अनशन २५ औं दिनमाः किन भेटिएन निकासको बाटो ?

काठमाडौं, साउन ८ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सोमबार साँझ ट्विट गरे,‘डा. गोविन्द केसी स्वतन्त्र निर्णय लिन सक्ने अवस्थामा पुग्नुभएको खण्डमा मात्र निःसर्त वार्ता गर्न प्रधानमन्त्री तत्पर हुनुहुनेछ, निःसर्त वार्ता गर्न तयार भए जुनसुकै बेला औपचारिक वार्ता सुरु हुन सक्छ।’

अर्यालको यो शब्दावली सरकार वार्ताका लागि लचिलोभन्दा कठोर नै भएको बुझ्न पर्याप्त थियो। अर्यालको ट्विटमा थप लेखिएको थियो,‘सार्वभौम संसद्भन्दा बाहिरबाट चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा निकास खोज्न थोपरिने कुनै पनि सर्त मान्य र ग्राह्य नहुने कुरामा प्रम अडिग हुनुहुन्छ।’

प्रधानमन्त्रीका तर्फबाट यस्तो धारणा आउनुअघि शनिबार सरकारी वार्ता टोलीले ‘आए वार्ता गरिदिन्छौं भन्ने टाइप’ को विज्ञप्ति जारी गरेको थियो। सोही दिन डा. केसी पक्षधर वार्ताटोलीले ‘चिकित्सा शिक्षा विधयेक फिर्ता गर्ने र सरकारी टोली म्यान्डेटसहित आयो भने वार्ता गर्ने’ जवाफ विज्ञप्तिमार्फत नै दियो।

यी दुवै अभिव्यक्ति वार्ताको वातावरण टाढा धकेल्न पर्याप्त थिए। त्यसमाथि सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले डा. केसीको कामै अनशन बस्नु भएको भन्दै सहमतिको सम्भावना निकै पर भएको संकेत गरे।

सरकारी र डा. केसी पक्षबाट आएका तर्क र मन्तव्य सुन्दा २५ दिन लामो अनशन टुंगिने सम्भावना क्षीण भएको संकेत हुन्छ। तर सत्तारूढ दलहरुले विगतमा गरेका सहमतिलाई नबिर्सिईकन राजनीतिक इमानदारी देखाउने र डा. केसीले परिवर्तित सन्दर्भमा थोरै लचकता देखाउने हो भने सहमति टाढा छैन। नागरिकमा खबर छ ।

नेपाली साहित्यमा भानुभक्तको योगदान असाधरण र कालजयी-प्रधानमन्त्री

काठमाडाै‌, असार २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली साहित्य र समाजमा आदिकवि भानुभक्त आचार्यको योगदान असाधरण र कालजयी रहेको भन्दै प्रशंसा गरेका छन् । २०५ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भानुभक्तले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेकोसमेत बताए । ‘भानुभक्तले साहित्यमार्फत् समाज सुधारमा ठूलो योगदान पुर्याउनु भएकोछ’, प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले नेपाली साहित्यमा भानुभक्तीय भावना, शैली र प्रवृतिको आफ्नै महत्त्व रहेको बताए । प्रतिष्ठानले कार्यालय भवन निर्माणका लागि जग्गा माग गरेकोमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा निर्णय गरेर सम्बोधन गरिने बताए ।

इंग्ल्याण्डमाथि भारतको शानदार जित, कुलदीप र रोहितकाे किर्तीमानी प्रदर्शन !

असार २९ । भारतले एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा उत्कृष्ट जित निकालेको छ । बेलायत भ्रमणमा रहेको भारतले पहिलो खेलमा उत्कृष्ट जित निकालेको हो । ट्रेन्ट ब्रिज मैदानमा गएराती भएको खेलमा भारतले इंग्ल्याण्डलाई ८ विकेटले हराएको छ । इंग्ल्याण्डले प्रस्तुत गरेको २६९ रनको लक्ष्य भारतले ४० ओभर एक बलमा मात्रै दुई विकेटको क्षतिमा भेट्टायो । उसका लागि रोहित शर्माले ११४ बलमा १५ चौका र चार छक्काको सहयोगमा नटआउट १३७ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ८२ बलमा सात चौकाको सहयोगमा ७५ तथा शिखर धवनले २७ बलमा ८ चौकाको सहयोगमा ४० रनको योगदान दिए । कोहलीको कप्तानीमा रहेको भारतको जितमा उनीहरु भन्दा पनि ठूलो नायक बने कुलदीप यादव । उनले इंग्ल्याण्डको पारी निकै धरापमा पारे । पहिले ब्याटिंग गरेको इंग्ल्याण्डले एक बल बाँकी हुँदा सबै विकेट गुमाएर २६८ रन बनायो । उसका लागि बेन स्टोकले ५० तथा ज्यासन रोय र जोनी बाइर्तोवले समान ३८ रनको योगदान दिए । तर इंग्ल्याण्डका लागि भारतका यादव निकै सास्ती साबित भए । यादवले मात्रै २५ रन दिएर ६ विकेट लिए । रोहित र कोहलीको उत्कृष्ट ब्याटिंग तथा यादवको शानदार बलिंगले भारतलाई तीन खेलको सिरिजमा १ ० को अग्रता त्यो पनि भव्य जितका साथ दिलाएको छ । रोहित इंग्ल्याण्डमा व्यक्तिगत सर्वाधिक रन बनाउने खेलाडीसमेत बनेका छन् । उनने विराटलाई पनि पछाडी पारेका छन् । योभन्दा पहिले विराटले २०११ मा भएको एक दिवसीय खेलमा शतक प्रहार गरेका थिए । कोहलीले ५० खेलको कप्तानी गर्दा सबैभन्दा बढि खेल जिताउने रिकी पोन्टिङ र सी. लार्यडको बराबरीमा पुगाएका छन् । उनले भारतका लागि ५० वान्डेको कप्तानी गरेका छन् । यसमा कोहलीले ३९ जित र १० खेलमा हारको सामना गर्नु परेको छ । यस्तै एक खेलको भने कुनै परिणाम आउन सकेको छेन । यस्तै इंग्ल्याण्डमा स्पिनर खेलाडीले एकै खेलमा ६ विकेट लिने कूलदिप यादव पहिलो खेलाडी बनेका छन् । भारतले यसअघि नै ट्वेन्टी ट्वेन्टी सिरिज २ १ ले जितेको छ । भारत र इंग्ल्याण्डबिचको दोस्रो एक दिवसीय खेल शनिबार हुनेछ । –एजेन्सी

चलचित्र ‘साली कस्को भेनाको’ ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौं । हाँस्य प्रधान सामाजिक नेपाली चलचित्र ‘साली कसको भेनाको’ को ट्रेलर सार्वजनिक भएको छ । भद्र भुजेलको निर्देशनमा बनेको चलचित्रको ट्रेलर आइतबार बुढा सुब्बा डिजिटलको युट्युव च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो । भदौ २९ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने तयारीमा रहेको चलचित्रमा बिल्सन बिक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, मरिश्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, विरेन श्रेष्ठ, पुष्प आचार्य लगायतका कलाकारले अभिनय गरेका छन् । निकै रमाइलो फिल्म बनाएकाले दर्शकले मन पराउने बिश्वास निर्देशक भद्रको छ । प्रसाद श्रेष्ठको प्रस्तुति रहेको चलचित्रको निर्मातामा रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्यो र काजीमान श्रेष्ठ ‘विशाल!, कमला भट्टराई र मुक्ति अधिकारी छन् । चलचित्रको गीत प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मीन घलानको संगीत रहेको छ । मुभिङ पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्म दीर्घ गुरुङले खिचेका हुन् । पुष्प आचार्यले लेखेको चलचित्रको सम्पादन बनिष शाहले गरेका हुन् । ‘साली कसको भेनाको’ समसामयिक सामाजिक विषयमा निर्माण गरिएको निर्माता प्रसाद बताउछन् । प्रसाद उनै हुन्, जसले पहिला कान्छी, कर्जालगायतका चलचित्र निर्माण गरेका थिए । लामो समयको अन्तरालपछि चलचित्र निर्माणमा पुनरागमन गरेका प्रसाद ‘साली कसको भेनाको! बाट निकै आशावादी छन् । हेर्नुहोस् भिडियो-

भारतीय पर्यटकलाई निम्तो बाँड्ने

पोखरा । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भारतीय पर्यटकलाई निम्तो बाँड्न नेपालको पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । पश्चिमाञ्चल होटल संघको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको सहयोगमा सो टोली भारतर्फ प्रस्थान गर्नुभएको हो । विशेषगरी भारतका पटना, बनारस, लखनउलगायतका विभिन्न क्षेत्रमा अहिले अत्यधिक गर्मी हुने भएकाले यो समय पोखरा घुम्नका लागि पर्यटकलाई उपयुक्त छ भन्ने सन्देश दिने उद्देश्यसहित टोली भारतर्फ प्रस्थान गरेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकाल तुलाचनले जानकारी दिनुभयो । “पोखरा सबै मौसमका लागि घुम्न उपयुक्त छ नै, गर्मीको समयमा शीतल, स्वच्छ वातावरणसहित हिमाली एवं पहाडी दृष्यावलोकनका लागि आउनैपर्ने ठाउँ भएको कुरालाई प्रचारप्रसार गरिनेछ”, उहाँले भन्नुभयो, “विगत छ वर्षयता निरन्तर सञ्चालन गरिएको यो कार्यक्रमले भारतीय पर्यटक आउनेक्रममा निकै वृद्धि भएको छ ।” पोखरा आउने भारतीय पर्यटक हिमाली दृष्यावलोकनमा लोभिने गरेको उल्लेख गर्दै नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालयका प्रमुख सूर्य थपलियाले पोखरा हुँदै धेरै भारतीय पर्यटक प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ पुग्ने गरेको बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै सम्पन्न मुक्तिनाथ दर्शन भ्रमणसँगै यस क्षेत्रमा भारतीय पर्यटकको चाप बढेको पर्यटन व्यवसायी बताउँछन् । पश्चिमाञ्चल होटल संघका पूर्वअध्यक्ष भरतराज पराजुलीले गर्मीको समयमा मात्र नभएर बाह्रै महिना भारतीय पर्यटक आउन भन्ने सोचका साथ कार्यक्रमलाई निरन्तरता दिइएको छ भन्नुभयो । पोखरामा आउने कूल विदेशी पर्यटकमध्ये ६० प्रतिशत भारतीय रहेको पनि उहाँले जानकारी दिनुभयो । पाँचदिने सो भ्रमण कार्यक्रमका क्रममा टोलीले लखनउ, पटना, वनारसलगायतका ठाउँमा पुगी त्यहाँका पर्यटन व्यवसायीसँग अन्तक्र्रिया गरिने होटल संघका सचिव गणेश पहारीले जानकारी दिनुभयो । रासस

दुई महत्वपूर्ण निर्णय गर्दै नेकपा बैठक सकियो

काठमाडौं, असार २७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले विधान र नियमावली पारित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको नेकपाको सचिवालय बैठकले पार्टीको विधान र नियमावली पारित गरेको हो प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ जानकारी दिए । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अब नियमावली छाप्न पठाइने छ । ‘विधानको अभिन्न अंगको रुपमा रहेको नियमावलीलाई अन्तिम रुप दिने काम भयो । अब छिट्टै प्रकाशनमा जाने छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने । अर्को बैठकले विधान र नियमावली अनुसार सबै पार्टी कमिटी र जनवर्गीय संगठनहरुको सांगठनिक एकीकरणको खाका खाका तयार पार्ने जनाइएको छ । विधान र नियमावली पारित भएसँगै पार्टीका सबै कमिटीको सांगठानिक एकता र पार्टी सञ्चालनका लागि मार्ग प्रशस्त भएको छ ।

सातामा धेरै कमाउने रेकर्ड सन्जूकाे नाममा, रणबीरकाे २०० कराेड कमाउने पहिले फिल्म

मुम्बई, असार २१ । रणबीर कपूर अभिनित फिल्म सन्जू बक्सअफिम कलृेक्सनमा छिटो २०० करोड कमाउने रेकर्ड कायम गर्दै छ । बजार विश्लेषक तरण आदर्शले आफ्नो ट्वीटरमा जनाए अनुसार सन्जूले ६ दिनमा भारतमा मात्रै १८६.४१ करोड रुपैया कमाइसकेको छ । बुधवार मात्रै सन्जूले करीब १८.९० करोड कमाइ गरेको छ । यसअघि फिल्मले पहिलो दिन ३४.७५ करोड, दोस्रो दिन ३८.६० करोड, तेस्रो दिन ४६.७१ करोड, चौथो दिन २५.३५ करोड र पाँचौं दिन २२.१० करोड गरी कुल १६७.५१ करोड कमाइ गरिसकेको छ । फिल्मले तीन दिनमा १२०.०६ करोड कमाएर नयाँ रेकर्ड बनाएको छ । साथै एक सातामा सबैभन्दा धेरै कमाउने इतिहास पनि बनाएको छ । चर्चित अभिनेता संजय दत्तको जीवनीमा आधारित फिल्म सन्जू २९ जूनमा रिलिज भएको थियो । फिल्ममा रणबीर कपूर, परेश रावल र विक्की कौशलको अभिनयको खुलेर प्रशंसा गरिएको छ । फिल्ममा दीया मिर्जा, सोनम कपूर, अनुष्का शर्मा, बोमन इरानी र जिम सर्भको पनि प्रमुख भूमिका रहेको छ । फिल्मको निर्देशन भने चर्चित निर्देशक राजकुमार हिरानीले गरेका छन् । सन्जू रणबीरको २०० करोड कमाउने पहिलो फिल्म हुनेछ । अहिलेसम्मको कलेक्सनलाई हेर्ने हो भने सन्जूलाई २०० करोड रुपैयाँ कमाउन अब कुनै ठूलो कुरा हुने छैन । २०० करोड कमाउने रणबीर कपूरको यो पहलिो फिल्म हुने छ । यसअघि रणबीरका कुनैपनि फिल्मले २०० करोड कमाउन सकेका छैनन् । यसअधि रणबीरका चारवटा फिल्म मात्रै १०० कराेढ क्लबमा २०१२: बर्फी-११२.१५ करोड २०१३:यह जवानी है दीवानी-१८८.५७ कराेड २०१६:ऐ दिल है मुश्किल-११२.४८ करोड २०१८:सन्जू-१८६.४१ करोड

स्नातकोत्तर तहमा सार्वजनिक नीति विषयको पढार्इ

काठमाडौँ । नेपालमा पनि सार्वजनिक नीति विषयमा विश्वविद्यालय तहमा पढाइ हुने भएको छ । काठमाडौँ विश्वविद्यालयले सन् २०१९ को पहिलो महिनादेखि स्नाकोत्तर तहमा सो विषयमा पढाइ शुरु गर्न लागेको हो । मानविकी, व्यवस्थापन, कानूनलगायत विषय पनि सो विषयमा समावेश हुनेछन् । विशेषगरी सरकारका विषयगत मन्त्रालयलाई आवश्यक पर्ने नीति र नीतिलाई कार्यान्वयनमा ल्याउने विधि पनि समावेश हुने आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । काठमाडाँै विश्वविद्यालय र इन्स्टिच्युट फर इन्टरग्रेट डिभलपमेन्ट स्टडिज (आइआइडिएस)द्वारा संयुक्त रुपमा आयोजित सो कार्यक्रममा चार सेमेस्टरमा अध्यापन हुने सो विषयमा तालीम कक्षा पनि सञ्चालन हुने जनाइएको थियो । विकसित देशका विश्वविद्यालयमा सार्वजनिक नीतिको विषय अध्ययन अध्यापनमा उच्च प्राथमिकता दिइने गरिन्छ । सार्वजनिक नीतिलाई बलियो बनाउँदा लोकतन्त्र नै बलियो हुने विश्वास गरिन्छ । सांसद गगन थापाले नीति निर्माण तहमा सार्वजनिक नीतिको महत्वबारे जानकारी कम हुँदा यसको असर सुशासन र विकासमा परेको चर्चा गर्दै लोकतन्त्रलाई सुदृढ बनाउन सार्वजनिक नीतिलाई बलियो बनाउनुपर्छ भन्नुभयो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले केन्द्रमा बसेर जनताको आवश्यकताको मापन गर्न नसकिने हुँदा सरकारले सार्वजनिक चासोलाई समयमै सम्बोधन गर्न ध्यान दिनुपर्छ, यसका लागि सार्वजनिक नीति प्रभावकारी बनाउनुपर्छ भन्नुभयो । नेपालका लागि अमेरिकी राजदूत अलाइन वि टेप्लिजले नेपालले संघीयता कार्यान्वयनमा ल्याइरहेको अवस्थामा सार्वजनिक नीतिलाई स्थानीय तहसम्म बलियो बनाउन सुझाव दिँदै सेवाग्राहीले कुन सेवा कसरी, कहाँ प्राप्त गर्न सकिन्छ भन्ने जानकारीले स्थानीय सरकारको प्रभावकारिता अभिवृद्धि हुन जाने विश्वास व्यक्त गर्नुभयो । काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ कमाजु श्रेष्ठले सार्वजनिक नीतिको अध्ययनले दिगो विकासमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै योजना तर्जुमादेखि कार्यान्वयन र स्रोत साधन उपयोगमा बढी प्रभावकारिता देखिने चर्चा गर्नुभयो । आइआइडिएसका अध्यक्ष डा मोहनमान सैँजु, कार्यकारी निर्देशक डा विष्णुदेव पन्तले सार्वजनिक नीतिको अध्ययन अध्यापनले सुशासन प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस

एसइईमा जिपिए ४ ल्याउनेलाई एक लाख पुरस्कार

मोरङ, असार १६ । पथरीशनिश्चरे–१ स्थित एभरेष्ट बोर्डिङ स्कूलले २०७४ सालको एसइई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने दुई विद्यार्थीलाई जनही रु एक एक लाख पुरस्कार प्रदान गरेको छ । अन्य विद्यार्थीलाई पनि नगद पुरस्कार प्रदान गरिएको छ । विद्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा जिपिए ४ प्राप्त गर्ने समिता रिजाल र आदर्श न्यौपानेलाई सो पुरस्कार दिइएको विद्यालयका निर्देशक रवीन कन्दङ्वाले जानकारी दिनुभयो । यस्तै जिपिए ३।९५ प्राप्त गर्ने स्वस्तिका तिम्सिनालाई रु ६० हजार, जिपिए ३।९ प्राप्त गर्ने कुसुम लिम्बूलाई रु ५० हजार, जिपिए ३।८५ ल्याउने विवेक दुलाललाई रु २५ हजार र जिपिए ३।७५ प्राप्त गर्ने समीक्षा श्रेष्ठलाई रु १५ हजार प्रदान गरिएको थियो ।

प्रियंका चोपडाभन्दा पहिले निकका ७ प्रेमीका यी हुन्

बलिउड चर्चित अभिनेत्री प्रियंका चोपडा र उनका ब्याइफ्रेण्ड निकले अहिले खुबै चर्चा पाएका छन् । उनी दुवैबीचको प्रेमसम्बन्धले सामाजिक सञ्जालका भित्ता रंगिएका छन् । अहिले निक प्रियंकासँगै भारतमा छन् । केही दिन अघिमात्रै उनीहरुले गोवामासँगै समय विताएका छन् । उनीहरुको आन्तरिक कुरा जान्ने धेरैलाई चाँसो हुन सक्छ । मन पर्ने सलिब्रेटीको आन्तरिक कुराबारे चाँसो दिनु स्वभाविक पनि हो । यसैबीच आज चोपडाका २५ वर्षीय ब्याइफ्रेण्ड निकका पूर्व प्रेमीकाबारे चर्चा गर्ने छौं । निकको जिन्दगीमा प्रियंका पहिलो केटी होइनन् । योभन्दा पहिले स्टार निकले सात चर्चित महिलासँग प्रेम गाँसि सकेका छन् । प्रियंका अघि निकका सात प्रेमीका यी हुन् माइली सायरस माइलीसँग निकको पहिलो भेट सन् २००६ मा एक च्यानलको कार्यक्रममा भएको थियो । त्यति बेला निक केवल १३ वर्षका मात्रै थिए । रोमाञ्चक कुरा केछ भने उनले पहिलो किस माइलीलाई गरेका थिए । एक टिभी च्यानलको अन्तर्वार्तामूलक कार्यक्रममा निकले आफ्नो यो गोप्यता सार्वजनिक गरेका थिए । माइली र निकको ब्रेकअप २००७ को अन्त्यमा भएको हो । उनीहरुबीचको सम्बन्ध किन लामो समय टिक्न सकेन ? यो प्रश्नको जवाफ भने निकले दिएको पाइदैन ।   सेलेना गोमेज निकले पन्ध्र वर्षको उमेरमा गोमेजसँग प्रेम गरेका थिए । निकले उनीसँग करिव दुई वर्ष प्रेममा थिए । उनीहरुबीचको प्रेम २०१० मा अन्त्य भयो । जर्जिया फलर केही वर्षअघि मात्रै निक ‘बिक्टोरिया सीक्रेटु मोडल जर्जिया फलरसँग प्रेममा थिए । तर, उनीहसँग पनि निकको प्रेम धेरै टिकेन । लिला कलीन्स २०१६ मा हलिउडमा निक चर्चामा रहे । उनी चर्चामा रहनुको कारण ब्रीटीस अभिनेत्री लिली कलीन्ससँगको डेट । उनीहरु दुवैबीच २००९ सालमा भेट भएको थियो । तर, निकले भने कलीन्ससँग कुनै सम्बन्ध नरहेको भन्दै आएका छन् । आलिविया कल्पो निक र आलिवियाबीच करीव दुई वर्ष प्रेममा थिए । केट हड्सन यूएस विक्ली रिपोर्टमा छापिएअनुसार १४ वर्ष बढि उमेरकी केट हड्सनसँग पनि निकको अफियर थियो । उनी दुवैबीच २०१५ मा पहिलोपटक भेट भएको थियो । २०१६ मा उनीहरुबीचको चर्चा खूब चुलिएको थियो । तर, यो सम्बन्ध पनि लामो समय टिक्न भने सकेन । डेल्टा गुडरेम निकले अस्टे«ेलियन गायिक डेल्टा गुडरेमसँग पनि प्रेम सम्बन्ध राखे । निक र डेल्टाबीच प्रमेहुँदा उनीहरुबीचको उमेर अन्तर ९ वषै थियो । निक १८ वर्षहुँदा डेल्टा २७ वर्षकि थिइन् । तर, उनीहरुबीचको सम्बन्ध २०१७ मा समाप्त भयो । -एजेन्सी

जितको स्वाद चाख्न नपाई सलाहको टोली घर फर्कियो

मस्को । समूह एको खेलमा साउदी अरबले इजिप्टलाई २-१ गोलले पराजित गरेको छ । दुई टोली विश्वकपबाट बाहिरिइसकेकाले यो खेल प्रतिष्ठाका लागि मात्र थियो । खेलको २२औं मिनेटमै मोहम्मद सलाहको गोलमार्फत अग्रता बनाएको इजिप्टले अग्रता जोगाउन सकेन । पहिलो हाफको इन्ज्यूरी समयमा सलमान अल फाराजले पेनाल्टी गोलमार्फत खेल बराबरीमा ल्याए । त्यसअघि खेलको ४१औं मिनेटमा पनि साउदीले पेनाल्टी पाएको थियो । तर, साउदी स्ट्राइकर फाहद अल मुआलादले प्रहार गरेको पेनाल्टी इजिप्टका गोलरक्षक इसम अल हारादीले बिफल पारिदिएका थिए । तर, खेलको इन्ज्यूरी समयमा साउदीका सलिम अल देश्वारीले विजयी गोल गरे र साउदीले विश्वकपमा सान्त्वना जित हासिल गर्न सफल भयो । तर इजिप्ट भने समूह चरणका तीनै खेल हार्दै घर फर्केको छ ।

किरा पाउनै छाड्यो, अब के खाने ?

बझाङ, असार ९ । ‘अब किराको जमाना पनि गएजस्तो छ । दुई महिना किरा (यार्सा) टिपेर वर्षभरि मोज गर्न पाइहालिन्छ भनेर खेतीपाती लाउन छाडें । खेत पनि बाँझो भयो, किरा पनि सकियो,’ साविक काँडा गाविस (हाल साइपाल गाउँपालिका) का पूर्वअध्यक्ष गोपाल बोहराले बझाङ सदरमुकाम, चैनपुरमा अनौपचारिक कुराकानीका क्रममा चिन्ता व्यक्त गरे । यो चिन्ताले उनलाई मात्र हैन, बझाङको उत्तरी भेगमा बसोबास गर्ने आधा जनसंख्यालाई पिरोल्न थालेको छ । कुनै बेला भौगोलिक रूपमा विकट र आर्थिक रूपमा विपन्न भनेर चिनिएका जिल्लाका उत्तरवर्ती गाउँहरूमा यार्साको उत्पादन बर्सेनि घट्न थालेपछि संकलकहरूको जीवनशैलीमा केही वर्षयता व्यापक फेरबदल आउन थालेको छ । मनमौजी खर्च गर्ने बानी लागेका बझाङको उत्तरी भेगका आधा जनसंख्यालाई अहिले के खाने, के लाउने चिन्ताले घेरेको छ, खेतीपाती छाडेर यार्सा संकलनबाट कमाउन पल्केकाहरू उत्पादन घटेपछि समस्यामा पर्न थालेका छन् । जीवनबुटीका नामले प्रख्यात बहुमूल्य जडिबुटी यार्सागुम्बु उत्पादनमा प्रत्येक वर्ष गिरावट आउन थालेपछि यार्साकै कारण नयाँ जीवन पाएका बझाङका विकट गाउँका धेरै बासिन्दा आफ्नो भविष्यबारे चिन्तित देखिन्छन् । सुर्मा गाउँपालिकाका गणेश बोहराको संयुक्त परिवारमा १७ जना छन् । ६ सात वर्षअघि उनको आर्थिक अवस्थाले खान–लाउनै मुस्किल थियो । आर्थिक विपन्नता यतिसम्म थियो कि स्कुलको शुल्क तिर्न नसकेर उनका ६ मध्ये ५ भाइले प्राथमिक तहमै विद्यालय छोड्नुपर्‍यो । यार्साको व्यापार हुन थालेपछि भने एकाएक उनको आर्थिक अवस्थामा चमत्कार भयो । गणेशले यार्साकै कमाइबाट सदरमुकाम चैनपुरमा घडेरी जोडे, अनि घर बनाए । २ तीन महिना मात्र काम गरेर वर्षभरि आराम गर्ने र मनमौजी खर्च गर्ने बानी लागेका साविकका काँडा, सुर्मा, दौलीचौर, दहबगर, लेकगाउँ, दाँतोला, मेलबिसौना, रिलु, मस्टा, धमेना, सुनिकोटलगायत २६ गाविसका बासिन्दाको अवस्था उनकै जस्तो भएको छ । किन घट्दै छ उत्पादन ? संकलन क्षेत्रमा मानव गतिविधि र चाप अत्यधिक बढ्नु नै यार्साको उत्पादन घट्नुको मुख्य कारण रहेको संकलकहरूको बुझाइ छ । ‘पाटनमा खुट्टो टेक्ने ठाउँ हुँदैन । मान्छे नै धेरै भए,’ साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले यार्साको उत्पादन घट्नुको कारण अनुमान गर्दै भने, ‘यार्सा पाइने ठाउँ मान्छेले भरिएपछि उत्पादन त घट्ने नै भयो ।’ उनको भनाइमा सही थाप्दै साइपाल गाउँपालिकाका मानबहादुर बोहराले भने,‘त्यत्रो मान्छेले प्रत्येक वर्ष फोहोर फाल्दा यार्सा पाउने पाटन नै भरिन लागिसके । कहाँबाट बढोस् त उत्पादन ?’ संकलन प्रक्रिया व्यवस्थित नहुँदा पनि उत्पादन घटेको वन प्राविधिकहरू बताउँछन् । जिल्ला वन कार्यालयका सहायक वन अधिकृत सुरेन्द्र कठायत भन्छन्, ‘खासमा यार्सा संकलन गर्ने समय भनेको जेठको महिना हो । यहाँ त चैत अन्तिमदेखि नै मान्छेले पाटन भरिन्छन् । यार्सा उत्पादन हुने स्थानमा प्लास्टिक र सिसाजन्य फोहोर, जुत्ताचप्पल, काम नलाग्ने कपडा जथाभावी फाल्ने गर्दा प्रदूषण बढदै गएकाले पनि यार्साको उत्पादन घटेको तर्क उनको छ । यसबाहेक हिमपात कम हुने र जलवायु परिवर्तनको असर पनि यार्सा उत्पादनमा परेको उनको अनुमान छ । कान्तिपुरमा खबर छ ।

सार्वजनिक स्थलमा यौन कार्य गरे १ वर्ष कैद !

काठमाडौं, असार ९ । सार्वजनिक स्थलमा यौन क्रियाकलाप गरे कैद र जरिवाना हुने भएको छ । मुलुक अपराध (संहिता) ऐन २०७४ को दफा १२३ मा यस्तो कारबाहीको व्यवस्था गरिएको हो, जुन आगामी भदौ १ गतेबाट कानूनका रुपमा लागू हुनेछ । कानूनमा कसैले सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौनक्रिया गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्नुहुँदैन भनिएको छ । यसो गरे १ बर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने छ ।

‘मुसा’ को उत्कृष्ट प्रदर्शनले नाइजेरियाको शानदार जित, अर्जेन्टिनालाई कति राहत ?

मस्को । विश्वकप फुटबल अन्तर्गत शुक्रबार बेलुका भएको समूह ‘डी’ अन्तर्गतको खेलमा नाइजेरियाले पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्डलाई हराएको छ । पहिलो खेलमा बलियो टिम अर्जेन्टिनालाई १-१ को बराबरीमा रोकेको आइसल्याण्ड दोस्रो खेलमा नाइजेरियासँग पराजित भएको हो । यो खेलमा नाइजेरियालाई जिताउन दुवै गोल अहमद मुसाले गरे । पहिलो हाफमा गोलरहित भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको हो । मुसाले ४९ औँ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । उनैले ७५ औँ मिनेटमा अर्को सुन्दर गोल गर्दै अग्रता दोब्बर पारे । आइसल्याण्डले त्यसपछि खेलमा फर्किने मौका पाएको थियो । ८२ औँ मिनेटमा पाएको पेनाल्टीमा आइसल्याण्डका गिल्फी सिगुर्डसनले गोल गर्न सकेनन् । उनले प्रहार गरेको पेनाल्टी बल बार भन्दा माथिबाट गयो । नाइजेरियाका टिरोन्नी इबुएहीले आइसल्याण्डका अल्फ्रेड फिन्बोगासनलाई फउल गरेपछि आइसल्याण्डले पेनाल्टी पाएको हो । यो पेनाल्टीको निर्णय गर्नका लागि रेफ्री म्याथ्यु कोग्नरले भिएआरको सहायता लिएका थिए । यो पेनाल्टी मिस गर्ने त्यहि टिम हो, जसले पहिलो खेलमा स्टार स्ट्राइकर अर्जेन्टिनाका लियोनल मेस्सीको पेनाल्टीमा गोल हुन दिएको थिएन ।पहिलो खेलमा बराबरी गरेको आइसल्याण्ड दोस्रो खेलमा पराजित भयो । तर पहिलो खेलमा कोस्टारिकासँग २-० ले हारेको नाइजेरिया यसमा २-० ले नै विजयी भयो । यसअघि कोस्टारिकाले अर्जेन्टिनालाई ३-० ले हराएको थियो । यो हारले अर्जेन्टिनाको अघिल्लो चरण पुग्ने सम्भावना लगभग सकिएको छ । तर आइसल्याण्डमाथि नाइजेरियाको जितले उसको सम्भावना केही बाँकी रहेको देखिएको छ । अब समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियाको सामना गर्नेछ । यो खेलमा जित निकालेमा र गोल अन्तर धेरै राख्न सकेमा अर्जेन्टिना अघिल्लो चरण जान सक्नेछ । यस्तै, आइसल्याण्डले अब क्रोएसियाको सामना गर्नेछ । यो समूहमा क्रोसियाको ६ तथा नाइजेरियाको ३ अंक भएको छ । आइसल्याण्ड र अर्जेन्टिनाको एक एक अंक मात्रै छ । -एजेन्सी

ब्राजिलले गर्यो कोष्टारिकाविरुद्ध पहिलो गोल

रसियामा जारी २१ औं संस्कारणको विश्वकप फुटबलअन्तर्गत समूह ‘ई’ का ब्राजिल र कोष्टारिकाबीचको खेल जारी छ । दोस्रो हाफ अक्रामक रुपमा प्रस्तुत भएको ब्राजिलका लागि खेलको ९० मिनेटमा फिलिपोले गोल गर्दै टीमलाई अग्रता दिलाएका हुन । विश्वकपको दावेदार मानिएको ब्राजिलले गोलको प्रयास गरे पनि त्यो प्रयाप्त भएन । रसियाको सेन्टपिटर्सवर्ग रंगशालामा सुरु भएको खेलमा बलियो टिम ब्राजिल जित हात पार्दै नकआउट चरणको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा रहेको छ । यता, कोष्टारिका पनि ब्राजिललाई रोक्दै नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छ । यसअघि समूह चरणको पहिलो खेलमा ब्राजिलले स्वीट्जरल्याण्डसँग १—१ गोलको बराबरी खेलेको थियो । यता, कोष्टारिका भने सर्बियासँग १—० गोलले पराजित भएको थियो ।

विश्वकपमा एसियाली देश जापान विजयी

काठमाडौं, असार ५ । रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा मंगलबार भएको समूह एचको पहिलो खेलमा एसियाली मुलुक जापान विजयी भएको छ । रसियाको मोर्डोभिया एरिनामा भएको खेलमा जापानले निकै प्रतिस्पर्धात्मक खेलमो दक्षिण अमेरिकी देश कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेल शुरु भएको छैटौं मिनेटमा जापनले पहिलो गोल गर्दै अग्रता लिएको थियो । जापानका लागि सिन्जी कागवाले पेनाल्टीमार्फत गोल गरेका हुन । तर खेलको ३९ औं मिनेटमा कोलम्बियाले जापानविरुद्ध पहिलो गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो । कोलम्बियाका लागि जुयान फर्नान्डोले फ्रिकिक मार्फत सुन्दर गोल गरेका हुन । त्यसैगरी जापानका लागि युगा ओशाकोले खेलको ७३ औं मिनेटमा गोल गर्दै २–१ को अग्रता दिलाए । त्यही गोल नै जापानको जितका लागि प्रयाप्त भयो । जारी विश्वकममा एसियाली मुलुकबाट जित्ने जापान पहिलो देश हो । यस अघि कोरिया र साउदी अरब पराजित भइसकेका छन् । पहिलो हाफमा बेञ्चमा विताएको सन २०१४ विश्वकपका गोल्डन बुट विजेता कोलम्बियन खेलाडी जेम्स रोड्रिग्यो दोस्रो हाफमा मैदान छिरे पनि चमत्कार भने देखाउन सकेनन् ।