निर्वाचनबारे एमालेको यस्तो प्रस्ताव

काठमाडौं,  पुस १ । प्रमुख प्रतिपक्षी दल एमालेले संघीय संसद्को निर्वाचन पहिले गर्नुपर्ने निष्कर्ष निकालेको छ । सरकारले पुरानै संरचनाअनुसार स्थानीय निकायको निर्वाचन गराउने अन्तिम गृहकार्य गरिरहेका बेला एमालेले पहिला संघीय संसद्को निर्वाचन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले पछिल्लो राजनीतिक अवस्थाबारे गम्भीर छलफल गर्दै संवैधानिक संकट टार्न पहिला संघीय संसद्को निर्वाचन गर्ने प्रस्ताव अघि सारेको हो । एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले तीनै तहको निर्वाचनमा सरकारले गरिरहेको ढिलाइका कारण समस्या समाधानका निम्ति पहिला संघीय संसद्को निर्वाचन गर्नुपर्ने निष्कर्ष निकालिएको जानकारी दिए, आजको राजधानी दैनिकमा खबर छ ।

बाग्मतीसहित चार प्रदेशमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ । देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज देशका केही भू–भागमा हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहेको छ । मधेस प्रदेशका धेरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ । विभागले दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागका अनुसार राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । काठमाडौंमा आज बिहान ५ः ४५ बजेको न्यूनतम तापक्रम ३।५ डिग्री सेल्सियस रहेको छ ।

न्युरोडमा पार्किङ निषेधको विरोधमा व्यवसायी आन्दोलित

काठमाडौं । काठमाडौं महानगरपालिकाले गरेको न्युरोड क्षेत्रमा पार्किङ निषेधको विरोधमा व्यवसायीहरू दोस्रो दिन पनि आन्दोलित भएका छन् । महानगरपालिकाले मंगलबारदेखि लागु हुनेगरी धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको थियो । उक्त क्षेत्रका व्यवसायीहरुले महानगरले व्यवसायीहरुसँग समन्वय र पार्किङको विकल्प बिना एकतर्फी रुपमा निर्णय गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गर्दै व्यवसायीहरु व्यापार व्यवसायको सटर बन्द गरेर सडक आन्दोलनमा उत्रिएका हुन् । व्यवसायीहरुले स्थानीय सामाजिक संघ संस्था, व्यवसायिक संघ संस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति बनाएर सडक आन्दोलन शुरु गरेका हुन् ।  

पोखरामा जिप दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

कास्की । कास्कीको पोखरा महानगरपालिका वडा नं.१८ चिसाखोला नजिक बुधबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान सवा ९ बजेतिर मेथलाङबाट बागलुङ बसपार्कतर्फ आउँदै गरेको ग ३ च २६०३ नम्बरको जिप दुर्घटना हुँदा अरू दुई जना घाइते भएका छन् । दूध बोक्ने सिङ्गल क्याब बोलेरो नियन्त्रण गुमाई सडकको दायाँतर्फ २० फिट तल खस्दा पोखरा–१८, ग्यारजातीका ४९ वर्षीय कृष्णबहादुर थापाको निधन भएको हो । गम्भीर घाइते थापालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा घाइते पोखरा–१८, ग्यारजातीका ६९ वर्षीया हिमकला थापा र ७० वर्षीया चन्द्रकला थापाको उपचार भइरहेको छ । हिमकलाको टाउको र चन्दकलाको ढाडमा चोट लागेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले घाइतेलाई उद्धार गरी अस्पताल लगेको र उक्त सवारी प्रहरी नियन्त्रणमा रहेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।

देशको मौसमा आज कहाँ कस्तो ?

काठमाडौं । देशका केही स्थानमा आज हिमपातको सम्भावना छ । उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको हो । पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण वर्षाको सम्भावना भने छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ । विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको थियो । दिउँसो १६ देखि १८ डिग्री सेल्सियसबीच रहनेछ ।

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा केन्द्रमा मतदान हुनेछ । निर्वाचन आयोगले कानुनी व्यवस्थाबमोजिम निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न मतदान कार्य समाप्त नहुन्जेलसम्म गए राति १२ बजेपछि प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ । यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उमेदवार, दलका भ्रातृसंगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नमिल्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यस निर्वाचनमा प्रदेशसभाका सदस्यका निम्ति सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ । निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचकमण्डल रहनेछ । रासस

यस्तो रहनेछ आजको मौसमम

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । देशको तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागले राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया मौसम सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तीनवटा प्रदेशका केही स्थानमा हिमपातको सम्भावना रहेको र तराईमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात सेवा प्रभावित हुनसक्ने विभागको भनाइ छ ।

आजको मौसमा : हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको भने सम्भावना छैन । बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागले राति पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यी क्षेत्रमा हुनेछ वर्षा र हिमपात, काठमाडौंमा भने वर्षा नहुने

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । बिहान पहाडी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । तराईमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि काठमाडौं उपत्यकामा भने पानी नपर्ने मौसमविद्हरूले जानकारी दिएका छन् । विभागका अनुसार राति कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सहिदहरूको विवरण सच्याउने सरकारको निर्णय

काठमाडौँ । सरकारले राष्ट्रिय विकास परिषद्मा जिल्ला समन्वय समिति, स्थानीय तह र विभिन्न निकायका पदाधिकारीहरुमध्येबाट २५ जना सदस्यहरु मनोनयन गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यस्तै, सरकारले विभिन्न मितिमा सहिद घोषणा भएका र विवरण फरक परेका सहिदहरुको विवरण सच्याउने र नेपाल राजपत्रमा प्रकाशन हुन छुट भएका सहिदहरुको नाम प्रकाशन गर्ने तथा थप सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

नेपाल–भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर

काठमाडौं। नेपाल र भारत सरकार दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । सिंहदरवारमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले बिहीवार (आज) सम्झौतामा हस्ताक्षर गरेका हुन् । भारतीय विदेशी मन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् लैजाने गरी नेपाल र भारतबीच सहमतिपत्रमा हस्ताक्षर भएको बुझिएको छ । उर्जा मन्त्री शक्ति बस्नेतको उपस्थतिमा सहमति पत्रमा हस्ताक्षर भएसँगै भारतका सरकारी तथा निजी क्षेत्रका कम्पनीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा विद्युत् खरिद बिक्री सम्झौता गरी बिजुली लिन सक्नेछन् । के के विषयमा हस्ताक्षर भयो भन्नेबारे नेपाल र भारतका परराष्ट्र मन्त्री स्तरीय संयुक्त आयोगको बैठकपछि सार्वजनिक गरिने ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री सहायता कोषमा २८ करोड सङ्कलन

काठमाडौं । जाजरकोट भूकम्पप्रभावितका लागि सञ्चालित प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु २८ करोड रकम सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार कोषमा आजसम्म विभिन्न संस्था तथा व्यक्तिबाट कूल रु २७ करोड ९१ लाख ८९ हजार आठ सय ९९ जम्मा भएको छ । उनले कूल एक सय १७ भन्दाबढी सङ्घसंस्था तथा व्यक्तिबाट उक्त रकम जम्मा भएको जानकारी दिए । गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प भएको थियो । उक्त भूकम्पबाट ६७ हजार बढी परिवार प्रभावित भएका छन् । भूकम्पप्रभावित क्षेत्रमा सरकारको सहयोगमा अस्थायी आवास निर्माण गर्ने क्रम जारी छ ।

भारतीय विदेशमन्त्री जयशंकर भोलि काठमाडौं आउने, कम्तीमा दुई वटा सम्झौतापत्रमा हस्ताक्षर हुने

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार काठमाडौं आउने भएका छन् ।परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको औपचारिक घोषणा गरेको हो । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी काठमाडौं आउन लागेका हुन् । बैठक पुस १९ र २० गते काठमाडौंमा बस्नेछ । परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेश मन्त्री जयशंकरले बैठकमा आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । काठमाडौंमा बिहीबार हुने नेपाल–भारत संयुक्त आयोगको बैठकपछि दुई देशका विदेशमन्त्रीको उपस्थितिमा ती सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । हस्ताक्षरको लागि तयारी गरिएको सम्झौतामा नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् आयात गर्नेसम्बन्धी सम्झौता र उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी)को बजेट सीमा पाँच करोडबाट २४ करोड रुपैयाँ पुर्‍याउनेसम्बन्धी सम्झौता छन् । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय स्रोतका अनुसार बिहीबार नै तीन वटा अन्तरदेशीय विद्युत् प्रसारण लाइनको पनि उद्घाटन गरिने छ । रक्सौल–परवानीपुर, कुशहा कटैया र नौतनुवा– मैनिया विद्युत् प्रसारण लाइनको उद्घाटन परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ । नेपाल भ्रमणका क्रममा भारतका विदेशमन्त्रीले जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गर्नेछन् । भारतका विदेशमन्त्री जयशंकर शुक्रबार भारत फर्कनेछन् ।

राष्ट्रमा असल संस्कृतिको निरन्तरता र समाज सापेक्ष विकासको आवश्यकता छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रमा असल संस्कृतिको निरन्तरता र समाज सापेक्ष विकासको आवश्यकता रहेको बताएका छन् । तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । सरकारले ज्येष्ठ नागरिकका ज्ञान, अनुभव, सीप र नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्ने उनले बताएका छन् । प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन् , ‘यसका लागि सरकारले ज्येष्ठ नागरिकका ज्ञान, अनुभव, सीप तथा नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै परिवार, समाज तथा राष्ट्रलाई असल संस्कृतिको निरन्तरता र समाज सापेक्ष विकासको प्रेरणाको रूपमा लिएको छ।’ यस्तो छ शुभकामना सन्देश तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा जीवनको महत्वपूर्ण समय समाज र देशका लागि समर्पण गर्नुहुने सम्पूर्ण ज्येष्ठ नागरिक नेपालीप्रति हार्दिक बधाइ तथा शुभकामना प्रकट गर्दछु। ज्येष्ठ नागरिकको महत्वपूर्ण ज्ञान, सीप, अनुभव, आदर्श तथा नैतिक दर्शनले राष्ट्रको दीर्घकालीन हित र विकासको लागि मार्गदर्शन प्रदान गरेका छन्। सबै ज्येष्ठ नागरिकहरूको सम्मानित, आरोग्यपूर्ण र सुखमय जीवनयापनको सुनिश्‍चिततासँग जोडिएका विषयलाई राज्यले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रयास गरेको छ । ज्येष्ठ नागरिकहरूको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्‍चालनका महत्वपूर्ण निर्णयहरूमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न सरकार क्रियाशील छ। यसका लागि सरकारले ज्येष्ठ नागरिकका ज्ञान, अनुभव, सीप तथा नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै परिवार, समाज तथा राष्ट्रलाई असल संस्कृतिको निरन्तरता र समाज सापेक्ष विकासको प्रेरणाको रूपमा लिएको छ। देशको जनसाङ्‌ख्यिक संरचनामा आएको परिवर्तनसँगै बढ्दो ज्येष्ठ नागरिकको जनसङ्ख्याको समुचित व्यवस्थापनमा थपिएका चुनौतिहरूको सामना गर्न राज्यका सबै निकायहरू संवेदनशील हुन आवश्यक छ। जेष्ठ नागरिकहरूले जीवनपर्यन्त परिवार तथा समुदायबाट साथ र सहयोग प्राप्त गरिराख्‍ने अवस्थाको सिर्जना गर्न र एकल तथा असहाय जेष्ठ नागरिकको उचित हेरचाहको प्रवन्ध गर्न सरकार निरन्तर लागिपरेको छ। आफ्नो ऊर्जाशील समय कुनै न कुनै रूपमा राष्ट्रका लागि समर्पित गर्ने ज्येष्ठ नागरिकका अधिकारहरू प्रत्याभूत गर्न गरिएका व्यवस्थाहरू सामाजिक सुरक्षा भत्ता, ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, जेष्ठ नागरिक आश्रम, दिवा सेवा केन्द्र तथा उहाँहरूलाई सेवा सुविधामा प्राथमिकता, छुट एवं सहुलियत प्रदान गर्ने कार्यक्रमहरू प्रभावकारी देखिँदै आएको छ। आगामी दिनमा यस्ता कार्यक्रमहरू थप बिस्तार र गुणस्तरीय बनाउने विश्वास दिलाउन चाहन्छु। “ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान” भन्‍ने राष्ट्रिय मूल नाराका साध मनाउन लागिएको यस दिवसले जेष्ठ नागरिकको सम्पूर्ण अधिकारको सुनिश्चितता र आत्मगौरवको प्रत्याभूतिका लागि परिवार, समाज र राष्ट्रका प्रयासहरूलाई एकीकृत गर्नुपर्ने राष्ट्रिय जिम्मेवारी पूरा गरी सभ्यताको निरन्तरता र विकासमा प्रेरणा प्रदान गर्नेछ भन्‍ने विश्‍वासका साथ फेरि एकपटक तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु। धन्यवाद। ११ पुस २०८० पुष्पकमल दाहाल ‘प्रचण्ड’

तापक्रम घट्ने क्रममा : चिसोबाट जोगिन मौसम विभागको अनुरोध

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । विभागले अहिले देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाएको छ । आज दिउँसोको मौसम देशभर आंशिक बदली रहनेछ । आज राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै अन्य भागको मौसम सफा रहने छ । देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । आज सूर्योदय बिहान ६ बजेर ५० मिनेट र सूर्यास्त साँझ ५ बजेर १४ मिनेटमा हुनेछ ।