जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका ४ चप्पलकाराखाना चोक बस्ने ५१ वर्षीय बिनय मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा मगर समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार ६ सय ३५ रुपैयाँ, जुवा खेल्न प्रयोग गरेको विभिन्न रंगको क्वाईन ७५ थान र  १ करोड ७३ लाख ७५ हजार रूपैयाँ बराबरको रकम उल्लेख गरी काटिएका चेक ३० थान सहित पक्राउ गरेको हो ।   

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

गृहमन्त्री लामिछानेले भने–‘महाजात्राले मलाई ऊर्जा दियो’

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाल चलचित्र महाजात्रा हेरेपछि आफुलाई थप उर्जा मिलेको बताएका छन् ।  राजनीतिज्ञका रूपमा फिल्म हेरेपछि झनै ऊर्जा थपिएको उनको भनाइ छ । पत्नी निकिता पौडेललाई लिएर आइतबार राति चलचित्र  ‘महाजात्रा’ हेरेपछि उनले फिल्ममा मनोरञ्जनसँगै राजनीतिक विषय र देशको इस्युलाई समेटिएको बताए । लामिछानेले भने, ‘मैले त्यो हेरिरहँदा झनै ऊर्जा महसुस गरेँ । म र मेरो पुस्ताका नेताको उदय नै भ्रष्टाचार कम गर्न भएको हो ।’  उपप्रधानमन्त्री लामिछानेले आफू जात्रा सिक्वेलको नियमित दर्शक भएकाले हलसम्म आएको बताए। आम दर्शकसँगै बसेर चलचित्र हेरेपछि लामिछानेले यही शृङ्खलाका अघिल्ला दुई फिल्म पनि नै मन परेको भन्दै निर्देशक प्रदीप भट्टराई, अभिनेता विपिन र रवीन्द्रले गर्ने अभिनयको आफु फ्यान भएको बताए । उनले भने ‘आज फुर्सदको समय सदुपयोग गर्दै फिल्म हेरेको हुँ ।’ उनले नेपाली फिल्म हलमै आएर हेर्ने बानी बसाल्न दर्शकलाई सुझाव पनि दिएका थिए । लामिछानेले फिल्मको विषय प्रहरी र अनुसन्धानसँग जोडिएको हुँदा आफू थप आकर्षित भएको बताए ।  चैत ९ गतेदेखि नेपालसँगै विश्वका विभिन्न देशमा प्रदर्शन भइरहेको महाजात्रामा पहिलो दिनदेखि नै दर्शकको चाप देखिएको छ ।

समाजवादी मोर्चामा आबद्ध हुन विप्लवको आग्रहमा केपी ओली सकारात्मक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चामा आबद्ध हुन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। बिहीबार साँझ ओली निवास बालकोटमा पुगेका विप्लवले एमालेलाई पनि मोर्चामा आबद्ध हुन आग्रह गरेका हुन्। विप्लव अहिले समाजवादी मोर्चाका अध्यक्ष छन्। ओलीले सकरात्मक प्रतिक्रिया दिएपछि विप्लवले शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गरेका छन्। उनले बलियो कम्युनिष्ट शक्ति बनाउनका लागि एमालेलाई पनि मोर्चामा आबद्ध गराउनुपर्ने आफ्नो धारणा रहेको र त्यसका लागि ओलीसँग छलफल गर्न प्रचण्ड र माधव नेपालसँग आग्रह गरेको बताए। मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन्।

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरिन्छ : प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धन गर्ने सरकारको नीति रहेको बताएका छन्। प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन र हितका निम्ति सञ्चार माध्यमको व्यावसायिक र संस्थागत विकास गरिने बताए। “वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानुनी र व्यवहारिक सुनिश्चितता गर्न प्रतिबद्ध छ,” प्रधानमन्त्री प्रचण्डले भने, “आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा छ ।”

स्वाथ्यको कारण देखाउँदै रञ्जिताद्धारा नाउपाको बैठक स्थगित

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले स्वास्थ्यको कारण देखाउँदै आफैले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेकी छिन् । पार्टीका संस्थापक आफ्नै पति रेशम चौधरीसँग सुदुरपश्चिम सरकारमा सहभागिताको विषयलाई लिएर विवाद बढ्दै जाँदा उनले केन्द्रीय कार्यसमितिको बैठक बोलाएकी थिइन् । आफ्नो सहमति विना काङ्ग्रेस नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिताको विषयमा असन्तुष्टि जनाएकी श्रेष्ठले सोमबार दिउँसो १ बजे कैलालीको टीकापुरमा केन्द्रीय कार्यसमिति बैठक बोलाएकी थिइन् । तर स्वास्थ्यमा समस्यामा आएको भन्दै उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेकी हुन् ।  पार्टीका संस्थापक रेशम चौधरीको जोडबलमा शुक्रबार नाउपाले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा थप मन्त्री पठाएको थियो । त्यसमा असन्तुष्ट श्रेष्ठले सरकारबाट फिर्ता हुन निर्देशन दिएकी थिइन् । तर संसदीय दलले सुनुवाइ नगरेपछि केन्द्रीय समिति बैठक बोलाएर सरकारबाट फिर्ता नआएमा पार्टीको विधानअनुसार कारवाही गर्ने उनले चेतावनी दिएकी थिइन् । स्रोतका अनुसार श्रेष्ठले स्वास्थ्य समस्याको कारण देखाए पनि कारवाही तर्फजाँदा पार्टीमा थप समस्या आउने भएपछि आफ्नो पक्षका सांसदलाई पनि सरकारमा पठाएर पार्टी फुट जोगाउने तिर उनी लागेको स्रोतको दावी छ ।  पार्टीबाट धेरै मन्त्री पाएपछि सुदूरपश्चिममा कांग्रेस नेतृत्वकै सरकारलाई समर्थन गर्नुपर्ने मत बलियो देखिएका कारण श्रेष्ठले बैठक स्थगित गरेको स्रोतको दावी छ । श्रेष्ठ निकट सांसदहरुले नराम्रो सन्देश जाने भन्दै तत्काल फरक निर्णय नदिन सुझाव दिएका छिन् । नाउपाको बैठक स्थगित भएसँगै मुख्यमन्त्री कमलबहादुर शाहले राप्रपा र स्वतन्त्र सांसदको समर्थन जुटाएर बहुमत पुर्‍याउने प्रयासलाई निरन्तरता दिएका छन् । ५३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीको दल कांग्रेसका १८ र नााउपाका ७ सांसद छन् । राप्रपा र स्वतन्त्र १/१ सांसदको समर्थन जुटाउन सके शाह नेतृत्वको सरकारको पक्षमा २७ सांसद सहित टुप्लुक्क बहुमत पुग्छ ।  सरकारमा सहभागी हुने र नहुने विषयमा पार्टीका संस्थापक आफ्नै पति रेशम चौधरीसँग चर्को विवाद कायम रहेको नागरिक उन्मुक्ति पार्टीमा फुटको संकट टरिनसकेको जानकारहरु बताउँछन् ।

भारतीयले नेपालको फोन पेमार्फत क्यूआर भुक्तानी गर्न पाउने

काठमाडौं । नेपालमा आउने भारतीयहरुले क्यूआर कोड मार्फत भुक्तानी गर्न पाउने भएका छन्। भारतको यूपीआई प्रयोग गरिरहेका भारतीयहरुले नेपालको फोन पेको क्यूआर मार्फत भुक्तानी गर्न पाउने भएका हुन्। भारतको पेमेन्ट्स कर्पोरेन अफ इन्डिया (यूपीसीआई) अन्तर्गतको अन्तर्राष्ट्रिय भुक्तानी सेवा दिने कम्पनी एनआईपीएल र नेपालको फोनपे पेमेन्ट सर्भिस लिमिटेडले शुक्रबार युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत नेपाल–भारत क्रसबोर्डर कारोबार सुरू भएको जानकारी गराएका छन्। भारतको मुम्बईमा गएको सेप्टेम्बरमा नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा यूपीआईमार्फत क्रसबोर्डर भुक्तानीमा सहकार्य गर्न एनआईपीएल र फोन पेबीच सहमति भएको थियो । सोही सहमतिअन्तर्गत भारतीय पर्यटक तथा आगन्तुकले नेपालमा क्यूआर कोडमा आधारित पर्सन-टु-मर्चेन्ट (पीटूएम) भुक्तानी सञ्चालनमा ल्याइएको दुई कम्पनीले जनाएका छन्। यससँगै अब यूपीआई प्रयोगकर्ता भारतीयले नेपालका पसल, होटल, रेष्टुराँलगायत फोन पेमा आबद्ध व्यवसायीलाई क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने भएका छन्। तर, नेपालीका लागि भने यस्तो सुविधा भारतमा उपलब्ध छैन। यो परिघटना दुई मुलुकबीचको क्रसबोर्डर कारोबारमा क्रान्तिकारी रुपान्तरण भएको दुई कम्पनीले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ। नेपालको फोन पेसँगको सहकार्यमा क्रसबोर्डर भुक्तानी सुरू हुँदा त्यसले दुई मुलुकबीचको व्यापार तथा सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने एनआईपीएलका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले बताए। क्रसबोर्डर कारोबारका कारण दुई मुलुकबीचको आर्थिक सम्बन्ध, व्यापार तथा पर्यटनलाई उल्लेखनीय रुपमा बढाउने फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले जनाएका छन्।

देउवालाई रेशम चौधरीले भने -'भ्यागुताको धार्नी पुर्‍याउछु भन्नू व्यर्थ छ '

काठमाडौं । अप्रत्याशित रुपमा सत्ताविमुख बन्न पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले वैकल्पिक गठबन्धनको कसरतलाई तिब्र बनाए पनि उनलाई निरासा मात्रै हात लागेको छ । उनी सत्ता समिकरण फेरबदल भएसँगै पत्नी आरजु देउवालाई लिएर विभिन्न नेताका निवासमा मात्रै पुगेनन् कांग्रेसको मूल नेतृत्वलाई वैकल्पिक गठबन्धन बनाउन दौडधुपमा व्यस्त गराए । बुधबार बिहान सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र प्रमुख सचेतक रमेश लेखकलाई लिएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगे ।उनले भेटेकै केही समयमा दूई मन्त्री सहित माधव नेपालको पार्टी सरकारमा सहभागी बन्यो ।  शीतलनिवासमा मन्त्रीहरूको शपथ तयारी चलिरहँदा देउवानिवास बुढानीलकण्ठमा  कांग्रेसका नेताहरुले लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत अध्यक्ष सिके राउत र नागरिक उन्मुक्तिका अध्यक्ष रेशम चौधरीसँग संवाद गरे । ती संवाद पनि सत्ता विमुख हुँदाको एक्लोपनमा सहानूभूती मात्रै जस्तै हुने भएपछि अहिले देउवा निरास छन् ।  संवाद प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने वेलासम्म वैकल्पिक गठबन्धन गराउने विषयमा केन्द्रीत भएपनि देउवाले आफुले सोचे भन्दा फरक परिस्थिति बनेको महशुस सो संवादले गरायो । नयाँ गठबन्धनको निम्ति छलफलमा बोलाएकाबाट साथ पाउने अपेक्षा गरेका देउवाले उल्टै प्रचण्ड नेतृत्वको सरकारलाई अल्पमतमा पार्ने प्रयास निरर्थक हुने साना दलका नेताले राखेको विचारबाट देउवा निरास भएको स्रोतले बतायो ।  बैठकमा नागरिक उन्मुक्तिका अध्यक्ष रेशम चौधरीले सभापति देउवालाई स्पष्ट बहुमत सहित मन्त्रिमन्डल पुर्नगठन गरेका प्रधानमन्त्री प्रचण्डविरुद्ध बहुमत पुर्‍याउछु भन्नू भ्यागुताको धार्नी पुर्‍याउछु भने जस्तै हुने भएकाले त्यतातिर मिहनेतको अर्थ नहुने जवाफ दिएको बैठकमा सहभागी एक नेताले जनाकारी दिए । चौधरीले प्रचण्ड नेतृत्वको गठबन्धनलाई कमजोर पारेर नयाँ गठबन्धन बनाउन सकिन्छ कि भनेर लाग्नुभन्दा प्रधानमन्त्री प्रचण्डलाई नै सघाएर जानुपर्ने बताएको एक नेताले ऐभरेष्ट दैनिकलाई जानकारी दिए ।

भ्रमण वर्ष सफल पार्न पर्यटन बोर्ड र महानगरबीच सम्झौता

भरतपुर। नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच ‘भरतपुर भ्रमण वर्ष २०२४’ अभियान सञ्चालनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार भरतपुर महानगरपालिकामा भरतपुर भ्रमण वर्ष लाई प्रवर्द्धन गर्न दुई पक्षबीच सम्झौता भएको हो ।  भरतपुर भ्रमण वर्ष अभियान सञ्चालनमा लाग्ने कूल खर्च तीन करोड ७० लाखमध्ये बोर्डले ७० लाख व्यहोर्ने छ । पर्यापर्यटन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्याशाला, ‘ब्रसर, स्टिकर, डिजिटल बोर्ड, होर्डिङ बोर्ड,’ वैदेशिक पर्यटन प्रवद्र्धन, विभिन्न सहरमा प्रचारात्मक कार्यक्रम, ‘नेचर गाइड’ तालिमलगायत कार्यक्रम गर्न सो रकम खर्च गरिने सम्झौतापत्रमा उल्लेख छ ।  त्यस अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षलाई सफल बनाउन बोर्ड गरेको सहयोगको प्रशंसा गरिन् ।  देशमा भइरहेको आर्थिक मन्दी र त्यसबाट उत्पन्न निराशालाई उत्साहमा परिवर्तन भ्रमण वर्षले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आशावादी रहेको प्रमुख दाहालले बताइन् ।  कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे । भ्रमण वर्षको आयोजना भरतपुर महानगरपालिकाले गरेको भए पनि निजी क्षेत्रले ल्याउने प्याकेज, सेवासुविधा, तत्परताले अभियान सफल हुने वरिष्ठ निर्देशक ऐरले बताए । रासस

तीन दिनमैं ट्रेण्डिङ भयो हरिवंशको गीत

काठमाडौं । गतसाता रिलिज भएको हरिवंश आचार्य अभिनित गीत तीन दिनमैं ट्रेण्डिङमा पुगेको छ । युटु्यूबमार्फत रिलिज भएको गीतको भिडियो अपलोड भएको तीन दिनमैं तेश्रो नम्बरमा पुगेको हो । भिडियोलाई यो समाचार तयार पार्दासम्म ११ लाख ६२ हजारले हेरिसकेका छन् । कर्कोलो कोक्याउलो बोलको गीतको शब्द, संगीत र स्वर हरिवंश आचार्यको रहेको छ । गीतमा स्वस्तिमा खडका, श्याम पाण्डे, महेश त्रिपाठी, नवीन लम्साल, रुक्मिला अधिकारी, विमल खडकाले अभिनय गरेका छन् । भिडियोको छायांकन सुशिल सापकोटाले गरेको छन् भने निर्देशन मानव सुवेदीको रहेको छ । सुरक्षा पन्तले गीतको पटकथा लेखेकी हुन । सामाजिक सचेतना जगाउने उद्देश्यले तयार पारिएको गीत छोटो समयमा नै चर्चित हुनुमा गीतको बोल, छायांकन र उत्कृष्ट सम्पादन रहेको कारण भएको निर्माताले जनाएका छन् ।

लोक दोहोरी गित बाह्रबर्षे पनौती मेला सार्बजनिक

काभ्रे। एतिहासिक तथा धार्मिक नगरिका रूपमा परिचित काभ्रेको पनौतिमा बाह्रबर्षमा एक पटक लाग्ने मकर मेला माघ एक गतेबाट सुरुहुने भएको छ। उक्त मेलाको अबसरमा लोक गायक तथा शर्जक किरण गौतम र नव गायिका सृजना श्रेष्ठको लोक दोहोरी गित बाह्रबर्षे पनौती मेला बिहिवार बाट संगितिक बजारमा सार्वजनिक भएको छ । “बचाउ हाम्रो धर्म र सस्कृती,जागौ युवासारा!बिश्व सम्पदा सुचिमा पनौती हाम्रो कर्तव्य हाम्रै अभिभारा” भन्ने मुल नारा सहित काभ्रे जिल्लाको गौरव एतिहासिक बाह्रबर्षे पनौती मकर मेलालाइ स्मरण गर्दै परदेशमा रहेका युवाहरुले सम्झाना स्वरुप उक्त लोक दोहोरी गित सार्वजनिक गरेका हुन। नेपाली लोक दोहोरि गित लाई जिबन्त राख्न अनवरत लागि रहेका काभ्रेका सन्चारकर्मी एवम् पनौती नगरपालिका स्थानिय युवा गणेश आचार्यको परिकल्पनामा तयार भएको गितमा मकर मेला के हो? परापुर्व कालमा के कस्ता किम्बदन्ती थिए?लगाएत आध्यात्मिक कथनलाइ उजागर गर्ने प्रयास गरेको गित मार्फत बुझिन्छ । गायक किरण गौतम र गायिका सिर्जना श्रेष्ठको स्वर तथा लय रहेकोे गितमा नारायण दङालको संगीत सम्योजना गरेका छन् । यस्तो छ गित

संसद विघटन असंवैधानिक कदम थियो, मैले फरक मत राखेको थिएँ तर सुनिएन- सुभाष नेम्वाङ

काठमाडौं । नेकपा एमाले नेता तथा संविधानसभा अध्यक्ष सुभाषचन्द्र नेम्वाङले संसद विघटन गैरसंवैधानिक भएको बताएका छन् । संविधान दिवसका अवसरमा केही मिडियामा प्रकाशित अन्तर्वार्तामा नेम्वाङले संसद विघटन हुँदा फरक मत राखेको बताएका छन् । तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष ओलीलाई संसद विघटन असंवैधानिक कदम भएको बताएपनि कुरा नसुनिएको उनले बताए । मैले पटक(पटक भनेका धेरै कुराहरुमा मेरा कुराहरुलाई मान्यता दिइएको छैन । सही सत्य हो त्यो । उनले भनेका छन्, उदाहरणको लागि संसदको पहिलो विघटनमा मेरो फरक राय थियो । दोस्रो विघटनमा पनि मेरो फरक राय थियो । केही अध्यादेशहरुको मामलामा सदासर्वदा मेरो फरक राय रहेको थियो । उनले अगाडि भनेका छन्ः विघटन भइसकेपछि त्यसलाई लिएर सर्वोच्च अदालतमा मुद्दा पर्‍यो । मेरो भनाइ रह्यो – त्यो कुरा ९संसद विघटन प्रधानमन्त्रीले चाहँदैमा हुँदैन० साँचो हो भन्ने मेरो अहिले पनि दाबी छ । त्यतिबेला केही साथीहरु सडकमा उत्रिए । सडकमा पक्ष र विपक्षमा कुराहरु उठे । कतिसम्म उठ्यो भने सर्वोच्च अदालतका न्यायाधीशरुले ठीक निर्णय गरेनन् भने उनीहरुलाई झुण्ड्याउनुपर्छ भन्ने अभिव्यक्तिहरु पनि आए । पूर्वप्रधानन्यायाधीशहरु उत्रिए । हाम्रा पूर्वप्रधानमन्त्रीहरुले घाँटीमा प्लेकार्ड झुण्ड्याएर सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्नुभयो । यो सबै कुरा बेठीक हो । पक्ष र विपक्षमा कहीँ पनि बोलेर सर्वोच्च अदालतलाई दबाब दिनु हुँदैन भन्ने मेरो राय थियो र मैले प्रष्ट शब्दमा मलाई सोध्ने पत्रकार साथीहरुलाई भनेको थिएँ( पहिले बोलें अब बोल्दिनँ । किनभने सर्वोच्चमा यो मुद्दा विचाराधीन छ ।

‘ओलीले धोका दिए’ : गम्भीर मुद्रामा विप्लव र महन्थ ठाकुर

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता सम्पन्न भएको छ । पछिल्ला दिनहरुमा सबै राजनीतिक दलका नेताहरुलाई भेटिरहेका विप्लवले आज ठाकुलाई भेटेका हुन । उनीहरुबीच भेटवार्ता भएको तस्वीर हेर्दा दुबै नेता गम्भीर मुद्रामा देखिएका छन् । केहीले सामाजिक सञ्जालमा लेखेका छन– ओलीले दुबैलाई ठगेको कुरा चल्दाको गम्भीरता । ओली सरकारले विप्लवसँग ३ बुँदे सहमति गरेको थियो । तर सहमति कार्यान्वयन नभएको भन्दै विप्लवले अहिले सत्तारुढ गठन्धनका नेतासँग छलफल अघि बढाएका छन् । यसैगरी ओलीले जसपाको महन्थ ठाकुर पक्षलाई समेत बिभिन्न आश्वासन दिएर आफ्नो पक्षमा पार्न सफल भएको थियो । ठाकुर पक्ष ओलीलाई समर्थन गर्न पुगेपछि जसपा विभाजनको चरणमा पुगेको छ । आज विप्लवलले नेता खड्गबहादुर विश्वकर्मालाई सँगै लिए ठाकुरलाई भेट्न शनिबार उनको निवासमा पुगेका थिए ।  

३८ वर्षकी महिला २०औं पटक गर्भवती भएपछि चिन्तामा प्रशासन

मुम्बई । उमेरले जम्मा ३८ वर्ष पुगेकी एक महिला २०औं पटक गर्भवति भएपछि स्थानीय प्रशासनले चिन्ता व्यक्त गरेको छ । अचम्म के छ भने ती महिलाका अहिलेसम्मका सबै प्रसुति घरमा नै भएका छन् । यो प्रसुति भने अस्पतालमा गराउन स्थानीय प्रशासनले चासो लिएको छ । महिलाको तौल जम्मा ४५ किलो भएकोले स्वास्थ्यमा समस्या आउन सक्ने अधिकारिहरुले जनाएका छन् । नवभारत टाईम्सका अनुसार, महाराष्ट्रको मीड मजलागाउँ निवासी लंकाबाईले १९ पटकमा जन्माएका बच्चामध्ये ११ जना जीवित छन् । उनका १६ प्रसप सफल भएका थिए भने ३ पटक गर्भपतन गर्नुपरेको थियो । कुडा करकट छान्ने काम गर्ने उनका श्रीमानलाई सम्झाशएर अस्पतालमा डेलिभरि गराउन सामाजिक कार्यकर्ता समेत लागेका छन् । मजलगांवका को ब्लक मेडिकल अफिसर अनिल परदेसीले यसपटक प्रसव राम्रो हुन नसके ज्यानको खतरा रहेको बताए । डेलिभरिपछि पनि रक्तअल्पताका कारण समस्या हुने भएकोले विशेष सतर्कता अपनाउन उनीहरुले लंकाबाईको नियमित चेकअप गरिरहेको समाचारमा छ । लंकाबाईका कुनैपनि बच्चाले पढेका छैनन् । दैनिक दुई तीनसय कमाई हुने उनको परिवारमा आर्थिक संकट झन बढेको छ । उनको जेठो छोरा २१ वर्षको छ । उसका पनि ३ बच्चा छन् । स्थानीय प्रशासनले अहिले मासिक ५ हजार र राशन कार्डको व्यवस्था गरेको छ ।

स्कूलका विद्यार्थीहरुलाई दिवा खाजा प्रभावकारी, १० वटा विद्यालयलार्इ भाँडावर्तन वितरण

सिन्धुपाल्चोक, चैत १६ । दिवा खाजाको वातावरण मिलाई रहेको नेत्रज्याेति कृषि सहकारी संस्थाले एक अन्तरकृया कार्यक्रम गरेर १० वटा विद्यालयलाई भाँडावर्तन वितरण गरेको छ । ठूलो सिरुवारी गाउँ विकास समितिका १० वटा सामुदायिक विद्यालयहरुलाई स्थानीय स्तरमा उत्पादन भएका सामग्रीहरु प्रयोग गरेर विद्यालय दिवा खाजा व्यवस्थापन गर्नको लागि आवश्यक भाँडावर्तन वितरण गरिएको हो । नेत्रज्योती कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा विश्व खाद्य कार्यक्रमको सहयोगमा प्रत्येक विद्यालयमा स्थानीय स्तरमा उत्पादन भएको सामग्री कोदोको रोटी, गहुँको रोटी, मकै, भट्मास र जाउलो खुवाउनको निमित्त उक्त परिकार निर्माण गर्न आवश्यक पर्ने भाँडा सामग्री खाद्य स्टोरको लागि बाक्सा र विद्यार्थीको आधारमा प्लेट, चम्चा, किचेनका सामानहरु समेतका सामग्रीहरु वितरण गरिएको हो । जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरे, जिल्ला शिक्षा कार्यालय आयोजना कार्यान्वयन इकाई प्रमुख तथा जिल्ला पोषण समितिका सम्पर्क व्यक्ति कृष्ण सुवेदी, विश्व खाद्य कार्यक्रमका रुद्र सुनुवार, समाजसेवी शान्ता थापा क्षेत्री, राष्ट्रिय अनलाईन पत्रकार संघका केन्द्रीय महासचिव सागर श्रेष्ठ लगायतको विषेश उपस्थितिमा नेत्रज्योती कृषि सहकारी संस्थाले प्रत्येक विद्यालयका प्रधानाध्यापक तथा विव्यस अध्यक्ष र खाजा सहयोगीहरुलाई सेतीदेवी माविको प्राङ्गणमा भाँडावर्तन वितरण गरेको हो । यसअघि गणेश आधारभूत विद्यालयमा विद्यालय दिवा खाजा सम्बन्धी अन्तरक्रिया समेत भएको थियो । अन्तरक्रिया कार्यक्रम पश्चात भाँडावर्तन वितरणको कार्यक्रम गरिएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै जिशिअ घिमिरेले बैशाख ५ गतेभित्र सबै सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्रका पाठ्यपुस्तकहरु ल्याइसक्न सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई निर्देशन दिए । जिल्ला शिक्षा कार्यालयबाट प्रत्येक विद्यालयको खातामा पाठ्यपुस्तक वापतको ७५ प्रतिशत रकम निकासा भइसकेको हुँदा त्यो निकासाको रकम निकालेर अहिलेको परीक्षा सकिने बित्तिकै शिक्षा मापदण्ड अनुसार पाठ्यपुस्तक खरिद गर्न शिक्षकहरुलाई निर्देशन गरेका छन् । नेत्रज्योती कृषि सहकारी संस्था, नेत्रज्याेति मार्ग, डडुवाले आयोजना गरेको विद्यालय दिवा खाजा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले त्यस्तो बताए । विश्व खाद्य कार्यक्रमको विषेश सहयोगमा साविक ठूलोसिरुवारीका १० वटा सामुदायिक विद्यालयमा शिशु कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई स्थानीय स्तरमै उत्पादन भएका खाद्यान्नहरु प्रयोग गरेर नेत्रज्याेति कृषि सहकारी संस्थाले खाजा खुवाइरहेको कार्यक्रमका विषयमा गणेश आधारभूत विद्यालय जंगलछापमा गरिएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै घिमिरेले जिल्ला शिक्षा अधिकारी लगायत सबै विद्यालयका प्रधानाध्यापक एवम् शिक्षकहरुको दाता भनेको विद्यार्थी र अभिभावक हुन् । त्यसैले अभिभावकको मन जितेर उनीहरुको छोराछोरीलाई मनोरञ्जनात्मक तरिकाले शिक्षा दिनुपर्ने बताए । उनले कर्मचारीहरुको दाता भनेकै नागरिक हुन् र मालिक नै नागरिक हुन् उनीहरुले तिरेको करबाट उठेको रकमले हामीहरुले तलव खाइरहेका छौं । त्यसैले पनि जनता तथा अभिभावकहरु हाम्रा मालिक हुन् । उनीहरुको अनुकूलतामा विद्यालयले काम गर्नुपर्ने बताए । विद्यालय दिवा खाजा सम्बन्धमा विद्यालयका प्रधानाध्यापक एवम् शिक्षकहरुलाई कार्य व्यस्ता भार काम गर्नको लागि र स्थानीय बालबालिकाहरुलाई चाउचाउ बिस्कुट तथा कुपोषण सम्बन्धी खालका सामग्रीहरु प्रयोग गर्नुभन्दा गाउँमै उत्पादन भएका सामग्रीहरुबाट खाजा निर्माण गरेर खुवाउँदा पौष्टिक आहार प्राप्त हुने भएकोले यो कार्यक्रम परीक्षणको रुपमा लागू गरिएको बताए । सहकारी संस्थाले प्रत्येक विद्यालयमा खाजा सहयोगी राखेर खाजा व्यवस्थापन गरिरहेको र प्रत्येक विद्यालयमा करेसाबारी निर्माण गरेर कृषि उत्पादनलाई बढाउनको निमित्त विषेश योगदान गरिरहेकोले उक्त योगदानलाई सबैले सम्मान गर्नुपर्ने उनले बताए । सहायक जिल्ला शिक्षा अधिकारी तथा जिल्ला शिक्षा कार्यालय पोषण समितिका सम्पर्क व्यक्ति कृष्ण सुवेदीले सहकारी संस्थाले सधैंभरी काम गर्नको लागि ठेक्का लिएको होइन, यहिँका बालबच्चाहरुलाई उनीहरुकै अभिभावकहरुबाट उत्पादन भएको खाद्यान्न सामग्रीहरु प्रयोग गरेर बनाइएको खाजाबाट बढी पौष्टिक आहार हुन सक्छ भनेर यो कार्यक्रम परीक्षणकालको रुपमा लागू गरिएको, र विशेषगरी विश्व खाद्य कार्यक्रमले नेत्रज्योती कृषि सहकारी संस्थालाई प्रत्येक विद्यालयमा १–१ जना खाजा सहयोगी राखेर खाजाको व्यवस्थापन गरेको हुँदा विद्यालयका शिक्षक तथा प्रअहरुलाई यस सम्बन्धमा कुनैपनि समस्या नपर्ने गरी काम गर्न सहजता मिलेको बताए । उनले यो कार्यक्रम सफल हुँदा विद्यालयका शिक्षक तथा सहयोगीलाई मार नपर्ने गरी खाजाको लागि अर्को कर्मचारीको व्यवस्थापन समेत गर्दा राम्रो हुन्छ कि भन्ने विषयमा यो परीक्षण गरिएको पनि प्रष्ट पारे । विश्व खाद्य कार्यक्रमका रुद्र सुनुवारले सहकारीको माध्यमबाट यो कार्यक्रम लागू गर्न सके सहजता र शैक्षिक स्तरमा उन्नति हुन्छ कि भनेर परीक्षणको रुपमा सहकारीलाई यो कार्यक्रमको व्यवस्थापन गर्न सहयोग गरेको बताए । नेत्रज्याेति कृषि सहकारी संस्थाका सचिव नेत्रबहादुर बस्नेतले विगतमा भएका खाजा व्यवस्थामा परिवर्तन भएको, चाउचाउ, विस्कुट खुवाउने प्रक्रिया हटेर गाउँमै उत्पादन भएका कोदो, मकै तथा धानबाट निर्मित सामग्रीहरु प्रयोग गरी खाजा खुवाउने व्यवस्थामा तीव्रता आएको यसरी पौष्टिक खाजा खान पाउँदा विद्यार्थीहरु पनि आकर्षित भएको बताए । कार्यक्रममा सेतीदेवी माध्यमिक विद्यालयका विव्यस अध्यक्ष देवी दुलाल, प्रअ हरिविक्रम नेपाल, डडुवा भवानीशंकर माविका बद्रीप्रसाद नेपाल, गणेश आधारभूत विद्यालयका शान्ति गिरी, कुण्डला माविका विव्यस अध्यक्ष दिवाकर फुयाँल, लेखापाल गोविन्द ढुङ्गेल, झमलादेवी आधारभूत विद्यालयका लालबहादुर श्रेष्ठ, बाघभैरव आधारभुत विद्यालयका हरि ढुङ्गेल लगायत विद्यालयका प्रअ तथा विव्यस अध्यक्षहरुले आ–आफ्नो तर्फबाट खाजाको प्रभावकारीता विषयमा धारणा राखेका छन् । नेत्रज्योति कृषि सहकारी संस्थाका अध्यक्ष शिव केसीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा १० वटा विद्यालयका प्रधानाध्यापक, पोषण सम्पर्क व्यक्ति तथा सहकारी संस्थाका खाजा सहयोगीहरुको उपस्थिति रहेको थियो । विद्यालय दिवा खाजा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेत्रज्योती कृषि सहकारी संस्था लि.का सचिव नेत्रबहादुर बस्नेतद्वारा प्रस्तुत प्रतिवेदन नेत्रज्योति कृषि सहकारी संस्था लि.ले नेपाल सरकार शिक्षा मन्त्रालय, शिक्षा विभाग जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोक, विश्व खाद्य कार्यक्रमको सहयोगमा २०७३ भाद्र १ गतेदेखि विद्यालय दिवा खाजाको लागि प्रत्येक विद्यालयमा खाजा सहयोगीको व्यवस्था गरेर स्थानीय स्तरमा उत्पादन भएको खाद्यान्न प्रयोग गरी दिवा खाजा वितरण गरिरहेको छ । विश्व खाद्य कार्यक्रमको सहयोगमा प्रत्येक विद्यालयमा विद्यार्थी उपस्थिति विवरण अनुसार खाजा निर्माण गरेर खुवाउनुका साथै विद्यालयलाई कृषि क्षेत्रको प्राथमिकतामा राख्दै प्रत्येक विद्यालयमा करेसाबारी निर्माण गरी करेसाबारीको लागि आवश्यक पर्ने सामग्रीहरु समेत विद्यालयलाई उपलब्ध गरार्इ सकिएको छ। सिन्धुपाल्चोक जिल्लामा प्रति महिना रु १०० र ३ माना चामल अभिभावकबाट संकलन गरी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रधानाध्यापकबाट दिवा खाजा व्यवस्थापन गरिएको उदाहरणहरु देखिएको छ । तर हाम्रो सदरमुकाम नजिकै रहेको साँगाचोक स्रोतकेन्द्र अन्तर्गत साविक ठूलोसिरुवारी गाविसको १० वटा विद्यालयमा सरकारले प्रति विद्यार्थी रु १५ का दरले उपलब्ध गराइएको र उक्त रकमबाट बाह्य सामग्रीको प्रयोग गरी चाउचाउ बिस्कुट खुवाइरहेको प्रथालाई हटाएर स्थानीय स्तरमै उत्पादन भएको सामग्रीहरुको व्यवस्थापन गरी विश्व खाद्य कार्यक्रमको सहयोगमा खाजा सहयोगी राखेर व्यवस्थापन गर्दा समेत केही विद्यालयहरुले यसलाई असहयोग गरेको देखिन आएको छ । यसरी उपलब्ध भएको रकमलाई पनि सदुपयोग गर्न नसक्नुमा हामी आफै गाउँवासीहरुको कमजोरी रहने हामी सबैले महसुस गरेका छौं । त्यसैले पनि नेत्रज्योती कृषि सहकारी संस्था लिमिटेडले यसको सदुपयोगताको लागि विभिन्न कदमहरु चाल्दै आएको छ । यस खाजा कार्यक्रमको निरन्तरता र व्यवस्थापनको लागि सहकारीले आफ्नो बुताले भ्याएसम्म आवश्यक व्यवस्थापनमा लागिरहन्छ । अरु जिल्लाहरु भन्दा सिन्धुपाल्चोकमा रहेका ५४२ विद्यालय मध्ये ११२ विद्यालयमा मात्र यो व्यवस्था लागू गरिएको छ । जम्मा राष्ट्रभरीकै २९ जिल्लाका केही विद्यालयमा लागू भएको यो कार्यक्रम १० वटा जिल्लामा खाद्यान्न सामग्री, पीठो, चामल उपलब्ध गराइएको छ भने २९ जिल्लाको केही विद्यालयमा नगद प्रवाह गरिएको छ । त्यहि नगद प्रवाह गरिएको जिल्ला मध्ये सिन्धुपाल्चोक पनि एक हो । सिन्धुपाल्चोक जिल्लामा साविक ७९ गाविस मध्ये जम्मा १५ वटा गाविस छानिनुमा ठूलोसिरुवारी पनि भाग्यमानि मान्नुपर्छ । किनभने जिल्लामा रहेका ७९ गाविसहरु र ५४२ विद्यालयहरु मध्ये ठूलोसिरुवारीको १० वटा विद्यालय पक्कै पनि दूर्गम र पिछडामा थिएन । सदरमुकामको नजिकै रहेको र जिल्लाको हिमाली क्षेत्र र सिमान्तकृत क्षेत्र भन्दा हामी दूर्गम होइनौं । एउटा विद्यालयबाट अर्को विद्यालयमा जान झण्डै ६ घण्टा पैदल यात्रा गर्नुपर्ने वाध्यता रहेको यसै सिन्धुपाल्चोकमा हेर्ने हो भने- हामी ६ घण्टामा त गाविसभरीको पूरै विद्यालयमा घुम्न सक्ने अवस्थामा छौं । यहि जिल्लामा विहान बेलुका पेटभरी खान नपाउने अवस्थाका बालबालिकाहरु पनि हुन सक्छन् । त्यस्ता दूर्गम र पिछडा बालबालिकालाई समेत बेवास्ता गर्दै ठूलोसिरुवारीमा आएको खाजा कार्यक्रमलाई आफ्नो अनुकूलमा अनियमितता गरेर व्यक्तिगत फाइदा उठाउन खोज्नु महा अपराध हुन जान्छ । त्यसैले पनि सहकारी संस्थाले खाजा व्यवस्थापनमा बढी चासो लिएको हो । यस्तो अवस्थामा रहेको यहाँको १० वटा विद्यालयका बालबालिकालाई जिल्ला शिक्षा कार्यालयले व्यवस्थापन गरेको दिवा खाजामा हेलचक्राइँ गर्न कुनैपनि हालतमा सहकारीले नदिने अठोटका साथ यो कार्यक्रममा समावेश भएको हो । कार्यक्रमको सुरुवातमा सहकारी संस्थाका केही कमी कमजोरीहरु हुन सक्छ । जानेर होस, नजानेर होस् भएका उक्त कमी कमजोरीहरुलाई सुधार गर्दै स्थानीय खाजा व्यवस्थापनमा विद्यालय शिक्षकहरु र व्यवस्थापन समितिको संलग्नतालाई टाढा राखेर उनीहरुलाई विद्यालयको शिक्षा स्तारोन्नतीको लागि मात्र तल्लीन रहने कार्यलाई अझ सहजता पुर्याउनको निमित्त सहकारीले यो खाजा व्यवस्थापन गरेको हो । माथि उल्लेखित रहेका विषयहरुलाई ध्यानदृष्टिले विचार गर्ने हो भने हामी हाम्रा बालबालिकालाई पौष्टिक आहार खुवाउँदै विद्यालयमा पठाउनबाट किन वञ्चित गराउँदैछौं भन्ने विषयमा अनविज्ञ नै रहेको मान्नुपर्छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सरकारले यसरी सुविधा दिँदादिँदै पनि नीजि विद्यालयमा घरबाट खाजा बोकेर फि तिरेर बालबालिका पढाइरहेका हामीले देखेका छौं । सामुदायिक विद्यालय र नीजि विद्यालयहरु बीच हुने प्रतिष्पर्धामा सामुदायिक विद्यालयलाई अगाडि ल्याउनको निमित्त विभिन्न खालको योजनाहरु अगाडि ल्याइएको छ । यो योजना अन्तर्गत अब सहकारीले आगामी शैक्षिक सत्रमा भर्ना अभियान तीव्र रुपले सञ्चालन गर्ने योजना राखेको छ । शिक्षा कार्यालयको मापदण्ड र नीतिभित्र रहेर सहकारीको प्रत्येक शेयर सदस्य र सबै नागरिकको बालबालिकालाई नजिकको सामुदायिक विद्यालयमा अध्ययन गराउनको निमित्त सहकारीले विशेष कार्ययोजना अगाडि ल्याउन लागेको छ । यो कार्ययोजनालाई सहयोग पु¥याउन सबैसित हार्दिक अपिल समेत गरेको छ । आगामी दिनमा दिवा खाजालाई अझ व्यवस्थित मर्यादित रुपले नमूनाको रुपमा अगाडि लैजान यहाँहरुको सल्लाह र सुझावको अपेक्षा समेत राखेका छन् ।

इन्जिनियरिङ क्याम्पस मध्येकै सबैभन्दा उत्कृष्ट बनाउन चाहन्छु-रोशन, स्ववियू सभापति, पुल्चोक

यसअघिको इतिहासलाई ‘ब्रेक’ गर्दै ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा माओवादी केन्द्रसमर्थित अखिल क्रान्तिकारीले स्वत्रन्त्र विद्यार्थी यूनियनको नेतृत्वमा विजय हासिल गर्यो । यसै फागुन १८ गतेको निर्वाचनमा स्ववियू सभापतिमा अखिल क्रान्तिकारीका रोशन थापामगरले विपक्षी एमाले समर्थित अनेरास्ववियूलाई हराउँदै सबैलाई चकित पारे । हेटौंडा, चिसापानीमा जन्मिएका रोशन अहिले पुल्चोक क्याम्पसमा पाँचौं वर्षमा आर्किटेक्चर इन्जिनियरिङ पढ्दैछन् । नवनिर्वाचित सभापति रोशन थापामगरसंग एभरेष्ट दैनिकले गरेको कुराकानी । स्कुल कहाँ पढ्नुभयो ? स्कुल सिदार्थ शिशु सदनमा पढें, त्यसपछि मकवानपुर बहुमुखी क्याम्पसमा पढें । अनि २०६९ मा इन्जिनियरिङ पढ्न पुल्चोकमा आएँ । राजनीतिमा कहिलेदेखि लाग्नुभयो? राजनीतिमा मेरो पहिल्यैदेखि चासो थियो । तर स्कुल र प्लस टु पढ्दा सम्म मैले राजनीति गरिन । यही क्याम्पसमा आएपछि मात्र मैले विद्यार्थी राजनीति सुरु गरेको हो । किन अखिल क्रान्तिकारी नै रोज्नुभयो? मलाई अखिल क्रान्तिकारीका एजेण्डाहरु पहिल्यैदेखि मन पथ्र्यो । क्याम्पसमा आइसकेपछि थुप्रै विद्यार्थी संगठन देखेँ । तर हामीहरुको समस्यामा साथ दिने कमै थिए । कलेजमा २०६९ मा पहिलोपट प्रवेशिका परीक्षा दिन आउँदा प्रश्नपत्र लिक भएको थियो । म लगायत धेरै साथी मर्कामा परेका थियौं । त्यतिखेर हामीलाई के गर्ने कसो गर्ने भन्ने समस्या पर्यो । तर हाम्रो समस्याका बारेमा अखिल क्रान्तिकारीले पहलकदमी लियो । मलाई अखिल क्रान्तिकारीकादाईहरुले धेरै नै सहयोग गर्नुभएको थियो । उहाँहरुको काम मलाई मन पर्यो । विद्यार्थीका सामान्य समस्यामा समेत साथ दिने काम क्रान्तिकारीले मात्रै गरेको थाहा पाएपछि म उहाँहरुको सम्पर्कमा रहें र उहाँहरुको क्रियाकलाप, सक्रियता मन परेपछि म पनि यही संगठनमा लागें । कसरी चुनावमा उठ्ने निर्णय गर्नुभयो ? खासमा चुनावमा सभापतिको लागि म भन्दा अगाडी ८–९ जनाको नाम उठेको थियो । म उठ्छु भन्ने कुनै योजना थिएन । तर संगठनले फेरी पपुलर फेसलाई उठाउने कुरा ल्यायो । म कलेजमा धेरै पपुलर फेस थिएं । संगठनको म इकाइ अध्यक्ष पनि हो । पछि सबैले मेरो नाम सिफारिस गर्नुभयो । अनि मैले पनि हुन्छ भनेको हो । कस्तो पपुलर फेस? म कलेजको हरेक क्रियाकलापमा सक्रिय हुन्छु । इकाइ अध्यक्षको नाताले मेरो आफ्नै जिम्मेवारी छ । त्यो मैले सकृय भएर गर्थें । सबैसंग मेरो राम्रो चिनजान छ । प्राय सबै विद्यार्थीले मलाई चिन्छन् । म सभापतिमा उठ्दा सबैले मलाई चिन्ने र संगठनलाई पनि फाइदा हुने देखिएकाले मलाई नै उठाउने निणर्य भयो । तपाई उठ्ने भएपछि तपाइका समर्थकको कस्तो प्रतिक्रिया पाउनुभयो? विद्यार्थी साथीहरुकै हौसला र सहयोगले म उठेको हो । सुरुमा अरुहरुकै नाम थियो । तर अन्तिमामा परिस्थिति अर्कै भयो । सबैले मलाई उठ भनेपछि उठें । उहाँहरुले दिनुभएको विश्वास र समर्थनले मलाई चुनाव जित्न सजिलो भयो । तपाईलाई किन मन पराएछन् विद्यार्थीहरुले, के गर्नु भएको थियो र कामहरु ? म विद्यार्थीको हक हितको लागि लडेको छु । हामीले पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई उच्च प्रविधिमैत्री बनाउन माग गर्दै आएका थियौं । हामीले इन्टरनेटको गति बढाउन, पुस्तकालयमा पुस्तक थप्न, इलाईव्रेररी राख्न माग गरेका थियौं । हामी सफल पनि भयौं । स्ववियु नहुँदाको दिनमा पनि हामीले इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई अध्ययनमा कुनै समस्या नहोस भन्नको लागि सकृय भएर काम गरेका थियौं । अर्कोतर्फ हाम्रो संगठनले पनि अहिलेको परिस्थितिमा सही मुद्दाहरु उठाएको थियो । राष्ट्रियदेखि क्याम्पससम्म हामी व्यवहारिक बढी थियौं । विगतमा पनि हामीले निरन्तर विद्यार्थी हकहितका लागि नै काम गर्दै आएका थियौं । शायद त्यही पक्ष विद्यार्थीहरुले मुल्याङकन गर्नुभएको हो । जितेपछि त प्रधानमन्त्रीले नै बधाई दिएछन्, कस्तो लाग्यो त्यतिखेर ? म जितेपछि रमेश दाई (रमेश मल्ल)मार्फत प्रधानमन्त्रीले शुभकामना दिए । मलाई धेरै खुशी लाग्यो । मेरो जीत यति महत्वपूर्ण रहेछ जस्तो अनुभूति भयो । अरु सिनियर दाईहरु, नेताहरु, समाजसेवीहरुले पनि मलाई बधाई दिए । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा क्रान्तिकारीको जीत एउटा ऐतिहासिक उपलब्धि रहेछ भन्ने लाग्यो । गर्व पनि लाग्यो र भावुक पनि भएँ । जितेपछि घरबाट के प्रतिक्रिया पाउनुभयो, राजनीति गर्न थालिस् भनेर गाली गरे कि बधाई दिए । बधाई पाएँ । म आफैले यसलाई राजनीति भनेर ठानेको छैन । किनभने म विद्यार्थी हो । मैले मेरो हकहितका लागि कुरा उठाउनु त राम्रो हो नि, यसलाई कसरी राजनीति भन्ने । म पढ्ने क्याम्पस राम्रो होस्, म र म जस्ता सबैले सुविधा पाउन, गुणस्तरीय शिक्षा पाउन, क्याम्पसको वातावरण राम्रो होस् भन्ने कामना गरेर त्यसका लागि आवाज उठाउनु राजनीति हो भने मैले के भन्नु । तर परिवारले पनि ठीक गरिस्, राम्रो गरिस् भनेर बधाई दिए । मलाई लाग्छ, हामीले आफ्नो क्षेत्रमा सत्यका लागि नलाग्ने हो भने गलत तत्वहरुले हाम्रै भविष्य बिगार्ने हुन । त्यसैले पनि म त आफ्नै र आफूहरुजस्तै प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरुकोस्वार्थका लागि सभापतिमा उठेको हो ।   अब के गर्नुहुन्छ? यो क्याम्पस अरु भन्दा फरक छ । यहाँ इन्जिनियरिङ पढाइ हुन्छ । यो प्राविधिक शिक्षा हो । हाम्रो मुख्य एजेण्डा भनेको नै पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई उच्च प्रविधियुक्त बनाउने हो । यसमा इलाईब्रेरी, नयाँ थप पुस्तक, उच्च गतिको इन्टरनेट, भौतिक पुर्वाधार, पाठ्यक्रम आदि पर्छन् । सबै इच्छुक विद्यार्थीहरुले सहज रुपमा इन्जिनियरिङ पढ्न पाउनुपर्छ भन्ने पनि हाम्रो माग हो । यस विषयमा हामी काम गर्छौं । एउटा नमुना इन्जिनियरिङ क्याम्पस बनाउने सपना छ । यस क्याम्पसलाई अन्र्तराष्ट्रिय स्तरसम्म पु¥याउन चाहान्छौं । हामी विद्यार्थीको हक हितको लागि आवश्यकपर्ने सबै काम गर्नेछौं । प्यानलले त जितेको होइन, अखिल र अरु संगठनसँग मिलेर काम गर्न कति सहज छ? हो, हाम्रो प्यानलले नै जितेको छैन । तर यहाँका विद्यार्थी नेताहरु विद्यार्थीहरुको हकहित र इन्जिनियरिङ क्याम्पसलाई उत्कृष्ट बनाउने कुरामा सचेत र सकृय हुनुहुन्छ । हामी सबै एकजुट भएर काम गर्नेछौं । म पढाइको वर्षको हिसावले अरु पदाधिकारीभन्दा सिनियर छु । मलाई काम गर्ने वातावरण राम्रो नै बन्छ भन्ने पुर्ण आशा छ । उहाँहरु पनि मलाई सहयोग गर्न तयार हुनुहुन्छ । हामी सकरात्मक भएर लाग्यौैं भने सबैले साथ दिइ हाल्नुहुन्छ नी । के चुनौती देख्नुहुन्छ काम गर्न? चुनौती त धेरै नै हुन्छन् । विद्यार्थीको तर्फबाट कुनै चुनौती हुँदैन । हामीले गर्नसक्ने भनेको त आवाज उठाउने न हो । काम गर्ने त व्यवस्थापनले हो । हाम्रो माग र व्यवस्थापन पक्षको कुरा सधैं नमिल्न सक्छ । तर जस्तो चुनौती पनि हामी सामना गर्न तयार छोैं । हिजोको दिनमा स्ववीयु नहुँदा त हामी विद्यार्थीका कति मागहरु पुरा गर्न सफल भयौं भने अब त स्ववीयु छ । हाम्रो आवाज सम्बोधन हुन्छ भन्ने लाग्छ । अब त्यो चाहीँ आउँदो दिनले नै देखाउला । तर हामी आशावादी छौं । तपाईका तस्वीरमा जता पनि गितार बोकेको देखिनुहुन्छ नि ? हो, म गीत गाउँछु, गितार बजाउने मेरो शौख नै हो । क्याम्पसमा हरके कक्षामा मैले गितार बजाएर गीत गाएको छु । क्याम्पसका सबैजसो कार्यक्रम, नव आगुन्तकहरुलाई स्वागतदेखि अन्य अवसरमा मैले गितार बजाउँदै गीत गाउँछु । इन्जिनियर भन्नेबित्तिकै त्यसको मन, भावना हुँदैन भन्ने सोचिन्छ । तर त्यसो होइन, मलाई विद्यार्थीहरुले यही भएर पनि माया गर्छन् । म पपुलर गीत, गितार र मैले बोकेको बिचारका कारण नै हो । प्रेम प्रस्ताव कत्तिको आउँछन् नि, गीत बजाउने मान्छेलाई त प्रस्ताव निकै आउँछ भन्छन् नि । त्यस्तो भएन । मेरा लागि प्रेम अहिले महत्वपूर्ण होइन । पढाई, विद्यार्थी हकहित र क्याम्पसको वातावरण कसरी राम्रो बनाउने भन्नेमा मेरो मुख्य ध्यान जान्छ । त्यसरी प्रस्ताव आएका छैनन् । अन्तिममा केही भन्न चाहनुहुन्छ ? अखिल क्रान्तिकारीले पुल्चोक क्याम्पसमा जित्न सक्नु नै एउटा ऐतिहासिक विजय हो । सबैले क्रान्तिकारीको आन्दोलन सेलायो, हरायो भन्थे तर यो जितले आन्दोलन फेरी सुरु भएको संकेत गरेको छ । आन्दोलनको नयाँ माहौल सृजना भएको छ । यही भन्न चाहन्छु ।

किन मनपर्याे बाबुरामलाई ‘जात्रा’ ?

मंसिर १७ । दर्शकको मायाका कारण नेपाली चलचित्र ‘जात्रा’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ । दर्शक र समिक्षकबाट एकदमै राम्रो प्रतिक्रिया पाएको ‘जात्रा’ लाई पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका प्रमुख डा. बाबुराम भट्टराईले समेत उत्कृष्ट फिल्मको उपमा दिएका छन् । बिहिबार सुन्धारास्थित सिभिल मलको क्युएफएक्स सिनेमा हलमा पत्नी हिसीला यमी, नयाँ शक्ति पार्टीकी सदस्य तथा अभिनेत्री करिश्मा मानन्धरसँग फिल्म हेर्दै उत्कृष्ट फिल्म मध्येको एक रहको प्रतिक्रिया दिएका हुन् । प्रदीप भट्टराई निदेर्शित ‘जात्रा’ नेपाली समाज र राज्यको जीवन्त र रोचक चित्रण गर्ने फिल्म रहेको उनले बताएका छन् । उनले भने, ‘समाजमा आर्थिक रुपको जुन खालको विपन्नता छ र, त्यो कारणले राज्य सत्तामा जुन खालको विसंगती छ । आज कसैले कसैमाथि विश्वास गर्न सक्ने वातावरण छैन । त्यसको सजिव चित्रण फिल्ममा गरिएकाले निकै मन पर्यो ।’ यस्तै बाबुराम पत्नी यमीले ‘जात्रा’ ले आफुलाई गम्भिर बनाएको बताइन् । ‘जात्रा’ एशियामै अवार्ड पाउन लायक सिनेमा रहेको उनको भनाई छ । यस्तै, अभिनेत्री मानन्धरले जात्रालाई हाँसो र रोनदयुक्त फिल्म भनी व्याख्या गरेकी छिन् । रविन्द्रसिंह बाँनिया निर्मित फिल्म ‘जात्रा’ मा कलाकार विपिन कार्की, रविन्द्र झा, निर्माता बाँनिया र नायिका बर्षा राउतको मुख्य भूमिका रहेको छ ।