एसईईको परिक्षा तालिका सार्वजनिक(तालिका सहित)
काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक गरेको हो । परीक्षा आगामी वैशाख ९ गते शुक्रबारबाट हुने कार्यालयले जनाएको थियो ।
परीक्षाको प्रथम दिन अनिवार्य अंग्रेजी परेको छ । सोही दिन अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा छ । त्यस्तै, दोस्रो दिन अनिवार्य गणितको परीक्षा राखिएको छ ।
परीक्षार्थीहरुले ११ वटा विषयको परीक्षा दिनुपर्नेछ । कार्यालयका अनुसार परीक्षा वैशाख २० गते सकिने छ ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । राष्ट्रिय परीक्षा बोर्डले हिजो एक सुचना जारि गर्दै वैशाख ९ गतेबाट परिक्षा संचालन गर्ने बताएको थियो ।
यस्ता छन् तरकारी तथा फलफूल खानअघि ध्यान दिनुपर्ने कुरा
विशेषगरी फल तथा तरकारीमा डीडीटी, एचसीएच, एन्डासुलफोन, सिन्थेटिक फिरियथाइराइड आदि दूषित पदार्थ हुन्छन् र यिनले रगतलाई दूषित बनाउँछन् । त्यसैले बालबालिकाहरूमा मस्तिष्कको क्यान्सर हुन सक्छ । महिलाहरूमा पनि छातीको क्यान्सरको सम्भावना रहन्छ । आँपः अहिले आँपको सिजन छ । बजारभरि थरिथरिका आँप उपलब्ध छन् । यद्यपि, हामीले खाने ती आँपहरुलाई प्राकृतिकरुपमै पाकेका हुन् कि जबर्जस्ती पकाइएको हो भन्ने कुरामा ध्यान दिनुपर्छ । आँपका पारखीहरु त्यसको रंग हेरेरै खान योग्य छ कि छैन भन्ने कुरा पत्ता लगाइदिन्छन् । आँपलाई जबर्जस्ती पकाउनका लागि क्याल्सियम कार्वाइड नामक विषादीको प्रयोग गरिन्छ । त्यसैले उक्त विषादीबाट बच्नका लागि हामीले काँचैं आँप किन्न सक्छौं । काँचो आँप किनेर घरमा ल्याएपछि त्यसलाई चामलको बोरा अथवा पत्रिकाले बेरेर अँध्यारो ठाउँमा राख्ने हो भने केही दिनपछि आफैं पाक्छ । स्याउः हरेक दिन एउटा स्याउ खानुलाई स्वस्थकर मानिन्छ, तर हामीले खाने स्याउ नै विषादीरहित हुनु अनिवार्य छ । स्याउलाई विषादीरहित बनाउने उपाय अति नै सरल छ । स्याउ खानुअघि त्यसको बोक्रालाई तासेर फालिदिने हो भने उक्त स्याउ विषादीरहित हुन्छ । आलुः आलुको बोक्रा तासेर राम्ररी धुनुपर्छ । त्यसरी धोएको आलुलाई काटेपछि कम्तीमा पानीमा २० मिनेट भिजाएर राख्नु पर्छ । त्यसपछि पुनः एकपटक राम्ररी पखालेर पकाउनुपर्छ । गोलभेंडाः काँचो गोलभेंडा खानु राम्रो मानिंदैन । खानै परेमा राम्ररी धोएरमात्र खानुपर्छ । विषादी मिसाइएको गोलभेंडा त काँचै खानै हुँदैन । त्यसैले सकेसम्म गोलभेंडालाई पकाएर मात्र खाने गर्नुपर्छ । पालुङ्गोः पालुंगोमा पनि पेस्टिसाइडको मात्रा बढी हुन्छ । त्यसैले पालुङ्गो पकाउनुभन्दा अघि पानीमा राम्ररी पखाल्नुपर्छ । पानीमा पखालेपछि पानी सुख्खा भएपछि त्यसलाई मसिनो टुक्रा पारेर पकाउनुपर्छ । गाजरः काँचो गाजर खानुभन्दा अघि सफा पानीले राम्ररी पखाल्नुपर्छ । गाजरलाई पखालेपछि तास्न पनि सकिन्छ । यदि गाजरलाई पकाउने हो भने केही समय नुनपानीमा डुबाउन पनि सकिन्छ । भन्टाः बजारमा पाइने चिल्लो खालको भन्टा स्वस्थकर हुँदैन । त्यसमा कार्बोफ्लुराइन नामक रसायन प्रयोग गरेर त्यसलाई चम्किलो बनाइएको हुन्छ । त्यस्तो भन्टा नकिन्नु नै उपयुक्त हुन्छ । यदि किनिसकेका छौं भने पानीमा राम्ररी पखालेर चर्को आँचमा पकाउनु पर्छ । बन्दाकोभीः बन्दाकोभीमा बर्खे किरा परेको हुनसक्छ । त्यसैले बन्दाकोभी पकाउँदा बाहिरी आवरणका पातहरुलाई झिकेर फाल्नु पर्छ । बाहिरी आवरणमा विषादीको प्रयोग भएको हुनसक्छ । बाहिरी पात फालेपछि बन्दाकोभीलाई पाँच(छ टुक्रा बनाएर नुनपानीमा केही समय डुबाउनु पर्छ । त्यसपछि पानीबाट बाहिर निकालेर मसिनो टुक्रा पारेर पकाउँदा उक्त बन्दा स्वस्थकर हुन्छ । एजेन्सीबाट
नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्वपूर्ण स्थल हो : मन्त्री शर्मा
काठमाडौं ।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्वपूर्ण स्थल भएको बताएकी छिन् । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सुरु भएको सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै उनले छायाँकन स्थल र कथावस्तु दुबै हिसाबले नेपाल चलचित्रका लागि महत्वपूर्ण स्थल भएको बताइन्। ‘हिमाल, पहाड र तराईको भौगोलिक विविधिताको अनुपम संगम हुनुका साथै प्राकृतिक र सांस्कृतिक हिसाबले विश्वमै समृद्ध मुलुक नेपाल चलचित्र छायाँकनका लागि महत्वपूर्ण स्थल हो’– मन्त्री शर्माले भनिन्– ‘यहाँका रमणीय प्राकृतिक सम्पदाको सामीप्यतामा गरिने छायांकन मात्र होइन, कहिल्यै पराधिन बन्नु नपरेको नेपाल राष्ट्रको गौरवशाली इतिहास तथा सामाजिक सांस्कृतिक सम्पदाको अखण्ड विरासत चलचित्रका लागि महत्वपूर्ण कथावस्तु पनि हुन् ।’ मानव जातिका दुःखका कारण र यसको समाधानको विधि पत्ता लगाएर विश्वलाई सुख र शान्तिको सन्देश दिने गौतम बुद्धको जन्मस्थल नेपाल बहुभाषिक, बहुसाँस्कृतिक र बहुजातीय मुलुक रहेको औल्याउँदै उनले नेपाली संस्कृतिको अभिन्न अंगको रुपमा रहेका मूर्त र अमूर्त सबै सम्पदाहरु चलचित्रका महत्वपूर्ण कथावस्तु र छायांकनका लागि मनोरम स्थल रहेको बताइन्। नेपाली चलचित्रले यहाँको सामाजिक, साँस्कृतिक, आर्थिक समुन्नति तथा आपसी सद्भाव कायम गर्न ठूलो योगदान दिंदै आएको उललेख गर्दै मन्त्री शर्माले थपिन्– ‘नेपाली चलचित्र क्षेत्रलाई मर्यादित, व्यावसायिक बनाउन र मौलिक एवं स्तरीय नेपाली चलचित्र निर्माणमा अभिप्रेरित गर्न तथा यसको बजारीकरणमा समयसापेक्ष विकास गर्दै लैजान सबैको उत्तिकै योगदान र सकारात्मक भूमिका अपरिहार्य रहन्छ ।’ अब नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारीकरणमा ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिंदै मन्त्री शर्माले उच्चतम प्रविधिको प्रयोग गरेर गुणस्तरीय चलचित्र बनाउने र विश्व बजारमा नेपाली चलचित्रलाई विस्तार गर्ने दुबै काम महत्वपूर्ण भएको बताइन्। ‘नेपाली चलचित्रको विश्वब्यापी बजारीकरणले एकातिर चलचित्र क्षेत्रको आर्थिक उनन्नयनमा टेवा पुग्नेछ भने अर्कोतिर पूर्वीय संस्कृतिको प्रवर्धन र विस्तारमा सहयोग पुग्नेछ’– मन्त्री शर्माले भनिन्– ‘सूचना प्रविधिका कारण सिर्जित विश्वब्यापीकरणले नेपालजस्ता प्राचीन मुलुकहरुको मौलिक संस्कृति लोप हुने खतरा बढ्दै गएको छ । त्यसो हुन नदिन हाम्रा मौलिक संस्कृतिसँग जोडिएका कथावस्तुमा धेरैभन्दा धेरै चलचित्र निर्माण गर्ने र त्यसको अन्तर्राष्ट्रिय बजारीकरणमा ध्यान दिनुपर्ने आवश्यकता छ ।’ सरकारले नेपाली चलचित्र क्षेत्रलाई थप रचनात्मक र सिर्जनशील बनाउन सहयोग पुग्ने गरी स्टोरी बैंक स्थापना र ऐतिहासिक चलचित्र तथा वृत्तचित्र निमाणलाई प्रोत्साहन, काभ्रेमा चलचित्र छायाङ्कन स्टुडियो र दोलखा चलचित्र नगरी आयोजना, बाल चलचित्र महोत्सव जस्ता कार्यक्रम अघि सारेको जानकारी दिंदै उनले यो वर्षदेखि चलचित्रको माध्यमबाट सामाजिक सांस्कृतिकरुपान्तरणमा योगदान पुर्याउने चलचित्रकर्मीहरुलाई सम्मानको कार्यक्रम पनि थालिएको बताइन् । सरोकारवालासँगको परामर्शमा चलचित्र क्षेत्रसँग सम्बन्धित कानुन परिमार्जनमा सरकारले गृहकार्य सुरु गरेको जानकारी दिंदै मन्त्री शर्माले यस क्षेत्रा आउने नीति र कानुनमा विरोध र समर्थन मात्रै भन्दा रचनात्मक सुझाव पनि विज्ञ र सरोकारवालाहरुलाई आग्रह गरिन्। महोत्सव चैत ५ गतेसम्म चल्ने छ ।
काठमाडौंमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षाको सम्भावना रहेको हो । आज देशका धेरै स्थामा बदली र पहाडी भू–भागमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागको थोरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागका अनुसार वाग्मती प्रदेशमा पनि वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा दिउँसो छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
‘उपहार’ को ‘खाडीमा भेटौंला’ सार्वजनिक
काठमाडौं । गत शुक्रबार देखि रिलिज भएकोे फिल्म ‘उपहार’ को ‘खाडीमा भेटांैला’ गीत ओएसआर डिजिटलमार्फत मंगलबार सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मोहन नेपालीको स्वर, अर्जुन पोखरेलको संगीत र प्रमोद ढुंगानाको शब्द छ । गीतको भिडियोमा रेखा थापा, मुकुन भुषाल र राइडर प्रशान्त फिचर्ड छन् । ज्ञानेन्द्र देउजाद्वारा निर्देशित यो फिल्म यतिबेला देशभरका हलहरुमा सफलताका साथ प्रदर्शन भैरहेको छ । रेखा फिल्मस र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन, अनुपम गौतमको भीएफएक्स, रोशन श्रेष्ठको द्वन्द्व, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद छ । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गरेको छ ।
दुई प्रेमिकासँग एउटै मण्डपमा बिहे !
एजेन्सी : भारतको छत्तीसगढमा बिहेलाई लिएर एउटा अनौठो घटना भएको छ । यहाँका एक युवकले आफ्नो दुईवटै प्रेमिकासँग बिहे गरेका छन् । तर, दुवै प्रेमिकालाई एउटै पति भएकोमा कुनै आपत्ति छैन । तीनैजना सँगै जीवन बिताउन चाहन्छन् । चन्दु नामका ती युवकले दुई युवतीसँग एकैपटक प्रेम गरेका थिए । ३ वर्षअघि उनले तोकापल क्षेत्रमा बिजुलीको पोल गाड्न गएका थिए । त्यहाँ हुँदा उनले २१ वर्षीया सुन्दरी कश्यपलाई भेटे । दुई साथी भए र प्रेम सुरु भयो । त्यसपछि चन्दु अर्की युवतीको प्रेममा परे । उनको गाउँमा एउटा विवाह समारोह थियो । जहाँ उनले २० वर्ष पुराना हसिना बघेललाई भेटे । हसिनाले आफ्नो भविष्यको साथीलाई चन्दुमा देख्न थालिन् । चन्दु पनि उनीसँग सहज भए । यद्यपि चन्दुले हसीनालाई उनको प्रेमिकाको बारेमा बताउने गर्थे । हसिनालाई यसमा कुनै आपत्ति थिएन । चन्दु आफ्नो पहिलो प्रेमिकालाई धोका दिन चाहँदैनथे त्यसैले उनले सुन्दरी र हसीनालाई भेटेर सम्पूर्ण कुरा बताए । अचम्म लाग्ने कुरा के हो भने कि दुवै युवतीले यसलाई सहज लिए । दुवैसँग चन्दुको बिहे भयो । एउटै मण्डपमा दुवै प्रेमिकालाई बेहुली बनाएपछि भारतभर चन्दु चर्चामा छन् ।
गोलभेडाको एउटा डालोका कारण भयो झगडा, २० जनाको मृत्यु, दर्जनौं घाइते
काठमाडौं । गोलभेडाको एउटा टोकरीका कारण भएको झगडाले हिंसात्मक रुप लिँदा २० जनाको मृत्यु भएको छ । अफिकाको नाइजेरियामा भएको यो घटना निकै दुखदायी छ । गत महिना एकजना व्यक्ति टोकरीमा गोलभेडा लगेर दक्षिण–पश्चिम सहर इबादानको बजारमा गइरहेको बेला दुर्घटना हुँदा गोलभेडा सडकमा खसेपछि घटना घटेको थियो । सडकमा टमाटर खसेपछि नजिकैका पसले र काम गर्ने केटाहरुसँग बहस चर्कियो । विवादले उग्ररुप लिएपछि एकजना कामदारको मृत्यु भएको थियो । तर यो विवाद यत्तिमै सिमित रहेन । लगत्तै उक्त कामदारको समुदायले गोलभेडा बोकेका मानिसका समुदायसँग विवाद शुरु गरे । तनाव यति चुलियो कि उक्त घटनाको ४ घण्टाभित्रै देशको उत्तरका मुसलमान र दक्षिणका क्रिश्चियन बाँडिए । कैयन क्षेत्रमा मारपीट र पसल जलाउने घटना शुरु भए । यो हिंसामा अहिलेसम्म २० जनाको मृत्यु भइसकेको । हजारौं मानिस भागेका छन् । यता किसान र व्यापारीहरुले खाद्य सामग्रीको आपूर्ति ठप्प गरेका छन् । सानो कुरामा भएको झगडाले साम्प्रदायिक हिंसाको रुप लिएपछि यसको असर सबैतर्फ परेको छ । नाइजेरियाको सबैभन्दा ठूलो सहर लागोसमा मासु पाइन छोडेको छ । गोलभेडाको मूल्य चर्केको छ । उत्तरी क्षेत्रमा सबैभन्दा बढी गोलभेडा उत्पादन हुने भएपनि त्यो त्यत्तिकै खेतमा कुहिन पुगेको छ ।
समाजवादी संस्कृतिको दिशाबोध गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले संविधानले परिलक्षित गरेको समाजवादी राज्य निर्माणका निम्ति समाजवादी संस्कृतिको दिशाबोध अनिवार्य भएको बताएका छन्। शनिबार दिउँसो सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले काठमाडौँमा आयोजना गरेको शुभारम्भ सांस्कृतिक साँझ २०८१ मा संक्षिप्त मन्तव्य राख्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । सम्बोधनमा प्रधानमन्त्रीले भने, “नेपाली जनताको त्याग र बलिदानको संविधानले समाजवादउन्मुख राज्य निर्माणको सङकल्प गरेको छ। तसर्थ, समाजवादको आधार तयार पार्नका निम्ति सांस्कृतिक रूपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभूत शर्त हो। त्यसका निम्ति समाजवादी संस्कृति निर्माणका पक्षमा सम्पूर्ण वामपन्थी, देशभक्त एवं प्रगतिशील समुदायले योगदान गर्न सक्नुपर्दछ।” सो अवसरमा प्रधानमन्त्रीले संस्थानद्वारा आयोजित सांस्कृतिक साँझले छुट्टै उर्जा र प्रेरणा दिएको बताए। प्रधानमन्त्री प्रचण्डले भने, “यस कार्यक्रममा प्रस्तुत भएका प्रस्तुतिहरूले मलाई छुट्टै उर्जा र प्रेरणा प्रदान भएको छ, कार्यक्रममा विभिन्न भाषाभाषी, सांस्कृतिक विविधता, प्रदेशगत सांस्कृतिक प्रस्तुति, देशभक्तिपूर्ण भावनाले ओतप्रोत प्रस्तुतिले देशको राष्ट्रिय एकता र सांस्कृतिक विविधताको आत्मसातीकरण र प्रवर्धनमा महत्वपूर्ण प्रेरणा प्रदान गरेको मैले ठानेको छु।” सो अवसरमा प्रधानमन्त्रीले नयाँ वर्ष २०८१ सम्पूर्ण नेपालीका निम्ति उर्जा र आत्मविश्वासको वर्ष हुने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरे।
चलचित्र गोर्खा वारियर हेरेपछि गृहमन्त्री श्रेष्ठले भने –‘यस्ता फिल्म अझै बनुन्’
काठमाडौं, १९ फागुन । चार भाषामा निर्माण भएको चलचित्र गोर्खा वारियर शुक्रबार देखि दोश्रो सातामा प्रदर्शन भईरहेको छ । यो चलचित्र दोश्रो साता पनि देशका करिब ६५ वटा सिनेमा हलमा प्रदर्शन भईरहेको यसका निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् । यसैबीच उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार अपरान्ह जमलस्थित विश्वज्योति सिनेप्लेक्समा चलचित्र ‘गोर्खा वारियर’ हेरेका छन् । यो चलचित्रलाई यस अघि काठमाडौंको प्रिमियरमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली, संस्कृति मन्त्री सुदन किराती, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, साँसद ज्ञानेन्द्र बहादुर शाहीसहित विभिन्न नेताले हेरेर यो चलचित्रको तारिफ गरेका थिए । शुक्रबार बेलुका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोर्खा वारियर हेरेपद्धि चलचित्रको तारिफ गरेका छन्। चलचित्र हेरेपछि गृहमन्त्री श्रेष्ठले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने,‘ गोर्खा वारियर चलचित्रमा वीरताको कथासँगै नेपाली मौलिकता, गाउँको परिवेश, संस्कृतिलाई समावेश गरिएको छ । निर्माण पक्षलाई बधाई दिदै यस्ता फिल्म निर्माणलाई सङ्ख्यात्मक रुपमा बढाउन आग्रह गर्दछु’, यस्ता चलचित्रलाई राज्यले सहयोग गर्नु पर्ने भनाई राख्दै गृहमन्त्री श्रेष्ठले यो चलचित्रको तारिफ गरे । लामो समयपछि आफुले निकै राम्रो चलचित्र हेर्न पाएको बताउँदै उनले यसका निर्माता सुमन राई, निर्देशक मिलन चाम्सलगायत टिमलाई बधाई दिए । आउँदा दिनमा पनि यस्ता चलचित्र निर्माण गर्न उनले सुझाब दिए । यो चलचित्रका वितरण सँयोजक करण क्रेजीले दोश्रो सातामा पनि गोर्खा वारियरलाई दर्शकले साथ दिएको बताउँदै भने, ‘शुक्रबार काठमाडौंको केही शो हाउसफुल छ भने धेरै जसोमा ८० प्रतिसत दर्शक छन् । शनिबारको शो पनि राम्रो छ ।’ धरान, पोखरा लगायतको शहरमा शनिबार पनि हाउसफुल भएको करणले बताए । गोर्खा वारियरमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सुरज तमु, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् । पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली फिल्मको स्तरीयता र महत्व दर्शाउन सफल ‘गोर्खा वारियर’को नेपालमा पनि धरान, पोखरा र काठमाडौंमा प्रिमियर गरिएको थियो । यो चलचित्र गत ११ फागुनबाट नेपालमा प्रदर्शन भईरहेको छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई र सुस्मिता वाइवा रहेका छन् । यसमा कार्याकारी निर्मातामा प्रशान्त थापा र सह–निर्मातामा रुपमा सुरेश राई छन् । ‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा यो चलचित्रमा प्रस्तुत गरिएको यसका निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् । उनका अनुसार यो चलचित्र नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी गरी चार भाषामा तर भएको छ । नेपाली भाषाको सिनेमा अहिले प्रदर्शन भइरहेको छ भने बाँकी तीन भाषाको फिल्म पनि प्रदर्शनमा आउने चाम्सले जानकारी गराएका छन् ।
रहेनन् साहित्यकार प्रकट पगेनी ‘शिव’
पोखरा । पोखराका साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएका पङ्गेनीको उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको हो । कविता, गीतसहित शृंगारिक गजलमार्फत प्रख्यात उनको उपचारका लागि समस्या भएपछि आर्थिक संकलन अभियान पनि चलाइएको थियो । आर्थिक अवस्था कमजोर भएपछि साहित्यकार शिवको परिवारको आग्रहमा पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा आर्थिक संकलन गरिएको थियो । प्रकटका कविता, गजलका किताबहरु प्रकाशित छन् । उनले लेखेका ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ जस्ता गीतहरु निकै चर्चित छन् ।
एउटा बर्गरका लागि ४ किमी लामो लाइन, १४ घण्टा पर्खाई
काठमाडौं, । कहिलेकाहिँ सित्तैमा खाने लोभले मानिसलाई कम्ती सास्ती दिँदैन । यस्तै भयो अमेरिकामा । यहाँ देखिएको तस्बिर अमेरिकाको कोलोराडोको हो । हेर्दा लामो जाम परेको देखिन्छ । तर यो ट्राफिक जाम भने होइन । बरु यी सबै सित्तैमा बर्गर खाने लोभमा जाममा फसेका हुन । शनिबार कोलोराडोमा अमेरिकाको चर्चित फुड चेन ‘इन एण्ड आउट’ को नयाँ शाखा अर्थात् आउटलेट खोलिएको थियो । यसबारे जानकारी पाउनबित्तिकै मानिसहरु राति दुई बजेदेखि नै स्टोर पुग्न सुरु गर्न थाले । मानिसहरु धमाधम सडकमा निस्केपछि अवस्था यस्तो सिर्जना भयो कि त्यहाँ ४ किलोमिटर लामो लाइन लाग्यो । मानिसहरुलाई बर्गरका लागि १४(१४ घण्टा लामो प्रतिक्षा गर्नुपर्यो । उक्त आउटलेटका अनुसार पहिलो बर्गर केन विज्जी नामका व्यक्तिले लिए । केनका अनुसार उनी क्यालिफोर्नियाका हुन् । राति भोक लागिरहेको थियो । उनले स्टोरको लेनमा कार राखे र त्यहीँ सुते । उक्त आउट लेटमा बर्गर लिनका लागि सवारी लिएर जानुपर्छ । उक्त चर्चित इन एण्ड आउट ७० वर्ष पुरानो कम्पनी हो । अमेरिकाका ६ राज्यहरुमा यसको आउटलेट रहेका छन् । यीमध्ये क्यालिफोर्निया, नेवादा, एरिजोना, युटा, टेक्सास र ओरेगन पर्दछन् । कोलोराडोमा यो सातौं आउटलेट हो ।
सामुदायिक विद्यालयमा अझै ७३ हजार दरबन्दी शिक्षक अभाव
काठमाडौ, वैशाख १५ । देशभरका सामुदायिक विद्यालयमा ७३ हजार ९३८ दरबन्दी शिक्षक अभाव देखिएको छ । सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनअनुसार प्राथमिक तहमा शिक्षक बढी छन् भने निम्न माध्यमिक र माध्यमिक तहमा अपुग छ । प्राथमिक तह ९आधारभूत १ देखि ५० मा तीन हजार ३८३ शिक्षक दरबन्दी बढी देखिन्छ । निम्न माध्यमिक तह ९आधारभूत ६ देखि ८० मा २५ हजार ४२५ र माध्यमिक तह ९९ र १०० मा २३ हजार ७४४ शिक्षक दरबन्दी कम छ। सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनअनुसार, विद्यालय र विद्यार्थी संख्याका आधारमा ७३ हजार थप शिक्षक तत्काल आवश्यक छ । सरकारले निजामती तर्फ २० हजार कर्मचारी लोकसेवा मार्फत र ७४ हजार शिक्षक शिक्षा सेवा आयोग मार्फत पुर्ती गर्ने भएको छ । वैशाखभित्रमा लोकसेवा खुल्ने र यो वर्षभरिमा शिक्षक पूर्ति हुने भएको छ।
सशस्त्र प्रहरी बल नेपालले कर्मचारीको लागि आवेदन खुला
काठमाडौ चैत २५ । गृह मन्त्रालयद्वारा सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेको पदहरुका लागि आवेदन खुला गरेको सूचना चैत २२ गते शुक्रबारको गोरखापत्रदैनिकमा प्रका्िशत गरेको छ । इच्छुक रोजगारदाताहरुले निम्न मिति, समय र स्थानमा गई आवेदन भर्न सकिने छ । यस्तो छ विज्ञापन
जब सडकमा हजारौं लिटर रेड वाईनको बाढी बग्न थाल्यो (भिडियो)
काठमाडौं । तपाई सडकमा हिडिरहेको बेला अचानक वाइनको नदी बग्न थाले के गर्नुहुन्छ ? यदि तपाई वाईन पारखी हुनुहुन्छ भने नहरमा डुबुल्की मार्न पक्कै खोज्नु हुन्छ होला । यस्तै एक भिडियोले अहिले संसारभरिको ध्यान तानेको छ । भिडियोमा वर्षाको बाढी जस्तै रेडवाइन सडकमा बगेको देख्न सकिन्छ । यो भिडियो स्पेनको हो । स्पेनको एउटा रेड वाइन उद्योगमा ट्यांकी फुटेपछि हजारौं लिटर रेडवाईन सडकमा पोखिएको हो । ट्विटरमा भाइरल भएको यो भिडियोमा रेड वाईन बाढी जस्तै उर्लेर आएको देखिन्छ । एउटा तस्वीरमा एकजना मानिले बगिरहेको वाइन खान खोजेको देखिन्छ । न रुनु न हाँस्नु जस्तै भयो भन्दै कतिपयले ट्विट गरेका छन् । अहिलेसम्म यो भिडियो हजारौंले लाइक र शेयर गरेका छन् । स्पेन लगायत यूरोपका कतिपय देशहरु वाइनका लागि प्रख्यात रहेका छन् । विश्वभरी स्पेनिश वाइनको निकै माग समेत रहेको पाइन्छ । SUCESOS | Reventón de un depósito de vino de unos 50.000 litros en Bodegas VITIVINOS, de Villamalea pic.twitter.com/lU5pIzZAjU — Radio Albacete (@RadioAlbacete) September 25, 2020
२२ वर्षीय यी युवकका छन् ३ पत्नी, तीनैजना मिलेर खोज्दैछन् चौथी श्रीमती (भिडियोसहित)
इस्लामाबाद । शीर्षक सुन्दा अचम्म लाग्यो होला । २२ वर्षको उमेरमा तीनजनासँग विवाह र अब चौथो श्रीमती खोज्दैछन् भनने कुरा पत्याउन गारो पर्छ । तर बाँचेपछि के के देख्न र सुन्न पाइन्छ भनेझैं पाकिस्तानका यी युवा भने अब चौथोपटक दुलाहा बन्ने तयारी गर्दैछन् । त्यो पनि उनकै तीनजना श्रीमतिले खोजेको युवतीसँग । घटना पाकिस्तानको सियालकोटको हो । मुस्लिम समुदायमा एकभन्दा बढी बिहे अचम्म मानिँदैन । तर श्रीमतीहरुले नै अर्को विवाह गराउन थालेको घटना अहिले पाकिस्तानमा चर्चाको विषय बनेको छ । अदनान नामक यी युवा २२ वर्षका छन् । उनले १६ वर्षको उमेरमा पहिलो बिहे गरेका थिए । त्यसपछि २० वर्ष र गत वर्षमात्रै २१ वर्षको छँदा उनले अर्को बिहे गरे । गल्फटुडेका अनुसार, उनकी श्रीमतीको नाम शंभाल, शुबाना र शाहिदा रहेको छ । अब उनीहरुले चौथी श्रीमती पनि श अक्षरबाटै आउने खोजिरहेका छन् । यसो भएमा घरमा खुशी कायम हुने उनीहरुको विश्वास छ । अदानाको पहिलो श्रीमती शुंभालबाट तीन र शुबानाबाट दुई बच्चा छन् । शुबानाको एउटा बच्चालाई कान्छी श्रीमती शाहिदाले हुर्काएकी छिन् । श्रीमानले माया गरेपनि समय दिन नसकेको आरोप भने श्रीमतीहरु लगाउँछन् । उनको घरमा प्रतिमहिना डेढलाख रुपैयाँ खर्च हुने समाचारमा उल्लेख छ ।
५ महिनामा ३१ पटक कोरोना संक्रमित भएपछि…
काठमाडौं । एक व्यक्तिलाई वर्षमा कति पटक कोरोना होला अनुमान गर्न सकिदैन । एक पटक कोरोना भयो भने फेरि निकै कम हुने स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन् । तर भारतमा एक महिलामा ५ महिनामा ३१ पटक कोरोना पोजेटिभ देखिएको छ । राजस्थानको भरतपुर की एक ३५ वर्षीय महिलाको पछिल्लो पाँच महिनामा कोरोना भाइरसको परीक्षण गराउँदा ३१ पटक कोरोना पोजेटिभ पाइएको हो । यो डाक्टरका लागि समेत एक चुनौती बनेको छ । महिला जहाँ बस्छिन त्यहाँका अधिकारीले समेत बताएका छन्, १७ पटक पीसीआर परीक्षण र १४ पटक र्यापिड एन्टिजोन परीक्षण गर्दा पनि महिलामा कोरोना पोजेटिभ देखिएको छ । महिलाको पहिलो परीक्षण ६ सेप्टेम्बर र पछिल्लो परीक्षण ७ जनवरीमा गरिएको छ । हरेक पटकको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकहरुसमेत हैरान र भ्रमित भएका छन् । शारदा देवी पछिल्लो साल अगस्टदेखि भरतपुरको एक आश्रममा बसिरहेकी छिन् । आश्रममा नयाँ आएको भन्दै सेप्टेम्बरमा उनमा कोरोना पोजेटिभ परीक्षण गरिएको थियो । जसमा उनमा कोरोना पोजेटिभ देखियो । त्यो बेलादेखि उनी कवारेन्टाइन्मा बसिरहेकी छिन् । उनलाई होमियोप्याथिक, एलोप्याथिक र आर्युवेद तीनै प्रकारका औषधि दिइराखिएको छ । तर पनि उनको परीक्षण गर्दा हरेक पटक कोरोना पोजेटिभ देखिएको छ । डाक्टर बीएम भारद्धाजका अनुसार कोरोना पोजेटिभ देखिएपनि उनी स्वस्थ छिन् र उनको ७ ८ किलो तौल समेत बढेको छ । जब शारदा देवी आश्रममा आएकी थिइन् उनी धेरै कमजोर थिइन र ठिक ढंगले उभिन पनि नसक्ने अवस्थामा थिइन् । एजेन्सी

