यसकारण नेपाल युएईसँग फेरि पनि पराजित

काठमाडौं, मंसिर २३ । बलिङ राम्राे गरेपनि ब्यािटिङ खराव हुँदा आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम खेलमा पनि नेपाल युएईसँग पराजित भएको छ ।

अबुधाबीको शेख जायद रंगशालामा शुक्रबार भएको खेलमा नेपाल ६३ रनले पराजित भयो । १९६ रनको चुनौती पछ्याएको नेपालले ४२ ओभर २ बल क्रिजमा टिकेर १३२ रनमात्र बनाउन सक्यो ।

ज्ञानेन्द्र मल्लले ४२ रन बनाएको इनिङ्समा चार नेपाली खेलाडीले अंकको खातासमेत खोल्न सकेनन् ।

यसअघि, पहिले ब्याटिङ गरेको युएईले अद्दान मुफ्तीको १०४ रनको मद्दतले ४९ ओभर २ बलमा अलआउट हुनुपूर्व १९५ रन बनाएको थियो । नेपालका सोमपाल कामीले २७ रन खर्चेर ५ विकेट लिए ।

बुधबार भएको पहिलो खेलमा युएईसँग ७ विकेटले पराजित भएको थियो ।

यसअघि नै च्याम्पियनसिपबाट दोस्रो डिभिजनमा झरिसकेका नेपाल र युएई दुवै टोलीका लागि अन्तिम चरणका खेलहरु केवल प्रतिष्ठाको लडाइँमात्रै बनेको थियो । डिभिजन–२ प्रतियोगिता आगामी फेब्रुअरीमा नामिबियामा हुनेछ ।

बम प्रहारपछि सुरक्षा व्यवस्थामा कडाइ

भोजपुर,  कात्तिक ३० । प्रदेशसभाका लागि नेकपा (एमाले)का उम्मेदवार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि भोजपुरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । बुधबार सदरमुकाममा आकस्मिकरुपमा बसेको सर्वदलीय बैठकले सुरक्षालाई थप कडाइ गरेको हो । सुरक्षाको विषयलाई लिएर पूर्वमन्त्रीहरु, उम्मेदवार, जिल्लास्थित राजनीतिक दल र सुरक्षा समितिबीच छलफल भएको थियो । बैठकले उम्मेदवारलक्षित अंगरक्षक थप गर्ने निर्णय गरेसँगै वाम गठबन्धनका उम्मेदवार प्रदेशसभा (क) का राजेन्द्रकुमार राई र प्रतिनिधिसभाका उम्मेदवार सुदन किराँतीलाई अंगरक्षक पठाइएको छ । त्यसैगरी, लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार उमेशजंग रायमाझी, प्रदेशसभा (क) का उम्मेदवार अजम्बर राई काङमाङ तथा प्रदेशसभा (ख) का उम्मेदवार गोविन्दबहादुर कार्कीलाई अंगरक्षकको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।

सचिवहरूकाे निष्कर्ष ‘संविधान कार्यान्वयनमा कर्मचारी नै बाधक’ !

काठमाडौं, कात्तिक २३ । सरकारका सचिवहरूले नै कर्मचारीहरूको कार्यशैली र व्यवहारका कारण संविधान कार्यान्वयन गर्न नसक्ने स्थिति आएको टिप्पणी गरेका छन् । मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बुधबार बसेको ‘सचिव बैठक’मा सहभागी केही सचिवहरूले कर्मचारीको कार्यशैलीप्रति प्रश्न उठाएका हुन् । संविधानअनुसार आवश्यक नरहेका जिल्ला र केन्द्रका कार्यालयहरू खारेज नगर्ने र प्रदेश संरचनाहरू निर्माण हुन नसकेको उदाहरण सचिवहरूले दिएका थिए । स्थानीय तह गठन भइसकेपछि स्वतः विघटित हुनुपर्ने जिल्ला कार्यालयलाई अहिले पनि सरकारले विभिन्न सेवा–सुविधाका लागि बजेट निकासा गरिरहेको भन्दै मुख्यसचिवको ध्यानाकर्षण गराएका थिए । संविधान जारी भएको दुई वर्ष बितिसक्दासमेत संविधानले व्यवस्था गरेअनुसार सरकारी संरचना निर्माण गर्न नसकेको र जिम्मेवारी पन्छाएर जाने प्रवृत्तिले जटिलता आएको सचिवहरूको टिप्पणी छ । स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहमा अहिलेसम्म पर्याप्त कर्मचारी पठाउन नसक्दा स्थानीय तहले काम गर्न नसकेको बताएका थिए । सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइरालाले कर्मचारी समायोजनका लागि सबै मन्त्रालयका सबै कर्मचारीको विवरण उपलब्ध गराइदिनुपर्ने माग राखेका थिए । कर्मचारी समायोजनलाई सहज बनाउन मन्त्रालयले सफ्टवेयर बनाएको र त्यसका लागि विवरण उपलब्ध गराइदिन सचिव कोइरालाले आग्रह गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले बताए । पन्थीका अनुसार प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राईले निर्वाचनबाट जनप्रतिनिधि चुनिनुअघि नै प्रदेशको मुख्यसचिव, सचिव र अन्य न्यूनतम संख्यामा कर्मचारी तोक्न ढिलाइ भएको भन्दै मुख्य सचिवको ध्यानाकर्षण गराएका थिए । पुँजीगत खर्च बढाउ मुख्यसचिव रेग्मीले सबै मन्त्रालयलाई पुँजीगत खर्चमा वृद्धि गर्न निर्देशन दिएका छन् । ‘निर्वाचनका कारण नयाँ कार्यक्रमहरू सञ्चालन गर्न अप्ठेरो छ । तर, गौरवका आयोजनाको कामलाई तीव्र पार्नुहोला,’ उनले भने, ‘कार्ययोजना बनाएर पुँजीगत खर्चमा वृद्धि हुने गरी काम गर्नुपर्‍यो ।’ उनले बेरुजु फस्र्योटमा पनि उत्तिकै ध्यान दिन निर्देशन दिए । रेग्मीले प्रदेशमा तत्काल न्यूनतम संख्यामा कर्मचारी खटाउनेबारे गृहकार्य भइरहेकोसमेत बताएका छन् । पन्थीका अनुसार प्रधानमन्त्री कार्यालयले प्रदेश सरकारमा मुख्यसचिवसहितको कर्मचारी खटाउने गृहकार्य अघि बढाएको छ । -नयाँ पत्रिकाबाट

‘बाहुबली’ का अभिनेत्री अनुष्कालाई कारको सौखिन

कार्तिक २१ । सुपरहिट हिन्दी चलचित्र ‘बाहुबली’ मा देवसेनाको भुमिका निर्वाह गरेकी नायिका अनुष्का शेट्ठी कारको सौखिन् छिन् । चलचित्रमा आउनु अघि उनको नाम स्विटी थियो । उनको नाम मात्रै नभएर मान्छे पनि स्विटी नै छिन् । उनले आफ्नो सिनियर ड्राइभरलाई १२ लाख मुल्य बराबरको कार उपहार दिएकी थिइन् । १४० करोड सम्पत्तिको मालिक्नी अनुष्का हैदराबादको पास क्षेत्रमा जुबली हिल्समा बसोबास गर्छिन् । उनी अहिले एउटा चलचित्रमा काम गरेवापत पाँच करोडसम्म पारिश्रमिक लिन्छिन्। लक्जरी कारकी सौखिन अनुष्कासँग अहिले केही ब्राण्डेड कार छ । ‘एमबीएस ज्वेलर्स, द चेन्नई सिल्क, इन्टेक्स मोबाइल’ लगायतका विज्ञापनमा उनले मोडलिङ समेत गरेकी छिन् ।अभिनयमा आउनुअघि उनी योगा प्रशिक्षक थिइन् । उनको परिवारका अन्य कुनै पनि सदस्य चलचित्रमा आबद्ध छैनन् । योग प्रशिक्षक भरत ठाकुरसँग काम गर्ने क्रममा एक निर्देशकले उनलाई चलचित्र खेल्ने प्रस्ताव राखेका थिए । दक्षिण भारतका लोकप्रिय कमेडियन अली बाशाले हिन्दी चलचित्र ‘जिरो साइज’ को अडियो लञ्चको अवसरमा उनको बारेमा भद्दा कमेन्ट गरेका थिए । उनले भनेका थिए कि– ‘अनुष्का शेट्ठी गरम जुलेवी जस्तै हुन्, जो कोही खान चाहन्छ ।’ अनुष्का र प्रभासले केही चलचित्रमा एकसाथ काम गरेका छन् । यहि कारण उनीहरुको अफेयरको हल्ला समेत चल्यो । यतिसम्मकी उनीहरुले विवाह गर्न लागेको चर्चा समेत चल्यो । तर, अन्तिममा दुबैले आफुहरु साथी मात्रै भएको धारणा सार्वजनिक गरे ।

मन्त्री तथा ठेकेदार पाण्डेको अमेरिकामा ग्रीन कार्ड र घर, नेपालबाट अमेरिका कारोबार गर्ने खुलासा

म्यारिल्याण्ड, देउबा सरकारका वन मन्त्री बिक्रम पाण्डेले अमेरिकाको ग्रीन कार्ड लिएको खुलासा भएको छ । राप्रपा नेपालका उपाध्यक्ष तथा चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा उम्मेदवार समेत रहेका पाण्डेले अमेरिकामा अस्थायी बसोबासको प्रवेशाज्ञा (ग्रीन कार्ड) पाएको तथ्य सार्वजनिक भएको हो । पाण्डेका छोरा अमेरिकाको म्यारिल्याण्डस्थित व्हाइट मार्समा बस्दै आएका छन् । सार्वजनिक भएको जानकारी अनुसार, अमेरिकी ग्रीन कार्ड पाएका उम्मेदवार तथा मन्त्री पाण्डेको भिआईपी क्षेत्रमा घर समेत रहेको छ । पाण्डेका छोरा तथा श्रीमती अमेरिकामा बस्दै आएका छन् । पाण्डे समेत बेलाबखत छोरा भेटन अमेरिका जाने गरेका छन् । नेपालमा बसेर क श्रेणीको निर्माण कम्पनी चलाउँदै आएका पाण्डे यतिखेर चितवन क्षेत्र नं. ३ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग चुनावी प्रतिष्पर्धा गर्दैछन् । चितवन र नेपालका कतिपय उद्योगहरुमा समेत लगानी गरेका पाण्डेको अमेरिकी ग्रीन कार्डका बारेमा छानबीन भएको खण्डमा उनको उम्मेदवारी समेत प्रभावित हुन सक्ने देखिन्छ । मन्त्री पाण्डेले छोरामार्फत नेपालबाट अमेरिकामा समेत आर्थिक कारोबार गर्ने गरेको थप खुलासा भएको छ । नेपालमा आर्जन गरेको रकमको कर छल्न तथा कारोबारको बिस्तार गर्न अमेरिकामा उनको लगानी रहेको थप तथ्य समेत सार्वजनिक भएको हो । तस्वीरमा मन्त्री पाण्डे आफ्नो छोरासँग उभिएका देखिन्छन् । म्यारिल्याण्डस्थित नेपालीहरुले उपलब्ध गराएको तस्वीरमा उनका छोरा लक्झरी कारछेउ उभिएको देखिन्छ । ्् चितवन क्षेत्र नं. ३ मा उम्मेदवार बनेका पाण्डे पार्टीभित्रका नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेपछि झन संकटमा परेका छन् । गत शनिबार मात्रै पाण्डेका दाहिने हात मानिने चितवनका प्रभावशाली राप्रपा नेता बद्री तिमिल्सिना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । तिमिल्सिनाले सार्वजनिकरुपमा नै पाण्डेको विकासको कुरा बाहिर देखिने मुकुण्डो मात्र भएको बताउँदै उनले आम जनतालाई ढाँट्दै आएको बताएका थिए । प्रचण्ड विजय अभियानको उदघाटन समारोहमा बोल्दै तिमिल्सिनाले पाण्डेले गरीबलाई सहयोग गरेको बताएपनि जनतासँग हात मिलाएपछि घीन मानेर एकछिन पनि धुने गरेको समेत आरोप लगाएका थिए । यतिमात्र होइन, चितवनमा आफूले गरेका कतिपय विकास निर्माण र जनतालाई प्रत्यक्ष प्रभाव पार्ने काम समेत पाण्डेले गरेको भन्ने झूठो प्रचार गरिएको उनको भनाई थियो । विगतमा एमाले नेता लालबाबु पण्डित सामान्य प्रशासन मन्त्री हुँदा सार्वजनिक पद धारण गर्ने व्यक्तिले ग्रीन कार्ड लिएको पाइए कार्वाही गरिने विषयले चर्चा पाएको थियो । नेपालमा बसेर अर्को देशको स्थायी या अस्थायी बसोबास या नागरिकता लिनु राष्ट्रिय स्वाभिमान र नैतिकताबिरोधी भएको बताउँदै पाण्डेले डिभी परेका र ग्रीन कार्ड लिएका कर्मचारीहरुविरुद्ध कानुनी उपचारका लागि पहल गरेका थिए । ग्रीन कार्ड, पिआर लिएर देशको प्रशासनिक क्षेत्र, सुरक्षा अङ्ग, आर्थिक क्षेत्रमा बसेकाले देशलाई माया नगरी देशको पसिनाबाट तलब खाएर बसेको देशको दुश्मन भएको टिप्पणी गरेका थिए । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलका छोराको ग्रीन कार्ड भएको खुलासा भएपछि सो विषयले समेत व्यापक चर्चा पाएको थियो । लगत्तै नेता रामचन्द्र पौडेलले आफ्ना छोरा चिन्तन पौडेललाई गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण समन्वय बोर्डको कार्यकारी उपाध्यक्षबाट राजीनामा गराएर अमेरिका पठाएको समाचार सार्वजनिक भएको थियो । पण्डितले छानबीन अघि बढाउँदा विभिन्न तहका झण्डै तीन सय सरकारी कर्मचारीहरुले विदेशी मुलुकको पीआर र ग्रिनकार्ड लिएको प्रमाणित भएको बताएकाथियो ।

म पर्यटक उम्मेदवार होइनः ढुङ्गाना, मैले भक्तपुरमा रु चार अर्ब बजेट ल्याएँः बस्नेत

भक्तपुर, कात्तिक २० । भक्तपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार भएका दमननाथ ढुंगानाले आफूलाई पर्यटक उम्मेदवार भनेर प्रचार नगरिदिन आग्रह गरेका छन । रफत सञ्चार क्लब भक्तपुरले सोमबार आयोजना गरेको उम्मेदवार अन्तरक्रिया कार्यक्रममा उनले भने, “भक्तपुर म हुर्केबढेको पढेको ठाउँ, यहाँ मेरो जग्गा जमिन छ, त्यसैले म पर्यटक वा पाहुना उम्मेदवार होइन ।” देशभर वाम गठबन्धन बनेका बेलामा भक्तपुरमा सो गठबन्धनसँग लड्न सक्ने मान्छेको खोजी गर्दा आफू उम्मेदवार बन्नुपरेको बताउँदै ढुंगानाले भन, “वाम गठबन्धनसँग लड्न सक्ने व्यक्ति म मात्रै हो भन्ने पार्टीले मूल्यांकन गरेकाले मलाई पार्टीले उम्मेदवार बनाएर पठायो, उम्मेदवार बन्न भक्तपुरकै बासिन्दा हुनुपर्छ भन्ने छैन ।” पूर्वसभामुख ढुंगानाले अहिले भक्तपुरको भविष्यसँग जोडिएर आफ्नो उम्मेदवारी आएको बताए । कार्यक्रममा वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका नेकपा एमालेका नेता महेश बस्नेतले लोकतन्त्रमा जीतहारको कुराभन्दा पनि स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिँदै आफ्ना पिताका उमेरका ढुंगानासँग प्रतिस्पर्धा गर्न पाउनु सौभाग्य भएको प्रतिक्रिया दिए । स्थिर सरकार र मुलुकको समृद्धि एवं भक्तपुरको समग्र विकासका लागि आफ्नो उम्मेदवारी भएको बताउँदै उनले २०७० सालमा संसद्को निर्वाचनमा आफूले पराजय भोगेपछि भक्तपुरको सेवामा समर्पित भएकाले त्यसको मूल्यांकन हुने बताए । बस्नेतले भने, “ भक्तपुरको विकास र गौरवलाई उचाइमा पु¥याउन मेरो उम्मेदवारी हो ।” आफू उद्योगमन्त्री हुँदा आफ्नै पहलमा भक्तपुरमा रु चार अर्बको विकास बजेट ल्याएर विकासका काम तीव्र पारेको जिकिर उनले गरे ।

‘साहो’ को लागि प्रभासले घटाए १० किलो तौल, एक दृश्य खिच्न ३६ घण्टा लगाए

कार्तिक २० । बलिउड चलचित्र ‘बाहुबली’ बाट लोकप्रिय भएका सुपरस्टार प्रभास अहिले अपकमिङ चलचित्र ‘साहो’ को सुटिङमा व्यस्त छन् । चलचित्रका केही सिक्वेन्सको छायांकन निकै तीव्रगतिमा भइरहेको छ । अर्को अचम्मलाग्दो कुरा के छ भने, सुटिङको समयमा प्रभास र नायिका श्रद्धा कपुर बाहेकलाई मोबाइल फोन प्रयोग गर्न दिइएको छैन । चलचित्र निर्देशक सजितले चलचित्रको कुनै पनि दृष्य सार्वजनिक नहोस् भनेर अन्य प्राविधिकलाई मोबाइल प्रयोगमा बन्देज लगाएको बताए । स्टिल फोटो पनि कतै प्रयोग नगर्न निर्देशकले निर्देशन दिएका छन् । उनले सुटिङ स्पटमै एउटा लकरको व्यवस्था गरेका छन् । जुन लकरमा कलाकार एवं अन्य प्राविधिकले मोबाइल राखेर काम सुरु गर्छन् । चलचित्रको सुरुवातमा प्रभास पैदलै आउनुपर्ने दृष्य थियो । सुटिङ भयो तर, प्रभासले मन पराएनन् र निर्देशकलाई फेरि छायांकन गर्न आग्रह गरे । एउटा दृष्य सुटिङ गर्न मात्रै ३६ घण्टा लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । ‘साहो’ काम गर्नकै लागि प्रभासले १० किलो तौल घटाएका थिए ।

संसद् सचिवालय नै दिन मान्दैन सूचना, दुई पृष्ठको सूचनालाई १० हजार माग

काठमाडाैं, कात्तिक २० । संसद् सचिवालयका कर्मचारीले १० हजार रुपैयाँ दिए सूचना उपलब्ध गराइदिने बताएका छन् । सूचनाको हकसम्बन्धी नियमावलीमा १० पृष्ठसम्मको सूचना निःशुल्क पाउने व्यवस्था छ । तर, सूचना मागेको तीन महिनापछि संसद् सचिवालयका सूचना अधिकारी वंशिराज पौडेलले कर्मचारीले असहयोग गरेको कारण देखाउँदै दुई पृष्ठको सूचनाका लागि १० हजार रुपैयाँ माग गरेका हुन् । १० भदौमा नयाँ पत्रिकाकर्मीले पूर्वसांसदहरूको गतिविधिबारे सूचना उपलब्ध गराइदिन सूचना अधिकारी पौडेलसमक्ष निवेदन दिएका थिए । सो निवेदन सहसचिव हिमलाल सुवेदी हुँदै संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईकहाँ पुग्यो । उनले व्यवस्थापिका संसद्को अन्तिम बैठक बस्ने दिन २७ असोजमा मात्र निवेदनबमोजिमको सूचना दिन स्वीकृति दिए । तर, सूचना दिन स्वीकृत गरेको २० दिन बितिसक्दासमेत सूचना उपलब्ध गराउनुको सट्टा १० हजार रुपैयाँ माग गरिएको हो । कर्मचारीले असहयोग गरे सूचना अधिकारी पौडेलले सांसद सुविधा शाखा, कार्यव्यवस्था शाखालगायतबाट सूचना छनोट नगरी पूरै फाइल अघि सार्दै रकम माग गरेका हुन् । ‘महासचिवबाट सूचना दिन स्वीकृत भएपछि मैले सूचना माग गर्नुपर्ने शाखालाई ताकेता गरिरहेको छु । उहाँहरूले आवश्यक सूचना छनोट नगरी प्रत्येक सांसदले संसद् सुरु भएदेखि अहिलेसम्म गरेको हाजिरी फाइल, सम्पत्ति विवरणलगायत मागिएको सूचनाभन्दा बढी फाइलहरू अगाडि ल्याउनुभएको छ । यो सबैको पेजगन्ती शुल्क लिँदा १० हजार रुपैयाँ तिर्नुपर्छ अनि मात्र सूचना दिन मिल्छ,’ उनले भने । पौडेलले आफूले सूचना संकलनका लागि ताकेता गरे पनि विभिन्न शाखाको असहयोगले उपलब्ध गराउन नसकेको बताए । यसकारण सूचना लुकाइन्छ संसद् सचिवालयका सहसचिव कृष्णहरि खड्काले आफूहरूलाई अप्ठ्यारो पर्ने सूचना नमाग्न आग्रह गरे । संसद् बैठकमा को सांसदको उपस्थिति कति हुने गरेको, कसले कति बोल्ने गरेको, कम बोल्ने र बोल्दै नबोल्ने सांसद तथा कुन सांसदले सम्पत्ति विवरण नबुझाएलगायतका सूचना दिँदा नेताहरूबाटै आफूहरूमाथि धम्की आउने सहसचिव खड्काले बताए । ‘सूचना नदिऊँ सूचनाको हकले दिनु भन्छ । दिऊँ शीर्ष नेता तथा सभामुखलगायतबाटै किन दिएको भन्दै कारबाहीसम्मको सजाय हुन्छ । यस्तो सूचना मागेर हामीलाई अप्ठ्यारोमा नपार्दिनुहोला,’ सहसचिव खड्काले भने । सूचना अधिकारी पौडेलले पत्रकार र कर्मचारी सँधै एकआपसमा आवश्यक पर्ने भन्दै उजुरीको प्रक्रियामा नजान र समाचार प्रकाशित नगर्न आग्रह गरे । ‘सूचना अधिकारीको नाताले मैले फाइल अगाडि बढाउन विभिन्न शाखाहरूलाई खबरदारी गरेको गर्यै छु । उनीहरूले नै सूचना दिन ढिलो गर्छन्,’ पौडेलले भने । संसद् सचिवालयका एक कर्मचारीका अनुसार सभामुख तथा शीर्ष नेताहरूले नै आफूहरूको कमजोरी देखिने सूचना नदिन दबाब दिएका हुन्छन् । यस्तो छ ऐनमा व्यवस्था संविधानको धारा २७ को मौलिक हकमै सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक छ । सूचनाको हकसम्बन्धी ऐन, नियमावलीमा समेत कुनै पनि नेपाली नागरिकले सूचना माग गर्दा सम्भव भएसम्म तत्काल र बढीमा १५ दिनभित्र सूचना उपलब्ध गराइसक्नुपर्ने कानुनी व्यवस्था छ । सूचना तत्काल दिन नसके सूचना माग गर्ने व्यक्तिलाई सूचना अधिकारीले तत्काल उपलब्ध गराउन नसक्नुको कारण बताउँदै बढीमा १५ दिनभित्र दिने गरी प्रक्रिया अगाडि बढाउनुपर्छ । सूचना अधिकारीले समयसीमाभित्र सूचना नदिएमा त्यसको सात दिनभित्र सो अधिकारीविरुद्ध कार्यालय प्रमुखकहाँ उजुरी दिन मिल्छ । कार्यालय प्रमुखले समेत सूचना उपलब्ध गराउन निर्देशन नदिए र सूचना अधिकारीलाई विभागीय कारबाही नगरे सूचना मागकर्ताले राष्ट्रिय सूचना आयोगमा ३५ दिनभित्र उजुरी दिन सक्नेछ । आयोगले उजुरी प्राप्त भएको ६० दिनभित्र सम्बन्धित प्रमुख र सूचना अधिकारीलाई उपस्थित गराई बयान लिने र प्रमुख तथा सूचना अधिकारी दोषी ठहरिएमा कारबाही हुने व्यवस्था छ । तर, संसद्को कार्यकाल बाँकी रहेको करिब दुई महिनाअघि नै माग गरिएको सूचना दिनेबारे सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसद्को व्यवस्थापकीय काम सकिने अन्तिम दिन मात्र सूचना दिन स्विकृत गरेका हुन् । ऐनमा सूचना अधिकारीविरुद्ध सम्बन्धित प्रमुखसँग उजुरी दिने व्यवस्था भए पनि प्रमुख भट्टराईले नै डेढ महिना फाइल अड्काएका हुन् । फाइल अड्काएर महासचिव भट्टराई र सूचना अधिकारी पौडेलले उजुरी दिने र आयोग पुग्ने बाटो रोकेका हुन् । यसरी ढाँटे कर्मचारीले संसद् चालू रहेको डेढ महिनाअघि नै माग गरिएको सूचना विभिन्न शाखाबाट संकलन भइरहेको सूचना अधिकारी वंशिराज पौडेलले बताए । महासचिव मनोहरप्रसाद भट्टराईसमेत प्रक्रियामा रहेको भन्दै विदेश भ्रमण तथा अन्य काममा व्यस्त देखिए । तर, संसद्को व्यवस्थापकीय काम सकिने अन्तिम दिन फाइल आफ्नो कार्यकक्षमा अड्किएको थाहै नभएको भन्दै सूचना दिन स्वीकृत गरेका हुन् । संसद्को कार्यकाल नरहे पनि सूचना दिन आनाकानी गर्दै सचिवालयका कर्मचारीले धेरै पृष्ठको सूचना हुने भन्दै १० हजार लाग्ने बताए । नयाँपत्रिकाबाट

विकासको मुल फुटाउन बामपन्थीको स्थायी सरकार : श्रेष्ठ

सुलिकोट (गोरखा), कात्तिक १९ । गोरखा जिल्ला क्षेत्र नम्बर दुईको सुलिकोट गाउँ पालिका–८ गैरिछापमा चुनावी सभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर–२ प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले अब बामपंथीहरुको स्थायी सरकार बन्ने बताए । बामपंथीको स्थायी सरकार बने विकासको मुल फुट्ने श्रेष्ठले बताए । गैरिछापबाट गोरखाको सदरमुकाम जोड्ने सडकको स्तर वृद्धि गरेर १२ महिनै सवारी चल्ने बनाउने श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे । सिचाइको व्यवस्था, जडिबुटी प्रशोधन केन्द्र स्थापना र फलफूलको खेती विकासमा जोड दिने श्रेष्ठले बताए । बाम गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले सहिदहरुको नेपाल फेर्ने सपना पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताउदै परिवर्तनका लागि बलिदान दिएका सहिदहरुको सम्मानका लागि बाम गठबन्धनलाई बिजयी गराउन आग्रह गरे । चुनावी सभामा गोरखा जिल्ला क्षेत्र नम्बर दुईका प्रदेशसभा सदस्य उम्मेदवार अमर तमुले गोरखा जिल्लाको विकासको निम्ति प्रतिबद्ध काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सेनाको नजरमा चार चुनौति, निर्वाचनमा ६० हजार सैनिक परिचालन

काठमाडौं, कात्तिक १७ । नेपाली सेनाको बिहीवार सम्पन्न पृतनापति समन्वय वैठकले आसन्न निर्वाचनका लागि चार चुनौतिबारे छलफल गरेको छ । साना हतियार, स्थानीय तहमा दुई गठबन्धनका कार्यकर्ताबीच हुनसक्ने झडप, नेत्रविक्रम चन्द नेतृत्वको पार्टी र तराई र पूर्वी पहाडका विखण्डनकारी समूहलाई सेनाले चुनौतिका रुपमा अथ्र्याएको हो । यी चुनौति ठूलो स्तरमा नरहेको तर कमजोर आँक्न पनि नहुने सैनिक अधिकारीहरुले विश्लेषण गरेका छन् । शुरुमा रक्षामन्त्री भीमसेनदास प्रधानले उद्घाटन गरेको र उनको विदाइपछि चलेको वैठकमा प्रधानसेनापति राजेन्द्र क्षत्री, बिहीवारै कार्यकाल सकिएका बलाधिकृत रथी बलदेवराज महत, बलाध्यक्षरथी पूर्णचन्द्र थापा, सैनिक गुप्तचर महानिर्देशनालयका प्रमुख जगदीशचन्द्र पोखरेल, सेनाको विशेष वाहिनीपति बाबुकृष्ण कार्की तथा उपत्यकाका प्रमुख कार्यालयका प्रमुखहरु सहभागी थिए । बैठकमा पूर्वी पृतनापति गौरब तण्डुल, मध्यपूर्वी पृतनापति ईश्वर हमाल, मध्यपृतनापति प्रभुराम शर्मा, उपत्यका पृतनापति पूर्ण सिलवाल, पश्चिम पृतनापति देवेन्द्र बहादुर मेधासी, मध्यपश्चिम पृतनापति राजेन्द्र कार्की, उत्तरपश्चिम पृतनापति कर्मेन्द्र लिम्बु र सुदुरपश्चिम पृतनापति झंकरबहादुर कडायत पनि सहभागी थिए । बैैठकमा सबै पृतनापतिले आ आफ्नो क्षेत्रको सुरक्षास्थिति, सुरक्षा योजना, विगतको समीक्षाका बारेमा प्रस्तुतीकरण गरेका थिए । पृतनापतिहरुले मंसिर १० र २१ को प्रादेशिक तथा प्रतिनिधिसभा निर्वाचन सुरक्षाका बारेमा आफ्ना क्षेत्रका बारेमा ब्रिफिङ गरेका थिए । ‘उपत्यकासहित आठ क्षेत्रको सुरक्षास्थितिका बारेमा छलफल भयो । त्यसक्रममा चुनाव विथोल्ने खालको सुरक्षा खतरा नभए पनि पृतनापतिहरुले चारवटा सुरक्षा चुनौति प्रस्तुत गर्नुभयो’ सेनाका एक बहालवाला उपरथीले नयाँ पत्रिकासँग भने, ‘मूलतः साना हतियार, स्थानीय तहमा हुनसक्ने झडप, बिप्लब समूहका गतिविधि र सिके राउत समूहका गतिविधिलाई शुक्ष्मरुपमा हेर्नुपर्ने ब्रिफिङ भयो ।’ ती अधिकारीका अनुसार पृतनापतिहरुले दलहरुको स्थानीय तहमा हुने झडपको अवस्थालाई पनि निगरानीमा राख्नुपर्नेमा जोड दिएका थिए । सेनाको नजरमा चार चुनौति १. साना हतियार २. स्थानीय तहमा वाम र लोकतान्त्रिक गठबन्धनबीच हुनसक्ने झडप ३. बिप्लब समूहको गतिविधि ४. तराईमा सिके राउत समूहका गतिविधि सैनिक प्रबक्ता सहायकरथी नैनराज दाहालले ‘निर्वाचन सुरक्षा सम्बन्धी एक दिने छलफल कार्यक्रम’मा समग्र बिषयमा छलफल भएको र उत्पन्न सुरक्षा चुनौति सामना गर्न सेना तयार रहेको बताए । दाहालका अनुसार वैठकको शुरुमा रक्षामन्त्री भिमसेन दास प्रधानले सम्बोधन गरेका थिए । ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा तोकिएको समयमै सम्पन्न गर्न सरकार कटिबद्ध छ’ रक्षामन्त्रीको भनाई थियो, ‘यसका लागि सेनालाई सहयोग गर्न सरकार प्रतिवद्ध छ ।’ पृतनापतिहरुको ब्रिफिङपछि प्रधानसेनापति क्षत्रीले अन्तरक्रियाबाट प्राप्त भएका महत्वपूर्ण सुझावका आधारमा अघि बढ्ने बताएका थिए । उनले निर्वाचन सुरक्षाका लागि जङ्गी अड्डाबाट सबै तहमा मार्ग निर्देशन पठाइएको उल्लेख गर्दै त्यही अनुसार परिचालित हुन निर्देशन दिए । यस्तो छ सेनाको सुरक्षा तयारी सैनिक प्रबक्ता दाहालका अनुसार निर्वाचनमा ६० हजार २० जना सैनिक खटिएका छन् । सबै पृतनामा हेलिकोप्टर तैनाथ छन् । ‘मतपत्र छपाईको सुरक्षामा सेना छ । मतपत्र लैजान सडक तथा हवाई यातायातको साधन र सुरक्षा सेनाले गर्नेछ’ दाहालले भने, ‘मतदानका बेला हुनसक्ने जोखिमको विश्लेषण गर्दै हरके मतदान केन्द्रमा बम डिस्पोजल टोली खटाइएको छ । मतदाता र मतदान केन्द्रको सुरक्षाका लागि मोबाइल टिम खटाइएको छ ।’ सेना सुरक्षाको तेस्रो घेरामा खटिने सेना विगतका निर्वाचनजस्तै सुरक्षाको तेस्रो घेरामा खटिने उनले बताए । पहिलो घेरामा प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी खटिएको छ । ‘प्रमुख जिल्ला अधिकारीको आग्रहका आधारमा तत्कालै खटिने अवस्थाको स्ट्याण्ड बाई फोर्स पनि तैनाथ गरिएको छ । यस्तो फोर्स जिल्ला, बाहिनी, पृतना र जंगी अड्डा गरी चार तहमा तैनाथ छ ’ सैनिक प्रबक्ता दाहालले भने । मतदानको दिन सेनाले हवाई गस्तीदेखि मोबाइल पेट्रोलिङ गर्नेछ । मतपेटिकालाई जिल्ला सदरमुकाममा ल्याउने र गणना नभएस्म्म सुरक्षा दिने कार्यमा पनि सेना खटिनेछ । दाहालका अनुसार दोस्रो चरणको निर्वाचन सम्पन्न भइसकेपछ विजय जुलुसमा उत्पन्न हुनसक्ने हुलदंगालाई पनि विश्लेषण गरेर सेनाले त्यहाँ पनि निगरानी राख्नेछ । उम्मेदवारको सुरक्षाका लागि पनि सेनाले सहयोग गर्नेछ । नयाँपत्रिकाबाट

रोल्पामा दश हजार बढी नयाँ मतदाता थपिए

रोल्पा, कात्तिक १५ । मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेशसभामा रोल्पा जिल्लाबाट १० हजार ८९४ नयाँ मतदाताले मतदान गर्ने भएका छन् । स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख १७ हजार २६१ मतदाता रहेकामा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा थप नयाँ मतदातासहित एक लाख २७ हजार ६२९ मतदाताले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा पुरुष मतदाताको तुलनामा महिला मतदाता बढी देखिएका छन् । स्थानीय तह निर्वाचनमा पुरुष मतदाता भन्दा तीन हजार ६८९ महिला मतदाता बढी थिए । प्रतिनिधिसभा र प्रदेशसभामा पुरुष भन्दा दुई हजार १८६ बढी महिला मतदाताले मतदान गर्ने भएका छन् । जिल्लामा ६४ हजार ९०७ महिला र ६२ हजार ७२१ पुरुष मतदाता छन् । तेस्रो लिंगी मतदाता भने हालसम्म एकजना पनि देखिएको छैन । नयाँ मतदाता थपिएसँगै जिल्लामा ६ वटा मतदान केन्द्रसमेत थप भएको छ । स्थानीय तह निर्वाचनमा १५४ मतदान केन्द्र रहेको रोल्पामा मंसिर १० गते हुने निर्वाचनका लागि १६० मतदान केन्द्र र ८० मतदानस्थल कायम गरिएको जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले जानकारी दिए ।

च्याम्पियन्स लिगः म्यानचेष्टर युनाइटेडको लगातार चौथो जित

कात्तिक १५ । लगातार चौथो जित हात पारेर पनि इंगलिस क्लब म्यानचेष्टर युनाइटेडले च्याम्पियन्स लिगमा नकआउट पुग्न अझै १ अंक जोड्नुपर्ने भएको छ। गएराती भएको खेलमा वेनफिकालाई २–० ले पराजित गर्दै ४ खेलबाट १२ अंक जोडेको युनाइटेड समूह ‘ए’ को शीर्ष स्थानमा छ। तर अर्को खेलमा सिएसकेए मस्कोले बासेलले २–१ ले हराएपछि युनाइटेडले कुर्नुपर्ने भएको हो । बाँकी दुई खेलबाट १ अंक जोडेपनि युनाइटेड प्रिक्वाटरमा पुग्नेछ। युनाईटेडलाई जित दिलाउन डाले ब्लाइण्डले एक गोल गरे भने वेनफिकाका गोलरक्षक मिल स्लिभरले आत्मघाती गोल उपहार दिए । युनाइटेड गत सिजन युरोपा लिग जित्दै च्याम्पियन्स लिगमा छनौट भएको थियो । बासेललाई हराएपछि मस्कोले पनि ४ खेलबाट ६ अंक जोडेको छ। हारपछि पनि ६ अंकरहेको बासेलको गोल अन्तरमा अगाडी रहदै दोस्रो स्थानमा छ। लगातार चौथो हारपछि वेनफिका अंकविहिन छ। एजेन्सी

सुरक्षामा सम्झौता गर्दैनौं : नेपाली सेना

काठमाडौं, कात्तिक १५ । नेपाली सेनाले प्रतिनिधि र प्रदेशसभाको आसन्न निर्वाचन सुरक्षा चुनौतीलाई ख्याल गर्दै मतदानस्थलसहित संवेदनशील ठानिएका स्थानमा सूक्ष्म निगरानी बढाएको छ । त्यसका लागि सेनाले पल्टनलाई नियमित पेट्रोलिङ गर्न निर्देशन दिएको छ । स्थान विशेषको सुरक्षा चुनौतीका आधारमा निर्वाचन केन्द्रित सेनाको सुरक्षा फौजले मतदानस्थल र त्यस आसपास क्षेत्रमा पेट्रोलिङ थालेको हो । प्रतिनिधि र प्रदेशसभाका लागि सेनाले ६४ हजार २० जना सैनिक खटाउने भएको छ । निष्पक्ष र भयरहित निर्वाचन गराउन सेनाले उपत्यकासहितका आठवटै पृतना कार्यालयलाई सक्रिय बनाएको छ । सेनाले निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै बम डिस्पोजल टोली, प्रत्येक पृतनामा हेलिकोप्टर र आवश्यक फौजलाई तैनाथ अवस्थामा राखेको छ । सेनाले मुलुकको पछिल्लो राजनीति, निर्वाचन र सुरक्षा अवस्थाबारे छलफल गर्न पृतनापतिहरूको बैठक बोलाएको छ । जंगी अड्डामा यही बिहीबार र शुक्रबार हुने बैठकमा आठवटै पृतानापतिले आआफ्नो क्षेत्रको रिपोर्टिङ गर्नेछन् । सेनाको सुरक्षा घेरामा मतपत्र छापिरहेको छ भने स्थानीय तहमा ती मतपत्र पुर्‍याउने जिम्मेवारीसमेत नेपाली सेनाले लिएको थियो । मतदान केन्द्रमा तेस्रो सुरक्षा घेरामा रहने सेनाले मतपेटिका जिल्लासम्म लैजानेछ ।सैनिक प्रवक्ता सहायकरथी नैनराज दाहालले भयरहित निर्वाचन गराउन नेपाली सेना तयारी अवस्थामा रहेको बताए । प्रवक्ता दाहालले अन्नपूर्णसँग भने, ‘हाम्रा फौजले पेट्रोलिङ सुरु गरिसकेका छन् । निर्वाचन सुरक्षाका लागि कुनै कसर बाँकी राख्दैनौं ।’निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन जस्तोसुकै सहयोग गर्न नेपाली सेना तयार रहेको दाहालको भनाइ थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर १० र २१ गतेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गत बुधबार सेना परिचालन गर्न सरकारलाई स्वीकृति दिएकी थिइन् । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षा योजना ०७४ मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरू एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रपति भण्डारीले सरकारलाई स्वीकृति दिएकी हुन् । सेनाले संभावित सुरक्षा चुनौतीलाई आँकलन गर्दै उपत्यकासहितका आठवटै पृतनामा हेलिकोप्टर तयारी अवस्थामा राखेको छ । पृतना मातहतका क्षेत्रमा केही घटना भइहाले तत्काल हेलिकोप्टरबाट फौज पठाउन सेनाले हेलिकोप्टर तयारी गरेको हो । निर्वाचन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सेनाले प्रत्येक जिल्लामा ‘क्विक रेस्पोन्स टिम’ तैनाथी अवस्थामा राख्ने र थप फौज आवश्यक परे बाहिनीबाट सहयोग माग्ने सैनिक मुख्यालयले तयार गरेको सुरक्षा योजनामा उल्लेख छ । निर्वाचनको केही दिन अघिबाट सेनाले हेलिकोप्टरबाट समेत रेकी गर्ने तयारी गरेको छ । सेनाले संवेदनशीलताका आधारमा निर्वाचन इलाकामा रिमोट कन्ट्रोलसहितको बम डिस्पोजल टोली तैनाथ गर्नेछ । कम संवेदनशील स्थानमा सेमी रिमोट कन्ट्रोलसहितको डिस्पोजल टोली र सामान्य अवस्था ठानिएका मतदान केन्द्रमा सामान्य प्रकारको डिस्पोजल टोली खटिनेछन् । गृह मन्त्रालयले सेनासहित प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी सम्मिलित निर्वाचन सुरक्षा योजना बनाई कार्यान्वयनमा ल्याइसकेको छ । सेनाले निर्वाचनका बेला हुने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित मुलुकभरका विमानस्थल, कारागार, दूरसञ्चार टावर, ठूला जलविद्युत् आयोजना र सार्वजनिक ओहोदामा बसेका विशिष्ट व्यक्तिलाई (भीभीआईपी) थप सुरक्षा उपलब्ध गराउने तयारी गरेको छ । कारागार, विमानस्थललगायत स्थानमा अहिले खटिएका प्रहरीलाई निर्वाचनमा पठाएपछि त्यहाँको सुरक्षाको जिम्मेवारीसमेत नेपाली सेनाले सम्हाल्नेछ । सेनाले स्थानीय निर्वाचनका बेलासमेत विमानस्थललगायत संवेदनशील निकायमा सुरक्षा दिँदै आएको थियो । निर्वाचनका बेला कारागार, विमानस्थललगायत स्थानमा खानतलासी गर्नुबाहेकका अन्य सुरक्षा सेनाले उपलब्ध गराउनेछ ।

आमिर खानको सेक्रेट सुपरस्टारको कमाइ कति ?

कार्तिक १३ । समीक्षकहरुले चर्चामा ल्याएको फिल्म सेक्रेट सुपरस्टारले बक्स अफिसमा भने धेरै आम्दानी गरेन । आमिर खान र जइरा वासिमको फिल्मले १० औं दिनमा ३ करोड ५० लाख बटुल्यो । फिल्मले १० दिनमा कूल ४६ करोड ६५ लाख कमाएको छ। फिल्मले पहिलो साता ४१ करोड कमाएको थियो भने दोस्रो सातामा कमाइ घट्ने देखिएको छ। आमिर खान विशेष भूमिकामा देखिने फिल्मको लिड रोलमा जरिम वासिम छिनन् । स्कुले छात्रा इन्सिया मलिकको संगीत मोहमा उनका बाबुको असहयोगलाई फिल्ममा उतारिएको छ। संगीत प्रशिक्षकको भूमिकामा छन् आमिर । सेक्रेट सुपरस्टार अदवित चन्दनले निर्देशन गरेको फिल्म हो भने आमिर खान र किरन राव निर्माताका रुपमा रहेका छन्। एजेन्सी

१९ वर्षमुनिको एशिया कपका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा

काठमाडौं, कात्तिक १२ । १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । मलेसियामा आगामी कात्तिक २३ गतेदेखि मंसिर ४ गतेसम्म हुने प्रतियोगिताका लागि दिपेन्द्रसिंह ऐरीको कप्तानीमा टोलीको घोषणा गरिएको हो । टोलीमा रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सन्दिप सुनार, प्रनित थापा मागर, अनिलकुमार साह, पवन सर्राफ, महमद आसिफ सेख, किशोर महतो र सहाब आलम छन् । ह पनि टोलीमा परेका छन् । यस्तै, संदिप जोरा, विक्रम कुमार भुषाल, अंकित सुवेदी र विजय चौधरी वैकल्पिक खेलाडीमा परेका छन् । नेपाली टोली बंगलादेशमा हुने तीन वटा मैत्रीपूर्ण खेल खेल्न सोमबार त्यसतर्फ जाँदैछ । टोली एक सातापछि स्वदेश फर्कनेछ ।

एमबीबीएसमा चिट चोराउन उच्च पदस्थसम्मको हात रहेको खुलासा

काठमाडौं, कार्तिक ९ टियुमा चलेको वौद्धिक दलाली चिकित्साशास्त्र अध्ययन संस्थानको स्नातक तह (एमबिबिएस) प्रवेश परीक्षामा चिट चोराउने गिरोहको नयाँ रहस्य सतहमा आएको छ र यसमा डिन कार्यालयका उच्च पदस्थसम्मको हात रहेको देखिएको छ । आइओएमबाटै दुई ब्याचअघि एमबीबीएस गरेका डा.राहुल रौनियार एक परिक्षार्थीसँग फेसबुकमार्फत पैसा मागेको प्रमाण भेटिएको छ । जहाँ उनले लेखेका छन् ५० लाख फर स्कोलारसिफ अनि २५ लाख फर पेइङ । यसको अर्थ हुन्छ छात्रवृत्तिका लागि ५० लाख र प्रवेश परीक्षा पास गराउँन २५ लाख रुपैयाँ माग गरिएको छ । यो रकम कसरी माग भएको थियो र माग गर्ने राहुल रौनियानबारे माग गरिएका विद्यार्थीहरु बताउँछन् । प्रवेश परीक्षाको तयारीमा चलिरहेकै बेला भएको यो चलखेलले प्रवेश परीक्षा पास गराउन पैसाको ठूलै डिल गरेको देखिएको छ । परीक्षार्थीसँग फेसबुक मेसेन्जरमै पैसाको डिल गरेका छन् । र, विचौलियाको रुपमा आइओएमकै विद्यार्थी प्रयोग भएको देखिएको छ । र, परिक्षार्थी आश्वस्त नभएपछि फेरि अर्को प्रश्न परिक्षार्थीले सोध्छन् र जवाफमा रौनियारले भनेका छन–हामी कहाँ भइरहेछ, लाष्ट आवरमा एन्सर पठाउने तर पैसा लाग्छ । गराउने मान्छे गराई रहेछ क्यारे । तिमी जति पढे पनि नपढे पनि नपढ्नेको नाम स्कलरशीप वा पेइङमा भयो भने डन्ट रिग्रेट लेटर है । त्यतिबेला पैसाको लागि भएको वार्गेनिङबारे विद्यार्थीहरु भन्छन् । राहुल रौनियारमात्र होइन, यस्ता बिचौला र माफियाहरुको ठूलो गिरोह लामो समयदेखि एमबीबीएसको प्रवेश परीक्षा सेटिङमा संगठित रुपमा लागेको प्रहरीले जनाएको छ । अहिले प्रहरीले प्रवेश परीक्षाको एन्सर सीट’ लगेर बाहिर आएको एन्सर सिटसँग म्याच गरिरहेको छ भने पैसाको वार्गेनीङ गर्ने राहुल रौनियानको बारेमा अनुसन्धान अगाडि बढाएको छ । आइओएमले बनाएको एन्सर सीट म्याच गर्दा ९० प्रतिशत मिलेको खण्डमा त्यो प्रश्नपत्र बाहिरिएको ठहरिनेछ । त्यो अवस्थामा पुनः परीक्षा हुनुपर्ने माग विद्यार्थीहरुले गरिरहेका छन् । उच्च पदस्थहरुकै हात चिट चोराएर विद्यार्थी पास गराउन ठूलै गिरोह सक्रिय भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । राहुल रौनियार र बीके यादवलगायतका विचौलियाहरु परिक्षार्थीसँग रकम असुल्न व्यस्त रहेको देखिएको छ । त्यसबाहेक नाम चलेका केही ठूला एमवीवीएसको तयारी कक्षा सन्चालन गर्ने इन्स्च्यिुटहरु पनि यसमा संग्लन भएको हुन सक्ने देखिएको छ । इलेक्ट्रोनिक डिभाइस सहित पक्राउ परेका विद्यार्थी र नक्कली परीक्षार्थीहरुको वयानका आधारमा आइओएमकै अधिकारीहरुको संलग्नता हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ । असोज २८ गते सञ्चालित प्रवेश परीक्षाका क्रममा तीनवटा परीक्षा केन्द्रबाट प्रहरीले विद्युतीय डिभाइस सहित केही परीक्षार्थीलाई पक्राउ गरेको थियो । प्रहरीले तत्कालै परीक्षा केन्द्रबाटै प्रश्नपत्रको फोटो खिचेर भाइबरमार्फत मेडिकल काउन्सिल र आइओएमका डीन जगदीश अग्रवाललाई समेत पठाए पनि त्यसको जवाफ उनले दिएका छैनन् । अहिलेसम्म आइओएमले परीक्षा रद्द गर्नुको साटो नतिजा प्रकाशन मात्रै स्थगन गरेपछि परीक्षार्थीहरुले समेत डीनको नियतमाथि शंका गर्दै शिक्षण अस्पताल परिसरमा निरन्तर प्रदर्शन जारी राखेका छन् । उनीहरुले डीन कार्यालयबाटै प्रश्नपत्र आउट गरिएको र डिभाइसबाट उत्तर लेखाउने गिरोह समेत आइओएमसँग मिलेको आरोप उनीहरुको छ । २५ लाख र ५० लाख तिरेर सेटिङमा प्रवेश परीक्षा पास गराउने गिरोहमा डा.गोविन्द केसी नजिक रहेकाहरु बढी सक्रिय देखिएका छन् र उनीहरुको अनुसन्धान प्रहरीले गरिरहेको छ । साभार