नेपाल र गणतन्त्र किरिबाटीबीच कूटनीतिक सम्बन्ध कायम

काठमाडौं । नेपाल र गणतन्त्री किरिबाटीबीच बुधबार कूटनीतिक सम्बन्ध कायम भएको छ। योसँगै नेपालले कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८३ पुगेको छ।

नेपालका तर्फबाट प्रतिनिधि राजदूत लोकबहादुर थापा र गणतन्त्र किरिबाटीका प्रतिनिधि टेबुरो टिटोबीले दुवै राष्ट्रबीच कूटनीति सम्बन्ध कायम गर्न न्युयोर्कमा हस्ताक्षर गरे। 

साथै, उनीहरुले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसलाई कूटनीतिक सम्बन्ध कायम भएकोबारे जानकारी दिन संयुक्त पत्र पठाउन पनि हस्तारक्ष गरेका छन् ।

संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले कूटनीतिक सम्बन्ध कायम भएसँगै दुवै राष्ट्रबीच द्विपक्षीय सम्बन्ध बलियो बनाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरममा आपसी सहकार्य हुने विश्वास लिएको छ।

किरिबास भनेर चिनिने किरिबाटी मध्य प्रशान्त महासागरको एक टापु देश हो। यो १२ जुलाई १९७९ मा ब्रिटिशबाट स्वतन्त्र भएको थियो। ८११ वर्ग किलोमिटर भएको यो देशको १ लाख २० हजार जनसंख्या छ। ब्रिटिश राज्यबाट स्वतन्त्र भएसँगै १४ सेप्टेम्बर १९९९ मा संयुक्त राष्ट्रसंघको सदस्यका रुपमा मान्यता पाएको थियो।

बाँसबारीदेखि बालमन्दिरसम्मको जमिन खोज्न थालेपछि शक्तिसन्तुलन खल्बलियो : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनको अभियानका कारण सरकार परिवर्तन भएको दाबी गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालेपछि विभिन्न समूहहरू डराउन थालेको बताए ।  “सरकारको सुशासन अभियानले हिजोसम्म शासन गरिरहेको वर्ग डरायो । त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो । एउटा समूह डरायो । ललितानिवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तिको प्रक्रिया सुरु भयो अर्को समूह डरायो,” उनले भने, “भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान सुरु भयो अर्को ठूलै समूह डरायो ।”  प्रचण्डले बाँसबारीदेखि बालमन्दिरसम्मका जमिन खोजी हुन थालेपछि देशको शक्तिसन्तुलन नै खल्बिलिन पुगेको दाबी गरे । त्यही शक्तिले कांग्रेस र एमालेलाई मिलाएको उनको दाबी छ ।  उनले जनताले आफ्नो शक्ति देखाउने समय आएको बताए ।

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नेगरी बजेट ल्याएका छौँ : अर्थमन्त्री

काठमाडौँ। अर्थमन्त्री वर्षमान पुनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मूल नाराका आधारमा बजेट प्रस्तुत भएको बताएका छन् । शनिबार काठमाडौँमा नेकपा (माओवादी केन्द्र) अछाम(काठमाडौँ सम्पर्क समन्वय समितिको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बजेटमा कृषि, पर्यटन, जलविद्युत, आइटी क्षेत्रलाई नेपालको अर्थतन्त्रमा रूपान्तरण ल्याउने क्षेत्रका रूपमा अघि सारिएको बताए। ‘‘अहिले हामीले बजेटमा पनि उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मूल नाराका आधारमा बजेट प्रस्तुत भएको छ।अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा निर्देशन भएर। कृषि, पर्यटन, जलविद्युत, आइटी र उत्पादनमूलक क्षेत्रहरू नेपालको अर्थतन्त्रमा रूपान्तरण ल्याउने क्षेत्र हुनसक्छन् । सात प्रदेशका सात वटा विशेषता छुट्याएका छौँ।,’’मन्त्री पुनले भने, ‘‘सुदूरपश्चिमलाई पर्यटकीय हबको रूपमा विकास गर्नुपर्छ भनेर लगानी कर्तालाई आह्वान गरेका छौँ । एउटा प्रदेशले एउटा विशेषतामा लैजाने भन्ने किसिमबाट बजेट प्रस्तुत गरेका छौँ। अरू हाम्रो पार्टी, कार्यकर्तालाई पनि उत्पादनसँग जोड्ने आयोजनाहरू, रोजगारी सम्बन्धी कार्यक्रमहरू अघि सारेका छौँ। उत्पादनसँग जोडिनुपर्छ।’’ उनले सात प्रदेशका सात वटा विशेषता छुट्याएको बताए। उनले सुदूरपश्चिमलाई पर्यटकीय हबको रूपमा विकास गर्नेगरी बजेटमा विनियोजन गरिएको बताए। उनले सरकारले अहिले सुशासन, सामाजिक न्याय, समृद्धिलाई जोडेर लैजाने गरी काम गरिरहेको जिकिर गरे। उनले मानिस धनी हुने मात्रै नभई समानतातिर लैजाने किसिमले उत्पादन केन्द्रित बजेट ल्याएको औँल्याए। उनले भने, ‘‘उत्पादनसँग जोडिने, श्रम गर्ने, ट्याक्स तिर्ने, र आफ्नो उत्पादनलाई आफैँले प्रयोग गर्ने काम गरौँ भनेका छौँ। सरकारले अहिले सुशासन, सामाजिक न्याय, समृद्धिलाई जोडेर लैजाने र सोह्रौँ आवधिक योजनालाई बोक्ने मुख्य नारा बनाएको छ। हामी केही मानिस धनी हुने मात्रै नभई समानतातिर लैजाने किसिमले उत्पादनमा केन्द्रित छौँ। भ्रष्टाचार लगायत विभिन्न खालका विकृति नियन्त्रण गरेर मात्रै सुशासन स्थापित गर्नसक्छौँ।’’ उनले समाजको नैतिक धरातललाई नबिर्सीकन काम गर्दा समाज र देश समृद्ध बन्ने बताए ।

समुद्रमा सञ्चालन हुने पानीजहाज नेपालमा दर्ता गर्नुपर्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले समुद्रमा सञ्चालन हुने पानीजहाज अब नेपालमा दर्ता गर्नुपर्ने बताएका छन् । मंगलबार संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले समुद्रमा सञ्चालन हुने पानीजहाज नेपालमा दर्ता हुने कानुनी प्रबन्ध गरिने बताएका हुन् । जल यातायातको प्रयोगका लागि संस्थागत र प्रक्रियागत व्यवस्था गरिने उनले बताए । उनले सुनकोशी र नारायणी नदिमा टर्मिनलसहितको जलमार्ग निर्माण गरिने जनाए । ‘सुनकोशी र नारायणी नदिमा टर्मिनलसहितको जलमार्ग निर्माण गरिनेछ, समुद्रमा सञ्चालन हुने पानीजहाज नेपालमा दर्ता हुने कानुनी प्रबन्ध गरिने,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । काठमाडौंसहित देशका विभिन्न भागमा हल्का वर्षा भएको थियो । आज पनि देशका पहाडी भू–भागका थोरै स्थानमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । यस्तै, कोसी, वाग्मती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले नेदरल्याण्ड्सविरुद्ध अर्धशतक पुरा गरेका छन् । आईसीसी क्रिकेट विश्वकप  लिग टूको पहिलो सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ गरेको छ । पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ४२ रनको साझेदारी गरेका थिए । थप ५४ रन जोड्दा ६ विकेट गुमायो । तर क्रिजमा टिकेर खेलेका भुर्तेलले ३१औं ओभरको अन्तिम बलमा एक रन लिंदै अर्धशतक पूरा गरे ।

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४४ पुग्यो

काठमाडौं । हालैको बाढीपहिरामा परी हालसम्म २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य १७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ । 'बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ । त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ । स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ,' प्रवक्ता तिवारीले भने । सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका परिवारलाई दुई लाख रुपैयाँका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म त्यस्तो सहायता १६० परिवारले पाइसकेका छन् । बाढीपहिरोमा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७७ जनाको मृत्यु भएको छ भने त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले बताए ।

गण्डकीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। यस्तै, आज राति, देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । आज सूर्योदय बिहान ५ बजेर ३६ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३९ मा हुनेछ ।

डोटीमा यात्रु बस दुर्घटना, १७ जना घाइते

डोटी । दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।  धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए। दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ ।    सो दुर्घटनामा डडेल्धुरा गन्यापधुरा गापा–२ रिठा बस्ने २३ वर्षीय सविता देउवा, डोटी दिपायल सिलगढी नपा–६ थाप्ला बस्ने २९ वर्षीय भोजराज धामी, डोटी सायल गापा(४ गौरीगाउँका ८२ वर्षीय तेजबहादुर सिंह, डोटी आदर्श गापा–४ का ३० वर्षीय कृष्ण विष्ट, ३८ वर्षीय सन्तोष बोहरा, शिखर नपा–१० वान्डुङग्रीसैन बस्ने ३५ वर्षीय  भरत रावत, ४० वर्षीय  डम्मरीदेवी खड्का, ३८ वर्षीय  दिलबहादुर नेपाली, ६५ वर्षीय हर्कबहादुर सिंह,  ४२ वर्षीय  कमल विक्रम शाही, २९ वर्षीय भेषराज धामी २३ वर्षीय प्रकाश खड्का २१ वर्षीय हिक्मत बिक, ३५ वर्षीय  देवबहादुर बोगटी, ५६ वर्षीय लाल वीरे भूल र डोटी सायल गापा–२ बस्ने ४० वर्षीय दलबहादुर बयाडी  घाइते भएको प्रहरीले जनाएको छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशभर केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशभर केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने

काठमाडौं । समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ। बिहीबार बसेको परिषद्को बोर्ड बैठकले सो निर्णय गरेको हो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री तथा परिषद्का अध्यक्ष भगवती चौधरीको अध्यक्षतामा बसेको बैठकले सबै प्रदेशका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने उद्देश्यले प्रदेश तहमा पनि परिषद्को कार्यालय स्थापना गर्ने निर्णय गरेको हो। उक्त कार्यका लागि परिषद्ले सम्भाव्यता अध्ययन टोली खटाएको छ। बैठकले परिषद्लाई थप व्यवस्थित गर्न ‘डिजिटलाइजेसन’मा लैजाने निर्णय गरेको छ। मन्त्री चौधरीले परिषद्लाई ‘डिजिटलाइजेस’मा लैजान यसअघि नै निर्देशन दिएकी थिइन्।  साथै बैठकले परिषद्का पदाधिकारीहरूको कार्य विभाजन हेरफेर गरेको छ। जसअनुसार अध्यक्ष र सदस्यसचिवमा निहीत अधिकारहरू उपाध्यक्ष, कोषाध्यक्ष र बोर्डका सदस्यलाई प्रत्यायोजन गर्ने जनाएको छ। 

बजेट संसदबाटै आउँछ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–८२ को बजेट संसदबाटै आउने बताएका छन्। संघीय संसदको प्रतिनिधि सभा बैठकपछि संचारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिदै उनले संसद चलिरहेका बेला बजेट अध्यादेश बाट नआउने बताएका हुन्।  सरकारले बजेट संसदबाट ल्याउने तयारी गरिरहेको उनको भनाई छ।  ‘संविधानले बजेट जेठ १५ गते पेश गर्ने भनेको छ।जेठ १५ गते संसदबाटै बजेट आउँछ। संसद चलिरहेका बेला अध्यादेश आउँदैन,’ उनले भने ।   प्रतिनिधि सभाको बैठक भने लामो समयदेखि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध पार्दै आएको छ। कांग्रेसले सहकारीको रकम अपलचनमा जोडिएको भन्दै गृहमन्त्री रवि लामिछानेको नाममा संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने अडानमा छ। छानबिन समितिको कार्यक्षेत्र र कार्यादेश तय गर्न गठित कार्यदलमा अझै सहमति जुटेको छैन ।

प्रधानमन्त्री प्रचण्डको शाहसिक निर्णयले समीकरण बन्योः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डको शाहसिक निर्णयका कारण नयाँ समीकरण बनेको बताएका छन् ।  उनले पुरानो समीकरण फेर्ने प्रचण्डको शाहसिक निर्णय भएको बताए ।  एमाले झापा जिल्ला कमिटीको बैठकमा उनले नयाँ समीकरण भत्काउन देशी विदेशी शक्तिहरुले षड्यन्त्र गरिरहेको पनि बताए । अध्यक्ष ओलीले भने, ‘अहिले हाम्रो सरकार, हाम्रो प्रधानमन्त्री, हाम्रो गृहमन्त्री छन्, अहिले उहाँ (प्रधानमन्त्री) ले शाहसिक निर्णय गर्नुभएको छ, देशको पक्षमा पक्षमा निर्णय गर्नुभएको छ, अहिले यो समीकरण ढाल्नको लागि देशी विदेशी शक्तिहरुले षड्यन्त्र गरिरहेका छन्, केही घटना घटिहाल्यो भने साथीहरुले अफ्ठ्यारो नमान्नुहोला, लौ बर्बाद भयो भनेर, केही हुँदैन ।’ उनले एमालेले सिध्याउन अनेक प्रकारका प्रहार र घेराबन्दी भएपनि त्यसलाई पराजित गरेर देश बनाउने अभियानमा अघि बढेको दावी गरे । ओलीले पार्टी कब्जा गर्ने प्रयासहरु भए पनि पार्टी एकीकरण गरेको र केही फुटेर मात्रै गएको बताए ।

शालीनको मृत्युबारे गम्भीर छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शालीन पोखरेलको मृत्यु प्रकरणबारे गम्भीर छानबिन गर्न निर्देशन दिएका छन्। चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलको कोठामा मृत भेटिएकी शालिनको हत्या कि आत्माहत्या भन्ने विषयमा छानबिन चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन्। साथै प्रधानमन्त्री प्रचण्डले घटनाको यथार्थ छानविन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिवद्ध रहेको समेत उल्लेख गरेका छन्। प्रचण्डले सामाजिक सञ्जालमा लेखका छन्, ‘होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीय बालिका शालीन पोखरेलको मृत्युले मलाई गम्भीर र दुखी तुल्याएको छ। घटनाको गहन छानविन गरी सत्यतथ्य पत्ता लगाउन मैले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु। घटनाको यथार्थ छानविन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिवद्ध छ।’

ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरु एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै ढिलो नगरी छिट्टै एकताबद्ध हुन आह्वान गर्नुभएको छ।  सहिद प्रतिष्ठान नेपालको पन्ध्रौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले जनयुद्धबाट प्राप्त उपलब्धि र भोग्नुपरेका चुनौती सबै माओवादीका साझा उपलब्धि र चुनौती भएकाले माओवादी घटकहरु मिल्नुको विकल्प नभएको बताउनुभयो।  ‘हामीसँग हजारौं महान राष्ट्रिय सहिदहरु छन्, यो हाम्रो ठूलो शक्ति हो’– उहाँले भन्नुभयो– ‘माओवादी जतिलाई एकीकृत र केन्द्रिकृत गर्नेबित्तिकै त्यो तागत निकै ठूलो हुनेवाला छ। अझै पनि हामी सही ठाउँमा छौं, हामी वैधानिक र शान्तिपूणरुपमा लडेर पनि जित्न सक्छौं, जतिसक्दो चाँडो हामी एकताबद्ध भएर अघि बढौं, विजय संभव छ।’  संसदीय चुनाव लडिसकेपछि संख्याका हिसाबले कहिले कम र कहिले बढी हुनु स्वभाविक भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले संसदको शक्तिभन्दा पनि नेपाली राजनीतिको क्रान्तिकारी र ऐतिहासिक विरासत, बलिदानको गाथा र राजनीतिक विचार तथा एजेण्डाका हिसाबले अहिले पनि माओवादी नै बलियो शक्ति भएको बताउनुभयो। अहिले पनि संसदमा बिपक्षीहरुलाई कमजोर पार्न विभिन्न षड्यन्त्र भइरहेको र पछिल्लो समय महान् जनयुद्धलाई हिंसात्मक कृयाकलापको रुपमा अथ्र्याएको उल्लेख गर्दै उहाँले यो शब्द फिर्ता नलिंदासम्म संसदबाट प्रतिरोध जारी राख्ने बताउनुभयो।   जनयुद्धका महान सहिदलाई सम्मान गर्ने सवालमा निरन्तर काम गरिरहेको पनि अध्यक्ष प्रचण्डले स्पष्ट गर्नुभयो । पटकपटक सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकलकोले पछिल्लोपटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरु खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको र अब जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता प्राप्त गरेको जानकारी गराउँदै उहाँले भन्नुभयो– ‘यो हामी सबैका लागि खुशी र गर्वको विषय हो । छुटेकालाई पनि केन्द्रित गर्ने प्रक्रिया त्यसमा बाँकी राखिएको छ।’ यसबाट जनयुद्धका सदिहरु अब राष्ट्रिय सहिदको रुपमा अजर अमर बनेको उहाँले स्पष्ट गर्नुभयो।  त्यस्तै जनयुद्ध थालनी भएको दिन फागुन १ गतेको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने मन्त्रिपरिषद्बाट निर्णय गरिएको भए पनि शान्ति प्रक्रिया अझै नटुंगिएको भनेर अदालतबाट रोकिएको प्रसंग उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब टिआरसी विधेयक पारित भएपछि जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गर्न रोक्न नहुने र त्यसका लागि अदालतले पुनर्विचार गर्ने आफूले विश्वास लिएको बताउनुभयो। उहाँले जनयुद्ध दिवसको ऐतिहासिकतालाई थप स्थापित गर्न यसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन जनस्तरबाट दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो । लामो प्रयासपछि शान्ति प्रक्रियासम्बन्धी प्रक्रिया अन्तिम चरणमा पुर्याइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफूले सरकारको नेतृत्व गरेको बेला अन्तिम समयमा सर्वदलीय बैठकमार्फत टिआरसी टुंग्याउन कार्यदल बनाएको र कार्यदलले जुटाएको सहमतिका आधारमा टिआरसी कानुन बनिसकाले अब आफूहरुको ध्यान आयोगहरु बनाउनेतर्फ केन्द्रित रहेको बताउनुभयो । आयोग बनाउने र आयोगमा सही नेतृत्व ल्याएर शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएपछि सहिद तथा बेपत्ताहरुको राष्ट्रिय सम्मान र परिवारलाई परिपूरणको बाटो खुल्ने बताउनुभयो । अब यसो भएन उसो भएन भनेर भन्दा पनि भएका निर्णय कार्यान्वयन गरेर सहिद तथा बेपत्ता यौद्धाहरुको सम्मानका लागि जुट्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।  अध्यक्ष प्रचण्डले अहिले सहिद प्रतिष्ठान नेपाल महान सहिदहरुलाई सम्मान गर्ने र सहिदका सपना पूरा गर्ने माओवादी घटकहरुको साझा मञ्चको रुपमा रहेकाले यो अन्य संस्था र प्रतिष्ठानभन्दा फरक रहेको बताउनुभयो । अहिले देशब्यापीरुपमा सहिद प्रतिष्ठानमार्फत सञ्चालित पाँचवटा विद्यालयमा सहिदका सन्तानलाई पठनपाठन गराइरहेको उल्लेख गर्दै उहाँले यो जनयुद्धको सम्मानका लागि महत्वपूर्ण काम भएको बताउनुभयो । प्रतिष्ठानको कार्यक्षेत्र विस्तार गरेर कृषि, उत्पादनलगायतका अन्य काम पनि गर्ने गरी साधारणसभाबाट नीति पारित गर्न पनि उहाँले आग्रह गर्नुभयो ।  प्रतिष्ठानले प्रदेश र जिल्ला जिल्लामा शाखा खोलेर काम थालेकोमा पनि उहाँले खुशी व्यक्त गर्नुभयो ।   

भोलि र पर्सी कहाँ कहाँ हुँदैछ भारी वर्षा ?

काठमाडौं । भोलि र पर्सि देशका धेरै स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनीदेखि सुदूरपश्चिमका भूभागमा भारीदेखि र धेरै भारी वर्षाको समेत सम्भावना छ । महाशाखाका मौसमविद सरोज पुडासैनीले भारतको छत्तीसगढ आसपास बनेको न्यूनचापीय प्रणालीको असरले विहीबार र शुक्रबार (भोलि र पर्सि) लुम्बिनी र सुदूरपश्चिममा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताए । ‘विहीबार र शुक्रबार पूर्वमा भन्दा पश्चिम केन्द्रित भएर भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ,’ मौसमविद पुडासैनीले भने । यो वर्षाले बाढी, पहिरो र डुबानको समस्या निम्त्याउने सम्भावना छ । त्यसबाट दैनिक जनजीवनसँगै हवाई, सडक यातायात र पर्यटन क्षेत्र पनि प्रभावित हुने सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने मौसमविद पुडासैनीले बताए । भारीदेखि धेरै भारी वर्षाले निम्त्याउनसक्ने जोखिमबारे जानकारी दिन महाशाखाले आज विशेष बुलेटिन जारी गर्ने तयारीसमेत गरेको छ । हाल देशभर नै मनसुनी वायुको प्रभाव छ । न्यूनचापीय प्रणाली भने सरदर स्थानको दक्षिणतिर छ । भोलिदेखि न्यूनचापीय प्रणाली सरदर स्थानतिर सर्ने सम्भावना छ । केही दिनयता पश्चिम भूभागमा पानी पार्ने प्रणाली केन्द्रित भएको छ । यद्यपि पूर्वी भूभागमा पनि पानी पर्ने सम्भावना छ । विहीबारको दिन सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विहीबार दिउँसोका लागि पनि सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । विभागका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।