१९ वर्षमुनिको एशिया कपका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा

काठमाडौं, कात्तिक १२ । १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।

मलेसियामा आगामी कात्तिक २३ गतेदेखि मंसिर ४ गतेसम्म हुने प्रतियोगिताका लागि दिपेन्द्रसिंह ऐरीको कप्तानीमा टोलीको घोषणा गरिएको हो ।

टोलीमा रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सन्दिप सुनार, प्रनित थापा मागर, अनिलकुमार साह, पवन सर्राफ, महमद आसिफ सेख, किशोर महतो र सहाब आलम छन् ।

ह पनि टोलीमा परेका छन् । यस्तै, संदिप जोरा, विक्रम कुमार भुषाल, अंकित सुवेदी र विजय चौधरी वैकल्पिक खेलाडीमा परेका छन् ।

नेपाली टोली बंगलादेशमा हुने तीन वटा मैत्रीपूर्ण खेल खेल्न सोमबार त्यसतर्फ जाँदैछ । टोली एक सातापछि स्वदेश फर्कनेछ ।

बृहत वाम एकता र चुनाबी तालमेलबारे जानकारी दिन राष्ट्रिय सभा गृहमा संयुक्त पत्रकार सम्मेलन शुरु

काठमाडौं, असोज १७ । नेकपा माओवादी, एमाले र नयाँशक्ति पार्टीबीचको बृहत वाम एकता र चुनाबी तालमेलबारे जानकारी गराउन राष्ट्रियसभा गृहमा संयुक्त पत्रकार सम्मेलन शुरु हुदैं छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ शुरु

काठमाडौं, असोज १७ । निर्वाचन आयोगले आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ  शुरु गरेको छ । मतपत्र छपाइको व्यवस्थापन गर्न निर्वाचन आयोगबाट जनशक्ति खटिइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए   । समानुपातिकतर्फको मतपत्रको छपाइ आउँदो कात्तिक ८ गतेभित्र पूरा हुनेछ । निर्वाचनका लागि मतदाताको संख्या यकिन भइ नसके पनि समानुपातिक निर्वाचन प्रणालीका लागि हल्का रातो रङको झण्डै एक करोड ८० लाख मतपत्र छापिनेछ । त्यसलगत्तै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनको मतपत्रको छपाइको काम शुरु हुनेछ । यहि १८ र १९ गतेभित्र मतदाता नामावलीको प्रसोधन सकेर तत्कालै थप मतदाता परिचयपत्र छपाई सुरु गरिने छ । एउटै मतपत्रको माथिल्लो खण्डमा प्रतिनिधिसभा र तल्लो खण्डमा प्रदेशसभा सदस्य निर्वाचनका चुनाव चिह्न रहनेछन् । समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलले उम्मेदवारको बन्दसूची यही असोज २९ गते पेस गर्नुपर्ने गरी यसअघि नै आयोगबाट निर्वाचन कार्यक्रम प्रकाशन भइसकेको छ । प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दललाई आयोगले निर्वाचन चिह्न निर्धारण गरिसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं १ मा ८७, प्रदेश नं २ र ३ मा ८६÷८६, प्रदेश नं ४ र ६ मा ८२÷८२, प्रदेश नं ५ मा ८४ र प्रदेश नं ७ मा ८३ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने छन् । प्रदेशसभा सदस्य निर्वाचनमा सम्बन्धित प्रदेशमा राजनीतिक दलको सहभागिताअनुसार आयोगले सात प्रकारका मतपत्रको व्यवस्थापन गर्नेछ । मतपत्रका लागि आयोगले ६०० टन कागजको व्यवस्थापनसमेत गरिसकेको जनाइएको छ । आउँदो निर्वाचनमा सुरक्षा फौजबाहेक दुई लाखको हाराहारीमा जनशक्ति परिचालन हुने जनाइएको छ । मंसिरमा हुने निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ १६५ तथा समानुपातिक निर्वाचन प्रणालीबाट ११० सदस्य तथा प्रदेशसभामा प्रत्यक्षतर्फ ३३० र समानुपातिक प्रणालीबाट २२९ जना चयन हुनेछ ।

पोखरामा ७१ हजारसहित ५ जुवाडे पक्राउ

पोखरा, १३ असोज (रासस) ः इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले रु ७१ हजार ५५, चार थान ताससहित पाँच जुवाडेलाई बिहीबार पक्राउ गरेको छ । जुवा खेलेको सुराकीका आधारमा गएको टोलीले पोखरा लेखनाथ महानगरपालिका–३० पावरहाउसका जीतबहादुर केसीको घरमा जुवा खेलिरहेको अवस्थामा तिनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिनुभयो । –––

प्रधानमन्त्रीद्वारा खाडी र अफ्रिकाका नेपाली राजदूतलाई कडा निर्देशन

भीष्मराज ओझा/रासस प्रधानमन्त्री शेरबहादुर देउवाले खाडी क्षेत्र र अफ्रिकाका नेपाली राजदूतलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका लागि काम गर्न निर्देशन दिनुभएको छ । ओमनको मस्कटमा आज आयोजित ‘केन्द्र एसिया, पश्चिम एसिया र अफ्रिका क्षेत्रका नेपाली राजदूतहरुको क्षेत्रीय सम्मेलन’ मा प्रधानमन्त्री देउवाले नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका लागि काम गर्र्र्र्र्न निर्देशन दिनुभएकोे हो । कार्यक्रममा प्रधानमन्त्री देउवाले सबै राजदूतको विफ्रिङ निकै चासो दिएर सुन्नुभएको थियो । उहाँले त्यस क्षेत्रमा कार्यरत नेपाली कामदारले भोग्नुपरेको समस्या समाधानका हरसम्भव प्रयास गर्न निर्देशन दिँदै यसमा सरकार गम्भीर रहेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले कूटनीतिकस्तरबाट नेपालको इज्जत, प्रतिष्ठा माथि उठाउन र आर्थिक कूटनीतिमा जोड दिन राजदूतहरुलाई आग्रह गर्नुभयो । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले श्रमको पुनःस्वीकृति र प्रमाणीकरणलगायत कार्यहरु दूतावासबाटै गर्न राजदूतहरुलाई निर्देशन दिनुभयो । बैठकमा श्रम सम्झौता गर्न बाँकी मुलुकसँग सम्झौता गर्न, नेपाललाई पर्यटन र विदेशी लगानी बढाउने जानकारी गराउन राजदूतहरुले भूमिका खेल्नुपर्ने विषयमा छलफल भएको थियो । साथै गृह, परराष्ट्र र श्रम मन्त्रालयबीच समन्वयको आवश्यकता रहेकामा सहभागीहरुले जोड दिनुभएको थियो । सम्मेलनमा सहभागी राजदूतहरुले दूतावासलाई सुविधा सम्पन्न बनाउनुका साथै स्थानीय भाषा र कानून जान्ने स्थानीय कर्मचारी राख्नुपर्नेमा जोड दिनुभएको थियो । अधिकांश राजदूतहरुले कामदारमा सचेतना र दक्षताको कमी हुनुका साथै अवैधानिक रुपमा अन्य मुलुक जाने भएकाले बढी समस्या देखिने गरेको अनुभव सुनाएका थिए । दूतावासमा उद्धारको व्यवस्था प्रभावकारी गर्न नसकिएको, बजेट र जनशक्तिको कमीलगायतका कारण सोचेजस्तो काम गर्न चुनौती थपिएको राजदूतहरुको गुनासो थियो । खाडी क्षेत्रका विभिन्न मुलुकमा हाल वैधानिक रुपमा श्रम स्वीकृति लिएर काम गर्ने करिब १५ लाख नेपाली कामदार छन् भने अवैधानिक रुपमा पनि हजारौँको संख्यामा नेपाली कामदार कार्यरत रहेको बुझिएको छ । सम्मेलनमा ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल, साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्र सिंह, साउदी अरबको जेद्धाका लागि नेपाली कार्यवाहक महावाणिज्यदूत रेवती पौडेल, कतारका लागि नेपाली राजदूत रमेश कोइराला, इजरायलका लागि नेपाली राजदूत निरन्जन थापा, दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृतबहादुर राई, कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमाल, बहराईनका लागि नेपाली राजदूत पदम सुन्दास, ईजिप्टका लागि नेपाली राजदूत झबिन्द्रप्रसाद अर्याल, संयुक्त अरब ईमिरेट्सका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनले सो क्षेत्रको वस्तुस्थितिका साथै भोग्नुपरेका चुनौतीका बारेमा प्रधानमन्त्री देउवालाई जानकारी गराउनुभएको थियो । –––

रूकुममा माओवादीले उम्मेदवारको टुंगो लगायो, जनार्दन शर्मा सर्वसम्मत

रुकुम, असोज १० । नेकपा माओवादी केन्द्रले पश्चिम रुकुममा प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवारहरु टुङगो लगाएको बताएको छ । सदरमुकाम मुसीकोटमा मंगलबार सम्पन्न वैठकले प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदारमा गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई सर्वसम्मत रुपमा सिफारिस गरेको हो । वैठकले प्रदेश सभामा क्षेत्र नं. २ बाट जिल्ला संयोजक गोपाल शर्मा ‘अनल’लाई सर्वसम्मत रुपमा सिफारिस गर्ने निर्णय गरेको छ । त्यसैगरी, प्रदेशसभाको लागि क्षेत्र नं. १ मा भने उम्मेदवारका आकांक्षीहरुको संख्या धेरै भएकोले ८ जनाको नाम सिफारिस गरिएको इन्चार्ज राजकुमार शर्माले जानकारी दिए । यसैगरी प्रतिनिधिसभाको लागि समानुपातिक तर्फ निमबहादुर वुढाथोकी, मिलन खड्का, पहलसिं घर्ती, दिपेन्द्र बिक, लक्ष्मी शर्मा र लुम्बीनी गौतमलाई सिफारिस गरिएको छ । बैठकले प्रदेशसभाको लागि समानुपातिक तर्फ पुष्प वादी, लक्ष्मी पुन, मिनवहादुर ओली, गणेशकुमार केसी, मनवहादुर वादी र प्रतिभा केसीलाई सिफारिस गर्ने निर्णय गरेको छ । जिल्ला समितिले सिफारिस गरेको नामबाट केन्द्रीय समितिले उम्मेदवारका अन्तिम टुंगो लगाउने छ ।

एमाले निर्वाचन परिचालन कमिटी गठित

नुवाकोट, असोज १० । नेकपा एमाले नुवाकोटले आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि एक हजार ५५ सदस्य रहेको निर्वाचन परिचालन कमिटी गठन गरेको छ । सदरमुकाम विदुरमा बसेको १२ आँै जिल्ला कमिटीको पूर्ण बैठकले पार्टी अध्यक्ष नारायणप्रसाद खतिवडाको अध्यक्षतामा कमिटी गठन गरेको एमाले नुवाकोटका प्रचार विभाग प्रमुख वासुदेव कडुवालले जानकारी दिनुभयो । आगामी मंसिर १० गते हुने लागिरहेको निर्वाचनको मतपरिणाम आफ्नो पक्षमा बनाउन निर्वाचन परिचालन, जनपरिचालन, पार्टीको कार्यसूची प्रचारप्रसारलगायत प्रचारात्मक कामका लागि परिचालन कमिटी गठन गरी सचिवालयसमेत गठन गर्ने निर्णय भएको छ । बैठकले राज्य पुनःसंरचनानुसार जिल्ला कायम भएका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रका लागि संयोजक र इञ्चार्जसमेत चयन गरेको छ । निर्वाचनका लागि उम्मेदवारको नामावली संकलन, उम्मेदवारको प्रस्ताव, चुनावी प्रचारप्रसारलगायत अभियान सञ्चालन गर्न संयोजक र इञ्चार्ज चयन गरिएको जनाइएको छ । कडुवालका अनुसार स्थानीय तहको निर्वाचनमा ‘सदस्य संख्याका आधारमा सबैभन्दा ठूलो दल भएको एमाले’ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जित हासिल गर्न क्षेत्रगत रुपमा तालमेलको समेत प्रयास गरिरहेको छ ।

४ स्थानीय तहको नतिजा आउन बाँकी, राजविराजमा माओवादीको अग्रता

काठमाडौं, असोज ९ । गएको असोज २ गते भएको प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमध्ये १ सय ३१ तहको नतिजा सार्वजनिक भएको छ । अब चार स्थानीय तहको नतिजा आउन बाँकी छ । अन्तिम नतिजा आउन बाँकी रहेका मध्ये २ नम्बर प्रदेशको एक मात्र महानगर पर्साको वीरगंज महानगरपालिका, बाराको कलैया उपनगरपालिका, बारागढी गाउँपालिका र सप्तरीको राजविराज नगरपालिकामा मतगणना जारी छ । मतगणना जारी रहेका मध्ये बीरगञ्ज महानगरपालिकामा संघीय समाजवादी फोरम अगाडि रहेको छ । करिब ८४ हजार भन्दा बढी मत खसेकोमा अहिलेसम्म ६३ हजार १ सय ४४ मत गन्दा संघीय समाजवादी फोरम नेपालले अग्रता लिइरहेको छ । पछिल्लो मतगणना अनुसार मेयरमा संघीय समाजवादी फोरम नेपालका विजयी सरावगीले १४ हजार ६ सय ७७ प्राप्त गरेका छन भने उनलाई पछ्याउदै नेपाली कांग्रेसका अजयकुमार द्विवेदीले १३ हजार ५ सय ५४ मत प्राप्त गरेका छन । त्यस्तै उपमेयर नेपाली कांग्रेसकी शान्ति कार्कीले १५ हजार ६ सय ६५ प्राप्त गरेकी छन । भने उनलाई संघीय समाजवादी फोरम नेपालकी पिंकी यादवले १३ हजार ९ सय ९१ मत ल्याउदै पछ्याइरहेकी छन । त्यसैगरी कलैया उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेको अग्रता कायम छ । नेकपा एमालेका बिनोद साहले ९ हजार ४ सय १९ प्राप्त गरेका छन भने उनलाई नेपाली कांग्रेसका राजेश यादवले ९ हजार ४६ ल्याई पछ्याइरहेका छन । त्यस्तै उपमेयरमा एमालेकी प्रतिमा यादवले ९ हजार २ सय ३१ प्राप्त गरेकी छन । भने उनलाई नेपाली कांग्रेसकी रहिमा खातुनले ८ हजार ७ सय ६६ ल्याई पछ्याइरहेकी छन । त्यसैगरी, राजविराज नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका अनिस अन्सारीले अग्रता लिएका छन । अनिसले ९ सय ८७ मत प्राप्त गरी अगाडि छन भने उनलाई संघीय समाजवादी फोरम नेपालका भिमराज यादवले ८ सय ९२ मत गरी पछ्याइरहेका छन । त्यस्तै, उपमेयरमा राजपाको अग्रता रहेका छ । राजपाका साधना झाको १ हजार ६७ मत रहेको छ भने माओवादी केन्द्रका सुमित्रादेवी यादवको ९ सय ६७ रहेको छ । बारागढी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको अग्रता कायमै रहेका छ । कांग्रेसका देवदत्तबछाड थारुले १ हजार ७ सय ३ मत प्राप्त गरेका छन भने उनलाई संघीय समाजवादी फोरमका अशोककुमार जयसवाल १ हजार २ सय ६ मत प्राप्त गरी उनलाई पछ्याइरहेका छन । त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसको अग्रता छ । काग्रेसकी चन्द्रावती चौधरीको १ हजार ५ सय ७५, संघीय समाजवादी फोरमको लक्ष्मीदेवी रायको १ हजार ६७ र एमालेकी धनमाया चौधरीको १ हजार ८२ मत रहेको छ ।  

१२५ तहकाे नतिजा सार्वजनिक, अब ११ तहको नतिजा घोषणा हुन बाँकि

काठमाडौं, असोज ८ । स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा १२५ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।  अब ११ तहको नतिजा घोषणा हुन बाँकि छ । हालसम्म नेपाली कांग्रेसले ३६ स्थानीय तहमा जितेको छ भने संघीय समाजवादी फोरमको २३, माओवादी केन्द्रको २१, राजपाको २३, एमालेले १६, नेपाल लोकतान्त्रिक दलले ३, नेपाली नेपाली जनता दलले २ तथा नयाँ शक्तिले १ तह जितेको छ । कांग्रेस ५, माओवादी ३, संघीय फोरम ३, राजपा २, एमाले ३ तथा नयाँ शक्ति १ तहमा अगाडि रहेको छ । पछिल्लो परिणामअनुसार सर्लाहीको बरहथवा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका देवनन्द महतो ७२०८ मत ल्याएर विजयी भए । उपमेयरमा पनि माओवादी केन्द्रकै रिता माझी ६४९९ मतसहित विजयी भइन । सिरहाको सिरहा नगरपालिकाको मेयरमा संघीय समाजवादी फोरमका असेश्वर यादव ९२३४ मत ल्याएर विजयी भए । उपमेयरमा भने नेकपा एमालेकी नमिता यादव ९१६१ मतसहित विजयी भइन ।

महोत्तरीको भंगाह १ मा माओवादी केन्द्रको प्यानल नै विजयी

महोत्तरीको भंगाह नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी। वडाध्यक्षमा विजयी नवलकिशोर कापरले ४८८ मत प्राप्त गरेका छन् ।

वीरगञ्ज महानगरपालिकामा मतगणना सुरु

वीरगञ्ज, असोज ३ । वीरगञ्ज महानगरपालिकामा मंगलबार दिउँसोदेखि मतगणना सुरू भएको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा सिसी क्यामेराको निगरानीमा तार जालीभित्र मतगणना सुरू भएको हो । वीरगञ्ज नगरप्रमुखमा नेपाली कांग्रेसबाट अजय द्विवेदी, नेकपा माओवादी केन्द्रबाट रहबर अन्सारी, नेकपा एमालेबाट बसुरुद्धीन अन्सारी, संघीय समाजवादी फोरमबाट विजय सराबगी र फोरम लोकतान्त्रिकबाट विमल श्रीवास्तव प्रतिस्पर्धामा छन् ।

सर्लाहीको हरिवन नपा वडा १ मा माअोवादी केन्द्र विजयी

सर्लाहीको हरिवन नपा वडा १ मा माअोवादी केन्द्र विजयी भएकाे छ ।

मतदान अधिकृत नै मतदाता हप्काएर भोट माग्न थालेपछि

सिरहाको लहान नगरपालिका वडा नम्बर २० स्थित ब्रम्हान गोरछारी मतदानस्थलका एकजना मतदान अधिकृत राजनीतिक पार्टीको भोट मागिरहेको पाइएको छ । जनता ब्रम्हान गोरछारी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र (ख) का मतदान अधिकृत विनोद चौधरी मतदानस्थलमै कांग्रेसको मत मागिरहेको अवस्थामा भेटिएको आजको नयाँ पत्रिकामा समाचार प्रकाशित छ । शुक्रबार बिहान मतदाता परिचयपत्र लिन मतदानस्थल पुुगेका लहान नगरपालिका २० निवासी मनोजकुमार महतोलाई उनले कांग्रेसको चुनाव चिन्ह रुख छापमा भोट दिन दबाब दिएका थिए । उनले आफूू मतदाता परिचयपत्र लिन आएको बताएपछि सर्वदलीय बैठक नबसी मतदाता परिचयपत्र बाड्न नमिल्ने बताएका थिए । महतोले मतदाता परिचय पत्रि पाउनु आफ्नो अधिकार भएको बताएपछि उनले साँझ पाँच बजेभन्दा पहिले परिचयपत्र नदिने भन्दै हप्काएका थिए । मतदान अधिकृतसँगै सोही ठाउँमा खटिएका नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक लोकबहादुर दियालीले पनि मतदातालाई नै हप्काएका थिए । पछि मतदान अधिकृत चौधरीले कांग्रेसलाई मतदान गर्न दबाब दिएको महतोले जानकारी दिए ।

लाै प्रधानमन्त्रीलार्इ चुनाव लागेकाे

वीरगञ्जको घण्टाघरमा शुक्रबार आयोजित चुनावी सभामा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री डा शशांक कोइरालालगायत नेताहरु । प्रधानमन्त्री देउवाले २ नम्बर प्रदेशमा नेपाली कांग्रेसले जित्ने दावी गर्दै अाएका छन् । तस्बिर : रोशन सापकोटा, वीरगन्ज  

सुत्केरीलाई पाँच हजार प्रोत्साहन भत्ता

दाङ, भदौ २९ । दाङ उपमहानगरपालिकाले सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता स्वरुप रु पाँच हजार दिने भएको छ । मातृृ तथा शिशु मृत्युदर घटाउन र सुरक्षित मातृ स्याहार गर्नका लागि सुनौलो हजार दिनका आमामा लगानी कार्यक्रम ल्याएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यक्रम साउन १ गतेदेखि तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा लागू हुनेछ । गर्भवती भएदेखि सुत्केरी भएको ३५ दिन भित्रको आमा र बच्चालाई उत्प्रेरणा र पोषण स्थितिमा आमा र बच्चाको स्वास्थ्य सुधार गर्नका लागि महिला र बालबालिका कार्यक्रमअन्तर्गत कार्यक्रम ल्याएको उपमहानगरपालिकाले जनाएको छ । कार्यक्रमअन्तर्गत प्रसूति सेवा सरकारकोे सूचीकृत संस्थाबाट सेवा लिएको सुनिश्चित गरिएको कागजात पेश गरी प्रसूति जाँच गरेको बच्चालाई बी.सी.जी. खोप लाएको र ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराएको प्रमाण पेश गर्नुपर्ने प्रावधान रहेको छ । सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यक्रम ल्याउनुको मुख्य उद्देश्य आमा र बच्चालाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु, असल पारिवारिक वातावरणमा पोषणयुक्त खाद्य वस्तु उपभोग गर्नु, आमा र शिशुको मृत्युदरमा कमी ल्याउनु, महिला र बालबालिका मैत्री सेवा विस्तार गर्नु निरोगी सुपोषित र स्वावलम्बी नागरिक निर्माण गर्नु रहेको बताइएको छ । प्रसूति स्याहार प्रोत्साहन पोषण भत्ता पाँच हजार दुई किस्ता गरी दिइने छ । जसअन्तर्गत चारपटक गर्भ जाँच र सूचीकृत स्वास्थ्य संस्थामा (नेपालभर या बाहिर पनि) प्रसूति सेवा लिएमा रु ९०० प्रसूति सेवा लिएका संस्थाबाट प्राप्त हुनेछ । दोस्रो किस्ता रकम रु चार हजार १०० तुलसीपुर उपमहानगरपालिकाको वडा कार्यालयबाट उपलब्ध गराइनेछ । प्रसूति स्याहार प्रोत्साहन पोषण भत्ता एकजना महिलालाई दुईवटा बच्चा वा दुईपटक प्रसूति सेवासम्म मात्र उपलब्ध गराइने छ । पाँच सय ३२ जनाको निःशुुल्क आँखाको शल्यक्रिया सेवा यहाँको अस्पतालले ५३२ जना आँखाको शल्यक्रिया गरेको छ । अस्पतालले सात दिनसम्म सञ्चालन गरेको निःशुल्क मोतियाविन्दुको आँखाको शल्यक्रिया शिविरमा ५३२ जनाको बिरामीको आँखामा मोतियाविन्दु देखिएको र उनीहरुलाई निःशुल्क शल्यक्रिया सेवा दिएको राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिनुभयो । नेपाल नेत्रज्योति सङ्घ दाङअन्तर्गत सञ्चालन भएका राप्ती आँखा अस्पताल रक्षाचौरमा १२८, लमही आँखा अस्पताल ९१ र छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्ज कपिलवस्तुमा ३३२ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा सुलक्ष्मी कटुवालले बताउनुभयो । यसअघि अस्पतालले आँखा शल्यक्रियाका लागि कम्प्युटर प्रविधि (फेको)बाट रु सात हजार ५०० र हाते प्रविधि (एसआइसिएस) प्रविधिबाट मोतिविन्दुको शल्यक्रिया गरेको शुल्क रु दुई हजार ५०० लिँदै आएको थियो ।

प्रधानमन्त्री देउवाको न्युयोर्क भ्रमणमा साढे चार करोड खर्च हुने

काठमाडौं, भदौ २७ । प्रधानमन्त्रीपत्नी आरजु राणा सल्लाहकारका रूपमा महासभामा भाग लिँदै – प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा भाग लिन अमेरिका जाने भएका छन् । २४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी ३ असोजमा न्युयोर्क जाने देउवा राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर १२ असोजमा फर्कनेछन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत गरेको छ । प्रधानमन्त्रीको टोलीमा न्युयोर्कस्थित नेपाली दूतावासबाट थप २१ सदस्य सहभागी हुनेछन् । प्रधानमन्त्री भ्रमण टोलीको नौ दिनका लागि चार करोड ५५ लाख ४१ हजार रुपैयाँ खर्च हुने भएको छ । यस्तो छ खर्च विवरण कुल भ्रमण खर्च : चार करोड ५५ लाख ४१ हजार ७ सय ४५ रुपैयाँ -प्रधानमन्त्री र उनकी धर्मपत्नीका लागि न्युयोर्क पुगेर स्वदेश फर्कंदा फस्र्ट क्लासको हवाई खर्च : प्रतिव्यक्ति २० हजार ६ सय ५० अमेरिकी डलर -न्युयोर्क पुगेर स्वदेश फर्कंदासम्म उपप्रधानमन्त्री, मन्त्री र भ्रमण दलका अन्य १५ सदस्यका लागि लाग्ने खर्च : ७४ हजार ४ सय ५० अमेरिकी डलर -भ्रमण दलका थप चारजना सदस्यको काठमाडौं–न्युयोर्क–काठमाडौंका लागि १० हजार ८ सय अमेरिकी डलर -नेपालबाट सीधै ओमन पुगेर काठमाडौं फर्कनेको हवाई भाडा ३ हजार ४ सय डलर -प्रधानमन्त्रीसहित २४ सदस्यीय भ्रमण टोलीको काठमाडौं–न्युयोर्क–काठमाडौंको हवाई भाडा : एक लाख २९ हजार ९ सय ५० अमेरिकी डलर खाना तथा पकेट खर्च -प्रधानमन्त्रीको खाना, खाजा र पकेट खर्च प्रतिदिन : ३ सय डलर (नौ दिनमा २७ सय डलर) -उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको खाना, खाजा र पकेट खर्च प्रतिदिन : २ सय डलर -उपप्रधानमन्त्रीको निजी सचिवको खाना, खाजा र पकेट खर्च प्रतिदिन : १५० डलर -भ्रमण टोलीका अन्य १८ जनाको खाना, खाजा र पकेट खर्च प्रतिव्यक्ति प्रतिदिन : १५० डलर -संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संगठन तथा महाशाखा प्रमुखका लागि आठ दिनको खाना, खाजा र पकेट खर्च प्रतिव्यक्ति प्रतिदिन ः १५० डलर – परराष्ट्रसचिव शंकरदास वैरागीको ११ दिनको खाना, खाजा र पकेट खर्च प्रतिदिन : १५० डलर -न्युयोर्क जाँदा ट्रान्जिट अवधिमा प्रधानमन्त्री, उपप्रधानमन्त्री र अन्य सदस्यहरूको होटेल खर्च : ४५ सय डलर – संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधिले प्रधानमन्त्रीको सम्मानमा आयोजना गर्ने रात्रिभोज तथा सम्मान खर्च : एक लाख ३१ हजार पाँच सय डलर अन्य खर्च – संयुक्त राष्ट्रसंघ मुख्यालयमा प्रधानमन्त्रीको उपस्थितिमा हुने तेस्रो संविधान दिवस तथा स्वागत कार्यक्रम खर्च : २७ हजार डलर – उपप्रधानमन्त्रीले आयोजना गर्ने सार्क सदस्य राष्ट्रहरूको परराष्ट्रमन्त्री बैठक खर्च : आठ हजार डलर – प्रधानमन्त्रीबाट संयुक्त राष्ट्रसंघ मुख्यालय र अमेरिकी सरकारलाई दिने उपचार खर्च : दुई हजार डलर -भ्रमण दलका सदस्यहरूका लागि भ्रमण बिमा गर्न लाग्ने खर्च : २५ सय ७५ डलर – न्युयोर्कमा प्रधानमन्त्री सहभागी हुने भेटघाट, बैठक र अन्य खर्च : दुई हजार डलर । – मानवअधिकार परिषद्मा नेपालको उम्मेदवारीको समर्थन जुटाउन प्रचारप्रसारका लागि हुने खर्च : २५ हजार डलर – भैपरी खर्च : चार हजार डलर । -नेपाली दूतावासले प्रधानमन्त्रीको स्वागत तथा रात्रिभोजका लागि गर्ने खर्च : ११ लाख रुपैयाँ – भ्रमण दलमा संलग्न २१ सदस्यको होटेल खर्च : २० लाख रुपैयाँ -प्रधानमन्त्री देउवाले नेपाली समुदायसँग गर्ने अन्तरक्रिया र भोजका लागि : २५ लाख रुपैयाँ । – भ्रमणका क्रममा खटिएका राजदूत तथा दूतावासका कर्मचारीको दैनिक भ्रमण भत्ता गरी जम्मा २ लाख रुपैयाँ । कुल भ्रमण खर्च : चार करोड ५५ लाख ४१ हजार ७ सय ४५ रुपैयाँ को–को जाँदै छन् प्रधानमन्त्रीसँग ? १. प्रधानमन्त्री शेरबहादुर देउवा (नेता) २. उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा (उपनेता) ३. प्रधानमन्त्रीकी धर्मपत्नी, आरजु राणा देउवा (सल्लाहकारको रूपमा) ४. श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर – प्रतिनिधि ५. परराष्ट्रसचिव शंकरदास वैरागी, प्रतिनिधि ६. संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख, परराष्ट्र मन्त्रालय, भरतराज पौड्याल –प्रतिनिधि ७. क्षेत्रीय संगठन महाशाखा प्रमुख, परराष्ट्र, मणिप्रसाद भट्टराई (सल्लाहकार सार्क मन्त्रीस्तरीय बैठकसम्बन्धी कामका लागि) ८. दीपक अधिकारी, शिष्टाचार महापाल ९. तीर्थराज वाग्ले, सहसचिव एवं मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख परराष्ट्र मन्त्रालय १० दिलीपकुमार पौडेल, उपसचिव, संयुक्त राष्ट्रसंघ महाशाखा परराष्ट्र मन्त्रालय ११. राजुप्रसाद गुरागाईं उपसचिव (कानुन) परराष्ट्र मन्त्रालय (वैकल्पिक प्रतिनिधि) १२. युवराज चौलागाईं, परराष्ट्रमन्त्रीका प्रमुख स्वकीय सचिव – सल्लाहकार १३. प्रथमा उप्रेती, शिष्टाचार अधिकृत, परराष्ट्र मन्त्रालय – सल्लाहकार १४ . प्रवीण भट्टराई, शाखा अधिकृत, परराष्ट्र मन्त्रालय प्रधानमन्त्रीको सल्लाहकार, सचिवालय र सुरक्षा पदाधिकारीहरू १५. दिनेश भट्टराई प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार १६. भानुबहादुर देउवा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव १७. गोविन्द परियार प्रधानमन्त्रीको वरिष्ठ सञ्चारविज्ञ १८. बद्रीप्रसाद तिवारी, उपसचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय १९. अनुपविक्रम राणा, प्रधानमन्त्रीको नेपाली सेनातर्फको सुरक्षा गार्ड २० कोमल शाह नेपाल प्रहरीतर्फको प्रधानमन्त्रीको सुरक्षा गार्ड २१. सोनी शाह, प्रधानमन्त्रीको सहस्वकीय सचिव सञ्चारकर्मीतर्फ २२. भीष्मराज ओझा, संवाददाता रासस २३. गोविन्द धिताल, नेपाल टेलिभिजन २४. अनुपकुमार घिमिरे, नेपाल टेलिभिजन, क्यामेरामेन २५. स्थानीय नियोग न्युुयोर्कबाट सहभागी हुने सदस्यहरू नौजना (प्रतिनिधि) २६. महावाणिज्य दूतावास, न्युयोर्कबाट सहभागी हुने चारजना सदस्यहरू (प्रतिनिधि) – मधुकुमार मरासिनी, महावाणिज्यदूत –पुष्पराज भट्टराई, नायब महावाणिज्यदूत –कृष्णकुमार सुवेदी, वाणिज्यदूत –शोभा डुम्रे, नायब वाणिज्यदूत २७. नेपाली राजदूतावास, मास्कटबाट ओमानमा हुने कार्यक्रममा सहभागी हुनेहरू – राजदूत शर्मिला पराजुली ढकाल – रोजिना ताम्राकार, उपनियोग प्रमुख – लालबहादुर अर्याल, सहचारी -नयाँ पत्रिकाबाट