बझाङमा एमालेको अग्रता कायमै, माओवादी दोस्रो

बझाङ । बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले दोब्बर मतको अग्रता बनाएका छन् ।एमाले उम्मेदवार दमनबहादुर भण्डारीले १५ सय ९२ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका जनक बुढाले ९९९ मत पाएका हुन् ।

यहाँ कांग्रेसका अभिषेक बहादुर सिंहले ९५५ मत पाउँदै तेस्रो स्थानमा धकेलिएका छन्।छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ को मत गनिसकिएको छ। पछिल्लो पटक वडा नम्बर ६ को मतगणना सकिँदा माओवादी उम्मेदवार बुढालाई अरुभन्दा दोब्बर मत झरेको हो । त्यहीकारण उनी दोस्रो स्थानमा उक्लिएका हुन् ।

बझाङमा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ताजा अवस्थामा ५७२ मत ल्याएका छन् ।बझाङमा सबै दलहरू एक्ला एक्लै चुनावी मैदानमा थिए । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिएको छैन ।

बझाङ अपडेट 
दमन भण्डारी (एमाले)-१५९२
जनक बुढा (माओवादी केन्द्र)-९९९
अभिषेक सिंह (कांग्रेस)-९५५
दिलबहादुर सिंह (एकीकृत समाजवादी)-५७२

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौं । आज आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी, हिन्दू धर्मावलम्बीहरुले आज आफ्नो घरको आँगनमा तुलसी रोपेर पूजा गर्दैछन् । आजको एकादशीलाई ठूलो एकादशी पनि भन्ने गरिन्छ । ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल (बीज) राखिएको थियो भने त्यही दलबाट बाट तयार भएको तुलसीको बिरुवा आज हरिशयनी एकादशीको दिन सार्ने गरिन्छ । यस बिरुवालाई भगवान् विष्णु र विष्णुप्रिया भन्दै चार महिनासम्म पूजा गरिन्छ । यो चार महिनाको समयलाई चतुर्मास भनिन्छ । यसैगरि कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी)मा तुलसीको विवाह गरेपछि (हरिबोधिनी)एकादशीमा चतुर्मास सकिन्छ । चतुर्मासमा (हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्म) भगवान् विष्णु क्षीरसागरमा सुत्ने भएकाले यस समयमा शुभ कर्म अथवा मांगलिक कार्य गरिँदैन । वर्षभरिका एकादशीमध्ये हरिशयनी र हरिबोधिनी एकादशीको विशेष महत्व रहेको छ । चतुर्मासभित्रका एकादशीको दिन काठमाडौंका चार नारायण र बुढानीलकण्ठ मन्दिरमा भक्तजनको भीड हुने गर्दछ । तुलसीलाई आयुर्वेदिक औषधिका हिसाबले पनि निकै महत्वपूर्ण मानिन्छ । आयुर्वेद पद्दतिमा तुलसीको उपयोग भिन्न औषधि बनाउन प्रयोग गरिन्छ ।

कांग्रेस एमालेलाई प्रचण्डको चुनौती : संविधान संसोधन नै गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारीका लागि गरौ !

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान नै संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान प्रस्ताव गरेका छन्। प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश गर्नेक्रममा उनले यो प्रस्ताव ल्याएका हुन् । उनले संविधानका उपलब्धीहरू उल्टाउने प्रयास भइरहेको उल्लेख गर्दै त्यसको आफूले प्रतिवाद गरेको बताए। जातीय क्षेत्रिय पार्टीहरूलाई गर्भमै सिद्धाउन लागेका उल्लेख गरे ।  'संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं। दलित र महिलाको प्रतिनिधित्व बढाउ । बिपन्नको पहुँच बढाउँ' उनले भने,तपाईंहरूलाई अहिले २०४७ सालको बाडुल्की लागिरहेको होला । के अब त्यतै फर्किने हो ?, उनले भने, “साथीहरूलाई मेरो विनम्र प्रश्न छ, संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा यस्तै तरिकाले हुन्छ छलफल? त्यो तरिकाले पाउँछ जनताको स्वीकार्यता ? राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्रलाई किनारा लगाएर सम्भव छ संविधान संशोधन?” “संविधान संशोधन नै गर्ने हो भने आउनुस्, खुला छलफल गरौं, प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं । दलित र महिलाको प्रतिनिधित्व अझै बढाएर जाउँ । उत्पीडित जाति, वर्ग र समुदायका अधिकारलाई अझ सुरक्षित गरौं,” प्रधानमन्त्री प्रचण्डले भने, “विपन्न वर्गको राज्यसंरचनामा प्रतिनिधित्व बढाऔं । महिला, उत्पीडित वर्ग, जाति र क्षेत्रको सम्मानजनक प्रतिनिधित्व यो संविधानको आत्मा हो । यसलाई खोसेर फेरी महिला, दलित आदिवासी जनजाति, मधेसी थारु र मुस्लिमलगायत धार्मिक अल्पसंख्यकलाई पहिले जस्तै राज्यका निकायमा प्रतिनिधित्वविहिन बनाउने षड्यन्त्र किमार्थ सफल हुनेछैन ।” उनले संविधान संशोधन गर्ने भए दलितलाई पनि १३ प्रतशित प्रतिनिधित्व दिन प्रस्ताव गरेका छन्।  'महिला, उत्पीडित, मधेसी, अल्पसंख्यालाई राज्यका निकायमा रोक्ने प्रयास किमार्थ सफल हुँदैन,' उनले भने,'प्रतिनिधित्व नै सुनिश्चित गरौं। ५० प्रतिशत हुनेगरी संशोधन गरौं। हामी पुरुषले के लछारेका छौं ?'  उनले जनसंख्याका आधारमा महिला, दलित, जनजातीको सहभागिताको सुनिश्चितता गर्ने व्यवस्था पनि गराउन प्रस्ताव गरे।

एमसीसी उपाध्यक्ष ब्रुक्स र अर्थमन्त्री पुनबीच भेटवार्ता

काठमाडौं । नेपालको भ्रमणमा रहेका मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका छन् । उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनसँग मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको हो। भेटमा मन्त्री पुनले एमसीसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयबाट सम्पादन हुनुपर्ने काममा सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे। “एमसीसी कम्प्याक्टका आयोजना समयमा नै पूरा गर्न सरकार प्रतिबद्ध छ,” अर्थमन्त्री पुनले भने। एमसीसी परियोजनाअन्तर्गतका आयोजनाको काम खण्डखण्डमा भइरहेकाले पनि आफू समयमै सकिनेमा विश्वस्त रहेको उनले बताए।  उपाध्यक्ष ब्रुक्सले एमसीसी परियोजनाअन्तर्गत निर्माणाधीन विद्युत् प्रसारण लाइन र सडक निर्माणमा भइरहेको प्रगतिबारे जानकारी दिएका थिए । उनले आयोजनाको हालसम्मको कार्यप्रगति सन्तोषजनक रहेको बताए। एमसीसी सम्झौताअन्तर्गत पाँच वर्षभित्र ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन र ७७ किलोमिटर सडक निर्माण हुनेछ।  आयोजनाले बुटवलबाट भारतको गोरखपुरसम्म सीमापार प्रसारण लाइन पनि निर्माण गर्नेछ। ३१५ किलोमिटर लामो ‘डबल सर्किट’ ४०० ‘किलोभोल्ट’ प्रसारण लाइन निर्माण हुनेछ । आयोजनाअन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित रातमाटे, तनहुँको दमौली र नवलपरासी पश्चिमको भूमहीमा सब–स्टेसन निर्माणको काम प्रारम्भ भएको छ ।  यसैगरी, रातमाटेबाट काठमाडौंको लप्सीफेदीमा नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४०० केभी सब–स्टेसन र मकवानपुरको हेटौँडामा रहेको प्राधिकरणको ४०० केभी सब–स्टेसन दुवैमा रातमाटेबाट विद्युत् प्रवाह गरिनेछ । ४०० किलोभोल्ट क्षमताको विद्युत् प्रवाह गर्न सक्ने यो सब–स्टेसन देशको हालसम्मकै ठूलो प्रसारण लाइन हो । आयोजनाअन्तर्गत ८५६ टावर बन्नेछन् । काठमाडौँ, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर र पश्चिम नवपरासी जिल्लालाई प्रसारण लाइनले छुन्छ ।  परियोजनाअन्तर्गत ३०५ किलोमिटर रणनीतिक सडक सञ्जालको मर्मतसम्भार र गुणस्तर सुधारको काम हुनेछ । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत दाङको भालुवाङबाट पश्चिमतर्फ धानखोला–लमही सडक खण्डको ४० किलोमिटर सडक नयाँ प्रविधिमार्फत विस्तार तथा सोही राजमार्गको दाङ र अर्घाखाँचीमा पर्ने लमही–शिवखोला खण्डको ३७ किमी सडक मर्मतको काम अघि बढेको छ । सन् २०१७ मा नेपाल र अमेरिका सरकारको एमसीसीबीच आयोजनासम्बन्धी हस्ताक्षर भएको थियो । उच्च राजनीतिक नेतृत्वमा लामो समयको छलफल र बहसपछि अन्ततः परियोजना कार्यान्वयन भएको हो । दुई वर्षअघि संसद्ले सम्झौता अनुमोदन गरेसँगै आयोजना कार्यान्वयनमा आएको हो ।

गृहमन्त्रीविरुद्धको रिट दर्ता गर्न बाटो खुल्ने सर्वोच्चको आदेश

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको सहकरी प्रक्ररणमा कुनै उजुरी र अभियोजन नरहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्रविरुद्धको रिटमा अनुसन्धान गर्न आदेश दिएको छ ।  सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले महान्यायाधिवक्ताको पत्रका विरुद्धमा दर्ता गर्न लगिएको पत्र अस्वीकार गरिदिएपछि दर्ताका लागि आदेश दिएको हो । अधिवक्ता अनुपम भट्टराईले पेश गरेको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने प्रशासनको आदेश खारेज गरिदिएपछि अब गृहमन्त्रीविरुद्धको रिट दर्ता गर्न बाटो खुलेको हो । यो आदेशसँगै गृहमन्त्री लामिछानेको नाममा जारी भएको महान्यायाधिवक्ता कार्यालयबाट जारी भएको पत्रको वैधतामाथि प्रश्न उठाई सर्वोच्चमा रिट दायर भएको थियो। तर प्रशासनले त्यसलाई अस्वीकार गरिदिएको थियो ।

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल जेठ ८ गते मंगलबार सन् २०२४ मे २१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ५२ पैसा र बिक्री दर १४५ रुपैयाँ १७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९२ पैसा र बिक्री दर १६९ रुपैयाँ ६८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

माओवादी केन्द्रसँग एकता गर्न बहस चलिरहेको छ  : विप्लव

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्न चलिरहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा महासचिव विप्लवले पार्टीले माओवादी केन्द्रसँग एकताका लागि बहस गरिरहेको जानकारी दिएका हुन्। उनले माओवादी केन्द्रसँग मात्रै नभएर दुई तिहाइ बढी जनताले स्वीकार गरेको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरेर मुलुकको समाजवादी विकासमा अघि बढ्नुपर्ने बताए । समाजवादीमा मोर्चाभित्र पनि कम्युनिस्टहरूलाई एकपटक जनतामा फर्काउनुपर्छ भन्नेमा एकमत रहेको उनले बताए । अर्को प्रसंगमा उनले मुलुकको परिवर्तनमा योगदान गरेको जनयुद्धलाई अवमूल्यन गर्ने काम भएको भन्दै सत्य कुरालाई ढाकछोप गरेर जनतालाई भ्रमित गर्ने कामलाई संयमतापूर्वक चुनौती दिनुपर्ने बताए। जनयुद्धमा सहभागी दलहरू एक भएर अहिलेको अवस्थाबारे समीक्षा गर्ने बेला आएको उनको भनाइ छ।उनले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएर क्रान्तिकारी पार्टी बनाउन माओवादी केन्द्र र एमालेभित्र बहस चलेको उनले बताए ।सो क्रममा उनले झापा विद्रोहदेखि अहिलेसम्मको कम्युनिष्ट आन्दोलाई एकताबद्ध बनाएर लैजान सकिने विश्वास व्यक्त गरे ।

एक सातामा तेह्र लाखले छाडे काठमाडौं उपत्यका

काठमाडौं । एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार उक्त सङ्ख्या शुक्रबारसम्मको हो।  अठार लाख मानिस दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वारले जानकारी दिए।  ‘हामीले यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौँ’ , उनले भने,  ‘तर मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन्।’   अघिल्लो वर्षको दसैँमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए। 

बाढीपहिरो अपडेटः ज्यान गुमाउनेको संख्या दुई सय पुग्यो, २६ जना बेपत्ता

काठमाडौं । शुक्रबार र शनिबारको भारी वर्षाका कारण एकैसाथ देशभरि आएको बाढी, पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या दुई सय पुगेको छ । नेपाल प्रहरीका अनुसार सोमबार अपरान्हसम्मको अवधिमा बाढी पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या दुई सय पुगेको हो । त्यस्तै, घाइते १२७ र २६ जना बेपत्ता रहेका छन् । प्रहरीका अनुसार विपद्‌मा परेका ४ हजार दुई सय २२ जनाभन्दा बढीको उद्धार भएको छ । अहिले देशैभरि मौसममा क्रमिक सुधार हुँदै गइरहेको छ भने बाढी र डुबानमा फसेको जनजीवन समेत सामान्य बन्दैछ ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलको प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य आज राति १२ बजेदेखि लागु हुने छ । निगमले भारतबाट आएको नयाँ मुल्य सूचीमा पेट्रोल प्रतिलिटर ५ र डिजल तथा मट्टीतेल प्रतिलिटर २ रुपैयाँ ९६ पैसाले घटेर आएको जनाएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६५ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५५ रुपैयाँ पर्ने भएको छ ।

वर्षात्‌को जोखिम कम गर्न सांसद सापकोटाद्धारा ध्यानाकर्षण

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले वर्षात्‌बाट हुने जोखिम कम गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले भने, ‘आउँदै गरेको वर्षात्‌को जोखिम र त्यसका पूर्वतयारीका बारेमा सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण होस्। सरकारले यसबारेमा सोचोस्।’ २०७८ साल असारमा बाढी, पहिरोले इन्द्रावती र मेलम्ची क्षेत्रका बासिन्दाहरू प्रभावित भएको उल्लेख गर्दै क्षतिपूर्ति र राहत लगायतका विषय सम्बोधन नभएको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे। संसद्‌मा जलवायु परिवर्तनको असर, प्रभाव र त्यसको न्यूनीकरणको सम्बन्धमा समेत छलफल हुनुपर्ने उनले बताए।

नेपाली नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं। सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको  सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिए। उनले भने, ‘सय रुपैयाँको डिजाइन परिवर्तन गर्ने निर्णय भएको छ । स्वीकृत दिएको छ । पुरानो नक्सामा चुच्चे नक्सा प्रयोगमा ल्याउने छ ।’ सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ सार्वजनिक गरेको थियो ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग संयुक्त छलफल गरेका छन् । प्रधानमन्त्रीले ओली र देउवासँग संवैधानिक परिषद्को बैठक बोलाउने, शान्ति प्रक्रिया टुंग्याउने लगायतका विषयमा संयुक्त छलफल गरेका हुन्। बैठकमा शान्ति प्रक्रिया, संवैधानिक परिषद्को बैठक, संसदमा कांग्रेसले गरिरहेको अवरोधलगायत समसामयिक विषयमा पनि हुने जनाइएको छ ।प्रधानमन्त्री प्रचण्डले भोलि बिहानका लागि संवैधानिक परिषद्को बैठक पनि बोलाएका छन् । बैठकले रिक्त रहेका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने तयारी छ।

टिआरसी विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र(का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा पुगेको बताएका छन् ।  शुक्रबार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताए प्रधानमन्त्री प्रचण्डले अबको ५ दिनभित्रमा उपसमितिबाट पारित भएर संसदमा प्रस्तुत गर्ने तयारीमा रहेको बताए । उनले सदनबाट पारित गरेसँगै बलिदान गरेका योद्धाप्रति गर्व हुने बताए। उहाँले संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुंगिएकाले नै शहीद परिवारले पाउनुुपर्ने परिपूरण वा सहयोग राज्यको तर्फबाट पाउन नसकेको बताए । प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवस शान्ति प्रक्रिया पूरै टुंग्याएपछि पुनः मनाइने र बिदा दिइने दाबी गर्नुभयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम नटुंगिएकै कारण अदालतले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस र बिदा दिन अस्वीकार गरेको बताए । प्रधानमन्त्री प्रचण्डले अदालतले बिदा नदिएपनि आफूहरुले जनयुद्ध दिवस मनाएको बताए ।

जिल्ला वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, फागुन ८ गते । जिल्ला वन कार्यालय कपिलवस्तुका तत्कालीन जिल्ला वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार दायर भएको छ । अनुमती लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार कपिलवस्तुका आठ जना वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेले गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले अनुमती लिएभन्दा बढी काठ कटान गरेको र त्यसबाट भ्रष्टाचार भएको दाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिए । अख्तियारले तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजन वन कार्यालय कपिलवस्तुका तत्कालीन डिभिजन वन अधिकृत दुर्गा बहादुर कार्की,  गौतमबुद्ध साझेदार वन व्यवस्थापन समिति कार्यान्वयन ईकाइका तत्कालीन संयोजक वन अधिकृत महेन्द्रराज वाग्ले, इलाका वन कार्यालय जवाबैराठ कपिलवस्तुका सहायक वन अधिकृत (तत्कालन निलम्बित) ब्रहमदेव महतो र डिभिजन वन कार्यालय कपिलवस्तुका रेन्जर हेमराज पण्डित, तत्कालीन सहायक वन अधिकृत शिवशंकर प्रसाद, सहायक वन अधिकृत गणेशकुमार थारुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । यसैगरी, प्रदेश वन निर्देशनालय रुपन्देहीका सहायक वन अधिकृत टोलकराज चापागाई, सव डिभिजन वन कार्यालय गुगौली कपिलवस्तुका सहायक वन अधिकृत लालबाबु झा, फरेष्टर रामरक्षा कुर्मी (चौधरी), वन रक्षक सन्जय थारु, वन रक्षक रामगोपाल त्रिपाठी, ईलाका वन कार्यालय जवाबैराठ कपिलवस्तुका तत्कालीन सहायक वन अधिकृत नागेन्द्र प्रसाद सिंह राजपुत र तत्काल डिभिजन वन कार्यालय कपिलवस्तका वन रक्षक संजय केवटविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । त्यस्तै, डिभिजन वन कार्यालय कपिलवस्तुकै फरेष्ट रमतु चौधरी, साविक सेक्टर वन कार्यालय जर्लैया कपिलवस्तुका वन रक्षक बासुदेव गोडिया (अवकाश प्राप्त), गौतमबुद्ध साझेदार वन व्यवस्थापन समिति कपिलवस्तुका तत्कालीन संयोजन–अध्यक्ष जानकी प्रसाद यादव, गोरखा मनकामना काष्ठ फर्निचर उद्योगका सञ्चालक एकनाथ घिमिरे र ए आर काठ दाउरा खरिद बिक्री सेन्टर प्रोपराईटर गिता जिसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिए। गैरकानुनी रुपमा काठ कटान गरेकाले राज्यकोषमा २९ लाख १२ हजार १९३ रुपियाँ नोक्सानी भएको अख्तियारको दावी छ ।

टाउको सिङ उम्रिएपछि ७४ वर्षीय वृद्धको यस्तो हालत

सिङ भएको मानिस ! सुन्दै अचम्म लाग्ने। तर भारतमा यस्तो मामिला सामुन्ने आएको छ। भारतको मध्य प्रदेश राज्यको सागर जिल्लामा एक जना ७४ वर्षीय वृद्धको टाउकोमा चार इन्च लामो सिङ उम्रेपछि यसले सबैलाई चकित बनाइदिएको छ। सागर जिल्लाको पटना बुजुर्ग गाउँ निवासी ७४ वर्षीय श्यामलाल यादवले पांच वर्षदेखि टाउकोमा उम्रेको सिङ लिएर घुम्दै थिए। उनले हालै मात्र एउटा शल्यक्रियाका मध्यमले उक्त सिङ झिक्न लगाएका छन्। कसरी उम्रियो सिङ? श्यामलालका अनुसार उनको टाउकोमा पांच वर्ष पहिले निकै गहिरो चोट लागेको थियो। उपचारपछि घाउ त ठीक भयो तर केही दिनपछि उनलाई त्यस ठाउँमा किलो जस्तो टुटुल्को आएको जस्तो लाग्यो। छुँदा केही खरो लाग्ने त्यो चीज बढ्दै गयो र पछि प्रष्ट देखिन थाल्यो। उनले पछि पछि त्यो सिङको लम्बाई ५ इन्च जति भएको बताए। उनले भने, “त्यसपछि भने त्यो बढेन।” सिङ उम्रिएपछि श्यामलालले थुप्रै डाक्टरहरूलाई भेटे तर कसैले पनि यसको कारण के हो भनेर भन्न सकेनन्। उनलाई धेरैले देउता रिसाएर यस्तो भएको हुनसक्ने बताएपछि उनी झारफुकतिर पनि लागे। तर यसले उनलाई बिसेक गरेन। उपचारको लागि यस्तो निकालियो उपाय डाक्टरहरूले यसबारे अनभिज्ञता जनाएपछि र झारफुकले पनि फाइदा नभए पछि उनको परिवारका सदस्य निकै चिन्तित हुन थालेका थिए। उनी जति डाक्टरकहाँ जान्थे उनलाई देखेर अचम्म मान्थे। उनी भन्छन्, “यो दुख्न त दुख्दैनथ्यो तर देख्दा अर्कै लाग्थ्यो। ” श्यामलालले यसको एउटा उपाय निकाले। उनी जब जब कपाल कटाउन जान्थे, उनले नाउलाई सिङ पनि काट्न भन्थे। तर केही दिनपछि यो फेरी बढ्न थाल्थ्यो। धेरैले उनको खिल्ली उडाउँथे। कतिपयले त उनलाई अलच्छिन भन्थे भने कतिपयले उनी राक्षस भैसकेको भन्ने गर्थे। श्यामलाल भन्छन्, “मा दुःखी हुनु बाहेक केही गर्न सक्दैनथे।” उनी जति डाक्टर कहाँ जान्थे उनको अवस्था देखेर डाक्टरहरूलाई नै अचम्म लाग्थ्यो। केहीले त उनको उपचार निकै महँगो हुने भनेर पनि बताए। त्यसपछि उनी सागरको भाग्योदय तीर्थ नाम गरेको अस्पतालमा भर्ना भए। त्यहाँका डाक्टरहरूल;ए उनको जांच पश्चात शल्यक्रिया गराउनु पर्ने सल्लाह दिए। चिकित्सकहरूका अनुसार यस किसिमको समस्या एक लाखमा एक जनालाई हुने गर्छ। यसलाई डेभिल्स हर्न अर्थात शैतानको सिङ भन्दा रहेछन्। उनीहरूका अनुसार यस रोगको बारेमा पर्याप्त जानकारी अझै प्राप्त छैन। डाक्टरहरूले सिटी स्क्यान गरे पछि सिङको जराहरू बढी गहिरो नभएको पत्ता लाग्यो। शल्यक्रियापछि टाउकोमा भित्री क्षति नहुने भएपछि उनको उपचार थालियो र एक घण्टा लामो शल्यक्रिया पछि उनको टाउकोबाट सिङ झिकियो। के भन्छन् चिकित्सक? डाक्टर गजभिए को टोलीले श्यामलालको टाउकोबाट सिङ झिकेर त्यस ठाउँमा प्लास्टिक सर्जरीको माध्यमले छाला प्रत्यारोपण गरेका छन्। यसलाई सेबेसियस हर्न भनिन्छ। टाउकोमा रौँ उमार्नको लागि सेबेसियस ग्रन्थी प्रकृतिक रूपले रहेको हुन्छ। यसले एक प्रकारको तरल उत्सर्जित गर्ने गर्छ जसले गर्दा कपालमा चमक देखिन्छ। श्यामलालको टाउकोमा त्यो ग्रन्थि बन्द भएर तरल भित्रभित्रै जमेर सिङ आकारमा बाहिर आएको डाक्टर गजभिए ले बताए उनले आफूले यस मामिलालाई अध्ययन गरिरहेको र चाडैं यसबारे अन्तर्राष्ट्रिय जर्नलमा शोध आलेख प्रकाशित गर्ने बताए। । डाक्टर विशाल गजभिए यसलाई चिकित्सा विज्ञान क्षेत्रकै दुर्लभ घटना बताएका छन्। उनका अनुसार पहिला त सिङवाला मामिला नै दुर्लभ हो त्यसमा पनि पाँच इन्चको सिङ भएको मामिला चिकित्सा विज्ञानको इतिहासमा आजसम्म सुनिएको छैन । उनले भने, “यसमाथि शोध आलेख तयार पारेर चिकित्सा विज्ञानको पाठ्यक्रममा राख्न सिफारिस गरिनेछ।”