स्थानीय तह निर्वाचनको मतगणना जारी

काठमाडौं,जेठ १ । अार्इतवार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना मतगणना सुरु भएको छ। महानगरपालिका, नगरपालिका र गाउँपालिकामा अहिलेसम्मको परिणाम अनुसार सबैजसो ठाउँमा ठुला दलहरुले नै अग्रता लिएका छन ।

काठमाडौँ,ललितपुर, काभ्रे लगायतका केही नगरपालिका र गाउँपालिकामा सुरु भैसकेको छ। आइतबार सम्पन्न निर्वाचनको मतगणना राती १२ बजे देखि नै कतिपय ठाउँमा सुरु भएको हो।

काठमाडौँको टोखा र दक्षिणकाली, कागेस्वरी नागार्जुन मनोहरा, शंखरापुर, कीर्तिपुर नगरपालिका मतगणना सुरु भएको छ। त्यस्तै ललितपुर महानगरपालिका, ललितपुरकै महालक्ष्मी नगरपालिका,महांकाल र कन्जोसोमक गाउँपालिकामा मतगणना सुरु भएको छ।

काभ्रेको बनेपा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, नवलपरासीको देउचुली, गैँडाकोट र मध्यविन्दु नगरपालिकामा मतगणना सुरु भएको छ।

एनआईसी एसियाद्वाराआस्वा सेवा निशुल्क

काठमाडौं, वैशाख ३० ।  एनआईसी एसिया बैंकले सेयर आवेदनको आस्वा सेवा नि:शुल्क गरेको छ । बैंकका १ सय ७ वटै शाखाबाट बिना कुनै शुल्क आस्वा सेवा प्रदान गरिने जारी विज्ञप्तिमा उल्लेख छ । धितोपत्र बोर्डले नयाँ आर्थिक वर्षको सुरुवातसँगै सेयर बजारमा आस्वा प्रणाली अनिवार्य गरेको इकान्तिपुर अनलाईन संसकरणले उल्लेख गरेको छ ।

निर्वाचनको प्रचारमा रेखा र कोमल पनि घरदैलो कार्यक्रममा व्यस्त

काठमाडौं, वैशाख २५ । चलचित्र क्षेत्र र गायन क्षेत्रका सेलिब्रेटी रेखा थापा र कोमल वली पनि यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रचारप्रसारमा व्यस्त देखिएको छ । रेखा र कोमल पनि राजनीतिमा करिअर हुर्काउनेतिर तीव्रताका साथ लागिपरेकी छन् । संगीत त जननी हुन्, छोड्ने कुरै भएन । कोमल वली राजनीतिमा लागेपछि जनताको मन बुझ्ने मौका पाएकी छु । कुनै समय फ्यानहरूको भीडबाट नायिका रेखा थापा जोगिएर हिँड्नुपर्ने अवस्था थियो । अचेल उनी विनम्र बोलीका साथ दर्शकहरूकै घरदैलो पुग्ने गरेकी छन् । फिल्मी सम्बन्धका कारण स्टारडम जोगाउन पनि रिजर्भ बस्नुपर्ने अवस्था थियो, राजनीतिमा लागेपछि यस्तो स्वभावमा परिवर्तन नल्याई सुखै भएन । ‘राजनीतिमा लागेपछि जनताको मन बुझ्ने मौका पाएकी छु,’ उनले भनिन् । यसैवर्ष राप्रपाको केन्द्रीय सदस्य भएकी रेखा स्थानीय चुनावको भरपूर सदुपयोग गर्दै घरदैलो पुगेकी छन् । उनी आफ्नो पार्टीको चुनावी प्रचारप्रसारमा खटिएको झन्डै दुई साता पुगिसकेको छ । उनले चितवन, मकवानपुर, हेटौंडालगायत स्थानमा जनतासँग प्रत्यक्ष भेटेरै ‘गाई’ चिह्नमा भोट हाल्न आग्रह गरिसकेकी छन् । ‘लामो पर्खाइपछि जनताले स्थानीय निर्वाचनबाट नेतृत्व छान्ने अवसर पाएका छन्, यस्तो महत्त्वपूर्ण समयमा असल नेतृत्व बुझेर मात्रै भोट खसाल्न अनुरोध पनि गर्दै हिँडेकी छु ।’ निर्वाचनमा यति बेला युवा सहभागिता लोभलाग्दो देखिँदै गएको छ । रेखाले पनि आफ्नो पार्टीमा युवा नेतृत्व रहेको दावी गरिन् । ‘मलाई विश्वास गरेर मेरो पार्टीमा भोट हाल्न चाहने शुभेच्छुकहरू थुप्रै देखेकी छु,’ उनले भनिन् । उनले निवार्चनपछि पार्टीले घोषणा गरे अनुरुप काम गरेन भने आफैले खबरदारी गर्ने समेत बताइन् । अबको समयमा युवालाई मौका दिनुपर्छ भन्ने उनको मान्यता छ । राप्रपाकै केन्द्रिय सदस्य रहेकी गायिका कोमल वली पनि स्थानिय निर्वाचनमा सक्रिय छिन् । नयाँ वर्षको उपलक्ष्यमा देशविदेशबाट सांगीतिक कार्यक्रम गर्न आएको निम्तो यत्तिकै थाती राखेर उनी चुनावी प्रचारप्रसारमा खटिएकी छन् । ‘नेताका लागि जनतासमक्ष प्रत्यक्ष भेटघाट गर्ने अवसर यति बेलै हो,’ उनले भनिन्, ‘यही महत्त्व बुझेर बाहिरका सांगीतिक कार्यक्रमहरू अहिलेलाई छाडेकी छु ।’ चुनाव प्रचारप्रसारको बेला राजनीतिक भाषण गरिरहँदा दर्शकश्रोताले ‘अब गीत नगाउने ?’ भन्दै गरेको चिन्ता सुन्दा उनलाई अचम्म लाग्छ रे । ‘संगीत मेरो जन्मआमा हो र राजनीति सन्तान भन्ने गरेकी छु,’ उनले भनिन्, ‘राजनीतिमा करिअर हुर्काउँदै छु, संगीत त जननी हुन्, छोड्ने कुरै भएन ।’ पार्टीको चुनाव प्रचारप्रसारमा उनी बर्दिया, टीकापुर, कञ्चनपुर, तुलसीपुर, सिन्धुपाल्चोकलगायत जिल्लामा पुगिसकेकी छन् । ललितपुर निवासी उनी आफ्नै क्षेत्रमा पनि उत्तिकै खटिरहेकी छन् ।

अदालत-संसदको झगडा नबढोस् : राजपा

काठमाडौं, बैशाख २३ । राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरुले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रकरणसँगै सुरु राजनीतिक संकटको नयाँ अध्याय तत्काल अन्त्य गर्ने गरी दलहरुलाई उत्प्रेरित गर्न आग्रह गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निम्तोमा राजपाका नेताहरु शीतल निवास पुगेका बेला अदालतको अन्तरिम आदेश आएको आजको कान्तिपुरमा खबर छ । राजपा नेताहरुले संविधान संशोधान, चुनाव आदि विषयमा जेलिइरहेको राजनीतिक समस्या समाधान गर्नुपर्नेमा महाअभियोग प्रस्ताव थपिएकोमा चिन्ता ब्यक्त गरेका थिए ।

माग्नेबूढाकी श्रीमती पनि चलचित्र क्षेत्रमा

काठमाडौंँ, वैशाख १९ । नेपाली हाँस्यचलचित्र तथा नेपाल चलचित्रमा माग्ने बूढा भनी चिन्दै आएको केदार घिमिरे नेपाली दर्शकमाझ लोकप्रिय नाम हो । चोटिला संवाद बोलेर दर्शकको मन जित्न सफल कलाकार माग्ने बूढाकी धर्मपत्नी सीतादेवी घिमिरे पनि कलाकारितामा आएकी छिन् । कलाकारिताका लागि सीताले श्रीमान् केदारकै बाटो अर्थात् अभिनयलाई रोजेकी छिन् । त्यसो त एकताका ‘मेरी बास्सै’ श्रृंखलामै माग्ने बूढाकी श्रीमती मैयाँकी सौता अर्थात् माग्नेकै दोस्री श्रीमतीको भूमिका निर्वाह गरेर उनले आफ्नो प्रतिभा प्रस्तुत गरिसकेकी छिन् । यतिबेला उनी आफ्नै श्रीमान् केदार तथा विल्सनविक्रम राईद्वारा निर्देशित हास्यश्रृंखला ‘खासखुस’ मार्फत दर्शकमाझ आएकी छिन्, जसमा उनले सीताकै भूमिका निर्वाह गरेकी छिन् । यो श्रृंखलामा उनले ‘ए उल्का अचम्म’ थेगोमार्फत दर्शकको मन जितिरहेकी छिन् । श्रृंखलाको अभिनयबाहेक सीतालाई अचेल स्टेज कार्यक्रममा समेत देख्न थालिएको छ । यसबीच सीताले केदार घिमिरेको शब्दमा ‘आज मैले भात पकाउनु भनें बूढालाई’ तथा ‘मलाई माग्न आ’को केटा’ शीर्षकका दुई गीत रेकर्ड गराएकी छिन्, जसलाई क्रमशः शिवराम बजगाईं तथा हरि लम्सालले संगीतबद्ध गरेका छन् ।

“चिरिप्पै तानी कोदोको पानी फकाउला सानीलाई”(भिडियो सहित )

काठमाडौं, वैशाख । निर्देशक रोजल थापाले युट्युबमार्फत सार्वजनिक गरेका “चिरिप्पै तानी कोदोको पानी फकाउला सानीलाई” बोलको गीतमा निर्देशक रोजलकै शब्द, संगीत र स्वर रहेको छ । क्रिस्टिना थापाको प्रेममा चुर्लुम्मै डुबेका मोडल दिव्य दाहाललाई मदिरा सेवन गर्ने बानी हुन्छ । क्रिस्टिनालाई यो बानी पटक्कै मन पर्दैन् । यसैबीच क्रिस्टिना र दिव्यको प्रेममा अर्का मोडल अमृत शाही ठकुरीको ईन्ट्री हुन्छ । अन्ततः क्रिस्टिनालाई अमृतले आफ्नी प्रेमीका बनाउँछन् । लक्षु प्रकाश मल्लको एरेञ्ज रहेको गीतको भिडियोमा रोहित बस्नेतको कोरियोग्राफी छ । रामेश्वर कार्कीले भिडियो खिचेका हुन् भने सम्पादन श्याम कुँवरले गरेका हुन् । गायक रोजल थापा आफैले भिडियो डायरेक्सन गरेका हुन् । गीतमा निर्देशक समेत रहेका रोजलकै शब्द, संगीत र स्वर रहेको छ ।    

प्रहरीका उच्च अधिकृतहरुलाई आइजिपी अर्यालकाे निर्देशन

काठमाडौं, बैशाख १९ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले चुनावी सुरक्षामा नअल्मलिन नेपाल प्रहरीका उच्च अधिकृतहरुलाई निर्देशन दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग दर्ता भएको र गृहमन्त्रीले राजीनामा दिएसँगै बदलिएको राजनीतिक अवस्थाप्रति अर्यालले सोमबार हेडक्वाटरमा विभागीय प्रमुखहरुलाई डाकेर यस्तो निर्देशन दिएका हुन् । अर्यालले चुनावी सुरक्षामा नअल्मलिई जिम्मेवारीअनुसारको काम गर्न निर्देशन दिएका आजको नागरिक दैनिकमा खबर छ ।  

हकप्रद शेयर जारी गर्ने तयारीमा सनराइज बैंक

काठमाण्डौ, वैशाख १६ । सनराइज बैङ्क लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नको लागि धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बैङ्कले हकप्रद निष्कासन गर्नको लागि वैशाख १५ गते स्वीकृति पाएको हो । बैंकले १० बराबर ३ अर्थात् १०ः३ अनुपातमा रू. एक सय अङ्कित दरको १ करोड ६३ लाख ५९ हजार ६ सय ३६ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । बैङ्कको विक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ । अब बैंकले केही दिनमा नै हकप्रदका लागि सेयरधनी दर्ता पुस्तिका बन्दको सूचना निकाल्दै हकप्रद निष्काशनको मिति निर्धारण गर्नेछ । गत आर्थिक वर्षमा ३३ दशलमव ३३ प्रतिशत बोनस बितरण गरेको बैंकको अहिले चुक्ता पूँजी पाँच अर्ब ४५ करोड ३२ लाख रुपैंया रहेको छ । बोर्डबाट स्वीकृत भएको हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी सात अर्ब नौ करोड रुपैंया नाघ्नेछ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी आठ अर्ब पूँजी पुर्याउन चालु आर्थिक वर्षको कमाईबाट ९० करोड बढी रकम बराबरको बोनस सेयर बितरण गर्नु पर्ने हुन्छ ।

विशाल स्मृति गोल्डकप : दोस्रो सेमीफाईनलमा आज नेपाल आर्मी र नेवा जनजागृति भिड्दै

काठमाडौं, वैशाख १४ । विशाल स्मृति गोल्डकप फुटवल प्रतियोगिताको दोस्रो सेमीफाईनलमा आज बिहिवार नेपाल आर्मी र नेवा जनजागृतिबिच प्रतिस्प्रधा हुँदैछ । आजको विजेताले उपाधीका लागि संकटा क्लवसंग खेल्नेछ । वीरगन्जको नारायणी रंगशालामा हिजो बुधवार भएको पहिलो सेमीफाईनलमा नेपाल पुलिस क्लवलाई ३–० ले हराएर संकटा फाइनलमा पुगेको हो । संकटा क्लव वीरगन्जमा चलिरहेको विशाल स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । संकटाको लागि मार्टिनले २ र राज पौडेलले १ गोल गरे । विशाल स्मृति प्रतिष्ठानले अयोजना गरेको प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

आगामी जेठ १२ गते ‘पर्व’ प्रदर्शन हुने

काठमाडौं, वैशाख ११ । नेपाली चलचित्र ‘पर्व’ यही आउँदो जेठ १२ गतेबाट विभिन्न हलहरुमा प्रदर्शन हुने भएको छ । यस नेपाली चलचित्र ‘पर्व’ मा कोशिश क्षेत्री, नम्रता श्रेष्ठ र माला लिम्बूलगायत अन्य कलाकारहरुको भूमिका रहेका छन् । यस ‘पर्व’ चलचित्रको भिडियो टे«लर हेर्न यसमा क्लिक गर्नुहोस्ः

साग चाहिन्छ ?

बेनी स्थित होटल शिखरमा गाउँबाट डोकोमा बोकेर ल्याएको तरकारी बिक्री गर्दै बेनी नगरपालिका–२ खबराकी अगुवा कृषक पवित्रा कार्की । डोकोमा डुलाएर नै तरकारी विक्री गर्ने उनी बताउँछिन् । तस्बिर : कमल खत्री, म्याग्दी

माओवादी केन्द्र निकटको महिला भेला सम्पन्न

नेकपा(माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तीकारी) को रत्ननगर १५ को वार्ड भेला शुक्रबार सम्पन्न भएको छ ।  पार्टी PBM कञ्चन खनालको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले विमला ढकालको संयोजकत्वमा २५ सदस्यीय वार्ड कमिटी गठन गरेको छ । तस्वीर  : नेकपा माओवादीकेन्द्र रत्ननगर चितवनको फेसबुक पेजबाट

सल्यानमा एन्टी रेबिज खोपको अभाव

सल्यान , चैत १८ ।  सल्यानमा विगत लामो समयदेखि एन्टी रेबिज खोपको अभाव भएपछि सेवाग्राही समस्यामा परेका छन्। स्वास्थ्य संस्थालाई सरकारले निःशुल्क रुपमा वितरण गर्दै आइरहेको एन्टी रेबिज भ्याक्सिन विगत डेढ महिनादेखि अभाव भएपछि कुकुरले टोकेका बिरामी निजी क्लिनिकमा चर्को मूल्य तिरेर खोप लगाउन बाध्य भएका हुन्। जिल्ला अस्पताल सल्यान र उपस्वास्थ्य चौकी थारमारेबाट रेबिज रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको भएपनि गत फागुन पहिलो हप्तादेखि नै उक्त खोपको अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालय सल्यानले जानकारी दिएको छ। सल्यानमा मात्र नभई देशभर खोपको अभाव भएको जिल्ला जनस्वास्थ्य प्रमुख डा. मनिषा रावलले जानकारी दिए। प्रतिमहिना एकसयदेखि दुईसय खपत हुँदै आएकोमा फागुनदेखि खोपको अभाव हुँदा बिरामी रित्तो हात फर्किन बाध्य भएको रावलको भनाइ छ। क्षेत्र तथा केन्द्रमा पटक पटक माग गरिएको समेत उनले बताइन्। अबको एक–दुई हप्ताभित्रमा खोप आउने सम्भावना रहेको रावलको भनाई छ। रासस

अमेरिकाको म्याडिसन शहरमा नेपाली चलचित्र “बिजुली मेसिन”को स्क्रीनिंङ्ग

काठमाडाै‌, चैत १७ । अमेरिकाको विस्कनसिन राज्यको म्याडिसन शहरमा नेपाली चलचित्र ‘बिजुली मेसिन’ को स्क्रीनिंङ्ग गरिएको छ | नेपाली अमेरिकन मैत्री संघ म्याडिसनको आयोजनामा गरिएको उक्त स्क्रीनिंङ्गले नेपालमा २०१५ को भूकम्पले ध्वस्त बनाएको दोलखा स्थित हिलेपानी संस्कृत माध्यमिक बिद्यालय पुननिर्माणका लागि रकम जुटाउन गरिएको थियो | कार्यक्रममा मन्तब्य राख्दै मैत्री संघका अधक्ष्य पूर्ण श्रेष्ठले उपस्थित सबैलाई स्वागत गर्दै, स्कुल पुनर्निर्माणमा सहयोग गर्न आव्हान गर्नुभएको थियो | ​’बिजुली मेसिन’ को स्क्रीनिंङ्ग, विस्कनसिन, म्याडिसन, अमेरिका ‘बिजुली मेसिन’ केहि महिनाअघि डिसेम्बर ०२, २०१६ मा नेपालमा प्रदर्शनमा आएको थियो | उक्त चलचित्रलाई अधिकांस समिक्षकहरूले रुचाएका थिए | नविन अवालको लेखन तथा निर्देशन रहेको उक्त चलचित्रमा राजेश हमाल, बुद्धि तामांग, लक्ष्मी भुसाल, अविशेक सुबेदी, रेलिजा श्रेष्ठ आदि को भूमिका रहेको छ | चलचित्रको निर्माण टिममा रिशव आचार्य, बिन्दु तिमिल्सिना, संजिव न्यौपाने र दिपेन बस्नेत रहेका छन् | नेपालको पहिलो बिज्ञान सम्बन्धि कथा भएको चलचित्र मानिएको बिजुली मेसिनमा दुइ जिम्मेवार नागरिकको सामाजिक कथा प्रस्तुत गरिएको छ | चलचित्रमा बिज्ञान सम्बन्धि परामर्श सन्तोष लामिछानेले प्रदान गरेका हुन् | सन्तोष लामिछाने पनि म्याडिसनका रैथाने भएकाले उनी नै स्क्रिनिंग कार्यक्रमको संयोजन तथा संचालन गरेका थिए | कार्यक्रममा नेपाली, भुटानी, अमेरिकी मुलका सबै दर्शकले चलचित्र रुचाएका थिए | चलचित्रको प्रदर्शन पश्चात दर्शकहरूले “यस्ता पृथक र राम्रा चलचित्र नेपालमा अझ धेरै भन्नु पर्ने र बिजुली मेसिन एउटा राम्रोसंग निर्माण भएको चलचित्र हो” भन्ने आशयको अभिव्यक्ति दिएका थिए । बिजुली स्क्रिनिगको भिडियो

तस्वीरमा हेर्नुस् प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीचको भेट

बेइजिङ, चैत १४। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बीच बेइजिङमा भेटवार्ता भएको छ । सोमबार अपरान्ह वेईजिङस्थित ग्रेट हल अफ दी पिपलमा चिनियाँ राष्ट्रपति सि जिनपिङ र प्धानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो । प्रचण्ड र राष्ट्रपति सि जिनपिङबीच दुईपक्षीय सम्वन्धबारे महत्वपुर्ण कुराकानी भएको छ । प्रधानमन्त्री र राष्ट्रपति सि जिनपिङबीच ३० मिनेट भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा प्रधानमन्त्रीले यसअघिको सरकारले गरेका पारवाहन र उर्जासम्बन्धी सम्झौताको प्रोटोकल, ट्रान्स बोर्डर इकोनोमिक जोन र रेलमार्गका बारेमा कुराकानी गरेका छन् । चिनियाँ राष्ट्रपति सिले नेपालका तर्फबाट उनको ड्रिम प्रोजेक्ट वान वेल्ट वान रोड परियोजनामा समर्थनको अपेक्षा राखेकोमा प्रधानमन्त्री प्रचण्डले समर्थन जनाएका छन् । prachanda-xi jing 5 prachanda-xi ping prachanda-xi jing 4 prachanda-xi jing-2 prachanda-xi jing ping-1 उनका साथमा परराष्ट्रमन्त्री प्रकाशशरण महत, राजदुत लिलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास बैरागी र प्रधानमन्त्रीका एक जना स्वकीय सचिव रहेका छन् । आइतवार प्रधानमन्त्री दाहालले चिनियाँ उपप्रधामन्त्री वाङ् यङस‌ंग भेटवार्ता गरेका थिए । चीनको हेनानमा भएको बोअाअो फोरममा विशेष बक्ताको रुपमा सम्बोधन गर्न प्रधानमन्त्री चैत १० गते चीन गएका हुन् । तस्वीरहरु:एभरेष्टदैनिक/ कपीराइट

ओहो ! कति छिटो काटेको

कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका–१० का किसान अत्याधुनिक रिवाइन्डर मेसिनद्वारा गहुँ काट्दै । इटलीबाट भित्र्याइएको यस मेसिनले मुठासमेत बाध्ने काम गर्दछ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर