रवीन्द्र मिश्रले पछि पारे प्रकाशमानलाई

काठमाडौं । निकै कडा प्रतिस्पर्धा देखिएको काठमाडौं क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ४ सय बढी मतको अग्रता लिएका छन् ।

शुरुमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अग्रता लिए पनि पछिल्लो पटक सार्वजनिक भएको मत परिणाम अनुसार सिंह भन्दा मिश्र चार सय मतले अग्रता लिएका हुन ।

मिश्रले ५०५२ मत ल्याएका छन् भने कांग्रेसका प्रकाशमान सिंहले ४६१९ मतका साथ उनलाई पच्छ्याइरहेका छन् ।

‘प्लास्टिक प्रदूषणः पृथ्वीका लागि संकट’

संयुक्त राष्ट्रसंघका सामुद्रिक मामिलासम्बन्धी प्रमुखले समुद्रमा तीव्र गतिमा बढेको प्लास्टिकजन्य फोहोरका कारण समुद्रमा रहेका जीवहरुको जीवनमा अपूरणीय क्षति पुग्ने जोखिम रहेको चेतावनी दिएकी छन्। लिजा स्भेन्सनले सरकारहरु‚ कम्पनीहरु‚ र व्यक्तिहरुले प्लास्टिकको प्रदूषण रोक्न एकदमै चाँडो कदमहरु चाल्नुपर्ने बताएकी छन्। ‘यो पृथ्वी ग्रहकै लागि एक संकट हो,’ उनले भनिन्, ‘प्लास्टिक प्रयोगको सहजता पत्ता लागेको केही दशकभित्रै हामीले महासागरका जैविक प्रणालीलाई बिगारिरहेका छौँ।’ केन्याको राजधानी नैरोबीमा हुन लागेको संयुक्त राष्ट्रसंघको वातावरणसम्बन्धी शिखर सम्मलेनपूर्व बीबीसीसँग कुरा गर्दै उनले त्यस्तो बताएकी हुन्। सो शिखर सम्मेलनमा सहभागी प्रतिनिधिहरु प्लास्टिकका कारण बढेको फोहोर विरुद्ध कडा कदमहरु चालियोस् भन्ने चाहन्छन्। प्लास्टिकको फोहोर निलेका जीवको उपचार गर्ने केन्यास्थित कछुवा उपचार गर्ने एक अस्पतालबारे थाहा पाउँदा स्भेन्सन दुःखी भएकी थिइन्। त्यहाँ उनले काई नाम दिइएको सानो एउटा कछुवा देखिन्। एक महिनाअघि माझीहरुले त्यसलाई अस्पताल ल्याएका थिए किनकि त्यो समुद्रमाथि तैरिरहेको थियो। प्लास्टिकको प्रदूषणले कछुवाजस्ता जीव निकै प्रभावित भएको बताइन्छ। प्लास्टिकजन्य फोहोर तत्कालै त्यसका लागि जिम्मेवार रहेको शंका गरिएको थियो किनभने कछुवाहरुले धेरै प्लास्टिकजन्य वस्तुहरु खाएमा उनीहरुको पेट फुल्दछ र उनीहरुले समुद्रमाथि तैरिरहन पुग्छन्। दुई हप्तासम्म काई लाई उनको शरीरभित्रको प्लास्टिक निकाल्नका लागि पाचनसँग सम्बन्धी औषधिहरु दिइएको थियो। स्भेन्सन एक भावुक क्षणको साक्षी बन्न पुगिन् जब काई लाई उसको पूर्ण स्वास्थ्यलाभका लागि समुद्रमा फिर्ता लगियो। समस्याका पाटा अल्बाट्रस लगायत अन्य समुद्रीचराहरु र अन्य सामुद्रिक प्राणीहरुले खानेकुरा भनी झुक्किन पुगेर प्लास्टिकजन्य वस्तुहरु खान पुग्छन्। तर प्लास्टिकका झोलाहरु समस्याको एउटा मात्र पाटो भएको बताइन्छ। पानीका स्रोतहरु हुँदै बग्ने अन्य धेरैखाले प्लास्टिकहरु यी समस्याका कारक रहेका छन्। ‘संयुक्त राष्ट्रसंघीय प्रक्रिया निकै सुस्त छ, स्भेन्सनले स्वीकारिन्। प्लास्टिकजन्य फोहोरसम्बन्धी संयुक्त राष्ट्रसंघीय सन्धिमा सम्झौता गराउन दश वर्ष लाग्न सक्छ र यसको कार्यान्वयन गर्न थप दुई वर्ष लाग्न सक्छ।’ हामी संयुक्त राष्ट्रसंघकै प्रक्रियाबाट जानु पर्दछ किनकि यो साँच्चि नै एउटा विश्वव्यापी समस्या हो तर हामी त्यतिञ्जेलसम्म प्रतीक्षा गर्न सक्दैनौँ। अधिक माछा मार्ने कार्य‚ रासायानिक प्रदूषण‚ ढल मिसावट‚ तटीय क्षेत्रमा संरचनाहरुको निर्माण‚ जलवायु परिवर्तन, बढ्दो अम्लीय पना र कोरल रिफको अत्यधिक दोहन लगायतका धेरै किसिमका समस्याहरुको समुद्रले सामना गरिरेहको उनले बताइन्। बिबिसी

दोस्रो चरणको निर्वाचनका लागि मौन अवधि सुरु, यी काम गर्नु हुँदैन

काठमाडौं, मंसिर १९ ।  आगामी २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आचारसंहिताअनुसार ४८ घन्टाअघिबाट मौन अवधि सुरु हुन्छ । यसबीचमा राजनीतिक दल, उम्मेदवार र सरोकारावालाले मत माग्न वा प्रचार–प्रसार गर्न पाउँदैनन् । प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले दल र तिनका नेता–कार्यकर्तालाई मतदाता किनबेच वा अन्य माध्यमबाट प्रभावित नबनाउन आग्रह गरेका छन् । ‘मूल्य नै नभएको मतलाई बिक्रीको साधन नबनाउन मतदातालाई आग्रह छ,’ उनले भने, ‘मौन अवधिमा कसैले मत प्रभावित गर्न खोजेको सूचना र तथ्य आयोगमा आए तत्काल कारबाही गरिनेछ ।’ दोस्रो चरण प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसार सोमबारदेखि सकिएको छ । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएकाले दिउँसो र साँझसम्मै दलका उम्मेदवार प्रचारप्रसारमा व्यस्त बने । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा प्रदेश ७ का कार्यक्रममा व्यस्त रहे भने एमाले अध्यक्ष केपी शर्मा ओली काठमाडौंका वाम उम्मेदवारका सभामा सहभागी भए । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल पनि चितवन क्षेत्र ३ का चुनावी सभामा सहभागी बने । त्यस्तै काठमाडौं २ को उम्मेदवार रहेका माधवकुमार नेपालले पनि सोमबार साँझ अन्तिम चुनावी सभालाई सम्बोधन गरे । प्रचारको अन्तिम समयलाई सक्दो सदुपयोग गरी मतदाता रिझाउन नेताहरूको निकै दौडधुप देखिन्थ्यो । मंसिर २१ गते १५ हजार तीन सय ४४ मतदान केन्द्रबाट हुने मतदानका लागि बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकिएको छ । सोमबार अन्तिम प्रचारप्रसारमा सहभागी दल तथा मतदाता मतदानको दिनको व्यग्र प्रतीक्षामा छन् । दोस्रो चरणअन्तर्गत प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभातर्फ २५६ सिटका लागि बिहीबार निर्वाचन हुँदै छ । मतदानको ७२ घन्टाअगाडिको समयलाई आयोगले मौन अवधि तोकेको छ । यो अवधिमा निर्वाचन प्रसारप्रसार गर्न पाइँदैन । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका प्रचारसामग्री हटाउन आयोगले आग्रह गरेको छ । त्यस्तै एसएमएस, फेसबुक, भाइबरजस्ता सामाजिक सन्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार नगर्न र उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि आयोगले स्पष्ट निर्देशन दिएको छ । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएकाले दिउँसो र साँझसम्मै दलका उम्मेदवार प्रचारप्रसारमा व्यस्त बने । राजधानी काठमाडौंसहित इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, नवलपरासी (बर्दघाट सुस्तापूर्व) तनहुँ, कास्की, स्याङ्जा र पर्वत नवलपरासी (बर्दघाट सुस्तापश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान बाँके, बर्दिया ,सल्यान, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटी गरी ४५ जिल्लामा निर्वाचन हुँदै छ । मतदानका लागि सुरक्षा प्रबन्धसहित मतपत्र छपाइ र ढुवानी कर्मचारी व्यवस्थापन तथा सुरक्षालगायत सबै तयारी पूरा भएको आयोगले जनाएको छ । आयोगले आइतबार नै निर्वाचन प्रयोजनका लागि १ लाख ७५ हजार कर्मचारी परिचालन गरेको छ । कर्मचारीले मतदानस्थल निर्माणदेखि मतदातालाई परिचयपत्र वितरण कार्य सुरु गर्दै छन् । मतदाता स्वयं सम्बन्धित मतदान केन्द्रमा गएर मतदाता परिचयपत्र प्राप्त गर्न सक्नेछन् ।   अहिलेसम्म कति  उजुरी आयोगमा ? निर्वाचन आयोगका अनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचन अवधिमा एक सय दुईवटा उजुरी परेका थिए । तीमध्ये सबै उजुरीमाथि कारबाही भएको आयोगका प्रवक्ता नवराज ढकालले बताए । उनका अनुसार आयोगमा विदेश भ्रमण, कर्मचारी सरुवालगायतका लागि आवश्यक सहमति माग गर्दै दुई हजार ४७ निवेदन परेका थिए । निर्वाचन अवधिमा उम्मेदवारले गाडी दुरुपयोग गरेको, सरकारी नियुक्ति गरेको, नगर र गाउँसभा भएको, सहमतिविना विदेश भ्रमण गएको, शिलान्यास, उद्घाटन गरेकोलगायतका उजुरी आयोगमा दर्ता भएको प्रवक्ता ढकालले बताए । आचारसंहिता कार्यान्वयन नहुुनुमा आयोगले स्विकारेका कमजोरी निर्वाचन आचारसंहितासम्बन्धी आयोगले तयार पारेको प्रतिवेदनमा राजनीतिक दल र निर्वाचन आयोगमै समस्या रहेको स्वीकार गरिएको छ । मन्त्री, सचिवहरू नै आचारसंहिता उल्लंघन गर्न उद्यत हुने गरेको आयोगको ठम्याइ छ । स्थानीय तहको निर्वाचनमा भएका आचारसंहिता उल्लंघनको समीक्षा गर्दै आयोगले तयार गरेको प्रतिवेदनमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत पनि आचारसंहिता उल्लंघन गराउन सक्रिय हुने समस्या पनि उल्लेख छ । आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूमा प्रजातान्त्रिक संस्कारको अभावले आचारसंहिताको पालन गराउन कठिनाइ भएको निष्कर्ष निकालेको छ । ० आचारसंहिताको परिपालना गराउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र स्थानीय प्रशासनबीच समन्वय हुन नसकेको । ० मुख्य निर्वाचन अधिकृतले आचारसंहिता कार्यान्वयनमा प्रभावकारी नेतृत्व गर्न नसकेको । ० आयोगबाट खटिएका अनुगमन टोलीको काम प्रभावकारी बनाउन नसकिएको । ० निर्वाचन आचारसंहितालाई वैधानिक दस्ताबेजभन्दा पनि नैतिक दस्ताबेजका रूपमा लिने गरिएको । ० निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा गरिएका पत्राचारको जवाफ सम्बन्धित मन्त्रालयबाट समयमै प्राप्त हुने नगरेको । र, पटक–पटकको पत्राचारपछि मात्र जवाफ प्राप्त हुने गरेको । प्राप्त जवाफ पनि स्पष्ट नभई गोलमटोल रूपमा दिने गरेको । ० आयोगले कुनै विषयमा कारबाही गरी जानकारी दिन लेखी पठाइएकोमा मन्त्रालयहरूले कारबाही नगरी मातहतका निकायलाई पत्राचार गरी पन्छाउने गरेको । ० मन्त्रालयका सचिवबाट मन्त्रीलाई आचारसंहिता उल्लंघन हुन सक्ने कार्यक्रम तथा विषयमा जानकारी गराउने प्रयास नै नगरेको । ० केही मन्त्रीमा निर्वाचन आचारसंहिता छल्ने तथा परोक्ष तरिकाले अवज्ञा गर्ने प्रवृत्ति रहेको । ० मन्त्रालयहरूले सहमति माग गर्दा सहमति प्राप्त हुँदैन भन्ने जानकारी हुँदाहुँदै पनि पन्छाउन वा प्रिय बन्न आयोगसमक्ष लेखी पठाउने गरेको । ० आयोगबाट सहमति प्रदान नगरेको विषयमा पनि पटक–पटक पत्राचार गर्ने गरेको । ० सहमति माग गर्दा अन्तिम समयमा आएर मात्रै सहमतिका लागि पत्राचार गर्ने गरिएको । ० रकमान्तर, नयाँ कार्यक्रम स्वीकृत तथा निर्धारित कार्यक्रम संशोधन गर्न सहमति माग भएका विषयमा त्यसको औचित्य पुष्टि गर्न कागजात संलग्न गर्ने नगरिएको । ० विदेश भ्रमण तथा सरुवा सहमतिका विषयमा भनसुन गर्ने प्रवृत्ति रहेको । ० आचारसंहितामा भएको व्यवस्थाबारे नेपाल सरकार÷राजनीतिक दल/आमसञ्चार/निर्वाचन आयोग/अन्य सरोकारवालाको बुझाइमा एकरूपता नहुनु । ० फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालमा अभिव्यक्त भएका आचारसंहिता उल्लंघनको प्रभावकारी अनुगमन हुन नसक्नु । ० जिल्ला अनुगमन संयन्त्रबाट प्रभावकारी अनुगमन हुन नसक्नु । ० आचारसंहिताका उजुरीमा आयोगबाट भएका पत्राचारमा केन्द्रीय निकायबाट स्पष्ट जवाफ दिने नगरिएको । ० आचारसंहिता उल्लंघनका घटनाको उजुरी आयोगमा पर्याप्त मात्रामा पर्न नआएका । ० आयोगसमक्ष परेका उजुरीको छानबिन कडाइका साथ गर्न नसकिएको । ० आमसञ्चारका माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रचार–प्रसार गर्ने सम्बन्धमा निश्चित मापदण्डसहितको व्यवस्था निर्वाचन आचारसंहितामै समावेश गर्न नसकिएको । ० राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रचार–प्रसारमा हेलिकोप्टरजस्ता महँगा साधन प्रयोगको निश्चित सर्त लागू हुने गरी मापदण्डसहितको व्यवस्था गर्न नसकिएको । ० आचारसंहिता उल्लंघन गर्ने आमसञ्चारका माध्यमलाई आयोगले नियन्त्रण र नियमन गर्न कानुनी जटिलता रहेको । ० जिल्ला र स्थानीय तहमा आचारसंहिता उल्लंघनका घटनाको सत्यतथ्य विवरण समयमै प्राप्त नहुने र कतिपय घटनामा कारबाही नभएको । ० राजनीतिक दल र उम्मेदवारले गर्ने निर्वाचन खर्चको अनुगमन तत्कालै गर्न सक्ने कानुुनी व्यवस्था नभएको । आचारसंहिता उल्लंघन गर्नेमाथि भएन कारबाही -आयोगले निर्वाचन आचारसंहिता उल्लंघनका केही घटनामा कारबाही गर्न सकेको छैन । पहिलो चरणको निर्वाचनको मौन अवधि सुरु हुुनुभन्दा एक दिनअगाडि ७ मंसिरमा सरकारले तीन जिल्लाका सिडियो सरुवा गरेको थियो । आयोगको सहमतिविनै गरिएको सरुवा रद्द गर्न आयोगले दुईपटक पत्र लेख्यो, तर सरकारले सरुवा रद्द गरेन । आयोगले कारबाही पनि गर्न सकेन । -ललितपुर महानगरपालिकाका कार्यकारी अधिकृत आयोगको सहमतिविनै श्रीलंका भ्रमणमा गएको भन्दै आयोगले स्पष्टीकरण सोधे पनि कारबाही गर्न सकेन । पर्यटनमन्त्री जितेन्द्र देवलाई विद्यालयमा कार्यक्रम गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो, तर थप कुनै कारबाही भएन । -डोटीका एमाले उम्मेदवार प्रेमबहादुर आलेमगरलाई पनि आयोगले स्पष्टीकरण सोधेको थियो । तर, उनीमाथि पनि केही कारबाही भएन । आयोगले स्पष्टीकरण सोध्ने, तर कारबाही नगरी झारा टार्ने गरेकाले आचारसंहिता कार्यान्वयनमा समस्या देखिने गरेको छ ।

ट्राफिक सचेतना कक्षा २३ गतेसम्म स्थगित

काठमाडौं, मंसिर १९ । उपत्यका ट्राफिक प्रहरी महाशाखाले मापसे गरी सवारी साधन चलाउने र लेन नियम उल्लंघन गर्ने चालकका लागि कारवाहीस्वरुप संचालन गर्दै आएको सचेतना कक्षा मंसिर २३ गतेसम्मका लागि स्थगित गरेको छ । मंसिर २१ गते दोस्रो चरणमा हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई मध्यनजर गरी महाशाखामा दैनिक रुपमा संचालन हुने मादक पदार्थ सेवन गरि सवारी चलाउने र लेन अनुशासन पालना नगरी सवारी चलाउने सवारी चालकहरुलाई प्रदान गरिने सचेतना कक्षा मंसिर २३ गते सम्मका लागि स्थगित गरिएको महाशाखाले जनाएको छ । मंसिर २४ गतेदेखि नियमित रुपमा सचेतना कक्षा संचालन हुने पनि महाशाखाले जनाएको छ ।

अब देशभर डेढ सय मन्त्री

काठमाडौं, मंसिर ६ । संघीय व्यवस्थामा बन्ने केन्द्र सरकार र प्रदेश सरकारमा गरी नेपालमा मन्त्रीको संख्या अब करिब एक सय ५० हुने देखिएको छ । केन्द्र सरकारमा प्रधानमन्त्रीसहित मन्त्री, राज्यमन्त्री ताथ प्रदेश सरकारमा मुख्यमन्त्रीसहित राज्यमन्त्री तथा सहायकमन्त्री गरी देशभर मन्त्रीको संख्या अधिकतम १ सय ५० हुने देखिएको हो । संविधानतः यसभन्दा कम संख्यामा मन्त्रीमण्डल गठन गर्न सकिने भए पनि  आकांक्षीको व्यवस्थापन गर्नुपर्दा अधिकतम संख्या नै पुग्ने देखिन्छ । मन्त्रीको संख्या बढेसँगै सरकारको खर्चमा पनि ठूलो चाप पर्ने देखिन्छ ।  कारोबारमा खबर छ । अहिलेकै स्थितिमा सरकारी खर्च धान्न मुस्किल भइरहेका परिप्रेक्ष्यमा सरकारको लागी संघीय खर्चको जोहो गर्नु चुनौतीपूर्ण हुनेछ ।

पम्फा भुसाल क्षेत्रमा चुनावी रौनक(हेर्नुहोस् फोटोफिचर)

काठमाडौं, मंसिर ५ । नेकपा माओवादी केन्द्रकी नेतृ तथा वाम गठन्धनतर्फबाट ललितपुर ३ मा प्रतिनिधिसभा तर्फकी साझा उम्मेदवार पम्फा भुसालको पक्षमा ललितपुरमा माहोल बढेर गएको छ । उनलाई घर दैलोका क्रममा घर घर तथा टोल टोलमा फुलमालाले स्थानीयले स्वागत गरिरहेका छन् । घरदैलोमा जनसहगितामा समेत बढेपछि उनले आफू उत्साहित भएको र ललितपुरवासीका समस्या समाधान अब आफूबाट नै हुने घोषणा समेत गरेकी छिन् । उनले ललितपुरलाई साँस्कृतिक राजधानी बनाउने, खानेपानीको समस्या हल गर्ने, सडक पिच गर्ने तथा ललितपुरमा रिङ रोड स्थापना गर्ने घोषणा गरेकी छिन् । वाम गठबन्धनको ललितपुर ३ अन्तर्गत आज बुङ्मतीमा घरदैलो कार्यक्रम रहेको छ । सोमबार भनिमण्डल एकान्तकुना, नख्खु क्षेत्रमा वाम गठबन्धनले घरदैलो अभियान गरेको थियो । सो क्रममा गरिएको स्वागत यस्तो रह्यो :  

दशै‌पछि पहिलो पटक एकसात लामाे सार्वजनिक बिदा

काठमाडौं, कार्तिक २५ । आगामी मंसिर ४ गतेदेखि १० गतेसम्म सबै स्कुलहरु बन्द हुने भएका छन । निर्वाचन आयोगले मंसिर १० गते पहिलो चरणमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुने ३२ जिल्लामा मंसिर ४ गतेदेखि विद्यालय बन्द गर्ने सरकारलाई निर्देशन दिएको छ । १० गते हुन लागेका निर्वाचनको लागि ३१ जिल्लामा विधालय बन्द गर्ने आयोगले निर्देशन दिएको हो । विधालयमा मतदान केन्द्र भएका कारण सरकारले लगातार सात दिन सार्वजनिक बिदा परेको हो । मंसिर ४ गते सोमबारदेखि १० गते अाइतबारसम्म एक साता लामाे सार्वजनिक विदा दिने सरकारी तयारी छ । नेपालको इतिहासमा दशैंपछि यो सबैभन्दा लामो सावजनिक विदा हुने भएको छ ।

वर्षाका कारण प्रभावित नेपाल र बंगलादेशबीचको क्रिकेट सुरु

काठमाडौं, कात्तिक २५ ।  एसिसी यू–१९ एसिया कपअन्तर्गत वर्षाका कारण प्रभावित नेपाल र बंगलादेशबीचको खेल  सुरु भएङ्छकाे । खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे किनरारा ओभलमा सुरु हुनुपर्ने भए पनि बर्षाले ढिलार्इ भएकाे हाे । नेपाल र बंगलादेशको युवा क्रिकेट टिमबीच पछिल्लो १० दिनमा चौथो पटक प्रतिस्पर्धा हुन लागेको हो। मलेसिया पुग्नुअघि नेपाली टिम तीन खेलको सिरिज खेल्न बंगलादेश भ्रमणमा गएको थियो। सुरुवाती दुई खेलमा पराजित भएको नेपालले अन्तिम खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गरेको थियो।  समूह ‘ए’ अन्तर्तग शुक्रबार भएको खेलमा भारतले मलेसियालाई २ सय २ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। समूह ‘बी’ को खेलमा अफगानिस्तान र श्रीलंका विजयी भएका थिए। अफगानिस्तानले पाकिस्तानलाई ७ विकेटले हराउँदा श्रीलंकाले युएईलाई ७ विकेटले नै पराजित गरेको छ। नेपाली टिम दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहितकुमार पौडेल, साहब अलाम, किशोर महतो, प्रकाश केसी, कमलसिंह ऐरी, भीम सार्की, रसिद खान, जितेन्द्र सिंह। वैकल्पिक खेलाडी– सन्दीप जोरा, विक्रमकुमार भुसाल, अंकित सुवेदी, विजय चौधरी। मुख्य प्रशिक्षक – विनोदकुमार दास सहायक प्रशिक्षक – कलाम अली ब्याटिङ प्रशिक्षक – मोन्टी देसाई म्यानेजर – रमन सिवाकोटी

वाम गठवन्धका उम्मेदवारलाई जिताउन व्यवसायीहरुको भेला

पोखरा, कात्तिक २३ । वाम गठवन्धका उम्मेदवारलाई जिताउन पोखराका व्यवसायीहरुको भेला सम्पन्न भएको छ । पोखरा आस पासमा छरीएर रहेका निवार्चन क्षेत्र नम्वर ३ (ख) का व्यवसायीहरु बिहीबार जम्मा भएर वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सक्दो पहल गर्ने सहमति भएको बताइएको छ । निर्वाचन परिचालन समितिले आयोजना गरेको छलफलमा सहभागी विभिन्न सम्र्पक समितिहरुले अव आफ्नो निवार्चन क्षेत्रमा गएर चुनावी कार्यक्रममा सहभागी हुदै वामगठवन्धका उम्मेदवारहलई भारी मतका साथ विजय गराउने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा प्रदेश (ख) का उम्मेदवार राजीव पहारीले सम्वोधन गर्दे अव घर घरमा गएर मतदाताहरुलाई मतदान कसरी गर्ने भनेर सिकाउनु पर्ने वताए । कार्यक्रममा निवार्चन परिचालन कमिटीका अग्नी कंडेल युवा संघ केन्द्रीय सचिव माधव वास्तोला लगाएतले वोलेका थिए ।

शुरू भयो घरदैलो

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले घरदैलो अभियान शुरू गरेका छन । चितवनको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका प्रचण्डले चितवनको वडा नम्बर १३ स्थित उज्ज्वलनगरमा स्थानीय जनतासँग भेटघाट गरे ।

चितवनका राप्रपाका २०० युवाहरु बाम गठबन्धनमा प्रवेश

भरतपुर, कात्तिक २३ । राजेश कुमालको नेतृत्वमा चितवन जिल्लाका राप्रपा (प्रजातान्त्रिक) का २०० युवाहरु बाम गठबन्धनमा प्रवेश गरेका छन्। बिहीबार दिउँसो अनेमसंघ र अनेमसंघ (क्रान्तिकारी) को संयुक्त चितवन जिल्ला भेलामा राप्रपा (प्रजातान्त्रिक) का २०० युवाहरु बाम गठबन्धनमा प्रवेश गरेका हुन्। युवाहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डले बाम गठबन्धनमा प्रवेश गराएका हुन। बाम गठबन्धनमा प्रवेश गरेका युवा नेता राजेश कुमालले बिक्रम पाण्डेबाट चितवनको विकास र देशको नेतृत्व सम्भव नभएकाले आफू बाम गठबन्धनमा आएको बताए । यस अघि पनि राप्रपामा जिल्ला अध्यक्ष बद्री तिमिल्सिनासहित जिल्ला समितिका अधिकांश कार्यसमिति सदस्यसहित ठूलो संख्यामा नेता एवम् कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको थिए । अघिल्लो साता चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरी चुनाबी अभियानका क्रममा अध्यक्ष प्रचण्डले दुई हजार भन्दा बढी विभिन्न पार्टीका नेता एवम् कार्यकर्तालाई माओवादी केन्द्रमा प्रवेश गराएका थिए ।

नयाँ शक्तिमा अर्को पहिरो, परिषद् सदस्य राजेन्द्रसहित दुई दर्जन बढी नेता माओवादीमा प्रवेश

लमजुङ, कात्तिक १९ । नयाँ शक्ति नेपाल पार्टीका प्रवास प्रादेशिक परिषद् सदस्य एवम् दलित शक्ति नेपाल केन्द्रीय परिषद् सदस्य राजेन्द्र श्रीमल लगायत दुई दर्जन बढी नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । त्यसैगरी, नयाँ शक्ति पार्टी नेपाल लमजुङका जिल्ला सहसंयोजक नारायणप्रसाद पौडेल र नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । स्थिर सरकार र मुलुकमा स्थायित्वको लागि कम्युनिष्टहरु एक हुनुपर्छ भन्ने धारणाका साथ नयाँ शक्ति पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको पौडेलले बताए । संविधान कार्यान्वयन र मुलुकको विकासका लागि सम्पूर्ण वाम शक्ति एक ठाउँमा उभिनुपर्ने उनको दावी छ । नव प्रवेशी नेता तथा कार्यकर्तालार्ई माओवादी केन्द्रका सचिवालय सदस्य एवम् लमजुङका प्रतिनिधिसभाका उम्मेदवार देवप्रसाद गुरुङले आइतबार टिका लगाएर पार्टी प्रवेश गराएका थिए ।

हिउँ खेल्ने, हिमाल छुने रहरसँगै भित्रिए पर्यटक

पोखरा, कार्तिक १३ । पर्यटनको खास सिजन सुरु भइसकेको छ। यतिबेला नेपालका हिमाली सौन्दर्यको दृश्यावलोकन गर्न आन्तरिक र बाह्य पर्यटकहरु ती सुन्दर गन्तव्य चहारिरहेका छन्। अन्नपूर्ण र माछापुच्छ्रे हिमशृंखलाको दृश्यपान गर्न पर्यटकहरुको लर्को लागेको छ। पोखरादेखि सिदिङ हुँदै, मर्दी हिमाल लो क्याम्प तथा बादलडाँडा हुँदै मर्दी हिमाल हाइक्याम्प भरपर्दो रुट हो। त्यहाँबाट ४५०० मिटर उचाइको मर्दी हिमाल बेसक्याप पुग्न सकिन्छ। यो रुटबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमाललाई नजिकैबाट हेर्न सकिन्छ। यो रुटको फाइदा हिउँसँग खेल्दै हिमाल छुन खोज्नु पनि हो । हाइक्याम्पबाट बेसक्याम्प जान बिहान ४ बजे नै हिँड्नुपर्छ नत्र दिउँसो बादल र हावाले यात्रालाई असहज बनाउन सक्छ। पोखराबाट यो ट्रेकिङ रुटको दुरी जम्माजम्मी चार दिन हो। सो अवधिमा पोखरा नै फर्कन सकिन्छ।

श्रीलंकाविरुद्धको ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पाकिस्तान विजयी

युएई, कात्तिक ११ । श्रीलंकासँगको दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पनि पाकिस्तान विजयी भएको छ । यसअघि पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा समेत पाकिस्तानले जित हासिल गरेको थियो । युएईमा भएको खेलमा श्रीलंकाले दिएको १ सय २५ रनको लक्ष्य पाकिस्तानले एक बल बाँँकी हुँदा ८ विकेट गुमाएर भेट्टाएको हो । पाकिस्तानलाई जिताउन शर्फराज अहमदले २८ र अहमद शहजादले २७ रन बनाए । पहिले ब्याटिङ गरेको श्रीलंकाले ९ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो । धनुष्का गुणतिलकाले ५१ र सादिरा सामबिक्रमाले ३२ रन बनाए पनि श्रीलंकाका ८ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । पाकिस्तान र श्रीलंकाबीच अब एउटा ट्वेन्टी–ट्वेन्टी क्रिकेट हुन बाँकी छ । यसअघि पाँच एकदिवसीय क्रिकेटका खेल सबै पाकिस्तानले जितेको थियो ।

तिहार खर्च भन्दै जनप्रतिनिधिले १२ लाख खाए

काठमाडौं, कात्तिक ११ । गोदावरी नगरपालिकाको नगर कार्यपालिकाले चाडपर्व खर्च भन्दै १२ लाख रुपैयाँ दामासाही रुपमा बाँडेको रहस्य खुलेको छ । नगरपालिकाका निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षसहितको नगर कार्यपालिकाले निर्णय गराएरै सो रकम बाँडफाँड गरेको खुलेको हो । स्रोतका अनुसार तिहार पर्वका लागि खर्च स्वरुप भन्दै नगर कार्यपालिकाका २४ जना सदस्यलाई जनही ५० ५० हजार रुपैयाँका दरले १२ लाख रुपैयाँ दामासाहीले बाँडिएको हो । तिहार आउनुअघि सो निर्णय भएको समाचारपत्रमा खबर छ ।

प्रचण्डले ९-१० हजार मतान्तरले चुनाव जित्ने देवी ज्ञवालीकाे दावी

तीन चरणमा भएको स्थानीय तह निर्वाचन धेरैले उम्मेदवारी दिए। केहीले जिते, अधिकांसले हारे। हारेपनि निरन्तर चर्चामा छन्, भरतपुर महानगरपालिकामा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली, जो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कि छोरी रेणु दाहालसँग पराजित भए। तिनै ज्ञवाली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार विहान एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा भेट भयो। निकै छोटो त्यो भेटघाटमा चितवनको चुनावी अवस्थाबारेपनि कुराकानी भएको थियो। प्रस्तुत छ, ज्ञवालीसँग गरेको वार्ताको सम्पादित अंशः चितवनमा वाम गठबन्धनले जित्ला तरु ‘मनसा बचेन कर्मणा’ अर्थात् यो एकतालाई सफल पार्न नेताहरू भित्री हृदयदेखि नै लाग्ने हो भने देशभरि नै वामपन्थी उम्मेदवारहरु भारी मतान्तरले विजयी हुनेछन्। यो गठबन्धनले दुई तिहाई बहुमत हासिल गर्नेछ। जहाँसम्म चितवनको कुरा हो, चितवनमा त तीनवटा संघीय क्षेत्र र प्रदेश सभाका ६ वटा सिट गरी ९ वटा क्षेत्र नै हामीले जित्छौँ। सबै कुरा राजनीतिले निर्धारण गर्छ। तल्लो तहमा जे हुन्छ, त्यो राजनीतिका कारणले हुने हो, व्यक्तिगत शत्रुताका कारणले होइन। हिजो राजनीतिक रुपमा अन्र्तद्वन्द्व थियो, त्यसैले तल्लो तहमा सुमधुर सम्बन्ध थिएन। अहिले हामीले राजनीतिक अन्र्तद्वन्द्व नै अन्त्य गरिसक्यौँ,  कसरी जित्नुहुन्छ ?  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उठ्ने भनेर चर्चा भइरहेको चितवन ३ कै कुरा गरौँ। त्यस क्षेत्रमा भरतपुर महानगरपालिकाका २९ मध्ये २० वटा वडा पर्छन्। त्यहाँ मैले ४२ हजार ९ सय मत प्राप्त गरेको थिएँ। रेणु दाहालजीले ४३ हजार १ सय मत प्राप्त गर्नुभएको थियो। वडाको मतसंख्या हेर्ने हो भने, माओवादी एक्लैको २१ हजार भन्दा बढि मत छ। एमालेले वडामा ३८ हजार ५ सय मत पाएको छ। कांग्रेसको पनि ३७–३८ हजार मत छ। चितवन ३ मा नै पर्ने माडीमा माओवादी केन्द्र एक्लैले ४ हजार भन्दा धेरै मत ल्याएको छ। हिजो एमालेविरुद्ध माओवादी केन्द्रलाई कांग्रेसले हतियार बनाउन खोज्यो। तर त्यो हतियार अहिले हामीले खोसेका छौँ। त्यहाँ १२ मध्ये ६ वटा वडा एमाले र ३ वटा वडा माओवादी केन्द्रले जितेको छ। कांग्रेसले ३ वटामात्र वडा जितेको छ। अर्थात् माडीमा मात्र वामपन्थी मत कांग्रेसको तुलनामा ८ हजार बढि छ। भरतपुरका २० वटा वडामा एमाले र माओवादी केन्द्रले पाएको मत जोड्ने हो भने कांग्रेसको तुलनामा कता हो कता धेरै हुन्छ। राप्रपाको मतपनि त छ नि ? यदि राप्रपाले कांग्रेसकै उम्मेदवारलाई मत दियो भनेपनि हामी सुविधाजनक ढंगले जित्छौँ। त्यहाँ राप्रपाले पाएको मत भनेको कुल ८–९ हजार हो। त्यो मत कांग्रेसकै भागमा हाल्ने हो भने पनि चितवन ३ मा अहिलेकै स्थितिमा वामपन्थी उम्मेदवारले ९–१० हजार मतान्तरले जित्ने स्थिति छ। एकताभावले गर्दा अझ धेरै मतान्तरले जित्न सक्छौँ। स्थानीय चुनावमा तपाईंले पाएको सबै मत एमालेका होइनन्। रेणु दाहालले पाएका मतपनि माओवादी केन्द्रका मात्र होइनन्। दुवैलाई कांग्रेसका मत परेका छन्। यस्तो स्थितिमा स्थानीय निर्वाचनको मतलाई आधार बनाउन सकिएला र ? हो, हामी दुवैले कांग्रेसका मत पाएका छौँ। तर, त्यो मत त मेयरमा पाएको मतमात्र हो। मैले वडातहको मतको हिसाव गरेर भन्दैछु। मेयरकै कुरा गरौँ। मैल करिव ४३ हजार मत पाएँ। त्यहाँ उपमेयरमा एमाले उम्मेदवारले ३९ हजार मत पाउनु भएको छ। मानौँ, मैले पाएको त्यो ४–५ हजार मत कांग्रेसकै हो रे। एमाले र माओवादी केन्द्रले वडाअध्यक्षमा पाएको मत हेर्दा त हामी मज्जासँग, ढुक्कसँग जित्छौँ नि त।  स्थानीय निर्वाचनको तिक्तता यतिचाँडो बिर्सेर एमालेका कार्यकर्ताले प्रचण्डलाई भोट देलान् त ? हिजो एमालेलाई रोक्न कांग्रेसले माओवादीलाई बोकेको थियो। एमाले प्रमुख दल बन्ने स्थितिमा एमालेलाई रोक्न कांग्रेस एक्लै सक्षम थिएन। एमालेले जित्नुभन्दा बरु माओवादीलाई दिऊँ भनेर उसले माओवादीको सहारा लियो। एमालेविरुद्ध माओवादीलाई हतियार बनायो। कसले कसका विरुद्ध प्रयोग गरेका छन् भन्ने कुरा एमालेका जेन्टल कार्यकर्ताहरुले बुझिहाल्छन्। राजनीतिमा एमाले विरुद्ध माओवादीको प्रयोग भएको थियो। तर माओवादी झस्क्यो।  ‘यो एकतालाई दीर्घकालिन लक्ष्यका लागि प्रयोग गर्नुपर्छ। एकिकृत कम्युनिष्ट पार्टी निर्माण र त्यसमार्फत् हामीले प्राप्त गर्नुपर्ने समाजवादी लक्ष्यका लागि लाग्नुपर्छ।’ ५५ स्थानका स्थानीय निकाय र कार्यपालिकामा उसले कांग्रेससँग एकता गरेको थियो। त्यसमध्ये ४९ भन्दा बढिमा कांग्रेसले जित्यो। ४–५ वटामा मात्र माओवादी केन्द्रले जित्यो। अर्थात् चुनावी एकताबाट माओवादी केन्द्रले भन्दा कांग्रेसले फाइदा लियो। यो कुराको अनुभूति माओवादी केन्द्रले गर्यो। त्यसपछि अहिलेको एकता सम्भव भएको हो। त्यसो भए चितवनमा एमालेको मत माओवादी केन्द्रलाई र माओवादी केन्द्रको मत एमालेलाई सहज रुपले जान्छ त ? अब त्यतिधेरै समस्या छैन। हालेनन् नै भनेपनि एकाध कार्यकर्ताले नहाल्लान्। हिजो लोकतान्त्रिक प्रक्रिया र संस्कारमाथि धावा बोल्दा हाम्रा एकाध कार्यकर्ताको चित्त दुखेको होला। म ती कार्यकर्ताहरुलाई के भन्न चाहन्छु भने, तपाईंहरु एमाले हुनुभएको समाज परिवर्तनका लागि हो। व्यक्तिगत स्वार्थका लागि होइन। हिजो एमालेविरुद्ध माओवादी केन्द्रलाई कांग्रेसले हतियार बनाउन खोज्यो। तर त्यो हतियार अहिले हामीले खोसेका छौँ। अहिले माओवादी केन्द्र हाम्रो सहयोगी बनेको छ। यो कुरा हाम्रा कार्यकर्ताले बुझेका छन् र प्रचण्डजीको पक्षमा मतदान गर्छन्। माओवादीलाई हिजो कांग्रेसले हतियार बनायो, अहिले एमालेले बनायो। होइन ? यो एकतालाई हामीले चुनावी हतियार बनाउन खोजेका छैनौँ। एमाले र माओवादी केन्द्र दुवैले भनेका छन्, ‘यो एकतालाई दीर्घकालिन लक्ष्यका लागि प्रयोग गर्नुपर्छ। एकिकृत कम्युनिष्ट पार्टी निर्माण र त्यसमार्फत् हामीले प्राप्त गर्नुपर्ने समाजवादी लक्ष्यका लागि लाग्नुपर्छ।’ पार्टी एकताको घोषणाको दिन जारी गरिएको ६ बुँदे घोषणापत्रमा पनि यी कुरा उल्लेख छन्। त्यसैले, अहिलेको एकता एकले अर्कालाई हतियार बनाउने उद्देश्यका लागि होइन, एकिकृत कम्युनिष्ट पार्टी निर्माण र त्यसमार्फत् समाजवादी लक्ष्य प्राप्तिका लागि हो। चितवनमा तल्लो तहमा दुई पार्टीबीच कस्तो सम्बन्ध छर ?  सबै कुरा राजनीतिले निर्धारण गर्छ। तल्लो तहमा जे हुन्छ, त्यो राजनीतिका कारणले हुने हो, व्यक्तिगत शत्रुताका कारणले होइन। हिजो राजनीतिक रुपमा अन्र्तद्वन्द्व थियो, त्यसैले तल्लो तहमा सुमधुर सम्बन्ध थिएन। अहिले हामीले राजनीतिक अन्र्तद्वन्द्व नै अन्त्य गरिसक्यौँ, अब राजनीतिक विषयवस्तुलाई केन्द्रमा राखेर अघि बढ्न तयार भइसकेका छौँ। ओली निवासमा बुधबार भएको प्रचण्डसँगको भेट माथिबाटै सम्बन्ध सुधार गर्ने योजना अन्तर्गत भएको हो कि र ? होइन,संयोगमात्र होला। यदि नेताहरुको दिमागमा थियो र त्यो भेटघाटको अवसर जुटाइएको हो भने नेताहरुले नै जान्नु भएको होला। तर मलाई प्रचण्ड आउनुहुन्छ भन्ने जानकारी थिएन। म एउटा कामले काठमाडौँ आएको थिएँ, त्यसैक्रममा पार्टी अध्यक्षलाई भेटौँ भनेर बालकोट गएको हुँ। भेटघाटको समय कसरी मिल्यो ? मैले अध्यक्ष ओलीका सहयोगीमार्फत समय मागेको थिएँ। उहाँहरुले आउनुस् न, भेट भईहाल्छ भन्नुभएको थियो। म जाँदा संयोगवस भेट भयो। -नेपालखबरबाट