प्रधानमंत्री बन्ने कुनै रहर छैन- अध्यक्ष ओली

काठमाडौं, चैत १२–एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पुनः प्रधानमन्त्री बन्ने रहर नभएको बताएका छन् ।

प्रज्ञा प्रतिष्ठानमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले अब बन्ने सरकार एमालेको हुने दाबी गरे ।

अब बन्ने सरकार एमाले नेतृत्वमा हुने दाबी गर्दै ओलीले भने, ‘मलाई प्रम हुने पटक्कै मन छैन । म नबनेपनि अबको सरकारले १० वर्षभित्र समृद्ध देश बनाउने छ । ’

नेपालको विकास गर्न इच्छाशक्तिमात्रै भए पुग्ने दाबी गर्दै ओलीले भने, ‘म प्रम हुँदा विकास गर्न पैसा नचाहिने अनुभव गरे । खाली योजनामात्रै बनाउन आवश्यक छ ।’ तर विकासका लागि चाहिने योजना अहिले सम्म बन्नै नसकेको बताउँदै उनले योजना बनेको खण्डमा रकमको कुनै खाँचो नपर्ने बताए ।

साउदी अरबले दियो ९० दिनको आममाफी

काठमाडौं , चैत ८  ।  साउदी अरबले गैरकानुनी हैसियतका कामदारलाई बिनासजाय स्वदेश फिर्न पाउने गरी आइबार ९० दिनको आममाफीको घोषणा गरेको छ । यो मार्च २९ बाट लागू हुनेछ । साउदीका राजकुमार, उपप्रधान तथा गृमहन्त्री मोहमद विन नैफले उल्लंघनबिनाको देश अभियान सुरु गर्दै आममाफी दिइएको हो । सरकारले तीन बर्षअगाडि पनि आममाफी दिएको थियो । त्यतिखेर ३५ हजार नेपाली स्वदेश फिर्न पाएका थिए । यो खबर आजको कान्तिपुरमा छ ।

चुनावअघि स्थानीय तहका केन्द्र परिवर्तन नहुने

काठमाडौं, चैत ७ । जिल्ला, जिल्लामा स्थानीय तहका तोकिएका केन्द्रहरु चुनावअघि परिवर्तन गर्न नसकिने स्थानीय विकास मन्त्रालयले जनाएको छ। कतिपय जिल्लामा तोकिएका केन्द्रबारे असन्तुष्टि जनाउँदै विवाद भइरहँदा निर्वाचनलाई लक्षित गरेर भौतिक संरचना भएका ठाँउहरुमा केन्द्र राख्नु आफ्नो वाध्यता भएको मन्त्रालयका अधिकारीहरुले बताएका हुन्। स्थानीय चुनावबाट निर्वाचित जनप्रतिनिधिले नै पछि ती केन्द्र परिवर्तन गर्न सक्ने उनीहरु बताउँछन्। विवाद रोल्पा, रुकुम, पर्वत, बाँके लगायतका देशका विभिन्न जिल्लामा हालै घोषणा गरिएका स्थानीय तहका केन्द्रलाई लिएर चर्को विवाद भैरहेको छ। स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै शुरुवात भएका यस्ता विवाद सरकारले प्रतिवेदनमा गरेको संशोधनपछि पनि हल हुन सकेका छैनन्। जसका कारण तोकिएका स्थानमा स्थानीय तहको कार्यालय स्थापना गर्ने काम हुन नसकेको बताइएको छ। आन्दोलन मार्फत केन्द्र परिवर्तनको माग गरिएको भए पनि तत्काल तोकिएको केन्द्र परिवर्तन हुन नसक्ने स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए। केही समयका लागि गरिएको व्यवस्थाका निम्ति धेरै विवाद गरिरहन आवश्यक छैन। त्यसैले यसै अनुसार स्थानीय स्तरमा विवाद मिलाउनुहोस् भनेर जिल्लाका अधिकारीहरुलाई भनेका छौं,’ उनले भने। चुनाव लक्षित स्थानीय तहको निर्वाचनका लागि स्थानीय तहका कार्यालयहरु भौतिक पुर्वाधार भएको स्थानमै राख्नु आफ्नो वाध्यता रहेको सचिव अधिकारीको भनाइ छ। उनले भने’चुनाव गर्नु छ र त्यसका लागि पहिलेको गाँउ विकास समितिको कार्यालय बनाएको ठाउँ भए सजिलो हुन्छ भन्ने भयो। तर तोकिएको केन्द्र त्यही गाविसमा भए पनि दुरी फरक परेकाले विवाद भएको हो  । ‘ बैशाख ३१ गते तोकिएको स्थानीय चुनावबाट निर्वाचित हुने जनप्रतिनिधिलाई एक पटकका लागि स्थानिय तहको केन्द्र परिवर्तन गर्न पाउने र वडाको केन्द्र पनि हेरफेर गर्न पाउने जस्ता अधिकार दिइएकाले हालको व्यवस्था अन्तरिम रहेको मन्त्रालयको भनाइ छ। नयाँ स्थानका निम्ति आवश्यक भौतिक पूर्वाधार निर्माण जस्ता काम पनि निर्वाचित स्थानीय सरकारले गर्न सक्ने भन्दै करिब दुई महिना पर्खन मन्त्रालयले आग्रह गरेको छ। बीबीसी नेपालीबाट

दुई सय ३१ नेपाली विदेशी जेलमा

काठमाडौं, चैत ७ ।  वैदेशिक रोजगारीका लगि विभिन्न देशमा पुगेका दुई सय ३१ भन्दा बढी नेपाली गम्भीर प्रकृतिको अभियोगमा जेलजीवन बिताइरहेका छन् । हत्या लागूपदार्थ, सडक दुर्घटना लगायत मुद्दामा दुई सय १९ पुरुष र १२ जना महिला जेल परेका हुन् । जेलमा परेका नेपालीको संख्या साउदीमा – ७६ जना कुवेतमा – ६१ कतारमा – ५० यूएईमा – १९ मलेसियामा – १३ बहराइनमा – ६ ओमानमा – ३ कोरियामा – २ इजरायलमा – १ कुवेतको जेलमा रहेका ३६ जनाले ६ महिनादेखि १५ बर्षे जेल सजाय काटिरहेका छन् भने, सात जनाको मुद्दा अदालती प्रक्रियामा छ । साउदी अरबको जेलमा रहेका ७६ मध्ये एकजनासँग ब्लडमनी लिन सहमति भएपनि रकम तोकिएको छैन । मलेसिया जेलमा रहेका १३ जनामध्ये १० जनालाई मृत्युदण्डको सजाय पाउने अभियोगमा जेलमा राखिएको छ । एक जानलाई जन्मकैदको सजाय तोकिएको छ । एकजनालाइृ भने अवस्था नखुलेको भन्दै नेपाल फिर्ता गर्ने केन्द्रमा ल्याइएको छ । जेलमा रहेका मध्ये १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ भने थप १४ जनालाई पनि मृत्ुदण्ड हुनसक्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ । कुवेतमा ५, साउदीमा ३, मलेसियमा १० र यूएईमा एकजनालाई मृत्युदण्डको फैसला भइसकेको छ । यो खबर आजको अन्नपूर्ण पोस्टमा  छ ।

देशभर एसइई परीक्षा सुरु, पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी

भक्तपुर,  चैत ३ । आज बिहान ८ बजेदेखि देशभर एकैसाथ एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षाअर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) सुरु भएको छ । देशभर एकैसाथ आज अङ्ग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सुरु भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) शान्तिपूर्ण रुपमा सुरु भएको हो । परीक्षामा देशभरबाट दुई लाख ५९ हजार सातसय ३२ छात्र र दुई लाख ७८ हजार चारसय ५० छात्रा गरी कुल पाँच लाख ३८ हजार एकसय ८२ परीक्षार्थी सहभागी भएका छन् । परीक्षाका लागि देशभर कुल एकहजार नौसय २३ केन्द्र निर्धारण गरिएको छ । त्यसैगरी, एक हजार नौ सय २३ केन्द्राध्यक्ष, दुई हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार चारसय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार पाँचसय ९१ जनशक्ति खटाइएको नियन्त्रक रेग्मीले जानकारी दिनुभयो । परीक्षा नियन्त्रक रेग्मीका अनुसार भोलि चैत ४ गते अनिवार्य नेपाली, ६ गते अनिवार्य गणित, ७ गते अनिवार्य विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछ । परीक्षा साधारणतर्फ चैत ११ गते र प्राविधिकधारतर्फ चैत १४ गते सम्पन्न हुनेछ । विगतका वर्षमा एसएलसी परीक्षाका रुपमा लिइँदै आएको यो परीक्षा नयाँ शिक्षा ऐनमा विद्यालय तहको अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा सञ्चालन गर्ने उल्लेख गरेपनि तयारी नपुगेको भन्दै यस वर्ष अन्तिम पटकका लागि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सञ्चालन गरेको हो । परीक्षालाई मर्यादित बनाउन तीन तहका सुरक्षा निकाय तैनाथ गरिएको छ । परीक्षा अनुगमनका निम्ति मन्त्रालयले सहसचिवको नेतृत्वमा १८ वटा अनुगमन टोली खटाएको छ । त्यसैगरी क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लाको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिको अनुगमन टोली पनि खटिएका छन् । रासस

नेपाली कामदारलाई अमेरिका लैजाने प्रलोभन देखाई लाखौं रुपैयाँ ठगी

काठमाडौं, चैत ३ ।  मुनलाइट सर्भिसेज कम्पनीका नाममा एक गिरोहले शृंखलाबद्ध रुपमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई अमेरिकाको द बोइङ कम्पनीमा पाँचबर्षे करारमा रोजगार लगाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको खुलेको छ । ६ बर्षअघि खाडी राष्ट्रमा रहेका नेपाली कामदारलाई अमेरिका लैजाने प्रलोभन देखाई ठग्दै आएको यो गिरोहले अहिले मलेसियामा रहेका नेपालीलाई सोही प्रलोभनमा पारी ठगी गरिरहेको भेटिएको हो । मुनलाइट सर्भिसेज कम्पनीका नाममा महेश राणा भन्ने व्यक्तिले मलेसियामा कार्यरत नेपालीबाट अहिले लाखौँ रुपैयाँ असुलेर ठगी गरेका हुन् । यो खबर आजको नागरिकमा छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ लाई सम्मान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार प्रधानमन्त्री कार्यालयमा सम्मान गर्दै नेपाल औषधिगत बिक्री प्रबन्धक सङ्घका पदाधिकारी । तस्बिर:  रोशन सापकोटा, काठमाडाै

लाइभः जवाफी व्याटिङमा नेपाल, तीन ओभर १३ रन, दुई विकेट

काठमाडौं, फागुन ३० । आइसिसी विश्व क्रिकेट लीग अन्तर्गत केन्याले दिएको १५६ रनको लक्ष्य पछ्याएर व्याटिङमा उत्रिएको नेपालको दोस्रो विकेट पतन भएको छ । सागर पुन व्यक्तिगत ५ रन बनाएर अाउट भएका हुन् । यसअघि दोस्रो ओभरको दोस्रो बलमा ओपनर सुनिल धमला शून्य रनमा आउट भएका थिए । अहिले क्रिजमा कप्तान ज्ञानेन्द्र मल्ल  दीपेन्द्रसिंह एेरी छन् । एेरीले यसअघि केन्यासँग २२ रन बनाएका थिए । केन्याले दिएको १५६ रनको चुनौति नेपालले पछ्याइरहेको हो । त्रिवि क्रिकेट मैदान कीर्तीपुरमा टस हारेर पहिले व्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ४६ दशमलब एक बलमा अक आउट भएर १५५ रन बनायो । नेपालका लागि शरद भेष्वाकरले ४ विकेट लिए ।

१५ ओभरको खेलमा २ विकेट गुमाउँदै केन्याले जोड्यो ४० रन

काठमाडौं,  फागुन ३० ।  आइसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीप अन्तर्गत केन्यासँग भइरहेको खेलमा केन्याले १४ अोभरमा ३७ रन जोडेको  छ । त्रिवि क्रिकेट मैदान किर्तीपुरमा भइरहेको खेलमा नेपालले फिल्डिङ गरिरहेको छ भने केन्याले व्याटिङ गरिरहेको छ ।

प्रेमीसँग पूजा गर्दै गर्दा पशुपतिमा भेटीइन् नायिका केकी अधिकारी !

काठमाडौं, फागुन २९ । नायिका केकी अधिकारी प्रेमीसँग पूजा गर्दै गर्दा पशुपतिमा भेटीएकी छिन । नेपालकी अहिलेकी चर्चित तथा व्यस्त नायिका केकी आज प्रेमीसँगै पशुपति भेटिएकी हुन् । तर, केकीको रियल प्रेम नभएर एउटा म्युजिक भिडियोको लागि इमान्दार प्रेमी बनेकी हुन् । केकीले भिडियोमा नरेनसँग जोडी मात्रै नबाँधी एक कुशल प्रेमीकाको भूमिकामा सशक्त अभिनय गर्न सफल भएकी छिन् । काठमाडौँको पाशुपत क्षेत्र, बेलायतका केही रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा केकी बृद्धाको रोलमा पनि देखिएकी छिन् । अर्जुन पोख्रेलको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोलाई निर्देशक समन अधिकारीले निर्देशन गरेका हुन् । keki adhikari 8 keki adhikari 3 keki7 keki adhikari 2 Bimalendra Nidhi meets Sushma Swaraj (Nepal's Deputy Prime Minister and Minister for Home Affairs Bimalendra Nidhi meets Indian Minister for External Affairs Sushma Swaraj in New Delhi of India, on Friday, August 19, 2016. Photo: MEAIndia/Twitter) keki adhikari 5 भिडियोमा केकीको अध्यामिक, सामाजिक अवतार समेत देख्न पाइन्छ । दिपेन्द्र थपलिया र कुशल श्रेष्ठको छायांकनमा तयार भएको गीतको भिडियोलाई निशान घिमिरले सम्पादन गरेका हुन् । हरि ढकाल कन्सेप्ट निर्देशक रहेको गीतको बजार ब्यबस्थापन बुढा सुब्बा म्यूजिकले गरेको छ । समाजसेवामा लागिन् केकी, पशुपतिको बृद्धाआश्रममा पुगेर बृद्धबृद्धालाई खुवाइन् खाना   गायक अनिश पाण्डेको मनसँग मन बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । लामो समयदेखि बेलायतमा बस्दै आएका गायक पाण्डेले बेलायतमा नै एक कार्यक्रमको आयोजना गरेर भिडियो सार्वजनिक गरेका हुन् । जसमा पछिल्लो समयकी चर्चित नायिका तथा मोडल केकी अधिकारीको दमदार अभिनय रहेको छ । भिडियोमा हेर्नुस् केकीको प्रेम जीवन

नेपाल केन्यासँग ५ विकेटले पराजित

काठमाडौँ, फागुन २८ । विश्व क्रिकेट लिग च्याम्पियनसीपको केन्यासँगको खेलमा नेपाल पाँच विकेटले पराजित भएको छ । डिएल मेथडअनुसार केन्याले ९३ रनको लक्ष्य २४.१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो । बर्षाका कारण खेल प्रभावित भएपछि डिएल मेथडअनुसार केन्याले २९ ओभरमा १०४ रनको लक्ष्य पाएको थियो । फेरि बीचमा वर्षा भएपछि अब केन्याले २६ ओभरमा ९३ रन बनाउनुपर्ने थियो । केन्याका लागि कप्तान रकिप पटेलले सर्वाधिक ३४ रन बनाए । इर्फान करिमले कोलिन्स ओबुयाले २४ रन बनाए । वर्षाका कारण खेल ३६ ओभरमा पुग्दा रोकिएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३६ ओभरमा पुरा ८ विकेट गुमाएर ११२ रन बनाएको थियो । तर, वर्षाका कारण लक्ष्य नयाँ लक्ष्य दिइएको थियो । वर्षाका कारण ३८ ओभरमा खेलाइएको खेलको पहिलो पारीमा नेपाली ब्याट्सम्यानले फितलो प्रदर्शन गरे । केन्याका बलरहरुले ओसिलो मैदानमा घरेलु टोलीलाई खुलेर खेल्न दिएनन् । अस्वस्थताका कारण कप्तान पारस खड्का नखेलेपछि आज ज्ञानेन्द्र मल्लले नेपालको कप्तानी सम्हालेका थिए । खेलमा ज्ञानेन्द्रले सर्वाधिक २७ रन बनाए । आजबाट राष्ट्रिय टिममा डेब्यू गरेका दिपेन्द्रसिंह ऐरीले १९ रन बनाए । ओपनर सुनिल धमला ३ रन मात्र बनाएर पेभिलियन फर्किए । सागर पुन १० रनमा आउट भए । शरद भेषावकरले पनि ३ रन मात्रै बनाउन सके । विनोद भण्डारी ४ रन बनाएर फर्किँदा मेहेबुब आलमले २ रन मात्रै जोडे । बसन्त रेग्मी ६ रनमा समेटिए । शक्ति गौचन र सोमपाल कामीले नवौं विकेटका लागि अविजित ३० रनको साझेदारी गरेका छन् । यो नेपालको इनिङमा सबैभन्दा धेरै रनको साझेदारी हो । पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र सुनिल धमलाले २१ रनको साझेदारी गरेका थिए । केन्याका लागि सेम नोङ्चे नेपालको ३ विकेट झारे । नेल्शन ओडिएम्बोले २ विकेट लिए । नेहिएम ओडिएम्बो, एलिज एन्टेनिओ र रकेप पटेलले एक(एक विकेट लिए ।

(लाइभ अपडेट): सागर क्याच आउट, नेपालको तेस्रो विकेट गुम्यो

काठमाडौं, फागुन २८ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीचको खेलमा नेपालको तेस्रो विकेट गुमेको छ । सागर पुन क्याच आउट भएसँगै नेपालको व्याटिङ पारी धर्मराएको छ । सागरले १० रन जोडे । यसअघि कप्तान ज्ञानेन्द्र मल्ल व्यक्तिगत २७ रन बनाइ बोल्ड आउट थिए । त्रिवि मैदान किर्तिपुरमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले १४ ओभरको खेल जारी रहँदा तीन विकेट गुमाई ४८ रन बनाएको छ । ओपनिङ व्याट्स्म्यान सुनिल धमला व्यक्तिगत तीन रन बनाइ क्याच आउट भएका थिए ।

ज्ञानेन्द्र आउट, दश ओभरमा नेपालको ४३ रन

काठमाडौं, फागुन २८ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीचको खेलमा नेपालको कप्तान आउट भएका छन् । उनी व्यक्तिगत २७ रन बनाइ बोल्ड आउट भए । त्रिवि मैदान किर्तिपुरमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले दश ओभरको खेल सकिँदा दुई विकेट गुमाई ४३  रन जोडेको हो । ओपनिङ व्याट्स्म्यान सुनिल धमला व्यक्तिगत तीन रन बनाइ क्याच आउट भए ।

केन्यासँग हारको बदला लिन यसरी अभ्यास गर्यो नेपाली टीमले (भिडियो)

आज केन्या र नेपालबीच कीर्तिपुरस्थित खेल मैदानमा निकै महत्वपूर्ण प्रतियोगिता हुँदैछ । नेपाली टोलीले यो खेलका लागि विगत एक महिनादेखि निरन्तर अभ्यास गर्दै आएको छ । कस्तो तयारी छ त नेपालको ? के नेपाल विश्वकप क्रिकेट खेल्ने सिंढी चढ्न सफल होला त ? हेर्नुस् हिजो शुक्रबार नेपाली टोलीको अभ्यास खेल यो भिडियोमा

नेपाल र केन्या भिड्दै, पुरानो हारको बदला लिन सक्ला त नेपालले ?

काठमाडौं, फागुन २८ । पुराना प्रतिद्वन्द्वी केन्या र नेपाल आज फेरी मैदानमा भिड्दैछन् । मौसलमले साथ दियो भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत पाँचौ चरणको एक दिवसीय खेल निकै रोचक हुने छ । दुई वर्षअघि डिभिजन–२ मा केन्याबाट नेपालले पराजय भोगेको थियो । मौसम विभागले भने दिनभरी पानी पर्ने बताएको छ । यो स्थितिमा खेल स्थगित समेत हुन सक्ने सम्भावना प्रबल छ । आजको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुन गइरहेको छ र खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । नेपालले केन्यासँगको दुवै खेल जितेमा १० अङ्क जोड्दै पाँचौं स्थानमा पुग्ने र यसबाट शीर्ष चारको सम्भावना जिवितै रहने छ । यदि दुवै खेल हारेको खण्डमा नेपालको शीर्ष चारमा रहर्ने सम्भावना पनि लगभग समाप्त हुनेछ । नेपालले केन्यासँग ५० ओभरको तीन खेल खेलेको छ र एउटा टी–२० पनि। ५० ओभरको ३ वटै खेल जितेको केन्याको यो ‘भर्सन’ मा बलियो उपस्थिति देखिन्छ। तर, टि–२० मा नेपालले केन्यालाई हराएको छ। आजको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ । विश्व क्रिकेट लिग च्याम्पियनसीप प्रतियोगितामा आठ खेल खेलेको नेपाल ६ अङ्क जोड्दै आठ टोली सम्मिलित च्याम्पियनसिपको छैटौं स्थानमा छ । केन्या भन चार खेलमा जित हासिल गरेपनि ८ अङ्कका साथ अङ्क तालिकामा नेपालभन्दा एक स्थान अगाडि छ । नेपालले लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत कीर्तिपुरमा खेलेको खेल अहिलेसम्म हारेको छैन्। त्यसैले केन्यासँगको दुई खेलबाट नेपालले राम्रो नतिजाका साथ ४ अंक बटुल्नेमा नेपाली टोली धेरै हदसम्म विश्वस्त देखिन्छ। यस्तो भएको खण्डमा नेपालले अंक तालिकामा केन्यालाई २ अंकले पछि पार्ने छ। लिग क्रिकेट च्याम्पियनसिपमा अन्तिम ४ मा स्थान बनाउने टिमले आउँदो वर्ष बंगलादेशमा विश्व कपको छनोट खेल्न पाउने छ। खेलका सबै टिकट बिक्रिी भइसकेका छन् । आजको खेल मौसम सफा भए साढे ९ बजे सुरु हुने तालिका छ । तर आजको खेल हुन नसके आइतबारका लागि सारिने छ ।

प्रदर्शनकारीमाथि गोली नचलाउ प्रधानमन्त्रीले निर्देशन दिएका थिए

काठमाडौं, फागुन २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा कुनै अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीलाई निर्देशन दिएका थिए । सप्तरीमा सोमबार भएको प्रदर्शनमा पनि संयम हुन निर्देशन दिएका थिए । उनले प्रदर्शनकारीमाथि गोली नचलाउनसमेत निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सप्तरी घटनाबारे टेलिफोन संवाद भएको छ । आफू गएको ठाउँमा किन ढुंगामुढा हुन्छ ? किन असुरक्षा सिर्जना हुन्छ भन्दै ओलीले प्रधानमन्त्रीसँग प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्रीले घटना कसरी भयो र कस्ले भड्कायो भनेर एमालेले नै समीक्षा गर्नुपर्ने बताए । ‘देशलाई थप मुठभेडमा लग्ने कि जोगाउने, तपाईंहरूका शीर्ष नेताहरू बसेर समीक्षा गर्नुहोला,’ प्रधानमन्त्रीले जवाफ दिएको स्रोतले जनाएको छ । गृहमन्त्री निधि कैलालीबाट काठमाडौं फर्कंदै कैलाली कांग्रेसले मंगलबार आयोजना गर्ने कार्यक्रममा भाग लिन गएका गृहमन्त्री विमलेन्द्र निधि सोमबार राति नै काठमाडौंतर्पm लागेका छन् । उनले एमाले अध्यक्ष केपी ओली र तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग टेलिफोन वार्ता गरेका छन् । तराईमा कार्यक्रम स्थगन गर्न ओलीलाई आग्रह गरेका निधिले ठाकुरलाई भने संयमता अपनाउन भनेका छन् । निधिले तमलोपा अध्यक्ष ठाकुरलाई घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचारको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन् । यो खबर आजको नयाँ पत्रिकामा  छ ।