भोजपुरको हतुवागढीमा आगलागी, एकै घरका तीन बालबालिका जले

विराटनगर । भोजपुरको हतुवागढी गाउँपालिका–७ पात्लेपानीमा आगलागी भएको छ । आगलागीमा परी एकै परिवारका ३ बालबालिकाको ज्यान गएको छ।

शनिवार साँझ गाई गोठमा अचानक आगलागी हुँदा एक परिवारका दाजुभाइका तीन छोराछोरीको मृत्यु भएको हाे। आगलागीमा परि केदार कार्कीको ५ वर्षीय छोरा प्रनिष कार्की र रमेश कार्कीको ५ बर्षीया छोरी दिप्सिका कार्की र निजको भाइ ३ वर्षीय दिउनिस कार्कीको मृत्यु भएको हो ।

घटनाको थप जानकारी आउन बाँकी रहेको र इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी निरीक्षक बिक्रम शाहको टोली घटनास्थल तर्फ गएको छ । 

नेदरल्याण्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य

काठमाडौं, १६ फागुन । त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाल सामु एक सय ८५ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा जारी खेलमा निर्धारित २० ओभरमा नेदरल्याण्डस्ले चार विकेट गुमाएर एक सय ८४ रन बनाउन सक्यो ।  नेदरल्याण्डस्का लागि मिचेल लेभिटले ५४, स्याब्रान्ड एंगेलब्रेक्टले ४९, स्कट इडवार्डस्ले ३३, तेजा निडामानिरुले ३१ र म्याक्स ओडोउडले चार रनको योगदान गरे । नेपालका करण केसी र कुशल मल्लले समान एक एक विकेट लिए भने अन्य दुई खेलाडी रन आउट भएका थिए ।  पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहन्छ । अन्यथा अन्तिम दुई जितसँगै नेटरनरेटमा पनि भर पर्नुपर्ने हुनसक्छ ।

प्रकृति संरक्षण साझा चासो र चुनौती : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण मानव जातिको साझा चासो र चुनौतीको विषय बनेको बताएका छन् । शनिबार ललितपुरमा भएको वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक एकदिवसीय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिलेको विश्व जलवायु परिवर्तनलगायत वातावणीय चुनौतीहरू शिखरमा उभिएको बताए ।  राष्ट्रपति पौडेलले वातावरण र वन्यजन्तु संरक्षणको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो र अभिरुचीसमेत बढिरहेको दाबी गरे । उनले वन्यजन्तु संरक्षण र वातावरणीय न्यायका विद्यमान चुनौती तथा अवसरलाई सुक्ष्म विश्लेषण गरेर नीतिगतदेखि कार्यान्वयन तहसम्म जानु पर्नेमा जोड दिए ।  राष्ट्रपति पौडेलले वन्यजन्तुको बढ्दो संख्याले निम्त्याएको उचित व्यवस्थापनको समस्या, वन्यजन्तुमैत्री भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्ने बताए । 

कोसी मन्त्रिपरिषद्ले गर्‍यो यी चार निर्णय

विराटनगर । कोसी मन्त्रिपरिषद्ले विभिन्न चार निर्णय गरेको छ । सोमबार बिहान बसेको बैठकबाट मुख्यमन्त्री कार्यालय प्रदेश किताबखाना निर्देशिका, २०८० स्वीकृत गरिएको छ । यस्तै, बराह पोखरी गाउँपालिकाको नाम परिवर्तन गरी बाराहापोखरी राख्न संघीय सरकारसमक्ष सिफारिस गर्ने, कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन वडा नम्बर–५ को भौसाबारीमा स्थापनाका निम्ति संघीय सरकारमा सिफारिस गर्ने निर्णय गरिएको सरकाका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले बताए । समपूरक र विशेष अनुदानको विषय समेत मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको उनले जानकारी दिए ।

लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा, अब सैद्धान्तिक परिक्षामा ३५ अङ्क ल्याउनैपर्ने

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन एवं नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डले यस वर्ष अगामी चैत १५ देखि २७ गतेसम्म एसइई सञ्चालन गर्दैछ । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बोर्डले चैत १५ देखि २७ गतेसम्म नियमित तथा ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको जानकारी दिँदै कक्षा १० का विद्यार्थीले यसपालि नयाँ पाठ्यक्रमअनुसार परीक्षा दिने र नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार सार्वजनिक हुने बताए । उनले यस वर्ष परीक्षामा सहभागी हुने विद्यार्थीले प्रत्येक विषयमा सैद्धान्तिकमा ३५ प्रतिशत अर्थात् १०० पूर्णाङ्क रहेका विषयमा ३५ अङ्क ल्याउनैपर्ने व्यवस्था गरेको जानकारी दिए । उनका अनुसार अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने व्यवस्था गरेको जनाउँदै ३५ प्रतिशतभन्दा कम ल्याए ननग्रेडेड आउने र विद्यार्थी फेल हुनेछन् । निर्देशिका अनुसार विद्यार्थीले सैद्धान्तिकतर्फ ३५ भन्दा कम अङ्क ल्याएमा उसको नतिजामा अवर्गीकृत (ननग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था लेटर ग्रेडिङ निर्देशिकाले गरेको छ । यस्तो अवस्थामा तीन पटकसम्म दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ । यस वर्षको एसइईमा नियमित र ग्रेडवृद्धितर्फ चार लाख ८९ हजार परीक्षार्थी परीक्षमा सहभागी हुने एसइई परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । बोर्डले कक्षा ११ र १२ मा यसअघि नै ग्रेडिङ प्रणाली लागू गरिसकेको छ । परीक्षाको तयारी बोर्डले तीव्ररूपमा गरेको छ । परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका छपाई, प्रश्नपत्र छपाइदेखि अन्य सामग्रीको तयारी, परीक्षा केन्द्र निर्धारणको तयारी सुरु गरेको बोर्डले जनाएको छ ।

बजेट अधिवेशन आजदेखि सुरु हुँदै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद्का दुवै सदनको बैठक आज दिउँसो ४ बजे सुरु हुने छ । राष्ट्रियसभाको १४ औं अधिवेशनको पहिलो बैठक बस्न लागेको हो भने प्रतिनिधिसभाको यो दोस्रो अधिवेशनको पहिलो बैठक हो । संसद्को यो अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारितलगायत कार्य गरिनेछ । आजको बैठकका लागि विभिन्न कार्यसूची तय गरिएको छ । प्रतिनिधिसभा बैठकको सुरुवातमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । सभामुखले नै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् । त्यसपछि सभामुखले सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ । यस्तै, कानुन, न्याय संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेस गर्नेछन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आ. व. २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

जहाजभित्र महिलाका अगाडि ४ पटक हस्तमैथुन गरेपछि…

काठमाडौं । अमेरिकामा एक व्यक्ति पक्राउ परेका छन् । उनीमाथि विमानभित्र महिलाको अगाडि चार पटक हस्तमैथुन गरेको आरोप छ । घटना २ अप्रिलको हो । घटना सियाटलबाट फिनिक्सका लागि उडेको साउथवेस्ट एयरलाइन्सको उडानमा भएको हो । अभियुक्तको नाम एन्टोनियो शेरोड म्याकगारिटी हो । उनलाई एयरलाइन्सले अब नो फ्लाई लिस्टमा राखेको छ । न्यूजवीकको रिपोर्टका अनुसार आरोपी विमानमा एक महिलाको छेउमा बसेका थिए । विमानमा बस्नेबित्तिकै आरोपीले हस्तमैथुन गर्न थालेको महिलाको आरोप छ । महिलाले प्रमाणको लागि पुरुषको फोटो खिचेर त्यसपछि चालक दलका सदस्यसँग गुनासो गरेकी थिइन् । त्यसपछि आरोपीलाई अर्को सिटमा बसाइयो । आफूसँगै बसेकी महिलाको सहमतिमा हस्तमैथुन गरेको आरोपितले बताएका छन् । आफ्नो बयानमा उनले महिलालाई सोधेको बताएका हुन् । सो कार्यका लागि अनुमति माग्दा महिलाले हावामा हात हल्लाएर अनुमति दिएजस्तो लागेको उनले बताए । हस्तमैथुन गर्दा महिलालाई कुनै आपत्ति हुन्छ भनेर आफूलाई थाहा नभएको आरोपितले प्रहरीलाई बताएका छन् । किनभने महिलाले स्पष्ट रूपमा विरोध गरिनन् । महिलाले उनको तस्विर समेत खिचिरहेको आरोपितले बताए । साउथवेस्ट फ्लाइटका प्रवक्ताले न्यूजवीकलाई साउथवेस्ट एयरलाइन्सले आरोपितलाई स्थायी रूपमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ । 37

पोखरा प्रिमियर लिगः इन्टरनेट पार्टनर सुबिसु

काठमाडौंः पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि इन्टरनेट पार्टनरको रुपमा सुबिसु केबलनेट प्रा.लि रहने भएको छ । सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउँद र प्रबन्ध निर्देशक छुम्बि लामा एवम्ं नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काको उपस्थितिमा सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । नेपाली खेलकुदको विकास तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ यस बर्ष पनि सुबिसुले यस खेलका लागि सहकार्य गरेको हो ।

प्रकाश सायमीको कविता: गालिबको चिहान (भिडियो सहित)

घर वा सपिंग मल बन्ला हाउजिङ वा आकाशे बजार बन्ला केही पनि बन्नसक्छ यो भूमिमा । धेरैवर्ष पछि यहाँ गगनमहल बन्ला वा मल्टिकम्प्लेकसको प्रसिद्ध भवन । व्यस्त भरिभराउ वा हेर्नै नसकिने अभेद्य मान्छेको भीड होला तर हुनेछ एउटा गजल रेस्त्राँ तर हुनेछ यहाँ एउटा पुस्तक पसल त्यो भवनको टाकुरामा रहेको गजल रेस्त्राँमा कुनै गायिकाले गालिबकै गजल गाएर गाहकी बढाउला वा हुनसक्छ त्यो गगनचुम्बी भवनको पुस्तकपसलमा कुनै सेल्सम्यानले गालिबकै बोली बोलेर उनका दीवान ए गालिब वा उनको गजलको सीडी बेचिरहेका हुनेछन् हुनेछ कुनै सभाभवनमा गालिबको शतवार्षिकी त्यहाँ कुनै मन्त्री भनिरहेका हुनेछन् गालिब गत शताब्दीका महान् चित्रकार ॥ अनि बोल्दा बोल्दै उनका झरेका आँसुलाई क्यामेरामा कैद गर्न टीभी च्यानलका लेन्सहरु तेस्रो विश्वयुद्ध गरिरहेका हुनेछन् तर कसैलाई थाह हुनेछैन जहाँ त्यो गजल गाइँदैछ जहाँ त्यो दीवान ए गालिब बेचिँदैछ जहाँ त्यो स्मृतिसभा हुँदैछ त्यही भवनको जगमा गालिबको चिहान छ भनेर । अनलाइन साहित्य डट कमबाट साभार हेर्नुस् कविता वाचनको भिडियो :

आज गहिरो परिचय भोली नचिन्ने हाकिम साहेब !

लोकेश धामी अनुभूति । मः हाकिम साहेब कता हुनुहुन्छ म्याम ? एक छिन् रोक्नुहोस् है ? क्यान्टेनमा खाना खान जानुभएको छ । मः हुन्छ म्याम । हाकिम साहेब खाना खानबाट खाएर कार्य कक्षमा आउँदै हुनुहन्छ । उहाँ कुर्सीमा बस्दैहुनुहुन्छ । मैलै आफ्नो नाम बताउँदै हाकिम साहेबलाई नमस्कार टक्राए । उहाँले पनि नमस्ते भन्नुभयो । मैले आफू फलानो ठाउँबाट यस्तो कामले यहाँसम्म आएको भन्दै फेहरिस्त सुनाए । अनि मैले नै कुरो अघि बढाए । अनि सर सन्चै हुनुहुन्छ नि ? हाकिम साहेबले मन्द मुस्कानमा सन्चै छु भन्नुभयो । उहाँले पनि कुरा थप्नुभयो– के लग्नुहुन्छ ? चिया वा कफि । मैले भने, सर भर्खरै मैले खाना खाएर आएको । अब कुनै दिन खाउला चिया, कफि । हाकिम साहेबले पनि हुन्छ भन्दै टाउको हल्लाउनुभयो । मैले अनौपचारिक कुराबाट नै अगाडी बढौं भन्ने ध्येले अनि सरको घर चाहिँ कता प¥यो ? हाकिम साहेबले अलि मन मारेर मेरो त नजिक परेन भन्नुभयो ! त्यसो भए सरको घर पूर्वतिर नै पर्यो ? हो । यतिमात्रै बोल्नुभयो । पछि आफैले भन्नुभयो–झापाको मेचीनगर नगरपालिका हो । अनि तपाईको भन्दै सोध्नुभयो ? उहाँकै उत्तर दिने शैलीमा मैले पनि मेरो यतै हिउँ पर्ने जिल्लामा पर्यो सर । त्यस पछि उहाँले यो माथि प्रश्न सोध्नुभएन । मैले पनि सोधिन् । अब जेकामको लागि आएको थिए त्यहिमा केन्द्रित भए । मैले पश्न सोध्दै गए । उहाँले छोटो–छोटो उत्तर दिदैं जानुभयो । अब मैले काम सकाए । हुन्छ त सर अहिले म लाग्छु ? हाकिम साहेबले भन्नुभयो–बस्नु न बस्नु पत्रकार महोदय ? अलि बढि कुराकानी गरौं । अब चाहिँ अफ दि रेकर्ड कुरा गरौं हैं उहाँले भन्नुभयो । हुन्छ सर मैले भने । उहाँले एकछिन अघि तपाइले मलाई प्रश्न सोध्नुभयो अब म सोध्छु झै ? तर, क्यामेरा बिना भन्दै मतर्फ प्रश्न तेर्साउनुभयो । मैले हुन्छ नि सर भने । उहाँले पहिलो प्रश्न सोध्नुभयो–कस्तो चल्दै छ त धनगढीको पत्रकारिता ? मैले सानो स्वरमा ठिकै छ सर भने । मलाई पनि क्याम्पस पढ्ने बेलासम्म पत्रकार बन्ने ज्यादै ठूलो हुटहुटी थियो । तर, परिवारको दबाबले मैले त्यो चाहना त्यागे । अघिसम्म प्रश्न सोध्दा पनि छोटो उत्तर फर्काउने हाकिम साहेब अहिले भने आफैले विगतलाई सुनाउनुभयो । अब जेकामको लागि आएको थिए त्यहिमा केन्द्रित भए । मैले पश्न सोध्दै गए । उहाँले छोटो–छोटो उत्तर दिदैं जानुभयो । अब मैले काम सकाए । हुन्छ त सर अहिले म लाग्छु ? हाकिम साहेबले भन्नुभयो–बस्नु न बस्नु पत्रकार महोदय ? अलि बढि कुराकानी गरौं । अब चाहिँ अफ दि रेकर्ड कुरा गरौं हैं उहाँले भन्नुभयो । हुन्छ सर मैले भने । उहाँले एकछिन अघि तपाइले मलाई प्रश्न सोध्नुभयो अब म सोध्छु झै ? अनि मैले पश्न गरे किन त्यति चाँडै चाहना त्याग्नु भयो त ? उहाँले भन्नुभयो–अभिभावकले सम्झाए, पत्रकारिता गरे पैसा कमाउँदैनौं, लोकसेवामा पास भए राम्रो जागिर पाउँछौं अनि पैंसा पनि कमाउँछौं परिवारको यो कुरा सुनेर नामभन्दा पनि दाम ठूलो भन्दै लोकसेवा पास भएर जागरि खाएको । मैले ए होर मात्रै भने । हुन्छ सर अहिले लाग्छु ? अब पछिल्लो दिन बसौंला । हाकिम साहेबले पनि हुन्छ भन्दै म आफ्नो अफिस फर्के उहाँ कार्य कक्षमा बसेर आइफोनमा फेसबुक चलाउन व्यस्त हुनुभयो । अर्को दिन काम विशेषले म त्यहि हाकिम साहेबकै अफिस गए । त्यो दिन उहाँलाई कार्य कक्षमै भेटाए । सर नमस्कार भन्दैं सोफामा बसे । मैले उहाँलाई आफूले चाहेको विषयवस्तुबारे प्रश्न सोधे । तर उहाँको आवाजमा जवाफ त आयो तर अर्कै । उहाँले जवाफमा भन्नुभयो–तपाई कहाँबाट आउनु भएको ? म तिन छक परे ! सर अस्ति गहिरो परिचय नै भएको थियो त । बिर्सीनुभयो ? म उही के पत्रकार महोदय । कुन मिडियाबाट नि भन्दैं उहाँले फेरि पश्न राख्नुभयो । मैले मन मनै सोचे अहकंकारको मात चढ्या रैछ हाकिम साहेबलाई त । नत्र हप्ता दिन अघि निकै गजबसंग परिचय भएको मान्छेले किन यति चाँडै अचम्मले बिर्सिनुभयो त ! धनगढीका अधिकांश सरकारी गैर–सरकारी कार्यालयका प्रमुखको बिर्सीने बानी यस्तै छ । उनीहरु चिने पनि अपरिचित जस्तै बन्छन् । उनीहरु काम भएको दिन मात्रै चिन्छन् । तर, कुनै आफ्नो विशेष काम परेर उनीहरु कहाँ पुग्दा अघिल्लो दिन परिचय भए पनि पछिल्लो दिन फेरि परिचय खोज्छन् । तर, कोही कार्यालयका प्रमुख भने बडो आदरकासाथ कुराकानी गर्छन् । तर, यस्ता हाकिम साहेब विरलै भेटिन्छन् । दिनहुँ सेवग्राहीको चाप हुने हामिम साहेबले त बिर्सीनु ठिकै हो । तर, जहाँ कामको खासै चाप हुँदैन त्यहाँका हाकिम साहेबले बिर्सिदा भने नमिठो लाग्छ । हुन त हाकिम साहेबले लोकसेवा पास भएर जागिर खानु भएको हो । तर, कुन्नी आज गहिरो परिचय हुँदा भोली किन बिर्सिन्छन् । धनगढीका अधिकांश सरकारी गैर–सरकारी कार्यालयका प्रमुखको बिर्सीने बानी यस्तै छ । उनीहरु चिने पनि अपरिचित जस्तै बन्छन् । उनीहरु काम भएको दिन मात्रै चिन्छन् । तर, कुनै आफ्नो विशेष काम परेर उनीहरु कहाँ पुग्दा अघिल्लो दिन परिचय भए पनि पछिल्लो दिन फेरि परिचय खोज्छन् ।  

हामी गल्ती सच्याउन चाहन्छौं : अध्यक्ष प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अब कसैसँग गठबन्धन नगरेर एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने बताउनुभएको छ । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले विगतमा कांग्रेस, एमाले जस्ता बेइमान दलसँग मिल्नु गल्ती भएकाले अब त्यसलाई सच्याउन चाहेको बताउनुभयो । माओवादी घटकहरुको एकता र आफ्नो पार्टीको सुदृढीकरणबाट एक्लै चुनाव लडेर २०६४ को अवस्थामा पुग्न सकिने बताउनुभयो । माओवादीकै नेतृत्वमा ‘ग्रीन रेभ्युलेसन’ उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘जब माओवादी जनतातर्फ फर्कने छ, जनताले माओवादीलाई विगतको गल्तीको माफी दिंदै साथ दिने छन् ।’  उहाँले अब आफूहरुले बन्दुक बाँड्नु छैन, जनता छोराछोरीलाई उत्पादनको औजार बाँडेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने बताउनुभयो। उत्पादन वृद्धि गर्दै देशभित्रै लाखौं युवाहरुलाई आत्मनिर्भर बनाउने र भ्रष्टाचारविरुद्धको अभियानमा एकताबद्ध गरेर लैजाने बताउनुभयो ।आफू उमेरले ७० वर्ष भए पनि अझै एउटा क्रान्तिको नेतृत्व गर्ने चाहना रहेको उहाँले बताउनुभयो ।

कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार ७०.६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि (पूरक परीक्षा)मा एक लाख २२ हजार १७१ विद्यार्थी सहभागी भएका थिए। सहभागी परीक्षार्थीमध्ये ८६ हजार २४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण भएका बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। परीक्षामा दुईजनाको नतिजा रद्द गर्नुका साथै तीनजनाको परीक्षा स्थगित भएको थियो। सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहनेले १५ दिनभित्र आवेदन दिन सक्ने बोर्डले जनाएको छ।

रास्वपा प्रदर्शनमाथि प्रहरी हस्तक्षेप, पानीका फोहरा र अश्रुग्याँस प्रहार

पोखरा। स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि प्रहरीले पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का नेता कार्यकर्तालाई हटाउन खोज्दा तनाव सिर्जना भएको छ । पार्टीका सभापति रवि लामिछानेलाई 'राजनीतिक प्रतिशोध' मा समातिएको भन्दै रास्वपाका नेता कार्यकर्ताले सहिद चोकमा प्रदर्शन गरेका छन् । निषेधित क्षेत्रबाट प्रदर्शनकारीलाई हटाउन प्रहरीले पानीको फोहरा हानेको छ । केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलसमेत भएको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ । त्यस्तै अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्नसमेत निषेध गरिएको छ । सहिद चोकआसपास र गैह्रापाटनआसपास क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।

भारतका विदेशमन्त्री जयशंकर र चीनका विदेशमन्त्री यीबीच भेट

काठमाडौँ ।लद्दाखमा जारी सीमा तनावकाबीच भारतका विदेशमन्त्री एस जयशंकर र चीनका विदेशमन्त्री वाङ यीबीच भेट भएको छ । उनीहरुबीच कजाकिस्तानको राजधानी अस्तानामा बिहीबार भेट भएको हो ।   जयशंकर र वाङ कजाकिस्तानमा आयोजित संघाई कोअपरेशन अर्गनाइजेसनको सम्मेलनमा सहभागी हुन आस्तानामा छन् । जयशंकरले भेटबारे जानकारी दिँदै एक्स (ट्विटर) मा लेखेका छन्, ‘आज बिहान अस्तानामा चीनका विदेशमन्त्री वाङ यीसँग भेट भएको छ । भेटका क्रममा सीमा विवादसँग सम्बन्धित मुद्दा छिट्टै समाधान गर्ने बारे कुराकानी भएको छ । कूटनीतिक र सैन्य माध्यमबाट समस्या समाधानका लागि भइरहेका प्रयासहरूलाई दोब्बर बढाउने सहमति भएको छ ।’ जयशंकरले वास्तविक नियन्त्रण रेखाको सम्मान गर्दै सीमा क्षेत्रमा शान्ति र सौहार्द वातावरण सुनिश्चत गर्न आवश्यक रहेको पनि उल्लेख गरेका छन् । संघाई सहयोग संगठन (एससीओ)को २४ औं बैठक आज सुरु हुँदैछ ।  बैठकमा सहभागी हुन चीनका राष्ट्रपति शी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ कजाकिस्तानमा छन् ।

असारे विकास गर्ने प्रवृत्तिको अन्त्य होस् : सांसद पौडेल

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले आर्थिक वर्षको अन्तिम असारमा मात्रै विकास निर्माणको काम गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले आर्थिक वर्ष सकिने बेलामा असार महिनामा मात्रै विकास निर्माणको काम सम्पन्न गर्ने प्रवृत्ति रहेको बताएका हुन्। उनले अघिपछि बिस्तारै काम गर्ने र आर्थिक वर्ष सकिने बेलामा बिल फर्स्यौटका लागि छिटोछिटो काम सम्पन्न गर्ने गरिएको भन्दै त्यस प्रकारको प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए। उनले यस्तो प्रवृत्ति अन्त्यका लागि सम्बन्धित मन्त्रालयहरूलाई ध्यानाकर्षण गराए। सांसद पौडेलले विपद् पूर्वतयारीमा सरकारको काम अपूर्ण रहेको भन्दै स्रोत, साधन र जनशक्तिको पर्याप्त व्यवस्थासहितको तयारी गर्न आग्रह गरे। उनले राजनीतिक दलका कार्यकर्ताहरूलाई पनि विपद् व्यवस्थापनमा परिचालन गर्नुपर्ने बताए। ‘‘असारे विकासको चर्चा दिनहुँ चल्ने गर्छ। अहिले बजेट पास हुने र अर्को सालको असारमा काम गर्ने र निर्माणका कामहरू, निर्माण व्यवसायीले पैसा नपाएको गुनासो गर्दै हिँड्ने र सम्बन्धित शीर्षकमा विनियोजन भएको बजेटको राम्रो भएपनि नराम्रो भए पनि छिटोभन्दा छिटो काम सम्पादन गरेर बिल फर्छ्यौट गर्नुपर्ने यो प्रणालीको अन्त्य गर्नको निम्ति सम्बन्धित मन्त्रालयको विशेष ध्यानाकर्षण गराउन चाहन्छु।,’’ सांसद पौडेलले भने, ‘‘बजेट कार्यान्वयन गर्न सम्बन्धित निकायले लिङगरिङ गर्नुहुँदैन। बाढी पहिरोले ठुलो जनधनको क्षति गरिरहेको छ । सरकारको तयारी अपूर्ण छ। पार्टीको कार्यकर्ताहरूलाई पनि तत्काल सम्बन्धित पार्टीहरूले निर्देशन दिनुपर्छ।’’ सांसद पौडेलले गृह मन्त्रालयले घटना हुनासाथ तत्काल उद्धार गर्न सकिने व्यवस्था गर्नुपर्ने बताए। उनले दुध र उखु किसानहरूको पैसा तत्काल भुक्तानी गर्न पनि सरकारलाई आग्रह गरे।

राज्यले ऐन, कानुनको परिधिमा रहेर मात्र परियोजनाहरूलाई स्वीकृति दिन्छ : मन्त्री चौधरी

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले राज्यले ऐन, कानूनको परिधिमा रहेर मात्र देशमा आउने परियोजना, कार्यक्रमहरूलाई स्वीकृति दिने बताएकी छन्। आज मन्त्रालयमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ नेपालका नवनिर्वाचित नेतृत्वसँगको भेटघाट कार्यक्रममा मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्। मुलुकमा अन्तर्राष्ट्रिय गैर सरकारी तथा राष्ट्रिय गैर सरकारी संस्था मार्फत आउने परियोजना, कार्यक्रमहरू राज्यको सर्वोपरि हित हुने गरी अनुमति दिने उनको भनाई थियो। मन्त्री चौधरीले केही परियोजना स्वीकृतिका लागि आउँदा केही पनि सच्याउन नमिल्ने हिसाबले आउने र स्वीकृतिका लागि दबाब दिने गरिएको समेत बताइन्। तर राज्यले जहिले पनि मुलुकको सर्वोपरि हितलाई ख्याल गरेर मात्र स्वीकृति दिने उनको भनाई थियो। राज्यले ऐन, कानूनले तोकेको परिधिभित्र रहेर काम गर्छ । राज्यले निषेध गरेका विषय वा क्षेत्रमा कार्यक्रम गएको छ कि छैन भनेर हेर्ने गर्छु, मन्त्री चौधरीले भनिन्। मन्त्री चौधरीले राज्यको दायराभित्र रहेर लक्षित समुदाय, आर्थिक सूचकाङ्कका हिसाबले पछाडि परेका लक्षित वर्ग, सोह्रौँ राष्ट्रिय योजनाले लिएको लक्ष्यलाई केन्द्रमा राखेर कार्यक्रमहरू बनाउनुपर्ने बताइन्। उनले स्वीकृतिका लागि आएका फाइलहरू के कारणले अड्किएको छ भन्ने कुरामा पनि ध्यान दिनुपर्ने भन्दै सच्याउनका निम्ति दिइएका सुझावहरूलाई पनि विकास साझेदार संस्थाहरूले ध्यान दिनुपर्ने बताइन्। विषय वा प्राथमिकताका आधारमा राज्यलाई के कति फाइदा हुन्छ भन्ने कुरा ध्यानमा राखेर काम गर्नुपर्ने उनको भनाई थियो। अधिकार र जिम्मेवारीका सन्दर्भमा मन्त्री चौधरीले राज्य सधैँ जिम्मेवार ढङ्गले काम गर्ने बताइन्। यसैबिच सोही अवसरमा मन्त्रालयका सचिव दिनेश भट्टराईले विकास साझेदार संस्थाहरूले मुलुकको विकासका निम्ति गर्दै आएको कार्य प्रशंसनीय भएको भन्दै केही कुराहरू राज्यले मसिनो गरी हेर्नै पर्ने बताए। राज्यले निर्धारण गरेको अनुशासनभित्र रहेर काम गर्नुपर्ने भन्दै उनले मुलुकको विकासका लागि राज्य र नागरिक समाजबिच समन्वय गर्दै काम गर्नुपर्ने बताए। कार्यक्रममा समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले सुशासन र विकासका लागि राज्य र सरोकारवाला साझेदार संस्थाहरू मिलेर काम गर्नुपर्ने बताए। यससम्बन्धी नीति, नियमलाई सरल, सहज बनाउन आवश्यक रहेको भन्दै उनले गलत कुरा र भ्रमहरूलाई निरुत्साहित गर्नुपर्ने समेत बताए। त्यसैगरी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ नेपालका तर्फबाट नवनिर्वाचित अध्यक्ष डा।एसपी कलौनेले यस क्षेत्रमा थुप्रै चुनौतीहरू रहेको भन्दै सम्भावनाहरू पनि प्रशस्तै भएको बताए। समाज कल्याण परिषद्लाई डिजिटाइजेशन गर्ने कुरा मन्त्री चौधरीले गरेको बताउँदै त्यसमा संस्थाका तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको समेत बताए।