पञ्चेश्वर अघि बढ्ने, यस्ता छन् प्रधानमन्त्रीको भारत भ्रमणका ११ बुँदे उपलब्धि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको दुई दिने औपचारिक भ्रमण सकेर सोमबार साँझ स्वदेश फर्किएका छन् । उनले स्वदेश फर्किएलगत्तै दुई दिने भारत भ्रमणबारे ११ बुँदे वक्तव्य जारी गरेका छन्।प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँ दिल्ली पुगेका थिए।


दिल्लीबाट फर्किएपछि उनले जारी गरेको वक्तव्यमा समकक्षी मोदीसँगको भेटघाटमा अन्य कुराका अलावा नेपाल(भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबीच विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयनबारे कुरा भएको बताए ।

उनले सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवं कृषि क्षेत्रमा सहकार्य जस्ता विषयमा गहन कुराकानी भएको जनाएका छन् ।

आफूले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको पनि उनले बताएका छन्। मोदीले उपयुक्त समयमा भ्रमण गर्ने जवाफ दिएको प्रचण्डले बताएका छन् ।

‘यस भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको मैले विश्वास लिएको छु। त्यसका अतिरिक्त दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको छ’, उनले भनेका छन्, ‘आगामी दिनमा उच्च स्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा सम्बद्ध द्विपक्षीय संयन्त्रहरू समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रबर्द्धन गर्न मार्गदर्शन गरेको छ ।’

हेर्नुस् विज्ञप्तिको पूर्णपाठ

सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल  दाहाल ‘प्रचण्ड’ ज्यूले भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँको सपथ ग्रहण समारोहमा भाग लिने सिलसिलामा २०८१ जेठ २७-२८ तदनुसार ९-१० जुन २०२४ गर्नुभएको भारतको औपचारिक भ्रमण समापन गरेर स्वदेश फर्कदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जारी गरिएको प्रेस नोट
(२०८१ जेठ २८)


सञ्‍चारकर्मी मित्रहरू,
१. मित्रराष्ट्र गणतन्त्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँको तेश्रो कार्यकालको सपथ ग्रहण समारोहमा सहभागी भई प्रतिनिधिमण्डलसहित म आज स्वदेश फर्केको छु।

२.भ्रमणका अवसरमा भएका गतिविधिहरूका बारेमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीबाट जारी प्रेस विज्ञप्ति समेत मार्फत् यहाँहरु अवगत नै हुनुहुन्छ।

३.भ्रमणका दौरान नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा २०८१ जेठ २७ गते (तदनुसार ९ जुन २०२४) का दिन आयोजना गरिएको एक विशेष समारोहकाबीच हालै भारतमा सम्पन्न आम निर्वाचन पश्चात् प्रधानमन्त्री पदमा पुनः नियुक्त हुनुभएका महामहिम श्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा म सहभागी भएँ। उक्त समारोहमा विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरू समेत सहभागी हुनुहुन्थ्यो। समारोह पश्चात् भारतका महामहिम राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुद्वारा राष्ट्रपति भवनमा आयोजित रात्रीभोजमा म सहभागी भएँ। त्यसअघि भारतका महामहिम राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु, महामहिम उपराष्ट्रपति श्री जगदीप धनखड़ तथा महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीसँग मेरो भेटघाट भयो। 

४.महामहिम श्री नरेन्द्र मोदीसँगको भेटघाटमा अन्य कुराका अलावा नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबीच विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयन, सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवं कृषि क्षेत्रमा सहकार्य जस्ता विषयमा गहन कुराकानी भयो। 

५.मैले मोदीजीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको छु । उहाँले उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभएको छ।

६.त्यसैगरी, २०८१ जेठ २८ गते (तदनुसार १० जुन २०२४) का दिन भारतका महामहिम राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुसँग मैले राष्ट्रपति भवनमा शिष्टाचार भेट गरें। भेटका अवसरमा नेपाल र भारतबीचको सदियौँ पुरानो एवं घनिष्ठ सम्बन्धलाई आगामी दिनमा थप मजबुत तुल्याउने बारेमा छलफल भयो। 

७.सोही दिन भारतका नवनियुक्त संघीय मन्त्री महामहिम डा. एस. जयशंकरले मसँग शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र भारतबीच विविध पक्षमा रहेको सहयोगात्मक सम्बन्धलाई सुदृढ गर्दै जाने बारेमा छलफल तथा विचारको आदान प्रदान भयो । 

८.यसका साथै Federation of Indian Chambers of Commerce and Industry (FICCI) अध्यक्ष र अन्य प्रतिनिधिहरूले मसँग भेटघाट गर्नुभयो । उहाँहरूसँग नेपाल र भारतबीच व्यापार विस्तार लगायत नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा भारतीय लगानी बढाउने बारेमा सकारात्मक कुराकानी भयो। 

९.नयाँ दिल्लीमा रहँदा नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुका साथै भारतका विभिन्न राजनीतिक दलका नेता, नेपालका मित्रहरू तथा नेपाली संघसंस्थाका प्रतिनिधिहरूसँग समेत मेरो भेटघाट एवं समसामयिक विषयमा विचारको आदान प्रदान भयो। केही सञ्चारकर्मीहरूसँग नेपाल-भारत सम्बन्ध एवं नेपाल सरकारका नीति एवं प्राथमिकता समेतका सम्बन्धमा कुराकानी भयो।  

१०.यस भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिबृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको मैले विश्वास लिएको छु। त्यसका अतिरिक्त दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको छ। साथै, आगामी दिनमा उच्च स्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा सम्बद्ध द्विपक्षीय संयन्त्रहरू समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रबर्द्धन गर्न मार्गदर्शन गरेको छ। 

११. अन्त्यमा, यस भ्रमणको अवधिमा भारत सरकारबाट प्राप्त आतिथ्यता तथा न्यानो स्वागतका लागि भारतका प्रधानमन्त्री एवं भारत सरकार, सम्बद्ध पदाधिकारी एवं भारतीय जनताप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। साथै,  भ्रमणका विषयमा समाचार सम्प्रेषित गर्नुहुने सम्पूर्ण पत्रकार मित्रहरू एवं सञ्चार माध्यमहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।
धन्यवाद !
 

पोखरामा बस दुर्घटना : चालक घाइते

कास्की । पोखरा २८ आरुपाटा र अर्चले जोड्ने बाटो नजिक बस दुर्घटना हुँदा चालक घाइते भएका छन्  । लेखनाथ पोखरा रुटमा चल्ने ग १ ख ८६८० नम्बरको बसमा चालकबाहेक अरु यात्रु भने थिएनन् ।  बस आरुपाटाबाट अर्चले आउँदै गर्दा माथिल्लोबाटोबाट तल खसेको हो । बस ब्रेक फेल भएका कारण दुर्घटना भएको हो । चालकलाई  उपचारका लागि अस्पताल लगिएको स्थानीय जीवन ढकालले जानकारी दिए । गाडीमा चालक र सहचालक सवार थिए।

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल चैत १२ गते सोमबार सन् २०२४ मार्च २५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ९४ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ८६ पैसा र बिक्री दर १६८ रुपैयाँ ६२ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर 

धेरैजसो बैंकले घटाए निक्षेपको ब्याजदर, कुनको कति ?

काठमाडौं । असारका लागि धेरैजसो बाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकले असारका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार १२ वटा वाणिज्य बैंकले जेठको तुलनामा असारमा ब्याज घटाएका छन् भने २ वटाले बढाएका छन् । अरु ६ वटा बैंकले भने पुरानै ब्याज यथावत् राखेका छन्। व्यक्तिगत निक्षेपतर्फ ग्लोबल आइएमई बैंकले १ प्रतिशतले ब्याजदर घटाउँदा एभरेष्ट बैंकले ०.७५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ०.१८ प्रतिशत, नेपाल एसबीआई बैंकले ०.०९ प्रतिशत, लक्ष्मी सनराईले ०.५ प्रतिशतले ब्याज घटाएका छन्।  त्यस्तै, प्राइम बैंकले ०.२५ प्रतिशतले ब्याज घटाएको छ भने कुमारी बैंकले ०.५ प्रतिशत, सानिमा बैंक र सिटिजन्स बैंकले ०.१ प्रतिशतले ब्याज घटाएका छन्। नबिल बैंक र माछापुच्छ्रे बैंकले भने ०.२५ प्रतिशतले ब्याज बढाएका छन् । बाँकी ६ वटा बैंकले भने पुरानै दर यथावत् राखेका छन् ।  असारका लागि वाणिज्य बैंकहरूले औसतमा ब्याजदर ६.९६ प्रतिशतमा कायम राखेका छन् । व्यक्तिगत तर्फ कुन बैंकको ब्याजदर कति ? हिमालयन बैंक– ८.२५ प्रतिशत एनआइसी एसिया बैंक– ७.६९ प्रतिशत  एनएमबी बैंक– ७.६९ प्रतिशत  माछापुच्छ्रे बैंक– ७.७५ प्रतिशत प्रभु बैंक– ७.५० प्रतिशत राष्ट्रिय वाणिज्य बैंक– ७.२२ प्रतिशत लक्ष्मी सनराइज बैंक– ७ प्रतिशत  नबिल बैंक– ७ प्रतिशत  स्ट्यान्डर्ड चार्टर्ड बैंक– ७ प्रतिशत नेपाल इन्भेस्टमेन्ट बैंक– ७ प्रतिशत सिद्धार्थ बैंक– ७ प्रतिशत सिटिजन्स् बैंक– ६.९० प्रतिशत सानिमा बैंक– ६.८० प्रतिशत कुमारी बैंक– ६.७६ प्रतिशत नेपाल बैंक– ६.७५ प्रतिशत प्राइम कमर्सियल बैंक– ६.७५ प्रतिशत ग्लोबल आइएमई बैंक– ६.५० प्रतिशत नेपाल एसबिआई बैंक– ६.३ प्रतिशत कृषि विकास बैंक– ५.६६ प्रतिशत एभरेष्ट बैंक– ५.७५ प्रतिशत

१६ प्रहरी उपरीक्षककाे सरुवा, फेरिए सात जिल्लाका प्रमुख

काठमाडौं । गृहमन्त्रालयले  १६ जना उपरीक्षक(SP)को काज सरुवा गरेको छ । गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्रीस्तरीय बैठकले नेपाल प्रहरीका १६ जना उपरीक्षकलाई सरुवा गरेको हो ।   दुई महिना नपुग्दै चार जिल्लाका प्रहरी प्रमुख फेरिए भने अन्यको पनि सरुवा भएको छ । उनीहरूको गएको १ फागुनमा सरुवा गरिएको थियो । नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा उनीहरूको सरुवा भएको थियो ।अहिले रबि लामिछाने गृहमन्त्री भएपछि पुनः सरुवा गरिएको हो । उनीहरुको कार्यसम्पादका विषयमा उजुरी बढेपछि हटाएर नयाँलाई जिम्मेवारी दिइएको गृह मन्त्रालयले स्रोतले बतायो ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुसँगै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। जसको प्रभावले यतिबेला (सोमबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। काठमाडौँ उपत्यकोको आकाश भने बिहानैदेखि बादलले ढाकेको छ। तर, पानी भने परेको छैन।  आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा  दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति पनि कोसी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ। कोसी र गण्डकी  प्रदेशका थोरै स्थान र बागमती प्रदेशका एकदुई स्थानमा राति मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। कस्तो होला मंगलबार र बुधबारको मौसम? २०८१ असोज १५ गते मंगलबार दिउँसोː कोसी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː कोसी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। २०८१ असोज १६ गते बुधबार दिउँसोː कोसी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी प्रदेशका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  देशको पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

बागमती प्रदेशको बजेटमाथि आजदेखि छलफल

हेटौँडा । बागमती प्रदेशसभा बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे सुरु हुनेछ। बैठकमा आजदेखि आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटमाथि छलफल सुरु हुनेछ। प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खडकाले बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमाथि छलफल हुने बताए। असार ८ गतेभित्र बजेट पारित गर्ने कार्यसूची छ। यही असार १ गते प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षका लागि लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गरेका थिए।

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । पार्टी स्थापनाकालदेखि नै नेतृत्व गर्दै आएका यादव अहिले जनकपुरमा भइरहेको राष्ट्रीय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएका हुन् । निर्वाचन प्रक्रियाअनुसार जसपा नेपालको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको थियो । जसमा अध्यक्ष पदका लागि यादवको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।

देउवाले बोलाए विपक्षी दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरूको बैठक बोलाएका छन् । भोलि (मंगलबार) बिहान १० बजे बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलको कार्यकक्षमा बैठक बस्ने राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका उपनेता बुद्धिमान तामाङले जानकारी दिए।  भोलि आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । सहकारी बचत अपचलन प्रकरणमा सत्ता र प्रतिपक्षको कुरा नमिल्दा सदनको गतिरोध अन्त्य हुन सकेको छैन । बजेटको दिन कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि बैठक बस्न लागिएको तामाङले जानकारी दिए ।

नेपाललाई पहिलो सफलता

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा टस जितेर हङकङविरुद्व फिल्डिङ गरिरहेको नेपालले पहिलो सफलता पाएको छ । नेपालका लागि करण केसीले २.१ ओभरमा नेपालका लागि पहिलो विकेट लिन सफल भएका छन् । आठ रन बनाएर खेलिरहेका हङकङका मार्टिन कोट्जेलाई करणले आसिफ सेखबाट क्याच आउट गराए । हङकङले तीन ओभर सकिदा एक विकेटको क्षतिमा २१ रन बनाएको छ ।  वर्षाले प्रभावित भएपछि ढिलो गरी सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो ।  खेल ढिलो सुरु भएका कारण खेल अव १८÷१८ ओभरको हुनेछ ।  खेल मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुने तालिका थियो । 

कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने

काठमाडौं । नेपाली कांग्रेसले युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षको उमेदवार बनाउने निर्णय गरेको छ । संसदीय दल कार्यसमितिको बैठकले बाँकेका शर्मालाई अध्यक्षको उमेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रियसभा अध्यक्षको निर्वाचन मंगलबार हुँदै छ । सोमबार उमेदवारी मनोनयको कार्यतालिका छ । अरू दललाई पनि शर्माको पक्षमा मतदान गर्न आह्वान गर्ने निर्णय भएको रमेश लेखकले जानकारी दिए ।

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ।बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने माओवादी केन्द्रले जनाएको छ । सरकारबाट बाहिरिएपछि माओवादी केन्द्रको यो पहिलो पदाधिकारी बैठक हो।बैठकमा पछिल्लो केन्द्रीय समिति बैठक यताका समग्र परिस्थितिको समीक्षा हुने र पार्टीले आगामी कार्यदिशा तय गर्नेबारे छलफल हुने बताइएको छ । छलफल नयाँ समीकरण बनेपछिको वर्तमान राजनीतिक परिस्थति, शान्ति प्रक्रिया र पार्टीको संगठनलाई सुदृढ बनाउने विषयसँग सम्बन्धित हुने बताइएको छ ।

विद्युत व्यापार सम्झौता कार्यान्वयन हुँदैछः प्रधानमन्त्री

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धी हासिल हुने विश्वास व्यक्त गरेका छन् । हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा भएको दीर्घकालिन विद्युत् व्यापारको प्रारम्भिक सहमति र त्यसपछि भएको अन्तिम सम्झौताले नेपालमा रहेको अपार जलविद्युतको सम्भावनालाई विकास गर्न बजार सुनिश्चित गरेको उल्लेख गरे । “केही दिनअघि भारतीय समकक्षी नरेन्द्र मोदीजीको सपथ ग्रहण कार्यक्रममा जाँदा भएको भेटमा विगतमा गरिएका द्विपक्षीय सम्झौताहरूलाई अझै सशक्त रूपमा कार्यान्वयन गर्ने विषयमा कुराकानी भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसले दुई मुलुकबीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धी हासिल हुने छ ।” वर्षायाममा ६ महिना छिमेकी देश भारतर्फ विद्युत निर्यात भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अझै पनि केही वर्ष हिउँदयाममा देखिने आन्तरिक विद्युत् उत्पादन र मागबीचको आपूर्ति असन्तुलनको खाडल पूरा गर्न विद्युत् आयात गर्नु परेता पनि यस वर्षदेखि विद्युतको खूद निर्यातकर्ता बन्ने अवस्था देखिएको बताए । उनले विद्युत व्यापारबाट नेपालको विदेशी मुद्रा सञ्चितिमा सकारात्मक योगदान पुग्ने मात्र नभई नेपाल–भारतबीचको व्यापार घाटा कम गर्न पनि योगदान पुग्ने विश्वास व्यक्त गरे ।  सीमापार विद्युत् व्यापारको योजनाअुसार नेपालको स्वच्छ हरित ऊर्जा छिमेकी देशहरू भारत तथा चीन र भारत हुँदै बङ्गलादेशसम्म पुर्‍याउने आधार तयार भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको करिब ४० मेगावाट विद्युत् बङ्गलादेशतर्फ निर्यात हुने तयारी अन्तिम चरणमा पुगेको बताए । उनले नेपाल, भारत र बङ्गलादेशतर्फ निर्यात गर्न छिट्टै तीन मुलुकका विद्युत व्यापार हुने र यसले नेपालको ऊर्जा विकास र विद्युत् बजार विस्तारका लागि थप महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । प्रसारण लाइन निर्माणमा वन क्षेत्रको प्रयोग, रूख कटान तथा जग्गा अधिग्रहणमा समस्या रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले हेटौंडा सबस्टेसनलाई ढल्केबर सबस्टेसनसम्म जोड्ने ४०० केभी प्रसारण लाइन निर्माणमा विगत ६र७ वर्षदेखि अवरोध रहेको आफूले जानकारी पाएको बताए । उनले रणनीतिक महत्त्वका प्रसारण लाइन निर्माणमा बाधक नबनी साधन बनिदिन स्थानीयलाई आग्रह गरे ।  स्थानीय समुदायले उठाउनुभएका जायज मागलाई सम्बोधन गरी बाँकी काम तत्काल सम्पन्न गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले स्थानीय सरकार र प्रशासनलगायत सम्वन्धित निकायहरूलाई विकास निर्माणको कार्यमा आवश्यक सहयोग र सहजीकरण गरिदिन आग्रह गरे । “सरकारले प्रसारण लाइन तथा वितरण लाइनतर्फ मात्र होइन, उत्पादनतर्फ मुलुकको विकासलाई नै रूपान्तरण गर्न सक्ने १०६१ मेगावाटको माथिल्लो अरूण र ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना लगानी जुटाएर कार्यान्वयनमा जान लागेको छ,” प्रधानमन्त्रीले भने, “बाह्र सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गरी निर्माण अगाडि बढाइएको छ । यी आयोजनाहरू नेपालको समृद्धिको यात्रामा रणनीतिक महत्त्वको हुनेछन् ।” उनले ऊर्जा क्षेत्रको विकासका लागि सरकारले लिएको लगानीमैत्री नीतिका कारण स्वदेशी तथा विदेशी लगानीकर्ताहरूको आकर्षण बढेको बताए ।

सार्वजनिक निकायले नेपालमा बनेको गलैँचा खरिद गर्नुपर्ने

काठमाडौं । सार्वजनिक निकायले नेपालमा बनेको गलैँचा खरिद गर्नुपर्ने व्यवस्था गरिने भएको छ । अर्थमन्त्री वर्षमान पुनले स्वदेशी गलैँचाको प्रवर्द्धनका लागि यस्तो व्यवस्था गरिएको उल्लेख गरे । निजगढदेखि ढल्केबरसम्म पुर्वपश्चिम राजमार्गलाई नेपाली गलैँचा करिडोर बनाइने पनि उनले बताए । स्वदेशी उत्पादन र उद्योगलाई प्रोत्साहनका लागि नेपालमै बनेको गलैँचा प्रयोग गर्न बाध्य पार्न लागिएको हो ।

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल जेठ ११ गते शुक्रबार सन् २०२४ मे २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ १८ पैसा र बिक्री दर १४४ रुपैयाँ ८३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ २९ पैसा र बिक्री दर १७० रुपैयाँ ०६ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

कर्मचारीको अवकाश उमेर पुनरवलोकन हुने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने भएको छ  ।राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदमा मङ्गलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा बढुवा प्रणालीलाई अनुमान योग्य बनाउँदै अवकाश हुने उमेर हदको पुनरवलोकन समेत गरिने बताएका हुन् । यस्तै, आगामी आर्थिक वर्षमा राष्ट्रिय एकीकरणसँग सम्बन्धित पुरातात्त्विक सम्पदा, पदमार्गको पहिचान गरी स्तरोन्नति गरिने भएको छ । राष्ट्रपति पौडेलले सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा  राष्ट्रिय एकीकरणसँग सम्बन्धित सम्पदाको पहिचान र स्तरोन्नति गर्ने पनि बताए।