अमेरिकाको सबैभन्दा उचाईमा रहेको बाँध फुट्ने खतरा, हजारौं परिवारलाई अन्तै जान आदेश
वाशिङ्गटन, फागुन ५ । उत्तर क्यालिफोर्नियामा बनेको अमेरिकाको सबैभन्दा ठूला बाँध फुट्ने खतरा देखिएपछि यसले ठूलो त्रास उत्पन्न गरेको छ ।
अरोभिल नामक यो बाँधमा बाढीको पानी भरिएपछि फुटने खतरा देखिएको हो । बाँध फुटने आशंकामा छेउछाउका हजारौं मानिसहरुलाई आइतबार साँझदेखि उक्त क्षेत्र खाली गर्न आदेश दिइएको छ ।
यो बाँधको उचाई ७७० फिट रहेको छ । यो क्षेत्रमा १४ प्रतिशत भारतीयहरु बसोबास गर्ने बताइन्छ ।
बस दुर्घटनामा एघार जनाको मृत्यु
ढाका, फागुन १ । बङ्गलादेशको नर्सिङगदी जिल्लामा दुईवटा यात्रुबाहक बस एक आपसमा ठोक्किँदा भएको दुर्घटानमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । यस घटनामा परी अन्य तीन जना घाइते भएका जिल्ला प्रहरी प्रमुख अमेना बेगमले जानकारी दिनु भएको छ । दुई बालबालिका र चार महिलासहित एघार यात्रुको घटनास्थलमै मृत्यु भएको बेगमले जानकारी दिनु भएको छ । स्थानीय समयानुसार विहान ९ बजे दुर्घटना भएका दुवै बसका घाइते यात्रुहरुको अवस्थापनि गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । एक मिनिबसले अर्को बसलाई उछिन्न खोज्दा दुर्घटना भएको प्रहरी प्रमुख बेगमले जानकारी दिनुभयो । बङ्गलादेश सडक दुर्घटनामा परी अत्याधिक व्यक्तिहरुको मृत्यु हुने देशमा पर्दछ ।
फिलिपिन्समा भूकम्पपछि पराकम्प
फिलिपिन्स, फागुन १ । दक्षिणी फिलिपिन्स सहरका हजारौं वासिन्दाहरु शुक्रबार गएको शक्तिशाली भूकम्पको दुर्इ दिनपछि पनि सडकमा रहेका छन् । शुक्रबार गएको ६.५ रिक्टरको भूकम्पपछि पनि जारी रहेको पराकम्पको कारण सर्वसाधारण माझ त्रासको वातावरण पैदा भएको छ । मिन्दानाओ द्विपनजिकै सुरिगाओ र नजिकैको क्षेत्रहरुमा प्रभावित हुने गरी गत शुक्रबार ६.५ रिक्टर स्केलको भूकम्प गएको थियो । यस भूकम्पमा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी यस भूकम्पको कारण हजारौँ घरहरु क्षति तथा ध्वस्त भएका छन् । राज्यको भूकम्प विज्ञान कार्यालयका अनुसार शुक्रबार आएको शक्तिशाली भूकम्पपछि फिलिपिन्समा एक सयभन्दा बढी पराकम्प गइसकेको छ । यद्यपी अधिकारीहरुका अनुसार यस शक्तिशाली भूकम्पछि थप हताहतको भन्ने कुनै समाचार प्राप्त भएको छैन् । फिलिसिन्समा सन् २०१३ गएको ७।१ रिक्टर स्केलको भूकम्पमा परी २२० भन्दाबढी व्यक्तिको मृत्यु भएको थियो ।
अफगान प्रहरीद्वारा २१० किलो विस्फोटनका पदार्थ कब्जा
अफगानिस्तान, फागुन १ । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा अफगान प्रहरीले जारी राखेको कारबाहीको क्रममा २१० किलो विस्फोटक पदार्थ कब्जा गरेको प्रान्तीय प्रहरी प्रमुखले आइतबार जानकारी दिएको छ । कुन्दुज प्रान्तको प्रान्तीय राजधानी कुन्दुज सहरमा बाहिरी इलाकामा भएको यस कारबाहीको क्रममा २१० किलोभन्दा बढी विस्फोटक पदार्थ अफगान प्रहरीले बरामद गरेको हो । यस कारबाहीको क्रममा एक आतङ्ककारी पक्राउसमेत परेका छन् । बाघलान र तखार प्रान्तको छिमेकमा पर्ने कुन्दुज प्रान्तमा गत दुई महिनायता अफगान सुरक्षाबल र तालिवान आतङ्ककारीबीच भीषण झडप जारी रहेको छ ।
विश्वकै सबैभन्दा मोटी महिलाको भारतमा शल्यक्रिया गरिने
माघ २९ । इजिप्टकी ‘विश्वकै सबैभन्दा बढी वजन भएकी महिला’ले आफ्नो तौल घटाउन चाहेपछि उनको शल्यक्रिया भारतमा गरिने भएको छ । ५०० किलोग्राम तौल भएकी शल्यक्रियाका लागि शनिवार मुम्बाई आउने भएकी हुन् । उनलाई एमान अहमद अब्देल अती, ३६, लाई इजिप्टको विदेशमन्त्रीको पहलमा भिषा प्रदान गरिएको हो । अब्देल अतीलाई ल्याउनु एक विमानलाई विशेष सुधारगरी शनिबार इजिप्टबाट मुम्बईका लागि पठाइने छ भने उहाँको उपचार मुम्बई कै सैकी अस्पतालमा हुनेछ । उहाँलाई भारत ल्याउने प्रबन्ध मिलाउन इजिप्टका चिकिस्तकहरूको टोलीले विगत १० दिनदेखि कार्यरत थिए । अब्देल अतीकी बहिनी विश्वकै सबैभन्दा बढी तौल भएकी आफ्नी दिदीलाई उपचारको आवश्यकता देखिएको भन्दै सन् २०१६ को अक्टोबारमा पहल गरेका थिए । भारतीय उक्त अस्पतालले उपचार सम्भव भएको भन्दै उपचारका लागि इच्छा प्रकट गरेको थियो । तर उहाँलाई इजिप्टदेखि भारतसम्म विमानमा ल्याउन स्वास्थ्यका दृष्टिकोणले सम्भव नभएको भन्दै विमान कम्पनीले अस्वीकार गर्दै आएको बताइएको छ । यस बाहेक इजिप्टबाट भारत उपचारका लागि ल्याउने विषयमा उहाँलाई भिषा पनि मिलेको थिएन । अब्देल अति सानो छँदा भएको स्वास्थ्य परीक्षणमा हात्तीपाइले रोगको सङ्क्रमण पाइएको थियो । विगत २५ वर्षदेखि घरबाट बाहिर नै ननिस्किएकी उनी मधुमेह, उच्च रक्तचापलगायतका समस्याबाट पीडित छिन् । एएफपी
ट्रम्पको अपिल पुनरावेदन अदालतबाट पनि खारेज
एजेन्सी, वासिङट्न, माघ २८ । अमेरिकाको संघीय पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको अपिल खारेज गरेको छ । सात मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा बन्देज लगाउने आफ्नो आदेशलाई एक संघीय अदालतले रोकेपछि उनले सानफ्रान्सिस्कोस्थित पुनरावेदन अदालतमा त्यसविरुद्ध अपिल गरेका थिए । तर तीन जना न्यायाधीशको इजलासले सर्वसम्मतिका आधारमा ट्रम्पको अपिललाई खारेज गरेको छ । उक्त निर्णयसँगै ट्रम्पले इरान, इराक, सोमालिया, सुडान, सिरिया र यमनसहित सात मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने योजना अन्यौलमा परेको छ। न्यायाधीशहरूले भनेका छन्, ‘ट्रम्पले बन्देज लगाएका ७ मुस्लिम राष्ट्रका नागिरिकले अमेरिकामा कुनै आतंकवादी गतिविधिमा संग्लग्न रहेको प्रमाण अदालतमा प्रस्तुत भएन ।’ राष्ट्रपतिले राष्ट्रिय सुरक्षाका निम्ति लिएका कदमविरुद्ध अदालतले केही गर्न नसक्ने भन्ने सरकारको भनाइलाई पनि अदालतले खण्डन गरेको छ। अदालतले भनेको छ–संवैधानिक लोकतन्त्रमा अदालतको भूमिका महत्वपूर्ण हुन्छ । गत हप्ता न्यायाधीश जेम्स रोबार्टले ट्रम्पको आदेशलाई अन्तिम फैसला नभएसम्म लागू नगर्न आदेश दिएका थिए। रोबर्ट रिपब्लिकन पार्टीबाट राष्ट्रपति बनेका जर्ज डब्ल्यु बुशले नियुक्त गरेका न्यायाधीश हुन् । ट्रम्पको अपिललाई खारेज गर्ने तीन न्यायाधीशमध्ये दुई जना डेमोक्रयाटिक र एक रिपब्लिकन पार्टीका राष्ट्रपतिबाट नियुक्त भएका हुन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार अब राष्ट्रपति ट्रम्पले सर्वोच्च अदालतमा अपिल गर्न सक्नेछन्। अहिले त्यहाँ ८ न्यायाधीश रहेकोमा ४ जना रिपब्लिकन र ४ डेमोक्र्याटिक पार्टीबाट नियुक्त भएका हुन् । यदि रिपब्लिकन पार्टीका राष्ट्रपतिद्वारा नियुक्त भएका न्यायाधीशले ट्रम्पको पक्ष लिए सर्वोच्च अदालतको मत ४र४ मा बाँडिने छ। त्यस्तो अवस्थामा तल्लो अदालतको फैसला सदर हुनेछ ।
डिभी बन्द गर्ने बिधेयक अमेरिकी संसदमा पेश
एजेन्सी । अमेरिकाका दुई सिनेटरले संसदमा डाइभर्सिटी भिसा (डिभी चिठ्ठा) बन्द गर्ने विधेयक अमेरिकी संसदमा पेश गरेका छन् । सिनेटर टम कटन र डेविड पेरड्युले अमेरीकामा रहेको आप्रवासीको संख्या पचास प्रतिशतले कटौती गर्ने उदेश्यले यो विधेयक पेश गरेका हुन् । अहिले हरेक वर्ष १० लाखले बैधानिक रुपमा अमेरीकामा बसोबास गर्न पाएका छन् । अमेरिकी कंग्रेसको दुवै सदनबाट यो विधेयक पास भयो भने बैधानिक रुपमा अमेरीका पुग्नेको संख्या घटेर ५ लाखमा झर्नेछ। यसबाट नेपालीहरु पनि प्रत्यक्ष रुपमा प्रभावित हुने देखिएको छ । डीभीमार्फत हरेक वर्ष नेपालबाट ६ हजारको संख्यामा अमेरीका प्रवेश गर्ने गरेका छन् । यो विधेयकको नाम अमेरीकी रोजगारलाई सशक्त पार्ने रहेको छ । जसअन्र्तगत डाइभर्सिटी भिसा (डिभी) बन्द गर्ने र पारिवारिक कोटा अन्तर्गत आफन्तलाई अमेरिकी बसोबासको वैधता दिने नियम रोक्नुपर्ने माग गरिएको छ । यसअघि सन् २०१२ मा रिपब्लिकन पार्टी नियन्त्रित तल्लो सदन, हाउसले डिभी बन्द गर्ने पक्षमा मतदान गरेको थियो । राष्ट्रपति ट्रम्पले पनि बिभिन्न कार्यक्रममा डिभी चिठ्ठा कार्यक्रम यसै वर्षदेखि बन्द गर्ने बताएका थिए । हृवाइट हाउसका प्रवक्ताले यो विषय तत्काल कुनै प्रतिक्रिया दिएका छैनन । यसबारे सदनमा छलफल भएपछि मात्र उनले बोल्ने बताएका छन् । राष्ट्रपति ट्रम्पको नीति पनि अमेरीकामा आप्रावासीको संख्या घटाउने भएकाले यो विधेयक पास हुने आंकलन गरिएको छ । जसबाट विश्वभरका देशका मानिसलाई बैधानिक रुपमा अमेरीका प्रवेशमा अप्ठेरो हुनेछ ।
यसरी आफ्नो सोख पुरा गर्दैछन अोबामा (हेर्नुस तस्वीरमा)
एजेन्सी । डोनल्ड ट्रंपलाई सत्ता सुम्पिएपछि पूर्व अमरीकी राष्ट्रपति बराक ओबामा अब आफ्नो सोख पुरा गरिरहेका छन् । हालै उनी आफ्नो अरबपति साथी रिचर्ड ब्रैन्सनको साथमा द्वीप मसिकोट आइल्याण्डको किनारमा खेलीरहेको भेटीएका छन् । अोबामा आफ्नी पत्नी मिसेल अोवामासंग त्यहाँ छुट्टि मनाउन पुगेको साथी रिचर्डले आफ्नो ब्लगमा उल्लेख गरेका छन् । यहाँ अोबामा काइटसर्फिङ सिकिरहेको र निकै मजा लिइरहेको देख्न सकिन्छ । हेर्नुस तस्वीरहरु । तस्वीरः रोयटर्स
ट्रम्पलाई पद दुरुपयोग गरेको आरोप
वासिङटन,माघ २८ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पारिवारिक कारोवार बढाउन राष्ट्रपति पदको दुरुपयोग गरेको आरोप लागेको छ।आफ्नी छोरीको कपडा पसललाई लिएर उनले ट्विट गरेपछि डेमोक्र्याट सभासद्ले यस्तो आरोप लगाएका हुन् । अमेरिकी राष्ट्रपति ट्रम्पकी छोरी इभांकाले कपडाको ब्रान्ड चलाउँछिन्। हालै नोर्डस्ट्रामले ट्रम्पपुत्री इभांकाको ब्रान्डलाई आफूले बिक्री गर्न हटाएको थियो। यसै विषयलाई लिएर राष्ट्रपति ट्रम्पले नोर्डस्ट्रामको आलोचना गर्दै ट्विट गरे। डेमोक्र्याटिक पार्टीका सांसद बब केसीले राष्ट्रपतिले पदीय गरिमा उल्लंघन गरेको आरोप लगाएका छन्। ट्रम्पको कार्यलाई ‘फेडरल एथिक्स अफिस’ले छानबिन गर्नुपर्ने माग गरेका छन्। पारिवारिक कारोबार बढाउन राष्ट्रपति पदको दुरुपयोग भएको भन्दै उनका विरुद्ध आवाज उठ्न थालेका छन्। सिनेटर केसीले अमेरिकन अफिस अफ गभर्मेन्ट एथिक्सको ध्यान आकर्षण गराएका छन्। ट्रम्पले ट्विटमा लेखेका छन्, ‘मेरी पुत्री इभांकासँग नोडस्ट्रामले दुव्र्यवहार गरेको छ। उनी निकै असल मानव हुन्। उनले सधैं असल काम गर्छिन्।’ इभांकासँग भएको व्यवहार निकै अभद्र भएको ट्रम्पको जिकिर छ। ट्रम्पले उक्त ट्विटलाई केही समयपछि अमेरिकी राष्ट्रपतिको आधिकारिक ट्विटर ह्यान्डलबाट पनि ट्विट गरिएको थियो। डेमोक्र्याटिक पार्टीका नेतृ नान्सी पलोसीले पनि यसै विषयलाई लिएर सिनेटमा ट्रम्पको आलोचना गरेकी छन्। उनले भनिन्, ‘मेरो विचारमा यो अनुचित काम हो। ट्रम्प पूर्ण रूपमा एक अनुचित राष्ट्रपति हुन्। उनले आफूले जे गर्न सक्छन्, त्यही नै गरेका छन्।’ नोर्डस्ट्रामले गत साता इभांकाको ब्रान्डलाई बिक्री नगर्ने घोषणा गरेको थियो। यो ब्रान्डको बिक्री निकै कम भएको भन्दै उसले बिक्री नगर्ने बताएको थियो। नोर्डस्ट्रामले भनेको थियो, ‘हामीले पटक पटक भन्दै आएका छौं। हामीले बिक्री र प्रदर्शनको आधारमा निर्णय गर्छौं। हामीसँग हजारौं ब्रान्ड छन्।’ समय समयमा गरिएको बजार विश्लेषणअनुसार यस्तो निर्णय गर्नुपरेको उसको भनाइ छ। यसअघि ट्रम्पको विरोध गर्दै आएको ‘ग्रयाब योर वालेट’ले हप्तौंसम्म इभांका ब्रान्डको बहिष्कार अभियान चलाएको थियो। उक्त संगठनले नोर्डस्ट्रामसँग ट्रम्प परिवारसँगको कारोबार बन्द गर्न चेतावनी दिएको थियो। इभांकाको बिक्री हटाउनुभन्दा ३ दिनअघि नोर्डस्ट्रामले डोनाल्ड ट्रम्पको ‘मुस्लिम र शरणार्थी प्रवेश प्रतिबन्ध’को कडा विरोध गरेको थियो। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सिन स्पाइसरले ट्रम्पको ट्विट अनुचित नभएको दाबी गरे। उनले भने, ‘राष्ट्रपतिलाई आफ्नो परिवारको कारोबार र सफलताको प्रशंसा गर्ने पूरा अधिकार छ। कसैले राष्ट्रपतिको नीतिलाई लिएर उनका परिवारका सदस्यलाई निसाना बनाउँछ भने त्यो अस्वीकार्य छ।’ कुनै पनि बाबुले राष्ट्रपति भए पनि परिवारलाई साथ दिने पूरा अधिकार भएको उनले बताए। नार्डस्ट्रामले भने जनवरीको सुरुदेखि नै आफूले यस्तो निर्णयको तयारी गरेको बताएको छ। यो खबर आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
ट्रम्पका कारण अमेरिकामा विदेशीहरुलाई संकट
माघ २७ । सपनाको शहर अमेरिका, जान जो कोहीलाई पनि रहर हुन्छ । तर राष्ट्रपति डोलान्ड ट्रम्प को आगमनसँगै त्यहाँ विदेशीहरुलाई निकै कष्ट हुँदै आएको छ । उसो त राष्ट्रपति भए लगत्तै ट्रम्पले अमेरिका आएका आप्रवासीहरुलाई घर फर्कन निर्देशन पनि नदिएका होइनन् । अझै पनि अन्य मुलुकहरुबाट त्यहाँ विभित्रे हजारौ आप्रवासीहरुलाई रोक लगाइएको छ । त्यस्तै हाल अमेरिकामा ग्रीन कार्ड वितरण प्रक्रियामा समेत कडाइ गर्न लागिएको छ । हालै दुई सिनेटरले ग्रीन कार्ड वितरणमा कडाइ गर्नेसम्बन्धी प्रस्ताव संसदमा पेश गरेका छन् । सत्तारुढ दलका सिनेटर टोम कट्टोन र डेमोक्रेटिक पार्टीका सिनेटर डेविड पेर्ड्युले यस्तो प्रस्ताव दर्ता गरेका हुन् । सो प्रस्तावअनुसार अमेरिकामा प्रतिवर्ष भित्रिने विदेशीको संख्यामा भारी कटौती गरिने छ । यो प्रस्ताव पारित भएमा अमेरिकामा बस्दै आएका विदेशीहरु संकटमा पर्ने बताइएको छ । ग्रीन कार्ड लिने प्रक्रियामा रहेका लाखौं आप्रवासीहरु यो प्रस्तावका कारण निराश भएका छन् । अमेरिकामा वार्षिक १० लाखको हाराहारीमा विदेशीहरु प्रवेश गर्ने गरेका छन् । नयाँ प्रस्तावअनुसार यसरी आउने विदेशी नागरिकको दर वार्षिक ५ लाखको हाराहारीमा सीमित गर्ने योजना छ । उक्त प्रस्तावलाई ट्रम्प प्रशासनले समर्थन गरेको छ । संसदको दुबै सदनमा सत्तारुढ दलकै पकड बलियो रहेका कारण पनि प्र्रस्ताव पारित हुनेमा धेरैले विश्वास गरेका छन् । प्रस्ताव पारित भएमा अमेरिकामा ग्रीन कार्डको आशमा बस्दै आएका लाखौंले अमेरिका छाड्नुपर्ने अवस्था निम्तिन सक्छ । अमेरिकामा ग्रीन कार्ड पाउनका लागि १० देखि ३५ वर्ष समय लाग्ने गर्दछ । तर प्रस्ताव पारित भएमा यो समयावधि अझ लामो हुने बताइएको छ ।
काबुलमा सर्वोच्च अदालतबाहिर बम विष्फोट, कम्तीमा २० को मृत्यु
काबुल, माघ २६ . अफगानिस्तानको राजधानी काबुलस्थित उच्च अदालतमा भएको आत्मघाती आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको अफ्गानी अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । अदालतको बिदा हुने समय एक आत्मघाती आक्रमणकारीले परिसरको पार्किङ क्षेत्रमा बिष्फोट गराएको अफगान प्रहरीको दावी छ । घटनाको जिम्मेबारी अहिलेसम्म कुनै समुहले लिएको छैन । आक्रमणमा अदालतका कर्मचारी र सर्वसाधारण परेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यसैबीच ईस्लामिक बिद्रोही संगठन तालेबानले फरह प्रान्तका एक बरिष्ठ अधिकारीको हत्या गरेको दाबी गरेको छ । काबुलमा आत्मघाती आक्रमण हुनु अघि तालेबान बिद्रोहीले ती अधिकारीको हत्या गरेका थिए । यद्यपी हत्या कस्को भएको हो भन्नेबारे केही उल्लेख नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
विश्वको भविष्यको चिन्ता गर्न महिलालाई हिलारीको आग्रह
कालिफ (अमेरिका), माघ २६ । सन् २०१६ को अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहेकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले मङ्गलबार एक भिडियो सन्देश जारी गर्दै विश्वको भविष्य महिला भएको बताउनुभएको छ । गत महिना दशौँ लाख महिलाद्वारा गरिएको प्रदर्शनले महिला अब आफ्नो अधिकारका लागि मात्र सङ्घर्ष गर्ने नभएर विश्वको नेतृत्व लिन अग्रसर हुने बताउनुभयो । साहसी महिला अब अघि बढ्नु पर्छ र बोल्नुपर्छ भन्दै उहाँले किशोरी र महिला अब विश्वको भविष्यका लागि चिन्तित हुन आग्रह गर्नुुभएको छ । सन्देश सोमबार सुरु भएको तीनदिने ‘मेकर्स’ सम्मेलनका अवसरमा तयार पारिएको थियो । सम्मेलनमा अमेरिकाका उच्च पदस्थ राजनीतिकर्मी, सिने कलाकार र व्यवसायीहरुको सहभागिता रहेको छ । रासस
सर्वोच्च अदालतबाहिर आत्मघाती बम विष्फोट, २० जनाको मृत्यु, ४५ घाइते
माघ २५ – अफगानिस्तानको काबुलस्थित रहेको सर्वोच्च अदालतबो बाहिर एक आत्मघाती बम विष्फोट भएको छ । उक्त बम विष्फोटमा २० जनाको मृत्यु भएको छ भने अन्य ४५ जना घाइते भएका बीवीसीले जनाएको छ । घाइतेको संख्या बढ्ने अनुमान गरिएको त्यहाँको प्रहरीले जनाएको छ । आक्रमणकारीले अदालतको कार पार्कलाई लक्षित गरेर मंगलबार सो आत्मघाती आक्रमण गरेका थिए । आक्रमणको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।
अफगानिस्तानमा हिम पहिरो, कम्तीमा ५० जनाको मृत्यु
काबुल, माघ २४ । अफगानिस्तानको पुर्वीक्षेत्रमा पर्ने दुर्गम गाउँमा हिउँ पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ । घटनामा अन्य कैयौँ घाइते भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । “यो दुखदायी प्राकृतिक प्रकोपले हाफ्सा गाउँ र विषेशगरी वर्ग इ मताल जिल्ला निकै प्रभावित भएको छ, प्रारम्भीक विवरणहरुका अनुसार कम्तीमा ५० जनाको मृत्यु भएको छ, अरु एक दर्जन घाइते भएका छन् ।” प्रान्तीय एक उच्च अधिकारीले सिन्ह्वालाई जानकारी दिए । पाकिस्तानको सीमा क्षेत्रमा भएको सो घटनामा परि मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने अधिकारीले अनुमान गरेका छन् । अरु अनगिन्ती घरहरुमा क्षति भएको उनीहरुले जानकारी दिएका छन् । “प्रभावित क्षेत्रका सडकमा हिँउका कारण यातायात अवरुद्ध भएको छ भने उद्धार र सहयोगका लागि सुरक्षाकर्मी तथा उद्धारकर्मीहरु खटाइएको छ, उनीहरुले बाटोबाट हिउँ हटाउने प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो । अफगानिस्तानका विभिन्न ठाउँमा भएको बाक्लो हिमपात र अत्याधिक जाडोका कारण पछिल्लो तीन दिनमा मात्रै ९० जनाको मृत्यु भएको छ । सोही अवधिमा हिँउले गर्दा झण्डै २०० ओटा घरमा क्षतिीपुगेको छ । गत चौविस घन्टाको अवधिमा अफगान सुरक्षा फौज र राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणको पहलमा झण्डै चालीस ओटा सवारी साधनका कैयौँ यात्रुलाई उद्धार गरिएको छ । रासस
चिनियाँ ग्रीन कार्ड लिने विदेशीहरुको संख्या डेढ गुणाले बढ्यो
बेइजिङ, चीनको ग्रीनकार्ड लिने विदेशीहरुको संख्या गत वर्षको तुलनामा बढेको छ । चीनको सार्वजनिक सुरक्षा मन्त्रालयका अनुसार, गत वर्षभन्दा यसवर्ष चीनको स्थायी बसोबासको अनुमति (ग्रीन कार्ड) पाउनेहरुको संख्या १ सय ६३ प्रतिशते बढेको हो । प्रायजसो अमेरिका, क्यानाडा या यूरोपेली देशहरुमा स्थायी बसोबासका लागि जाने क्रम देखिएकोमा चीनमा समते स्थायी बसोबासका लागि विदेशीहरु आकर्षित भएको देखिएको छ । चीनमा स्थायी बसोबासको अनुमति लिनेहरुले अन्य नागरिक जस्तै अधिकार पाउने गर्दछन् । उनीहरुले चीनमा लगानी गर्न, घर खरी दगर्न, स्कूल पढ्नलगायतका अन्य अधिकार चिनियाँ नागरिक जस्तै पाउने गर्दछन् । यसरी स्थायी बसोबासको अनुमतिका गत वर्ष संघाईमा ६ गुणा बढीको निवेदन परेको थियो । बेइजिङमा भने यो ४ सय २६ प्रतिशतले बढेको थियो । सन् २०१५ मा मात्रै ५ करोड ६० लाख मानिसहरुले चीन भ्रमण गरेका थिए ।
ट्रम्पलाई झड्का ! अदालतको आदेशविरुद्ध गरेको अपिल खारेज
एजेन्सी, माघ २३ । विभिन्न मुलुकमाथि यात्रा प्रतिबन्ध नलगाउन संघीय अदालतले दिएको आदेशविरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको अपिल खारेज भएको छ । संघीय अदालतले विभिन्न मुलुकका नागरिकमाथि लगाइएको यात्रा प्रतिबन्धको निर्देशन निलम्बन गर्ने आदेश दिएपछि सो निर्देशन पुनस्थापना गर्न माग गर्दै ट्रम्पले अदालतमा अपिल गरेका थिए । सो अपिल असंवैधानिक र विभेदकारी भएको भन्दै अदालतले खारेज गरेको हो । आदेश निलम्बन विरुद्ध कानुन मन्त्रालयले दर्ता गरेको अपिलमा राष्ट्रपति ट्रम्पसहित आन्तरिक सुरक्षा मन्त्री जोन केली र विदेशमन्त्री रेक्स टिलेर्सनले निवेदन दिएका थिए । मुलुकको आन्तरिक सुरक्षाका लागि सो कदम चालिएको अपिलमा उल्लेख छ । ट्रम्प प्रशासनले गत साता विभिन्न ७ वटा इस्लामिक मुलुकका नागरिक तथा अन्य मुलुकका शरणार्थीलाई अमेरिका भ्रमणमा तत्काललाई प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो । सो निर्देशनको विरोध गर्दै अमेरिकाका विभिन्न शहर तथा अन्य मुलुकमा पनि प्रदर्शन भइरहेको छ । ट्रम्पको सो निर्देशन जारी भएपछि करिब ६० हजार भिसा रद्द भइसकेको बीबीसीले उल्लेख गरेको छ । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटमार्फत यात्राप्रतिबन्धको कदम विरुद्ध आदेश दिने न्यायाधीश रोबर्टको आलोचना गर्दै आफ्नो निर्देशन लागू गराएरै छोड्ने उल्लेख गरेका छन् ।


>