महँगिदै भन्सा : चामल र दलहनको मूल्य दिनहुँ वृद्धि

काठमाडौँ। श्रावण महिना लागेपछि  चामल र दलहनको भाउ महँगो भएको छ । नेपाल खुुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक महिनामा चामल प्रतिबोरामा १५० रुपियाँसम्म र दलहन प्रतिकेजीमा ९० रुपियाँसम्म महँगो भएको हो । 

भारत सरकारले चामल र दलहनलगायतका खाद्य वस्तुु नेपालमा निर्यात गर्दा अतिरिक्त भन्सार महसुुललगायतका कारण पछिल्ला दिनमा नेपालका व्यापारीले आफूखुुसी रूपमा मौज्दात रहेका चामल र दलहनमा समेत मूल्य बढाएर बिक्री गर्दै आएका छन् । 

नेपाल खुुद्रा व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष नरेश खड्कीले पछिल्लो एक महिनामा चामल, दहलन, खाने तेल, आटालगायत सबैको वस्तुुको भाउ महँगो भएको बताए। थोकमा चामल, दाल, गेडागुडी, आटा, चिनीलगायतको भाउ दिनैपिच्छे बढेको भन्दै उनले हिजो बेचिरहेको वस्तुुको मूल्यमा आज ल्याएर बिक्री गर्न सकिने अवस्था नरहेको बताए। 

नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अनुसार नेपाल खाद्यवस्तुुमा लगभग भारतमै निर्भर रहेको र हाल भारतमै ती वस्तुुको भाउ बढेको हुँदा चामल प्रतिबोरा एक सय रुपियाँ बढेर आएको छ । 

नेपालमा चामल, दलहन चिनी, तेललगायतका वस्तुु मौज्दात राख्न सक्ने अवस्था नरहेको र दैनिक आउने हुँदा भारतमा बढ्नेबित्तिकै नेपालमा त्यसको असर परेको सङ्घले जनाएको छ । 


 

माधव नेपाल नेकपा(एस)को अध्यक्षमा सर्वसम्मत

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत भएका छन् । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा नेपाल चयन भएका हुन् ।  चार दिनदेखि जारी दशौँ महाधिवेशनबाट मुख्य दुई कार्यकारी पुरानै नेतृत्वमा सहमति जुटेको हो । एकीकृत समाजवादीमा २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ ।

तत्कालीन ओली सरकारलाई कारबाही गर्नुपर्छ : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले यो सरकारले तत्कालीन केपी ओली नेतृत्वको सरकारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन्। उनले आज सामाजिक सञ्जालमार्फत यस्तो माग गरेका हुन्। उनले भनेका छन्,‘झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–इस्टेट)अन्तर्गत रहेको झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयलाई सर्वोच्चका संवैधानिक इजलासले ‘सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त’ भन्दै हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भएमा उक्त जग्गा सरकारले फिर्ता लिनुपर्ने फैसला गरेको छ।’ उनले अब त्यहाँ कि चिया बगान हुने कि त त्यो जग्गा सरकारको हुने उनले बताए। उनका अनुसार यो जग्गा अहिलेको अवस्थामा १० अर्ब भन्दा धेरै मूल्यको रहेको छ। ‘अब तत्कालीन सरकारलाई कारबाहीको भागिदार बनाउनुपर्छ यो सरकारले,’उनले भनेका छन्,‘जस जसले बैना गर्नु भएको छ यो जग्गाको लागि अब कानुनी प्रकृयाबाट बैना फिर्तामा जानु होला तपाईंहरूको जग्गा प्राप्तिको बाटो सकिएको छ।’ देशको अरबौको सम्पत्तिलाई एकल प्रयासले जोगाउन सफल भएको भन्दै उनले कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई धन्यवाद दिए। ‘धन्न तपाई जस्तो कोहि हुनुहुन्छ र सरकारी सम्पत्ति बचेको छ,’उनले उल्लेख गरेका छन्।

उपेन्द्र यादव सरकारमै रहने

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल सरकारमै रहने भएको छ । आज बिहान प्रधानमन्त्री प्रचण्डसँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष यादवले सरकारमा रहने बताएका हुन् । आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री प्रचण्डसँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताए। सरकारबाट समर्थन फिर्ता लिने नलिने कुरा गर्ने बेला यो नभएको उनले बताए । उनी आजै बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका थिए।

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । आज बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले विविध निर्णय गरेको छ । यस्ता छन् २०८१ वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरुः १. संवत् २०८१ साल वैशाख २८ गते शुक्रवारका दिन अपरान्ह २.०० बजेट संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने । २. जापानी परराष्ट्र मन्त्री H.E. Ms. KAMIKAWA Yoko को मिति २०८१ वैशाख २३ गते हुने नेपाल भ्रमणको अवसरमा हुने द्धिपक्षीय वार्ताको लागि नेपाली प्रतिनिधिमण्डल गठन गरी वार्ता गर्ने अख्तियारी दिने । उक्त द्धिपक्षीय वार्ताका लागि कार्यसूचि स्वीकृत गर्ने । ३. समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्ष पदमा उच्च अदालतका पूर्वन्यायाधीश श्रीमण कुमार गौतमलाई नियुक्त गर्ने ।

रूद्रकली र खगेन्द्रप्रसाद गएनन् कतार

काठमाडौँ । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको उपहार स्वरुप लाने भनिएको दुई वटा हात्ती तत्काललाई कतार नजाने भएका छन् । कानुनी तथा प्राविधिक प्रक्रिया पुरा नभएको कारण नेपालले उपहार स्वरूप दिइने रूद्रकली र खगेन्द्रप्रसाद गरी दुई हात्ती तत्काल कतार नजाने भएका हुन् । कतार पठाउनका लागि नेपालको तर्फबाट सबै तयारी पूरा भएपनि कतारको तर्फबाट कानुनी तथा प्राविधिक कुरा नमिलाएको कारण कतारका राजा शेखसँग ती हात्ती पठाउन सम्भव नभएको हो ।  हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साईटीस)को अनुसूचीमा सूचीकृत छ। सो महासन्धिमा नेपालले पनि हस्ताक्षर गरेको छ। कतारलाई हात्ती दिने विषयमा साइटिसले पनि सिफारिस गर्नुपर्छ। वन मन्त्रालयका अनुसार त्यहाँबाट पनि कुनै सिफारिस आइपुगेको छैन। साईटीसबाट कतारले सिफारिस ल्याउनुपर्ने भए पनि त्यसबारे कुनै पहल देखिएको छैन 

इलाम र बझाङमा क्रमश: २० र १२ जनाको उम्मेदवारी दर्ता(सूचीसहित)

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा उपनिर्वाचनमा मनोनयन दर्ता गर्ने समय सकिएको छ । आगामी बैशाख १५ मा हुने इलाम २ को प्रतिनिधिसभा र बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ को उपनिर्वाचनका लागि शनिबार(आज) क्रमशः २० र १२ जनाको मनोनयन दर्ता भएको छ ।  निर्वाचन आयोगका सहायक प्रवक्ता उपसचिव रामदत्त पाण्डेयले दिएको जानकारी अनुसार इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.२ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएको छ । त्यसैगरी बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको छ ।  इलाम २ को प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलनकुमार योङहाङ लिम्बु, राप्रपाका लक्ष्मी गुरुङ, एकीकृत समाजवादीका जीतबहादुर राई, जनमतका प्रेमकुमार थाम्सुहाङ, नेमकिपाका श्यामबहादुर दर्जी, नेपाली जनता दलका रेशमबहादुर सुनार, नेसनल मंगोल अर्गनाइजेशनका मनिबहादुर लिम्बु, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेसनल रिपब्लिकका धनराज रानामगर रहेका छन् । त्यस्तै, प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्नेहरूमा अर्जुनबहादुर शाही, केशबकुमार चापागाईं, डकेन्द्रसिंह लिम्बु, डाकप्रसाद गौतम, दिपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बश्याल रहेका छन् । बझाङको प्रदेश सभा निर्वाचनमा कांग्रेसका अभिषेकबहादुर सिंह, नेपाली जनता दलका अशोक सुनार, नेसनल रिपब्लिकका किशोरकुमार खड्का, नेमकिपाका खगेन्द्रबहादुर शाही, राष्ट्रिय मातृभूमिका गजेन्द्रबहादुर थापा, माओवादी केन्द्रका जनकबहादुर बुढा, एमालेका दमनबहादुर भण्डारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका दिपकबहादुर खड्का, एकीकृत समाजवादीका दिलबहादुर सिंह, जसपाका रामबहादुर जाग्री र जनमत पार्टीका सुशीलादेवी विष्ट उम्मेदवार बनेकी छन् । उम्मेदवारको मनोनयनपत्र दर्ता भई सूची प्रकाशन भएपछि चैत २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय निर्धारण गरिएको छ भने २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्न २७ गतेको समय निर्धारण गरिएको छ ।

परीक्षा तयारी नोटः के हो कम्प्युटर सफ्टवेयर, प्रकार र उदाहरणसहित

कम्प्युटरलाई राम्रोसँग कार्य सञ्चालन गर्नका लागि निश्चित प्रोग्राम वा निर्देशनको आवश्यकता पर्छ । त्यसैले यस्ता निर्देशनहरू दिने एक विशेष प्रकारको निर्देशन सेटलाई नै सफ्टवेयर भनिन्छ । अर्को अर्थमा कुनै पनि काम कम्प्युटरद्वारा गर्न वा गराउने निर्देशनहरूलाई प्रोग्राम भनिन्छ । यस्ता प्रोग्रामहरूका सेटलाई सफ्टवेयर अर्थात् प्रोग्रामहरूको समूहलाई सफ्टवेयर (software) भनिन्छ । सफ्टवेयरले नै कम्प्युटरलाई नियन्त्रण गर्ने र प्रयोगकर्ताहरूको समस्या हल गर्दछ । बजारमा धेरै प्रकारका सफ्टवेयरहरू उपलब्ध छन् । जस्तै: MSDOS (Microsoft Disk Operating System), Windows XP, Paint brush, Spreadsheet, Word आदि । यस्तै खुला प्रकृतिका सफ्टवेयरहरू इन्टरनेटमा उपलब्ध हुन्छन् । जसलाई हामी सहजै लिई प्रयोग गर्न सक्छौं । यस्ता प्रकृतिका सफ्टवेयरहरू इन्टरनेटमा नि:शुल्क वा थोरै शुल्कमा उपलब्ध हुन्छन् । जसलाई निःशुल्क सफ्टवयेर (free software or open source software) भनिन्छ । तर अन्य सफ्टवेयरहरू शुल्क तिरेर मात्र प्रयोग गर्नुपर्छ । बजारमा उपलब्ध सफ्टवेयरलाई निम्नानुसार विभाजन गर्न सकिन्छ : (क) सिस्टम सफ्टवेयर (System Software) सिस्टम सफ्टवेयर एक प्रकारको सफ्टवेयर हो । यसले कम्प्युटर सञ्चालन गर्ने काम गर्दछ । यसले कम्प्युटर प्राणालीको सम्पूर्ण कार्य सञ्चालन तथा नियन्त्रण गर्नुका साथै सुरक्षित ढङ्गबाट सञ्चालन गर्छ । यो एक विशेष प्रकारको सफ्टवेयर हो । सिस्टम सफ्टवेयरलाई कम्प्युटरको अभिन्न अङ्गको रूपमा लिने गरिन्छ । सिस्टम सफ्टवेयरलाई ओएस (OS) भनेर पनि चिनिन्छ । यस्ता ओएसका माध्यमबाट कम्प्युटर र कम्प्युटर प्रयोगकर्ता बिच राम्रो सम्बन्ध भई कार्य हुन्छ । यस्ता सिस्टम सफ्टवेयरहरू धेरै छन् । जस्तै : MSDOS, Windows 98, Windows XP, Window7, MacOS, Android, GUN LINUX, UNIX आदि । (ख) एप्लिकेसन सफ्टवेयर (Application Software) प्रयोग कर्ताले आफ्नो इच्छाअनुसार कम्प्युटरलाई सञ्चालन गर्नका लागि बनाएका सफ्टवेयरहरू नै एप्लिकेसन सफ्टवेयर भनिन्छ । यस्ता सफ्टवेयरहरू प्रयोगकर्ताको आवश्यकताअनुसार निर्माण गरिएको हुन्छ । जस्तै Page Maker, Photoshop, Free Hand, Dream Weaver, CorelDraw, MS Office, Open Source Office आदि । (ग) युटिलिटी सफ्टवेयर (Utility Software) कम्प्युटर सञ्चालन गर्दा अति आवश्यक हुने यो एक प्रकारको सहयोगी सफ्टवेयर हो । युटिलिटी सफ्टवेयरले कम्प्युटरको हार्डवेयर र सफ्टवेयरबिचमा राम्रो सम्बन्ध तथा वातावरण मिलाई कार्य गर्न सहज बनाउँछ साथै छिटो छरितो, राम्रो तथा विश्वास योग्य कार्य गर्न पनि सहयोग पुयाउँछ । युटिलिटी सफ्टवेयरमा एन्टी भाइरस, डिक्स क्लिनर, फर्मेटिङ डिक्स, डिक्स डिफेन्मेन्टर, (Antivirus, Disk Cleaner, Disk Defragmenter) आदि सफ्टवेयरहरु पर्छन् । जस्तै; – माइक्रोसफ्ट वर्ड (MS Word) – माइक्रोसफ्ट एक्लेस (MS Excel) – एडब फोटोसप (Adobe Photoshop) – एडब पेजमेकर (Adobe PageMaker) – माइक्रोसफ्ट एक्सेस (Microsoft Access) – विन्डोज मिडिया प्लेयर (Windows Media Player) – पिक्स आर्ट (Pics Art) – ओपेरा ब्राउजर (Opera Browser) – क्रोम ब्राउजर (Chrome Browser) – विन्डोज सेभेन (Windows 7) – विन्डोज टेन (Windows 10) आदी । केही प्रश्नहरू १. कम्प्युटर सफ्टवेयर भनेको के हो ? कुनै तिन ओटाको उदाहरण लेख । उत्तर: कम्प्युटर सफ्टवेयर भनेको कम्प्युटरलाई राम्रोसँग कार्य सञ्चालन गर्नका लागि आवश्यक पर्ने निर्देशनहरुको समुहलाई सफ्टवेयर भनिन्छ । जस्तै; विन्डोज सेभेन (Windows 7), माइक्रोसफ्ट वर्ड (MS Word), क्रोम ब्राउजर (Chrome Browser) आदी । २. सफ्टवेयरबारे उदाहरण सहित लेख । उत्तर: कम्प्युटर सफ्टवेयर भनेको कम्प्युटरलाई राम्रोसँग कार्य सञ्चालन गर्नका लागि आवश्यक पर्ने निर्देशनहरुको समुहलाई सफ्टवेयर भनिन्छ । कम्प्युटर सफ्टवेयर बिना हार्डवेयरले मात्र काम गर्न सक्दैन । यसकारण हार्डवेयर र सफ्टवेयर बिच पारस्परिक सम्बन्ध रहेको हुन्छ । सफ्टवेयरलाई साधारणतया तीन भागमा बाँडिएको हुन्छ । तिनीहरू निम्नानुसार छन : क. सिस्टम सफ्टवेयर: एम एस डस (MS-DOS), विन्डोज एक्स पी (Windows XP, विन्डोज नाइन्टी एट (Windows 98), विन्डोज सेभेन (Windows 7), विन्डोज एट (Windows 8), विन्डोज टेन (Windows 8), लिनक्स (Linux), म्याक ओएस (Mac OS), एन्ड्रोइड (Android), गन लिनक्स (GUN LINUX), युनिक्स (UNIX), युबुन्टु (Ubuntu), आदी । ख. एप्लिकेसन सफ्टवेयर: पेज मेकर (Page Maker), फोटोसप (Photoshop), फ्रि-ह्याण्ड (Free Hand), ड्रिम वेभर (Dream Weaver), कोरल ड्रो (CarolDraw), एम एस अफिस (MS Office), ओपन अफिस (Open Source Office), क्रोम ब्राउजर (Chorme Browser), वर्डप्याड (WordPad) आदी । ग. युटिलिटी सफ्टवेयर: एन्टी भाइरस (Antivirus), डिक्स क्लिनर (Disk Cleaner), फर्मेटिङ डिक्स (Formatting Disk), डिक्स डिफेन्मेन्टर (Disk Defragmenter), फाइल म्यानेजर (File Manager), टेक्स्ट इडिटर (Text Editor), ब्याकप युटिलिटी (Backup Utility) आदी । ३. सिस्टम सफ्टवेयर भनेको के हो ? यो किन आवश्यक पर्छ । उत्तर: सिस्टम सफ्टवेयर भनेको कप्युटरका हार्डवेयर र सम्पूर्ण कामहरु सञ्चालन तथा नियन्त्रण गरी कम्प्युटर र प्रयोगकर्ता बिच दोभाषेको भूमिका निर्वाह गर्ने अत्यन्तै महत्त्वपूर्ण सफ्टवेयर हो । यसले कम्प्युटरको फाइल, सुरक्षा, मेमोरी, भण्डारण, इन्पुट, प्रोसेर र आउटपुट आदी व्यवस्थापन गर्ने काम गर्छ । ४. युटिलिटी सफ्टवेयरले के काम गर्छ ? लेख । उत्तर: युटिलिटी सफ्टवेयर भनेको कम्प्युटरला फाइल फोल्डर र सुरक्षा व्यवस्थापन गर्ने सफ्टवेयर हो । यसले कम्प्युटरमा निम्नानुसारका कामहरु गर्छन । क. कम्प्युटर हार्डवेयर र सफ्टवेयर बिच राम्रो वातावरण सिर्जना गर्छ । ख. अनावश्यक, समय नाघेका, हानीकारक फाइल तथा प्रोगामहरु हटाउने गर्छ । ग. डाटा तथा फाइलहरु व्याकप र रिकभर गर्छ । घ. कम्प्युटर प्रोगाममा लेखिएका कुराहरुलाई सच्याउन, मेट्न, प्रोसेसिङ र कम्पाइल गर्न मद्दत गर्छ । ५. निःशुल्क सफ्टवेयरको बारेमा उदाहरण सहित लेख । उत्तर: इन्टरनेटमा पैसा नतिरी वा निःशुल्क डाउनलोड गरेर चलाउन सकिने सफ्टवेयरहरुलाई निःशुल्क वा ओपन सोर्स सफ्टवेयर (Open Sourced Software) भनिन्छ । यो सफ्टवेयर प्रयोग गर्नको लागि हामीले सफ्टवेयर निर्मातालाई सफ्टवेयर प्रयोग गरेवापत पैसा तिर्नु पर्दैन । -इसिकाइडटकमबाट साभार

कुमाले समुदायको माटोका भाँडा बनाउने पेशा संकटमा

मोरङ । माटोको सामग्री बनाउने कुम्हाले समुदायको पुख्र्याैली पेशा संकटमा परेको छ । प्लास्टिकका भाँडा निर्माण भएपछि माटोका सामग्री बिक्री हुन छाडेपछि कुम्हालेको पेशा संकटमा परेको हो । बजारमा प्लास्टिकका बाल्टिन, जग, डस्टबिन, थाल, लगायतका सामग्रीले माटाका भाँडाको व्यापार खाइदिएको विगत ३० वर्षदेखि माटाका भाँडा बनाउँदै आएका विराटनगरका सत्यनारायण पण्डितको भनाइ छ । पण्डितका अनुसार करिब २० वर्षपहिले माटोका भाँडा बनाएर एक परिवारले वर्षमा रु ५ लाखदेखि ६ लाख कमाई हुने गरेको थियो । तर अहिले अरू बेला बिक्री नै हुँदैन, भइहाल्यो भने चाडपर्वको याममा एक परिवारले रु ५०÷६० हजारसम्म माटोको सामग्री बेचेर आम्दानी हुन्छ । उहाँले भन्नुभयो, “आम्दानी नभएपछि वर्षभरि परिवार पाल्न साहुमहाजनसंग लिएको ऋण तिरेर छाक टार्ने जोहो गर्छौं ।” अर्का रामसुफल पण्डितले आपूmहरुको पुख्र्यौंली पेशा परम्परागत संस्कारले मात्रै धानेको बताउनुहुन्छ । “माटोको सामग्रीको व्यावसायीकरण नभएकाले आपूmहरुको पेशा परम्परागत मान्यताले मात्रै थामेको छ,” उहाँले भन्नुभयो, “अहिलेको महँगो व्यवस्थामा माटोका सामग्री बनाउनेदेखि आगोमा पोलेर तयार पार्दासम्म माटो, दाउरा, रंग लगायतको सामग्री चर्को मूल्यमा खरिद गर्नुपर्छ ।” आपूmहरुको पेशा व्यवसायीकरणका लागि सरकारी निकायका साथै गैरसरकारी संघसंस्थाको ध्यान पुग्न नसकेको उहाँको गुनासो छ । आपूmहरुको जातीय पेशा व्यवसायीकरण नहुँदा युवापुस्ता अन्य पेशा व्यवसायका साथै वैदेशिक रोजगारीका लागि खाडी मुलुक पलायन हुन बाध्य भएको उहाँको भनाइ थियो । राष्ट्रिय जनगणना २०६८ का अनुसार कुम्हाले जातिका महिला ३० हजार ४१६ र पुरुष ३१ हजार ९८३ गरी कूल ६२ हजार ३९९ जनसंख्या रहेको छ । उनीहरु तराई मधेशका जिल्लामा छरिएर बसोबास गर्दै आइरहेका छन् । कुमालेले माटोका कलश, कोहा, ढकन, घैला, दियो बनाउने गर्दछन् । रासस

राष्ट्रियसभामा दुई समितिमा एमाले र माओवादीबाट सभापति निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित हनुभएको छ । सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा एमालेकी सांसद हुनुहुन्छ ।  यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र एमालेकी तुलसाको उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गर्नुभएको हो । सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी परेको थियो ।

यी प्रदेशका यी स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टामा बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । आज सूर्योदय बिहान ५ बजेर ३५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४० मिनेटमा हुनेछ ।

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष सहित नौ जना पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले ठगी मुद्दामा अनुसन्धानका लागि सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठ सहित नौ जनालाई पक्राउ गरेको छ । ठगी मुद्दामा अनुसन्धानका लागि तत्कालीन अध्यक्ष राजेश श्रेष्ठ, सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ, शिवगोपाल रिसाल तथा अभिषेक बज्राचार्यलाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोटगीले जानकारी दिए। यसअघि कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा गत फागुन १५ गते सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ मनोज न्यौपाने र तुलसी गौतमसहितका अन्य कर्मचारी पक्राउ परेका थिए। सेञ्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार कर्जा प्रवाह गरेको सिआइबीको अनुसन्धानले देखाएको छ ।उक्त ऋण धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ ले बढी पाइएको सीआइबीको दाबी छ । हाल सेञ्चुरी बैंक प्रभु बैंकमा गाभिइसकेको छ । देउराली बहुउद्देशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रवीन्द्र चौलागाईंको योजना र मिलेमतोमा सेञ्चुरी बैंकका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी, तत्कालीन सिइओ न्यौपाने, त्यसअघिका सिइओ गौतमलगायतका व्यक्तिले कमिसन लिई कम धितो राखेर बढी ऋण प्रवाह गरी बैंकलाई हानी नोक्सानी पुर्याएको आरोप छ । बचतकर्ताको सात अर्ब हिनामिनाको आरोप लागेका देउरालीका अध्यक्ष चौलागाईं अहिले प्रहरी हिरासतमा रहेका छन् ।

आज गणतन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौ । आज विभिन्न कार्यक्रम गरी देशभर गणतन्त्र दिवस मनाइँदै छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको ऐतिासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ। दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ ।विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीबीच पूर्ण लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो। विसं २०६२ साल मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए ।अन्ततः तत्कालीन राजा ज्ञानेन्द्र शाह आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्न बाध्य भए । विसं २०६३ जेठ ४ गते बसेको पुनर्स्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो। उक्त बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो।यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गरेको थियो । सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा यही जेठ १ गते सिंहदरबारमा बसेको बैठकले ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ गठन गरेको थियो।

बंगालको खाडीमा रेमल चक्रवात, नेपालमा यस्तो छ असर

काठमाडौं । बंगालको खाडीबाट उत्पन्न रेमल चक्रवातको अप्रत्यक्ष असर नेपालको पूर्वी भागमा देखिन थालेको छ। खासगरी कोशी प्रदेशका तराई भागका जिल्लाहरु मोरङ, झापा लगायतमा बदली र वर्षा भइरहेको छ। आज अपराह्नदेखि बागमती र गण्डकी प्रदेशका केही भागमा पनि हल्का वर्षाको सम्भावना छ। प्रि–मनसुन सिजनमा बंगालको खाडीमा उत्पन्न पहिलो चक्रवातको सीधा असर भने नेपालमा नपर्ने मौसमविदहरुले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार रेमल चक्रवातको नेपालमा अप्रत्यक्ष प्रभाव पर्ने छ । यसको अप्रत्यक्ष असरले सोमबार र मंगलबार नेपालका कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली रहने मौसमविद झाले बताए । मौसमविद चिरञ्जिवी भेटवालका अनुसार रेमल चक्रवात नेपालको पूर्वी भूभागभन्दा बाहिर नै भएर बहने छ । यसको बाहिरी घेराका केही बादलमात्र नेपालसम्म आइपुग्ने छन् । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै रेमल चक्रवातको असरबारे जानकारी दिएको छ । यस्तो छ जानकारी  नेपालको सन्दर्भमा 'रेमल’ चक्रवातको प्रत्यक्ष प्रभाव नरहेतापनि यसको अप्रत्यक्ष प्रभावबाट सोमबार र मंगलबार नेपालको कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्ण बदली रहनेछ ।  कोशी प्रदेशको केही स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग  हावाहुरी सहित हल्का देखि मध्यम वर्षा र  एक-दुई स्थानमा भारी वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । तराईका भू-भागमा हावाहुरीको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ। मधेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग  हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ। बागमती प्रदेशको थोरै स्थानहरू मेघ गर्जन / चटयाङ्ग  हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ। गण्डकी प्रदेशको केही स्थानहरू मेघ गर्जन / चटयाङ्ग  हावाहुरी सहित हल्का देखि मध्यम वर्षा र  एक-दुई स्थानमा भारी वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखी मध्यम हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ। बाँकी प्रदेशको मौसम पूर्वानुमान र 'रेमल’ चक्रवातको अद्यावधिक जानकारीको लागि  यस महाशाखाबाट जारी हुने दैनिक मौसम पूर्वानुमान बुलेटिन हेर्नु हुन सम्पूर्णलाई अनुरोध छ। तसर्थ, सोमबार र मंगलबार दैनिक जन-जीवन, कृषि, पर्यटन, सडक तथा हवाई यातायात लगायत क्षेत्रहरू प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ।

जलवायु अनुकूलन कार्यक्रमका निम्ति फिनल्यान्डबाट एक अर्ब ८७ करोड अनुदान

काठमाडौं । फिनल्यान्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका निम्ति अनुदान सहायता उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। सम्झौतापत्रमा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल र नेपालका लागि फिनिस राजदूत रिना–रिक्का हेक्काले हस्ताक्षर गरे । यही जेठ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट उक्त सहयोग रकम स्वीकार गर्ने निर्णय गरिएको थियो । सम्झौताअनुसार फिनल्यान्डले नेपाललाई १३ मिलियन युरो अर्थात् एक अर्ब सात करोड ९१।८७ अर्ब० रुपैयाँ अनुदान दिनेछ । युरोपेली संघ ९ईयू०को १८ मिलियन र फिनल्यान्डको १३ मिलियन अनुदान तथा नेपाल सरकारको २० मिलियन गरी ५१ अर्ब युरो रकमबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमार्फत जलवायु अनुकूलन कार्यक्रम सञ्चालन गरिनेछ । युरोपेली संघ र अर्थ मन्त्रालयबीच त्यससम्बन्धी सम्झौतापत्रमा यसअघि नै हस्ताक्षर भइसकेको छ । नेपाल र फिनल्यान्ड तथा युरोपेली संघबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा उक्त सम्झौता गरिएको मन्त्रालयले जानकारी गराएको छ ।

सेयर बजारमा २.२६ प्रतिशतको वृद्धि, कारोबार सवा ५ अर्ब नाघ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २.२६ प्रतिशत बढेको छ।अघिल्लो कारोबार दिनको तुलनामा ४५.६९ अंक बढेको नेप्से परिसूचक २०६४ अंकमा पुग्यो। यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ । अघिल्लो दिन ४ अर्ब २३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २५ करोडको भयो। सबै क्षेत्रका सूचकहरु बढेका छन् ।बीमा समूहमा उल्लेख्य आकर्षण देखिएको छ। जीवन र निर्जीवन बीमा  सबैभन्दा धेरै बढे। आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो।हिमालयन लघुवित्तको ८.४, माउन्टेन हाइड्रो नेपालको ७.९, रुरुको ७.४, रिभरफल्स पावरको ७.१ तथा एनआईसी एसिया बैंकको ६.९ प्रतिशत मूल्य बढ्यो। माण्डु हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो। पिपुल्स पावरको ७.७, बाराही हाइड्रोपावरको ६.३, गुराँस लघुवित्तको ५.२, दोल्ती पावरको ३.९ प्रतिशत मूल्य घट्यो।कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, फस्र्टमाइक्रोफाइनान्स, हिमालयन लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, सिटिजन लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहेको छ।