नेपाल ८ रनमै अलआउट

काठमाडौं । मलेसियामा भइरहेको आईसीसी यू–१९ टी–२० विश्वकप एसिया छनोटमा नेपाली महिला टोली यूएईविरुद्ध ८ रनमा अलआउट भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ८.१ ओभर क्रिजमै टिक्दै जम्मा ८ रनमै अलआउट भयो ।

नेपालका लागि स्नेहा महराले बनाएको ३ रन नै व्यक्तिगत उच्च रह्यो । कप्तान कृतिका मरासिनीसहित ६ खेलाडीले खातासमेत खोल्न सकेनन् ।

यूएईका लागि माहिका गौरले घातक बलिङ गर्दै ४ ओभरमा २ मेडन राखेर मात्र २ रन खर्चँदै सर्वाधिक ५ विकेट लिइन् । यस्तै इन्धुजा नन्दकुमारले ३ विकेट लिइन् ।

चुनावको समीक्षा गर्न माओवादीले बोलायो केन्द्रीय समिति बैठक, आन्तरिक कमजोरिले केही सीट गुमेको निश्कर्ष

काठमाडौं । नेकपा माओवादी केन्द्रले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा आन्तरिक सांगठनिक कमजोरीका कारण कम परिणाम आएको प्रारम्भिक निष्कर्ष निकालेको छ । पूर्व स्थायी समिति सदस्यहरुको पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको अनौपचारिक बैठकले यस्तो निष्कर्ष निकालेको हो । माओवादी केन्द्रले १५० भन्दा बढी पालिकामा जित्ने प्रक्षेपण गरेको भए पनि पार्टीको आन्तरिक सांगठनिक कमजोरीका कारण कम सिट आएको निष्कर्ष पूर्व स्थायी समिति बैठकले निकालेको हो । ‘मूलभूत रुपमा गठबन्धन सफल नै भयो भन्ने नै निष्कर्ष बैठकको रह्यो’ एक नेताले भने ‘१५० भन्दा बढी पालिकामा जित्नुपर्थ्यो । तर हाम्रो आन्तरिक पार्टी संगठनको कमजोरीका कारणले कम आयो ।’ चुनावको विस्तृत समीक्षा भने जेठ २० गते बोलाइएको केन्द्रीय समितिको भर्चुअल बैठकमा हुने छ । स्थानीय तहको चुनावअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले एमसीसीबारे पार्टीभित्र देखिएको विवाद, पदाधिकारी चयन गर्नेलगायतका एजेन्डामा निर्णय गर्न जेठ २० गते बैठक बस्ने निर्णय गरेको थियो । तर, माओवादीले उक्त बैठकलाई भर्चुअल बनाउँदै चुनावी समीक्षामा मात्रै केन्द्रित गर्ने भएको छ। भर्चुल बैठक चुनावी समीक्षा केन्द्रित हुने र पदाधिकारी छनोट लगायतका विषयमा असारमा बस्ने भौतिक बैठकमा निर्णय हुने माओवादी केन्द्रले जनाएको छ । स्थानीय पालिकाहरुले असार १० गते बजेट ल्याएपछि मात्रै केन्द्रीय समितिको भौतिक बैठक बस्ने भएको हो । स्थानीय तह चुनावमा माओवादीले १२१ वटा पालिकामा प्रमुख र १२८ वटा पालिकामा उपप्रमुख जितेको छ ।

जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साह निर्वाचित

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साह विजयी भएका छन् । उनी नेकपा एमालेका उम्मेदवार शिवशंकर साहलाई पराजित गर्दै मेयरमा विजयी बनेका हुन् । नेपाली कांग्रेसबाट राजीनामा गरेर उनी स्वतन्त्र उम्मेदवार बनेका थिए। स्वतन्त्र उम्मेदवार मनोजले १३ हजार ४ सय ६५ मत ल्याउँदै जनकपुरधाम उपमहागरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटतमा प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साह हिराले ९ हजार ५ सय ३२ मत ल्याए । मनोज ३ हजार ९ सय ३३ मतको मतान्तरले विजयी भएका हुन् । गठबन्धनबाट नगरप्रमुख पदमा उम्मेदवारी दिएका जसपाका लालकिशोर साह चौथो स्थान चित्त बुझाएका छन् । उनले ५ हजार १ सय ९४ मत ल्याए । लालकिशोर निवर्तमान नगरप्रमुख समेत हुन् । तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरीले ५ हजार ३ सय ६० मत ल्याए । त्यस्तै जनकपुरधामको उपप्रमुखमा गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका किशोरी साह निर्वाचित भएका हुन । किशोरीले १५ हजार ५ सय २५ मत ल्याउदै उपप्रमुखमा निर्वाचित भएका हुन । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुना झाले १० हजार ८ सय ८५ मत ल्याइन । लोसपाका उपप्रमु

सुदूरपश्चिमका ८८ मध्ये ८६ पालिकाको नतिजा सार्वजनिक, कसले कहाँ जिते त ? (सूचिसहित)

कैलाली । सुदूरपश्चिमका ८८ मध्ये ८६ पालिकाको नतिजा सार्वजनिक भएको छ । हालसम्म सार्वजनिक भए अनुसार, नेपाली कांग्रेसले सबैभन्दा बढी पालिका नेतृत्वमा विजय हासिल गरेको छ । प्रदेशका दुई स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । काँग्रेसले डोटीका ७, बझाङका ६, अछामका ६, डडेल्धुराका ५, कञ्चनपुरका ५, बैतडीका ४, बाजुराका तीन र कैलालीका तीन स्थानीय तहगरि ३९ स्थानीय तहमा जितेकाे छ । एमालेले दार्चुलाका ५, बाजुराका ५, बैतडीका ४, बझाङका ३, कञ्चनपुरका ३, कैलाली र अछाम २/२ तथा डोटीको एक स्थानीय तहसहित २५ वटामा जितेको हो। माओवादी केन्द्र भने दार्चुलाका चार, बझाङ, डडेल्धुरा र कैलालीका २/२, बैतडी, डोटी अछाम र कञ्चनपुरका एक/एक स्थानीय तहसहित १४ पालिकामा जितेको छ। कैलालीमा भने रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले बलियो स्थान हासिल गरेको छ । नेपाली काँग्रेस डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउद डोटीको पुर्वीचौकी गाउँपालिका– रामप्रसाद उपाध्याय डोटीको दीपायल सिलगढी नगरपालिका– बाजिसिंह खड्का डोटीको आर्दश गाउँपालिका– गणेशबहादुर खड्का डोटीको सायल गाउँपालिका– धर्मराज जोशी डोटीको शिखर नगरपालिका– दीर्घ बलायर डोटीको केआईसिंह गाउँपालिका– लोकेन्द्रबहादुर शाही बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत रोकाया बाजुराको हिमाली गाउँपालिका– गोविन्दबहादुर मल्ल बाजुराको त्रिवेणी नगरपालिका– कर्णबहादुर थापा बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउद बैतडीको सिगास गाउँपालिका– हरिसिंह धामी बैतडीको पुर्चौंडी नगरपालिका– दीपकबहादुर बम बैतडीको पाटन नगरपालिका– गौरिसिंह रावल डडेल्धुराको नवदुर्गा गाउँपालिका– लक्ष्मीप्रसाद अवस्थी डडेल्धुराको गन्यापधुरा गाउँपालिका– इन्द्रबहादुर कार्की विजयी डडेल्धुराको अमरगढी नगरपालिका– डिल्लीराज जोशी डडेल्धुराको पर्शुराम नगरपालिका– भरत बडायर जोशी डडेल्धुराको भागेश्वर गाउँपालिका– हेमराज चटौत अछाम ढकारी गाउँपालिका– प्रकाशबहादुर साउद अछामको कमलबजार गाउँपालिका–यज्ञप्रसाद ढकाल अछामको बान्नीगणी जयगढ गाउँपालिका– टेकबहादुर साउद अछामको रामारोशन गाउँपालिका– मानबहादुर साउद अछामको चौरपाटी गाउँपालिका– भिमबहादुर साउद अछामको पञ्चदेवल विनायक नगरपालिका– अम्बिका चलाउने कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा–हरिशचन्द्र राना कञ्चनपुरको बेदकोट नगरपालिका– भोजराज बोहरा कञ्चनपुरको पुनर्वास नगरपालिका– तोयप्रसाद शर्मा कञ्चनपुरको भीमदत्त नगरपालिका– पदम बोगटी कञ्चनपुरको कृष्णपुर नगरपालिका– हेमराज ओझा बझाङको बुंगल नगरपालिका– जयबहादुर धामी बझाङको मष्टा गाउँपालिका– ज्ञानबहादुर बोहरा बझाङको खप्तडछान्ना गाउँपालिका– उत्तम रोकाया बझाङको वित्थडचिर गाउँपालिका– अम्मरसिंह महर बझाङको सुर्मा गाउँपालिका– खडक बोहरा बझाङको जयपृथ्वी नगरपालिका–चेतराज बजाल कैलालीको गोदावरी नगरपालिका– वीरेन्द्र भट्ट कैलालीको कैलारी गाउँपालिका– राजसमझ चौधरी कैलालीको लम्की नगरपालिकाको प्रमुख– सुशिला शाही नेकपा एमाले बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा विजयी बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया विजयी बझाङको तलकोट गाउँपालिका– कलकबहादुर रोकाया दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी दार्चुलाको मालिकार्जुन गाउँपालिका– हिरासिंह धामी दार्चुलाको दुहुँ गाउँपालिका– नरेन्द्रबहादुर वडाल दार्चुलाको व्यास गाउँपालिका– मंगलसिंह धामी बैतडीको पन्चेश्वर गाउँपालिका– गोरखबहादुर चन्द बैतडीको दशरथचन्द नगरपालिका– पुष्करराज जोशी (लख्खाभाइ) बैतडीको सुर्नया गाउँपालिका– अम्मर कुँवर बैतडीको दोगडाकेदार गाउँपालिका– चक्रबहादुर कार्की डोटीको जोयारल गाउँपालिका– दुर्गादत्त ओझा कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– किशोर लिम्बू कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– रणबहादुर महरा बाजुराको गौमुल गाउँपालिका– हरिबहादुर रोकाया बाजुराको बडिमालिका नगरपालिका– अमरबहादुर खड्का बाजुराको जगन्नाथ गाउँपालिका– कालीबहादुर शाही बाजुराको खप्तड छेडेदह गाउँपालिका– दिलबहादुर रावत बाजुराको बुढीनन्दा नगरपालिका–जनककुमार बोहरा कैलालीको चुरे गाउँपालिका– चक्रबहादुर बोगटी कैलालीको बर्दगोरिया गाउँपालिका– कर्णबहादुर कुँवर अछामको तुर्माखाद– डम्मरबहादुर बिसी अछामको मंगलसेन नगरपालिका– पदमबहादुर बोहरा नेकपा माओवादी केन्द्र दार्चुलाको नौगाड गाउँपालिका– दलजीत सिंह धामी दार्चुलाको मार्मा गाउँपालिका– जमनसिंह धामी दार्चुला अपिहिमाल गाउँपालिका– भक्तसिंह ठेकरे दार्चुलाको लेकम गाउँपालिका– रामदत्त जोशी डडेल्धुरा आलिताल गाउँपालिका– शेरसिंह पार्की डडेल्धुराको अजयमेरु गाउँपालिका– उमेशप्रसाद भट्ट डोटीको बोकटान फुड्सिल गाउँपालिका– कमलबहादुर गड्सिला बैतडीको मेलौली नगरपालिका– भीमबहादुर चन्द बझाङको दुर्गाथली गाउँपालिका– दिलबहादुर थापा बझाङको छविसपाथिभेरा गाउँपालिका– बसन्त चलाउने अछामको मेल्लेख गाउँपालिका– ज्वाला साउद कञ्चनपुरको बेलौरी नगरपालिका– पोतिलाल चौधरी कैलालीको मोहन्याल गाउँपालिका– देवीदत्त उपाध्याय ‘हिमशिखर’ कैलालीको गौरीगंगा नगरपालिका– देवीदत्त कँडेल नागरिक उन्मुक्ति पार्टी कैलालीको टीकापुर नगरपालिका– रामलाल डगौरा थारु कैलालीको जोशीपुर गाउँपालिका– चित्रबहादुर चौधरी कैलालीको भजनी नगरपालिका– शेरबहादुर चौधरी कैलालीको जानकी गाउँपालिका– गणेश चौधरी नेकपा (एकीकृत समाजवादी) कैलालीको घोडाघोडी नगरपालिका– खडकबहादुर रावत बझाङको केदारस्युँ गाउँपालिका – गणेश बोहरा स्वतन्त्र कैलालीको धनगढी उपमहानगरपालिका– गोपाल हमाल बैतडीको डिलासैनी गाउँपालिका–सन्तोषप्रकाश जोशी

भरतपुरमा रेनुले कटाइन् ४४ हजार मत, अब जित निश्चित!

चितवन । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ४४ हजार ३०५ मतले अग्रता कायम गरेकी छन् । दाहालले ४४ हजार ३ सय ५ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४ हजार १७९ मत प्राप्त गरेका छन् । त्यहाँ निवर्तमान मेयर दाहालनै यो फेरि दोहोरिने आँकलन हुन थालिसकेको छ । यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३ हजार ५१५ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसबाट उप मेयरमा उम्मेदवार चित्रसेन अधिकारीले ४५ हजार ४६८ मत प्राप्त गरेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले २७ हजार ४६ मत प्राप्त गरेकी छन् ।

मकवानपुरमा भ्यान दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं – मकवानपुरमा शनिबार साँझ भएको पिकअप भ्यान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकामध्ये ३ जनाको हेटौंडा अस्पतालमा र १ जनाको उपचारको क्रममा मृत्यु भएको हो । उनीहरूको अहिलेसम्म पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेमध्ये चालकसहित ३ जनाको हेटौंडा र एक जनाको काठमाडौंमा उपचार भइरहेको छ । हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना ४ च २३१५ नम्बरको गाडी शनिबार साँझ इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-२ सिमखोलामा पुलको बारमा ठोक्किएको थियो ।

६ हजार ५०० मतको अग्रतामा रेनु, विजयको कति ?

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ६ हजार ५०० मतको अग्रता कायम गरेकी छन् । ७९ हजार ९१० मतको गणना गर्दा रेनुले ३१ हजार १२२ मत पाएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २४ हजार ५८२ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९७८ मत पाएका छन् । त्यस्तै उपमेयरमा भने नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १४ हजार ४२७ मतको अग्रता लिएका छन् । उनले ३३ हजार ५३१ मत पाउँदा राप्रपाकी उम्मेदवार हिमला गुरुङले १९ हजार १०४ मत पाएकी छन् । भरतपुरमा अहिलेसम्म वडा नम्बर १ देखि १४ सम्मको गणना सकिएको छ । वडा नम्बर १५ र १६ को मतगणना भइरहेको छ । यहाँ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको एउटा गठबन्धन छ भने एमाले र राप्रपाले पनि गठबन्धन बनाएका छन् ।

गृहले भन्यो– ‘सौन्दर्य प्रतियोगितामा सहभागी किशोरीलाई बलात्कार गरेको घटनाका दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध छ’

काठमाडौं । गृह मन्त्रालयले आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा काठमाडौंको एक कन्सल्टेन्सी सञ्चालकले किशोरीलाई बलात्कार गरेको घटनामा सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्न प्रतिबद्ध रहेको बताएको छ। शनिबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्ता घटनामा छानबिन गरी सत्यतथ्य पत्ता लगाएर दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको जनाएको हो। ‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित महिला हिंसा सम्बन्धी सामग्री सम्बन्धमा शुक्रबार प्रतिनिधि सभा बैठकमा सासंदहरूले उठाएको विषयमा सभामुखले गर्नुभएको रूलिङ, नागरिक समाजबाट कारबाहीका लागि प्रदर्शन र दबाबका सम्बन्धमा नेपाल सरकार, गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता विषयमा शीघ्र छानविन गरी सत्य तथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध छ।’ मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०को संयोजकत्वमा छानविन समिति गठन भएको छ। एसएसपी बसन्त कुँवर, प्रहरी उपरीक्षक ९एसपी० कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक ९डिएसपी० कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का लगायतको समिति गठन भएको हो। त्यस समितिले काम गरिसकेको गृह मन्त्रालयले जनाएको छ। ‘उक्त समितिले काम सुरू गरिसकेको अवस्था छ। उक्त समितिलाई अनुसन्धान कार्यमा सहयोग गर्नुहुन गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ। मिस ग्लोबल इन्टरनेसनल–२०१४ मा सहभागी एक प्रतियोगीले मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले आफूलाई बेहोस हुने औषधी मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी थिइन्। उनी त्यसबेला १६ वर्षकी थिइन्। सो कुरा सार्वजनिक भएपछि शुक्रबार संसदमा पनि यस विषयमा कुरा उठेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै यसमा छानबिन गर्न र सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएका थिए। घटना सार्वजनिक भएपनि बलात्कारसम्बन्धी हद म्यादका कारण जाहेरी दर्ता गर्न नमिलेको पीडित युवतीले बताएकी थिइन्।

भरतपुरमा ३३१० मतले रेनु अगाडि

चितवन, चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता कायमै गरेको छ । माओवादी केन्द्रका तर्फ नगरप्रमुखकी उम्मेदवार रेनु दाहालले आज बिहान साढे सात बजेसम्म ३३१० मतले अग्रता लिएकी छिन् । रेनुले २० हजार ४९२ मत प्राप्त गरेकी छिन् भने उनका निकटतम प्रतिष्पर्धि नेकपा एमालेका विजय सुवेदीले १७ हजार १८२ मत पाएका छन् । ृउपमेयरमा समेत गठबन्धनकै उम्मेदवार अगाडि छन् । गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ९५२ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका राप्रपाका हिमला गुरुंगले १३ हजार ६४६ मत प्राप्त गरेका छन् ।

रोहित पौडेल बने नेपाली क्रिकेट टिमको उपकप्तान

काठमाडौं । नेपाली क्रिकेट टिमको उपकप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार रोहितलाई उपकप्तान बनाएको हो । दीपेन्द्रसिंह ऐरीलाई हटाएपछि क्यानले उपकप्तान नियुक्त गरेको थिएन ।

सुनिता डंगोल तेब्बर बढी मतले अगाडि

काठमाडौं ।  काठमाडौं महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार सुनिता डंगोलले २८८४ मत प्राप्त गरेकी छन् । आइतबार अपराह्न ४ बजेसम्मको मत परिणाम अनुसार डंगोल अग्रस्थानमा रहेकी हुन् । यसैगरी एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले ८२३ मत प्राप्त गरेका छन् । श्रेष्ठ सत्ता गठबन्धनको उम्मेदवार भएपनि शाक्यले उनले भन्दा तेब्बर बढी मत पाएकी हुन् ।  यसैगरी विवेकशील साझा पार्टीका उम्मेदवारले १२९, राप्रपाका उम्मेदवारले ६७० मत प्राप्त गरेकी छन् ।

भारतीय प्रधानमन्त्री लुुम्बिनी आउँदै, तयारी तीव्र

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुुम्बिनी भ्रमणका लागि तयारी तीव्र पारिएको छ । प्रधानमन्त्री मोदी आगामी जेठ दुई गते गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउने तय भएको छ । प्रधानमन्त्री मोदीको भ्रमणका लागि सुरक्षा व्यवस्था मिलाउन हिजो भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेसल प्रोटेक्सन गार्ड) भने लुम्बिनी आइपुगेको छ । भारतीय वायुसेनाको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सुरक्षाकर्मी र मोदीले प्रयोग गर्ने गाडी ल्याइएको हो । टोली लुम्बिनी पुगेको र नेपाली सुरक्षाकर्मीको समन्वयमा सुरक्षा रणनीति बनाइरहेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले हेलिप्याड, मर्मतसम्भार, सरसफाइलगायतका काम अन्तिम चरणमा पुर्याइएको बताउनुभएको छ ।

स्थानीय निर्वाचनमा कुन तहका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवारहरूले तोकेको भन्दा बढी नपाउने निर्वाचन आयोगले जनाएको छ । आयोगले महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले ७ लाख ५० हजार भन्दा बढी खर्च गर्न नपाउने जनाएको छ । यस्तै वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्या सदस्यले बढीमा ३ लाख खर्च गर्न पाउने उल्लेख आयोगले गरेको छ ।   यस्तै उपमहानगरपालिका मेयर र उपमेयरका उम्मेदवारले बढीमा ५ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेछन् भने वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले बढीमा २ लाख ५० हजार रुपैयाँमात्रै खर्च गर्न पाउनेछन् । यस्तै नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले बढीमा ४ लाख ५० हजार तथा वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्या सदस्यले २ लाखसम्म खर्च गर्न पाउनेछन् । आयोगका अनुसार गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले भने बढीमा ३ लाख ५० हजार र वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्या सदस्यले १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । उम्मेदवारले मतदाता नामावली रसिद, सवारी साधन, इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी तथा कार्यकर्ता परिचालन, प्रचारप्रसार, कार्यकर्ता सञ्चालन र विविध शीर्षकमा उम्मेदवारले तोकेको खर्च गर्न पाउनेछन् । यस्तै जिल्ला समन्वय समितिका उम्मेदवार प्रमुख र उपप्रमुखले ५० हजार र अन्य पदकाले एकमुष्ट २५ हजार रुपैयाँ खर्च गर्न पाउने पनि आयोगले जनाएको छ ।

प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त

काठमाडौं । सरकारले धिरज प्रताप सिंहलाई २९ औं प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)सिंहलाई आईजीपीमा बढुवा गरेको हो । नेपाल प्रहरीका वर्तमान महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पुरा गरेर आइतबार मध्यरातबाट अवकाशमा जाँदैछन् । उनी २०७७ असार २३ मा प्रहरी महानिरीक्षक नियुक्त भएका थिए । नेपाल प्रहरीको कमाण्ड समाल्न सिंहसँगै अरु ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी) प्रतिस्पर्धामा थिए । २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रबिन्द्रबहादुर धानुकलाई पछि पार्दै सिंह आईजीपीमा नियुक्त भएका हुन् । आईजीपीका प्रतिस्पर्धीहरु एउटै मितिमा प्रहरीमा भर्ना भएपनि फरक समयमा एआईजीमा बढुवा भएका थिए । विश्वराज पोखरेललाई २०७७ मंसिर २५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एआईजीमा बढुवा गरेको थियो । सहकुल थापा २०७८ असार २४ मा एआईजी भएका हुन् । २०७८ चैत १७ मा धिरजप्रताप सिंह र रबिन्द्रबहादुर धानुकलाई वर्तमान मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी थपेर बढुवा गरेको थियो । एआईजीको बरियताअनुसार विश्वराज अरु प्रतिस्पर्धीभन्दा १६ महिना सिनियर थिए । सहकुलबहादुर थापा एआईजी भएको ९ महिना पुरा भएको छ । सिंह र धानुक एआईजीमा बढुवा भएको १ महिना पुरा भएको छ । आईजीपीमा नियुक्त सिंहले २०७९ वैशाख ३० को स्थानीय तहको निर्वाचन गराउने छन् । बरियताको तेस्रो नम्बरमा रहेका धिरजप्रताप सिंहले तत्कालीन अपराध महाशाखा हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड गरेका थिए । २०७५ साउन २१ मा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्यामा संलग्न अजय तामाङ र गोपाल तामाङ प्रहरी इन्काउन्टरमा मारिएका थिए । त्यतिवेला धिरज सिंह महाशाखाको प्रमुख थिए । प्रहरी उपरीक्षक हुँदा सिंहले दाङ जिल्लाको कमाण्ड गरेका थिए । डीआईजी भएर सिंहले मधेश प्रदेश कार्यालय र केन्द्रीय अुनसन्धान व्यूरोको कमाण्ड गरेका छन् ।

मनोनयन दर्ताका लागि पत्रकार सम्मेलन गर्दै आयोग

काठमाडौं । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आज (शनिबार) पत्रकार सम्मेलन गर्ने भएको छ। सो सम्मेलन शनिबार दिउँसो साढे ४ बजे गर्ने आयोगले जनाएको छ। यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ११ र १२ गते दुई दिन ७७ मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने आयोगले जनाकारी दिएको छ । निर्वाचनका विषयमा सबै तयारीको सन्दर्भमा जानकारी दिनका लागि निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्ने जनाएको छ।

मेयरमा चुनाव लड्न मन्त्रीसहित २ सांसदले दिए राजीनामा

मेयरमा चुनाव लड्न मन्त्रीसहित मधेस प्रदेशका दुई जना प्रदेशसभा सदस्यले राजीनामा दिएका छन्। सरकारका कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादव र शेख अबुल कलाम आजादले राजीनामा बुझाइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ। दुबै जनाले आजै प्रदेशसभामा राजीनामा दिएको प्रदेशसभाका निमित्त सचिव रंजित यादवले जानकारी दिए। तत्कालीन नेकपा एमालेबाट मन्त्री यादव सिरहा निर्वाचन क्षेत्र नम्बर ३ को (ख) बाट निर्वाचित भएका थिए भने स्वतन्त्रबाट आजाद रौतहट निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ बाट विजयी भएका थिए। मन्त्री पदबाट समेत राजीनामा दिन कागजी प्रक्रिया पूरा गरिरहेको मन्त्री यादवले बताए। उनी सिरहा नगरपालिकाको मेयरमा उठ्ने तयारीमा छन्। नेकपा एकीकृत समाजवादी पार्टीबाट उनी मेयरका लागि सिफारिस भएका हुन्। नगरपालिकामा कुनै दलबीच तालमेलको सम्भावना नरहेकाले एक्लै चुनाव लड्न लागेको उनले बताए। त्यसैगरी सांसद अजाद स्वतन्त्र निर्वाचित भए पनिपछि जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका थिए। उनी गढीमाई नगरपालिकाबाट मेयर उठ्ने तयारीमा छन्। जसपाले उनलाई मेयरका लागि सिफारिस गरेको छ। गढीमाई नगरपालिकामा समेत गठबन्धन गर्ने प्रयास जारी रहे पनि हालसम्म हुन सकेको छैन। धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य परमेश्वर साह पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट जनकपुरधाम उपमहानगरपालिकाबाट टिकटका लागि प्रयास गरिरहेका छन्। पार्टीले टिकट निश्चित गरेपछि आफूले पनि राजीनामा दिने उनले बताए।