संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संदसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियभाको बैठक सवा ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । 

आजको राष्ट्रियभाको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ । 

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्दको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ । 

आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुनेछ भने अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफलका लागि प्रस्ताव गर्ने र प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ । 

अर्थमन्त्री पुनले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने बैठकको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रतिनिधिसभाको सचिवालयले आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्न बाँकी छ । 
 

काममा आलटाल नगर्न अध्यायगमन विभागलाई मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं, भदौ ९ । गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठले अध्ययगमन विभागका कर्मचारीहरुलाई समस्या देखाउने भन्दा पनि समाधान गर्ने गरी काम गर्न निर्देशन दिएका छन् । अध्यायगमन विभागमा रहेका नीतिगत समस्याहरु समाधान गर्न सरकार तयार रहेको बताउदै उहाँले हाल भएका नीतिहरुलाई पनि प्रभावकारी रुपमा कार्यान्वय गरेर काम गर्न निर्देशन दिएका हुन् । विहिवार अध्ययगमन विभागको अनुगमन गर्दै मन्त्री श्रेष्ठले विभागमा रहेका त्रुटी सच्याउन सरकार तयार रहेको बताउदै जटिलताहरु समाधान गर्न सरकार गम्भीर रहेको बताए । विभागले परम्परागत ढंगबाट भन्दा पनि विज्ञान र प्रविधिको प्रयोग गरेर सहज रुपमा सेवा सुविधा उपलब्न गराउन उनले निर्देशन दिए । मन्त्री श्रेष्ठले भने, ‘नेपालमा भित्रिएकाहरुलाई पर्यटक मात्र बुझ्नले चलन छ, सबै पर्यटक हुन्छन भन्ने छैन, यो विषयमा विभाग चनाखो हुनुपर्छ ।’ सरकार नीतिगत रुपमा रहेका जटिलता सच्याउन तयार छ, नीतिगत व्यवस्था गरेपछि कार्यान्वयन गर्न पनि उतिकै ध्यान दिनुपर्छ, मन्त्री श्रेष्ठले भने । ‘आर्थिक समस्या छ भनेर काम नै नगरी त भएन,योजना र कार्यान्वयन हुनुपर्छ’,मन्त्री श्रेष्ठले भने,‘राजनीतिक रुपमा कुरा चर्को गरी राख्ने, जे पनि गर्छु भन्ने एउटा चलन छ, म थोरै बोल्ने र काम गरेर देखाउने संस्कृतिको विकास गर्ने पक्षमा छु ।’ अध्यायगमन नीति आवश्यक भएको बारेमा मन्त्रालय जानकार रहेको बताउदै अध्ययगमन नीति भन्दा पनि सबै समस्यामाथि विषगत रुपमा छलफल गरेर ऐनकै व्यवस्था गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए । अध्यायगम विभागका महानिर्देशक दिपक काफ्लेले नीतिगत समस्या समाधान गर्न आग्रह गर्दै पर्यटक भिषाको बारेमा रहेको अन्यौलता हटाउनको लागि कानुनमा नै व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।

भारतमा चक्रवातबाट बचाउन पन्ध्र लाख नागरिकको उद्धार गरिदै

भारत। भारतका पूर्वी राज्यहरू ओडिशा (पहिले ओरिसा) र पश्चिम बङ्गालमा नजिकिँदै गरेको चक्रवातको बाटोबाट करिब १५ लाख मानिसलाई उद्धार गर्न भारतीय अधिकारीहरू जुटेका छन्। चक्रवात डानाबाट हुने क्षति कम गर्न हजारौं राहतकर्मीहरू परिचालन गरिएको छ, जसले अर्को २४ घण्टाभित्र भूमि स्पर्श गर्ने अपेक्षा गरिएको छ। यात्रा सेवाहरू पहिले नै प्रभावित भएका छन्, दर्जनौं रेल र उडानहरू रद्द गरिएका छन्। भारतको मौसम विभागले भनेको छ कि बंगालको खाडीमा रहेको न्यून चापीय प्रणाली बिहीबार साँझसम्ममा प्रचण्ड चक्रवाती आँधीमा परिणत हुने अपेक्षा गरिएको छ। ओडिशामा समरेन्द्र राउत र हिमान्सु समल, कम इलाकाबाट उद्धार गरिँदै ओडिशामा १० लाखभन्दा बढी मानिसहरूलाई अस्थायी राहत शिविरहरूमा सारिँदै छ। यो आँधीले तटीय क्षेत्रहरूलाई १००-१२० किमि प्रतिघण्टा (६२-७४ माइल प्रतिघण्टा) को हावाको गति संग हिर्काउने अपेक्षा गरिएको छ। बुधबार, ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले चक्रवातको बाटोमा पर्ने जिल्लाहरूका बासिन्दाहरूको सुरक्षाका लागि सबै तयारी पूरा भएको बताए। राज्यका अधिकारीहरूले खाद्य, पानी र स्वास्थ्य सुविधाहरू सहित अस्थायी राहत शिविरहरू तयार गरेको बताएका छन्। "हामी आँधीको सामना गर्न पूर्ण रूपमा तयार छौं। आतंकित नहुनुहोस्, सुरक्षित रहनुहोस् र सावधान रहनुहोस्," माझीले सञ्चारमाध्यमलाई भने। ओडिशाले १४ जिल्लाबाट १० लाखभन्दा बढी मानिसलाई उद्धार गर्दैछ, जबकि पश्चिम बङ्गालले तटीय क्षेत्रहरूबाट ३ लाखभन्दा बढी मानिसलाई उद्धार गर्दैछ। दुई राज्यका अधिकारीहरू र उद्धार टोलीहरू सतर्क अवस्थामा छन्। तटीय क्षेत्रमा रहेका विद्यालयहरू बन्द गरिएका छन्। गेट्टी इमेजेस: कोलकातामा रहेको मौसम विभागका एक वैज्ञानिकले चक्रवात डानाको अवस्थिति देखाउँदै कोलकाताको मौसम विभागका वैज्ञानिकले चक्रवात डानाको अवस्थिति देखाउँदै भुवनेश्वर र कोलकाता सहरका विमानस्थलहरूबाट हुने उडान सेवा बिहीबार साँझदेखि शुक्रबार बिहानसम्म स्थगित गरिएका छन् र २०० भन्दा बढी रेलहरू रद्द गरिएका छन्। माछा मार्न जान माछा व्यवसायीहरूलाई चेतावनी दिइएको छ र ओडिशाको पारादीप बन्दरगाहमा काम गर्ने कर्मचारीहरू र नजिकैका बासिन्दाहरूको सुरक्षाका लागि आपतकालीन योजना बनाइएको छ। मौसम विभागले भनेको छ कि "गहिरोदेखि धेरै गहिरो" वर्षा तटीय क्षेत्रमा अर्को २४ घण्टा भित्र हुने अपेक्षा गरिएको छ। ओडिशा र पश्चिम बङ्गाल हरेक वर्ष प्रचण्ड आँधी र चक्रवातको सामना गर्ने गर्छन्। सन् १९९९ मा, ओडिशामा एउटा चक्रवातमा १०,००० भन्दा बढी मानिसको ज्यान गएको थियो। गत वर्ष, भारत र बङ्गलादेशमा एक चक्रवातले गर्दा कम्तीमा १६ जनाको ज्यान गएको थियो।

आज इन्द्रजात्रा पर्व, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं उपत्यकामा आज प्रसिद्ध इन्द्रजात्रा पर्व मनाइँदै छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने प्रचलन रहेको छ । विशेषगरि काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा इन्द्रजात्रा मनाइन्छ । यस जात्राको अवसरमा आज काठमाडौंको बसन्तपुरमा गणेश, भैरव र कुमारीको रथयात्रा गरिंदैछ । रथयात्रा शुरु हुनुअघि राष्ट्रप्रमुखबाट गणेश, भैरव र कुमारीको दर्शन गर्ने कार्यक्रम रहेको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङो ठड्याएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजा गरी ८ दिनसम्म मनाउने प्रचलन छ । यो जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच देखाउने गरिन्छ । लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पतन’ गरी ‘भरणी नक्षत्र’ को रातमा लिङ्गो ढाल्ने चलन रहेको छ । इन्द्रजात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

माओवादीको पदाधिकारी बैठक १ बजे बस्दै

काठमाडौँ । माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो १ बजे बस्ने भएको छ । सोमबार नेताहरुले धारणा राख्ने क्रम सकिएको छ । आज नेताहरूले उठाएको प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिने र पदाधिकारी बैठकलाई निष्कर्षमा पुर्याउने बताइएको छ ।  बैठकमा अहिलेको अवस्थामा विचारको विकास र पार्टी निर्माणबारे नेताहरूले आ–आफ्ना विचार राखेका थिए । खासगरी सत्ताबाट हट्नुका कारण, पछिल्लो राजनीतिक स्थिति र भावी रणनीतिबारे प्रचण्डले बिफ्रिङ गरेका थिए। बैठकमा उठेका प्रश्नको जवाफ दिएपछि बैठक आजै सकिने छ । साथै, बैठकले आगामी योजनाको प्रारूप तयारी गरी स्थायी समिति बैठक र केन्द्रीय समिति बोलाउन सक्ने बताइएको छ ।

विकास र समृद्धिको फड्को मार्न सके मात्रै राजनीतिक परिवर्तन संस्थागत हुन्छ : नारायणकाजी श्रेष्ठ

ललितपुर। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले ऐतिहासिक राजनीतिक परिवर्तनलाई आर्थिक विकास र समृद्धिको फड्कोमा पुर्‍याउन सकेमात्र जनताले वास्तविक परिवर्तनको अनुभूति गर्ने बताएका छन् । श्रेष्ठले आफूले सरकारमा हुँदा त्यही प्राथमिकतामा काम गरेको र सुशासनका पक्षमा तथा भ्रष्टाचारका विरुद्धमा ठुल्ठुला अभियान सुरु गरेको बताएका हुन् । शुक्रबार हात्तीवनस्थित ज्ञाननगर मार्गमा आयोजित भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजना सहयोग समितिुका निर्वाचित पदाधिकारीलाई सपथ गराउने र प्रमाणपत्र वितरण गर्ने समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताए । तीन वर्षमा सम्पन्न भैसक्नुपर्ने भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजना १० वर्ष भैसक्दा पनि पुरा नभएको तर अब सहयोग समिति र उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयले आवश्यक समन्वय गरेर कामलाई गति दिने विश्वास व्यक्त गरे। यहीँ बसोबास गरिरहेकोले सहयोग समितिको पनि सहयोगी भूमिकामा आफू रहने प्रतिबद्धता जनाए । जग्गा एकीकरण आयोजनामा सहभागी भएर पनि कयौंले अझै धनीपुर्जा नपाएको, खोलाको सीमाङ्कनको विवाद अदालत पुगेको, आयोजनामा पर्ने जग्गा अझै व्यक्तिसँगै रहेको जस्ता समस्या आपसी छलफल र मैत्रीपुर्ण सामाजिक समन्वयबाट समाधान गर्न सकिने उनले बताए । आयोजना भित्रको विकास, सुविधा र सुरक्षाका सबै पूर्वाधार छिटो सम्पन्न गर्न समेत उनले आग्रह गरे ।

प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबिच भेटवार्ता नियमित

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिच सिंहदरबारमा भेटवार्ता भएको छ।  आइतबार सत्तारुढ दुई दलका नेताबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो। भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। शनिबार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेट्नुभएको विषयमा सामान्य कुराकानी भएको बताइएको छ।  शनिबार सभापति देउवा र ओलीबिच बालकोटमा भेटवार्ता भएको थियो। भेटपछि विभिन्न आशङ्का व्यक्त गरिए पनि एमाले अध्यक्ष ओली अस्वस्थ भएका कारण देउवा भेटघाटका लागि गएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डसँग भेट गरेपछि अध्यक्ष ओलीले भेटवार्ता भइरहने बताए। प्रधानमन्त्री र अध्यक्ष ओलीको भेटका क्रममा जोडिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भेटवार्तालाई नियमित भएको बताए । 

प्रतिनिधि सभा बैठक(प्रत्यक्ष प्रशारण)

काठमाडौं । प्रतिनिधिसभा बैठक संसद् भवन बानेश्वरमा जारी छ ।जारी बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै, आज पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ। बैठकमा सांसद रामहरि खतिवडाले विनियोजन विधेयक २०८१ अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खचए रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ। त्यस्तै, सांसदहरू अमरेशकुमार सिंह, प्रेम सुवाल, मुक्ताकुमारी यादव, राजेन्द्रप्रसाद लिङदेन, रोशन कार्की, श्यामकुमार घिमिरेले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसैगरी आज संघीय मामिला तथा सामान्य प्रशाासन मन्त्रालय, उर्जा जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुने छ।  

गणतन्त्रमा पूर्वाधारले बिस्तारै फड्को मार्दै छ : मन्त्री शर्मा

काठमाडौं।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले पूर्वाधारमा बिस्तारै फड्को मार्न थालेको बताएकी छिन्। गणतन्त्र स्थापनाको अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले काठमाडौँको भद्रकालीमा ‘गणतन्त्रका उपलब्धि समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले गणतन्त्र स्थापना भएको १५ वर्षमा ठुला पूर्वाधार विकास निर्माण भएकाले निक्कै धेरै काम भएको चर्चा गरिन्।  सरकारले जेठ १५ गते गणतन्त्र स्थापना भएको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। सोही अवसरमा राससले समेत बिहीबार९जेठ १० गतेदेखि जेठ १६ गतेसम्म गणतन्त्र स्थापना भएपछि निर्माण भएका पूर्वाधार विकासका ९० तस्बिर राखेर आफ्नै प्राङ्गनमा प्रदर्शनी राखेको छ । मन्त्री शर्माले सरकारले सामाजिक न्याय र सुशासनको नारा ल्याएपछि धेरै काम गर्न सफल भएको उल्लेख गरिन । “हामीले लडेर जुन व्यवस्था स्थापना गर्न सफल भयौँ । यो व्यवस्था र परिवर्तनको पक्षमा सकारात्मक भाष्य निर्माण गर्न सफल भयौँ । हामीले गणतन्त्र दुख र कष्ट गरेर प्राप्त गरेका हो ।संविधान र कानुनमा धेरै राम्रा व्यवस्था उल्लेख छन् । त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न कानुन निर्माण गर्नुपर्ने छ” उनले भनिन्, “गणतन्त्रमा जतिसुकै पदीय हैसियतमा भए पनि गल्ती गर्छ भने छुट हुँदैन भन्ने जर्बस्त भाष्य निर्माण गर्न सफल भयौँ।  आमजनतामा बढ्दै गएको निसासा चिर्न सफल भयौँ । गणतन्त्र भएकाले कानुन छ भन्ने स्थापित गर्न सफल भयौँ ।” उनले गणतन्त्र भएकैले सबैलाई कानुनी दायरामा ल्याउन सफल भएकोले गल्ती गर्ने छुट कसैलाई नभएको उल्लेख गरिन्। राजतन्त्रमा बोल्न, लेख्न र स्वतन्त्रपूर्वक हिड्डुल गर्न नपाउने भएकाले जनताको बलमा गणतन्त्र ल्याएकाले सबैले निर्भिकतापूर्वक स्वतन्त्रता उपभोग गर्न पाएको उनले बताइन् ।  तत्कालीन सञ्चार मन्त्री कृष्णबहादुर महरा हुँदा ‘हात हातमा मोबाइल घरघरमा इन्टरनेट ’भन्ने नारा ल्याउँदा धेरैले नपत्याएको उल्लेख गर्दै मन्त्री शर्माले अहिले हात हातमा ल्यापटप हुँदै प्रविधि एआई सम्म पुगेको बताइन्। मन्त्री शर्माले भनिन्, “अहिले गाउँघर टोल टोलमा बाटाहरू र विकास निर्माणका पुगेका छन् । त्यसमा सबैभन्दा बढी भूमिका स्थानीयता र प्रदेशको छ । हामीले सोचे जति विकास गर्न नसके पनि धेरै सुविधा गाउँमा पु¥याउन सफल भयौँ ।”   भारत र चीन दुई छिमेकी देशमा एउटै व्यक्तिले लामो शासन गरेर विकासमा धेरै फड्को मारेको बताउँदै मन्त्री शर्माले नेपालमा एउटै व्यक्तिले तीन वर्षसम्म पनि शासन गर्न नपाउँदा धेरै काम गर्न नसकिएको स्वीकार गरिन्। उनले अब कहीँ न कहीँ नेपालको शासकीय स्वरूप फेर्नु पर्छ कि भन्ने बहस गर्नुपर्ने अवस्था आएको उल्लेख गरिन्।

३०औँपटक सगरमाथाको सफल आरोहण गरेर कामीरिताको नयाँ कीर्तिमान

काठमाडौं । कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उनी बुधबार बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका हुन् ।  “कामीरिता शेर्पाले सगरमाथा शिखमा ३०औँ पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गर्नुभएको छ,” सगरमाथा आधारशिविरबाट कार्यालय गौतमले भने। वसन्त ऋतुको जारी आरोहणमा उनले यसअघि धेरैपटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोडेका छन्। फिल्ड कार्यालय प्रमुख गौतमका अनुसार बुधबारसम्म आरोही र शेर्पा सहयोगी गरी ४६० भन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् ।  सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुन् ।सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुन् । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।  गत वैशाख २८ गतेदेखि यो वर्षको आरोहण सुरू भएको हो । आरोहणका लागि ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुषसहित ४१४ जनाले अनुमति लिएका छन् । अनुमति लिएकामध्ये ७५ प्रतिशतले सफल आरोहण गरेका जनाइएको छ । रासस

मेयर कप फुटबल : नारायणी नमूना र अमर मावि विजयी, किरण अमरजंग र ग्रामोदयको बराबरी

भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगमा आज तीन खेल सम्पन्न भएको छ ।  शारदानगरमा भएको समूह डी को खेलमा नारायणी नमूना मावि विजयी भएको छ । नारायणी नमूनाले सनराईज ईंग्लिस बोर्डिङविरुद्ध ३(१ को सहज जित हात पारेको हो । नारायणी नमूनाको जितमा उमेश कुमार महतो र सन्जित न्यौपानेले गोल गरे । उसले एक उपहार गोल पाएको थियो । सनराईजका मन्जित क्षेत्रीले एक गोल गरे ।  खेलमा अग्रता भने सनराईजले लिएको थियो । सातौं मिनेटमा गोल गर्दै मन्जितले सनराईजलाई अग्रता दिलाएका थिए । तर ३३ औं मिनेटमा उमेशले नारायणी नमूनाका लागि बराबरी गोल फर्काए । ३७ औं मिनेटमा उपहार गोलमा नारायणी नमूनाले अग्रता लियो । ४९ औं मिनेटमा रन्जितले गोल गरेपछि नारायणी नमूना ३(१ ले विजयी भयो । नारायणी नमूनाका सुमन न्यौपाने म्यान अफ दि म्याच भए ।  यो जितपछि नारायणी नमूना समूह डि को शिर्ष स्थानमा यथावत छ । उसको दुई खेलबाट ६ अंक भएको छ । समान खेल खेलेको सनराईज अंकबिहिन हुँदै तालिकाको पुछारमा झरेको छ ।  उता कृष्णपुरको मैदानमा भएको समूह ई को खेलमा अमर मावि विजयी भएको छ । अमर माविले वाल्मिकी शिक्षा सदनलाई ४(० ले पराजित गरेको हो । अमर माविको जितमा रितेश सुनारले दुई तथा राहुल सुनार र बसन्त कुमालले एक(एक गोल गरे ।   रितेशले खेलको १५ र २६औं मिनेटमा गोल गरे । यस्तै राहुलले २९ औं मिनेटमा गोल गरे । दोस्रो हाफको २३ औं मिनेटमा बसन्तले गोल गरेपछि अमर मावि ४-० को फराकिलो अन्तरले विजयी भयो । बसन्त नै म्यान अफ दि म्याच भए । यो जितपछि अमर मावि दुई खेलबाट ६ अंकसहित समूह ई को शिर्ष स्थानमा कायम छ । उता वाल्मिकी भने समान खेलमा एक अंकसहित तालिकाको तेस्रो स्थानमा झरेको छ  यस्तै पटिहानीमा भएको समूह एफ को खेलमा किरण अमरजंग मावि र ग्रामोदय ईंग्लिस बोर्डिङले अंक बाँडेका छन् । दुबै टिमले २(२ गोलको बराबरी गर्दै एक-एक अंक बाँदेका हुन् । प्रतिस्पर्धात्मक खेलमा किरण अमरजंगका लागि समिर परियार र निशान सुनारले गोल गरे । ग्रामोदयका लागि विमल गौतम र निशान्त थापा मगरले गोल गरे ।  खेलको दोस्रो मिनेटमा नै समिरको गोलमा किरण अमरजंगले अग्रता लिएको थियो । तर नवौं मिनेटमा विमलले ग्रामोदयका लागि बराबरी गोल फर्काए । ४६ औं मिनेटमा निशानको गोलमा किरण अमरजंगले फेरि अग्रता लियो । तर खेलको अतिरिक्त समयमा ग्रामोदयका निशान्तले गोल गरेपछि दुबै टोली बराबरीमा रोकिए । बराबरीपछि किरण अमरजंगको समूह एफ मा दुई खेलबाट चार अंक भएको छ । किरण अमरजंग तालिकाको शिर्ष स्थानमा छ । ग्रामोदय भने समान खेलबाट दुई अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ ।  लिगमा आइतबार पनि तीन खेल हुनेछ । शारदानगरमा समूह डी का होली भिजन र जनज्योति मावि भिड्नेछन् । यस्तै कृष्णपुरमा समूह ई का दुर्गा शेषकान्त मावि र ब्राइटस्टार ईंग्लिस बोर्डिङ तथा पटिहानीमा हिमालय दण्डपाणि मावि र अंकुरम एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।

स्थानीय सरकारले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ  : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारहरूबाट नागरिकमैत्री कार्यसम्पादन भए मात्रै सङ्घीयताको औचित्य स्थापित हुने बताएका छन्। खैरहनी नगरपालिका चितवनको वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनतामा प्रवाह हुने सेवालाई उत्तरदायी बनाउनुपर्नेमा जोड दिए। “स्थानीय सरकारहरूबाट नागरिकमैत्री कार्यसम्पादन र सुशासन कायम भएमा मात्रै सङ्घीयताको औचित्य स्थापित हुन सक्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यसैले स्थानीय जनप्रतिनिधि जिम्मेवार र जनउत्तरदायी हुनुपर्छ ।” गाउँमा आएका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्ने जिम्मेवारी स्थानीय सरकारको भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय जनप्रतिनिधि, कर्मचारी र सुरक्षा अङ्गको सोच्ने तरिका कस्तो छ भन्ने विषयले सेवाप्रवाहमा अवस्था स्पष्ट हुने बताए। उनले आगामी दिनमा खैरहनी नगरपालिकाले खैरहनी बासीको आवश्यकता र आकांक्षाहरूको सम्बोधन मात्रै नभएर सङ्घीय शासन प्रणालीलाई मजबुत बनाउने गरी कार्यसम्पादन गर्ने विश्वास व्यक्त व्यक्त गरे।   “सेवाप्रवाह कति चुस्त र जनउत्तरदायी छ भन्ने कुराले सरकारको छवि आम नागरिकमा स्थापित हुन्छ,” प्रधानमन्त्रीले भने, “यसर्थ, राज्यप्रति नागरिकको आत्मीयता र अपनत्वबोधलाई केन्द्रमा राखेर प्रभावकारी काम गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।” सरकारले सुशासन र सामाजिक न्यायका क्षेत्रमा उल्लेख्य कामहरू गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यी प्रयासहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरे।  तेस्रोपटक सरकारको नेतृत्व सम्हालेको १६ महिनाको अवधिमा सबैभन्दा बढी आफूले सङ्घीयता कार्यान्वयनमा ध्यान दिएको बताउँदै प्रधानमन्त्रीले यस अवधिमा राष्ट्रिय समन्वय परिषद्का दुई वटा बैठकहरू सम्पन्न भई महत्त्वपूर्ण निर्णयहरू गरेको जानकारी दिए। प्राकृतिक साधनस्रोतको संरक्षण र बहुआयमिक परिचालन, ग्रामीण अर्थतन्त्रको सशक्तिकरण, सामाजिक सूचकहरूमा बढोत्तरी लगायतका रणनीतिक महत्वका कामहरूका साथै सेवाप्रवाहका क्षेत्रमा स्थानीय सरकारहरूले महत्त्वपूर्ण काम गर्न सक्ने प्रधानमन्त्रीको भनाइ छ । उनले प्रदेश र स्थानीय तहको साझा अधिकार सूचिसमेतको सहीरूपमा लागू गर्दा ग्रामीण अर्थतन्त्रको सवलीकरणसहित राष्ट्रिय अर्थतन्त्र निर्माणमा गुणात्मक योगदान पुग्ने बताए। विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज सबैका लागि गौरवको विषय भए पनि बेलाबेलामा मानव र वन्यजन्तु बीचको द्वन्द्वले निकुञ्ज वरिपरिका नागरिकको जीउधनको क्षति भएको खबर सुन्दा आफूलाई दुःख लाग्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले मानव र वन्यजन्तु बीचको द्वन्द्व व्यवस्थापन गर्दै चितवन राष्ट्रिय निकुञ्जबाट यहाँका जनताले अधिकतम लाभ लिने वातावरण  सिर्जना गर्न वन ऐनमा संशोधन गरिने जानकारी गराए।  “वर्षायाममा डुवान तथा कटानको समस्याले खैरहनीलगायत पूर्वी चितवनमा वर्षेनी जनधनको क्षति हुने गरेको छ,” प्रधानमन्त्रीले भने, “राप्ती खोला, कयर खोला, ढुङ्ग्रे खोला लगायतका खोलामा तटबन्ध गरी नगरबासीको सुरक्षाका लागि सरकारले स्थानीय तहहरूसँग समन्वय गरी कार्य सम्पादन गर्नेछ।”

सुहाङले कटाए ११ हजार मत, डम्बरसँग ३७३४ को अग्रता

काठमाडौं। इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ११ हजार मत कटाएका छन् । सोमबार बिहान ११ः१० को अद्यावधिक विवरणअनुसार सुहाङले ११ हजार ९ मत प्राप्त गरेका हुन् ।  यसैगरी दोस्रो स्थानमा रहेर उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ७ हजार २७५ मत पाएका छन् । उनीहरुबीच ३ हजार ७ सय ३४ मतको अन्तर छ ।   यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ५ हजार ८६९ मत पाएका छन् ।  चौथो स्थामा रहेका स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ५ सय ९ मत पाएका छन् ।  २६ हजार ४३९ सदर मत गणना हुँदा स्वतन्त्र उम्मेदवार डाक प्रसाद गौतमले एक मत पनि पाउन सकेका छैनन् । अर्का उम्मेदवार धनराज राना मगरले २ मत पाएका छन् ।  शनिबार उपनिर्वाचन भएको इलाम २ को मतगणना आइतबारदेखि भैरहेको छ ।  

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

काठमाडौँ। नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच आज भेटवार्ता भएको छ। कतारी अमिर र प्रधानमन्त्री प्रचण्ड नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबिचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनुका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल भएको छ ।होटेल सोल्टीको अतिविशिष्ट कक्षमा भएको भेट वान टु वान भेटवार्तापछि द्विपक्षीय वार्ता हुनेछ वार्तामा विभिन्न सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने बताइएको छ ।  

लुम्बिनी विकास कोषका योजना प्रमुखविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं ।लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेआइतबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले पदीय मर्यादाविपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको जिकिर छ। अख्तियारले उनीविरुद्ध ८० लाख रुपैयाँ बिगो दाबी गरेको छ । यस्तो छ आरोपपत्र

मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला

काठमाडौं । द हिडन ट्रेजरले मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला गरेको छ । प्रतियोगिताका लागि इच्छुक नेपाली युवतीले जेठ १ गतेसम्म आवेदन दिन सक्नेछन् ।  मिस नेपाल २०२४ को ग्रान्ड फिनाले साउन १९, गते गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ ।  प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उचाइ भएका १८ देखि २७ वर्षका अविवाहित नेपाली युवतीले आवेदन दिन सक्नेछन् । प्रतियोगितामा भाग लिन आवेदनको कुनै पनि शुल्क नलाग्ने द हिडन ट्रेजरले जनाएको छ ।   मिस नेपाल प्रतियोगिताका लागि सहभागीहरूको खोजी बिर्तामोड, इटहरी, वीरगन्ज, चितवन, भैरहवा, नेपालगन्ज, पोखरा, सुर्खेत र काठमाडौंलगायत विभिन्न सहरमा हुनेछ । फाइनल अडिसन मे १८, २०२४ मा काठमाडौंमा हुनेछ । जसबाट छानिएका प्रतियोगिहरूले ग्रान्ड फिनालेको तयारीका लागि प्रशिक्षण लिनेछन् । यस वर्षको प्रतियोगितामा तीन मुख्य विजेता मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल हुने द हिडन ट्रेजरले जनाएको छ ।