जर्मनी र इंग्ल्याण्ड विश्वकपका लागि छनौट

काठमाडौं, असोज २० । साविक विजेता जर्मनीसँगै इंग्ल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि छनौट भएका छन् ।

गएराति भएको छनौट खेलमा नर्दन आयरल्याण्डलाई ३–१ ले हराउँदै जर्मनीले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । खेलमा जर्मनीलाई विजयी गराउन सेबास्टियन रुडी, सान्द्रो वाग्नर र जोसुवा किमिचले एक–एक गोल गरे ।

गएराति भएको अर्को खेलमा स्लोभेनियालाई १–० ले हराँउदै इंग्ल्याण्डले पनि विश्वकपमा स्थान सुरक्षित गरेको छ । खेलमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले ईन्जुरी समयमा निर्णायक गोल गर्दै टोलीको रुस यात्रा पक्का गरे ।

विश्वकप छनौट अन्तर्गत गएराति भएका अन्य खेलहरुमा चेक गणतन्त्रले अजरबैजानलाई २–१ ले हराँउदा नर्वेले सान मारिनोमाथि ८–० को जित निकाल्यो ।

यसैगरी पोल्याण्डले अर्मेनियालाई ६–१ ले, रोमानियाले काजखस्तानलाई ३–१ ले तथा डेनमार्कले मोन्टेनेग्रोलाई १–० ले हराए ।

स्कटल्याण्डले स्लोभाकियालाई १–० ले हराँउदा माल्टा र लिथुआनियाले १–१ गोलको बराबरी खेले ।

उता एसियाली समुहबाट सिरियाले विश्वकप फुटबलमा छनौट हुने सम्भावना जीवित राखेको छ । गएराति भएको पहिलो लेगको प्ले अफ् खेलमा अष्ट्रेलियासँग १–१ गोलको बराबरी खेल्दै हिंसाग्रस्त मुलुक सिरियाले विश्वकपमा छनौट हुने सम्भावना जीवित राखेको हो । दोस्रो लेगको खेल अष्ट्रेलियामा हुनेछ ।

मात्र ४ स्थानीय तहको नतिजा बाँकी : यस्तो छ दलहरुको पोजिसन

काठमाडौँ, असाेज १० । प्रदेश नम्बर दुईमा सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम अब अन्तिम चरणमा पुगेको छ ।  १३६ मध्ये १३२ स्थानीय तहको नतिजा आइसकेको छ भने ४ वटा स्थानीय तहको नतिजा आउन बाँकी रहेको छ । वीरगञ्ज महानगरपालिका, कलैया उपमहानगर पालिका, बारागढी गाउँपालिका र राजवीराज नगरपालिकाको मतगणना बाँकी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार २५ नगरपालिका र १३ गाउँपालिका जितेर काँग्रेस ३८ स्थानीय तह जित्दै पहिलो हुने निश्चित देखिएको छ । दोस्रो स्थानमा ९ नगरपालिका र १६ गाउँपालिकासहित २५ स्थान जितेर संघीय समाजवादी फोरम नेपाल दोस्रो स्थानमा कायम छ । तेस्रो स्थानमा १ उपमहानगरपालिका, १२ नगरपालिका र ११ गाउँपालिकासहित २४ स्थान जितेर राष्ट्रिय जनता पार्टी नेपाल रहेको छ । माओवादी केन्द्रले १३ नगरपालिका र ८ गाउँपलिका जितेर माओवादी केन्द्रले जम्मा २१ स्थानीय तह जितेको छ । नगरपालिका जित्ने पार्टीमध्ये माओवादी दोस्रो स्थानमा छ । मधेसमा अप्रत्यासित रुपमा कमजोर प्रदर्शन गरेको नेकपा एमालेले १ उपमहानगर, ११ नगरपालिका र ६ गाउँपालिकासहित १८ स्थानीय तह जितेको छ । नेपाल लोकतान्त्रिक फोरमले १ नगरपालिका र २ गाउँपालिकामा विजयी हासिल गरेको छ भने नेपाल जनता दलले १ नगरपालिका र १ गाउँपालिका जितेको छ । नयाँ शक्ति नेपाल पार्टीले मात्र १ गाउँपालिका जितेको छ ।

दशैंको दिन सर्वसाधारणका लागि सेनाको निशुल्क बस सेवा

काठमाडौं, असोज ९ । यस वर्षको दशैंका दिन नेपाली सेनाले काठमाडौं उपत्यकामा सर्वसाधारणका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । टीकाका दिन उपत्यकामा सार्वजनिक सवारीका साधन कम सञ्चालन हुने भएकाले सेनाले सर्वसाधारणको सुविधाका लागि बस सञ्चालन गनृ लागेको जनाएको छ । नेपाली सेनाका अनुसार उपत्यकाका आठ वटा रुटमा बस सञ्चालन हुने छन । बिहान साढे ६ र ११ तथा अपरान्ह चार बजे भद्रकालीबाट सेनाका बस निःशुल्क सञ्चालन हुनेछन् । कुन–कुन रुटमा चल्ने छन त सेनाका बस रुट नं. १ भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क । रुट नं. २ भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानीलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर । रुट नं. ३ भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, थानकोट, स्वयम्भु, छाउनी, ताहाचल, टेकु, थापाथली । रुट नं ४ भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली । रुट नं. ५ भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तीनकुने, बानेश्वर, शहीदगेट । रुट नं. ६ भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली । रुट नं. ७ भद्रकाली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामंगल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माइतीघर, भद्रकाली । रुट नं. ८ भद्रकाली, माइतीघर, कोटेश्वर, सातदोबाटो, कलंकी, बालाजु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली । यसैगरी, यस वर्षपनि दशैंको विदामा घर जाने सैनिक र उनीहरुका परिवारका लागि सेनाले बस सेवा सञ्चालन गरिरहेको छ । ५ असोजबाट सुरु भएको त्यस्तो सेवा १२ गतेसम्म चल्ने छ ।

रौतहटको कटहरिया नगरपालिकामा माओवादीको जित पक्का

काठमाडौं, असोज ८ ।  रौतहटको कटहरिया नगरपालिकामा माओवादीको जित लगभग पक्का  भएकाे छ । ११७० मत गन्न बाँकी छँदा : माओवादी ३१०६ मत रहेकाे छ भने कांग्रेस २०५० रहेकाे छ ।  तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत् प्रदेश नम्बर–२ मा भएको निर्वाचनको ११५ स्थानको मतपरिणाम सार्वजनिक हुँदासम्म नेकपा माओवादी केन्द्रले २१ तह जितिसकेकाे छ । यसअघि नै  नेकपा माओवादी केन्द्रले स्थानीय तहमा जितको संख्या शतक पुर्याएको छ । यो संगै माओवादीले आफू आफैंमा ठूला दलहरुको रुपमा नेपाली राजनीतिमा दर्ज गराएको छ। नेकपा एमाले र नेपाली काँग्रेसले पनि शतक कटाईसकेका छन्। सात प्रदेशमध्ये पहिलो र दोस्रो चरणमा भएको ६ प्रदेशको निर्वाचनमा शतक पूरा गर्न नसककेको माओवादीको लागि शतक पूरा गर्नको लागि एउटा आशा थियो २ नं प्रदेश। प्रचण्डले जे होस् एक पटक फेरि पनि मधेशी जनताको मन जितेर आफ्नो चुनावी रणनीति पूरा गरेका छन्। समय र तत्कालीन वातावरण बुझेर सान्दर्भिक भाषण दिन माहिर प्रचण्डकै अभिव्यक्ति र चातुर्यताले स्थानीय तहमा माओवादीले शतक कटाएको छ। अहिले प्रचण्डको एउटा अभिव्यक्ति मधेशसँग उनलाई जोडेर कुरा गर्दा सबैले भन्ने प्रचण्डको मधेश प्रेम अझैसम्म पनि चलिरहेको देखिएको छ। प्रचण्डले मधेशलाई कति प्रेम गर्छन् त्यो विस्तारै समयले बताउँदै जाला तर प्रचण्डको मायाजालमा फसेर मधेशी जनताले उनको पार्टीलाई एकपटकको लागि राम्रै विश्वास गरेको देखिएको छ। सिरहा क्षेत्र ५ बाट उम्मेदवारीको घोषणा गर्दै प्रचण्डले भनेका थिए,– ‘साच्चै भन्नुहुन्छ भने मधेशसँग मेरो ‘लभ’ परेको छ। मेरो यो मायामा कहिल्यै कमि आउने छैन।’ उनको मेरो यो मायामा कहिल्यै कमि आउने छैन भन्ने अभिव्यक्तिलाई मधेशले यसपटक सावित गराईदिएको छ। अघिल्ला स्थानीय तहको अवस्था गत बैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचन अन्तर्गत् प्रदेश नं ३, ४ र ६ नम्बर प्रदेशका ३४ वटा जिल्ला भित्र ४ वटा महानगरपालिका, एउटा उपमहानगरपालिका, ९२ वटा नगरपालिका र १८६ वटा गाउँपालिकामा जनप्रतिनिधि चयनका लागि मतदान गरिएको थियो। त्यसमा माओवादीले एक महानगर सहित १० नगरपालिका र ३६ गाउँपालिका गरी कूल ४७ स्थानीय तहमा विजय हाँसिल गरेको थियो। कूल २ सय ८३ मध्ये माओवादीले ल्याएको मत १६ प्रतिशत मात्रै थियो। त्यस्तै, दोस्रो चरणको निर्वाचनमा कूल १० नगरपालिका र २८ गाउँपालिका सहित ३८ स्थानीय तहमा माओवादीले विजय हाँसिल गरेको छ। जवकी दोस्रो चरणमा तीन प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहका झण्डै ६४ लाख मतदाताको प्रतिनिधिका लागि मतदान गरिएको थियो। त्यतिगर्दा माओवादीले कूल ६ सय १७ स्थानीय तह मध्ये ८५ वटामा मात्रै निर्वाचनमा विजय हाँसिल गरेको थियो जुन कूल ६१७ को झण्डै १४ प्रतिशत हो। तेस्रो चरणको एकमात्र आस बोकेर पार्टीको १०० सिट पुग्नेगरी अध्यक्ष प्रचण्ड झण्डै दुई साता लामो मधेश बसाईको लागि २ न‌ं प्रदेशमा गएका थिए। उनले त्यतिबेला मधेशसँगमात्रै होईन उनले मधेशी जनतासँग पनि प्रेम गरे र मधेशी जनतालार्इ मायाजालले सम्मानजनक मत प्राप्त गरे। उनले यो निर्वाचनमा सम्मानजनक स्थान पाउनको लागि कहिले मधेशको कच्चि बाटोमा एक्लै हिँडे भने कहिले मधेशका स्थानीयहरुसँग अँकमाल गरेर हिँडे। पूर्व प्रधानमन्त्री बनिसकेका प्रचण्डले देखाएको यो प्रेमकै कारण पछिल्लो परिणाम अनुसार माओवादी ११ नगरपालिका र ८ गाउँपालिका सहित १९ स्थानीय तहमा विजयी भईसकेको छ भने ३ नगरपालिका र ३ गाउँपालिका गरी ६ स्थानीय तहमा अगाडि छ। नेकपा माअोवादी केन्द्रले जितेका स्थानीय तह: 103.कर्जन्हा नगरपालिका, सिरहा, गंगा पासवान 102.मौलापुर नगरपालिका, रौतहट, रिना साह 101.रामगोपालपुर नगरपालिका, महोत्तरी, अशोककुमार मण्डल 100.गौशाला नगरपालिका, महोत्तरी, शिवनाथ महतो 99.मिर्चैया नगरपालिका, सिरहा, श्रवणकुमार यादव 98.सहिदनगर नगरपालिका, धनुषा, उदयकुमार यादव 97.बागमती नगरपालिका, सर्लाही, भरतकुमार थापा 96.धनगढीमाई नगरपालिका, सिरहा, हरिनारायण चौधरी 95.औरही गाँउपालिका, सिरहा, सिद्धार्थ यादव 94.ठोरी गाउँपालिका, पर्सा, पदमलाल श्रेष्ठ 93.अर्नामा गाउँपालिका, सिरहा, ठकु महतो कोइरी 92.यमुनामाई गाउँपालिका, रौतहट, श्रीप्रसाद मुखीया बीन 91.महोत्तरीको साम्सी गाउँपालिका, महोत्तरी, फारुक शेख 90.छिपहरामाई गाउँपालिका, पर्सा, मनोज कुमार 89. चक्रघट्टा गाउँपालिका, सिरहा, विक्रम यादव 88.विदेह नगरपालिका, धनुषा, वेचनदास तम्मा 87.जगरनाथपुर गाउँपालिका, पर्सा, जालिम मिया अन्सारी 86.बर्दिवास नगरपालिका, महोत्तरी, विदुरकुमार कार्की 85.नुवाकोट, ककनी गाउँपालिका, मनबहादुर तामाङ लामा 84.नुवाकोट, पञ्चकन्या गाउँपालिका, तेजबहादुर लामा तामाङ 83.सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका, अमानसिंह तामाङ 82.सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका, राजकुमार पौडेल 81.रामेछाप, दोरम्बा गाउँपालिका, कमानसिंह तामाङ 80.रामेछाप, सुनापति गाउँपालिका, धावा लामा 79.सिन्धुली, मरिण गाउँपालिका, पानीराज बम्जन 78.सिन्धुली, सुनकोशी गाउँपालिका, दिपा बोहरा दाहाल 77.काभ्रेपलान्चोक, चौंरीदेउराली गाउँपालिका, दिनानाथ गौतम 76.काभ्रेपलान्चोक, महाभारत गाउँपालिका, कान्छामान जिम्बा 75.ललितपुर, कोन्ज्योसोम गाउँपालिका, गोपिलाल सिन्ताङ 74.धादिङ, बेनीघाट रोराङ्ग गाउँपालिका, हरि डल्लाकोटी 73.मकवानपुर, थाहा नगरपालिका, लवशेर विष्ट 72.मकवानपुर, वाग्मती गाउँपालिका, सर्केश घलान 71.चितवन,भरतपुर महानगरपालिका, रेणु दाहाल 70.चितवन,माडी नगरपालिका, ठाकुरप्रसाद ढकाल 69.गोरखा,सुलीकोट गाउँपालिका, बिष्णु भट्ट 68.गोरखा,शहिद लखन गाउँपालिका, रमेश थापा 67.तनहुँ,बन्दिपुर गाउँपालिका, पुर्णसिंह थापा 66.बाग्लुङ,ताराखोला गाउँपालिका, प्रकाश घर्ती 65.हुम्ला ,नाम्खा गाउँपालिका, विष्णु तामाङ 64.हुम्ला ,सर्केगाड गाउँपालिका, कृष्ण रोकाय 63.हुम्ला ,चंखेली गाउँपालिका, धनलाल चौलागाई 62.हुम्ला ,ताजाकोट गाउँपालिका, वाग्दल मल्ल 61.कालिकोट,रास्कोट नगरपालिका, काशीचन्द्र वराल 60.कालिकोट,तिलागुफा नगरपालिका, रतनबहादुर शाही 59.कालिकोट,पचालझरना गाउँपालिका, खडराज सेजुवाल 58.कालिकोट,सान्नी त्रीवेणी गाउँपालिका, डम्बरबहादुर शाही 57.कालिकोट,पलता गाउँपालिका, लक्ष्मण बम 56.जुम्ला,हिमा गाउँपालिका, रजबहादुर शाही 55.जुम्ला,गुठीचौर गाउँपालिका, हरिबहादुर भण्डारी 54.जुम्ला,तातोपानी गाउँपालिका, नवराज न्यौपाने 53.जाजरकोट,त्रिवेणी नलगाड नगरपालिका, टेकबहादुर रावल 52.जाजरकोट,जुनिचादे गाउँपालिका, कृष्णबहादुर केसी 51.डोल्पा,जगदुल्ला गाउँपालिका, नारसिंह रोकाया 50.डोल्पा,मुड्केचुला गाउँपालिका, दत्तबहादुर शाही 49.सल्यान,बागचाैर नगरपालिका, लोकमान बुढाथोकी 48.सल्यान,दार्मा गाउँपालिका, निमबहादुर केसी 47.सल्यान,कुमाखमालिका गाउँपालिका, दिलमाया बुढामगर 46.रुकुम , मुसिकोट नगरपालिका, देवीलाल गौतम 45.रुकुम ,चाैरजहारी नगरपालिका, विशल शर्मा 44.रुकुम ,आठबिसकोट नगरपालिका, गोर्खबहादुर केसी 43.रुकुम ,बाँफिकोट गाउँपालिका, धर्मबहादुर केसी 42.रुकुम ,सानीभेरी गाउँपालिका, नरबहादुर पुन 41.रुकुम ,त्रिवेणी गाउँपालिका, झक्कुप्रसाद घर्ती 40.लम्जुङ्ग,दोर्दी गाउँपालिका, ओम बहादुर गुरुङ 39.सिन्धुली,हरिहरपुरगढी गाउँपालिका, कर्साङ तामाङ 38.पाँचथर,मिक्लाजुङ गाउँपालिका, अमरराज माखिम 37.भोजपुर,आमचोक गाउँपालिका, अशोक राई 36.मोरङ,रंगेली नगरपालिका, दिलिपकुमार अग्रवाल 35.सोलुखुम्बु,दुधकौशिका गाउँपालिका, असिम राई 34.सोलुखुम्बु,महाकुलुङ गाउँपालिका, सागर किराँती 33.सोलुखुम्बु,लिखु पिके गाउँपालिका, डम्बरबहादुर बस्नेत 32.खोटाङ,साकेला गाउँपालिका, अर्जुनकुमार खड्का 31.ओखलढुङ्गा,चिशंखुगढी गाउँपालिका, निशान्त शर्मा 30.उदयपुर,सुनकोशी गाउँपालिका, मेजर कुमार राई 29.रुपन्देही,अाेमसतिया गाउँपालिका, हिरा केवट 28.अर्घाखाँची,भुमिकास्थान नगरपालिका, रेशम थापा 27.नवलपरासी,पाल्हिनन्दन गाउँपालिका, दीपक गुप्ता 26.दाङ,बँगलाचुली गाउँपालिका, भत्तबहादुर ओली 25.रुकुम,पुथ उत्तरगँगा गाउँपालिका, ओमप्रकास घर्ती 24.रुकुम,भूमे गाउँपालिका, रामसुर बुडा 23.रुकुम,सिस्ने गाउँपालिका, कुमारी बराल गौतम 22.रोल्पा, रोल्पा नगरपालिका, पुर्ण केसी 21.रोल्पा, दुर्इ खोली गाउँपालिका, निमकान्त डाँगी 20.रोल्पा,माडी गाउँपालिका, नन्दबहादुर पुनमगर 19.रोल्पा, सुकीदह गाउँपालिका, , बीरबहादुर केसी 18.रोल्पा,सुनछहरी गाउँपालिका, आशबहादुर पुन 17.रोल्पा,सुवर्णवती गाउँपालिका, गुनेन्द्र घर्तीमगर 16.रोल्पा,थबाङ गाउँपालिका, वीरबहादुर घर्तीमगर 15.प्युठान, प्युठान नगरपालिका, अर्जुन कुमार कक्षपती 14. बर्दिया, मधुवन नगरपालिका, गणेश बहादुर चौधरी 13. बर्दिया,राजापुर नगरपालिका, शिवप्रसाद चौधरी 12. बर्दिया,बारबर्दिया नगरपालिका, दुर्गाबहादुर थारु 11. गुल्मी, धुर्कोट गाउँपालिका, भुपाल पोखरेल 10. बैतडी, पुर्चौडी नगरपालिका, रणबहादुर कुवर 9. डडेलधुरा, अजयमेरु गाउँपालिका, उमेशप्रसाद भट्ट 8. कन्चनपुर, बेलौरी नगरपालिका, पोतीलाल चौधरी 7. कन्चनपुर, लालझाडी गाउँपालिका, मदनसेन वडायक 6. कैलाली, भजनी नगरपालिका, शेरबहादुर चौधरी 5. कैलाली, कैलारी गाउँपालिका, लाजुराम चौधरी 4. डोटी, बोगटान गाउँपालिका, कमल गड्सिला 3. अछाम, मेल्लेख गाउँपालिका, लोकबहादुर बोहोरा 2. अछाम, रामारोशन गाउँपालिका, भंङकर साउद 1. दार्चुला, मार्मा गाउँपालिका, जगतसिंह धामी

जलेश्वर वडा नं १ मा लोकतान्त्रिकका झा विजयी

गौशाला, असोज ४ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१ को वडाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ । मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार जलेश्वर नगरपालिका–१ को वडाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका अनिल झाले २८६ मत ल्याएर विजयी भएका छन् । त्यस्तै, उनका निकटतम प्रतिद्वन्दी राजपाका राकेशकुमार साहले २१६ मत ल्याएका छन् । यसैगरी, सो वडाको एक वडा सदस्य, दलित महिला सदस्य पनि नेपाल लोकतान्त्रिक फोरमले नै जितेको छ भने एक सदस्य राजपाले जितेको छ । दुईजना वडा सदस्य पदका उम्मेदवारको मत बराबर भएकोमा गोलाप्रथाबाट चयन गरिने मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए । महोत्तरीमा राजपाले खाता खोल्यो यसैबीच, महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा राष्ट्रिय जनता पार्टीले वडाध्यक्षमा विजय प्राप्त गर्दै खाता खोलेको छ । महोत्तरी गाउँपालिका–१ मा राजपाका जीतेन्द्र यादव ६४० मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् । मतदान अधिकृत रामानन्दप्रसाद अधिकारीका अनुसार उनले आफ्ना प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका रामनन्दन यादवलाई ५०५ मतान्तरले हराउँदै वडाध्यक्ष पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रामनन्दन यादवले १३५ मत मात्रै प्राप्त गरेका छन् ।

निर्वाचन अपडेट: कांग्रेसलाई अग्रता, माओवादी र एमालेबीच दोश्रोका लागि कडा प्रतिस्प्रधा

काठमाडौं, असोज ४ । प्रदेश नम्बर २ मा भएको स्थानीय तह निर्वाचनको मत गणनाको प्रारम्भिक नतिजा आउने क्रम जारी छ । निर्वाचन भएका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये १ सय ३५ तहमा मतगणना जारी छ । सप्तरीको राजविराज नगरपालिकाको एउटा वडामा निर्वाचन नभएकाले सो नगरपालिकामा भने मत गणना हुन सकेको छैन । प्रारम्भिक मत गणनामा ६ वटा दलबीच प्रतिस्पर्धा देखिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको हो । मतगणना भइरहेका स्थानीय तहमध्ये प्राप्त पछिल्लो जानकारीअनुसार नेपाली कांग्रेस सबैभन्दा बढी स्थानीय तहमा अगाडि देखिएको छ । अहिलेसम्म कांग्रेसले ३३ स्थानीय तहमा अगाडि छ । त्यसैगरी संघीय समाजवादी फोरम २५, नेकपा एमाले २३, नेकपा माओवादी केन्द्र १९, राष्ट्रिय जनता पार्टी १६ र नेपाल लोकतान्त्रिक फोरमले ३ स्थानीय तहमा अग्रता लिइरहेका छन् । पर्सामा वीरगन्ज महानगरपालिकासहित २ स्थानीय तहमा नेपाली कांग्रेसले अग्रता लिएको छ । त्यसैगरी नेकपा एमालेले ३, संघीय समाजवादी फोरमले २, राष्ट्रिय जनता पार्टीले २ र नेकपा माओवादी केन्द्रले एउटा स्थानीय तहमा अग्रता लिएका छन् । यस्तै बारामा पनि नेपाली कांग्रेसले ५, राष्ट्रिय जनता पार्टीले ४, नेकपा एमालेले दुई उपमहानगरपालिकासहित ३, संघीय समाजवादी फोरमले ३, माओवादी केन्द्रले १ र नेपाल लोकतान्त्रिक फोरमले १ स्थानीय तहमा अग्रता लिएका छन् । रौतहटमा पनि नेपाली कांग्रेसका उम्मेदवार ७ वटा स्थानीय तहमा अगाडि देखिएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार ६ स्थानीय तहमा अगाडि देखिँदा संघीय समाजवादी फोरम र नेकपा एमाले २/२ वटा स्थानीय तहमा अगाडि छन् । रौतहटको एउटा स्थानीय तहमा राष्ट्रिय जनता पार्टीका उम्मेदवार अग्रस्थानमा छन् । सर्लाहीमा पनि कांग्रेसले ५ वटा स्थानीय तहमा अग्रता लिएको छ । त्यसैगरी संघीय समाजवादी फोरम, नेकपा माओवादी केन्द्र र नेकपा एमालेले ३/३ स्थानीय तहमा अग्रता लिएका छन् भने राष्ट्रिय जनता पार्टीका उम्मेदवार तीन वटा स्थानीय तहमा अगाडि छन् । महोत्तरीमा नेपाली कांग्रेसका उम्मेदवार ५ वटा स्थानीय तहमा अगाडि छन् । राष्ट्रिय जनता पार्टी ३, संघीय समाजवादी फोरम २, नेपाल लोकतान्त्रिक फोरम २ स्थानमा अगाडि रहँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार १÷१ स्थानीय तहमा अगाडि छन् । महोत्तरीको एउटा स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार अगाडि देखिएका छन् । धनुषामा भने संघीय समाजवादी फोरमका उम्मेदवार ५ वटा स्थानीय तहमा अगाडि देखिएका छन् । एमाले ३, माओवादी केन्द्र २ स्थानीय तहमा अगाडि रहँदा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका उम्मेदवारले एक÷एक स्थानीय तहमा अग्रता लिइरहेका छन् । जनकपुर उपमहानगरपालिकामा भने राष्ट्रिय जनता पार्टीका उम्मेदवार अग्रस्थानमा छन् । सिरहामा भने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमका उम्मेदवार समान चार÷चार स्थानीय तहमा अगाडि देखिएका छन् । त्यसैगरी सप्तरीमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका उम्मेदवार चार÷चार स्थानीय तहमा अगाडि देखिएका छन् । त्यसैगरी नेकपा एमालेले ३ स्थानीय तहमा अग्रता लिँदा राष्ट्रिय जनता पार्टीका उम्मेदवारले २ स्थानीय तहमा अग्रता लिएका छन् ।

१८ जना भारतीय सांसद अयोग्य ठहरिएपछि अदालतको ढोकामा

नयाँदिल्ली, असोज ४ । दक्षिण भारतीय राज्य तमिलनाडुको सत्ताधारी दल ‘अन्ना द्रविडा मुन्नेत्रा खाजघाम’का विभिन्न १८ जना सांसदले आफूहरूलाई अयोग्यको विल्ला भिराएको भन्दै उच्च अदालतमा निवेदन दिएका छन् । ‘अन्ना द्रविडा मुन्नेत्रा खाजघाम’ दलका अयोग्य ठहरिएका १८ जना सांसदले सभामुख पि.धनपालले कानून विपरीत हुनेगरी आफूहरूलाई अयोग्यको विल्ला भिराएको भन्दै मंगलबार मद्रास उच्च अदालतमा निवेदन दिएका स्थानीय अधिकारीले जनाएका छन् । सांसदहरूको निवेदन उपर सम्भवत आगामी बुधबार सुनुवाई हुने जनाइएको छ । ‘मंगलबार अयोग्य घोषणा गरिएका सांसदका वकीलले मद्रास उच्च अदालतमा आफूमाथि लगाइएका अयोग्यको विल्लालाई रद्द गर्न निवेदन परेको छ,’ उक्त अदालतका अधिकारीले बताए । ती अधिकारीले भने ‘अदालतले यस बिषयमा सम्भवत भोली (बुधबार) सुनुवाई गर्नेछ ।’ राज्यका गभर्नरलाई सांसदले लेखेको पत्रमा समेत वर्तमान मुख्यमन्त्रीले जनताको विश्वास गुमाएका दावी गरिएको छ । अयोग्य ठहर गरिएका १८ जना सांसदले नत आफूहरूले आफ्नो दल छोडेको घोषणा गरेका छन् न कुनै दलमा एकता प्रक्रियामा समाहित भएका जनाएका छन् । गत बर्ष आकष्मिक रूपमा उक्त दलको सर्वोच्च नेतृ जयललिताको निधन भएपछि तामिलनाडुको सत्ताधारी दलमा विभाजन देखिएको छ ।

पर्सा पोखरियामा संघीय समाजवादीकाे अग्रता कायम

पोखरिया नगरपालिका, पर्सा संघीय समाजवादी ८७८/७६३ नेपाली जनता दल ७५१/६७४ माओवादी २४७/२६२ कांग्रेस १५३/१२३ एमाले ३१/७९ राजपा २९/१४१

माओवादी केन्द्रले खाता खोल्याे,धनुषा गणेशमान वडा नम्बर ११ को अध्यक्षमा माओवादी उम्मेदवार विजयी

धनुषा, असोज ३ ।   प्रदेश नम्बर २ मा माओवादी केन्द्रले खाता खोलेको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ को अध्यक्षमा माओवादी उम्मेदवार विजयी भएका छन्।

सिएमी अन्तर वडा मेयर कपमा १० नम्बर वडाको विजयी सरुवात

भरतपुर, असोज १ । भरतपुर क्रिकेट क्लबको आयोजनामा भएको सिएमसी अन्तर वडा मेयर कप टि–२० क्रिकेट प्रतियोगिताको आईतबारको उद्धघाटन खेलमा वडा नं.१० ले विजयी सुरुवात गरेको छ । ९ नम्बर वडा ८ विकेटले पराजित भएको छ । पहिले व्याटिङ गरेको वडा नम्बर ९ ले १६ दशमलब ३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८० बनाएको थियो । जवाफी व्याटिङमा उत्रिएको वटा नं.१० ले ७ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । वडा नम्बर ९ लाई सस्तैमा समेटने क्रममा वडा नम्बर १० का देबु मल्लले ४ विकेट लिए । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए । उद्धघाटन समारोहलाई सम्बोधन गर्दै भरतपुर महानगरकी मेयर रेणु दाहालले क्रिकेट खेल प्रतिको आकर्षण बढ्दो रहेकाले स्थानिय स्तरमा संचालन हुने यस्ता खेलकुद गतिविधिले खेलाडिहरुको मनोबल बढ्ने र यसमा मेरो तर्फबाट सक्दो सहयोग रहने बताइन । त्यस्तै समाजसेवी ममता न्यौपानेले सि एम सी हस्पिटलले सामाजिक सेवामा बिभिन्न किसिमका कार्य गर्दे आइरहेको र खेलकुदलाई प्रोत्साहन गर्ने उद्धेश्यले कार्यक्रमलाई सहयोग गरि प्रायोजन गरेको बताइन । यस्तै सोमबार हुने खेलमा वडा नम्बर १९ र १३ बिच प्रतिस्पर्धा हुने भरतपुर क्रिकेट क्लबका अध्यक्ष अनिल अधिकारीले जानकारी दिए । प्रतियोगीतामा १८ वटा वडाले सहभागिता जनाएको र अन्य वडाहरु पनि थपिने क्लबका अध्यक्ष अधिकारीले जानकारी दिए ।

विषाक्त खाना खाँदा १७० बालबालिका विरामी

नयाँदिल्ली,असोज १ । भारतको उडिसा राज्यका तीनवटा विद्यालयमा विषाक्त खानाका कारण १ सय ७० भन्दा बढी बालबालिका विरामी भएका छन्। झण्डै ५० जना आवासीय विद्यार्थी रहेको मल्कानगिरी जिल्लाको विद्यालयका बालबालिकाहरूले शुक्रबार बिहानै अस्वस्थ महसुस गरेका थिए। बिहानको खाजा खानेबित्तिकै उनीहरू विरामी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन्। सरकारी ती विद्यालयहरूमा सामाजिक रूपमा पछाडि परेका र निम्न आर्थिक अवस्था भएको परिवारका बालबालिकाहरूले अध्ययन गर्दै आइरहेका थिए। बिहानको खाजा खाएपछि पेट दुखेको र बान्ता भएको बालबालिकाहरूले बताएको सरकारी अधिकारीले बताए। उनले भने, ‘विरामी भएका बालबालिकाहरूलाई नजिकैको अस्पतालमा भर्ना गरेर उपचार गराइएको छ।’ स्थानीय सञ्चारमाध्यमहरूले बालबालिकाका लागि ल्याइएको चामलको प्याकेटमै खराबी रहेको बताएका छन्। गत चौबीस घण्टाको अवधिमा विषाक्त खानाका कारण विरामी भएको यो तेस्रो घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन्। बिहीबार मात्रै कालाहाँडी र गाजापाटी जिल्लामा दिउँसोको खाना खाएपछि १ सय २० जनाभन्दा बढी विद्यार्थी विरामी भएका थिए। ‘त्यस विद्यालयका विरामी विद्यार्थीहरूलाई पनि अहिले अस्पतालमा उपचार गराइएको छ’, एक अधिकारीले भने। विगत केही वर्षदेखि भारतका सरकारी प्राथमिक विद्यालयहरूमा सरकारले दिवा खाजाको व्यवस्था गरेको छ। भोकमरी र कुपोषण न्यूनीकरण गर्न भन्दै सरकारले खाजा वितरणको कार्यक्रम ल्याएको हो। सन् २०१३ मा विहारको एउटा विद्यालयमा यस्तै विषाक्त खाना खाँदा विरामी भएकामध्ये २२ जना बालबालिकाको मृत्यु भएको थियो।  

मौन अवधि सुरु, के के गर्नुहुन्न ?

काठमाडौं, भदौ ३० । दुई नम्बर प्रदेशमा हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि शुक्रबार रातीबाट मौन अवधि सुरु हुँदैछ । मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नहुँदासम्म राजनीतिक दल, दलका उम्मेदवार, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, मतदाता एवं सम्पूर्ण सञ्चारजगतले कुनै प्रकारका चुनावी प्रचार प्रसार गरे कारवाही भोग्नुपर्ने निर्वाचन आयोगले बताएको छ । निर्वाचनका लागि सम्पूर्ण तयारी पूर्ण भएको निर्वाचन आयोगले जनाएको छ । भारतसँग जोडिएको खुला सीमानाका कारण बढी त्रासदी भएपनि सुरक्षा व्यवस्था पनि कडा पारिएको गृहमन्त्रालयले जनाएको छ । निर्वाचन आयोगको आज बसेको वैठकले निर्वाचन मौन अवधिका बेला चुनावी घर दैलो तथा फेसबुक तथा कुनै पनि सामाजिक सञ्जालबाट प्रचार गर्न नपाइने भएको छ । यदि त्यस्तो नियमको पालना नगरी मौनअवधिको उलंघन भएको पाइएमा सामान्यतया निर्वाचन आचारसंहिता उल्लङघन सम्बन्धि कारबाही निर्वाचन आयोगका आयुक्त डा.अयोधी प्रसाद यादवले बताएका छन् । कसैले पनि मौनवधि विपरित काम गरे सुरुमा स्पष्टिकरण सोध्ने र एक लाखसम्म जरीवाना हुने उनले बताए । मौन अवधिमा गर्न नहुने काम १. निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, २. मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने । ३. एस.एम.एस., फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने । ४. उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, गम्छा, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने । ५. उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।

सिंगापुरलाई हराउँदै नेपाल समूह विजेता

काठमाडौँ, भदौ २९ । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल सिंगापुरलाई सात विकेटले पराजित गरी समूह ‘ए’को विजेता बनेको छ । टस जितेर ब्याटिङ गरेको सिंगापुरले २८.३ ओभरमा सवै विकेट गुमाएर ६७ रन बनायो । विजयी लक्ष्य नेपालले १३.४ ओभरमा तीन विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि सन्दिप सुनारले २० रन, अनिलकुमार साहले १८ र आशिफ शेखले छ रन बनाए । अमित महर्जन १० र सन्दिप जोरा सात रनमा अविजित रहे । बलिङतर्फ सिंगापुरका अभि दीक्षितले दुई र अंश भार्गभले एक विकेट लिए । सिंगापुरका लागि सिद्धान्तले २० तथा रोहन रंगराजनले ११ रन बनाए । बलिङतर्फ नेपालका लागि पवन सर्राफले ६ विकेट लिए । उनले आठ ओभर बलिङ गर्दै चार मेडन राखेर मात्र १२ रन दिए । किशोर महतोले दुई तथा सन्दिप लामिछाने र कप्तान दिपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

आफ्नै सन्तानलाई कुरियर गरिन्

भदौ २८ । चीनमा एक आमाले केही दिनअघि जन्मिएकी छोरीमाथि यस्तो व्यवहार गरेकी छिन्, सायद जो-कोहीलाई पनि विश्वास गर्न गाह्रै हुन्छ । चीनको सिचुआन प्रान्तमा एक महिलाले आफ्नी नवजात शिशुलाई प्लास्टिक ब्यागमा प्याक गरेर अनाथालयमा कुरियर गरिदिएकी छिन् । उनले प्लास्टिकको झोलामा पठाउने व्यक्तिको फर्जी नाम लेखेर प्याक गरेकी थिइन् । कुरियर ब्वाइका अनुसार ती महिलाको सामान लिनुपूर्व उनले एकपटक त्यसको परीक्षण गर्न चाहेका थिए । तर, महिलाले परीक्षण गर्न नपर्ने भन्दै हतारमा उम्कने प्रयास गरेकी थिइन् । महिलाले परीक्षण गर्न नमानेपछि ती व्यक्ति प्याकेज बोकेर अनाथालय हिँडेका थिए । बीच बाटोमा पुग्दा कुरियरका लागि ब्यागभित्रको सामान चलमलाउन थालेपछि उनलाई थप कौतुहल लाग्यो र तत्काल प्रहरीलाई खबर गरे । उनले बच्चा रोएको आवाज पनि सुने । प्याकेज खोलेर हेर्दा उनले त्यसमा नवजात बालिका भेटे । पेइचिङ न्युजका अनुसार, कुरियरबारे उनले तत्काल प्रहरीलाई सूचना दिए । पुलिसले महिलालाई तत्काल नियन्त्रणमा लिएर बालिकालाई उपचारका लागि अस्पताल पु¥याएको थियो । बालिका निदाएको समयमा उनले प्याकेटमा राखेर कुरियर गरेकी थिइन् । एजेन्सी

डिम्बाशय अर्बुदका लक्षण

काठमाडौँ, भदौ २८ । विभिन्न प्रकारका अर्बुदमध्ये डिम्बाशयको अर्बुद पनि महिलामा देखिने प्रमुख रोग भएको छ । वीर अस्पतालका अर्बुदरोग विशेषज्ञ सन्ध्या चापागार्इंका अनुसार विश्वको पाँचौँ र नेपालमा चौथो नंमा डिम्बाशयको अर्बुद पर्छ । डिम्बाशयको अर्बुद भएको पहिलो अवस्थामा सजिलै लक्षण नदेखिनसक्छ । क्यान्सर केयर नेपालका कार्यकारी सदस्य तथा क्यान्सर रोग विशेषज्ञ डा रश्मि पुनका अनुसार डिम्बाशय अर्बुद निश्चित कारणले नदेखिने र लक्षण त्यति वास्ता गरिहाल्नुपर्ने जस्तो नहुने हुन्छ । महिलामा पाठेघरको दुईतिर हुने सानो अण्डा आकारको अंगलाई अण्डाशय भनिन्छ जुन प्रजनन प्रणालीको एक महत्वपूर्ण अंग हो । डिम्बाशयको अर्बुदको कारण आजसम्म पत्ता नलागे पनि विभिन्न कारक तत्वले डिम्बाशयको क्यान्सर हुने चिकित्सक बताउँछन् । डा चापागाईंका अुनसार ४०-५० वर्षका महिला, पहिले नै स्तन, पाठेघर, लामो आन्द्राको अर्बुद भएका बिरामी, परिवारमा अरु कसैलाई अर्बुद भएको छ भने शिशु नजन्माएका महिलामा डिम्बाशयको अर्बुद हुने उच्च सम्भावना रहन्छ । तल्लो पेट र कम्मर दुख्ने, विनाकारण पेट बढ्ने, पेट फुलेको जस्तो, अपच, वाकवाक लाग्नु, योनीबाट कहिलेकाहीँ रगत बग्ने, चाँडै थाक्नु, श्वासप्रश्वास, कहिलेकाहीँ पातलो दिसा र कब्जियत हुनेजस्ता लक्षण भएमा डिम्बाशयको अर्बुद हुन सक्छ । रेडियोलोजिकल जाँच, अल्ट्रासाउण्ड अफ एब्डोमेन, एमआरआई, सिटी स्क्यान र एक्सरे गरेर तथा रगत र मासुको जाँच गरेर अण्डाशय अर्बुद भएको हो होइन पत्ता लगाइन्छ । विश्वमा सेप्टेम्बर महिनाभर डिम्बाशयको अर्बुदबारे जनचेतनामूलक र अन्य कार्यक्रम गरिन्छ । विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधि डा मीरा थापा उपाध्यायले भन्नुभयो,“अझै दक्ष जनशक्ति र जनचेतनामा कमी र उपचार प्रणालीमा पछाडि भएकाले पनि नेपाल अर्बुदको न्यूनीकरणमा पछि परेको हो ।” उहाँले अर्बुद गराउने कारक तत्वबारे सजग हुन सकेमा जोखिमको सम्भावना कम हुन सक्ने भएकाले यसबारे जनचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो । विश्वमा सेप्टेम्बर महिनाभर डिम्बाशयको अर्बुदबारे जनचेतनामूलक र अन्य कार्यक्रम गर्ने गरिन्छ । अहिले नेपालमा हुने करिब ७० प्रतिशत मृत्यु अर्बुद जस्ता नसर्ने रोगका कारण हुने गरेको विज्ञ बताउँछन् ।

चुनावमा अत्यधिक पैसा खर्च गरेको देखियो–अध्यक्ष प्रचण्ड

बिराटनगर, भदौ २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा राजनीतिक दलहरूले अत्यधिक पैसा खर्च गरेको बताएका छन् । चुनावी अभियानका क्रममा प्रदेश नम्बर २ जाने क्रममा बिराटनगर बिमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले मतदातालाई प्रभावमा पार्न अन्य दलहरूले पैसा खर्च गरेको टिप्पणी गरे । ‘दलहरूले ठूलो रक़म खर्च गरेका छन’ प्रचण्डले भने ‘तर मधेशका जनतामा फ़िज़ाईएको भ्रम हटेको छ । मधेशी जनताको अधिकारका लागी सच्चारूपमा लड़ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले बुझेका छन ।’ प्रचण्डले निर्वाचन अभियानकै क्रममा राजपा र अन्य दलबाट हज़ारौ संख्यामा पार्टी प्रवेश गरेको उदाहरण दिदै निर्वाचनमा माओवादीको पक्षमा जनलहर आएको बताए । मधेशमा शांतिपूर्ण ढंगले निर्वाचन हुनेमा बिश्वस्त रहेको उनले बताए । ‘सरकारको नेतृत्व गरेपछि असंतुस्ट मधेशी दलहरुलाई बिस्वासमा ल्याएर सबैलाई चुनावसम्म ल्याऊनु सामान्य थिएन ।’ प्रचण्डले भने, ‘अहिले आफूले गरेको मेहनतको फल पाऊँदा ख़ुशी लागेको छ । सबै निर्वाचनमा सहभागी छन । देशको एकता नै खलबिने स्थितिको अन्त्य भएको छ । मधेशलाई निषेध गर्न ख़ोज़्ने पहाड़िया उच्च जातीय अहंकारवाद र मधेशी अतिवादको अन्त्य भएको छ ।’ प्रचण्डले सबैको सहभागिता र निर्वाचन प्रणालीलाई कम खर्चीलो बनाउन र पैसा नभएकाहरूलाई समेत निर्वाचन लडन सक्ने अवस्थाका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक भएको बताए । प्रचण्डले भने, ‘यो रास्ट्रिय एकता र सासनसत्तामा हरेक नेपालीको स्वामित्व र अपनत्वको समेत ग्यारेंटी हुंछ ।’