मापदण्ड अनुसार ट्रायल स्पट तयार गर्दै ट्रायल सेन्टर

मापदण्ड अनुसार ट्रायल स्पट तयार गर्दै ट्रायल सेन्टरकाठमाडौँ । विगत ६ वर्षदेखि योग्यता नपुर्‍याई सञ्चालनमा रहेका ट्रायल सेन्टरहरूले मापदण्ड अनुसार ट्रायल स्पटको ले आउट निर्माण गर्न थालेका छन् । 

राष्ट्रिय सतर्कता केन्द्रले मापदण्डविपरीत सञ्चालनमा रहेका ट्रायल सेन्टरहरूलाई कारबाहीका लागि निर्देशन दिएपछि ट्रायल सेन्टरहरूले सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४ अनुसार ट्रायल स्पट निर्माण गर्न लागेका हुन्। 

सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) प्राप्त गर्नका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) सेन्टरहरू कानूनविपरीत रहेको पाइएपछि सतर्कता केन्द्रले कारबाहीका लागि निर्देशन दिएको थियो। सतर्कता केन्द्रले कानूनको अक्षरशः कार्यान्वयन गरेर मात्र प्रयोगात्मक परीक्षाहरू सञ्चालन गर्ने, गराउने व्यवस्था मिलाई केन्द्रलाई जानकारी गराउन निर्देशन दिएको थियो। 


यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमति पत्र, एकान्तकुना, ललितपुरले हाल प्रयोगात्मक परीक्षा स्थगित गरी सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४ अनुसार नै ट्रायल स्पट निर्माणको काम भइरहेको जनाएको छ। 

सतर्कता केन्द्रको छानबिन समितिको प्रतिवेदनमा औल्याईएको कैफियतहरूलाई सुधार गर्दै निर्देशिका बमोजिमका मापदण्डहरू अनुसार ट्रायल स्पट निर्माणका लागि सम्बन्धित ट्रायल सेन्टरलाई निर्देशन दिइसकेको र यसका लागि प्रयोगात्मक परीक्षासमेत स्थगित भएको कार्यालयले जनाएको छ।

बिहीबारको तुलनामा घट्यो अमेरिकी डलरको भाउ

काठमाडौं। बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलरको सटही दर घटेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्रा विनिमय दरअनुसार शुक्रबार अमेरिकी डलर १ को खरिद १३३ रुपैयाँ ३१ पैसा तथा बिक्री दर १३३ रुपैयाँ ९१ पैसा निर्धारण छ। बिहीबार अमेरिकी डलर खरिद १३३ रुपैयाँ ३४ पैसा तथा बिक्री १३३ रुपैयाँ ९४ पैसा रहेको थियो। शुक्रबार युरोको सटही दर पनि घटेको राष्ट्र बैंकले जानकारी दिएको छ। बिहीबार खरिद १४३ रुपैयाँ ३० पैसा तथा बिक्री १४३ रुपैयाँ ९५ पैसामा भएको युरोको शुक्रबार खरिद दर १४३ रुपैयाँ ४ पैसा तथा बिक्री दर १४३ रुपैयाँ ६९ पैसा तोकिएको छ। त्यस्तै पाउन्ड स्टर्लिङको सटही दर पनि शुक्रबारका लागि घटेको छ। बिहीबार खरिद १६६ रुपैयाँ ५६ पैसा बिक्री १६७ रुपैयाँ ३१ पैसामा भएको पाउन्ड स्टर्लिङ शुक्रबार खरिद १६६ रुपैयाँ ८ पैसा तथा बिक्री १६६ रुपैयाँ ८३ पैसामा हुनेछ।

सहकारीका कर्मचारीबाट ८० लाख लुटपाट

जनकपुरधाम । दुई जना हतियारधारीले जनकपुरधामबाट सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेका छन् । शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको हो ।  प्रहरीका अनुसार महतोले मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा भएको रकम लुटेको बताएका छन् । महतो बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै गर्दा लुटपाटमा परेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

सुन प्रतिबेदन कार्यान्वयनमा दबाब र प्रभावमा नपर्न प्रधामन्त्रीको निर्देशन

दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन र प्रतिवेदनले औंल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन उपप्रधान एवं गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

परिवार नियोजनका साधन/विधिको छनौट कसरी गर्ने ?

विभिन्न प्रकारका परिवार नियोजनका साधनहरु/विधिहरुका आ–आफ्नै किसिमका फाइदा र वेफाइदाहरु छन् । विभिन्न विधिहरुमध्ये आफूलाई उपयुक्त हुने विधिको बारेमा निर्णय लिनका लागि यौनसाथी वा स्वास्थ्य कार्यकर्तासँग छलफल गर्दा राम्रो हुन्छ । परिवार नियोजनका विधिहरु छनौट गर्दा बिचार गर्नुपर्ने केही कुराहरु यस्ता छन्ः यसले गर्भाधान रोक्छ कि रोक्दैन । यौन प्रसारित संक्रमणहरु रोक्छ कि रोक्दैन । आफ्नो यौनसाथी वा लोग्नेलाई परिवार नियोजनको साधनको प्रयोग गरेको थाहा दिन नचाहने महिलाले कस्तो साधन प्रयोग गर्ने । त्यो विधि सजिलै पाइन्छ की पाईंदैन र कहिलेसम्म प्रयोग गर्नुपर्दछ । त्यो विधि कतिको महंगो छ । त्यसका प्रतिकुल प्रभावहरु छन् कि छैनन् । महिलाले स्तनपान गराउँदा कुन विधि प्रयोग गर्न राम्रो हुन्छ । आफूलाई बच्चाको रहर पुगिसकेको छकि छैन । परिवार नियोजनको साधन/विधि गर्भ रहनबाट सुरक्षा यौन प्रसारित संक्रमणहरुबाट सुरक्षा कति पटक/कति समयमा प्रयोग गर्ने अन्य महत्वपूर्ण जानकारी कण्डम सुरक्षित अत्यन्त सुरक्षित प्रत्येक पटक शुक्रकीटनाशक र पानीजन्य लुब्रिक्यान्टसँगै प्रयोग गरिएमा अत्यन्तै प्रभावकारी हुने । प्रत्येक पटक यौन सम्पर्क राख्दा कण्डमको प्रयोग अनिवार्य । गर्भ निरोधक चक्की—एस्ट्रोजेन र प्रोजेस्टिन मिसाइएको चक्की धेरै सुरक्षित असुरक्षित प्रत्येक दिन प्रत्येक दिन एकै समयमा लिइएमा अत्यन्त प्रभावकारी हुन्छ । दिइएका केहि स्वास्थ्य समस्याहरु भएका महिलाहरुले यो विधिको प्रयोग गर्नुहुँदैन । गर्भ निरोधक चक्की—प्रोजेस्टिन मात्र भएको चक्की (मिनिपिल) धेरै सुरक्षित असुरक्षित प्रत्येक दिन प्रत्येक दिन एकै समयमा लिइएमा मात्र काम गर्छ । स्तनपानका समयमा पनि प्रयोग गर्न सकिन्छ (शिशुको उमेर छ हप्ताको भएपछि शुरु गर्नुपर्दछ) । इम्प्लाण्ट्स् अत्यन्त सुरक्षित असुरक्षित ५/७ बर्ष विशेष तालिम प्राप्त स्वास्थ्य कार्यकर्ताको सहायताले राख्न वा हटाउन सकिन्छ । ५ बर्षमा फेर्नुपर्छ । नेपालमा यो ७ बर्षमा फेरिन्छ । गर्भ निरोधक सुईहरु धेरै सुरक्षित असुरक्षित ३ महिना नेपालमा डिप्रो सुई प्रत्येक ३ महिनामा लगाइन्छ । आई. यू. डी. अत्यन्त सुरक्षित असुरक्षित ५ वा १२ बर्ष ५ वा १२ बर्षसम्म (प्रकारको आधारमा) प्रभावकारी हुन्छ । विशेष तालिम प्राप्त स्वास्थ्य कार्यकर्ताको सहायताले मात्र राख्न वा निकाल्न सकिन्छ । यौनीमा वीर्य स्खलन हुन नदिई लिङ्ग बाहिर निकाल्ने कम सुरक्षित असुरक्षित प्रत्येक पटक प्रत्येक पटक यौन सम्पर्क राख्दा पुरुषले लिङ्ग बाहिर निकाल्नुपर्छ । लिङ्ग बाहिर निकाल्दा समेत लिङ्गबाट केहि तरल पदार्थ (वीर्य) यौन सम्पर्कका बेला योनीमा प्रवेश गरि गर्भ रहन सक्छ वा यौन प्रसारित संक्रमण सर्न सक्छ । स्तनपान (पहिलो ६ महिनाको अवधिमा मात्र) धेरै सुरक्षित असुरक्षित दिन र रात धेरै पटक महिलाले शिशुलाई स्तनको दुध मात्रै खुवाएको छ र उनको महिनावारीको फेरी सुरुवात भएको छैन भने मात्रै यो विधि प्रभावकारी हुन्छ । प्रजनन उर्वरा अवधि सम्वन्धि चेतना सुरक्षित असुरक्षित प्रत्येक पटक महिनावारी चक्र अनियमित भएका महिलालाई यो विधिले काम गर्दैन । यसमा भर पर्नुहुँदैन । योनीमा लिङ्ग प्रवेश नगराई गरिने यौनक्रिया अत्यन्त सुरक्षित भर पर्छ प्रत्येक पटक महिलाको प्रजनन अंगहरुमा लिङ्ग नछोइएमा गर्भ रहँदैन । तर पुरुषहरुले प्रायः यस्तो गर्न रुचाउँदैनन् । बन्ध्याकरण अत्यन्त सुरक्षित असुरक्षित एक पटक स्थायी बन्ध्याकरण गरिएमा महिलाको गर्भाधान हुँदैन । पुरुषले पनि गर्भाधान गराउन सक्दैन ।   आफ्नो परिवेश अनुसार मानिसहरुले विभिन्न विधिहरुको छनौट गर्दछन् । प्रत्येक दिन केहि गर्नुपर्ने झन्जट म रुचाउँदिन । ‘म आफ्नो योनी वा पाठेघरमा कुनै पनि कुरा राख्न चाहन्न तपाईं यो रोज्नुहोस्ः : इम्प्लाण्ट्स्, गर्भ निरोधक सुई, आई, यू. डी. तपाईं यो रोज्नुहोस्ः : खानेचक्की, इम्प्लाण्ट्स्, पुरुषको कण्डम, प्रजनन उर्वरा अवधि सम्वन्धि चेतना तपाईं यो नरोज्नुहोस्ः खानेचक्की, प्रजनन उर्वरा अवधि सम्वन्धि चेतना तपाईं यो नरोज्नुहोस्ः महिलाको कण्डम, आई. यू. डी. मैले गर्भ निरोधक विधि प्रयोग गरिरहेको कुरा मेरा आमावावुले थाहा नपाउन् । मेरो सन्तानको रहर पुगिसक्यो । २ वटा बच्चाहरु हुर्काउनु काफी छ । तपाईं यो रोज्नुहोस्ः : गर्भ निरोधक सुईहरु, कण्डम तपाईं यो रोज्नुहोस्ः :इम्प्लाण्ट्स्, गर्भ निरोधक सुईहरु, आई. यू. डी., पुरुष वा महिलाको बन्ध्याकरण तपाईं यो नरोज्नुहोस्ः खानेचक्की तपाईं यो नरोज्नुहोस्ः प्रजनन उर्वरा अवधि सम्वन्धि चेतना म तुरुन्तै होइन, एक बर्षभित्र बच्चा पाउने इच्छा छ । धेरैसँग मैले यौनसम्पर्क राखेको छु र मेरी श्रीमतीलाई एच. आई. भी. बाट जोगाउन चाहन्छु । तपाईं यो रोज्नुहोस्ः : कण्डम, खानेचक्की, प्रजनन उर्वरा अवधि सम्वन्धि चेतना तपाईं यो रोज्नुहोस्ः : कण्डम तपाईं यो नरोज्नुहोस्ः इम्प्लान्ट्स्, गर्भनिरोधक सुईहरु, आई. यू. डी., बन्ध्याकरण n तपाईं यो नरोज्नुहोस्ः कण्डमको प्रयोग विना यौनसम्पर्क राख्नु कुनै ब्यक्तिले एक भन्दा वढी विधिको प्रयोग गर्न सक्छ । हामी उर्वरा अवधि र कण्डमको प्रयोग गर्दछौं । मेरी साथीले डिपो सूई लगाउँछिन् र यौन प्रसारित संक्रमण रोक्न हामी कण्डमको प्रयोग गर्दछौं । कण्डम कण्डम भनेको यौनसम्पर्कका वेला पुरुषले आफ्नो लिङ्गमा लगाउने पातलो रवरको खोल हो । स्खलन भएको पुरुषको वीर्य कण्डम भित्र रहन्छ जसका कारण योनीभित्र शुक्रकीटको प्रवेश हुन पाउँदैन र गर्भ रहँदैन । कण्डम सुरक्षित हुन्छन् र तिनका कुनैपनि प्रतिकूल प्रभावहरु हुँदैनन् । एच. आई. भी. लगायतका यौन प्रसारित संक्रमणहरुको रोकथामका लागि कण्डम अत्यन्त प्रभावकारी उपाय हो ।जन्म नियन्त्रणका अन्य विधिहरुको प्रयोग गरिरहेको भएमा पनि आफूलाई र आफ्नो यौनसाथीलाई यौन प्रसारित संक्रमणहरुबाट जोगाउन कण्डमको प्रयोग गर्न सकिन्छ । जापानमा धेरै पुरुषहरुले यौन प्रसारित रोगबाट बचावट गर्न कन्डमको प्रयोग गर्दछन् । कण्डमले गर्भाधान र यौन प्रसारित संक्रमण दुवै रोक्दछ । तर प्रत्येक पटक यौनसम्पर्क राख्दा कण्डमको प्रयोग गर्ने इच्छाशक्ति भने पुरुषमा हुनैपर्छ । कण्डमको टुप्पो थिच्नुहोस् र यसलाई उत्तेजित एवं कडा लिङ्गको फेदसम्म नढाकेसम्म फुकाउनुहोस् । कण्डमको टुप्पोमा रहेको खालि भागमा पुरुषको वीर्य जम्मा हुन्छ । (कण्डम लगाउँदा टुप्पोमा केही भाग खालि नछोडिएमा कण्डम फुट्न सक्छ ।) यौन सम्पर्कबाट वीर्य स्खलन भइसकेपछि लिङ्ग कडा नै रहेको अवस्थामा कण्डमको किनारामा समातेर योनीबाट लिङ्ग बाहिर निकाल्नुपर्छ । त्यसपछि वीर्य नखस्ने गरी लिङ्गबाट कण्डम विस्तारै निकाल्नुहोस् । कण्डमलाई गाँठो पारि अरुले देख्ने वा हिंड्ने ठाउँमा नफाली फोहरमा राखिदिनुहोस् । प्रत्येक पटक यौनसम्पर्क राख्दा नयाँ कण्डमको प्रयोग गर्नुहोस् । महिलाले प्रयोग गर्ने कण्डम भित्री रिङ (गोलो घेरा) योनीको भित्र जान्छ । वाहिरी रिङ (गोलो घेरा) योनीको वाहिर रहन्छ । महिलाले प्रयोग गर्ने कण्डम योनीभित्र राम्रोसँग बस्छ र भगद्वारको बाहिरि ओठलाई ढाक्छ । पुरुष कण्डमभन्दा यो ठूलो हुन्छ र फुट्ने सम्भावना न्यून रहन्छ । महिलाले प्रयोग गर्ने कण्डमहरुले एच. आई. भी. र अन्य यौन प्रसारित संक्रमणहरुबाट जोगाउँछन् । महिलाले लगाउने र पुरुषले लगाउने कण्डमहरु एकसाथ भने प्रयोग गर्नुहुँदैन । नेपालमा यसको प्रयोग हुने गरेको छैन । चिल्लो पार्ने पदार्थहरु (लुब्रिक्यान्टस्)कण्डमहरुलाई फुट्नबाट जोगाउन थुक (राल) वा के-वाई जेली जस्ता पानीमा आधारित लुब्रिक्यान्टको प्रयोग गर्नुहोस् । खाने तेल, बच्चाको तेल, पेट्रोलियम जेली (भ्यासलिन), छालामा लगाउने क्रिम वा लोसन अथवा नौनी/घिउको प्रयोग नगर्नुहोस् किनकी त्यस्ता उत्पादनहरुले रवरलाई कमजोर बनाउँछन् र कण्डमलाई फुटाउन सक्दछन् । लुब्रिक्यान्टहरुले महिला र पुरुष दुवैलाई यौनान्दमा टेवा दिन्छन् । शुक्रकीटनाशक शुक्रकीटनाशकहरु फींज (फोम), ट्याबलेटहरु, क्रिम, जेली वा flat strips को रुपमा हुन्छन् जुन योनीमा घोलीई शुक्रकीटलाई नाश गर्दछन् र जसले गर्दा डिम्वलाई तिनले प्रजनन गराउन सक्दैनन् । लगाउन प्रयोग गरिने (एप्लीकेटर) शुक्रकीटनाशक औषधीलाई यौन सम्पर्क राख्नुभन्दा ठीक अघि योनीभित्र राख्नुपर्छ । यदि यसको मात्रै प्रयोग गरिएमा यो कम प्रभावकारी हुन सक्छ, तर कण्डमसँगै यसको समेत प्रयोग गरिएमा गर्भनिरोधमा थप सुरक्षा दिन्छ । शुक्रकीटनाशक औषधीले यौन प्रसारित संक्रमण वा एच. आई. भी.का बिरुद्धको रक्षा गर्दैन । गर्भ निरोधक चक्कीहरु गर्भ निरोधक चक्कीहरुमा हर्मोनहरु हुन्छन् जुन महिलाहरुको शरिरमा पाइने प्राकृतिक हर्मोनहरु जस्तै हुन्छन् । महिलाहरुको डिम्वासयबाट डिम्व निश्कासन हुन नदिई तिनले गर्भनिरोधकको काम गर्दछन् । २ मुख्य प्रकारका गर्भनिरोधक चक्कीहरु छन्ः एस्ट्रोजेन र प्रोजेस्टिन नामक दुई हर्मोनहरु भएका मिश्रित चक्कीहरु र प्रोजेस्टिन मात्र भएका साना चक्कीहरु । केही प्रचलित ब्यापारिक नामहरु को मुखबाट लिइने गर्भ निरोधक औषधीहरुमा दिइएका छन् । गर्भ निरोधक चक्कीहरुले एच. आई. भी. वा अन्य यौन प्रसारित संक्रमणहरुका बिरुद्ध रक्षा गर्दैनन् । तिनबाट जोगाउन कण्डमको प्रयोग गर्नुपर्छ । केहि महिलाहरुले खाने चक्कीको प्रयोग गर्न रुचाउँदछन् किनकी यसले तिनको महिनावारी चक्रलाई झनै नियमित बनाउँदछ । जसले गर्दा कहिले तिनको महिनावारी शुरु हुन्छ भनी ठ्याक्कै थाहा पाउँछन् । खानेचक्कीको प्रयोगले महिनावारीबाट निस्कने रगतमा समेत कमी आउँछ र ऐंठन एवं दुखाई कम हुन्छ । जन्म निरोधक चक्कीहरुले क्यान्सर गराउँदैनन् । मिश्रीत खाने चक्कीहरु (एस्ट्रोजेन र प्रोजेस्टिन भएका खाने चक्कीहरु) Different brands of मिश्रीत गर्भ निरोधक खाने चक्कीहरुका विभिन्न ब्यापारिक नामहरुमा यि दुई हर्मोनहरुका फरक मात्राहरु हुन्छन् । खाने चक्कीको मापदण्डयुक्त मात्राको लागि प्रचलित मिश्रणहरु छन्, जस्तोकी प्रोजेस्टिनको १ मिलि ग्राम (मि. ग्रा.) वा त्यसभन्दा कम र ethinyl estradiol भनिने एष्ट्रोजेनको ३० वा ३५ माइक्रोग्राम वा मेस्ट्रानल भनिने एष्ट्रोजेनको ५० माइक्रोग्राम । मिनिपिल मिश्रीत खाने चक्की होइन । यसमा प्रोजेस्टिन मात्र हुन्छ । प्रत्येक दिन एकै समयमा लिइएमा खाने चक्की धेरै प्रभावकारी हुन्छ । धेरैजसो महिलाहरुले यो सजिलै प्रयोग गर्छन् । मिश्रीत खाने चक्की सेवन गर्ने तरिका गर्भ नरहेको कुरा निश्चित भएपछि महिलाले चक्की लिन सक्छिन् । तर तपाईंले एक हप्ता देखि खानेचक्की लिइरहनुभएको छैन भने त्यसले गर्भ निरोध गर्न सक्दैन । त्यसकारण गर्भ निरोधक खाने चक्की शुरु गरेको पहिलो ७ दिनको अवधिमा कण्डमको प्रयोग गर्नुहोस् वा यौनसम्पर्क नराख्नुहोस् । कुनै दिनमा यौन सम्पर्क नराखेमा समेत गर्भाधारण रोक्न प्रत्येक दिन १ खानेचक्की लिनैपर्छ । यसलाई प्रत्येक दिन एकै समयमा लिने गर्नुहोस् । यदि तपाईंले सुत्ने ठाउँमा खानेचक्की राखेमा प्रत्येक रात सुत्नु अघि एउटा खानका लागि सम्झिन सहयोग गर्छ । धेरैजसो मिश्रीत खानेचक्कीहरु २८ वा २१ चक्की भएको पुरीयामा उपलब्ध हुन्छन् । मिश्रीत खानेचक्कीका प्रतीकूल प्रभावहरु प्रतीकूल प्रभावहरुको बारेमा थाहा पाएपछि तिनलाई कसरी कम गर्ने भनेर स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ । करिव ३ महिनापछि तिनिहरु प्रायः कम हुन्छन् । दुःखी हुनु वा छिट्टै रिस उठ्नु टाउको दुख्नु’ महिनावारी गडवडी हुनु स्तन गह्रुङ्गो हुनु वाकवाकी लाग्नु मिश्रीत खाने चक्की सेवन गर्ने ३ वटा तरिकाहरु २८ दिने सेवनः हर्मोनयुक्त खानेचक्की २१ दिनसम्म खाएपछि ७ दिनसम्म पुरियामा रहेका हर्मोन नभएका अतिरिक्त खानेचक्कीहरु (reminder pills) खानुपर्छ । त्यस ७ दिनको अवधिमा सामान्य अवधि जस्तै प्रत्येक महिना रक्तश्राव हुन्छ । २८ चक्कीहरु भएको पुरिया भएमा प्रत्येक दिन एउटा चक्की खानुपर्छ । अन्तिम ७ वटा चक्कीहरु हर्मोन नभएका र ति प्रत्येक दिन चक्की लिने वानीलाई सम्झाउनका लागि राखिएका हुन्छन् । पुरियामा रहेका अन्तिम ७ चक्कीहरुको रङ अरुभन्दा फरक हुन्छ । २१ चक्कीहरु भएको पुरिया भएमा २१ दिनसम्म प्रत्येक दिन एउटा चक्की खानुपर्छ । त्यो सकिएको ७ दिनसम्म चक्की खाइन्न । त्यसपछि नयाँ पुरियाको सुरुवात गर्नुपर्छ । विस्तारित अवधिको सेवनः हर्मोनयुक्त खानेचक्की ८४ दिनसम्म लहरै सेवन गर्नुहोस् र त्यसपछि ७ दिनसम्म नखानुहोस् । कहिलेकाहिं चक्कीहरु ९१ चक्कीहरु (८४ वटा हर्मोनयुक्त र हर्मोन नभएका ७ वटा सम्झिनका लागि रहेका चक्कीहरु) भएको पुरियामा पाइन्छन् । ति ७ दिनको अवधिमा महिनावारी चक्रमा भएजस्तै तपाईंलाई सामान्य रक्तश्राव हुनेछ तर ३ महिनाको अवधिमा एकपटक मात्र । धब्बा (धेरै कम रक्तश्राव) देखिन सक्छ, तर केही महिनापछि हराएर जान्छ । यो नेपालमा प्रयोग गरिन्न । निरन्तरको प्रयोगः प्रत्येक दिन हर्मोनयुक्त चक्की खानुपर्छ । अनियमित रक्तश्राव भएमा केही दिनको नियमित रक्तश्रावका लागि ३–४ दिन चक्की खान छोडौं र त्यसपछि फेरी प्रत्येक दिन चक्की खान शुरु गर्नुहोस् । मिश्रित खाने चक्की सेवन गर्ने यि सबै तरिकाहरु सुरक्षित छन् । मिश्रीत चक्कीको सेवन गर्ने सबैले १ वा वढी चक्की खान बिर्सेमा के गर्ने भनी जान्न जरुरी छः यदि १ वा २ चक्की खान बिर्सेमा, थाहा पाएको जतिसक्दो चाँडो १ चक्की खानुपर्छ । त्यसपछि अर्को चक्की नियमित समयमै खानुपर्छ । यसको मतलव एक दिनमा २ वटा चक्की लिनुपर्छ । यदि ३ चक्की खान बिर्सेमा, क्रमिक रुपमा ३ दिन, १ चक्की तुरुन्तै खानुपर्छ । त्यसपछि नियमित समयमै प्रत्येक दिन १ चक्की खानुपर्छ । तपाईंको महिनावारी चक्र शुरु नहोउन्जेल श्रीमानलाई कण्डमको प्रयोग गर्न लगाउनुपर्छ वा लहरै ७ दिनसम्म चक्की नखाउन्जेल यौनसम्पर्क राख्नुहुँदैन । समयमै महिनावारी नभएमा र केही चक्कीहरु खान छुटाएमा चक्की निरन्तर रुपमा खानुपर्छ, तर गर्भाधारण परिक्षण (pregnancy test) गर्नुपर्छ । यदि तपाईं गर्भवती रहेको थाहा भएमा चक्की खान छोड्नुपर्छ । मिश्रीत चक्की खान छोड्ने जुनसुकै बेला खानेचक्की खान छोड्न सकिन्छ । तर त्यसपछि तुरुन्तै गर्भ रहन सक्छ । त्यसकारण गर्भाधारण गर्न नचाहेमा कण्डम वा अन्य विधिको प्रयोग गर्नुपर्छ । मिश्रीत चक्कीको प्रयोग कसले गर्नुहुँदैन केही महिलाहरुमा स्वास्थ्य समस्याहरु हुन्छन् जसले मिश्रीत चक्कीको उपयोग गर्नुहुँदैन । मिश्रीत चक्कीको उपयोग गर्नुहुँदैन यदिः उच्च रक्तचाप (१६०/११० वा वढी) भएमा । उच्च रक्तचापबारे थप जानकारीका लागि मुटुसम्बन्धि रोगहरु (तयारीको क्रममा) हेर्नुहोस् । मधुमेह भएको २० वर्षभन्दा वढी भएमा । ३५ बर्षभन्दा वढी उमेरको महिलाले र धुम्रपान गर्ने महिलाले । माइग्रेन (वाकवाकी सहितको गम्भिर टाउको दुखाई) सँगसँगै दृष्टी सम्वन्धि गम्भिर समस्याहरु भएमा । स्तन क्यान्सर, कलेजोको क्यान्सर वा गर्भाशयको क्यान्सर । पित्तथैली सम्वन्धि रोग । स्ट्रोकको इतिहास (पक्षघात गराउने आक्रमण) भएमा । रक्तवाहिनी नशामा रगत जम्नु (यसले प्रायः एउटा खुट्टा सुन्निने र दुख्ने हुन्छ) । कलेजोको रोग वा हेपाटाइटिस। यि मध्येका कुनै पनि स्वास्थ्य समस्याहरु भएका धेरैजसो महिलाहरुले मिश्रीत चक्कीको सट्टामा सुरक्षित तवरले प्रोजेस्टिन मात्र भएका मिनिपिल वा प्रोजेस्टिन मात्र भएका गर्भ निरोधक नरप्लान्ट वा सुईहरु प्रयोग गर्न सक्छन् । स्तन क्यान्सर वा गर्भाशयको क्यान्सर भएका महिलाहरुले हर्मोनयुक्त परिवार नियोजनका विधिहरुको उपयोग नगरी त्यसको सट्टामा अर्को विधिको प्रयोग गर्नुपर्छ । मिश्रीत चक्कीलाई प्रभाव पार्ने औषधीहरु Rifampicin (क्षयरोगको एउटा औषधी), ritonavir (एच. आई. भी. को एउटा औषधी) र केही कम्प हुने रोगका औषधीहरु (epilepsy medicines) ले जन्म निरोधक खाने चक्कीलाई कम प्रभावकारी बनाउँदछन् । यदि यस्ता औषधीहरु लिइरहेको भएमा परिवार नियोजनका अन्य विधिहरुको उपयोग गर्नुपर्छ । मधुमेहको लागि इन्सुलिन लिइरहेका महिलाले जन्म निरोधक चक्की खान शुरु गरेपछि चिकित्सकसँग सल्लाह गरेर इन्सुलिनको मात्रा मिलाउनुपर्छ । कसले अन्य विधिहरुबारे बिचार गर्नुपर्ने केही अन्य स्वास्थ्य समस्याहरु पनि छन् जसले मिश्रीत चक्की प्रयोग गर्नुभन्दा अघि सोच्नुपर्छ । यि स्वास्थ्य समस्याहरु भएका महिलाहरुले अर्को परिवार नियोजनको विधि अपनाउनु सुरक्षित हुन्छः उच्च रक्तचाप (१४०/९० भन्दा माथि) । उच्च रक्तचाप बारे थप सामग्रीका लागि मुटुसम्वन्धि रोगहरु (तयारीको क्रममा) हेर्नुहोस् । ३५ बर्षभन्दा वढी उमेर भएमा र माइग्रेन टाउको दुखाई (वाकवाकी सहितको गम्भीर प्रकृतिको टाउको दुखाई) भएमा । यस्ता स्वास्थ्य समस्याहरु भएकी महिलाले मिश्रीत चक्कीहरु लिइरहेको भएमा समस्याहरु झन् नबढोस् भनेर विचार गर्नुपर्छ । यदि कुनै परिवर्तन नभएमा उनलाई मिश्रीत चक्कीको प्रयोगलाई निरन्तरता दिनु ठीकै छ । यदि समस्याहरु झनै खराब भएमा उनले तुरुन्तै खानेचक्की लिन छोड्नुपर्छ । आकस्मिक गर्भनिरोधक चक्कीगर्भ निरोधका उपायविना यौनसम्पर्क राखेमा वा कण्डम फुटेमा पनि गर्भ निरोधक चक्कीको सहायताले गर्भाधारणलाई रोक्न सकिन्छ । यसलाई आकस्मिक गर्भनिरोधक भनिन्छ र यसले यौनसम्पर्क भएपछिको पहिलो ५ दिनसम्म काम गर्दछ । जति चाँडो यसलाई लिइयो, त्यती नै राम्रोसँग यसले काम गर्दछ । यसले महिलाको डिम्व निष्काशनलाई ढीलो बनाउँछ र गर्भाधारणको सुरुवात हुन सक्दैन । यदि महिला पहिले नै गर्भवति भइसकेको भएमा आकस्मिक गर्भ निरोधले गर्भाधारण रोक्न सक्दैन । आकस्मिक गर्भनिरोध लगभग सबैजसो महिलालाई सुरक्षित मानिन्छ । तर यसको प्रयोग जथाभावि गर्नुहुँदैन । आकस्मिक गर्भ निरोधका विशेष चक्कीहरु धेरै देशहरुमा उपलब्ध छन्। तपाईंले १ वा २ वटा चक्कीहरु लिनुपर्ने हुन्छ । निर्देशनहरु ध्यानपूर्वक पढ्नुहोस् । यदि यस्ता विशेष चक्कीहरु उपलब्ध नभएमा केहि किसिमका नियमित गर्भनिरोधक चक्कीहरु पनि प्रयोग गर्न सकिन्छ। उदाहरणको लागि मिनिपिल मा levonorgestrel वा norgestrel (यि दुवै प्रोजेस्टिनका प्रकारहरु हुन्) को थोरै मात्रा हुन्छ । त्यसकारण प्रत्येक चक्कीमा कति मात्रा छ भन्ने आधारमा ४० वा ५० चक्कीहरु लिंदा एउटा विशेष चक्कीको जम्मा मात्रा समान हुन्छ। मिनिपिल मिनिपिल २८ चक्कीहरु + १२ चक्कीहरु = ४० चक्कीहरु प्रत्येक चक्कीमा ०.०३७५ मि. ग्रा. levenorgestrel भएका ४० मिनिपिलहरु =   १.५ मि. ग्रा. levenorgestrel भएको १ आकस्मिक चक्की जन्म निरोधक मिश्रित चक्कीहरु मध्ये केही थोरै मात्र आकस्मिक गर्भनिरोधको रुपमा प्रयोग गर्न सकिन्छ । तिनमा के छ र कतिवटा लिने (प्रायः शुरुमा ४ वा ५ चक्कीहरु र त्यसपछि १२ घण्टापछि त्यती नै मात्रा) भनी तपाईंले ठ्याक्कै थाहा पाउनुपर्छ । आकस्मिक गर्भनिरोधले एउटा महिलालाई स्वास्थ्यकर्मीले जानकारी दिएपछि उनलाई परिवार नियोजनको विधि थाहा पाउन सहयोग गर्न सक्छन् । प्रोजेस्टिन मात्र भएका साना चक्कीहरु (मिनिपिल) यस जन्म निरोधक चक्कीमा एष्ट्रोजेन नभई प्रोजेस्टिन मात्र रहेको हुन्छ । मिश्रीत गर्भनिरोधक चक्कीहरु प्रयोग गर्न नसक्ने धेरैजसो महिलाहरुलाई यो सुरक्षित छ र मिश्रीत चक्कीहरु भन्दा केही कम प्रतिकूल प्रभावहरु हुन्छन् । सानो चक्कीले स्तनपान गराउने आमाहरुको दुध आपूर्तीमा कमी ल्याउँदैन । सानो चक्की सेवन गरीरहेका महिलाहरुलाई अनियमित महिनावारी, महिनावारीको समयमा छिटपुट रक्तश्राव वा महिनावारी नै नहुने हुनसक्छ । सानो चक्कीको पुरियामा रहेका सबै चक्कीहरुमा उस्तै मात्रामा हर्मोन रहेको हुन्छ । प्रत्येक दिन एक चक्की सेवन गर्नुपर्छ । साना चक्कीहरु कसरी खाने] मासिक रक्तश्राव शुरु भएको पहिलो दिनदेखि पहिलो चक्की खानुपर्छ । यौनसम्पर्क नराखेपनि प्रत्येक दिन एकै समयमा १ चक्की खानुपर्छ । मासिक रक्तश्राव नभएपनि एउटा पुरियाका चक्की सक्किने बित्तिकै अर्को दिनदेखि नयाँ पुरियाबाट चक्की खान शुरु गर्नुपर्छ । कुनै पनि दिन चक्की खान छुटाउनुहुँदैन । पुरियाको प्रत्येक चक्कीमा समान मात्रामा प्रोजेस्टिन रहेको हुन्छ । सानो चक्की खान केही घण्टा पनि ढिलो गर्नुभएमा वा एक दिन खान विर्सनुभएमा पनि यौन सम्पर्कको कारणबाट गर्भ रहन सक्छ । यदि सानो चक्की खान बिर्सिएमा सम्झिने बित्तिकै जतिसक्दो चाँडो खाइहाल्नुपर्छ । त्यसपछि अर्को चक्की नियमित समयमै खानुपर्छ एकै दिनमा २ चक्की खाएको जस्तो भएपनि । ७ दिनसम्म यौनसम्पर्क नराख्ने वा कण्डमको प्रयोग गर्नुपर्छ । नियमित समयभन्दा ढिलो गरी चक्की खाएमा वा खान बिर्सिएमा थोरै रक्तश्राव हुन्छ । सानो चक्कीका सम्भावित प्रतिकूल प्रभावहरु प्रोजेस्टिन मात्र भएका सानो चक्कीहरुका धेरैजसो देखिने प्रतिकूल प्रभाव भनेको मासिक रक्तश्रावमा गडवडी हुनु हो । महिनावारी नै पूर्ण रुपमा रोकिन सक्छ । यो खतरापूर्ण हुँदैन । अन्य असरहरुमा तौलमा बृद्धि, टाउको दुखाई र डण्डिफोर आउनु हुनसक्छन् वा महिनाको बिचमा पनि रक्तश्राव हुनसक्छ । सानो चक्कीलाई प्रभाव पार्ने औषधीहरु Rifampicin (क्षयरोगको एउटा औषधी), ritonavir (एच. आई. भी. को एउटा औषधी) र केही कम्पन हुने रोग (epilepsy) का औषधीहरुले जन्म निरोधक चक्कीहरुको प्रभाव कम गर्छन् । यस्ता औषधीहरु लिइरहेको खण्डमा परिवार नियोजनका अन्य विधिहरुको उपयोग गर्नुपर्छ । मधुमेहका लागि इन्सुलिन लिइरहेका महिलाहरुले जन्म निरोधक चक्की लिन शुरु गरेपछि इन्सुलिनको मात्रा मिलान गर्नुपर्ने हुनसक्छ । साना चक्की खान छोड्ने गर्भवती हुन चाहेमा वा परिवार नियोजनको अन्य विधि उपयोग गर्न चाहेमा जुनसुकै समयमा साना चक्की खान छोड्न सकिन्छ । यो चक्की खान छोड्ने बित्तिकै महिलाले गर्भाधारण गर्न सक्छिन् । त्यसकारण गर्भवती हुन नचाहनेले भने तुरुन्तै अर्को विधिको सुरुवात गर्नुपर्छ ।

पूर्वी नेपालका ६ जिल्लामा भारी वर्षा, अब पश्चिमतर्फ सर्दै

काठमाडौं । आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको छ । जल तथा मौसम विभागका अनुसार देशका विभिन्न जिल्लामा अति भारी वर्षा भएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा १६ ठाउँमा वर्षाले चेतावनी तह पार गरेको छ ।  महाशाखाका अनुसार कोशी प्रदेशको झापामा अति भारी वर्षा भएको छ । झापाका अधिकांश ठाउँमा पछिल्लो २४ घण्टामा २ सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ । चन्द्रगढीमा सबैभन्दा बढी २६३ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै केचनामा पछिल्लो २४ घण्टामा २२२ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै इलाममा समेत अति भारी वर्षा भएको छ । इलाममा पछिल्लो २४ घण्टामा २३७ मिलिमिटर वर्षा भएको छ । झापाको गौरादह र अनारमनी बिर्तामा पनि २ सय मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ । त्यस्तै पाल्पाको जाल्पा र अर्चलेमा समेत धेरै भारी वर्षा भएको छ । जाल्पामा पछिल्लो २४ घण्टामा १४८ र अर्चलेमा १५३ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै मोरङ, सप्तरी र उदयपुरमा समेत पछिल्लो २४ घण्टामा धेरै वर्षा भएको छ । एक दिनमै १ सयदेखि २ सय मिलिमिटर पानी पर्दा त्यसलाई भारी वर्षा भन्ने गरिन्छ । त्यस्तै २४ घण्टाको अवधिमा २ सय मिलिमिटरभन्दा बढी पानी परेमा त्यसलाई अतिभारी वर्षा भनिन्छ । त्यसैगरी ५० मिलिमिटरदेखि १ सय मिलिमिटरसम्मलाई सामान्य, १० मिलिमिटरदेखि ५० मिलिमिटरसम्मलाई मध्यम र १० मिलिमिटरभन्दा कमलाई हल्का वर्षाका रूपमा वर्गीकरण गरिन्छ ।

प्रमुख प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रद्दबारे सामान्य प्रशासन मन्त्रीसँग जवाफ माग

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)की सांसद दुर्गा राईले कर्मचारीको अमेरिका भ्रमण रद्द गराएकोमा आपत्ति जनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्तासँग जवाफ माग गर्नुभएको छ । बिहीबार (आज) बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बाराको जितपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण प्रतिशोधका आधारमा रद्द गरेको भन्दै आपत्ति जनाउनुभएको छ । राजनीतिक आस्थाको आधारमा कर्मचारीमाथि डन्डा चलाउन पाइन्छ ? भन्दै सांसद राईले अमेरिका भ्रमणको अन्तिम समयमा आएर प्रतिशोध राखेर रद्द गर्दा कर्मचारीले कुन मनोबलले काम गर्ने भन्दै मन्त्री गुप्तासँग जवाफ माग गर्नुभएको हो ।  संयुक्त राज्य अमेरिकामा आयोजना हुन लागेको ४ दिने कार्यक्रममा जानका लागि सम्पूर्ण तयारी गरिसकेकी काफ्लेलाई मन्त्रालयले अन्तिम समयमा आएर भदौ १८ गते मन्त्रिस्तरीय निर्णयबाट उनको भ्रमण रद्ध गरिएको थियो । यूएसडएडको कार्यक्रममा भाग लिन एक दर्जन अधिकारी अमेरिका जाने कार्यक्रम तय भएको थियो।

३० औँ विश्व आदिवासी दिवस सम्पन्न

काठमाडौँ। ३०औं विश्व आदिवासी दिवस आज मनाइएको छ । शुक्रबार दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा काठमाडौँमा झाँकीसहितको र्‍याली निकालेको थियो। मगर, थारु, नेवार, तामाङ, राई र लिम्बूलगायत जातीय संस्थाहरुले आफ्नो ब्यानर र्‍याली निकालेका छन् भने र्यालीमा सहभागीहरु परम्परात पोशाकमा सजिएका थिए । भृकुटीमण्डपबाट निकालिएको र्‍याली कमलादीस्थित प्रज्ञा भवन सम्म पुगेको थियो । प्रज्ञा भवनमा महासङ्घ ३०औं विश्व आदिवासी दिवसको अवसरमा कार्यक्रममा गरेको थियो ।कार्यक्रममा आदिवासी जनजातिबाट राज्यका उच्च पदमा आसिन नेता तथा सामाजिक व्यक्तित्वको सहभागीता थियो ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउने प्रयास, संयन्त्रको बैठक जारी

काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउन गठित संयन्त्रको बैठक गृह मन्त्रालयमा जारी छ। बैठकमा संयन्त्रका सदस्य गृहमन्त्री रमेश लेखक, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का मुख्य सचेतक महेश बर्तौला र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मालगायत सहभागी छन्। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीकोसमेत उपस्थिति रहेको छ।

सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री

लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  गौतम बुद्धको शिक्षामा विश्वास गरे व्यक्ति, समुदाय र राष्ट्रहरूबीच रहेका विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत पुग्ने बताएका छन् । २५६८ औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा आज आयोजित चित्रकला प्रदर्शनी कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बुद्धले शाश्वत वाणीहरू विश्वमा झनै सान्दर्भिक हुँदै गएको बताए। “बुद्धको शाश्वत अहिंसा, करुणा र आन्तरिक शान्तिको सन्देश आजको विश्वमा झन् सान्दर्भिक भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “म विश्वस्त छु, बुद्धको शिक्षाको विश्वासपूर्ण अनुसरणले व्यक्ति, समुदाय र राष्ट्रहरूबीच विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत गर्नेछ ।” लुम्बिनी आउँदा आफूलाई सँधै खुशी अनुभूत हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लुम्बिनीले विश्वका सम्पूर्ण मानवका लागि शान्तिको केन्द्रका रूपमा ऐतिहासिक र सांस्कृतिक महत्त्व राख्ने बताए। उनले भने, “नेपाल सरकारले लुम्बिनीलाई धार्मिक, सांस्कृतिक, ऐतिहासिक स्थलको रूपमा मात्र नभई बुद्ध धर्मको स्रोत र शिक्षा र बौद्धिक खोजको केन्द्रको रूपमा विकास गर्ने प्रतिबद्धता पटक–पटक व्यक्त गरेको छ ।” सांस्कृतिक सम्पदाको प्रदर्शनका लागि गरिएका अथक प्रयासहरूप्रति धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले विशिष्ट कलाकारहरूको सिर्जनशीलता र जोश प्रेरणादायी भएको बताए।  नेपाल–भारत सम्बन्धको सन्दर्भमा सांस्कृतिक आयामले विशेष स्थान ओगटेको बताउँदै प्रधानमन्त्रीले दुई देशका जनतालाई प्राचीन कालदेखि नै सांस्कृतिक आयामले नजिक राखेको उल्लेख गरे।  “हाम्रो सांस्कृतिक सम्पदा गर्वको स्रोत मात्र होइन,” प्रधानमन्त्री प्रचण्डले भने, “यो ज्ञान, मूल्य र परम्पराहरूको खजाना हो, जसले हाम्रो जीवनलाई समृद्ध बनाउँछ र हाम्रो पहिचानलाई आकार दिन्छ ।” परस्पर समझदारी, विश्वास, सम्मान र सहयोगले नेपाल–भारत प्राचीन कालदेखि चलेको बहुआयामिक सम्बन्धलाई परिभाषित गर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले भौगोलिक निकटता र विभिन्न तहमा बढ्दो क्रस–सेक्टोरल र बहुपक्षीय संलग्नताद्वारा अझ बलियो बनाइएको स्पष्ट पारे।  “हाम्रा जनताको आकांक्षाअनुसार नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार पूर्ण प्रतिबद्ध छ,” प्रधानमन्त्री प्रचण्डले भने, “उपलब्ध अवसरहरूको सन्दर्भमा विभिन्न क्षेत्रमा अर्थपूर्ण साझेदारीको लागि बदलिँदो वास्तविकता र अवसरहरूलाई ध्यान दिनुपर्नेछ ।”

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्र बनाउन निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा फिर्ता ल्याउने कामलाई तीव्र बनाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ।  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले यसअघि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक र सरकारी जग्गा फिर्ता ल्याउन गरिएको परिपत्र कार्यान्वयमा चासो राखेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो। मन्त्रालयले प्रशासनलाई हालसम्म भएका कामको विवरण पठाउन र दैनिक प्रगति रिपोर्टिङ गर्न निर्देशन दिएको छ।  मन्त्रालयले शुक्रबार गरेको पत्राचारमा मुलुकी अपराध संहिता २०७४ को दफा १४७ र १४८ मा सरकारी तथा सार्वजनिक र संघसंस्थाको नामको जग्गा कुनै किसिमले कब्जा, आवाद वा अतिक्रमण गरे जरिबाना र सजाय हुने तथा त्यसरी दर्ता वा नामसारी भइसकेको दर्ता समेत स्वतः बदर हुने व्यवस्था रहेको बताएको छ।  उपप्रधान एवं गृहमन्त्री लामिछानले पदभार ग्रहण गर्दा सार्वजनिक तथा सरकारी जग्गा फिर्ता ल्याउन मन्त्रालयले गरेको परिपत्रलाई कार्यान्वयनको निरन्तरतामा लैजाने निर्णय गरेका थिए। 

संसद्को अवरोध खुलाउने प्रयास असफल

काठमाडौं । संसद्को अवरोध खुलाउन दलहरूबीच भएको प्रयास फेरि असफल भएको छ । सभामुख देवराज घिमिरेको पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा ठूला दलहरूका शीर्ष नेताबीच भएको छलफल बिनानिष्कर्ष सकिएको हो ।  आजको छलफलमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गर्नुपर्ने मागमा कांग्रेस अडिग रह्यो भने सत्तारुढ दल समिति बनाउनुनपर्नेमा अडिग रहे। एक अर्काले आ-आफ्नै अडान कायम राखेका कारण दलहरूबीच सहमति जुट्न नसकेको हो। बैठकमा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, प्रमुख प्रतिपक्ष दल कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र महामन्त्री रमेश लेखक उपस्थित थिए ।

एक्लै बहुमत ल्याउनेगरी कम्मर कस्न कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक्लै बहुमत ल्याउने गरी कम्मर कसेर लाग्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । सभापति देउवाले मुलुकमा विद्यमान राजनीतिक अस्थिरताबारे संकेत गर्दै कांग्रेस एक्लैलाई आगामी निर्वाचनमा बहुमत ल्याउने पार्टी बनाउन अपरिहार्य भएको बताए।  पार्टीका काठमाडौं क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई शनिवार काठमाडौंमा उद्घाटन गर्दै उनले पार्टीका आगामी निर्वाचनमा बहुमत ल्याउने बनाउनका लागि एक भएर समझदारी र समन्वयका साथ काम गर्न पनि पार्टीका नेताहरुलाई सचेत समेत गराएका छन्। घात, अन्तर्घात नगरेर एक भएर कांग्रेसलाई एक्लै बहुमत ल्याउने अवस्था बनाउनु परेको सभापति देउवाको भनाई थियो । सभापति देउवाले पार्टीलाई मजबुत बनाएर लैजाने काममा ध्यान पनि स्थानीय तहका कार्यकर्ताहरुलाई समझदारीका साथ काम गर्नुपर्ने बताए।

असिना पानीले ४ करोड बराबरको इँटामा क्षति

परासी । बेमौसमी असिना र पानीका कारण नवलपरासीमा ४ करोड बराबरको इँटामा क्षति पुगेको छ। सोमबार राति परेको असिना पानीका कारण काँचो इँटामा क्षति पुगेको हो।  जिल्लामा रहेका १७ उद्योगमध्ये हालः ११ वटामात्र सञ्चालनमा रहेका छन्। नेपाल इँटा उद्योग महासंघका केन्द्रीय सदस्य एंव हरिकृष्ण इँटा उद्योग रामग्रामका सञ्चालक कृष्ण नारायण श्रेष्ठले आर्थिक मन्दीका कारण ६ वटा उद्योग सञ्चालन हुन नसकेर बन्द भएको जानकारी दिए । उनले अहिले सञ्चालनमा रहेका उद्योगमा तयार गर्न राखिएका करिब १ करोड २० लाख बढी काँचो इँटामा क्षति पुर्‍याएको बताए ।  उनका अनुसार प्रति काँचो इँटा तयार गर्न ३ देखि ४ रुपैयाँ लाग्ने गरेको छ। जिल्लामा वार्षिक ४ करोड इँटाको माग रहेको उनले जानकारी दिए । उनले भने  ‘पहिला ८ देखि ९ करोड इँटाको माग हुने गरेको थियो । आर्थिकमन्दीका कारण अहिले ५० प्रतिशत माग घटेको छ ।’

वाइडेन प्रशासनद्धारा युक्रेनलाई ३ सय मिलियन डलर हतियार सहायता घोषणा

वासिंगटन डिसी । अमेरिकन राष्ट्रपति जो वाइडेनको प्रशासनले युक्रेनलाई तीन सय अमेरिकी डल बराबरको हतियार सहायता दिने घोषणा गरेको छ । अमेरिक संसदले युक्रेनलाई दिइने सहायतामा रोक लगाएकै बेला बाइडेन प्रशासनले ठूलो मात्रामा हतियारका लागि सहायता दिने घोषणा गरेको हो । हतियार र युद्ध सामग्रीको अभावमा युद्धमा हार व्यहोरेको भन्दै युक्रेनले अन्तराष्ट्रिय समुदायसँग सहायतको अपिल गर्दै आएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मंगलबार व्हाइट हाउसमा यससम्बन्धमा निर्णय भएको जानकारी दिएका हुन । पछिल्ला दिनहरुमा रुसले आक्रामक युद्ध छेडेपछि युक्रेनले ठूलो क्षति बेहोर्नुपरेको छ भने कतिपय क्षेत्रमा उसका सैनिकहरु पछाडि फर्केका छन् ।

आरजुसहित माधव नेपालको निवासमा देउवा, माधवले के भने ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका छन् । आरजु राणा देउवालाई लिएर देउवा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेता नेपाललाई भेट गर्न देउवा पुगेका हुन् । भेटमा कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि रहेका छन् ।  यसअघि मंगलबार बेलुका नेपाल निवास कोटेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली पुगेर माधव नेपालसँग छलफल गरी गठबन्धनमा सहभागी गराउनेबारे माधव नेपाललाई सकारात्मक बनाएपछि देउवा सो वातावरण बिगार्न नेपालकोमा पुगेका हुन् । स्रोतका अनुसार बुधबार बिहान नेपाल निवास कोटेश्वर पुगेका देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिए, अब सँगै मिलेर अगाडि जाउँ भनेका थिए ।जवाफमा अध्यक्ष नेपालले आज दिउँसो बस्ने केन्द्रीय सचिवालय बैठकमा कुरा राख्ने जानकारी दिएका छन् । केही समयमा बैठक बसेर एकिकृत समाजवादीले सत्ता गठबन्धनमा सहभागी हुने नहुनेबारे निर्णय लिंदैछ ।