संविधान संशोधन नभई सरकार फेर्न नदिने : राजपाको चेतावनी

काठमाडौँ,जेठ २ । संविधान संशोधनअघि सरकार परिवर्तन हुन नदिने चेतावनी राष्ट्रिय जनता पार्टी (राजपा)ले दिएको छ । प्रधानमन्त्री प्रचण्डसँग सोमबार भएको छलफलमा राजपाका नेताहरूले समस्या समाधान नभएसम्म सत्ता हस्तान्तरण गर्न नदिने बताएका नयाँ पत्रिकामा खबर छ ।

राजपा नेताहरूले सोमबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर संविधान संशोधन र निर्वाचनका विषयमा छलफल गरेका थिए । प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्न खोजेको र कामचलाउ सरकारले बजेट ल्याउने बताएका थिए ।

 

दोरम्बामा झड़प, अश्रु ग्यास प्रहार, मतदान स्थगित

वैशाख ३१, २०७४- माओवादी र कांग्रेस कार्यकर्ताको झडपका कारण रामेछापको दोरम्बा गाउँपालिकामा पर्ने साविक टोकरपुरको पुन्चेतमा रहेको कालिका भवगति मतदान केन्द्रको मतदान कार्य स्थगित गरिएको छ । मतदान भइरहेको वेला झडप भएपछि प्रहरीले एक राउण्ड हवाइ फायर र एक सेल अश्रुग्यास प्रहार गरी स्ििथतिलाई नियन्त्रणमा लिएको छ । झडपमा सम्लग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झडपमा एक जना सामान्य घाइते भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जनाएका छन् । केन्द्रमा थप सुरक्षा फौज परिचालन गरीएको उनले वताए । झडप भएपछि उक्त केन्द्रको मतदान कार्य ३ घण्टादेखि रोकिएको निर्वाचन अधिकृत प्रेमचन्द्र भुषालले वताएका छन । १ सय ६७ जनाले मतदान गरेपछि मतदानको कार्य स्थगित भएको हो । भूसालले मतदान केन्द्र सामान्य अवस्थामा आइसकेको र पुन मतदानको लागि सर्वदलिय बैठक राख्ने पहल भइरहेको जनाएका छन । रामेछापका अन्य मतदान केन्द्रमा उल्लासपूर्ण वातावरणमा मतदान भइरहेको छ । जिल्ला सदरमुकाम मन्थलीको मतदान केन्द्रमा ५० प्रतिशत भन्दा बढी मतदान भइसकेको छ । मतदाताहरु उल्लासपूर्ण वातावरणमा मतदान कार्यमा सहभागी भएका छन् । ईकांतिपुरबाट

कसलाई भोट हाल्नु भयो भनेर प्रचण्डलाई पत्रकारले सोधेपछि…

चितवन, वैशाख ३१ । प्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी मावि लङ्कुको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका छन् । मतदानपछि सञ्चारकर्मीले घेरिएका प्रचण्डमाथि पत्रकारहरुले प्रश्नको ओइरो लगाए । निकै उत्साहित मुद्रामा देखिएका प्रचण्डले प्रतिक्रिया दिँदै भने– “यो ऐतिहासिक निर्वाचन भएको हुनाले व्यापक रुपमा मतदानमा सहभागी हुन हिजो नै अपिल गरेको छु । आज जे देखिएको छ, सबैतिर उत्साहपूर्वक अपेक्षाभन्दा बढी नै मतदान हुन्छ भन्ने मलाई विश्वास छ ।” यही बीचमा एकजना सञ्चारकर्मीले प्रश्न सोधे– भोट कसलाई हाल्नुभयो नि ? प्रचण्डले मुस्कुराउँदै भने– नेपाली कांग्रेस र माओवादी केन्द्रसँग भएको तालमेल अनुसार भोट हाले । प्रचण्डले उपमेयर पदमा नेपाली कांग्रेसबाट उम्मेदवार पार्वती शाहलाई भोट हालेको बताए चितवनमा मेयरमा माओवादी केन्द्रबाट रेणु दाहाल र उप मेयरमा कांग्रेसकी पार्वती शाहलाई भोट हाल्ने सहमति दुबै पार्टीले गरेका छन् । मतदानपछि प्रतिक्रिया दिँदै दाहालले नेपालमा पहिलोपटक अधिकार सम्पन्न स्थानीय तहको निर्वाचन आज सम्पन्न हुन लागेकाले जनतामा निकै ठूलो उत्साह रहेको प्रचण्डले पत्रकारहरुसँग बताए । राससकाे समाचारमा अाधारित

प्रहरीको गोली लागि माओवादी कार्यकर्ताको मृत्यु

काभ्रे, वैशाख ३१ । गोली लागेर एकजना माओवादी कार्यकर्ताको मृत्यु भएको छ । शनिबार राती नमोबुद्ध नगरपालिका ३ का २८ बर्षीय नवराज पाठकको मृत्यु भएको हो । प्रहरीले भने गोली नचलाएको दावी गरेको छ । माओवादी समर्थकहरुले मृतक पाठक आफ्नो कार्यकर्ता भएको बताएका छन् । प्रशासनले भने अज्ञात व्यक्तिले गोली चलाएको बताएका छन् । घटनास्थल नजिकैको जनक बहुमुखी क्याम्पसमा सशस्त्र प्रहरी बल क्याम्प खडा गरेर बसेको छ । स्थानीयका अनुसार, दिउसो सशस्त्रसँग स्थानीयको विवाद भएको थियो । प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले भने मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली चलाएको सूचना आएको दाबी गर्दै प्रहरीलाई गोली चलाउन कुनै आदेश नदिएको बताए । उनले घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए ।

जेठ १८ देखि एनसेलको फोरजी

काठमाडौं ,वैशाख २४ । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले १ महीनाभित्रै फोरजी सेवा शुरू गर्ने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट गत बुधवार फोरजी सेवाको अनुमति पाएपछि एनसेलले जेठ १८ देखि फोरजी सेवा शुरू गर्नेगरी आवश्यक तयारी थालेको हो । व्यवस्थापिका–संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिको निर्देशनका कारण लामो समयदेखि एनसेलको फोरजी अनुमति रोकिएको थियो । संसद्कै विकास समितिले अघिल्लो साता उपभोक्ताको अधिकार र सूचना प्रविधिको विकासलाई रोक्न नहुने भन्दै सरोकारवाला निकायलाई निर्देशन दिएपछि प्राधिकरणलाई एनसेलको फोरजी अनुमति जारी गर्न बाटो खुलेको हो । यससँगै संसद्का दुई समितिबीच कार्यक्षेत्रको विवादसमेत सतहमा आएको छ । कम्पनीलाई ९ सय ब्याण्डमा थ्रीजी र १८ सय ब्याण्डमा फोरजी सेवा सञ्चालन गर्न सकिने गरी प्राधिकरणले प्रविधि तटस्थताको स्वीकृति दिएको छ । त्यसअनुसार जेठ १८ पछि कम्पनीले फोरजी सेवा आरम्भ गर्नुपर्नेछ । एनसेलले प्राधिकरणमा वैशाख पहिलो साता सेवा विस्तार कार्ययोजना पेश गरेको थियो । उक्त कार्ययोजनामा उसले सन् २०१७ को अन्त्यसम्म पहिलो चरण र सन् २०१८ को मार्चसम्ममा दोस्रो चरण गरी फोरजी सेवा विस्तार गर्ने योजना प्रतिवद्धता जाहेर गरेको छ । काठमाडौं, पोखरा र दमौलीबाट सेवा प्रारम्भ गर्ने तयारी थालेको कम्पनीले पहिलो चरणमा विराटनगर र धरानमा समेत सेवा विस्तार गर्ने बताएको छ । त्यस्तै, दोस्रो चरणमा विर्तामोड, दमक, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल र भैरहवामा गरी १५ ओटा शहरमा फोरजी सेवा पु¥याउने गरी कार्ययोजना स्वीकृत भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । सरकारले प्रविधि तटस्थताको व्यवस्था गरेसँगै दूरसञ्चार कम्पनीहरूका लागि हाललाई १८ सय ब्याण्डको फ्रीक्वेन्सीमा फोरजी सेवा सञ्चालन गर्ने बाटो खुला भएको  थियो । एनसेलले उक्त ब्याण्डमा आफूसँग भएको ११ मेगाहर्जमध्ये ५ मेगाहर्ज फ्रीक्वेन्सी फोरजीका लागि छुट्याइसकेको छ । सूचना तथा सञ्चारमन्त्री अध्यक्ष रहेको फ्रीक्वेन्सी नीति निर्धारण समितिले गत असार अन्तिममा दूरसञ्चार सेवाको रेडियो फ्रीक्वेन्सी नीति संशोधन गरेको थियो । संशोधनलगत्तै टेलिकम, एनसेल र स्मार्ट टेलिकमले फोरजी सेवा सञ्चालनका लागि प्राधिकरणसमक्ष प्रविधि तटस्थताका लागि निवेदन दिएका थिए । टेलिकमलाई सोको अनुमति दिए पनि एनसेलको विषयमा भने प्राधिकरणले तत्काल कुनै निर्णय गरेको थिएन । टेलिकमले गत पुस १७ गतेदेखि काठमाडौं र पोखरामा फोरजी सेवा सञ्चालनमा ल्याइसकेको छ । स्मार्टलाई भने शर्तअनुसार कतिपय काम सम्पन्न गरिनसकेको भन्दै प्राधिकरणले तत्काल अनुमति जारी गर्न असहमति व्यक्त गरेको छ । गत माघको दोस्रो साता बसेको लेखा समितिको बैठकले एनसेलले शेयर खरीद विक्रीबापत एनसेलले नेपाल सरकारलाई बुझाउनुपर्ने लाभकर नबुझाएकाले फोरजी सेवाको अनुमति नदिन सरकारलाई निर्देशन दिएको थियो । प्राधिकरण सोको अनुमति प्रदान गर्ने अन्तिम चरणमा पुगेको बेला समितिको सो निर्देशनले एनसेलको फोरज अनुमति अन्योलमा परेको थियो ।

आठ दिन अघिदेखि बेपत्ता शिक्षक मृत फेला

उदयपुर,  वैशाख २३ । आठ दिनअघिदेखि घरबाट हिँडेर बेपत्ता हुनुभएका त्रियुगा–१० बोक्से स्थायी घर भई त्रियुगा–७ स्थित असारीको जनता निमाविमा कार्यरत ४६ वर्षीय शिक्षक जयबहादुर राई शुक्रबार साँझ मृतावस्थामा फेला परेका परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राईे मोतीगडास्थित चाँपको जङ्गल क्षेत्रमा फेला परेका हुन् ।  स्थानीयवासी गोठालाले साँझपख गाईवस्तु जङ्गलबाट घर फर्काउने क्रममा राईलाई मृतावस्थामा देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । दाहसंस्कार गर्न प्रहरीले मृतकका आफन्तलाई जिम्मा लगाएको उदयपुरका प्रहरी प्रमुख नरबहादुर केसीले बताए । शवका छेउमा एउटा विषादी वस्तुको सिसी भेटिएको जनाइएको छ । शिक्षक राईले १५ दिन अघिदेखि नै घरमा अनौठो व्यवहार देखाउन थालेका थिए । छोराको विवाह सम्पन्न भएको भोलिपल्टदेखि नै राई घरबाट बेपत्ता भएका थिए ।

सर्वोच्चको पत्र संसद् पुग्यो,

काठमाडौं, वैशाख २३ । निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्कन र संसद्मा महाभियोग प्रस्ताव अगाडि नबढाउन सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश शुक्रबार साँझ संसद्मा पुगेको छ । सभामुख ओनसरी घर्तीले सर्वोच्चको आदेशबारे कुनै टिप्पणी गरेकी छैनन् । उनले आन्तरिक रुपमा परामर्श थालेकी नयाँ पत्रिकामा खबर छन् । ‘राजनीतिक दल, कानून व्यवसायी, संविधान, संसद् नियमावलीलगायतका विधि–विधान र प्रक्रियाका आधारमा सभामुखले सबै पक्षसँग परामर्श गरेर मात्र थप निर्णय लिनुहुन्छ’ सभामुखनिकट स्रोतको भनाइ छ । संसद्का २४९ सांसद्ले दर्ता गरेको र सदनमा प्रस्तुतसमेत भइसकेको प्रस्ताव किनारा लगाउनु संसद्को कर्तव्य र विशेष अधिकार हो भनेर सभामुखले प्रक्रिया अगाडि बढाउन सक्छिन् । संविधानको धारा १०३ ले संसद्लाई आफ्नो कारबाही र निर्णय गर्ने विशेषाधिकार दिएको र अवहेलना गर्नेलाई जेलसमेत पठाउन सक्ने अधिकार दिएको छ । सभामुखले त्यो अधिकार प्रयो गर्न सक्ने भन्दै कानुनी सल्लाहकारले उनलाई सुझाव पनि दिएका छन् ।

लाग्यो चुनाव मनोनयन दर्ताकाे चटाराे

ललितपुरका नेकपा एमालेका नेता तथा कार्यकर्ता स्थानीय तहको जनप्रतिनिधिको निर्वाचनको लागि मङ्गलबार उम्मेदवारी मनोनयन दर्ता गर्न महानगरपालिकातर्फ जाँदै । तस्बिर : प्रदीपराज वन्त, रासस

औलो रोगका बिरामी घट्दै

कञ्चनपुर, वैशाख १६ । लामखुट्टेको टोकाइबाट सर्ने औलो रोगका बिरामी कञ्चनपुरमा प्रतिवर्ष घट्दै गएका छन् । विषादीरहित झुलको प्रयोगमा व्यापकता र औलोका जीवाणु सार्ने लामखुट्टे नियन्त्रण गर्नका लागि विषादी छर्कने कार्य निरन्तर रुपमा गरिँदै आएकाले औलो रोगका बिरामीप्रति बर्ष घट्दै गएका हुन् । औलोका बिरामीको सङ्ख्या प्रतिवर्ष घट्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयका किटजन्य रोग अधिकृत हेमराज जोशीले भन्नुभयो, “सरकारी लक्ष्य अगावै कञ्चनपुरलाई औलो निवारण जिल्ला घोषणा गर्छौ ।” उहाँका अनुसार यहाँ सन् २०१६ देखि सन २०१७ को हालसम्म रगतको नमुना लिइएका १३ हजार ८७५ जनामध्ये ६५ जना औलोका बिरामी फेला परेका छन् । औलो रोगको पुष्टि भएका ६५ जनामध्ये ४८ जना जिल्ला बाहिरका र जिल्लाका १७ जनामा मात्रै औलो रोग देखापरेको अधिकृत जोशीले बताउनुभयो । कञ्चनपुर औलो प्रभावित २५ जिल्ला मध्ये औलोको दोश्रो उच्च जोखिममा पर्दछ । यहाँ बसोवास गर्ने बासिन्दामा औलोको बढी जोखिम नरहेपनि भारतमा लामो समय काम गरेर फर्कने अधिकांसमा औलोको जोखिम बढ्दो रुपमा रहेको पाईएको छ । जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार कञ्चनपुरमा सन् २०११ मा २६०, सन् २०१२ मा ७१ ,सन् २०१३ मा ७२, सन् २०१४ मा ८१ र सन २०१५ मा ७५ जना औलोका बिरामी फेला परेका थिए । कञ्चनपुरमा सन् १९९५ देखि औलो निवारणका लागि कार्यक्रम निरन्तर रुपमा सञ्चालन हुदै आएका छन । कञ्चनपुरलाई सन् २०२६ भित्र औलो निवारण घोषणा गर्ने कार्यक्रम रहेको छ । ‘सदाका लागि औलो अन्त्य गरौं’ भन्ने नारा सहित जनचेतनामूलक कार्यक्रमका साथ आज कञ्चनपुरमा विश्व औलो दिवश मनाइएको छ ।

लौ हात उठाएर विरोध गरौं

व्यवस्थापिका संसदको सोमबार बसेको बैठकमा संविधान संशोधन विधेयकको विरोधमा नारा लगाउँदै नेपाल मजदूर किसान पार्टीका सांसदहरु । तस्बिर : रत्न श्रेष्ठ, काठमाडौं

माओवादी पार्टी प्रवेशको लर्काे

सुर्खेतको बिरेन्द्रनगरमा एमालेका संगठित सदस्य बिरेन्द्रनगर नगरपालिका १३ का दुर्गा विक, सुनिता विक, संगठित सदस्य तथा मुक्ति समाज क्षेत्रीय अध्यक्ष एवं वडा नं १२ का सदस्य मेघ बहादुर, थारू अगुवा मुक्ति चौधरी, मुक्ति समाजकै क्षेत्रीय सचिव मान बहादुरसहित सयभन्दा बढी माओवादी केन्द्र प्रवेश गरेका छन् । शनिवार मानवीय उर्जामन्त्री जनार्दन शर्मा (क.प्रभाकर) ले उनीहरुलाई टिका लगाएर स्वागत गरेका हुन् । surkhett surkhet तस्वीर : माओवादी समर्थक केन्द्र काठमडौंको फेसबुकबाट

अमेरिकी सांसदको साथ तपाईलाईः

प्रधानमन्त्री प्रचण्डसँग शनिबार बिहान नेपालको विकास, राजनीति र अमेरिकी सहयोगबारे छलफल गरेपछि तस्वीर लिँदै अमेरिकी सिनेटरहरु क्रिस्टोफर कुन्स र जेफ मक्र्ली ।   तस्वीरः प्रधानमन्त्रीको नीजि सचिवालय

चुनावी समाचार सन्तुलन गर्नुस्: प्रमुख निर्वाचन आयुक्त डा.यादव

काठमाडौँ, वैशाख ८ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित भइ पहरेदारको जिम्मेवारी सम्हाल्न सञ्चारमध्यमलाई आग्रह गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता विभाग र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले आज आयोजना गरेको ‘आगामी स्थानीय तहको निर्वाचनमा सन्तुलित समाचार सम्प्रेषण र समाचारको महत्व’ विषयक कार्यशालामा सहभागी पत्रकारसँग उहाँले उक्त आग्रह गर्नुभएको हो । प्रमुख आयुक्त डा यादवले भन्नुभयो “सञ्चारमध्यमले पस्किएका सामग्रीबाट आचारसंहिता उल्लङ्घन भई हालसम्म आयोगले कुनै हैरानी व्यहोर्नु परेको छैन, देश निर्वाचनमय भएको छ, यो वातावरण बनाउन सञ्चारमध्यमले निर्वाह गरेको भूमिका निकै प्रशंसनीय छ । नेपालको संविधानअनुरुप स्थानीय तहमा लैङ्गिक समानताका हिसाबले ऐतिहासिकरुपमा रहने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारीको मिति निकै नजिक आइरहेको अवस्थामा सञ्चारमध्यमबाट सत्यतथ्यमा आधारित सन्तुलित र वस्तुगत समाचार सम्प्रेषण हुनुपर्दछ भन्दै उहाँले निर्वाचनको व्यवस्थापकीय दृष्टिकोणबाट आयोग निकै अघि बढिसकेको बताउनुभयो । निर्वाचनको सरगर्मी सकारात्मक हिसाबले गाउँ टोलमा तीव्ररुपमा अघि बढिरहेको, वातावरण थप अनुकूल बन्दै गएको जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनको महाअभियानमा मिडियाजगत्ले मतदातालाई साथमै लिएर अघि बढिरहेको आफूले अनूभूत गरेको बताउनुभयो । केन्द्रीय पत्रकारिता विभागका प्रमुख प्राध्यापक चिरन्जीवी खनालले निर्वाचनसम्बन्धी समाचार सम्प्रेषणमा सञ्चारकर्मीले निष्पक्षतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपालस्थित जाइकाका प्रतिनिधि जुन साकुमाले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि आम सञ्चारमाध्यमको भूमिका निकै महत्वपूर्ण रहने बताउनुभयो । नेपालका सञ्चारगृह र सञ्चारकर्मीको क्षमता अभिवृद्धिमा जाइकाले निरन्तर सहयोग पु¥याउँदै आएको बताउँदै उहाँले निर्वाचन आयोगलाई पनि भौतिक र प्राविधिक सहयोग उपलब्ध गराउने वचन दिनुभयो । जापानको सार्वजनिक प्रसारण संस्थाका महासचिव तोसियुकी सातोले निर्वाचनको समयमा सञ्चारमाध्यमले सन्तुलन कामय गर्ने कुरालाई विशेष ख्याल गर्न आवश्यक रहेको बताउनुभयो । जापानी प्रसारण संस्था एनएचके इन्टरनेसनलका अध्यक्षमा कोटो हाराडाले ‘चुनावी समाचार सन्तुलन: र निष्पक्षता जापानी अनुभव’ विषयक कार्यपत्र प्रस्तुत गर्दै स्वच्छ र स्वतन्त्र निर्वाचनमा सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिका बारे चर्चा गर्नुभयो ।

बन्चरो प्रहार गरी साथीको हत्या

रुकुम,  वैशाख ८ ।  यहाँ एक व्यक्तिले आफ्नै साथीलाई बन्चरो प्रहार गरी हत्या गरेका छन् । जिल्लाको चौरजहारी नगरपालिका–१४ का निर्मल सार्कीले सोही ठाउँका ४५ वर्षीय अकलबहादुर खड्काको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, रुकुमले जानकारी दिएको छ । बुधबार खड्का र सार्कीले सँगै रक्सी सेवन गरेको र त्यसैक्रममा सामान्य विवाद हुँदा सार्कीले आफ्नै घरमा खड्कामाथि बन्चरो र सापल प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिप्रकाका प्रहरी निरीक्षक थम्मनबहादुर राजालीले जानकारी दिनुभयो । झगडा भएपछि सार्की र उनकी श्रीमती कमला सार्कीले बन्चरो प्रहार गरी हत्या गरेको स्थानीयवासीको भनाइ छ । हत्यामा संलग्न अभियुक्त निर्मल सार्की र कमला सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । शव परीक्षणका लागि जिल्ला अस्पताल, सल्लेमा ल्याइएको छ । रासस

मेहनतले मूल्य नपाएपछि

अदुवा सुठोले बजारमा भाउ नपाएपछि परम्परागत रुपमा सुठो बनाउँदै आएका पाल्पा सहलकोटका कृषक मर्कामा परेका छन् । तस्बिरः शुसिला रेग्मी, पाल्पा

चुनाव चिन्ह त पाउनुपर्याे नि !

काठमाडौँको रत्नपार्कस्थित शान्ति बाटिकामा स्थानीय तह निर्वाचनमा सहभागी हुनका लागि दलीय चुनाव चिन्हको मागसहित नयाँ शक्ति पार्टीलगायत ६८ दलले शनिबारदेखि सुरु गरेको रिले अनशनमा बोल्दै संयोजक डा. बाबुराम भट्टराई । तस्बिर: हरि लामिछाने, काठमाडाैं