बंगलादेशविरुद्ध न्यूजिल्याण्ड कप्तानको दोहोरो शतक

काठमाडौं, फागुन १८ । बंगालदेश विरुद्धको टेस्ट सिरिजको पहिलो खेलको पहिलो इनिङमा न्यूजिल्याण्डले ७१५ रन बनाएको छ । ६ वकेटको क्षतिमा न्यूजिल्याण्डले ७१५ रन बनाउँदै पहिलो इनिङ समाप्त गर्यो । उसका दुई ब्याट्सम्यानले शतक, एकजनाले नटआउट दोहोरो शतक र २ खेलाडीले अर्धशतक प्रहार गरे ।

न्यूजिल्याण्डका लागि कप्तान केन विलियम्सनले नटआउट २००, टम लाथमले १६१, जीत रावलले १३२, कोलिन डे ग्रेण्डहोमले नटआउट ७६, हेनरी निकोल्सले ५३, नील बैगररले ४७, डीजे वाट्लिङले ३१ र रोस टेलरले ४ रन बनाए । बलिङमा बंगलादेशका सौम्य सरकार, मेहदी हसन मिराजले दुईदुई, मोहमदल्लाह र इबोटोट होसैन चौधरीले एकएक विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङको मौका पाएको बंगलादेश पहिलो इनिङमा २३४ रनमै अलआउट भयो । उसका लागि तमिम इग्बालले १२६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन । बलिङमा न्यूजिल्याण्डका नील बैगररले ५, टिम साउथीले ३, ट्रेन्ट बोल्ट र कोलिन डे ग्रेण्डहोमले एकएक विकेट लिए ।

पर्यटन प्रवद्र्धनको लागि ‘भ्यूटावर’ निर्माण गरिने

दार्चुला, माघ २७ । महाकाली नगरपालिका–१ छापरीमा पर्यटन प्रवद्र्धनको लागि दृश्यावलोकन स्तम्भ ‘भ्यूटावर’ निर्माण गरिने भएको छ । चालू आवभित्रै भ्यूटावर निर्माणका लागि सर्भे गर्ने काम भएको महाकाली नगरपालिकाले जनाएको छ । जी फोर्स विल्र्डस एण्ड कन्सल्र्ट प्रालि काठमाडौंबाट आएको सर्वेक्षकको टिमले भ्यूटावर निर्माणका लागि सर्भे गरेको महाकाली नगरप्रमुख हंशराज भट्टले जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन भ्यूटावर निर्माण गरिन लागेको हो । पर्यटकीय स्थलको विकासका लागि नगरसभाबाट रु एक करोड ४० लाख बजेट विनियोजन गरिएकामा रु ४५ लाख भ्यूटावर निर्माणमा खर्च गरिने नगरप्रमुख भट्टले बताए । समुद्री सतहबाट एक हजार ५०० मिटर उचाइमा रहेको छापरीबाट दार्चुला जिल्लामा रहेको अपी हिमाललगायत उच्च हिमशृङ्खाल तथा भारतका हिमालय शृङ्खला सजिलै देख्न सकिन्छ । नगर क्षेत्रभित्र रहेका पर्यटकीय स्थलको विकास गरी आर्थिक रूपमा समृद्ध नगरपालिका बनाउने उद्देश्यका साथ पर्यटकीय स्थलको विकास गर्ने नगरपालिकाले जनाएको छ । यस्तै भ्यूटावरसँगै पर्यटकलाई लक्षित गर्दै सुविधासम्पन्न रेष्टुरेन्ट, पार्कलगायत पर्यटकलाई आकर्षण गराउने स्थल निर्माण हुनेछन् । यसैगरी नगरपालिकाले समैजी मन्दिर डुङुरीलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने भएको छ । अहिले पनि नेपाली तथा भारतका स्थानीयवासीको धार्मिक पर्यटकीय गन्तव्य रहेको डुङुरी मन्दिरमा मंगलबार र शनिबार आन्तरिक तथा बाह्य पर्यटकको रुपमा आउने गरेका छन् । रासस

४० प्रहरीको बढुवा सिफारिश

काठमाडौंं, माघ २७ । नेपाल प्रहरीले १४ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा र २६ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिश गरेको छ । नेपाल प्रहरीको जनपद समूह अन्तर्गत शनिबार बसेको बढुवा समितिको बैठकले सिफारिश सूची प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उमनियम ९४० अनुसार उनीहरुलाई बढुवाका लागि सिफारिश गरिएको बढुवा सिफारिश समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले जानकारी दिए । यसरी एसएसपी बढुवा सिफारिश भएकामा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर, भीम ढकाल रहेका छन् । यस्तै, डिएसपीबाट एसपीमा बढुवा सिफारिश हुनेमा रमेशकुमार बस्नेत, हिराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तिराज गुरुङ, रवीन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, डा. मेखबहादुर खत्री, विनोद सिलवाल, भीमबहादुर दाहाल, रमेश थापा, प्रकाश रानाभाट, विमलराज कँडेल, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रन्जु सिग्देल, अनुपम शमशेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पङ्गेनी, हेमकुमार थापा, अजय केसी, नवराज अधिकारी र वीरहादुर बुढामगर रहेका छन् । उनीहरुको उजुरीका लागि एक हप्ताको समय हुने र त्यसपछि गृहमन्त्री स्तरीय निर्णयमा बढुवा हुने प्रावधान रहेको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । रासस

फास्ट ट्रयाकअन्तर्गत निजगढतर्फको ८० प्रतिशत काम पूरा

पर्सा — बहुप्रतिक्षित काठमाडौं–निजगढ फास्ट ट्रयाकअन्तर्गत निजगढतर्फको ८० प्रतिशत काम पूरा भएको छ । नेपाली सेनाको सडक निर्माण कार्यदलले हालकै अवस्थामा निजगढतर्फ मात्र करिब ८० किमि प्रतिघण्टामा मोटर गुड्न सक्छ । ‘हालको अवस्थामा निजगढ कार्यदलले पाएको जिम्मेवारी मध्ये ७० देखि ८० प्रतिशत काम पूरा भएको छ,’ कार्यदलका प्रमुख मेजर राजेशकुमार देवले भने, ‘सडकको फरमेसन लेभल सकिन लाग्यो, अब सब–बेस र बेस गरिन्छ, त्यसपछि कालोपत्रे गर्न सकिन्छ ।’ ७६ किमिको फास्ट ट्रयाकमा निजगढ कार्यदलले अन्तिमविन्दु तर्फको (पूर्व-पश्चिम राजमार्गमा जोडिने) जिम्मेवारी पाएको छ । पूर्व–पश्चिम राजमार्गदेखि चुरे पहाडसम्म करिब १० किमि सडक निर्माणको जिम्मेवारी यो कार्यदलले पाएको हो । जसलाई प्राविधिक भाषामा ६६ जोड ३०० देखि ७५ जोड ४४७ च्यानेज भनिन्छ । सेनाले हाल अधिकतम ६४ मिटर चौडा सडक निर्माण गरिरहेको छ । अन्यत्र पनि यति नै चौडा सडक बनाइँदै छ । फास्ट ट्रयाक कालेपत्रे गरिएपछि तराईमा उक्त सडक २७ मिटर चौडा तथा ४ लेनको हुनेछ । पहाडमा भने २५ मिटर चौडा हुनेछ । निजगढ कार्यदलको जिम्मेवारीअन्तर्गतको सडकमा लालबकैया र बकैया गरी २ खोलाको पुल निर्माण गर्नुपर्नेछ । लालबकैयाको पुलको लम्बाई करिब ४ सय ५० मिटर र बकैयाको पुलको लम्बाई १ सय २० मिटर हुनेछ । फास्ट ट्रयाकमै जम्मा ९९ पुलमध्ये निजगढतर्फ २ वटा मात्र परेको छ । सरकारले पुलको टेन्डर आह्वान गरिसकेको छैन । एकै साथ ९९ वटा पुलको टेण्डर प्याकेजमै आह्वान हुनेछ । कार्यदलले उत्तरतर्फ चुरे पहाड क्षेत्रमा पहाड काट्ने र म्याग्नेट फिलिङको काम गरिरहेको मेजर देवको भनाइ छ । ‘हामी यस क्रममा चुरे पहाडको यस्तो भागमा पुगेका छौं, जहाँ सधैं सुक्खा पहिरो गइरहन्छ,’ उनले भने, ‘एकपटक ठूलो सुक्खा पहिरो गएर अवरोध आएको थियो, अहिले अवरोध पन्छाएर निर्माण तीव्र बनाएका छौं ।’ ललितपुरको खोकनादेखि बाराको निजगढसम्म फास्ट ट्रयाकलाई १० भागमा विभाजित गरी सेनाको १० कार्यदलले काम गरिरहेका छन् । निजगढ, बागदेव, राजदम्बार, बुदुने, लेनडाँडा, ढेड्रे, महादेवटार, सिस्नेरी, मख्खुबेंसी र खोकनामा गरी सेनाका कार्यदल खटिएका छन् । निजगढतर्फको करिब १० किमिमा करिब ८ हजार रुख काटिएका थिए । अब १ लाख वृक्षरोपणको तयारी भइरहेको देव बताउँछन् । ‘हामी वृक्षरोपणका लागि तयारी अवस्थामा छौं,’ उनले भने, ‘जिल्ला वन कार्यालयले जहाँ जमिन उपलब्ध गराउँछ, त्यहीं वृक्षरोपण गर्नेछौं ।’ तीव्र गतिको कामले सरोकारवालाहरू पनि सन्तुष्ट छन् । अभियन्ता रवि दंगालले सेनाले सन्तोषजनक रुपमा काम गरिरहेको बताए । ‘सेनाको १० वटै कार्यदलले आफ्नो जिम्मेवारी कुशलपूर्वक गरिरहेका छन्,’ उनले भने, ‘आशा गरौं यसै गतिमा काम भए वर्षाअघि कालोपत्रे र पुल निर्माणबाहेक अन्य काम पूरा हुनेछ ।’ होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले फास्ट ट्रयाकको पुल तथा समग्र संरचना निर्माणलाई पनि सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताए । ‘यो मार्ग निर्माणको व्यग्र प्रतिक्षा गरेर हामी बसेका छौं,’ उनले भने, ‘राष्ट्रिय गौरवको यो आयोजना निर्माण गरी सरकारले जनतालाई उपहार दिने अवसर छ, आमनेपालीको चाहना बुझेर यसको निर्माण चाँडै गरिनुपर्छ ।’ व्यवसायी प्रमोद चौधरीले राजधानीलाई तराईसँग जोड्ने अत्यन्त छोटो यो मार्ग निर्माण भएपछि प्रदेश २ कै कायापलट हुने सम्भावना रहेको बताए । ‘फास्ट ट्रयाककै नजिक मुलुककै अर्को राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल पनि निर्माण हुने भएको छ,’ उनले भने, ‘यी दुबै आयोजनाले राजधानीको हवाईदेखि मानवीय चाप पनि घटाउनेछ ।’ निजगढ–काठमाडौं फास्ट ट्रयाकको निजगढतर्फको खण्ड । सेनाको निजगढ कार्यदलले करिब १० किमि सडक निर्माणमध्ये ८० प्रतिशत काम पूरा गरेको छ । -याे समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ

सिन्धुली जीप दुर्घटनाः पाँच जनाको मृत्यु, ७ जना घाइते (अपडेट)

सिन्धुली, माघ २४ । सिन्धुलीको फिक्कल गाँउपालिका–२ चण्डीभञ्ज्याङमा बोलेरो जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य सातजना घाइते भएका छन् । जिल्लाकै महादेवडाँडाबाट १२ जना यात्रु बोकेर सदरमुकाम सिन्धुलीमाढीतर्फ आउँदै गरेको बा १५ च ९४२२ नम्बरको जीप बिहान ९ः३० बजेतिर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुली प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । दुर्घटनामा परी ज्यान गुमाएका पाँचै जनाको सनाखत हुन बाँकी रहेको प्रहरी नायव उपरीक्षक थापाले बताए । दुर्घटनामा तीन जना गम्भीर र चार जना सामान्य घाइते रहेको पनि उनले बताए ।

निर्मला हत्या अनुसन्धानमा चकित पार्ने तथ्यकाे खुलासा, काे हुन ती युवक ?

निर्मला पन्तलाई बलात्कार र हत्या गर्ने व्यक्तिको पहिचान भर्इवरी हत्यारा हो भन्ने अभियोग पुष्टि गर्नका लागि आवश्यक प्रमाण संकलन र सम्बन्धित व्यक्तिहरुको बयानका काम धमाधम चलिरहेको छ । केन्द्रीय प्रहरीले उपत्यका अपराध महाशाखाबाट एसपी मनोहरप्रसाद भट्ट, डीएसपी रुगमबहादुर कुँवर र सई गजेन्द्रबहादुर रावल अनि सीआईबी, मेट्रो र विशेष ब्युरोका झन्डै दुई दर्जन अफिसर सहितको टोलीलाई डेढ महिनाअघि निर्णायक अनुसन्धानमा कञ्चनपुर खटाएपछि प्रहरी ‘परिणाम निकट’ पुगेको हो । पहिला मानसिक सन्तुलन ठीक नभएका दीलिपसिंह विष्टजस्ता व्यक्ति समातिएजस्तै यो टोलीले थप पाँच जना रोगी फेला पारिसकेको छ । प्रहरी अनुसन्धान अनुसार, निर्मला पन्तलाई जुन ठाउँमा लगेर दुर्व्यवहार गरियो, घटनाभन्दा ६ महिना अघिदेखि त्यस्ता क्रियाकलाप त्यहीं हुँदै आएका थिए । त्यही ठाँउमा अर्की युवतीमाथि पनि बलात्कार प्रयास भएको खुलेको छ । डेढ महिनाअघि निर्मला बलात्कार भएको घटनास्थलभन्दा २० मिटर पर अर्को प्रयास भएको र यस प्रकार उही व्यक्तिबाट १७–१८ जना युवती पीडित भएको पत्ता लागेको छ । प्रहरीसँग नाम र सम्पर्क नै छ पीडितहरुको । बोल्ने त प्रहरीमा गुहार माग्न पुग्ने मान्छे मात्रै हुन् । कतिपयले घरपरिवारमा ‘उसले यस्तो गर्‍यो’ सम्म पनि भन्न सकेका छैनन् । प्रहरीले फेला पारेको छ एक युवती, जो १० पटकभन्दा बढी त्यही पुरुषबाट पीडित भएकी छन् । स्कुल पढ्ने ती छात्राले अहिलेसम्म घरमा पनि त्यसबारे भनेकी छैनन् । निर्मला बलात्कृत भएकै उखुबारीमा माघको पहिलो साता त्यो पुरुषले अर्की एक बालिकालाई लखेटेको थियो । बालिका रुँदै घर पुगिन्, टोलका मान्छेले सोधखोज गरेर दूराचारीलाई लखेटे । गाउँलेले समाउन सकेनन् र आफैं गएर झार सफा गरे । त्यसपछि स्थानीय प्रहरीलाई खबर भई केही दिन गस्ती बढ्यो । प्रहरीको आवत–जावत बढेपछि त्यो पुरुषले ठाँउ फेरेर युवती र बालिकालाई झम्टिने अर्को थलो बनायो । साउनको पहिलो साता फेरि अर्की बालिकामाथि प्रयास भयो । तीन पटकको दुर्व्यवहारबारे तेस्रो दिन बालिकाले नजिकै आएकी आन्टीलाई भनिन् । आन्टीले प्रतिवाद गर्न खोज्दा केटो उखुबारीबाट भाग्यो । यसरी माघदेखि फागुन, वैशाख र जेठमा उनले विभिन्न बालिकामाथि यौनजन्य आक्रमणको प्रयास गरेको थाहा लागिसकेको छ । निर्मलालाई उठाएकै ठाउँबाट अर्की एक बालिकामाथि प्रयास गरिएको पनि पुष्टि भएको छ । यस कसुरदारको स्केच प्रहरीले तयार पारिसकेको छ । मान्छे कहाँ छ भनेर व्यापक खोजी हुँदैछ । भारत छिरेको भएको केही महिनाभित्र र देशमै भए केही दिनभित्रै ऊ समातिने दावी प्रहरीले गरेको छ । निर्मलाअघि बलात्कार प्रयास भएका बालिका र तिनका आफन्तहरु सम्पर्कमा छन् । प्रहरीेको अनुमान छ– त्यो व्यक्तिको हर्कत, आँट र ज्यानको पर्वाह नगर्ने विशेषता हेर्दा ऊ नेपालमै पनि हुन सक्ने खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

पप्पुका मालिकलाई निलम्बन गरिएकाेमा अापत्ती व्यक्त गर्दै सभामुखलाई ज्ञापन

काठमाडौं । नियमविपरीत निर्वाचित सांसद हरिनारायणप्रसाद साह रौनियारलाई निलम्बन गरिएको भन्दै संघीय समाजवादी फोरम नेपालको संसदीय दलले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई बुधबार निलम्बन फुकुवा गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । फोरम प्रमुख सचेतक उमाशंकर अरगरिया, पार्टी महासचिव तथा सांसद रामसहाय प्रसाद यादबसहितको सांसदको टोलीले सभामुखको कार्यालयमा भेटेर सांसद रौनियारको गैरकानुनी निलम्बनको बारेमा जानकारी गराएका थिए । याे समाचार अाजकाे नेपाल समाचारपत्रमा गंगा बरालले लेखेका छन् । गत शुक्रबार बसेको संसदीय दलको बैठकले सांसद रौनियारको निलम्बन गैरकानुनी भएकाले तत्काल संसदीय गतिविधि गर्नका लागि फुकुवा गरिदिनुपर्ने निर्णय गरेको थियो । सभामुखसँगको भेटपछि सांसद रामसहाय प्रसाद यादबले कानुनमन्त्री र अन्यसँग सल्लाह गरेर उपयुक्त निकास दिने आश्वासन पाएको जनाउनुभयो । रौनियार पर्साबाट निर्वाचित सांसद हुनुहुन्छ । सांसद रौनियारले सञ्चालन गर्दै आएको पप्पु कन्ट्रक्सनले धेरैवटा पुल तथा सडक अलपत्र पारेको आरोप लागेको छ । बर्दियाको जब्दीघाटस्थित बबई पुल निर्माणमा गुणस्तर÷मापदण्ड कायम नगरी भ्रष्टाचार गरेको भन्ने विषयमा प्रतिनिधिसभाका सांसद् हरिनारायणप्रसाद साह रौनियारसमेतको विरुद्धमा २०७५ असोज १९ गते विशेष अदालत काठमाडौंमा मुद्धा दायर भएको हुँदा निलम्बन गरिएको जनाइएको छ । तर संघीय समाजबादी फोरम नेपालका महासचिव यादबले भने सूचनाका भरमा सांसद निलम्बन भए भन्नु गलत भएको बताउनुभयो । ‘अहिलेसम्म हाम्रो संसदीय दललाई जानकारी नै छैन न त सांसदलाई नै चिठी दिइएको छ’ यादबले भन्नुभयो ‘निलम्बन गरिने व्यवस्था न त संविधानमा छ न त नियमावलीमा नै कर्मचारीका लागि भएको व्यवस्था सांसदलाई लागू हुँदैन ।’ अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम स्वतः निलम्बन भएको भन्दै संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराइले असोज २१ गते सूचना जारी गर्नुभएको थियो । सांसद रौनियारले नियम विपरीत आफूलाई निलम्बन गरिएको बताउनुभयो । ‘कुन नियमले मलाई निलम्बन गरिएको हो त्यो स्पष्ट भए कमसेकम चित्त बुझाउने ठाउँ हुन्थ्यो ’ रौनियारले भन्नुभयो ‘ यसरी आवेशमा आएर कसैलाई पनि निलम्बन गरिनु व्यवहारिक हुँदैन ।’ सूचना जारी गरेपछि सांसद रौनियार यो चालु तेस्रो अधिवेशनमा संसद बैठकमा र आफू सदस्य रहेको विकास तथा प्रविधि समितिमा उपस्थित हुनुभएको छैन । दोस्रो अधिवेशन असोज ११ गते राती १२ बजेबाट समाप्त भएको थियो भने यो अधिवेशन पुस ११ गतेबाट सुरु भएको हो ।

चाेरविरुद्ध अाक्रामक प्रहरी, काठमाडौंमा १२४ पक्राउ

काठमाडौं, माघ १८ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने १२४ जनालाई पक्राउ गरेको छ । परिसर र महाशाखाले यही माघ १५ गतेदेखि सन्चालन गरेको ‘चोरी विशेष अभियान’अन्तर्गत् उनीहरुलाई पक्राउ गरी कारबाही गरिएको हो । परिसर र महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरी विशेष अभियान सन्चालन गरी चोरी गर्नेलाई रंगेहात पक्राउ गरी कारबाही गरेको जानकारी दिएको हो । परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले दिउँसोको समयमा बढी मात्रामा चोरी तथा लुटपाट हुने गरेको जानकारी दिए । ‘अरु सामग्रीको तुलनामा नगद, सुन, चाँदी बढी चोरी हुने गरेको छ’–उनले भने । साथीभाइको संगत, विगतको घरमा बसेर विगतको घरबेटीकाबारेमा सबै जानकारी पाएका, भारतबाट नेपालमा आएर विभिन्न व्यवसाय गर्ने व्यक्ति चोरीमा बढी संलग्न भएको परिसरले जनाएको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले १८ देखि ३० वर्ष उमेरका व्यक्ति बढी चोरीमा संलग्न भएको पाइएको बताए । ‘प्रहरीले सुरु गरेको ‘प्रहरी–समुदाय साझेदारी’ कार्यक्रमले चोरीमा संलग्न पक्राउ गर्न सजिलो भएको छ’–उनले भने । परिसर र महाशाखाको टोलीले बिहीबार र शुक्रबारमात्र बानेश्वरबाट १७, महाराजगन्जबाट १३, न्यूरोडबाट ८, थानकोटबाट ९ जनालाई पक्राउ गरेको छ भने ८३ जनासँग अनुसन्धान गरिरहेको छ । दुई महिला र १९ पुरुष धरौटीमा छुटेका छन् । यस्तै, तीन महिला र २१ पुरुषलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । रासस

कतार पहिलो पटक एसियन कप फुटबलको विजेता

काठमाडौं । जापानलाई ३–१ गोलअन्तरले हराउँदै कतारले पहिलो पटक एसियन कप फुटबलको उपाधि जितेको छ । आबुधावीस्थित शेख जायेद स्पोर्टस सिटी रंगशालामा भएको खेलमा चार पटकको च्याम्पियन जापान पराजित भएको हो । खेलको १२ औं मिनेटमा अलमोज अलीले गोल गर्दै कतारलाई शुरुआती अग्रता दिलाएका थिगए । २७ औं मिनेटमा अब्दुल्लाहजइज हइमले गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमा २ गोलले पछाडि परेको जापानले ६९ औ मिनेटमा एक गोल फर्कायो । उसका लागि ताकुमी मिनामिनोले गोल गरे । तर ८३ औ मिनेटमा कतारका अक्रम अफिफले पेनाल्टीमार्फत् गोल गरेर एसियन कपको उपाधि जित्न टोलीलाई सफल बनाए । सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारले राष्ट्रिय टिमलाइ बलियो बनाउन ठूलो लगानी गरेको छ । यो उपाधिले कतारलाई झन हौसला थपिएको छ ।

२४ औं दिनमा डा. केसीले अनशन तोडे

काठमाडौं, माघ १८ । १६ औँ अनसनमा बसेका डा. गोविन्द केसीले आज अनसन तोडेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर उनले अहिलेलाई आफ्नो अनसन स्थगित गरेको जानकारी दिएका हुन् । नागरिक समाजका अगुवाहरुको आग्रहलाइ स्वीकार गर्दै डाक्टर गोविन्द केसीले २४ दिन लामो सत्याग्रह हाललाई स्थगन गर्ने निर्णय लिएको बताए । उनलाई पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्व सभामुख दमननाथ ढुङ्गाना तथा अस्पतालमा सरसफाइ गर्ने कर्मचारीले जुस खुवाएर अनसन तोडाएका हुन् ।

अविनाश चम्किए, यूएइको सातौं विकेट पतन (LIVE )

काठमाडौं, माघ १८ । यूएई विरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले सातौं सफलता पाएको छ । सातौं किवेटका रुपमा यूएईका कप्तान मोहम्मद नाभिद आउट भए । उनलाई अविनाश बोहराले आउट गरे । अविनाशको खातामा आज यो दोस्रो विकेट हो । यसअघि, सन्दीप लामिछाने, सोमपाल कामीले समान दुईदुई र करण केसीले एक विकेट लिए । नेपालले आज टस हारेर बलिङको निम्तो पाएको छ ।आजको खेलम दुई जना खेलाडी परिवर्तन भएका छन् ।

सन्दीपले लिए लगातार विकेट, यूएईको चौथो विकेट पतन

काठमाडौं, माघ १८ । यूएई विरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले शानदार शुरुवात गरेको छ । ६ ओभर सकिदा यूएईले ४ विकेट गुमाएको छ । सन्दीप लामिछानेले तेस्रो र चौथो विकेट लिएका हुन् । उनले आफ्नो पहिलो ओभरको पाँचौ र छैटौं बलमा विकेट लिन सफल भए । यसअघि, सोमपाल कामीले २ विकेट लिइसकेका छन् । नेपालले आज टस हारेर बलिङको निम्तो पाएको छ ।आजको खेलम दुई जना खेलाडी परिवर्तन भएका छन् । टिमबाट रोहितकुमार पौडेल र बसन्त रेग्मी आउट हुँदा ललितनारायण राजवंशी र पवन सर्राफ टिममा परेका छन् । पवनको यो टी-ट्वान्टी क्रिकेटमा डेब्यु पनि हो । तीन खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ । आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा नेपाल जित हात पार्ने लक्ष्यमा हुनेछ ।

नेविसंघ अधिवेशनमा कांग्रेस नेताबीच कुटाकुट

ओखलढुंगा, नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिको १२ औं अधिवेशन उद्घाटन सत्रमा विवाद भएपछि पार्टी काग्रेस नेताबीच कुटाकुट भएको छ । अन्नपूर्ण पाेष्ट दैनिकका अनुसार, सोमबार साँझ उद्घाटन सत्रको मञ्चमै भएको कुटाकुटमा कांग्रेस नेता बालकृष्ण दाहालको चस्मा फुटेको छ । उनले कुटपिटका क्रममा आँखामा चोट लागेको बताएका छन् ।  सामुदायिक अस्पता स्रोब्रुमा आँखा परीक्षण गरेको पनि उनले बताए । त्यस्तै पूर्व सभापति गोमा केसी पनि कुटिएको पत्रकार सम्मेलन गरेर नेताहरुले बताएका छन् ।  केसीले पत्रकार सम्मेलनमा आफुमाथि जिल्ला सभापति प्रदीप सुनुवारले हातपात गरेको आरोप लगाएकी छिन् ।  अधिवेशन उद्घाटन सत्रमा असन्तुष्ट पक्षका नेताहरुले अधिवेशनमा सहभागी हुने प्रतिनिधिको नाम सार्वजनिक गर्नु पर्ने नेविसंघका केन्द्रीय उपाध्यक्ष नवीन राईलाई प्रमुख अतिथि बनाउनुपर्ने माग गरेपछि विवाद सुरु भएको थियो ।  कार्यक्रम सुरु हुँदा जिल्ला सभापति प्रदिप सुनुवारलाई प्रमुख अतिथि बनाएपछि विवाद बढेको नेविसंघका कार्यकर्ता सुजन दाहालले बताए । प्रतिनिधि एकपक्षीय बनाएर आफु अनुकूल नेतृत्व चयन गर्न खोजेको भन्दै दाहाल र केसीले मञ्चमै पुगेर कार्यक्रम रोक्न माग गर्दा झडपको अवस्था भएको हो ।  मञ्चमा जिल्ला सभापति प्रदीप सुनुवार, उपसभापति तेजेन्द्र खनाल र नेताहरु बालकृष्ण दाहाल, लिलाबल्लभ दाहाल काका र पूर्व सभापति गोमा केसीबीच हात हालाहाल भएको प्रत्यक्षदर्शी नेता विनोद केसीले बताए । उनले सभापति सुनुवार र उपसभापति खनालले आक्रमण गरेको पनि आरोप लगाए । झडपपछि असन्तुष्ट पक्षले कार्यक्रम बहिष्कार गरेका छन् । कुटाकुटपछि अधिवेशनमा आएका विद्यार्थीसमेत दुईपक्षमा विभाजित भएका छन् । वर्तमान पदाधिकारी र प्रतिनिधि आएका विद्यार्थीहरु पक्ष विपक्षमा बाँडिए पनि अधिवेशनको बन्द सत्र भने जारी छ ।  केन्द्रीय प्रतिनिधि तोकिएका पवन नेपालीले विधि मिचेर पार्टीले हस्तक्षेप गरेको आरोप लगाउँदै अधिवेशन स्थगनको  विज्ञप्ती निकालेका थिए । त्यसपछि संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अर्का प्रतिनिधि खटाएर अधिवेशनको बन्दसत्र चलिरहेको छ ।  सभापतिको राजीनामा माग  संस्थापन (शेरबहादुर देउवा) पक्षले विधि मिचेर अधिवेशन गरेको भन्दै विवादपछि असन्तुष्ट पक्षका नेताहरुले सोमबार साँझ पत्रकार सम्मेलन गरी जल्ला सभापति प्रदीप सुनुवार र उपसभापति तेजेन्द्र खनालको रामजीनामा मागेका छन् । पत्रकार सम्मेलनमा बोल्दै नेता टेकराज भट्टराईले महिना नेतृमाथि दुव्र्यवहार गर्ने सभापतिलाई पदमा बस्ने अधिकार नभएको जिकिर गरे । उनले केन्द्रीय सभापति देउवासमक्ष सुनुवारलाई बर्खास्त गर्न माग गरिने बताए ।  पत्रकार सम्मेलनमा नेतृ गोमा केसीले सभापतिले आफुमाथि दुव्र्यबहार गरेको आरोप लगाउँदै कानुनी उपचार खोज्ने चेतावनी दिएकी छन् । उनले बर्तमान पदाधिकारी बर्खास्त गर्न केन्द्रसँग मागसमेत गरेकी छन् । माहिलमाथि हिंसा गर्ने सभापतिलाई पदमा बस्न अधिकार नभएको भन्दै उनीहरुलाई अस्वीकार गर्ने केसी लगायतका नेताहरुले पत्रकार सम्मेलनमा बताएका छन् ।  जिल्ला सभापति प्रदिप सुनुवारले भने मादक पदार्थ पिएका केही व्यक्ति घुसाएर पार्टी हितविरुद्ध लागेका तत्वहरुले आफुमाथि आक्रमण प्रयास गरेको उद्घाटन सत्रमा सम्बोधन गर्दै बताएका थिए ।  उनले आफुमाथि आक्रमण प्रयास गर्नेहरुलाई अनुशासनको कारवाही गर्ने चेतावनी दिए ।  लामो समयदेखि आन्तरिक विवादमा अल्झिएको कांग्रेसको विवाद अहिले आएर झडपमा पुगेको छ । संसदीय निर्वाचनमा असहयोग गरेको भन्दै असन्तुष्ट पक्षका केही नेताहरुलाई भने जिल्ला समितिले यसअघि नै कारवाही गरेको सभापति सुनुवारले बताए । गुण्डागर्दीको शैलीमा कार्यक्रम विथोल्न खोजे पनि असफल पारिएको सुनुवारले बताए । 

सुरु भयो स्वस्थानी व्रत, उपत्यकाका विभिन्नस्थानमा भक्तजनको घुइंचो

काठमाडौं, माघ ७ । पौषशुक्ल पूर्णिमा अर्थात् आजदेखि एक महिनासम्म सम्पूर्ण हिन्दू नेपालीहरूले स्वस्थानी व्रत प्रारम्भ गरेका छन्का  । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ’ भनी बालुवाको शिवलिङ्ग बनाई श्री स्वस्थानीको व्रत बसेको र मनोकांक्षा पूर्ण भएपछि उनकै आज्ञानुसार लोककल्याणका लागि पृथ्वीलोकमा पनि श्री स्वस्थानीको व्रत प्रारम्भ गरिएको धार्मिक विश्वास छ । यस पर्वमा विशेषगरी महिलाहरू बिहान सबेरै उठी स्नान गरेर नित्य मध्याह्न महादेवको पूजा आराधना गर्नुका साथै कतिपयले एक महिने व्रत समेत बस्ने गर्छन् । १ महिनासम्म विशेष पौराणिक कथा सुनेर ब्रत बसिने श्री स्वस्थानीप्रति नेपाली नारीहरुको अहिले पनि उत्तिकै लगाव र विश्वास रहेको छ । खास गरेर श्री स्वस्थानी एउटा प्रेममुलक पौराणिक धर्मग्रन्थ पनि हो । श्री स्वस्थानी परमेश्वरीको व्रत बस्नाले यस लोकमा सुख, समृद्धि प्राप्त भई मृत्युपछि कैलाशमा पनि वास हुने विश्वास गरिन्छ ।  काठमाडौँ उपत्यकाबाट करिब चार कोस पूर्व शालीनदीमा महिनाभर विशेष मेला लाग्छ भने कतिपय महिला त्यहीं बसेर एक महिनासम्म नै विशेष विधिपूर्वक श्री स्वस्थानीको व्रत बस्छन् । हिन्दूहरूको व्रत भएपनि नेपालबाहिर भने स्वस्थानी व्रतको प्रचलन रहेको पाइंदैन । यस व्रतकथामा वर्णित  अधिकांश स्थानहरू काठमाडौँ उपत्या नजिकै रहेकाले नेपाली हिन्दू परम्परामा यसलाई विशेष महत्वका साथ हेरिने गरिन्छ ।

फागुन ३ गतेभित्र समायोजनकाे काम पूरा हुने

काठमाडौं – सरकारले एक महिनाभित्र सक्ने लक्ष्यसहित कर्मचारी समायोजको तयारी अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आउँदो फागुन ३ गतेभित्र सक्ने गरी समायोजनको तयारी अघि बढाएको हो । सरकारले समायोजन फारम भर्न दिएको समयवधिलाई अटेर गर्ने कर्मचारीलाई खटाउने तयारीका साथ मन्त्रालयले तयारी अघि बढाइएको बताइएको हो । एक महिनाभित्र तीनै तहमा कर्मचारी समायोजन गरिसक्ने गरी तयारी सुरु गरेको छ । फारम नभर्ने कर्मचारीको विवरण निजामती कितावखानाबाट ल्याएपछि समायोजन सफ्टवेयरमा राखिने मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी गराए । याे समाचार आजकाे नेपाल समाचार पत्रबाट  लिएकाे हाे ।

काे हुन डा. केसीविरुद्ध अनसन बसेका युवा विजय थापा ?

प्रा.डा. गोविन्द केसीले इलाममा १६ औँ अनशन सुरु गरेकाे तेस्रो दिन फरक माग लिएर एकजना यवविा जय थापाले पनि अनशन सुरु गरे । ‘नि:शुल्क स्वास्थ्य, शिक्षा र रोजगारका निम्ति संयुक्त सङ्घर्ष समिति’ नाम दिएर अनसन बसेका थापा काे हुन त ? के छन उनका माग ? थापाबारे कान्तिपुर दैनिकमा प्रकाशित अालेख यहाँ साभार गरेका छाैं । पुस २७ गते इलाम चोक बजारस्थित लाँकुरी चौतारामा उनी अनशन बसेका थिए । संसदीय समितिमार्फत पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक कार्यान्वयन गर्नेसहित नौ बुँदे माग राखेर थापाले अनशन थालेका हुन् । थापाले अनशन थाल्दा माग पूरा नहुन्जेल आफ्नो आन्दोलन जारी हुने बताएका थिए । राजधानीबाहिर निजी मेडिकल कलेज खोल्न पाउनुपर्नेलगायत उनका माग छन् । उनका मागमा एमडी तथा पीजी कक्षाको कोटा कम्तीमा १ हजार ५ सय पुर्‍याउनुपर्ने, सरकारी तलब खाएर राजनीति गर्ने कर्मचारीलाई बर्खास्त गर्नुपर्नेलगायत छन् । त्यस्तै प्लस टु माथिको उच्च शिक्षा नेपालमै नि:शुल्क अध्ययन गर्ने वातावरण बनाई शिक्षा र स्वास्थ्य अध्ययनका नाममा बर्सेनि ७० अर्ब रुपैयाँ बिदेसिने गरेकाले यसलाई रोक्ने वातावरण निर्माण गर्नुपर्ने, बङ्गलादेशबाट फर्कने क्रममा जहाज दुर्घटनामा निधन भएका १८ डाक्टरका परिवारलाई तुरुन्त क्षतिपूर्ति दिइनुपर्ने, बलात्कारजस्तो जघन्य अपराधलाई निरुत्साहित गर्न दोषीलाई फाँसीको सजाय व्यवस्था गर्न उनले माग गरेका छन् । अनशन सुरु हुनुअघि जारी विज्ञप्तिमा गत वर्षको वैशाख १३ देखि काठमाडौँको खुलामञ्चमा थापाले ५३ दिन सत्याग्रह गरेको उल्लेख छ । डा. केसीका पक्षमा बजारमा दिनहुँ प्रदर्शन हुँदा थापाका समर्थकले पनि प्रदर्शन गरे । प्रदर्शनका क्रममा भएको कोणसभामा नेकपा सम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियुका स्थानीय नेताले थापाका माग जायज भएको भन्दै मन्तव्य दिएका थिए । केसीको स्वास्थ्य अवस्था कमजोर भएपछि हेलिप्टरबाट बिहीबार राति काठमाडौँ लगिएको थियो । इलामबाट उनलाई एम्बुलेन्समा झापाको भद्रपुर लगिएको थियो । त्यसको आधा घण्टामा थापालाई पनि एम्बुलेन्सबाटै झापा लगियो । थापालाई झापाबाट शुक्रवार हेलिकप्टरबाटै काठमाडौँ लगिएको थियो । दुवैको काठमाडौँमा उपचार भइरहेको छ । अनशन पनि नारी छ । को हुन विजय थापा ? डा. केसीविरुद्ध अनशन बसेर चर्चामा आएका विजयको पुरानो ठेगाना सुनकोशी गाउँपालिका ३, ओखलढुङ्गाको सिस्नेरीस्थित डाँडागाउँ हो । तेजबहादुर थापाका जेठा छोरा विजय डाँडागाउँमै जन्मिएका हुन् । उनका बुबा नेपाली सेनाका पूर्वजमदार हुन् । उनीहरू २०५८ सालतिर उदयपुरको कटारी बसाइँ सरे । विजयले एसएलसीसम्म कटारीमै अध्ययन गरे । स्कुले जीवनमै विभिन्न समूह बनाएर विद्यालयमा आन्दोलन गरेपछि उनी सानै उमेरमा कटारी क्षेत्रमा परिचित थिए । पछि चुरेभावर राष्ट्रिय पार्टीमा आबद्ध भए । चुरे भावरमा आबद्ध हुँदासमेत उनी विभिन्न घटनामा संलग्न भएको आरोप लागेको थियो । उनको परिवार कटारी बजारको घर बेचेर काठमाडौँ बसाइँ सरेपछि तराई केन्द्रित भए । जनकपुर, सर्लाही, सप्तरी, सिराहा र सिन्धुलीसम्म विभिन्न गतिविधि गरिरहने उनी हाल ‘रैथाने एकता परिषद्’ का संयोजक हुन् । तराईका रैथाने समुदायलाई छुट्टै किसिमको पहिचानको मुद्दा स्थापना गर्ने भन्दै गठित एकता परिषद्ले राजनीतिक दलकै जस्तो गतिविधि गर्दै आएको छ । उनी मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चामा समेत आबद्ध थिए । उनका समर्थक धेरैजसो युवा छन् । आफूले गतिविधि गरेका क्षेत्रमा युवालाई आकर्षित गर्ने क्षमता भएका उनको समर्थनमा उदयपुरदेखि तराईका विभिन्न जिल्लाका दर्जनौँ युवा इलाम पुगेका थिए । साभार: विप्लव भट्टराई र कुम्भराज राई/कान्तिपुर दैनिक