विदेशमा रहेका नेपाललीलाई मतदानको व्यवस्था गर्छौं : प्रधानमन्त्री
गोकुल श्रेष्ठ,न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिने बताएका छन् ।संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागि हुन आईतबार न्यूयोर्क आएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूसँगको भेटमा यस्तो सो कुरा बताएका हुन् ।
उनले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिंदै कसैलाई पनि मतदानको अधिकारबाट बञ्चित हुन नदिने बताए । उनले सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको भन्दै अब त्यसको नियमनका लागि विशेष पहल गर्ने पनि बताए ।
प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताए। उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरुलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको पनि बताए ।
अर्को प्रसंगमा प्रधानमन्त्री प्रचण्डले पार्टी पंतिको उपल्लो तहमै केहि समस्या देखिएको भन्दै अब त्यसलाई सच्याएर जानुको विकल्प नरहेको बताए ।
प्रधानमन्त्री प्रचण्ड आइतबार न्यूयोर्क आएका हुन्। उनलाई संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोग प्रतिनिधि एवं राजदुत लोक बहादुर थापाले स्वागत गरे ।
प्रधानमन्त्री प्रचण्डले आइतबार नै संयुक्त राष्ट्र संघको मुख्यालयमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेसेससँग भेटवार्ता गरेका छन् ।
महासभालाई सम्वोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साईडलाईन बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ । उनले अल्पविकसित राष्ट्रको अध्यक्ष भएका कारण पनि अहिले महासभामा सहभागि हुनै परेको बताए । प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा उपप्रधानमन्त्री खड्का
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान गरेपछि शनिबार राष्ट्रपति पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई तोकेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवम् रक्षाममन्त्री खड्काले सम्हाल्ने गरी तोकिएको हो । प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुने र त्यहाँबाट जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जानेछन्।प्रधानमन्त्री शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट न्युयोर्क प्रस्थान गरेका हुन् ।
प्रवक्ता सापकोटाद्धारा अध्यक्ष प्रचण्डको न्युयोर्क र चीन भ्रमणबारे जानकारी
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले नेपालमा शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने क्रममा रहेको तर घोषणा हुन बाँकी रहेको बताएका छन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डको न्युयोर्क भ्रमणको सन्र्दभमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा प्रवक्ता सापकोटाले शान्ति प्रक्रिया सुरु भएयता चारपटक निर्वाचन भइसकेको उल्लेख गर्दै यसलाई निष्कर्षमा पुगेको घोषणा गर्न मात्र बाँकी रहेको बताएका हुन्। पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले आजबाट हुन लागेको न्युयोर्क भ्रमण र चीन भ्रमणबारे जानकारी दिएका छन् । ‘शान्ति प्रक्रिया नेपालको मौलिक हो, शान्ति प्रक्रिया सफल भइसक्यो, शान्ति प्रक्रिया सुरु भएपछि चारवटा निर्वाचन भइसक्यो, सेना समायोजन र अरू धेरै काम भइसके, अब निष्कर्षमा पुर्याउन र घोषणा गर्न बाँकी मात्र हो।’तर यसलाई टुंगोमा पुर्याउन नदिन विभिन्न खेल भइरहेको आरोप उनले लगाए। अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको सभामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्याउन सम्बन्धमा अपिल गर्ने जानकारी दिए। ‘शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन राष्ट्रिय वातावरण नै अनुकूल बनाउनुपर्छ, तर अन्तर्राष्ट्रिय भूमिका पनि महत्त्वपूर्ण हुन्छ। यसमा विषयमा हाम्रो विशेषतासहितको मौलिक शान्ति प्रक्रिया टुंगोमा पुग्यो भनेर अध्यक्षज्यूले संयुक्त राष्ट्रसंघमा अपिल गर्नुहुनेछ।’शान्ति प्रक्रियाअन्तर्गत माओवादी लडाकु समायोजन र हतियार व्यवस्थापन भइसकेको छ भने अब टुंगो लाग्न बाँकी संक्रमणकालीन न्यायसम्बन्धी बेपत्ता नागरिक खोजबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) मात्रै छ। अमेरिकमा रहँदा अल्पविकसित देशको नेतृत्व नेपाल भएकाले अहिले देशको विकास निर्माण र आर्थिक प्रगति र सहयोग बारे कुरा हुने जानकारी दिए । साथै उनले सम्मेलनमा जलवायु परिर्वतनका असर र प्रभावबारे पनि गहिरोगरी कुरा उठाइदने बताए । उनले पार्टीले अहिले संचालन गरेको अभियान राजनीतिक सांस्कृतक पुर्नगणना भएको बताए । यो अभियानले समाजवादी क्रान्तिको आधार तय गर्न, कृषिमा गर्नुपर्ने खोज अनुसन्धान गर्न र लगानीलाई जोड दिन , उद्यौकिकरण गर्ने , राष्टिय सुरक्षाको सवालमा र विज्ञान तथा प्रवृधिको विकासँगै विचारको विकासलाई जोड दिएको बताए।
प्रधानमन्त्री प्रचण्ड आज अमेरिका जाने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका प्रस्थान गर्दै छन् । प्रधानमन्त्रीको आज साँझ ६ बजे कतार एअरलाइन्सको फ्लाइटबाट अमेरिकाको न्युयोर्कका लागि उड्ने कार्यक्रम रहेको छ । अमेरिकमा प्रधानमन्त्री १८ देखि २६ सेप्टेम्बरसम्म न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन तथा सम्बोधन गर्ने छन् । भ्रमणमा प्रधानमन्त्री सहितको नेपालका प्रतिनिधिमण्डल रहने छ । भ्रमण टोलीमा फस्ट लेडि गंगा दाहाल, फोटोग्राफर प्रदीपराज वन्त र दुईजना सुरक्षा गार्ड रहेका छन्।यो अहिले सम्मकै सबैभन्दा सानो भ्रमण टोलि हो । न्युयोर्कमा नेपालले राष्ट्र संघमा आबद्ध अल्पविकसित देशको समूह एलडीसीको अध्यक्षता गर्नेछ। अध्यक्ष देशका तर्फबाट प्रचण्डले सम्बोधन गर्नेछन्। यो फोरममा दिगो विकासका लक्ष्य एसडीजीमा चर्चा गर्ने कार्यक्रम रहेकाे छ। यस्तै प्रचण्ड अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा पनि सहभागी हुने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ। प्रधानमन्त्रीको साथमा फस्ट लेडिको रुपमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी हुनेछन् । परराष्ट्रमन्त्री साउद नेतृत्वको टोली भने न्यूयोर्क पुगिसकेको छ। राष्ट्रसंघीय महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाटै असोज ५ गते चीन जाने कार्यक्रम छ।
नेपालको समावेशी शासन प्रणालीबारे विश्व समुदायलाई जानकारी गराउन पाउनु अवसर हो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो आसन्न भ्रमणका क्रममा नेपालको मौलिकतासहितको लोकतन्त्र, समावेशी शासन प्रणालीबारे विश्व समुदायमाझ राख्न पाउनु महत्त्वपूर्ण अवसर भएको बताए । आज (शुक्रबार) प्रतिनिधिसभा बैठकमा आफ्नो अमेरिका र चीन भ्रमणबारे जानकारी गराउँदै उनले सो कुरा बताए । ‘‘न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुन गइरहेको महासभामा सरकार प्रमुखको हैसियतमा सहभागी भई नेपालको विषयबारे विश्व समुदायमाझ मुखरित गर्न पाउनुलाई मैले एउटा महत्त्वपूर्ण अवसरको रूपमा लिएको छु’’ उनले भने । उनले महासभामा नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास तथा समुन्त नेपाल निर्माणको प्रयासलाई आफूले मुखरित गर्ने बताए । उनले आफू दिगो विकास, जलवायु परिर्वतन र स्वास्थ्य चुनौती लक्ष्य हासिल गर्न वित्तीय प्रवर्द्धनका विषयहरू गहन रूपमा छलफलमा साइड लाइनमा हुने बैठकमा सहभागी हुने उनले जिकिर गरे । प्रधानमन्त्री प्रचण्डले ४७ देशको अध्यक्षता गर्न पाउनु इतिहासको विशेष कालखण्डमा आउने दुर्लभ अवसर भएको पनि जानकारी दिए । “नेपालको राजनीतिक उपलब्धि अवगत गराउने शान्ति प्रकृयालाई निष्कर्षमा पुराउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, अतिकम विकसित मुलुकबाट दिगो र स्थायी रूपमा स्तरोन्नति हुन आइपरेको चुनौतीमा विश्वको ध्यानाकर्षण गर्ने, जलवायु परिवर्तनबाट नेपाल जस्तो देशमा परेको गहिरो र दुरगामी देशमा परेको समस्या र चुनौतीको विषयमा विश्वको ध्यानाकर्षण गराउनेलगायत कार्यक्रम रहेको छ,” उनले भने । भाद्र ३० गते प्रधानमन्त्री न्यूयोर्क जाने तयारीमा छन् । उनले सानो र छरितो प्रतिनिधिमण्डल लिएर जाने जानकारी दिए । ७८औँ महासभालाई प्रधानमन्त्री प्रचण्डले २१ सेप्टेम्वर २०२३ मा सम्बोधन गर्नेछन् । यस्तो छ प्रधानमन्त्रीद्धारा संसद समक्ष प्रस्तुत जानकारी सम्माननीय सभामुख महोदय, छिमेकी मित्र राष्ट्र चीनका प्रधानमन्त्री महामहिम श्री लि छियाङ् को मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमण र संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी न्यूयोर्क प्रस्थान गर्नुअघि यस सम्मानित संसदलाई जानकारी गराउन म यहाँ उपस्थित भएको छु । सभामुख महोदय, संयुक्त राष्ट्रसंघको महासभामा राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबाट नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सहभागी हुने प्रचलन रहिआएको यस सम्मानित संसदलाई अवगत नै छ । यही प्रचलनअनुरूप संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी भई सम्बोधन गर्नका लागि विश्व संस्थाका महासचिवबाट निमन्त्रणा प्राप्त भएको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुन गइरहेको यस महासभामा सरकार प्रमुखको हैसियतमा सहभागी भई नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास र समुन्नत नेपालको निर्माणमा हाम्रो प्रयासका विषयहरूलाई विश्व समुदायमाझ मुखरित गर्न पाउनुलाई मैले एउटा महत्वपूर्ण अवसरका रूपमा लिएको छु । यसैगरी यसवर्ष दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौतीहरू, दिगो विकासका लक्ष्य हासिल गर्न वित्तीय प्रबन्ध लगायतका संयुक्त राष्ट्रसंघका सदस्य मुलुकहरूका साझा चासो एवं सरोकारका विषयहरूमा गहन रूपमा छलफल हुने गरी क्ष्मभष्लिभ मा आयोजना हुने विभिन्न उच्चस्तरीय बैठकहरुमा सहभागी हुनसमेत मलाई निमन्त्रणा प्राप्त भएको छ । यस वर्षदेखि अल्पविकसित राष्ट्रहरूको समूहको अध्यक्षको हैसियतमा नेपालले ४७ वटा मुलुकको प्रतिनिधित्व गर्दै साझा चासोका विषयहरूमा विभिन्न मञ्चमा धारणाहरू राख्नुपर्ने जिम्मेवारी हामीलाई आएको छ । यसका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भाद्र ३० मा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कतर्फ जाने मेरो तयारी रहेको छ । भ्रमणको लागि यथाशक्य सानो र छरितो प्रतिनिधिमण्डल बनाइएको छ । सभामुख महोदय, यस वर्ष १८ देखि २६ सेप्टेम्बरसम्म चल्ने संयुक्त राष्ट्रसंघको यस ७८ औं महासभाको उच्चस्तरीय सत्रमा हुने General Debate sf विषयकाे “Rebuilding Trust and Reigniting Global Solidarity: Accelerating Action on the 2030 Agenda and its Sustainable Development Goals towards Peace, Prosperity, Progress and Sustainability for AllÆ रहेको छ र असोज ४, २०८० ९तदनुसार २१ सेप्टेम्बर २०२३० मा महासभालाई नेपालको तर्फबाट मैले सम्बोधन गर्ने गरी कार्यक्रम तय भएको छ । सो अवसरमा नेपालले हासिल गरेका राजनीतिक उपलब्धिहरूबारे अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने नेपालको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव लिने, अतिकम विकसित मुलुकबाट दिगो र स्थायी रूपमा स्तरोन्नति हुन आइपरेका चुनौतीहरूबारे विश्व समुदायको ध्यानाकर्षण गर्ने, अल्पविकसित मुलुकहरूको समूहको अध्यक्षको हैसियतले यो समूहका सदस्य राष्ट्रहरूले झेल्दै आएका विशिष्ट चुनौतीहरूबारे आवाज उठाउने, जलवायु परिवर्तनबाट नेपालजस्तो पर्वतीय मुलुकमा परेको गहिरो र दूरगामी प्रभावहरू लगायतका नेपालका लागि चासोका विषय र प्राथमिकताहरूप्रति विश्व समुदायको ध्यानाकर्षण गराउने तयारी छ । महासभाका दौरान आयोजना हुनेFinancing for Development, Pandemic Prevention, Preparedness and Response, Universal Health Coverage लगायतका विषयमा हुने उच्चस्तरीय बैठकहरू एवं संयुक्त राष्ट्रसंघका महासचिवले आयोजना गर्नुहुनेClimate Action Summit मा समेत सहभागी भई नेपालको धारणा राख्ने तयारी नेपालले गरेको छ । यही असोज १ र २ मा आयोजना हुने High Level Political Forum on Sustainable Development, (SDG Summit) मा समेत अल्पविकसित राष्ट्रहरूको समूहको अध्यक्ष राष्ट्रको हैसियतमा मैले सम्बोधन गर्ने कार्यक्रम छ । उक्त मञ्चमा अतिकम विकसित मुलुकहरूले भोग्नुपरेका साझा समस्या तथा चुनौतीहरू, सन् २०३० भित्र दिगो विकासका लक्ष्यहरू हासिल गर्न आइपरेका व्यवधानहरू एवं विकासोन्मुख मुलुकका रूपमा स्तरोन्नति हुन लागेका नेपाल जस्ता मुलुकहरूले दिगो विकास एवं समृद्धिको पथमा अग्रसर रहिरहन आगामी दिनमा चाल्नुपर्ने साझा कदमका विषयमा केन्द्रित रही मैले आफ्ना भनाइहरू प्रस्तुत गर्ने योजना बनाएको छु । सभामुख महोदय, यस ७८ औं महासभाको Sidelines मा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस (H E Antonio Guterres) लगायत विभिन्न मित्र राष्ट्रका राष्ट्रप्रमुख एवं सरकार प्रमुखहरूसँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गर्ने गरी तयारी भइरहेको छ । यी भेटवार्ताहरुमा नेपालको राष्ट्रिय हित, पारस्परिक सहयोग र दिगो विकासका मुद्दाहरूलाई केन्द्रमा राखेर छलफल गर्ने योजना छ । यसैबीच असोज २ मा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति महामहिम Joseph Biden ले आयोजना गर्नुहुने जलपान कार्यक्रममा समेत सहभागी हुने तय भएको छ । सम्माननीय सभामुख महोदय, संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन पश्चात असोज ५ गते छिमेकी मुलुक जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि हाङ्गजाउ जाने कार्यक्रम तय भएको छ । संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिका बीच अत्यन्त छोटो समय रहेका कारण म न्यूयोर्कबाट सिधै छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बन्न गएको हो । नेपाल र चीनबीच सदियौंदेखि सौहार्दपूर्ण एवं अति घनिष्ठ सम्बन्ध रही आएको छ र हालैका वर्षहरूमा यो सम्बन्ध बहुआयामिक क्षेत्रमा अझ व्यापक र थप घनिष्ठ बन्दै गएको छ । चीन लामो समयदेखि नेपालको विकास साझेदार रहेको र नेपालको सर्वाङ्गीण विकासको प्रयासमा सहयोग गर्दै आएको छ । नेपालको प्रधानमन्त्रीको हैसियतमा मेरो यो तेस्रो चीन भ्रमण हुनेछ । यस भ्रमणले नेपाल–चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुनेछ भन्ने मैले विश्वास लिएको छु । यस भ्रमणलाई नेपाल र नेपाली जनताको हित एवं नेपाल चीन सम्बन्धलाई थप मजबुत तुल्याउन सदुपयोग गर्ने मेरो प्रयास रहने कुरा म सम्मानित सदनलाई अवगत गराउन चाहन्छु । हाङ्गजाउमा नै चिनियाँ राष्ट्रपति महामहिम सी चीनफिङ Xi Jinping सँग भेटघाटको कार्यक्रम रहेको छ । सोही दिन म १९ औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुनेछु । त्यस्तै २५ सेप्टेम्बरमा बेइजिङ्गमा समकक्षी महामहिम लि छियाङ् ९ीष् त्तष्बलन० सँग मेरो भेटघाट तथा द्विपक्षीय वार्ताको कार्यक्रम रहेको छ । त्यसपछि कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेको चीनको छोङछिङ्ग ९ऋजयलनत्रष्लन० महानगरपालिकामा रहेको छोङछिङ्ग एकेडमी अफ एग्रीकल्चरल साइन्स ऋजयलनत्रष्लन ब्अबमझथ या ब्नचष्अगतिगचब िक्अष्भलअभक लगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ । छोङछिङ्गको भ्रमण पश्चात नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गरी नेपाल फर्कने कार्यक्रम रहेको व्यहोरा सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु । कोभिड महामारीपछि प्रधानमन्त्रीको स्तरमा हुने पहिलो उच्चस्तरीय भ्रमणले नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउनका साथै नेपालको पूर्वाधार विकास, कृषि, उर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा लगायत विविध क्षेत्रमा छिमेकी मित्रराष्ट्र चीनबाट प्राप्त सहयोगबारे छलफल हुनेछ । भ्रमणका क्रममा कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा समेत कुराकानी हुनेछ । नेपालको प्रधानमन्त्रीको हैसियतमा मैले गर्ने छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणबाट दुई देशबीच रहिआएको परम्परागत घनिष्ट र सहयोगात्मक सम्बन्ध थप सुदृढ हुने तथा आपसी सहयोगका क्षेत्रहरू थप विस्तार हुँदै जाने मैले विश्वास लिएको छु । साथै, संघीयता लागु भएपछिको दोस्रो आम निर्वाचनपश्चात बनेको सरकार प्रमुखको हैसियतमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने र नेपालको चासोका विषयहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने एवं शान्ति, दीगो विकास, जलवायु परिवर्तन जस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग र सद्भाव हासिल गर्न सहयोगी हुने विश्वास मैले लिएको छु । अन्त्यमा, म केही समसामयिक विषयमा प्रष्ट पार्ने अनुमति चाहन्छु । अवैध सुन तस्करीको सम्बन्धमा सिआइबीले अनुसन्धान टुंगाई प्रतिवेदन बुझाइसकेको छ । यस अघि भएको सहमतिअनुसार उच्चस्तरीय छानविन आयोग बनाउने प्रक्रिया अगाडि बढेकोसमेत यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु । यसैगरी नेपाली कांग्रेसका नेता महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारलाई सरकारले गम्भीररुपमा लिएको छ । आक्रमणकारीलाई प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको जानकारी गराउँदछु । यस प्रकारका आक्रमणका घटना हुन नदिन र शान्ति सुव्यवस्था मिलाउन सरकार प्रतिवद्ध छ । धन्यवाद ।
जलवायु परिवर्तनमा भइरहेको सहयोग ऋणमा होइन अनुदानमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल क्षेत्रीय तथा विश्वव्यापी जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेको र जलवायु परिवर्तनमा भइरहेको लगानी बढी ऋणमा केन्द्रित भएको विषयप्रति असहमति प्रकट गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले अनुकूलन, उत्थानशीलता र हानि तथा नोक्सानी अवधारणा प्रवर्धनमा प्रदान गरिने सहयोग वित्त अनुदान र जलवायु न्यायको रूपमा आउनुपर्ने सुनिश्चितताको पैरवी गर्ने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले परिवर्तित जलवायुले मनसुन वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक परिवर्तन, तापक्रम वृद्धि तथा वर्षामा आउने व्यापक फेरबदल, प्रकोप र विपद्का वृद्धि र अतिशय घटनाका कारण नेपाली जनताले बहुपक्षीय चुनौतीहरूको सामना गर्नुपर्ने देखिएको जानकारी दिए। ‘‘नेपाल क्षेत्रीय तथा विश्वव्यापी जलवायु परिवर्तनको कारण उच्च जोखिममा छ । परिवर्तित जलवायुले मनसुन वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक परिवर्तन, तापक्रम वृद्धि तथा वर्षामा आउने व्यापक फेरबदल, प्रकोप र विपद्का वृद्धि र अतिशय घटनाका कारण नेपाली जनताले बहुपक्षीय चुनौतीहरूको सामना गर्नुपर्ने देखिन्छ ।,’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘खासगरी गरिब, महिला, आदिवासी तथा अन्य सीमान्तकृत वर्ग जलवायुजन्य जोखिमबाट बढी प्रभावित छ । जलवायु परिवर्तनको समस्याका साथै बढ्दो वातावरण प्रदूषण र जैविक विविधतामा ह्रास हुनु अर्को ठुलो चिन्ताको विषय बनेको छ । यिनै चुनौतीहरूलाई ध्यानमा राखी मेरो नेतृत्वको सरकारले जलवायु परिवर्तन तथा वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेको यहाँहरूलाई अवगतै छ । यही नीतिअनुरूप राष्ट्रिय परिषद्को बैठकमा समसामयिक र अति महत्त्वका विषयमा आजको बैठक सञ्चालन भएको छ ।’’ साथै, प्रधानमन्त्रीले यही २० सेप्टेम्बर २०२३ का दिन संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हुन लागेको जलवायु महत्त्वाकाङ्क्षी शिखर सम्मेलनमा सहभागी हुने कुराको जानकारी पनि दिए। प्रधानमन्त्रीले ‘‘यही २० सेप्टेम्बर २०२३ का दिन संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हुन लागेको जलवायु महत्त्वाकाङ्क्षी शिखर सम्मेलनमा मेरो नेतृत्वमा नेपाली प्रतिनिधि मण्डलको सहभागिता हुनेछ । यो सम्मेलनमा जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा सरकार, निजी क्षेत्र, नागरिक समाज र स्थानीय सरोकारवालाहरूले गरेका उल्लेखनीय कामको प्रस्तुति र न्यायोचित एवम् समावेशी नवीकरणीय ऊर्जा र जलवायु–उत्थानशील विश्वव्यापी अर्थतन्त्रलाई गति दिन विश्वव्यापी इच्छाशक्तिको सुनिश्चितता गर्न महत्त्वपूर्ण राजनीतिक कोसेढुङ्गा साबित हुनेमा म आशावादी छु ।’’ भने । सम्मेलनमा नेपालले उठाउनुपर्ने विषयहरूमा आजको परिषद् बैठकमा उठेका विषय र सुझावलाई मध्यनजर गरी समग्र राष्ट्र र जोखिममा रहेका जनताको हितमा केन्द्रित गर्न प्रधानमन्त्री निर्देशित गरेका छन् । उनले गरिब, महिला र विपन्न वर्गमा जलवायु परिवर्तनले परिरहेका असरलाई सम्बोधन गर्न थप सहयोगको प्रतिबद्धता र जलवायु न्यायको प्रश्नलाई सम्बोधन गर्न आवश्यक जानकारी दिए । प्रधानमन्त्री प्रचण्डको सम्बोधनको पूर्णपाठ वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को दोस्रो बैठकको अध्यक्षता गर्न पाउँदा मलाई खुसी लागेको छ । यस परिषद् बैठकमा उपस्थित मा। उपप्रधानमन्त्री, मा। मन्त्रीहरू, मा। मुख्यमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका मा। सदस्य, प्राध्यापक, विज्ञ लगायत सबैलाई हार्दिक स्वागत गर्दछु । नेपाल क्षेत्रीय तथा विश्वव्यापी जलवायु परिवर्तनको कारण उच्च जोखिममा छ । परिवर्तित जलवायुले मनसुन वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक परिवर्तन, तापक्रम वृद्धि तथा वर्षामा आउने व्यापक फेरबदल, प्रकोप र विपद्का वृद्धि र अतिशय घटनाका कारण नेपाली जनताले बहुपक्षीय चुनौतीहरूको सामना गर्नुपर्ने देखिन्छ । खासगरी गरिब, महिला, आदिवासी तथा अन्य सीमान्तकृत वर्ग जलवायुजन्य जोखिमबाट बढी प्रभावित छ । जलवायु परिवर्तनको समस्याका साथै बढ्दो वातावरण प्रदूषण र जैविक विविधतामा ह्रास हुनु अर्को ठुलो चिन्ताको विषय बनेको छ । यिनै चुनौतीहरूलाई ध्यानमा राखी मेरो नेतृत्वको सरकारले जलवायु परिवर्तन तथा वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेको यहाँहरूलाई अवगतै छ । यही नीतिअनुरूप राष्ट्रिय परिषद्को बैठकमा समसामयिक र अति महत्त्वका विषयमा आजको बैठक सञ्चालन भएको छ । यही २० सेप्टेम्बर २०२३ का दिन संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हुन लागेको जलवायु महत्त्वाकाङ्क्षी शिखर सम्मेलनमा मेरो नेतृत्वमा नेपाली प्रतिनिधि मण्डलको सहभागिता हुनेछ । यो सम्मेलनमा जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा सरकार, निजी क्षेत्र, नागरिक समाज र स्थानीय सरोकारवालाहरूले गरेका उल्लेखनीय कामको प्रस्तुति र न्यायोचित एवम् समावेशी नवीकरणीय ऊर्जा र जलवायु–उत्थानशील विश्वव्यापी अर्थतन्त्रलाई गति दिन विश्वव्यापी इच्छाशक्तिको सुनिश्चितता गर्न महत्त्वपूर्ण राजनीतिक कोसेढुङ्गा साबित हुनेमा म आशावादी छु । उक्त शिखर सम्मेलनमा विश्व तापमान वृद्धिलाई सीमित गर्न विश्वका धनी र विकसित राष्ट्रहरूलाई आफ्नो प्रतिबद्धताको जिम्मेवारी पालनाका लागि नेपालले पैरवी गर्नेछ । अनुकूलनका लागि दोब्बर घोषणा गरिएको वित्तको प्रवाह अनुदानस्वरूप प्रदान गर्ने सहमतिको शीघ्र र पूर्ण कार्यान्वयन हाम्रो जोडदार माग हुनेछ । यस्तै नेपालले जलवायु वित्तको पहुँचमा भोगिरहेको समस्याको प्रक्रियागत कठिनाइ, कोषको बाँडफाँडमा देखिएको असमानता र अन्य कठिनाइका बारेमा सम्बन्धित निकायहरूसँग छलफल गरिनेछ । विशेष गरी अहिले जलवायु परिवर्तनमा भइरहेको लगानी बढी ऋणमा केन्द्रित भएको विषयप्रति असहमति प्रकट गर्दै हामीले अनुकूलन, उत्थानशीलता र हानि तथा नोक्सानी अवधारणा प्रवर्धनमा प्रदान गरिने सहयोग वित्त अनुदान र जलवायु न्यायको रूपमा आउनुपर्ने सुनिश्चितताको पैरवी गर्नेछौँ । यही नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म संयुक्त अरब इमिरेट्सको दुबइमा जलवायु परिवर्तन सम्बन्धी बैठक हुँदैछ । यस सम्मेलनमा नेपालले उठाउनुपर्ने विषयहरूमा आजको परिषद्को बैठकमा उठेका विषय र सुझावलाई मध्यनजर गरी समग्र राष्ट्र र जोखिममा रहेका जनताको हितमा केन्द्रित गर्न निर्देशित गर्दछु । गरिब, महिला र विपन्न वर्गमा जलवायु परिवर्तनले परिरहेका असरलाई सम्बोधन गर्न थप सहयोगको प्रतिबद्धता र जलवायु न्यायको प्रश्नलाई सम्बोधन गर्न आवश्यक छ । यस विषयमा कोपमा थप राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको छलफल जरुरी छ । अनुकूलन वित्तको सहयोगबाट राष्ट्रिय र स्थानीय तहको अनुकूलन र स्थानीय समुदायको लाभमा परिचालन सुनिश्चित गर्न स्थानीय अनुकूलन योजना कार्यान्वयन र स्थानीय स्तरमा ८० प्रतिशत जलवायु वित्त प्रवाहमा हासिल गरेको सफलतालाई विश्वसामु प्रस्तुत गरी स्थानीय तहको अनुकूलनका लागि निश्चित वित्तको व्यवस्था सम्बन्धी हामीले पैरवी गर्नुपर्नेछ । पर्वतीय राष्ट्रहरूको समस्याको पहिचान र सम्बोधनमा विश्वको ध्यानाकर्षण गर्ने ठोस पहल आवश्यक छ । नेपालले उस्तै समस्या भएका पर्वतीय मुलुकहरूको समस्याहरूलाई रणनीतिक रूपमा उठान गरी पर्वतीय मुलुकहरूसँग सहकार्यको रणनीति बनाउन पनि आवश्यक छ । पर्वतीय क्षेत्रलाई लक्षित गरेर विशेष योजना र कार्यक्रम तय गर्न र यसका लागि निजी क्षेत्रसहित सबैखाले लगानी आकर्षित गर्नुपर्ने हुनाले यसतर्फ कोप २८ मा विभिन्न सरकारवालासँग छलफल र सहकार्य गर्न आग्रह गर्दछु । परिषद्को संरचनामा जलवायु परिवर्तनबाट उच्च जोखिममा रहेका विषयगत क्षेत्रका सङ्घीय मन्त्रीहरू र प्रदेशका मुख्यमन्त्रीहरू सदस्य रहनु र आवश्यकताअनुसार आमन्त्रित सदस्यहरू अध्यक्षले बोलाउनसक्ने व्यवस्था भएकाले जलवायु परिवर्तन कार्य गर्न तीनै तहका सरकारहरूबिच आवश्यक समन्वय, सहकार्य तथा सहयोगका लागि परिषद्को भूमिका महत्त्वपूर्ण हुनेछ । अन्त्यमा जलवायु परिवर्तनबाट सिर्जित समस्या र चुनौतीहरूलाई उपयुक्त नीति, कार्यक्रम बजेट व्यवस्था गरी प्रभावकारी कार्यान्वयनमार्फत समाधान गर्न सम्बन्धित सबै तह र निकायहरूलाई निर्देशित गर्दै परिषद्को बैठक सही समापन भएको जानकारी गराउँछु, धन्यवाद ।
आज मन्त्रिपरिषद् बैठक बस्ने
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बस्ने छ । बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका र चीन भ्रमणको पूर्वसन्ध्यामा बस्न लागेको हो । बैठकमा सरकारका कामकारबाही, प्रधानमन्त्रीको भ्रमणका साथै विविध एजेण्डमा छलफल हुने बताइएको छ ।
बालबालिकामा लगानी वृद्धि गर्न प्रधानमन्त्रीको अपील
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्षदेखि लागु हुने योजना र कार्यक्रम तर्जुमामा बालबालिकामा लगानी वृद्धि गर्न अपील गरेका छन् ।५९ औं राष्ट्रिय बाल दिवसको असरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डद्धारा शुभकामना सन्देशमा भनिएको छ -‘बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारहरूको संरक्षण र संवर्धन गर्न गराउन नेपाल सरका र प्रदेश सरकारका सम्बन्धित मन्त्रालय तथा निकाय र सम्बन्धित स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपील गर्दछु।’ ५९ औं राष्ट्रिय बाल दिवस “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ मनाउन लागिएको छ । नेपालको संविधान, बालबालिका सम्बन्धी कानून र नीतिहरूमा भएका कानूनी, नीतिगत र संस्थागत व्यवस्थाहरू कार्यान्वयन गर्न गराउन योजना तथा कार्यक्रम तर्जुमा गरी बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वर्धन, सम्मान, प्रवर्धन र परिषूर्ति गर्न नेपाल सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताएका छन् । यस्तो छ शुभकामना सन्देश
प्रधानमन्त्रीको अमेरिका भ्रमण, यस्तो छ कार्यतालिका
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्र संघको ७८औँ महासभामा भाग लिन शनिबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन् । उनले असोज ४ गते (२१ सेप्टेम्बर) महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले महासभाको उद्घाटन सत्रमा भाग लिनुका साथै असोज ३ (१९ सेप्टेम्बर)मा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यहाँ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाटका साथै, विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । भ्रमणमा प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल, गंगा दाहाल र परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरू जाने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उनी अमेरिकाको न्युयोर्कबाट सिधै चीन जानेछन् । चीन भ्रमण असोज ५ गतेबाट सुरु हुनेछ ।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने, संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को ९१० बमोजिम जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित
काठमाडौं । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा प्रतिनिधिसभा बैठकबाट शोक प्रस्ताव पारित गरिएको छ । नेम्वाङ संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य थिए । उनी ०४८ र ०५२ सालमा राष्ट्रियसभा सदस्य रहे । नेम्वाङ ०५६ मा इलाम क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य, ०३६ र ०७० सालको संविधानसभा निर्वाचनमा इलाम–२ तथा ०७४ र २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि इलाम–२ बाटै निर्वाचित भए । प्रतिनिधिसभा बैठकमा स्व.नेम्वाङको निधनको शोकमा एक मिनेट मौनधारण गरिएको थियो । गएको मंगलबार बिहान नेम्वाङको निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २९ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।
नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु
काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु गरिएको छ । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो । उनको निजी निवास बालुवाटारबाट सुरु शवयात्रा शिक्षण अस्पताल, महाराजगन्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्नेछ । पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिनेछ ।
नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदै, देशभर शोक बिदा
काठमाडौं । तत्कालिन संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुबासचन्द्र नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिदैछ । गत सोमबार राति हृदयघातबाट निधन भएका नेम्वाङको बिहीबार अन्त्यष्टि गर्न लागिएको हो । विदेशमा रहेका छोराहरु फर्किन समय लाग्दा नेम्वाङको अन्त्यष्टि गर्न ढिलाई भएको हो । बिहीबार बिहान ११ बजे बालुवाटारस्थित नेम्वाङको निवासबाट शवयात्रा निकालेर दिउँसो पशुपति आर्यघाटमा वैदिक तथा लिम्वु विधि अनुसार अन्त्यष्टि गरिने बुझिएको छ । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ । त्रिवि शिक्षण अस्तापलत महाराजगञ्जमा निधन भएका नेम्वाङको पार्थिब शरीर मंगलबार बिहानदेखि बुधबार बिहानसम्म श्रद्धाञ्जलीका लागि एमाले मूख्यालयमा राखिएको थियो भने बुधबार नेम्वाङको निवासमा लगिएको थियो । निवासमा लिम्वु सँस्कार अनुसारको कर्म गरिएको बुझिएको छ । सरकारले बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ ।
सुवास नेम्वाङको अन्त्यष्ठीका दिन माओवादीद्धारा सार्वजनिक कार्यक्रमहरू स्थगित
काठमाडौं । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष क.सुवास नेम्वाङको अन्त्यष्ठी गरिने दिन माओवादी केन्द्रले संचालन गरिरहेको अभियानका आन्तरिक कोठाहरुमा गरिने बैठक र छलफलहरु बाहेकका सार्वजनिक कार्यक्रमहरू २८ गतेका लागि स्थगित गरेको छ ।नेम्वाङको श्रद्धाका लागि माओवादी केन्द्रले सो निर्णय गरेको बागमती प्रदेश कार्यलयले एक सूचना जारी गर्दै जनाएको छ । यस्तो छ सूचना प्रिय कमरेड अभिबादन । उपरोक्त सन्दर्भमा संबिधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष क.सुवास नेम्वाङको भोली मिति २०८० भाद्र २८ गते राजकिय सम्मानका साथ अन्त्यष्ठी गरिने र नेपाल सरकारले सार्वजनिक विदा समेत घोषणा गरेको यस शोकपुर्ण सन्दर्भमा हाम्रो पार्टीले संचालन गरिरहेको अभियानका आन्तरिक कोठाहरुमा गरिने बैठक र छलफलहरु बाहेकका सार्वजनिक कार्यक्रमहरु २८ गतेका लागि स्थगित गरी श्रद्धा ब्यक्त गर्नु हुन पार्टी केन्द्रको आदेश अनुसार अनुरोध गरिन्छ । नेकपा (माओबादी केन्द्र) बागमती प्रदेश कार्यलय ,
प्रहरीको पोशाक प्रयोग गर्नु पूर्व स्वीकृति लिनुपर्ने
काठमाडौं । नेपाल प्रहरीको पोशाक प्रयोग गर्नु पूर्व नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखा नक्सालमा पोशाकको प्रयोग गर्नुको प्रयोजन तथा आवश्यकता अनुसार उक्त भिडियोको स्क्रिप्ट समेत खुलाई पूर्व स्वीकृति लिनुपर्ने भएको छ । हेर्नुहोस् प्रेस विज्ञप्ति
जनतालाई परिणाम दिन जोखिम मोल्न तयार हुनुपर्छः प्रधानमन्त्री
भाद्र २७, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम नदिने भन्दै आफ्नो कार्यादेशअनुसार जोखिम उठाउन कर्मचारीहरूलाई निर्देशन दिए । रिपोर्ड कार्डको प्रस्तुतिपछि बोल्दै प्रधानमन्त्री “प्रचण्ड”ले जोखिम उठाउन तयार हुने मनोविज्ञानले मात्र राम्रो परिणाम दिने बताए। उनले भने, “हामी सबैले जिम्मेवारी बहन गर्नेतिरबाट सोच्नुपर्छ। जिम्मेवारी पन्छाउने प्रवृत्तिले परिणाम दिँदैन। जिम्मेवारीमा जोखिम हुन्छ, जोखिम मोल्न तयार हुने हुनुपर्दछ।” प्रधानमन्त्रीले भने, “नीति तथा कार्यक्रम र बजेटको मासिक समीक्षा गर्ने प्रक्रियाको सुरूवात भएको छ। यो आफैमा राम्रो सुरूवात हो। तर, राम्रो परिणाम ल्याउन आउने दिनहरूमा धेरै मेहेनत गर्नुपर्दछ। त्यसरी मात्र परिणाम दिन सकिन्छ।” कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको “आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा” शीर्षकको रिपोर्ट कार्डमा गत वर्षको तुलनामा यस आर्थिक वर्षमा आर्थिक परिसूचकहरूमा राम्रो सुधार आएको उल्लेख छ। आ.ब. २०७८।०७९ मा भुक्तानी सन्तुलन २५५.२६ अर्ब ऋणात्मक रहेकोमा आ.ब. २०७९।०८० मा सुधार आई २९०.५२ अर्ब भएको छ। त्यसैगरि वैदेशिक विनिमय सञ्चिति १२१५.८ अर्ब रहेकोमा यस आर्थिक वर्षमा १५३९.३६ अर्ब रहेको, रेमिट्यान्स प्राप्ति गत वर्ष १००७.३१ रहेकोमा यस वर्ष १२२०.५६ अर्ब रहेको सरकारको तथ्यांक रहेको छ। त्यसैगरि आर्थिक वर्ष २०७८।०७९ मा आयात १३१.३ अर्ब रहेकोमा यस वर्ष १२९.२ अर्ब, निर्यात १४.८ अर्ब रहेकोमा यस वर्ष १३.५ अर्ब रहेको, व्यापार सन्तुलन ११६.५ अर्ब ऋणात्मक रहेकोमा यस वर्ष पनि ११५.७ अर्ब ऋणात्मक देखिएको छ। त्यस्तै बजेट खर्च २०७९ श्रावणमा १.२४ प्रतिशत रहेकोमा २०८० श्रावणमा १.९ प्रतिशत देखिएको छ। रिपोर्ट कार्डमा सरकारका विभिन्न मन्त्रालयहरू आर्थिक वर्ष २०८०।०८१ मा सम्पादन गरेका कामहरू र त्यसको प्रगति बिबरण उल्लेख गरिएको छ। यस आर्थिक वर्षमा अर्थ मन्त्रालयले नयाँ भन्सार ऐन मन्त्रिपरिषदमा पेश गरेको, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लघु घरेलु तथा साना उद्यम विकास कार्यक्रम प्रवद्र्धन गर्न नीतिको मस्यौदा तयार पारिएको, भैरहवा विशेष आर्थिक क्षेत्रमा ३३ केभिए सबस्टेशन निर्माण गरिएको, सिमरा विशेष आर्थिक क्षेत्रको ब्लक ए सवस्टेशन निर्माण भएको कार्डमा उल्लेख छ। त्यसैगरि उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयले साञ्जेन जलविद्युत आयोजना (४२.५ मेगावाट) को ट्रान्समिसन लाइनको बाँकी कार्य सम्पन्न भएको, बबई सिचाइ आयोजना अन्तर्गत थप ३ किलोमिटर नहर निर्माण कार्य पूरा गरिएको लगायतको उल्लेख छ। रिपोर्ट कार्डमा सबै मन्त्रालयका माइलस्टोन, सम्पन्न भएका कामहरू, चालु कामहरू र प्रारम्भ नै नभएका कामहरूको सूचि उल्लेख छन्। त्यसमध्ये कृषि तथा पशुपन्छी विकास मन्त्रालयले १० वटा माइलस्टोनमा ३ वटा सम्पन्न भएको, ४ वटा चालु अवस्थामा रहेको, ३ वटा सुरू नभएको, खानेपानी मन्त्रालयका ४ माइलस्टोनमध्ये ३ वटा पूरा भएको र १ वटा चालु अवस्थामा रहेको, गृह मन्त्रालयको माइलस्टोनमा ९ मध्ये ८ वटा सम्पन्न भएको उल्लेख छ। त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका ३ माइलस्टोनमध्ये २ वटा सम्पन्न भएको र १ वटा चालु अवस्थामा रहेको, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका ८ माइलस्टोनमध्ये २ वटा सम्पन्न भएका र ५ वटा चालु अवस्थामा रहेको, युवा तथा खेलकुद मन्त्रालयका ४ माइलस्टोनमध्ये २ वटा सम्पन्न भएका र २ चालु अवस्थामा रहेको, रक्षा मन्त्रालयको १५ माइलस्टोनमध्ये ४ वटा सम्पन्न भएका र २ वटा चालु अवस्थामा रहेको, वन तथा वातावरण मन्त्रालयको ५ मध्ये ३ माइलस्टोन सम्पन्न भएको, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ३२ माइलस्टोनमध्ये २४ सम्पन्न भएका र ८ वटा चालु अवस्थामा रहेको रिपोर्ट कार्डमा उल्लेख छ। त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ४, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ३, सहरी विकास मन्त्रालयले १, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४, प्रधानमन्त्री कार्यालयले २, राष्ट्रिय योजना आयोगले १, राष्ट्रिय सतर्कता केन्द्रले २, सार्वजनिक खरिद अनुगमन कार्यालयले २ वटा माइलस्टोन पूरा गरेको रिपोर्ट कार्डमा उल्लेख छ। रिपोर्ड कार्डमा अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवस्थामा राम्रो सुधार आएको देखिए पनि लक्ष्यअनुसारको प्रगति हुन नसकेको उल्लेख छ।