काँग्रेस बागमतीकाे बैठक: कोषाध्यक्षसहित विभिन्न समिति र विभागहरु गठन (काे काे परे त?)
नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिको हेटौंडामा सोमबार भएको बैठकले कोषाध्यक्षसहित विभिन्न समिति र विभागहरु गठन गरेको छ ।
प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले कोषाध्यक्षमा दीर्घमान श्रेष्ठलाई चयन गरेको छ ।
बैठकले १६ सदस्यीय कार्यसम्पादन समितिसमेत थप गरेको छ ।
काे काे परे त सदस्यमा?
रूमा प्रभात तामाङ
सन्तबहादुर प्रजा
प्रमोद रिमाल
इन्द्रमान महर्जन
तारा गुरुङ्ग्कै
कैलाश कोइराला
गंगा दाहाल
अर्जुन उप्रेती
नातिकाजी कार्की
सरु बानियाँ
विवशकुमार वाईबा
जितबहादुर मगर
चित्रबहादुर कार्की
महान अर्याल
डा भगवान खड्का
लक्ष्मी महर्जन
प्रदेश संसदीय समिति
जगदिशनरसिं केसी
लामा कार्पु तामाङ
तिलक रुवाली
दीपेन्द्र आचार्य
भद्रा भण्डारी
कृष्णलाल भँडेल
निमा लामा
छिरिङ्ग दोर्जे लामा
अर्जुन न्यौपाने
बैठकले प्रवक्ता, लेखा समिति संयोजक, अनुशासन समिति र विभागहरुको संयोजकहरू समेत गठन गरेको छ ।
प्रवक्ता
तिलक रुवाली
लेखा समिति संयोजक
्कृष्णकुमार श्रेष्ठ (सिन्धुली)
सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा चम्फुरत्न लामा र तारादेवि दुलाल पन्त सदस्य रहेको प्रदेश अनुशासन समिति गठन गरिएको छ । त्यस्तै हेटौंडामा भएको तेश्रो बैठकले प्रदेश विभाग प्रमूखहरुसमेत तोकेको छ । कानुन तथा संसदीय मामिला विभागमा सानुकान्छा श्रेष्ठ, प्रदेश तथा स्थानीय निकाय उपेन्द्र लम्साल, भातृसंस्था समन्वय विभागमा प्रज्वल दवाडी, पेशागत तथा बुद्धिजीवीमा प्रा.डा. केशवभक्त सापकोटा रहेका छन् ।
भाषा, साहित्य कला संस्कृतिमा धनकुमारी थापा (सरु), शिक्षा विज्ञान तथा प्रविधिमा रमेशकुमार बखती, स्वास्थ्य विभागमा डा। अमित सिं कार्की, गैरसरकारी संस्था तथा सामाजिक सेवामा रुकु अधिकारी, उद्योग व्यापार वाणिज्य तथा आपूर्तिमा निर्मला पण्डित, युवा तथा खेलकुदमा राजिव पौडेल, ट्रेड युनियन तथा श्रमिकमा भगवती कुमारी खड्का र बैदेशिक रोजगार समन्वय विभागमा सविन तामाङ्ग संयोजक रहनुभएको प्रवक्ता रुवालीले जानकारी दिए ।
प्रदेश कार्यसमितिका सदस्यहरुलाई भोलि चैत्र ८ गते मंगलबार विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म स्थानीय तह निर्वाचन सम्बन्धि प्रशिक्षण कार्यक्रम रहेको प्रवक्ता रुवालीले बताए ।
पोलिटब्यूरो बैठकमा ओलीको छटपटीः मतपत्रको रङलाई देखे ‘आयोगको षडयन्त्र’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरी आफ्नो छटपटी पोखेका छन् । एमसिसी प्रकरणमा गठबन्धन भत्काउन असफल बनेपछि ओलीले गैर राजनीतिक र तर्करहितका अभिव्यक्ति दिन थालेको आलोचनाबीच उनले आज समेत सोही बमाजिमको सम्बोधन गरेका छन् । ओलीले विगत केही समययता निर्वाचन आयोगलाई निशाना बनाइरहेका छन् । काठमाडौंमा आयोजित पोलिट्ब्युरोको प्रथम बैठकमा अध्यक्ष ओलीले मतपत्रको रङमा षडयन्त्र भएको विषयलाई फेरी दोहोर्याए । यसपटक भने उनले आयोग र गठबन्धनकै बीच साँठगाँठ भएको समेत आरोप लगाए । एमालेको स्थानीय तहमा वर्चश्व रहेकाले पदाधिकारीले राजीनामा दिएर मात्र उम्मेदवारी दिनुपर्ने नियम बनाएको उनको आरोप छ । ‘हामीसँँग छलफल गर्नु पर्दैन ? सत्तारुढ गठबन्धन र आयोगबीच छलफल हुने, हामीसँग गर्नुनपर्ने ?’, उनले भने, ‘स्थानीय तहमा एमालेको वर्चश्व छ । गठबन्धनको इशारामा आयोगले स्थानीय तहको पदाधिकारीमा उम्मेदवारी दिन बहालवाला पदाधिकारीले राजीनामा दिनुपर्ने बनाइयो ।’ ओलीको आक्रोशलाई अन्य दलहरुले भने छटपटीको संज्ञा दिएका छन् । निर्वाचनमा एक्लो परिने र हार ब्यहोर्नुपर्ने पीडाको अभिव्यक्ति भएकोले ओलीले अनावश्यक आरोप लगाइरहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाइसिएल नेपालका संयोजक दीपशिखाले बताए । “उनीहरुसँग न एजेण्डा बाँकी छन्, न जनतामाझ जाने कुनै नैतिक आधार नै ।” दिपशिखाले भने, “त्यसैले उनीहरु छटपटाएका छन् । यस्ता आरोप र आलोचनाले अर्थ राख्दैन ।
अखिल क्रान्तिकारीका जिल्ला नेता टेक रावलको दुर्घटनामा मृत्यु
कैलाली । अखिल क्रान्तिकारी कैलालीका निवर्तमान सदस्य टेक रावलको मोटरसाइकल दुर्घटनामा निधन भएको छ । घोडाघोडी बहुमुखी क्याम्पसमामा अध्ययनरत २८ वर्षीय रावलाई लम्कीचुहा नगरपालिका–१० मा ट्रकले ठक्कर दिँदा निधन भएको हो । रावलका आफन्त तथा स्थानीयले ११ बजेदेखि चुहामा राजमार्ग अवरुद्ध पारेका हुन्। राजमार्ग अवरुद्ध पारिएपछि सवारीसाधन ठप्प बनेका छन् । प्रहरीका अनुसार, आज बिहान सात बजे लु १ ख ८९३० नम्बरको ट्रकले विपरीत दिशातिर गइरहेको सुप ०१००९ प ३९२६ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको थियो। ठक्करपछि मोटरसाइकलमा सवार रावल घाइते भएका थिए। रावलको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको थियो। रावलको मृत्युपछि स्थानीय आन्दोलित बनेका हुन्। ट्रक चालक बुद्दीराम सुनारलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।
जनसभाबाट फर्कदै गरेका एमाले कार्यकर्ताले गरे प्रहरीमाथि हातपात
फिक्कल । नेकपा एमालेका कार्यकर्ताले प्रहरीमाथि हातपात गरेका छन् । फिक्कलमा भएको जनसभाबाट हिजो साँझ फर्किने बेला सूर्योदय नगरपालिकाको बौद्धधाममा हिले घर भएका कार्यकर्ताले प्रहरी जवान शंके राई माथी हातपात गरेका हुन् । कार्यकर्ता बोकेको सवारीले प्रहरी जवान राई सवार मोटरसाईकलाई सवारी ब्याक गर्दा ठक्कर दिए पछि ती कार्यकर्ताले सवारीबाट ओर्लीएर प्रहरी जवान राईलाई हेल्मेटले हिर्काएका थिए । प्रहरीमाथी हातपात गर्ने २ जनालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रमा लिएर अनुसन्धान गरिरहेको छ । नेकपा एमाले सूर्योदय नगर कमिटी अध्यक्ष दुर्गादेबी भट्टराईले आफुलाई आधिकारिक जानकारी नआएको प्रतिक्रिया दिइन् ।
देउवालाई ओलीको कटाक्षः प्रधानमन्त्री नभएको भए लौरो टेकेर एमालेमा आउँथे
“कांग्रेसले जे पायो त्यही बोल्छ उसको यो पुरानो बानी हो ।” काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कटाक्ष गरेका छन् । उनले देउवा प्रधानमन्त्री नभएको भए भत्ताकालागि लौरो टेकेर एमाले आउथे भन्ने टिप्पणी गरेका हुन् । शनिबार एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका क्रममा ओली गठबन्धन र कांग्रेस प्रति आक्रामक रुपमा पस्तुत भएका हुन् । अध्यक्ष ओलीले स्थानीय चुनावबाटै पार्टीले प्रादेशिक र संघीय चुनावको झलक दिने भन्दै एमाले अहिले पनि प्रथम पार्टी भएकाले चुनावमा जाँदा राम्रा कामको प्रचार गर्नुपर्ने बताएका हुन् । ओलीले अहिलेको गठबन्धनलाई जनताको आँगनमा पछारिदिने पनि बताए । उनले भने, “यो गठबन्धन त केही पनि होइन, यो जनताले बनाएको हो र ? यो त अदालतले बनाइदिएको हो । यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ । मुद्दा जितेर आएको सरकारलाई मुद्दा लड्न जा भन्दिने हो । यिनीहरू झगिडया हुन् । झगडियाको काम मुद्दा लड्ने हो ।” त्यस्तै कांग्रेससँग कुनै पनि एजेन्डा नभएकाले अघिल्लो सरकारको भण्डाफोर गर्ने नीति भनेर हल्ला गरेको पनि ओलीको भनाइ छ । कांग्रेसप्रति आक्रामक हुँदै ओलीले भने, “कांग्रेसले अघिल्लो सरकारको भण्डाफोर गर्ने रे । कांग्रेसले जे पायो त्यही बोल्छ उसको यो पुरानो बानी हो । तपाईं हामीले सुनेका छौं ६० वर्षमाथिका बूढाबूढीलाई कम्युनिस्ट सरकार बन्यो भने गोली हानेर मार्छ भन्थे । अब बूढाबूढीको छेउमा कांग्रेस जाओस् त ।” वृद्धभत्ता ४ हजार रुपैयाँ पुर्याउनु आफ्नो सरकारको महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गर्दै ओलीले भने, “शेरबहादुर देउवा आफै कांग्रेसमा किन छन् भन्दा बूढो भएर पनि कांग्रेसमा शेरबहादुर देउवा किन छन् भन्दा उनलाई ४ हजार भत्ता के गर्नु ? छँदैछ । त्यसकारण छन् नत्र शेरबहादुर देउवा पनि लौरो टेकेर एमालेमा आउँथे । शेरबहादुरजीलाई म भन्न चाहन्छु, कम से कम ज्येष्ठ नागरिक हो तपाईं लौरो टेकेर भए पनि सूर्य चिह्नमा भोट हाल्नुहोस्, अरुले नदेख्ने गरी भए पनि । कम्तीमा जीवनमा एउटा पुण्य कमाउनुहुन्छ । हामीले राम्रा कामहरू गरेका छौं, त्यसलाई जनतामाझ लिएर जानुपर्छ ।
म्यादी प्रहरीलाई लट्ठी किन्ने बजेटसमेत काटियो, आयाेगका कर्मचारीलाई भने चार महिनासम्म भत्ता
काठमाडौँ — निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीले स्थानीय तह निर्वाचनमा शतप्रतिशत भत्ता र अतिरिक्त सुविधा पाउँदै छन्, सुरक्षाकर्मीको सुविधामा भने भारी कटौती गरिएको छ । आयोगले पदाधिकारी र कर्मचारीलाई निर्वाचन मिति घोषणा भएदेखि अन्तिम परिणाम आएको थप ३५ दिनसम्म शतप्रतिशत भत्ता र अतिरिक्त सुविधा दिने निर्णय गरेको छ । उनीहरूले दैनिक खाजा/खाना खर्च तथा छुट्टै सञ्चार सुविधाबापतको रकम पाउनेछन् भने कार्यालय सहयोगीले समेत दैनिक एक हजार भत्ता पाउनेछन् । २०७९ वैशाख ३० मा हुने निर्वाचन प्रयोजनका लागि सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागलाई औषधि खरिद, खाना/खाजा, विशेष भत्तालगायत १२ वटा शीर्षकको बजेट शतप्रतिशत कटौती गरिएको छ । विगतका निर्वाचनमा सुरक्षाकर्मीले एक साताका लागि यस्ता भत्ता पाउँथे । निर्वाचन अवधिभर औषधि खरिदका लागि दिइने बजेट पनि यसपालि हटाइएको छ । निर्वाचन भयरहित बनाउन अग्रभागमा खटिने सुरक्षाकर्मीका लागि मागेभन्दा निकै कम बजेट विनियोजन गरेको सरकारले म्यादी प्रहरीलाई लट्ठी किन्ने बजेटसमेत कटौती गरेको छ । यसअघि म्यादीको पोसाक खर्च छुट्टै र लट्ठीबापत छुट्टाछुट्टै बजेट विनियोजन हुने गरेकोमा अहिले लट्ठीको खर्च पोसाककै गाभिएको छ । -कान्तिपुर दैनिकबाट
नेपाल र पूर्वी अफ्रिकी मुलुक सिसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति
काठमाडौं । नेपाल र पूर्वी अफ्रिकी मुलुक सिसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति भएको छ । गणतन्त्र सिसेल्सको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग गणतन्त्र सिसेल्सका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्काले गरेको द्विपक्षीय भेटवार्तामा दुई मुलुकबीच श्रम सम्झौता गर्ने सहमति भएको हो । रोजगार तथा सामाजिक मामिलामन्त्री फ्यानकोटसँगको भेटवार्तामा एक महिनाभित्र द्विपक्षीय श्रम सम्झौतालाई टुङ्गोमा पुर्याउन संयुक्त कार्यदल गठन गर्ने सहमति भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । वैदेशिक रोजगारीका लागि नेपाली कामदार लैजान सिसेल्सबाट यसअघि प्राप्त भएको द्विपक्षीय श्रम सम्झौताको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिँदै सिसेल्ससँग द्विपक्षीय श्रम सम्झौता गर्न नेपाल तयार रहेको बताउनुभएको थियो । न्यूनतम योग्यता, भाषागत क्षमता, न्यूनतम पारिश्रमिकलगायत सेवा सुविधा, कामदार छनोट र स्वदेश फिर्तीलगायत विषयमा संयुक्त कार्यदलले तयारी गर्ने बताइएको छ । कार्यदलमा नेपालको तर्फबाट मन्त्रालयका उपसचिव डा.थानेश्वर भुसालले नेतृत्व गर्नुहुनेछ । अहिले १ हजार २५० भन्दा धेरै नेपाली सिसेल्समा रोजगारीको क्रममा रहेको बताउँदै मन्त्री फ्यानकोटले सिसेल्स सरकार द्विपक्षीय श्रम सम्झौता गरेरै नेपालीलाई ल्याउन इच्छुक रहेको बताएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । सिसेल्समा अहिले सुरक्षागार्डका रुपमा धेरै नेपाली कार्यरत छन् । यसबाहेक होटल तथा पर्यटन क्षेत्रमा पनि केही नेपाली कार्यरत छन् । साे भेटवार्तामा आन्तरिक मामिलामन्त्री फोन्स्काले जेल सुरक्षाको साथै सिसेल्सको प्रहरी सेवामा पनि नेपालीलाई रोजगारी दिन सकिने बताउनुभएको थियो ।
विप्लव नेतृत्वको नेकपा केन्द्रीय समिति बैठक आज पनि जारी रहने, चुनाव उपयोग गर्ने विषयमा चर्को विवाद
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । शुक्रबार अपरान्ह दुई बजेदेखि सुरु भएको बैठकमा महासचिव नेत्रबिक्रम चन्द विप्लवले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमा केन्द्रीय सदस्यहरुबीच छलफल भइरहेको हो । विप्लवले तत्कालको अवस्थामा स्थानीय तहको निर्वाचन उपयोग गरेर जानुपर्ने आसयको प्रतिवेदन प्रस्तुत गरेको बताइएको छ । यद्यपी अधिकांश केन्द्रीय सदस्यहरु भने चुनाव बहिस्कार गरेर भण्डाफोर अभियानमा जानुपर्ने पक्षमा देखिएका छन् । यसअघि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठकले चर्को विवादका बीच निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको थियो । हिजोको बैठकमा ६९ जना केन्द्रीय सदस्य र ४ जना सल्लाहकारको उपस्थिति रहेको बुझिएको छ । प्रतिवेदनमा अन्य कतिपय विषय समेत छलफलका लागि प्रस्तुत गरिएका छन् । तर मुख्य चासो भने निर्वाचनका विषयमा विप्लवले लिने निर्णय नै रहेको छ ।
दूरी टाढा भएका ६० छात्रालाई साइकल वितरण गरिन मेयर रेनुले
चितवन । भरतपुर महानगरमा विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका ६० छात्रालाई साइकल वितरण गरिएको छ । भरतपुर महानगरपालिकाले जोखिममा परेका महिलासँग मेयर कार्यक्रमअन्तर्गत साइकल वितरण गरेको हो । २ बर्ष अघिदेखि सुरु गरेको कार्यक्रम अन्र्तगत यो पटक भरतपुर वडा नम्बर १८, १९ र २० का ८ वटा विद्यालयका गरी ६० जना छात्रालाई आज साईकल वितरण गरिएको भरतपुर महानगर सामाजिक महाशाखले जनाएको छ । महानगरले हालसम्म ५ सय २४ जना छात्रालाई साईकल प्रदान गरिसकेको छ । विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजनाअन्तर्गत साइकल वितरण गरिएको मेयर रेनु दाहालले जानकारी दिईन् । महानगरले यो बर्ष १० वटा वडाका २ सय जना छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ। बाँकी रहेका वडाका विद्यालयलाई केही दिनमा साइकल वितरण गरिने मेयर दाहालले बताइन्।एक समारोहका विच भरतपुर महानगरकी मेयर रेनु दाहाल, उपमेयर पार्वती शाहसहितको टिमले संयुक्त रुपमा छात्राहरु पश्चिम चितवनको भीमनगर माविबाट साईकल वितरण गरेका थिए । सो अवसर बोल्दै मेयर रेनु दाहालले विकासको गतिले अगाडी बढेको भरतपुरमा शैक्षिक सुधारका लागि स्थानिय सरकारले गर्नुपर्ने शैक्षिक सुधारकै कारण ५ हजार भन्दा बढी विद्याथीृहरु सामुदायिक विद्यालयमा बढेको जानकारी दिईन् ।उनले महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन लागिपरेको बताइन्। उनका अनुसार महानगरभित्रका सरकारी विद्यालयको शैक्षिकस्तर विकासका लागि भौतिक संरचना विकासमा धमाधम काम भइरहेको छ । यस्तै उपमेयर पार्वती शाहले विपन्न परिवारका छात्राहरुलाई लक्षित गरी गरिएको यो कार्यक्रमले छात्राहरुलाई विद्यालयमा निरन्तरता गराउन धेरै प्रभावकारी हुने बताइन्। उनले महानगरले छात्राहरुलाई नै लक्षित गरि निशुल्क रुपमा सेनेटरी प्याड वितरणदेखि स्कुल बस प्रदानसहितका शैक्षिक सुधारका आधा दर्जन बढी कामहरु गरेको बताईन् । साइकल पाएपछि छात्राहरु खुसी भएका छन् । साइकलका कारण विद्यालय जान आउन सजिलो हुने र यसले गर्दा पढाईलाई निरन्तरता दिन सहज हुने छात्राहरुले बताए। कार्यक्रममा बोल्दै छात्रा भरतपुर २० भीमचन्द्र आधारभुत विद्यालय कक्षा दुईमा अध्यनरत मन्जु परियारले साधन नहुँदा विद्यालय पुग्न ढिला हुने र कक्षा छुट्ने समस्याको अन्त्य भएको बताए ।यस्तै भरतपुर १८ भुवनवस्ती स्थित आधारभुत माध्यामिक विद्यालय कक्षा ७ मा अध्ययनरत सविना नेपालीले पनि आफुलाई मात्र होइन साइकल नभएका साथीहरुलाई पनि सहयोग गर्न पाउने अवसर प्राप्त भएको बताईन् । उनी मात्रै होईन् भरतपुर १८ गुञ्जनगर मावि कक्षा ११ मा अध्ययनरत सम्झना दुलालेको पनि खुसी उस्तै थियो । उनले साईकल प्रदान गरेकोमा मेयर रेनु दाहाल र उपमेयर पार्वती शाहलाई धन्यवाद दिदै यस्तै दिनदुखीका लागि विभिन्न काम गर्न सुझाव दिईन् । महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले महानगरको शैक्षिक सुधार नीतिले यहाँ शैक्षिक आर्कषण बढेको बताए । उनलका अनुसार महानगरले हालसम्म शैक्षिक सुधारका लागि ८० लाख बजेट छुटाउदै सुरु भएको सुधार कार्यक्रममा यो बर्ष मात्रै १७ करोड रुपैया छुटाई काम भएको बताए ।
यस्तो छ पल शाहले प्रहरीसमक्ष गरेको बयान
काठमाडौं । नाबालिक गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका पल शाहले प्रहरीलाई दिएको बयान सार्वजनिक भएको छ । अभिनेता पल शाहविरुद्ध नाबालिग गायिकामाथि जबर्जस्ती करणीको अभियोगमा बिहीबार नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। केही मिडियामा सार्वजनिक भएको बयानमा पल शाहले निज नाबालिक भनिएकी गायिकालाई जबर्जस्ती करणी नगरेको बताएका छन् । यद्यपी उनले घटना भएको भनिएको राति आफूले मादक पदार्थ सेवन गरेको र गायिकालाई राती सुत्ने बेला गुडनाईट मात्रै भनेको बताएका छन् । नाबालिका गायिकाले भने पल शाहले बिहेको प्रलोभन देखाई जबर्जस्ती करणी गरेको भन्दै उजुरी दिएपछि पल शाहलाई प्रहरीले पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढाएको हो । अभियोग पत्रमा पीडित भनिएकी नाबालिग गायिकाका बुवाले दिएको जाहेरीलाई प्रमुख आधार मानिएको छ। तनहुँमा जस्तै गायिकाका बुवाले इलाका प्रहरी कार्यालय गैँडाकोटमा पनि जाहेरी दिएका थिए। जहाँ पहिलो पटक घटना भएको बताइएको छ। गायिकाका बुवाले जाहेरीमा आफ्नी छोरीलाई गैँडाकोट नगरपालिका-५ स्थित गैँडाकोट रिसोर्टमा सुटिङका लागि भन्दै लगेर पाँच दिनसम्म रिसोर्टको कोठामा राखेर जबरजस्ती करणी गरेको उल्लेख छ। उनका बुवाले दिएकाे जाहेरीमा ‘छोरीले विगत ३ महिनादेखि गीत संगीतमा मन नलगाउने, एकोहोरो बस्ने गरेको देखेर सोधपुछ गर्दा नेपाली सिने जगतका प्रख्यात कलाकार पल शाह भन्ने पूर्णविक्रम शाहले छोरीलाई विभिन्न ठाउँहरुमा भिडियो सुटिङमा जाने क्रममा तिमीलाई विवाह गर्छु भन्ने आश्वासन दिई पटकपटक जवरजस्ती करणी गरेको’, जाहेरीमा भनिएको थियो,’मिति २०७७/१२/७ गते समेत गैँडाकोट नगरपालिका वडा नं. ५ स्थित गैँडाकोट रिसोर्टमा एकदिन सुटिङको लागि लगेकोमा सुटिङ क्यान्सिल गरी प्रतिवादी पल शाह भन्ने पूर्णविकम शाहले छोरीलाई पाँच दिनसम्म रिसोर्टको कोठामा राखी पटक-पटक जबरजस्ती करणी गरेको भनि नाबालिग छोरीले बताएको हुँदा छोरीलाई विवाहको आश्वासन दिई पटकपटक जबरजस्ती करणी गर्ने निज प्रतिवादीलाई कानुनबमोजिम कारबाही गरी पाऊँ’ उल्लेख छ । यस्तो छ पल शाहको बयान : म विगत १० वर्षदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरि मोडल तथा नायकको भूमिकामा काम गर्दै आइरहेको छु । यसै क्रममा २०७७ साल चैत महिनाको पहिलो हप्ता काजिश श्रेष्ठ, शान थापा, शिव बिकले निर्देशन गरेको सुर्ती माड्दै माड्दै, चरीले, तामा पित्तल, छड्के सलाम भन्ने गीतको म्युजिक भिडियो सुटिङको लागि सम्झौता भएकोले मिति २०७७।१२।४ गते काठमाडौँबाट नवलपरासीको कावासोतीस्थित आई लोकेशन हेरि बसेको हो । अर्को दिन ऐ.५ गते “चरीले भन्ने गीतको म्युजिक भिडियोको सुटिङ गरिसके पश्चात पीडित परिवर्तित नाम २०७८ गैडाकोट ५ (क) सुर्ती माड्दा माड्दै गीतको म्युजिक भिडियो सुटिङको लागि आई थारु कल्चर भन्ने ठाँउमा अरु केटी मोडलसँग बास बसेकी थिइन्। अर्को दिन ऐ. ६ गते सुर्ती माड्दै गाड्दै गीतको गायिका तथा नायिका पीडितसँग मैले सुटिङ गर्दै जाँदा नभ्याइएकोले सुटिङ युनिट सबैजना चितवन जिल्लाको सौराहा भन्ने ठाँउमा गएर बसेको हो। ऐ.७ गते बिहान सौराहामा ‘तामा पित्तल’ भन्ने गीतको म्युजिक भिडियो सुटिङ गरी बेलुका खाना खाई राती अं.१२.१५ बजे सुटिङको टिममध्ये क्यामरा म्यान निर्देशक,म र पीडित गैडाकोट रिसोर्टमा आइसकेपछि म समेतले रक्सी सेवन गरेको हो। उक्त समयमा पीडित कोठामा सुतेकी थिइन्। पछि सुटिङ युनिट आइपुगेपछि हामी आ-आफ्नो कोठामा सुत्न गएका हौं। अर्को दिन ऐ.८ गते छड्के सलाम गीतको सुटिङको लागि सुटिङस्थल जाने क्रममा होटलका साहुले पीडित राति मेरो छोरीसँग सुतेको भनी बताएका थिए । त्यसपछि हामी नारायणी पुलमा गई सुटिङ गरेका हौं। सोही दिन अन्दाजी रातको १०.३० बजेको समयमा सुटिङ युनिटसहित गैडाकोट रिसोर्टमा आई बसेको हो। म उक्त रिसोर्टको कोठा नं.१०१ मा बसेको थिए भने पीडित कोठा नं.१०२ मा बसेकी थिइन्। म र पीडित सुत्ने कोठा सँगसँगै भएको कारणले म रातको अं.११:३० बजे पीडितको कोठामा जाँदा हिजो निजलाई एक्लै सुत्दा डर लागेको र होटल सञ्चालकको छोरीसँग सुतेको कुरा मैले थाहा पाएकोले तिमीलाई हिजोको जस्तो डर त लागेको छैन नी, ल राम्रोसँग सुत भनी म आफ्नो कोठामा गई सुतेको हो। अर्को दिन ९ गते विहान उक्त रिसोर्टमा सुर्ती माड्दा माड्दै गीतको केही अंश सुटिङ गरि नारायणी पुल नदी किनारामा छड्के सलाम गीतको भिडियो अञ्जली अधिकारी, सुधीर श्रेष्ठ र म समेतका कलाकारले सुटिङ सकेर काठमाडौं फर्किएको हो । काठमाडौं फर्किएपछि म र पीडितले भिडियो प्रमोसनको लागि अन्तर्वार्ता दिने गरेका थियौं । हामीबीच राम्रै म्यासेज आदानप्रदान भइरहेको थियो। २०७८ सालको वैशाख महिनामा तनहुँमा म्युजिक भिडियोहरुमा सुटिङ सकेपछि त्यसको करिब एक/दुई महिनापछि पीडितले मलाई फोन गरि ‘तपाईँको र मेरोबारेमा बाहिर स्टुडियोहरूमा कुरा काटिरहेका छन् भनेकी थिइन्। त्यसपछि हामीबीचमा विवाद सिर्जना हुँदै जाँदा गजब टिभीका सञ्चालक सरोज वली, दुर्गेश भन्ने दुर्गाबहादुर थापा, योगेश काजीसँग यो विवादको विषयमा सल्लाह लिएको हो। सोही विवादको विषयमा २०७८ साल असार महिनामा मध्य बानेश्वरस्थित होटलमा निजहरु तथा म र पीडित समेत बसी छलफल गर्दा आजै पीडितसँग विवाह गर्ने भनि जोड गरेको हुँदा तीन बर्षसम्म हामीसँगै मिली काम गर्ने र पीडित २० वर्ष पुगेपछि विवाह गर्ने भनी हामीबीच मौखिक सहमति भएका हुन्। पुनः पीडितले “मलाई तपाईँको गर्ल फ्रेन्ड्स वा श्रीमतीको रुपमा चिनाउनु पर्यो” भनी बारम्बार म्यासेज गर्न थालेपछि मैले तिमी आफ्नो तरिकाले गर भनी वादविवाद भएको केही समयपछि निज पीडितको तर्फबाट जिल्ला प्रहरी कार्यालय तनहुँमा म उपर उजुरी परेको हुँदा म मिति २०७८/११/१५ गते प्रहरी कार्यालयमा उपस्थित भएकोमा इलाका प्रहरी कार्यालय गैँडाकोटमा समेत म विरुद्ध उजुरी परेकोले मलाई मिति २०७८/११/२३ गते उक्त कार्यालयमा ल्याइएको हो । मिति २०७७ चैत्र ७ गते राति रिसोर्टमा मैले मादक पदार्थ सेवन गरेको हो । मैले पीडितलाई मादक पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको भन्ने व्यहोरा झुठा हो। पीडित तथा जाहेरवालाले म उपर किन जाहेरी दिए मलाई थाहा भएन। म र पीडित बीच प्रेम सम्बन्ध थिएन। बाहिर आएको अडियो क्लिप मिति २०७८ साल असार महिनामा हामीबीच भएको छलफलको अडियो क्लिप हो। उक्त अडियोमा भएको आवाज मेरो हो। सोमा भएको कुनै आवाज मेरो नभएको जस्तो लाग्छ। उक्त अडियो क्लिपमा भएको शब्द मैले प्रतिवाद गर्दा उच्चारण भएको हो। मलाई पीडितले स्वीकार गर्नुपर्छ भनेको हुँदा मैले केही ठोस प्रमाण भएमा देखाउनुहोस् भन्दै अरु प्रेमी-प्रेमिकाको उदाहरणसहित स्पष्ट पारेको हो। निजलाई मैले जबरजस्ती करणी गरेको होइन। याे बयान नेपालखबरडटकममा प्रकाशित समाचारबाट साभार गरिएकाे हाे ।
चुनावी मोर्चामा माओवादीः ताेक्याे सबै जिल्लाका कमाण्ड, देशैभरि पार्टी प्रवेशको लहर
काठमाडौं । केन्द्रीय समितिको बैठकमा भएको गहन छलफलसँगै माओवादी केन्द्र चुनावी मैदानमा अगाडि बढेको छ । पछिल्लो केन्द्रीय समितिको बैठकमा एमसिसीका बारेमा पार्टीमा अन्तरविरोध चर्किएको भएपनि निर्वाचनपछि त्यसमा फोरम चलाएर बहस गर्ने निर्णय गरेको माओवादीले अहिले भने सम्पूर्ण शक्ति चुनावमा खर्च गर्ने योजनासहित अघि बढेको हो । माओवादीले बैठकलगत्तै सातवटै भौगौलिक र गैर भौगौलिक प्रदेशको बृहत प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो । हालसम्म गण्डकी प्रदेशबाहेकका सबै प्रशिक्षण सम्पन्न भएका छन् । प्रशिक्षणलाई अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, शक्ति बस्नेत, लिलामणी पोखरेल, डिलाराम आचार्य लगायत दर्जनौंले सम्बोधन गरेका छन् । अध्यक्ष प्रचण्डले निर्वाचनलाई फौजी आक्रमणसँग तुलना गर्दै युद्धकै स्वरुपमा तयारी अगाडि बढाउन समेत निर्देशन दिएका छन् । यथास्थितिवादी र अग्रगामीबीच २००६ सालदेखि नै चलिआएको संघर्ष अहिले उत्कर्षमा पुगेको बताउँदै प्रचण्डले हिजो युद्धकालमा फौजी आक्रमणका लागि जे जस्ता तयारी गर्नुपथ्र्यो, सोही अनुसार, चुनावका लागि समेत गहन तयारीमा जुटनुपर्नेमा जोड दिएका हुन । पार्टीभित्रका अन्तरविरोधलाई थाती राखेर जनताबीच जाने, जनताको टुटेको भरोसा जित्ने, आत्मालोचना गर्ने र यथास्थितिवादी शक्तिहरुसँग निर्मम प्रतिरोध गर्ने रणनीति अपनाउन समेत उनले निर्देशन दिएका छन् । प्रशिक्षणसँगै माओवादीले देशका ७७ वटै जिल्लामा केन्द्रीय सदस्यहरुको नेतृत्वमा कमाण्ड परिचालन गरेको छ । कतिपय केन्द्रीय सदस्यहरुलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ भने केहीलाई युद्धकालकै जस्तो दुई तीनवटा जिल्ला समेटेर भौगौलिक क्लष्टरको कमाण्डको जिम्मेवारी दिएको छ । करिब करिब सबैजसो जिल्लाको संगठनात्मक जिम्मेवारी समेत माओवादीले टुंग्याएको छ । यसैगरी हरेक पालिकाका इन्चार्जहरु समेत तोकिएका छन् । पार्टीका सबै तहमा संगठनात्मक जिम्मेवारीसँगै माओवादी निकट जनवर्गीय संगठनले समेत मातहतका तहलाई सक्रिय बनाउन जिम्मेवारी तोक्ने काम अघि बढाएका छन् । सबै तहमा प्रशिक्षण र संगठनात्मक जिम्मेवारीसँगै दुई महिने निर्वाचन अभियानमा माओवादी होमिएको हो । यसपछि पालिका, जिल्ला र प्रदेश तहबाट चुनावकेन्द्रीत योजना निर्माण गरेर सघन अभियान सञ्चालन गर्ने माओवादी योजना रहेको छ । अध्यक्ष प्रचण्डले निर्वाचनको मुख्य निशाना यथास्थितिवादी र प्रतिक्रियावादी, प्रतिगमनकारी शक्ति भएको बताउँदै सोही आधारमा गठबन्धनको सम्भावना समेत पहिल्याउने संकेत गरेका छन् । यसअर्थमा केन्द्रमा गठबन्धन दलहरुबीच चुनावी तालमेलको छलफल माओवादीले शुरु गर्ने देखिन्छ । अहिलेको अवस्था हेर्दा सबै तहमा सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेल हुने सम्भावना नभएपनि एकीकृत समाजवादी र मधेसका हकमा जनता समाजवादी पार्टीसँग भने अधिकांश पालिकामा तालमेल हुनसक्ने सम्भावना देखिएको हो । कांग्रेससँग भने स्थानीय अनुकुलता र रणनीतिक पालिकाहरुमा तालमेलको प्रयास हुनसक्ने देखिन्छ । तर अध्यक्ष प्रचण्डले भने चुनावी तालमेल या गठबन्धनको सम्भावनालाई दिमागबाट निकालेर संगठनात्मक र चुनावी अभियानमा जुटन निर्देशन दिएका छन् । विगतमा जस्तै युद्धस्तरमा खटिएमा गठबन्धन बिना नै प्रतिक्रियावादीलाई हराउन सक्ने विश्वास उनले बोकेका छन् । गठबन्धनबारे आगामी केही दिनमा नै टुंगो लाग्ने देखिएको अवस्थामा माओवादीले भने जित्न सक्ने पालिका पहिचान गर्न, तालमेल गरेर जित्नसक्ने सम्भावना भएका पालिका निक्र्यौल गर्न र कमजोर स्थानमा खेल्नुपर्ने भूमिकासहितको वर्गीकरण गरेर चुनावी अभियान अघि बढाउने देखिन्छ । पछिल्लो समयमा पार्टीप्रति आकर्षण बढेको र समाजका बुद्धिजीवि, शिक्षक, पूर्व प्रशासकलगायत ठूलो संख्यामा पार्टी प्रवेशको लहर चलेकोले समेत माओवादी उत्साही बनेको हो । अध्यक्ष प्रचण्डकै शब्दमा, अबको मुख्य कार्यभार भनेको जनताको विश्वास जित्ने हो । त्यसका लागि अभियान नै बनाएर जनतामाझ जाने कुरा मुख्य हुने देखिन्छ ।
लुम्बिनीमा माओवादी केन्द्रको आकर्षणः केन्द्रीय सदस्यसहित बिभिन्न दल परित्याग गरि १३० जना पार्टी प्रवेश
रुपन्देही । लुम्बिनी प्रदेशमा बिभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्र प्रवेश गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डको विशेष आतिथ्यतामा भएको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा ठूलो संख्यामा नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सुभान अलिलगायत नवलपरासी, रुपन्देही, गुल्मी, दाङ, कपिलवस्तुलगायतका जिल्लाबाट १ सय ३० जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नव प्रवेसीहरुलाई अध्यक्ष प्रचण्डले अबीर लगाएर पार्टीमा स्वागत गरे । परिवर्तनको पक्षधर पार्टी माओवादी भएको बताउँदै अध्यक्ष प्रचण्डले पछिल्लो समयमा समाजका बिभिन्न तह र तप्काबाट पार्टीप्रतिको आकर्षण बढेको बताए ।
हामीले जिते सबैले जित्छौं, हारियो भने सबै उपलब्धि गुम्छ– प्रचण्ड
बुटवल, नेकपा माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीले जित्नु भनेको देश र जनताको जीत हुने बताएका छन् । लुम्बिनी प्रदेशमा आयोजित पार्टी प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीले हा¥यो भने सबै उपलब्धि गुम्ने खतरा रहेको जिकिर गरेका हुन । त्यसैले माओवादीका लागि आगामी निर्वाचन विगतमा जनयुद्धजस्तै एउटा युद्ध भएको उनको भनाई थियो । “माओवादीलाई हराउने ठूलो षडयन्त्र भएको छ । यो परिवर्तन उल्टाउने षडयन्त्र भएको छ ।” उनले भने, “हामी सबैले ब्याटलमा जाने बुझियो भने हामीले जित्छौं । हामीले यसलाई चुनाव मात्र बुझिम् भने हामी हार्छौं ।” निर्वाचनलाई सामान्यरुपमा नलिन समेत उनले विशेष जोड दिए । “हामी सबै नजाग्ने हो भने र सबै हिसावले लड्न तयार नहुने हो भने प्रतिक्रान्ति हुन्छ । मैले नजिकैबाट देखेको छु ।” उनले भने, “परिवर्तन विरोधी नेता र पार्टीलाई जिताउन सबै विदेशी तागत लगेका छन् । तपाई हामीले अब खतराको घण्टी बज्यो भन्दै तयारी गरेनौं भने हार्ने अवस्था आउँछ । यो देशलाई जोगाउन पनि हामी जित्न जरुरी छ ।” माओवादीले ठूलाठूला संघर्ष जितेको उल्लेख गर्दै प्रचण्डले अबको दुईमहिना युद्धस्तरमा क्षेत्रमा खटिन सबैलाई निर्देशन दिए । “ अब दुई महिना जनताको बीचमा जानुपर्यो । आत्मसमिक्षा गर्नुपर्यो । जनताको सेवा गर्न र सांस्कृतिक रुपान्तरणका लागि दुई महिना युद्धस्तरमा संकल्प गरेर जाउँ ।” उनले भने, “हामीले डेढ महिना आन्दोलन गर्दा प्रतिगमन सच्चायौं । अब दुई महिना हामी डटेर अगाडि बढ्यौं भने हामीले चुनाव जित्ने छौं ।
माओवादी केन्द्र चितवनको इन्चार्जमा रेणु दाहाल
चितवन । माओवादी केन्द्रको वागमती प्रदेश कार्यालयको बैठकले सत्तारूढ नेकपा (माओवादी केन्द्र) को चितवन जिल्ला इन्चार्जको जिम्मेवारी रेणु दाहाल र संयोजकको जिम्मेवारी रामचन्द्र अधिकारीलाई दिएको छ ।भरतपुर नगरपालिकाकी मेयर समेत रहेकी दाहाल माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् । उनले यसअघि भरतपुर महानगरको इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् । चितवन जिल्ला संयोजकको जिम्मेवारी पाएका अधिकारी पूर्व विद्यार्थी नेता हुन्। उनी विगतमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी ) का केन्द्रीय उपाध्यक्ष थिए। यसअघि उनी चितवन जिल्ला पार्टीको कार्यालय सदस्यका रुपमा क्रियाशील थिए।
भारतीय ज्यादती रोक्न माओवादीबाट निर्वाचित वडाअध्यक्षले चाले कडा कदम, सीमानामा लगाइयो काँडेतार
ठोरी, भारतीय पक्षले सीमा अतिक्रमण गर्ने तथा स्थानीय जनतामाथि हिंसा गर्ने घटना बढदै गएपछि ठोरी गाउँपालिकाले सीमा क्षेत्रमा काँडे तार लगाएको छ । पर्सा जिल्लाको ठोरी गाउँपालिकाले भारतीय अतिक्रम र गुन्डागर्दी रोक्न सीमामा काँडेतार लगाएको हो । ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै माओवादी केन्द्रले जितेको हो । एमालेको किल्ला भत्काएर माओवादीले पालिकाको अध्यक्ष र उपाध्यक्षसहित अधिकांश वडा जितेको थियो । भारतीय सीमामा काँडेतार लगाउने वडाध्यक्ष पनि माओवादी केन्द्रबाटै विजयी भएका हुन् । ठोरी गाउँपालिकामा ५ वडा छन् । जसमध्ये वडा नम्बर १ मा माओवादी केन्द्रका रामप्रकाश कुँवर, वडा नम्बर २ मा कांग्रेसका किशोर तामाङ, वडा नम्बर ३ मा माओवादी केन्द्रका सूर्य बहादुर लामा, वडा नम्बर ४ मा पनि माओवादी केन्द्रकै बी बहादुर तामांग र वडा नम्बर ५ मा एमालेका राम बहादुर पाख्रिन विजयी भएका थिए ।
प्रतिक्रियावादीहरुले जति षडयन्त्र गरेपनि हामी घेरा तोडेर अघि बढ्छौं– प्रचण्ड
बुटवल, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीलाई सिध्याउन जनयुद्दकालदेखि नै खोजिएको भएपनि प्रतिरोध गरेर अघि बढेकोले अहिले पनि प्रतिक्रियावादीको षडयन्त्र परास्त गर्ने बताएका छन् । लुम्बिनी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले देशी तथा विदेशी प्रतिक्रियावादीहरुको मुख्य निशाना माओवादी भएको बताए । विगतमा संसद विघटनदेखि नेकपा विभाजनसम्मका घटनाहरु माओवादीलाई नै कमजोर बनाउने षडयन्त्रको उपज भएको उनको जिकिर थियो । “जनयुद्धलाई समाप्त गर्न थुप्रै अप्रशनहरु भए रोमियो, किलो सेरा टु, हत्या, दमन र बलात्कारका विभिषिका रचियो । घेरा हाल्ने र सखाप पार्ने रणतिनि तत्कालीन राज्यले र राजतन्त्रले यो अभियान चलायो ।” प्रचण्डले भने, “तर हामी क्रान्तिकारी विचार र नेतृत्वमुनि लामबद्ध भएर अनुशासनवद्धरुपमा अघि बढ्यौं र हरेक षडयन्त्र परास्त गर्न सफल बन्यौं ।” प्रतिक्रियावादीहरुले विगतमा घेरा हालेर सखाप पार्न खोजेपनि प्रतिरोध गरिएको बताउँदै उनले भने, “हामीलाई प्रतिक्रियावादीको रणनिति घेरा हाल्ने र सखाप पार्ने थियो भने हाम्रो घेरा तोडने र प्रतिरोध गनेै रहेको थियो ।” हामी विगतमा आत्मसमर्पणको अवस्थामा हिजो पनि थिएनौं र आज पनि छनौं । आत्मसमर्पण भन्दा मृत्यु हामीलाई स्वीकार्य छ ।” आगामी निर्वाचनमा समेत जनयुद्दको बेला जस्तै योजनाबद्ध तयारीका साथ लडाईमा उत्रिनुपर्ने उनको भनाई थियो । अबको निर्वाचन पनि प्रतिगमन र अग्रगमनकारीबीचको लडाई भएकोले हतियारविहिनरुपमा जनताको घरदैलोसम्म पुगेर निर्वाचन जित्नुपर्नेमा उनले जोड दिए । “निर्वाचनमा एक भएर जाँदा राम्रो परिणाम ल्याउन सकिन्छ। हामी अराकता र गुुटबन्दीका विरुद्ध संघर्ष गरेर जानु पर्दछ ।” प्रचण्डले पार्टीभित्रको अन्तरविरोधलाई पद्दती अनुरुप हल गर्नुपर्नेमा समेत जोड दिँदै भने, “हामी आपसमा गुटबन्दी गर्ने, तानातान गर्ने अरुलाई हिलो छ्याप्ने दोष अरुलाई जस आफुलाई गर्ने प्रवृति पुँजिवादी प्रवृति हो । समाजवादी प्रवृति होइन ।” नेपालको राजनैतिक आन्दोलनमा प्रतिक्रियावाद र यथास्थितिवादका विरुद्ध नै मुख्य संघर्ष चल्दै आएको बताउँदै उनले ०५२ साल पश्चात् यो संघर्ष सिधा र आमनेसामने भएर आएको स्मरण गरे । शान्ति प्रक्रियापछि पनि नेपाली राजनीतिमा माओवादीले पहिलो गणतान्त्रिक सरकारको नेतृत्व गर्नु सामान्य कुरा नभएको बताएँदै प्रचण्डले गणतन्त्रलाई प्रतिक्रियावादीले संसदीय गणतन्त्रमा लैजाने रणनीति खेलेको बताए । तर माओवादीले भने समावेशी गणतन्त्रमा लैजाने रणनीति लिएको उनको भनाई थियो । संविधानसभाबाट गणतन्त्र बनेपछि पनि यथास्थितिवादी र प्रतिक्रियावादीहरुको षडयन्त्र झनै चुलिएको उनले बताए । आफू संविधानसभाको निर्वाचनमा एक मिनेटको फरकले बाँचेको स्मरण गर्दै प्रचण्डले अहिले आएर पनि माओवादीमाथिको आक्रमण कम नभएको बरु प्रतिक्रियावादीहरु झन बढी भ्रम छर्नतर्फ लागेको बताए । “माओवादी पार्टीलाई पटक पटक जिरो जिरो हुने गरी बदनाम गरिएको छ । भएका र नभएका कुरा गरेर ।” उनले भने, “मिडियामा प्रचण्ड फेल भनेर भन्छन् । तिनले माया गरेर फेल भनेका हुने त ?” सामाजिक सञ्जाल र अन्य मिडियामा अझै पनि बदनाम गर्न नछाडिएको बताउँदै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनमा फूट विवाद सिर्जना गर्ने षडयन्त्र समेत परास्त गर्नुपर्नेमा जोड दिए । “अहिले हामी एक्ला एक्लै भयो । म एक्लै तपाईहरु पनि एक्लै । जनयुद्धमा हामी एक जुट थियौं । हाम्रो अब पहिले कै रणनीति घेरा तोड्ने र अगाडि बढ्ने तिर हुनु पर्छ ।” विगतमा नेकपाको एकताको प्रसंग स्मरण गर्दै अध्यक्ष प्रंचण्डले केपी ओलीलाई समेत समाजवादी क्रान्तितर्फ लैजाने रणनीति भएपनि उनी खलनायक भएर आएको बताए । µ हामीले ओलीलाई पनि क्रान्ति तिरै लैजाने भन्ने थियो । एमालेका धेरै कार्यकर्ताहरुले कमरेड तपाईमा हामीले मदन भण्डारी भेट्यौं भनेका थिए ।” उनले भने, “हामी नेकपा बनाउनु गल्ती थियो भन्ने कतिपयलाई लाग्छ । तर त्यस्तो होइन । हामीले विशाल कम्युनिष्ट आन्दोलन र समाजवादी व्यवस्था ल्याएर ४० ५० वर्ष कम्युनिष्टहरुले सत्ता चलाउने भनेका थियौं । जसलाई नायक बनाउने भन्यौ उ नै खलनायक निस्कियो ।” यद्यपी नेकपा विभाजनलाई पराजयको रुपमा लिन नहुनेमा समेत उनको जोड थियो । “हामी पराजित भएको होइन । हामी नेकपा मा ७० प्रतिशत केन्द्रीय सदस्यहरुले केपी ओलीलाई निस्कासन गरेका हौं । संसदीय दलको बैठकले केपी ओलीलाई दल नेताबाट हटाएर मलाई दल नेता बनाएको हो । लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला र जनताले जनयुद्दमा विशिष्ट भूमिका खेलेको बताउँदै उनले भने, “यो क्षेत्र जनयुद्धसँग गहिरो समवेदना बोकेको प्रदेश हो । विविध प्रश्नहरु बोकेर बसेको प्रदेश हो यो ।”