नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्वपूर्ण स्थल हो : मन्त्री शर्मा

काठमाडौं ।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्वपूर्ण स्थल भएको बताएकी छिन् ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सुरु भएको सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै उनले छायाँकन स्थल र कथावस्तु दुबै हिसाबले नेपाल चलचित्रका लागि महत्वपूर्ण स्थल भएको बताइन्। 

‘हिमाल, पहाड र तराईको भौगोलिक विविधिताको अनुपम संगम हुनुका साथै प्राकृतिक र सांस्कृतिक हिसाबले विश्वमै समृद्ध मुलुक नेपाल चलचित्र छायाँकनका लागि महत्वपूर्ण स्थल हो’– मन्त्री शर्माले भनिन्– ‘यहाँका रमणीय प्राकृतिक सम्पदाको सामीप्यतामा गरिने छायांकन मात्र होइन, कहिल्यै पराधिन बन्नु नपरेको नेपाल राष्ट्रको गौरवशाली इतिहास तथा सामाजिक सांस्कृतिक सम्पदाको अखण्ड विरासत चलचित्रका लागि महत्वपूर्ण कथावस्तु पनि हुन् ।’


मानव जातिका दुःखका कारण र यसको समाधानको विधि पत्ता लगाएर विश्वलाई सुख र शान्तिको सन्देश दिने गौतम बुद्धको जन्मस्थल नेपाल बहुभाषिक, बहुसाँस्कृतिक र बहुजातीय मुलुक रहेको औल्याउँदै उनले नेपाली संस्कृतिको अभिन्न अंगको रुपमा रहेका मूर्त र अमूर्त सबै सम्पदाहरु चलचित्रका महत्वपूर्ण कथावस्तु र छायांकनका लागि मनोरम स्थल रहेको बताइन्।
 
नेपाली चलचित्रले यहाँको सामाजिक, साँस्कृतिक, आर्थिक समुन्नति तथा आपसी सद्भाव कायम गर्न ठूलो योगदान दिंदै आएको उललेख गर्दै मन्त्री शर्माले थपिन्– ‘नेपाली चलचित्र क्षेत्रलाई मर्यादित, व्यावसायिक बनाउन र मौलिक एवं स्तरीय नेपाली चलचित्र निर्माणमा अभिप्रेरित गर्न तथा यसको बजारीकरणमा समयसापेक्ष विकास गर्दै लैजान सबैको उत्तिकै योगदान र सकारात्मक भूमिका अपरिहार्य रहन्छ ।’

अब नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारीकरणमा ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिंदै मन्त्री शर्माले उच्चतम प्रविधिको प्रयोग गरेर गुणस्तरीय चलचित्र बनाउने र विश्व बजारमा नेपाली चलचित्रलाई विस्तार गर्ने दुबै काम महत्वपूर्ण भएको बताइन्। 

‘नेपाली चलचित्रको विश्वब्यापी बजारीकरणले एकातिर चलचित्र क्षेत्रको आर्थिक उनन्नयनमा टेवा पुग्नेछ भने अर्कोतिर पूर्वीय संस्कृतिको प्रवर्धन र विस्तारमा सहयोग पुग्नेछ’– मन्त्री शर्माले भनिन्– ‘सूचना प्रविधिका कारण सिर्जित विश्वब्यापीकरणले नेपालजस्ता प्राचीन मुलुकहरुको मौलिक संस्कृति लोप हुने खतरा बढ्दै गएको छ । त्यसो हुन नदिन हाम्रा मौलिक संस्कृतिसँग जोडिएका कथावस्तुमा धेरैभन्दा धेरै चलचित्र निर्माण गर्ने र त्यसको अन्तर्राष्ट्रिय बजारीकरणमा ध्यान दिनुपर्ने आवश्यकता छ ।’

सरकारले नेपाली चलचित्र क्षेत्रलाई थप रचनात्मक र सिर्जनशील बनाउन सहयोग पुग्ने गरी  स्टोरी बैंक स्थापना र ऐतिहासिक चलचित्र तथा वृत्तचित्र निमाणलाई प्रोत्साहन, काभ्रेमा चलचित्र छायाङ्कन स्टुडियो र दोलखा चलचित्र नगरी आयोजना, बाल चलचित्र महोत्सव जस्ता कार्यक्रम अघि सारेको जानकारी दिंदै उनले यो वर्षदेखि चलचित्रको माध्यमबाट सामाजिक सांस्कृतिकरुपान्तरणमा योगदान पुर्याउने चलचित्रकर्मीहरुलाई सम्मानको कार्यक्रम पनि थालिएको बताइन् । 

सरोकारवालासँगको परामर्शमा चलचित्र क्षेत्रसँग सम्बन्धित कानुन परिमार्जनमा सरकारले गृहकार्य सुरु गरेको जानकारी दिंदै मन्त्री शर्माले यस क्षेत्रा आउने नीति र कानुनमा विरोध र समर्थन मात्रै भन्दा रचनात्मक सुझाव पनि विज्ञ र सरोकारवालाहरुलाई आग्रह गरिन्। महोत्सव चैत ५ गतेसम्म चल्ने छ ।

कोरोनापछि मंकिपक्स संक्रमणको आतंक, के हुन यसका लक्षण ?

काठमाडौं । कोरोना महामारीको त्रास कायमै रहेको बेला एउटा अर्को महामारीले विश्वलाई त्रसित पारेको छ । अहिलेसम्म १४ भन्दा बढी देशमा देखा परेको मंकिपक्स नामक संक्रमण चिन्ताको विषय बनेको हो । अफ्रिकामा देखा पर्ने यो भाइरस यसपटक भने यूरोप र बेलायतमा समेत देखा परेको हो । मङ्कीपक्स के हो ? बिफर रोग लाग्ने भाइरसकै प्रजातिको मङ्कीपक्स भाइरसबाट यो सङ्क्रमण हुन्छ। यद्यपि मङ्कीपक्स सङ्क्रमण हुने सम्भावना कम हुन्छ र यसले गम्भीर बिरामी बनाउँदैन। यसको धेरैजसो सङ्क्रमण मध्य र पश्चिम अफ्रिकाको जङ्गलनजिकै बस्तीमा देखिएका थिए। यो भाइरसका दुई मुख्य भेरिअन्ट छन्स् मध्य अफ्रिकी भेरिअन्ट र पश्चिम अफ्रिकी भेरिअन्ट। पश्चिम अफ्रिकी भाइरसको सङ्क्रमण अर्को भाइरसको सङ्क्रमणभन्दा कम जोखिमपूर्ण हुन्छ। यसका लक्षणहरू के के हुन ? सङ्क्रमण भएपछि सङ्क्रमित व्यक्तिलाई ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने लक्षण देखा पर्छन्। केही दिनपछि शरीर बिमिराहरू देखा पर्न सक्छन्। यो अनुहारबाट सुरु भएर शरीरका अन्य भागमा फैलिन्छ। हात र गोडाका पैतालामा बढी देखिन्छ। बिमिराहरू निकै चिलाउने वा दुख्ने हुन सक्छ र त्यो बिस्तारै फोका बनेर आफै झरेर जान्छ। तर बिमिरा आएका ठाउँमा दाग रहिरहन सक्छ। कसरी सर्छ? मङ्कीपक्स सङ्क्रमितको नजिक रहँदा यो सर्न सक्छ। यो भाइरस शरीरमा घाउ वा श्वासनली वा आँखा वा मुख वा नाकबाट छिर्न सक्छ। अहिलेसम्म यसलाई यौन रोगका रूपमा हेरिएको छैन तर यौन क्रियाकलाप गर्दा हुने नजिकको सम्पर्कमा यो सर्न सक्छ। सङ्क्रमित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट पनि यो सर्न सक्छ वा सङ्क्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्न सक्छ। यो कति खतरनाक छ ? धेरैजसो सङ्क्रमण गम्भीर हुँदैन। यो बिफरजस्तै हुन्छ र सङ्क्रमणको केही सातापछि आफै निको हुन्छ। तर कहिलेकाहीँ यो गम्भीर हुन सक्छ र पश्चिम अफ्रिकामा यसका कारणले मानिसको मृत्यु भएको तथ्याङ्क छ। मङ्कीपक्स फैलिनु कति असामान्य हो ? थुनिएको बाँदरमा पहिलो पटक पहिचान गरिएको यो भाइरसको सङ्क्रमण सन् १९७० यता १० अफ्रिकी देशहरूमा कहिलेकाहीँ देखिने गरेको छ। सन् २००३ मा यो अमेरिकामा पहिलो पटक देखिएको थियो। अफ्रिका बाहिर मङ्कीपक्स देखिएको नै यो पहिलो अवसर थियो। त्यति बेला विदेशबाट ल्याइएका साना जनावरको सम्पर्कमा रहेका कुकुरबाट मानिसमा सरेको यो रोग ८१ जनामा देखिएको थियो र कसैको पनि मृत्यु भएको थिएन। सन् २०१७ मा नाइजीरियामा अहिलेसम्मकै सबैभन्दा ठूलो सङ्क्रमण देखिएको थियो र त्यहाँ १७२ जनालाई सङ्क्रमण भएको आकलन गरिएको थियो। सङ्क्रमितमध्ये तीनचौथाइ २१ देखि ४० वर्षका पुरुष थिए। मङ्कीपक्सको उपचार के हो ? सङ्क्रमण नियन्त्रण गरेर यो रोगलाई रोकिन्छ। बिफरको खोप ८५ प्रतिशत प्रभावकारी देखिएको छ। भाइरसविरोधी औषधिहरू पनि उपयोगी हुन सक्छन्। के महामारी बन्ला ? यूकेका स्वास्थ्य अधिकारीहरूले मङ्कीपक्स यूकेमै मात्रै पनि महामारी बन्ने सम्भावना निकै न्यून रहेको बताएका छन्। नटिङ्घम विश्वविद्यालयका प्राध्यापक जोनाथन बल भन्छन्स् ूसङ्क्रमितको सम्पर्कमा आएका ५० मध्ये एक जना मात्रै सङ्क्रमित हुनुले यो अति कम सङ्क्रामक रहेको देखाउँछ।ू ूयो महामारीको रूपमा फैलिन्छ भनेर सोच्नु गलत हुन्छ।ू नेपालको अवस्था के छ ? अहिलेसम्म नेपालमा यो सङ्क्रमण कसैमा सरेको शङ्का नभएको अधिकारीहरू बताउँछन्। परीक्षण नै नभएकाले पुष्टि पनि भएको छैन। यद्यपि अहिले मङ्कीपक्स फेला परेका देशबाट मानिसहरू आउजाउ गरिरहने भएकाले नेपालमा सतर्कका आवश्यकता भएको जनस्वास्थ्यविद्हरूको धारणा छ। नेपालमा मङ्कीपक्सबारे चासो देखिए पनि भौतिक रूपमै सतर्कता अपनाउनेबारे अहिलेसम्म कुनै कदम नचालिएको एक अधिकारीले बताएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले नेपालले विश्व स्वास्थ्य सङ्गठनको निर्देशिका पर्खिरहेको बताए। “सरुवा रोगबारे सतर्कता अपनाउनुपर्ने भएमा विश्व स्वास्थ्य सङ्गठनले निर्देशिका जारी गर्ने गर्छ। अहिलेसम्म अन्तर्राष्ट्रिय स्वास्थ्य निर्देशिका जारी भइसकेको छैन”, लालले भने। लालका अनुसार अहिलेसम्म दक्षिण अफ्रिकी देशहरूमा मात्र देखिएको यो सङ्क्रमणबारे नेपालका निकायहरूले पनि निगरानी गरिरहेका छन्। “अहिलेसम्म मानवबाट अर्को मानवमा सङ्क्रमण सर्ने पुष्टि भइसकेको छैन। तर कपडाहरूबाट सर्छ भनिएको छ। अन्तर्राष्ट्रिय स्वास्थ्य निर्देशिकाको निगरानी सूचीमा पर्‍यो भने हाम्रोमा पनि सतर्कताका कदमहरू चालिन्छ” उनले भने। बिबिसीबाट

‘उपहार’ को ‘खाडीमा भेटौंला’ सार्वजनिक

काठमाडौं । गत शुक्रबार देखि रिलिज भएकोे फिल्म ‘उपहार’ को ‘खाडीमा भेटांैला’ गीत ओएसआर डिजिटलमार्फत मंगलबार सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मोहन नेपालीको स्वर, अर्जुन पोखरेलको संगीत र प्रमोद ढुंगानाको शब्द छ । गीतको भिडियोमा रेखा थापा, मुकुन भुषाल र राइडर प्रशान्त फिचर्ड छन् । ज्ञानेन्द्र देउजाद्वारा निर्देशित यो फिल्म यतिबेला देशभरका हलहरुमा सफलताका साथ प्रदर्शन भैरहेको छ । रेखा फिल्मस र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन, अनुपम गौतमको भीएफएक्स, रोशन श्रेष्ठको द्वन्द्व, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद छ । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गरेको छ ।

चलचित्र गोर्खा वारियर हेरेपछि गृहमन्त्री श्रेष्ठले भने –‘यस्ता फिल्म अझै बनुन्’

काठमाडौं, १९ फागुन । चार भाषामा निर्माण भएको चलचित्र गोर्खा वारियर शुक्रबार देखि दोश्रो सातामा प्रदर्शन भईरहेको छ । यो चलचित्र दोश्रो साता पनि देशका करिब ६५ वटा सिनेमा हलमा प्रदर्शन भईरहेको यसका निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् । यसैबीच उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार अपरान्ह जमलस्थित विश्वज्योति सिनेप्लेक्समा चलचित्र ‘गोर्खा वारियर’ हेरेका छन् । यो चलचित्रलाई यस अघि काठमाडौंको प्रिमियरमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली, संस्कृति मन्त्री सुदन किराती, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, साँसद ज्ञानेन्द्र बहादुर शाहीसहित विभिन्न नेताले हेरेर यो चलचित्रको तारिफ गरेका थिए । शुक्रबार बेलुका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोर्खा वारियर हेरेपद्धि चलचित्रको तारिफ गरेका छन्। चलचित्र हेरेपछि गृहमन्त्री श्रेष्ठले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने,‘ गोर्खा वारियर चलचित्रमा वीरताको कथासँगै नेपाली मौलिकता, गाउँको परिवेश, संस्कृतिलाई समावेश गरिएको छ । निर्माण पक्षलाई बधाई दिदै यस्ता फिल्म निर्माणलाई सङ्ख्यात्मक रुपमा बढाउन आग्रह गर्दछु’, यस्ता चलचित्रलाई राज्यले सहयोग गर्नु पर्ने भनाई राख्दै गृहमन्त्री श्रेष्ठले यो चलचित्रको तारिफ गरे । लामो समयपछि आफुले निकै राम्रो चलचित्र हेर्न पाएको बताउँदै उनले यसका निर्माता सुमन राई, निर्देशक मिलन चाम्सलगायत टिमलाई बधाई दिए । आउँदा दिनमा पनि यस्ता चलचित्र निर्माण गर्न उनले सुझाब दिए । यो चलचित्रका वितरण सँयोजक करण क्रेजीले दोश्रो सातामा पनि गोर्खा वारियरलाई दर्शकले साथ दिएको बताउँदै भने, ‘शुक्रबार काठमाडौंको केही शो हाउसफुल छ भने धेरै जसोमा ८० प्रतिसत दर्शक छन् । शनिबारको शो पनि राम्रो छ ।’ धरान, पोखरा लगायतको शहरमा शनिबार पनि हाउसफुल भएको करणले बताए । गोर्खा वारियरमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सुरज तमु, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् । पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली फिल्मको स्तरीयता र महत्व दर्शाउन सफल ‘गोर्खा वारियर’को नेपालमा पनि धरान, पोखरा र काठमाडौंमा प्रिमियर गरिएको थियो । यो चलचित्र गत ११ फागुनबाट नेपालमा प्रदर्शन भईरहेको छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई र सुस्मिता वाइवा रहेका छन् । यसमा कार्याकारी निर्मातामा प्रशान्त थापा र सह–निर्मातामा रुपमा सुरेश राई छन् । ‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा यो चलचित्रमा प्रस्तुत गरिएको यसका निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् ।  उनका अनुसार यो चलचित्र नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी गरी चार भाषामा तर भएको छ । नेपाली भाषाको सिनेमा अहिले प्रदर्शन भइरहेको छ भने बाँकी तीन भाषाको फिल्म पनि प्रदर्शनमा आउने चाम्सले जानकारी गराएका छन् ।

सेलिङको कविताकृती ‘सेप्म्माङलक’ र ‘आयोमा दर्पण’ पुस्तक बिमोचन

काठमाडौं । गीतकार तथा लेखक लिला सेलिङको कविताकृती ‘‘सेप्म्माङलक’’ र भिमकुमार सेलिङको ‘‘आयोमा दर्पण’’ कृतिको संयुक्त रुपमा पुस्तक बिमोचन गरिएको छ । सेलिङका नयाँ पुस्तक ‘‘सेप्म्माङलक’’ र ‘आयोमा दर्पण’ शनिबार साहित्यिक जमघटका बिच विमोचन गरिएको हो । शिक्षाको निम्ति आफ्नो जीवनको आधा उमेर सुम्पिएका श्री गुप्तेश्वर मावि याङ्वरक ३, ओयामका पूर्व प्र.अ.श्री भिम कुमार सेलिङको ‘शिक्षामा चौवालीस बर्ष’ पुस्तक केही बर्ष अगाडि प्रकाशित गरिसकेका छन् । त्यसैगरि आफ्नो कलमलाई निरन्तरता दिंदै पुन ओयाम दर्पण कृति र साथमा उनकै छोरी लेखिका, समाजसेवि, गीतकार अन्य धेरै विधानमा आफ्नो कार्यकौशल प्रस्तुत गर्दै आएकी लीला सेलिङ माबोको कविताकृति सेप्माङ्लक को संयुक्त रुपमा बिमोचन गरिएको हो । उक्त कृतिको हिजो आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वकुलपति तिलविक्रम नेम्वाङ ‘वैरागी काइँला’ ले विमोचन गरेका हुन् ।आधा दर्जन गीत रेकर्ड गरिसकेकी लिलाले केही अन्यपुस्तकहरुपनि बजारमा ल्याईसकेकी छन् । ‘मेमोरिज अफ अ गोर्खा ड्युरिङ लकडाउन’, संगै सुब्बा सुभाङी र निशान बारे खोजमुलक लेखहरु लेखेकी छिन् । सामाजिक काममा समेत अग्रसर लिलाले विभिन्न पुरस्कारहरु समेत पाएकी छन् ।

विश्वव्यापीकरणसँगै विश्वमञ्चमा नेपालीहरूको राम्रो प्रगति छ : प्रधानमन्त्री

 काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वका विभिन्न मुलुकमा गएर राम्रो प्रगति पनि गरिरहेको बताएका छन् ।शनिबार बिहान काठमाडौंमा आयोजित प्रा.सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताए। कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, 'विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपालीहरू जाने गरेका छन्। त्यहाँ गएकामध्ये कैयौं नेपालीहरूले राम्रो प्रगति पनि गरेका छन्। त्यसको उदाहरण डा.सूर्य सुवेदी पनि हो।' उनले थपे 'प्राडा.सूर्य सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरावलोकनबारे मैले सहयोग मागेको थिएँ। उहाँले त्यसमा निकै राम्रो सहयोग गर्नुभयो। पछिल्लो एमसीसी सम्झौतामा पनि उहाँले मध्यमार्गी बिकल्प दिनुभयो र हामीले नै लागू पनि गर्यौँ।' लोकार्पणमा प्राडा.सूर्य सुवेदीले पुस्तकमा नेपालको लोकतान्त्रिक आन्दोलन, कम्बोडियाको शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय कानुनका विषयमा पुस्तकको सारसंक्षेपबारे चर्चा गरे।

यस्ता छन् ध्यान गर्दाका फाइदा

काठमाडौं । ओशोका अनुयायीले किन ध्यान गर्छन्, यसमा धेरैको जिज्ञासा होला । वास्तवमा ध्यान विचारसिद्धिको अवस्था हो । ध्यान कुनै वस्तुप्रतिको एकाग्रता भने होइन । यो आफैँमा विश्राम पाउने एउटा प्रक्रिया हो । ओशो दर्शनअनुसार यस (ध्यान) लाई सक्रिय ध्यान पनि भनिन्छ । यसभित्र योग, प्राणायाम (श्वासप्रश्वासको अभ्यास) आदि पर्छन् । अब जानौँ ध्यान गर्दाका फाइदाः मनमा शान्तिध्यान गरेरै मनमा हुने अनेक अशान्तिबाट टाढा रहन सकिन्छ । ध्यान गर्दा मन एकाग्र हुने भएकाले बाहिरी कामबाट हुने भय, डर र चिन्तालाई हटाउन सकिन्छ । त्यस्तै, आफूमा धैर्यताको विकास गर्न ध्यान गर्न आवश्यक छ । तनाव व्यवस्थापनभौतिक जीवनबाट हुने हरेक किसिमको तनावलाई ध्यानको माध्यमले सजिलै व्यवस्थापन गर्न सकिन्छ । यसका कारण हुने स्वास्थ्य समस्याबाट समेत बच्न सकिन्छ । ध्यान गर्दा आफ्नो मस्तिष्कलाई आफैँले एकाग्र गरिने हुनाले व्याकुलता, ईष्र्या तथा निराशा हटेर जान्छ । सकारात्मक सोचध्यान गर्दा मानिसमा नकारात्मकता हटेर जान्छ, सकारात्मक सोच पलाउँछ । सकारात्मक सोचले मानिसको व्यक्तित्वमा नै परिवर्तन ल्याउँछ । मनबाट नकारात्मक सोच हट्नेबित्तिकै मानिसमा सिर्जनशीलता स्वतः बढ्छ । जसले गर्दा मानिसको व्यवहारमा नम्रता आउने भएकाले उसले समाजमा राम्रो सम्बन्ध कायम राख्न सक्छ । शारीरिक तन्दुरुस्तीशरीरमा राम्ररी रक्तसञ्चार गराउन ध्यानले भूमिका खेल्छ । जसबाट प्रत्येक कोषिकामा ऊर्जा उत्पन्न हुने गर्छ । नियमित गरिने ध्यानबाट रक्तचाप र रगतमा ग्लुकोजको मात्रा नियन्त्रण हुन्छ । त्यस्तै, रोगप्रतिरोधी क्षमताको विकासका साथै घाउ, अनिद्रा, जोर्र्नी र टाउको दुखाइबाट राहत पाउन सकिन्छ । भावनालाई बढाउने सेरोटोनिन हार्मोनको विकास पनि ध्यानबाट प्राप्त हुन्छ । जसबाट व्यक्तिको भावदशा र व्यवहारमा सुधार आउँछ । यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

औषधिबिना उच्च रक्तचाप कसरी नियन्त्रण गर्ने त ?

काठमाडौं, २९ पुषस् नेपालमा करिव ३० प्रतिसत मानिसहरुमा कुनै न कुनै प्रकारको रक्तचापको समस्या छ । ती मध्ये आधा जतिले रक्तचापको औषधि सेवन गरिरहेको चिकित्सकहरुको अनुमान छ । उच्च रक्तचापले अरु रोगहरु पनि निम्त्याउने गर्दछ । यसले हृदयघात, पक्षघात, मिर्गौला फेल तथा अरु जोखिमयुक्त रोगहरु पनि निम्त्याउन सक्छ । उच्च रक्तचापले मानिसको ज्यान पनि लिन सक्छ । तर धेरै जस्तो अवस्थामा महंगो औषधिको प्रयोग गर्नुभन्दा आफ्नो जीवनशैली परिवर्तन गरेर पनि यसलाई सन्तुलनमा राख्न सकिन्छ। उच्च रक्तचापबाट पीडित आधाभन्दा बढी मानिसहरुले जीवनशैलीमा परिवर्तन गरेर यसलाई नियन्त्रणमा राखेका हुन्छन् । विज्ञहरुका अनुसार उच्च रक्तचापलाई जीवनशैली परिवर्तनले ५० देखि ९० प्रतिशतसम्म नियन्त्रण गर्न सहयोग गर्छ । यदि कोही उच्च रक्तचापका बिरामीहरु मधुमेह, मुटु रोग, पक्षघात वा धुमपानगर्ने व्यक्ति छैनन् भने उनीहरुले जीवनशैली परिवर्तन गरेर ३ महिनामै लाभ पाउन सक्छन् । औषधिको प्रयोग नगरिकनै उच्च रक्तचापलाई नियन्त्रण गर्न सक्छु भनेर दृढ रहेकाहरुले यसबाट लाभ प्राप्त पनि गरेका छन्। औषधिबिना उच्चरक्तचाप कसरी नियन्त्रण गर्ने त ? शारीरिक व्यायामः सामान्य व्यायामले पनि तपाईं को स्वास्थ्य तथा रक्तचापमा केही फरकपन देखिन्छ। यदि तपाईंलाई व्यायाम गर्ने बानी छैन भने अब बिस्तारै बानी बसाल्नुस्। ५ देखि १० मिनेट भएपनि व्यायाम गर्न आजैदेखि सुरु गर्नुस्। यसले बिस्तारै व्यायाम गर्ने बानी बढ्न थाल्छ । व्यायामले शरीरको स्फूर्ति बढाउनुका साथै रक्तचाप नियन्त्रणमा सहयोग गर्दछ । जसले हप्तामा ७ देखि १३ पेगसम्म रक्सी खाने गरेको छ उसलाई ५३ प्रतिशत उच्च रक्तचाप हुने सम्भावना हुन्छ स्वास्थ्य आहारविहार शरीरका लागि राम्रो हो। सकेसम्म प्रशोधित खानेकुराहरुको सेवनबाट टाढै रहनुपर्छ । जस्तै प्रशोधित चिनी तथा अन्न। त्यसमाथि तपाईंले नुनको सेवन कत्तिको गर्नुहुन्छ त्यसमापनि फरक पर्छ। धेरै जसो नुनको मात्रा रेष्टुरेन्टको खाना तथा प्रशोधित खानामा पाइने गर्दछ।त्यसलै त्यसको सेवन सकेसम्म नगरेकै राम्रो । तपाईंले आफ्नो तौलको ५ प्रतिशतमात्र घटाउनु भयो भने पनि रक्तचाप नियन्त्रणमा पनि धेरै सघाउ पुर्याउँछ। दीर्घकालिन रुपमा आफ्नो तौल नियन्त्रणमा राख्ने प्रयास गर्नुपर्छ। छोटो समयको लागि डाइटमा ध्यान दिएर तौल घटाउने अनि पछि जथाभावी खानेकुरा खानाले पछिसम्म राम्रो गर्दैन। मद्यपान कम गर्ने अध्ययनका अनुसार जसले हप्तामा ७ देखि १३ पेगसम्म रक्सी खाने गरेको छ उसलाई ५३ प्रतिशत उच्च रक्तचाप हुने सम्भावना हुन्छ। त्यसैगरी जसले १४ भन्दा बढी पेग रक्सी खान गरेको छ उसलाई ६९ प्रतिशतसम्म उच्च रक्तचाप हुने सम्भावना हुन्छ। धुमपान त्याग्नाले रक्तचाप कम गर्न मद्धत गर्छ र मुटु रोगका समस्या पनि घटाउँछ।जीवनशैली परिवर्तनले रक्तचाप नियन्त्रणमा सहयोग पुर्याउने गर्दछ । चिकित्सकहरुले पेनकिलरहरु पनि नियमित रुपमा प्रयोग गर्न नहुने सुझाएका छन्। त्यसैगरी निद्राको समस्या छ भने पनि त्यसलाई उपचार गराउनुपर्छ । अनिद्राले अरु पनि धेरै रोगहरु निम्त्याउन सक्छ ।

अब चन्द्रमामा पनि टोयटाको गाडी चल्ने

काठमाडौं । जापानको अन्तरिक्ष एजेन्सीले वर्ष २०४० सम्म चन्द्रमामा मानव बस्ती बसाउने योजना बनाएको छ । त्यसपछि मंगल ग्रहमा पनि बस्ती बसाल्ने उसको योजना छ । यसका लागि जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सीले टोयटा कार कम्पनीसँग सम्झौता गरेको छ । अब दुबै मिलेर चन्द्रममा सतहको खोजीका लागि एउटा विशेष गाडी बनाइरहेका छन् । लूनर क्रूजर नामक यो गाडीलाई टोयटाको ल्याण्ड क्रुजरको सम्मानमा चुनिएको हो । यो गाडीलाई यसै दशकको अन्तसम्म लन्च गरिनेछ । कारमा पुर्ण सुरक्षासहित खाने, काम गर्ने, सुत्ने र अरुसँग अन्तरिक्षमा पनि कुराकानी गर्नसक्ने सुविधा हुनेछ । टोयटा मोटर कर्पमा लुनर प्रोजेक्ट प्रमखु तकाओ सातोले समाचार एजेन्सी एपीलाई बताए अनुसार, अन्तरिक्षमा यो शताब्दीमा हुने ठूलो परिवर्तनका आधारमा यो परियोजना हेरिएको छ । यो परियोजनाबाट आफू निकै उत्साहित भएको उनले बताए ।

कतै तपाईको पेट पोल्ने, अमिलो डकार आउने त गर्दैन ? थाहा पाउनुस् कारण र उपचार

पेट पोल्ने समस्या हामी धेरैमा हुन सक्छ । सामान्यतया खाली पेटमा वा बिहान उठ्ने बित्तिकै धेरैलाई पेट पोल्ने र अमिलो पानी मुखसम्म आउने गर्दछ । खानपिन हामीले के खाना खान्छौं, कति मात्रामा लिन्छौ यसको सीधा असर हाम्रो पेटमा पर्न जान्छ । पेट पोल्ने कारणहरु धेरै भएपनि हामी धेरैलाई हुने मुख्य कारण भनेको ग्यास्ट्राइटिस, रिफल्क्स आदि नै हो । पेटमा बन्ने एसिडको मात्रा धेरै भएमा वा पेट भित्रको एसिडबाट बचाउ गर्ने तह कमजोर भएमा यसले पेट पोल्ने गराउँदछ । विविध खाने कुराका कारण एसिडिटी बढ्न जान्छ। समया खाना नखानु । धेरै समयसम्म खाली पेट बस्नु । पर्याप्त मात्रामा नसुत्नु । खाना खानासाथ सुत्नु। धुम्रपान, रक्सी सेवन गर्नु। चिकित्सकको सल्ला बिना औषधि सेवन गर्नु। धरै चिन्ता गर्नु । धेरै मसलादार, पिरो तथा तारेको खानु , जंगफुड मात्र खानु, चिया, कफि खानु, चिसो पेय पदार्थ, चुरोट सेवन , धेरै रक्सी पिउनु, समयमै खाना नखानु, राम्रोसँग नपाकेको खाना खानु, बासी खाना खानु, धेरै कम खाना खानु जस्ता हाम्रो जीवनशैलीका कारण उत्पन्न हुने समस्या हो। कुनैबेला पेटबाट माथि खाना जाने नली हुँदै घाँटीसम्म एसिड पुग्ने भएकाले छाती पोल्ने र अमिलो पानी आउने पनि गर्दछ । पेटको अल्सर भएमा पनि यसले पेट पोल्ने समस्या देखिन सक्छ । खाना समयमा नखाने, अमिलो, पिरो, चिल्लो बढी खाने, धेरै मानसिक तनाव लिने आदि मानिसहरुमा यो समस्या धेरै देखिन सक्छ । पेट पोल्ने समस्या हुने मानिसहरुमा अरु निम्न लक्षणहरु पनि देखिन सक्छ: मुखमा अमिलो पानी आउने खान मन नलाग्ने वाकवाकी लाग्ने बान्ता हुने दुब्लाउँदै जाने खोकी लाग्ने घाँटी दुख्ने दातको रंग बिग्रने सामान्य खाली पेटमा पोल्ने, अमिलो पानी आउने समस्या ग्यास्ट्राइटिसबाटै हुने भएपनि लामो समयसम्म यो समस्या देखिएमा र औषधि सेवन पछि पनि सन्चो नभएमा भने पेटको इन्डोसकोपी गर्न सकिन्छ । यसबाट पेटमा अन्य कुनै समस्या भएको, हेलीकोब्याक्टर पाइलोरी भन्ने ब्याक्टेरियाको संक्रमण रहेको आदि थाहा पाउन सकिन्छ । पेट पोल्ने समस्याको उपचार भनेको यसको कारण पत्ता लगाएर त्यसको उपचार गर्नु नै हो । ग्यास्ट्राइटिस, रिफ्लक्स आदिको उपचारको निम्ति एसिड बन्न कम गर्ने वा बनिसकेको एसिडलाई निर्मलीकरण गर्ने विभिन्न औसधिको प्रयोग चिकित्सकको सल्लाह अनुसार प्रयोग गर्न सकिन्छ । पेट पोल्ने समस्या एकपटक सन्चो भएपनि फेरि बल्झिन सक्ने भएकाले खानपिनमा पनि विशेष ध्यान पुराउनुपर्छ । पेट पोल्ने समस्या भएका मानिसहरुले निम्न सावधानीहरु अपनाउँदा यो समस्या केही कम हुन सक्छः अमिलो, पिरो, चिल्लो खानेकुरा सकेसम्म नखाने भोकै खालीपेट नबस्ने बिहान उठेपछि प्रसस्त पानी पिउने तौल घटाउने रक्सी, चुरोट आदि सेवन नगर्ने चिया, कफी आदि धेरै मात्रामा नपिउने एकैचोटि धेरै भन्दा थोरै थोरै धेरैपटक खाने सुत्नु करिब ३ घन्टा अगाडी नै खाना खाने

त्रिवि स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सच्चिएर पुनः प्रकाशित

काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका पुनः प्रकाशित गरेको छ। यसअघि सार्वजनिक गरेको परीक्षा तालिकामा त्रुटि भेटिएपछि पनिकाले सच्याएको हो। यसअघि शुक्रबार सार्वजनिक गरेको सूचना अनुसार चैत २८ गतेदेखि हुने भनिएको परीक्षामा चैत ३१ गते पनि परीक्षा राखिएको थियो । जबकि चैत महिना ३० गतेसम्म मात्रै छ। त्रुटिपूर्ण तालिकाबारे विरोध सुरु भएपछि पनिकाले आफ्नो वेबसाइटबाट हटाएको थियो।

कस्तो समस्या देखिन सक्छन् गर्भावस्थामा ?

डा. बालकृष्ण साह । गर्भावस्था एउटा जटिल अनि विशेष अवस्था हो । यो अवस्थामा एकातिर आमा बन्ने खुसी जोडिएको हुन्छ भने अर्कातिर महिलाको ज्यान जाने खतरा पनि हुन्छ । हिजोआज विस्तारित स्वास्थ्य सेवा तथा बढ्दो जनचेतनाले नियमित स्वास्थ्य परीक्षण गर्ने चलन पनि बढ्दै छ । फलस्वरूप मातृ मृत्युदरमा कमी आएको छ । गर्भावस्थामा विभिन्न किसिमका समस्या आउन सक्छन् तथापि नआत्तिई समयमै उपचार गरे धेरैजसो अवस्थामा आमा र शिशु दुवैलाई बचाउन सकिन्छ । अमिता नेपालीको ५ वर्षअघि पहिलो शिशु घरमै भएको थियो । त्यसबेला कुनै परीक्षण नगराए पनि यसपटक उनी महिनावारी निर्धारित समयमा नभएको ३ हप्ता नबित्दै परीक्षणका लागि अस्पताल गइन् । चिकित्सकले प्रारम्भिक परीक्षणपछि उनलाई भिडियो एक्स–रे गर्ने सल्लाह दिए । आफूलाई केही अप्ठ्यारो नभएको अनि गर्भ बसेको भर्खर दुई महिना पुग्न लागेकाले उनले भिडियो एक्स–रे गर्न उपयुक्त मानिनन् तर दुईदिन नबित्दै उनलाई धेरै पेट दुखेर अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइयो । उनको गर्भ पाठेघरमा नरहेर अण्डबाहिनी नलीमा बसेको रहेछ । त्यो फुटेर समस्या देखिएको रहेछ । यो एउटा गम्भीर एवं खतरनाक अवस्था हो । यस्तो अवस्थामा तुरुन्त शल्यक्रिया हुन सकेन भने बिरामीको ज्यान जान सक्छ । पाठेघरबाहेक अन्य स्थानमा गर्भ रहनुलाई इक्टोपिक प्रिग्नेन्सी भनिन्छ । इक्टोपिक प्रिग्नेन्सी हुने कारण धेरै भएपनि सबै अवस्थामा यसको कारण पत्ता लगाउन सकिँदैन । समयमै भिडियो एक्स–रे गरेर इक्टोपिक प्रिग्नेन्सी रहेको थाहा पाउन सकिन्छ । इक्टोपिक प्रिग्नेन्सी भएको थाहा पाउने बित्तिकै कुनै विषमस्थिति आउनुअघि नै त्यसको अन्त्य गर्नुपर्छ । इक्टोपिक प्रिग्नेन्सीलाई समयमै परीक्षण गरियो भने शिशुको ज्यान बचाउन नसकिएपनि आमाको ज्यान बचाउन सकिन्छ । गर्भावस्थामा हुने अर्को प्रमुख समस्या उच्च रक्तचाप हो । अन्य रोगको कारणले पनि उच्च रक्तचाप भएको हुन सक्छ वा उच्च रक्तचाप पहिलोपटक गर्भावस्थामा देखिन सक्छ । २० साताकी गर्भवती महिला वा शिशु पाएको २४ घन्टाभित्र लगातार रक्तचाप १४०–९० हुनु वा कम्तीमा ४ घन्टाको परक पारेर दुईपटक रक्तचाप नाप्दा १४०–९० हुनु (पहिलो रक्तचाप सामान्य रहेको अवस्थामा) लाई गर्भावस्थाको रक्तचाप वा गेस्टेसलन हाइपर टेन्सन भनिन्छ । यस्तो अवस्थामा गर्भको शिशु तथा आमाको मृत्यु हुने संभावना कम हुन्छ, तर अर्को पटक गर्भवती हुँदा रक्तचाप बढी हुनुका साथै अन्य समस्या पनि देखापर्न सक्छन् । उच्च रक्तचापसँगै पिसाबमा प्रोटिन देखिनुले ठूलो समस्या ल्याउन सक्छ । यसबाट आमा बेहोश हुने, रक्तचाप बढ्ने, अचेत हुने, संक्रमित हुने तथा आमाको मृत्यु समेत हुन सक्ने हुन्छ। गर्भावस्थामा यस्तो समस्या आउनाले शिशु कम तौलको हुने, महिना नपुग्दै जन्मने तथा गर्भमै शिशुको मृत्युसमेत हुनसक्छ । गर्भवती महिलामा देखापर्ने यस किसिमको समस्यालाई प्रि– इक्नाप्पसिया भनिन्छ, यो पहिलो पटकको गर्भमा बढी देखिन्छ । शरीरका सम्पूर्ण रक्तनली, विशेष गरी पाठेघर, मिर्गौला र मस्तिष्कमा रक्तनलीहरू आवश्यकभन्दा बढी संकुचित भएका कारण उच्च रक्तचाप तथा प्रिइक्लाम्पसिया हुन्छ । प्रि–इक्लाप्पसियामा भएका गर्भवती महिला एकपटक मात्र पनि अचेत हुने वा बेहोस हुने अवस्थालाई इक्लाम्पसिया भनिन्छ । एक पटकमात्र पनि इक्लाम्पसिया भएका, गर्भवती महिला तथा गर्भमा रहेको शिशु दुवैका लागि खतरा बढेर जान्छ। गेस्टेसलन हाइपर टेन्सन, प्रि इक्नाप्पसिया तथा इक्लाम्पसिया जटिल किसिमका समस्या हुन्। यसका लागि नियमित रूपमा, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नुपर्छ । यस्तो समस्याका लागि सुविधा सम्पन्न अस्पतालमा भर्ना भएर उपचार गराउँदा पनि अप्रिय समाचार सुन्नुपर्ने हुन्छ । गर्भावस्थामा अन्य सामान्य समस्या पनि देखापर्न सक्छन् । यो अवस्थामा वाकवाक लाग्नु तथा बान्ता हुन खोज्नुलाई ठूलो समस्या मानिँदैन । त्यस्तो अवस्थामा चिल्लो तथा मसलेदार खानेकुरा सेवन नगरी सुख्खा खानेकुरा खानुपर्छ । यस्तो समस्या सामान्यतया पहिलो तीन महिनासम्म हुन्छ । गर्भको शिशुले सामान्यतया १२ हप्ता पार गरिसकेपछि वाकवाक लाग्न छोड्छ । यद्यपि कसै–कसैलाई यो समस्याले पनि निकै पिरोल्न सक्छ। यस्तो पीडालाई हाइपरइमेसिस् ग्राभिडम् भनिन्छ। यस्तो स्थिति प्रायः पहिलो पटकको गर्भमा बढी भएको पाइन्छ । गर्भमा एकभन्दा बढी शिशु रहे तथा अव्यवस्थित गर्भ रहेको अवस्थामा पनि यो समस्या बढी देखिन्छ। यो समस्या वंशाणुगत पनि हुनसक्छ । गर्भावस्थामा एचसीजी हार्मोनको मात्रा बढ्छ । यो हार्मोनको मात्रा सामान्यभन्दा बढी भए धेरै बान्ता हुन सक्छ। एचसीजी हार्मोन धेरै अवस्थामा पत्ता लगाउन सकिँदैन। गर्भमा धेरै पानी हुनु, दुई वा त्यसभन्दा बढी शिशु हुनु आदि त्यसका प्रमुख कारण हुन्। यसबाहेक भिटामिन बी वा प्रोटिनको कमी हुनु तथा मानसिक समस्याहरूले हाइपरइमेसिस् ग्राभिडम् गराउन सक्छन्। गर्भावस्थामा पनि अन्य अवस्थामा जस्तै पिसाबको संक्रमण, पेटको अल्सर, एपेन्डिसाइटिस, पित्त थैलीको संक्रमण, कलेजोको संक्रमण आदिले बान्ता गराउन सक्छ । गर्भावस्थामा सामान्यभन्दा बढी वान्ता भए तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । यस्तो बेला बान्ताको कारण पत्ता लगाउन विभिन्न परीक्षण (रगत, पिसाब, भिडियो एक्स–रे) गर्नुपर्ने हुन सक्छ। कसैकसैमा धेरै बान्ता भएर धेरै पानी तथा लवण खेर गएको हुनसक्छ । त्यस्तो अवस्थामा बिरामीलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने हुन सक्छ। पहिलो तीन महिनामा भएको सानो समस्याले पनि गर्भ तुहिने सम्भावना रहन्छ। यो अवस्थामा लामो दूरीको यात्रा गर्नु, मानसिक तनाव लिनु, धूम्रपान तथा मद्यपान गर्नु हानिकारक साबित हुनसक्छ । सामान्यतया गर्भावस्थाको दोस्रो तीन महिना समस्या बिहीन हुन्छ । यो अवस्थामा खानामा रुचि बढ्ने, तौल बढ्ने तथा पेट देखिन थाल्ने हुन्छ । यही अवस्थामा रगतको मात्रा बढाउन आइरन तथा क्याल्सियमको कमी हुन नदिन गर्भवती महिलालाई क्याल्सियम चक्कीका साथै टीटी भ्याक्सिन दिइन्छ । करिब ५० देखि ७० प्रतिशत महिलालाई गर्भको ४ महिनादेखि कम्मरको पीडा सुरु हुने गरेको अध्ययनले देखाएको छ । कम्मरको पीडाका अन्य कारणमा गर्भवती महिलाको तौल बढ्नु पनि एक हो । यो बढेको तौललाई पनि कम्मरले थाम्नुपर्ने हुन्छ । यो अवस्थामा पाठेघर तन्किएर बढेको हुन्छ, जसले तल्ला नशाहरूलाई च्यापेको वा प्रेसर दिएको हुन्छ । यी कारणहरूले गर्दा नै कम्मरको पीड हुन्छ भन्ने विज्ञहरूको धारणा छ । गर्भावस्थामा भएको कम्मरको पीडाका लागि आत्तिनुपर्दैन। यस्तो अवस्थामा पीडा कम गर्ने औषधि सेवन गर्नेभन्दा पनि सामान्य व्यायाम गर्ने, तातोले सेक्ने तथा पीडा कम गर्ने मल्हमहरू (डीएफओ जेल, निन्जा जेल) प्रयोग गर्नु राम्रो मानिन्छ । त्यस्तै यो अवस्थामा कसैकसैलाई एसिडिटीले सताउन सक्छ । मुखमा अमिलो पानी आउने, उल्टी (बान्ता) हुन खोज्ने, पेट पोल्ने वा दुख्ने एसिडिटीका लक्षण हुन् । नियमितरूपमा सन्तुलित भोजन गर्ने, चिल्लो, पिरो, अमिलो कम खाने तथा धेरैबेर भोकै नबस्ने कार्यले मात्र पनि यो समस्या कम गर्न सकिन्छ । गर्भको अन्तिम अवस्थामा आएर पनि विभिन्न किसिमका स्वास्थ्य समस्या देखापर्न सक्छन् र यस्ता समस्याले मानसिक तनावमात्र उत्पन्न गर्दैनन्, आमा एवं गर्भस्थ शिशु दुवैका लागि खतरा साबित हुन सक्छन्। त्यसैले आफूमा कुनै किसिमका समस्या भए चिकित्सकको सल्लाह लिइहाल्नुपर्छ । अस्पतालको छनोट कसरी गर्ने ? साधारणतया हामीले अस्पताल छनोट गर्दा आफूलाई पायक पर्ने ठाउँ हेर्छौं । त्यसो त आपतकालीन अवस्थामा जुन अस्पताल नजिक छ त्यहीँ जान्छौं । अस्पताल छनोट गर्दा पर्याप्त ध्यान पुर्‍याउनुपर्छ किनभने अहिले अस्पतालबाटै पनि संक्रमण फैलन सक्छ । त्यसैले अस्पतालमा के-कस्ता सुविधा छन् हेर्नुपर्छ । अस्पताल छनोट गर्दा निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छः ० सबैभन्दा पहिले नजिकमा भएका अस्पतालको सूची बनाउनुपर्छ। ० नजिकको अस्पतालले मात्र हुँदैन । आफ्नो स्वास्थ्यसँग सम्बन्धित सबै उपचार उक्त अस्पतालमा हुन्छ कि हुँदैन त्यो पनि हेर्नु आवश्यक छ। ० अस्पताल छनोट गर्दा आफूलाई मन पर्ने तथा चिनजानको चिकित्सक छान्नुपर्छ। ० अस्पतालमा बिरामीप्रति गरिने व्यवहार कस्तो छ विचार पुर्‍याउनु आवश्यक हुन्छ। ० अस्पतालको सरसफाइ तथा बिरामीलाई दिइने सुविधाका विषयमा ध्यान दिनुपर्छ। ० अस्पतालको संक्रमण रोक्न के-कस्ता उपाय अपनाइन्छ विचार पुर्‍याउनुपर्छ। महमा ऊर्जा एक चम्चा महले मानिसको शरीरमा ऊर्जा प्रदान गर्छ। यसमा पाइने ग्लुकोज तथा फुट क्रोजका कारण कलेजोलाई ग्लाइकोजेन नामक रसायन प्राप्त हुन्छ। यो रसायन शरीरका लागि अत्यन्त लाभदायक मानिन्छ। नियमित महको सेवनले ऊर्जा प्रदान गरेर कुनै पनि काम गर्ने जाँगर बढाउँछ। महमा कुनै बाहिरी तत्व मिसिएको हुनुहुँदैन । राति राम्रो शुद्ध मह खाए मस्तिष्कले राम्रोसँग काम गर्छ। कलेजोमा जम्मा भएको फुटक्रोजले मस्तिष्कलाई काम गर्ने शक्ति दिन्छ । महले रोग प्रतिरोधक क्षमता पनि बढाउँछ । महको सेवनले शरीरलाई विभिन्न प्रकारका विकारबाट टाढा राख्न सहयोग पुर्‍याउँछ। महमा आन्तरिक एवं बाह्य रूपमा ब्याक्टेरियासँग लड्ने तत्व हुन्छ । जाडो मौसममा धेरै मानिस रुघाखोकीको सिकार हुने भएकाले नियमित मह सेवन गरे उक्त संक्रमणबाट बच्न सकिन्छ । अनुसन्धानबाट पनि महमा विषाणु नष्ट गर्ने क्षमता भएको कुरा प्रमाणित भैसकेको छ । निद्रामा पनि क्रियाशील मानिसहरू आफ्नो सुन्दरता बढाउन विभिन्न उपाय अपनाउँछन् । दिनभरिको व्यस्ततामा सुन्दरता बढाउने क्रियाकलाप सम्भव नहुन सक्छ । त्यसैले सुत्ने बेला केही उपाय अपनाएर बिहान उठ्दा पहिलेभन्दा फुर्तिलो र तेजिलो महसुस गर्न सकिन्छ । मानिसहरू आफ्नो छाला नरम राख्न सुत्ने बेला विशेष किसिमका प्रसाधन प्रयोग गर्छन् । कोही आफ्नो हातमा भ्यासलिन लगाएर पन्जा लगाउँछन् त कोही अनुहारमा फेसप्याक वा दाग–धब्बामा टुथपेस्ट लगाएर सुत्छन् । छाला विशेषज्ञ इव लोभका अनुसार निदाएका बेला शारीरिक प्रक्रियामा परिवर्तन भइरहन्छ र केही हार्मोनको स्राव बढी हुन्छ । निदाएका बेला तन्तुको मर्मत र पुनर्जीवनका अतिरिक्त छालाका कोशिकाहरू, रक्त वा मस्तिष्क कोशिकाहरू टुट्ने–फुट्ने तथा मर्मत र पुनर्जीवन हुने कार्य भइरहन्छ। निद्राले हाम्रो रोग प्रतिरोधक क्षमता बढाउँछ । एक अमेरिकी पोषण विशेषज्ञका अनुसार शारीरिक अङ्गको पुनर्जीवन र मर्मतको कार्य तबसम्म सुरु हुँदैन जबसम्म कमसेकम ६ घन्टाको निद्रा पूरा हुँदैन । जब हामी निदाएका हुन्छौँ तब हाम्रो अनुहार स्थिर हुन्छ । यसले दिनभरिको श्रम र थकानबाट राहत दिलाउँछ । छाला विशेषज्ञ करेन बुर्कका अनुसार निदाएका बेला अनुहारले अनावश्यक तनावबाट मुक्ति पाउँछ । करेन बुर्कको सुझावअनुसार पीठको बलमा सुत्दा वा घुँडाको तलतिर सिरानी राखेर सुत्दा आराम महसुस गर्न सकिन्छ । छाला विशेषज्ञ निकोल लोवेका अनुसार सुत्दा मोस्चराइजरको प्रयोग आवश्यक छ। तातो कोठामा सुत्दा छाला रुखो अर्थात् फुस्रो हुनसक्छ । त्यसैले ओछ्यानमा जानुभन्दा पहिले क्रिम लगाउनुपर्छ। रातिको खाना ढिलो खाने बानी परिवर्तन गर्नुपर्छ । सुत्दा शारीरिक मेटाबोलिज्मको गति सुस्त हुन्छ किनभने त्यतिबेला हाम्रो शरीरको शक्ति क्यालोरीमा खर्च भएको हुँदैन । सुत्नुभन्दा अघि व्यायाम गर्नु राम्रो हुन्छ, यसले एड्रोनाइल बढाउँछ र शरीर जाग्छ । सुत्नुअघिको सहवास पनि प्रकृति प्रदत्त व्यायाम हो । यसका अतिरिक्त योगासन एवं ध्यान पनि सहायकसिद्ध हुन्छन् । दीपकलाल श्रेष्ठ गर्मीका लागि स्वास्थ्य टिप्स बिहानै पौष्टिक तत्व समावेश भएको नास्ता खानुपर्छ। बिहान–बेलुका हल्का खाना खानु राम्रो हुन्छ। खाना खानुअघि तथा खाना खानासाथ तुरुन्त पानी पिउनु हुँदैन। पर्याप्त मात्रामा कागती पानी सेवन गर्नु उपयुक्त हुन्छ। भोक लागेको बेला मात्र खाना खानुपर्छ कम चिल्लो भएका खानेकुरा खानुपर्छ। पानी पर्याप्त मात्रामा पिउनुपर्छ। तरबुजाको जुस पिउनुपर्छ। बिहान उठ्नासाथ तामाको भाँडामा राखिएको मनतातो पानी पिउनुपर्छ। राति सुत्ने बेलामा एक गिलास मनतातो पानीमा कागती हालेर पिउँदा फाइदा पुग्छ। भात एवं रोटी कम तथा तरकारी र फलफूल बढी खानुपर्छ। खाना खानासाथ तुरुन्त सुत्नु हुँदैन। खाना खाएपछि ४०-५० कदम हिँडडुल गरेर मात्र सुत्न जानुपर्छ। दैनिक खुला हावामा हिँड्ने तथा हल्का व्यायाम गर्ने बानी बसाल्नुपर्छ। वजन कम गर्ने सरल उपाय डाइटिसियनबाट डाइट चार्ट बनाउनुपर्छ। निर्धारित समयमा खाना खानुपर्छ। खाना खाएको तीन घन्टासम्म केही खानु हुँदैन। दिनहुँ बिहान व्यायाम गर्नुपर्छ। बाहिरको खाना कम खानुपर्छ। प्रत्येक हप्ता आफ्नो वजन जाँच गर्नुपर्छ। सलाद तथा जुस प्रशस्त सेवन गर्नुपर्छ। मस्तिष्कलाई कसरी सक्रिय बनाउने ? मांसपेशी जस्तै मस्तिष्कलाई पनि कसरतको आवश्यकता पर्छ। निम्न लिखित उपायले मस्तिष्कलाई वृद्धावस्थासम्म पनि सक्रिय राख्छ । बालबालिकाका साथमा चलचित्र हेर्नुपर्छ । बाधा–अड्चनको समाधान गर्नुपर्छ । अफिस जाने नयाँ बाटो रोज्नुपर्छ । श्रीमान्–श्रीमती प्रेमपूर्वक बस्नुपर्छ । यसले मानिसको न्युरोन्स विकसित गर्न मद्दत गर्छ। भरसक दिनहुँ नयाँ(नयाँ प्रयोग गर्नुपर्छ । जीवनमा तनावलाई स्थान दिनु हुँदैन। रक्त अल्पताका लागि भोजन पालुंगो एवं गाजरको रसमा मह मिसाएर पिउनु लाभदायक हुन्छ। अनार, अंगुर, सुन्तला, मौसम, केरा, स्याउ, गोलभेंडा, चुकन्दर, बन्दा आदि नियमित रूपमा सेवन गर्नुपर्छ। हरिया सागपात, पालुंगो, बाँबरी नियमित भोजनमा समावेश गर्नुपर्छ। अन्जिर एवं दाख खानु पनि फाइदाजनक हुन्छ। मेथी, बेसार, निमका पात पनि रक्त अल्पताका रोगीका लागि वेश हुन्छ। गहुँको जमराको रस दिनहुँ पिउँदा पनि राम्रो हुन्छ। चोकर सहितको गहुँको परिकार, ब्राउन राइस, हरिया सागपात, बन्दा आदिमा प्राकृतिक रूपमै आइरन तत्व पाइन्छ। माछा, मासु, कलेजो, अण्डा आदिले हेमोग्लोबिन बन्न सघाउ पुर्‍याउँछ । शाकाहारीले दूध, दूधबाट बनेका परिकार, भटमास, बदाम आदि खानुपर्छ । सय ग्राम ब्राउन राइसमा ३० ग्राम कालो भटमास तथा ३० ग्राम छोकडा मिसाई पकाउने र सख्खर मिसाएर खाए फाइदा हुन्छ। पालुंगोको सागमा कलेजो मिसाएर पकाउने र सुपका रूपमा खाए लाभदायक हुन्छ। अण्डा, कुरिलो, राजमा, ओखर पनि रक्त अल्पताका लागि उपयोगी मानिन्छ। राति किन बाउँडिन्छ गोडा राति कसै–कसैको गोडा बाउँडिन्छ। यसका धेरै कारणमध्ये काम गर्ने बेलामा मांसपेशी तन्किनु, धेरै समयसम्म एउटै ठाउँमा उभिनु, एन्टी साइकोटिक्स, डियोरेक्टिस औषधिको सेवन तथा शरीरमा पोटासियम, क्याल्सियम तथा पानीको कमी आदि हुन सक्छ । यस्तो समस्याबाट छुटकारा पाउन पोटासियमयुक्त खाद्यपदार्थ मेथी, पालुंगो तथा बन्दागोभी आदि खानुपर्छ । पर्याप्त पानी पिउनुपर्छ । अल्कोहल तथा कफिन सेवन गर्नुहुँदैन। गोडाको कसरत गर्नुपर्छ र गोडा बाउँडिएका बेला ओछ्यानबाट उठेर हिँड्नुपर्छ । डाइनेटिक्स स्वास्थ्यको आधुनिक विज्ञान डा.आदर्श प्रधान वर्तमान युग तीव्रगतिमा दौडिरहेको छ । समयसँगै हामी पनि एक–अर्काबीच प्रतिस्पर्धा गर्दै बाँचिरहेका छौं । यस्तो भागदौड तथा तनावयुक्त वातावरणमा हाम्रो स्वास्थ्य चाहेर पनि सोचेजस्तो राम्रो हुन सक्दैन । अहिलेको जीवनशैलीमा हामीभित्र नचाहिँदा संवेग, उत्तेजना, सनक, भयजस्ता मानसिक भावना जम्मा भैरहेका हुन्छन् । यस्ता नकारात्मक मानसिक भावनाले गर्दा हामीमध्ये धेरैमा आत्मविश्वासको कमी, निराशा, हीनताबोध, भय बढ्दै गएको पाइन्छ । मेडिकल साइन्सले पनि यदि यस्तो अवस्था बढ्दै गयो भने असाध्य रूपमा मानसिक रोगी हुनसक्ने कुरा स्वीकार गरेको छ । डाइनेटिक्स एउटा यस्तो आधुनिक विज्ञान हो जसको प्रयोगले हाम्रो मस्तिष्कभित्र दबिरहेको अनावश्यक संवेग, उत्तेजना, सनक, भय, दुःख आदि मानसिक भावनालाई उत्खनन गरेर नकारात्मक मानसिक अवस्थालाई सही अवस्थामा ल्याउन मद्दत गर्छ । डाइनेटिक्सको सिद्धान्तअनुसार मानसिक तनावले गर्दा नै मानिसलाई रोग लाग्छ । मानिसको जीवनमा तनाव त आइरहन्छ, तर तनावलाई कसरी लिने र दबिरहेको तनावलाई मस्तिष्कबाट कसरी मुक्त गर्ने भन्ने कुरा डाइनेटिक्सले सिकाउँछ । एलरोन हर्बडले प्रतिपादन गरेको यो आध्यात्मिक ज्ञानले हाम्रो आत्मा, मस्तिष्क र शरीरलाई सन्तुलनमा राख्न सिकाउँछ । डाइनेटिक्समा अडिटिङको माध्यमबाट रोगीको उपचार गरिन्छ । यो उपचारबाट जस्तोसुकै मानसिक, शारीरिक, भावनात्मक रोगीको सफल उपचार गर्न सकिन्छ । डाइनेटिक्सको सिद्धान्तअनुरूप प्रत्येक मानिसमा दुईवटा मस्तिष्क हुन्छन् । ती दुईवटा मस्तिष्कमध्ये प्रतिक्रियात्मक मस्तिष्कमा रहने मानसिक छाया चित्रहरूको संकलनलाई इनग्राम भनिन्छ । हामीमा भएको शारीरिक पीडा, दुर्घटना, भय, बेहोस हुँदा हुने अनुभूतिको छाप उक्त मस्तिष्कमा हुन्छ । हाम्रो मस्तिष्कमा भएका यी इनग्रामले गर्दा हामीमा अनावश्यक भय, निराशा, मानसिक समस्या, शारीरिक पीडा आदि उत्पन्न हुन्छन् । डाइनेटिक्स एउटा माध्यमिक परामर्श विधि हो, जसमा अडिटरद्वारा रोगी वा निरोगीलाई अनावश्यक इनग्राम हटाउन अडिटिङ गरिन्छ । डाइनेटिक्सको भाषामा अडिटिङ गराउन आउने व्यक्तिलाई प्रि–क्लियर (स्पष्ट हुन बाँकी) भनिन्छ । जसको मस्तिष्कभित्र नकारात्मक आवेग, संवेदना, भावना हुन्छ त्यस्तो व्यक्तिलाई प्रि(क्लियर भनिन्छ । प्रि–क्लियरलाई अडिटिङ गरिसकेपछि मानिसभित्र रहेको नकारात्मक आवेग, संवेदना हट्नुका साथै उसभित्र रहेको समस्यालाई ऊ आफैंले बोध गर्छ । आफूभित्र रहेको समस्यालाई बुझेर हटाएपछि प्रि–क्लियरलाई स्पष्ट भएको मानिन्छ । अतः डाइनेटिक्स लक्ष्य भनेको मानिसलाई प्रि–क्लियरबाट क्लियर बनाउनु हो । डाइनेटिक्स सिद्धान्तका प्रवर्तक एलरोन हर्बडले तनाव नाप्ने मेसिनको पनि आविष्कार गरेका छन्, जुन मेसिनबाट मानिसभित्र रहेको तनावलाई सजिलै नाप्न सकिन्छ । नापेर आएका अंकका आधारमा मानिसमित्र रहेको मानसिक अवस्था पत्ता लगाइन्छ । एलरोन हर्बडका पुस्तकहरूः एलरोन हर्बडले सयौं महत्त्वपूर्ण पुस्तक लेखेका छन् । ती पुस्तकहरूको अध्ययन एवं प्रयोगपछि हामीले दिमागी अवरोधहरूबाट पार पाउन सक्नुका साथै तिनीहरूको नियन्त्रणमाथि क्रमिक सफलता पाएर भविष्यका खुसीहरू कसरी पाउन सकिन्छ भन्ने जानकारी प्राप्त गर्न सक्छौं । एलरोन हर्बडको विश्वभर सर्वाधिक बिक्री भएको पुस्तक डाइनेटिक्सः मानसिक स्वास्थ्यको आधुनिक विज्ञान हो जुन पुस्तकमा डाइनेटिक्स सिद्धान्तको प्रयोग, अडिटिङ प्रक्रिया, डाइनेटिक्सको प्रयोगले जीवनमा कसरी काम गर्छ भन्ने कुरा समावेश छ । नेपालमा डाइनेटिक्सः नेपालमा लोकेन्द्रबहादुर चन्द प्रधानन्त्री भएको बेलामा अमेरिकाबाट डाइनेटिक्स विज्ञहरू ल्याएर सबै मन्त्रीलाई होटल र्‍याडिसनमा प्रशिक्षण दिइएको थियो । नेपालमा ५ वर्षअघि पुस्तक बिक्रीबाट सुरु भएको डाइनेटिक्स संस्थाको कार्य हाल डाइनेटिक्स वर्कसप, अडिटिङ, जीवन विधायक शिक्षण कोर्सको संचालनसम्म पुगेको छ । काठमाडौंको न्यूप्लाजास्थित यो संस्थाका संस्थापक अध्यक्ष एमएलगुरुङ तथा कार्यकारी निर्देशक नगेन्द्र पौड्याल हुन् । हाल यो संस्थामा तनाव नाप्ने मेसिनका साथै ओशिय परीक्षण पनि गरिन्छ । ओशिय परीक्षणबाट हाम्रो मानसिक एवं भावनात्मक अवस्थाका बारेमा सजिलै थाहा पाउन सकिन्छ । डाइनेटिक्सका जीवन विधायक शिक्षण कोर्स अरू शिक्षण कोर्सजस्तो होइन । यसका कोर्सहरू प्रयोगात्मक हुन्छन्, जुन हामीले आफ्नो जीवनमा प्रयोग गर्नुपर्छ । यो जीवन विधायक शिक्षण कोर्सको अध्ययनपछि अध्ययन गर्ने व्यक्तिको जीवनमा परिवर्तन आउँछ भन्ने संस्थाको दाबी छ । एजेन्सी

‘आनी छोइङ डोल्मा’ निफको ओपनिङ फिल्म

काठमाडौं। आनी छोइङ डोल्माको जीवनी प्रेरित वृत्तचित्र ‘आनी छोइङ डोल्मा स् नथिङ इम्पोसिबल’ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को ओपनिङ फिल्म रहने भएको छ । हङकङस्थित सिटी युनिभर्सिटीमा आमसञ्चारका प्राध्यापक लिनले आनीलाई सात वर्ष पछ्याएर सो वृत्तचित्र तयार गरेका हुन् । फेस्टिभल अध्यक्ष केपी पाठकले जेनिफर लिन र सान बाई निर्देशित वृत्तचित्र महोत्सवको उद्घाटनसँगै देखाइने चलचित्रका रूपमा रहने जानकारी दिए। डोल्माको साङ्गीतिक यात्रा, भिक्षु जीवन र समाजसेवालाई वृत्तचित्रले प्रस्तुतिको विषय बनाएको जनाइएको छ । निर्देशक लिनले वृत्तचित्र आनीको स्वतन्त्रताको खोजीका रूपमा केन्द्रित रहने बताए। सन् २०१० मा गरिबीमा हुर्किएका बालिकाको शिक्षाका लागि डोल्माले स्थापना गरेको आर्यतारा स्कुलको भ्रमणपछि वृत्तचित्र बनाउने सोच पलाएको र त्यसको पाँच वर्षपछि काम थालेको लिनले उल्लेख गरे । 

गायक राजेश पायलले घर घडेरी दिएर गरे ‘डिभोर्स’

काठमाडौं । गएराति मादक पदार्थ सेवन गरी हल्ला गरेको भन्दै छिमेकीले प्रहरीलाई जानकारी गराएपछि पक्राउ परेका चर्चित गायक राजेशपायल राईले डिभोर्स गरेका छन् । गायक राईले यही साता काठमाडौं जिल्ला अदालतमा श्रीमती साङबुङ राईसँग औपचारिक रुपमा डिर्भोस गरेका हुन् ।स्रोतका अनुसार अदालतमा दुई पक्षबीच मिलापत्र गरी डिभोर्स भएको हो । अदालतमा गायक राई आफैले डिभोर्सको मुद्दा दायर गरेका थिए ।डिर्भोसपछि उनले हिजो मादक पदार्थ सेवन गरी हल्ला गरेको बुझिएको छ । उनीहरूबीच सहमतिमा डिर्भोस भएको हो । यस क्रममा गायक राईले श्रीमतीलाई झण्डै पाँच करोड रुपैयाँ पर्ने तीन तले घर दिने भएका छन् । नक्सालमा रहेको उक्त घरसहित राईले श्रीमती साङबुङलाई थप नगद दिने सहमति गरेका छन् । साथै, थप एक करोड रूपैयाँ र काठमाडौंभित्रै रहेको एउटा घडेरी पनि लिने दिने लिखित सहमति भएको बुझिएको छ । उनीहरूको दुई वर्षीय छोरा छन् । छोराको सबै पालन पोषणसहित शिक्षाको जिम्मेवारी गायक राईले लिने भएका छन् । उनीहरुले छोरा जन्मिएपछि विं.सं.२०७८ असोजमा बिहे दर्ता गरेका थिए । गायक राईकी श्रीमतीले आफ्नो सामाजिक सञ्जालमा डिर्भोसको विषयलाई पुष्टि गर्ने गरी आफ्नो अभिव्यक्ति दिँदै आएकी छन् । उनले यस क्रममा केही दिनअघि ‘तिम्रो खुशी नै मेरो खुशी, चाहे तिमीलाई पाउ या गुमाउ’ भन्दै लेखेकी छन् । 

काठमाडौंमा तीन दिने ल्होछार मेला हुने

काठमाडौं, १७ फागुन । राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको आयोजनामा तीन दिने बृहत ल्होछार मेला तथा विविध सांस्कृतिक कार्यक्रमको हुने भएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत आगामी फागुन २४, २५ र २६ गते हायत होटलको प्राङ्गनमा कार्यक्रम हुने जानकारी गराइएको हो ।  राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशका अध्यक्ष दाबा फिन्जोले ल्होसारलाई राष्ट्रिय पर्वको रुपमा स्थापित गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । सबै पर्वहरुलाई उत्तिकै सम्मान गर्न आवश्यक रहेको उनले बताए ।  ल्होछार समारोहको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गर्ने बताइएको छ । कार्यक्रमको दोस्रो दिन प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङ र खेलकुद मन्त्री कार्यक्रममा सहभागी हुने उनले बताए ।  अन्तिम दिन बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन कार्यक्रमा उपस्थित हुने उनको भनाइ छ । बागमती प्रदेशभित्रका जिल्लाहरुमा रहेको कला र संस्कृतिको उत्थानका लागि ल्होसार मेला आयोजना गरिएको उनले बताए ।  कार्यक्रममा स्थानीय उत्पादनको इस्ट्रलसमेत राखिने बताइएको छ । रसुवाको मार्सी चामलदेखि नुवाकोटको स्टेवरी, ककनीको ट्राउट माछा लगायतका स्ट्रल रहने बताइएको छ ।  राष्ट्रिय संगीतकर्मी संघका वरिष्ठ उपाध्यक्ष एवं कार्यवहाक अध्यक्ष प्रकाश कटुवाल र नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले ल्होछार महोत्सव सफलताको शुभकामना ब्यक्त गरे ।  कार्यक्रममा युथ क्रियसन नेपालका संस्थापक अध्यक्ष कलाकार रवि लामा तामाङ, सगुन इभेन्ट म्यानेजमेन्ट, राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशका महासचिव दिनेश तामाङ, महासचिव अमृत खाती लगायतको उपस्थिति रहेको थियो । 

त्रिविको त्रुटि : महिना ३० गतेसम्म मात्रै, परिक्षा ३१ गते पनि

काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ। चैत २८ गतेदेखि परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरिएको थियो। सार्वजनिक गरिएको तालिकामा भने चैतको ३१ गते पनि परीक्षा गर्ने भनिएको थियो । जबकि चैत महिना ३० गतेसम्मको मात्रै छ । तर, परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीले चैत ३१ गते एमजीटी–२०९ माइक्रोइकोनोमिक्स फर बिजनेसको परीक्षा राखिएको हो । यतिबेला पनिकाले उक्त परीक्षा तालिका आफ्नो वेबसाइटबाट हटाइसकेको छ । उक्त परीक्षा तालिका मिस्टेक भएको भन्दै पनिकाले अब अर्को तालिका सार्वजनिक गर्नेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार अब उक्त मिति सच्याएर पुनः परीक्षा तालिका सार्वजनिक गरिनेछ ।