अब बन्ने सरकारमा जाने मेरो रुचि छैन : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अब बन्ने सरकारमा जान आफ्नो रुचि नभएको बताएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बनाउने सहमति गरेको कांग्रेसले पार्टीको नेतृत्व गरेर सरकारमा कसलाई पठाउछ भन्ने जिज्ञासा भइरहेका बेला सिटौलाले आफ्नो रुचि नरहेको बताएका हुन्।

‘अब बन्ने सरकारमा जाने मेरो रुचि छैन। अरु साथीहरुले चर्चा गरेर भएन नि, मेरो आफ्नै रुचि छैन,' उनले भने 
 

माओवादी केन्द्रको परामर्श बैठक आज र भोलि गण्डकीमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय परामर्श बैठक आजबाट गण्डकीमा सुरु हुँदैछ । बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहने माओवादी केन्द्रले जनाएको छ । केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो । जसअनुसार बागमती, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको बैठक सम्पन्न भइसकेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय पदाधिकारीले प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुको परामर्श लिने गर्नुभएको छ । प्रदेश परामर्श बैठकमा अध्यक्ष प्रचण्डले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने गर्नुभएको छ । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरुपमा जनतामा जाने माओवादीको तयारी छ। परामर्श बैठक कहाँ कहिले ? * बागमती प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ५ र ६ गते । * उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ७ र ८ गते । * गण्डकी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ९ र १० गते । *सुदूपश्चिम प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १२ र १३ गते । * कर्णाली प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १४ र १५ गते । * लुम्बिनी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १६ र १७ गते । * तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक भदौ १८ र १९ गते । * मधेश प्रदेशका के.स. हरूको बैठक भदौ २२ र २३ गते । * १ नं प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ २४ र २५ गते । * ज.व.स. मोर्चामा कार्यरत पार्टी के.स. हरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी के.स. हरूको बैठक भदौ २७ र २८ गते ।  * प्रवास प्रदेशमा कार्यरत पार्टी के.स. हरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ३१ र असोज १ गते । * जेष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक असोज २ र ३ गते ।

पहिरो प्रभावितलाई तत्काल सुरक्षित बास र राहतको व्यवस्था गर्न सांसद तामाङको माग

काठमाडौं।  नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले नुवाकोटका पहिरो प्रभावितलाई तत्काल सुरक्षित बास र राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद तामाङले हालैको अविरल वर्षापछि नुवाकोटका शिवपुरी, पञ्चकन्या, दुप्चेश्वर, सूर्यगढीलगायत पालिकामा ठूलो धनजनको क्षति पुर्‍याएकोले त्यहाँका पीडितलाई राहत तथा सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाउन माग गरेका हुन् । पुर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहनुभएका सांसद तामाङले पीडितहरुलाई तत्काल सम्बन्धित तहका सरकारहरुले स्वीकृत मापदण्डअनुसार राहत वितरण, जोखिममा परेकाहरुलाई सुरक्षित ठाउँमा वैकल्पिक बासस्थानको व्यवस्था मिलाउने तथा भौतिक सम्पत्तिको सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरे।   प्राकृतिक प्रकोपबाट क्षति पुगेका घरहरु निर्माणका लागि म्याचिङ फन्डअन्तर्गत संघीय सरकारले दिनुपर्ने बजेट नदिँदा प्रभावितका घरहरु बन्न नसकिरहेको तर्फपनि उनले सरकारको ध्यानाकर्षण गराए। सांसद तामाङले भने, 'अब तुरुन्तै देशैभरिबाट हजारौँ घर बनाउनुपर्ने अवस्था सिर्जना हुनेवाला छ । जोखिममा परेका क्षति भएका घरहरुको सट्टामा पुनर्निर्माण प्राधिकरणले संघीय सरकारबाट ६५ प्रतिशत, प्रदेश सरकारबाट २०प्रतिशत र पालिकाबाट १५ प्रतिशतको म्याचिङ फण्ड गरेर ४ लाखको दरले घर निर्माण गर्न सहयोग गर्ने भन्ने छ । तर संघीय सरकारले दिनुपर्ने रकम नपठाएकोले घरहरु बन्न सकिरहेका छैनन् सरकारको त्यसतर्फ गम्भीर ध्यानाकर्षण गराउँछु ।' साथै,आगामी वर्षदेखि राष्ट्रिय विपत न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले देशैभरिका बस्तीहरुको प्राविधिक सर्वेक्षण गरेर जोखिममा रहेका बस्तीहरुलाई सुरक्षित स्थलमा स्थानान्तरण गराउने योजना बनाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । राष्ट्रिय विपत् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई आफूले पटक पटक जिल्लाको समस्याबारे जानकारी गराउँदासमेत अटेर गरेको पनि उनको धारणा थियो। 'म आफैले राष्ट्रिय विपत् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई एक वर्ष पहिले नै पटक(पटक भनेको थिएँ । प्राविधिक पठायो रे भन्ने सुनेको थिएँ तर रिपोर्ट के छ कसो छ रु हामीलाई जानकारी छैन', उनले थपे, 'गाउँ विपत व्यवस्थापन समिति र जिल्ला विपत् व्यवस्थापन समितिले बारम्बार सिफारिसहरु गरेका छन् तर प्रभावित क्षेत्रका नागरिकहरुलाई त्यहाँ जोखिम छ कि छैन कि कुनै प्रतिक्रिया छैन जानकारी छैन ।' केही दिनअघि पञ्चकन्या, शिवपुरी लगायत पहिरो प्रभावित क्षेत्र अवलोकनमा पुग्नुभएका तामाङ सोमबार जिल्ला विपद व्यवस्थापन समिति नुवाकोटको बैठक उपस्थित थिए । बैठकमा प्राप्त गरेको रिपोर्टका आधारमा जिल्लाको पञ्चकन्या गाउँपालिका-१ का ५५ वर्षीय अक्कलबहादुर राईको खोलाले बगाएर निधन भएको, वडा न.२को कान्ले, कोडथोक भसभसेमा पहिरोकै कारण घर जोखिममा छन् । पञ्चकन्याकै वडा नम्बर ५ को पाण्डे टोल, वैद्य टोल, दुई तले, थपलिया टोल गरी २३ घर पूरै जोखिममा रहेको विवरण उनले संसद्मा राखे । यस्तै शिवपुरी गाउँपालिका-५ को मूलाबारीमा खड्काहरुका २ घर पहिरोबाट जोखिममा, जेब्राङमा रामबहादुर घलेको पहिरोमा परेर ५ वटा खसीरबाख्रा मारेका र त्यस आसपासमा १७ घर जोखिममा छन् । चेंगेरेङका बस्तीहरु पनि जोखिममै छन् । गारेको सिरानटोलमा अमिर तामाङ समेतका घरहरु कोही लडाएका छन्, कुनै लडाउने र बगाउने अवस्थामा छन् । उक्त टोलमा १७ घर जोखिम, कुखुरेमा भिमसेन थापा र बलबहादुर भण्डारीको घर पहिरोले बगाएको र अन्य ७ घर जोखिममा रहेको समेत विवरण राखे । दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ को बोलुङ कटुन्चेमा गाउँको ठूलो ढुंगा लड्न खोजिरहेको र त्यो ढुंगा खसेमा १८/१९ घरमा क्षति पुर्‍याउन सक्ने, वडा न.१ कै स्योलोलो भन्ने गाउँमा जितसिङ तामाङको घर पिँढीसम्मै पहिरोले दख्खल दिएकोले ती तामाङ परिवार गाउँमा अन्तै आश्रय लिएर बसेका तथा बेलकोटगढी नगरपालिका वडा नम्बर -३ रुपिङस्थित दलित टोलमा केही घर क्षति भएको समेत सांसद तामाङले जानकारी गराए।

बागलुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ जना घाइते

कास्की । बागलुङबाट पोखरातर्फ आउँदै गरेको बस शनिबार साँझ पोखरा महानगरपालिका–२५, हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ । ग१ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गस्थित सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्री घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए । बसमा ३६ यात्री सवार रहेका प्रहरीले जनाएको छ । घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका निम्ति लगिएको र  दुर्घटनाको थप विवरण आउन बाँकी रहेको शर्माले बताए । “घाइतेलाई उद्धार गरी पोखराका विभिन्न अस्पतालमा पुर्‍याइएको छ । चालकलाई प्रहरीको नियन्त्रणमा लिएका छौँ । थप विवरण आउन बाँकी छ,” शर्माले भने । तनहुँबाट रिजर्भका निम्ति बागलुङ गएको बस पोखरा हुँदै तनहुँ फर्कने क्रममा साँझ ७ः३० बजेतिर दुर्घटनामा परेको थियो । रासस

Cultural Semiotics in Nepalese Music: A Linguistic Shift with A Multidimensional Melody

Introduction The Sangitmala Team presents a resonant Nepalese melody in English that resonates with the essence of the homeland. This composition by the talented Prakash Saput, titled "Galbandi Chyatiyo Timile Tanera Bolauna Khojeko Aafnai Thanera," exemplifies the enduring ability of music to bridge geographical distances and elicit a sense of belonging. The melody unfolds as a tapestry of cultural expression and unity, enriched by the voices of gifted performers such as Tika Sanu, Bhawana Budha Magar,  Hima B.K, Dhanmaaya Nepali,   Dil Karki, Prem Dhungana, and Nishant BK. This artistic offering, which debuted on December 5, 2021, garnered an impressive 259,556 views, a testimony to its resonance within the audience's souls presented as part of a live program, the undertaking was facilitated by a skilled team that included hosts Tika Sanu, Kamal Sargam, and Kalpana Dahal, as well as a group of outstanding vocalists. The melody, at its essence, echoes a sentiment that transcends borders and encapsulates the natural grandeur of Nepal's landscape. As the lyrics, "Nepal is a beautiful gift from nature," resound, the melody depicts the essence of the country's breathtaking topography. The refrain, "Unity is diversity is our feature," is a profound reminder of Nepal's cultural wealth, where numerous ethnicities and traditions coexist harmoniously. I examine this musical's geographical, historical, cultural, and socioeconomic dimensions in the following analysis. Through a scholarly prism, I  untangle the nuanced narratives woven into this melodic tapestry, recognizing its strengths and identifying areas where its depiction of Nepal's complexity may merit additional consideration. This attempt allows us to appreciate the song's resonance and potential to encourage a deeper engagement with Nepal's multifaceted identity. Geographical Context Nepal, a landlocked nation between the formidable territories of India and China, displays an entrancing tableau of diverse geographical characteristics. This musical composition aims to capture the nuances of Nepal's geographical tapestry by alluding to elevated forms such as mountains, the meandering grace of rivers, and the undulating grace of hills. However, prudence dictates a cautious approach to ensure Nepal is not reduced to a picturesque backdrop, ministering solely to tourism demands. Consistently emphasizing Nepal as a manifestation of nature's majesty, the song serves as a conduit for global appreciation of its inherent beauty. The strategic use of geographical features such as mountains, rivers, and hills is intended to position Nepal as an alluring tourist destination. While the song effectively introduces the audience to Nepal's natural beauty, it omits the sociopolitical complexities that form the country's identity. Linguistically, the song cleverly incorporates Nepali terminology into its English verses, an indication of linguistic hybridity or a deliberate attempt to increase accessibility to international audiences at the expense of local idiomatic richness. Notably, the omission of Nepal's significant environmental challenges, such as deforestation and the devastating effects of climate change on its glaciers, is a cause for concern. Historical and Cultural Context  The historical tapestry of Nepal, a mosaic of diverse ethnic groups influenced by neighboring civilizations, is rich. The mention of "Bir Gorkhali" inspires nationalistic pride and pays tribute to the valor of Gurkha soldiers. The epithet "Land of Buddha" evokes the sanctity of Lumbini, the location where Siddhartha Gautama was born. Incorporating "Bir Gorkhali" and references to the "land of Buddha" emphasize Nepal's spiritual and historical significance. Indigenous customs such as "Chautari" and traditional cuisine such as "Dhido Gundruk" highlight the nation's cultural diversity. Nonetheless, oversimplification is risky, as the song's emphasis on unified representation may diminish Nepal's intricate cultural tapestry. While sincere in its attempt to capture Nepal's historical essence, the song remains reticent on complex historical narratives, such as a decade-long civil war and ongoing sociopolitical unrest. Folk music and dance are celebrated as traditions and sources of pride, but the cultural group referred to as 'folk' remains ambiguous. The song skillfully incorporates Nepali terms into its English lyrics, balancing global accessibility and preserving Nepal's cultural resonance. The mantra "Unity is diversity is our characteristic" encapsulates the multifaceted cultural heritage of Nepal. Underneath this harmonizing surface, however, an unspoken undercurrent of oversimplification threatens to obscure the vibrant threads of cultural diversity. While the melody acknowledges linguistic and religious diversity, it fails to explore the subtle complexities of these domains. Religious and Philosophical Context  Nepal's religious landscape, an amalgamation of predominantly Hinduism with the coexistence of Buddhism, Islam, and indigenous beliefs, provides the context for expressing "Humanism mission and vision, Ultimate aim of our religion." This selection of terms is intended to emphasize Nepal's history of religious tolerance. However, the historical context of religious conflicts and ongoing struggles for the rights of religious minorities has no place in the song's narrative. Economic Context The terms "cottage industry" and "organic food" indicate that agriculture and small-scale industries dominate Nepal's economy. However, these references fail to consider Nepal's economic complexities, which include pervasive poverty, a sluggish rate of industrialization, and a substantial reliance on remittances. The Exchange of Voices A lively exchange of voices enriches the song's narrative, each offering a unique perspective on Nepal's multifaceted identity. As the youngster exclaims, "Hey, welcome, human beings of the world!" a cordial invitation is extended to embrace the splendor of Nepal's opulent tapestry. This sentiment is complemented by the girl, who emphasizes the natural beauty of Nepal's initial impressions and the captivating allure of its landscapes. The boy's poetic description of Nepal's elements - beaming mountains, streaming rivers, and tranquil waterfalls - vividly depicts the country's natural beauty. The child participates in celebrating the forest melodies and the Lophophorus, Nepal's national bird. The boy's description of the significance of the "Koili chari," a cherished melody, and the "Chirab chirab" reveals the cultural wealth of Nepal. The sound of birdsong emanating from colonies. Both the boy and the girl articulate eloquently Nepal's hospitality and cultural diversity, drawing attention to the hospitable "Chautari" and the variety of greeting traditions. The narrative of Nepal's wealth includes references to local and organic food, the valor of Bir Gorkhali soldiers, and the spiritual significance of Lumbini. The girl proclaims Nepal to be a land of meditation and enlightenment, whereas the boy describes Nepal as a place where civility is a civilizing force. The song's lyrics acknowledge the simplicity and uniqueness of Nepal's way of life. The boy and girl jointly acknowledge Nepal's good fortune and the significance of its music, highlighting the country's allure and diversity. The tapestry of voices culminates in celebrating Nepal's diversity, from its multilingual and multicultural characteristics to its distinct architecture. The melody resonates with the inclusive sentiment of unity and diversity that defines Nepal's identity. Notably, the girl affirms that Nepal's fundamental mission and vision are rooted in humanism, and its ultimate goal is unity, reinforcing the song's central message. Conclusion The song's climax reverberates with a transcendental sentiment that encapsulates the inherent beauty of Nepal's natural landscapes. As the lyrics resound, "Nepal is a beautiful gift from nature," the melody artistically depicts the essence of the country's breathtaking geography. The repeated refrain, "Unity is diversity is our feature," is a poignant reminder of Nepal's cultural diversity, where numerous ethnicities and traditions coexist harmoniously. In an era characterized by the intricate interplay of globalization and cultural interconnectedness, it is undeniable that artistic expression can serve as a mirror reflecting a nation's identity, values, and aspirations. In this context, the present lyrical composition arises as a melodious paean, an artistic endeavor that attempts to capture Nepal's multifaceted essence. This composition ventures on a lyrical journey, traversing the intricate contours of Nepal's geographical beauty, historical valor, cultural treasures, and socioeconomic dynamics. However, a thorough and meticulous analysis is required to reveal the harmonious cadence that reverberates throughout its verses and the latent voids that entreat from within its lyrical canvas. Evident in its content is the depiction of a utopian Nepal, which, while promoting tourism and igniting a spark of nationalistic pride, may disregard the intricate sociopolitical and economic nuances woven into the nation's fabric. As a preliminary platform, the song's artistry may lose the chance to explore the profound complexity that characterizes Nepal's diverse identity.  (A presentation of Nepali Dohari and melody in the English language By Tika Sanu and Team )

सबैको स्वामित्व लिन हुने गरी बजेट तर्जुमा गर्न बजेट लेखन समितिलाई निर्देशन

काठमाडौँ। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तर्जुमा गर्ने बारे निर्देशन दिएका छन् ।शनिबार अर्थसचिव कृष्णहरि पुष्कर, राजस्व सचिव रामप्रसाद घिमिरे, बजेट लेखन समितिका सहसचिवहरू, मन्त्रालयका सबै महाशाखा प्रमुख, विभागीय प्रमुख तथा महानिर्देशक र उपमहानिर्देशकसमेतको बैठकम उनले बजेटको प्राथमिकताबारे सामूहिक निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।  सो क्रममा उनले आमजनता र सबै सरोकारवालाले स्वामित्व लिन सक्ने खालका कार्यक्रम बजेटमा समेट्न निर्देशन दिए।  उत्पादन वृद्धिमार्फत रोजगारी सिर्जना गर्ने, आयात प्रतिस्थापन गरी वैदेशिक व्यापार घाटा कम गर्नेमा आफ्नो जोड रहने उनको भनाइ थियो ।  त्यसका लागि उत्पादनमूलक उद्योग प्रवर्धनमा लगानी र निर्यात प्रवर्धनलाई जोड दिनुपर्ने बताए।  अर्थमन्त्रीले बजेट निर्माण गर्दा सत्ता साझेदार दलबिचको न्यूनतम साझा कार्यक्रमभित्र रही विषयगत मन्त्रालयसँगको समन्वयमा बजेट वक्तव्य तयार पार्न पनि निर्देशन दिए ।    मन्त्री पुनले सरकारको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबिच तालमेल हुनुपर्नेमा जोड दिएका हुन्। त्यसका लागि सम्बद्ध निकायबिच अन्तरसम्बन्ध स्थापनामा निरन्तर संवाद हुनुपर्ने उनले बताए।  “उत्पादन र उत्पादकत्व अभिवृद्धिमार्फत रोजगारीका थप अवसर सिर्जना हुने अनि आयात प्रतिस्थापन र निर्यात प्रवर्धन हुने खालको नीति बजेटमा आउनु पर्छ,” मन्त्री पुनले भने, “बजेट विनियोजन गर्दा ‘बहुजन हिताय’ भन्ने मान्यताका आधारमा बढीभन्दा बढी जनतालाई छुने र उनीहरूले स्वामित्व लिन सक्ने हुनु पर्छ भन्ने सम्माननीय प्रधानमन्त्रीज्यूको स्पष्ट निर्देशन छ । मैले तपाईंलाई भन्ने पनि यही नै हो ।”  मन्त्री पुनले कृषिजन्य उपज र बजारबिच सञ्जाल बनाउने गरी कार्यक्रम बजेटमा राखिने जानकारी दिए। यस्तै बजारको स्थायित्वका लागि उत्पादनको आकारमा वृद्धि जरुरी रहेको उनले जोड दिए। कृषि उत्पादनलाई बजार र उद्यमसँग जोड्ने कार्यक्रममा ध्यान दिन मन्त्रीको निर्देशन छ । मन्त्री पुनले मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्ग आसपास क्षेत्रहरूमा नयाँ बजार र आर्थिक केन्द्र स्थापना गर्ने विषयलाई बजेटमा समावेश गर्न पनि निर्देशन दिए।  त्यस्तै, स्थानीय तहमा जाने समानीकरण अनुदानलाई आवको बिचमा संशोधन गर्न नमिल्ने व्यवस्था गर्न तथा ससर्त अनुदानका कार्यक्रमहरू घटाउन निर्देशन दिए। राजस्वको अनुमान र राजस्व परिचालनबिचको दुरी कम गर्ने तथा सार्वजनिक संस्थान सुधारलाई जोड दिने आफ्नो नीति रहेको पनि उनले बताए।  फरक प्रसङ्गमा पुनले यो वर्षको बजेट निजी क्षेत्र र लगानीमैत्री हुने बताए। निजी क्षेत्रलाई प्रोत्साहित हुने खालको बजेटले मात्र आर्थिक क्रियाकलाप विस्तार हुने उनको भनाइ थियो ।  “यो वर्षको बजेट निजी क्षेत्र र लगानीमैत्री बजेट हुने छ,” उनले भने, “निजी क्षेत्रका न्यून लगानीकर्ताका लागि ‘रेड कार्पेट’ बिछ्याउने नीति लिइने भएकाले यसकै वरिपरि रहेर बजेट बनाउनुपर्ने छ ।”  

अध्यक्ष प्रचण्ड र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले आज शिष्टाचार भेट गर्नुभएको छ । आफ्नो निवास खुमलटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले बाढीपहिरोका कारण नेपालले ठूलो जनधनको क्षति व्यहोर्नुपरेकाले यो संकट समाधानमा साथ दिन युरोपियन युनियनलाई आग्रह गर्नुभयो । बाढीपहिरोको पीडा नेपाली जनताले व्यहोर्नुपरे पनि यो विश्वब्यापी समस्याकै अंग भएकाले जलवायु परिवर्तनका कारण भइरहेका यस्ता विपतप्रति विश्वको ध्यान जानुपर्ने उहाँले बताउनुभयो ।  राजदूत लोरेञ्जोले बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै युरोपियन युनियनको साथ रहने बताउनुभयो । उहाँले नेपालको शान्ति प्रक्रिया अघि बढेकोमा खुशी व्यक्त गर्दै त्यसको सफल नेतृत्व गरेकोमा ईयुको तर्फबाट अध्यक्ष प्रचण्डलाई बधाई पनि दिनुभयो । भेटका अवसरमा नेपाल र ईयुको सम्बन्ध सुधारका विषयमा बहुआयामिक छलफल भएको थियो ।

ट्रम्प भन्छन्, –‘म राष्ट्रपति भएको भए रुस–युक्रेन युद्ध कहिल्यै हुने थिएन’

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको उम्मेदवारी स्वीकार गर्ने बताएका छन् । रिपब्लिकन पार्टीको चारदिने सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले आगामी चार महिनामा रिपब्लिकन पार्टीले अतुलनीय जित हासिल गर्ने दाबी पनि गरे ।  उनले भने,  ‘जितेर हामी अमेरिकी इतिहासको सबैभन्दा ठूलो चार वर्षको सुरुवात गर्नेछौँ।’  सम्बोधनका क्रममा ट्रम्पले युक्रेन–रुस युद्ध र इजरायलमा जारी युद्धका विषयमा वर्तमान सरकारको आलोचना पनि गरे ।  ट्रम्पले भने, ‘यदि म राष्ट्रपति भएको भए रुस र युक्रेनबीच चलिरहेको भयानक युद्ध र इजरायलमा हमलाका कारण सुरु भएको युद्ध हुने नै थिएनन्।’  सम्बोधनमा ट्रम्पले वर्तमान सरकारले सिर्जना गरेका सबै अन्तर्राष्ट्रिय समस्यालाई हटाउने दाबी पनि गरेका छन् । 

राज्य व्यवस्था समितिको बैठकमा एनजीओको खाजा, बैठक स्थगित

काठमाडौँ ।  प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गैरसरकारी संस्था (एनजीओ)का कर्मचारी खाजासहित उपस्थित भएपछि बैठक स्थगित भएको छ । बिहान ८ बजेदेखि जारी बैठकमा आएको खाजाबारे सांसदहरू समेतले चासो राखेको र छलफलका क्रममा एनजीओको कर्मचारीसमेत सभा कक्षभित्रै रहेको थाहा भएपछि बैठक स्थगित गरिएको हो । नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु एनजीओको सहयोगमा विदेश भ्रमण गर्ने, नीतिगत तहमा एनजीओबाट प्रभावित हुने गरेको आरोप लाग्दै आएको सन्र्दभमा समितिको  छलफलमा एनजीओका कर्मचारी खाजासहित उपस्थित हुने विषयले ठुलो अर्थ राख्ने भएकाले यसरी जनताको हित केन्द्रित रहेर कानुन बनाउन नसकिने सांसदहरुले बताएका थिए ।  सोही कारण बैठक औपचारिकतामा प्रवेश गर्न नगरेको बताइएको छ ।समितिको आइतबारको बैठकमा संघीय निजामती ऐन संशोधन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । तर बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन । सांसदहरूका अनुसार एनजीओका प्रतिनिधिलाई आजको बैठकमा बोलाइएका कारण उनीहरू उपस्थित भएका थिए ।

मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णय

काठमाडौं ।चैत २२ गते बिहीबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । बैठकले विविध निर्णय गरेको छ । यस्ता छन् २०८० चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू  १. श्रम अदालतको मुकाम काठमाडौंमा रहने गरी तोकिएकोमा सो को सट्टा श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने गरी तोक्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने । २. रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष पदमा सप्तरी निवासी प्रा. डा. पशुपति चौधरी र सदस्य पदमा सिराहा निवासी डा. विरेन्द्र प्रसाद यादवलाई नियुक्त गर्ने । ३. वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सदस्य पदमा झापा निवासी डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने ।

‘लूट–२’ मा निकै सेक्सी रोलमा छु– एलिसा (भिडियो)

लूट– २ आजदेखि प्रदर्शनमा आएको छ । चलचित्र लूटको सिक्वेलका रुपमा निर्माण भएको ०१२ मा प्रदर्शनमा आएको चलचित्र लूटलाई नेपाली चलचित्रको परम्परागत स्वरुपमा धक्का दिने अर्थमा कतिपयले लिए पनि । ५ वर्षपछि निश्चल बस्नेतको लुट २ रिलिज भएको बेला चलचित्रकी अभिनेत्री एलिसा राई भने आफ्नो अन्तर्वार्ताका कारण चर्चामा छिन् । चलचित्रमा आफ्नो बोल्ड र हट दृश्य भएको उनले अन्तर्वार्तामा बताएकी छिन् । हेर्नुस् भिडियो ।

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी रहने भएको छ ।  शुक्रबार देखि पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसिरहेको बैठक आज पनि बस्ने जारी रहने भएको हो । आइतबार बसेको बैठकमा नेताहरुको सकिएको छैन । बैठक भोलिसम्म चल्ने बताइएको छ ।

माओवादी र समाजवादी धारलाई एकताबद्ध गर्दै भ्रष्टाचारविरुद्ध आन्दोलन छेड्ने होः प्रचण्ड

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सम्पूर्ण माओवादी र समाजवादी धारलाई एकताबद्ध गरेर भ्रष्टाचार र व्यथितिविरुद्ध अभियान छेड्ने बताएका छन् । माओवादीको कोशी प्रदेश समितिको विराटनगरमा मङ्गलवार सम्पन्न सातौँ पूर्ण बैठकमा मन्तव्य दिँदै उनले माओवादी र समाजवादी धारलाई एकताबद्ध गर्ने बताए । ‘विप्लवसँग पनि एकता गर्ने हो, किरणजीसँग पनि एकता गर्ने हो । कुरा भएको छ । अब फेरि सम्पूर्ण माओवादीधारहरु केन्द्रीकृत हुनुको विकल्प छैन । अब पार्टी एकता तिर जानु पर्छ । केही पार्टीहरूले त सैद्धान्तिक हिसाबले मिल्ने भनेर निर्णय नै गरिसकेका छन् । सकिन्छ भने समाजवादी मोर्चालाई नै पार्टी एकता संयोजन समिति बनाउने कोसिस हुन्छ । नभए समाजवादी मोर्चा बनाएर एमालेभित्र भूकम्प ल्याउनु पर्छ,’ प्रचण्डले भने, ‘एमालेलाई ठुलो धक्का दिन जरुरी छ ।’ उनले माओवादीलाई सहयोग गर्नेहरू विस्मृति तिर र विरोधीहरू स्मृतिमा आउन थालेका कारण पार्टी प्रदूषित भएको बताए ।  ‘हामी चिन्तित र पीडित हुने । तर, नेतृत्वमा रूपान्तरण नआउने स्थिति बन्यो । त्यसकारण आफूले नै विद्रोहको सुरुवात गर्नुपर्छ भन्ने निष्कर्ष म पुगेको हो,’ प्रचण्डले भने ।  प्रचण्डले भ्रष्टाचारको विरुद्धमा अभियान चलाउँदा देशमा उभार आएको बताउँदै माओवादी र समाजवादी धारको एकता गरेर भ्रष्टाचारको विरुद्ध आन्दोलन छेड्ने बताए । प्रधानमन्त्री हुँदा चलाएको नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास र बाँसबारीको जग्गा काण्डमा प्रहार गर्दा दलालहरू आत्तिएको र सरकार ढालेको उनको भनाई थियो ।सरकार ढल्नुमा दुई जना बिचौलिया पक्राउ पर्नु र धितो पत्र बोर्डको अध्यक्ष चयन पनि कारण भएको उनले बताए । ‘अन्तिम समयमा दुई जना पक्राउ परेका थिए नि ?,’ बेचन झा र प्रतीक थापातिर लक्षित गर्दै प्रचण्डले भने, ‘त्यसपछि कनेक्सन बालकोट र बुढानीलकण्ठ तिर सोझियो । त्यसपछि त सरकार ढल्यो।’  अर्को कारण बताउँदै उनले थपे, ‘धितो पत्र बोर्डमा अर्बौँको चलखेल हुने रहेछ । त्यहाँ सेटिङ डरलाग्दो हुँदो रहेछ । शेरबहादुरसँग गठबन्धन हुँदा उनले पनि नामै तोकेर फलानो नियुक्ति गरे भन्थे । पछि केपीसँगको गठबन्धनपछि उनले पनि यही भन्ने । केपीले त यो नियुक्ति नगरे समीकरण नरहने भनेर खुल्ला चुनौती दिएका थिए । त्यो नाम शेरबहादुर र केपी दुवै जनाले लिएको एउटै नाम थियो । तर, ती मान्छे अनियमितता र लुटपाट मच्चाउने खालका थिए । त्यसकारण मैले नियुक्ति प्रक्रिया नै रद्द गरिदिएँ ।’ त्यसपछि जुन जुन घरमा मिटिङ भयो र सरकार ढाल्ने विषयमा कसको घरमा हस्ताक्षर भयो भनेर सबै सार्वजनिक भएको उनले बताए ।  आफू प्रधानमन्त्री र जनार्दन शर्मा उर्जामन्त्री भएको बेला नियुक्त गरेका कुलमान घिसिङले देशमा लोडसेडिङको अन्त्य गरेको भए पनि अहिले उनैलाई हटाउन सरकारले तयारी गरिरहेको प्रचण्डले दाबी गरे । ‘अब कुलमानलाई जसरी पनि हटाउने गरी सरकार लागेको छ । दलालसँग बसेर माइरेको कुराले पनि प्रस्ट कुरा भयो,’ उनले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई लक्षित गर्दै भने ।  उनले अब सदनमार्फत पार्टीले पाउने हकको विषयमा जमेर लड्ने बताए । ‘हामीले पाउने हक पनि दिएनन् भने हामी जमेर सङ्घर्ष गर्छौँ । भ्रष्टाचारविरुद्ध लागेका प्रहरी अधिकृतहरूलाई जथाभाबी सरुवा गरिएको छ । त्यसका विरुद्ध पनि हामी सङ्घर्ष गर्छौँ,’ पार्टी बैठकमा उनले भने, ‘हाम्रा पार्टीले जितेका १२२ वटा स्थानीय सरकारले नमुना काम गरेर जनतालाई देखाउँछौँ।’

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जना पक्राउ

काठमाडौं । सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाग्लुङ नगरपालिका–४ घर भएका ३६ वर्षीय शम्सेर विक, गुल्मी सत्यवती गाउँपालिका–२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बारा जितपुरसिमरा उपमहानगरपालिका–२४ घर भएका ४३ वर्षीय साहेव देवन रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ५२ ग्राम सुन बरामद गरेको छ । हिमालयन एयरलाईन्सको उडानद्वारा नेपाल आएका शम्सेर र नुम बहादुरलाई जनही ९÷९ हजार रुपैयाँ दिएर सुन बोकाएको खुलेको छ । उक्त सुन विमानस्थल एरियााको पार्किङ क्षेत्रबाट साहेवले संकलन गर्ने गरेको प्रहरीको भनाइ छ । उनीहरूमाथि थप अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरनमा पठाइएको प्रहरीले जनाएको छ ।

श्रीमतीसँग झगडा हुँदा श्रीमान्‌ले आफ्नै शरीरमा लगाए आगो

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–७, स्थित तरकारी बजारमा एक पुरुषले श्रीमतीसँग झगडा हुँदा आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाएका छन्।  श्याम कृष्ण श्रेष्ठको घरमा डेरा गरी बस्ने पर्सा वीरगञ्ज महानगरपालिका–२७ का ३५ वर्षीय अरूणकुमार यादवले आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।  कार्यालयका अनुसार श्रीमतीसँगको विवादका क्रममा उनले शरीरम आगो लगाएका हुन् । उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल पठाइएको र शिर मेमोरियल अस्पतालले थप उपचारका लागि शनिबार राति करिब साढे १० बजे बोर्न अस्पताल कीर्तिपुर रिफर गरेको छ।  प्रहरीले यादवकी श्रीमती उषादेवी यादवलाई नियन्त्रणम लिएको छ। जुम्ल्याहा छोरीसहित उषालाई नियन्त्रणमा लिएर पनौती सेफ हाउस पठाइएको वाग्मती प्रदेश कार्यालयले जनाएको छ।   

नेप्सेमा वृद्धि, कारोबार रकमको साथ

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिनदेखि बढ्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक २७.५४ अंक बढेर २०९२.०० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ७.३१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८० अंक बढेको छ। नेप्सेको वृद्धिलाई यस दिन कारोबार रकमले पनि साथ दिएको छ। यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब २५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको ८० हजार ९८२ पटकको कारोबारमा ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ बराबरको १ करोड ४३ लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी, भगवती हाइड्रोपावर र नेरुडे मिर्मिरे लघुवित्तको शेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन बाराही हाइड्रोपावर र एनआईसी एशिया बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको उपकार लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ७.४० प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन १९ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सिईडिबी हाइड्रोपावरको करिब १९ करोडको शेयर कारोबार भएको छ भने फस्ट माइक्रोफाइनान्स र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको करिब साढे १३ करोडको शेयर किनबेच भएको छ। १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ४.१८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत, लगानी र म्युचुअल फण्ड उपसमूहको परसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन वित्त, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक घटेको हो।