किसानलाई ऋणमा डुब्न दिन हुँदैन : कृषिमन्त्री साह

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले किसानलाई ऋणमा डुब्न दिन नहुने बताएकी छन्। शनिबार काठमाडौंमा देशभक्त युवा नेपालले आयोजना गरेको कार्यक्रममा उनले किसानलाई कुनै पनि हालतमा मर्कामा पर्न दिन नहुनेमा जोड दिएकी हुन् ।

सरकार ऋणमा डुबे पनि किसानलाई समस्या पर्न दिन नहुने उनले उल्लेख गरिन्। ऋण खोजेरै भए पनि दुग्ध किसानको बक्यौक्ता भुक्तानीका निम्ति पहल गरेको उनको भनाइ छ। सरकारले आउँदो बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिने उनले बताइन्।

मन्त्री साहले एक लाख हेक्टर जमिनमा चैते धान उत्पादन गर्न सके धानको आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने सुनाइन् । त्यसतर्फ सरकारले आवश्यक योजना बनाइरहेको उनले जानकारी दिइन्।

विदेश पलायन हुनबाट रोकेर देशमै रोजगारी सिर्जना गर्न सरकार योजना बनाउने काममा लागेको र त्यसले मुलुक आत्मनिर्भर हुन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरिन् ।कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । 

तनहुँमा जीप दुर्घटना : एकजनाको  मृत्यु, सात घाइते

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका– २ नारीघाटमा गएराति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा सातजना घाइते भएका छन् । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा१६च ४९१८ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकछेउमा पल्टिँदा जीपमा सवार चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । गुरुङको  पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा चितवनको इच्छाकामना–५ का २२ वर्षीय डम्बरबहादुर गुरुङ, सोही ठाउँका २४ वर्षीय कमल गुरुङ, ४६ वर्षीय रुद्रबहादुर चेपाङ, १८ वर्षीय जित गुरुङ, इच्छाकामना–६ बस्ने १९ वर्षीय रुपक गुरुङ, भरतपुर महानगरपालिका–२९ बस्ने टेष्टबहादुर गुरुङ र गोरखाको सहिद लखन गाउँपालिका–३ बस्ने ३० वर्षीय पूर्ण गुरुङ घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने पूर्ण गुरुङ उपचारपश्चात घर फर्किएको प्रहरीले जनाएको छ । जीप चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

दोलखामा कांंग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो

दोलखा । दोलखा जिल्लामा स्थानीय तहका लागि भएको निर्वाचनमा प्राप्त नतिजाअनुसार नेपाली कांंग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा ९माओवादीकेन्द्र तेस्रो हुन पुगेको छ । दुई नगरपालिका, सात गाउँपालिकाका ७४ वटा वडाबाट प्राप्त मत परिणमअनुसार कांग्रेस तीन पालिका प्रमुख, तीन उपप्रमुख र २५ वडाध्यक्षमा विजयी भएको छ । त्यसैगरी दुई पालिकका प्रमुख, पाँच उपप्रमुख र २३ वडाध्यमा एमाले तथा तीन पालिका प्रमुख, एक उपप्रमुख र २१ वडाध्यक्षमा माओवादी विजयी भएको हो । त्यस्तै नेकपा (एकीकृत समाजवादी)ले एक गाउँपालिका प्रमुख र दुई वडाध्यक्ष जितेको छ भने दुई वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारले जितेका छन् । जिरी र भिमेश्वर नगरपालिकामा मिश्रित परिणाम आएको छ । जिरी नगरपालिकाको प्रमुख–उपप्रमुख र दुई वडाध्यक्ष एमालेबाट निर्वाचित भएका छन् भने अन्य वडामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । उक्त नगरको कार्यपालिकामा भने गठबन्धनको बहुमत छ । त्यस्तै भिमेश्वर नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसले वैतेश्वर र कालिञ्चोक गाउँपालिका तथा भिमेश्वर नगरपलिकामा प्रमुखका साथै तामाकोशी र गौरीशङ्कर गाउँपालिकामा उपप्रमुख जितेको छ । एमालेले जिरी नगरपालिका र मेलुङ गाउँपालिकामा प्रमुख–उपप्रमुख जितेको छ भने भिमेश्वर नगरपालिका, बिगु गाउँपालिका र शैलुङ गाउँपालिकामा उपप्रमुख जितेको छ । माओवादी केन्द्रले शैलुङ, गौरीशङ्कर र बिगु गाउँपालिकामा प्रमुख जितेको छ भने कालिन्चोक गाउँपालिकामा उपप्रमुख जितेको छ । एकीकृत समाजवादीले तामाकोशी गाउँपालिकामा प्रमुख जितेको छ । दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तह रहेको दोलखामा गठबन्धनको स्पष्ट बहुमत छ । अठार पालिका प्रमुख–उपप्रमुखमध्ये सात जनामात्र एमालेका छन् भने ११ गठबन्धनको पक्षमा छन् । चौहत्तर वडामध्ये एमालेले २४ वडामा मात्र जितेको छ । गठबन्धनले ४८ र स्वतन्त्रले दुई वडामा जितेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्लामा बलियो देखिएको एमाले यसपटक कमजोर देखिएको छ । अघिल्लो निर्वाचनमा एमाले एक्लैले दोलखामा पाँच गाउँपालिका र दुई नगरपालिका गरी सात स्थानीय तह जितेकामा अहिले दुई स्थानीय तहमा मात्र जित्न सफल भएको छ । गत निर्वाचनमा जिल्लाको दुई पालिका उपप्रमुख जितेको नेकपा (माओवादी केन्द्र) ले यस निर्वाचनमा तीन गाउँपालिका प्रमुख र एक उपप्रमुखसहित २१ वडामा जित्न सफल भएको छ ।

करारमा जागिर खाने हो? हेर्नुस् सूचना

काठमाडौं, वैशाख १५ । महुरेगढी पोलिटेक्निक इन्ष्टिच्युट खोटाङले डिप्लोमा कार्यक्रमका लागि करारमा कर्मचारीको माग गरेको छ । रिक्त रहेका पदका लागि इन्ष्टिच्युटले करारमा कर्मचारी माग गरेकाे हाे ।  योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र निवेदन पेश गर्नका लागि एक सूचनासमेत जारी गरिएको छ ।

सदन र सडकमा सशक्त प्रतिवाद, कुनै लेनदेन नगर्ने उद्घोष

काठमाडौं, मंसिर १६ ।   प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले ल्याएको संविधान संशोधन विधेयकविरुद्ध सदन र सडकमा सशक्त प्रतिवाद गर्दै असफल बनाउने घोषणा गरेको छ । संविधान कार्यान्वयन रोकेर मुलुकलाई विदेशीको गुलाम बनाउने ग्य्रान्ड डिजाइनसहित सरकारले राष्ट्रघाती संशोधन विधेयक अघि बढाएको ठहर गर्दै सदन र सडकबाट प्रतिवाद गर्ने घोषणा एमालेले गरेको हो । एमालेका अनुसार सरकारले संशोधनमार्फत अघि बढाएको सीमांकन हेरफेर, राष्ट्रिय सभामा रहेको समानुपातिक प्रतिनिधित्व र हिन्दी भाषालाई सरकारी भाषा बनाउने प्रस्ताव राष्ट्रघाती रहेको छ । सोही आधारमा उसले प्रतिवादमा उत्रन हिमाल–पहाड–तराईका जनतालाई आह्वानसमेत गरेको छ । एमालेको सो रणनीतिसँगै युवा–विद्यार्थीले बुधबारबाटै राजधानीलगायत देशैभर आन्दोलन सुरु गरेका छन् । युवा विद्यार्थी स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएर विरोध सुरु गरेका हुन् । एमालेले सदन र सडक संघर्षलाई प्रभावकारी बनाउँदै संशोधन विफल पार्ने रणनीतिसमेत तय गरेको छ । उसले राष्ट्रिय हितविपरीतको प्रस्तावका विषयमा केही कसैसँग लेनदेन हुन नसक्ने उद्घोषसमेत गरेको छ । ‘सरकारले मुलुकमाथि गम्भीर घात गर्दै आपत्तिजनक संशोधन अघि बढाएको छ । यो विधेयक पारित भए मुलुकको स्वाभिमान गिर्छ । संघीयताको अर्थ पनि रहँदैन,’ एमाले प्रचार विभागले बुधबार आयोजना पार्टीनिकट पत्रकारसँगको परामर्शमा सचिव प्रदीप ज्ञवालीले भने, ‘लोकमान वा कोहीकसैसँग पनि यो विषय लेनदेन हुँदैन, साट्न सकिँदैन ।’ विश्व भूराजनीतिका कारण नेपालको अस्तित्व समाप्त पारी उपनिवेश बनाउन असम्भव देखेपछि भुटान बनाउने षड्यन्त्रसहित सरकारले संशोधन प्रस्ताव ल्याएको निष्कर्ष एमालेको रहेको उनले जनाए । ‘भूराजनीतिक परिस्थितिका कारण किस्ताकिस्तामा राष्ट्रिय स्वाभिमान र अस्तित्व समाप्त पार्न असम्भव भएपछि नयाँ षड्यन्त्र राचिएको छ,’ ज्ञवालीले भने, ‘नेपाललाई कम्तीमा भुटानजस्तो नबनाउन्जेल यो चाल चलिरहन्छ ।’ प्रदेश सभाबाट समान रूपमा सहभागिता नगराउँदा ठूला र बढी प्रतिनिधि हुने प्रदेशले साना र कमजोर प्रदेशको अधिकार खोस्न सक्ने भनाइ पनि एमालेको छ । ‘साना प्रदेशको अधिकार दुई ठूला प्रदेशले नखोसून् भनेर समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको हो, त्यसविपरीत जान सकिन्न,’ एमाले सचिव ज्ञवालीले भने । आजको राजधानी दैनिकमा खबर छ ।

एमाले पार्टी भ्रष्टाचारको दलदलमा फसेको छ : पूर्वमन्त्री मोदी

विराटनगर । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदीले केपी शर्मा ओली नेतृत्वको सरकारले विवादित पात्रको हातबाट अर्बौंका दान लिनु घुस भएको दाबी गरेका छन् । मोरङको ग्रामथानस्थित तेतरियामा सोमबार आयोजित पार्टी सम्पर्क कार्यालय उद्घाटन तथा उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सम्पत्ति शुद्धीकरण विभागले मीनबहादुरसँग बयान लिइसकेको, केही जग्गा र सम्पत्ति पनि रोक्का गरिएको व्यक्तिबाट प्रधानमन्त्री केपी ओलीले अर्बभन्दा बढीको जग्गा दान लिएर भ्रष्ट्राारलाई मलजल गरेको बताए । उनले ग्रामथानको उपनिर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार नमोनारायण माझीले जित्ने समेत बताए ।

अखिल क्रान्तिकारी भक्तपुरको अध्यक्षमा सुमन माझी

काठमाडौं । अखिल (क्रान्तिकारी) भक्तपुर जिल्लाको १७ औं सम्मेलनले सुमन माझीको अध्यक्षतामा नयाँ जिल्ला समिति चयन गरेको छ ।  जसको उपाध्यक्षमा छिरिङ लामा, पुष्पराज अधिकारी र जोरबहादुर रोकाया, सचिव अन्जित लामा, सहसचिव देवेन्द्र न्यौपाने र कोषाध्यक्ष सुनगाभा मगर रहनुभएको छ ।

आज यी प्रदेशमा सामान्यदेखि मध्यम वर्षा हुने सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, कर्णाली प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा कर्णालीका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । आज सूर्योदय बिहान ५ बजेर २३ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५८ मिनेटमा हुनेछ ।

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौँ। सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आइतबार दिउँसोबाट सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले  विश्वासको मत लिँदै छन्। प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्ने कार्यसूची  छ । उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । यसैगरी, सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।  

रविले भने–बेचन, जीवी र टिकापुर घटनाको अनुसन्धानमा हात नकामोस्, गृह मन्त्रालयमा मेरो आँखा २४ सै घण्टा रहनेछ

काठमाडौँ ।सरकारका रास्वपाका सभापति एंव गृहमन्त्री रवि लामिछानेले राज्यसंयन्त्रमा हस्तक्षेप गर्न नयाँ पुस्ताको आगमन आवश्यक भएको बताएका छन् ।  जाँदा जाँदै आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री लामिछानेले भने ‘जाँदा जाँदै म यति भन्न सक्छु । देशमा परिवर्तन चाहिएको भए, यदि जे चलिरहेको छ त्यो सही भइदिएको भए, जुन संयन्त्र चलिरहेको छ त्यही नै भइदिएको भए हामीले दैनिक गाली गलोज खाएर, आलोचना सहेर, अनेक किसिमका लाञ्छना सहेर यसरी नयाँ पुस्ता आउनुपर्ने थिएन ।’ लामिछानेले थप भने, ‘अर्थात नयाँ पुस्ताको यो आगमन व्यक्ति को हुन्छ थाहा छैन तर संयन्त्रका रूपमा राज्य संयन्त्रका रूपमा जर्वजस्त हस्तक्षेप गर्न नयाँ पुस्ताको आगमन भैसकेको छ ।’ उनले त्यसको महसुस प्रहरीलाई पनि होस् भन्दै प्रशासनलाई पनि हुनुपर्ने बताए ।  उनले व्यक्तिका रूपमा आफू फेरि आउने नआउने थाहा नभएको भन्दै अव सङ्केतका रूपमा जसरी चलिरहेको छ त्यसरी नचल्ने बताए । उनले काम गर्ने क्रममा आफ्नो हतारोका कारण कहीँ कतै चोट लागेको भए क्षमा दिन आग्रह गर्दै आफूले केही ख्याति कमाएको भए पनि प्रहरी कर्मचारीको सहयोगकै कारण पाएको बताए ।  ‘जस अपजसमा म तपाईँहरूको साथमा छु । हुन त तपाई हामी फेरि भेट्छौ’, उनले अव आफू प्रतिपक्षमा जिम्मेवारका साथ प्रस्तुत हुने भन्दै आफूले सम्हालेको गृह मन्त्रलयमा बाहिर बसे पनि २४ सै घण्टा रहिरहने बताए । साथै लामिछानेले सरकार परिवर्तनको प्रक्रिया सुरु भएसँगै कयौँ विषयहरू सामसुम बन्न लागेको भन्दै अनुसन्धानमा हात नकमाउन आग्रह गरेका छन् । उनले बेचन झा पक्राउ पछिका बयान, जीवी राई पक्राउबारेको प्रगति र टिकापुरमा भएको निर्मला हत्या काण्डको अनुसन्धानमा निकै नजिक पुगेको बताउँदै ती र अन्य विषयको अनुसन्धानमा  हात नकमाउन आग्रह गरेका हुन् ।

बाढीपहिरोबाट देशभर १३२ सडक प्रभावित

काठमाडौँ । बाढीपहिरोका कारण देशभर एक सय ३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ । सडक विभागको तथ्याङ्कअनुसार आज १३ सडकखण्ड पूर्णरुपमा तथा एक सय १९ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएका छन् । विभागका प्रवक्ता सुनिल पोखरेलका अनुसार बिपी राजमार्ग, पृथ्वी राजमार्ग, पुष्पलाल ९मध्य पहाडी० राजमार्गलगायत एक सय १९ सडकखण्डमा एकतर्फी रुपमा यातायत सेवा सञ्चालन भएको छ । डुम्रे–बेँसीसहर–चामे, विराटनगर–इटरी धरान, तानसेन–रिडी–कोरालालगायत सडकखण्ड पूर्णरुपमा अवरुद्ध छन् । जल तथा मौसम विज्ञान विभागले आगामी शनिबारसम्म मुलुकभर वर्षाको सम्भावना रहेकाले बाढीपहिरोको उच्च जोखिम रहेको जनाएको छ । विभागका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग/सिमाना आसपास)रहेको तथा उक्त रेखा अझ नेपालतर्फ सरेकाले आजदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित भएको छ । यी दुबै प्रणालीको प्रभावले शनिबारसम्म नै नेपालमा मनसुन सक्रिय हुने सम्भावना छ । देशभर साधारणतया ण्बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा समेत भारी वर्षाको सम्भावना छ । भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्नसक्ने भन्दै सतर्कता अपनाउन प्रवक्ता पोखरेलले आग्रह गर्नुभएको छ । दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन विभागले अनुरोध गरेको छ ।

थला परेको अर्थतन्त्रलाई चलायमान बनाउन जरुरी : माधव नेपाल

लेखनाथ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही वर्षदेखि थला परेको नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार सक्रिय भएर लाग्नुको विकल्प नभएको बताएका छन् । समाजवादी प्रेस संगठन नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘राजनीतिक स्थिरता, परिवर्तन र सुशासनसँग जोडिएको अर्थतन्त्र बलियो बनाउन सकेनौँ भने लोकतन्त्र नै कमजोर भएर जान्छ।’ लोकतन्त्र समाप्त पार्न खोज्ने शक्ति सक्रिय  भइरहेको अवस्थामा प्रधानमन्त्रीले अर्थतन्त्र  बलियो  बनाएर जनताको आयस्रोत वृद्धि गर्न जरुरी भएको भनाइ उनको थियो ।  अर्थतन्त्रलाई बलियो बनाउने कार्यमा प्रधानमन्त्रीले अर्थतन्त्रका विज्ञ र पूर्वप्रधानमन्त्रीहरुसँग  छलफल तथा राय सुझाव लिएर अगाडि बढ्नसमेत नेपालले सुझाव दिए। लोकतन्त्रको हितमा सहकार्य गर्दै अगाडि बढ्ने समाजवादी पार्टीको उद्देश्य भएकाले प्रधानमन्त्रीकै लागि आफूले मरिहत्ते नगरेको जिकिर उनको थियो । एकीकृत समाजवादी पार्टीको दशौँ महाअधिवेसन असारको पहिलो हप्ता काठमाडौँमा हुने जानकारी दिँदै उनले महाधिवेशन तयारीका लागि २७ सदस्यीय मस्यौदा समितिसमेत गठन गरिएको जानकारी दिए।  महाधिवेशनमा राजनीतिक, संगठनात्मक, समाजवाद र पार्टी विधानसम्बन्धी मूल विषय बनाएर छलफल हुने पनि सो अवसरमा उनले जानकारी दिए । बाहिर चलेको हल्ला झैँ समाजवादी पार्टी फुट्ने कुनै सम्भावना नरहेको दाबीसमेत उनको छ। 

सत्ता समीकरण मिसन–८४ सम्म कायम राख्न चाहन्छौँ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिलेको सत्ता समीकरण मिसन–८४ सम्म कायम राख्न चाहेको बताएका छन्।एमालेको आयोजनामा भएको राष्ट्रिय महिला भेलाको समापन समारोहलाई आज सम्बोधन गर्दै उनले भने, “जे कारणले हामीलाई घेराबन्दी गर्ने काम भयो। जनताले हामीलाई रोज्दारोज्दै हामीलाई विमुख पार्ने काम भयो । त्यसको अन्त्य हामी मिसन–८४ मा गर्न चाहन्छौँ।” उनले मिसन–८४ का लागि पार्टी बलियो बनाएर एमालेलाई भविष्यको निर्णायक शक्तिको रूपमा स्थापित गर्ने बताए।महासचिव पोखरेलले चुनावी प्रतिस्पर्धामा महिलाको सहभागिता अब निर्णायक शक्तिको रूपमा रहनुपर्नेमा जोड दिए। “पुरुषभन्दा महिला मतदाताको सङ्ख्या धेरै छ । गाउँमा कुनै कार्यक्रम गर्न थाले महिलाको उपस्थिति धेरै देखिन्छ,” उनले भने। उनले पार्टी सदस्यता प्राप्त गर्ने सवालमा महिलाको सहभागिता अझै कम रहेकाले बढाउनुपर्नेमा जोड दिए। “संविधानतः हामीले ४० प्रतिशत प्रतिनिधित्व स्थानीय तहमा सुनिश्चित गरेका छौँ। तर पार्टी सदस्यताको हिसाबले महिला सहभागिता अहिले पनि २० प्रतिशत छ,” उनले भने, “संविधानको सीमाभित्र पनि हामीले पार्टी सदस्यता विस्तार गर्न सकेका छेनौँ।” उनले महिलाको राजनीतिक सशक्तीकरणको आरम्भ पार्टी सदस्यताको विस्तारबाट हुने बताए। महिलाका लागि मात्र नभई सिंगो समाजको नेतृत्वकर्ता महिला बन्नुपर्ने उनको धारणा छ। कार्यक्रममा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले महिला आन्दोलनको सशक्तीकरणको पक्षमा महिलासँगै रहने प्रतिबद्धता व्यक्त गरे। भेलामा आज विभिन्न १२ समूहमा सात वटा विषयमा छलफल गरिएको थियो। हिजोदेखि सुरु भएको भेलामा पार्टीका केन्द्रीय सदस्यहरू, पार्टीका २३ वटै जनसंगठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुका तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी पाँच हजार जना सहभागी थिए। रासस

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई छलफलमा बोलाएका छन् । संसदको गतिरोध अन्त्यको विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बेलुका ६ बजे कांग्रेस नेताहरुलाई बोलाएका हुन् । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै आएको संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । सो विषयमा सत्ता पक्ष र विपक्षी कांग्रेसबीच सहमति हुन सकेको छैन्। यसमा सहमति जुट्न नसक्दा संघीय संसद प्रभावित हुँदै आएको छ । यही विषयमा विवाद हुँदा बिहीबार प्रतिनिधि सभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल नै भएको थियो।शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले बिहीबारको घटनाको निन्दा गर्दै सभामुखको बैठक सन्चालन गर्दाको भूमिका माथि समेत प्रश्न उठाएको छ।