बैतडीमा चुनाव सरेपछि निर्वाचन गतिविधिमा सुस्तता

विद्यार्थी संगठनले लगाए प्याब्सन र एनप्याब्सन कार्यालयमा ताला

काठमाडौं, बैशाख १४ । अभिभावकसँग चर्को शुल्क लिएको जनाउँदै संयुक्त विद्यार्थी सङ्गठनले आज देशभरका निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) र नेपाल निजी तथा आवासीय विद्यालय सङ्गठन ९एनप्याब्सन०को कार्यालयमा तालाबन्दी गरेका छन्। मङ्गलबारदेखि आन्दोलनमा उत्रिएका नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियु९क्रान्तिकारी०लगायत विद्यार्थी सङ्गठनले वृद्धि शुल्क फिर्ताको माग गदै प्याब्सन र एनप्याब्सन कार्यालयमा तालाबन्दी गरेका हुन्। अनेरास्ववियुका अध्यक्ष नवीना लामाले विद्यालयले मनोमानी शुल्क लिएको आरोप लगाउँदै तिनलाई कानुनी दायरामा ल्याउनका लागि तालाबन्दी गरिएको बताइन्। प्याब्सनको डिल्लीबजारस्थित र एनप्याब्सनको कुपन्डोलको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको हो। प्याब्सनका ७३ जिल्ला र एनप्याब्सनका ४० जिल्लामा कार्यालय छन्। प्याब्सनका महासचिव राजेन्द्र बानियाँले तत्काल दुई पक्षलाई राखेर तालाबन्दी खुलाउन सरकारसँग माग गरे। वृद्धि शुल्क फिर्ताको माग गर्दै विद्यार्थी सङ्गठनले देशभरका निजी विद्यालयको लेखा र प्रशासन कार्यालयमा तालाबन्दी गरेका थिए। तस्वीर ः अार.सी. अधिकारीकाे फेसबुकबाट

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं, वैशाख १४– संविधान संशोधन लगायतका विषयमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् । स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायत विषयमा छलफल गर्न प्रचण्डले शुक्रबार सर्वदलीय बैठक बोलाएका हुन् । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएको अवस्थामा सबै राजनीतिक दलको विश्वास लिन र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्व सबै दलको हो भन्ने आत्मबोध गराउन नै पनि प्रधानमन्त्रीले छलफलको आयोजना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । संविधान संशोधन प्रस्ताव द्रुतमार्गबाट अगाडि बढाएर मुलुकभर नै स्थानीय तहको निर्वाचन गर्ने लक्ष्यलाई प्रधानमन्त्रीले प्रमुख प्राथमिकतामा राख्नुभएअनुसार नै छलफल आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सत्तारुढ दल नेपाली काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी फोरम नेपाललगायत संसद्मा प्रतिनिधित्व गर्ने सबै दलललाई आमन्त्रण गरिएको छ ।

सरकारले नै निर्वाचन भाँड्ने षडयन्त्र गरेको हाे : ओली

काठमाडौं, वैशाख १४ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले नै निर्वाचन भाँड्न षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । स्थानीय तहको चुनावलाई लक्षित गरी नेकपा एमाले केन्द्रीय प्रचार विभागले बिहीबार राजधानीमा आयोजना गरेको राष्ट्रिय प्रचार भेलामा अध्यक्ष ओलीले त्यस्तो अरोप लगाएका हुन् । ओलीले भने, ‘एमालेले निर्वाचन भाँड्न खोज्यो भन्छ तर सरकार आफै निर्वाचन भाँड्ने खेलमा लागिरहेको छ ।’ अध्यक्ष ओलीले वर्तमान सरकारले राष्ट्रलाई विखण्डनतिर लैजाने षड्यन्त्रमा लागिरहेको आरोप पनि लगाएका छन् । उनले चुनावको मुखमै आएर सरकारले विभिन्न बहाना गरी निर्वाचन भाँड्ने षड्यन्त्र गरिरहेको दाबी गरे । ओलीले चुनावको आवरणमा सरकारले तराई र पहाडलाई छुट्याउन खोजिरहेको जिकिर गर्दै सरकार र केही बद्नियत भएका शक्तिको षड्यन्त्रलाई सफल हुन नदिने बताए । प्रहरी नायव महानिरीक्षक नवराज सिलवाललाई पक्राउ गरिएको सन्दर्भमा अध्यक्ष ओलीले वर्तमान सरकार धाँधलीपूर्ण र किर्ते काममा लागेको आरोपसमेत लगाए । अब जसरी पनि चुनाव भएरै छोड्ने उनले दावी गरे ।

एमाले छोडी ढकाल प्रचण्डतिर

काठमाडौं, बैशाख १४ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले अाज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेतृत्वको विपक्षी ९ दलीय गठबन्धन छोडेर उनी प्रधानमन्त्री प्रचण्डलार्इ भेट्न वालुवाटार पुृगेका हुन् । बिहीबार एमाले संसदीय दलको कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विपक्षी गठबन्धनको बैठक छोडेर अध्यक्ष ढकाल सत्तारुढ गठबन्धनतिर जोडिएका छन् । परिवार दलले अहिले संसदमा दर्ता रहेको संशोधन प्रस्तावलाई पारित गराउने भित्री तयारी गरिरहेकाे बुझिएकाे छ । यहीसम्बन्धी छलफलका लागि अहिले ढकाल दाैडधुपमा लागिपरेका छन् ।

नेपाली कांग्रेसको घोषणापत्रमा शिक्षा

काठमाडौं, वैशाख १४ । नेपाली कांग्रेसले स्थानीय सरकारको ५ वर्षको अवधिभित्र १५ देखि २४ वर्ष उमेर समूहका नेपालीहरुलाई शतप्रतिशत साक्षर गराउने संकल्प गरेको छ । ‘नेपाली कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, नेपाली कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ स्थानीय तह निर्वाचन २०७४ मा होमिन लागेको नेपाली कांग्रेसले मंगलबार सार्वजनिक गरेको स्थानीय तह निर्वाचन घोषणापत्रमा सो संकल्प गरेको हो । प्रत्येक गाउँ र नगरपालिकामा माध्यमिक तहसम्म पूर्ण निःशुल्क, अनिवार्य र गुणस्तरीय शिक्षा सर्वसुलभ गराइनुका साथै १२ कक्षाको अन्तिम परीक्षामा सहभागी भएका युवालाई लक्षित गरी तरूण सीपवृत्ति योजना अन्तर्गत स्थानीय प्रशासनमा इन्टर्नसीप गर्ने कार्यक्रममा संलग्न गराइने पनि घोषणापत्रमा संकल्प गरिएको छ । यस कार्यक्रम अन्तर्गत देशभरीका न्यूनतम एक लाख युवालाई संलग्न गराइने छ । प्रत्येक गाउँपालिका र नगरपालिकामा रोजगारमूलक तथा स्व–उद्यम प्रवद्र्धन गर्ने प्राविधिक एवं सीप सिकाई शिक्षालयको व्यवस्था गरी युवालाई रोजगारमुखी सीपमूलक तालिम दिइने पनि कांग्रेसको घोषणापत्रमा उल्लेख छ । निजी क्षेत्रलाई रोजगारमुखी प्राविधिक शिक्षालय खोल्न प्रोत्साहन गरिनुका साथै एक विपन्न परिवार ः सीप सिकाइ केन्द्रमा एक निशुल्क अवसर कार्यक्रम लागु गरिने पनि घोषणापत्रमा संकल्प गरिएको छ । कांग्रेसले शिक्षालाई रोजगारीसंग जोड्न युवा विद्यार्थी, विद्यालय र वैकिङ्ग एवं व्यावसायिक प्रतिष्ठानलाई संलग्न गरी युवा रोजगारी प्रोत्साहित गर्ने नीति अबलम्बन गर्नेछ । साथै, भौगोलिक विकटताको आधारमा सामुदायिक आवासीय विद्यालयहरु निर्माण गरिने र त्यस्ता आवासीय विद्यालयहरुमा अति विपन्न बालबालिकाको लत्ता कपडा, खानपान लगायत सम्पूर्ण खर्च स्थानीय सरकारले व्यहोर्ने पनि कांग्रेसले घोषणापत्र मार्फत दावी गरेको छ । माध्यमिक शिक्षाको राष्ट्रिय मानक निर्धारण र विकासका लागि संघीय शिक्षा आयोग गठन गरी निश्चित विषयहरुको पठन–पाठन राष्ट्रिय रुपमा एकै प्रकारका हुने गरी स्थानीय सरकारले आवश्यकता अनुसार थप विषय अध्ययन अध्यापन गर्ने व्यवस्था मिलाइने कांग्रेसले आफ्नो घोषणापत्रमा दावी गरेको छ । आधारभूत तहमा तालिम प्राप्त र विषयगत योग्यता भएका शिक्षकको व्यवस्था र आधुनिक प्रविधिमार्फत शिक्षणको व्यवस्था गर्न पुराना स्थायी शिक्षकहरुलाइ स्वैच्छिक अवकाशको व्यवस्था गरी नयाँ शिक्षक भर्नाद्वारा शिक्षक रुपान्तरणको योजना लागु गरिने पनि नेपाली कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ । निजी क्षेत्रले मुलुकको विद्यालय शिक्षाको गुणस्तर सुधार्न पु¥याएको योगदानको कदर र उच्च मूल्याङ्कन गदै नेपाली कांग्रेसले निजी क्षेत्रको लगानीको सुरक्षाको पूर्ण प्रत्याभूति गर्ने नीति लिएको छ । साथै निजी क्षेत्रलाई विपन्न तथा वञ्चितिकरणमा परेका वर्गप्रति सामाजिक उत्तरदायित्व देखाउन उत्प्रेरित गरिनेछ । लोकतन्त्र, शान्ति, मानव अधिकार, नैतिक शिक्षा र अहिंसा जस्ता अवधारणालाई विद्यालय स्तरको शैक्षिक पाठ्यक्रममा समावेश गरिने कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ । निजी क्षेत्रका विद्यालयहरुलाई सामाजिक उत्तरदायित्व वहन गर्न प्रेरित गरी सामुदायिक विद्यालयका शिक्षकलाई परिणाममुखी र उत्तरदायी तुल्याउने कार्यक्रम कार्यान्वयन गर्नुका साथै विद्यालयहरूमा पुस्तकालय, इन्टरनेट, प्रयोगशालाको प्रबन्ध गरिनेछ र अतिरिक्त क्रियाकलाप सम्बन्धी पूर्वाधार निर्माणमा लगानी बढाइने पनि कांग्रेसको घोषणापत्रमा समावेश गरिएको छ । सबै गाउँपालिका र नगरपालिकामा वाइफाइ इन्टरनेट र आधुनिक पुस्तकालय सहितको एउटा सामुदायिक स्रोत केन्द्र बनाइने र एक वडा–एक पुस्तकालय र एक वडा–एक योग तथा प्राकृतिक चिकित्सा केन्द्रको स्थापनामा जोड दिइने कांग्रेसको कार्यक्रम छ । एक टोल–एक शिशु विकास केन्द्र कार्यक्रम संचालन गरी न्यून एवं मध्यम आय भएका परिवारका शिशुहरुको प्रारम्भिक शिक्षालाई समेत सहज बनाइनुका साथसाथै, बालबालिकाहरुको शिक्षाको निरन्तरताका लागि पनि आमाहरुलाई नगद प्रोत्साहन दिइने कांग्रेसको कार्यक्रममा उल्लेख छ । विद्यालयको प्राथमिक तहदेखि नै नेपालीहरूबीच प्रचलनमा रहेका विभिन्न जाति, भाषा र संस्कृति तथा सांंस्कृतिक–ऐतिहासिक सम्पदाहरूको संरक्षण र सम्वद्र्धन सम्बन्धी शिक्षालाई अनिवार्य गरिने घोषणापत्रमा जनाइएको छ । घोषणापत्रमा उल्लेख भएअनुसार कांग्रेस नेतृत्वको स्थानीय सरकारले शौचालय, सुरक्षा एवं यातायातको अभावबाट छात्राहरूको अध्ययनमा असर पर्न नदिन विशेष व्यवस्था गरी भर्ना र उत्तीर्ण दर लगायत अन्य सूचकहरुमा छात्र र छात्राबीच स्थानीय तहमा रहेका सबै प्रकारका विभेदको अन्त्य गर्ने छ ।

संविधान संशोधन प्रस्तावको विपक्षमा जाने विपक्षी गठबन्धनबीच सहमति

काठमाडौँ, वैशाख १४ । नेकपा एमाले नेतृत्वको विपक्षी गठबन्धनले संविधान संशोधन प्रस्तावको विपक्षमा जाने सहमति गरेको छ । नयाँ बानेश्वरमा बसेको एमाले नेतृत्वको नौ दलीय गठबन्धनले सरकारले संसदमा पेस गरेको संविधान संशोधन विधेयक पारित हुन नदिने निर्णय गरेको हो । गठबन्धन आबद्ध दलहरुले संशोधन विधेयक देशलाई विभाजन गर्ने गरी ल्याइएको भन्दै विरोध गरिरहेका छन् ।

चुनावमा भोट हाल्न आफ्नै गाउँ फर्कन थाले

पर्वत, वैशाख १४ । स्थानीय चुनावको मिति नजिकिँदै जाँदा भोट हाल्नका लागि गाउँ फर्कनेको लर्को लाग्न थालेको छ । झन्डै दुई दशकपछि हुन लागेको स्थानीय तहको चुनावमा सहभागी भएर आफ्नो मताधिकार प्रयोग गर्न होस् वा आफूले आस्था राख्ने दलका उम्मेदवारलाई जिताउनका लागि भए पनि विदेश र तथा मुलुककै बाह्य जिल्लामा भएका पनि गाउँ फर्किन थालेका हुन् । निर्वाचनमा मतदान गर्न कतारबाट आएका ठूलीपोखरी–१ का छविलाल सापकोटाले वैशाख ३१ गते मतदान गरेर फर्किने गरी एक महिनाको छुट्टी मिलाएर आएको बताउनुभयो। त्यस्तै चुनावमै भाग लिनका लागि खाडीमुलुक मलेसियाबाट आएका पिपलटारीकमा रमेश अधिकारीले दुई दशकपछि आएको अवसरलाई सदुपयोग गर्न बिदा मागेर गाउँ फर्किएको बताउनुभयो । उहाँले स्थानीय जनप्रतिनिधि नहुँदा आफ्नो गाउँ ठाउँको विकास हुन नसकेको बताउँदै आफूहरुले चुनेको प्रतिनिधिले तल्लो तहको विकास र आम नागरिकलाई राज्यका सेवा सुविधा पु¥याउनेमा विश्वस्त रहेको बताउनुभयो । कतिपय विभिन्न राजनीतिक दलकै सक्रिय कार्यकर्ता त कतिपय सर्वसाधारण पनि भोट हाल्नकै लागि गाउँ फर्कनेको सङ्ख्या उल्लेख्य रहेको पर्वत–काठमाडाँै सडकका सवारी चालकको भनाइ रहेको छ । मलेसियाबाट हालै गाउँ फर्केका कुर्घाका शशी शर्माले दुई दशकपछिको अवसरको उपभोग गर्न आएको बताउनुभयो । अहिलेसम्म स्थानीय निकायको चुनावमा सहभागी हुन पाएको थिइन् त्यसैले अहिले छुट्टी नै मिलाएर भए पनि साउदी अरबबाट घर फर्केको उहाँले बताउनुभयो । उहाँले चुनावी परिणाम सार्वजनिक भएपछि पुनः विदेशनै जाने गरी आएको जानकारी दिनुभयो । सापकोटा, अधिकारी र शर्मा मात्रै हैनन् पर्वत जिल्लाका गाउँ गाउँमा जनप्रतिनिधि चुन्नका लागि स्वदेश फर्किनेको सङ्ख्या उल्लेख्य रहेको ठूलीपोखरीका सामाजिक परिचालक रमेश पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “लामो समयपछि हुने भएकाले पनि मतदाता नामावलीमा नाम समावेश भएका स्वदेश फर्किने क्रम बढेको हो ।” पर्वत जिल्लाका झन्डै २३ हजार युवायुवती वैदेशिक रोजगारीका लागि भारतबाहेकका अन्य मुलुकमा रहेका छन् । उनीहरुमध्ये केही प्रतिशत स्वदेश फर्किएर मतदानमा सहभागी हुने जिल्ला निर्वाचन कार्यालय पर्वतले अपेक्षा गरेको छ । विदेशमै बसेर भए पनि मतदान गर्न पाउने सुविधा नभएकाले पनि गाउँ फर्कनुको विकल्प नभएको हो । पर्वत जिल्लामा क्रियाशील राजनीतिक दलले कतिपय गाउँपालिका र नगरपालिकाका वडामा उम्मेदवार टुङ्गो लगाइसकेकाले प्रचारप्रसार सुरु भइसकेको छ । आयोगले चुनावी तयारी तीव्र पारेसँगै गाउँगाउँमा चुनावी चहलपहल बढ्न थालेको छ । उम्मेदवारले गाउँगाउँ र घरदैलो गरेर मत माग्न थालिसकेका छन् । एमाले, काँग्रेस, माओवादी, राप्रपालगायतका दलबाट उम्मेदवार सुनिश्चित भइसकेकाले गाउँ अभियानलाई तीव्र पारेको शङ्करपोखरी मा स्थानीय सञ्जय रेग्मीले जानकारी दिनुभयो ।

विकास र समृृद्धिका लागि राष्ट्रिय सरकारको आवश्यकता

काठमाडौँ, वैशाख १४ । नेपाल समाजवादी काँग्रेसले संविधान जारी भइसकेको सन्दर्भमा मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढाउन राष्ट्रिय सरकार हुनुपर्ने आवश्यकता औँल्याएको छ । सो पार्टीले यहाँ आज पत्रकार सम्मेलन गरी अब भाषण मात्रभन्दा पनि जनताले विकास र समृद्धि चाहेको हुँदा प्रत्येक राजनीतिक दल र दलका नेताहरूले एकमात्र विकासको नारालाई अगाडि बढाउँदै राष्ट्रिय सरकार निर्माण गर्नुुपर्नेमा जोड दिएको हो । पार्टीले संवैधानिक प्रजातन्त्र, हिन्दू राज्य, स्वाधीनता, समानता, स्वतन्त्रता, सार्वभौमिकता, अखण्डता र एकता हुनुपर्ने मागसमेत गरेको छ । कार्यक्रममा पार्टीका महासचिव गोविन्द निरौलाले मुलुकमा व्याप्त भ्रष्टाचार, महँगी अन्त्य गर्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसको घोषणापत्रमा कृषिक्षेत्रको आधुनिकीकरण

ललितपुर, वैशाख १४ । नेपाली कांग्रेसले ‘जल, जमिन, जंगल, जडिवुटी र जलाधारः स्थानीय जनताको समृद्धिको आधार’ भन्ने मान्यतामा स्थानीय सरकारले प्राकृतिक स्रोत व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्ने अठोट व्यक्त गरेको छ । ‘नेपाली कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ स्थानीय चुनावमा होमिएको नेपाली कांग्रेसले मंगलबार सार्वजनिक गरेको स्थानीय तह चुनाव घोषणापत्रमा सो अठोट व्यक्त गरिएको हो । सो अठोट कार्यान्वयन गराउन स्थानीय सरकारले कृषि, भूमि, वन, सिंचाई र खानेपानी जस्ता क्षेत्रमा प्राकृतिक स्रोत व्यवस्थापनमा संलग्न स्थानीय समुदायलाई भरपर्दो सहयोगी संस्थाका रुपमा परिचालन गर्ने घोषणापत्रमा स्पष्ट पारिएको छ । खेतीपाती र पशुपालन तथा कृषि एवं पशुजन्य उद्योगको स्थापना एवं क्षमता विस्तारका लागि लगानी गर्न चाहने कृषक र उद्यमीहरुका लागि प्रत्येक गाउँपालिका र नगरपालिकामा लगानीका लागि सुलभ ऋणको व्यवस्था स्थानीय सरकारले मिलाउने दृढता पनि घोषणपत्रमा व्यक्त गरिएको छ । त्यस्तै गैर–कृषिजन्य क्रियाकलापमा भूमिको प्रयोगलाई निरुत्साहित गरी कृषि प्रणालीलाई व्यवस्थित गर्न भू–उपयोग योजना तयार गरी स्थानीय सरकारले सम्भाव्य कृषियोग्य जमिनमा बाह्रै महिना सिंचाइ सुविधा विस्तार गर्न प्रत्येक गाउँपालिका–नगरपालिकाले वार्षिक सिंचाइ सुविधा विस्तारको लक्ष्य र उपलब्धि सार्वजनिक गरी कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्ने पनि कांग्रेसको घोषणापत्रमा उल्लेख गरिएको छ । कृषिमा उद्यमशीलता–आजको आवश्यकता भन्ने नाराका साथ कृषिको आधुनिकीकरण तथा औद्योगिकीकरणका लागि कृषक तथा उद्यमीहरुको क्षमता अभिवृद्धि गरी सबै स्थानीय तहमा कृषि–जैविक विविधताको महत्व भएका बाली तथा वस्तुहरुको पहिचान गरी दिगो संरक्षण तथा उपयोग कार्यक्रम संचालन गरिने पनि नेपाली कांग्रेसको स्थानीय सरकार संचालनको दृष्टिकोण छ । त्यस्तै स्थानीय सरकारले उपभोक्ताहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै स्वच्छ तथा स्वस्थ मासुको आपूर्तिका लागि स्तरीय पशु बधशालाहरुको निर्माणलाई प्रोत्साहित गरी आगामी पाँच वर्षभित्र हरेक गाउँ र नगरपालिकाहरुमा अनुमति प्राप्त बधशालाबाट मात्र प्रशोधित मासु बजारमा बिक्री हुने प्रवन्ध मिलाइने नेपाली कांग्रेसको अठोट छ । त्यसैगरी स्थानीय सरकारले कृषिबाली एवं पशुधन बीमा कार्यलाई व्यापकरुपमा प्रोत्साहित गर्ने,बीमाले संरक्षित नगरेका कृषिबाली तथा पशुधनमा हुने क्षतिलाई राहत दिन कृषक, सहकारी र स्थानीय सरकारको साझेदारीमा प्रत्येक गाउँ–नगरपालिकामा एक राहत कोषको स्थापना गरिने पनि कांग्रेसको घोषणपत्रमा जनाइएको छ । कृषि तथा पशुपालन व्यवसायको जोखिम न्यूनीकरणका लागि बाली तथा पशु बीमा कार्यक्रममा सहभागी हुन स्थानीय सरकारले किसान क्लबहरुको गठन गरी तिनै क्लबको माध्यमबाट उन्नत कृषिबाली सम्बन्धी जानकारी, नयाँ प्रविधि प्रयोग, कृषक अध्ययन अनुभव भ्रमण जस्ता सिर्जनात्मक काम सम्पन्न गरिने कांग्रेसले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ । महिला केन्द्रित किसान क्लब र सहकारीहरु मार्फत् प्राङ्गारिक तरकारी उत्पादनमा विशेष पहल र जोड दिइने पनि घोषणापत्रमा स्पष्ट पारिएको छ । साथै, प्रत्येक गाउँपालिकामा कृषि सामग्री—बीउ, मल, नश्ल सुधार, विषादी, औषधि आदिको सहज आपूर्तिका लागि निजी तथा सहकारी क्षेत्रको सहकार्यमा सुपथ कृषि सामग्री पसलहरुको स्थापना तथा संचालन गरिने छ कांग्रेसले घोषणापत्रमा जनाएको छ । आवश्यक गुणस्तरीय सेवाप्रवाहका लागि कृषि विकास रणनीतिले प्रस्ताव गरे अनुसार कृषक तथा समुदायको मागका आधारमा सामुदायिक कृषि सेवा केन्द्रको स्थापना तथा संचालन गरिनुका साथै कृषि उत्पादन वृद्धिका लागि सिंचाइ र बजार व्यवस्थापनका साथै संभावना भएका वडाको पहुँच पुग्ने गरी शीत भण्डार (कोल्ड स्टोर) स्थापना गरी कोल्ड मूल्य श्रृंखलाको निर्माण गरिने पनि नेपाल कांग्रेसले घोषणपत्रमा अठोट व्यक्त गरेको छ ।

उपराष्ट्रपतिसँग ईयू र ईजरायलका राजदूतको शिष्टाचार भेट

काठमाडौं, वैशाख १४ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ सँग नेपालका लागि युरोपियन यूनियन (ईयू) का राजदूत र इजरायलका राजदूतले शिष्टाचार भेट गरेका छन् । बिहीबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय कान्तिपथ बहादुर भवन पुगेर ईयूका राजदूत रिन्छे टेरेन्क र इजरायलका राजदूत यारोन मेयरले छुट्टाछुट्टै शिष्टाचार भेट गरेको हो । उपराष्ट्रपतिले यूरोपियन यूनियनका राजदूतसँगको भेटमा नेपाल र ईयूको सम्बन्ध घनिष्ट रहेको बताए । उनले नेपाल र ईयूबीचको सम्बन्धलाई जनस्तरसम्म प्रगाढ बनाउनुपर्नेमा जोड दिए । भेटमा उपराष्ट्रपतिले नेपाली जनताको लामो संघर्षपछि प्राप्त अधिकारको संस्थागत गर्नका लागि नेपाल निर्वाचनतर्फ अग्रसर रहेको बताए । उनले आसन्न स्थानीय तहको निर्वाचनले सिंहदरबारमा केन्द्रित जनताको अधिकार जनताको घर आगनमा पु¥याउने बताए । उपराष्ट्रपतिसँगको भेटमा ईयूका राजदूतले ईयू र नेपालको सम्बन्ध प्रगाढ रहेको बताए । उनले निर्वाचन नेपालको आन्तरिक मामिला भएको बताउँदै स्थानीय तहको निर्वाचन सफलताको लागि शुभकामना दिए । उनले नेपालले अपनाएको लोकतान्त्रिकरण, समावेशीता र विकेन्द्रकरण उच्च प्रशंनीय भएको बताए । उपराष्ट्रपतिले आजै ईजरालयका राजदूतसँगको भेटमा नेपाल र ईजरायलबीचको सम्बन्धलाई जनस्तरसम्म प्रगाढ बनाउनुपर्नेमा जोड दिए । उनले ईजरायलले कृषि क्षेत्रमा हासिल गरेको उपलब्धिबाट नेपालले सिक्न चाहेको बताए । उपराष्ट्रपतिसँगको भेटमा ईजरायलका राजदूतले दुई देशको सम्बन्ध प्रगाढ रहेको बताए । उनले ईजरायल सरकारले नेपाल घुम्नका लागि उत्कृष्ट गन्तव्य भएको र राजनीतिक स्थायित्व हासिल गरिरहेकोले आफ्ना नागरिकलाई नेपाल घुम्न प्रोत्साहित गरिरहेको बताए।

फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३ सम्पन्न

काठमाडौं, वैशाख १४ । राष्ट्रिय फोटो पत्रकार समूहद्वारा आयोजित फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३ सम्पन्न भएको छ । काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित विशेष कार्यक्रममा विभिन्न १३ विधामा उत्कृष्ट मनोनयनमा परेका फोटो पत्रकारहरुलाई पुरस्कार वितरण गरिएको थियो । फोटो पत्रकार दिवस तथा राष्ट्रिय फोटो पत्रकार समूहको २० औं वर्ष गाँठमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रिय फोटो पत्रकार समूहले ‘डिमी थापा लाइफ टाइम एचिप्मेन्ट अवार्ड– २०७३’ पत्रकार भीम गुरुङलाई प्रदान गरेको थियो । समारोहमा वनमन्त्री शङ्कर भण्डारी र युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले ५०,००० (पचास हजार रुपैयाँ) राशिको सो अवार्ड प्रदान गरेका थिए । त्यसैगरी पहिलोपटक सुरू गरिएका मेगा बैकं नेपाल वर्ष उत्कृष्ट फोटो पत्रकार दि काठमाडौं पोष्टका फोटो पत्रकार निमेश जंग राईले बाजी मारे भने उनले ‘थाहा अध्ययन प्रतिष्ठान राजनीतिक फोटो पत्रकारिता अवार्ड–२०७३’ पनि जित्न सफल भए । ‘एनटिसी डेली लाइफ फोटो पत्रकारिता अवार्ड–२०७३’ दि हिमालय टाइम्सका फोटो पत्रकार स्कन्द गौतमलाई प्रदान गरिएको थियो । ‘श्रीधरप्रसाद आचार्य कल्चर एण्ड टुरिजम फोटो पत्रकारिता अवार्ड–२०७३’ नेपाल साप्ताहिकका पत्रकार लक्ष्मीप्रसाद नाखुसी, र ‘कङ्गारु एजुकेशन अनलाइन फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार मुकुन्द कालिकोटेलाई प्रदान गरियो । पुरस्कारको राशि जनही रु.२५ हजार रहेको छ । त्यसैगरी ‘पाटन प्याथ ल्याब स्वतन्त्र फोटो पत्रकारिता अवार्ड–२०७३’ स्वतन्त्र फोटो पत्रकार राम गुरूङ र ‘ग्लोबल आइएमई बैंक विजनेश फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार बालकृष्ण थापालाई प्रदान गरियो । ‘हेभी हेल्प लिङ्क महिला फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार बीजु महर्जन, ‘ओल्ड दरबार मनोरञ्जन फोटो पत्रकारिता अवार्ड–२०७३ पत्रकार महेशमान प्रधान, ‘मेट्स एजुकेशन मोफसल फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार कृष्णमणि बराल र ‘ग्रेस इनटरनेशनल खेलकुद फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार सुदर्शन रञ्जीतलाई प्रदान गरियो । ‘भ्याली ग्रुप एनएफपिजे एक्टिभ मेम्वर फोटो पत्रकारिता अवार्ड–२०७३’ स्वतन्त्र पत्रकार किशोर श्रेष्ठलाई प्रदान गरिएको समूहका अध्यक्ष ध्रुव आलेले जानकारी दिए। पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।

संसदमा प्रतिनिधित्व गर्ने सबै दलको बैठक बोलाइने

काठमाडौं वैशाख १४ । संविधान संशोधन र निर्वाचनसम्बन्धी विवादमा सहमति खोज्न संसदमा प्रतिनिधित्व गर्ने सबै दलको बैठक बोलाइने भएको छ । बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र संघीय गठबन्धनका नेताहरुसँग बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा संविधान संशोधन विधेयकलाई द्रुत मार्गबाट पारित गर्ने विषयमा कुराकानी भएको थियो । बैठकले बिहीबार अनौपचारिक छलफल गरेर शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको बैठक बोलाउने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री कमल थापा, माओवादी केन्द्रका नेता वर्षामान पुन र गठबन्धनका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो ।

लमजुङमा माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेल

लमजुङ, वैशाख १४ । प्रतिपक्षी एमालको भूमिका कारण सरकार अप्ठ्यारोमा भएपनि माओवादी केन्द्र लमजुङले भने प्रतिपक्षी एमालेसँग चुनावी तालमेल गरेको छ । स्थानीय तह निर्वाचनमा संयुक्त मोर्चामार्फत चुनाव लड्न दुबै दल जिल्लामा सहमत भएका छन् । दुबै दलले पत्रकार सम्मेलनको आयोजना गरी सबै तहमा चुनावी एकता भएको बताएका हुन । माओवादी केन्द्रका जिल्ला इन्चार्ज पारसमणि पौडेल र एमाले अध्यक्ष धनञ्जय दवाडीले संयुक्त प्रेस वक्तव्य जारी गरि ‘राष्ट्र निर्माण र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा प्रतिवद्ध हुँदै लमजुङ जिल्लाको समग्र विकास गर्न हामी दुवै दल स्थानीय तहको निर्वाचन २०७४ मा संयुक्त मोर्चा बनाई निर्वाचनमा जान प्रतिवद्ध भएका छौं’ भनी उल्लेख गरेका छन् । एमाले अध्यक्ष दवाडीले अन्य बाम घटलाई पनि संयुक्त मोर्चामा ल्याउने प्रयास भइरहेको बताए । एक अर्को दलमा आँच नपुग्ने गरी उम्मेद्वार तय गर्ने कार्य भइरहेको र एउटा दलले उम्मेद्वार उठाएको ठाउँमा अर्को दलले एउटै पदमा उम्मेदवार नउठाउने सहमति दुबै दलले गरेका छन् । माओवादी केन्द्रका इन्चार्ज पौडेलले समृद्ध लमजुङ बनाउने संकल्पका साथ दुई दलबीच चुनावी तलमेलका लागि एकताबद्ध भएर अघि बढ्ने सहमति भएको बताए । ‘संविधानले स्थापित एजेण्डालाई कार्यान्वयन गर्न र स्थानीय तहमा जनताले चाहेको सरकार बनाउन हामी तयार भएका छौं । यो संविधान कार्यान्वयनको पहिलो खुड्किलो हो,’ उनले भने । जिल्लामा रहेको ४ गाउँपालिका र ४ नगरपालिकामा एमाले र माओवादी केन्द्रबीच ५ तहको प्रमुख र उपप्रमुख एमाले र ३ तहको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवार उठाउने सहमति भएको छ ।

कैलालीमा सम्बन्धविच्छेद गर्नेको संख्या बढ्दै

कैलाली, वैशाख १४ । कैलालीमा सम्बन्धविच्छेदका घटना वृद्धि हुँदै गइरहेका छन् । महिलामा सक्षमता, आत्मनिर्भरता बढ्दै जानु, हिंसा सहेर बस्नु हुन्न भन्ने सचेतना आउनु, बालविवाह, अनमेल विवाह, वैदेशिक रोजगारजस्ता कारणले सम्बन्धविच्छेदको घटना बढ्दै गईरहेका कतिपयको भनाई छ । पछिल्ला वर्षहरुको तथ्यांक हेर्दा पारिवारिक बिग्रहले ठूलो रुप लिदै गएको देखिन्छ । सयौं जुनिसँगै जिउने बाचाकसम खाएका कतिपय जोडी विवाहमा बाँधिएको वर्ष दिन नपुग्दै सम्बन्धविच्छेदको अवस्थामा पुगेको देखिन्छन् । सम्बन्धविच्छेद ठूलो सामाजिक समस्याका रुपमा सिर्जना भएको कतिपयको बुझाई छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मात्रै जिल्ला अदालत कैलालीमा १ सय १३ वटा सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएका छन् । दर्ता भएकामध्ये कतिपय फैसला भइसकेका जिल्ला अदालत कैलालीका शाखा अधिकृत नरबहादुर नेगीले जानकारी दिए । अदालतमा मात्र होइन, सम्बन्धविच्छेदको प्रकृयाबारे जानकारी लिन र सम्बन्धविच्छेदमा कानूनी सहायता माग्न जिल्लास्थित सामाजिक कानुनी सहायता केन्द्रमा पनि दैनिकजसो सेवाग्राही पुग्ने गरेका छन् । सम्बन्ध विच्छेदका लागि सहायता र परामर्श लिन दैनिक ५–६ जना सेवाग्राही पुग्ने गरेका कानूनी सहायक केन्द्रका अधिकृत अधिवक्ता देवीलाल चौधरी बताउँछन् । प्रविधिको दुरुपयोग, बाल्यावस्थामै विवाह हुनु र पछि परिपक्क भएपछि एकअर्काको भावना नमिल्नु, बेरोजगारीका कारण घरायसी कलह, हिंसा सहन गर्न नसक्नुजस्ता कारण लिएर महिला, पुरुष सम्बन्धविच्छेदका लागि आउने गरेका चौधरीले बताए । वैदेशिक रोजगार पनि सम्बन्धविच्छेदका घटना बढ्नुको कारण हो । वैदेशिक रोजगारले पारिवारिक विग्रहका घटना पछिल्ला वर्षहरुमा बढी देखिन्छन । वैदेशिक रोजगारले सम्बन्धमा शंका उब्जाउने र त्यसले सम्बन्धविच्छेदको स्थितिमा पु¥याउने गरेको छ । वैदेशिक रोजगारबाट फर्केपछि श्रीमानले श्रीमतीप्रति शंका गर्ने त्यहीं विषयको विवादले उग्र रुप लिएपछि सम्बन्धविच्छेदको अवस्थासम्म पुग्ने गरेको देखिन्छ । श्रीमान कामको खोजिमा विदेशिएको बेला श्रीमती अर्कैसंग नजिकिनुले पनि सम्बन्ध विच्छेदको अवस्था सिर्जना हुने गरेको छ । श्रीमानले विदेशबाट पठाएर सबै सम्पत्ति लिएर महिला भागेका उदाहरण पनि थुपै्र देखिन्छन । कतिपय महिला विभिन्न खाले हिंसाका सिकार हुने गरेका छन् । हिंसा सहेर बस्नु हुँदैन भन्ने चेतनाको विकास हुनुले पनि सम्बन्धबिच्छेदका घटना बढेका अधिकारकर्मीको भनाई छ । महिला तथा बालबालिका कार्यालयका निमित्त प्रमुख पुजा घिमिरे काफ्ले आफूमाथि हुने हिंसा सहेर बस्नु भन्दा आवाज उठाउनुपर्छ भन्ने भावनाको विकास महिलामा भएको बताउँछिन । हिंसा सहेर नबस्दा विवाद हुने र सम्बन्ध विच्छेदको अवस्थामा पुग्ने गरेको उनको भनाई छ ।

स्याङजामा माओबादि केन्द्र र नया शक्ति बिच पार्टी एकता हुँदै,

स्याङजा, वैशाख १४ । नेकपा माओबादि केन्द्र स्याङजा भिरकोट र नया शक्ति पार्टि भिरकोटको पार्टि एकता हुँदैछ । आज बयरघारि बजारमा हुने औपचारिक कार्यक्रमका बिच एकताको घोषणा हुनेछ । नया शक्ति पार्टिको तर्फ बाट गुरुङ्ग रास्टिय परिषद के सहसयोजक तथा पार्टिको अन्तरिम केन्द्रियपरिषद सदस्य भिरकोटका नगर सयोजक मोहन गुरुङ्ग नेत्रृत्व एकता हुने भएको छ। एकताको गृहकार्य टुङ्गिऐको छ। २०जनाको भिरकोट कमिटिमा १३० जनाको सदस्य सहित पार्टि एकता हुने माओबादि केन्द्रका केन्द्रिय सदस्य तथा भिरकोट अध्यक्ष चन्द्र रोकाले जानकारि दिए । पछिल्लो घटना क्रम नया शक्ति पार्टि त्याग्न लागेको र उपेन्द्र यादव सगं पार्टि एकता नगरि चुनाब चिन्ह लिएर कार्यगत एकता गरेको प्रति गरुङ्गको असहमति रहेको छ। पार्टि राष्ट्रिय पार्टि गठनको दिशातिर अगाढिनबढि क्षेत्रिय पार्टि निर्माणमा अगि बढेकाले नया शक्ति पार्टिले आउँदो निर्वाचनमा थ्रेस होण्ड क्रस गर्न नसक्ने,पार्टि भित्र नया र पुरानो बिचको चरम द्धन्द रहेको बाबुरामलाई केही अबसरबादि तप्काले घेराबन्दि गरिरहेकोले छिट्टै नया शक्तिमा ठूलो फुट ल्याउने हुदा आफुहरु बेलैमा सजग भएको गुरुङ्गको भनाई छ ।