विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड (प्रत्यक्ष प्रशारण)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा कांग्रेसको अवरोधका बिच विश्वासको मत लिँदै छन् । अहिले संसद्मा नेपाली कांग्रेसले नारा लगाइ रहेको छ भने सरकारले विश्वासको मत लिने प्रक्रियामा अगाडि बढेको छ ।

इलाममा ४३ र बझाङमा ४० प्रतिशत मत खस्यो

काठमाडौं । इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको र बझाङमा ४० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ।  जिल्ला निर्वाचन कार्यलयका इलामका अनुसार गत ०७९ को निर्वाचनमा यहाँ करिब ६० प्रतिशत मतदान भएको थियो । यो पटक ६५ प्रतिशत कट्ने आँकलन गरिएको छ ।  इलाम-२ मा १२ राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । त्यसैगरी बझाङका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार हालसम्मको मतदान शान्तिपूर्ण तरिकाले भइरहेको छ। २ः३० सम्मको नतिजा अनुसार ४० प्रतिशत मतदान भएको हो ।०७९ को निर्वाचनमा यहाँ ५३ प्रतिशत मात्र मतदान भएको थियो । यो पटक ५५ प्रतिशत कट्ने जिल्ला निर्वाचन कार्यालयको अंकलन छ। बिहान ७ बजे सुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।२०७९ सालको प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सांसद सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएपछि आज उपनिर्वाचन भएको हो ।

अमिरको भ्रमणमा विपिन जोशीको रिहाइदेखि श्रम सम्झौता पुनरवलोकनसम्मका मुद्दामा छलफल हुने

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आगामी साता नेपालको भ्रमणमा आउन लागेका छन् । उनको भ्रमणलाई उच्च प्राथमिकतामा राखिएको र त्यस क्रममा श्रमिकको हकहितका सवाललाई मुख्य प्राथमिकतामा राखिने बताइएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ताका अनुसार कतारका अमिरको नेपाल आगमन मध्यपूर्वबाट नेपालमा हुने हालसम्मकै सबैभन्दा उच्च तहको भ्रमण हो।  एप्रिल २४ गतेदेखि हुने भनिएको दुई दिने भ्रमणका क्रममा नेपाल र कतारले सन् २००५ मा भएको श्रम सम्झौतालाई अद्यावधिक गर्दै नवीकरण गर्न सक्ने बताइएको छ। कतारका लागि नेपालका एक पूर्वराजदूतले नेपालमा श्रमिकहरूको सीप वृद्धिसम्बन्धी पूर्वाधार र अन्य लगानीका क्षेत्रहरूमा सो पश्चिम एशियाली मुलुकबाट सहयोग भित्र्याउने प्रचुर सम्भावना रहेको बताएका छन्। कतारमा हाल नेपालीको सङ्ख्या झन्डै पाँच लाख जनशक्तिले काम गर्छ । सन् २०२२ अघिको एउटा तथ्याङ्कमा विगत १५ वर्षमा कतारमा मात्रै २,००० भन्दा बढी नेपाली कामदारको मृत्यु भएको छ । सोही कारण पनि अमिरको नेपाल भ्रमणमा द्विपक्षीय श्रम सम्झौतालाई पुनरवलोकन गर्ने विषय प्रमुख हुने बताइएको छ । श्रम सम्झौता नवीकरण गर्दा न्यूनतम ज्यालामा वृद्धि, सुरक्षाको ग्यारेण्टीसहित घरेलु कामदारलाई कतारमा पठाउन सकिने प्रावधान र कामदारहरूको सुरक्षा अनि बिमाका सवालहरूलाई ध्यान दिने नेपालको तयारी छ । अमिरको भ्रमणका क्रममा नेपालले हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सहयोग गर्न पनि अनुरोध गर्ने छ।उनी वैशाख ११–१२ मा कतारी अमिर पहिलो पटक नेपाल भ्रमणमा आउँदैछन् ।

देशका केही भू-भागमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । नेपालमा अहिले पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो ।  जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।  विभागले दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।  कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागको थोरै स्थान र बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।  लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्याह्नपछि हावाहुरीको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागले राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।  आज सूर्योदय बिहान ५ बजेर ३९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २९ मिनेटमा हुनेछ ।

आज मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना, कस्तो होला नयाँ वर्षको मौसम?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।  कोशी, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको भैरहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा  रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू(भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राती भने कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना  छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू(भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।  देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यस्तो हुनेछ वैशाख १ गते अथात् नयाँ वर्षको मौसम  २०८१ वैशाख ०१ गते (शनिबार)दिउँसो:  देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरू साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती: गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागु हुने

काठमाडौं । उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागु हुने भएको छ ।  इलाम र बझाङमा आचारसंहिता लागु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । “निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १ को उपदफा (२)ले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभर देहायमा उल्लेख भएका व्यक्ति, संस्था, निकाय तथा अधिकारीलाई संवत् २०८० साल चैत्र २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचार संहिता, २०७९ को व्यवस्था लागु गर्ने निर्णय भएको छ,” शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  प्रतिनिधिसभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ र प्रदेशसभा अन्तर्गत बझाङ–१ को ‘क’ मा वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।

सहकारीमा मेरो पनि लगानी डुबेको छ, उठाइदिनेलाई एक–दुई लाख दिन्छु  : श्रममन्त्री आर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले सहकारीमा आफ्नो पनि पैसा डुबेको बताएका छन् । उनले सो पैसा उठाइउदनेलाई आफुले केही रकम दिने समेत बताएका छन् । उपसभापति अर्यालले सहकारीमा आफ्नै २३ लाख लगानी डुबेको बताउँदै रकम उठाइदिनेलाई एक–दुई लाख रुपैयाँसम्म दिने पनि बताए । हाम्रो नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नलिएको बताए । उनले सहकारीमा रहँदा आफूले उपाध्यक्ष हुनका लागि एउटा सही छाप गर्नुबाहेक अरु कुनै कारोबारमा सही नगरेको दाबी समेत गरे ।रास्वपा आएपछि देशको नेतृत्व गर्न आफ्नो पालो नआउने डरले कांग्रेसका युवा नेताहरुले यसै विरोध गरिरहेको उनले आरोप लगाएका छन् । उनले भने, “रास्वपाको उपसभापति डीपी आर्याल पनि सहकारी ठगीमा तपाईंहरुलाई लाग्ला । मैले २३ लाख रुपैयाँ लगानी गरेको छु, त्यो सहकारीमा । म ठगिएको छु, मलाई त्यो २३ लाख उठाइदिए हुन्थ्यो, बोल्ने सांसदहरुले, लेख्ने मिडियाका साथीहरुले २३ लाख मेरो उठाइदिउन्, बरु उहाँहरुलाई म अलिअलि दिन्थेँ । मेरो २३ लाख आएपछि उहाँहरुको सचिवालय चलाउन, अध्ययन गर्न दिन्थेँ । मै ठगिएको छु । संस्थामा म सदस्य भएको हो, मैले भनेको छु । म उपाध्यक्ष भएको हो, त्यो अत्यन्त राम्रो उद्देश्यका साथ बनेको सहकारी रहेछ, हाम्रो नयाँ कृषि सहकारी भन्ने । त्यो कोभिडको पछि कृषिमा यति धेरै आयात हुँदो रहेछ, कोभिडमा अध्ययन गरियो ।” उनले अध्ययन गरिसकेपछि त्यो संस्थालाई सञ्चालन गरेर कतै यो देशमा कृषिमा केही परिवर्तन ल्याउन सकिन्छ कि भनेर काम गरेको बताए । “गएर काम गर्नुपर्ला भनेर पैसा लगानी गरियो, एक करोड लगानी गर्ने तयारीमा थिएँ, त्यसको लागि एक किस्ता २३ लाख लगानी गरेँ,” उनले भने, “काम गर्दै जाँदा एक महिनामा त्यहाँका साथीहरु, त्यसको इतिहास हेर्दा, त्यहाँ एक महिनामा अध्ययन गरेँ । संस्था कसरी चलाउने भनेर ७० पेजको प्रपोजल लिएर गएपछि उनीहरुले मलाई नेतृत्व दिन मानेनन् । त्यसपछि पुसको ११ गते राजीनामा गरेर म २३ लाख सकेको दिन फिर्ता गर्नुस् भनेर हिँडेको हुँ, म गएदेखि निस्किएसम्म कुनै कारोबार भएको छैन । अध्ययन गरेर लेख्नुस्, बोल्नुस् । मेरो तर्फबाट त्यो सहकारीमा साधारण सभामा उपाध्यक्ष हुनको लागि एउटा सही छाप भएको छ, त्यो भन्दा बाहेक मलाई केही थाहै छैन ।”

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल चैत २१ गते बुधबार सन् २०२४ अप्रिल ३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ०४ पैसा र बिक्री दर १४३ रुपैयाँ ६८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २७ पैसा र बिक्री दर १६८ रुपैयाँ ०२ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

रुसी सेनामा कार्यरतको जीवन रक्षाको माग गर्दै प्रदर्शन गर्ने पक्राउ

काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सोमबार सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीको नेतृत्वमा सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनले भने, “सिंहदरबार अगाडि प्रदर्शन गर्ने १० पुरुष र पाँच महिला गरी १५ जनालाई नियन्त्रणमा लिइएको छ ।” नियन्त्रणमा लिइएकाहरुलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । रुसी सेनामा भर्ना भएर मृत्यु भएकाहरुको शव फिर्ता, सम्पर्कविहीन भएकाको खोजी एवम् अलपत्र परेका नेपालीहरुको उद्धारको माग राख्दै उनीहरुले प्रदर्शन गरेका थिए ।

पदाधिकारी बैठकमा प्रचण्डको ब्रिफिङ - 'प्रदेश भागबन्डा टुङ्गिएको छैन'

काठमाडौँ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले सत्ता समीकरणबिच प्रदेश सिट बाँडफाँट टुंग्गो लागिनसकेको बताएका छन् । बुधबार बसेको पदाधिकारी बैठकमा प्रदेश सिट बाँडफाँटमा दलहरूसँग छलफलमै रहेकाले निष्कर्षमा नपुगेको ब्रिफिङ गरेका हुन् । बैठकले वैशाख १५ हुन लागेको इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा उम्मेदवारी दिने निर्णय गरेको छ। माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बिहीबारसम्म सिट बाँडफाँटमा टुङ्गो लगाउने बताए। बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै उनले भने– ‘प्रदेशको सिट बाँडफाँटमा कुनै निर्णय भएको छैन । अध्यक्षले बिहीबारसम्म टुङ्गो लाग्ने बताउनुभएको छ । यस सम्बन्धमा अर्को बैठकमा निर्णय हुन्छ ।’  

सत्ता गठबन्धनको बैठक सुरु‚ टुंग्गिएला मन्त्रालयको भागबन्डा !

काठमाडौं । नयाँ गठबन्धन बनेपछि मन्त्रालय भागबन्डा गर्न दलहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलहरूको बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्ड‚ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली‚ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव छन् । उनीहरूबाहेक दोस्रो तहका नेताहरू पनि बैठकमा सहभागी छन् ।

बालकोटमा एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक जारी छ ।  बिहान ७ बजेदेखि अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक बसिरहेको हो । बैठकमा टीआरसी विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ ।

माओवादी स्थायी समिति बैठक जारी

  काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा कार्यविभाजन र आगामी जागरण अभियानबारे छलफल प्रारम्भ भएको छ ।  बैठकमा समसामयिक राजनीतिक विषयमा र विधान अधिवेशनले लिएका निर्णयअनुसार वैज्ञानिक, वस्तुवादी र प्रभावकारी ढङ्गले कार्य सम्पादन हुने गरी नेताहरूको कार्य विभाजन गर्ने विषयमा पनि छलफल हुने  बताइएको छ । नेताहरूको कामको मूल्याङ्कनका आधारमा कार्य विभाजन गर्ने तयारी भएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड लगायत उच्च पदस्थद्वारा वसन्त श्रवण (फोटो फिचर)

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वसन्त पञ्चमीका अवसरमा बुधबार बिहान वसन्तपुर हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गरेका छन् । राष्ट्रपति लगायत उच्च पदस्थले सरस्वती पूजाको अवसरमा सो स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा छ । सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । कार्यक्रममा राष्ट्रपति पौडेल, प्रधानमन्त्री प्रचण्ड लगायतले पूजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहण गरे। वसन्तश्रवण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायतको उपस्थिति थियो । वसन्तपञ्चमीमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिन्छ भने वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ ।        

बजारमा आयो यस्तो नयाँ ब्रा, नाम– खतरनाक बिकिनी, अनलाइन अर्डर गर्न सकिने

आफुलाई अरु भन्दा पृथक देखाएर सधैँ नोटिस भइराख्नु धेरै मान्छेहरूको रुचि नै हुन्छ । र, यसलाई झन् सजिलो बनाइदिएको छ फेसनले । विभिन्न फेसन कम्पनीहरू मान्छेका रुचि अनुसारका लुगाहरु उत्पादन गरेर मनग्य मुनाफा कमाउँछन् । यस्ता कम्पनीहरूमा नयाँ नयाँ डिजाइनका लुगाहरू ल्याउने र उपभोक्ताहरूको ध्यान आकृष्ट गर्ने होड नै चलेको हुन्छ । यो फेसनकै निम्ति मान्छेहरू के के गर्न सक्दा रहेछन् भने हालै एउटा यस्तो पहिरन सार्वजनिक भएको समाचार आएको छ जुन लगाएर कुनै महिला सडकमा निस्किन मात्रै भने पनि देख्नेहरूले जिब्रो टोक्न सक्छन् तर अचम्म मानेर ! हो, नयाँ डिजाइनको पहिरन ल्याउने क्रममा बजारमा महिलाहरूका निम्ति पहिरन डिकिनी (Dickini) आएको छ । यो बिकिनीकै परिवर्तित रुप हो तर फरक के हो भने यसमा महिलाको स्तन ढाक्न प्रयोग हुने कपडाको डिजाइन पुरुषको लिङ्ग जस्तै रहेको छ । डल्स किल् वेबसाइटमा प्रदर्शित पहिरन लुगाको व्यापार गर्ने ‘डल्स किल्’ भन्ने एउटा अनलाइन बुटिकले आफ्नो वेबसाइटमा अत्याधुनिक डिजाइन भन्दै यो परिधान बेच्न राखेको जनाएको छ । ‘नामिलिया’ नाम गरेकी डिजाइनरले डिजाइन गरेको यस पहिरनको नाम उनकै नामबाट ‘नामिलिया ग्लिटर डिकिनी’ राखिएको छ । डिजाइन नामिलिया ग्लिटर डिकिनीमा थ्री डी इफेक्ट भएको चम्किलो डिजाइन भएको कपडाको प्रयोग गरिएको छ । साथै यसलाई अझ हट बनाउन घाँटीनेर इलास्टिक र पछाडि पट्टि हुक राखिएको छ । पछाडिबाट यस्तो देखिन्छ डिकिनी साइज वेबसाइटले यसलाई ‘खतरनाक बिकिनी” पनि भनेको छ । हाल यो स्मल, मिडियाम र लार्ज सबै साइजमा उपलब्ध रहेको र वेबसाइटमा नै अर्डर गरेर यसलाई किन्न सकिने जनाइएको छ । मूल्य यस कपडाको हालको मूल्य एक सय ३६ डलर ( लगभग १३ हजार आठ सय नेपाली रुपैयाँ ) रहेको जनाइएको छ । हाल यो परिधान डल्स किल् बाहेक अरु पनि थुप्रै वेबसाइटहरूमा बिक्रीका लागि राखिएको छ ।   तस्बिर: इन्टरनेट

“सरकारको पैसा कुर्दाकुर्दै मर्ने भइयो”

मलेखु (धादिङ), १ फागुन । महादेवस्थान गाविस–२ सिमथलीका चन्द्रबहादुर चेपाङको घर भत्कियो । उनले भूकम्पले भत्केको घर प्राविधिकलाई देखाए । प्राविधिकले उनको घर भत्केको भनेर लेखेनछ । गाउँमा अरुले राहत पाउँदा उनले पाएनन् । घर बनाउन नसक्ने भएकाले उनको परिवार अहिले परालले छाएको सामान्य टहरामा रात बिताइरहेको छ । उनले गाविसमा गएर गुनासो टिपाए तर अझै पनि सहयोग पाउन नसकेकाले दुई वर्षदेखि सो छाप्रो उनीहरुको बास बस्ने ठाउँ भएको छ । एक संस्था भूकम्पपछि शौचालय बनाइदिन आए तर कोही घर बनाइदिन नआएपछि चेपाङ परिवारको बिचल्ली भएको शिक्षक तिलक चेपाङको भनाइ छ । “मेरा दुई छोरी अपाङ्गता भएका छन्, यस्तो अवस्था हुँदा पनि सरकारले किन देखेन ?” चेपाङले गुनासो गर्नुभयो, “सरकारको पैसा कुर्दाकुदै बारीको पाटैमा मर्ने भइयो ।” गाउँम भूकम्पले घर भत्किएपछि उनी जस्तै अरु चेपाङ प्राविमा बस्दै आए । पछि विद्यालय खुल्यो । उनीहरु स्याउलाले छानो बनाएर बारीको पाटामा बस्छन् । सरकारले खटाएका प्राविधिक गाउँमा पुग्यो । उनीहरुले भत्केको घर देखाए तर उनीहरुको घर अनुदान दिने सूचीमा आएन । तिनले गाविसमा गएर गुनासो फाराम भरे तर अझै राहत पाइन्छ भन्ने निश्चय नभएकाले उनीहरु बारीको पाटामा बस्दै आएको छ । लामो समयदेखि बारीको पाटामा बस्दा सिमथलीका बालबालिका पटक पटक बिरामी परेका छन् । तिनलाई स्वास्थ्य चौकी लैजाँदासमेत “औषधि छैन” भन्ने जवाफ पाएको सिमथलीका चेपाङको गुनासो छ । महादेवस्थान–२ मा २५ चेपाङका घर भूकम्पपीडितको सूचीमा आएन । वडा नं ३ मा यस्ता १८ घर छन् । गाउँमा आएका प्राविधिकको लापर्बाहीले उनीहरुको नाम छुट्यो । जोगीमारा गाविसको जवाङमा रहेका ५२ घर चेपाङले अहिले घर बनाउन सरकारको अनुदान नपाउने भए । नाम नआएपछि उनीहरु समस्यामा परेका छन् । घर भत्किएर खरको छाप्रो बनाएर बसिरहेकालाई समेत सरकारले नहेरेको उनीहरुको गुनासो छ । यस्तै धुषा गाविस– ३ र ४ मा एक सय घर छुटेको नेपाल चेपाङ सङ्घले जनाएको छ । जिल्लाभर १५ हजार गुनासो परेकामा सम्बोधन हुन सकेको छैन । रासस फ़ाइल फ़ोटो