प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौँ । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक संसद् भवन नयाँ वानेश्वरमा छ। बिहीबार ११ बजेबाट सुरु भएको बैठकमा प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन् ।

त्यस्तै, डा.अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यसैगरी, दिलेन्द्रप्रसाद बडूले विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने, विना लामाले विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने र  कान्तिका सेजुवालले “विनियोजन विधेयक, २०८१ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यस्तै, ज्ञानबहादुर शाहीले विनियोजन विधेयक, २०८१ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने, शान्ती वि।क।ले विनियोजन विधेयक, २०८१ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने, रोसन कार्कीले विनियोजन विधेयक, २०८१ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने र विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि जारी छलफलअन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको शीर्षकमाथि छलफल हुनेछ संसद् सचिवालयले जनाएको छ।

दोस्रो पटक प्रतिनिधिसभा बैठक स्थगित, साढे ४ बजे बस्ने

काठमाडौँ ।संसदीय छानबिन समितिका लागि कार्यविधि तय गर्ने विषयमा सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दलबिच कुरा नमिल्दा प्रतिनिधि सभा बैठक दोस्रो पटक सरेको छ।

बेलायतमा राजाभन्दा प्रधानमन्त्री धनी

एजेन्सी । बेलायतमा राजासँग भन्दा धेरै सम्पत्ति प्रधानमन्त्रीसँग भएको पाइएको छ । बेलायती पत्रिका सन्डे टाइम्समा प्रकाशित धनाढ्यको पछिल्लो सूचीमा यस्तो देखिएको हो ।  प्रकाशित प्रतिबेदनका अनुसार प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्तिको सम्पत्ति गएको एक वर्षमा १२ करोड पाउण्डले बढेर कुल ६५ करोड १० लाख पाउण्डमा पुगेको छ ।  यस अवधिमा राजा चार्ल्सको कुल सम्पत्ति भने ६० करोड पाउण्डबाट बढेर ६१ करोड पाउण्ड मात्रै पुगेको छ । पत्रिकाले बेलायतमा अरबपतिहरूको संख्या घट्दै गइरहेको जनाएको छ । प्रतिबेदनमा सन् २०२२ मा १७७ रहेको अर्बपतिहरूको संख्या घटेर १६५ मा आएको छ । सूचीमा भारतीय मूलका बेलायती व्यापारी गोपी हिन्दुजा र उनको परिवार ३७ अर्ब २० करोड पाउण्डको कुल सम्पत्तिका साथ सूचीको शीर्ष स्थानमा रहेका छन् ।  प्रतिबेदनका अनुसार सम्पत्तिको यो आकार अर्बपतिहरुको सूचि प्रकाशित गर्न थालेयताकै उच्च हो । दोस्रो स्थानमा सर लियोनार्ड ब्लावटनिक रहेका छन् । उनको नेटवर्थ २९ अर्ब २० करोड पाउन्ड छ भने तेस्रो स्थान २४ अर्ब ९० करोड पाउन्ड नेटवर्थ सहित डेभिड र साइमेर रुबेन र परिवारको रहेको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिएका छन् । प्रदेश सभाको बिहीबार बसेको बैठकमा नेपाली काँग्रेससँगै नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी समूहका सांसदहरूको नाराबाजी र बहिष्कारका बीच भएको विश्वासको मत लिने प्रस्ताव पेस भएको थियो ।प्रदेश सभा बैठक सुरु भए लगत्तै उनीहरूले वेल घेराउ गरेर नाराबाजी गरे। काँग्रेस र नाउपा सांसदहरूको नाराबाजीका बीच सभामुखले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रस्ताव टेबल गर्न अनुमति दिएका थिए। लगत्तै सभामुख भण्डारीले मत विभाजन प्रक्रिया सुरु गरे। त्यसपछि काँग्रेस र नाउपा रेशम पक्षका प्रदेश सांसदहरू बैठक कक्ष छाडेर बाहिर गए ।सत्ता पक्षका सांसदहरु मात्र बाँकी रहेको बैठकमा सभामुखले मतदान प्रक्रिया पूरा गराए। विश्वासको मत लिने प्रस्तावको पक्षमा २८ मत पर्‍यो । यससँगै मुख्यमन्त्रीले विश्वासको मत पाएका सभामुख भण्डारीले जानकारी गराएका छन् ।

वाग्मतीसहित यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली रही कोसी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा साथै बाँकी तराईका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, मधेस, वाग्मती, गण्डकी प्रदेशका थोरै स्थानमा साथै बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

एमाले भोजपुर अध्यक्षमा खड्का निर्वाचित

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् ।पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् ।  पार्टी उपाध्यक्षमा किरण राई, सचिवमा एक्सन राई, उपसचिव खुलातर्फ दौलथकुमार कुलुङ, उपसचिव महिलातर्फ रमादेवी राई विजयी भए । नयाँ नेतृत्व चयनका लागि ८१ वटा वडाका ६०८ प्रतिनिधिमध्ये ५७३ जनाले मतदान गरेका थिए । सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि पाँच पदाधिकारी, पाँच खुला सदस्य र तीन खुला महिला सदस्यका लागि निर्वाचन भएको थियो ।  खुला सदस्यमा इन्द्र थापा, रेवतीरमन थापा, बद्रीनाथ निरौला, राजेश कटुवाल, नवीन प्रधान तथा महिला सदस्यतर्फ आशादेवी राई, सुस्मिता राई र सङ्गीता कँडेल निर्वाचित हुनुभएको छ । अधिवेशनले पदाधिकारीसहित ९० सदस्यीय कार्यसमिति चयन गरेको हो । रासस

गल्याङका सिनिय अहेबविरुद्ध नक्कली प्रमाणपत्र लिएको आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव दुर्गा प्रसाद भट्टराईविरुद्ध नक्कली प्रमाणपत्र सम्बन्धी आरोप पत्र दायर गरेको छ । अख्तियारले अहेव भट्टराईको एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीको आधारमा छानबिन गर्दा सो प्रमाण पत्र नक्कली रहेको भेटिएपछि मुद्दा दायर गरेको जनाएको छ । अख्तियारले सो कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६(१) बमोजिमको कसुर भएको हुँदा भट्टराईलाई सोही ऐनको दफा १६(१) बमोजिम कैद र जरिवाना हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको जनाएको छ ।उनी हाल अवकाश प्राप्त गरी आफ्नै मेडिकल सञ्चालन गर्छन ।

गुल्मीमा जिप दुर्घटना

गुल्मी। गुल्मीमा जिप दुर्घटना हुँदा चालक घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका९ २ ताल्तुङमा लु १ ज ४७२९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनाबाट जिप चालक २५ वर्षीय ओमबहादुर सारू घाइते भएका छन्। जिप सडकबाट पाँच मिटर तल खसेको थियो । घाइतेको अवस्था सामान्य छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तो छ नयाँ वर्षको मौसम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती र मधेश  प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखी मुख्यतया बदली रही बाँकी भू९भागमा मौसम सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। केही भूभागमा हावाहुरी समेत चल्नेछ । कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राती भने सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।त्यसैगरी गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज सूर्योदय बिहान ५ बजेर ४१ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २८ मिनेटमा हुनेछ ।

संविधान र कानुन कार्यान्वयनका लागि सञ्चारमाध्यमको जागरण अभियान आवश्यक : मन्त्री शर्मा

काठमाडौं।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधान र कानुनी व्यवस्थाको कार्यान्वयनका लागि सञ्चारमाध्यमबाट सचेतना र जागरणका अभियानहरु सञ्चालन गर्न आवश्यक रहेको बताकी छिन् ।रेडियो नेपालको ७४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनलाई जनताको जीवन परिवर्तनसँग जोड्न यस्ता अभियान आवश्यक रहेको बताइन्।  ‘तमाम जनक्रान्तिको फलस्वरुप नेपालमा ठूलो राजनीतिक परिवर्तन आएको छ । लोकतन्त्र, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी, समानुपातिक प्रतिनिधित्व आजका हाम्रा ऐतिहासिक उपलब्धि हुन्’– उनले भनिन्– ‘यी उपलब्धिको रक्षा र विकास गर्दै राजनीतिक परिवर्तनको जगमा जनताको जीवनमा परिवर्तन ल्याउनु अबको आवश्यकता हो । संविधानको मर्मअनुरुप हामीले धेरै जनपक्षीय र प्रगतिशील कानुन बनाएका छौं तर यसको कार्यान्वयनले तिब्रता लिन सकिरहेको छैन ।’ हरेक क्षेत्रमा अर्थपूर्ण समावेशी सहभागिता, पैत्रिक सम्पत्तिमा छोराछोरीको समान अधिकार, सम्पत्तिमा दम्पत्तिको समान अधिकार, जातीयलगायत विभिन्न खाले सामाजिक छुवाछुतको समूल अन्त्यसहित विभिन्न खाले कुप्रथाबाट नेपाली समाजलाई मुक्त गर्ने सवालमा कानुनमा स्पष्ट व्यवस्था गरेको भए पनि कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताइन्। मन्त्री शर्माले भनिन्– ‘नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि यी महत्वपूर्ण संवैधानिक र कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयनका लागि घरघरमा सचेतनाको आवश्यकता छ । त्यसका लागि रेडियो नेपालसहित आम सञ्चारका माध्यमहरुको प्रभावकारी अभियान आवश्यक छ ।’ मन्त्री शर्माले विगतका गौरवमय संघर्षहरुको जगमा बनेको नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा वर्तमान सरकार प्रतिबद्ध एवं कृयाशील रहेको स्पष्ट गरिन् । सरकारले सार्वजनिक प्रसारण क्षेत्रको पुनःर्संरचना गर्न खोजिरहेको बताउँदै उहाँले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रसारणको रुपमा विकास गर्न सार्वजनिक सेवा प्रसारण विधेयकमाथि प्रतिनिधिसभामा छलफल भइरहेको जानकारी दिइन्।  २००७ सालको क्रान्तिको जगबाट स्थापित नेपाली रेडियो प्रसारण सेवाको जननी रेडियो नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा हरेक कालखण्डको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनको साक्षी बन्दै आएको उल्लेख गर्दै मन्त्री शर्माले राष्ट्र र नागरिकका हरेक सवाललाई प्रवाह गरेर रेडियो नेपालले समाजको अग्रगामी रुपान्तरणमा ऐतिहासिक भूमिका निर्वाह गरकोेमा खुशी व्यक्त गरिन्। तमाम् जनक्रान्तिका उपलब्धिको रक्षा र विकास गर्दै बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था बदल्न यो संस्थाले अझै विविधतापूर्ण सामग्री उत्पादन र प्रसारण गर्नतिर ध्यान दिनुपर्ने उहाँको सुझाव थियो ।  आजको प्रतिस्पर्धी युगमा रेडियो नेपालले समय सुहाउँदो नविनतम प्रविधि उपयोग गर्दै अझ निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय र भरपर्दो समाचार तथा थप समावेशी र जनपक्षीय कार्यक्रम उत्पादन र प्रसारणमा जोड दिनु आवश्यक रहेको स्पष्ट गर्दै उनले बदलिँदो समय, प्रतिस्पर्धा र राष्ट्रिय दायित्व समेतलाई हेरेर रेडियो नेपालले आफ्ना कार्यक्रम, समाचार तथा प्रसारण सामग्रीहरुलाई अझ सार्वजनिक प्रसारणमुखी बनाउनुपर्ने र त्यसका लागि हरतरहले सघाउने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रशारण)

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठक जारी छ । बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको विषयमा छानबिनको माग पुनः दोह्याएको छ ।  बैठकको सुरुमा कांग्रेस सांसद सञ्जयकुमार गौतमले सहकारी ठगी प्रकरणमा उपप्रधानन्त्री तथा गृहमन्त्रीको नाम मुछिएकोबारे संसदीय छानबिन समितिको माग गरे। त्यसैगरी, नेकपा एमालेकी सांसद विद्या भट्टराईले नजिता पर्खिरहेका विद्यार्थीलाई पुनः परीक्षा दिनुपर्ने अवस्था आउनु गम्भीर भएको बताउँदै उत्तर पुस्तिका हराउने त्रिभुवन विश्वविद्यालका जिम्मेवार व्यक्तिलाई तुरुन्त कारबाही गर्न माग गरेकी छन् । वार्षिक प्रणाली अन्तर्गतका चार वर्षे पढाइ हुने विषयको चार वर्षभित्रै नजिता प्रकाशित गर्ने नियम त्रिविले बनाए पनि कार्यान्वयन गर्न नसकेको सांसद भट्टराईले धारणा राखिन् । यसरी नै विविध विषयमा सांसदहरुले आफ्नो धारणा राखिरहेका छन् ।

कार र मोटरसाइकल ठक्कर खाँदा मोटरसाईकल चालकको मृत्यु

जनकपुरधाम । धनुषामा कार र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको लोहारपट्टी नगरपालिका ४ बस्ने करिब २५ वर्षका रामबाबु साह रहेका छन् । आज बिहान सवा ६ बजेतिर लक्ष्मीनियामा प्रदेश २ ०२ ००४ प ६९४७ मोटरसाइकललाई बी एल १२ सी ०९४४ भारतीय नम्बरको कारले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका साहको लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमै उपचारको क्रममा आज बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रक्ता रञ्जन अवाले जानकारी दिए । कार चालक दुर्घटनापछि फरार भएको र उनको खोजी जारी रहेको डिएसपी अवाले बताए ।

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय

काठमाडौँ । सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्ली बजारले शुक्रबार सो निर्णय गरेको हो ।

फोहोर बिक्रीका लागि काठमाडौँ महानगरद्वारा प्रस्ताव आह्वान

काठमाडौं।काठमाडौँ महानगरपालिकाले फोहोर बिक्रीका लागि प्रस्ताव आह्वान गरेको छ । महानगरले आज एक सूचना जारी गर्दै ३० दिनभित्र प्रस्ताव पेस गर्न आग्रह गरेको हो।आन्तरिक राजस्व कार्यालयमा भ्याट दर्ता भएका व्यक्ति, कम्पनी वा फर्महरूले सुख्खा फोहोर खरिदका लागि प्रस्ताव गर्न सक्नेछन् ।  महानगरले विभिन्न वडाबाट टेकु ट्रान्सफर स्टेसनमा दैनिक रूपमा सङ्कलन हुने सुख्खा फोहोरको बिक्रीका लागि प्रस्ताव आह्वान गरेको सूचनामा उल्लेख छ।  प्राप्त प्रस्तावहरू आगामी बैशाख १० गते दिउँसो २ बजे कार्यालयको वातावरण व्यवस्थापन विभागमा कर्मचारी एवं उपलब्ध प्रस्ताव दाताहरूको रोहवरमा खोलिने जनाएको छ।सो विषयमा थप जानकारी काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागबाट लिन सकिनेछ।

आगलागीबाट हुने सम्भावित जोखिमप्रति पूर्वसचेतता अपनाउन प्रधानमन्त्रीको अनुरोध

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगलागीबाट हुने सम्भावित जोखिमप्रति पूर्वसचेतता अपनाउन अनुरोध गरेका छन् । भोजपुर लगायत पूर्वी नेपालका पहाडी जिल्लाहरूमा आगलागीबाट धनजनको क्षति भएको घटनाले आफुलाई मर्माहत बनाएको बताउदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । उनले हिजो साँझ सामाजिक सञ्जालमार्फत आगलागीबाट धनजनको क्षति भएको घटनाप्रति गहिरो दुख व्यक्त गर्दै आगलागीबाट हुनसक्ने सम्भावित जोखिमप्रति पूर्वसचेतता अपनाउन सम्पूर्ण जनसमुदायलाई अनुरोध समेत गरेका छन् । उनले समाजिक सञ्जालमार्फत भनेका छन् -'भोजपुर लगायत पूर्वी नेपालका पहाडी जिल्लाहरूमा आगलागीबाट धनजनको क्षति भएको घटनाले मर्माहत तुल्याएको छ। घटनाप्रति गहिरो दुख व्यक्त गर्दै आगलागीबाट हुनसक्ने सम्भावित जोखिमप्रति पूर्वसचेतता अपनाउन सम्पूर्ण जनसमुदायमा अनुरोध गर्दछु।' भोजपुरको हतुवागडी गाउँपालिका–७ मा शनिबार आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। पछिल्लो दुई दिनमा उदयपुर, काठमाडौँ, महोत्तरी, सुर्खेत, तेह्रथुम, सप्तरी, ताप्लेजुङलगायत जिल्लामा आगलागी र डढेलोका घटना भएका छन्। केही ठाउँमा मानव बस्ती नै विस्थापित भएको छ। 

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  आजको बैठकमा सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।  बैठकमा उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन), विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।