गुणस्तर चिह्न नलिई ४८ ग्यास उद्योग सञ्चालनमा

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका ५५ ग्यास उद्योगमध्ये ४८ ग्यास उद्योगले अहिलेसम्म पनि नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएका छैनन् ।

सरकारले ग्यास उद्योगलाई अनिवार्य रुपमा नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएर सञ्चालन गर्न आग्रह गरेपनि उक्त कम्पनीले अटेर गरेका हुन् । नेपाल गुणस्तर तथा नापतौल विभागले पुसमा नेपाल गुणस्तर प्रमाणपत्र चिह्न नलिएका ग्यास उद्योगमाथि कारबाही चलाएपछि दुई महिनाभित्र लिने भनेपनि अहिलेसम्म लिएका छैनन् ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनी ग्यास उद्योगले नेपाल गुणस्तर चिह्न लिने संख्यामा बढेको बताउनुहुन्छ । “कारबाही अभियान सञ्चालन गरेपछि तीन ग्यास उद्योगले प्रमाणपत्र चिह्न लिएका छन्, २० वटा कम्पनी लिने चरणमा छन्,” उहाँ भन्नुहुन्छ । सम्पूर्ण ग्यास उद्योगलाई गुणस्तर प्रमाणपत्र दिने गरी विभागले सबै उद्योगसँग आवश्यक कागजात मगाइरहेको उहाँको भनाइ छ।

नेपालमा रहेका ५५ ग्यास उद्योगमध्ये हालसम्म मनोज ग्यास उद्योग, वीरगञ्ज, श्रीकृष्ण ग्यास उद्योग, धादिङ, साइबाबा ग्यास उद्योग, धादिङ, नेपाल ग्यास उद्योग, बालाजु, जानकी ग्यास उद्योग, नवलपरासी, मेट्रो ग्यास उद्योग, धादिङ र एनएल ग्यास उद्योग, वीरगञ्जले नेपाल गुणस्तर चिह्न लिएका छन् ।

गुणस्तर प्रमाणपत्र नलिई सञ्चालन गरेको व्यापक जनगुनासो आएपछि विभागले यही पुसमा विभिन्न ठाउँका १० उद्योगको अनुगमन गरेको थियो । ग्यास उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न नियमावलीको अनुसूची–२ अनुसार आवश्यक कागजात र प्रक्रिया पूरा गरेपछि मात्र विभागले गुणस्तर प्रमाणपत्र दिने गरेको छ । रासस

एमालेले जोगाउन खोज्यो रमिते मेयरलाई, यस्तो छ पार्टीको विज्ञप्ति

कैलाली, फागुन २७ । कैलालीको घोडाघोडी नगारपालिका ५ देवकलियामा फागुन २४ गते बोक्सीको आरोपमा २० वर्षीया छात्रा राधा चौधरीमा रामबहादुर चौधरी लगायतको समूहले निर्धात कुटपिट गरेको घटनाप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एमाले कैलालीका कार्यबाहक अध्यक्ष रतन थापाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘२१ औं शताब्दीमा पनि यस्ता जघन्य घटना घटनु दुखद हो । हाम्रा पार्टी घटनाप्रति घोर भत्सर्ना गर्दै खेद व्यक्त गर्दछ । घटनामा संग्लन रामबहादुर चोधरीलगायतलाई कडा सजाय दन र पीडितको उपचार र क्षतिपूर्तिका लागि सरकारसँग जोडदार माग गर्दछौं ।’ साथै घटनाको सत्यतथ्य बुझ्न एमाले जिल्ला कार्यालय सचिव विमल जोशीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको विज्ञप्तिमा उल्लेख छ । एमालेको विज्ञप्तिमा विवादित मेयर ममताप्रसाद चौधरीको बारेमा भने केही उल्लेख गरिएको छैन । पीडित राधा चौधरीले भने मेयर ममताप्रसाद स्कारपियो जिपमा धुलो उडाउदै आएर रमिते बनेर गएको बताएकी छन् । पीडित चौधरी लगायतले मेयरको भूमिकाप्रति शंका गरेका छन् । तर एमाले कैलालीले रामबहादुर चौधरी लगायतकालाई कारबाहीको माग गरेपनि मेयर ममताप्रसादका बारेमा भने मौन छ । यसबाट एमालेले अर्को व्यक्त्लिाई दोषी देखाएर रमिते मेयरलाई उन्मुक्त दिन खोजेको त होइन भनी थप शंका उत्पन्न गरेको छ । हेर्नुहोस् विज्ञप्तिः

बंगलादेशको रेकर्ड जीत, श्रीलंका स्तब्ध

काठमाडौं । निदाहास ट्रफी टी-२० अंतरराष्ट्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार भएको तेस्रो खेलमा भएको बंगलादेशले रेकर्ड स्कोर पछ्याउँदै श्रीलंकामाथि पाँच विकेटले जीत हासिल गरेको छ । पहिले ब्याटिंग गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१४ रन बनाएको थियो । २१५ रनको विशाल लक्ष्य बंगलादेशले २ बल अगावै ५ विकेट गुमाएर पुरा गऱ्यो । उसका ओपनर तामिम इकबालले २९ बलमा ६ चौका र ५ छक्का सहित ४७ रन र लिटोन दासले १९ बलमा २ चौका र ५ छक्का सहित ४३ रनको आक्रामक पारि खेल्दै पहिलो विकेटको लागि ५.५ ओभरमा ७४ रनको साझेदारी गरेका थिए । त्यस्तै मात्र ३५ बलमा ५ चौका र ४ छक्का प्रहार गरेर विकेटकिपर ब्याट्सम्यान मुसफिकर रहीमले आफ्नो क्यारियरकै सर्वोत्कृष्ट अविजित ७२ रन बनाए । उनलाई म्यान अफ द म्याच पनि घोषणा गरिएको थियो । खराब बलिंग गरेको श्रीलंकाको लागि नुवान प्रदीपले ३७ रन खर्चेर २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिंग गरेको श्रीलंकाको लागि कुसल परेराले ४८ बलमा ८ चौका र २ छक्का सहित ७४, कुसल मेन्डिसको ५७ रन र उपुल थारंगाले अविजित ३२ रनको मद्दतले २१४ रन जोडेको थियो । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ४८ रन खर्चेर ३ तथा महामदुल्लाहले १५ रन खर्चेर २ विकेट लिए । यो टी-२० अंतरराष्ट्रीयमा चौथो सर्वाधिक स्कोर सफलतापूर्वक पछ्याएको रेकर्ड हो । यस मामलामा बांग्लादेशले अन्य एसियाली क्रिकेट महारथीहरू, भारत, पाकिस्तान र श्रीलंकालाई उछिनेको छ ।

हरिवंशको यो खुबीलाई कुन शब्दले बयान गर्ने ? हेर्नुहोस् भिडियो यसरी हँसाएरै दर्शक ढलाए

यही आगामी चैत ९ गतेदेखि देशव्यापीरुपमा प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘शत्रु गते’ को निर्माण समूह देश दौडाहामा लागेको छ । चलचित्रको प्रसारप्रसार गर्ने उद्देश्यले चलचित्रको निर्माण टिम तथा कलाकारको टोली देश दोडाहामा निस्किएको हो। निर्माण टिमले फागुन २३ गते हेटौडा, २४ गते नारायणघाट, २५ गते बुटवलमा कार्यकम सम्पन्न गरीसकेको छ। यसैक्रममा २६ गते पोखरामा आफ्नो प्रचार सहितको कार्यकम सम्पन्न गरेको छ। पोखरामा कलाकारहरु किरण केसी, शिवहरि पौडेल, पल शाह, आँचल शर्मा, दिपाश्री निरौलालगायतका कलाकारको उपस्थिति सहित प्रस्तुति पनि राखेका थिए । यसै कार्यकममा दिपाश्री निरौला र हरिवंश आचार्यको रमाइलो हास्य प्रस्तुतमा धेरै दर्शक पेट मिचीमिची हाँसेका थिए हेरौं यो भिडियो–  

म्यान्चेस्टर युनाईटेड र चेल्सी विजयी, आज राती दुई खेल हुने

काठमाडौं, फागुन २७ । इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाईटेड र चेल्सी विजयी भएका छन् । तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले लिभरपुललाई २-१ ले हराएको हो । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन दुबै गोल मार्कस रास्फोर्डले गरे । म्यान्चेस्टरकै एरिक बेलीलीे एक आत्माघाती गोल गरेपछि लिभरपुलले हार अन्तर कम गर्‍यो । इङ्लिस प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई २-१ ले हरायो । चेल्सीका लागि विलियनले एक गोल गर्दा क्रिष्टल प्यालेसका मार्टिन केलीले एक आत्माघाती गोल गरे । प्रिमियर लिगकै अन्य खेलमा एभर्टनले ब्राईटनलाई २-० ले हराउँदा न्युकासल युनाईटेडले साउथह्याम्पटनलाई ३-० ले, लेष्टर सिटीले वेष्ट ब्रोमलाई ४-१ ले तथा बर्न्लेले वेष्ट ह्याम युनाईटेडलाई ३-० ले हराएको छ । हडर्सफिल्ड टाउन र स्वान्सी सिटीले गोलरहित बराबरी खेलेका छन् । इङ्लिस प्रिमियर लिग फुटबलमा आज राती दुई खेल हुनेछन् । आज आर्सनलले वाट्फोर्डसँग खेल्दा बर्नमाउथ र टोटनह्याम हट्सपर भिड्नेछन् ।

पारस र ज्ञानेन्द्रकाे जाेडी आउट

काठमाडौं, फागुन २६ । आइसीसी एकदिवशिय विश्वकप छनोट क्रिकेटको आफ्नो तेस्रो खेलमा अफगानिस्तानसँग खेलिरहेको नेपालले तेस्रो विकेटका रुपमा कप्तान पारस खड्कालाई गुमाएका छ । पारसले ८८ बलमा १० चौका र एक छक्कासहित ७५ रन बनाएका थिए । उनलाई मोहम्मद नाबीको बलमा समिउल्लाह शेनवारीले क्याचआउट गरेका हुन् । दोस्रो विकेटका रुपमा ज्ञानेन्द्र मल्लले ६९ बलमा दुई चौकासहित २३ रन बनाएर आउट भए । उनलाई अफगानिस्तानका कप्तान राशिद खानले एलबीडब्ल्यू आउट गरेका हुन् । पहिलो विकेटका रुपमा नेपालले अनिलकुमार साहलाई ७ रनमै गुमाएको थियो । अहिले ३१ ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर ११६ रन बनाएको छन् । अहिले क्रिजमा दिपेन्द्रसिंह एेरी र रोहितकुमार पौडेलले व्याटिङ गरिरहेका छन् ।

एक सय ५० ऐन संशोधन हुँदै

काठमाडौं, फागुन २५ । सरकारले विभिन्न मन्त्रालय गाभेर ३० बाट १७ मा झारेपछि १ सय ५० भन्दा धेरै ऐन संशोधन गर्नुपर्ने भएको छ। मन्त्रालय गाभिएस“गै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विभिन्न मन्त्रालयसम्बद्ध ऐन संशोधनको गृहकार्य अघि बढाएको हो । आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ । नेपाल सरकारको कार्यविभाजन नियमावली २०७४ बमोजिम प्रचलित मन्त्रालयको नाममा गर्नुपर्ने हेरेफेर र सो नियमावलीअनुसार विद्यमान ऐनमा परेको असर र संशोधन गर्न अध्ययन थालिएको कानुन मन्त्रालय तर्जुमा शाखाका उपसचिव हुमबहादुर केसीले जानकारी दिए । उनका अनुसार ऐन संशोधन गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७४ को विधेयक तयार भइसकेको छ। अहिले मन्त्रालयको कानुन तर्जुमा शाखाले सबै मन्त्रालयसम्बद्ध ऐनमा गर्नुपर्ने संशोधनबारे अध्ययन गरिरहेको छ । मन्त्रालयका अनुसार हाल कार्यान्वयनमा रहेका कुल ऐनको संख्या ३ सय ४६ छ । मन्त्रालयले तीमध्ये कुन कुन ऐन संशोधन गर्नुपर्ने हो अध्ययन गर्दै संशोधन अघि बढाएको हो । ‘अहिले हामी ३ सय ४६ ऐनका ४ हजारभन्दा धेरै पेज एक एक अध्ययन गरिरहेका छौं, अध्ययनमा १ सय ५० ऐन संशोधन गर्नुपर्ने देखिएको छ’, उनले भने । गाभिएका मन्त्रालयले पनि आफू मातहतका ऐनमा गर्नुपर्ने संशोधनको विवरण समेटेर कानुन मन्त्रालयमा पठाइरहेका छन्। कानुनका कर्मचारीले सोहीअनुसार संशोधन अघि बढाएको बताएका छन् । उपसचिव केसीका अनुसार ऐन संशोधन हुने विषयमा नीतिगतभन्दा पनि प्राविधिक विषय धेरै छन् । यसअघि संविधान जारी भएपछि पनि २०७२ साल फागुनमा कानुन मन्त्रालयले तत्काल कायम ३ सय १५ कानुनमध्ये १ सय ९३ कानुन संशोधन गरेको थियो । सरकारले कार्यविभाजन नियमावली कार्यान्यन गरेस“गै ऐन संशोधन प्रक्रिया थाल्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि सम्बन्धित मन्त्रालयहरूलाई निर्देश दिएको छ । कानुन मन्त्रालयले अब छिट्टै संशोधन गर्नुपर्ने ऐनको निक्र्यौल गर्दै संशोधन विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत गराई संसद्मा पेस गर्ने तयारी गरेको जानकारी दिएको छ ।

दाङका मेयरले पाएनन् तलब

दाङ, फागुन २५ । – नरुलाल चौधरी घोराही उपमहानगरपालिकाको मेयर चुनिएको ८ महिना पुग्यो । मेयर पदमा आसिन भएदेखि उनी जिम्मेवारी बहनकै क्रममा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा कुदिरहेका छन् । विभिन्न स्थानबाट आतिथ्यताका लागि दिइने निम्तो मान्ने धपेडी पनि छ । आजको नागरिक दैनिकको दोस्रो पृष्ठमा यो समाचार छापिएको छ । समाचारमा लेखिएको छ, तर ८ महिनाको अवधिमा चौधरीले बैठक भत्ता बाहेक कुनै पारिश्रमिक पाउन सकेनन् । आफ्नै खर्चले जसोतसो धानेको बताउँदै उनले भने, ‘खल्तीबाटै खर्च हालेर जनताको काममा खटिएँ ।’

मर्मत संभार र रेखदेख नहुँदा लघु जलविद्युत् आयोजनाहरु धमाधम बन्द

तेह्रथुम, फागुन २३ । मर्मत सम्भार र रेखदेखमा ध्यान नपुग्दा तेह्रथुमका लघु जलविद्युत् आयोजनाहरु धमाधम बन्द हुन थालेका छन् । लघु जलविद्युत् आयोजनाहरु निर्माण गर्दा सरकारी अनुदान पाउने तर मर्मत सम्भार गर्न सहयोग नपाएपछि त्यस्ता आयोजना बन्द हुन थालेका हुन् । त्यसैगरी जिल्लाकै एक मात्र पूर्ण सरकारी लगानीको खोरुङ्गा खोला लघुजलविद्युत् आयोजना समेत पाँच वर्षयता बन्द छ । मेन्छ्यायेम गाउँपालिका–५ स्थित एक सय किलोवाट क्षमताको सो आयोजना मर्मतका लागि सम्बन्धित निकायले ध्यान नपुर्‍याउँदा करोडौं मूल्यका उपकरण कवाडीमा परिणत भएका छन् । जिल्लामा बनेका १६ वटा साना तथा लघु जलविद्युत आयोजना मध्ये १० वटा बढी योजना मर्मत अभावकै कारण बन्द भएका छन् । समुदायमा आधारित जलविद्युत् आयोजनाहरु मर्मत सम्भारमा बजेट अभाव हुनु, सधैं समुदायमा मेल नहुनु, दक्ष जनशक्ति अभाव हुनुलगायत कारणहरुले बन्द भएका हुन् ।

रियाल मड्रिड र लिभरपुल युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, फागुन २३ । स्पेनिस फुटबल क्लव रियाल मड्रिड र इङ्ल्यान्डको लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको प्रि क्वाटरफाइनल दोस्रो लेगको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजीलाई २-१ ले हराउँदै स्पेनिस जायन्ट रियाल मड्रिड अन्तिम आठमा पुगेको हो । खेलमा रियाल मड्रिडका क्रिश्चियानो रोनाल्डो र क्यासेमिरोले एक एक गोल गरे । पि.एस.जी.का एडिन्सन काभानीले एक गोल फर्काए । पहिलो लेगमा ३-१ ले विजयी भएको रियाल मड्रिडले गएरातिको जितपछि खेल समग्रमा ५-२ ले आफ्नो पक्षमा पारेको हो । प्रि क्वाटरफाइनलकै अर्को खेलमा पोर्चुगलको एफ.सी पोर्टोलाई पाखा लगाउँदै इङ्ल्यान्डको लिभरपूल पनि अन्तिम आठमा पुगेको छ । गएराति भएको दोस्रो लेगको खेल गोलरहित बराबरीमा सकिए पनि पहिलो लेगमा हात पारेको ५-० को जितको मद्दतले लिभरपुल क्वाटरफाइनलमा पुगेको हो । च्याम्पियन्स लिगमा आज राती दुई खेल हुनेछन् । आज इङ्ल्यान्डको म्यान्चेस्टर सिटी र पोर्चुगलको एफ.सी बाजल भिड्दा अर्को इङ््लिस क्लब टोटनह्याम हट्सपरले ईटालीको युभेन्टससँग खेल्नेछ ।

क्रिष्टल प्यालेसलाई हराउँदै म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा फर्कियो

काठमाडौं, फागुन २२ । क्रिष्टल प्यालेसलाई हराउँदै म्यान्चेस्टर युनाईटेड इङ्गलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा फर्किएको छ । गएराति भएको खेलमा २-० ले पछि परेको अवस्थालाई उल्टाउँदै म्यान्चेस्टर युनाईटेड ३-२ ले विजयी भएको हो । खेलमा क्रिष्टल प्यालेसका एन्ड्रोस टाउनसेन्ड र प्याट्रिक भान आनहोल्टले दुई गोल गरेपछि पह्लिो हाफमा म्यान्चेस्टर युनाईटेड २-० ले पछि पर्‍यो । दोस्रो हाफमा क्रिस स्मलिङ र रोमेलु लुकाकुले एक एक गोल गरेपछि म्यान्चेस्टर युनाईटेड खेलमा फर्कियो । अतिरिक्त समयमा नेमान्जा माटिचले एक गोल गर्दै म्यान्चेस्टर युनाईटेडलाई विजयी गराए । जितसँगै म्यान्चेस्टर युनाईटेडले तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीसँगको अंक दुरी घटाएर १६ अंकमा सिमित गरेको छ । २९ खेलबाट सिटीको ७८ अंक छ भने युनाईटेडको ६२ अंक छ । ६० अंकका साथ लिभरपुल तेस्रो स्थानमा रहेको छ ।

१२ओभरमा जिम्बावेले बनायो सय रन

काठमाडौं, फागुन २० । आइसीसी एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा नेपाल र घरेलु टोली जिम्बावेबीच खेल जारी छ । पहिला टस जितेर व्याटिङ रोजेको जिम्बावेले १२ ओभरमा एक विकेटको क्षतिमा एक सय रन बनाएको छ । सुरुवातमै जिम्बावेका ब्याट्सम्यान नेपाली बलरमाथि हावी भएका छन् । ओपनर बलरका रुपमा सोमपाल कामीले बलिङ गरे । उनले पहिलो ओभरमा ५ बल डट फाले पनि एक बलमा भने जुवाओले छक्का प्रहार गरे । त्यस्तै दोस्रो ओभर कप्तान पारस खड्का आफै बलिङ गर्न आए तर यो ओभर नेपालका लागि निकै महंगो सावित भयो । पारसले एकै ओभरमा १६ रन दिए । त्यस्तै तेस्रो ओभर सोमपालले १८ रन खर्चिए । चार ओभरको समाप्तिमा जिम्बावेले ५१ रन बनाएको छ । समूह बीमा रहेको नेपालले अन्य खेलहरु फागुन २४ गते स्कटल्याण्डसँग, २६ गते अफगानिस्तानसँग र २८ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रचण्ड साझा प्रकाशनमा, फोटोफिचर

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा लेखक दिनानाथ शर्माद्वारा लिखित तथा साझा प्रकाशनद्वारा प्रकाशित निबन्ध सङ्ग्रहको लोकार्पण समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । आदिकवि भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गर्दै प्रचण्ड । साझा प्रकाशनको नवनिर्मित भवन र छापाखाना अवलोकन गर्दै प्रचण्ड ।  

कञ्चनपुरमा छाउपडी प्रथा अझै हट्न सकेन

कञ्चनपुर । परम्परागत सोचमा परिवर्तन आउन नसक्दा कञ्चनपुरमा अझै छाउपडी प्रथाले प्रश्रय पाउँदै आएको छ । रजस्वला भएका महिलालाई अलग्गै गोठमा राख्ने चलनले निरन्तता पाउँदै आएको छ । समाजमा महिलालाई हेर्ने सकारात्मक सोचको विकास नहुनु नै परम्परादेखि चल्दै आएको ‘क’ु प्रथालाई महिलाले नै छाड्न सकेका छैनन् । महिनाबारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउँछन्, पाप लाग्छ भन्नेजस्ता रुढीबादी र अन्धविश्वासबाट महिला प्रताडनामा पर्ने गरेका छन् । महिनाबारी वा सुत्केरी भएको समयमा घरमा प्रवेश गर्न नहुने अन्धविश्वासका कारण घरभन्दा टाढा रहेको गोठमा बस्ने गर्दछन् । त्यहाँ महिला पूरैभित्र सुत्न नसक्ने, ढोका नभएको छाप्रो हुने शुक्लाफाँटा महिला तथा बालबालिका विषयगत शाखाका प्रमुख राधिका पन्तले बताउनुभयो । छाउपडी भएका बेला घरभित्र नपस्न नदिने, घरभित्रको काम गर्न नदिने, दूध दहीजस्ता पोषणयुक्त खानेकुरा खान नदिनेजस्ता अमानवीय व्यवहार गर्ने गरिन्छ उहाँले भन्नुभयो, “आराम गर्नुपर्ने बेला गह्रुंगो भारी बोक्न लगाउने तथा पोषणयुक्त खानेकुराबाट वञ्चित गरिन्छ ।” यहाँको समाजमा छाउपडी प्रथा ठूलो समस्याका रुपमा रहेकाले यसलाई जरैदेखि उन्मूलन गर्नका लागि सहकार्यको आवश्यकता रहेको उहाँले बताउनुभयो । युवतीहरु एक निश्चित उमेर पुगिसकेपछि महिनाबारी हुनु भनेको प्राकृतिक प्रक्रियाको स्वाभाविक नियम भएपनि महिनाबारी हुनुलाई धर्म र धार्मिक ग्रन्थसँग जोडी पाप तथा अभिशापका रुपमा परिभाषित गर्दा यसले समाजमा प्रश्रय पाउँदै आएको छ । महिलालाई धार्मिक स्थलमा जान र पूजापाठ गर्नबाट समेत यसबेला वञ्चित गरिँदै आएको छ । परम्परागत सामाजिक मूल्य र मान्यता, रुढीबादी सोच, धार्मिक अन्धविश्वास, जनचेतनाको कमी, लैंगिक विभेद्, अशिक्षा, उपयुक्त नीति नियमको अभावका कारण छाउपडी प्रथाले निरन्तरता पाउँदै आएको शुक्लाफाँटा नगरपालिकाका उपप्रमुख तुलसी हमालले बताउनु्भयो । छाउपडी प्रथा हाम्रै घरबाट शुरु भएको छ, उहाँले भन्नुभयो, “पहिले आफैँबाट यसलाई हटाऔं ।” पहिला घरका बुढापाकाले घरनजिकै आउँदा नाइनास्ती गर्थे, चार दिनसम्म त घरको दैलोमै छिर्न पाइँदैनथ्यो उहाँले भन्नुभयो, “हाल घरको कोठामा बस्दै आएका छौँ, बेडमा सुत्छौँ, घरमा सम्झाउँदा बुझाउँदा बुढापाकाले पनि यतिसम्म मानेका छन् ।” छाउपडी भएका महिलाले मोबाइल छँुदासमेत छोइछिटो हाल्नुपर्ने र आगनमा हिँड्नका लागिसमेत सिमाना निर्धारण गरिने अवस्था रहेको स्थानीयवासी मनकला सुनारले बताउनुभयो । “सिमानाभन्दा पर आँगनमै भुलेर गइहाले अनेकन प्रकारका गाली सुन्नुपर्ने हुन्छ, पानी धारा छुन नपाइने भएकाले कठ्याङ्ग्रिदो जाडोमा नदीमा नुहाउनुपर्ने त बाध्यता नै हो” उहाँले भन्नुभयो । टाढाको छाउगोठमा सुत्नुपर्ने हँुदा बाह्य जनावर र मानिसको आक्रमणमा पर्ने डर त हुन्छ नै, प्रयाप्त ओछ्याउने बिछ्याउने कपडाको अभावमा समेत जाग्राम बसेर रात काट्नुपर्ने अर्को बाध्यता रहेको जवादेवी कामीले बताउनुभयो । ससुरा, श्रीमान, जेठाजुभन्दा घरका सासु, जेठानीलगायतबाट बुहारीले छाउपडीको पीडा खेप्नुपरेको छ । स्कूल जाने बालिकाहरु स्कूल जानबाट वञ्चित पुरानो मान्यताअनुसार तीन दिनसम्म त नुहाउन, कपाल कोर्न र सिन्दुर टीकासमेत लगाउन नहुने धार्मिक कार्य, सामाजिक कार्य गर्न सरिक हुन नहुने, मन्दिर र सो वरपरको बाटोसमेत जान नहुने मानिसलाई छुन नहुने मान्यता छ । महिलाका आश्रित बालबालिकाहरुलाई जस्तोसुकै बिरामी वा चिसो भएपनि बिहान शुद्ध पार्ने नाममा नुहाउनुपर्ने र गहँुत तथा सुनपानी छर्नुपर्नेलगायतका कुरीति छाउपडीका नाममा चल्दै आएको शुक्लाफाँटाका नगरपालिका–११ का वडा अध्यक्ष दिलबहादुर बुढाले बताउनुभयो । गाउँमा सामाजिक क्षेत्रका अगुवा महिलाले छाउगोठ भत्काए पनि पुनः पुरानै तरिकाले निर्माण गरेर बुहारीमाथि प्रताडना दिने कार्य जारी रहेको उहाँले बताउनुभयो । छाउपडी प्रथा विस्तारै शहरी क्षेत्रमा कम हुँदै गए पनि ग्रामीण क्षेत्रमा यसले अझै जरा गाडेको अबस्था छ नगरपालिकाका प्रशासकीय अधिकृत शेरबहादुर बुढाले भन्नुभयो, “समाजमा सकारात्मक सोचको विकास गर्न सके यस प्रथालाई हटाउन बल पुग्नेछ ।” छाउपडी प्रथा हटाउनका लागि शिक्षा र स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्नु आवश्यक भएको नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले बताउनुभयो । छाउपडीका कारण दोश्रो दर्जाका रुपमा बाच्न विवश महिलालाई न्याय दिनका लागि दबाबमूलक कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । जनचेतनासँगै छाउकुडी भत्काउने कार्यलाई सँगसँगै लैजाने कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो । छाउपडी, मासिकश्राव र सुत्केरीका समयमा गरिने विभेदजन्य व्यवहारलाई छाउपडी प्रथा कानुनीरूपमा अपराधका रूपमा परिभाषित गरी कैद र जरिवाना हुने ऐन प्रस्ताव गरिए पनि जारी भने भएको छैन् । मुलुकी ऐन प्रतिस्थापनका लागि बनाइएको ऐनमा कसैले छाउपडी प्रथालाई मान्यता दिएमा तीन महिनासम्म कैद, तीन हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ । घरेलु हिंसा कसुर र सजाय ऐन २०६६ ले पनि कुनै पनि व्यक्तिलाई घरेलु सम्बन्ध भएका कुनै पनि व्यक्तिले शारीरिक, मानसिक, आर्थिक र यौनजन्य हिसा गर्न पाइने छैन भन्ने कानूनी व्यवस्था गरेपनि त्यसअन्र्तगत हालसम्म कारवाही भने कसैलाई पनि हुन सकेको छैन् । छाउपडी प्रथा उन्मूलन निर्देशिका २०६४ को उद्देश्यमै छाउपडी कुप्रथा उन्मुलन गरी समतामूलक समाज निर्माण स्थापना गर्नुपर्ने उल्लेख गरिएको छ । रासस

माओवादी नेता टोपबहादुरलाई पितृशोक

काठमाडौं, फागुन १७ । पूर्वउपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझीलाई पितृशोक परेको छ । रायमाझीका बुबा बिनबहादुर रायमाझीको ८१ वर्षको उमेरमा बुधबार राति (गएराति) निधन भएको छ । सन्धिखर्क–९, अर्घाको खाडमा रहेको आफ्नै निवासमा रायमाझीको निधन भएको हो । रायमाझीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

नेपालको उत्कृष्ट बलिङ, युएईको पाँच विकेट पतन

काठमाडौं, फागुन १५ । सन २०१९ मा हुने एकदिवसिय विश्वकप क्रिकेटको छनोट खेल्नको वार्मअफ खेलमा अहिले नेपाल र युएई भिडिरहेका छन् । जाम्बाबेमा जारी खेलमा युएई टस जितेर ब्याटिङ राजेको छ । टस जितेर ब्याटिङमा उत्रिएको युएईले ताजा अवस्थामा पाँच विकेटको क्षतिमा २१ ओभरको समाप्तिमा १०० रन बनाएर खेलिरहेको छ । नेपालका लागि पहिलो विकेट खेलको दोस्रो ओभरको पहिलो बलमा लतित भण्डारीले लिए । ललितको बलमा नेपालका ज्ञानेन्द्र मल्लले क्याच गरेका हुन् । युएईका रोहन मुस्ताफा ४ रन बनाएर आउट भए । युइईको दोस्रो विकेट कप्तान पारस खडकाले लिएका हुन् । युएईका गुलाम सहावरलाई खडकाले ३२ रनमा आउट गरेका हुन् । युएईको तेस्रो विकेट नेपालका ललित राजवंशीले लिएका छन । १५ औं ओभरको पहिलो बलमा राजवंशिले युएईका रमीज साहनज शून्य रनमा नै आउट गरेका हुन् । युएईको चौथो विकेट पनि राजवंशीले नै लिए । ४२ रन बनाएर खेलेका युएईका अस्फाक अहमदलाई राजवंशीको बलमा दिपेन्द्रसिंह ऐरीले क्याच आउट गराएका हुन् । मैदान चीसो भएका कारण पूर्व निर्धारित समयमा भन्दा ढिलो गरी खेल शूरु भएको हो । दुई साता अघि नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन टूमा विजेता बनेको युएई र दोश्रो भएको नेपाल विश्वकपको छनौट खेल्न जिम्बावे छन् । नामिवयामा भएको डिभिजन २ मा नेपालले समूह चरणमा युएईलाई ६ विकेटले हराए पनि फाइनलमा ७ रनले पराजित भएको थियो । जिम्बावेमा फागुन २० गतेदेखि हुने विश्वकप छनोट प्रतियोगितामा नेपालसहित १० देश सहभागी छन् । जसमा उत्कृष्ट हुने २ टिमले विश्वकप खेल्न पाउनेछन । नेपाल अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँगै समूह बीमा छ । नेपालले पहिलो खेल फागुन २० गते जिम्बावेसँग, दोस्रो खेल २४ गते स्कटल्याण्डसँग, तेस्रो खेल २६ गते अफगानिस्तानसँग र अन्तिम खेल २८ गते हङकङसँग खेल्नेछ ।