‘बिम्स्टेक क्षेत्रका जनताको सामूहिक हितमा काम गर्न नेपाल प्रतिबद्ध छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास ९बिम्स्टेक० क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । 

बिम्स्टेक स्थापनाको २७औँ वार्षिकोत्सवका अवसरमा जारी गरिएको सन्देशमा प्रधानमन्त्री प्रचण्डले बिम्स्टेकको बडापत्रमा निहित उद्देश्य र सिद्धान्तप्रति नेपालको पूर्ण प्रतिबद्धता व्यक्त गरेका हुन् ।  

प्रधानमन्त्री प्रचण्डले नेपाल सरकार र स्वयं आफ्नोतर्फबाट सदस्य राष्ट्रका सरकार र जनताप्रति शुभकामना व्यक्त गर्दै आजको जटिल, गतिशील एवं अन्तरसम्बन्धित विश्वमा स्थायित्व, आर्थिक समृद्धि र ऐक्यबद्धताको मुख्य आधार क्षेत्रीय सहयोग भएको बताएका छन् । सुदृढ क्षेत्रीय सहयोगका माध्यमबाट शान्त एवं समृद्ध बिम्स्टेक क्षेत्र निर्माण गरी यो क्षेत्रका जनताका आकांक्षा पूरा गर्न स्थापित यो उपक्षेत्रीय संगठनले केही उल्लेखनीय उपलब्धि हासिल गरे पनि त्यस दिशामा अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् । 

सन्देशमा प्रधानमन्त्रीले भनेका छन्, “सम्पर्क सञ्जाल विस्तार, ऊर्जा सहयोग अभिवृद्धि, व्यापार लगानी र पर्यटनका साथै दिगो विकासका लक्ष्य हासिल गर्ने र विकासका गतिविधिमा सबै नागरिकलाई समाहित गरी गरिबीको दुष्चक्रमा परेका दशौँ लाखलाई त्यसबाट मुक्त गर्न बिम्स्टेक क्षेत्रमा अथाह अवसर र सम्भावना छन् ।”

प्रधानमन्त्रीले संगठनको संस्थागत विकास प्रक्रिया बढाउन तथा बिम्स्टेक क्षेत्रका सबैको हितका निम्ति यसका तुलनात्मक लाभका क्षेत्र र विविध सामर्थ्यको उपयोगबाट आपसी सहकार्य र साझेदारीका साथै सहायता प्रवर्द्धनका लागि सहमति भएका क्षेत्रमा संगठनले क्रमशः प्रगति गरेको बताएका छन् ।  

जनता–जनताबीचको सम्पर्क विस्तारको मुख्य भूमिकामा रहेको नेपालले यस क्षेत्रको साझा समृद्धिका लागि सदस्य राष्ट्रसँग निकट सम्पर्कमा रहेर अर्थपूर्ण साझेदारी र एकता तथा मैत्रीको भावनाका साथ काम गर्ने प्रचण्डले बताएका छन्। 

उनले गत महिनादेखि लागु भएको बिम्स्टेक बडापत्र जनताकेन्द्रित विकासका साथै बिम्स्टेक क्षेत्रको समग्र विकासमा सहयोगी भएको उल्लेख गरेका छन् । 

दक्षिण तथा दक्षिणपूर्वी एसियाी मुलुकहरूको उपक्षेत्रीय संगठन (बिम्स्टेक) समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकहरूको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्त रूपमा हासिल गर्ने उद्देश्यले स्थापना ६ जुन १९९७ मा स्थापना भएको हो । 

महत्वपूर्ण मुद्दामा राजनीतिक सहमतिबाट निकास निकाल्नुपर्छ  : महासचिव गुरुङ

काठमाडौँ  । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले शान्ति प्रक्रियाजस्ता महत्वपूर्ण मुद्दामा राजनीतिक दलको सहमति जरुरी हुने बताएका छन्। काठमाडौँमा आज बेपत्ता योद्धा परिवार समाजले आयोजना गरेको ‘बेपत्ता योद्धा दिवस र शान्ति प्रक्रिया’ विषयक अन्तरक्रियामा उहाँले दलहरुबीच एक मत नहुँदा शान्ति प्रक्रियाले पूर्णता पाउन नसकेको जिकिर गरे।  आफ्नो पार्टीले प्रयास गरिरहेको तर सम्भव नभएको उल्लेख गर्दै उनले शान्ति प्रक्रियामा सहभागी सबै दलको प्रयासले मात्रै निकास निकाल्न सकिने बताए। विश्वमा शान्ति नचाहनेहरुले चलखेल गरी नेपालमा शान्ति प्रक्रियालाई पूरा गर्न नदिइरहेको गुरुङले उल्लेख गरे। 

२ जनाको ज्यान लिएको नरभक्षी बाघ मर्‍यो

चितवन । मकवानपुरको मनहरीमा २ जनाको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो । शनिबारदेखि बिरामी परेको बाघ आाइतबार मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । १० वर्षीया सो बाघ सौराहास्थित खोरमा राखिएको थियो । बाघलाई गत मंसिरमा खुट्टामा चोट लागेको अवस्थामा उद्धार गरी ल्याइएको थियो । त्यसयता खोरमा बाघको उपचार भइरहेको थियो । चालु आर्थिक वर्षमा चितवनमा ७ वटा बाघ मरेका छन् । सन् २०२२ को गणनाअनुसार नेपालमा ३ सय ५५ बाघ रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा १ सय २८ वटा रहेका छन् ।

जसपा नेपालले निर्वाचन आयोगविरुद्ध मुद्दा दायर गर्दै

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ ।  उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भएर अशोक राईको नेतृत्व जसपा गठन भएको छ । सो जसपालाई निर्वाचन आयोगले मान्यता पनि दिइसकेको छ।त्यो मान्यता कानुन विपरीत रहेको भन्दै जसपा नेपालले सर्वोच्चमा आजै रिट दायर गर्न लागेको  पार्टी निकट एक अधिवक्ताले बताए। उनले भने, ‘सबै तयारी पुरा भएको छ, अब दर्ता गराउन मात्र बाँकी छ, सम्भवतः आजै रिट दायर हुन्छ ।' हाल संसद अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको अवस्थामा निर्वाचन आयोगले अवैधानिक रुपमा दल दर्ता गरेको आरोप जसपा नेपालको रहेको छ। 

लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ परेका छन् । विभिन्न ठाउँमा खानतलासीको क्रममा प्रहरीले १० जनालाई पक्राउ गरेको हो ।  झापाको झापा गाउँपालिका १ सितुमारी कार्की चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९१ ग्राम ३ सय ८० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत प्रान्त बिहार जिल्ला किसनगंज सिंगीमारी आम पञ्चायत थाना २ बस्ने ५५ वर्षीय अजुमुदिन आलम र कुत्वाभिट्टा ग्राम पञ्चायत थाना २ बस्ने २६ वर्षीय मुस्ताहक आलम रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यसैगरी झापाकै दमक नगरपालिका ७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ९ सय ५० मिलिग्रामसहित सहित ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ७ डेरा गरी बस्ने बिर्तामोड नगरपालिका ९ किराँत चोक घर भएका २९ वर्षीय कमल श्रेष्ठ, दमक नगरपालिका ८ बालुवाटार बस्ने २९ वर्षीय भान्जा भन्ने रुपेश पौडेल, भारत बिहार राज्य किशनगंज समीदिन कटलबारी ७ लोहा गारा बस्ने २५ वर्षीय अंजार आलम र २७ वर्षीय कमरूल हुदा रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले कमल र रुपेशको कोठाबाट १  ग्राम ८ सय मिलिग्राम उक्त पदार्थ फेला पारी थप अनुसन्धान गर्ने क्रममा उनकै कोठामा आउँदै गरेको अवस्थामा अंजार र कमरूल समेतलाई जाँच गर्दा १० ग्राम १ सय ५० मिलिग्रामसहित फेला परी पक्राउ गरेको हो ।   बाँकेको बैजनाथ गाउँपालिका ७ सेडारी बस्ने २६ वर्षीय प्रबेश थारूलाई उनकै घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ५० मिलिग्रामसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी बाँकेकै नेपालगंज उपमहानगरपालिका १५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलीग्रामसहित बैजनाथ गाउँपालिका २ बस्ने १८ वर्षीय र १७ वर्षीय २ जना किशोरलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेदकोट नगरपालिका ७ सुडा बस्ने बिबेक चौधरीलाई उनकै घरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ९ मिलिग्रामसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुरकै भिमदत्त नगरपालिका १८ भगतपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६ मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय कमल चन्दलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।   

आगलागीमा जलेर २ जनाको मृत्यु

काठमाडौं । आगलागीमा जलेर छुट्टाछुट्टै २ स्थानमा २ जनाको मृत्यु भएको छ । रुकुम पश्चिम र काभ्रेमा आगलागीमा जलेर दुई जनाको मृत्यु भएको हो ।  रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ भत्नीगारेस्थित सामुदायिक वनमा आइतबार दिउँसो लागेको आगो फैलिएर सोही बस्ने ७१ वर्षीया बुदी कामीको घरमा समेत आगलागी हुँदा उक्त आगलागीमा जलेर बुदी कामीको मृत्यु भएको छ ।  यस्तै, काभ्रेको तेमाल गाउँपालिका ९ सिन्धुटारस्थित मुक्पाटार चोपाटार खानेपानी योजनाको पाईप वल्डिङ गर्ने क्रममा वल्डिङ मेसिनमा आगलागी भई सोही आगोले जलेर मकवानपुर छतिवन गाउँपालिका ७ माईमाछा बस्ने ३२ वर्षीय रामकाजी क्षेत्रीको आइतबार दिउँसो मृत्यु भएको छ ।  जलेर गम्भीर घाइते भएका उनको मेथिनकोट अस्पताल भकुण्डे हुँदै बर्न अस्पताल कीर्तिपुर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।   

सल्यान बस दुर्घटना : उपचारका क्रममा एकजनाको मृत्यु

दाङ । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ । बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–४ निवासी ४६ वर्षीय विकको उपचारका क्रममा बुधबार राति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए । दाङबाट पूर्वीरुकुममतर्फ जाँदै गरेको रा१ख २०८५ नम्बरको यात्रुबाहक बस सल्यान बाघचौर नगरपालिका–२, ठिनबाङ्ग खोलाको पुलबाट खसेको थियो । विक सो दुर्घटनाग्रस्त बसका बसधनी हुन् ।  बस दुर्घटनामा परी २२ जना घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते चारलाई कोहलपुर अस्पताल पठाइएको थियो । अरु घाइतेको दाङमा उपचार भइरहेको छ । सो दुर्घटनामा परी गम्भीर घाइते रहेका तीनजना यात्रुको हाल शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । सामान्य घाइते भएका अधिकांश उपचारपछि घर फर्किसकेका छन् । रासस

यस्तो हुनेछ आजको मौसम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको । आज बिहान सूर्योदय ५ बजेर ३८ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २९ मिनेटमा हुनेछ ।

हतियार देखाएर दिउँसै लुटियो मनि ट्रान्सफरको १५ लाख रुपैयाँ

सिरहा । सिराहामा आज दिउँसो हरियारधारीसमूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरका लागि पुरुषोतम यादवले १५ लाख ५० हजार रुपैयाँ लैजाने क्रममा हरियाधारीले रकम लुटेका हुन् । जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर महिसोथा जाने बाटो नजिकबाट लुटपाट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका लुटेराहरुले स ९ प ६३१० नम्बरको मोटरसाइकलमा आउँदै गरेका यादवलाई रोकी लुटपाट गरेको प्रहरीको भनाइ छ । हरियारधारीहरुले यादवसँग भएका ग्लोबल आईएमई बैंकका दुई वटा र राष्ट्रिय वाणिज्य बैंकका तीन वटा खाली चेक तथा मोबाइल लुटेर लगेका छन् । सो रकम विष्णुपुर गाउँपालिका-१ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले घटनाको पुष्टि गर्दै थप विवरण सङ्कलन भइरहको जानकारी दिए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । -रासस

होलीमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा ९२ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । होलीमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा काठमाडौंबाट ९२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  जबर्जस्ती रंग लगाइदिने, अमर्यादित गतिविधि गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीका डीएसपी दिपेश बस्यालले जानकारी दिए । उनका अनुसार २०३ मोटरसाइकल नियन्त्रणमा लिइएको छ । होलीलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो ।

निरन्तरको प्रयासले आर्थिक सूचकहरू सकारात्मक : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताएका छन् ।  विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि आफूले सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकाशं सूचकहरू राम्रा हुँदै गएको स्पष्ट पारे ।  “चालु आर्थिक बर्षको सात महिनाको अवधिमा दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाले शोधनान्तर बचत छ,” प्रधानमन्त्री प्रचण्डले भने, “विदेशी विनिमय सञ्चिति १९ दशमलव ९ प्रतिशतले बृद्धि भई झण्डै १८ खर्ब ४५ अर्ब रुपैया बराबर पुगेको छ ।” व्यापार घाटा एक दशलव ८ प्रतिशतले घटेको उल्लेख गर्दै प्रधानमन्त्रीले आन्तरिक अर्थतन्त्रतर्फ सात महिनाको अवधिमा मुद्रास्फिति ५ दशमलव १ प्रतिशतमा सीमित गरिएको बताए । उनले कर्जा प्रवाह ४ दशमलव ७ प्रतिशतले बढेको छ उल्लेख गरे।  “विद्यमान आर्थिक अवस्थालाई सरकारको ठूलो उपलब्धिका रुपमा व्याख्या गर्न नसकिने होइन तर आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा अपेक्षित प्रगति हुन सकेको छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “पूँजीगत खर्च पनि अपेक्षा अनुसार बढाउन सकिएको छैन । राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनालाई थप द्रुतता दिने, पुँजीगत खर्च बढाउने र सार्वजनिक सेवा प्रवाहमा थप सुधार गर्नुपर्ने छ ।”  उनले प्रशासनयन्त्रलाई चुस्तदुरुस्त बनाउनु, प्रक्रियागत अवरोधहरु हटाउनु र निजी क्षेत्रको क्षमताको पूर्ण उपयोग हुने वातावरण सिर्जना गर्नु आफ्नो पहिलो  प्राथमिकता हुने स्पष्ट पारे। बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको र ऋणको ब्याजदर पनि घटेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “व्यापार घाटामा कमी आएको छ, तर निर्यात बढाउन सकिएको छैन । विप्रेषण त बढे्को छ तर योसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउन सकिएको छैन ।”

२९ वटा मैनबत्ती बालेर माओवादीले मनायो २९ औँ जनयुद्ध दिवस

काठमाडौँ । नेकपा माओवादी केन्द्रले २९ औँ जनयुद्ध दिवस मनाएको छ । मंगलबार राजधानीको प्रज्ञा भवनमा आयोजित विधान अधिवेशन अघि माओवादीले जनयुद्ध दिवस मनाएको हो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले २९ वटा मैनबत्ती बालेका थिए भने जनयुद्धका मृतक र बेपत्ताहरूको सम्झनामा मौन धारण गरिएको थियो । २०५२ साल फागुन १ देखि माओवादीले सुरु गरेको सशस्त्र जनयुद्ध १० वर्षसम्म चलेको थियो । फागुन १ लाई माओवादीले जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । यो दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय समेत गरे पनि सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो ।  

नाेबेल कलेजमा विद्यार्थीद्वारा ताेडफाेड

काठमाडौं । अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई थोरै विद्यार्थीलाई मात्रै लिएर कक्षा सुरू भएपछि आज विराटनगरको नोबेल मेडिकल कलेजमा तनाव सिर्जना भएको छ । आज नोबेल कलेजका विद्यार्थीले तोडफोड गरेका छन् । केही विद्यार्थी घाइतेसमेत भएका छन् । विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमतिविपरीत नोबेलले कक्षा चलाएपछि एमबिबिएस प्रथम वर्षका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए । उनीहरूलाई साथ दिन पुगेका विद्यार्थी संगठनका नेताहरूले नोबेल कलेजमा तोडफोड गरेका हुन् । अहिले नोबेल परिसर तनावग्रस्त बनेको छ । नोबेलले गत बिहीबार स्थानीय प्रशासनसँग कुनै पनि अतिरिक्त शुल्क नलिने, विवाद साम्य नभएसम्म कक्षा नचलाउने सहमति गरेको थियो । तर आज पनि थोरै विद्यार्थी राखेर कक्षा चलाएपछि फेरि तनाव उत्पन्न भएको हो ।

इन्टरनेट कुलतः के तपाईँमा इन्टरनेटको कुलत सुरु भइसकेको त छैन?

काठमाडौं । इन्टरनेटले हाम्रो जीवनलाई धेरै अर्थमा परिवर्तन गरेको छ। यसले हाम्रो जीवन स्तर उन्नति गर्नुका साथै धेरै कार्यहरू गर्न अत्यधिक सहजता उपलब्ध गराएको छ। यसका साथै इन्टरनेटले सूचना, मनोरञ्जन र ज्ञानको विशाल भण्डार समृद्ध गर्नका साथै यस्ता तमाम सुविधा वृद्धि गरेको छ, जसले गर्दा यसको अत्यधिक प्रयोग गर्नुको लत–कुलत हाम्रा लागि समस्या भइसकेको छ। विज्ञापन अन्तर्राष्ट्रिय अन्वेषकहरूको टोलीले भर्खरै गरेको अध्ययनमा इन्टरनेटको प्रयोगले हाम्रो मस्तिष्कको आन्तरिक संरचनालाई द्रुत रूपमा परिवर्तन गरिरहेको छ भन्ने ज्ञात हुन आएको छ । इन्टरनेटको अत्यधिक प्रयोगले प्रयोगकर्ताको एकाग्रता, स्मृति र सामाजिक सम्बन्धलाई नराम्रोसँग प्रभावित गरीरहेको रिपोर्ट प्रकाशित भएको छ । साच्चै भन्ने हो भने मस्तिष्कमा भइरहेको यो परिवर्तनले केही मात्रामा, हाम्रो स्नायु प्रणालीलाई नै पुनर्संयोजित (रि–वायरिंग) गरिरहेको छ । मनोचिकित्सकीय अनुसन्धानको विश्व प्रसिद्ध जर्नल वर्ल्ड सायकिएट्रीको जून २०१९ को अंकमा प्रकाशित अध्ययन अनुसार इन्टरनेटको अत्यधिक प्रयोगले हाम्रो दिमागमा स्थायी र अस्थायी प्रभाव पारी रहेको छ। अध्ययनमा सम्मिलित शोधकर्ताले ती प्रमुख परिकल्पनाको जाँच (परीक्षण) गरे जसले इन्टरनेटको प्रयोगले मानिसको संज्ञानात्मक प्रक्रियालाइ बदल्न सक्छ । यसका साथै शोधकर्ताले यो पनि परीक्षण गरे, कि मनोविज्ञान, मनोचिकित्सा र ‘न्यूरोइमेजिंग’का आधुनिकतम निष्कर्षसँग यो कति मेल खान्छरु अस्ट्रेलियाको वेस्टर्न सिडनी विश्वविद्यालयका वरिष्ठ शोधकर्ता डा जोसेफ फेर्थका अनुसार इन्टरनेटको प्रयोगले मष्तिष्कको संरचना मा कसरी प्रभाव पार्छ भन्ने सम्बन्धमा भन्छन, ‘यस अनुसन्धानको प्रमुख निष्कर्ष भनेकै उच्च स्तरको इन्टरनेट प्रयोगले दिमागमा धेरै नकारात्मक प्रभाव पार्नसक्छ भन्ने रहेको छ ।’ उदाहरणको लागि, इन्टरनेटबाट आउने गरेका नोटिफिकेशन र सूचनाको अविरल प्रवाहले हामीलाई हाम्रो ध्यान उतै राख्न प्रोत्साहन दिन्छ। यसको परिणामस्वरुप आफ्नो अन्य कार्यमा ध्यान केन्द्रित गर्ने हाम्रो क्षमता प्रभावित हुन्छ । हामी कुनै एक विषयवस्तुमा ध्यान केन्द्रित गर्न, त्यसलाई राम्ररी बुझ्न एवं विषयवस्तुको गम्भीरता आत्मसात गर्न सकिरहेका हुन्नौँ। यस सोधले, इन्टरनेटले हाम्रो दिमागको संरचना, कार्य गर्ने शैली र संज्ञानात्मक विकासलाई कसरी प्रभावित गरिरहेको छ भन्ने बारे संकेत गर्छ । वर्तमान समयमा सोशल मिडियाका साथै धेरै अनलाइन टेक्नोलोजीहरूको व्यापक प्रयोग बढ्दै जानु शिक्षक र अभिभावकहरूको चिन्ताको विषय बनेको छ । विश्व स्वास्थ्य संगठनद्वारा सन २०१८ मा जारी गरिएको दिशानिर्देश अनुसार, साना बच्चाहरु (२.५ वर्षको उमेर) लाई दैनिक एक घण्टा भन्दा बढी समय कुनै पनि खाले स्क्रीनको सम्पर्कमा आउँन दिनु हुँदैन । हुन त वर्ल्ड साइकियट्री पत्रिकामा प्रकाशित सोध वयस्कहरूमा गरिएको अनुसन्धानको नतिजा हो भनिएको छ । बच्चाहरूमा इन्टरनेट प्रयोगले हुने फाइदा र हानिबारे थप अनुसन्धान हुनु बाँकी नै छ । डा फेर्थ भन्छन्, ‘बच्चा तथा युवा मानिसहरूलाई इन्टरनेटको नकरात्मक प्रभावबाट जोगाउन अझ बढी अनुसन्धान आवश्यक छ, आमाबाबुले पनि आफ्ना बच्चाहरूले डिजिटल उपकरणहरूमा धेरै समय खर्च नगर्ने वातावरण सुनिश्चित गर्नुपर्दछ।’ अभिभावकहरूले बच्चाहरूको अन्य महत्त्वपूर्ण विकासमूलक गतिविधिहरू, जस्तै सामाजिक अन्तर्क्रिया , शारीरिक व्यायाम तथा मैदानमा खेलिने खेल जस्ता गतिविधिमा बढी ध्यान दिनु पर्दछ। वास्तव मा यस अनुसन्धान को प्रमुख उद्देश्य हो, ‘हामीले यो बुझ्नु आवश्यक छ कि जहाँ एकतिर इन्टरनेटको सुविधाले हामी ‘ग्लोबल’ नागरिक बनी रहेका छौँ ,त्यही अर्कोतिर बच्चा देखि बुढा पाकासम्म ‘साइबर एडिक्ट’ पनि हुँदै गईरहेका छौँ । यो लत अथवा कुलत पनि रक्सी अथवा चुरोट भन्दा कम छैन । इन्टरनेटको बानी लागेका मानिसको मस्तिष्कका केहि भागमा ‘गामा अमिनोब्यूटरिक एसिड’ (जीएबीए) को स्तर बढ्दै गईरहेको छ। ‘जीएबीए’ को सम्बन्ध मस्तिष्कका विभिन्न कार्य जस्तै जिज्ञासा, तनाव र निन्द्रा आदिसँग रहेको छ । यसको असन्तुलनले अधीरता ,छटपटाहट, बेचैनी, तनाव र अवसाद (डिप्रेसन) बढाउँछ । इन्टरनेट प्रयोगको बानीले हाम्रो मस्तिष्कका सर्किटलाइ द्रुत गतिले र नया किसिमले पुनरसंयोजित (रि–वायरिंग) गरिरहेको छ । स्मरण गर्नुस त ‘इन्टरनेट प्रयोगको प्रारम्भिक चरणमा हामी जुनबेला पनि अनलाइन हुने–देखिने प्रयास गर्थ्यौँ,आज अवस्था त्यसको विपरीत छ । बेर छैन, अब संसारमा जाँड –रक्सी चुरोटको लतबाट मुक्ति प्रदान गर्ने जस्ता ‘रिह्यभिलेसन सेन्टर’ जस्तै इन्टरनेटको कुलतबाट टाढा राख्ने सेन्टर खोलिने क्रम प्रारम्भ होस्। देश सञ्चारबाट

के हो त वास्तवमै फेसबुकको दानापानी ?

नखाउ भने दिनभरिको सिकार खाउ भने कान्छा बाबुको अनुहार भनेजस्तो नचलाए नि सुख छैन चलाएपनि काम छैन भनेको जस्तो भैसक्यो फेसबुक । कहिलेकाहीँ आफु जति बिरामी भएपनि फेसबुक नखोली चित्तै बुझ्दैन । अझ हामीमध्ये कतिपयले त बिरामी हुनुभन्दा अगाडि नै बिरामी भएको खबर सार्वजनिक पनि गर्ने गर्छौं र पछाडि बिरामी हुन्छौं । करोडौँको संख्यामा प्रयोगकर्ताहरु रहेको फेसबुकका थुप्रै फाइदा छन् । सम्झना पौडेल मेरो फेसबुक भोकायो लौन दाना हाल्देउ फेसबुकको बारेमा टिप्पणी गर्नु भन्दा पहिले यसको थोरै जानकारी गराउन उचित ठाने। फेसबुकको आविष्कार मार्क जुकर्वर्गले फेब्रुअरी ४ ,२००४ मा गरेका थिए । जसमा फेसबुक लाइ नेपालीमा रुपान्तरण गर्दा अनुहार पुस्तिका भन्ने हुन्छ । आज प्रायः जसो प्रत्येक नेपाली युवाको हात हातमा यो मुहार पुस्तिका छ । झनै यसले मानिसलाई धेरै फराकिलो गहिरो बनाइ दिएको छ कि यसको नसा लागेपछि मान्छेले भात खानै छाड्छ । अब कसरी भन्नुहुन्छ भने तल पढ्दै जानुहोस मेरो आफनै जीवन भोगार्इ अनुभव र फेसबुकमा भेटिएका साथीहरुको बारेमा केलाएकी छु । सदाझैं मलार्इ त्यो दिन फेसबुक चलाउन नपाउँदा कता कता के छुटेको के छुटेको जस्तो आभाष भइरहेको थियो। कारण त्यो दिन बत्तिपनि थिएन वाइफाइ चल्ने कुरै भएन मोबाइलमा ब्यालेन्स पनि सकिएको थियो अलि बिरामी पनि भएकोले पसलसम्म जान मन पनि लागेन मलाई । लाग्यो त्यतिबेला साँच्चै मेरो फेसबुक भोकाएको छ । सायद फेसबुक नपाएर म भोकाएको थिए या फेसबुक मेरो अनुपस्थितिमा भोकाएको थियो, त्यो भने कि उसलाई कि मलाई थाहा होला । मेरा मनमा एका एक कुरा खेल्न थाले । मलाई लाग्दैछ यति बेला मेरो फेसबुक साँच्चै भोकाएको छ । सुन्दा तपाइलाई लाग्न सक्ला के फेसबुकले पनि मान्छेको जस्तै चिया, नास्ता, खाना, खाजा गर्छ कि फेसबुकलाई पनि गाई बस्तुको जस्तो घाँसपात दानापानी हाल्नुपर्छ किनकी फेसबुक त निर्जीव हो । त्यसलाई चलाउने, खेलाउने, जिस्काउने, माया गर्ने हामी सजीव हौं । सम्झना पौडेल मलाई मात्र हैन यो कुरा तपाइलाई पनि थाहा छ । फेसबुक आफैं बोल्न सक्दैन, लेख्न सक्दैन, हिँड्न सक्दैन । विचराको न त हात छ न खुट्टा छ । न त चपाउने दाँत छ न त बोल्नलाई मुख छ । न त सुँघ्नलाई नाक छ न सुन्नलाई कान नै छ । बिचराको केही छैन तर पनि ऊ हामी भन्दा निकै माथि छ । हाम्रो असल मित्र बनेको छ । हाम्रो हरेक गतिबिधिमा उसको सहभागिता अनिवार्य छ । हामी सजिव प्राणी भएकै कारण हाम्रो आफ्नो जीवन एक्लै व्यतित गर्न सक्दैनौ । त्यतिकैमा दिदी पनि अफिसबाट आइपुग्नुभयो अनि बिरामी मान्छे नसुतेर किन टोलाएर बसेको भन्नुभयो म दिदीको प्रश्नले लाचार भए । कारण मसँग कुनै जवाफ थिएन । फेरि म आनाकानी गर्दै दिदीलाई केही भन्न खोजेथे । दिदीले बुझेर सोध्नुभयो,के भयो के भन्न खोज्दै छौं र मैले फ्याट्टै भने दिदी मेरो फेसबुक भोकायो लौन दानापानी हाल्नुपर्यो मेरो कुराले दिदी अकमक्क पर्नुभयो । यो के भनेको भन्दा मैले भने- ‘हो, दिदी हामीलाई जसरी बिहान उठ्ने बितिकै चियानास्ता चाहिन्छ, भोक लागेको बेलामा खानेकुरा चाहिन्छ त्यस्तै माछा, मासु, सागसब्जी इत्यादि खानेकुराको समिश्रणबाटै हाम्रो शरीर स्वस्थ र तन्दुरुस्थ बन्दछ त्यसरी नै फेसबुकलाई पनि जिवन्तता दिन विविध कुराहरुको आवश्यकता पर्दछ । आज ३ दिन भो म बिरामी भएदेखिको फेसबुकमा कुनै स्टाटस राख्न पाएको छैन । मेरा मनका अनेकौ विचारहरु फुरेका छन, त्यसै ओइलाउनु भन्दा उसको पेट भर्नु जाति हो । कुनै पनि मित्रहरुको स्टाटसमा कमेन्ट ठोक्न पाएको छैन । बरु म म्यासेज कसैलाई गर्दिनँ । तर, मेरा मनमा जागेका केही विचारको स्वादहरु मेरो आत्मीय मित्रहरुमाझ पस्कन चाहान्छु अनि त दिदीले रिचार्ज नै ल्याएर हाल्दिनुभयो । अनि म खुसी भएँ र भोकाएको फेसबुकको पेट भर्न तर्फ लागे । फेसबुकप्रति हामी यति आकर्षित भएका छौँ कि हामी फेसबुकबिना आफ्नो जीवन नै अधुरो रहेको मान्न थाल्छौं । कैयौँ लुटिन्छन यहाँ, केही छुटिन्छन् यहाँ । गलेका, टुटेका, छुटेका भेटिन्छन् यहाँ । बुझक्की जस्तै बन्यो भने, लागेका दाग मेटिन्छ्न यहाँ । कोही तिर्खाएको हुन्छ कोही भोकाएको, अनेकथरि थकान मेटिन्छ यहाँ । कोही रुनेहरु कोही हाँस्नेहरु, अनेकथरि देखिन्छन यहाँ, कोही माफ माग्ने, कोही माफ दिने, मनभित्रका अन्तर दोष भावहरु मेटिन्छन् यहाँ, कोही बाठो, बुझ्ने हुन्छन्, सूचना, विचार, धारणाहरू पोखिन्छ यहाँ । नखाउ भने दिनभरिको सिकार खाउ भने कान्छा बाबुको अनुहार भनेजस्तो नचलाए नि सुख छैन चलाएपनि काम छैन भनेको जस्तो भैसक्यो फेसबुक । कहिलेकाहीँ आफु जति बिरामी भएपनि फेसबुक नखोली चित्तै बुझ्दैन । अझ हामीमध्ये कतिपयले त बिरामी हुनुभन्दा अगाडि नै बिरामी भएको खबर सार्वजनिक पनि गर्ने गर्छौं र पछाडि बिरामी हुन्छौं । करोडौँको संख्यामा प्रयोगकर्ताहरु रहेको फेसबुकका थुप्रै फाइदा छन् । हुन त वभिन्न भौगोलिक अवस्थामा रहेको एउटा बन्द कोठा जस्तो परिधिमा रहेका मानिसहरुलाई खुल्ला र फराकिलो स्वतन्त्र चिन्तन विवेकका साथ आ-आफ्नै मातृभाषामा संचारको स्थापना गराउने काम गरेको छ, फेसबुकले । यसले संञ्चारको साधनमध्ये सबैभन्दा चाँडो सूचना दिने काम गरेको पाइन्छ । एक-अर्काबीच सूचना, विचार, धारणाहरू, जानकारीहरू साटासाट गर्ने प्रक्रिया वा साझेदारी कायम गर्ने प्रक्रिया हो फेसबुक । फेसबुकमा लिखित, मौखिक, श्रब्यदृश्य वा साङ्केतिक अर्थहहरु रहेका हुन्छन । जस्को माम्यमबाट हामीले संचार गर्ने गरेका छौं । हामीले फेसबुक मार्फत सुनेर, लेखेर, देखेर, सहभागिता जनाउने गरेका छौं । हरेक विषयवस्तुलाई सन्देश वा जानकारीको रूपमा प्रकाशन वा प्रसारण गर्ने प्रक्रियालाई आमसंचार भन्दै आएको बेलामा फेसबुकले भने सामाजिक संजालको रुपमा आफनो संजाल संसारभर फैलाउन सफल भएको छ । यिनै विभिन्न यन्त्रहरुका माध्यम बाट थुप्रै सामाजिक संजालहरु आउन थालेका छन् र प्रयोग भइ रहेका छन् । जसरी व्यक्ति व्यक्ति मिलेर समाजको संरचना निमार्ण भएको छ । जसमा अनेकौं थरिका मानिसहरु छन उनीहरुको आ आफनै जीवनशैली, भोगाइ र मनका भावहरु छन् त्यसरी नै पत्येक व्यक्तिको फेसबुकबाट समाजको पत्येक अंगमा ढाकेको भन्दा फरक नपर्ला । यस पृथ्वीको सृष्टि कालदेखि नै जैविक अजैविक वा भौतिक बस्तुहरुमा सकारात्मक र नकारात्मक चिज बोकेर आएको देखिन्छ । त्यसैले हाम्रो गाउँघर समाजमा एउटा टुक्का प्रचलनमा आएको हुनु पर्छ “जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँडू यहि वाक्यमा निर्भर हुँदै आएको देखिन्छ यो फेसबुकमा । कैयौँ लुटिन्छन यहाँ, केही छुटिन्छन् यहाँ । गलेका, टुटेका, छुटेका भेटिन्छन् यहाँ । बुझक्की जस्तै बन्यो भने, लागेका दाग मेटिन्छ्न यहाँ । कोही तिर्खाएको हुन्छ कोही भोकाएको, अनेकथरि थकान मेटिन्छ यहाँ । कोही रुनेहरु कोही हाँस्नेहरु, अनेकथरि देखिन्छन यहाँ, कोही माफ माग्ने, कोही माफ दिने, मनभित्रका अन्तर दोष भावहरु मेटिन्छन् यहाँ, कोही बाठो, बुझ्ने हुन्छन्, सूचना, विचार, धारणाहरू पोखिन्छ यहाँ । कोही जिस्काउँछन् कोही थर्काउछन्, अनेक तरिकाको बात हुन्छ यहाँ । साँच्चै पत्तो नपाएरै होला, चलाउँदा चलाउँदै रात हुन्छ यहाँ ती पिउने भट्टीहरु भुलेका छन् कोही पढ्दै लेख्दै फुर्दै स्टाटसमा खुलेका छन् कोही सिकारी बनि प्रत्येकका मन मस्तिष्कमा डुलेका छन् । यसैगरी चलेका छन् नेपाली बजारमा फेसबुक यहाँ राजनीतिज्ञदेखि ब्यापारीसम्म, कलादेखि साहित्यसम्म साधारण सरल सोंचदेखि जीवनयापनसम्म दलालदेखि भ्रष्टाचारीसम्म सज्जनदेखि अपराधीसम्म यो फेसबुकको फाइदा र बेफाइदा गहिरिएर हेर्दा कति अनन्त छ । नोट : लेखिका पौडेलले दानापानी भनेर फेसबुकमा हामीले राख्ने स्टाटस, फोटो ,कमेन्ट, लाइक तथा कुराकानी जस्ता बिषयबस्तुलाई भन्न खोजेकी हुन् ।

महिलाहरु ललिपपबाटै घरव्यवहार धान्दै

इलाम, मंसिर २३ । थोरै लगानीमा यहाँका महिला ललिपप उद्योग खोलेर मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लाको पशुपतिनगर, सूर्योदय नगरपालिकास्थित फिक्कल, पञ्चकन्या, साँखेजुङ, गोदक लगायतका गाउँका महिला ललिपप उद्योगमा लागेका छन् । इलाम ललिपप उद्योग दर्ता गरेर विगत पाँच वर्षदेखि ललिपप बनाउँदै आएकी साँखेजुङकी दुर्गाकुमारी राईले भन्नुभयो, “दुई–चार पैसा कमाउनबाहिर जानु पर्दैन्, सीप र जाँगर भए स्वदेशमै केही गर्न सकिन्छ ।” उद्योगमा काम गर्ने सातजना महिलालाई मासिक रु सात हजारसम्म तलब दिएर पनि दुर्गाकुमारीले मासिक रु ४० हजारदेखि रु ४५ हजार आम्दानी गर्ने गरेको बताउनुभयो । अधिकांश महिलाले बिहानको घरधन्दा सिध्याएर ललिपप उद्योगमा काम गर्न आउने गरेको दुर्गाकुमारीले बताउनुभयो । “म आफ्नो काम भ्याएर पनि बजार व्यवस्थापनमा साथ दिने गर्छु,” दुर्गाकुमारीका श्रीमान चन्द्र राईले भन्नुभयो, “इलाम, फिक्कल र कुटीडाँडा हाम्रो मुख्य बजार हो । टाढा पठाउन सम्भव छैन ।” थोरै सामान पठाउँदा फाइदा नहुने र धेरै सामान पठाउँदा एकै पटक बिक्री नहुने भएकाले टाढाको बजार विस्तार गर्न नसकिएको राई बताउनुहुन्छ । उद्योगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट ललिपप बनाउन स्वीकृती लिइएको छ । दम्पती राईको सो उद्योग उद्योगीमाझ प्रतिस्पर्धी र उत्कृष्ट छ । पूर्वाञ्चलमा भएको खाद्यवस्तु प्रदर्शनीमा उत्कृष्ट र राष्ट्रिय औद्योगिक प्रदर्शनीमा दोस्रो स्थान हासिल गरेको उद्योगलाई घरेलु तथा साना उद्योग विकास समितिले ‘प्याकेजिङ’ गर्ने मेशिन अनुदानमा उपलब्ध गराएको छ । रु ९० हजार पर्ने उक्त मेशिन ल्याएपछि तयारी ललिपपलाई प्याकेजिङ गर्न सजिलो भएको राईले बताउँनुभयो । यस वर्ष जिल्ला कृषि विकास कार्यालयले पनि ‘प्याक्ट’ परियोजनाअन्र्तगत रु चार लाख ४५ हजार अनुदान सहयोग गरेको छ । ललिपप बनाउने आधुनिक मेशिन खरिदका लागि प्याक्टले सहयोग गरेको छ । पाँच वर्षअघि खुलेको कोसेली ललिपप उद्योगमा मुना आचार्य स्थापनाकालदेखि नै काम गर्दै आउनुभएको छ । सरकारी विद्यालयमा पढिरहेका छोराछोरीलाई ललिपप उद्योगमा कमाएको पैसाले निजी विद्यालयमा अध्ययन गराउने सुरमा उहाँ हुनुहुन्छ । सो उद्योगमा सातजना महिलाले रोजगारी पाएका छन् । इलाममा सहकारी संस्था खोलेर ललिपप उद्योग स्थापना गर्ने क्रम बढेको छ । सहकारी संस्थामार्फत स्थापना भएका ललिपप उद्योगले निजीस्तरबाट खुलेका उद्योगको भन्दा बढी महिलालाई रोजगारी प्रदान गरेका छन् । एक दर्जनको सङ्ख्यामा रहेका उद्योगमा विपन्न महिलाले रोजगारी पाएका छन् । सहकारिताको माध्यमबाट स्थापना भएको पञ्चकन्याको उद्योगले दुई दर्जन महिलालाई रोजगारी दिएको छ । तीन वर्षअघि स्थापना भएको जनहित कृषि सहकारी संस्थाले आफ्नो उद्योगमा दुई महिला कर्मचारीसहित १६ जना महिलालाई रोजगारी प्रदान गरेको छ । उद्योगमा रोजगार पाएका महिलाले मासिक रु चार हजारदेखि रु पाँच हजारसम्म पारिश्रमिक पाउने गरेका संस्थाका तोयानाथ भट्टराई बताउनुहुन्छ । जनहित सहकारी संस्थामा काम गर्ने कतिपय कामदार स्थानीय करफोक विद्यामन्दिरमा प्रवीणता प्रमाणपत्र तहमा अध्ययन गर्दै आएका छन् । बिहान क्याम्पसको कक्षा लिएर दिउँसो संस्थामा काम गर्न जाने गरेको स्थानीयवासी भेषराज आचार्यले बताउनुभयो । उत्पादित ललिपप धरान, दमक, विराटनगर र काठमाडौँ बिक्रीका लागि पठाउने गरिएको छ । रासस