमा गम्भीर संकट उत्पन्न हुनसक्ने र यसको असर विश्व अर्थतन्त्रमा नै पर्ने आँकलन गरिएको छ । के हो टिपीपी ५ अक्टुबर २०१५का दिन सम्झौता भएका १२ देशबीच व्यापार करमा छूट दिइने घोषणा गरिएको थियो । यो सम्झौतामा अमेरिका, जापान, मलेशिया, भियतनाम, सिंगापुर, ब्रुनई, अष्ट्रेलिया, न्यूजिल्याण्ड, क्यानाडा, मेक्सिको, चिली र पेरुले हस्ताक्षर गरेका छन् । यो सम्झौतको उद्देश्य यी देशहरुबीच आर्थिक सम्बन्ध बढाउने र विकासको गति बढाउने दावी गरिएको थियो । सन् २००५ मा बु्रनाई, चिली, न्यूजिल्याण्ड र सिंगापुरबीच भएको व्यापार सम्झौतालाई नै पछि १२ देशले हस्ताक्षर गरेका थिए ।
मलेसियामा डुङ्गा दुर्घटना, नौको मृत्यु
क्वालालम्पुर, माघ ११ । गैरकानुनी रूपमा बसाईसराई गरी आएका व्यक्तिहरूको एक डुङ्गा मलेसियाको तटिय क्षेत्रमा पल्टिँदा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य कैयौँ व्यक्ति बेपत्ता भएको पनि अधिकारीहरूले सोमबार जानकारी दिएको छ । सो दुर्घटनामा मारिएका छ महिला र तीन पुरुषको शव सोमबार बिहान सबेरै फेला परेको मलेसियाली समुद्रिय सम्पादन निकायले जानकारी दिएको छ । पल्टिएको सो डुङ्गामा गैर कानुनी रूपमा सवार रहेका करिब ४० जना इन्डोनेसियाली नागरिक रहेको बताइएको छ । इन्डोनेसियाबाट मलेसियातर्फ गइरहँदा सो डुङ्गा दुर्घटना भएको बताइएको छ । बेपत्ता भएका यात्रु्को खोजी कार्य जारी रहेको बताइएको छ । गत नोभेम्बरमा गैर कानुनी रूपमा यात्रा गरिरहेका इन्डोनेसियाली आप्रवासी सवार रहेका एक डुङ्गा मलेसियाबाट फर्किरहेको अवस्थामा दुर्घटना हुदाँ ४० भन्दा बढीको मृत्यु भएको थियो । रासस
अमेरिकामा शक्तिशाली आँधीका कारण १८ जनाको मृत्यु
माघ १० । अमेरिकामा आएको शक्तिशाली आँधीबेहेरीका कारण कम्तीमा १८ जनाको मृत्यु भएको छ । खराब मौसमसँगै आएको आँधीबेहरीका कारणका अमेरिकाको दक्षिणी क्षेत्र जर्जिया र मिसिसिपी राज्यमा बढी क्षति भएको अधिकारीहरुले जनाएका छन् । जर्जियामा मात्रै १४ जनाको मृत्यु भएको आपतकालीन विभागका अधिकारीहरुले जानकारी दिएका छन् । यस्तै मिसिसिपीमा पनि चार जनाको मृत्यु भएको छ । आँधी बेहेरीमा परी कयौं घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । फ्लोरिडाको उत्तरी क्षेत्र तथा जर्जियाको दक्षिणी क्षेत्रमा अझै आँधीबेहरी आउन सक्ने चेतावनी त्यहाँको मौसम विभागले दिएको छ । आँधीले जर्जियाको दक्षिण मध्य क्षेत्रमा बढी प्रभाव परेको छ । त्यसक्षेत्रका धेरै घर भत्किएका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल राहत प्रदान गर्ने बताएका छन् ।
आफूविरुद्ध भएको प्रदर्शनको ट्रम्पद्वारा आलोचना
वासिङटन, माघ १०। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आफूविरुद्ध भएको प्रदर्शनको आलोचना गरेका छन् । उनले आइतबार ट्वीटमार्फत् आफ्नो सपथग्रहणका बेला भएको प्रदर्शनको आलोचना गरेका हुन् । “मैले प्रदर्शनहरु हेरेँ, तर त्यसले मलाई यस्तो महसुस गरायो की, के अमेरिकामा निर्वाचन भएको थियो र ?” ट्रम्पले ट्वीट गरेका छन् । उनले निर्वाचन नै नभई आफूले सपथग्रहण गरेको जस्तो प्रदर्शन भएको भन्दै घुमाउरो तरिकाले प्रदर्शनकारीको आलोचना गरेका हुन् । शनिबार अमेरिकाका विभिन्न ठाउँमा महिलाहरुको सक्रियतामा लाखौँ प्रदशर्नकारीले प्रदर्शन गरेका थिए । रासस
डोनाल्ड ट्रम्पको बिरोधमा संसारभरी प्रदर्शन, डिसी र लण्डनमा लाखौं सडकमा (फोटो फिचर)
लण्डन, एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्डले कार्यकालको पहिलो दिन नै संसारभरीबाट बिरोधको सामना गर्नु परेको छ । संसारका बिभिन्न शहररुहरुमा ट्रम्पको बिरोधमा प्रदर्शन भएको हो । प्रदर्शनमा बढीजसो महिलाहरु सहभागी छन् । ट्रम्पको शपथ ग्रहण समारोहको भाषण र ओबामा केयरलाई सहयोग नगर्ने निर्णय लगत्तै राजधानी वाशिङ्गटन डिसीमा ५ लाख भन्दा बढी महिलाहरुले “उमेन्स मार्च अन वाशिङ्गटन”को ब्यानरमुनि ट्रम्पको बिरोध गर्दै प्रदर्शन गरेका थिए । यसको समर्थनमा लण्डनमा समेत बृहत प्रदर्शन भएको छ । लण्डनमा ट्र्याफल्गर स्क्वायरदेखि अमेरिकी दूतावाससम्म मार्च गरिएको थियो । यसमा लण्डनका मेयर सादिक खान समेत सहभागी भएको विविसीले जनाएका छन् । Protest donald trump2 protest donald trump protest against donal trump Donald Trump—This Isn't Us Donald trump protest protest trump protest trump3 protest trump4 protest trump5 protest trump7 protest trump0 सिडनी, ओस्लो, पेरिस, जेनेभा, खाडी देशलगायत संसारका अधिकांश शहरमा लाखौं मानिसले ट्रम्पको बिरोध गरेका छन । ट्रम्प राष्ट्रपति भएपछि महिला अधिकारहरु संकटमा पर्नसक्ने भन्दै बिरोध प्रदर्शन भएको हो । ट्रम्पले ओबामा प्रशासनले अघि सारेको स्वास्थ्यका क्षेत्रमा गरीब जनताले पाउने राहतको बिरोध गर्दै त्यसविरुद्ध कार्यकालको पहिलो निर्णय गरेका छन् । ट्रम्पले महिला अधिकार र महिलाको अस्तित्वलाई नकार गरेको भन्दै प्रदर्शनकारीले “मेरो अस्तित्व स्वीकार गर”, “व्हाइट हाउसमा महिलाको स्थान कता ?” “महिलाको स्थान प्रतिरोधमा” जस्ता प्लेकार्ड बोकेर संसारभरी प्रदर्शन गरेका हुन ।
भारतमा माओवादी प्रभावित क्षेत्र नजिक ठूलो रेल दुर्घटना, ३० को मृत्यु
नयाँ दिल्ली, भारतको आन्ध्र प्रदेशको विजयनगर जिल्लामा ठूलो रेल दुर्घटना भएको छ । विजयनगरमको कुनेरु स्टेशन नजिक हिराखण्ड एक्सप्रेस रेलका इन्जिनसहित ८ डिब्बा लिकबाहिर भएपछि दुर्घटना भएको हो । घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको पुष्टि भएको छ । ५० बढी घाइते भएका छन् । घाइतेहरुमा कैयनको अवस्था चिन्ताजनक भएकोले मृत्यु हुनेको संख्या बढ्ने प्रहरीले जनाएको छ । शनिबार साँझ ४ बजे जगदलपुरदेखि राजधानी भुवनेश्वरका लागि निस्केको रेल राती ओडिसाको रायगढदेख ५३ किलोमिटर टाढा रहेको विजयनगरमको कुनेरुनजिक दुर्घटनाग्रस्त भएको थियो । रेलको इन्जिनका साथै १ लगेज भ्यान, २ जनलर बोगी, २ स्लीपर डिब्बा, १ थर्ड र १ सेकेण्ड एसी कोच लिक (पटरी)ंबाट बाहिर निस्किएको थयो । दर्घटनास्थल माओवादी प्रभावित क्षेत्रका रुपमा समेत चिनिन्छ । मुख्यमन्त्रीले ट्विटरमा जानकारी दिँदै उद्दार र राहतका लागि टोली पठाइएको जानकारी दिएका छन ।
पाकिस्तानको तरकारी बजारमा विष्फोट, २१ को मृत्यु, ४० घाईते
माघ ८ । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रस्थित एक तरकारी बजारमा भएको विस्फोट हुँदा २१ जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाईते भएका छन् । सर्वसाधाणको बाक्लो उपस्थिती भएको बेला दुर्गम क्षेत्रको कुर्राम बजारमा विस्फोट गराइएको हो । सिया र सुन्नी मुस्लिम बीचको साम्प्रदायिक द्धन्द्धको चपेटामा परेको कुर्राम शहर अफगानिस्तानको सिमा नजिक रहेको छ । विस्फोटको कारण खुल्न सकेको छैन् । घाईतेको उद्धार गरी पाकिस्तानी सेनाको हेलिकप्टर मार्फत अस्पताल लैजाने काम भईरहेको स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । Photograph: Ali Jan/AFP/Getty
‘सेक्स ट्वाईज’ को बजारमा महिलाहरू, २०१७ भजाइना वर्ष हुने टिप्पणी
एजेन्सी । यौन आवश्यकता पुरा गर्न मानिसले अब अर्को विकल्पको प्रयोग गर्न थालिसकेका छन् । सेक्स ट्वाईजको नामले अहिले बजारमा यौन आवश्यकता पुरा गर्न थुप्रै सामग्री उत्पादित हुन थालेका छन् । भनिन्छ अबको २०१७ भजाइना इकोनोमी अर्थात योनी अर्थतन्त्रको रुपमा चिनिनेछ । महिलाहरु अहिले आँफै बजारमा आउन थालेका छन् र महिलाको आवश्यकताको हिसावले सेक्स ट्वाइ डिजाइन गर्न थालेका छन् । अहिले पुराना सेक्स ट्वाइलाई छाड्दै नयाँ प्रकृतिको ट्वायहरु सृजना हुन थालेका छन् । यसैले यो २०१७ भजाइना इकोनोमी वर्ष हुने दावी गरिएको छ। इनोवेशन ग्रुप की डायरेक्टर लूसी ग्रीन भन्छिन — ‘फोर्थ वेव फेमिनिज्म (नारीवादी विचारको चौथा चरण) की शुरुवात भइसकेको छ । महिलाहरु अब खुलेर योनी, सेक्स, ऑर्गेजम को कुरा गर्न थालेका छन् ।’ समलैंगिक सम्बन्धबारे खुलेर बाहिर आउन थालेको कारण उनीहरुको लागि यस्तो प्रकारको सेक्स ट्वाय पहिला नै बनाइसकेको छ । जुन डिप्रेशनको सिकार भएकाको लागि सहायक हुन्छ । अहिले भने महिला समलैंगिकहरुको लागि नयाँ नयाँ सेक्स ट्वायको लागि नयाँ नयाँ परीक्षण हुन थालेका छन् । अहिले सेक्स ट्वाय मनोरन्जनको लागि मात्र नभइ आवश्यकता नै भएकाले भजाइना इकोनमी बढ्ने आशा गरिएको छ । अब यो उद्योगमा महिलाहरु पनि सामले हुन लागेकाले पनि यो उद्योग फस्टाउने देखिन्छ ।
इटालीमा हिम पहिरोले पुरिएको होटेलबाट दुई बालिकासहित आठको जीवितै उद्धार
पेन्ने (इटाली),माघ ८। मध्यइटालीको एउटा चार तारे होटेलमा हिम पहिरोले पुरिएर वेपक्ता भएकाहरुमा आठ व्यक्तिलाई भने जीवितै उद्धार गरिएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । बुधबार साँझ गएको सो हिमपहिरोमा परी दुई बालबालिकासहित २५ भन्दाबढी पुरिएका थिए । हिमपहिरो गएको ४० घण्टापछाडी दुई बालिकासहित आठ व्यक्तिलाई उद्धार गरिएको बताइएको शुक्रबार बताइएको छ । रासस
डोनाल्ड ट्रम्पले आज शपथ लिँदै, यस्तो छ उनको नयाँ टिम (कार्यक्रमसहित)
वाशिङ्गटन डिसी, माघ ७ । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज शपथ ग्रहण गर्दैछन् । ट्रम्पको शपथ ग्रहण समारोहको भव्य तयारी गरिएको छ । ट्रम्पले आफ्नो शपथ ग्रहणसँगै क्याबिनेटको समेत घोषणा गर्नेछन् । उनको क्याबिनेटमा ज्वाईँ कशनेरदेखि रेक्स टिलरसन सम्म रहेका छन् । डोनाल्ड ट्रम्पले आफ्नो पहिलो दिन केही महत्वपूर्ण निर्णयमा हस्ताक्षर गर्ने आँकलन गरिएको छ । शपथ ग्रहणसँगै मन्तव्य र त्यसपछि यस्ता निर्णयमा हस्ताक्षर हुने छन् । यस्ता निर्णयमा ओबामाले स्वास्थ्य र रोजगारका क्षेत्रमा अघि सारेका योजना, अप्रवासी नीति र अन्तर्राष्ट्रिय सम्बन्धसँग जोडिएका विषय रहेको बताइन्छ । ट्रम्पको शपथ ग्रहण समारोहलाई भव्यतापूर्वक सम्पन्न गर्न विशेष तयारी गरिएको छ । प्रख्यात म्यूजिक ब्याण्डको उपस्थिति रहने छ । शपथ ग्रहण पूर्व ट्रम्पले हरेक अमेरिकीको सपना पुरा गर्ने र देशवासीलाई एकतामा बाँध्ने बताएका छन् । अमेरिकाको इतिहासमा ४५ औं राष्ट्रपति ७० वर्षीय ट्रम्पको आगमनलाई आशंकासाथ हेरिएको छ । अनुदारवादी ट्रम्पको कार्यकाल कस्तो हुने हो, त्यो भने हेर्न बाँकी छ । यस्तो छ कार्यक्रम आज राती नेपाली समय अनुसार ९ बजेर २० मिनेटमा लिंकन मेमोरियल नजिक पब्लिक कन्सर्टको आयोजना हुने छ । यसमा डिसी फायर डिपार्टमेट, एमरल्ड सोसाइटी र द रिपब्लिकन हिन्दू कोलिएसनसँगै हाइस्कूल मार्चिङ ब्याण्डको कार्यक्रम प्रस्तुत हुने छ । ट्रम्पले यो कन्सर्टलाई सम्बोधन गर्ने छन् । त्यसअघि ट्रम्प र निर्वाचित उपराष्ट्रपति माइक पेन्सले आलिंगटन नेशनल सिमेट्रीमा महत्वपूर्ण अमेरिकी हस्तीहरुलाई श्रद्वान्जली दिनेछन् । अमेरिकी समय अनुसार ट्रम्प शुक्रबार बिहान ब्लेयर हाउस र सेन्ट जोन्स एपिस्कोपल चर्च जाने कार्यक्रम छ । त्यसपछि राष्ट्रपति ओबामासँग ह्वाइट हाउसमा कफि पिउने कार्यक्रम छ । यसपछि उनी शपथका लागि प्रस्थान गर्ने छन् । र नेशनल मल परेड हेर्नेछन् । संगीत समारोहसँगै शपथ ग्रहणको कार्यक्रम हुनेछ । अमेरिकी समय राती साढे ११ बजे कार्यक्रमको शुरुआती औपचारिकतासँगै सुप्रिम कोर्टका मुख्य न्यायाधिश माइक पेन्सले उपराष्ट्रपतिलाई शपथ खुवाउनेछन् भने । १२ बजे ट्रम्पले सपथ लिनेछन् । शपथपछि उनले भाषण गर्नेछन । ट्रम्पको सपथ ग्रहण समारोहमा लाखौं मानिस आउने बताइन्छ । ओबामाको शपथ ग्रहणको बेला १८ लाख भन्दा बढी मानिसको उपस्थिति रहेको थियो । को को छन् त ट्रम्पको टीममा ? 1। विदेश मंत्री, रेक्स टिलरसन, एक्सनमोबिल कॉरपोरेशन के सीईओ 2। रक्षा मंत्री, जनरल ९रिटायर्ड० जेम्स मैटिस, अमेरिकी मरीन कॉर्प्समा द्धज्ञ सालपछि रिटायर भएका जनरल 3। वाणिज्य मंत्री, विल्बर रॉस, अरबपति निवेशक डब्ल्यू एल रॉस ऐंड सीओ रॉसका संस्थापक 4। वित्त मंत्री, स्टीवन म्नुचिन , गोल्डमैन स्याक्सका पूर्व कार्यकारी 5। संयुक्त राष्ट्र में राजदूत, निक्की हेली, क्यारोलिनाकी पूर्व गभर्नर। 6। राष्ट्रपति के मुख्य सलाहकार, जैरेड कुशनेर, न्यूयॉर्कका रियल इस्टेट कारोबारी र ट्रम्पका ज्वाँइ 7। गृहमंत्री, जनरल जोन केली, रिटायर्ड जनरल तथा अमेरिकी साउदर्न कमांडका पूर्व कमांडर 8। सीआईए डायरेक्टर, माइक पोम्पेओ, पूर्व सैन्य अधिकारी 9। एनएसए, माइकल टी फ्लिन, रिटायर्ड जनरल 10। चीफ ऑफ स्टाफ, रेइंस प्रिएबस, रिपब्लिकन नेशनल कमिटीका पूर्व अध्यक्ष

