बेइमानी र जालझेललाई राउण्ड किक भन्नेहरुले अब जनताको राउण्ड देख्नेछन्ः प्रचण्ड

काठमाडौं, २० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरुले दिइरहेको संविधानविपरितका अभिव्यक्तिहरुको भण्डाफोर गर्न कार्यकर्तालाई आव्हान गर्नुभएको छ ।

सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यस्तो आह्वान गर्नुभएको हो । सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छूट कसैलाई नभएको उल्लेख गर्दै उहाँले यस्ता प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताउनुभयो ।

जनयुद्धलाई ‘हिंसा’को रुपमा ब्याख्या गरिएकोतर्फ इंगित गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘जनयुद्धलाई संविधानले सशस्त्र संघर्ष भनेको छ तर संविधानको ब्याख्यात्मक टिप्पणीमा स्पष्टसँगै सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर लेखिएको छ, त्यसमा सबै दलहरुले हस्ताक्षर गरेका छन् । तर अहिले कतिपय सत्तारुढ दलका नेताहरुले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्सास गर्ने गरेका छन्, संविधानविपरीत बोल्ने नेताहरुको भण्डाफोर गर्नुपर्छ । संविधानमा भएको यथार्थलाई जोडदाररुपमा जनतामा लैजानुपर्छ ।’ 

प्रधानमन्त्रीमै बसेका नेताले आफूले गरेको ठगी, बेइमानी र जालजेझलाई ‘प्रचण्डलाई राउण्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन् ।’ हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पोलिटब्यूरो बैठकमा ‘प्रचण्डलाई राउण्ड किक’ हानेको अभिव्यक्ति दिनुभएको थियो ।

null

जनयुद्धका महान सहिदलाई सम्मान गर्ने सवालमा पार्टीले निरन्तर काम गरिरहेको पनि अध्यक्ष प्रचण्डले स्पष्ट गर्नुभयो । पटकपटक सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकलकोले पछिल्लोपटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरु खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको र अब जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता प्राप्त गरेको जानकारी गराउँदै उहाँले भन्नुभयो– ‘यो हामी सबैका लागि खुशी र गर्वको विषय हो । छुटेकालाई पनि केन्द्रित गर्ने प्रक्रिया त्यसमा बाँकी राखिएको छ ।’

त्यस्तै जनयुद्ध थालनी भएको दिन फागुन १ गतेको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने मन्त्रिपरिषद्बाट निर्णय गरिएको भए पनि शान्ति प्रक्रिया अझै नटुंगिएको भनेर अदालतबाट रोकिएको प्रसंग उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब टिआरसी विधेयक पारित भएपछि जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गर्न रोक्न नहुने र त्यसका लागि अदालतले पुनर्विचार गर्ने आफूले विश्वास लिएको बताउनुभयो ।

जनयुद्धका महान सहिदहरुलाई पार्टी र सरकारले गरेको यो सम्मानलाई जनस्तरसम्म बुझाउनुपर्ने उल्लेख गर्दै उहाँले नेता कार्यकर्ताहरुलाई यसमा ध्यान दिन आग्रह गर्नुभयो । आफूले गरेका राम्रा कामको अपनत्व र स्वामित्व लिन आग्रह गर्दै उहाँले संगठन बनाउने र कमजोरी सच्याउने अवसर प्राप्त भएको पनि बताउनुभयो । परिवर्तनका विरुद्ध गर्न खोजिएको ज्यादति र अपमानविरुद्ध संघर्ष गर्न पनि उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।

पार्टीले सबै सहिदको एकैसाथ सम्झना गर्न जनयुद्धकालदेखि नै हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउने गरेको भए पनि शान्ति प्रक्रियापछि सहिदका फरक फरक स्मृति दिवस र प्रतिष्ठान बनाउने क्रम चलेकाले यसमा सच्याएर जाने उहाँले स्पष्ट गर्नुभयो । अध्यक्ष प्रचण्डले अहिले आफूहरु पार्टी पुनर्निर्माणको प्रक्रियामा भएकाले आगामी केन्द्रीय समिति बैठबाट सहिदको स्मृति दिवसबारे एकरुपता कायम गर्ने गरी नीगितरुपमा व्यवस्था गरिने जानकारी दिनुभयो ।

नयाँ शैक्षिकसत्र सुरू हुँदै, विद्यार्थी भर्ना अभियान आजदेखि

काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि आजदेखि देशभर विद्यार्थी भर्ना अभियान भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आह्वान गरेको छ। नयाँ शैक्षिक सत्र सुरु भएसँगै सरकारले यसवर्ष ‘हामी सबैको इच्छा, सर्वसुलभ विद्यालय शिक्षा’ भन्ने नाराका साथ भर्ना अभियान अगाडि बढाएको हो ।  अभियान सुरु हुने दिन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, मन्त्रालय र केन्द्रीय निकायलाई विद्यार्थी भर्ना अभियानमा सरिक हुन आह्वान गरेका छन् । त्यसैगरी स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, मन्त्रालय र केन्द्रीय निकायको सहभागितामा शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा ‘भर्चुअल’ माध्यमबाट अन्तर्क्रिया गर्न लागेको शिक्षा मन्त्रालयले जानकारी दिएको छ।  विद्यार्थी भर्नाका लागि आह्वान गर्दै वैशाख २ देखि २१ गतेसम्म एफएम रेडियोबाट अभियानको सन्देश प्रसारण गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । सामुदायिक विद्यालय केन्द्रित हुने यस अभियानअन्तर्गत वैशाख २ गते स्थानीय तहको निर्देशनअनुरुप विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले विद्यालयमा भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्दै भर्ना अभियान थालिनेछ। वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम, वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिन समाजका उदारमना सदस्यसँग आह्वान गर्नेलगायत कार्यक्रम निर्धारण भएको छ । अभियानकै क्रममा  वैशाख १० गते उक्त दिनसम्म भर्ना भएका विद्यार्थीलाई पोसाक र छात्रवृत्ति प्रदान गरिनेछ। वैशाख १५ देखि २० गतेसम्म शिक्षा विकास तथा समन्वय एकाइबाट प्राप्त विवरणका आधारमा विद्यार्थी विवरण तयार गरी मन्त्रालय पठाइने केन्द्रले जनाएको छ। निजी क्षेत्रका अधिकांश विद्यालयले भने वैशाखको पहिलो सातादेखि कक्षा सञ्चालन हुने गरी भर्ना प्रक्रिया सुरु गरिसकेका छन्। ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ आदर्श वाक्य रहेको भर्ना अभियानले विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई भर्ना गराइ शिक्षासम्बन्धी नेपालको संविधानको मौलिक हक (धारा ३१) कार्यान्वयनलाई सुनिश्चित गर्ने लक्ष्य लिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ‘फ्ल्यास रिपोर्ट, २०७९’ अनुसार पूर्वप्राथमिक तहको कुल भर्नादर ९४ दशमलव ९ प्रतिशत  छ। विगतको तुलनामा विद्यालय भर्नादर बढे पनि बीचमै पढाइ छाड्ने प्रवृत्ति भने अन्त्य भएको छैन।

नागरिक उन्मुक्तिको कार्यालयमा कुटाकुट

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा नेताहरूबीच कुटाकुट भएको छ । काठमाडौंको अनामनगरस्थित पार्टी कार्यालयमा सोमबार केन्द्रीय कमिटी बैठकअघि हात हालाहाल भएको हो । टीकापुर नगरपालिकाका मेयर समेत रहेका केन्द्रीय सदस्य रामलाल डगौरा थारुले रेशम चौधरीको उपस्थितिमा आफूमाथि आक्रमण गरिएको बताए।   पार्टीका अध्यक्ष रन्जीता श्रेष्ठ चौधरीले बोलाएपछि टीकापुरबाट काठमाडौं मिटिङमा आएका पाँचजना संस्थापन सदस्य उपस्थित हुँदै गर्दा रेशमलाल कै उपस्थितिमा कुटपिट भएको रामलाल डगौरा थारुले जानकारी दिए । नागरिक उन्मुक्तिमा केन्द्र र सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिताका विषयमा विवाद छ । यस्तै, निर्वाचन आयोगले रेशम चौधरीलाई अध्यक्षमा वैधानिकता नदिएपछि पार्टी नेताहरू विभाजित छन् । सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति सहभागी छ । रन्जीता केन्द्रीय गठबन्धनको पक्षमा छिन् । रेशम प्रदेशमा कांग्रेससँगको सहकार्यका पक्षमा छन् । यस्तो छ लफ्डाको कारण बैठकमा टिकापुरको जनता र पार्टीले लिएको नीति विपरीत अध्यक्ष रञ्जिता श्रेष्ठले कसैको लहैलहैमा आएर पार्टीभित्र गलत गतिविधि गरेको आरोप रेशम चौधरीले लगाएका थिए । सो आरोपपछि अध्यक्ष श्रेष्ठ आक्रोशित बन्न पुगेकी थिइन् । अध्यक्ष श्रेष्ठ आक्रोशित भएपछि त्यहाँ भनाभनको अवस्था निम्तिनुका साथै हात हालाहाल समेतको स्थिति आएको हो।  अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका एक नेताले भने, ‘रेशमजी र उहाँका बुवाले अध्यक्ष रञ्जितामाथि आरोप लगाउन थालेपछि भनाभनको स्थिति उत्पन्न भएको थियो, त्यसपछि दीप तामाङ र राजन गुरुङले झम्टिएर रमेश विक र रामलाल डगौरामाथि हातपात गर्नुभयो ।’ दीप तामाङ नाउपा बागमती प्रदेशका प्रमुख हुन् भने राजन गुरुङ केन्द्रीय पदाधिकारी तथा गण्डकी प्रदेशका नेता हुन् । उनीहरू रेशम चौधरी पक्षका नेता हुन् । रञ्जिता पक्षका रामलाल डगौरा टिकापुर नगरपालिकाका मेयर हुन् भने रमेश विक रञ्जिता श्रेष्ठका स्वकीय सचिव हुन् ।

अमेरिकालाई सुपर ओभरमा जितेर नेपाल सिरिजमा नाम लेखाउन सफल

नेपालले आइतबार अमेरिकाविरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल सुपर ओभरमा जितेको छ । यससँगै नेपाल तीन खेलको सिरिजमा २–० ले अगाडि रह्यो र त्यसलाई आफ्नो नाममा लेखाउन सफल रह्यो । हारको संघारमा रहेर नेपाल यो खेलमा विजयी रहेको हो । अब सोमबार हुने अन्तिम खेल औपचारिक हुनेछ । डलासमा भएको खेलमा नेपालको जितका नायक सोमपाल कामी रहे । उनले सुपर ओभरमा दुई रन मात्र दिएर दुई विकेट लिए । उनले चार बलमा दुई विकेट लिए । अन्तिम दुई बलमा लगातार विकेट हात परेको थियो । त्यसमा सयन जहाँगीर र एरोन जोन्स चार बल मात्रै टिके । त्यसपछि सौरभ नेट्राभाल्करको बलमा नेपालका लागि कप्तान रोहित पौडेल र कुशल भुर्तेलले चार बलमा तीन रन बनाए । यसअघि जितका लागि १ सय ७१ रन पछ्याएको अमेरिकाले आठ विकेटमा १ सय ७० रन मात्र बनाउन सक्यो र यस्तोमा खेल टाई भएको थियो । जसदीप सिंह अन्तिम बलमा रनटआउट भएपछि अमेरिका विजयी रन बटुल्न असफल रह्यो । अमेरिकालाई आन्द्रेस गुसले सर्वाधिक ६२ रन बनाए । उनले ४३ बलमा तीन चौका र चार छकका प्रहार गरे । अमेरिकालाई अन्तिम ओभरमा जित्नलाई सात रन चाहिएको थियो । अझ अन्तिम बलमा दुई रन चाहिने स्थिति बनेको थियो, तर त्यसलाई हात पार्न सकेन । अमेरिकाका लागि ओपनर साइतेजा मुखमलले ४१ बलमा ४७ रन बनाए । उनले दुई चौका र तीन छक्का प्रहार गरे । नेपाली बलरमध्ये करण केसीले तीन र सोमपाल कामीले दुई विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । नेपालको इनिङ्स कुशल भुर्तेलमा टिकेको थियो र उनले नटआउट रहेर ५४ बलमा ९२ रन बनाए । त्यसमा सात चौका र छ छक्का सामेल थियो । नेपालको सुरुवात भने राम्रो रहेन र ११ रनको स्थितिमै ओपनर आसिफ सेखले विकेट गुमाए । उनले एक रन मात्र बनाए । अर्का ओपनर अनिल साहले भने २५ रनको योगदान गरे र त्यसमा दुई चौका र एक छक्का सामेल थियो । त्यसपछि गुल्सन झाले १२ बलमा १९ रन बनाए । उनको ब्याटबाट दुई चौका र एक छक्का निस्केको थियो । कप्तान रोहित पौडेलले भने १४ बलमा १८ रनको योगदान गरे । उनले दुई चौका प्रहार गरे । दीपेन्द्रसिंहले दुई रन मात्रै बनाए । अर्का नटआउट ब्याटर करण केसीले ६ रन बनाए । अमेरिकी बलरमध्ये नोसथुस केनजिगे र जसदीप सिंहले दुई/दुई विकेट लिए । नेपाल पहिलो ट्वान्टी-२० १७ रनले विजयी रहेको थियो ।

माओवादी केन्द्रद्वारा केन्द्रीय राहतकोष स्थापना, सांसदहरुले दश/दश दिनको पारिश्रमिक दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को नाममा रहेको ग्लोवल आइएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको हो। हिजो बसेको कार्यालय (पदाधिकारी) बैठकको निर्णयअनुसार राहतकोष स्थापना गरेर माओवादी केन्द्रले माताहतका कमिटीहरुलाई राहत जम्मा गर्न परिपत्र पनि गरिसकेको छ। सो केन्द्रीय राहतकोषमा संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यहरुले दश दश दिनको पारिश्रमिक जम्मा गर्ने छन् भने स्थानीय तहका जनप्रतिनिधिहरुलाई स्वैच्छिक सहयोग गर्न माओवादी केन्द्रले परिपत्र गरेको छ । त्यस्तै पार्टीका प्रदेश समितिहरुले पनि राहत रकम संकलन गरी केन्द्रीय राहतकोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयले जनाएको छ । पदाधिकारी बैठकको निर्णयअनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको विपत व्यवस्थापन विभागले हेल्प डेस्क स्थापना गरेर दैनिक विपतको स्थिति अद्यावधिक गर्ने व्यवस्था मिलाइएको छ। विपतको सामना गर्न पार्टी पंक्ति, जबस र मोर्चाहरुलाई विपत् क्षेत्रमा स्वयंसेवक खटाउन, खोज, उद्धार, राहत र पुनर्स्थापनामा जुट्न पनि माओवादी केन्द्रले माताहतका कमिटीलाई परिपत्र गरिसकेको जनाएको छ।

सकियो माओवादी केन्द्र गण्डकीको केन्द्रीय परामर्श बैठक

  पोखरा, १० भदौ । नेकपा (माओवादी केन्द्र)को गण्डकी प्रदेशस्तरीय केन्द्रीय परामर्श बैठक आज सकिएको छ ।  हिजोबाट सुरु भएको बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको थियो । बैठकमा गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारी गरी ५९ जनाले पार्टी निर्माणका लागि सुझाव पेश गर्नुभएको थियो । बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्नुभएको थियो ।  केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो । जसअनुसार बागमती, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको बैठक सम्पन्न भइसकेको छ । अब भदौ १२ र १३ गते सुदूरपश्चिम प्रदेशमा त्यस प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीसहितको परामर्श बैठक बस्नेछ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय पदाधिकारीले प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुको परामर्श लिने गर्नुभएको छ । प्रदेश परामर्श बैठकमा अध्यक्ष प्रचण्डले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने गर्नुभएको छ । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरुपमा जनतामा जाने माओवादीको तयारी छ। परामर्श बैठक कहाँ कहिले ? * बागमती प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ५ र ६ गते । * उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ७ र ८ गते । * गण्डकी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ९ र १० गते । *सुदूपश्चिम प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १२ र १३ गते । * कर्णाली प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १४ र १५ गते । * लुम्बिनी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १६ र १७ गते । * तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक भदौ १८ र १९ गते । * मधेश प्रदेशका के.स. हरूको बैठक भदौ २२ र २३ गते । * १ नं प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ २४ र २५ गते । * ज.व.स. मोर्चामा कार्यरत पार्टी के.स. हरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी के.स. हरूको बैठक भदौ २७ र २८ गते ।  * प्रवास प्रदेशमा कार्यरत पार्टी के.स. हरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ३१ र असोज १ गते । * जेष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक असोज २ र ३ गते ।

ओलीले ‘म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ’ भनेको सुन्दा मानिसहरू हाँस्छन्

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओली भ्रष्टाचार र राज्य दोहनमा मुछिएका मन्त्रीहरूलाई दायाँबायाँ राखेर ‘भ्रष्टाचारीको अनुहार हेर्दिनँ’ भन्दै हिँडेको टिप्पणी गरेका छन्।  पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारी रोल्पाको २३औँ सम्मेलनलाई सोमबार साँझ सम्बोधन गर्दै पुनले प्रधानमन्त्री ओलीले भ्रष्टाचारीहरूको बीचमा बसेर भ्रष्टाचारीको मुख हेर्दिनँ भनेको सुन्दा मानिसहरू हाँस्ने गरेको बताए। ‘केपी ओलीले ‘म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ, भ्रष्टचारीको मुख हेर्दिनँ भन्दै आउनुभएको छ’, पुनले भने, ‘दायाँबायाँ विभिन्न काण्डमा मुछिएका मन्त्रीहरूलाई राखेर यसो भनेको सुन्दा मानिसहरू हाँस्ने गर्छन्। मान्छेहरू भन्छन् कि ओलीजीले भ्रष्टाचारीको मुखमा पो नहर्ने भनेको त दायाँबायाँ नै राख्दिनँ भन्नुभएको छैन।’  उनले अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासनका लागि भ्रष्टाचारविरुद्ध चालेको कदमबाट डराएर रातारात कांग्रेस–एमालेबीच सहमति गरिएको आरोप उनले लगाए। उनले भुटानी शरणार्थी र गिरीबन्धु टी स्टेट प्रकरण छानबिन हुने भएपछि र बालुवाटारमा हडपिएको सरकारी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याउन थालेपछि अप्रत्याशित रूपमा कांग्रेस–एमालेबीच गठबन्धन भएको दाबी गरे।  माओवादी सशस्त्र जनयुद्ध, ०६२र०६३ को संयुक्त आन्दोलन, शान्तिप्रक्रिया, गणतन्त्र घोषणा र संविधानसभामार्फत संविधान निर्माणसम्म आउँदा कांग्रेस–एमालेलाई रुपान्तरण गरियो होला भन्ने आफूहरूको अनुमान पछिल्ला घटनाक्रमले गलत साबित भएको टिप्पणी पुनले गरे।  ‘भ्रष्ट आचरणका कारण जनताबीच डुङडुङ गन्हाएका पुराना पार्टी कांग्रेस र एमालेलाई शान्ति प्रक्रिया, गणतन्त्र, संविधानसभा हुँदै हामीले यहाँसम्म ल्याएका हौँ।  हामीलाई लागेको थियो -'उनीहरू यहाँसम्म आउँदा केही सुध्रिए होलान्। तर उनीहरू भ्रष्टाचार, बेथिति र बिचौलिया वर्गको सेवा गरेर पुरानै ठाउँमा जान खोजेका छन्। हामी उनीहरूलाई पुरानै ठाउँमा फर्कन दिँदैनौँ। खबरदारी गर्छौं’, पुनले भने। पुनले भ्रष्टचारविरुद्ध र सुशासन कायम गर्न आफूहरूले सडक र सदनबाट सरकारलाई खबरदारी गर्ने चेतावनी समेत दिए।  फरक प्रसंगमा प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारमा अर्थमन्त्री रहेका पुनले आफूहरू सरकारबाहिर आउनुपरेका कारण नआत्तिएको बताए। तर, कांग्रेसकै वरिष्ठ नेताहरू सरकार सय दिन मात्र टिक्ने बताउन थालेको दाबी उनले गरे। ‘हामीलाई सरकारमा फर्कन हतार छैन’, पुनले भने, ‘कांग्रेसकै वरिष्ठ नेताहरू सरकार सय दिन जाला भन्न थाल्नुभएको छ।’ सरकारले भ्रष्टाचारी र राज्य दोहनमा संलग्न तत्व र बिचौलियाहरूको संरक्षण गरिरहे जनताले लखेट्ने चेतावनी उनले दिए।  पुनले बंगलादेशको राजनीतिक हावा काठमाडौँसहित देशका ठूला सहरमा चल्न थालेको भन्दै आफ्नो पार्टीको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानलाई निरन्तरता दिन सरकारलाई आग्रह गरे।  फरक प्रसंगमा पुनले शान्ति प्रक्रियापछि रोल्पाले विकासमा फड्को मारेको बताए। जिल्लाका सबै ७१ वटै वडा सडक सञ्जालमा जोडिएको, विद्युतीकरण भएको, दर्जनौँ आधुनिक विद्यालय भवनहरू निर्माण भएको तथा सिँचाइ र तटबन्धजस्ता धेरै आयोजनाका काम भएको उल्लेख गरे। उनले कृषि उत्पादनमार्फत जिल्लामै रोजगारीको अवसर सिर्जना गर्ने योजनासहित आफूहरूले काम गरिरहेको बताए। 

बझाङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जना बेपत्ता

धनगढी । बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जना बेपत्ता भएका छन् । आइतबार राति बुङ्गल नगरपालिका१० को टुमेडामा पहिरोमा पुरिएर ४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले पहिराले स्थानीय वी बहादुर धामीको घर पुरिंदा ४ जना बेपत्ता भएको बताए । अन्य ६ जनाले भने भागेर ज्यान जोगाएका केसीले बताए ।

आज दिउँसो भन्दा राति ठुलो वर्षा हुने, यस्तो रहनेछ मौसम

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ ।आज बिहान सूर्योदय ५ बजेर ३४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४२ मिनेटमा हुनेछ ।

विपिसिले बढाएको मूल्य कार्यान्वयन नगर्न निर्देशन

काठमाडौं । आँधिखोला विद्युत वितरण केन्द्रको विद्युत महसुल कार्यान्वयन नगर्न निर्देशन जारी गरेको छ ।विद्युत नियमन आयोगले आज एक सूचना जारी गर्दै महसुल कार्यान्वयन नगर्नु नगराउनु हुन अर्थात् मित्ति २०८१ वैशाख महिनामा प्रचलित विद्युत महसुल नै कायम गर्नु गराउनु हुन आयोगको मिति २०८१/०४/२२ को २४३ औं बैठकको निर्णयानुसार अनुरोध गरिन्छ भनेको छ । विद्युतको महशुल पुनरावलोकन पश्चात कायम हुने महसुल दरबारे सोको निर्णय भएपछि जानकारी गराइने  आयोगले जनाएको छ ।विद्युत महशुल वृद्धि अवैज्ञानिक भएको भन्दै उपभोक्ता समूहले आन्दोलन गर्दै आएको थियो ।  यस्तो छ नियमन नियमन आयोगको सूचना 

राष्ट्रपतिसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ परिस्थितिबारे राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरिरहेका छन् ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पार्टीको पदाधिकारी बैठकलगत्तै शीतलनिवास गएका हुन् । प्रधानमन्त्रीले राजीनामा नदिने विश्वासको मत लिनेबारे विश्वासको मत फिर्ता भएको अवस्थामा निर्णय गर्ने मंगलबार बसेको पदाधिकारी बैठकले निर्णय गरेको छ।

यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय

काठमाडौं । सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । जेठ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारका पछिल्ला निर्णयको बारेमा जानकारी दिइन् । हेर्नुहोस् यस्ता छन् निर्णय 

फुटेका जसपा एमाले-माओवादी गठबन्धनमा रहने

काठमाडौं । सत्तागठबन्धन घटक जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । कांग्रेसले माधव नेपाललाई अघि सारेर वैकल्पिक समीकरण बनाउन पहल गरिरहेको बेला विभाजन भएको जसपाले एमाले-माओवादी गठबन्धनलाई साथ दिने भएको हाे। आयोग पुगेका नेता राजेन्द्र श्रेष्ठले विधानविपरीत नेतृत्व चलेकाले आफूहरू छुट्टिएको बताए । मनमौजी तरिकाले निर्णय गर्ने प्रवृत्ति बढेकाले आफूहरूले पहिलेदेखि विरोध गर्दै आएको उनले बताए । श्रेष्ठले प्रचण्ड नेतृत्वको गठबन्धनकै निरन्तरताको पक्षमा रहेको बताए । राजनीतिक अस्थिरताले नेपालमा संघीयताप्रतिको भ्रमण उत्पन्न भएकाले आफूले राजनीतिक स्थिरताका लागि कदम चालेको उनको भनाइ थियो ।

नेपालका लागि ललित राजबंशीले लिए हङकङको चौथो विकेट

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा टस जितेर हङकङविरुद्व फिल्डिङ गरिरहेको नेपालले चौथो सफलता पाएको छ । खेलको ९.२ ओभरमा ललित राजबंशीले आफै क्याच गर्दै बाबर हायतलाई व्यक्तिगत ६ रनमा पेभिलियन फर्काएका छन् ।  यसअघि खेलको ८.२ ओभरमा रन लिने क्रममा हङकङका आशुमान रठ व्यक्तिगत ३४ रनमा आउट भएका थिए ।  त्यस्तै दोस्रो विकेटको रुपमा खेलको ५.४ ओभरमा रन लिने क्रममा हङकङका निजकट खान व्यक्तिगत १२ रन बनाएर आउट भएका थिए । नेपालका लागि करण केसीले २.१ ओभरमा नेपालका लागि पहिलो विकेट लिन सफल भएका थिए । आठ रन बनाएर खेलिरहेका हङकङका मार्टिन कोट्जेलाई करणले आसिफ सेखबाट क्याच आउट गराए । हङकङले १० ओभर सकिदा चार विकेटको क्षतिमा ७० रन बनाएको छ ।  वर्षाले प्रभावित भएपछि ढिलो गरी सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो ।  खेल ढिलो सुरु भएका कारण खेल अव १८÷१८ ओभरको हुनेछ ।  खेल मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुने तालिका थियो । 

राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्य नियुक्त गर्न सिफारिस

काठमाडौँ । सरकारले राष्ट्रियसभाको सदस्य पदमा अञ्जान शाक्यलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ ।  शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। राष्ट्रपतिबाट मनोनीत हुने एक राष्ट्रियसभा सदस्य पद रिक्त रहेको थियो । शाक्य एमाले कोटामा सिफारिस भएकी हुन् । उनी पूर्व राजदूतसमेत हुन् ।

समाजवादको लागि सदन र सडकको उपयोग गर्नैपर्छ : खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बालुवाटार र संसद्‌बाट मात्र समाजवादी क्रान्ति सम्भव नहुने बताएका छन् । मंगलबमार काठमाडौंमा समाजवादी मोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले साे कुरा बताएका हुन्। क्रान्तिका निम्ति सबैभन्दा ठूलो माध्यम सडक रहेको उनले उल्लेख गरे । उनले सडकबाट जनताका आवाज बुलन्द गरी एकत्रित बनाएर आन्दोलित हुन जरुरी रहेकामा जोड दिए । उनले सदन र सडकलाई सँगसँगै उपयोग गरे मात्र समाजवादी क्रान्ति सम्भव हुने बताए । जनताको इच्छालाई बुझेर एकताबद्ध गरी आन्दोलित गर्ने काम नगरी नेपाली विशेषताको समाजवाद आउन नसक्ने उनले जिकिर गरे । “....सदन र सडकलाई हामीले उपयोग गर्नैपर्छ । सदनको पनि उपयोग गर्नैपर्छ । तर, सडक प्रमुख कुरा हो । जनता नै हाम्रो पहिलो शक्ति हुन्,” उनले भने, “जनताको इच्छालाई बुझेर हामीले एकताबद्ध गरी आन्दोलित गर्ने कामहरू नगरीकन नेपाली विशेषताको समाजवाद आउँदैन ।”