कञ्चनपुरमा ६५ प्रतिशत मतदान

कञ्चनपुर, असार १४ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत आज भइरहेको मतदानमा कञ्चनपुरमा ६५ प्र्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

विहान ७ बजेदेखि सुरु भएको प्रदेश नम्वर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा निर्वाचन भइरहेका छन् ।

स्थानीय निर्वाचनका लागि आम जनसमुदायहरु निकै उत्साहित देखिएका छन् । आम जनताले घाम, पानी केहीको पनि प्रवाह नगरी आ–आफ्नो केन्द्रबाट मतदान गरिरहेका छन् ।

हालसम्म ५० प्रतिशतभन्दा बढी वा ५० प्रतिशतको हाराहारीमा मतदान भइसकेको छ ।

रोल्पा नगरपालिका–१० मा मतपेटिकामैं आगलागी

रोल्पा, असार १४ । बम विष्फोटले मतदानमा कुनै प्रभाव नपरेपछि निर्वाचन बहिस्कार गर्ने समूहले मतपेटिका नै जलाएका छन् । रोल्पा जिल्लाको रोल्पा नगरपालिका– १० मा रहेको भनभने मतदान केन्द्रमा मतपत्रबाटै आगो उठेको खबर छ। विप्लव समूहका कार्यकर्ताले भोट हाल्ने बहानामा मत पेटिकाभित्र ज्वलनशील पदार्थ पठाएको अनुमान सुरक्षाकर्मीले गरेका छन् । थप विवरण आउन बाँकी छ। File Photo

धनुषामा गोली चल्यो, प्रधानाध्यापक नरेन्द्रकुमार शर्मा घाइते

धनुषा,  असार ११  । विद्यालय जाँदै गरेका एक प्रधानाध्यापकमाथि आज गोली प्रहार भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि, सिनुरजोडाका प्रअ ५० वर्षीय नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंले गोली चलेको पुष्टि गर्दै गोली प्रहार गर्नेहरुको खोजी भइरहेको जानकारी दिए । शर्माको गालामा गोली लागेको छ । उनको अवस्था अहिले गम्भीर छ । उपचारका लागि जनकपुर अञ्चल अस्पतामा भर्ना गरिएको छ । जनकपुर उपमहानगरपालिका–७ निवासी प्रअ बिहान ६ः३० बजे आफ्नो घरबाट विद्यालय जाँदै गरेका बेला लक्ष्मीनिया चोकदेखि पश्चिम बाटोमा मोटरसाइकलमा आएका दुई हतियारधारी समूहले गोली प्रहार गरी भागेको प्रहरीले जनाएको छ ।  

फिफा कनफेडेरेशन कप फुटबलमा पोर्चुगलको पहिलो जित

असार ८ – रुसमा भइरहेको फिफा कनफेडेरेशन कप फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा पोर्चुगल विजयी भएको छ । समूह ‘ए’ मा रहेको पोर्चुगलले आयोजक रुसलाई १–० ले हराएको हो । पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोले गरेको गोल नै निर्णायक बन्यो । खेलको ८ औं मिनेटमा रोनाल्डोले हेडमार्फत सुन्दर गोल गरेका हुन् । यस्तै दोस्रो हाफको सुरुमा एन्ड्रे सिल्भाले गरेको प्रहार रुसका गोलरक्षक इगोर एकिन्फिभले सुन्दर बचाउ गरेपछि पोर्चुगल १–० ले विजयी भयो ।यो प्रतियोगितामा पोर्चुगलको पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा पोर्चुगलले मेक्सिकोसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको थियो । जितपछि समूहको दुई खेलबाट चार अंक जोडेको पोर्चुगल समूहको दोस्रो स्थानमा छ । पहिलो खेल जिते पनि दोस्रो खेलमा पोर्चुगलसँग पराजित भएको आयोजक रुस तीन अंकसहित तेस्रो स्थानमा छ ।

शिक्षक पौडेल मृत फेला

फलेवास (पर्वत), ७ असार । पर्वतको कुस्मा नगरपालिका– १ पाङ घर भई कटुवाचौपारीस्थित आइबल एकेडेमी बोर्डिङ स्कुलमा पढाउँदै आउनुभएका एक शिक्षक नारायण पौडेलको शव १५ दिनपछि कालीगण्डकी नदीको किनारमा फेला परेको छ । बाग्लुङको जैमिनी गाउँपालिकाको बेल बगरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बीस वर्षीय शिक्षक पौडेलले विगत एक महिनादेखि विद्यालयमा पढाउन सुरु गर्नुभएको थियो । विद्यालयमा विद्यार्थीलाई यातना दिएको भन्दै विद्यालय प्रशासनले विद्यालय नआउन भनेका पौडेल एकाएक हराएपछि घटना रहस्यमय बनेको थियो । गत जेठ २४ गतेदेखि बेपत्ता हुनुभएका शिक्षक पौडेल अन्तिमपटक २५ गतेसम्म परिवारको सम्पर्कमा रहेको भए पनि त्यसपछि उहाँ सम्पर्कविहीन हुनुभएको थियो । २७ गतेदेखि प्रहरीमा परेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतले खोजी सुरु गरेको प्रहरी निरीक्षक मधुकरजङग विष्टले जानकारी दिनुभयो । मङ्गलबार पौडेलका परिवारले शवको पहिचान गरेपछि आज शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएको विष्टले बताउनुभयो । उहाँको के कारणले मृत्यु भएको हो भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस

अछामका ३ तहमा काँग्रेस र माओवादीको तालमेल

अछाम, असार ५ । दोस्रो चरणको स्थानिय तहको निर्वाचन अन्र्तगत अछाममा सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बिच ३ तहमा तालमेल भएको छ । क्षेत्र नम्वर १ मा बान्नीगढी जयगढ गाँउपालिका र मेल्लेख गाँउपालिकामा यी २ पार्टीले तालमेल गरेका छन भने क्षे नम्वर २ को मंगलसेन नगरपालिकामा तालमेल भएको छ । बान्नीगढी जयगढ गाँउपालिकामा प्रमुखमा नेपाली काँग्रेसलाई माओवादीले सघाएको छ भने उप प्रमुखमा माओवादीलाई काँग्रेसले सघाएको छ । त्यहाँ प्रमुखमा काँग्रेसका राजेन्द्र खड्काले उम्मेद्धारी दर्ता गराएका छन भने उपप्रमुखमा माओवादी केन्द्रका लोकेन्द्र साउदले मनोनयन दर्ता गराएका छन । यस्तै मेल्लेख गाँउपालिका प्रमुखमा माओवादी केन्द्रका लोकबहादुर बोहरा (ज्वाला) लाई नेपाली काँग्रेसले सघाएको छ भने उपप्रमुखमा काँग्रेसका धनबहादुर शाहलाई माओवादी केन्द्रले सघाएको छ । यस्तै सदरमुकाम रहेको मंगलसेन नगरपालिकामा माओवादी केन्द्रले काँग्रेसलाई मेयरमा सघाएको छ भने उप मेयरमा माओवादीलाई काँग्रेसले सघाएको छ । गठबन्धनका तर्फवाट मंगलसेनको मेयरमा काँग्रेसका चन्द्रप्रसाद ढुंगाना र उप मेयरमा माओवादी केन्द्रका रोहीना भण्डारीले उम्मेद्धारी दर्ता गराएका छन । स्थानिय पार्टीको माग र आवस्यकताका आधारमा जिल्लाका ३ वटै तहमा तालमेल गरिएको काँग्रेस माओवादीले प्रतिक्रिया दिएका छन । आफुहरु अलि कमजोर भएका स्थानिय तहमा तालमेल भएसंगै जित निश्चित भएको माओवादी केन्द्र र काँग्रेसको जिल्ला नेतृत्वले बताएका छन । अन्य एक दुई तहमा पनि पुनः तालमेलका लागि गृहकार्य भईरहेको माओवादी केन्द्रका जिल्ला संयोजक झपट साउदले बताए । जिल्लाका ४ नगरपालिका र ६ गाँउपालिका गरि सबै १० वटा तहमा नेकपा एमालेले भने एक्लै उम्मेद्धारी दर्ता गराएको छ । मुख्य निवार्चन अधिकृतको कार्यालय मंगलसैनले दिएको जाँनकारी अनुसार बिहान ८ बजेवाट मनोनयन दर्ता हुने भएपनि दलहरु ढिलोगरी आएको तैपनी सबै ठाँउमा उल्लासपूर्ण तवरले मनोनयन दर्ता कार्य भएको बताईएको छ । जिल्लाका १०वटै स्थानीय तहमा खुसीयाली पुर्वक मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिस हरी शर्मा पंज्ञीनीले जानकारी दिए । यस्तै, जिल्लामा अहिले सुरक्षा व्यवस्था कडा पारिएको र मनोनयन दर्ताको दिन कुनै पनि अप्रिय घटनाहरु नभएको प्रमुख जिल्ला अधिकारी शकर विष्टले बताए । अछाममा ४ नगरपालिका र ६ गाउँपालिका मा १८५ मतदान स्थल र १ लाख २७ हजार ७ सय ४२ मतदाता छन् ।

भक्तपुरमा नेमकिपाको विजयी उत्सव सहभागीहरू

भक्तपुर नगरपालिकाको १० वटा वडामा नेपाल मजदुर किसान पार्टीको प्यानल विजयी भएपछि शनिबार भक्तपुरमा निकालेको विजयी उत्सव । तस्बिर : लक्ष्मी गारु, भक्तपुर

वाग्मती गाउँपालिका–३ मा माओवादी केन्द्र

हेटौँडा, जेठ २ । मकवानपुरको बाग्मती गाउँपालिका–३ मा माओवादी केन्द्रको समूह नै विजयी भएको छ । माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेवार बलबहादुर पाख्रिनले ३१४ मत प्राप्त गरी विजयी हुनुभयोभने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बाबुलाल गोलेले २५५ मत प्राप्त गर्नुभएको छ । यस वडाबाट अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) ले ३१२, नेकपा (एमाले) ले २५५ र नेपाली काँग्रेसले १४३ मत प्राप्त गरेको छ भने उपाध्यक्षमा माओवादी केन्द्रले ३१०, नेकपा (एमाले) ले २५४ र नेपाली काँग्रेसले १३५ मत प्राप्त गरेको छ ।

संविधान संशोधन नभई सरकार फेर्न नदिने : राजपाको चेतावनी

काठमाडौँ,जेठ २ । संविधान संशोधनअघि सरकार परिवर्तन हुन नदिने चेतावनी राष्ट्रिय जनता पार्टी (राजपा)ले दिएको छ । प्रधानमन्त्री प्रचण्डसँग सोमबार भएको छलफलमा राजपाका नेताहरूले समस्या समाधान नभएसम्म सत्ता हस्तान्तरण गर्न नदिने बताएका नयाँ पत्रिकामा खबर छ । राजपा नेताहरूले सोमबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर संविधान संशोधन र निर्वाचनका विषयमा छलफल गरेका थिए । प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्न खोजेको र कामचलाउ सरकारले बजेट ल्याउने बताएका थिए ।  

जाजरकोटको मतपरिणाम सार्वजनिक, ६ स्थानमा माओवादी प्यानलको विजयी

जाजरकोट, जेठ १ । जाजरकोटमा हिजो भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रले ६ स्थानबाट अध्यक्षलगायत सदस्यसहित प्यानलै विजयी भएको छ । यस्तो छ जाजरकोटमा सार्वजनिक गरिएको मतपरिणाम नेकपा माओवादी केन्द्रवाट शिवालय गाउँपालिका १ मा मानवहादुर पुन पुरै प्यानल शिवालय गाउँपालिका वडा नं २ मा प्रेमवहादुर बस्नेत पुरै प्यानल भेरी नगरपालिका वडा नंं. १ मा दिपक राना पुरै प्यानल वारेकोट गाउँपालिका वडा नं ९ का शशिराम गौतम पुरै प्यानल कुशेगाउँपालिका वडा न. ६ अम्वर शाही पुरै प्यानल त्रिवेणी नलगाड नपा वडा १ मा हिरालाल पुनको पुरै टिम विजयी नेपाली कांग्रेसबाट कुशेगाउँपालिका वडा नं ७ रामवहादुर शाहीको पुरै प्यानल कुशेगाउँपालिका वडा नं ८ अम्वर रोकाय पुरै प्यानल कुशेगाउँपालिका वडा न. ९ मा देविका शाहीको पुरै प्यानल वारेकोट गाउँपालिका वडा १ द्धारिका प्रसाद वुढा पुरै प्यानल वारेकोटगाउँपालिका १ मा लालुभक्त सिंहको प्यानल विजयी कुशे गाउँपालका वडा ३ टेकवहादुर हमाल विजयी नेकपा एमालेले जित हात पारेका वडाहरु भेरी नगरपालिका वडा नं १३ मा गोपाल वटालाको प्यानल विजयी शिवालय गाउँपालिका वडा नं ३ प्रेम देव शर्मा शिवालय गाउँपालिका वडा नं ४ तेजवहादुर वुढाको प्यानल शिवालय गाउँपलिका वडा ५ चित्रप्रसाद शर्मा पुरै प्यानल

सिन्धुपाल्चोक मत परिणाम- चौतारामा माओवादी, मेलम्चीमा एमाले अगाडि

सिन्धुपाल्चोक, १ जेठ । सिन्धुपाल्चोकको तीन नगरपालिका र एक गाउँपालिकामा मतगणना भइरहेको छ । चौतारा साँगाचोकगढी, मेलम्ची र बाह्रबिसे नगरपालिका र बलेफी र इन्द्रावती गाउँपालिकाको मतगणना भइरहेको हो । विहानदेखि भएको मतगणनाको पछिल्लो विवरण यस प्रकार छ : चौतारा साँगाचोकगढी नगरपालिका कांग्रेस मेयर– ११ एमाले मेयर– ६८ माओवादी केन्द्र मेयर– १०७ मेलम्ची नगरपालिका कांग्रेस मेयर– ९७ उपमेयर–९९ एमाले मेयर–२६९ उपमेयर–२७७ माओवादी मेयर–१७६ उपमेयर–१४४ बाह्रबिसे नगरपालिका कांग्रेस मेयर– १८५ उपमेयर–१८८ एमाले मेयर–९३ उपमेयर– ८८ माओवादी मेयर– ७ राप्रपा उपमेयर– ३ बलेफी गाउँपालिका कांग्रेस प्रमुख– ११२ उपप्रमुख– १०३ एमाले प्रमुख– १३५ उपप्रमुख– १६० माओवादी प्रमुख– १३१ उपप्रमुख– ११८

शान्तिपूर्ण निर्वाचन सम्पन्न: निर्वाचन अायोग

काठमाडौं, बैशाख ३१ । निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधी प्रसाद यादवले आज भएको स्थानीय तहको निर्वाचनबारे जानकारी गराएका छन् । उनले छिनफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएका छन् । डा.यादवले एक पत्रकार सम्मेलनमार्फत आज भएको निर्वाचनका बारेमा जानकारी गराएका हुन् । डा.यादवले आज भएको स्थानीय निर्वाचनमा ७३ प्रतिशत मतदान भएको जानकारी गराए । ३,४ र ६ मा भएको निर्वाचनमा निर्वाचनमा सर्वसाधारणको व्यापक सहभागितामा रहेको उनले बताए । मतदानमा दृष्टिविहीन, अपांग, बुढाबुढीदेखि किरियापुत्रीले समेत भाग लिएको उनले बताए । विभिन्न मतदान केन्द्रबाट ल्याइएकाे सिलप्याक मतपेटिकालार्इ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लगिने व्यवस्था गरिएकाे र सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएपछि भाेलिदेखि मतगणना गरिने उनले बताए ।

दोरम्बामा झड़प, अश्रु ग्यास प्रहार, मतदान स्थगित

वैशाख ३१, २०७४- माओवादी र कांग्रेस कार्यकर्ताको झडपका कारण रामेछापको दोरम्बा गाउँपालिकामा पर्ने साविक टोकरपुरको पुन्चेतमा रहेको कालिका भवगति मतदान केन्द्रको मतदान कार्य स्थगित गरिएको छ । मतदान भइरहेको वेला झडप भएपछि प्रहरीले एक राउण्ड हवाइ फायर र एक सेल अश्रुग्यास प्रहार गरी स्ििथतिलाई नियन्त्रणमा लिएको छ । झडपमा सम्लग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झडपमा एक जना सामान्य घाइते भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जनाएका छन् । केन्द्रमा थप सुरक्षा फौज परिचालन गरीएको उनले वताए । झडप भएपछि उक्त केन्द्रको मतदान कार्य ३ घण्टादेखि रोकिएको निर्वाचन अधिकृत प्रेमचन्द्र भुषालले वताएका छन । १ सय ६७ जनाले मतदान गरेपछि मतदानको कार्य स्थगित भएको हो । भूसालले मतदान केन्द्र सामान्य अवस्थामा आइसकेको र पुन मतदानको लागि सर्वदलिय बैठक राख्ने पहल भइरहेको जनाएका छन । रामेछापका अन्य मतदान केन्द्रमा उल्लासपूर्ण वातावरणमा मतदान भइरहेको छ । जिल्ला सदरमुकाम मन्थलीको मतदान केन्द्रमा ५० प्रतिशत भन्दा बढी मतदान भइसकेको छ । मतदाताहरु उल्लासपूर्ण वातावरणमा मतदान कार्यमा सहभागी भएका छन् । ईकांतिपुरबाट

कसलाई भोट हाल्नु भयो भनेर प्रचण्डलाई पत्रकारले सोधेपछि…

चितवन, वैशाख ३१ । प्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी मावि लङ्कुको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका छन् । मतदानपछि सञ्चारकर्मीले घेरिएका प्रचण्डमाथि पत्रकारहरुले प्रश्नको ओइरो लगाए । निकै उत्साहित मुद्रामा देखिएका प्रचण्डले प्रतिक्रिया दिँदै भने– “यो ऐतिहासिक निर्वाचन भएको हुनाले व्यापक रुपमा मतदानमा सहभागी हुन हिजो नै अपिल गरेको छु । आज जे देखिएको छ, सबैतिर उत्साहपूर्वक अपेक्षाभन्दा बढी नै मतदान हुन्छ भन्ने मलाई विश्वास छ ।” यही बीचमा एकजना सञ्चारकर्मीले प्रश्न सोधे– भोट कसलाई हाल्नुभयो नि ? प्रचण्डले मुस्कुराउँदै भने– नेपाली कांग्रेस र माओवादी केन्द्रसँग भएको तालमेल अनुसार भोट हाले । प्रचण्डले उपमेयर पदमा नेपाली कांग्रेसबाट उम्मेदवार पार्वती शाहलाई भोट हालेको बताए चितवनमा मेयरमा माओवादी केन्द्रबाट रेणु दाहाल र उप मेयरमा कांग्रेसकी पार्वती शाहलाई भोट हाल्ने सहमति दुबै पार्टीले गरेका छन् । मतदानपछि प्रतिक्रिया दिँदै दाहालले नेपालमा पहिलोपटक अधिकार सम्पन्न स्थानीय तहको निर्वाचन आज सम्पन्न हुन लागेकाले जनतामा निकै ठूलो उत्साह रहेको प्रचण्डले पत्रकारहरुसँग बताए । राससकाे समाचारमा अाधारित

प्रहरीको गोली लागि माओवादी कार्यकर्ताको मृत्यु

काभ्रे, वैशाख ३१ । गोली लागेर एकजना माओवादी कार्यकर्ताको मृत्यु भएको छ । शनिबार राती नमोबुद्ध नगरपालिका ३ का २८ बर्षीय नवराज पाठकको मृत्यु भएको हो । प्रहरीले भने गोली नचलाएको दावी गरेको छ । माओवादी समर्थकहरुले मृतक पाठक आफ्नो कार्यकर्ता भएको बताएका छन् । प्रशासनले भने अज्ञात व्यक्तिले गोली चलाएको बताएका छन् । घटनास्थल नजिकैको जनक बहुमुखी क्याम्पसमा सशस्त्र प्रहरी बल क्याम्प खडा गरेर बसेको छ । स्थानीयका अनुसार, दिउसो सशस्त्रसँग स्थानीयको विवाद भएको थियो । प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले भने मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली चलाएको सूचना आएको दाबी गर्दै प्रहरीलाई गोली चलाउन कुनै आदेश नदिएको बताए । उनले घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए ।

जेठ १८ देखि एनसेलको फोरजी

काठमाडौं ,वैशाख २४ । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले १ महीनाभित्रै फोरजी सेवा शुरू गर्ने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट गत बुधवार फोरजी सेवाको अनुमति पाएपछि एनसेलले जेठ १८ देखि फोरजी सेवा शुरू गर्नेगरी आवश्यक तयारी थालेको हो । व्यवस्थापिका–संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिको निर्देशनका कारण लामो समयदेखि एनसेलको फोरजी अनुमति रोकिएको थियो । संसद्कै विकास समितिले अघिल्लो साता उपभोक्ताको अधिकार र सूचना प्रविधिको विकासलाई रोक्न नहुने भन्दै सरोकारवाला निकायलाई निर्देशन दिएपछि प्राधिकरणलाई एनसेलको फोरजी अनुमति जारी गर्न बाटो खुलेको हो । यससँगै संसद्का दुई समितिबीच कार्यक्षेत्रको विवादसमेत सतहमा आएको छ । कम्पनीलाई ९ सय ब्याण्डमा थ्रीजी र १८ सय ब्याण्डमा फोरजी सेवा सञ्चालन गर्न सकिने गरी प्राधिकरणले प्रविधि तटस्थताको स्वीकृति दिएको छ । त्यसअनुसार जेठ १८ पछि कम्पनीले फोरजी सेवा आरम्भ गर्नुपर्नेछ । एनसेलले प्राधिकरणमा वैशाख पहिलो साता सेवा विस्तार कार्ययोजना पेश गरेको थियो । उक्त कार्ययोजनामा उसले सन् २०१७ को अन्त्यसम्म पहिलो चरण र सन् २०१८ को मार्चसम्ममा दोस्रो चरण गरी फोरजी सेवा विस्तार गर्ने योजना प्रतिवद्धता जाहेर गरेको छ । काठमाडौं, पोखरा र दमौलीबाट सेवा प्रारम्भ गर्ने तयारी थालेको कम्पनीले पहिलो चरणमा विराटनगर र धरानमा समेत सेवा विस्तार गर्ने बताएको छ । त्यस्तै, दोस्रो चरणमा विर्तामोड, दमक, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल र भैरहवामा गरी १५ ओटा शहरमा फोरजी सेवा पु¥याउने गरी कार्ययोजना स्वीकृत भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । सरकारले प्रविधि तटस्थताको व्यवस्था गरेसँगै दूरसञ्चार कम्पनीहरूका लागि हाललाई १८ सय ब्याण्डको फ्रीक्वेन्सीमा फोरजी सेवा सञ्चालन गर्ने बाटो खुला भएको  थियो । एनसेलले उक्त ब्याण्डमा आफूसँग भएको ११ मेगाहर्जमध्ये ५ मेगाहर्ज फ्रीक्वेन्सी फोरजीका लागि छुट्याइसकेको छ । सूचना तथा सञ्चारमन्त्री अध्यक्ष रहेको फ्रीक्वेन्सी नीति निर्धारण समितिले गत असार अन्तिममा दूरसञ्चार सेवाको रेडियो फ्रीक्वेन्सी नीति संशोधन गरेको थियो । संशोधनलगत्तै टेलिकम, एनसेल र स्मार्ट टेलिकमले फोरजी सेवा सञ्चालनका लागि प्राधिकरणसमक्ष प्रविधि तटस्थताका लागि निवेदन दिएका थिए । टेलिकमलाई सोको अनुमति दिए पनि एनसेलको विषयमा भने प्राधिकरणले तत्काल कुनै निर्णय गरेको थिएन । टेलिकमले गत पुस १७ गतेदेखि काठमाडौं र पोखरामा फोरजी सेवा सञ्चालनमा ल्याइसकेको छ । स्मार्टलाई भने शर्तअनुसार कतिपय काम सम्पन्न गरिनसकेको भन्दै प्राधिकरणले तत्काल अनुमति जारी गर्न असहमति व्यक्त गरेको छ । गत माघको दोस्रो साता बसेको लेखा समितिको बैठकले एनसेलले शेयर खरीद विक्रीबापत एनसेलले नेपाल सरकारलाई बुझाउनुपर्ने लाभकर नबुझाएकाले फोरजी सेवाको अनुमति नदिन सरकारलाई निर्देशन दिएको थियो । प्राधिकरण सोको अनुमति प्रदान गर्ने अन्तिम चरणमा पुगेको बेला समितिको सो निर्देशनले एनसेलको फोरज अनुमति अन्योलमा परेको थियो ।