२४.३९ अंकले बढ्यो नेप्से, कारोबार कति?

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार २४.३९ अंकले बढेर बन्द भएको छ। नेप्से १.२३ प्रतिशतले वृद्धि भएर १९९८.८९ विन्दुमा बन्द भएको हो।

यस दिन तीन अर्ब ४० करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भयो। बढेको बजारमा कम सेयर मूल्य भएका बैंकप्रति लगानीकर्ता आकर्षित भएका छन् । लगानीकर्ता वाणिज्य बैंकमा आकर्षित हुँदा उक्त समूहको परिसूचक सर्वाधिक बढेको छ।

वाणिज्य बैंक समूहको परिसूचक ३.२१ प्रतिशतले वृद्धि भएको छ। कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक घटेको छ। बाँकी समूहको परिसूचक बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।

नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त वित्तीय संस्था र माण्डु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ।कारोबारमा आएका मध्ये १४८ कम्पनीको सेयर मूल्य बढेको छ । ८५ कम्पनीको सेयर मूल्य घटेको छ। 

विदेशमा आत्महत्या: बाध्यताको बहाना र संयमताको कमी

शुसान आचार्य/ वैदेशिक रोजगारीका लागि बिदेशिएका नेपालीहरु पछिल्लो समय विभिन्न कारणले आत्महत्याको बाटो रोज्न थालेको प्रष्ट देखिन्छ । सुखी जीवन बिताउने मिठो सपनालाई साकार पार्ने  उदेश्य राखेर बिदेशिएका नेपालीहरु मध्य कतिपय नेपालीले सवारी दुर्घटना र रोग ब्याधिका कारण आफ्नो प्राण त्यागेका छन भने कतिपयले चाहिँ विविध कारण देखाउदै मानसिक तनाव बाट मुक्त हुन नसक्दा आफ्नो ज्यान गुमाएका छन् । शुसान आचार्य अहिले विशेषगरी खाडिका देश युएई ,साउदी अरब, कुबेत, मलेसिया लगायतका देशमा दिनहुँ जसो आत्महत्याको बाटो रोज्ने नेपाली हरुको सङ्ख्या बढेको छ । पछिल्लो तथ्यांक अनुसार खाडीका देशमा मात्रै सयौं नेपालीले आत्महत्या गरेका छन ।यसको मुख्य कारण अपरिचित सम्बन्ध र धनको मोह नै हो भन्दा फरक नपर्ला । स्वदेशमा रोजगारीको अवसर नपाउँदा आफ्नो परिवार र आफन्त बाट टाढा रहि श्रम बेच्न विवश नेपाली श्रमिक हरुले आफ्नो पर्खाइमा बसेका परिवारका सदस्य हरुको याद लाई मन मस्तिष्कमा राखेर इमानदारी पूर्वक काम गर्न हो भने मात्रै पनि यी र यस्ता घटना हरुमा पक्कै केही कमी आउने थियो । घर परिवार बाट टाढा रहि बिरानो ठाउँमा श्रम गर्दै आएका नेपाली हरुले समयमा सम्यम्ता अपनाउन नसक्दा पनि आत्महत्याको सङ्ख्या बढेको पाइएको छ। जसरी पनि धन कमाउछु भन्ने एउटा मोह र घर परिवार अनि आफन्त नै बिर्सिएर वैदेशिक भुमिमा अपरिचित सम्बन्ध गाँस्न हतारिंदा आइपर्ने अर्को चुनौती आत्महत्याको बलियो कारण बन्न पुगेको छ । कसैसँग सामन्य चिनजान भएकै भरमा शारीरिक सम्बन्ध राखिहाल्ने र आर्थिक लेनदेन गरिहाल्ने बानीले अन्त्यमा सम्बन्धबाट टाढा हुँदा या आपसी असमझदारी बढ्दा पनि मानसिक तनावका कारण धेरैले ज्यान फालेका छन् । पछिल्लो केहि महिना भित्र मात्रै युएईमा अपरिचित सम्बन्ध राख्दा दुई नेपाली महिलाले आत्महत्याको बाटो रोजेका थिए । वैदेशिक रोजगारीमा प्रवेश गर्न बितिक्कै आफ्नो विगत बिर्सने बानी पनि धेरैको लागि घातक हुने गरेको छ । आफ्नो पारिवारिक अवस्थालाई सुधार गरी जिन्दगीमा केही खुसी सङ्गाल्न आएकाहरुले पनि आफ्नो आचरणलाई सुधार गर्न नसक्दा अन्त्यमा आफ्नो प्राण नै त्याग्नुपरेको तथ्य पनि लुकाउन सकिंदैन । आफ्नो पारिवारिक अवस्थालाई सुधार गरी जिन्दगीमा केहि खुसी सङ्गाल्न आएकाहरुले पनि आफ्नो आचरणलाई सुधार गर्न नसक्दा अन्त्यमा आफ्नो प्राण नै त्याग्नुपरेको तथ्य पनि लुकाउन सकिंदैन । त्यसो त सबैलाई चेतनाको कमी भन्न पनि मिल्दैन। विदेशमा आएपछि त्यहाको नियम कानुन, रहनसहन र अवस्थाबारे ढिलो चाँडो भएपनि सबैले ज्ञान हासिल गरेकै हुन्छन । यति हुदाहुँदै पनि आफुमाथि कुनै समस्या आइपरे कानुनी परामर्श र सहयोग लिन सक्ने बाटो नै छोडेर सुसाइट नोट, भिडियो क्लिप र सामाजिक संजाल मार्फत प्रचार गरेर आत्महत्या नै गर्ने प्रवृत्ति डरलाग्दो रूपमा बढ्दा सबैलाई चिन्तित बनाएको छ । स्वदेशमा रोजगारीको अवसर नपाउँदा आफ्नो परिवार र आफन्त बाट टाढा रहेर श्रम बेच्न विवस नेपाली श्रमिकहरुले आफ्नो पर्खाइमा बसेका परिवारका सदस्यहरुको यादलाई मन मस्तिष्कमा राखेर इमानदारी पूर्वक काम गर्ने हो भने मात्रै पनि यी र यस्ता घटनाहरुमा पक्कै केही कमी आउने थियो । तर यहाँ त पैसाको लागि आफुलाइ नै बिर्सिएर क्षणिक खुसीका लागि रमाउनेहरुको जमात देखिएको छ।  जसले पार्ने दीर्घकालीन असर भनेको  मानसिक तनाव अनि आत्महत्याको बाटो नै बनेको छ । -लेखक :प्रेस सेन्टर नेपाल युएई शाखाका सचिव हुन  ।

ओली-देउवाविरुद्ध नाराबाजी गर्ने युवा धरौटीमा रिहा

काठमाडौं । नेताविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन युवा धरौटीमा रिहा हुुनुभएको छ ।  सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढालाई सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालयले शुक्रबार ९–९ हजार रुपैयाँ धरौटी लिएर छाडेको हो।  गत सोमबार काठमाडौंको टुंडिखेलमा गौरापर्व मनाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताको विरोध गरेको आरोपमा उहाँहरु पक्राउ पर्नुभएको थियो । गोपीकृष्ण र रामबहादुर मंगलबार तथा ठगुन्ना बुधबार पक्राउ पर्नुभएको थियो । चौतर्फी दबाबपछि प्रहरीले चौथो दिनमै नै उहाँहरुविरुद्ध मुद्दा दायर गरेको हो ।  विरोध गर्ने मौलिक हकको हनन हुने गरी पक्राउ गरेर फौजदारी कसुर चलाइएको भन्दै अधिकारकर्मीदेखि विभिन्न दलका नेताहरुले विरोध गरेपछि प्रहरी नरम बनेको हो। साधरण तारेखमा छाड्नुपर्नेमा ९–९ हजार धरौटी लिइएकोमा उनीहरु असन्तुष्ट बनेका छन्। उनीहरुविरुद्ध हुलदंगा गरेको अभियोग लगाइएको छ। पक्राउ परेकामध्ये जैसी आइतबार वैदेशिक रोजगारीमा जाँन लाग्नुभएको छ। त्यस्तै, बुढा पनि वैदेशिक रोजगारीको तयारीमा छन् भने ठगुन्ना कीर्तिपुरस्थित सहिद स्मारक कलेजका विद्यार्थी हुनुहुन्छ ।

एमाले केन्द्रीय सदस्यमा १७ जना जना मनोनीत (सूचीसहित)

काठमाडौँ । नेकपा एमालेले १७ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।  केन्द्रीय सदस्यमा मनोनीत हुनेमा सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सुनसरी), रामपृत राम (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम),गोविन्द पुन (सल्यान), केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), भरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर) छन् । त्यसैगरी सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की),मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) रहेका छन् । त्यसैगरी एमालेले निर्वाचन आयोगमा अमनसिंह तामाङ (सिन्धुपाल्चोक), झवी पोखरेल (कपिलवस्तु),नर्मदा भण्डारी (गुल्मी), रत्ना गुरुङ (काठमाडौँ) कमला केसी (कैलाली) पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।  यसैगरी मायानाथ अधिकारी अनुशासन आयोगको सदस्यमा मनोनीत भएका छन् ।  एमालेले सल्लाहकार परिषद् सदस्यमा पनि नेताहरूलाई मनोनयन गरेको छ । जसमा कुलानन्द गिरी (रोल्पा), महेन्द्र थापा (रोल्पा), पिएल श्रेष्ठ (तनहुँ), शिवचन्द्र कुशहवा (बारा), रामप्रित पासवान (सप्तरी), एकवाल मियाँ (कपिलवस्तु), डा. गोपाल खनाल (नवलपुर),खालित हुसेन हक (सुनसरी) मनोनीत भएका छन् । सोही पदम हरि रिजाल (प्युठान), प्रेमबहादुर सिंह (कालिकोट), कृष्णप्रसाद दाहाल (मकवानपुर), बिनु ढकाल (मोरङ), सानु श्रेष्ठ (बागमती) सिर्जना शर्मा (गण्डकी), प्रदीप भण्डारी (कोसी),अर्जुनबहादुर थापा (सुदूरपश्चिम), श्याम ढकाल (बर्दिया), नारायण मरासिनी (स्याङ्जा),धनेन्द्र घिमिरे (पाल्पा), नन्दलाल रोकाया (बाँके),जनक पौडेल (बागलुङ), मेघनाथ सुवेदी (पर्वत), नारायण मलासी (डोटी),सुवासचन्द्र ठकुरी (मकवानपुर) पनि मनोनीत भएका छन् । यस्तै शान्तकुमार ओली (रोल्पा), विना ज्ञवाली (बर्दिया),हरि पोखरेल (खोटाङ), कवीन्द्र शेखर रिमाल (काठमाडौँ), सर्वध्वाज सावा लिम्बु (सुनसरी), गणेशसिंह धामी (दार्चुला), नन्द केशर ढकाल (रुपन्देही), लक्ष्मी प्रसाद जोशी (डडेलधुरा), रामहरी सुवेदी (काभ्रे),सरस्वती पाटी (भक्तपुर)लगायतलाई परिषद् सदस्यमा मनोनीत गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल जेठ ७ गते सोमबार सन् २०२४ मे २० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ६४ पैसा र बिक्री दर १४५ रुपैयाँ २९ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९७ पैसा र बिक्री दर १६९ रुपैयाँ ७४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बस्यो । बैठकमा समसामयीक राजनीतिका बारेमा छलफल हुनुका साथै विविध निर्णय भएको छ ।  यस्ता छन् संवत् २०८० चैत ८ गते विहीवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः १. नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सात जना र नेपाली जना तीन जना गरी दश जना पर्वतारोहीहरुलाई सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल– १ (६५९१ मिटर) र जुगल– २ (६५१८ मिटर) हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा दिने । २. नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पद १ मा श्री चुडामणि पौडेललाई बढुवा नियुक्त गर्ने । ३. राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा प्रा. संगीता सिंह (काडमाडौं), डा. कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा. शिवराज अधिकारी (पाल्पा) र डा. अरनिकोकुमार पाँडे (ललितपुर)लाई नियुक्त गर्ने ।

बजेटमाथि सांसदका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुन

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।  बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि छलफल जारी रहनेछ । आज नै बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री वर्षमान पुनले दिने कार्यसूची छ ।  बैठकमा ‘विनियोजन विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने, अर्थमन्त्री पुनले ‘विनियोजन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ प्रस्तुत गर्ने, उक्त प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने र  ‘भन्सार महशुल विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  यस्तो छ कार्यसूची

देशमा आर्थिक मन्दी छैन, व्यावसायिक आत्मबल कमजोर भएको हो  : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशमा अहिले आर्थिक मन्दी नरहेको बताएका छन्। लोकान्तर सञ्चार प्रालिको आठौँ वार्षिकोत्सवका अवसरमा आयोजित आर्थिक बहसमा गभर्नर अधिकारीले व्यवसायीहरूमा आत्मबल कमजोर भएको बताएका हुन् । अर्थतन्त्रका सबै सूचकहरू सकारात्मक रहेकाले बताउँदै उनले देशमा बाहिर चर्चामा भएजस्तो मन्दी नरहेको बताए । “अर्थतन्त्रका सूचकहरूले हामी अप्ठेरोमा नरहेको देखाउँछन् । हाम्रो चालु खाता बचतमा छ,” उनले भने, “विदेशी मुद्रा सञ्चिति झन्डै १४ महिना धान्ने छ । बाह्य क्षेत्र पनि कम्फर्ट छ ।” उनले भुइँचालो, कोभिडजस्तो अवस्थामा पनि बैंकिङ क्षेत्रमा धेरै समस्या नआएको बताए । अप्ठेरो अवस्थालाई पनि बैंकिङ क्षेत्रले धान्दै आएको भन्दै गभर्नर अधिकारीले अहिले रिकभरीमा समस्या हुँदा पनि वित्तीय संस्थाहरूको स्वस्थतामा कुनै समस्या नरहेको बताए ।   “अहिले हाम्रो अर्थतन्त्रमा कुनै क्राइसिस छैन,” उनले भने, “कोही उद्योगी र व्यापारीको आत्मविश्वासमा कमी आएको हुन सक्छ । हामीले धेरै अप्ठेरो अवस्था पार गरेर यहाँसम्म आएका हौँ ।” अहिलेको अवस्थामा माग घटेकोले केही दबाब सिर्जनाको अवस्था रहेको बताए ।

गाजामा युद्धविराम गर्ने प्रस्ताव पारित, अमेरिका अनुपस्थित

ऐजेन्सी । संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले अमेरिकाको उपस्थिति बिना नै रमजानको समयमा गाजामा तत्काल युद्धविराम गर्ने प्रस्ताव पारित गरेको छ।   संयुक्त राष्ट्र सुरक्षा परिषद्को सोमबार (मार्च २५)मा बसेको बैठकले इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्ध रमजानको महिनामा भरका लागि रोक्ने र युद्धमा बन्धक बनेका सबैको बिनाशर्त रिहाइ गर्ने गरी तत्काल युद्धविराम गर्न आह्वान गरिएको प्रस्ताव पारित गरेको हाे।  यूएनएससीकाे प्रस्ताव १४ काउन्सिल सदस्य राष्ट्रहरूले पक्षमा मतदान गरेसँगै पारित भएको छ । जसमा  संयुक्त राज्य अमेरिका अनुपस्थित थियो। यसअघि अमेरिकि प्रस्ताव रूस र चीनले भीटो लगाएपछि अस्वीकृत भएको थियो । त्यसपछि रूस, चीन, अल्बानिया लगायत दस वटा देशले वेकल्पिक प्रस्ताव तयार गरे । उक्त प्रस्ताव संयुक्त राष्ट्र सुरक्षा परिषद् बैठकले पारित गरेको हो । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले प्रस्ताव तत्काल लागू गर्न अपील गर्दै पालना नगरे अक्षम्य हुुने बताएका छन् ।

सुन–चाँदीको भाउ घट्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले र चाँदी १५ रुपैयाँले घटेको हो । घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँ र चाँदी एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य समेत तोलामा ७ सय रुपैयाँले नै घट्दै आज ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रचण्डमाथि निशानाः छुद्रताको पनि सीमा हुन्छ नि साथी ?

भारतमा प्रधानमन्त्री नरेन्द मोदीका नीतिहरुका कारण किसानहरुले सामूहिक आत्महत्या गरेपछि सरकार सदन र जनतामाझ निकै आलोचित बन्यो । मोदी सरकारका कतिपय अन्य कामहरु समेत आलोचित भए । तर यो विषय ओझेलमा पर्यो । ठीक त्यही बेला ‘सर्जिकल स्ट्राइक’को तथाकथित राष्ट्रवादी प्रचार मोदी सरकारले गर्न पुग्यो । ठीक यही कुरा केही वर्ष अघि विशेष आर्थिक क्षेत्रको बिरोध गरिरहेका ३५ जना भन्दा बढी किसानहरु बंगालको नन्दीग्राममा मारिँदा तत्कालिन मनमोहन सिंहको सरकारका पालामा भएको थियो । उता नन्दीग्राममा किसान मारिएका थिए र यता सरकारले जनताको ध्यान मोड्न पाकिस्तानविरुद्धको मनोविज्ञानको तथाकथित प्रचार अघि सारेको थियो । सत्ताको राजनीतिक बेइमानीको घेराभित्र यस्ता बितण्डा र छूद्रतापूर्ण घटनाहरु आम नै हुन । अधिकांश सत्ताले जनतामा देखिने आक्रोश र विद्रोही चेतलाई दबाउन, त्यसबाट ध्यान अन्यत्र मोड्न यस्ता ‘फण्डा’हरु गरि नै रहन्छन् । तर नेपालमा भने अहिले ठीक उल्टो भइरहेको छ । सरकारले अग्रगमनको कुरा गर्दा, सरकारले जनपक्षिय कामहरुको कुरा गर्दा, सरकारले दशकौंको आन्दोलनबाट प्राप्त उपलब्धिहरु संरक्षण गर्ने कुरा गर्दा, युगौंदेखिको सामन्ती राज्यसत्ताका अवशेषहरुलाई “मात्रात्मक नै भएपनि” हल गर्न खोज्दा त्यसको बिरोधमा या त्यसले प्राप्त गर्ने लोकप्रियताबाट ध्यान मोड्न यस्ता कुतर्क, बेइमानी र छूद्रता गरिन थालेका छन् । यसको पछिल्लो उदाहरण प्रधानमन्त्री प्रचण्डको युइएको भ्रमण हो । प्रतिपक्षले सत्ताले जनविरोधी काम गरे त्यसको प्रतिरोध गर्छ । संसदीय व्यवस्थामा यो प्रतिपक्षको भूमिका र चरित्र हो । तर ‘हरेक कुराको अपवाद नेपाल’ भनेझैं यहाँ प्रतिपक्षले अग्रगमनको बिरोध गर्छ, यथास्थितिको पक्षपोषण गर्छ । आन्दोलनका उपलब्धिको रक्षाका लागि, समृद्धि र विकासका लागि चालेका कदमको बिरोध गर्छ । बिडम्बनाको कुरा, यो बिरोधको कुनै राजनीतिक चरित्र हुँदैन बरु यो आलोचनाको निकै तल्लो छूद्र स्तरमा प्रकट हुन पुग्छ । यो पूर्वाग्रहले प्रचण्डले जे गरेपनि आलोचना गर्छ । प्रचण्डका हरेक कामको निषेध गर्छ । यो पूर्वाग्रह र आलोचनाको छूद्र संस्कृतिले प्रचण्डको अस्तित्व स्वीकार्न चाहन्न । लेनिनले भनेका थिए– बिरोधीसँग सिद्धान्त, तर्क र एजेण्डा सकिएपछि उसले गालीको सहारा लिन्छ । यहाँ प्रतिपक्षले यही गाली र छूद्रताको सहारा लिएको छ । यसले गर्दा प्रतिपक्ष पुरै प्रतिक्रियावादी र यथास्थितिको पक्षपोषण गर्नेहरुको कित्तामा पुग्छ । प्रतिपक्षका लागि हिजोका राजतन्त्रवादी ‘देशको माया गर्ने’ बन्न पुग्छन् । त्यही राजतन्त्रले थिच्दै आएका र अधिकारका लागि चिच्याउने जनता देशविरोधी बन्न पुग्छन् । यो अहिलेको यथार्थ हो । प्रतिपक्षको यो मनोविज्ञानले आलोचनाको एउटा डरलाग्दो संस्कृति र मानसिकताको विकास गरेको छ । र, यो संस्कृतिको निशानामा परेका छन प्रधानमन्त्री प्रचण्ड । यो पूर्वाग्रहले प्रचण्डले जे गरेपनि आलोचना गर्छ । प्रचण्डका हरेक कामको निषेध गर्छ । यो पूर्वाग्रह र आलोचनाको छूद्र संस्कृतिले प्रचण्डको अस्तित्व स्वीकार्न चाहन्न । प्रचण्डको अस्तित्व बलियो आकारमा प्रकट हुनेबित्तिकै यो मानसिकता छटपटिन्छ र यसले कुतर्क र कुप्रचारको सहारा लिन्छ । प्रचण्ड प्रधानमन्त्री बनेपछि उनले गरेका कामहरु त्यसमाथि देखिएका सतही आलोचनाहरुले यो कुराको पुष्टि गरेका छन । भविष्यमा उर्जासम्बन्धी विश्व सम्मेलनका क्रममा प्रचण्डले नेपालको उर्जा क्षेत्रको दीर्घकालिन विकासका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष महत्वपूर्ण अपील गरे । उनले नेपालमा उर्जा विकासको प्रचूर सम्भावना रहेको र यसले दक्षिण एशियाको उर्जामागलाई नै पुरा गर्न सक्ने भएकोले लगानीका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको धारणा राखे । साथै उनले जैविक उर्जालाई क मगर्दै वैकल्पिक उर्जाका माध्यमबाट उर्जा अर्थ राजनीतिको ढाँचालाई नै परिवर्तन गर्न सकिने समेत कुरा गरे । सम्मेलनका क्रममा संयुक्त अरब इमिरेट्सका उच्च पदस्थ पदाधिकारीसँग छलफल भयो । द्विपक्षिय सम्बन्ध बिस्तार र ठूलो संख्यामा युएईमा रहेका नेपालीहरुको हक र हितका बारेमा कुरा भयो । यसअर्थमा यो भ्रमण निकै महत्वपूर्ण र दीर्घकालिन महत्वको थियो । तर आलोचना गर्नेहरुका लागि यो पाच्य हुने विषय थिएन । प्रचण्डले खाडी मुलुकमा रगत र पसीना बगाइरहेका नेपालीहरुसँग भेटेर उनीहरुका समस्या सुन्नु, ती समस्याहरुलाई खाडी राज्यका प्रमुखहरुसँग गम्भीरताका साथ उठाउनु, लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि अनुरोध गर्नु आलोचनाको मानसिकता पालेकाहरुका लागि सहज थिएन । त्यसैले उनीहरुले प्रचण्डलाई बद्नाम गर्ने जुक्ति सोचे । छूद्रताको नीच सीमासम्म गए उनीहरु । एजेण्डा, मुद्दा, तर्क र सिद्धान्तको बलमा भ्रमणको आलोचना गर्न नसकेपछि उनीहरुले अत्यन्तै घटिया स्तरमा ओर्लेर एउटा भिडियोको क्लिपको स्क्रिनसट (भिडियो चलिरहेको बेला रोकेर त्यो दृश्यको तस्वीर लिने) सार्वजनिक गर्ने काम गरे । एउटा औपचारिक कार्यक्रममा प्रचण्डलाई युएइका एकजना प्रमुखले ‘यता पाल्नुहोस्’ भन्ने मुद्रामा आग्रह गरेपछि प्रचण्डले टाङ फट्टाएर पाइला चाल्दाखेरिको भिडियो दृश्यको तस्वीरलाई “अन्तर्राष्ट्रिय कार्यक्रममा रक्सीले टुन्न प्रचण्ड” भन्दै उनीहरुले प्रचार गरे । सार्वजनिक गरिएको उक्त तस्वीर र वास्तविक भिडियो हेर्दा यो छूद्रताको नीचता स्पष्ट देखिन्छ । यो पहिलोपटक भएको होइन । माथि भनिएझैं प्रचण्ड सरकारको नेतृत्वमा गएदेखि नै उनका विरुद्ध लगातार आक्रमण हुँदै आएको छ । तर्क र एजेण्डाका आधारमा गरिने आलोचना स्वभाविक हो । आलोचना हुनुपर्छ । सत्ता र सरकारलाई अन्ध समर्थन गरिनु हुन्न । तर कुतर्क गर्नु कुनै पनि अर्थमा राजनीतिक हुँदैन । प्रचण्ड सरकारले गरेका काम गलत छन् भने तर्क र तथ्यका आधारमा तिनको खण्डन आवश्यक भएपनि यहाँ राम्रा र लोकप्रिय कामहरुबाट अत्तालिएकाहरुले गालीको सहारा लिन खोजेका छन् । ब्रिक्स र बिमिस्टिेक सम्मेलनमा प्रचण्डले चीन र भारतका राष्ट्रप्रमुखहरुसँग औपचारिक र अनौपचारिक, एकल तथा संयुक्तरुपमा भेट गर्ने अवसर प्राप्त गरे । नेपालको दीर्घकालिन विकास र समृद्धिका लागि दुबै राष्ट्र प्रमुखसँग संयुक्तरुपमा भेट्नु नेपालका लागि दूरगामी महत्वको विषय हुन सक्थ्यो । अनौपचारिक भेट झनै महत्वपूर्ण मानिन्छ अन्तर्राष्ट्रिय सम्बन्धमा । तर यो भेटबाट आलोचकहरु अत्तालिए । यो भेटले प्रचण्डको छवि र उनीविरुद्ध चलाइएका कुतर्ककहरुको खण्डन गरेको थियो । चीनले प्रचण्ड सरकारलाई समर्थन नगरेको भन्ने कुप्रचारलाई यसले खारेज गरेको थियो । यो भेटको कुनै तार्किक बिरोध गर्न नसकेपछि आलोचकहरुले त्यतिखेर पनि प्रचण्डकी श्रीमती सीता दाहाललाई निशानामा पारे । राजनीतिक इमान्दारिता र संहितामा बाँच्ने देशमा भए “फस्ट लेडी” भनेर सम्मान पाउँथिन होला सीता दाहालले, तर नेपालमा उनको चरित्रमाथि समेत प्रश्न उठाउँदै नरेन्द्र मोदीको छेउमा उभिएर तस्वीर लिएको सम्म प्रचार गरियो । यो यही गालीको सहारा लिनु थियो । यो प्रचण्डप्रतिको सोझो पूर्वाग्रह मात्रै थियो । राजधानी लोडसेडिङमुक्त हुनु र नयाँ वर्षदेखि नेपाल नै लोडसेडिङमुक्त हुनु सामान्य कुरा थियो र ? के हामीले यो सोचेका थियौं र नेपालमा यस्तो पनि होला भनेर ? आलोचना त बरु जनताको आर्थिक क्षमता कमजोर भएकोले बिजुलीमा गरीबलाई सब्सिडी देउ, गरीबले कम यूनिट मूल्य तिर्नुपर्ने गर भन्नुपर्ने होइन र ? प्रचण्ड नेतृत्वको सरकारले सबै काम सही गरेको छ भन्ने होइन । हरेक अपेक्षा पुरा गरेको छ भन्ने होइन । उनका सबै मन्त्री उर्जाशील छन् भन्ने पनि होइन । तर इतिहासको कठिन मोडमा बनेको सरकारले देशलाई समृद्धितर्फ लैजान र संविधान कार्यान्वयनका लागि भूमिका खेलेको कुरा त सत्य हो । यो कुरा त अकाट्य हो । सरकारले गति लिन सकेको छैन अझै पनि, एक्ला प्रचण्ड र केही मन्त्रीहरुको बलमा यो यात्रा अघि बढेको अर्को सत्य हो । तर जस्तो अवस्था भएपनि एकातिर संविधान कार्यान्वयन हुने हो कि होइन भन्ने अवस्था र अर्कोतर्फ जनजीविका र समृद्धिको अपेक्षको चुनौतीका बीच सरकार बनेको हो । त्यो पनि गठबन्धन सरकार । यो धरातलीय यथार्थमा समेत सरकारले कैयन आशलाग्दा काम नगरेको होइन । केही उपलब्धिमूलक र दीर्घकालिन तथा दूरगामी महत्वका काम यो बीचमा नभएका होइनन । तर यी सबै काम, उपलब्धिलाई प्रचण्ड फोबियाको मानसिकताले गाली र कुप्रचारको भरमा आलोचना गर्न खोजिएको छ । जुन आलोचनाका नीच संस्कृति मात्रै हो । राजधानी लोडसेडिङमुक्त हुनु र नयाँ वर्षदेखि नेपाल नै लोडसेडिङमुक्त हुनु सामान्य कुरा थियो र ? के हामीले यो सोचेका थियौं र नेपालमा यस्तो पनि होला भनेर ? आलोचना त बरु जनताको आर्थिक क्षमता कमजोर भएकोले बिजुलीमा गरीबलाई सब्सिडी देउ, गरीबले कम यूनिट मूल्य तिर्नुपर्ने गर भन्नुपर्ने होइन र ? यातायातका क्षेत्रमा सिण्डिकेट तोडेर सरकारले लाइसेन्स लिनेदेखि सेवा प्रवाहलाई नै सुचारु पार्ने काम के गलत थियो र ? बरु हामीले राजधानी र राजधानीबाहिरको यातायातमा अझै यो यो सुधार आवश्यक छ भन्नुपर्ने होइन र ? विदेशमा रहेका नेपालीमा केह ीआस पलाएको छ । सरकारले उनीहरुको हकहितको रक्षाका लागि पहल गर्दै आएको छ । यो तुच्छ संस्कृतिको निशानामा अहिले प्रचण्ड छन् भोली यही संस्कृति विकास भयो भने यसको निशानामा केपी ओली, देउबादेखि जो पनि पर्न सक्छन् । के यो गलत काम हो र ? बरु हामीले त मेनपावरहरुको सञ्चालनलगायतका क्षेत्रमा ठगिने क्रम अन्त्य गर्न प्रभावकारी कदम चाल्न सरकारलाई थप उत्प्रेरित गर्नुपर्ने होइन र ? कर्मचारी सुशासनको क्षेत्रमा कर्मचारीतन्त्रलाई उर्जाशील र गतिशील बन्न बारम्बार निर्देशन दिइएका छन् । हामीले यसको स्वागत गर्दै आम जनतामा सत्ताको अनुभूति दिलाउन कर्मचारी प्रशासनलाई नै पुनसंरचित गर्न माग गर्नुपर्ने होइन र ? विकास आयोजनाको काम छिटो सम्पन्नगर्न दिइएको निर्देशन, हुलाकी राजमार्ग नेपालले नै बनाउने निर्णय, कर्णालीलाई चीनसँगजोड्ने निर्णय, बिभिन्न जलविद्युत योजनाहरु समयमा नै सम्पन्न पार्ने निर्णय, मूल्यवृद्धिलाई सरकारी नियन्त्रणमा ल्याएर बजारलाई अराजक हुनबाट रोक्ने निर्णयलगायतका कैयन यस्ता कामहरु त सकारात्म होलान नि ? बिरोधका लागि जे को पनि बिरोध गर्ने कि सरकारले गरेका सकारात्मक कामको समर्थन गर्दै सत्तालाई थप उत्तरदायी बनाउन तार्किक आलोचना गर्ने ? नेपालमा एउटा फोयिबा छ प्रचण्ड विरुद्ध । त्यसैले उनी बारम्बार निशानामा परिरहन्छन् । अहिले सरकारको नेतृत्व गरेपछि यो पूर्वाग्रह झनै चुलिएको छ । उनले जे गरेपनि त्यो आलोचनात्मक भएको छ । यो आलोचनामा कुनै तथ्य हुँदैन । कसरी हुन्छ प्रचण्डको मानमर्दन गर्नेतर्फ मात्रै ध्यान गएको छ । यो गलत संस्कृति हो । यो तुच्छ संस्कृतिको निशानामा अहिले प्रचण्ड छन् भोली यही संस्कृति विकास भयो भने यसको निशानामा केपी ओली, देउबादेखि जो पनि पर्न सक्छन् । आवश्यकता स्वस्थ्य आलोचनात्मक संस्कृतिको विकास गर्नु हो । आलोचना नभई गतिशीलता हुन्न । आलोचना आवश्यक हुन्छ । तर यो आलोचना तार्किक र तथ्यमा आधारित हुनुपर्छ । यसले समाजको अग्रगमनलाई केन्द्रमा राखेको हुनुपर्छ । मनोरोगीको जस्तो पूर्वाग्रही भएर पश्चगमन र यथास्थितिलाई नै टेवा पुर्याउने आलोचनाले नेपाल र नेपालीलाई एउटा भयंकर दुर्घटनातर्फ मात्रै लैजान्छ । यसले यदुवंशीहरुले एक अर्कालाई समाप्त गरेर यदुवंशको अस्तित्व नै नामेट पारेको इतिहासतर्फ मात्रै डोर्याउँछ । सबैलाई हेक्का भए ।

हमासका नेता हानियाको इरानमा हत्या

तेहरान ।  हमासले आफ्ना शीर्ष नेता इस्माइल हानिया इरानको राजधानी तेहरानमा हत्या गरिएको जनाएको छ । बुधबार वक्तव्य जारी गर्दै हमासले तेहरानस्थित हानियाको निवासमा इजरायलले आक्रमण गरेर उनको भएको जनाएको छ । यसबारेमा इजरायलका तर्फबाट कुनै प्रतिक्रिया आइसकेको छैन।   हमासका अनुसार हानिया इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियानको पदभार ग्रहण गर्ने समारोहमा भाग लिन तेहरान गएका थिए । उनी कतारमा बस्दै आएका थिए । इरानको इस्लामिक रिभोलस्नरी गार्डका अनुसार हानियासँगै उनका एक सुरक्षाकर्मी पनि मारिएका छन् । हानिया मारिएको पुष्टि इरानका सञ्चार माध्यमले पनि गरेका छन् । इस्माइल हानिया हमासका पोलिटब्युरोका प्रमुख थिए ।   उनी प्यालेस्टाइन प्राधिकरणका दशौं सरकारका प्रधानमन्त्री पनि हुन् । उनको उपनाम अबू अल अब्द हो । उनको जन्म प्यालेस्टाइन शरणार्थी शिविरमा भएको थियो ।  उनलाई इजरायलले १९८९मा तीन वर्ष कैद गरेको थियो । अमेरिकी विदेश विभागले सन् २०१८मा उनलाई आतंकवादी घोषणा गरेको थियो ।

कांग्रेसले तय गर्‍यो मन्त्री चयनको मापदण्ड

काठमाडौं । नेपाली कांग्रेसले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्री चयन गर्ने मापदण्ड तय गरेको छ। शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमालेसँगको सहमतिअनुसार सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनको मापदण्ड तय गरेको हो। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार योगदान र योग्यताको आधारमा समावेशीता र प्रादेशिक सन्तुलनलाई  ध्यानमा राखेर पार्टीबाट मन्त्रीहरु चयन गर्ने निर्णय भएको छ। पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा बसेको बैठकले सिमलतालसहित देशका विभिन्न स्थानमा भएको बाढीपहिरो र डुबानका घटनामा दुख व्यक्त गर्दै युद्धस्तरमा उद्धार, वेपत्ता भएकाहरूको खोजी, घाइतेको उपचार र राहतको कार्यमा सक्रिय हुन सरकारलाई आग्रह गरेको छ। ‘सडक दुर्घटनाको दुःखद अवस्था अन्त्य गर्न पर्याप्त अध्ययन गरी सडक दुर्घटना न्यूनिकरण सम्बन्धी आवश्यक कानूनी व्यवस्था गर्न संसदमा अविलम्व विधेयक प्रस्तुत गरेर सो बमोजिमको व्यवस्था कडाइका साथ लागु गर्न नेपाली कांग्रेस सरकारसमक्ष माग गर्दछ,’ सार्वजनिक कांग्रेसको निर्णयमा उल्लेख छ।

यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  आज २०८१ साल असार ६ गते बिहीबार सन् २०२४ जुन २० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। बुधबार घटेको अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर बिहीबार भने बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ २३ पैसा र बिक्री दर १४३ रुपैयाँ ८८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ६१ पैसा र बिक्री दर १७० रुपैयाँ ३७ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर  

नेप्सेमा हरियाली : ३३.१५ अंकको वृद्धि,  कारोबार कति?

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार ३३.१५ अंकले बढेर २११५.२४ विन्दुमा पुगेको छ । यस दिन नेप्से उच्च अंकले बढेसँग सबै परिसूचक हरियाली छाएको छ। गत सोमबारको तुलनामा नेप्से १.६९ प्रतिशतले वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार पाँच अर्ब ५५ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार पाँच अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । यसदिन २०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ कम्पनीको सेयर मूल्य घटेको छ । एसियन हाइड्रोपावर र दोर्दी खोला जलविद्युत् कम्पनीको सेयर मूल्य भने स्थिर छ । मंगलबार बरूण हाइड्रोपावर, ग्रीनभेन्चर, कुथेली बुखरी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । मंगलबार कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हाइड्रोपावर समूहको भएको छ । यो समूहको परिसूचक २।५८ प्रतिशतले वृद्धि भएको छ । 

नयाँ चरणको आर्थिक सुधारको बाटोमा छौँ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले तीन खम्बे अर्थनीति अनुसार नै नयाँ चरणको आर्थिक सुधारको बाटोमा अघि बढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रलाई अग्रभूमिकामा राख्दै संविधानमा उल्लेख तीन खम्बे अर्थनीति अनुसारनै नयाँ चरणको आर्थिक सुधारको बाटोमा अघि बढेको बताएका हुन् । राजनीतिक नेतृत्व लगायतका विज्ञहरूको सहभागितामा आर्थिक सुधारका लागि नीतिको निरन्तरतासहितको रोडम्याप आयोगमार्फत बनाइने उनले बताए ।  अर्थमन्त्री पुनले जलविद्युत क्षेत्र, सिमेन्ट क्षेत्र लगायतमा पुरानै नीति भएकै कारण उक्त क्षेत्र राम्रो भएको भन्दै सूचना प्रविधि लगाएका रुपान्तकारी क्षेत्रमा पनि साझा रोडम्याप बनाउन जरुरी रहेको धारणा राखे ।  सरकारले लिएको लक्ष्य अनुसार नयाँ चरणको आर्थिक सुधारको काममा सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।