रविमाथि आरोप प्रमाणित भए दफा १८७ अन्तर्गत कार्वाही हुनसक्ने, के छ कानुनमा व्यवस्था?

काठमाडौं  । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या नोट मानिने भिडियो सार्वजनिक भएपछि कार्यक्रम प्रस्तोता रवि लामिछाने सबैको चासोमा रहेका छन् ।

यो पनि पढ्नुहोस्
शालिकराम आत्महत्या प्रकरणः अस्मिता कार्की पक्राउ

पुडासैनीले रवि लामिछानेको समूहले दिएको पीडा व्यक्त गर्दै रेकर्ड गरेका १३ मिनेट जम्मा समयका दुईवटा भिडियोमा न्यूज २४ टेलिभिजनमा काम गर्दा रवि लामिछानेले आफैलाई दुख दिएको र फसाउन खोजेको आरोप लगाएका छन् ।

भिडियोका सार हेर्दा रवि लामिछाने र उनको टीमको पीडा खेप्न नसकी पत्रकार पुडासैनीले आत्महत्या गरेको बुझ्न सकिन्छ ।

यद्यपी उनले भनेका आरोपकै कारण आत्महत्या गर्नैपर्ने अवस्था थियो या थिएन भन्ने बहस पनि अहिले चलेको छ । लेखक दिल निशानी मगरले आफ्नो सामाजिक सञ्जालमा आरोप लगाइएकै विषयमा मर्नैपर्ने थियो र ? भन्ने आशयको प्रश्न समेत नगरेका होइनन् ।

अहिले अनुसन्धानका क्रममा रहेकोले यो आत्महत्याका कतिपय पक्षहरु अनुत्तरित छन । त्यसैले यसै होला या यो नै सत्य हो भन्ने विषयमा निक्र्यौलमा पुग्न सकिने अवस्था छैन ।

प्रहरीले समेत सबै कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ । तर भिडियोमा जसरी पत्रकार पुडासैनीले रबि लामिछानेलाई दोषारोपण गरेका छन् । त्यसलाई आत्महत्याको मुख्य कारण (मोटिभ) मान्ने निष्कर्शमा प्रहरी अनुसन्धान पुग्यो भने रबि लामिछानेमाथि कार्वाही हुने देखिन्छ । यदि त्यो प्रमाणित भएन भने या त्यो निश्कर्षमा प्रहरी पुगेन भने उनी कार्बाहीबाट जोगिन सक्छन् ।

नेपालको फौजदारी संहिता २०७४ ले आत्महत्या गर्न दुरुत्साहन गर्न नहुने भन्दै यदि कसैले कसैलाई आत्महत्याका लागि उक्साएको खण्डमा या त्यस्तो परिस्थिति सिर्जना गरेको खण्डमा त्यसका लागि सजाय तोकको छ ।

फौजदारी संहिताको परिच्छेद १२ ज्यान सम्बन्धी कसूरको दफा १८५ मा यसबारेमा स्पष्टसँग लेखिएको छ ।
दफा१८७  मा लेखिएको छ-

१८७.  आत्महत्या गर्न दुरुत्साहन दिन नहुने आत्महत्या गर्न दुरुत्साहन दिन नहुने ः

(१) कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा दुरुत्साहन दिई त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गरिदिन हुंदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैंयाँसम्म जरिबाना हुनेछ ।

भिडियो सार्वजनिक भएपछि रबि लामिछानेले प्रारम्भिक प्रतिक्रिया दिँदै मृतक शालिकराम पुडासैनीलाई ठूलो भ्रम परेको र थप जानकारी फेरी सार्वजनिक गर्ने बताएका छन् ।

अर्कोतर्फ प्रहरीले पुडासैनीसँग जोडिएका कतिपय अन्य पक्षको समेत अनुसन्धान गरिरहेको छ । तर भिडियोमा हेर्दा भने रबि लामिछाने आत्महत्याको परिस्थिति सिर्जन गर्ने मुख्य पात्र रहेको आम बुझाई बन्न थालेको छ ।

यो स्थितिमा रबि लामिछानेमाथि कार्वाही हुने अवस्थामा यो उनको जीवनको सबैभन्दा दुखद क्षण बन्ने संकेत देखिएको छ ।

यस्तो छ कारण अनलाइन सपिङमा अविश्वास

विगत केही वर्षदेखि नेपालमा पनि अनलाइन सपिङ गर्ने चलन बढेको छ । तर, अहिलेसम्म पनि अनलाइन सपिङले उपभोक्ताको खासै विश्वास जित्न सकेको देखिँदैन । किन त ? कारण धेरै होलान् । तीमध्ये केही खोतल्ने प्रयास गर्दैछु्र विगत केही दिनदेखि फेसबुकमा एउटा फोटोले धेरै चर्चा बटुलेको छ। माथिको यही फोटो हेरेर यो ब्लग लेख्न मन लाग्यो । अनलाइन सपिङ्गको वेबसाइट बनाएरै अमेजोन डट कमले गरेको प्रगति त तपाइँले सुन्दै–पढ्दै आउनु भएकै होला । तर, नेपालमा चाहिँ किन फस्टाउन सकिरहेका छैनन् अनलाइन सपिङ ? प्रत्येक अनलाइन सपिङ्ग साइटमा एकै सामानको भिन्दाभिन्दै मूल्य हुन्छ । त्यो पनि धेरै फरक । आफ्नो मनपरी अंकित मूल्य राखेर धेरै छुट दिएको देखाउने गरेको पाइन्छ । मैले यहाँ एउटा सामानलाई उदाहरणको रुपमा लिएको छु, (K18S Smart Heart Rate Monitor watch) यो घडीको वास्तविक मूल्य कति ? यही एउटा घडीको अंकित मूल्य २९९९ देखि ७९९९ सम्म राखेर छुट दिएको देखियो । आखिर यसको वास्तविक मूल्य कति ? कहिलेकाहीँ त एउटै साइटमा पनि एउटै सामान बेच्नेहरुले फरक फरक मूल्य राखेको देखिन्छ । पसलमा त अंकित मूल्य राख्ने पनि नियम हुन्छ । के अनलाइन सपिङ्गमा कुनै नियम छैन ? यो हाम्रो चिरपरिचित हङकङ बजार भनिने भृकुटीमण्डप भन्दा उग्र भएनरु कि के नियम छ जान्नेहरुको उत्तरको प्रतीक्षा गर्दछु । अनलाइन सपिङ्गमा मान्छेको विश्वास नहुने मुख्य कारण मलाई चाहिँ यही लाग्छ । अरु पनि तल लेख्ने कोसिस गरेको छु । २) फोटोमा हेर्दा एउटा सामान, डेलिभरी आउँदा त्यस्तै तर भिन्न (जो अहिले सामाजिक संजालमा धेरै चर्चित छ) ३) पसलमै गएर मोलमोलाइ (बार्गेनिङ) गरी गरी किन्ने बानी छ। अनलाइन सपिङ्गमा एक मूल्य हुन्छ जहाँ बार्गेनिङ गर्न पाइन्न । ४) धेरै पहिलादेखि हातैले छामेर सामान किन्ने बानी परेका नेपालीलाई फोटो हेरेर किन्ने बानी लगाउन गाह्रो छ। त्यहाँमाथि यी अनलाइन सपिङवालाहरुले फोटोमा एउटा भिडाउने अर्को समेत गर्छन् । ५) विदेशमा मानिसहरुसँग समयको अभाव छ। नेपालीहरुसँग जति पनि समय छ । एउटा पसलमा गयो, बार्गेनिङ गर्‍यो, चित्त बुझेन, फेरि अर्को पसल गयो । कसैले त एउटा सामान किन्न २, ३ दिन पनि घुम्ने गर्छन् ।

ट्रकको ठक्करबाट पुलमा क्षति, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोलामा पुलमा क्षति हुँदा राजमार्ग अवरुद्ध भएको छ । ट्रक ठोक्किँदा पुलमा क्षति भएको हो । प्रहरीकानुसार पुलमा क्षति पुगेपछि बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो । ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुलबाट ठूला सवारी साधान आवत–जावत गर्न नसक्ने अवस्था भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । बिहानैदेखि सडक अवरुद्ध भएपछि अहिले अरुणखोलामा गाडी रोकिएर लाम लागेको छ ।  साना सवारी भने एकतर्फी रुपमा सञ्चालन भइरहेको छ । प्रहरी निरीक्षक अधिकारीका अनुसार तत्काल पुल मर्मत हुन सक्ने सम्भावना कम भएकाले वैकल्पिक बाटोको प्रयोग गर्न भनिएको छ ।

हतियार र विष्फोटक पदार्थसहित विप्लवका २ कार्यकर्ता पक्राउ

स्याङ्जाः हतियार र प्रतिबन्धित सामग्रीसहित स्याङजामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीरकोट नगरपालिका ९, का शिव दर्लामी र मोहन सिंजाली रहेको प्रहरीले जानकारी दिएको छ । शंकास्पद गतिविधि गरेको आशंकामा पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले एक थान एअरगन, बम जस्तो देखिने ‘आईडी’ ५ थान, चन्दा उठाउने रसिद प्याड र विप्लव समूहका विभिन्न दस्तावेज बरामद गरेको छ । विप्लव नेतृत्व नेकपाको दस्तावेज फेला परेपछि छानबिन गर्दा हतियार फेला परेको प्रहरीले ५० लाख चन्दा लिएको १८ थान लेटर प्याड पनि फेला परेको छ । विप्लव समूहका दस्तावेज र लेटर प्याड फेला परेको आधारमा प्रहरीले उनीहरु विप्लव कार्यकर्ता रहेको अनुमान गरेको छ ।

दिल्लीमा थपिए अर्का लेग स्पिनर, अब सन्दीपलाई कति गाह्रो?

काठमाडौं । इन्डियन प्रियिमर लिग (आइपीएल) काे आगामी संस्करणका लागि टिमहरुले खेलाडी फेरबदल गर्न सुरु गरेका छन । यसैबीच मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सले पनि एक–एक खेलाडी साटफेर  गरेका छन् । मुम्बईले लेग स्पिनर मयंक मयंक मार्कडेलेलाई रिलिच गरेको छ । मुम्बईले उनलाई रिलिज गरेसँगै मार्कडेलाई दिल्लीले टिममा लिएको छ । मंयकको स्थानमा मुम्बईले दिल्लीका अलराउन्डर शेरफन रदरफोर्डलाई टिममा सामेल गरेको छ । शेरफनले वेस्ट इन्डिजका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् । प्रमुख रोजाइमा पर्न सन्दीपलाई गाह्रो २१ वर्षीय मार्कण्डे दिल्ली गएसँगै तीन वर्षे सम्झौताको अन्तिम सिजनमा रहेका नेपालका युवा लेगस्पिनर सन्दीप लामिछानेलाई पहिलो रोजाइमा पर्न गाह्रो हुने भएको छ। मार्कण्डले २०१८ को सिजनमा मुम्बईका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। गत सिजन भने उनले ३ म्याच मात्र खेलेका थिए। दुई वर्षअघिको सिजनमा उत्कृष्ट खेलेका मार्कण्डे भारतीय भएकाले उसैपनि गत सिजनमा आधा भन्दा बढी खेल्न नपाएका सन्दीपले टिममा पर्न थप प्रतिस्पर्धा गर्नु पर्नेछ। सन्दीपले गत सिजन दिल्लीबाट ६ खेल खेल्दै ८ विकेट लिएका थिए। अब दिल्लीमा नेपालका सन्दीपसँगै मार्कण्डे, अमित मिश्रा र राहुल टेवाटिया गरी चार जना लेगस्पिनर भएका छन्।

१० लाख ठगी गरेर फरार रहेकी महिला पक्राउ

काठमाडौं, साउन १५ । वैदेशिक रोजगारमा मानिस पठाउने ईजाजतपत्र बिना नै साइप्रसको आकर्षण देखाई १० लाख ५० हजार ठगी गरेर फरार महिलालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको सितापाइलाकी ४३ वर्षीया पुनम नेपालीले ६ महिनाभित्र वैदेशिक रोजगारीका लागि साइप्रस पठाईदिने भन्दै शान्तकुमार तामाङसँग २०६६ असार २१ गते १० लाख ५० हजार रुपैयाँ लिएर ठगी गरेकी प्रहरीले जनाएको छ । प्रतिवादी पुनम नेपालीलाई वैदेशिक रोजगार कसूर मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको मिति २०६९ असार ३१ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । उल्लेखित सजाय वेरुजु रही फरार रहेकी उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार पक्राउ गरेको हो । ठगी गरेको आरोपमा उनलाई काठमाडौं जिल्ला अदालतले २०६६ असार २१ गते जरिवाना र पीडितलाई हर्जाना समेत गरी १५ लाख ७५ हजार दिलाई दिने फैसला गरेको थियो । प्रहरीले फैसला कार्यान्वयनको लागि बुधबार काठमाडौं जिल्ला अदालतमा पेश गरेका निज प्रतिवादीलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको छ। नेपालखबरबाट

ग्लोबल टि–२० लिगः सन्दीपआवद्ध टिमविरुद्ध गेलको नाइट्सले टस जित्यो

काठमाडौं, साउन ९ । नेपालका २ क्रिकेटर आवद्ध ग्लोबल टि–२० क्यानडा लिग अन्तर्गत उद्घाटन खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध टोरोन्टो नेसन्सविरुद्ध भाकुंभर नाइट्सले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति १०ः१५ बजेदेखि सुरु भएको छ । टोरोन्टोमा भारतीय पूर्वक्रिकेटर युवराज सिंह र भाकुंभरमा क्रिस गेल कप्तान रहेका छन् । खेल भारतीय च्यानल स्टार नेटवर्क र अनलाइनमा हटस्टारमा देख्न सकिने छ । सन्दीप र सोमपालले २ वटा खेल गुमाउने सन्दीपले टि–२० क्यानडा लिगका सुरुवातका २ खेल गुमाउने भएका छन् । उनी आइसीसी टि–२० विश्वकप एसिया छनोटका लागि सिंगापुरमा रहेकाले सुरुवातका २ खेल गुमाउने भएका हुन् । यस्तै अर्का नेपाली बलर सोमपाल कामीले पनि लिगका शुरुवातका २ खेल गुमाउने छन् । उनको टिम विनिपेग हक्सले पहिलो खेल शनिबार मोन्टेरियल टाइगर्सविरुद्ध खेल्दैछ ।

विश्वकप फुटबलको दोस्रो छनौट चरणमा नेपालसँग खेल्ने टीम सार्वजनिक, नेपाललाई अप्ठेयारो पर्न सक्ने

काठमाडौं, साउन १ । सन् २०२२ मा हुने विश्वकप फुटबलमा नेपाल सहभागी हुन सक्ला त ? कम्तिमा नेपाली प्रशंसकहरुले छनौट भएको चाहेका छन् । फिफा बरियताको ३४ औं नम्बरमा रहेको नेपालले आफ्नो स्थान सुरक्षित राख्न दोश्रो चरणको फुटबल खेल पनि जित्नुपर्नेछ । यो छनौट चरणको घोषणा आज गरिएको छ । सूचि हेर्दा नेपालले निकै सशक्त टीमसँग प्रतिष्पर्धा गर्नुपर्ने छ । एसियन फुटबल फेडेरेसनले मलेसियामा बुधबार सार्वजनिक गरेको ड’ मा नेपालसँगै समूह ‘बी’मा कुबेत, चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलिया परेका छन् । एसियाका ४० राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । एसियाली राष्ट्रमा फिफा बरियताको शीर्ष ३४ भित्र पर्दै नेपालले विश्वकप छनोटको दोस्रो चरण खेल्न लागेको हो । डबल राउन्ड रोबिनको आधारमा हुने विश्वकप छनोटको दोस्रो राउण्ड होम एण्ड अवे गरी खेल्नेछन् । पहिलो चरणको खेल यही वर्षको सेप्टेम्बर ५ तारिखदेखि सुरु हुनेछ । आठ समूह विजेता र ४ उत्कृष्ट उपविजेता गरी १२ टिमले विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन् । त्यस्तै, यी १२ टिमले नै सन् २०२३ मा हुने एसियन कपमा स्थान बनाउने छन् ।

सेनाको १५ हजार जनशक्ति राहत र उद्धारमा

काठमाडौं, श्रावण १ । नेपाली सेनाले वर्षापछिको विपद् उद्धार तथा राहत वितरणका लागि १५ हजार जनशक्ति खटाएको छ । बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा नेपाली सेनासँग भएका विपद् उद्धारका सामग्रीसहित १५ हजार जनशक्ति खटाइएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो । त्यस्तै, सेनाले बाढीपहिरो र डुबानमा परेकाको खोजी, उद्धार र राहतका लागि सातवटा हेलिकोप्टरसमेत तयारी अवस्थामा राखेको छ । काठमाडौंमा दुईवटा एमआई १७, एउटा एएलएच, एउटा अगस्टा, एउटा इक्युरेल तथा इटहरीमा एउटा बेल र धनुषामा एउटा एमआई १७ गरी सात हेलिकोप्टर तयारी अवस्थामा रहेको जनाइएको छ । हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा सरकार र जिल्ला विपद् व्यवस्थापन समितिले वितरण गर्न तयार गरेको राहत सामग्री ढुवानी गरिएको छ । अविरल वर्षासँगै गएको पहिरोका कारण अवरुद्ध विभिन्न राजमार्ग सुचारु गरी यातायात सञ्चालनमा सहयोग गर्ने, तटीय क्षेत्रमा तटबन्द निर्माण, नाला सफाइजस्ता कार्य जारी राखिएको पनि निर्देशनालयले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

मलेसियालाई तेस्रो झड्का, बसन्तलाई पहिलो सफलता (LIVE)

काठमाडौं, असार २८। मलेसिया विरुद्धको टि–२० सिरिज अन्तर्गत पहिलो खेलमा टस हारेर बलिङको मौका पाएका नेपालले तेस्रो विकेट लिएको छ । नेपाललाई तेस्रो सफलता दिलाउने क्रममा बसन्त रेग्मीले विरन्दीप सिंहलाई ५७ रनमा आउट गरे । यसअघि सन्दीप लामिछाने र सोमपाल कामीले एकएक विकेट लिइसकेका छन् । आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले मलेसियासँग खेलिरहेको हो । नेपालको प्लेइङ–११ मा कोकोले पाए मौका? पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, प्रदीप ऐरी, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, करण केसी र ललित नारायण राजवंशी । https://www.youtube.com/watch?v=gG0UnRsWObA

घूस लिँदै, प्रमाणपत्र दिँदैः पनिकाका अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा

काठमाडौं, असार २४ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुका अधिकृत रामबहादुर कर्माचार्यले घूस लिएर परीक्षामा अनुत्तीर्ण परीक्षार्थीलाई समेत पास भएको शैक्षिक प्रमाणपत्र जारी गरेको पाइएको छ । घूस लिई परीक्षा नतिजा फेरबदल गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्माचार्यविरुद्ध सोमबार मुद्दा चलाएको छ । उनीसहित भक्तपुर क्याम्पस, दूधपाटीका शिक्षण सहायक सुरेन्द्रप्रसाद कोइराला र अर्का एक परीक्षार्थी केदार भट्टराईविरुद्ध पनि मुद्दा परेको छ । कोइरालाले पनिकाबाट मानविकी संकायका तीन विषयमा नम्बर थपाएर प्रमाणपत्र लिएका थिए । उनी अधिवक्तासमेत हुन् । परीक्षाको परिणाममा फेरबदल गर्न कर्माचार्य र कोइरालाबीच ४ लाख ५० हजार रुपैयाँ लेनदेन भएको पाइएको अख्तियारको भनाइ छ । कर्माचार्य पनिका गोप्य शाखाका मानविकी संकायका अधिकृत हुन् । स्नातकोत्तर मानविकी संकायको अर्थशास्त्र, ग्रामीण विकास र सामाजिक शास्त्र विषयको परीक्षाफल प्रकाशनमा नम्बर थपिएको हो । ‘अर्थशास्त्रमा गोल्ड मेडल ल्याउने उद्देश्यले अरू परीक्षार्थीको भन्दा बढी नम्बर ल्याउन अनुचित ढंगले नम्बर थपेको पाइयो,’ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, ‘त्यस्ता व्यक्तिलाई सन् २०१९ को विश्वविद्यालयको दीक्षान्त हुँदा प्रथमको हकदार बनाइएको भेटियो ।’ ग्रामीण विकासमा पनि नम्बर थप्न लगाएर कोइरालाले प्रथम श्रेणीको प्रमाणपत्र लिएका छन् । उनले सामाजिक शास्त्रतर्फ अनुपस्थित रहेको विषयमा समेत कर्माचार्यबाट अंक थपाएर उत्तीर्णको शैक्षिक प्रमाणपत्र लिएका हुन् । कर्माचार्य र कोइरालाबीचको मिलेमतोमा तीन संकायका १५ वटा विषयमा ३ नम्बरदेखि ५० नम्बरसम्म थपिएको छ । अख्तियारको अनुसन्धानमा तिनै कोइरालाले अर्का परीक्षार्थी भट्टराईको प्रमाणपत्रमा समेत अंक थपाएको भेटिएको छ । प्रमाणपत्रमा नम्बर बढाउन कोइरालाले १ लाख ५० हजार र भट्टराईको नम्बर थपेका प्रमाणपत्र लिन ३ लाख रुपैयाँ घूस लेनदेन गरेका थिए । भट्टराईसँग ३ लाख घूस लिएर उनले गोप्य शाखाका प्रमुख कर्माचार्यलाई नम्बर थप्न लगाएका हुन् । भट्टराईलाई अर्थशास्त्रको स्नातकोत्तर तहका ५ विषयमा १०–१० अंकका दरले ५० नम्बर थपिएको हो । भट्टराईसँग लिएको रकम कोइरालाले कर्माचार्यलाई दिएर नम्बर थपाएको अख्तियारले जनाएको छ । भट्टराई बानेश्वर बहुमुखी क्याम्पसका प्रशासनिक अधिकृत हुन् । जथाभावी नम्बर थपेर शैक्षिक प्रमाणपत्र जारी गरेको आरोपमा अख्तियारले कर्माचार्य र कोइरालालाई नियन्त्रणमा लिएर छानबिन थालेको थियो । कोइरालाले पनिकाबाट डिग्रीका ४ प्रमाणपत्र लिएका छन् । तीमध्ये ३ वटामा नम्बर थपिएको भेटिएको हो । छानबिनका क्रममा उनीहरूमार्फत भट्टराईले समेत नम्बर थपेर प्रमाणपत्र लिन सफल भएको देखिएको हो । कर्माचार्यले कोइरालामार्फत घूस लिएर अरू परीक्षार्थीको पनि प्रमाणपत्र जारी गरेको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको छ । विषय शिक्षकबाट उत्तरपुस्तिका परीक्षण भएर आएपछि कम्प्युटरमा अंक चढाउने बेला गोप्य शाखाका अधिकृत कर्माचार्यले नम्बर थपिदिने गरेका थिए । यस विषयमा त्रिविले समेत आन्तरिक छानबिन गरेको थियो । परीक्षकले मार्कस्लिपमा दिएको नम्बर कम्प्युटरमा इन्ट्री गराउने बेला अंक बढाएको रजिस्ट्रार डिल्लीराम उप्रेतीले बताए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

गुठीको मर्म र भावनामा कुनै असर नपरोस् भन्नेमा सरकार सचेत छः मन्त्री अर्याल

काठमाडौं, असार ६ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मुलुकका विभिन्न समुदायको धार्मिक र सांस्कृतिक तथा गुठीको मर्म र भावनामा कुनै असर नपरोस् भन्नेमा सरकार सचेत रहेको बताएकी छिन् । प्रतिनिधिसभामा विनियोजन विधेयक २०७६ अन्तर्गत भूमि व्यवस्था मन्त्रालयमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले भनिन्, “सरकारका तर्फबाट एउटा सङ्कल्प व्यक्त भइसकेको छ, हाम्रो धर्म, परम्परा, मान्यता र मठमन्दिरसँग जोडिएको मर्म एवं भावनानुकूल काम गर्न सरकार कति पनि विचलित छैन ।” अर्को प्रसङ्गमा उनले देशको आफ्नै स्रोत र साधन प्रयोग गरेर सगरमाथाको उचाइ नाप्ने काम भइसकेको बताउँदै भनिन्, “३३५ वटा स्थानीय तहको नापनक्शा गर्ने काम भूउपयोगका माध्यमबाट भइसकेको छ, बाँकीको छिटोभन्दा छिटो पूरा गरिनेछ ।” सरकार भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्न प्रतिबद्ध छ भन्दै उहाँले एक लाख ५२ हजार भूमिहीन घरपरिवारलाई जग्गा वितरण गरिसकिएको तथा मुक्तहलिया र कमैयाको हकहितका पक्षमा काम गरिने बताइन् । सरकारी र सार्जजनिक जग्गाको संरक्षणका लागि समिति गठन गरिसकिएको र मुलुकका ६६ मालपोत कार्यालयमा कम्प्युटरका माध्यमबाट काम शुरु भइसकेको उनले जानकारी दिइन् । मोहियानी हकलाई स्थापित गर्ने सन्दर्भमा कानून बनाउनेतर्फ सरकार अघि बढेको बताउँदै उनले गरीब लक्षित कार्यक्रमलाई सबैभन्दा पछि परेको समुदाय र स्थानबाट शुरु गरिने बताइन् । भूउपयोग ऐनमार्फत चक्लाबन्दी शुरु भएको र त्यस्तो काममा लाग्नेलाई प्रोत्साहन गर्ने काम भइरहेको बताउँदै उनले भूउपयोगलाई व्यवस्थित गरी उत्पादकत्व र आर्थिक वृद्धि हासिल गरिने बताइन् । भूमिहीन, सुकुम्बासी, दलित, मुक्तकमैया, हलिया, हरवाचरवा, कम्लहरीलगायत पिछडिएका र सीमान्तकृत वर्गको भूमि र भूमि स्रोतमा पहुँच पुर्याउने विषयलाई विशेष प्राथमिकता दिइने बताउँदै उनले समान प्रकृतिका सहकारीलाई एकीकृत गर्ने काम शुरु भइसकेको जानकारी दिइन् । मन्त्री अर्यालले भनिन्, “आधुनिक नापनक्शाका प्रविधि अवलम्बन गरी शुद्ध, विश्वसनीय नापजाँच, भूसूचना उत्पादन र वितरण, जग्गा प्रशासनलाई सरल, सहज, पारदर्शी तुल्याई कम्प्युटर अनलाइन प्रविधिबाट सेवा प्रवाह सुनिश्चित गरिने छ । सरकारी सार्वजनिक र गुठी जग्गाको उचित संरक्षण, संवद्र्धन र विकास गर्ने कार्यलाई पनि सरकारले प्राथमिकतामा राखेको बताउँदै उनले आधुनिक प्रविधियुक्त जनशक्ति विकासमा पनि जोड दिइने बताइन् ।

पहिरन विवादबारे वर्षाको बयानः ‘जवाफ दिन जरुरी छैन’

काठमाडौं, असार ५ । प्रदर्शनरत नेपाली चलचित्र ‘जात्रै जात्रा’को सफलताले हौसिएकी अभिनेत्री वर्षा राउत खासै विवादमा फसेकी छैनन् । यद्यपि, विभिन्न कारणले फिल्मवृतमा उनको चर्चा भने भइरहेको हुन्छ। तर, कहिले काहिँ जीवनमा नसोचेको घटना आइपर्छ । गर्न एउटा खोजे पनि भइदिन्छ अर्को । फिल्म करिअरको करीब ५–६ वर्षमा खासै मुश्किल समय नगुजारेकी वर्षाले हालै एक कठिन परिस्थितिको सामना गर्यो । चलचित्र ‘जात्रै जात्रा’ को प्रदर्शनका लागि अष्ट्रेलियामा रहँदा उनी नराम्रोसँग ट्रोलको शिकार भइन् । यसको कारण थियो, उनको पहिरन। उनले लगाएको सेतो र कालो रंग मिसिएको पहिरन घाँटीतर्फको भाग निकै खुलेको थियो भने वक्षस्थलको आधाभन्दा बढी भाग स्पष्ट देखिएको थियो । उनको यस पहिरनले दर्शक अचम्मित भए । किनकि यसअघि वर्षा यस प्रकारको पहिरनमा देखिएकी थिइनन् । ट्रोलर्सले विवाहपछि उनी उत्पादै बोल्ड भएको भन्दै ट्रोल बनाए । दुईअर्थी शब्द प्रयोग गरेर पनि थुप्रै खालका ट्रोल बने । यसले उनको व्यक्तिगत जीवनमा नराम्रो असर गर्‍यो । तर, उनलाई श्रीमान् संजोग कोइरालाले नै साथ दिए । संजोगले उनलाई जस्तोसुकै परिस्थितिमा साथ दिने भन्दै स्टाटस लेखे । ‘जात्रै जात्रा’ टिमले पनि वर्षालाई हौसला दिँदै स्टाटस लेख्यो । केही सेलिब्रेटीले पनि उनलाई सपोर्ट गरे। पर्दामा प्रायः साधारण युवती वा विवाहित महिलाको भूमिका निभाउँदै आएकी वर्षा पहिरनलाई लिएर भएको विवादबारे भने लामो समय मौन रहिन् । तर, मंगलबार राजधानीमा भएको चलचित्र ‘जात्रै जात्रा’ को स्पेशल शोमा सञ्चारकर्मीले पहिरनलाई लिएर भएको विवादबारे उनको भनाई जान्न खोजे । ‘जीवन जात्रा हो’ लेखिएको टिर्सट लगाएकी उनले आफूलाई सपोर्ट गर्ने सबैलाई धन्यवाद दिँदै यसको जवाफ दिन जरुरी नभएको बताइन् । ‘म त्यस पहिरनमा कन्फटेबल छु । मेरो वरिपरि भएका मानिसहरुलाई समस्या छैन । मेरो परिवारलाई केही समस्या छैन । मलाई माया गर्ने दर्शकहरुलाई केही समस्या छैन भने मलाई यसको जवाफ दिन आवश्यक छ भन्ने लाग्दैन’, उनी कड्किइन् । वर्षाले आफ्नो व्यक्तिगत जीवनमा भने ट्रोलले केही फरक पारेको बताइन् । आफूलाई मन परेको पहिरन लगाउन पाउने स्वतन्त्रता सबैमा रहेको पनि उनी बताउँछिन् । अहिले वाक स्वतन्त्रताको कुरा उठिरहेको अवस्थामा पहिरनमा पनि स्वतन्त्रता हुने बताउँदै वर्षा अगाडि भन्छिन्, ‘आफूलाई जे मन लाग्छ त्यो लगाउनुस् र, दुनियाँको कुरा नसुन्नहोस् ।’ वर्षाको पहिरनको विवाद भएपछि उनको समर्थनमा फेसबुकमा स्टाटस लेखेका ‘जात्रै जात्रा’ का निर्देशक प्रदीप भट्टराईले यसलाई आफूले साधारण रुपमा लिएको बताए । यस विषयमा अभिनेता विपिन कार्की भने मौन रहे ।

दुर्गममा खाद्य डिपो स्थापना, स्थानीय खुशी

जाजरकोट, असार ५ । नेपाल खाद्य संस्थानले जुनिचाँदे गाउँपालिका–११ ताँगामा नयाँ बिक्री केन्द्र स्थापना गरेको छ । जिल्लाको सबैभन्दा दुर्गम ठाउँमा रहेको ताँगामा पहिलो पटक डिपो स्थापना भई खाद्यान्न बिक्री कार्य शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । ५०० क्विन्टल चामल स्वीकृत भई पहिलो चरणमा ४५ क्विन्टल लिएर ताँगा गएका कार्यालय प्रमुख धर्मबहादुर बस्नेतले सेवा उद्घाटन भएको एकघण्टा नबित्दै खाद्यान्न बिक्री भएर सकिएको छ । खाद्यान्न कम उत्पादन हुने यस क्षेत्रमा यातायातको सहज पहुँच नहुँदा सजिलै खाद्यान्न ढुवानी गरेर लिनसमेत कठिन रहेको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए । गाउँपालिकाको पटक, पटकको पहलबाट नयाँ खाद्य डिपो स्थापनासँगै यहाँका स्थानीयले सहजरुपमा अनुदानको चामल पाउने आशा व्यक्त गरेका छन् । दुर्गम क्षेत्रमा ५०० क्विन्टल चामल कम भएको भन्दै कोटा बढाउन यहाँका स्थानीयले माग गरेका छन् । यस क्षेत्रमा खाद्य डिपो स्थापना गरेर सर्वसाधारणलाई खाद्यान्न आपूर्तिमा सहज बनाउने वन तथा वातारणमन्त्रीको चुनावी एजेण्डा थियो । चुनावी एजेण्डा पूरा भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् । रासस

विश्वक क्रिकेटः दक्षिण अफ्रिकाद्वारा न्यूजिल्याण्डलाई मध्यम लक्ष्य

काठमाडौं, असार ४ । इंग्ल्याण्ड र वेल्समा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई २४२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको द. अफ्रिकाले निर्धारि ४९ ओभरमा ५ विकेट गुमाएर २४१ रन बनायो । उसका लागि रस्सि भान डर दुसेनले नट आउट ६७, हशिम अमलाले ५५, एडन मार्कमले ३८, डेभिड मिलरले ३६, कप्तान फाफ डुप्लेसीसीले २३, क्विन्टन डि ककले ५ र क्रिस मोरिसले नट आउट ६ रन बनाए । बलिङमा लकि फग्र्युसनले ३, मिचेल सान्टर, कोलिन डि ग्राण्डहोम र ट्रेन्ट बोल्टले एक–एक विकेट लिए ।  वर्षाका कारण ढिलो गरि टस भएको खेल ४९ ओभरमा झारिएको छ । दक्षिण अफ्रिकालाई आजको खेल जित्नैपर्ने दबाब छ । यदि उसले यो खेल हारेमा आगामी बाटो बन्द जस्तै हुनेछ । गत संस्करणमा न्यूजिल्याण्डसँग पराजित भएपछि दक्षिण अफ्रिका सेमिफाइनलबाट घर फर्किएको थियो । पछिल्लो खेलमा अफगानिस्तानविरुद्ध ९ विकेटले विजयी भएपछि दक्षिण अफ्रिका लयमा फर्किएको देखिन्छ ।  तर, शानदार प्रदर्शन गरिरहेको न्यूजिल्याण्डविरुद्ध जीत हासिल गर्न भने दक्षिण अफ्रिकालाई ठूलो चुनौती छ । तालिकामा न्यूजिल्याण्ड ७ अंकका साथ तेस्रो र दक्षिण अफ्रिका ३ अंक बटुल्दै आठौं स्थानमा छ ।

गेल र रसेल फेल हुँदा पनि वेस्ट इडिन्जले दियो विशाल लक्ष्य

काठमाडौं, असार १ । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले बंगलादेशलाई ३२२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३२१ रन बनायो । उसका लागि साई होपले १ छक्का र ४ चौकाको मद्दतमा १२१ बलमा ९६ रन बनाए । इभन लुइसले ७०, सिमरोन हिटमायरले ५०, कप्तान जसन होल्डरले ३३, निकोलश पूरनले २५, ड्वायन ब्रावाेले १९, ओसेन थोमसले नट आउट ६, क्रिस गेल र आन्द्रे रसेलले भने खाता नै खोल्न सकेनन् । बलिङमा बंगलादेशका मोहम्मद सैफउद्दिन, मुस्तफिजुर रहमानले ३–३ र शकिव अल हसनले २ विकेट लिए । केही बेरमा बंगलादेशले जवाफी ब्याटिङ गर्नेछ ।