लोकसेवा तयारीको लागि आफ्नै शैली र सुत्र बनाएर पढ्नुपर्छ
योग्यता र क्षमता भएका व्यक्तिले देशको सेवा गर्ने स्थानमा पुग्ने महत्वपूर्ण माध्यम लोकसेवा आयोग हो । तर, लोकसेवाको परीक्षा उत्तीर्ण गर्न उति सहज भने छैन । कठिन परिश्रम र लगावले मात्र आयोगमा सफलता मिल्छ ।
त्यति धेरै रोजगारीको अवसर पनि नभएको र निजी क्षेत्रको रोजगारीमा ढुक्क हुने स्थिति नरहेको हाम्रो जस्तो मुलुकमा निजामती सेवाप्रति धेरै आकर्षण छ ।
तर, सानोतिनो तयारीले लोकसेवा उत्तीर्ण गर्न सम्भव छैन । हजारौँको प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्न सकेको खण्डमा मात्र लोकसेवामा सफलता मिल्छ । लहैलहैमा लागेर विना तयारी लोकसेवा पास गर्न नसकिने तथ्य लोकसेवाको तयारी गरिरहेका सबैलाई अवगत भएको कुरा हो ।

लोकसेवाको तयारी गरिरहँदा आफूअनुकूल र अध्ययनशील समूह निर्माण गरेर संयुक्त तयारी गर्दा पनि विषयवस्तु सम्झिन र अर्काको राम्रा उपाय लिन पनि सहज हुन्छ । पहिल्यै लोकसेवा उत्तीर्ण गरेकाहरूको अनुभव पनि लिन सकिन्छ । आफूसरहका सहपाठीहरूसँग छलफल त गर्नुपर्छ, तर यसका नाममा समयको बर्बादीमा भने लाग्नुहुँदैन ।
लोकसेवाको तयारी गरिरहँदा दिमागमा याद राख्नुपर्ने हुन्छ । व्यक्तिको सम्झिने तरिका अनेक हुन्छन् । पढेका विषय सम्झिन आफ्नै खालको शैली बनाउन सकिन्छ । यसका लागि सूत्र बनाएर पढ्ने, कसैलाई दाँजेर याद गर्ने, कसैलाई सम्झेर याद गर्नेलगायतका बानी अपनाउन सकिन्छ । यसका साथै आफ्नो लेखनशैलीलाई पनि परिष्कृत गराउन जरुरी हुन्छ ।
समसामयिक विषयमा पनि नियमित अद्यावधिक (अपडेट) हुनुपर्छ । यसका लागि नियमित पत्रपत्रिका पढ्ने, रेडियो, टेलिभिजन हेर्ने–सुन्ने पनि गर्नुपर्छ ।
आजकल बजारमा लोकसेवाका नाममा विभिन्न पुस्तक पाइन्छन् । त्यसमध्ये उपयुक्त खालको पुस्तक छनोट गरेर त्यसअनुसार तयारी गर्नुपर्छ । यसबाहेक सरकारी निकायका आधिकारिक प्रतिवेदन, प्रकाशन आदिमा पनि ध्यान दिनुपर्छ ।
लोकसेवाको तयारी गरिरहँदा आफूअनुकूल र अध्ययनशील समूह निर्माण गरेर संयुक्त तयारी गर्दा पनि विषयवस्तु सम्झिन र अर्काको राम्रा उपाय लिन पनि सहज हुन्छ । पहिल्यै लोकसेवा उत्तीर्ण गरेकाहरूको अनुभव पनि लिन सकिन्छ । आफूसरहका सहपाठीहरूसँग छलफल त गर्नुपर्छ, तर यसका नाममा समयको बर्बादीमा भने लाग्नु हुँदैन । कहिलेकाहीँ ‘रिफ्रेसमेन्ट’ भने गर्नुपर्छ । अत्यधिक चाप र बोझमा पढ्दा बुझिँदैन । यसले पुनर्ताजगी प्रदान गर्छ ।
वेलावेलामा स्वमूल्यांकन पनि गरिरहनुपर्छ । यसले आफ्ना नराम्रा प्रवृत्ति त्याग्न मद्दत मिल्छ ।
अन्त्यमा, मनोबल र दृढ इच्छाशक्ति नै तपाईंको सफलताको कडी हो । निरन्तर अभ्यास, योग र ध्यानबाट जीवनमा सन्तुलन ल्याई अध्ययनमा लगाव र समयको सदुपयोगले सधैँ सफलताको शिखरमा पुर्याउँछ ।
(शाह बुद्धशान्ति गाउँपालिका झापाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।) नयाँपत्रिकादैनिकबाट
आँखाको समस्यासँग जोडिएका यी ९ लक्षण त छैनन् ? तत्काल गर्नुस् परीक्षण
आँखा हाम्रो सबैभन्दा संवेदनशील अंग हो । आँखा कमजोर भएपछि यसको असर व्यक्तिको शारीरिक र मानसिक अवस्थामा नै पर्न सक्छ । त्यसैले आँखासँग जोडिएका कतिपय लक्षणहरुलाई उपेक्षा गर्नु हुँदैन । आँखाको नियमित परीक्षण गरिराख्नु पर्छ । अर्कोतर्फ आँखासम्बन्धी तल लेखिएका समस्या भएमा समेत तत्काल नै आँखा परीक्षण गर्नु जरुरी हुन्छ । १ यदि धेरै टाढा वा नजिक हेर्दा धमिलो देखिन्छ । पत्रपत्रिका एवम् किताब पढ्न गाह्रो भएमा । २ राति र बिहान ठिक सँग देख्न नसकिँदा । ३ कम्प्यूटरमा शब्द धमिलो र आँखा एवम् टाउको दुखेमा । ४ यदि अध्याँरो ठाँउबाट उज्याँलोमा हेर्दा समस्या र रातिमा गाडी चलाउँदा गाह्रो भएमा । ५ थोरै समयमै पत्रपत्रिका पढ्दा आँखा दुख्ने, थकाई र जलन हुन लागेमा । ६ यदि बिना कारण टाउको दुख्ने र आँखाको वरिपरि दुखाई भएमा । ७ आँखा धेरै सुख्खा हुने र बारम्बार झिम्काउनु पर्दा । ८ बिना कारण आँखा रातो हुने, जलन र धेरै चिलाउँने हुँदा । ९ कुनै वस्तुलाई देख्दा आँखा दुख्ने, चक्कर लाग्ने समस्या भएमा ।
मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक (नतिजासहित)
काठमाडौं, चैत १२ । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तह अन्तर्गतको नेपाली विषयको सबै विकास क्षेत्रको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै मावि तह अन्तर्गत देशभरको विज्ञान विषयको अन्तिम नतिजा सार्वजनिक गरेको हो । पूर्व र मध्यमाञ्चल विकास क्षेत्रको नेपाली विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिमाञ्चल विकास क्षेत्र नेपाली विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
सामुदायिक विद्यालयमा अझै ७३ हजार दरबन्दी शिक्षक अभाव
काठमाडौ, वैशाख १५ । देशभरका सामुदायिक विद्यालयमा ७३ हजार ९३८ दरबन्दी शिक्षक अभाव देखिएको छ । सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनअनुसार प्राथमिक तहमा शिक्षक बढी छन् भने निम्न माध्यमिक र माध्यमिक तहमा अपुग छ । प्राथमिक तह ९आधारभूत १ देखि ५० मा तीन हजार ३८३ शिक्षक दरबन्दी बढी देखिन्छ । निम्न माध्यमिक तह ९आधारभूत ६ देखि ८० मा २५ हजार ४२५ र माध्यमिक तह ९९ र १०० मा २३ हजार ७४४ शिक्षक दरबन्दी कम छ। सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनअनुसार, विद्यालय र विद्यार्थी संख्याका आधारमा ७३ हजार थप शिक्षक तत्काल आवश्यक छ । सरकारले निजामती तर्फ २० हजार कर्मचारी लोकसेवा मार्फत र ७४ हजार शिक्षक शिक्षा सेवा आयोग मार्फत पुर्ती गर्ने भएको छ । वैशाखभित्रमा लोकसेवा खुल्ने र यो वर्षभरिमा शिक्षक पूर्ति हुने भएको छ।
सशस्त्र प्रहरी बल नेपालले कर्मचारीको लागि आवेदन खुला
काठमाडौ चैत २५ । गृह मन्त्रालयद्वारा सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेको पदहरुका लागि आवेदन खुला गरेको सूचना चैत २२ गते शुक्रबारको गोरखापत्रदैनिकमा प्रका्िशत गरेको छ । इच्छुक रोजगारदाताहरुले निम्न मिति, समय र स्थानमा गई आवेदन भर्न सकिने छ । यस्तो छ विज्ञापन
मावि तहको ५ विषयको नतिजा सार्वजनिक (नामसहित)
काठमाडौं, चैत १० । शिक्षक सेवा आयोगले आज माध्यमिक तह अन्तर्गत विभिन्न विषयको नतिजा सार्वजनिक गरेको छ । आइतबार एक सूचना जारी गर्दै आयोगले माध्यमिक तह अन्तर्गत स्वास्थ्य, जनसंख्या तथा वातावरणसहित अर्थशास्त्र, कार्यालय संचालन तथा लेखा, संस्कृत भाषा, सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो । आयोगले यस अघि आन्तरिक तर्फ प्राथमिक र निम्न माध्यमिक तहको पनि नतिजा प्रकाशन गरेको थियो । नतिजा हेर्नुस् स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अर्थशास्त्र विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कार्यालय सञ्चालन तथा लेखा विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सामाजिक विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् संस्कृत भाषा विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
समाजवादी संस्कृतिको दिशाबोध गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले संविधानले परिलक्षित गरेको समाजवादी राज्य निर्माणका निम्ति समाजवादी संस्कृतिको दिशाबोध अनिवार्य भएको बताएका छन्। शनिबार दिउँसो सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले काठमाडौँमा आयोजना गरेको शुभारम्भ सांस्कृतिक साँझ २०८१ मा संक्षिप्त मन्तव्य राख्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । सम्बोधनमा प्रधानमन्त्रीले भने, “नेपाली जनताको त्याग र बलिदानको संविधानले समाजवादउन्मुख राज्य निर्माणको सङकल्प गरेको छ। तसर्थ, समाजवादको आधार तयार पार्नका निम्ति सांस्कृतिक रूपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभूत शर्त हो। त्यसका निम्ति समाजवादी संस्कृति निर्माणका पक्षमा सम्पूर्ण वामपन्थी, देशभक्त एवं प्रगतिशील समुदायले योगदान गर्न सक्नुपर्दछ।” सो अवसरमा प्रधानमन्त्रीले संस्थानद्वारा आयोजित सांस्कृतिक साँझले छुट्टै उर्जा र प्रेरणा दिएको बताए। प्रधानमन्त्री प्रचण्डले भने, “यस कार्यक्रममा प्रस्तुत भएका प्रस्तुतिहरूले मलाई छुट्टै उर्जा र प्रेरणा प्रदान भएको छ, कार्यक्रममा विभिन्न भाषाभाषी, सांस्कृतिक विविधता, प्रदेशगत सांस्कृतिक प्रस्तुति, देशभक्तिपूर्ण भावनाले ओतप्रोत प्रस्तुतिले देशको राष्ट्रिय एकता र सांस्कृतिक विविधताको आत्मसातीकरण र प्रवर्धनमा महत्वपूर्ण प्रेरणा प्रदान गरेको मैले ठानेको छु।” सो अवसरमा प्रधानमन्त्रीले नयाँ वर्ष २०८१ सम्पूर्ण नेपालीका निम्ति उर्जा र आत्मविश्वासको वर्ष हुने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरे।
रक्सी पिउनेहरुको कलेजो मात्रै नभएर पिसाब थैली फुटेर पनि मृत्यु हुन सक्ने
धरान– सामान्यतया मदिरा (रक्सी)को लत लागेकाहरुलाई कलेजोमा समस्या हुन्छ। लामो समय रक्सी पिउनेहरुको कलेजो ड्यामेज भएर मृत्युसमेत हुने गरेको छ। तर, लत लागेको होस वा कहिले कहीा मात्र मदिरा पिउने होस्, थाहा नपाई पिसाब थैली फुटेर पनि मृत्यु हुनसक्छ। एक महिनाअघि एक २४ वर्षीय युवकको पिसाब थैली फुटेर मृत्यु भएको हो। ती युवामा सधै मदिरा पिउने लत थिएन। तर उनी दिउँसो निक्कै मदिरा पिएका थिए। मदिरा पिउनेहरुले पानी धेरै पिएका हुन्छन्। राती सुत्ने बेला हुलुका पेट दुखेपनि उनले वास्ता गरेका थिएनन्। बिहान ४ बजेतिर प्यास लागेपछि पानी पिएका थिए। त्यसपछि एक्कासी बेहोस भएका ती युवकको पछि पोष्टमार्टमबाट पिसाब थैली फुटेर मृत्यु भएको खुल्यो। ‘रक्सी पिउनेहरुको मृत्यु यसरी पनि हुनसक्छ, त्यसैले सबैले होस पुर्याउनुपर्छ,’ यो घटनाको केसस्टडी रिपोर्ट तयार गरेका प्रतिष्ठानका सहायक निर्देशक डा.विकास साहले भने,‘थैलो फुटेको केही घण्टा वा दिनसम्म पनि थाहा नहुनसक्छ, तर यसरी फुटेको मानिसको ४७ प्रतिशत मानिसको मृत्यु नै हुन्छ।’ डा.साहका अनुसार रक्सी पिउनेहरुले धेरै पानी पिएका हुन्छन्। त्यस अवस्थामा पिसाब धेरै लाग्नुपर्ने हो। तर, यो घटनामा ती व्यक्तिलाई पिसाब नलागेको र थैली फुटेको अनौठो घटना भएको हो। उनले यो केसस्टडीको पेपर प्रस्तुती बुधबारदेखि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुरु भएको २६ औं स्वास्थ्य विज्ञान सम्मेलनको पहिलो दिन प्रस्तुत गरेका छन्। फरेन्सिक विभागका एसोसिएट प्रोफेसर डा.साहले रक्सी पिउने व्यक्तिको पिसाबथैली फुटेर मृत्यु भएको घटना एकदमै कम हुने बताए। ‘१५, २० वर्षसम्म धेरै रक्सी पिउनेहरुको कलेजो बिग्रने, मृत्यु हुने सामान्य हो, तर २४ वर्षकै उमेरमा त्यस्तो हुदैन,’उनले भने, ‘कहिले कही पिउनेलाई वमिट भएर श्वासनलीमा खानेकुरा गएर अड्किने र सास रोकिएर मृत्यु हुने पनि हुन्छ। यसखालको घटना एकदमै कम हुन्छ। त्यसैले रक्सी सकेसम्म नपिउँ, पिउँदा पनि ख्याल गरौं।’ डा. साहले जस्तै बुधबार विभिन्न बिषयमा प्रतिष्ठानका चिकित्सक, नर्स र विद्यार्थीहरुले शोध तथा अनुसन्धानपत्र प्रस्तुत गरेका छन्। सम्मेलनका संयोजक तथा बालरोग विभाग प्रमुख डा.प्रकाश पौडेलका अनुसार पहिलो दिन कुल ८० वटा अनुसन्धानपत्र प्रस्तुत गरिएको छ। ‘४० वटा ओरल र ४० वटा पेपर प्रेजेन्टेशन भएको छ। यी अनुसन्धानले केही नयाँ कुरा पत्ता लगाएको हुन्छ, त्यसले उपचार र रोकथाममा सहयोगी हुन्छ,’संयोजक डा.पौडेलले भने, ‘हामीले अपनाइरहेको उपचारको विधि, पद्दतीमा सुधार गर्न मात्र होइन, सरकारको स्वास्थ्य नीतिमा सुधार गर्नुपर्ने छ भने पनि यी अनुसन्धान पत्रहरुले मार्गनिर्देश गर्छ।’ बुधबार सम्मेलनको उद्घाटन प्रतिष्ठानका निमित्त उपकुलपति डा.गुरु खनालले गरेका थिए। हरेक वर्ष वार्षिकोत्सवको अवसरमा हुने यो सम्मेलनमा प्रतिष्ठानका चिकित्सक, विद्यार्थी र नर्सहरुले गरेको शोध तथा अनुसन्धान पत्र प्रस्तुत गर्ने गरिन्छ। यसपटक तीन दिनसम्म कुल २ सय १० वटा शोध तथा अनुसन्धान पत्रहरु प्रस्तुत हुने र छलफल गर्ने आयोजकले जनाएको छ। यसपाली प्रतिष्ठानको बालरोग विभागले सम्मेलन आयोजनाको जिम्मा पाएको छ। विपी प्रतिष्ठान विरामीको उपचार गर्ने अस्पताल मात्र नभएर दक्ष जनशक्ति उत्पादन गर्ने पनि थलो हो। साथै, यहाँ निरन्तर स्वास्थ्य अनुसन्धान पनि भइरहेको हुन्छ। वीपी प्रतिष्ठान नेपालकै सबैभन्दा धेरै शोध तथा अनुसन्धानहरु हुने संस्था हो। ‘हाम्रो संस्थाको मिसननै उपचार, पठनपाठन र अनुसन्धान हो, उद्देश्य अनुसारकै काम भइरहेको छ,’ निमित्त उपकुलपति डा.खनालले भने, ‘यी अनुसन्धानहरुले उपचार पद्दतीमा नयाँ आविष्कार गर्छ। संसारमा नभएको कुरा पत्ता लाग्नसक्छ, र उपचार पद्दती नै परिवर्तन गर्छ।’ वर्षेनी हुने यस्ता अनुसन्धानहरु प्रतिष्ठानको इन्स्टिच्युशनल इथिकल कमिटीबाट प्रस्ताव स्वीकृत भएपछि मात्र गर्न पाइन्छ। तीन दिनसम्म प्रस्तुत हुने शोध तथा अनुसन्धान पत्रहरुमध्येबाट उत्कृष्टलाई छनौट गरेर पुरस्कृत गर्ने आयोजक बालरोग विभागका एसिस्टेण्ट प्रोफेसर डा.शंकर यादवले जानकारी दिए। उनका अनुसार शोध तथा अनुसन्धान पत्रहरु प्रतिष्ठानमा भएको र इटहरी, इलाम, जनकपुरलगायत ठाउँमा पनि गरिएका छन्। -अन्नपूर्ण पोष्टबाट
बच्चाकाे माेटाेपना घटाउन बाआमाकाे विशेष भूमिका, यी हुन् सजिलाे टिप्स
बिबिसी । तीन वर्षसम्म आमा–बाबुसँग धेरै घुलमिल गरेका बच्चाहरूको बिएमआई अर्थात् उचाइअनुसारको मोटाइको अनुपात कम भएको पाइएको छ। ब्रिटेनका बालबालिकासम्बन्धी स्वास्थ्यविद्ले गरेको अध्ययनमा खानेकुराबारे बेलैमा सिकाउन सकेमा बालबालिकालाई दीर्घकालीन फाइदा मिल्ने उल्लेख छ। उदाहरणको लागि खाने र सुत्ने बानी बालबालिकामा छिट्टै विकास हुन्छ। बच्चालाई खानेकुरा भोको हुँदामात्रै दिनुपर्छ ताकि फकाउनका लागि दिनुहुँदैन। त्यसो गर्दा उनीहरू ठूलो भएपछि आफ्नो तनाव कम गर्नका लागि पनि खानामै जोड दिन्छन्, जसले मोटोपना निम्त्याउँछ। केमा ध्यान दिने? अमेरिकन मेडिकल एसोसिएसनको जर्नलमा प्रकाशित एउटा अध्ययनमा नर्सहरूले पहिलो पटक बच्चा जन्माएका दुई सय ७९ आमालाई घरमै बच्चा जन्मिएको भए ६ महिनासम्म र क्लिनिकमा भए एकदेखि दुई वर्षसम्म कसरी बच्चाको खानाको आवश्यकता पूरा गर्ने भनी सुझाएका थिए। नर्सहरूको उक्त टोलीले आमाहरूलाई प्राथमिकता दिएको थियो किनभने शिशुको स्याहारसुसारमा सुरुका महिना र वर्षहरूमा बुबाको भन्दा आमाको बढी भूमिका हुन्छ। त्यसरी दिइएका सुझावहरूमा सुत्ने तालिका, भोकाएका बच्चालाई शान्त पार्न वैकल्पिक खानेकुराहरू, बालबालिका भोकाएको थाहा पाउने उपाय, उनीहरूको शारीरिक क्रियाकलापमा के कस्तो ध्यान दिनेलगायत थिए। ती बच्चाहरूलाई त्यसपछि तीन वर्षको उमेरमा जाँच गरिएको थियो। बच्चासँग कसरी व्यवहार गर्ने भनेर उपायहरू सिकाइएका आमाका बच्चाको उचाइ र तौलको अनुपात कम देखियो। यसोे गर्दा बालकहरू भन्दा बालिकाहरू बढी प्रभावित भएको पाइयो। अनुसन्धानकर्ताहरूले ९ वर्षको उमेरसम्म उनीहरूमाथि अनुगमन गरिराख्छन्। बानी बसाल्न आवश्यक यो अध्ययनको नेतृत्व गरेका पेन स्टेट विश्वविद्यालयका इयान पलले हुर्कंदो उमेरका बालबालिकाको मोटोपनको दर यसरी बढिरहेको बेला शिशु अवस्थामै उनीहरूलाई स्वस्थ बानी बसाल्न निकै महत्वपूर्ण हुने बताए। ‘सानै उमेरमा मोटोपना भएका बालबालिकामा उमेर बढ्दै जाँदा पनि मोटोपना रहिरहने खतरा बढी हुन्छ। तर मोटोपनाको यो चक्रमा रोक लगाउन आजीवन प्रयास गर्नुपर्छ,’ उनले भने, ‘बढी तौल भएका भएका बालबालिकाहरू अभिभावक भइसक्दा पनि बढी तौलकै हुन्छन् र उनीहरूबाट जन्मिएका बालबालिका पनि बढी तौलकै हुन्छन्। यो चक्रमा तपाईं कहाँ फेरबदल गर्नुहुन्छ ? हाम्रो अहिलेको अवस्थामा जीवनभरि प्रयास गर्न आवश्यक छ।’ ब्रिटेनमा पनि तथ्याङ्कहरूले समान खालका समस्याहरू देखाउँछन्। प्राथमिक विद्यालय सुरु गर्नुअगावै त्यहाँ झन्डै एक चौथाइ बालबालिकामा मोटोपना वा बढी तौल देखिन्छ भने उनीहरू ११ वर्ष पुग्दा त त्यो संख्या झन्डै एक तिहाइ पुगिसकेको हुन्छ। रोयल कलेज अफ पेडियाट्रिक्स एन्ड चाइल्ड हेल्थकी अध्यक्ष प्राध्यापक निना मोदीले शिशु अवस्थादेखि तीन वर्षसम्म गरिने व्यवहारले सानो तर स्थायी असर पुर्याउने बताएकी छिन्।
यस्ता छन् तरकारी तथा फलफूल खानअघि ध्यान दिनुपर्ने कुरा
विशेषगरी फल तथा तरकारीमा डीडीटी, एचसीएच, एन्डासुलफोन, सिन्थेटिक फिरियथाइराइड आदि दूषित पदार्थ हुन्छन् र यिनले रगतलाई दूषित बनाउँछन् । त्यसैले बालबालिकाहरूमा मस्तिष्कको क्यान्सर हुन सक्छ । महिलाहरूमा पनि छातीको क्यान्सरको सम्भावना रहन्छ । आँपः अहिले आँपको सिजन छ । बजारभरि थरिथरिका आँप उपलब्ध छन् । यद्यपि, हामीले खाने ती आँपहरुलाई प्राकृतिकरुपमै पाकेका हुन् कि जबर्जस्ती पकाइएको हो भन्ने कुरामा ध्यान दिनुपर्छ । आँपका पारखीहरु त्यसको रंग हेरेरै खान योग्य छ कि छैन भन्ने कुरा पत्ता लगाइदिन्छन् । आँपलाई जबर्जस्ती पकाउनका लागि क्याल्सियम कार्वाइड नामक विषादीको प्रयोग गरिन्छ । त्यसैले उक्त विषादीबाट बच्नका लागि हामीले काँचैं आँप किन्न सक्छौं । काँचो आँप किनेर घरमा ल्याएपछि त्यसलाई चामलको बोरा अथवा पत्रिकाले बेरेर अँध्यारो ठाउँमा राख्ने हो भने केही दिनपछि आफैं पाक्छ । स्याउः हरेक दिन एउटा स्याउ खानुलाई स्वस्थकर मानिन्छ, तर हामीले खाने स्याउ नै विषादीरहित हुनु अनिवार्य छ । स्याउलाई विषादीरहित बनाउने उपाय अति नै सरल छ । स्याउ खानुअघि त्यसको बोक्रालाई तासेर फालिदिने हो भने उक्त स्याउ विषादीरहित हुन्छ । आलुः आलुको बोक्रा तासेर राम्ररी धुनुपर्छ । त्यसरी धोएको आलुलाई काटेपछि कम्तीमा पानीमा २० मिनेट भिजाएर राख्नु पर्छ । त्यसपछि पुनः एकपटक राम्ररी पखालेर पकाउनुपर्छ । गोलभेंडाः काँचो गोलभेंडा खानु राम्रो मानिंदैन । खानै परेमा राम्ररी धोएरमात्र खानुपर्छ । विषादी मिसाइएको गोलभेंडा त काँचै खानै हुँदैन । त्यसैले सकेसम्म गोलभेंडालाई पकाएर मात्र खाने गर्नुपर्छ । पालुङ्गोः पालुंगोमा पनि पेस्टिसाइडको मात्रा बढी हुन्छ । त्यसैले पालुङ्गो पकाउनुभन्दा अघि पानीमा राम्ररी पखाल्नुपर्छ । पानीमा पखालेपछि पानी सुख्खा भएपछि त्यसलाई मसिनो टुक्रा पारेर पकाउनुपर्छ । गाजरः काँचो गाजर खानुभन्दा अघि सफा पानीले राम्ररी पखाल्नुपर्छ । गाजरलाई पखालेपछि तास्न पनि सकिन्छ । यदि गाजरलाई पकाउने हो भने केही समय नुनपानीमा डुबाउन पनि सकिन्छ । भन्टाः बजारमा पाइने चिल्लो खालको भन्टा स्वस्थकर हुँदैन । त्यसमा कार्बोफ्लुराइन नामक रसायन प्रयोग गरेर त्यसलाई चम्किलो बनाइएको हुन्छ । त्यस्तो भन्टा नकिन्नु नै उपयुक्त हुन्छ । यदि किनिसकेका छौं भने पानीमा राम्ररी पखालेर चर्को आँचमा पकाउनु पर्छ । बन्दाकोभीः बन्दाकोभीमा बर्खे किरा परेको हुनसक्छ । त्यसैले बन्दाकोभी पकाउँदा बाहिरी आवरणका पातहरुलाई झिकेर फाल्नु पर्छ । बाहिरी आवरणमा विषादीको प्रयोग भएको हुनसक्छ । बाहिरी पात फालेपछि बन्दाकोभीलाई पाँच(छ टुक्रा बनाएर नुनपानीमा केही समय डुबाउनु पर्छ । त्यसपछि पानीबाट बाहिर निकालेर मसिनो टुक्रा पारेर पकाउँदा उक्त बन्दा स्वस्थकर हुन्छ । एजेन्सीबाट
रहेनन् साहित्यकार प्रकट पगेनी ‘शिव’
पोखरा । पोखराका साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएका पङ्गेनीको उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको हो । कविता, गीतसहित शृंगारिक गजलमार्फत प्रख्यात उनको उपचारका लागि समस्या भएपछि आर्थिक संकलन अभियान पनि चलाइएको थियो । आर्थिक अवस्था कमजोर भएपछि साहित्यकार शिवको परिवारको आग्रहमा पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा आर्थिक संकलन गरिएको थियो । प्रकटका कविता, गजलका किताबहरु प्रकाशित छन् । उनले लेखेका ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ जस्ता गीतहरु निकै चर्चित छन् ।
लगानी सम्मेलनले नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट
काठमाडौँ । सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ । लगानी बोर्ड नेपालको मुख्य आयोजना र नेपाल उद्योग वाणिज्य महासङ्घ सहआयोजनामा भएको यस सम्मेलनमा नेपाललगायतका विभिन्न ६० मुलुकका करिब एक हजार चार सयभन्दा बढी लगानीकर्ताको सहभागिता छ। सम्मेलनमा लगानीकर्ताको अपेक्षित सहभागिताले सरकार उत्साही भएको छ । यसै सन्दर्भमा लगानीबोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० सुशील भट्टसँग राससकर्मी भीष्मराज ओझा र प्रगति ढकालले सम्मेलनस्थलमा गरेको कुराकानीको सम्पादित अंशः लगानी सम्मेलनमा कस्तो भइरहेको छ ? हिजोदेखि काठमाडौँमा चलिरहेको तेस्रो लगानी सम्मेलनमा करिब ६० मुलुक लगानीकर्ता नेपालमा आउनुभएको छ । एकै छनामुनी भेला भएर नेपालका विभिन्न क्षेत्रमा लगानी सम्मेलनका विषयमा छलफल, बहस तथा पैरवी भइरहेको छ । सम्मेलनमा दिन एक हजार चार सयभन्दा बढी व्यक्ति सहभागी हुनुभएको थियो । सम्मेलनस्थलमा २३ वटा स्टल (प्रदर्शनी कक्ष)राखिएका छन् । सहभागी एवम् लगानीकर्ताले ती प्रदर्शनीकक्षमार्फत् विभिन्न परियोजनाबारे बिस्तृत जानकारी लिनसक्ने व्यवस्थासमेत मिलाइएको छ । सम्मेलनका क्रममा आशयपत्र आह्वान गरिएका १९ वटा परियोजनासहित कूल एक सय ५४ परियोजना प्रस्तुत गरिएको छ । सम्मेलनमा लगानीकर्तामा उत्साह कस्तो भएको पाउनुभएको छ ? सम्मेलनमा उपस्थित लगानीकर्ता उत्साही देखिनुभएको छ । जसले नेपाल भरपर्दो लगानीको गन्तव्य रहेको सन्देशसमेत प्रवाह भएको छ । उद्घाटन सत्रमा पनि लगानीकर्तामा उत्साह देखिन्थ्यो । सम्मेलनको उद्घाटन सत्रकै क्रममा भएका मुख्य दुई ओटा सम्झौताले सुरुवातमा नै सम्मेलन फलदायी रहने सन्देशसमेत प्रवाह भएको समेत भएको छ । ती सम्झौतामध्ये डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको थियो । उक्त सम्झौतामा बिएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गर्नुभएको थियो । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेशनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धनका लागि सहकार्य गर्नेसम्बन्धी अर्को सम्झौता भएको थियो । यो सम्झौतामा भने महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री मलेसियाका अध्यक्ष तान श्री दातो थायन लाइले हस्ताक्षर गर्नुभएको हो । सम्मेलनको पहिलो दिन सञ्चालन भएको ‘सक्सेस स्टोरिज अफ इन्भेस्टमेन्ट इन नेपाल’ विषयक सत्रमा बोल्दै स्वदेशी तथा विदेशी लगानीकर्ताले नेपालमा आफूहरुले गरेका सफल व्यवसायका बारेमा जानकारी गराउँदै प्रचुर लगानीको सम्भावनाबारे पनि धारणा व्यक्त गर्नुभएको थियो । यसले पनि लगानीकर्तामा उत्साह थपिएको देखिन्छ । सम्मेलनमा लगानीकर्ताको उत्साहले कस्तो महसुस भएको छ ? यसले हामीलाई अझै थप जिम्मेवार बनाएको महसुस गराएको छ । हामीसँग प्रचुर मात्रामा सम्भावना रहेका क्षेत्रमा मुलुकको आर्थिक सामाजिक विकासका लागि कस्तो परियोजना या उद्योग खोल्न आवश्यक छ । आन्तरिक खपतका लागि होस् या निर्यात गर्ने हिसाबले नै किन नहोस् उद्योग स्थापनाको जरुरी भइसकेको छ । यस्ता परियोजनाको हकमा राज्यका सबै निकायको जिम्मेवार बढेर गएको छ । त्यस्तै स्वदेशी निजी क्षेत्रको पनि जिम्मेवारी बढेर गएको छ । सम्मेलन उद्घाटनकै दिन जारी भएको लगानीसम्बन्धी अध्यादेशको प्रभाव कस्तो रह्यो ? लगानी सम्मेलनको उद्घाटन सुरु हुँदै गर्दा लगानीलाई सहजीकरणका लागि जारी अध्यादेशले नीतिगत सुधारको हकमा राम्रो सन्देश प्रवाह भएको छ । यसले नेपालमा लगानीका लागि नीतिगत सहजता र लगानीमैत्री वातावरणबारेमा स्पष्ट पारेको छ । सम्मेलनमा हामीले एक सय ५४ ओटा परियोजना सोकेस गरिसकेका छौँ । सम्मेलन गर्नुपूर्व सोकेस गर्न लागिएका परियोजनाको उद्देश्य के हो ? यसको अपेक्षित उपलब्धि के हुनसक्छ? यसले दुर्गगामी प्रभाव के पर्नसक्छ ? भन्नेबारे गृहकार्य गरेर नै हामी अगाडि बढिरहेका थियौं ।सम्मेलनपछि प्रतिबद्धता कार्यान्वयनको अवस्था कसरी अगाडि बढ्छ ? सम्मेलनपछि हामीले निरन्तर ‘फलोअफ’ संयन्त्रका साथ अगाडि बढ्छौँ । उदाहरणका लागि लगानी बोर्डसँग गाँसिएको या कार्यक्षेत्रमा भएका १२ ओटा परियोजानाको हकमा ४५ दिनको म्याद दिएर आइतबार नै सूचना प्रकाशन पनि गरिसकेका छौँ । त्यो सुरु भइसकेपछि ती प्रस्तावकको आर्थिक प्राविधिक पक्षलाई मूल्याङ्कन गरेर सूचीकृत गर्नेछौं । त्यसमा सिलबन्दी प्रस्ताव माग गर्ने छाँै र ठोस् आयोजनाबाट अगाडि बढ्ने छौं । कस्ता परियोजनामा लगानीकर्ता बढी उत्साहित देखिन्छन् ? हामीसँग बिजनेस टु बिजनेस प्लेटफममार्फत पनि गुणस्तरीय परियोजना छन् । नेपालमा कार्यान्वयनयोग्य परियोजना पनि प्रशस्त छन् । ती परियोजना पनि उहाँले सोकेस गर्दै हुनुहुन्छ । जस्तै इप्पानका पनि ३१ ओटा परियोजना छन् । यी परियोजनामा बजारको स्रोत सुनिश्चित भइसकेपछि पनि वित्त स्रोत, ऋण पुँजी, वा स्वपुँजी, र अरु लगानी साझेदार खोज्ने थलो त यही सम्मेलन हो । लगानीकार्ताका प्रथामिकताका कस्ता क्षेत्र देखिएका छन् ? सम्मेलनमा प्रस्तुत गरिएको परियोजनामध्ये अहिले आशयपत्र माग गरिएको छ । यी परियोजनाको हकमा एक खालको निश्चित अवधिपछि मात्रै स्पष्ट हुन सकिएला । तर उहाँहरुको चाहना बहुपरियोजनामा नै देखिएको छ । निश्चित रुपमा हाम्रो लगानीको प्रचुर सम्भावना भएको क्षेत्र जलस्रोत र पर्यापर्यटन पनि हो । यो दुई निजी क्षेत्रबीच भएको सम्झौताले पनि प्रष्ट पार्छ । पर्यटन विकासका लागि सुविधासम्पन्न पूर्वाधार विकासका लागि लगानी गर्न उत्सुक देखिनुभएको छ । अर्को उहाँहरुको चाहना भनेको सूचना प्रविधि क्षेत्रमा पनि छ । योसँगै जलविद्युत् आयोजनामा पनि उहाँहरुको चासो छ। नेपालले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गरेर मुलुकको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । सम्मेलनको उद्घाटन समाहरोलाई सम्बोधनको क्रममा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रचुर अवसरको उल्लेख गर्नुभएको थियो । यसले पनि निजी लगानीकर्तामा उत्साह थपिएको देखिन्छ । उनले जलविद्युत् उत्पादनको प्रचुर सम्भावनाले नवीकरणीय र स्वच्छ ऊर्जा आपूर्तिको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यस्तै पर्यटन क्षेत्रकोमार्फत पनि समृद्ध हासिल गर्ने उहाँको जोड रहेको छ । नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भए पनि हालसम्म तीन हजार दुई सय मेगावाट मात्रै उत्पादन भएको छ। करिब पाँच हजार पाँच सय ६८ मेगावाटका ठूला आयोजना सार्वजनिक–निजी साझेदारी (पीपीपी)मा निर्माण चरणमा छन् । सम्मेलनको उद्घाटन समाहरोमा नेपालको तर्फबाट भारत र चीनसँग जोड्ने अन्तरदेशीय प्रसारण लाइनहरूले ऊर्जा आदानप्रदानलाई सहज बनाउनेमा जोड दिइएको थियो । यस क्षेत्रभित्र विद्युत् सहकार्यलाई सहज तुल्याउन भारतसँग विद्युत् व्यापार सम्झौता, चीनसँग समझदारी र बङ्गलादेशसँग विद्युत् निर्यात समझदारीमा हस्ताक्षर गरिएको छ । यसले पनि जलविद्युत् परियोजनालाई प्रथामिकता दिइएको देखिन्छ । लगानी सम्मेलनको मुख्य सन्देश के हो ? लामो समयपछि गरिएको यो सम्मेलनले साझेदार निकायमा लगानीको सकरात्मक सन्देश प्रवाह भएको छ । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरुसँगको साइडलाइन बैठकसमेत भएको छ । यसले लगानीमैत्री वातावरण भएको सन्देश दिएको छ । सम्मेलनमा विकास साझेदारको सक्रिय सहभागिताले उत्साहित भएका छौँ । विकास साझेदार, लगानीकर्ता र सरोकारवालाको उल्लेख्य उपस्थितिले लगानी सम्मेलन सफल भएको ठानेका छौँ । सम्मेलनमा भएको उपस्थितिले नेपाल लगानीका लागि विश्वकै उत्कृष्टमध्येको लगानी गन्तव्य भएको पुष्टि गरेको छ ।
स्नातक तह दोस्रो वर्षको परीक्षा सर्यो
काठमाडौं। त्रिभुवन विश्वविद्यालयले स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको छ। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा प्रणाली अनुरूप २०८० चैत्र २८ गतेदेखि सञ्चालन हुने भनिएको स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको हो। पूर्व प्रकाशित परीक्षा तालिका प्राविधिक कारणले २०८१ वैशाख १६ गते देखि सञ्चालन हुने गरी पुनः परिमार्जन भएको पनिकाले जनाएको छ। परीक्षा दिउसो १२ बजेदेखि दिउसो ३ बजेसम्म चल्नेछ। परीक्षा दिनुपर्ने केही परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्न छुटेको भन्दै पनिकाले चैत ३० गतेभित्र क्याम्पसमा फारम बुझाउन आग्रह समेत गरेको छ ।
चोरेको एक तोला सुन निलेपछि...
पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ। चोरी गर्न गएका फिदिम नगरपालिका - १ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमित कुशवाहाका अनुसार, गएको चैत २८ गते योङ्या फिदिम–२ की विष्णुकुमारी तामाङको घरमा चोरी गर्न पसेका थिए। परिवारका सदस्यले योङ्याले सुनका गरगहना भएको स्टिलको दराजबाट सामग्री निकाल्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । यसक्रममा योङ्याको साथबाट १५ हजार रुपैयाँ नगद बरामद गरिएको थियो। तामाङका गरगहनामध्ये एक तोलाको सुन फेला परेन। चोरी गर्न गएका योङ्याले उक्त सुन निलेको आशंकापछि जिल्ला अस्पताल फिदिममा एक्स - रे गरिएको थियो। एक्स - रे गर्दा योङ्याको पेटमा धातु देखिएको थियो। “निलेको करिब ३६ घण्टापछि दिसाबाट उक्त सुन निकालिएको थियो,” सूचना अधिकारी कुशवाहाले भने। उक्त सुन प्रहरीले फिदिमकै सुनचाँदी पसलमा परीक्षण गराएको थियो। चैत २८ गते भएको उक्त घटनापछि चोरीसम्बन्धी सबै अनुसन्धान पूरा गरी जिल्ला प्रहरी कार्यालय पाँचथरले योङ्याविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। जिल्ला अदालतले वैशाख २३ गते (हिजो) प्रतिवादी योङ्यालाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, धरौटी रकम जम्मा गर्न नसपछि उनलाई पुर्पक्षका लागि जिल्ला कारागार पाँचथरमा थुनामा पठाइएको सूचना अधिकारी कुशवाहाले बताए। रासस
गोलभेडाको एउटा डालोका कारण भयो झगडा, २० जनाको मृत्यु, दर्जनौं घाइते
काठमाडौं । गोलभेडाको एउटा टोकरीका कारण भएको झगडाले हिंसात्मक रुप लिँदा २० जनाको मृत्यु भएको छ । अफिकाको नाइजेरियामा भएको यो घटना निकै दुखदायी छ । गत महिना एकजना व्यक्ति टोकरीमा गोलभेडा लगेर दक्षिण–पश्चिम सहर इबादानको बजारमा गइरहेको बेला दुर्घटना हुँदा गोलभेडा सडकमा खसेपछि घटना घटेको थियो । सडकमा टमाटर खसेपछि नजिकैका पसले र काम गर्ने केटाहरुसँग बहस चर्कियो । विवादले उग्ररुप लिएपछि एकजना कामदारको मृत्यु भएको थियो । तर यो विवाद यत्तिमै सिमित रहेन । लगत्तै उक्त कामदारको समुदायले गोलभेडा बोकेका मानिसका समुदायसँग विवाद शुरु गरे । तनाव यति चुलियो कि उक्त घटनाको ४ घण्टाभित्रै देशको उत्तरका मुसलमान र दक्षिणका क्रिश्चियन बाँडिए । कैयन क्षेत्रमा मारपीट र पसल जलाउने घटना शुरु भए । यो हिंसामा अहिलेसम्म २० जनाको मृत्यु भइसकेको । हजारौं मानिस भागेका छन् । यता किसान र व्यापारीहरुले खाद्य सामग्रीको आपूर्ति ठप्प गरेका छन् । सानो कुरामा भएको झगडाले साम्प्रदायिक हिंसाको रुप लिएपछि यसको असर सबैतर्फ परेको छ । नाइजेरियाको सबैभन्दा ठूलो सहर लागोसमा मासु पाइन छोडेको छ । गोलभेडाको मूल्य चर्केको छ । उत्तरी क्षेत्रमा सबैभन्दा बढी गोलभेडा उत्पादन हुने भएपनि त्यो त्यत्तिकै खेतमा कुहिन पुगेको छ ।
दुई प्रेमिकासँग एउटै मण्डपमा बिहे !
एजेन्सी : भारतको छत्तीसगढमा बिहेलाई लिएर एउटा अनौठो घटना भएको छ । यहाँका एक युवकले आफ्नो दुईवटै प्रेमिकासँग बिहे गरेका छन् । तर, दुवै प्रेमिकालाई एउटै पति भएकोमा कुनै आपत्ति छैन । तीनैजना सँगै जीवन बिताउन चाहन्छन् । चन्दु नामका ती युवकले दुई युवतीसँग एकैपटक प्रेम गरेका थिए । ३ वर्षअघि उनले तोकापल क्षेत्रमा बिजुलीको पोल गाड्न गएका थिए । त्यहाँ हुँदा उनले २१ वर्षीया सुन्दरी कश्यपलाई भेटे । दुई साथी भए र प्रेम सुरु भयो । त्यसपछि चन्दु अर्की युवतीको प्रेममा परे । उनको गाउँमा एउटा विवाह समारोह थियो । जहाँ उनले २० वर्ष पुराना हसिना बघेललाई भेटे । हसिनाले आफ्नो भविष्यको साथीलाई चन्दुमा देख्न थालिन् । चन्दु पनि उनीसँग सहज भए । यद्यपि चन्दुले हसीनालाई उनको प्रेमिकाको बारेमा बताउने गर्थे । हसिनालाई यसमा कुनै आपत्ति थिएन । चन्दु आफ्नो पहिलो प्रेमिकालाई धोका दिन चाहँदैनथे त्यसैले उनले सुन्दरी र हसीनालाई भेटेर सम्पूर्ण कुरा बताए । अचम्म लाग्ने कुरा के हो भने कि दुवै युवतीले यसलाई सहज लिए । दुवैसँग चन्दुको बिहे भयो । एउटै मण्डपमा दुवै प्रेमिकालाई बेहुली बनाएपछि भारतभर चन्दु चर्चामा छन् ।