मातहतका निकायलाई मन्त्री बाँस्कोटाको निर्देशन
काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लक्ष्य अनुसारको प्रगति हासिल हुने गरी अघि बढ्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आज भएको मन्त्रालयस्तरीय प्रथम चौमासिक प्रगति समिक्षा तथा विकास समस्या समाधान समितिको बैठकमा मन्त्री बाँस्कोटाले दोस्रो चौमासिकसम्म तोकिएको लक्ष्य पूरा गर्न नसके मन्त्रालय र मातहतका निकायको मूल्यांकन त्यहिबाट सुरु हुने बताए ।
उनले काबु बाहिरको परिस्थिति बाहेक लक्ष्य अनुसार काम सम्पन्न नभए कारण र प्रष्टिकरणसहित प्रत्येक महिना लिखित जवाफ मागिने स्पष्ट पारे ।
बैठकपछि सचिव दीपक सुवेदीले पहिलो चौमासिकको प्रगति सन्तोषजनक रहेकाले यसपछिका चौमासिकहरुमा थप रफ्तारका साथ अघि बढ्नुपर्ने बताए ।
उनले सबैले प्राथमिकतालाई ध्यान दिन र केही समस्या देखिए लिखित जानकारी गराए समाधानका लागि मन्त्रालय तयार रहेको स्पष्ट पारे ।
राष्ट्रिय योजना आयोगका सहसचिव किरण रुपाखेतीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सवै निकायलाई पूजिँगत खर्च बढाउँदै लैजान र अन्तरमन्त्रालय तथा निकायको समान्वयलाई प्रभावकारी बनाउन सुझाव दिए ।
बैठकमा मन्त्रालय र मातहतका निकायले पहिलो चौमासिक विनियोजित बजेट र मन्त्रालयगत विकास समस्या समाधान समितिको बैठकले यसअघि गरेका निर्णयमा भएको प्रगतिका बारेमा समिक्षा गरिएको थियो ।
आइतबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौंः नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ७१ हजार ६ सय रुपैयाँमा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, शुक्रबार ७१ हजार ७ रुपैयाँमा कारोवार भएको तेजावी सुन आइतबार भने प्रतितोला ७१ हजार ३ सय रुपैयाँ पुगेको छ । आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।
लिटल फ्लावरले जित्यो डिसिए कप यु–१४ को उपाधि
धनगढीः डिसिए कप यु–१४ क्रिकेट टुर्नामेन्टको उपाधि लिटल फ्लावर बोर्डिङ हाइस्कुलले उचालेको छ । धनगढीको फाप्ला खेल मैदानमा धनगढी क्रिकेट एकेडेमीको आयोजनामा मङ्सिर २ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि लिटल फ्लावरले जितेको हो । शुक्रबार सम्पन्न फाइनल खेलमा ब्रोड भिजनलाई ५ विकेटले पराजित गर्दै लिटल फ्लावरले उपाधि उचालेको हो । उपाधि सँगै लिटल फ्लावर स्कुलले १५ हजार नगद पुरस्कार प्राप्त गर्यो । टस जितेर पहिले ब्याटिङ् गर्ने निर्णय गरेको ब्रोड भिजनले निर्धारित १५ ओभरको खेलमा १४.५ ओभर खेल्दै सबै विकेट गुमाएर ५२ रनको योगफल तयार पारेको थियो । ब्रोड भिजनकालागि सुशील सिंहले १४ र सन्तोष ताम्राकारले अविजित ११ रन प्रहार गरे । बोड भिजनलाई सस्तैमा समेट्न लिटल फ्लावरका सन्दिप सिंहले ३ तथा सार्थक बमले २ विकेट लिए । ५३ रनको लक्ष्यसहित मैदान उत्रेको लिटल फ्लावरले १२ ओभरमा ५ विकेट गुमाएर लक्ष भेट्टायो । लिटल फ्लावरका पुस्कर बडुले अविजित १८ र पारष एैरले अविजित ११ रन प्रहार गरे भने ब्रोड भिजनका निरज एैरले ३ विकेट प्राप्त गरे । खेलको म्यान अफ द म्याच लिटल फ्लावरका पुस्कर बडु हुन सफल भए भने प्रतियोगिताका बेष्ट बलर ब्रोड भिजनका निरज ऐर, बेष्ट ब्याट्सम्यान स्टेपिङ स्टोनका विशाल विष्ट र म्यान अफ द सिरिज लिटल फ्लावरका नरेन भट्ट हुन सफल भए । प्रतियोगिताको समापन कैलाली जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विक्रम विष्टले गरेका थिए ।
चन्द्रागिरि हिल्स रिसोर्टले पायो उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार
काठमाडौंः काठमाडौँको चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको उत्कृष्ट रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित कार्यक्रममा भारतीय राज्यसभाका सांसद एवम् पूर्वमन्त्री विजय गोयलले चन्द्रागिरि हिल्स लिमिटेडका संस्थापक अध्यक्ष तथा सञ्चालक हेमराज ढकाललाई सो पुरस्कार प्रदान गरेका हुन् । सोही कार्यक्रममा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहलाई यस वर्षको उत्कृष्ट युवा महाप्रबन्धक अवार्ड (योङगेष्ट जनरल म्यानेजर अफ द इयर) प्रदान गरिएको थियो । भारत पर्यटन विकास निगम, हस्पिटालिटी इन्डिया र जिटीसी इभेन्ट संस्थाले हरेक वर्ष प्रदान गर्ने यो अन्तर्राष्ट्रिय पुरस्कार यस वर्ष उक्त रिसोर्टलाई प्रदान गरिएको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ । ती संस्थाहरुले हरेक वर्ष दक्षिण एशियाली देशका सेवा क्षेत्रमा कार्यरत होटल, रिसोर्ट, हवाई सेवालगायतका विभिन्न पर्यटकीय संस्थाहरुलाई यो अवार्ड प्रदान गर्ने गर्दछन् । पुरस्कार प्राप्त गरेपछि खुशी व्यक्त गर्दै चन्द्रागिरि हिल्स लिमिटेडका सञ्चालक ढकालले यो पुरस्कार चन्द्रागिरि हिल्सले मात्र नभएर नेपालको सिङ्गो पर्यटन क्षेत्रले नै प्राप्त गरेको बताए । उनले यसबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन क्षेत्रको सकारात्मक सन्देश गएको र नेपालमा भारतीय पर्यटकहरुको आगमनमा वृद्धि गर्न तथा विशेषगरी नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । चन्द्रागिरि हिल्समा अवस्थित भालेश्वर मन्दिरका साथै केवलकार, रिसोर्टलगायतका विविध एकीकृत पर्यटकीय संरचनाहरुका कारण पछिल्लो समय चन्द्रागिरि हिल्समा पुग्ने भारतीय पर्यटकहरुको सङ्ख्या बढेको बताउँदै यस अवार्डले आफूलाई थप उत्साहित बनाएको महाप्रबन्धक शाहले बताए । महाप्रबन्धक शाहका अनुसार त्यहाँ अवस्थित भालेश्वर मन्दिर भारतीय धार्मिक पर्यटकहरुका लागि प्रमुख आस्थाको केन्द्रका रुपमा विकसित भइरहेको छ । नेपालमा पशुपतिनाथको दर्शनका लागि आउने भारतीय पर्यटकहरु प्रायः भालेश्वरमा पनि पुग्ने गरेका उनको भनाइ छ । काठमाडौँको पश्चिमी पर्यटकीय डाँडा चन्द्रागिरिमा २०७३ सालमा केबलकार सञ्चालनमा आएपछि हाल त्यहाँ होटल, रिसोर्टलगायतका संरचनाहरु निर्मित छन् । महाप्रबन्धक शाहका अनुसार हाल चन्द्रागिरिमा प्रत्येक दिन कम्तीमा दुई हजार देखि दुई हजार ५०० सम्म आन्तरिक तथा विदेशी पर्यटक पुग्ने गरेका छन् ।
सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न सकेनः सभापति देउवा
कञ्चनपुरः नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताएका छन् । उनले सरकाले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको आरोप लगाए । नेपाल प्रेस यूनियन कञ्चनपुरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप लगाए । पत्रकार सम्मेलनमा देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको बताए । “कालापानी हाम्रो हो । महाकाली सन्धिअनुसार पनि कालापानी नेपालको हो”, उनले भने, “सन्धिमा महाकाली नदीलाई नेपाल र भारतको सीमा नदी भनिएको छ ।” महाकाली सन्धिअनुसार महाकाली नदीको पानी आधा भारत र आधा नेपालको भएको सभापति देउवाको भनाइ थियो । भारतले महाकाली सन्धि कार्यान्वयन गर्नुपर्ने उनले बताए ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि १ लाख २० हजार रुख काटे पुग्ने
निजगढ– दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बढीमा १ एक २० बीस हजार मात्र रुख काटे पुग्ने भएको छ । विमानस्थल निर्माणस्थलमा काटिने रुखको विषयलाई लिएर पछिल्लो समय बाहिरिएका हल्लाले विमानस्थललाई अन्तर्राष्ट्रिय रूपमै विवादित बनाइरहेका बेला आयोजनाले यस्तो बताएको हो । न्यून सङ्ख्यामा मात्रै रुखको क्षति हुने गरी विमानस्थल निर्माण गर्न सकिने आयोजना प्रमुख ओम शर्माले बताए । आयोजना प्रमुख शर्माले वातावरणलाई ठूलो प्रभाव नपर्ने गरी विमानस्थल निर्माण गर्न सकिने बताए । दुई धावनमार्गसहितको विमानस्थल निर्माणका लागि एक लाख २० हजार मात्र रुख काट्दा पुग्ने शर्माले बताए । अन्तरराष्ट्रिय मापदण्ड बमोजिमका दुई धावनमार्ग र अन्य आवश्यक पूर्वाधार निर्माणका लागि बढीमा एक लाख २० हजार मात्र रुख काटे पुग्ने उनले बताए । विमानस्थल निर्माण गर्न आवश्यक दुई हजार ३५० हेक्टर क्षेत्रफलमध्ये एक हजार ६५० हेक्टर क्षेत्रफल मात्र वन क्षेत्र भएको र बाहिर आएको हल्लाजस्तो जङ्गल नै सखाप पार्ने गरी रुख काट्नुनपर्ने शर्माले बताए । पूर्वपश्चीम राजमार्गको पसाह खोलादेखि पूर्व बकैयासम्मको वन क्षेत्रलाई १२ भागमा विभाजन गरी सो क्षेत्रमा रहेको रुख र त्यसका प्रजातिहरुको समेत अध्ययन गरिएको आयोजनाले जनाएको छ । साथै हाल संशोधित नियमावलीअनुसार एक रुख काटे बराबर १० रुख रोप्नुपर्ने आयोजनाले जनाएको छ । यसरी वृक्षरोपण गर्दा प्रतिहेक्टर ७०० रुख रोप्ने र जसका लागि कूल एक हजार ८५० हेक्टर क्षेत्रफल खाली जमीन आवश्यक पर्ने आयोजनाले जनाएको छ । यसरी वृक्षरोपणका लागि प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही र प्रदेश नं ३ को मकवानपुरका केही खाली स्थानहरुको पहिचानसमेत भइसकेको आयोजना प्रमुख शर्माले बताए। जीतपुर सिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाका बासिन्दाले भने विमानस्थल पूरा हुनुअघि नै आफूहरुको बासस्थानको टुङ्गो लगाउन माग गरेका छन् । टाँगिया बस्तीमा एक हजार ४७६ परिवारको बसोबास रहेको छ । टाँगिया बस्तीमा विसं २०३१ देखि बस्ती बसेको हो । अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम शुरु हुनुअघि नै आफूहरुको बस्तीको टुङ्गो लगाउनुपर्ने टाँगिया बस्ती सरोकार समितिका संयोजक रमेश सापकोटा बताए । आफ्नो बस्तीको बारेमा उचित स्थानान्तरणको प्रक्रिया टुङ्गो नलागी विमानस्थल शिलान्यास हुन नदिने अडानमा टाँगियावासी रहेका छन् । विमानस्थल निर्माण हुने पक्कापक्की भइसक्दासमेत सरकारले बस्ती स्थानान्तरणको विषयमा नसोचेको भन्दै स्थानीय चिन्तित भएका छन् । सरकारले सबैभन्दा पहिला बस्ती स्थानान्तरणको विषय टुङ्गो लगाउनुपर्ने टाँगिया बस्ती सरोकार समितिका सल्लाहाकार डोरबहादुर बुढाथोकीले बताए । टाँगियाका बासिन्दाले आफूहरु विमानस्थल निर्माणको विरोधी नभएको तर आफूहरुको उचित व्यस्थापनको माग गर्दै आएका बताएका छन् । टाँगियावासीको समस्या र मागका विषयमा स्थानीय सरकार गम्भीर रहेको जितपुर सिमरा उपमहानगर पासलका–१६ का अध्यक्ष केदार बजगाईँले बताए । विमानस्थल आयोजना प्रमुख शर्माले स्थानीय सरकारको सहजीकरणमा बस्ती स्थानन्तरका लागि उपयुक्त ठाउँ छनोट गरिने र सकभर छिटो स्थानान्तरणको प्रक्रिया टुङ्गो लगाइने बताए ।
तिहारमा फूलको मालाको पनि बजार मूल्य अनुगमन गरिने
काठमाडौंः तिहारमा फूलको माला, मिठाइ र जङ्क फुडको बजार मूल्य मात्र अनुगमन गरिने भएको छ। बिहीबार राजधानीको कालीमाटी, बालाजु औद्योगिक क्षेत्रमा फूलको माला र प्याकेटमा राखिएको खानेकुराको बजार अनुगमन गरेको वाणिज्य तथा आपूर्ति तथा उपभोक्त संरक्षण विभागले जनाएको छ । बजारमा मिठाइ, काजु र किसमिसको मूल्य अनुगमन गरिरहेको वाणिज्य तथा आपूर्ति व्यवस्था विभागका अधिकृत दिपक पोख्रेलले बताए। बजार अनुगमन गर्दा सबै खाद्य सामग्रीमा र जङक फुडमा मूल्य सूची टाँसेर बिक्री वितरण गरिरहेको पाइएको उनले जानकारी दिए। उनका अनुसार धैरै जसो पसलले मूल्य सूची टाँसेका छन्। मूल्य सूची नराखेमा ५० हजार देखि १ लाख सम्म जरिवाना गराइने ऐनमा व्यवस्था रहेको छ । गुणस्तरहीन सामग्री बजारमा पाइने हल्ला भएकोले पनि अनुगमन तीव्र रुपमा बढाइरहेको उनले बताए। चाडपर्वमा बढी गुणस्तरहिन र मूल्यमा हेरफेर गरेर बिक्री गर्ने भएकोले वाणिज्य विभागले अनुगमन गरिरहेको उनले बताए।
१२ दिनमा ‘वार’ ले कति कमायो?
काठमाडौं– ऋतिक रोशन र टाइगर श्राफ अभिनित हिन्दी चलचित्र ‘वार’ले १२ दिनमा दुई सय ७१ करोड ६५ लाखको व्यापार गरेको छ । यो चलचित्रले रिलिजको पहिलो दिन मै ५३ करोड ३५ लाख कमाएको थियो । ‘वार’ सन् २०१९ को सबै भन्दा बढी कलेक्सन गर्ने फिल्महरुको सूचीमा परेको छ । ‘वार’ ले १३ अक्टोबरमा मात्र १३ करोड ९० लाख कमाएको छ । यो फिल्म करिब ४ हजार हलहरुमा रिलिज भएको थियो । विभिन्न रेकर्ड तोड्दै अझै हलहरुमा चलिरहेको यो फिल्मले झन बढी कमाई गर्ने अनुमान गरिएको छ । यो फिल्मलाई धेरै दर्शकहरुले मन पराएका छन् । यसको प्रतिस्पर्धामा कुनै चलचित्र नरहेको समेत जनाइएको छ ।
भारतीय क्रिकेट बोर्डको अध्यक्षमा सौरभ गांगुली, अमित शाहका छोरा सचिव
नयाँ दिल्ली, भारतीय क्रिकेट टिमका कप्तान सौरभ गांगुली बिसिसिआईको अध्यक्ष बनेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई निकै शक्तिशाली संस्थाको रुपमा हेरिन्छ । पूर्व अध्यक्ष एन श्रीनवासनका समर्थक पूर्व क्रिकेटर बृजेश पटेल समेत अध्यक्षका दावेदार भए पनि सौरभ गांगुली अध्यक्ष बनेका हुन् । समाचारका अनुसार, गृहमन्त्री अमित शाहका छोरा जय शाह बोर्डका सचिव बनेका छन् । यसैगरी केन्द्रीय मन्त्री र पूर्व बिसिसीआई अध्यक्ष अनुराग ठाकुरका भाई अरुण धुमिल कोषाध्यक्ष बनेका छन् । भारतीय टीमका पूर्व कप्तान गांगुलीले औपचारिक घोषणा अगाडि नै केही राम्रो गर्ने सुनौलौ अवसर पाइएको बताएका छन् । “यो केही नयाँ गर्ने सुनौलो अवसर हो । उनले भने, “किनभने अहिले यस्तो बेला मैले जिम्मेवारी लिइरहेको छ, जतिखेर बिसिआिईको छवि निकै खराब भएको छ । यसको औपचारिक घोषणा भने अहिले तीन बजे हुने भएको छ ।
चीन–नेपाल र भारत जोड्ने सबैभन्दा छोटो नाका ओझेलमा
चरिकोट– चीनसँगको व्यापारिक सम्बन्ध तथा उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो र सुरक्षित लामाबगर नाका खोल्ने काम अझै ओझेलमा परेको छ । शनिबार काठमाडौँ आउनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई भूपरिवेष्ठितबाट भूजडित देश बन्न सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएसँगै वर्षौंदेखि अलपत्र परेको नेपाल–चीन जोड्ने सबैभन्दा पुरानो लामाबगर नाका खुलाउन सरकारले पहल गर्नुपर्नेभएको छ । दोलखाको बिगु गाउँपालिका–१ स्थित लामाबगर नाका खुलाउन बर्सेनि न्यून बजेट र स–साना टुक्रे ठेक्का लगाएर काम गरेजस्तो देखिए पनि यो नाका खुलाउन हालसम्म सरकार गम्भीर हुन सकेको थिएन । २०२२ सालसम्म पैदल आउजाउ गर्ने मार्गका रूपमा निकै चल्तीको लामाबगर नाका सिन्धुपाल्चोकको तातोपानी नाकाभन्दा पनि पुरानो र चीन–भारत जोड्ने छोटो र भरपर्दो नाका रहेको बिगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले बताए । चीनसँगको व्यापारिक सम्बन्ध तथा उत्तर–दक्षिण जोड्ने लामाबगर नाका सबैभन्दा छोटोसमेत हुने उल्लेख गर्दै उनले तिब्बतसँग जोडिएको नेपालको पुरानो लामाबगर नाका खुलाउन जरुरी रहेको बताए । तातोपानी नाकाभन्दा दोलखाको लामाबगर नाका करिब ७१ किलोमिटर नजिक रहेको बताइन्छ । भूगोलको दृष्टिले पनि हाल सञ्चालनमा रहेको केरुङ र तातोपानी नाकाभन्दा लामाबगर नाकाको सडक सुरक्षित रहेको प्राविधिकहरू बताउँछन् । तिब्बतको ङ्याङ्लुङदेखि काठमाडौँसम्म करिब दुई सय किलोमिटर रहेको छ भने भारतको सिमाना भिट्टामोडसम्म पुग्न करिब २५० किलोमिटर दूरी रहेको बताइएको छ । नेपालको लामाबगरदेखि तिब्बतको सिमाना ङ्याङ्लुङमा पुग्ने करिब आठ किलोमिटरको दूरीबाहेक सबै सडक निर्माण भई सुचारु भइसकेकाले पनि यो नाका खुलाउन धेरै आर्थिक भार नपर्ने बताइन्छ । दुई वर्षअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको अध्ययनले नाका खुलाउन करिब डेढ अर्ब लाग्ने प्रारम्भिक अनुमान गरेको थियो । दोलखाको सदरमुकाम चरिकोटबाट सिँगटी हुँदै लामाबगरको बाँधस्थलसम्म माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सडक निर्माण गरिसकेको छ । त्यहाँबाट तिब्बत र नेपालको सिमाना ङ्याङ्लुङसम्म पुग्न अब करिब आठ किलोमिटर मात्र सडक निर्माण गरे पुग्छ । सडक विभागले सिमानासम्म पुग्ने सडक निर्माणका लागि हरेक वर्ष दुई करोड रुपैयाँका दरले बजेट विनियोजन गरे पनि कठिन भीरका कारण काम हुन नसकी रकम फ्रिज भइरहेको छ । हाल तामाकोसी बाँधभन्दा केही पर एक किलोमिटर सडकको ट्र्याक खुलिसकेको र बाँकी सडकका टेन्डर खुल्न लागेको समाचार पनि बाहिर आएको छ । त्यसैले सरकारबाट केही प्रयास भएमा यो नाका सञ्चालन गर्न कठिन छैन । सडक विभागका महानिर्देशक केशव शर्माले मन्त्रिपरिषद् बैठकमार्फत मोडालिटी टुङ्गिएपछि ठेक्का लाग्ने बताए । हामीले माथिल्लो तामाकोसी आयोजनामै कार्यरत चिनियाँँ ठेकेदारमार्फत सुरुङको काम गराउने मोडालिटी अघि सारेका हौँ, उनले भने, बाटोका लागि एक किलोमिटर सुरुङ खन्नुपर्ने भएकाले त्यो तामाकोसी आयोजनामै भीओ (भ्यरियसन अर्डर) गरेर बनाउने वा सरकारबाटै बनाउनेमा कुरो मिल्न नसक्दा अघि बढ्न सकेको छैन । शर्माका अनुसार यो मार्ग महोत्तरीको भिट्टामोडदेखि बर्दिबास, खुर्कोट हुँदै रामेछाप सदरमुकाम मन्थली निस्केर दोलखाको नयाँ पुलबाट सिँगटी हुँदै लामाबगर र चीनको सीमासम्म हुने छ । त्यसका लागि दोलखाको नयाँ पुलदेखि सिँगटीसम्म नयाँ ट्र्याक बनाउनुपर्ने विभागले जनाएको छ । भारतीय नाकाबन्दीपछि सरकारले चीन सरकारसँग उत्तरका थप छवटा नाका खोल्न २०७२ असोज २७ गते गरेको समझदारीमा दोलखाको लामाबगर नाका पनि समावेश रहेको छ । सुरक्षित, छोटो र परम्परादेखि चल्तीमा रहेको लामाबगर नाका खोलेर चीन, नेपाल र भारतबीच त्रिदेशीय व्यापारलाई समेत सहज गर्न सकिने भएकाले सरकारले शीघ्र यो नाका सञ्चालनमा ल्याउन पहल गर्नुपर्छ । रासस
आज सोमबार, कस्तो छ तपाइको राशिफल?
वि.सं.२०७६ साल असोज २७ गते । सोमबार । इस्वी सन् २०१९ अक्टोबर १४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक कृष्णपक्ष । तिथि प्रतिपदा,५३ घडी ४० पला,रातको ०३ बजेर ३१ मिनेट उप्रान्त द्वितीया । नक्षत्र रेवती,११ घडी ५८ पला,बिहान १० बजेर ५० मिनेट उप्रान्त अश्विनी । करण वालव,दिउसो ०२ बजेर ४७ मिनेट उप्रान्त कौलव,रातको ०३ बजेर ३१ मिनेट उप्रान्त तैतिल । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखी रहनेछ । पढाई लेखाइमा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडि बढ्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधि खर्च बढेर जानेछ । व्यापार व्यवसायमा लगानी गरे पनि आम्दानी कम हुनेछ भने विदेशमा उत्पादित सामानको व्यापार भने फस्टाएर जानेछ । प्रेममा अविश्वास तथा मनमुटाब बढ्नेछ भने घर परिवारका सदस्यहरू सँग विवाद बढ्ने योग रहेको छ । मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेको छ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । पढाई लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडि बढ्न सकिनेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यवसाय फस्टाएर जाने तथा व्यावसायिक यात्रा हुनेछ । अध्ययनमा समय दिई आफ्नो बिद्यालार्ई निखार्ने सकिनेछ । आँटेका तथा चाहेका कामहरू गर्न सकिने तथा साथीभाइहरूको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईँको कामदेखि सबै प्रसन्न हुनेछन् । सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भाग्य तथा समयले साथ दिने हुँदा आँटेको तथा ताकेको काम सजिँदै बन्नेछन् । सामाजिक तथा सरकारी क्षेत्रमा रहेर जनतको काम गर्ने अवसर प्राप्त हुनेछ । खोज मूलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुचि बढ्नेछ । कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । लामो समय देखिको प्रेममा अविश्वास बढ्न सक्छ । पढाई लेखाइमा समय दिन नकस्दा अरूभन्दा पछि परिनेछ । तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा जीवन साथी सँग मनमुटाब सिर्जना हुने सम्भावना रहेको छ ध्यान दिनुहोला । माया प्रेममा मनमुटाब सिर्जना हुने तथा अग्रजसँग राज बाझिनेछ । सोख तथा विलासिताले खर्च बढाउनेछ भने आम्दानी कम हुनेछ । वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) अदालती निर्णयहरू तपाईकै पक्षमा आउने तथा शत्रु परास्त गर्दै अगाडि बढ्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउँदै लान सकिनेछ । विशिष्ट व्यात्तिको सहयोगमा राम्रा योजनाहरू फुर्ने ग्रहयोग रहेको छ । धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमत्ता पूर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपहार प्राप्तिको योग रहेको छ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रसन्न रहनेछ । मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अन्य काममा व्यस्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा सहभागी हुँनेहरुले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेकोेछ । मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) तपाईँको बोलीको सबैले कदर गर्नेछन् । व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृढ हुनेछ । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । गीत सङ्गीतमा लाग्नेहरूका लागि समयले साथ दिनेछ ।
२० मिनेट नबित्दै नेपालविरुद्ध अष्ट्रेलियाको २ गोल (LIVE)
काठमाडौंः विश्वकप छनोट अन्तर्गत २० मिनेट नबित्दै नेपालविरुद्ध अष्ट्रेलियाले २ गोल गरेको छ । अष्ट्रेलियाले पहिलो हाफको ५ र १८ मिनेटमा गोल गरेको हो । नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाल टेलिभिजनमा पनि हेर्न पाईनेछ । नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाल टेलिभिजन अन्तर्गतको एनटीभी प्लसमा हेर्न सकिने छ । विमलको ठाँउमा प्रशिक्षक योहिन कालिनले अभिषेक रिजाललाई मौका दिएका छन् । मिडफिल्डमा विक्रमको ठाँउमा विशाल राईले मौका पाएका छन् । त्यसबाहेकका ९ खेलाडी अघिल्लो महिना चाइनिज ताइपेविरुद्ध सुरु गर्ने खेलाडी नै छन् । गत महिना नेपाली टोली पहिलो खेलमै ७–० ले पराजित भएको थियो । त्यसपछिको खेलमा भने चाइनिज ताइपेलाई २–० ले हराउँदै छनोटमा नेपालले पहिलो जित दर्ता गरेको थियो । अष्ट्रेलियाले भने पहिलो खेलमा कुवेतलाई ३–० ले हराएको थियो । नेपाली टोलीको पहिलो रोजाई गोलकिपर–किरण चेम्जोङ (कप्तान) फिडेन्स– रञ्जित धिमार, दिनेश राजवंशी, देवेन्द्र तामाङ, अनन्त तामाङ मिडफिल्ड–रवि पासवान, विशाल राई, सुजल श्रेष्ठ, रोहित चन्द, अन्जन विष्ट फरवार्ड–अभिषेक रिजाल फाइल फाेटाे
विश्वकप छनोटः नेपालविरुद्ध अष्ट्रेलियाको पहिलो गोल (LIVE)
काठमाडौंः विश्वकप छनोट अन्तर्गत नेपालविरुद्ध अष्ट्रेलियाले पहिलो हाफको ५ मिनेटमै गोल गरेको छ । नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाल टेलिभिजनमा पनि हेर्न पाइनेछ । नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाल टेलिभिजन अन्तर्गतको एनटीभी प्लसमा हेर्न सकिने छ । विमलको ठाँउमा प्रशिक्षक योहिन कालिनले अभिषेक रिजाललाई मौका दिएका छन् । मिडफिल्डमा विक्रमको ठाँउमा विशाल राईले मौका पाएका छन् । त्यसबाहेकका ९ खेलाडी अघिल्लो महिना चाइनिज ताइपेविरुद्ध सुरु गर्ने खेलाडी नै छन् । गत महिना नेपाली टोली पहिलो खेलमै ७–० ले पराजित भएको थियो । त्यसपछिको खेलमा भने चाइनिज ताइपेलाई २–० ले हराउँदै छनोटमा नेपालले पहिलो जित दर्ता गरेको थियो । अष्ट्रेलियाले भने पहिलो खेलमा कुवेतलाई ३–० ले हराएको थियो । नेपाली टोलीको पहिलो रोजाई गोलकिपर–किरण चेम्जोङ (कप्तान) फिडेन्स– रञ्जित धिमार, दिनेश राजवंशी, देवेन्द्र तामाङ, अनन्त तामाङ मिडफिल्ड–रवि पासवान, विशाल राई, सुजल श्रेष्ठ, रोहित चन्द, अन्जन विष्ट फरवार्ड–अभिषेक रिजाल
हङकङद्वारा नेपाललाई १२६ रनको लक्ष्य, करनले लिए ४ विकेट
काठमाडौंः ओमानमा जारी टी–२० क्रिकेट सिरिजमा हङकङले नेपाललाई १२६ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनायो । उसका लागि वकास बराकातले ३७, किशित शाहले ३१, नजकत खानले २३, शसन अब्बासीले १३ रन बनाए । बलिङमा करन केसीले ४ ओभरमा ३६ रन दिएर ४ विकेट लिए । अविनाश बोहराको नाममो एक विकेट रह्यो ।
मेयर रेनु दाहालद्वारा दशैंको शुभकामना
चितवनः भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महान् पर्व बडादसैँको शुभकामना दिएकी छन् । महानगर प्रमुख दाहालले महान पर्व विजया दशमीको अवसरमा समस्त भरतपुर महानगरपालिकावासी एवं स्वदेश तथा विदेशमा बस्ने सबै नेपालीलाई शुभकामना दिएकी हुन् । प्रमुख दाहालद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यस वर्षको आउँदै गरेको चाडपर्वले समृद्ध महानगरले सपनालाई साकार पारोस् भनी कामना गरिएको छ । आउँदै गरेको शुभ दिपावली, छठ तथा नेपाल सम्वतको समेत हार्दिक शुभकामना व्यक्त गर्दै हाम्रा यी पर्वहरुले समस्त नेपालीहरुमा सकारात्मक सोचका साथ आपसी भाइचारा, सद्भाव र एकता कायम गर्दै दीगो र आत्मनिर्भर विकासको पक्षमा एकढिक्का भएर लाग्ने प्रेरणा प्रदान गरुन् भन्ने अपेक्षासमेत गरिएको छ ।’ विज्ञप्तीमा अगाडि भनिएको छ, ‘हाम्रा चाडपर्वहरुलाई मौलिक र मितव्ययीका साथ उल्लासमय बनाउन सबैलाई आग्रह गर्दै मध्य नेपालको सुन्दर शहर समृद्ध र सुसंस्कृत भरतपुर भन्ने सोचलाई सार्थक पार्न महानगरको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’
सीपीएलः पोलार्डको टिमद्वारा वारियर्सलाई १४४ रनको लक्ष्य
काठमाडौंः वेष्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा ट्रिनबागो नाइट राइडर्सले गुयाना अमेजन वारियर्सलाई १४४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिको मौका पाएको किरण पोलार्ड नेतृत्वको नाइट राइडर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४३ रन बनायो । उसका लागि कोलिन मुनरोले सर्बाधिक ४०, किरण पोलार्डले नटआउट ३६, लेन्डल सिमोन्सले ३० र जिमी नीशमले अविजित १२ रनको योगदान दिए । बलिङमा गुयानाका लागि चन्द्रपोल हेमराजले ३, बेन लाफलिन र कप्तान सोयब मलिकले १–१ विकेट लिए ।