टुँडिखेलमा घाडेजात्रा

घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष प्रस्तुती गर्दै । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, रक्षामन्त्री बालकृष्ण खाँण, प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

तस्वीर : कविन अधिकारी, काठमाडौं

 

ज्ञानेन्द्रले भने–इमर्जिङ कप पनि जितेर फर्कने छौं

काठमाडौं, चैत १२ । एसिसी इमर्जिङ कप खेल्ने नेपाली टीमका कप्तान ज्ञानेन्द्र मल्लले इमजिङ कप पनि जितेर फर्कने बताएका छन् । शनिबार इमर्जिङ कप खेल्न बंगलादेश जाने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रममा उनले नेपाली टोलीमा युवा खेलाडीको वर्चश्व रहेको र पाएको अवसरलाई जितमा बदल्ने सक्ने क्षमता भएको बताए । काठमाडौंमा विशेष कार्यक्रम गरेर राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट, नेपाल एअरलाइन्सका सिनियर क्याप्टेन विजय लामा लगायतले टोलीलाई विशेष सम्मान सहित शुभकामना दिएर विदाइ गरेका हुन् । १९ जना खेलाडीसहितको नेपाली टोली शनिबार बेलुका ५ बजे बंगलादेश जाँदैछ । नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले युवाहरुबाट धेरै आशा गरेको बताए। इमर्जिङ कपमा नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टोलिसहित भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका २३ वर्षमुनिका टोलीले खेल्ने छन् । नेपालका बसन्त रेग्मी, पारस खड्का, सोमपाल कामी, शक्ति गौचन भने यो प्रतियोगितामा खेल्ने छैनन् । नेपालले आफ्नो पहिलो खेल आगामी सोमबार पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग खेल्नेछ ।

सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालको जीत

चैत ११ । माल्दिभ्समा जारी तेस्रो एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले जीत हासिल गरेको छ । शुक्रबार नेपालले घरेलु टोली माल्दिभ्सलाई ३–१ को अन्तरले पराजित गरेको हो । माल्दिभ्सको राजधानी मालेस्थित भलिबल कोर्टमा नेपालले पहिलो सेट २३–२५ ले गुमाएपनि त्यसपछि लगातार तीन सेट जित्न सफल भएको हो । ५ अंकको अग्रतामा नेपालले पहिलो सेट गुमाएको थियो । त्यसपछि नेपालले दोस्रो सेट २९–२७, तेस्रो सेट ३३–३१ र चौथो सेट २५–१९ ले जित्दै सफल नतिजा निकालेको थियो । पहिलो खेलमा नेपाल तुर्केमिनिस्तानसँग २५–२०, २५–१८ र २५–२२ ले पराजित भएको हो ।

राजधानीमा पानीकाे यस्ताे हाहाकार

काठमाण्डौँको रानीबारीस्थित स्थानीयवासीहरू पानी भर्नका लागि लाइनमा भाँडा राख्दै । अहिले त्यस क्षेत्रमा पानीकेा हाहाकार नै मच्चिएकाे छ । तस्बिर : रोशन सापकोटा, काठमाडाै

रेबिज भ्याक्सिन नहुँदा बिरामी मर्कामा

जाजरकोट, चैत ८ । जिल्ला स्वास्थ्य कार्यालयमा एक हप्तादेखि रेबिजविरुद्ध लगाउने एन्टिरेबिज भ्याक्सिन नहुँदा समस्या भएको छ । दैनिक एन्टिरेबिज भ्याक्सिन लगाउने बिरामी आए पनि रित्तो हात फर्कने गरेको कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयबाहेक अन्य ठाउँमा भ्याक्सिन नपाइने भएपछि बिरामी हैरान हुँदै नेपालगन्ज र रुकुमको चौरजहारी मिसन अस्तालमा जँचाउन बाध्य भएको त्रिवेणीनलगाड नगरपालिका–८ का रुद्र खत्रीले बताउनुभयो । बहुलाएको कुकुर र स्यालले टोक्दा रेबिज नलागोस् भनी लगाइने एन्टिरेबिज भ्याक्सिन जिल्ला स्वास्थ्य कार्यालयमा नहुँदा ग्रामीण क्षेत्रमा समेत पठाउन सकिएको छैन । भ्याक्सिन क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा समेत नभएको कार्यालयले बताएको छ ।

साउदी अरबले दियो ९० दिनको आममाफी

काठमाडौं , चैत ८  ।  साउदी अरबले गैरकानुनी हैसियतका कामदारलाई बिनासजाय स्वदेश फिर्न पाउने गरी आइबार ९० दिनको आममाफीको घोषणा गरेको छ । यो मार्च २९ बाट लागू हुनेछ । साउदीका राजकुमार, उपप्रधान तथा गृमहन्त्री मोहमद विन नैफले उल्लंघनबिनाको देश अभियान सुरु गर्दै आममाफी दिइएको हो । सरकारले तीन बर्षअगाडि पनि आममाफी दिएको थियो । त्यतिखेर ३५ हजार नेपाली स्वदेश फिर्न पाएका थिए । यो खबर आजको कान्तिपुरमा छ ।

विश्व स्वास्थ्य मुख दिवस

इटहरी, चैत ७ । विश्व स्वास्थ्य मुख दिवसको अवसर पारेर सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा वृहत जनचेतना ¥याली निकालिएको छ । इटहरी उपमहानगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट निकालिएको जनचेतना ¥यालीका सहभागिले मानिसको मुख तथा मुखजन्य क्षेत्रमा हुने रोग र त्यसबाट मानिसको स्वास्थ्यमा पुग्नसक्ने हानीनोक्सानी एवम् क्षतिका विषयमा सर्वसाधारणलाई जागृत गराई मुखमा हुने खराबीबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानीका विषयमा लेखिएका ब्यानरसहित नगरको परिक्रमा गरेका थिए । स्वास्थ्य स्वयम्सेवी, चिकित्सकलगायतको सक्रिय सहभागितामा भएको सो कार्यक्रममा डा मना विक्रम, डा इन्द्रनारायण पाठक, इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राईलगायतले आफ्नो धारणा राखेका थिए ।

दुई सय ३१ नेपाली विदेशी जेलमा

काठमाडौं, चैत ७ ।  वैदेशिक रोजगारीका लगि विभिन्न देशमा पुगेका दुई सय ३१ भन्दा बढी नेपाली गम्भीर प्रकृतिको अभियोगमा जेलजीवन बिताइरहेका छन् । हत्या लागूपदार्थ, सडक दुर्घटना लगायत मुद्दामा दुई सय १९ पुरुष र १२ जना महिला जेल परेका हुन् । जेलमा परेका नेपालीको संख्या साउदीमा – ७६ जना कुवेतमा – ६१ कतारमा – ५० यूएईमा – १९ मलेसियामा – १३ बहराइनमा – ६ ओमानमा – ३ कोरियामा – २ इजरायलमा – १ कुवेतको जेलमा रहेका ३६ जनाले ६ महिनादेखि १५ बर्षे जेल सजाय काटिरहेका छन् भने, सात जनाको मुद्दा अदालती प्रक्रियामा छ । साउदी अरबको जेलमा रहेका ७६ मध्ये एकजनासँग ब्लडमनी लिन सहमति भएपनि रकम तोकिएको छैन । मलेसिया जेलमा रहेका १३ जनामध्ये १० जनालाई मृत्युदण्डको सजाय पाउने अभियोगमा जेलमा राखिएको छ । एक जानलाई जन्मकैदको सजाय तोकिएको छ । एकजनालाइृ भने अवस्था नखुलेको भन्दै नेपाल फिर्ता गर्ने केन्द्रमा ल्याइएको छ । जेलमा रहेका मध्ये १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ भने थप १४ जनालाई पनि मृत्ुदण्ड हुनसक्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ । कुवेतमा ५, साउदीमा ३, मलेसियमा १० र यूएईमा एकजनालाई मृत्युदण्डको फैसला भइसकेको छ । यो खबर आजको अन्नपूर्ण पोस्टमा  छ ।

दिपक-दीपाले ‘छक्का पञ्जा-२’ ल्याउने भन्दै पुष्टि

काठमाडौं, चैत ६ । नयाँ वर्ष २०७३ को सर्वाधिक कलेक्सनको रेकर्ड राखेको फिल्म ‘छक्का पञ्जा’को सिक्वेलको रुपमा ‘छक्का पञ्जा फेरी’ बन्ने भएको छ । केहि दिन पहिले नै निर्माता दिपकराज गिरी अनि निर्देशक दीपाश्री निरौलाले यो कुराको पुष्टी गरिसकेका छन् । यो बीचमा फिल्मको लागी ‘ड्रिम्स’ डेब्यू गर्ल साम्राज्ञ राज्यलक्ष्मी शाहलाई लिनको लागी दिपकदीपाले अफर गरेको चर्चा चल्यो । अब भने यो फिल्ममा साम्राज्ञी नरहने करिब निश्चित भईसकेको छ । दिपक दीपाले आफ्नो फिल्ममा पुराना कलाकार (अघिल्लो सिरिजमा संलग्न) केदार घिमिरे, प्रियंका कार्की, बर्षा राउत, बुद्धि तामाङसँगै पछिल्लो पुस्ताका चल्तिका कलाकार प्रदिप खड्का र साम्राज्ञीलाई समेत फिल्ममा जोड्ने तयारी गरेका थिए । तर साम्राज्ञीले भने उक्त अफरमा आनाकानी गरेको खबर छ । बैशाखबाट फ्लोरमा जाने भनिएको प्रोजेक्टमा साम्राज्ञी राख्ने चर्चा हुँदै गर्दा उनले भने सोहि समयमा कोरियोग्राफर रेनशा वान्तवा राइले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘इन्टु मिन्टु’मा काम गर्ने निश्चित भएको र सुटिङ अबधि एकै समय पर्ने भएकोले ‘छक्का पञ्जा फेरी’ नगर्ने बताएको श्रोत बताउँछ । प्रदिपले भने यो बारेमा जवाफ फर्काएका छैनन् । फिल्मले दुई पुस्ताको कथा बोल्नेछ । सुरुमा ‘छक्का पञ्जा २’ नाम बोलिए पनि अन्तत: अब फिल्म ‘छक्का पञ्जा फेरी’ नाममा निर्माण हुने पक्का भएको हो ।

कृषकलाई अनुदानमा यान्त्रिक उपकरण वितरण

पाल्पा, चैत ५ । जिल्ला कृषि विकास कार्यालय पाल्पाले चालु आर्थिक वर्षमा कृषकलाई ७३ वटा यान्त्रिक उपकरण अनुदानमा वितरण गरेको छ । कम लागतमा बढी उत्पादन दिने स्रोत संरक्षण कृषि प्रविधितर्फ आकर्षित गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले उक्त परिमाणको कृषि उपकरण किसानलाई अनुदानमा वितरण गरिएको हो । यसरी वितरण गरिएको कृषि उपकरणमा ६८ वटा मिनी टिलर र पाँचवटा पावर टिलर रहेकोे कार्यालयका प्राविधिक मोहनकुमार सिंहले बताउनुभयो । उहाँले कृषक, कृषि समूह र सहकारीको मागअनुसार प्राथमिकताका आधारमा सो उपकरण वितरण गरिएको बताउनुभयो । कार्यालयले आर्थिक वर्ष २०७२÷७३ मा ८९ वटा मिनी टिलर र ११ वटा पावर टिलर गरी कुल एक सय वटा यान्त्रिक उपकरण वितरण गरेको थियो । त्यस्तै आर्थिक वर्ष ०७१÷७२ मा १५० वटा मिनी टिलर र ५० वटा पावर टिलर वितरण गरिएको सो कार्यालयले जनाएको छ । पावर टिलरको बजार मूल्य रु. एक लाख ६५ हजार देखि रु. २ लाख सम्म तथा मिनी टिलरको मूल्य रु. ८० हजार देखि रु. ९० हजार सम्म पर्छ । परम्परागत तरिका भन्दा यान्त्रिक उपकरणले खेतबारी खनजोत गर्दा कम लागत पर्ने र सजिलो हुने भएपछि पछिल्लो समयमा कृषकको यसतर्फ आकर्षण बढ्दो छ । यस्ता कृषि उपकरणबाट खेती गर्दा लागत, समय र मेहनत कम लाग्ने भएकाले पछिल्लो समयमा यसको माग गर्ने कृषक, कृषि समूह र सहकारी ह्वातै बढेको कार्यालयका बालीसंरक्षण अधिकृत कफिल अहमद बताउनुहुन्छ । कार्यालयले कृषक, कृषि समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक उपकरण वितरण गर्दै आएको छ । अहिले यी यान्त्रिक उपकरण गाउँ गाउँमा भित्रन थालेपछि हिजोआज गोरुले खनजोत गर्ने परम्परा हट्दै गएको छ । यस उपकरणबाट खनजोत गर्न थालेपछि उत्पादन पनि बढ्दै गएको रामपुरकी कृषक दुर्गाकुमारी मरासिनीले बताउनुभयो ।

‘संविधान संशोधन नभएसम्म मधेसी मोर्चा निर्वाचनमा सहभागी नहुने’ !

चितवन, चैत ३ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले परिमार्जनसहित संविधान संशोधन नभएसम्म मधेसी मोर्चा चुनाव सहभागी नहुने बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष महतोले सरकार र मधेसी मोर्चाबीचमा भएको तीनबुँदे सहमति सरकारले कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन मोर्चाले फिर्ता लिएको बताए । आफ्ना माग पूरा नगरी सरकारले जबर्जस्ती निर्वाचनको मिति घोषणा गरेको भन्दै उनले माग पूरा नभए निर्वाचनमा समेत असहयोग गर्ने चेतावनी दिए । सरकारले गरेको त्रुटि सच्याउनुपर्ने भन्दै महतोले सरकारले पेल्ने रणनीति लिए मधेसी मोर्चाले आन्दोलन चर्काउने बताए । तर, मोर्चाले अब गर्नेआन्दोलनमा, बन्द–हडताल नगर्ने बताए नेकपा (एमाले)को मेची महाकाली राष्ट्रिय अभियानप्रति लक्षित गर्दै उमहतोले भने ‘तराई मधेसमा कुनै पार्टीलाई निषेध गरिएको छैन एमालेलाई पनि गरिदैन ।’ तर जनताले कुनै पनि दललाई निषेध गर्न सक्ने सम्भावन रहेको उनले बताए । एमालेले तराईका जनताका विरुद्धमा काम गरेको अध्यक्ष महतोले आरोप लगाए । एमालेको जिद्दीपनका कारण तराई मधेसमा स्थानीय जनाता प्रतिवादमा उत्रिएको उनले बताए । रासस

जेष्ठ आरोही शेरचन सम्मानित

सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न लागेका म्याग्दीको भुरुङ तातोपानीका ८६ वर्षीय मीन बहादुर शेरचनलाई म्याग्दी उद्योग बाणिज्य संघद्धारा बेनीमा स्वागत तथा सम्मान गरिँदै । तस्बिर : कमल खत्री, म्याग्दी

भारतका कारण पाँच दिनदेखि सवारी आवागमन ठप्प

काठमाडौं, चैत  २ ।  कञ्चनपुरको गड्डाचौकी–बनवासा नाकामा पाँच दिनदेखि सवारी आवागमन ठप्प छ । भारतीय पक्षले गत बिहीबार कञ्चनपुरको पुर्नवासमा भएको घटनापछि सवारीसाधन सञ्चालन रोकेको हो । घटना भएको पाँच दिन हुँदासम्म सवारीसाधन सञ्चालनमा लगाइएको अवरोध हटाइएको छैन । पाँच दिनदेखि सीमा क्षेत्रमा सवारीसाधन सञ्चालन नहुँदा दुवै देशका नागरिकलाई आवागमन गर्न असहज भएको छ । भारतबाट काम गरेर फर्किने नेपाली बनवासा पुलपारिदेखि नै हिँडेर यात्रा गर्न बाध्य छन् । तरकारी लगायत खाद्यान्न बोक्ने सवारीसाधनसमेत नेपाल भित्रिन सकेका छैनन् भने नेपालबाट समेत कुनै पनि सवारीसाधन भारततर्फ जान सकेका छैनन् । बिहीबार कञ्चनपुरको पुर्नवासमा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागी गोविन्द गौतमको ज्यान गएकपछि महेन्द्र नगरमा आक्रोशित युवाले भारतीय सवारीसाधन तोडफोड गरेका थिए । आफ्ना सवारी साधन तोडफोड हुनसक्ने भन्दै भारतीय पक्षले सवारी आवागमनमा रोक लगाएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव निरिक्षक कृष्णराज पन्तले बताए । यो खबर आजको अन्नपूर्ण पोस्टमा  छ ।

लाइभः दश ओभरमा नेपालको ५१ रन, दुई विकेट

काठमाडौं, फागुन ३० । आइसिसी विश्व क्रिकेट लीग अन्तर्गत केन्याले दिएको १५६ रनको लक्ष्य पछ्याएर व्याटिङमा उत्रिएको नेपालले दुई किेट क्षतिमा ५१ रन बनाएको छ । लगातार दुई विकेट गुमाएपछि दबाबमा देखिएको नेपालका लागि कप्तान ज्ञानेन्द् मल्ल र दीपेन्द्रसिंह ऐरीले पारी सम्हालिरहेका छन् । कप्तान ज्ञानेन्द्र २६ रन बनाइ खेलिरहेका छन् । दीपेन्द्र १४ रन बनाइ खेलिरहेका छन् । दोस्रो ओभरको दोस्रो बलमा ओपनर सुनिल धमला शून्य रनमा आउट भएका छन् । नेपालले व्याटिङ सुरु गरेको छ । आज पनि नेपालका लागि ओपनिङमा कप्तान ज्ञानेन्द्र मल्ल र सुनिल धमला छन् । केन्याले दिएको १५६ रनको चुनौति नेपालले पछ्याइरहेको हो । त्रिवि क्रिकेट मैदान कीर्तीपुरमा टस हारेर पहिले व्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ४६ दशमलब एक बलमा अक आउट भएर १५५ रन बनायो । नेपालका लागि शरद भेष्वाकरले ४ विकेट लिए ।

लाइभः आठ ओभरमा नेपाल, दुई विकेट ४१ रन

काठमाडौं, फागुन ३० । आइसिसी विश्व क्रिकेट लीग अन्तर्गत केन्याले दिएको १५६ रनको लक्ष्य पछ्याएर व्याटिङमा उत्रिएको नेपाल दुई विकेट गुमाएर ४१ रन बनाइ खेलिरहेको छ । लगातार दुई विकेट गुमाएपछि दबाबमा देखिएको नेपालका लागि कप्तान ज्ञानेन्द् मल्ल र दीपेन्द्रसिंह ऐरीले पारी सम्हालिरहेका छन् । कप्तान ज्ञानेन्द्र २६ रन बनाइ खेलिरहेका छन् । दीपेन्द्र ९ रन बनाइ खेलिरहेका छन् । दोस्रो ओभरको दोस्रो बलमा ओपनर सुनिल धमला शून्य रनमा आउट भएका छन् । नेपालले व्याटिङ सुरु गरेको छ । आज पनि नेपालका लागि ओपनिङमा कप्तान ज्ञानेन्द्र मल्ल र सुनिल धमला छन् । केन्याले दिएको १५६ रनको चुनौति नेपालले पछ्याइरहेको हो । त्रिवि क्रिकेट मैदान कीर्तीपुरमा टस हारेर पहिले व्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ४६ दशमलब एक बलमा अक आउट भएर १५५ रन बनायो । नेपालका लागि शरद भेष्वाकरले ४ विकेट लिए ।

लाइभः नेपाललार्इ पहिलो झड्का, धमला आउट

काठमाडौं, फागुन ३० । आइसिसी विश्व क्रिकेट लीग अन्तर्गत केन्याले दिएको १५६ रनको लक्ष्य पछ्याएर व्याटिङमा उत्रिएको नेपालको पहिलो विकेट पतन भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तीपुरमा जारी खेलको दोस्रो ओभरको दोस्रो बलमा ओपनर सुनिल धमला शून्य रनमा क्याच आउट भएका छन् । नेपालले व्याटिङ सुरु गरेको छ । आज पनि नेपालका लागि ओपनिङमा कप्तान ज्ञानेन्द्र मल्ल र सुनिल धमला छन् । केन्याले दिएको १५६ रनको चुनौति नेपालले पछ्याइरहेको हो । टस हारेर पहिले व्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ४६ दशमलब एक बलमा अक आउट भएर १५५ रन बनायो । नेपालका लागि शरद भेष्वाकरले ४ विकेट लिए ।