सिटिइभिटीका कर्मचारीको धर्ना जारी


काठमाडौं, १७ माघ । आङ्गिक प्राविधिक शिक्षालयहरुमा प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिनुपर्ने, पदपूर्तिको विज्ञापन गर्नुपर्नेलगायतका माग राख्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् सिटिईभिटिका कर्मचारीहरु आन्दोलित भएका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनको अगुवाईमा उनीहरु माघ १० गतेदेखि धर्नामा बस्दै आएका छन् ।
विभिन्न पाँच बुँदे माग राख्दै माघ १० गतेदेखि आन्दोलित कर्मचारीहरुले धर्ना जारी राखेका हुन् । आन्दोलनरत कर्मचारीहरुले नर्सिङ् कार्यक्रम सञ्चालन गर्न दिनु पर्ने सहित संगठनले पदपूर्तिको विज्ञापन गर्नुपर्ने, लामो समयसम्म परीक्षा शाखामा कार्यरत कर्मचारीलाई सरुवा गर्नुपर्ने, सेवा करार तथा ज्यालादारी कर्मचारीहरुलाई आर्थिक श्रोतको व्यवस्थापन गरी हालसम्मको महँगी भत्ता वापतको रकम उपलब्ध गराउनु पर्ने, संगठनसँग गएको जेठ १८ गते भएको सहमती कार्यान्वयन गर्नु पर्ने माग अघि सारेको छ ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन सिटिइभिटीले यसअघि व्यवस्थापन समितिसँग भएका सहमति र सम्झौता तथा उच्च अदालत पाटनले गएकोे भदौ २७ गते जारी गरेको आदेश अनुसार माघ १० गते भित्र पदपूर्ति नभएपछि आन्दोलन गर्नु परेको स्पष्ट पारेको छ ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष कमल ढकालले सिटिइभिटीले जिम्मेवारी हेरफेर तथा सेवा करार तथा ज्यालादारी कर्मचारीको महँगी भत्ता उपलब्ध नगराएसम्म आन्दोलन नरोकिने बताए । साथै, कर्मचारीलाई प्रधानमन्त्रीले घोषणा गरेको सामाजिक सुरक्षाको व्यवस्था हुनुपर्ने तथा आगामी शैक्षिक सत्रबाट सञ्चालन गर्नेगरी सिटिइभिटी अन्तर्गतका सम्भाव्य आंगिक शिक्षालयहरूमा प्रमाणपत्र तह नर्सिङ कार्यक्रम संचालन गर्न आवश्यक प्रक्रिया सुरू गर्नुपर्ने संगठनको माग रहेको उपाध्यक्ष ढकालले बताए ।
त्यस्तै उच्च अदालत पाटनबाट जारी भएको आदेश हालसम्म पनि कार्यान्वयन नभएको हुँदा अदालतको अवहेलना मुद्दामासमेत अघि बढ्ने तयारी भइरहेको ढकालले स्पष्ट पारे ।
गत पुस ८ गते पोखरा प्राविधिक शिक्षालय, पोखरामा बसेको नेपाल राष्ट्रिय कर्मचारी संगठनको केन्द्रीय समितिको चौथो पूर्ण बैठकका निर्णय अनुसार पाँच बुँदे मागपत्र पेश गर्दा बेवास्ता भएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।
सिटिइभिटीको प्राङ्गणमा पाँच बुँदे मागहरू उल्लेख गरिएको ब्यानरसहित संघर्षको अर्को स्वरूप निर्धारण नभएसम्मको लागि अध्यक्ष, एक जना उपाध्यक्ष र महासचिव गरि तीनजना कार्यालय समयभर धर्नामा बसिरहेको संगठनका अध्यक्ष तेज खत्रीले बताए ।
अध्यक्ष खत्रीले सिटिईभिटीका अन्य सम्पूर्ण कर्मचारीहरूलाई यी मागहरूमा ऐक्यबद्धताका जनाउनका लागि समेत आह्वान गरेका छन् ।

विप्लवलाई ठूलो झटका, सिन्धुपाल्चोकको सिङ्गो पार्टी माओवादी केन्द्रमा (विज्ञप्तीसहित)

काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्य्निष्ट पार्टीको सिंगो कमिटि माओवादी केन्द्रमा प्रवेश गरेको छ । नेपाल कम्युनिष्ट पार्टीले पूर्वाग्रह पालेको र सामाजिक अपराधमा समेत संलग्न रहेको आरोप लगाउँदै जिल्ला इन्चार्ज चिरन तामाङ र सेक्रेटरी कमल माझीसहित सिंगो जिल्ला समिति माओवादी केन्द्रमा प्रवेश गरेको हो । नव प्रवेशीहरुलाई अध्यक्ष प्रचण्डले स्वागत गरको छन् ।   हेर्नुस विज्ञप्ती र नामावली   अध्यक्ष प्रचण्डले स्वागत गर्दै व्यक्त गरेको विचार यो लिंकमा पढ्नुस विप्लवलाई प्रचण्डको कडा जवाफ– हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे त्यो सम्भव हुन सक्दैन  

ओछ्यानबाटै ट्वीट गर्छन अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना कामले भन्दा बढी ट्वीटले चर्चा पाउछन् । सञ्चारमाध्यमको त आलोचना गर्छन नै आफ्ना विपक्षीलाई पनि ट्वीटबाटै गाली गर्न पछि पर्दैनन् । उनी पत्रकार सम्मेलन गर्दैनन् । अन्तरवार्ता पनि खासै दिदैनन् । ट्वीटबाटै आफ्ना कुरा राख्छन, जो समाचार बनिहाल्छ । उनके एउटा ट्वीट फेरी समाचारको विषयको बनेको छ । उनले कहिले काँही ओछ्यानबाटै ट्वीट गर्ने गरेको बताएका छन् । उनले ट्वीटमा भनेका छन, ‘कहिले काँही ओछ्यानम पल्टिएरै ट्वीट गर्छु ।’ ७१ वर्षीय ट्रम्प आफ्ना ट्वीटका कारण हासोको पात्र पनि बन्ने गरेका छन् । उनी खाना खाने समयमा पनि ट्वीट गर्ने गरेका छन् । उनी कस्तो खाना खाए भन्ने समेत ट्वीट गर्न छोड्दैनन् । उनले ट्वीट गरेका छन, ‘म सबै भन्दा राम्रो खाना खान्छु । संसारका उत्कृष्ट कुकको हातबाट बनेको खाना । मलाई लाग्छ, साच्चिकै राम्रो खाना खान्छु ।’  

कति पटकको शारीरिक सम्बन्ध राम्रो

एजेन्सी । सेक्स भन्ने कुरा मानव जीवनको एउटा महत्वपूर्ण पाटो भएपनि यस सम्बन्धमा अहिलेसम्म धेरै यस्ता प्रश्न छन जसको उत्तर व्यक्ति वा अनुसन्धानपिच्छे फरक छन । यसले जिज्ञाशुलाई थप अन्योल थपिदिन्छन । धेरैको एउटै प्रश्न छ कति पटक गरीएको शारीरिक सम्बन्धलाई ठीक मान्ने । अनुसन्धानैपिच्छे फरक–फरक तथ्यांक आएपछि धेरै मानिस थप अन्यौलमा परेका छन । यस्तै जिज्ञासालाई मेटाउने उद्देश्यले किन्से इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले एक सर्वेक्षणमार्फत यो कुरालाई आधिकारिक बनाउने प्रयास गरेका छन् । इन्स्टिच्युटले यौन प्रजनन र यौनिकताको विषयमा गरेको अनुसन्धानको नतिजालाई हालै सार्वजनिक गरेको छ । उक्त अनुसन्धानले मनिसको उमेरअनुसार शारीरिक सम्बन्धको संख्यामा फरक आउने हुनाले यसलाई उमेरको मापदण्डअनुसार व्याख्या गर्नुपर्ने बताएको छ । सर्वेक्षणअनुसार १८ देखि २९ वर्ष उमेरका व्यक्तिले वार्षिक औसत रूपमा १ सय १२ पटक यौनसम्बन्ध राख्छन् । यसका आधारमा उनीहरूले सातामा दुईपटक यौन सम्बन्ध राख्ने गरेका छन् । यसैगरी ३० देखि ३९ वर्षकाले प्रतिवर्ष ८६ पटक अर्थात् सातामा १ दशमलव ६ तथा ४० देखि ४९ वर्षकाले ६९ पटक यौनसम्बन्ध राख्ने गरेका छन् । यो तथ्यांकको सारका रूपमा अनुसन्धानकर्ताहरूले मानिसको उमेर बढ्दै गएपछि यौन चाहना पनि घट्दै जाने हुनाले यसलाई शारीरिक समस्या मान्न भनेका छन् ।

गृहमन्त्री ज्यु ! केही त गर्नुहोस

नरेन्द्र चुदाली   उर्जा मन्त्रालयबाट देश र जनताको पक्षमा उर्जा भर्न सफल जनार्दन शर्मा बर्तमान मन्त्रीमन्डलमा गृहमन्त्री छ्न । उनको उत्साहपुर्ण आगमनमा धेरैमा सुसासनको आशा जागेको छ । गृहमन्त्रीको हैसियतमा काठमाडौंको सडक सस्कार लाई सभ्य बनाउन सके जनतालाइ ठूलो राहत मिल्ने छ।काठमाडौं को सडक सभ्यताको बारेमा गृहमन्त्रीलाई छोटो जानकारी जुन परिवर्तनको निम्ति महत्त्वपूर्ण बन्न सकोस ! राजधानीमा साझा गुड्ने भएपछि निकै खुशियाली छायो। साझाले जुन रुटमा अनुमति लिन्छ त्यस क्षेत्रका जनताहरु उत्साहित हुने गरेका छन्। मानिसहरुले साझा प्रति ठुलो विश्वास र सद्धभाव राख्ने गरेका छन्। आखिर एउटा बस सञ्चालन हुदा किन उत्साहित भए त जनता ? यसभित्र राजधानीमा सार्वजनिक यातायातको प्रयोग गर्ने सर्बसाधारणका अनेकौँ कथा–व्याथा लुकेका छन्। सडक एउटा सभ्यता हो। सडक विकाश र समृद्धिको सुचक हो । सडक आफ‌‌ैँमा क्रियाशिल नभएकोले गर्दा सडक मा सरोकार राख्ने पात्रहरुको व्यवहार र गतिविधिले सडक सभ्यताको लेखाजोखा गर्दछ । जसमा सडकमा गुड्ने सवारी साधनका चालक सहचालक यात्रुले सरोकार बढी हुन्छ। तर, हाम्रो राजधानीमा हामी कस्तो किसिमको सार्वजनिक यातायात सेवा प्राप्त गर्दै छौ ? यसमा अधिकाशंको जवाफबाट सन्तुष्ट हुन सक्दैन् । किनकि काठमाडौंमा सार्वजनिक सवारिमा यात्रा गर्ने हरेकले त्यहाको भद्रगोल र सहचालकको असभ्य वयवहार झेलेकै हुन्छन्। देशको राजधानीका सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुले सहचालकबाट राम्रो व्यवहार विरलै पाइन्छ । यदी यात्रा गर्दा त्यस्तो सभ्य व्यवहार पाईयो भने त्यो निकै खुशिको कुरा हुन्छ । र त्यो उदाहरण बन्छ । यसबाट प्रष्ट हुन्छ कि देशको राजधानीका सडकहरुमा मानवियता, आतिथ्यता तथा सभ्यता कती विकराल रुपमा स्खलित भएको छ भनेर । राजधानिमा चल्ने अधिकाशं सवारीसाधनमा यात्रा गर्दा राजधानीबासी जनताहरुले दुरव्यवहार सहन बाध्य हुनु परेको छ। सडक सभ्यता कुनै पनि देशको विकासको सुचक मानिन्छ । यसलाई चेतनास्तर र समग्र राष्ट्रको प्रतिविम्वको एउटा दरिलो पाटो मानिन्छ। सडकमा गुड्ने सार्र्वजनिक सवारी सेवामुलक व्यवसायको अनुपम नमुना हुन्छन्। यो नित्तान्तै सेवा व्यवसाय हो। मुनाफा प्राप्त गर्नको लागि यात्रुलाई आतिथ्य र सभ्य व्यवहार प्रदान गर्नु यस क्षेत्रको व्यवसायीक धर्म हो। तर विडम्बना देशको राजधानिमै आम यात्रुहरुले सर्र्वजनिक सवारीका सहचालक बाट असभ्य व्यवहार सहन बाध्य हुनु परेको छ । एक त अव्यवस्थित सवारी व्यवस्था त्यसमाथी पनि चालक तथा सहचालकको असहयोगी र पाखण्डी व्यवहारले काठमाण्डौका सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुहरुले आफुलाई अपमानित महसुस नगरेको सायदै छैन होला । घरबाट कार्यक्षेत्रमा निस्कीएपछि आत्मसम्मानमा ठेस पर्ने ठाउँ भनेकै सार्वजनिक यातायात भएका छन्। त्यहाँका चालक तथा सहचालको बोली तथा व्यवहारमा यति रुखो हुन्छ कि यात्रुहरु प्रतिवाद गर्ने आवश्यकता नै ठान्दैनन्। किनकि यस्ता घटना सामान्य मात्रामा हुने भएको भए प्रतिवाद गर्न सम्भव हुन्थ्यो। तर सहचालको रुखो व्यवहार अधिकाशं सवारीमा छ ,राम्रो व्यवहार हुने सवारीसाधन विरलै छन्। त्यसैलेपनि यात्रुहरु प्रतिवाद गर्नुनै बेकार ठान्छन् । अनि काठमाण्डौको सभ्यतानै सायद यहि नै हो कि भनेर निरीह बन्न बाध्य छन् काठमाडौंका सवारी साधनका सहचालकको व्यवहार देख्दा यस्तो लाग्छ कि सहचालक बन्न चाहिने योग्यता भनेकै धेरै भन्दा धेरै रुखो बोल्न सक्ने, असभ्य बन्न सक्ने , यात्रुलाई दुरव्यवहार गर्न सक्ने हो । किनकि त्यसको प्रमाण सडकमा गुडिरहेका सार्वजनिक यातायातका सहचालकहरुले यात्रुहरुलाई देखाउने तल्लो स्तरको व्यवहारबाट प्रष्ट हुन्छ । उनिहरु यात्रुहरुसंग राम्रो व्यवहार गर्नुपर्छ भन्ने आवश्यकता नै ठान्दैनन्। उनिहरुमा हामी नै सडकका राजा हाँै अनि गाडिमा चढ्ने यात्रु सबै रैती हुन भन्ने भ्रममा परेको हुनुपर्छ सायद। नत्र भने व्यापारमा भगवान रुपी ग्राहकहरुप्रती गर्ने उनिहरुको व्यवहार सभ्य हुन्थ्यो होला। देशको राजधानी जहाँ आर्थिक सामाजिक ,साँस्कृतिक तथा मानविय चेतना स्तर र व्यवहार अन्य ठाउँको भन्दा विकसित हुन्छ भन्ने विश्वास गरिन्छ। तर जब हामी काठमाण्डौंका सार्वजनिक साधनमा यात्रा गछौँ । त्यही विश्वासमा धक्का लाग्दछ । भन्दा अप्रीय लाग्न सक्छ तर यो तितो यथार्थता हो कि राजधानी प्रती वितृष्णा पैदा हुने एउटा जर्जर पाटो नै सडक सवारीमा देखिने असभ्यता हो । त्यसैले त राजधानिका सडक सभ्य हुन सकेका छैनन्। त्यसैबाट नै सडकमा सभ्यताको प्रतिविम्व झल्कीने होे तर विडम्बना तिनीहरुका बोली र व्यवहार मन चसक्क गर्ने खालका छन् । साहै्र नमिठो लाग्ने छन्। यायायात क्षेत्र भद्रगोल हुनुमा सरकारी कमजोरी त छँदैछ त्यसतो समयमा राज्य कमजोर छ यसमा सबैले आफ्नो ठाउँबाट ईमान्दारीता देखाएर राज्यलाई उर्जा प्रदान गर्ने हो । तर, यातायात व्यवसायी यति अराजक छन कि यातायात क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले चाल्ने हरेक कदमलाई असहयोग गर्दैछन्। ट्राफिक जरीवाना बढायो भनेर सडक बन्द गर्ने कि राज्यले बनाएको नियम पालना गर्न प्रतिबद्धता जनाउने ? यहीबाट नै प्रष्ट हुन्छ तिनिहरुको दादागिरी र अराजकता । आज काठमाडौंको न्युनतम भाडा १३ रुपैया छ । तर त्यो कार्यान्वयनमा आएको छैन । सहचालकहरु खुलेयाम १५ उठाउँदैछन्। प्रतिवाद गर्न खोज्यो भने उल्टै कुटाई खान बाध्य छन् यात्रुहरु । विद्यार्थीहरुले पाउने सहुलीयत पुर्णरुपमा पाउन सकेको छैन्। न्युनतम १३ भाडामा ४५ प्रतिसत छुट दिदा ७ रुपैया दिए हुनेमा १० रुपैया तिर्न बाध्य छन् विद्यार्थीहरु। विद्यार्थीहरुको आन्दोलनबाट प्राप्त सहुलीयतको अधिकार लाई भिख दिए जस्तो व्यवहार गर्ने व्यवसायीरुको दिमागमा त्यही सहुलियत दिनको लागि सवारी किन्दा राज्यले छुट दिन्छ भन्ने कुरा छ कि छैन ? यात्रुहरु चाउचाउका प्याकेट कोचे जस्तो गरी कोच्चीएर यात्रा गर्न बाध्य छन् । त्यसमाथि सहचालकको रुख व्यवहारले कति पोल्छ होला यात्रुहरुको मन ? कहिले अनुगमन गरेका छन् यी व्यवसायीहरुले हामीले कस्तो सुविधा दिएका छौ भनेर ? दादागिरी देखाएर हुन्छ ? सिन्डीकेटले गर्दा आज यातायात क्षेत्रमा लगानी गरेर यात्रुलाई राम्रो सुविधा दिन चाहानेहरुले अवसर पाएका छैनन्। पाखुरा देखाएर यो क्षेत्रलाई भद्रगोल पार्दैछन् कथित व्यवसायीहरु । पछिल्लो समय ठुलो मानविय क्षति हुने गरी भएका दुर्घटनाको प्रमुख कारण चालकको लापरबाही नै पाईएको छ। तर पनि यातायात व्यवसायी गम्भिर बन्न सकेका छैनन्। आज जनतालाई सुविधा दिने साधनहरु यात्रु मार्ने हतियार जस्तै बनेका छन्। दुर्घटना भवितव्य कुरा हो, यसमा दुईमत छैन् तर चालक कै लापरवाहीले पटक–पटक दुर्घटना हुनु सामान्य कमजोरी होईन्। यसप्रती व्यवसायीहरु गम्भीर बन्नु जरुरी छ। वर्तमान समय परिवर्तन र विकाशको हो । तर देशको राजधानीमा चल्ने सार्वजनिक सवारीलाई हेर्दा हामी कति पछाडी छौ भन्ने प्रष्ट हुन्छ । आज यदि यो देशमा व्याप्त यातायात सिन्डीकेट हट्यो भने यस क्षेत्रमा अरबौँ को लगानि भित्रिने निश्चित छ, यदि सरकारले सिण्डीकेट तोड्ने अाँट गर्‍यो भने । सहचालकको असभ्यताका साथै , जेब्रा क्रस, लेन ,टफिक लाईटको सम्मान नगर्दा राजधानीको सडक अस्तव्यस्त भईरहेको छ । एउटा होटलमा १५ रुपैयाँ तिरेर चिया खाँदा त्यहाँ हामीलाई कति राम्रो बोली वचन र व्यवहार हुन्छ? तर एउटा गाडिमा १५ रुपैया तिरेरै यात्रा गर्दा किन रुखो व्यवहार हुन्छ । आखिर यि दुवै व्यवसाय नै हुन । ग्राहकलाई सेवा दिएर नाफा कमाउने ।तर किन यति फरक? एउटा सीप भएको काठ मिस्त्री र त्यस्तै प्राविधिक सिप भएको चालक ज्ञानको हिसाबले समान हुन भलै क्षेत्र फरक होला । तर किन चालक भन्ने वित्तीकै हाम्रो मनमा फरक धारण बन्छ ? के कहील्यै सोचेका छन् चालक ,सहचालकहरुले ? यहाँ कसैप्रती आग्रह पुर्वाग्रह साध्न खोजेको होईन्। यातायात क्षेत्रमा आमुल परिवर्तनको खाँचो छ। हामी राम्रा चालक–सहचालको सम्मान गर्छौँ । तर यस क्षेत्रमा देखाईने पाखण्डीपनाको विरोध गर्नै पर्छ। यसमा यातायात व्यवसायी गम्भीर बन्नु अहिलेको आवश्यकता हो। तर यसो भन्दैमा यातायात क्षेत्रमा भएको भद्रगोलको सम्पुर्ण दोषी नै यातायात व्यवसायी हुन भन्न खोजीएको पनि होईन। मात्र यती होकि उनिहरु आफ्नो उत्तरदायित्व र कतव्यबाट विमुख भएकै हुन्। यातायात व्यवासयाी आफ्नो जिम्मेवारी लाई ईमान्दारीता पुर्वक निर्वाह गरुन् सडकको स्तर उन्नती तथा अन्य पुर्वाधार तथा नितिगत कुरा विकासको लागि सरकारलाई स्वतः दवाव सृजना हुनेछ। आफु दादागीरी देखाउने, मनपरी तन्त्र लाद्ने, कानुनी राज्यको धज्जी उडाउने अनि सम्पूर्ण दोष सरकारको टाउकोमा थोपर्ने व्यवसायीको कार्य अनैतीक तथा अपाच्य हुनेछ। भक्तपुरमा साझालाई व्यवसायीहरुले अवरोध गरिरहेका छन्। आफुले पनि उत्कृष्ट सुविधा दिएर साझासँग प्रतिस्पर्धा गर्न किन डराईरहेका छन् व्यवासायीहरु? भोली व्यवसायीहरुले साझाले भन्दा उत्कृष्ट सेवा दिन सके भने एक दिन सर्वसाधारण साझा छोडेर उनिहरुकै सवारीमा यात्रा गर्नेछन्। आजको यस विकिसित समयमा हाम्रो सडक सभ्यता उत्कृष्ट हुनु जरुरी छ। यसमा व्यवसायीले ध्यान दिनै पर्छ। यहाँ केही साझाका बस चल्दैमा अब व्यवसायीहरुको कुनै काम छैन भन्न खोजिएको होईन। साझाका सिमित बसहरुले सबैतिरको माग धान्न पनि सक्ने होईन्। सवाल मात्र यो हो कि यातायात क्षेत्रमा यति ठुलो लगानि गरेर राज्यलाई ठुलो योगदान गरेका व्यवसायीहरुले आफ्नो सेवामा सुधार नगर्दा उनिहरुको योगदानको उचित कदर हुन सकेको छैन्। सवारी साधनमा यात्रा गर्ने यात्रुसँग उनिहरुको भावना पनि यात्रा गरिरहेको हुन्छ। त्यसकारण सवारीका सहचालक र चालकले रुखो र छुद्र बोल्दा उनिहरुको आत्मसम्मान र भावनामा ठेस पुग्ने कुरालाई ध्यान दिनु आवश्यक छ ।  

यी दुई व्यक्ति रातारात अर्बपति बने

फाल्गुन २१ । प्रयोगकर्ताले हेरेपछि म्यासेज डिलिट हुने सुविधाको मोबाइल एप्लिकेसन स्न्यापच्याट युवापुस्तामाझ लोकप्रिय भयो र यसका संस्थापक इभान स्पेगल र बोबी मर्फीलाई विश्कै कान्छो अर्बपतिको रुपमा उभ्यायो । स्न्यापच्याटले पब्लिक आइपीओ खोलेलगत्तै यसको कम्पनी भ्यालू २८ बिलियन डलर पुगेको छ । १७ डलर प्रति सेयरबाट खोलिएको सेयर ४१ प्रतिशत बढेर २४ डलर प्रतिसेयर पुगेको थियो । अमेरिकाको टेक्नोलोजी राजधानी मानिने सिलिकन भ्यालीबाट टाढा रहेको भेनिस सहरमा रहेका यो कम्पनी भर्खरै पब्लिक कम्पनीमा गएको छ । कम्पनी पब्लिकमा गएलगत्तै यसका संस्थापकद्वय अर्बपति बनेका छन् र उनीहरुको चर्चा जताजतै छ । डिभोर्सी अभिभाभकबाट हुर्किएका स्पाइगेलको जीवन अहिले एकाएक चर्चाको शिखरमा छ । उनको अभिभाभावकले दर्ता गरेको डिभोर्स फाइलका अनुसार १७ वर्षीय स्पाइगेलले अभिभावकसँग मासिक २ हजार डलर भत्ता मागेका थिए । स्ट्याण्डफोर्ड विश्वविद्यालयमा सन् २०१३ मा भएको एक सम्मेलनमा स्पाइगेलले परिवारको कारण आफू स्ट्याण्डफोर्डमा भर्ना हुन पाएको र लगत्तै सफ्टवेयर कम्पनी इन्ट्युटमा कामको अवसर पाएको बताएका थिए । उनले इनर्जी ड्रिक्स कम्पनी रेडबुलमा इन्टरसिप गरेका थिए । उनले प्रडक्ट डिजाइनमा डिग्री लिनुअघि नै स्न्यापच्याटको लागि पढाई छाडेका थिए । यदि स्पाइगल स्न्यापच्याटको देखाउने मुहार हुन् भने अर्का संस्थापक बोबी यसको मस्तिष्क हुन् । स्न्यापका २८ वर्षीय टेक्निकल डाइरेक्टरलाई स्न्यापच्याटलाई हिट बनाउने सफ्टवेयर डिजाइनको जस जान्छ । बोबीको बारेमा फोब्र्सले प्रकाशित गरेको जानकारीअनुसार उनका अभिभाभवक सान फ्रन्सिस्कोमा सरकारी कर्मचारी थिए । र, बताइएअनुसार बोबीकी आमा फिलिपिनी मूलकी हुन् । स्पाइगेल र बोबी स्ट्याण्डफोर्डमा भेटिएका थिए र संयुक्तरुपमा स्न्यापच्याटको स्थापना गरेका थिए । ‘हामीले सोच्यौं कि हेरेपछि डिलिट हुने फोटो बनाउनु राम्रो हुनेछ’, स्ट्याण्डफोर्डमा सन् २०१३ मा भएको सम्मेलनमा स्पाइगेलले भनेका थिए । तर, कम्पनीको स्थापनाको क्रममा के भयो भने अर्का एक जना रेगी ब्राउनले आइडिया सेयर गरेपछि स्न्यापच्याट कम्पनीबाट अलग्याइएको भन्दै मुद्दा दाय गरे । उनले स्न्यापच्याटको लोगो र सुरुमा राखिएको पिकाबो नाम आफ्नो आइडिया भएको दाबी गरेका थिए । यो मुद्दाको निश्कर्ष बाहिर सार्वजनिक भएको छैन् तर सन् २०१४ मा स्न्यापच्याटले एक नाम सार्वजनिक नगरिएको व्यक्तिलाई १ सय ५७ दशमलब ४ मिलियन डलर पैसा तिरेर बौद्धिक सम्पतिको मुद्दा मिलाएको दाबी गरिएको छ । सन् २०१३ मा फेसबुकले ३ बिलियन डलर तिरेर स्न्यापच्याट किन्न खोजेको प्रस्ताव अस्वीकार गरेलगत्तै स्न्यापच्याटले ति नाम नखुलाइएको व्यक्तिलाई त्यति धेरै रकम तिरेका थिए । फोब्र्सको अनुमानअनुसार स्पाइगेल र बोबी ४–४ बिलियन डलरका मालिक हुन् । सिलिकल भ्यालीको ट्रेण्डअनुसार पब्लिक सेयरमा जाने निर्णयले यी दुवैको कम्पनीमा अधिकार कम हुने छैन् यसले स्वामित्व बाँडफाड मात्रै हुनेछ किनकी सेयर किन्नेहरुलाई भोटिङ राइट हुनेछैन् । सन् २०११ मा लञ्च गरिएको पिकाबो नामक मोबाइल एप्लिकेसन्सलाई लगत्तै स्न्यापच्याट नामाकरण गरिएको थियो र लगत्तै यसले किशोर प्रयोगकर्ताको माझ लोकप्रियता कमायो किनभने अर्को प्रयोगकर्तालाई पठाएको फोटो हेर्नेवित्तिकै डिलिट हुने भएपछि उनीहरुलाई भविष्यमा त्यसले कुनै समस्या निम्त्याउला भन्ने डर हुने थिएन् । तर, यो सुविधाको साइड इफेक्ट के भयो भने यो यो ‘सेक्सटिङ’ एपको रुपमा लोकप्रिय भयो जसमा किशोर प्रयोगकर्ताहरु आफ्नो संवेदनशील फोटोहरु पठाउन सहज मान्न थाले । गत वर्षको अन्त्यतिरको तथ्यांकअनुसार दैनिक एकसय ६१ मिलियन मानिसले दैनिक स्न्यापच्याट चलाउँछन् । केही समयअघि मात्रै स्न्यापच्याटले क्यामेरासहितको चश्मा सार्वजनिक गरेको छ । जसले भिडियो क्लिप खिचेर सोझैं स्मार्टफोनको सहयोगमा सोसल मिडियामा सेयर गर्न सक्छ । साथै, कम्पनीले क्यामेरा स्मार्टफोन बनाउने तयारीमा समेत छ । स्न्यापच्याटका अधिकांश प्रयोगकर्ता १८ देखि ३४ वर्ष उमेर समूहका छन् ।  

निषेधित क्षेत्रमा रास्वपाको प्रदर्शन, प्रहरीसँग घम्साघम्सी

पोखरा ।  जिल्ला प्रशासन कार्यालय कास्कीले घोषणा गरेको निषेधित क्षेत्रमै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रदर्शन गरेको छ । पोखरास्थित सहिद चोक आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएपनि रास्वपाका नेता कार्यकर्ताले सोही स्थानमा प्रदर्शन गरेका हुन् ।  सहित चोक आसपास क्षेत्रमा पूर्वतर्फ वाई चोक, पश्चिमतर्फ फिस्टेल चोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङ चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । तर अन्तिम समयमा मात्रै निषेधित क्षेत्र घोषणा गरिएको भन्दै रास्वपाका नेताहरूले प्रहरीसँग वादविवाद गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरिएका छन् । प्रहरीले भने निषेधित क्षेत्र खाली गराउने प्रयास गर्दा दुई पक्षबिच घम्साघम्सीको स्थिति समेत छ ।  पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगीको विषयमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेपनि रास्वपाले षडयन्त्रपूर्वक फसाउन खोजिएको भन्दै सरकारको विरोध गर्दै आएको छ । लामिछानेलाई आजै अदालतमा पेस गरिँदै छ ।

राष्ट्रिय सभा अध्यक्ष दाहाल र थाइ सिनेट अध्यक्ष सुरसज्जाबीच भेट

जेनेभा। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जा (Mongkol Surasajja) बीच द्विपक्षीय भेटघाट भएको छ। अन्तर-व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा आउनुभएका सुरसज्जासहितको थाइ संसदीय टोली र दाहाल नेतृत्वको नेपाली संसदीय टोलीबीच भेटवार्ता भएको हो। भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हितका साथै आगामी दिनमा गर्न सकिने सहकार्य र सहयोगका बारेमा छलफल भएको थियो। सो अवसरमा राष्ट्रिय सभा अध्यक्ष दाहालले नेपाल र थाइल्याण्डबीचको कूटनीतिक सम्बन्ध मैत्रीपूर्ण रहेको चर्चा गर्दै लुम्बिनी, गौतम बुद्ध र बौद्ध धर्मले नेपाल र थाइल्याण्डका जनताबीच बलियो सम्बन्ध सेतुको काम गरेको बताउनु भयो। थाइ पर्यटकका लागि भगवान बुद्धको जन्मस्थल लुम्बिनी महत्वपूर्ण धार्मिक एवम् पर्यटकीय गन्तव्यका रुपमा रहेको बताउँदै अध्यक्ष दाहालले थाइ सरकारले लुम्बिनी पवित्र बगैंचामा थाइ शैलीको बिहार निर्माण गरेर थाइ पर्यटकलाई नेपाल भित्र्याउन थप मद्दत गरेकोमा खुसी व्यक्त गर्नुभयो। “दुवै देशका नागरिक वर्षेनी पर्यटकको रुपमा आउने जाने गरिरहेको भन्दै उहाँले उच्च शिक्षा, बौद्ध धर्मसम्बन्धी अध्ययन, लगानी, व्यापार, पर्यटन लगायतका माध्यमबाट नेपाल-थाइल्याण्ड बीच जनस्तरको सम्बन्ध प्रगाढ हुँदै गइरहेको मैले पाएको छु।” आफूहरुले नेपाल-थाइल्याण्ड संसदीय मैत्री समूह गठन गरेको बताउँदै अध्यक्ष दाहालले मैत्री समूहमार्फत् दुई देशका संसदले संसदीय अभ्यास, कानून निर्माण, अनुभव आदानप्रदान गरि लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो। साझा सरोकार र आपसी हितका विषयहरुमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा दुवै देश आपसी सहयोग र सहकार्य गर्दै आएको चर्चा गर्दै अध्यक्ष दाहालले दुई देशबीचको साँस्कृतिक सम्बन्धका साथै आपसी हितका सबै आयामहरुमा थप सहकार्य गर्दै अघि बढनु आवश्यक रहेको बताउनु भयो। सो अवसरमा थाइल्याण्ड सिनेटका अध्यक्ष सुरसज्जाले नेपाली संसदीय टोलीसँगको भेट र सम्मानले आफूलाई निकै खुसी लागेको भन्दै यस किसिमको भेटघाट र छलफलले द्विपक्षीय सम्बन्ध बढाउन सहयोग पुग्ने बताउनु भयो। बहुसंख्यक थाइ जनताले बौद्ध धर्म मान्ने गरेको उल्लेख गर्दै अध्यक्ष सुरसज्जाले बुद्ध जन्मभूमि नेपाल आफ्नो पनि सपनाको गन्तव्य (Dream Destination) भएको बताउनु भयो। नेपालको हस्पिटालिटीमा थाइल्याण्डबाट भएको लगानीले रोजगारी सिर्जनामा राम्रो सहयोग भइरहेको भन्दै उहाँले आगामी दिनमा पनि दुवै देशको हितमा आर्थिक विकासका कामहरु गर्न सकिने बताउनु भयो। थाइ पर्यटकहरुको लागि बुद्ध जन्मभूमि लुम्बिनी निकै महत्त्वपूर्ण पर्यटकीय स्थल भएको बताउँदै सुरसज्जाले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आए थाइ पर्यटकहरुलाई धेरै सहज हुने थियो भन्नुभयो।    

नेपालका नदीनाला नेपालकै हुन्  : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका नदीनाला नेपालकै सम्पत्ति भएको र नेपालले नै उपभोग गर्ने स्पष्ट पारेका छन्। उनले भने, “नेपालका नदीनाला नेपालकै हुन्, नेपालकै सम्पत्ति हुन्, नेपालले नै उपभोग गर्ने हो, यसमा स्पष्ट हुनुपर्छ ।” आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको विनियोजनका सम्बन्धमा सांसदहरूले राखेको पूरक प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय र आर्थिक सुशासनका सम्बन्धमा राम्रा कामहरू भएको स्पष्ट पारेका हुन्।  आगामी आर्थिक वर्षको बजेट सन्तुलित र समन्यायिक भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तीब्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगौलिक विषमतालाई अन्त्य गर्नेगरी सरकार आगाडि बढेको बताए।   प्रधानमन्त्री प्रचण्डले भने, “हामी अनुदानमै जाने हो । सहुलियतपूर्ण ऋणको सन्दर्भमा एक वा एक दशमलव पाँचभन्दा बढीमा नजाने भन्ने नै हो।”    रू तीन करोडभन्दा साना आयोजना सङ्घले कार्यान्वयन नगर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालय र योजना आयोगले त्यस्ता आयोजनाहरू तल हस्तान्तरण सहयोग गर्ने बताए। 

कोशी सरकारविरुद्धको रिट तीन न्यायाधीशको इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा आज पनि बहस भइरहेको छ ।सर्वोच्चका न्यायाधीशहरु कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासमा भइरहेको बहस हिजो नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । आज मुख्यमन्त्री हिक्मत कार्कीका तर्फबाट बहस भइरहेको छ । पूर्वमुख्यमन्त्री केदार कार्कीका तर्फको बहस हिजो नै सकिएको छ । आज बहस सकिएमा भोलिसम्ममा फैसला आउन सक्ने बताइएको छ । कोशी प्रदेशमा संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावसमेत नराखी एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाइएको थियो। पूर्वमुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार गठनका लागि आह्वान गर्नु संविधान विपरित रहेको भन्दै यसलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । उनले वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी मुख्यमन्त्रीमा आफूलाई निरन्तरता दिन माग गरेका छन् । कार्कीले रिटमा प्रदेश प्रमुखको कार्यालय, कोशी प्रदेश प्रमुख परशुराम खापुङ, कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टलगायतलाई विपक्षी बनाएका छन्।

५ महिनामा लुम्बिनीमा ५ लाख पर्यटक, सबैभन्दा बढी थाइल्याण्डका, चिनिया पर्यटकको संख्या ६ हजार ७४

लुम्बिनी । लुम्बिनी भ्रमण गर्ने आन्तरिक एवं बाह्य पर्यटकहरूको संख्या गत ५ महिनामा ५ लाख नाघेको छ। चालु वर्ष २०२४ को जनवरीदेखि मेसम्म ५ महिनामा ३ लाख २३ हजार नेपाली, १ लाख २७ हजार भारतीय, ५१ हजार तेस्रो मुलुकका पर्यटक गरी कुल ५ लाख २ हजार पर्यटकले लुम्बिनी क्षेत्रको भ्रमण गरेको लुम्बिनी विकास कोषका सूचना शाखाका सहायक अधिकृत दिलीप कुलुङले जानकारी दिए।  कुलुङका अनुसार गत वर्षको ५ महिनामा ४ लाख ७२ हजार पर्यटकले लुम्बिनी भ्रमण गरेकोमा अहिले २९ हजार ६ सय पर्यटक आएका छन्। ५ महिनामा सबैभन्दा बढी पर्यटक आन्तरिकमा रहेका छन्। उनीहरूको संख्या ३ लाख २३ हजार रहेको छ। गत वर्षको सोही अवधिको तुलनामा आन्तरिक पर्यटक आगमन भने घटेको हो । गत वर्ष ३ लाख २६ हजार नेपाली लुम्बिनी आएका थिए।  नारायणगढ बुटवल तथा पश्चिम र उत्तरतर्फ पनि सडक निर्माण चलिरहेकोले स्थलमार्ग हुँदै आउने पर्यटक बढ्न नसकेको लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानीन राईले बताए। सडकमार्ग अस्तव्यस्त हुँदा पर्यटक आइरहेका छन्। तर अलि कमी छ। बुद्ध जयन्तीको एकै दिन ५४ हजार नेपाली लुम्बिनी पुगेको राईले बताए। त्यसैगरी लुम्बिनी आउने भारतीय पर्यटकको संख्या पनि बढ्दै गएको छ।  सन् २०२३ को पहिलो ५ महिनामा १ लाख ११ हजार भारतीयले लुम्बिनीलाई आफ्नो गन्तव्य बनाएकोमा यो वर्षको ५ महिनामा १ लाख २७ हजार पर्यटन आएका छन् । तेस्रो मुलुकका ५१ हजार बढी लुम्बिनीलाई आफ्नो भ्रमण गन्तव्य बनाउने तेस्रो मुलुकका पर्यटकहरूको संख्या ५१ हजार पुगेको छ। कारोबार अनलाइनका अनुसार चालु वर्षको जनवरीमा ९ हजार, फेब्रुअरीमा १४ हजार, अप्रिलमा ५ हजार र मेमा २ हजार विदेशी पर्यटक आएको कोषले जनाएको छ।  लुम्बिनी आउने विदेशी पर्यटकमा सबैभन्दा बढी थाइल्याण्डका छन्। ५ महिनामा १२ हजार २ सय २१ जना थाईले लुम्बिनीलाई आफ्नो गन्तव्य मनाएका छन् । त्यसैगरी सोही अवधिमा ९ हजार श्रीलंकन लुम्बिनी आउँदा ७ हजार म्यानमारका नागरिक लुम्बिनी आएका छन्। त्यसैगरी, लुम्बिनी आउने चिनिया पर्यटकको संख्या ६ हजार ७४ पुगेको छ।  त्यस्तै भियतनामका ३ हजार ७ सय, दक्षिण कोरियाका २ हजार ७ सय गरी कुल ७१ मुलुकका नागरिक लुम्बिनी आइपुगेका छन्। चिनियाँ बाहेकका अन्य पर्यटक स्थलनाका बेलहिया हुँदै लुम्बिनी आउने गरेका छन्। लुम्बिनीमा पर्यटकहरूको मुख्य केन्द्र बुद्धजन्मस्थल मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करिणी कुण्ड, विश्व शान्तिद्धिप, केन्द्रीय नहर, साथै विभिन्न देशले निर्माण गरेका बिहार रहेका छन्।

प्रधानमन्त्रीको उपस्थितिमा अरूण तेस्रोको मुख्य सुरूङ 'ब्रेक थ्रु'

काठमाडौं ।अरूण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरूङ छिचोलिएको छ।मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा मुख्य सुरूङ 'ब्रेक थ्रु' गरिएको हो। आयोजनाको मुख्य सुरूङको लम्बाइ ११.८३७ किलोमिटर छ। अम्राङ मकालु गाउँपालिका संखुवासभामा रहेको सुरूङ 'ब्रेक थ्रु' गरिएको हो। ९०० मेगावाटको यो आयोजनाको लागत एक खर्ब चार अर्ब अनुमान गरिएको छ।

यस्तो हुनेछ आज दिनभरको मौसम

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।  हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।  देशको पहाडी भू-भागका थोर स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू(भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै आज राती लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।  लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागमा एक(दुई स्थानमा मेघगर्जन/चट्याङ्ग हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मानव बेचबिखनको आरोपी गाउँपालिका अध्यक्ष रिहा

काठमाडौं । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पक्राउ परेका रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्षे नुर्बु स्याङ्बो घले रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले आवश्यक परेका बेला उपस्थित हुने गरी हाजिरी जमानतमा छाड्ने निर्णय गरेपछि उनी हिरासतमुक्त भएका हुन् ।  नेपाल प्रहरीकको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख एसएसपी ओमबहादुर रानाका अनुसार मानव बेचबिखनको आरोपमा फरार रहेकाहरुलाई खोजी गर्ने क्रममा उनलाई ब्यूरोले २८ चैतमा पक्राउ गरेको थियो । रानाले घलेविरुद्ध २०७३ सालमै मुद्दा दर्ता भइसकेकोमा  अनुसन्धान नभई पेन्डिङ रहेको अवस्थामा पक्राउ गरेर छानबिन थालेको जानकारी दिए । प्रहरीले घलेसहितको समूहले आर्थिक अवस्था कमजोर भएकी पीडितलाई कुवेतमा मासिक २८ हजार रुपैयाँ तलब दिने काममा लगाइदिने भन्‍दै मिलेमतोमा भारतको नयाँदिल्लीमा पुर्‍याएको आरोप लगाएको थियो । त्यहाँबाट भिजिट भिसामा श्रीलंकाको कोलम्बोसम्म पुर्‍याएर पीडितलाई कुटपिट गरेर बन्धक बनाएर राखेको अनुसन्धानबाट खुलेको प्रहरीको जिकिर थियो ।

ग्वार्कोमा आगलागी नियन्त्रणमा : एकै परिवारका पाँचजना घाइते, तीन जनाको अवस्था गम्भीर

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एउटा टहरोमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित मोबिल राखिएको टहरोमा आगलागी हुँदा उनीहरू घाइते भएका हुन् । घाइते हुनेहरूमा सञ्जय गिरी उनकी श्रीमती रूपासहित १५ वर्षीय छोरा नित, आठ वर्षीया छोरी प्रिया र तीन वर्षीया छोरी एलिसा छन् । किस्ट अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । घाइतेमध्ये तीन बालबालिकाको अवस्था गम्भीर रहेको प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। आगलागी नियन्त्रणमा लिइएको छ । आगो निभाउन पाँच दमकल प्रयोग गरिएको एसपी सुवेदीले बताए ।

वायु प्रदूषण नियन्त्रणको माग गर्दै भट्टराई सडकमा

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले देशभर बढेको वायु प्रदर्शन नियन्त्रणका लागि पहल गर्न माग गर्दै काठमाडौंको सडकमा प्रदर्शन गरेको छ। केही दिनयता संघीय राजधानी काठमाडौंसँगै देशभर वायु प्रदर्शन बढेको र जनताको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै यसलाई नियन्त्रणका लागि पहल गर्न माग गर्दै नेसपाले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो । बढ्दो वायु प्रदूषण र यसले आमनागरिकमा ल्याएको स्वास्थ्य जटिलता देशव्यापी डढेलो नियन्त्रणमा सरकारको उदासीनता देखिएको भन्दै बाबुराम भट्टराईले प्रर्दशनको आह्वान गरेका थिए ।प्रर्दशनमा बाबुराम भट्टराई की छोरी मानुषी यामी भट्टराई लगायत सो पार्टीका नेता कार्यकर्ता सहभागी थिए ।