अदालतको आदेशविरुद्ध ट्रम्पले गरे अपील
वाशिङ्टन, माघ २३ । आप्रवासन तथा शरणार्थी नीतिसम्बन्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमाथि अदालतले रोक लगाएपछि न्याय विभागले उक्त आदेशविरुद्ध अपील गरेको छ ।
सिएटलएका एक न्यायाधीशले सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा अन्तरिम प्रतिबन्ध लगाउने आदेशमा रोक लगाउँद आदेश जारी गरेका थिए ।
ट्रम्प प्रशासनले अदालती बाटोबाटै अदालतको आदेश खारेज गर्न खोजेको देखिन्छ । ट्रम्पले भने न्यायाधीश जेम्स रोबर्टको आदेशलाई“हावादारी आदेश” बताएका छन् ।
ट्रम्पको कार्यकारी आदेशपछि करिव ६० हजार भिसा रद्द भइसकेको छ । राष्ट्रपतिको कार्यभार सम्हालेकै पहिलो साता ट्रम्पले सिरियासहितथ इराक, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई अमेरिका प्रवेशमा ९० दिने रोक लगाएका थिए । साथै शरणार्थीलाई १३० दिनसम्म अमेरिका प्रवेशमा रोक लगाउने ओदशमा ट्रम्पले हस्ताक्षर गरेका थिए ।
७ वर्षीय बालिकाको सोधिन ट्रम्पलाई– कहिले एक दिन भोको बस्नु भएको छ ?
काठमाडौं, माघ २१ । सिरियालगायतका क्षेत्रमा अमेरिकी सेनाहरु निरन्तर आक्रमण गर्दै निर्दोष जनतालाई मारिरहेको घटनामा ७ वर्षीय एक बालिकाले लेखेका प्रश्न यतिखेर चर्चामा छ । सिरियाकी सात वर्षीय बालिका बाना अलबेदले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक पत्र लेख्दै सोधिन– जीवनमा कहिल्यै २४ घण्टा भोको बस्नु भएको छ ? यदि रहनुभएको छैन भने सिरियाका शरणार्थी बच्चाको बारेमा सोच्नुहोस् । ट्रम्पले यसअघि सातवटा मुस्लिम देशका नागरिकहरुको भिसामाथि प्रतिबन्ध लगाएपछि पनि बानाले प्रश्न गर्दै सोधेकी थिइन– राष्ट्रपति महोदय, के म आतंकवादी हुँ र ? शरणार्थीमाथि प्रतिबन्ध लगाउनु गलत कुरा हो । बानोको ट्विटरमा ३ लाख ६६ हजार भन्दा बढी फलोअर रहेका छन् । यसअघि पनि उनले ट्रम्पलाई मार्मिक पत्र लेखेकी थिइन । सिरियाका बच्चा तपाईका पनि बच्चा हुन । उनीहरुलाई पनि शान्तिपूवर्क बाँच्ने अधिकार छ भन्दै बानाले यी बालकहरुको भविष्यका लागि केही गर्न अनुरोध गरेकी थिइन ।
अमेरिकी राष्ट्रपति ट्रम्पको नयाँ तमासा
माघ २० । अमेरिकी समाचार वान्टिनपोष्टका अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फेरि नयाँ तमाशा खडा गरेका छन् । आफू राष्ट्रपति भएलगत्तै विश्वका ७ राष्ट्रका नागरिकहरुलाई आफ्नो देशमा प्रतिवन्ध घोषणा गरेपछि आलोचित बनेका राष्ट्रपति ट्रम्पले अष्ट्रेलियाली प्रधानमन्त्री माल्कोल्म टर्नबुलसँगको टेलिफोन वार्तामा वीचमै लाइन काटेपछि पुनः आलोचित बनेका छन् १ घण्टाका लागि भनिएको उक्त टेलिफोनवार्तामा अमेरिकी राष्ट्रपति ट्रम्प र अष्ट्रेलियान प्रधानमन्त्री टर्नबुलबीच चर्काचर्की नै भएको थियो । टेलिफोनवार्ता २५ मिनेट पुग्दा नै राष्ट्रपति ट्रम्पले टेलिफोन लाइन काटेपछि अन्तर्राष्ट्रिय मर्यादाको उल्लंघन गरेको प्रष्ट भएको छ । दुई नेताबीच अष्ट्रेलियामा रहेका शरणार्थीलाई अमेरिका लैजाने विषयमा कुराकानी भएको थियो । ट्रम्पले अष्ट्रेलियामा रहेका शरणार्थीलाई अमेरिका नभित्र्याउने बताएपछि उनीहरुबीच टेलिफोनमै केही चर्काचर्की पनि भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । अष्ट्रेलियामा शरण मागेका १२ सय ५० शरणार्थीलाई अमेरिकामा शरण दिने विषयमा अमेरिकी पूर्वराष्ट्रपति ओबाको प्रशासनले सम्झौता गरेको थियो । राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत् ओबामा प्रशासनले गरेको उक्त खराब सम्झौताको अध्ययन गरिरहेको उल्लेख समेत गरेका छन् ।
सैन्य कारवाहीमा २४ आतङ्ककारीकाे मृत्यु
माघ १९। अफगानिस्तानको दक्षिण भागमा पर्ने हेलमान्ड प्रान्तको सनगीन जिल्लामा जारी रहेको हवाई र स्थल आक्रमणबाट २४ जना आतङ्ककारी मारिएका छन् । आक्रमणका कारण अनय २५ जना घाइते भएका सैनिक स्रोतले जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै स्थल र हवाई आक्रमणम १९ तालिवान लडाकू मारिएको र गत दुई दिनमा पाँच आतङ्ककारी मारिएका बताइएको छ । यद्यपी अफगान सरकार प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुलको सुरक्षा व्यवस्थामा सुधारको लागि गत मङ्गलबार हेलमान्ड प्रान्तको भ्रमण भएको थियो । गत दुई वर्ष यता हेलमान्ड प्रांन्तको सरकारी बलसँग लडाई गरिरेहका तालिवान आतङ्ककारी समूहले भने यस आक्रमणको विषयमा कुनै टिप्पणी गरेका छैनन् ।
राष्ट्रपतिको ‘चाँडै नै मृत्यु हुन्छ’ भनेपछि …
माघ १९ । श्रीलंकाली राष्ट्रपति मैत्रिपाला सिरिसेनाको ‘चाँडै नै मृत्यु हुन्छ’ भन्ने हल्ला फैलाउने एकजना ज्योतिषलाई प्रहरीले पक्राउ गरेको छ । अधिकांश श्रीलंकाली जनता ज्योतिष विद्यामा विश्वास राख्छन् र कुनै जागिर, व्यापार वा काम सुरु गर्नुपरेमा वा कुनै निर्णय लिनुपरेमा जान्ने वा जैसीलाई जोखना हेराउने परम्परागत प्रचलन समाजमा अद्यापि व्याप्त छ । हाल पक्राउ परेका ज्योतिष–विजिता रोहणा विजयेमुनि श्रीलंकाली नौसेनाका पूर्वसैनिक हुन् । सन् १९८९ मा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धी श्रीलंकाको औपचारिक भ्रमणमा रहँदा उनलाई आक्रमण र हत्या गर्ने प्रयास गरेको आरोपमा यिनले जागिर गुमाउनुका साथै सजायसमेत भोग्नुपरेको थियो । तथाकथित ज्योतिष विजयेमुनिले राष्ट्रपति सिरिसेनालाई अकस्मात् कडा ज्वरोले पक्डने वा अकल्पनीय दुर्घटनामा पर्ने र २७ जनवरीअगावै उनको मृत्यु हुने भनी बकबास हल्ला फैलाइ ज्योतिष विद्याभिरु समाजलाई दिग्भ्रमित पार्ने प्रयास गरेकोले पक्रिइ नियन्त्रणमा लिएको भन्ने श्रीलंकाली प्रहरीको भनाइ छ । राष्ट्रपति सिरिसेनाको मृत्यु हुन्छ भन्ने भविष्यवाणीसहित विजयेमुनिले गत डिसेम्बरमा आफ्नो फेसबुक पेजमा थरिथरिका थुप्रै भिडियो क्लिप अपलोड गरेकाले आमजनमानसमा भविष्यवाणी सत्य पो हुने हो कि भन्ने भ्रम फैलन गएको थियो । सरकारमा रहेका उच्च अधिकारीहरु चाहिँ विजयेमुनिप्रति सशंकित रहेका थिए । यहीक्रममा विजयेमुनिले भित्रभित्रै कतै सैनिक विद्रोह गराउने वा राष्ट्रपतिलाई अप्रत्याशित आक्रमण गर्ने षड्यन्त्रको तानाबाना त बुनिरहेको छैन भन्ने आशंकामा सन्चार मन्त्रालयका सचिव निमाल बोपेजले श्रीलंकाका प्रहरी प्रमुखलाई गोप्यरुपमा अनुसन्धान गर्न र विजयेमुनिको भविष्यवाणीले उत्पन्न गराउनसक्ने सम्भाव्य परिणामउपर निगरानी राख्ने आदेश दिएका थिए ।
ट्रम्पले पेश गरे एच-१ बी भिसा सम्बन्धी नयाँ बिधेयक
एजेन्सी । अमेरिकाको सांसदको तल्लो सदनमा एच १बी भिसा बाहकको सम्बन्धमा नयाँ विधेयक पेश भएको छ । यो विधेयक भारतीय आइटी कम्पनी व्यवसायीहरुलाई ठुलो झड्का लागेको छ । यस विधेयकमा एच १बी भिषा बाहकको न्युनतम तलब बढेर २ लाख ८ हजार बनाउने प्रस्ताव गरेको छ । यदि यो विधेयक पास भयो भने अमेरिकी कम्पनीको लागि विदेशी मानिसलाई जागिर दिन एच -१बी भिजाको प्रयोग गर्न गार्हो पर्नेछ । यस विधेयकका अनुसार जुन कम्पनीले सबैभन्दा बढी तलब दिन्छ उक्त कम्पनीलाई बढी सरकारको प्राथमिकता दिन्छ । अमेरिकी संसदमा नयाँ विधेयक पेश हुनेवित्तिकै भारतको सेयरबजार ओरालो लागेको छ । ट्रम्पको कार्यकारी आदेशले एच -१बी र एल -१ भिसा नियकलाई कडा गर्नेछ । यस्तै ह्वाइट हाउसका एक बरिष्ठ अधिकारीको दावी अनुसार ट्रम्पले कामकाजी भिसासम्बन्धि कडा नियममाथि पनि शासकीय आदेशमाथि हस्ताक्षर गर्न सक्छन् । यो भिषा कार्यक्रममा एच१बी र एल १ भिसा सामेल छ । जसलाई भारतीय आइटी व्यवसायीहरुले प्रयोग गर्छन । यो आदेशको मस्यौदा लिक भएको र यसलाई केही बेवसाइटले प्रकाशित पनि गरेको थियो । यसले अमेरिकामा रहेका नेपालीहरु र भारतीयहरु बढी प्रभाबित हुने देखिएको छ ।
विषालु ग्यासबाट ९ जना कामदारको मृत्यु
भारत, माघ १८ । भारतको महाराष्ट्रमा पर्ने लातुरमा विषालु ग्यासबाट ९ जना कामदारको मृत्यु भएको छ । मृतकहरुमा कुनै नेपाली रहे नरहेको खुलासा हुन सकेको छैन । लातुरको एक फ्याक्ट्रीमा सोमबार अबेर साँझ कीर्त आयल मिलको ट्यांकीको सफाई गर्दा कामदारहरु बेहोस भएका थिए । ट्यांकीमा कामदार बेहोस भएको देखेपछि अरु कामदार उनीहरुलाई हेर्नका लागि ट्यांकीभित्र पसेका थिए । तर उनीहरु समेत बाहिर निस्किन सकेनन् । उनीहरुको मृत्यु विषालु ग्यासका कारण भएको बताइएपनि प्रहरीले यसबारेमा छानविन अघि बढाएको छ।
आफ्नो कामको विरोध गरेको भन्दै ट्रम्पद्वारा महान्यायाधिवक्ता बर्खास्त
एजेन्सी, माघ १८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निर्देशनको विरोध गर्ने अन्तरिम महान्यायाधीवक्तालाई बर्खास्त गरेका छन् । अमेरिकाकी अन्तरिम महान्यायाधीवक्ता साली यट्सले न्याय विभाग अन्तर्गतका सबै वकिललाई आप्रवासी सम्बन्धी राष्ट्रपति ट्रम्पको दिर्नेशनको पक्षमा नलाग्न निर्देशन दिएकी थिइन । अन्तरिम महान्यायाधिवक्ता साली यट्सले राष्ट्रपति ट्रम्पको निर्देशन संवैधानिक रहेकोमा आफू सहमत हुन नसकेको बताएकी थिइन । त्यसलगतै राष्ट्रपति ट्रम्पले उनलाई बर्खास्त गरेका हुन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा यट्सले न्याय विभागलाई धोका दिएकाले उनलाई बर्खास्त गरिएको उल्लेख गरिएको छ । उहाँको ठाउँमा भिर्जिनिया राज्यको पूर्वी जिल्लाका न्यायाधीवक्ता डेना बोएन्टेलाई नियुक्त गरिएको ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति ट्रम्पले गएको शुक्रबार इराक, सिरिया, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक लगाउने तथा अमेरिकी शरणार्थी कार्यक्रम एक सय २० दिनलाई बन्द गर्ने निर्देशनमा हस्ताक्षर गरेका थिए । राष्ट्रपति ट्रम्पको निर्देशन कानुनसम्वत रहेकोमा आफू सहमत हुन नसकेको यट्सले वक्तव्यमा उल्लेख गरेकी थिइन । यट्सलाई पूर्व राष्ट्रपति बाराक ओबामाले न्याय विभागमा नियुक्त गरेका हुन् । राष्ट्रपति ट्रम्पले सिनेटर जेफ सेसन्सलाई न्याय विभागको प्रमुखका लागि छानेका छन् । सिनेटले यसबारे बिहीबार मतदान गर्नेछ । यसैबीच राष्ट्रपति ट्रम्पले आफ्नो निर्देशनको बचाउ गरेका छन् । राष्ट्रपति ट्रम्पले डेमोक्र्याटिक पार्टीले आफ्नो मन्त्रिपरिषद विस्तारमा अवरोध गरिहेको र यो पूर्ण रुपले राजनीतिक कारणले मात्रै गरिएको आरोप लगाएका छन् ।
अमेरिका प्रवेशमा रोक लगाउने ट्रम्पको निर्णय गैरकानुनी भएको राष्ट्रसङ्घको ठहर
जेनेभा (स्वीट्जरल्यान्ड), माघ १८ । संयुक्त राष्ट्रसङ्घ मानवअधिकार प्रमुख जैयद विन राद जैयद अल हुसैनले अमेरिकी राष्ट्रपतिद्वारा अमेरिका भ्रमणमा खासगरी इस्लामिक मुलुकका विदेशीलाई लक्षित गरी लगाइएको प्रतिबन्ध गैरकानुनी भएको बताउनुभएको छ । ट्वीटरमार्फत कमैमात्र प्रतिक्रिया दिनु हुने मानव अधिकारवादी नेता जैयदले ट्रम्पको कदमलाई ‘गैरकानुनी र तुच्छ’ मानसिकताको संज्ञा दिनुभएको छ । राष्ट्रियताका आधारमा मात्रै कसैमाथि भ्रमण गर्न नपाउनेगरी प्रतिबन्ध लगाइनु मानवअधिकार कानुनको उल्लङ्घन हो भन्दै जैयदले ट्रम्पको निर्णय उक्त कानुनको बर्खिलाप भएको दाबी गर्नुभएको छ । जैयदले सन्देशमा ट्रम्पबाट आएको उक्त निर्णयले वास्तविक रुपमा आतङ्कवादविरुद्धको अभियानलाई प्रभावित पार्ने बताउनुभएको छ । यसैबीच अमेरिकी राष्ट्रपतिद्वारा इस्लामिक राष्ट्रहरु इराक, इरान, सिरिया, सुडान, सोमालिया, लिबिया र यमनका नागरिकलाई ९० दिनसम्म अमेरिका प्रवेशमा रोक लगाउने निर्णयको इराकी संसदमा व्यापक विरोध भएको छ । इराकी संसदले ट्रम्पद्वारा इस्लामिक राष्ट्रमाथि लगाएको प्रतिबन्धको प्रतिक्रिया स्वरुप अमेरिकी नागरिकलाई पनि इराक प्रवेशमा रोक लगाउने पक्षमा मतदान गरेको छ । रासस
लीक भए ट्रम्पका कार्यकारी आदेश, भारतीय कामदार संकटमा पर्न सक्ने
नयाँ दिल्ली, माघ १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपका घोषणा हुन बाँकि कार्यकारी आदेस लीक भएको समाचार सार्वजनिक भएपछि ठूलो चर्चा सुरु भएको छ । एच1बी भिसामाथी ट्रम्पले कड़ाई गर्ने अनुमान चलिरहेको बेला यस सम्बन्धी जारी गर्न खोजीएका कार्यकारी आदेश सार्वजनिक भएका हुन । ट्रम्पले यो श्रेणीको भीसामाथि नियंत्रण गरिनु पर्ने घोषणा यसअघि नै चुनावको बेला बताईसकेका छन । यसबाट अमेरिकामा रहेका हज़ारौ व्यवसायी प्रभावित हुनेछन । भारतका अधिकांश आइ टी कम्पनीहरूले h1B भिसामार्फ़त आफ्ना कर्मचारी अमेरिका पठाऊने गरेका छन । समाचार वेबसाइट vox.com का अनुसार ट्रंप का चार ड्राफ्ट अर्डर लीक भएका हुन । लीक ड्रॉफ्ट ऑर्डरमा ट्रंपले भविष्यमा यो भिसाबारे महत्वपूर्ण निर्णय गर्न सक्छन । ट्रम्पले क़ानूनी आप्रावासन कम गर्न आदेश दिन सक्छन । यसो भएमा यो भिसा प्राप्त गर्न या प्राप्त गरेकाहरूका परिवार अमेरिका जान समस्या हुन सकछ । यो आदेशमा पढ़ाईका लागि अमेरिका आउने बिध्यार्थीमाथि समेत कड़ाई गरिने उल्लेख भएको समाचारमा छ ।
यमनमा अमेरिकी सैन्य कारबाही, सन्ताउन्न जनाको मृत्यु
एडेन (यमन), माघ १७ । अमेरिकाद्वारा राष्ट्रपति डोनाल्ड ट्रम्पको आवागमनपछि यमनमा भएको पहिलो आक्रमणमा मुलुकको मध्य क्षेत्रमा अवस्थित यक्ला जिल्लामो कम्तीमा ४१ जना सङ्कास्पद अलकायदा लडाकू र १६ जना सर्वसाधारणको मृत्यु भएको यहाँका अधिकारीले बताएका छन् । यक्लामा भएको उक्त आक्रमणमा निर्दोष आठ बालबालिका, आठ महिलाको समेत मृत्यु भएको आफ्नो ना गोप्य राख्ने सर्तमा स्थानीय एक सरकारी अधिकारीले बताए । उक्त क्षेत्रबाट प्राप्त जानकारी अनुसार सैन्य कारबाही वाइदा प्रान्तका अलकायदा आबद्ध तीन कमाण्डर र तीनका घरमा लक्षित गरिएको भएपनि हेलिकोप्टरबाट गरिएको सैन्य कारबाहीका क्रममा स्थानीय विद्यालय, मस्जित र स्वास्थ्य केन्द्रमा रहेका मानिस पनि प्रभावित भएका बताइएको छ । स्थानीय स्रोतका अनुसार कारबाही अमेरिकी कमाण्डो बलद्वारा सञ्चालन गरिएको थियो । आक्रमणमा उक्त इलाकाका अलकायदाका तीन महत्वपूर्ण कमाण्डारको पनि मृत्यु भएको छ । अधिकारीले घटनामा अबु वारजन भनिने एक विदेशी अलकायदा कमाण्डरको पनि मृत्यु भएको बताइएको छ । यसैबीच अमेरिकी सेनाले यमनको कारबाहीमा आफ्नो एक जना सिपाहीको मृत्यु भएको र तीन जना घाइते भएका बताइएको छ ।
अमेरिका र क्यानडाको सम्बन्ध बिग्रिने संकेत, ट्रम्पले रोकेका शरणार्थीको क्यानडाद्वारा स्वागत
ओट्टावा, १६ माघ । क्यानाडाका प्रधानमन्त्री जस्टीन त्रुदेउले अमेरिकाले बन्देज गरेका विदेशी शरणार्थी तथा आप्रवासीहरुलाई क्यानाडाले स्वागत गर्ने बताएका छन् । ट्विटरमार्फत् उनले भनेका छन् “जसले हिंसा, आतङ्क र युद्ध भोगीरहेको छ, ती सवैलाई क्यानाडाले स्वागत गर्न चहान्छ ।” त्रुदेउले उनीहरुको धर्मको आधारमा कुनै पक्षपात नगर्ने पनि स्पष्ट पारे । “विविधता हाम्रो शक्ती हो, क्यानाडामा स्वागत छ,” उनले ट्विटमा लेखेका छन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम समुदायका आप्रवासी तथा शरणार्थीहरुलाई अमेरिका प्रवेशमा कडाइ गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि क्यानाडाका प्रधानमन्त्री त्रुदेउले यस्तो सन्देश ट्विटरमा लेखेका हुन । ट्रम्पले इरान, इराक, लिविया, सोमालिया, सिरिया र यमनका नागरिकलाई अमेरिका प्रवेशमा कडाई गर्न आदेश दिएका छन् । सो आदेश कतिपय ठाउँमा कार्यान्वयन भइसकेको छ । सो आदेशका विरुद्धमा विमानस्थलहरुमा प्रदर्शन पनि भइरहेको छ ।रासस÷एएफपी
३१ जनासहित पर्यटक चढेको डुंगा सम्पर्कविहीन
माघ १६ । पर्यटकसहित ३१ जना चढेको डुंगा मलेसियामा सम्पर्कविहीन भएको छ । मलेसियाको प्रसिद्ध पर्यटकीय क्षेत्र पुलाउ मेङ्गुलमका लागि कोटा किनाबालुबाट छुटेको उक्त डुंगा सम्पर्कविहीन भएको हो । खराब मौसमका कारण खोज तथा उद्धारमा समस्या भएको उद्धारकर्मीले बताएका छन् । डुंगामा २० जनाभन्दा धेरै चिनियाँ पर्यटक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ट्रम्पको कार्यकारी आदेश अदालतद्वारा खारेज, शरणार्थीहरु अमेरिकामैं बस्ने
न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमाथि अदालतले रोक लगाएको छ । सिरियालगायत ७ मुस्लिम बहुल देशका नागरिकलाई हिरासतमा लिइएको घटनामा अदालतले अन्तरिम आदेश जारी गरेको हो । ट्रम्पले आफ्नो कार्यकारी आदेशमा सात मुस्लिम देशका शरणार्थी र नागरिकमाथि अस्थायी प्रतिबन्ध लगाइएको थियो । द अमेरिकन सिभिल लिबर्टिज यूनियन (एसीएलयू)ले यो आदेश विरुद्ध शनिबार याचिका दर्ता गरेको थियो । एसीएलयूका अनुसार, ट्रम्पको आदेशका कारण हिरासतमा लिइएका मानिसहरुलाई फिर्ता पठाउन मिल्दैन । समूहका अनुसार, ट्रम्पको आदेशपछि सय दुई सयजनालाई बिभिन्न एयरपोर्टबाट हिरासतमा लिइएको छ । ट्रम्पको आदेशविरुद्ध अमेरिकाका कैयन् विमानस्थलमा प्रदर्शन भएका छन् । अदालतमा अप्रवासी अधिकार परियोजनाका सह कानुनी निर्देशक गेन्लेर्टले मानवाधिकारवादी समूहरुको पक्षमा बहस गरेका थिए । यो अन्तरिम आदेशको अर्को सुनुवाई फेबु्रअरीको अन्तिममा हुने जनाइएको छ । न्यूयोर्कको संघीय अदालतले उक्त अन्तरिक आदेश जारी गरेको हो । ट्रम्पको आदेशले अमेरिकाको संविधानको उल्लंघन गरेको आदेशमा उल्लेख छ । ब्रुकलिन संघीय जिला अदालतकी न्यायाधिक एन एम डोनेलीले वैध तरिकाले भिसा प्राप्त गरेर अमेरिका प्रवेश गरेका कुनै पनि व्यक्तिलाई कुनै पनि तरिका र कारण देखाएर निकाल्न नमिल्ने बताइन ।
ट्रम्पको आदेशको विरोध गर्दै गूगलले फिर्ता बोलायो आफ्ना कर्मचारी
वाशिंगटन, राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै सातवटा मुश्लिम बहुल मुलुकका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाएपछि इन्टरनेट सर्च कम्पनी गुगलले हाल विदेश भ्रमणमा रहेका आफ्ना कर्मचारीलाई फिर्ता बोलाएको छ। कार्यकारी आदेशमा सिरियाली शरणार्थीहरुलाई अर्को सूचना नआएसम्म प्रतिबन्ध लगाइएको छ। इरान र इराक सहित ६ देशका नागरिकलाई आगामी तीन महिनासम्म प्रवेशाज्ञा दिइनेछैन। इन्टरनेट सर्च इन्जिन गुगलले बीबीसीलाई उक्त आदेशबाट आफुहरु चिन्तित भएको र त्यसले अत्यन्त प्रतिभाशालीहरुलाई पनि अमेरिका प्रवेश गर्नमा रोक्नेछ भनेको छ। राष्ट्रपति ट्रम्पको आदेशले इरान, इराक, सिरिया, यमन, सुडान, सोमालिया र लिबियाका हजारौं नागरिकलाई अमेरिका जाने उडानहरुमा अनुमति नदिइन सक्छ। असर नयाँ बन्देजले विश्वभरबाट एच वान-बि प्रवेशाज्ञामा कर्मचारी भर्ना गर्ने प्रविधि सम्बन्धी कम्पनीहरुमाथि ठूलो असर पार्नेछ। अमेरिकामा काम गर्ने स्वीकृति पाएका ग्रीन कार्ड भएकाहरुलाई पनि उडानमा जान नदिइएका खबरहरु सार्वजनिक भइसकेका छन्। तर कार्यकारी आदेशमा ग्रीन कार्डको उल्लेख गरिएको छैन। ट्रम्पले आफ्नो कार्यकारी आदेशमा दिइएको विस्तृत विवरणबाट उनकै शब्दमा अतिवादी इश्लामिक आतंकवादीहरुलाई अमेरिका प्रवेश गर्नमा रोक लगाउनेछ भनेका छन्। तर अधिकारवादी समूहहरुले अमेरिकामा रहेका सिरियाली शरणार्थी र आतंकवादीबीच सम्बन्ध नरहेको बताएका छन्। क्षति बीबीसीका व्यापार संवाददाता जो लीनम भन्छन्, राष्ट्रपतिले केही मुश्लिमहरुलाई रोक्न खोजेका छन् तर त्यसले अमेरिकाको असाध्यै महत्वपूर्ण र नाफामूलक क्षेत्र प्रविधिमा ठूलो क्षति पुग्न सक्छ। उक्त कार्यकारी आदेश विरुद्ध अमेरिकाका प्राध्यापकहरुले शुरु गरेको हस्ताक्षर अभियानमा ११ जना नोबेल पुरस्कार विजेताहरुले हस्ताक्षर गरिसकेका छन्। फेसबुक संस्थापक मार्क जकरबर्गले लामो नोट पोष्ट गर्दै आफु सहित थुप्रै अमेरिकीहरु आप्रवासीका सन्तान, दरसन्तान भएको उल्लेख गरेका छन् र राष्ट्रपतिको कार्यकारी आदेशप्रति गम्भीर चिन्ता व्यक्त गरेका छ्न। बीबीसीबाट
६ देशका नागरिकलाई अमेरिका जान प्रतिबन्ध, ट्रम्पको चर्को आलोचना
वाशिंगटन, अमेरिकाले आतंकवाद नियंत्रणको नाममा ६ देशका नागरिकलाई भिसा नदिने घोषणा गरेको छ । सीरियाका प्रवासीहरूलाई अमेरिकाप्रवेशमा नियंत्रण गर्ने सम्बन्धी घोषणामा डोनल्ड ट्रंपलेइराक़, सीरिया, ईरान, लीबिया, सोमालिया, सूडान र यमन समेत छ मुस्लिम देशका नागरिकलाई तीन महीने को रोक लगाएका हुन । ‘कट्टरपंथी इस्लामी आतंकवादिहरू” लाई अमरीका आउनबाट रोक्न व्यापक एक्ज़ीक्यूटिव आदेशमा राष्ट्रपतिले हस्ताक्षर गरेपछि यसको चर्को आलोचना भएको छ । यो आदेश अंतर्गत दस्तख़त आगामी ४ महीनासम्म शरणार्थि आऊन रोक लागेको छ । यसैगरि ट्रम्पले अमेरिका आऊने आप्रवासिहरूलाई कडा जाँच गर्ने आदेशमा समेत हस्ताक्षर गरेका छन । अमरीकी रक्षा विभाग पेंटागन मा जनरल जेम्स मैटिसलाई रक्षा मंत्री बनाए पछिको शपथ समारोह लगत्तै राष्ट्रपति ट्रंपले यसको घोषणा गरे ।

