३ महिनामा दादुरा संक्रमित तीन गुणाले बढे
वैशाख ३ । दादुरा सङ्त्रमितको संख्या ३ गुणाले बढेको छ । अघिल्लो वर्ष सोही अवधिको तुलनामा सन् २०१९ को पहिलो ३ महिना दादुरा संक्रमितको संख्या ३ गुणाले बढेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ ।
अफ्रिकी देशहरुमा भने दादुरा संक्रमितको संख्या नाटकीयढंगले ७ सय प्रतिशत पुगेको छ । दादुराका कारण हरेक वर्ष विश्वभर करीब १ लाख बालबालिकाको मृत्यु हुने गरेको डब्लुएचओले जनाएको छ ।
दादुराको प्रकोपले ब्राजिल, पाकिस्तान र यमनमा कम उमेरका बालबालिकाहरुको ज्यान गएको र युक्रेन, माडागास्कर, भारतमा यसका बिरामी अत्यधिक पाईएको डब्लुएचओले उल्लेख गरेको छ । गत सेप्टेम्बरयता माडागास्करमा मात्रै दादुराका कारण ८ सय जनाले ज्यान गुमाएका छन् । किर्जिस्तान, कंगो लगायत मुलुकमा पनि दादुराको प्रकोप बढेको पाईएको छ । समयमै खोप नलगाए दादुरा रोगको जोखिम बढ्ने र फोक्सो तथा मस्तिष्कमा संक्रमण देखा पर्नुका साथै गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्ने तर्फ विश्व स्वास्थ्य संगठनले सचेत गराएको छ ।
खोप दिएर दादुरा रोग पूर्ण रुपमा निवारण गर्न सकिने भएपनि त्यसो हुन नसकेको राष्ट्रसंघले जनाएको छ । विशेषगरी गरिबी र जनचेतनाको अभावका कारण विकासशील मुलुकहरुमा दादुराको खोप कमै मानिसहरुले लगाउने गरेको पाईएको छ । अमेरिका र थाईल्याण्ड विश्वभरमै दादुरा खोपको बढी पहुँच भएका मुलुक हुन् । केही विकसित मुलुकमा पनि दादुराको सङक्रमण पाईएको डब्लुएचओले जनाएको छ । विशेषगरी सामाजिक सञ्जालमा आउने खोपविरुद्धका भ्रामक खबरहरुका कारण विकसित मुलुकका अभिभावकले बालबालिकालाई खोप नदिने गरेको पाईएको छ । एजेन्सी
छुटपुर्जीको व्यवस्था नहुँदा भारतीय गाडी धनीलाई सास्ती
वीरगञ्ज, चैत १३ । विआर २७ भि ३९२७ भारतीय नम्बरको गाडी लिएर सीमावर्ती भारतको सिकटा बजारबाट वीरगञ्जतर्फ आइरहेका अभिशेष कुमारले पश्चिमी पर्साको भिष्वा छोटी भन्सार कार्यालयमा छुटपुर्जीको लागि गाडी रोकछन् । तर, पछि थाहा हुन्छ, भिष्वा छोटी भन्सार कार्यालयमा छुटपुर्जी काटने व्यवस्था छैन। नजिकै रहेको प्रहरीचौकी भिष्वामा अन्ततः गाडी प्रवेश गराएर अभिशेष गन्तव्यतर्फ लाग्छन् । यो समस्या अभिशेषलाई मात्र होइन, सो नाकाबाट नेपाल भित्रिने सबै भारतीय नम्बर प्लेटका गाडी धनीलाई हुने गरेको छ । भिष्वा छोटी भन्सार कार्यालयमा भारतीय सवारी साधनलाई नेपाल भित्रिँदा छुटपुर्जी दिने व्यवस्था नहुँदा विगत लामो समयदेखि भारतीय सवारीधनीले यस्तै समस्या भोग्दै आएका छन् । सीमावर्ती भारतको सिकटा, भेलाही लगायतका ठाउँबाट दैनिक नेपाल भित्रिने दर्जनौं भारतीय नम्बर प्लेटका सवारी साधनलाई भिष्वा छोटी भन्सार कार्यालयमा छुटपूर्जीको व्यवस्था नहुँदा ४० किलो मिटरको लामो यात्रा तय गरी वीरगञ्ज भन्सार कार्यालय पुग्नुपर्ने बाध्यता रहेको विआर २२ एस ७५५२ नम्बरका चालक सरताज अहमदको गुनासो छ । सीमावर्ती भारतबाट अहिले दैनिक २० देखि २५ भारतीय सवारी साधन पर्साको ग्रामीण क्षेत्रमा भित्रिन्छन् । प्रहरी चौकी भिष्वाका प्रहरी नायब निरीक्षक विजयकुमार साहीले भने, ‘नेपाल प्रवेश गर्ने भारतीय गाडीलाई व्यावहारिकरूपमा ‘इन्ट्री’ गरेर जान दिने गरिएको छ ।’ छोटी भन्सार कार्यालयलाई छुटपुर्जी काटने अधिकार नभएकाले भारतका ग्रामीण नाकाबाट नेपाल भित्रिने भारतीय सवारी साधनलाई सीमाक्षेत्रका प्रहरीले रोक्ने, जथाभावी रकम लिने तथा गाडी जफत गर्ने जस्ता समस्या भोग्दै आएको भारतीय चालक सैजुलहकको गुनासो छ । वीरगञ्ज भन्सार कार्यालयका सुचना अधिकारी मनिषकुमार महतोले छोटी भन्सार कार्यालयलाई छुटपुर्जी काट्ने अधिकार नेपाल सरकारले नदिएकाले यस्तो समस्या आएको बताए । नेपाल–भारतबीच रहेको खुला सीमाका कारण छोटी भन्सार कार्यालयमा छुटपुर्जीको व्यवस्था नहुँदा एकातिर सरकारी राजश्व गुम्दै गएको छ भने अर्कोतिर ग्रामीण क्षेत्रमा ट्राफिक प्रहरी नहुँदा बिना कागजपत्रका भारतीय गाडीहरु निर्वाधरूपमा नेपाल प्रवेश गर्ने तथा मोटरसाइकलमा चार जनासम्म बसेर यात्रा गर्ने जस्ता कार्यले दुर्घटनाको सम्भावना बढेर गएको स्थानीय बताउँछन् । ग्रामीण क्षेत्रमा रहेको छोटी भन्सार कार्यालयमा कर्मचारीको दरबन्दी रहेपनि कर्मचारी नबस्दा भारतीय सवारीधनीले मनपरीरूपमा नेपाल प्रवेश गर्ने गरेका छन् । छुटपुर्जीका लागि वीरगञ्जसम्म पुग्दा खर्चिलो हुने गरेकाले नेपाल सरकारले छोटी भन्सारमै छुटपुर्जीको व्यवस्था गर्नुपर्ने माग भारतीय सवारी धनीहरुको छ । रासस
प्रचण्डद्वारा मेरिल्याण्डको प्रदेश संसद अवलोकन, नेपाली मुलका सांसद भण्डारीले गरे स्वागत
काठमाडौं, चैत १२ । अमेरिकामा पत्नी उपचारका लागि रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँको मेरिल्याण्ड राज्यको प्रदेश संसदको अवलोकन गरेका छन् । मेरिल्याण्डकाे संसद भवन निरिक्षणका क्रममा प्रचण्डसँग अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की, नेपाली मुलका सांसद ह्यारि भण्डारी, पत्नी सीता दाहाल र छाेरी गंगा दाहालसमेत रहेका थिए । अध्यक्ष प्रचण्डले नेपाली समुदायकाे सराेकारका विषयका साथै संसदका् प्रक्रियाका बारेमा सांसद भण्डारीसँग जिज्ञासा राखेका थिए । प्रचण्ड सचिवालय प्रमुख गङ्गा दाहालका अनुसार भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा चर्चा गर्दै नेपाल दीर्घकालिन शान्तिसँगै समृद्धि र विकासको स्थायी यात्रातर्फ अघि बढेको बताएका थिए । उनले शान्ति प्रक्रियालाई एतिहासिकरुपमा सम्पन्न गरेको र द्वन्दको रुपान्तरणबाट उल्लेख्य उपलब्धि हासिल भएको बताउँदै नेपालको विकासमा अमेरकी सहयोगको अपेक्षा गरेका थिए । नेपालकाे शीर उच्च राख्न नेपाली समुदायले प्रवासमा खेलेकाे भूमिकाकाे अध्यक्ष प्रचण्डले उच्च प्रशंसा गरेका थिए । उनले समृद्ध नेपालकाे निर्माणमा अमेरिकामा रहेका नेपालीकाे ठूलाे याेगदान हुने भन्दै नेपालमा लगानी र सहयाेगका लागि आव्हान समेत गरे । अध्यक्ष प्रचण्डलाई त्यहाँ नेपाली मुलका मेरिल्याण्ड राज्य सांसद ह्यारी भण्डारीले स्वागतसमेत गरेका छन् । सोमबार मात्रै प्रचण्डले दक्षिण तथा मध्य एशिया हेर्ने एलिस जी वेल्ससँग पनि भेट गरेका थिए । भेटका क्रममा नेपालको शान्ति प्रक्रियाको उच्च प्रशंसा गर्दै एलिसले नेपालको विकास र स्थायि शान्तिका लागि अमेरिकाले सहयोग गर्दै आएको र भविष्यमा थप सुमुधुर सम्बन्ध विकास गर्न खोजेको बताए ।
दुर्लभ ‘बाघ’ हुन् प्रचण्ड, माछा जस्तो बल्छीमा पर्दैनन् !
दिलनिशानी मगर : बर्दिया राष्ट्रिय निकुञ्जमा कहिलेकाहीँ दुर्लभ पाटेबाघ देखिन्छ भन्छन् । होला र त भनेका होलान् । यो दुर्लभ पाटेबाघ देखिएपछि वन्यजन्तु हेरचाह गरेर बसेका मनुष्य बडो हल्लाखल्ला गर्छन् । एकबारको जुनीमा तिनको सम्पूर्ण अनुसन्धानको काम फत्ते भएजसरी ती एकआपसमा हर्षबढाइँ गर्छन् । नेपालमा चुरेको ८ सय मिटरसम्म मात्र पाटेबाघ पुगेको रेकर्ड छ । तर यो दुर्लभ पाटेबाघका आहार, आनीबानी र तिनको वासस्थान सधैं एकनासको भने हुँदैन । दुर्लभ पाटेबाघको शरीरमा विज्ञ मनुष्यहरू क्यामरा झुण्ड्याएर दैनिक निगरानी गर्न लालायित हुन्छन्, जियोग्राफी र डिस्कभरी च्यानलमा जस्तो । मलाई ती च्यानलहरूमा बाघले मृग लखेटेको बडो मन पर्छ । आहाराका लागि संघर्षका कथाव्यथा त्यहाँ देख्न पाइन्छ । के मनुष्य जातिहरूको संघर्ष वन्यजन्तुको भन्दा कम संघर्ष छ त ? अधिकारका निम्ति, स्वतन्त्रताका निम्ति र दासत्वबाट मुक्त हुनका निम्ति । प्रचण्ड अमेरिका उड्नुभन्दा अघिल्लो दिन उनको निवासमा पुगेर भेट्ने अवसर यस पंक्तिकारलाई मिलेको थियो । नेपालको सम्पूर्ण राजनीतिक परिवर्तनसँग खुशी नभएका केही नेपाली मूलका अमेरिकीहरूबाट आफूलाई सामान्य विरोध वा असहज स्थिति निम्तिन सक्ने आँकलन प्रचण्डले राम्रोसँग गरेका थिए । त्यस्ता किसिमका सूचनाहरू प्राप्त पनि भएका थिए । पंक्तिकारको एकसरो पगरी गुथेको मलाई के लाग्छ भने नेपालको राजनीतिमा प्रचण्ड भन्ने जिनिस दुर्लभ पाटेबाघ हुन् । जनताको न्याय, नागरिक सर्वोच्चता, जनताको शासन र जनताको मौलिक हकका निम्ति उनले आफ्नो जीवनयात्रमा थुप्रैपटक क्रमभङ्ग गरेका छन्, छलाङ मारेका छन्, नियमिततामा आकस्मिक निर्णय गरेर चमत्कारपूर्ण कदमहरू चालेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको गजमा सबैभन्दा धेरै इँटा कसैले राखेको छ भने प्रचण्डले राखेको छ । प्रचण्ड अर्थात दुर्लभ पाटेबाघ यसपटक अमेरिकाको यात्रामा निस्कियो । केही समयअगाडि उसले भेनेजुएला मामिलामा अमेरिकालाई ललकारेको थियो । के पाटेबाघ गर्जिन कुनै आइतवार पर्खिनुपर्छ र ? जतिबेला उसलाई गर्जिनुपर्छ भन्ने हेक्का हुन्छ, ऊ एक गर्जिन्छ, दुई गर्जिन्छ, तीन गर्जिन्छ । उसको मुख कुनै माईकालालले थुन्न सक्दैन । तर पाटेबाघ देखेर अमेरिकामा रहेका केही नेपालीमूलका पर्यटकहरूको (पर्यटकहरू यस अर्थमा कि उनीहरू नेपालमा कुलपूजा गर्न भिजिट भिसामा आउँछन्) मन लोभियो । र उतै समातेर चिडियाखानामा राख्ने फुटकर कदम चाले । तर तिनलाई थाहा थिएन यो पाटेबाघको हुँकार सुनकोशीको माछाले चारा खोज्दै बल्छीमा झुण्डिन आए जस्तो हैन । पत्नी सीता दाहाल अर्थात् प्यारी बघिनीको उपचारका लागि उनको अमेरिका उडान पूर्वप्रधानमन्त्री र नेपालको सबैभन्दा ठूलो पार्टी नेकपाको अध्यक्षको हैसियतमा थियो । उनी मेक्सिकोको बाटो हुँदै दर्जनौं दिन जंगलको बाटो हिँडेर मानव तस्करहरूको साथमा लागेर लुकीलुकी अमेरिका छिर्ने प्रयास गरिरहेका थिएनन् । उनी कलाकार र पत्रकारको भेषमा त्यहाँ पुगेर शरणार्थीको आवेदन दिन हिँडेका पनि थिएनन् । तत्कालीन माओवादीले कुटेको भन्दै बाटोमा हिँड्दा पल्टेर लागेको चोट देखाउन फर्जी कागजातसँग त्यहाँ जान लागेका पनि थिएनन् । अरे यार, प्रचण्ड अमेरिका जान कसलाई सोध्नुपर्ने ? कसको अनुमति लिनपर्ने ? कसको निगाहा बक्स हुनुपर्ने ? उनी बगैंचाको फूलमा जल चढाउनका लागि गएका हैनन्, पेट्रोल पम्पमा बिजुलिको खम्बा जस्तो उभिएर पेट्रोल हाल्नका लागि वा कुनै रेस्टुरेन्टमा चिकन पिज्जा बेच्नका लागि पनि अमेरिका गएका हैनन् । वास्तवमा उनी एउटा राजनीतिक र कूटनीतिक अभीष्ट लिएर अमेरिका हान्निएका हुन् । अमेरिकाकै आग्रहमा उनले उडान भरेका हुन् । सामाजिक सञ्जालमा लोतेपोते कुरा गरे जस्तो हैन, रणनीतिक तथा राजनीतिक उद्देश्यका लागि उनी अमेरिका गएका हुन् । अर्को कुरा जानै नहुने अमेरिका कसको पिताजीको बिर्ता हो र ? भौगोलिक रूपमा नेपाल सानो भए पनि यो डाइनामिक देश हो । चीन र भारतको बीचको डमरु हो, तरुल हैन । पक्कै पनि भेनेजुएलाको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर राष्ट्रपति निकोलस मडुरोका पक्षमा र अमेरिकाको विरोधमा प्रचण्डले विज्ञप्ति जारी गरेको धेरैलाई मन परेको छैन । तर कुनै सार्वभौमसत्ता प्राप्त देशका पक्षमा बोल्न किन डराउने ? के प्रचण्डको त्यो राजनीतिक कदम थिएन ? के त्यो विज्ञप्ति हाम्रा छिमेकी देशहरू भारत र चीनलाई अनौठो किसिमको झड्का वा सन्देश थिएन ? प्रचण्ड अमेरिका उड्नुभन्दा अघिल्लो दिन उनको निवासमा पुगेर भेट्ने अवसर यस पंक्तिकारलाई मिलेको थियो । नेपालको सम्पूर्ण राजनीतिक परिवर्तनसँग खुशी नभएका केही नेपाली मूलका अमेरिकीहरूबाट आफूलाई सामान्य विरोध वा असहज स्थिति निम्तिन सक्ने आँकलन प्रचण्डले राम्रोसँग गरेका थिए । त्यस्ता किसिमका सूचनाहरू प्राप्त पनि भएका थिए । तर अमेरिकी सरकारको तर्फबाट र नेपालस्थित अमेरिकी दूतावासबाट सबै किसिमका कानूनी, रणनीतिक तथा राजनीतिक प्रक्रिया पूरा गरेपछि प्रचण्ड अमेरिका गएका हुन् । यतिसम्म कि अमेरिकी राजदूत स्वयं खुमलटारस्थित निवासमा आएर प्रचण्डको अमेरिका भ्रमणको सम्पूर्ण सहजीकरण गरिदिएका थिए । अमेरिकामा प्रचण्डविरुद्ध एकजना मनुष्यले एउटा आतंककारी यतै घुम्दैछन्, मलाई कहाँ उजुरी गर्नुपर्ने हो थाहा छैन भन्दै एकदम चेपारो घसेर केही रिफ्रेन्सका साथ ईमेलमार्फत उजुरी गरेर आफू खाँटी शरणार्थी हुनुको धर्म निर्वाह गरेछन् । तर अमेरिकामै रहेका पत्रकार किशोर पन्थीका अनुसार, एफबीआईकै सेक्युरिटी क्लीयरेन्सपछि भिसा प्राप्त गरेर अमेरिका आएका प्रचण्डविरुद्ध एफबीआईमा उजुरी हालेको भन्दै बकबास गर्नुको कुनै अर्थ थिएन । बरू गलत नियतवश कसैको विरुद्ध उजुरी दिँदा यूएस कोड सेक्सन १००१ को टाइटल १८ अनुसार उजुरी दिने व्यक्तिलाई नै जेल, जरिवाना वा दुवै सजाय हुनसक्ने उनको तर्क थियो । प्रचण्ड को हो अमेरिकाले राम्रोसँग चिनेको छ । प्रचण्डको विगत पनि अमेरिकालाई थाहा छ । र वर्तमान पनि थाहा छ । त्यसैले प्रचण्डसँग अमेरिकाले सहकार्य गरेको छ । हो, केही नजिरहरू पक्कै छन् जस्तो कि गुजरातको मुख्यमन्त्री रहेको समयमा नरेन्द्र मोदीलाई अमेरिकाले भिसा दिएको थिएन किनभने उनलाई गुजरातमा भएको साम्प्रदयिक दंगाको भागीदार रहेको दाबी गरिएको थियो । भलै त्यो पुष्टि हुन सकेन तर मोदीप्रति अमेरिकाको शंका कायम थियो । तर मोदी प्रधानमन्त्री निर्वाचित भएपछि अमेरिकाले उनलाई भव्य स्वागत गर्यो । रातो कार्पेट बिछ्याएर संसदमा सम्बोधन गरायो । पूरै संसद् मोदीको सम्मानमा पटकपटक जुरुक्कै उठ्यो । त्यसैले राजनीतिमा कोही स्थायी र अस्थायी दुश्मन हँुदैनन् भन्ने बुझ्नुपर्छ । अब जनधनको क्षतिको कुरा गर्ने नै हो भने अमेरिकाले अहिलेसम्म जित हासिल गर्न नसकेको अफगान युद्धमा कति बालबालिका, महिला, डाक्टर र नर्सहरू मारिए ? सिरियाकै कुरा गरौं, आकाशबाट बम खसाल्दा त्यहाँ आदिवासीका बस्तीहरू, प्राचीन कालका सम्पदाहरू पूरै ध्वस्त भएका छन् । अब अमेरिकालाई के भन्ने ? संसारमा सबैभन्दा धेरै हतियार बिक्री अमेरिकाले नै गर्छ । सेल्फ डिफेन्सको नाममा त्यहाँका नागरिक खुलमखुला हतियार बोकेर हिँड्छन्, स्कूलमा ‘मास शूटिङ’ गर्छन् । अब यसलाई के भन्ने ? नेपालमा सशस्त्र द्वन्द्वकालमा मानवअधिकार उल्लङ्घन गरेको र यातना दिएको भन्ने उजुरीका आधारमा सन् २०१३ मा यूकेमा नेपाली सेनाका एक वरिष्ठ अधिकारी कुमार लामा पक्राउ परेपछि तत्कालीन नेकपा माओवादी र प्रचण्डले नेतृत्व गरेको सरकार झस्किएकै हो । तर याद गर्नुपर्ने पक्ष के हो भने महासेनानी लामाले सन् २०१६ को सेप्टेम्बरमा सफाइ पाएका थिए । सबैलाई थाहा भएको कुरा हो, नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केही महिनाअघि अमेरिका भ्रमणको निम्तो पाए । दशकौंदेखि गतिमान हुन नसकेको अमेरिका र नेपालको कूटनीतिक सम्बन्धमा रणनीतिक बल पुग्यो । भौगोलिक रूपमा नेपाल सानो भए पनि यो डाइनामिक देश हो । चीन र भारतको बीचको डमरु हो, तरुल हैन । पक्कै पनि भेनेजुएलाको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर राष्ट्रपति निकोलस मडुरोका पक्षमा र अमेरिकाको विरोधमा प्रचण्डले विज्ञप्ति जारी गरेको धेरैलाई मन परेको छैन । तर कुनै सार्वभौमसत्ता प्राप्त देशका पक्षमा बोल्न किन डराउने ? के प्रचण्डको त्यो राजनीतिक कदम थिएन ? के त्यो विज्ञप्ति हाम्रा छिमेकी देशहरू भारत र चीनलाई अनौठो किसिमको झड्का वा सन्देश थिएन ? बुझ्नुपर्ने विषय के हो भने प्रचण्डको अमेरिका भ्रमण पहिलोपटक भएको हैन । संयुक्त राष्ट्रसङ्घको ६३औं महासभामा सहभागी हुन सेप्टेम्बर २००८ मा जर्मनी हुँदै अमेरिकाको न्यूयोर्क गएका थिए प्रचण्ड । त्यहाँ उनको भेट अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशसँग पनि भएको थियो । प्रधानमन्त्रीका रूपमा पहिलो कार्यकालमा उनले युरोपेली मुलुक फिनल्यान्ड भ्रमण गरे । विगतमा अस्ट्रेलियाको भ्रमण अचानक स्थगित गर्नुपरे पनि उनी युरोपमा पाइला नटेकेकै भन्ने हैन । बरू ती भ्रमणहरू नेपालको शान्तिप्रक्रिया, नयाँ संविधान बनाउने प्रक्रिया आदि विषयमा अन्तर्राष्ट्रिय जगतको समर्थन, साथ तथा सहयोगको अपेक्षामा केन्द्रित थिए । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको युद्धमा १७ हजार मानिस मरे । सरकारका मानिस पनि मरे । विद्रोही मानिस मरे । धेरै घाइते भए, धेरैका काख रित्तिए । तर यस्तो काम प्रचण्ड एक्लैले गरेका हैनन् । अर्थात् प्रचण्ड मात्रै मुख्य पात्र हैनन् । सरकार पक्षका तत्कालीन गृहमन्त्रीहरू, रक्षामन्त्रीहरू, प्रधानमन्त्रीहरू, सेनापतिहरू सबै भागिदार छन् । तर प्रचण्डलाई युरोप वा अमेरिका टेक्न दिन्नँ, हेग लग्छु भन्ने केही आवाज पनि सुनिन्छन् । उदेक लाग्छ । ती आवाजहरू कहिले गंगामाया त कहिले अभियन्ता डाक्टरको पगरी गुथेका गोविन्द केसीको अभिनयबाट प्रतीत हुन्छ । अर्को कुरा के छ भने नेपालमा सशस्त्र द्वन्द्वकालमा मानवअधिकार उल्लङ्घन गरेको र यातना दिएको भन्ने उजुरीका आधारमा सन् २०१३ मा यूकेमा नेपाली सेनाका एक वरिष्ठ अधिकारी कुमार लामा पक्राउ परेपछि तत्कालीन नेकपा माओवादी र प्रचण्डले नेतृत्व गरेको सरकार झस्किएकै हो । तर याद गर्नुपर्ने पक्ष के हो भने महासेनानी लामाले सन् २०१६ को सेप्टेम्बरमा सफाइ पाएका थिए । हेर्नुहोस्, तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको युद्धमा १७ हजार मानिस मरे । सरकारका मानिस पनि मरे । विद्रोही मानिस मरे । धेरै घाइते भए, धेरैका काख रित्तिए । तर यस्तो काम प्रचण्ड एक्लैले गरेका हैनन् । अर्थात् प्रचण्ड मात्रै मुख्य पात्र हैनन् । सरकार पक्षका तत्कालीन गृहमन्त्रीहरू, रक्षामन्त्रीहरू, प्रधानमन्त्रीहरू, सेनापतिहरू सबै भागिदार छन् । यो १७ हजारको आँकडामा तत्कालीन माओवादीले मात्रै १७ हजार मारेको भन्ने भ्रम छ जबकि त्यो सत्य हैन । दुवै पक्षबाट भएको सम्पूर्ण क्षति त्यति हो । र ती क्षतिहरू राजनीतिक उद्देश्य प्राप्तिका लागि थिए । साहसिक निर्णयले देशमा ठूलाठूला परिवर्तन सम्भव भएका छन् । दुईपटक प्रधानमन्त्री भइसकेको, नेपालको सबैभन्दा ठूलो दलको अध्यक्ष जो दुईतिहाइको सरकार सञ्चालन गरिरहरेको छ, उनको अमेरिका भ्रमणप्रति असभ्यता देखाउनु केवल परिवर्तनविरोधीको स्यालहुइँया बाहेक अरू के हुन सक्ला र ? जस्तो कि हिजो राणा शासन हटाएर प्रजातन्त्र ल्याउँदा पनि त्यस्तै क्षतिहरू भएकै थिए । कुन चाहिँ राजनीतिक आन्दोलनमा मानवीय क्षति भएको छैन र ? शान्तिपूर्ण भनिएको १९ दिने जनआन्दोलनमा केके भयो ? त्यसकारण युद्ध अपराधी नै हुने हो भने पृथ्वीनारायण शाहलाई पनि युद्ध अपराधीको बिल्ला भिराउनुपर्ने हुन्छ । तर के नेपाली जनता त्यसका लागि तयार हुन सक्छन् त ? सक्दैनन् । पक्कै सक्दैनन् किनभने नेपाल भन्ने देश निर्माण गर्नका लागि गोर्खा फौजले बर्बरता गरेको कुरा जायज थियो भन्ने वीरताको गाथा यो वा त्यो बहानामा स्थापित भइसक्यो । त्यसैले श्रीमतीको उपचारमा आएका एक पतिको भावनाको कदर गर्नु त्यो जायज हुन्छ । बरू संसारका सबै पतिहरूले प्रचण्डबाट पाठ सिक्नुपर्छ । विश्वले एक नेताका रूपमा स्वीकार गरिसकेको व्यक्ति मात्र हैन, संस्था हो प्रचण्ड । उनकै साहसिक निर्णयले देशमा ठूलाठूला परिवर्तन सम्भव भएका छन् । दुईपटक प्रधानमन्त्री भइसकेको, नेपालको सबैभन्दा ठूलो दलको अध्यक्ष जो दुईतिहाइको सरकार सञ्चालन गरिरहरेको छ, उनको अमेरिका भ्रमणप्रति असभ्यता देखाउनु केवल परिवर्तनविरोधीको स्यालहुइँया बाहेक अरू के हुन सक्ला र ? अमेरिकाले दाबी गरेजस्तै ऊ विश्व शान्ति चाहन्छ भने संयुक्त राष्ट्रसंघको प्रत्यक्ष निगरानीमा सम्पन्न भएको तत्कालीन नेकपा माओवादीको सेना तथा हतियार व्यवस्थापनबारे उसले आफ्नो भूमिकाको जस लिन्छ नै र यसका लागि प्रचण्डको प्रशंसा पनि सँगसँगै गर्छ । तीन तोला सुनका कुरा आए । उपचार खर्चका कुरा आए । हिजो त्यस्तो, आज किन यस्तो भन्ने आलोचना पनि आए । केही प्रश्नहरू स्वाभाविक पनि छन् । तर सिंगापुरमा उपचार सम्भवप्रायः हुन नसकेको र त्यहाँका डाक्टरले अमेरिकामा एकपटक पुर्याउन सके उपचार सम्भव हुने आश्वासनपश्चात् सीता दाहालको जिद्दी बढेकै थियो । प्रचण्ड आफूमा कन्भिन्स्ड थिए, अब यो रोग लाग्यो, निको चाल हुन्न भन्ने कुरामा । तर पत्नीको अडान टसमस हुन सकेको थिएन । बारम्बार अमेरिकाको भ्रमण स्थगित हँुदा कूटनीतिक रूपमा त्यो राम्रो भइराखेको पनि थिएन । अमेरिकास्थित नेपाली दूतावासको केही सहयोग र त्यहाँ रहेका कार्यकर्ताहरूको जोहोमा प्रचण्ड अमेरिका गए । आफ्नो ‘इलाका’मा त भुस्याहा कुकुरहरू पनि आफूलाई शक्तिमान ठान्छन् भने जस्तो प्रचण्डमाथिका प्रहारहरू नेपालमाथिका प्रहार हुन्, राजनीतिक विरोध गर्ने छुट सबैलाई छ तर विदेशी भूमिमा आफ्नो देशको नेता पक्राउने दुस्साहस गलत हो । संयुक्त राज्य अमेरिकाले प्रचण्डका लागि ‘नो इन्भेस्टिगेसन’ सर्कुलर जारी गरेको कुरा तिनलाई थाहै भएन । अध्यक्ष दाहालका लागि जारी गरिएको उक्त सर्कुलर अमेरिकाले विशेष रूपमा मात्र जारी गर्ने गरेको छ । यसअघि अमेरिकाले भारतीय उच्च नेतृत्वका लागि पनि यो सर्कुलर जारी गरेको थियो । प्रचण्डसँग विवादहरू भए पनि कहिल्यै शत्रुतापूर्ण सम्बन्ध नरहेको र मिलेर नै शान्तिको बाटो खोजिएको लेखेका छन् । डेलिसीले पुराना कुरामा अल्झिनुभन्दा समृद्ध नेपालका लागि अघि बढ्नु राम्रो हुने सुझाव पनि दिए । उनले लेखे, ‘हामी यसरी फेरि भेटघाट हुन पाउँदा राम्रो लागेको छ । अनि नेपाल देशका नेताप्रति मेरो चासो रहने गर्छ । हामी बारम्बार भेट गर्थ्यौं, हाम्रा भेटहरू गतिशील प्रकृतिका हुन्थे, कहिलेकाहीँ विवादहरू हुन्थे । तर शत्रुतापूर्ण सम्बन्ध कहिल्यै भएन । हामीले मिलेर शान्तिको बाटो खोज्यौं । प्रचण्ड अमेरिका भ्रमणमा निस्किनुअघि नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले उनको निवासमै पुगेर भेटवार्ता गरेका थिए । सो भेटवार्ताका क्रममा प्रचण्डको अमेरिका भ्रमण र त्यहाँ हुने सम्मानका विषयमा छलफल भएको थियो । त्यसकारण प्रचण्डको भ्रमण अमेरिकाको चाहनामा भएको हो । यस्तै प्रचण्ड अमेरिका पुगिसकेपछि नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले प्रचण्डलाई भेटेर निकै खुशी हुँदै फोटो खिचेर आफ्नो फेसबूकमा पोस्ट गरेका छन् । यसबाट पनि अमेरिकाले प्रचण्डलाई हेर्ने रणनीतिबारे थाहा हुन्न र ? आफ्नो सहकार्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गतिशील नेता भएको कुरा डेलिसीले फेसबूकमार्फत बताएका छन् । उनले प्रचण्डसँग विवादहरू भए पनि कहिल्यै शत्रुतापूर्ण सम्बन्ध नरहेको र मिलेर नै शान्तिको बाटो खोजिएको लेखेका छन् । डेलिसीले पुराना कुरामा अल्झिनुभन्दा समृद्ध नेपालका लागि अघि बढ्नु राम्रो हुने सुझाव पनि दिए । उनले लेखे, ‘हामी यसरी फेरि भेटघाट हुन पाउँदा राम्रो लागेको छ । अनि नेपाल देशका नेताप्रति मेरो चासो रहने गर्छ । हामी बारम्बार भेट गर्थ्यौं, हाम्रा भेटहरू गतिशील प्रकृतिका हुन्थे, कहिलेकाहीँ विवादहरू हुन्थे । तर शत्रुतापूर्ण सम्बन्ध कहिल्यै भएन । हामीले मिलेर शान्तिको बाटो खोज्यौं । संयुक्त राज्य अमेरिकाले प्रचण्डका लागि ‘नो इन्भेस्टिगेसन’ सर्कुलर जारी गरेको कुरा तिनलाई थाहै भएन । अध्यक्ष दाहालका लागि जारी गरिएको उक्त सर्कुलर अमेरिकाले विशेष रूपमा मात्र जारी गर्ने गरेको छ । यसअघि अमेरिकाले भारतीय उच्च नेतृत्वका लागि पनि यो सर्कुलर जारी गरेको थियो । पक्कै पनि नेपालको शान्ति प्रक्रियाको सफलतामा अमेरिकाको ठूलो हात छ । अमेरिकाले दाबी गरेजस्तै ऊ विश्व शान्ति चाहन्छ भने संयुक्त राष्ट्रसंघको प्रत्यक्ष निगरानीमा सम्पन्न भएको तत्कालीन नेकपा माओवादीको सेना तथा हतियार व्यवस्थापनबारे उसले आफ्नो भूमिकाको जस लिन्छ नै र यसका लागि प्रचण्डको प्रशंसा पनि सँगसँगै गर्छ । वार्ताको माध्यमबाट शान्तिको बाटो समातेर संविधान मानेर, मूलधारको राजनीतिको बलियो खम्बा बनेका प्रचण्डलाई अमेरिकाले अझै पनि आतंककारीको बिल्ला भिराइरहन सक्दैन भन्ने कुरा सबै थाहा छ । र यो कुरा धेरैलाई थाहा छ, प्रचण्ड दुर्लभ पाटेबाघ हुन्, माछा जस्तो बल्छीमा पर्दैनन् । यो आलेख लोकान्तर डटकमबाट साभार गरिएको हो ।
मन्त्री पुनद्वारा ‘माथिल्लो तामाकोसी’ को निरीक्षण, मंसिरभित्र आयोजना सम्पन्न
काठमाडौं, चैत ९ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निरीक्षण गरेका छन् । मन्त्री पुन दोलखाको विगु गाउँपालिकामा निर्माणाधीन ४५६ मेगावाट क्षमता भएको तामाकोसी जलविद्युत आयोजनाको अवस्थाबारे जानकारी लिन शुक्रबार साँझ दोलखा पुगेका थिए । मन्त्री पुन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्ण ओलीसहित आयोजनास्थल पुगेका हुन्। उनले तोकिएको समयमा आयोजना ल्याउनुपर्ने भन्दै त्यसमा गम्भीर भएर काम गर्नसमेत निर्देशन दिए। शनिबार बिहान आयोजनाको बांधस्थल,सुरुङ, माथिल्लो पेनस्टक र तल्लो पेनिस्टकको अवस्थाको बारेमा फिल्डमै पुगेर उनले जानकारी लिए। मन्त्री पुनले करिब ३ घन्टा आयोजना स्थलकै निरीक्षणमा बिताएका हुन् । उनले आयोजनाको अनुगमन, निरीक्षण र समस्याको समाधान गर्न र सहजीकरणको लागी आफू प्राधिकरण र आयोजनाका उच्च पदस्थ अधिकारीसहित फिल्डमै आएको बताए । आयोजना प्रमुख दिनेशजंग राना र प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठसँग समेत आयोजनाको प्रगतिबारे उनले जानकारी लिए । ऊर्जामन्त्री पुनले माथिल्लो तामाकोसी आगामी मंसिरभित्र सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।
४.१ को भूकम्पको झड्का
काठमाडौं, चैत ४ । आज बिहान काठमाडौंमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बिहान नौ बजेर एक मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्पको धक्का महसुसर गरिएको हो । मकवानपुरको चितलाङलाई केन्द्रविन्दु बनाएर पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । मापन केन्द्का प्राविधिक सहायक राजेश शर्माका अनुसार यो नयाँ भूकम्प होइन, गोर्खा भूकम्पकै पराकम्पन हो । पराकम्पन कहिलेसम्म गइरहन्छ, यसको कुनै टुंगो नरहेको उनले बताए ।
अस्थिरता पैदा गर्ने तत्वविरुद्ध एकजुट होऔंः अध्यक्ष प्रचण्ड
काठमाडौं, चैत ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले देशमा कुनै खालको अन्योल र अस्थिता पैदा गर्ने तत्वका विरुद्ध नेपाली एक भएर उभिन पर्नेमा जोड दिएका छन् । पत्नी सीता दाहालको उपचारका लागि आज अमेरिका प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले भने, “सबै राजनीतिक दल, सरकार, नागरिक समाज, बुद्धिजीवी मिलेर संविधान बनायौं, निर्वाचन गरायौँ । सबै मिलेर विकास र समृद्धिलाई पनि अगाडि बढाउनुपर्छ ।” गएको वर्ष सरकार र पार्टीले पूर्वाधार बनाएको उल्लेख गर्दै उनले आगामी वर्षको बजेटमार्फत विकास निर्माणले गति लिन्छ भन्नेमा आफूहरु विश्वस्त रहेको बताए । मुलुक नयाँ युगतिर अगाडि बढेको भन्दै अध्यक्ष प्रचण्डले भने, “हिजोका परिवर्तन सामान्य राजनीतिक परिवर्तन हुने गर्थे, यो परिवर्तन एउटा प्रणाली नै परिवर्तन हो । प्रणाली परिवर्तन भएकाले थुप्रै संरचना बनाउनुपर्ने थुप्रै कानून, ऐन बनाउनुपर्ने र अभ्यास गर्नुपर्ने भएकाले हामीले अपेक्षा गरे अनुसारको गतिमा विकास भएन भन्ने जनगुनासो पनि सुनेका छौँ ।” पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिन पनि ढिलो भइरहेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, “यो विषय टुङ्ग्याउनेबारे र अन्य राजनीतिक विषयमा पनि घनिभूत छलफलको आवश्यकता छ ।” प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीमा सल्लाह गरेर नै आफू त्यसतर्फ जान लागेको उल्लेख गर्दै उनले बढीमा सातदेखि दश दिनभित्र स्वदेश फर्कने प्रचण्डले जानकारी दिए । मुख्यतः आफू सीताको स्वास्थ्य उपचारका लागि गए पनि त्यहाँ रहँदा राजनीतिक भेटघाटको सम्भावना औंल्याउँदै उनले भने, “परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकी सरकारका अधिकारीसँग औपचारिक वा अनौपचारिक छलफल हुने सम्भावना बढेको छ ।” पत्नी सीताको उपचारका लागि परराष्ट्र मन्त्रालय र यहाँस्थित अमेरिकी दूतावास एवम् अमेरिकास्थित नेपाली दूतावासले सहजीकरण गरेको पनि उनले जानकारी दिए । अमेरिकामा बस्ने नेपालीले सीताको स्वास्थ्यमा देखिएको समस्या समाधानका लागि वासिङटन बाल्टिमोरलगायत स्थानमा नयाँ अनुसन्धान भइरहेको जानकारी गराएका थिए । लामो समयदेखि स्वास्थ्य समस्या झेलिरहेकी सीताले एक पटक अमेरिकामा उपचार गरे सञ्चो हुन्छ कि भनी मनोविज्ञान रहेका कारण पनि आफूले त्यसतर्फ जाने निर्णय गरेको उनको भनाइ थियो । विमानस्थलमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेकपाका नेता तथा कार्यकर्ता अध्यक्ष प्रचण्डको बिदाइका लागि पुगेका थिए । रासस
एसियन युथ एथ्लेटिक्समा नेपालले जित्यो स्वर्ण पदक
काठमाडौं, चैत ३ । हङकङमा जारी एसीयाली यूथ एथ्लेटिक्स च्याम्पियनसिपमा अजितकुमार यादवले नेपालका लागि ऐतिहासिक स्वर्ण जितेका छन्। एसियाली स्तरको एथ्लेटिक्समा नेपालले जितेको यो पहिलो स्वर्ण पदक हो। हङकङमा आइतबार भएको ३ हजार मिटरको प्रतिस्पर्धामा अजितले निर्धारित दूरी ८ मिनेट ३० दशमलव ३२ सेकेन्डमा पार गरेर स्वर्ण जितेका हुन्। उनले भारतका अमित जानगिन र यमनका गुमिल अल हमातीलाई पछि पार्दै ऐतिहासिक सफलता हात पारे। अमितलाई अजितले ६ सेकेन्डले पछि पारेका थिए। अमितले निर्धारित दूरी ८ मिनेट ३६ दशमलव ३४ सेकेन्डमा पार गरे भने तेस्रो बनेका यमनका हमातीले ८ मिनेट ३८ दशमलव ६० सेकेन्डमा निर्धारित दूरी पुरा गरे। एसियाली युथ एथलेटिक्समा ४० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ। जसमा अहिलेसम्म सबैभन्दा बढी चीनले १२ स्वर्ण जितेको छ। भारतले ८, जपानले ६, चाइनिज ताइपेइले ३, काजकिस्तान र इरानले २–२ स्वर्ण जितेका छन्। नेपालसहित ७ देशले १–१ स्वर्ण हात पारेका छन।
कर्मचारीले दलको सदस्यता लिए सिधै बर्खास्त !
काठमाडौं, माघ २६ । राजनीतिक दल वा तिनका संगठनमा सदस्य बन्ने निजामती कर्मचारीलाई सेवाबाट बर्खास्त गरिने भएको छ । सरकारले संघीय संसद् सचिवालयमा शुक्रबार दर्ता गरेको विधेयकमा निजामती कर्मचारीले माग पूरा गराउन हडताल र काम बन्द गर्न नपाउने प्रावधान छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा–सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ‘कर्मचारी राजनीतिक क्रियाकलापमा संलग्न भए वा राजनीतिक गतिविधिमा भाग लिए बर्खास्त गरिने’ उल्लेख छ । विदेशमा स्थायी बसोबासको अनुमतिपत्र (डीभीरपीआर) का लागि आवेदन दिएको पाइए पनि कर्मचारीलाई सिधै बर्खास्त गरिनेछ । तल्लोदेखि माथिल्लो तहसम्मकै निजामती कर्मचारी दलका झन्डा बोकेर राजनीतिक गतिविधिमा होमिन थालेपछि सरकारले नियमन गर्न खोजेको हो । विधेयकमा ‘राजनीतिक गतिविधिमा भाग लिए वा कुनै राजनीतिक पदका लागि उम्मेदवार बने’ सेवाबाट बर्खास्त गरिने प्रस्ताव छ । त्यस्तै राजनीतिक दलको चुनावको प्रचारप्रसार गर्न, जुलुसमा भाग लिन, चन्दा दिन, कसैलाई भोट माग्न, घेराउ गर्न, दबाब दिन, कलम बन्द गर्न, सरकारविरुद्ध दबाब सिर्जना गर्ने उद्देश्यले अनशनमा बस्नसमेत कर्मचारीलाई प्रतिबन्ध लगाइएको छ । निजामती कर्मचारीका तर्फबाट ट्रेड युनियनको राजनीति गर्नसमेत बन्देज लगाइएको छ । दलका शुभेच्छुक संगठन बनाउन भने छुट छ । पार्टीअनुसारका ट्रेड युनियन खडा गरी राजनीति गर्ने र नाजायज माग पूरा गराउन राजनीतिक नेतृत्व र सरकारलाई दबाब दिने क्रम बढेपछि रोक लगाउन खोजिएको हो । निजामती कर्मचारीको हकहितका लागि एउटा मात्र आधिकारिक ट्रेड युनियन हुने र त्यसैमार्फत सरकारसँग संवाद र सहमति गर्ने प्रावधान राखिएको छ । विधेयकमा आधिकारिक ट्रेड युनियनबाहेक अन्य कुनै समूहले माग राख्न नपाउने र आधिकारिक युनियनमा एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने उल्लेख छ । युनियनको निर्वाचन हरेक तीन वर्षमा हुने प्रस्ताव गरिएको छ । युनियनका पदाधिकारी र सदस्य रहेका कर्मचारी पदीय जिम्मेवारीबाट उम्कन नपाउने व्यवस्था गरिएको छ । ‘कुनै पनि कर्मचारीले पदीय जिम्मेवारीबमोजिमको कामबाट उन्मुक्ति पाउने छैन,’ विधेयकमा भनिएको छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
मञ्चमै ढलेका गाउँपालिका अध्यक्ष नेम्वाङको निधन
इलाम, माघ २६ । मञ्चमै ढलेर बेहोस भएका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङको निधन भएको छ । पाँचथरको घुर्बिसेमा आयोजित एक कार्यक्रममा सहभागी भएकै अवस्थामा अचानक ढलेका नेम्वाङलाई उपचारका लागि इलाम अस्पतालतर्फ ल्याउने क्रममा निधन भएको सहयोगी मनिचन्द्र चेम्जोङले जानकारी दिए । इलाम अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट पवनजंघ रायमाझीका अनुसार अस्पतालमा आउँदा नेम्वाङको मुटुको चाल र रक्तसञ्चार बन्द भइसकेको थियो। घुर्बिसे पञ्चमीमा आयोजित तीनदिने क्षमता विकास तालिमको समापन कार्यक्रममा सहभागी भएका उनी मन्तव्य राखेर आसनमा नपुग्दै ढलेका थिए । नेम्वाङ नेपाली कांग्रेसबाट निर्वाचित हुन्।
कृष्ण ओलीको वास्तविक जीवन भोगाईमा आधारित गीत ‘कृष्णको राधा’ भिडियो सार्वजनिक
करेन्ट लागेर दुबै हात खुटटा गुमाएका कृष्ण ओलीको बास्तविक जिवन भोगाईमा आधारित गीत ‘ कृष्णको राधा’ गीतको भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा संसार नेपालीको आवाज रहेको छ ।गीतको भिडियोलाई बुर्तिबाङ म्युजिक प्रालीले बजारमा ल्याएको हो । काम गर्ने शिलशिलामा द्धुघटनामा परेका कृष्णको जिवन भोगाईमा आधारित भावनाहरुलाई गीत तयार परिएको गोविन्द गुरुङ गुप्ताले बताएका छन । आफनो जिवनको कहालिलाग्दो अवस्थामा सहयोग गर्ने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहीनीलाई हार्दिक आभार व्यक्त गरिएको छ । गीतमा संसार नेपालीको लय सिर्जना रहेको छ । राजेश विसीको छायाँकन, राजकुमार मगरको सम्पादन रहेको छ। गीतको भिडियोमा कृष्ण, मेघा, बुद्धिमान, अमितबाबु रोकाया, राजेश विसी खेमराज रेग्मी, विकाश केसीको अभिनय रहेको छ । ‘कृष्णको राधा’ गीतको भिडियो हेर्नुहोस्–
मन्त्रीले सचिवलाई थप्पड हानेकाे घटनामा प्रतिवेदन तयार
जनकपुरधाम, प्रदेश–२ का मन्त्रीले सचिवलाई झापड लगाएको घटनाको छानविन प्रतिवेदन तयार भएको छ। दुई दिन भित्र प्रतिवेदन सार्वजनिक हुने प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री तथा छानविन समितिका संयोजक ज्ञानेन्द्र यादवले जानकारी दिए। प्रतिवेदनमा समितिका सदस्य प्रमुख सचिव दीपक सुवेदीको हस्ताक्षर हुन बाँकी रहेकाले प्रतिवेदन सार्वजनिकमा ढिलाई भएको हो। सचिव सुवेदी विदामा भएकाले हस्ताक्षर हुन नसकेको बताइएको छ। आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रलायका सचिव विद्यानाथ झालाई पुस २९ गते झापड लगाएपछि विवाद चुलिएको थियो। सात दिनको समय दिएर छानविन समिति गठन भएको थियो। विभिन्न बाहानबाजी देखाउँदै छनाविन समितिले प्रतिवेदन सार्वजनिक गर्न ढिलाई गरिरहेको छ। ‘प्रतिवेदन तयार गरिसकेका छौं,’ समितिका संयोजक मन्त्री यादवले भने, ‘प्रमुख सचिवको हस्ताक्षर हुने वितिकै प्रतिवेदन मुख्यमन्त्रीज्यूलाई बुझाउँछौं।’ सप्तरीको मलेठ घटनाको पनि प्रतिवेदन तयारी भएको उनले जानकारी दिए। ‘मलेठ घटनाको प्रतिवदेन तयारी अवस्थामा छ ’, उनले भने। छानविन समितिका सदस्यसचिव रहेका मुख्य न्यायाधीवक्ता कार्यालयका कर्मचारी सरुवा भएकाले प्रतिवेदनमा उनको हस्ताक्षर हुन सकेको छैन। ‘हस्ताक्षर लिन प्रयासरत छौं,’ मन्त्री यादवले भने। याे समाचार अाजकाे अन्नपूर्ण दैनिकमा प्रकाशित छ ।
कहाँ गायब भयाे पशुपतिनाथकाे ११ सय बिघा जग्गा ?
काठमाडौं – पशुपतिनाथ मन्दिरको जग्गा काठमाडौं उपत्यकामा मात्र छैन । यसका नाममा रौतहट, सर्लाही, सिरहा र पर्सामा ११ सय बिघा जमिन त छ, तर गायबसरह । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । मन्दिर संरक्षक पशुपति क्षेत्र विकास कोषले लामो अनुसन्धानपछि यो पत्ता लगाए पनि फर्काउन सकेको छैन । राजा त्रिभुवनले आफूलाई दूध खुवाएबापत बुबु बडामहारानी (धाई आमा) लाई तराईका ४ जिल्लामा ११ सय बिघा जग्गा बिर्ता दिएका थिए । निःसन्तान बुबु बडामहारानीले जीवनको आखिरी अवस्थामा त्यो जग्गा पशुपतिनाथ (श्री) का नाममा दान गरेकी थिइन् । त्यसको अभिलेख सनद, सवाल, लालमोहर, शिलापत्र, ताजपत्र, भोजपत्र, ताडपत्र आदिमा रहेको कोषले जनाएको छ । यति ठूलो परिमाणको जग्गा गायब पारिएको धेरै वर्ष भने भएको छैन । २०४२ सम्म हकभोग गर्नेहरूले यसको तिरो (कुत) तिरेका थिए । विस्तारै त्यो क्रम रोकियो । २०४४ मा पशुपति क्षेत्र विकास कोष स्थापनापछि भने तिर्ने क्रम ठप्प भयो । कोषले जग्गा छ भन्नेसम्म मतलब गरेन । अभिलेखमा राखेन । अचम्म त यो छ– यसको स्रेस्ता न कोषसँग छ, न मालपोत, न गुठीसँग।
निर्मलाकी आमामाथि हातपात
कञ्चनपुर, पुस २६ । निर्मला पन्तकी आमा दुर्गादेवी पन्तमाथि श्रीमान र कान्छि श्रीमतीले हातपात गरेका छन् । क्षतिपूर्तिको रकम बुझ्ने र डिएनएका लागि रगत दिने विषयमा विवाद भएपछि श्रीमान यज्ञराज पन्तले कान्छी श्रीमतीसँग मिलेर हातपात गरेका हुन । निर्मलाको योनीबाट संकलित भनिएको भेजाइनल स्वाबकै विश्वसनीयतामाथि शंका उब्जिन थालेपछि गत पुस १५ गते कंचनपुर पुगेका प्रहरी निर्मलाको शरीरबाट निकालिएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न आमा दुर्गादेवी पन्तले रगतको नमुना दिएपछि पन्त परिवारमा द्वन्द्व चर्किएको थियो । आफुसँग सल्लाहा नगरी रगतको नमूना संकलन गर्न दिएको भन्दै दुर्गादेवि पन्तलाई श्रीमान यज्ञराज पन्त र उनकी कान्छी श्रीमती लक्ष्मी पन्तले हातपात गरेका छन् । यही बीचमा निर्मलाकी आमाले क्षतिपूर्तिको रकम समेत बुझ्ने बताएकी थिइन । छोरीको स्वभावमा भएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न पन्तले बुधबार महाकाली अञ्चल अस्पतालमा रगतको नमूना संकलन गरेर प्रहरीलाइ दिएकी थिइन् । डीएनए परीक्षणका लागि रगतको नमूना संकलन गरिएको विषयमा असन्तु्ष्टि जनाउँदै श्रीमान र सौताले आफूमाथी दूव्र्यवहार गरेको दुर्गादेवि पन्तले बताइन् । विवादका क्रममा श्रीमानले आफूमाथी हातपात गरेको उनको भनाई छ । छोरीको बलात्कार पछि हत्या भएको ६ महिना वितिसक्दा समेत न्याय नपाएको भन्दै दुर्गादेवीले राहत रकम बुझ्ने निर्णय गरको रगतको नमूना दिएपछि सोही विषयलाई लिएर घरमा विवाद भएको छिमेकीले बताएका छन् ।
सरकारले कोट दियो, राउटेले रक्सी खान बेचे गाउँलेलाई
काठमाडौं, दिएर मात्र नहुने रहेछ, लिनेले त्यसलाई सही ढङ्गले उपयोग गरेन भने । यस्तै एउटा समाचार अहिले चर्चामा छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जाडोमा राउटेहरुलाई सुविस्ता होस भनेर दिएको कोट उनीहरुले बेचेको कुरा सार्वजनिक भएको छ । अचम्म त के छ भने रक्सी खान उनीहरुले सस्तो मूल्यमा कोट बेचेका हुन । सुर्खेतको लेकवेशी नगरपालिका–१ थोत्रीखोलामा बस्दै आएका राउटे समुदायका लागि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले केही दिनअघि कोटलगायतका अन्य विभिन्न सामग्री वितरण गरेको थियो। तर राउटेहरु पनि के कम, रक्सी खान पैसा नपुगेपछि उनीहरुले पैसा जुटाउन कोटलगायत अन्य सामान बेचे । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी मणिराम खरालका अनुसार राउटे समुदायमा पुरुषका लागि कोट, महिलाहरुका लागि गुन्यु, चोलो, ओछ्याउने फर्मलगायतका सामाग्री वितरण गरिएको थियो। लेकवेशी नगरपालिकाकी कार्यपालिका सदस्य धनसरा सुनारले राउटेहरुले महंगो सामान सस्तो मूल्यमा बिक्री गरेको आफूले सुनेको बताइन्। ‘राउटेले कोट बिक्री गरे भन्ने सुनेर बुझ्न यही समुदायमा आएकी छु,’ उनले भनिन्, ‘उनीहरुले हामीसँग बिक्री गर्यौं त भन्न सकेका छैनन्। तर वरिपरिका मानिसले कोट ५०० देखि १ हजार रूपैयाँसम्ममा बिक्री गरेर सस्तो खालको रक्सी खाने गरेको सुनाएका छन्। सुनारले महिलाहरूले लगाउने सामाग्री बिक्री नगरेको र पुरुषहरूलाई दिइएको कोट, जुत्ता, ब्लांकेटलगायतका सामानहरु बेच्ने गरेको पाइएको बताइन्। राउटेले सामान बेचेको पाइए पनि किन्ने व्यक्तिहरु भने पत्ता लगाउन नसकिएको उनले बताइन्। राउटेहरुबाट सामान किन्नेहरूबारे बुझ्ने र उनीहरुलाई कारबाही गरिने सदस्य सुनारले बताइन्। ‘लोपोन्मुख जातिलाई सहयोग गर्नुको साटो राउटेहरुबाटै कोट, जुत्ता किन्ने व्यक्तिको बुझाइ कस्तो होला,’ उनले भनिन्, ‘सहयोग स्वरूप दिइएको सामग्री राउटेहरूबाट किन्ने व्यक्ति पत्ता लगाएर कारबाही गर्छौं।’
आगो ताप्ने क्रममा बागलुङमा ३ बालबालिकाको मृत्यु
बागलुङ, पुष २४ । आगलागीमा परेर जिल्लाको पश्चिम ताराखोला गाउँपालिका-४ मा तीन बालबालिकाको ज्यान गएको छ । ताराखोला गाउँपालिका ४ मा आगो ताप्ने क्रममा मंगलबार यामबहादुर खत्रीको दुई तले खरको गोठमा आगलागी हुँदा तीन बालबलिकाको ज्यान गएको हो । आगलागीमा स्थानीय रूद्रबहादुर रोकाका ६ वर्षीय छोरा रतिश रोका, डिलबहादुर घर्तीको ६ वर्षीय छोरी ऋतु रोका र ४ वर्षीय छोरा आयुष रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। साँझपख लागेको आगो इलाका प्रहरी कार्यालय ताराखोलाबाट गएको प्रहरी टोली र स्थानीय बासिन्दाको सक्रियतामा झण्डै तीन घण्टापछि नियन्त्रणमा लिइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।