धोनीका समर्थकका लागि आयो खुशीको खबर, यस्तो भयो घोषणा

काठमाडौं: भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनी पछिल्लो केही दिनयता चर्चामा रहेका छन् । उनका आलोचकहरुले धोनीलाई टीममा राख्न नहुने बताइरहेका छन् भने प्रशंसकहरु भने धोनी साँच्चिकै सन्यास पो लिने हुन कि भन्ने चिन्तामा छन् ।

तर अहिले भने धोनीका प्रशंशकहरुका लागि निकै खुशीको खबर सार्वजनिक भएको छ । विश्व कप २०१९ पछि धोनीले एउटा पनि खेल खेलेका छैनन् । लगत्तै उनी भारतीय सेनाको तालिमका लागि कश्मिर क्षेत्रतर्फ लागेका थिए । त्यो बीचमा भारतले वेष्ट इण्डिज र बंग्लादेशसँग बिभिन्न फर्मेटका प्रतियोगिता खेल्यो । तर धोनी यी कुनैमा पनि थिएनन ।

धोनीको विकल्पको रुपमा (विकेटकीपरतर्फ) रिषभ पन्तलाई भरोसायोग्य खेलाडीका रुपमा अघि सारियो । तर रिषभको पनि आलोचना गरियो । अहिले नयाँ खबर सार्वजनिक भएको छ ।

आफ्नो विशिष्ट क्षमताका कारण संसारभरी प्रशंसक बटुलेका धोनीले तत्काल सन्यास लिने छैनन् । धोनीले यसपछिको विश्वकप पनि खेलेर विदा लिने भएका छन् । यो बीचमा उनले आइपिएलको दोश्रो सबैभन्दा सफल टीमका रुपमा रहेको टीम चेन्नई सुपर किंग्सका आउने दुबै सिजनको नेतृत्व गर्ने छन् ।

मंगलरबार भारतीय टीमका हेड कोच रवि शास्त्रीले धोनीको अन्तर्राष्ट्रिय क्यारिअर अझै समाप्त नभएको घोषणा गरेपछि यसको पुष्टि भएको हो । शास्त्रीका अनुसार आईपीएलमा धोनीले गर्ने प्रदर्शनका आधारमा उनी टिममा फिर्ता आउने देखिन्छ ।

धोनीले सन् २०२० र २०२१ को आईपीएल पनि खेल्नेछन् । उनले टीम चेन्नई सुपर किंग्ससँग आगामी दुई आईपीएल सिजनको नेतृत्व गर्ने प्रतिबद्धता नै गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।

चेन्नई सुपर किंग्सबाट धोनीले १५ करोड भारतीय रुपैयाँ पाउने गर्दछन् ।

‘वार’ सय करोड क्लबमा

काठमाडौंः बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ रिलीज भएको पाँच दिनमै १०० करोड क्लबमा सामेल भएको छ। ‘वार’ २ अक्टुबरमा रिलीज भएको थियो । यो फिल्मले रिलीजको तेस्रो दिनमै १०० करोड कमाई गरेको थियो । बक्स अफिसका अनुसार वारले शनिबार मात्र २७ देखि २८ करोडको कारोबार गरेको छ । यश राज फिल्म्सद्वारा निर्मित ‘वार’ ४ हजार स्क्रीनमा एक साथ रिलीज भएको थियो। ‘वार’ छिटै २ सय करोड क्लबमा प्रवेश गर्ने आंकलन गरिएको छ ।

हङकङविरुद्ध करनको घातक बलिङ, एकै ओभरमा लिए ३ विकेट

काठमाडौंः ओमानमा जारी टी–२० क्रिकेट सिरिज अन्तर्गत आफ्नो पहिलो खेलमा हङकङविरुद्ध नेपालका करन केसीले उत्कृष्ट बलिङ गरेका छन् । करनले आफ्नो दोस्रो ओभरमा ३ विकेट लिएका हुन् । उनले हङकङका नजिकात खानलाई २३, हसन अब्बासीलाई १३ र शाहिद वासिफलाई शून्य रनमा आउट गर्न सफल भए । चौथो ओभरमा बलिङ गर्न आएका करनले ४.३, ४.५ र ४.६ ओभरमा तीन विकेट लिन सफल भएका हुन्। टस हारेर ब्याटिङको मौका पाएका हङकङले यो समाचार तयार पार्दासम्म ६ ओभरमा ३ विकेट गुमाएर ४२ रन बनाएको छ । नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु भएको छ। आफ्नो पहिलो खेलमा नेपालको प्लेइङ–११ मा कोकोले पाए मौका? हेर्नुस् पारस खड्का (कप्तान) दीपेन्द्रसिंह ऐरी विनोद भण्डारी सोमपाल कामी करण केसी पवन सराफ मोहम्मद आरिफ शेख सन्दीप लामिछाने ललितनारायण राजवंशी रोहितकुमार पौडेल अविनाश बोहरा आजै भएको पहिलो खेलमा घरेलु टिम ओमानले आयरल्याण्डलाई ४३ रनले हराएको छ । ओमानले दिएको १७४ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले १६।२ ओभरमा सम्पूर्ण विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो । उसका लागि केभिन ओब्रायनले सर्बाधिक ३९ रन बनाए । बलिङमा ओमानका मोहम्मद नदीम, खवर अलिले ३–३, अमिर कलीम र बिलाल खानले २–२ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएका ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७३ रन बनायो । उसका लागि अमिर कलीमले ४६, जतिन्दर सिंहले ४०, अकिव लायसले २१ रन बनाए । बलिङमा आयरल्याण्डका मार्क आदिर, स्टअर्ट थम्पसनले २–२, ग्यारेथ डेन्ली, क्रेग योङ र शेन गेटकेटले १–१ विकेट लिए । अंक तालिकामा ओमानले २ खेलमा दुवै खेलमा जीत हासिल गर्दै ४ अंक जोडेको छ । यता आयरल्याण्डले भने २ खेलमा एकमा हार र एक खेलमा जीत निकालेको छ । अंक तालिकामा आयरल्याण्ड २ अंकका साथ दोस्रो स्थानमा छ ।  

दक्षिण अफ्रिकाविरुद्ध भारतको उत्कृष्ट ब्याटिङ, रोहित शतक नजिक

काठमाडौंः भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट क्रिकेट भारतको विशाखापटनममा बुधबार शुरु भएको छ । टस जितेर भारतीय कप्तान विराट कोहलीले पहिले व्याटिङ गर्ने निर्णय गरेका छन् । दक्षिण अफ्रिका र भारतबीच तीन वटा टेस्ट खेल हुनेछन् । भारतका लागि एकदिवसीय र टी–२० खेलका अनुभवी बिस्फोटक ब्याट्सम्यान रोहित शर्माले यसपटक टेस्टमा पनि प्रारम्भिक ब्याट्सम्यानका रुपमा जिम्मेवारी लिएका छन् । फाफ डु प्लेसिसको कप्तानीमा रहेको दक्षिण अफ्रिकाले २ स्पिनरलाई खेलाएको छ । स्पिनरद्वय केशव महाराज र डेन पाइडिटले पहिलो टेस्टमा मौका पाएका हुन् । स्पिन बलिङ पनि गर्ने अलराउन्डर सेनुरान मुथुसामीले पहिलो टेस्ट खेल्दै छन् । गत अगस्टमा दुई जना अनुभवी खेलाडी डेल स्टेन र हासिम आमलाले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएसँगै दक्षिण अफ्रिकी टिम युवा एवं अपेक्षाकृत कमजोर अनुभव भएका खेलाडीमा निर्भर रहनु परेको छ । भारतीय टिममा कप्ताल विराट कोहलीसहित अजिन्क्य राहाणे, रोहित शर्मा, मयन्क अग्रवाल, चेतेश्वर पुजारा, हनुमा बिहारी, रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, हृद्दिमन साह, इशान्त शर्मा र मोहम्मद शामी रहेका छन् । उता दक्षिण अफ्रिकी टिममा कप्तान फाफ डु प्लेसिस सहित आइडेन मार्कराम, डिन एल्गार, थेनिस डी ब्रुएन, टेम्बा बाभुमा, क्विन्टिन डी कक, भर्नन फिलान्डर, सेनुरान मुथुसामी, केशव महाराज, डेन पाइडिट र कागिसो राबाडा रहेका छन् । पहिले ब्याटिङ गरिरहेको भारतले ४८ ओभरमा बिना विकेटको क्षतिमा १५० रन बनाएको छ । भारतका लागि रोहित शर्माले व्यक्तिगत ८१ तथा मयंक अग्रवालले ६८ रन बनाएका छन् ।

बैंकलाई डेढ अर्ब निक्षेप दिँदै राष्ट्र बैंक

काठमाडौं । राष्ट्र बैंकले एक अर्ब ४० करोड रुपैयाँ निक्षेप राख्न बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेको छ। केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको रकम आगामी कात्तिक १ देखि २०७७ कात्तिक १ सम्मका लागि एक वर्षे मुद्दति निक्षेप राख्न राष्ट्र बैंकले सिलबन्दी दरभाउपत्र मागेको हो। राष्ट्र बैंकले एक अर्ब ११ करोड ५४ लाख रुपैयाँ वाणिज्य बैंकलाई दिने भएको छ। २० करोड ९१ लाख राष्ट्रिय स्तरका विकास बैंकलाई र ६ करोड ९७ लाख राष्ट्रिय स्तरका वित्त कम्पनीलाई दिने राष्ट्र बैंकले बताएको छ। यस्तो पैसा पाउन बैंक तथा वित्तीय संस्थाले आगामी बिहीबारसम्म बोलकबोल पेस गर्नुपर्नेछ। केन्द्रीय बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पैसा अभाव चर्किरहेको बेला यस्तो बोलकबोलको प्रस्ताव अघि सारेको हो। राष्ट्र बैंकले यस्ता कोषको पैसा अहिले पनि बैंक तथा वित्तीय संस्थामा राखिरहेको छ। त्यसमा प्राप्त हुने ब्याज र नयाँ रकमसमेत जोडेर हरेक वर्ष बैंक तथा वित्तीय संस्थालाई निक्षेप दिँदै आएको छ। यो समाचार अन्नपूर्ण पोष्ट् दैनिकमा छापिएको छ ।

बैंकको सीस्टम ह्याक गरी ३ करोड बढी रकम निकालियो, प्रहरीले अनुसन्धान थाल्यो

काठमाडौं । कृषि विकास बैंकको सीस्टम ह्याक गरी ३ करोडभन्दा धेरै रकम निकालिएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ । केही व्यक्तिलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान थालेको हो । नियन्त्रणमा लिइएकाहरुबारे प्रहरीले कुनै जानकारी दिएको छैन। रकम निकाल्ने काममा नेपाली नै संलग्न भएको आशंका गरिएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

एएफसी यू–१६ः ताजकिस्तानसँग ठुलो अन्तरको हारसँगै नेपाल बाहिरियो

काठमाडौ‌ । नेपालले जोर्डनमा एएफसी यू–१६ च्याम्पियनसिप छनोट खेलमा अर्को हार खेपेको छ । शुक्रबार राति भएको खेलमा नेपाल ताजकिस्तानसँग ७–० गोलले पराजित भयो । यस हारसँगै नेपाल छनोटबाट बाहिरिएको छ । पहिलो हाफमै चार गोल खाएको नेपालले दोस्रो हाफमा थप तीन गोल खाएको थियो । ताजकिस्तानको भने लगातार तेस्रो जित हो । समूह ‘ए’ मा रहेको नेपाल पहिलो खेलमा पनि आयोजक जोर्डनसँग ७–० गोलले पराजित भएको थियो । समूहको दोस्रो खेलमा भने नेपालले कुवेतलाई १–१ गोलको बराबरीमा रोकेको थियो । नेपालले समूहको अन्तिम खेल आइतबार श्रीलंकासँग खेल्नेछ ।

वनमन्त्री बस्नेत न्यूयोर्क प्रस्थान

काठमाडौंः वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत संयुक्त राष्ट्रसङ्घको आयोजनामा हुने जलवायु कार्यशिखर सम्मेलनमा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन आगामी २३ सेप्टेम्बर (सोमबार) देखि अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा शुरु हुँदैछ । मन्त्री बस्नेतले सम्मेलनका दुई सत्रलाई सम्बोधन गर्ने कार्यसूची रहेको उहाँका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । उनले ‘अ कल फर एक्सनः रेजिङ एम्बीसन फर क्लाइमेट एडप्टेशन एण्ड रेजिलियन्स र ‘कम्युनिटी रेजिलियन्स पार्टनरसिप प्रोगाम’ विषयमा सम्बोधन गर्ने छन् । यसैगरी उनले आगामी मङ्गलबार संयुक्त राष्ट्रसङ्घको दिगो विकाससम्बन्धी विशेषसभामा सहभागी हुने कार्यक्रम छ । न्यूयोर्क प्रस्थान गर्नुअघि मन्त्री बस्नेतले जलवायु परिवर्तन अनुकूलनका दिगो र प्रभावकारी कार्यक्रम तय गर्न विश्व समुदायलाई अपिल गरिने जानकारी दिए । मन्त्री बस्नेतले नेपालका तर्फबाट जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण विश्व भयाबह सङ्कटको नजिक पुगेकाले यसको समाधान नियमित प्रयासबाट मात्र सम्भव नहुने भएकाले विश्वस्तरबाटै साझा पहल हुनुपर्ने विषय उठाइने जानकारी दिए । नेपालले यसपटक लजवायु परिवर्तनमा न्यून भूमिका रहेका तर असरबाट अतिप्रभावित नेपालजस्ता मुलुकको अनुकूलन क्षमता बढाउन आवश्यक स्रोतको व्यवस्था गर्न अपिल गर्ने भएको छ । त्यस्तै नेपालले जलवायु परिवर्तनका कारण तीव्र गतिमा हिमाल पग्लनेक्रम बढेको र त्यसको प्रभावबाट विश्व नै प्रभावित भएको विषयमा समेत विश्व समुदायको ध्यानाकर्षण गराउने छ । आगामी नोभेम्बरमा चिलीमा हुने जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रको सम्मेलन (कोप) को तयारी स्वरुप सो सम्मेलन हुन लागेको हो ।

आज उपत्यकामा रहेका विभिन्न संग्रहालयहरुमा प्रवेश निःशुल्क

काठमाडौं। सरकारले आज (शुक्रबार) काठमाडौं उपत्यकामा रहेका विभिन्न संग्रहालयमा निःशुल्क प्रवेश दिने भएको छ । संविधान दिवसको अवसरमा शुक्रबार एक दिन हनुमानढोका, पाटन र भक्तपुरमा रहेको राष्ट्रिय संग्रहालयमा निःशुल्क प्रवेश गर्न दिने निर्णय गरेको हो । सरकारले २०७२ असोज ३ गते संविधान जारी भएको अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ भने संग्रहालयमा प्रवेश निःशुल्क गरेको हो । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै संविधान दिवसका दिन पारेर निःशुल्क प्रवेश दिने निर्णय भएको बताए । ‘हनुमानढोका, पाटन र राष्ट्रिय कला संग्रहालय प्रवेशमा शुक्रबार शुल्क लिइने छैन ।’ उनले भने । हनुमानढोका, राष्ट्रिय कला तथा पाटन संग्रहालय प्रवेश गर्न नेपालीका बढीमा सय रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । पाटन छिर्नका लागि विदेशका लागि १ हजार, सार्क राष्ट्रका लागि २ सय ५० तथा नेपालीका लागि ३० रुपैयाँ र विद्यार्थीका लागि १५ रुपैयाँ लिने गरिएको छ । सरकारले संग्राहलयहरुमा प्रवशे निःशुल्क गरेपनि कतिपय संग्रहालय तथा पुरातात्विक सम्पदाहरुको अवस्था भने टेकाको भरमा छन् । २०७५ को भूकम्पले क्षतिग्रस्त राष्ट्रिय कला संग्रहालयको भवन टेकाकै भरमा छ  । संग्रहालयमा प्रदर्शनीमा राखिएका पुरातात्विक सामग्रीहरू स्टोरमा थन्क्याइएका छन् । हनुमानढोका संग्रहालयको रेट्रोफिटिङ गरिएको छ भने संग्रहालय परिसरको पुननिर्माण भइरहेको छ । हनुमानढोका दरबार संग्राहालय विकास समितिका अनुसार भूकम्पले दरबार क्षेत्रका ९ वटा सम्पदा पूर्णरुपमा क्षतिग्रस्त भएको थियो भने २० मन्दिरमा आंशिक क्षति पुर्याएको थियो । पाटन दरबार क्षेत्रमा ६ वटा सम्पदा पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो भने १५ वटामा आंशिक क्षति पुगेको थियो । भक्तपुर दरबारका ठूला–साना गरी १६ वटा सम्पदामा भूकम्पले क्षति पुर्याएको थियो । यो समाचार आजको राजधानी दैनिकबाट लिइएको हो ।

यस्तो ट्वीटले ‘फसे’ अमिताभ, घरबाहिर हुँदैछ प्रदर्शन

काठमाडौँ, बलिउडका मेगास्टार चिनिने अमिताभ बच्चनको घरबाहिर बुधबार बिहानैदेखि विरोध प्रदर्शन भैरहेको छ। उनको जुहुस्थित बंगला जलसाबाहिर बिहानै देखि ‘सेभ आरे!’ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिराखेका छन्। बलिउडका यी वरिष्ठ कलाकारले मुम्बई मेट्रोको समर्थनमा मंगलबार एउटा ट्वीट गर्दै पर्यावरण बचाउन जंगल बढाउनु पर्ने र त्यसको लागि आफूले पनि घरको बगैंचामा रुख लगाएको भन्दै सबैलाई रुख लगाउन आव्हान गरेका थिए। एउटा प्रदर्शनकारी अभय भावेशीले भने अमिताभका सुरक्षा गार्डले आफूलाई प्रदर्शनबारे प्रशासनको अनुमति भए नभएबारे प्रश्न गरेको बताएका थिए। उनले भने, “मैले भने- यो मेरो मौलिक अधिकार हो। मा सडकमा अमिताभको ट्वीटको उत्तर दिन यहाँ उभिएको हुँ। अमिताभले बगैंचामा रुख लगाउन भन्नुहुन्छ तर बिडम्बना के हो भने बगैंचाहरूले जंगल बन्दैनन्।” यस्तो थियो अमिताभको ट्वीट अमिताभले मुम्बई मेट्रोको प्रशंसामा सामाजिक संजालमा एउटा ट्वीट गर्दै लेखेका थिए, “यो हो प्रदूषणको समाधान। मेरा एक मित्रलाई ‘मेडिकल इमर्जेन्सी’ थियो। उनले कारको सट्टा मेट्रोबाट जान चाहे। त्यसपछि उनले मेट्रो निकै छरितो, सुविधाजनक र सबैभन्दा सही रहेको बताए।” उनले लेखेका थिए, “प्रदूषणको समाधान यही हो: बढी रुख लगाउने, मैले त आफ्नो बगैंचामा रुख लगाइसके। के तपाईंले लगाउनु भयो ?” मुम्बई मेट्रोको आधाकारिक ट्वीटर ह्याण्डलबाट यसमा रिप्लाई गरिएको छ, “श्रीमान बच्चन हामीलाई यहाँका मित्रले आवश्यकताको समयमा मेट्रोलाई विश्वास गरेकोमा धेरै प्रसन्नता भएको छ। साथै मुम्बई निवासीहरूसँग आफ्नो अनुभव साझा गर्नु भएकोमा यहाँलाई हार्दिक धन्यवाद। यहाँको दिन मंगलमय होस्।” अमिताभको यस ट्वीटमा अधिकांशले नकारात्मक टिप्पणी गरेका छन्। उनको यसै ट्वीटलाई लिएर मुम्बई निवासीहरू प्रदर्शनमा उत्रिएका हुन्। उनले रुख बचाउन गरेको आव्हानप्रति व्यङ्ग गर्दै प्रदर्शनकारीले ‘सेभ आरे’ र “गार्डन्स डन्ट मेक फोरेस्ट्स( बगैंचाले जंगल बन्दैन)” लेखिएका प्लेकार्ड छन्। के हो प्रदर्शनको कारण ? केही दिन अगाडि मात्रै मुम्बईमा ‘मेट्रो यार्ड’ निर्माणको लागि भन्दै २७ बढी रुख काटिए पछि यसविरुद्ध प्रदर्शन भैरहेको छ। यस प्रदर्शनमा केही दिन अगाडि बलिउड अभिनेत्री श्रद्धा कपूर समेत सामेल बहेकी थिइन्। उनले बृहद-मुम्बई महानगरपालिका अन्तर्गतको वृक्ष प्राधिकरणको यस निर्णयलाई ‘अविवेकी’ बताएकी थिइन्। स्थानीय निकायको यस निर्णयविरुद्ध धेरैले फेसबुक र ट्वीटरमा असन्तुष्टि पोखेका थिए। यस्तोमा अमिताभले मुम्बई मेट्रोलाई समर्थन गरेको र त्यो पनि मेट्रोलाई रुख बचाउने कामसँग जोडेको देखेर मानिसहरू आक्रोशित भएका हुन्। उनीहरूले मेट्रो बन्दा रुख जोगिने नभई रुख झनै काटिने बताइरहेका छन्। अमिताभ सामाजिक संजालमा निकै सक्रिय रहेका छन्। उनी ट्वीटरमा २०१० देखि सक्रिय छन् र यसमा उनका ३ करोड ८५ लाख फलोवर रहेका छन्। अमिताभ हरेक दिन जसो ट्वीट गर्ने गर्दछन् र उनका धेरै जसो ट्वीमा लाखौँको संख्यामा सकारात्मक प्रतिक्रिया आउने गरेका छन्।

काभ्रेमा ७ हेलिकोप्टर आकस्मिक अवतरण, सबै यात्रु सकुशल

काभ्रे । मौसम खराबका कारण काठमाडौं जान नसकेपछि सात वटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण भएका छन । लुक्लाबाट काठमाडौ उडेका चार वटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् । भने काभ्रे र सिन्धुलीको सिमाना नेपालथोकमा तीन वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् । अवतरण भएका सात वटै हेलिकप्टरका यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभे्रका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले लुक्लाबाट विदेशी पाहुना लिएर काठमाडौ आउँदै गरेका चारवटै हेलिकप्टरमा विदेशी पर्यटक रहेको बताए । गिरीका अनुसार काभ्रेको पाँचखाल नगरपालिका वडा नम्वर २ जोरपाटीमा तीन वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् भने पाँचखाल नगरपालिका २ कै हर्सेमा एक वटा हेलिकप्टर अवतरण गरेको छ । अविरल परेको पानी र हुस्सुका कारण लुक्लाबाट उडेका हेलिकप्टर राजधानी जान नसकेका हुन् । मनाङ्ग एयरका दुई वटा, सिम्रिक, कैलाश एयरका एक÷एक वटा हेलिकप्टर पाँचखाल २ जोरपाटी र हर्सेमा आकस्मिक अवतरण गरेका हुन् । चार चालक सहित विदेशी पर्यटक २१ जना सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै नेपालथोकमा अवतरण गरिएका सबै हेलिकप्टरमा पर्यटक रहेको प्रहरीले जानकारी दिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

टि–२० सिरिजः स्कटल्याण्ड र नेदरल्याण्ड्स भिड्दै (LIVE)

काठमाडौंः त्रिकोणात्मक टि–२० सिरिज अन्तर्गत स्कटल्याण्ड विरुद्धको खेलमा नेदरल्याण्डसले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल आयरल्याण्डको डब्लिनमा भइरहेको छ । स्कटल्याण्ड–नेदरल्याण्डसँगै सिरिजमा आयरल्याण्ड पनि खेलिरहेको छ । सिरिजको पहिलो खेल वर्षाका कारण नेदरल्याण्डस र आयरल्याण्डले अंक बाँडेका थिए ।

क्रिकेट संघको चुनाव असोज १० र ११ गते हुने

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान)को असोज १० र ११ गते हुने भएको छ । अन्तर्राट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच असोज १० र ११ मा चुनाव गर्ने सहमति भएको हो । आईसीसीका ईमरान ख्वाजा र अमर शेख सहितको टोलीले सोमबार बिहान राखेप सदस्य सचिव रमेश सिलवाल र स्वतन्त्र कमिटिका कानूनी परामर्शदाता राजेश्वर श्रेष्ठसंग छलफल गरेपछि सहमति जुटेको हो । यसअघि स्वतन्त्र टोलीले ३ र ४ गतेका लागि विशेष साधारणसभा बोलाएको थियो ।

फेरि ह्वात्तैै बढ्यो सुनको मूल्य !

काठमाडौंः नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । लगातार ओरालो लागिरेहको सुनको मुल्य सोमबार प्रतितोला एक हजार एक सय रुपैयाँले बढेर ७१ हजार ३ सय पुगेको छ । आइतबार प्रतितोला ७० हजार २ सयमा सुनको कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघका अनुसार सोमबार तेजावी सुनको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ६९ हजार ९ सयमा कारोबार भएको तेजावी सुनको मूल्य सोमबार ७१ हजार पुगेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला २५ रुपैयाँले बढेको छ । महासंघले सोमबार चाँदीको मूलय ८ सय ६५ तोकेको छ । चाँदी आइतबार प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

तेल प्रशोधन केन्द्रमा आक्रमणपछि तेलको मूल्य बढ्यो

एजेन्सीः साउदी अरबका तेल प्रशोधनस्थलमा दुईवटा आक्रमण भएपछि पेट्रोलियम पदार्थको मूल्य चार महिनामा सर्वोच्च भएको छ । शनिवार ती आक्रमण भएपछि साउदी अरबले तेल र ग्यासको उत्पादनमा कटौती गरेको थियो । त्यसबाट विश्वभरि हुने आपूर्ति पाँच प्रतिशतले ले घटेको छ । व्यापार सुरु हुँदा ब्रेन्ट कच्चा तेलको मूल्य १९५ ले वृद्धि भई प्रतिब्यारल ७१.९५ अमेरिकी डलर पुगेको थियो । त्यसैगरी वेस्ट टेक्सस इन्टरमिडिएट भनिने अर्को कच्चा तेलको मूल्य १५५ ले बढ्दा प्रतिब्यारल ६३.३४ डलर पुग्यो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा सञ्चित तेल वितरण गर्न अनुमति दिएपछि बढेको मूल्य केही घट्यो । पूर्ववत् तेल उत्पादन गर्न साउदी अरबलाई हप्तौँ लाग्न सक्नेछ। साउदी अरबको तेल उद्योगको केन्द्रमा भएका ड्रोन आक्रमणले संसारकै सबैभन्दा विशाल तेल प्रशोधन केन्द्र प्रभावित भएको छ । अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले ती आक्रमणमा इरान संलग्न भएको आरोप लगाएका छन् । तर तेहरानले उक्त आरोपको खण्डन गर्दै त्यसलाई अमेरिकाको ‘जाल’ भनेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्विटरमार्फत् अमेरिकाले दोषी चिनेको टिप्पणी गरेका छन् । अमेरिका कारबाहीका लागि तयार रहेको आशय व्यक्त गर्दै उनले साउदी अरब कसरी अघि बढ्न चाहन्छ त्यो जान्न आफूले प्रतीक्षा गरिरहेको बताए । तेहरानसँग निकट मानिएका यमनका हुथी विद्रोहीहरूले आक्रमण आफूहरूले गराएको दाबी गरेका छन् । तेल आपूर्तिमा कस्तो प्रभाव पर्ला? साउदी अरबले आक्रमणबारे विस्तृत विवरण दिएको छैन । तर उसले ती आक्रमणमा कोही हताहत नभएको बताएको छ । उसले तेल उत्पादनबारे भने केही सङ्केत गरेको छ। साउदी ऊर्जा मन्त्री राजकुमार अब्दुलअजिज बिन सलमानले विशाल प्रशोधन केन्द्रहरू प्रभावित भएकाले उत्पादन केही घट्न गएको बताएका छन् । साउदी अधिराज्य संसारको सबैभन्दा ठूलो तेल निर्यातकर्ता हो । उसले दैनिक ७० लाख ब्यारलभन्दा बढी परिमाणमा तेल अन्यत्र पठाउने गरेको छ । लन्डनस्थति इन्टरफ्याक्स एनर्जीसँग आबद्ध विश्लेषक अभिषेक कुमार भन्छन्, ‘साउदी अधिकारीहरूले आगो नियन्त्रण भएको दाबी गरेका छन् । तर अब्काइक र खुरैसमा व्यापक क्षति भएको जस्तो देखिन्छ । अनि तेल आपूर्ति सामान्य हुन हप्तौँ लाग्न सक्छ ।’ (बीबीसी)

मुक्तिनाथ जाँदै गरेको भारतीय बस दुर्घटना, २७ यात्रु घाइते

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा सोमबार बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको र बाँकी सबै डिस्चार्ज भइसकेका छन् । घाइतेमध्ये छ जनाको अवस्था मध्यम रहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । रासस