स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताएका छन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्या समाधान गर्नमा विशेष ध्यान पुर्याउनुपर्ने बताएका हुन्।
“स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतिको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्नुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिइनेछ ।”
नेपालको अधिकांश भू–भाग ग्रामीण क्षेत्र रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारका लागि दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित चिकित्सक उत्पादन गर्नुपर्नेमा जोड दिए।
स्वास्थ्य सेवाको पहुँच ग्रामीणस्तरसम्म विस्तार गर्दै जानुपर्ने खाँचो औंल्याउँदै प्रधानमन्त्रीले सार्वजनिक स्वास्थ्य संस्थाहरू सवल र सुदृढ भएमात्र आम नेपालीले सर्वसुलभ स्वास्थोपचार सेवा प्राप्त गर्न सक्ने तथ्य कोभिड–१९ महामारीले स्पष्ट पारेको बताए।
सरकारले सबै सार्वजनिक अस्पतालहरूको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “स्वास्थ्य सेवामा सबैको पहुँच, सेवाको गुणस्तरीयताका साथै समुदायमा मानव स्वास्थ्यलाई प्रभाव पार्ने सामाजिक, सांस्कृतिक, वातावरणीय कारकतत्त्व पहिचान सहितको विशिष्टिकृत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठानले अझै पहलकदमी लिनुपर्छ ।”
प्रतिष्ठानले हाल स्थानीय सरकारसँगको सहकार्यमा स्वास्थ्य बीमा कार्यक्रम तथा समुदायमा आधारित सेवा प्रवाह गर्नु सबैको लागि अनुकरणीय कार्य भएको उहाँले उल्लेख गरे।
प्रधानमन्त्री प्रचण्डले देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक भएको बताए।
प्रधानमन्त्री प्रचण्डले भने, “सबै नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवं सहकारी अस्पतालहरूको क्षमता विकासमा ध्यान दिनै पर्दछ ।” नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको उनले जानकारी दिए।




अब चन्द्रमामा पनि टोयटाको गाडी चल्ने
काठमाडौं । जापानको अन्तरिक्ष एजेन्सीले वर्ष २०४० सम्म चन्द्रमामा मानव बस्ती बसाउने योजना बनाएको छ । त्यसपछि मंगल ग्रहमा पनि बस्ती बसाल्ने उसको योजना छ । यसका लागि जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सीले टोयटा कार कम्पनीसँग सम्झौता गरेको छ । अब दुबै मिलेर चन्द्रममा सतहको खोजीका लागि एउटा विशेष गाडी बनाइरहेका छन् । लूनर क्रूजर नामक यो गाडीलाई टोयटाको ल्याण्ड क्रुजरको सम्मानमा चुनिएको हो । यो गाडीलाई यसै दशकको अन्तसम्म लन्च गरिनेछ । कारमा पुर्ण सुरक्षासहित खाने, काम गर्ने, सुत्ने र अरुसँग अन्तरिक्षमा पनि कुराकानी गर्नसक्ने सुविधा हुनेछ । टोयटा मोटर कर्पमा लुनर प्रोजेक्ट प्रमखु तकाओ सातोले समाचार एजेन्सी एपीलाई बताए अनुसार, अन्तरिक्षमा यो शताब्दीमा हुने ठूलो परिवर्तनका आधारमा यो परियोजना हेरिएको छ । यो परियोजनाबाट आफू निकै उत्साहित भएको उनले बताए ।
लोकसेवा तयारीको लागि आफ्नै शैली र सुत्र बनाएर पढ्नुपर्छ
योग्यता र क्षमता भएका व्यक्तिले देशको सेवा गर्ने स्थानमा पुग्ने महत्वपूर्ण माध्यम लोकसेवा आयोग हो । तर, लोकसेवाको परीक्षा उत्तीर्ण गर्न उति सहज भने छैन । कठिन परिश्रम र लगावले मात्र आयोगमा सफलता मिल्छ । त्यति धेरै रोजगारीको अवसर पनि नभएको र निजी क्षेत्रको रोजगारीमा ढुक्क हुने स्थिति नरहेको हाम्रो जस्तो मुलुकमा निजामती सेवाप्रति धेरै आकर्षण छ । तर, सानोतिनो तयारीले लोकसेवा उत्तीर्ण गर्न सम्भव छैन । हजारौँको प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्न सकेको खण्डमा मात्र लोकसेवामा सफलता मिल्छ । लहैलहैमा लागेर विना तयारी लोकसेवा पास गर्न नसकिने तथ्य लोकसेवाको तयारी गरिरहेका सबैलाई अवगत भएको कुरा हो । धनञ्जयकुमार शाह लोकसेवाको तयारी गरिरहँदा आफूअनुकूल र अध्ययनशील समूह निर्माण गरेर संयुक्त तयारी गर्दा पनि विषयवस्तु सम्झिन र अर्काको राम्रा उपाय लिन पनि सहज हुन्छ । पहिल्यै लोकसेवा उत्तीर्ण गरेकाहरूको अनुभव पनि लिन सकिन्छ । आफूसरहका सहपाठीहरूसँग छलफल त गर्नुपर्छ, तर यसका नाममा समयको बर्बादीमा भने लाग्नुहुँदैन । लोकसेवाको तयारी गरिरहँदा दिमागमा याद राख्नुपर्ने हुन्छ । व्यक्तिको सम्झिने तरिका अनेक हुन्छन् । पढेका विषय सम्झिन आफ्नै खालको शैली बनाउन सकिन्छ । यसका लागि सूत्र बनाएर पढ्ने, कसैलाई दाँजेर याद गर्ने, कसैलाई सम्झेर याद गर्नेलगायतका बानी अपनाउन सकिन्छ । यसका साथै आफ्नो लेखनशैलीलाई पनि परिष्कृत गराउन जरुरी हुन्छ । समसामयिक विषयमा पनि नियमित अद्यावधिक (अपडेट) हुनुपर्छ । यसका लागि नियमित पत्रपत्रिका पढ्ने, रेडियो, टेलिभिजन हेर्ने–सुन्ने पनि गर्नुपर्छ । आजकल बजारमा लोकसेवाका नाममा विभिन्न पुस्तक पाइन्छन् । त्यसमध्ये उपयुक्त खालको पुस्तक छनोट गरेर त्यसअनुसार तयारी गर्नुपर्छ । यसबाहेक सरकारी निकायका आधिकारिक प्रतिवेदन, प्रकाशन आदिमा पनि ध्यान दिनुपर्छ । लोकसेवाको तयारी गरिरहँदा आफूअनुकूल र अध्ययनशील समूह निर्माण गरेर संयुक्त तयारी गर्दा पनि विषयवस्तु सम्झिन र अर्काको राम्रा उपाय लिन पनि सहज हुन्छ । पहिल्यै लोकसेवा उत्तीर्ण गरेकाहरूको अनुभव पनि लिन सकिन्छ । आफूसरहका सहपाठीहरूसँग छलफल त गर्नुपर्छ, तर यसका नाममा समयको बर्बादीमा भने लाग्नु हुँदैन । कहिलेकाहीँ ‘रिफ्रेसमेन्ट’ भने गर्नुपर्छ । अत्यधिक चाप र बोझमा पढ्दा बुझिँदैन । यसले पुनर्ताजगी प्रदान गर्छ । वेलावेलामा स्वमूल्यांकन पनि गरिरहनुपर्छ । यसले आफ्ना नराम्रा प्रवृत्ति त्याग्न मद्दत मिल्छ । अन्त्यमा, मनोबल र दृढ इच्छाशक्ति नै तपाईंको सफलताको कडी हो । निरन्तर अभ्यास, योग र ध्यानबाट जीवनमा सन्तुलन ल्याई अध्ययनमा लगाव र समयको सदुपयोगले सधैँ सफलताको शिखरमा पुर्याउँछ । (शाह बुद्धशान्ति गाउँपालिका झापाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।) नयाँपत्रिकादैनिकबाट
नेपाल प्रहरीबारे जान्नैपर्ने कुराहरु (परीक्षा तयारी र सामान्य जानकारीका लागि विशेष उपयोगी)
प्रहरी सङ्गठनको सुरुवात शान्ति-सुरक्षा कार्यमा प्रहरीलाई व्यवस्थित रूपमा परिचालन गर्ने कार्य सन् १९१४ देखि शुरू भएको थियो । यसै साल चन्द्र शमशेरले पहिलो पुलिस सवाल जारी गरी वीरगञ्जको शान्ति-सुरक्षा कायम गर्ने जिम्मा प्रहरीलाई सुम्पेका थिए । अगष्ट १९१४ मा चन्द्र शमशेरले अङ्ग्रेज सरकारलाई ८००० फौज तत्कालै सहयोग पठाउन स्वीकार गरे। चन्द्र शमशेर कै शासनकालमा सन् १९२८ सम्ममा तराईका अन्य जिल्लाहरूमा पुलिस गोश्वरा, थाना तथा चौकीहरू स्थापना गर्न चन्द्र शमशेरले विभिन्न सवालहरू जारी गराए। सन् १९१९ (बि.सं. १९७६ पौष)को अन्त्यतिर चन्द्र शमशेरले काठमाडौं उपत्यकाको शान्ति-सुरक्षाको व्यवस्था प्रहरीलाई सुम्पिने हेतू जिल्ला-पुलिस इन्स्पेक्टर सवाल जारी गरे। यस सवालले काठमाडौं उपत्यकामा शान्ति-सुरक्षाका निमित्त एउटा सदर पुलिस गोश्वरा, ६ थाना र १७ चौकी खडा गरी सदर पुलिस गोश्वारा हनुमान ढोकामा स्थापना गरीयो भने ६ थानामध्ये चार थानाहरू क्षेत्रपाटी, असन, कालभैरव र जैसीदेवलमा तथा बाँकी २ थाना ललितपुर र भक्तपुरमा एक एक खडा गरिए। बाँकी चौकीहरू उपत्यकाको शहरी क्षेत्र वरिपरि स्थापना गरिए। नेपाल पुलिस फोर्स गठन २००७ सालको क्रान्ति पश्चात नेपालका बिभिन्न भागमा छरिएर रहेका प्रहरी इकाईहरूलाई संगठित रूपमा परिचालन गर्न सन् १९५१ तिर प्रहरी प्रधान कार्यालयको स्थापना गरी प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षकलाई लगाईएको थियो। तोरण शमशेर ज.ब.रा. पहिलो प्रहरी महानिरिक्षकका (IGP) रूपमा नियुक्त भएका थिए। सन १९५५ मा प्रहरी व्यवस्थामा बिद्यमान कमजोरीलाई हटाइ यसलाई सङ्गठनात्मक रूपमा सुदृढ पार्न तत्कालिन राजा महेन्द्रबाट प्रहरी सुधार आयोगको गठन भयो। यसको सुझावको आधारमा सन् १९५५ (बि.सं. २०१२)मा प्रहरी सङ्गठनलाई नेपाल पुलिस फोर्सको रूपमा बैधानिक स्वरूप प्रदान गरियो। पद तथा श्रेणी बिभाजन राजपत्राङ्कीत प्रहरी महानिरीक्षक अतिरिक्त प्रहरी महानिरीक्षक प्रहरी नायब महानिरीक्षक प्रहरी बरिष्ठ उपरीक्षक प्रहरी उपरीक्षक प्रहरी नायब उपरीक्षक प्रहरी निरीक्षक राजपत्र अनङ्कीत प्रहरी नायब निरीक्षक प्रहरी सहायक निरीक्षक प्रहरी हवल्दार प्रहरी जवान श्रेणी बिहिन रिक्रुट प्रहरी कार्यालय सहयोगी नेपाल प्रहरीका महानिरिक्षकहरू १. तोरण शमशेर जबरा (२००६ चैत्र – २००७ चैत्र) २. नर शमशेर जबरा (२००७ चैत्र – २०१० मंसिर) ३. ज्ञानबहादुर याक्थुम्बा (२०१० मंसिर – २०१२ भाद्र) ४. गोपाल शमशेर जबरा (२०१२ भाद्र – २०१३ साउन) ५. पूर्ण सिंह खवास (२०१३ साउन – २०१४ भाद्र) ६. ढुण्डिराज शर्मा (२०१४ भाद्र – २०१८ पौष) ७. पहल सिंह लामा ( २०१८ पौष – २०२३ असार) ८. रोम बहादुर थापा (२०२३ असार -२०२९ असार) ९. खड्गजीत बराल (२०२९ असार – २०३५ जेष्ठ) १०. दुर्लभ कुमार थापा (२०३५ साउन – २०३९ जेष्ठ) ११. दिलबहादुर लामा (२०३९ असार – २०४३ जेष्ठ) १२. हेमबहादुर सिंह (२०४३ असार – २०४७ जेष्ठ) १३. रत्न शमशेर जबरा (२०४७ असार – २०४९ फाल्गुण) १४. मोतिलाल बोहरा ( २०४९ फाल्गुण – २०५३ माघ) १५. ध्रुवबहादुर प्रधान ( २०५३ चैत्र – २०५४ मंसिर) १६. अच्युतकृष्ण खरेल ( २०५३ फल्गुण – २०५३ चैत्र/२०५४ मंसिर -२०५७ आश्विन) १७. प्रदीप शमशेर जबरा ( २०५७ आश्विन -२०५९ पौष) १८. श्याम भक्त थापा ( २०५९ पौष – २०६३ भाद्र) १९. ओम विक्रम राणा ( २०६३ भाद्र – २०६५ भाद्र) २०. हेमबहादुर गुरूङ ( २०६५ आश्विन – २०६५ फाल्गुण) २१. रमेश चन्द ठकुरी ( २०६५ फाल्गुण – २०६८ जेष्ठ) २२. रविन्द्र प्रताप शाह ( २०६८ जेष्ठ – २०६९ भाद्र) २३. कुवेर सिंह राना (२०६९ भाद्र – २०७० कात्तिक) २४. उपेन्द्र कान्त अर्याल (२०७० मंसिर १- २०७३ फागुन २) २५. दिनेश चन्द्र पोखरेल, कार्यकारी २६. प्रकाश अर्याल २७. सर्वेन्द्र खनाल (२०७४ चैत्र २८- ) सङ्गठनात्मक स्वरूप र प्रशासन प्रहरी प्रधान कार्यालय नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय काठमाण्डौ महानगरपालिका स्थित नक्सालमा रहेको छ । यो कार्यालय नेपालको आन्तरिक शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्नेको लागि नेपाल सरकार गृह मन्त्रालयको मातहतमा केन्द्रीय स्तरमा कार्य गर्दछ । अन्य सम्पूर्ण प्रहरी कार्यालयहरू प्रहरी प्रधान कार्यालयको मातहतमा रहने भएकाले यसको बनोट एका तर्फ नियन्त्रक तथा निर्देशक इकाइको रूपमा रहेको छ भने अर्को तर्फ समन्वयात्मक इकाइको रूपमा पनि रहेको छ। यस अर्थमा यसले प्रहरी सङ्गठनको सम्पूर्ण प्रशासन, व्यवस्थापन, परिचालन एवं प्रवाह जस्ता आवश्यकीय कार्य गर्दछ। साथै, सुपरीवेक्षणको काम पनि गर्दछ । देशभरिको विभिन्न भौगोलिक परिवेश अनुसार अवस्थित प्रहरी इकाइहरूको कार्य सञ्चालनमा परिआउने कठिनाइ तथा अवरोधहरूको निराकरण गरि सरल एवं सुलभ प्रणाली बिकसित गर्न प्रहरी प्रधान कार्यालय अन्तर्गत पांच वटा विभागहरूको गठन भएको छ । जसमा प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसंधान विभाग, मानवश्रोत विभाग,र प्राविधिक सहायता विभाग पर्दछन । प्रशासन विभाग सङ्गठन भित्र पर्ने सम्पूर्ण प्रशासनिक एवं व्यवस्थापन पक्षसँग सम्बन्धित क्रियाकलापहरू यस विभागको कार्य-क्षेत्रअन्तर्गत कर्मचारीहरूको पदस्थापन, भर्ना, सरुवा, बढुवा, कार्य मुल्यान्कन, तालीम, लत्ता-कपडा वितरण, हात-हतियार वितरण, आर्थिक व्यस्थापन, समेत पर्दछन । एवंरीतले विभागीय नीति निर्माण एवं अनुगमन कार्यहरू समेत पर्दछन्।यस विभागको प्रमुखको रूपमा प्रहरी अतिरिक्त महानिरीक्षक रहने व्यवस्था रहेको छ। कार्य विभाग देशमा शान्ति तथा अमन चयन कायम राख्न प्रहरी प्रधान कार्यालयले आफु मातहत रहने गरि मिति २०४५ जेष्ठ २६मा कार्य बिभागको स्थापना गरेको हो। प्रहरी प्रधान कार्यालय अन्तरगतका ५ वटा बिभाग मध्येको एक यो बिभागको मुख्य जिम्मेवारी प्रभावकारी रूपमा प्रहरी र उपलव्ध श्रोत साधनको परिचालन गर्नु हो । हाल समाजमा घटिरहेका अपराधिक क्रियाकलाप रोक्ने, जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिने, राष्ट्रिय तथा अन्तराष्ट्रिय बिशिष्ट व्यक्तिहरूको सुरक्षा गर्ने तथा चुलिदै गएको ट्राफिक समस्या समधान गर्न यो बिभाग तल्लीन रहेको छ । यसको अलवा बिभागले आफु मातहतका कार्यालयहरूलाई प्रहरी परिचान संवन्धी निर्देशन, नियन्त्रण, सुपरिवेक्षण गरेर प्रभावकारी रूपमा अनगमन गर्ने गर्दछ । देशमा व्याप्त सशस्त्र, निशस्त्र वा राजनितिक समुहहरूको बारेमा सूचना संकलन गरि त्यसको प्रभावकारी मूल्याङ्गकन गरेर भविश्यमा हुन सक्ने खतराको समेत यसले पूर्वानुमान गरि प्रहरी परिचालन गर्ने कार्य गर्दछ । कार्य निति देशभर कानुनि राज्य कायम गर्न : प्रहरी र उपलव्ध साधनको अधिक्तम उपयोग गर्ने मानवअधिकारको संरक्षण गर्ने तालीम समन्वय र सामग्रीको मद्दतले क्षमता अभिवृद्धी गर्ने। कार्यहरू गृह मन्त्रालय तथा प्रहरी महानिरीक्षकबाट प्राप्त नीति निर्देशनहरू कार्यान्वयन गर्ने। अपराध रोक्न र शान्ति तथा अमन चयन कायम राख्न प्रहरी परिचालन गर्ने। दिगो शान्ति तथा सुरक्षा प्रदान गर्न व्यापक रूपमा प्रहरी तथा उपलव्ध श्रोत साधन परिचान गर्ने। राष्ट्रिय तथा अन्तराष्ट्रिय विशिष्ट व्यक्तिको सुरक्षाको व्यवस्था गर्ने। देश भर ट्राफिक व्यवस्थालाई प्रभावकारी बनाउने। परिचालित प्रहरी इकाईहरूलाई हातहतियार तथा उपकरणहरू उपलव्ध गराउने। अन्य सरकारी निकायसँग सुरक्षाको समन्वयालाई अभिवृद्धि गर्ने। दैवि प्रकोप तथा उद्धार कार्यमा प्रहरी परिचान गर्ने। बिभाग मातहतका निर्देशनालय बिभाग कार्यालयहरूलाई निर्देशन सुपरिवेक्षण अनुगमन तथा कामको मूल्याङ्गकन गर्ने। देशबाट आतंककारी क्रियाकलाप संचालन गर्ने समुहहरूको खवर संकलन बिश्लेषण अभिलेख तथा सूचना प्रवाह गर्ने। विशेष प्रहरीको गठन गरी आवश्यक्ता परेको बखत प्रहरी परिचान गर्ने। मातहत प्रहरी इकाईहरूलाई आवश्यक्ता परको बेला थप मद्दत उपलव्ध गराउने। सुरक्षा सेवा निर्देशनालय परिचय प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्य विभाग अर्न्तर्गत रहेको सुरक्षा सेवा निर्देशनालय एक मुख्य निर्देशनालय हो। यस निर्देशनालयले विशेष गरी स्वदेशी तथा विदेशी विशिष्ट तथा अति विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था मिलाउने तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको सम्मेलन, गोष्ठी तथा महोत्सवको सुरक्षा, विशिष्ट व्यक्तिको लागि व्यक्तिगत सुरक्षा अधिकृत खर्टाई सो वारे खवर संकलन गरी विश्लेषणको आधारमा सुरक्षा व्यवस्था पूनर्मूल्यांकन गर्न सिफारिश गर्ने समेत काम गर्दछ। अपराध अनुसन्धान विभाग पृष्ठभूमि लोक कल्याणकारी राज्यको अवधारणा अनुरूप नागरिकको जिउ धनको सुरक्षा गर्न, शान्ति सुव्यवस्था कायम गर्न, मानव अधिकारको संरक्षण गर्न एवं जनकल्याणकारी सेवाहरू प्रदान गर्ने संागठनिक उदेश्य पूर्ति गर्न नेपाल प्रहरी सङ्गठन भित्र विभिन्न विभाग, निर्देशनालय, व्यूरो, तथा महाशाखा शाखाहरूको स्थापना गरिएको छ। यसै अनुरूप अपराध अनुसन्धान विभाग पनि एक महत्वपूर्ण विभाग हो। अपराधिक क्षेत्रमा देखिएको चुनौतिहरूको सामना गर्न अपराध अनुसन्धान विभागको स्थापना हुनु पर्ने भन्ने प्रहरी सुझाव आयोग वि.सं.२००८को सुझाव अनुसार बि.सं. २००८ सालमा Central Intelligence Bureau स्थापनाभई एउटा महाशाखाको रूपमा काम गर्दै आएकोमा वि.सं.२०४९ साल पछि यस अपराध अनुसन्धान विभागको स्थापना भएको पाईन्छ। नेपाल प्रहरीको प्रशासनिक सङ्गठनात्मक संरचना अनुसार अपराध अनुसन्धान विभाग प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष मातहतमा रहेको छ। प्रहरीमा उपलव्ध साधन श्रोतलाई प्रभावकारी ढंगबाट परिचालन गरी अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने यस विभागको प्रमुख उदेश्य रहेको छ। यसका लागि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग तथा मातहतमा ४०१, काठमाडौं उपत्यका भित्र १७१ र सो वाहेक पाँचवटा क्षेत्रिय प्रहरी कार्यालयहरूमा १७११ गरी अपराध अनुसन्धान समूह तर्फजम्मा २३७५ जना कर्मचारीहरूको दरवन्दी रहेको छ जुन नेपाल प्रहरीको कूल दरवन्दी संख्या ५६०६९को ४.२३ प्रतिशत मात्र हो। यसरी सिमित श्रोत र साधनका वावजुद पनि यस अपराध अनुसन्धान विभागले देशका ७५ वटै जिल्ला प्रहरी कार्यालयहरू, १४ अञ्चल प्रहरी कार्यालयहरू, ५ क्षेत्रीय प्रहरी कार्यालयहरू तथा महानगरीय प्रहरी आयुक्तको कार्यालयबाट भएको अपराध अनुसन्धान तथा नियन्त्रण कार्यको निरीक्षण, अनुगमन तथा सुपरिवेक्षण गरी सांगठनिक लक्ष्य पूर्तिकालागि अहम भूमिका निर्वाह गर्दै आइरहेको छ। अतः यस कार्यलाई समयानुकुल प्रभावकारी बनाउन यस विभाग अर्न्तर्गत अपराध अनुसन्धान व्यूरो तथा नियन्त्रण व्यूरो स्थापना हुनुका साथै उक्त व्यूरोहरू मातहत रहनेगरी विभिन्न महाशाखाहरू, शाखाहरू रहेका छन्। त्यसैगरी नेपाल सरकारको मिति २०६५।०९।०६ गतेको निर्णयअनुसार यस विभाग मातहतमा प्र.ना.म.नि.प्रमुख रहने गरी महिला तथा बालवालिका सेवा निर्देशनालयको पनि स्थापना भएको छ । लक्ष्यहरू प्रचलित राष्ट्रिय तथा अर्न्तराष्ट्रिय कानुनी व्यवस्था अनुसार उक्त कानुनको अधिनमारही प्रभावकारी ढंगबाट अपराध नियन्त्रण तथा अनुसन्धानगर्दै आमनागरिकहरूलाई न्यायको प्रत्याभूति दिलाउनु यस विभागको मूख्य लक्ष रहेको छ। अपराध अनुसन्धान विभागको उद्देश्यहरू कुनै पनि सङ्गठनले आफ्नो लक्षपूर्तिका लागि विभिन्न उद्देश्य तथा कार्य योजनाहरू तय गरेको हुन्छ। यसै अनुरूप अपराध अनुसन्धान विभागको पनि मूख्य रूपमा निम्न उद्देश्यहरू रहेका छन्। अपराध अनुसन्धान तथा नियन्त्रणको क्षेत्रमा राष्ट्रिय नीति तर्जुमा गर्ने। अपराध अनुसन्धान सम्वन्धी नीति निर्देशन र आदेश जारी गरी मातहत अनुसन्धानकर्ता तथा अनुसन्धान सम्वन्धी निकायलाई कार्यान्वयन गर्न लगाउने। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अपराध नियन्त्रण गर्ने निकायसँग सम्पर्क र समन्वय गर्ने। अपराध अनुसन्धान र नियन्त्रणमा भएको कार्य पद्धती, प्रगती विवरणको मूल्याकन गर्न मातहत निकायको निरीक्षण तथा सुपरिवेक्षण गर्ने। अनुसन्धान अधिकृतहरूको पदस्थापना, कार्यक्षमताको मूल्यांकन गर्ने र सोको आधारमा पुरस्कार तथा दण्ड सजायको व्यवस्था गर्ने गराउने। अपराध अनुसन्धानमा दक्ष जनशक्तिको आवश्यक क्षेत्र पहिचान गरी सोही वमोजिम तालीमको व्यवस्था गर्ने। राष्ट्रिय तथा सम्वद्ध अर्न्तराष्ट्रिय स्तरका सम्पूर्ण अपराधिक अभिलेख एवं तथ्याङ्क राख्ने साथै सो अभिलेखको विश्लेषण गर्ने र सोही आधारमा अपराध अनुसन्धान सम्वन्धी नीति तथा योजना तर्जुमागरी लागू गर्ने गराउने। कुनै एक क्षेत्र, अञ्चल र जिल्लाको भौगोलिक सीमाभन्दा वढी क्षेत्रमा प्रभाव पार्ने किसिमका जघन्य प्रकृतिका अपराधहरूको अवस्था अनुसार अनुसन्धान गर्ने र अन्तर क्षेत्रवीच समन्वय र सहयोग उपलव्ध गराउने भूमिका निर्वाह गर्ने। मातहत निकायहरूबाट समाधान हुन र गर्न नसकेका मुद्धा तथा घटनाको केन्द्रबाटै अनुसन्धान गर्न अपरिहार्य भएमा कुनै पनि मुद्धाको अनुसन्धान गर्ने। पीडित पक्षको उद्धार सम्वन्धी गतिविधीमा प्रभावकारीता ल्याउन विभिन्न कार्यक्रमहरू लागू गर्ने, अपराध स्थिति अनुसन्धानको व्यवस्था आदि विषयमा र्सवसाधारणलाई जानकारी वा सूचना प्रवाहको व्यवस्था मिलाउने। क्षेत्र लगायत अञ्चल र जिल्लाका अनुसन्धान शाखालाई आवश्यक पर्ने वैज्ञानिक तथा अन्य श्रोत साधनहरूको समुचित व्यवस्था मिलाउने। इन्टरपोल सम्वन्धी कार्यलाई सुढृढगरी अन्तर्राष्ट्रिय अपराधीहरूको अभिलेख राख्ने साथै सो सम्वन्धी गतिविधी वारेमा जानकारी हासिल गर्ने। हाल संचालनमा रहेको सामुदायिक प्रहरी सेवालाई प्रभावकारी अपराध नियन्त्रणका लागि भावी कार्ययोजनाको रूपमा विकशित गर्ने। कम्प्यूटर निर्देशनालय सूचना प्रविधिको आजको युगमा नेपाल प्रहरीलाई पनि सूचना प्रबिधिको क्षेत्रमा अझ बढी सशक्त र समयानुकुल बनाई सूचना प्रबिधिमा भएका विकासक्रम संगै आवश्यकतानुसार नेपाल प्रहरी लाई सोही अनुरुप परिमार्जित गर्दै सो को उच्चत्म प्रयोग गर्ने अभिप्रायले नेपाल प्रहरीमा गठन भएको कम्प्यूटर निर्देशनालयबाट स्थापनाकाल देखि नै नेपाल प्रहरी सङ्गठनको लक्ष्य प्राप्तिको लागि सूचना प्रबिधिको क्षेत्रमा आवश्यकतानुसारको योगदान पुर्याउदै आईरहेको छ । नेपाल प्रहरीको लागि आवश्यक कम्प्यूटर तथा सो संग सम्बन्धी उपकरणहरु खरिद गर्ने सम्बन्धमा आवश्यक राय सुझाव प्रदान गर्ने, खरिद भई आएका उपकरणहरुको चेक जांच गरि सो को सुरक्षित भण्डारण गर्ने, प्राथमिकताको आधारमा माग भई आए अनुसार विभिन्न प्रहरी कार्यालयहरुमा कम्प्यूटर र अन्य उपकरणहरु वितरण गरि सो को नियमित अनुगमन गर्ने कार्य यस निर्देशनालयले गर्दै आईरहेको छ । यसका अलावा विभिन्न प्रहरी कार्यालयहरुबाट माग भए अनुसार सो कार्यालयहरुका लागि आवश्यक Software तयार गर्ने र नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई कम्प्यूटर सम्बन्धी विभिन्न तालिमहरु संचालन गरी कम्प्यूटर सम्बन्धी आवश्यक ज्ञान र शीप प्रदान गर्ने कार्य समेत यस निर्देशनालयबाट गरिदै आएको छ । प्रहरी प्रधान कार्यालय, कम्प्यूटर निर्देशनालयको काम कर्तब्य विश्वमा तीब्र रुपले विकास भैरहेको कम्प्यूटर प्रबिधिको अध्ययन गरी नेपाल प्रहरीलाई आवश्यक आर्थिक तथा प्राबिधिक रुपमा उपयुक्त प्रणाली अबलम्बन गर्न सुझाव पेश गर्ने साथै कम्प्यूटर तथा इलेक्ट्रोनिक्स क्षेत्रमा आवश्यक प्राबिधिक सल्लाह प्रदान गर्ने । नेपाल प्रहरीको आवश्यकता बमोजिम बिभाग, सचिवालय, निर्देशनालय, महाशाखा,शाखा एंव नेपाल प्रहरीका अन्य इकाईहरुमा प्राबिधिक सर्वेक्षण गरी त्यहांको आवश्यकता पहिचान गरी प्राथमिकताको आधारमा कम्प्यूटर सुबिधा क्रमशः उपलब्ध गराउदै लैजाने साथै ती इकाईहरुको माग र कामको प्रकृति अनुसार उपयूक्त कम्प्यूटर सफ्टवेयर विकास गरी जडान गरी दिने । कम्प्युटर निर्देशनालयको कामको सम्बन्धमा बार्षिक कार्यक्रम तर्जुमा गर्ने र स्वीकृत कार्यक्रम अनुसार कार्य संचालन गर्ने, गराउने । मातहतका महाशाखा, शाखा, उपशाखाहरुको कार्यपद्धतिबारे गहीरो जानकारी राख्ने तथा प्राबिधिक कठिनाई वा समस्या उत्पन्न भएको अबस्थामा आवश्यक सल्लाह एंव सुझाव प्रदान गरी उक्त समस्या समाधान गर्ने । कम्प्यूटर सम्बन्धी आवश्यक उपकरणहरु खरीद गरी सोको भण्डारको ब्यवस्था मिलाउने । नेपाल प्रहरीको बिभिन्न निकायहरुमा छरिएर रहेका कम्प्यूटरहरुलाई एकबद्ध गरी एकिकृत कम्प्यूटर प्रणालीमा विकास गर्दै लैजाने । मातहतका प्रहरी कर्मचारीहरुको कार्य प्रगतीको मूल्यांकन, निरीक्षण र सुपरीवेक्षण गर्ने । नेपाल प्रहरीको बिभिन्न इकाईहरुमा कार्यरत कम्प्यूटर प्राबिधिक प्रहरी कर्मचारीहरुको सरुवा, बढुवा मुल्यांकन तथा सुपरीवेक्षण गर्ने । कम्प्यूटर बितरित प्रहरी इकाईहरुमा कार्यरत प्राबिधिक कर्मचारीहरु लगायत नेपाल प्रहरीका प्रहरी कर्मचारीहरुलाई आवश्यकता अनुसार कम्प्यूटर बिषयमा सीप तथा ज्ञान प्रदान गराउन साथै दक्ष जनशक्ति उत्पादन गर्न बार्षिक तालीम क्यालेण्डर तयार गरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको तत्वाधानमा कम्प्यूटर निर्देशनालयमा तालीम संचालन गर्ने । नेपाल प्रहरीको आवश्यकता अनुरुप कम्प्यूटर तथा यसका सहायक उपकरणहरु र इलेक्ट्रोनिक्स उपकरणहरु खरीद गर्नुपर्दा उपयुक्त किसिमको Specificationतयार गरी खरीद गर्नको लागी सम्बन्धित निकायसंग समन्वय कायम गरी आवश्यक कार्य गर्ने । कम्प्यूटर प्रबिधिमा द्रुत गतिमा भइरहेको विकास एवं परिर्वतनले गर्दा कम्प्यूटरनिर्देशनालयमा कार्यरत प्रहरी अधिकृतहरुलाई समय सापेक्ष उन्नत तालीम, सेमिनार,उच्च शिक्षा, गोष्ठी आदिको ब्यबस्था मिलाई दिन मजकुर प्रमनिको कार्यालय मार्फत सम्बन्धित निकायमा अनुरोध गरी पत्राचार गर्ने । नेपाल प्रहरीको बिभिन्न इकाईहरुमा बितरण गरीएको कम्प्यूटर र यसका सहायक उपकरणहरुको आवश्यक रेखदेख, नियन्त्रण, अनुगमन, तथा मर्मत आदिको मासिक प्रतिबेदन प्रमनिको कार्यालयमा पेश गर्ने तथा मर्मत कार्यको लागी आवश्यक पर्ने बजेटको ब्यबस्था प्रमनिको कार्यालय मार्फत गर्ने । प्रहरी सङ्गठनका बिभिन्न कार्यालयहरु तथा अन्य सम्बन्धित निकायहरु संग सूचना आदान प्रदान गर्न उपयूक्त ब्यबस्थापकीय सूचना प्रणाली (Management Information System) विकास गर्ने तथा तथ्यांक, सूचनाको सुरक्षा गर्ने र गोपनियता कायम गर्ने । मातहतका प्रहरी कर्मचारीहरुको कार्य प्रगतीको मुल्याङ्कन गर्ने, निरीक्षण गर्ने,सुपरीवेक्षण गर्ने साथै कर्मचारीहरुको वृत्ति विकासको अबसर प्रदान गर्न आवश्यक ब्यबस्था मिलाउने । मानवश्रोत विभाग स्थापना : २०६१ साल बैशाख १७ गतेको मन्त्री परिषद्को निर्णयले मानवश्रोत विकास विभागको स्थापना भएको हो। उद्धेश्य : प्रहरी सङ्गठन भित्र रहेको मानवश्रोत (Human Resource)को व्यवस्थापन गरी सङ्गठनको जनशक्तिलाई चुस्त र दक्ष बनाउने उद्देश्य अनुरूप यो विभागको स्थापना गरिएको हो। मुख्य जिम्मेवारी : प्रहरी कर्मचारीलाई आवश्यक पर्ने प्रशिक्षणका क्षेत्रमा देखिएका वाधा व्यवधानहरूको पहिचान गरी समयानुकूलको प्रशिक्षण नीति तय गर्ने। विभिन्न किसिमका स्वदेश तथा विदेशमा सञ्चालन गरिने तालीम, प्रशिक्षण, सेमिनार, गोष्ठीहरूमा भाग लिने योग्य प्रहरी कर्मचारीको मनोनयन सिफारिश गर्ने। मौजुदा प्रशिक्षण पाठ्यक्रम, पाठ्यपुस्तकहरूलाई परिमार्जन गर्दै लगी सङ्गठनका लागि दक्ष जनशक्तिको उत्पादन गर्ने। मानवश्रोत व्यवस्थापनका क्षेत्रमा देखिएका समस्या बाधा, व्यवधानहरूको मूल्याङ्कन गरी राय सुझाव पेश गर्ने। क्षेत्रीय प्रहरी कार्यालय नेपालका ५ वटै क्षेत्रहरूमा १/१ क्षेत्रीय प्रहरी कार्यालय गरी जम्मा ५ वटा क्षेत्रीय प्रहरी कार्यालयहरू रहेका छन्। प्रहरी नायब महानिरिक्षक यस कार्यालयका प्रमुखको रूपमा रहेका छन्। यस कार्यालयले आफ्नो क्षेत्र भरिको शान्ति-सुव्यवस्था, अपराध-नियन्त्रण, अपराध-अनुसन्धान, आफ्नो मातहतका कार्यालयलाई नियन्त्रण, निर्देशन, आवश्यक व्यवस्थापन तथा समन्वयकर्ताको समेत जिम्मेवारी लिएको छ। यस कार्यालय अन्तर्गत क्षेत्रिय प्रहरी गण तथा गुल्महरू, विमानस्थल सुरक्षा गार्डहरू तथा जिल्ला प्रहरी कार्यालयहरू समेत रहेका छन्।
६८ जिल्लाको प्रावि नतिजा सार्वजनिक (नतिजासहित)
काठमाडौं, चैत ८ । शिक्षक सेवा आयोगले शुक्रबार दिउँसोसम्म अस्थायी शिक्षकको ६८ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगका अनुसार बाँकी जिल्लाको प्रावि नतिजा आज (शुक्रबार) सम्म आइसक्ने छ । आयोगले शुक्रबार दिउँसोसम्म कुन–कुन जिल्लाको नतिजा सार्वजनिक गरेको छ? हेर्नुस्– रसुवाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सिन्धुपाल्चोकको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् धादिङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मनाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् लमजुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् तनहुँको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् गोरखाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् स्याङ्जाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रौतहटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पर्साको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् नवलपरासीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कास्कीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पाल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कपिलबस्तुको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् गुल्मीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अर्घाखाँचीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रुपन्देहीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मुस्ताङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पर्वतको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् म्याग्दीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बागलुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सर्लाहीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सिन्धुलीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् महोत्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् धनुषाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सल्यानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दोलखाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रामेछाप को नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रुकुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सुर्खेतको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ओखलढुंगाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् उदयपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सोलुखुम्बको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सप्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् खोटाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् प्यूठानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सिरहाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कालिकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बर्दियाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मोरङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाँकेको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जाजरकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मुगुको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दैलेखको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् तेह्रथुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सुनसरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् इलामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् झापाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् संखुवासभाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् भोजपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् धनकुटाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् हुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कैलालीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पाँचथरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अछामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ताप्लेजुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोटीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाजुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बझाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दार्चुलाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कञ्चनपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बैतडीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
विज्ञको यस्तो छ पाँच सुझावः लोकसेवामा परीक्षार्थीले कसरी लेख्ने ?
काठमाडौं, साउन ९ । लोकसेवा परीक्षामा परीक्षार्थीले अक्सर गर्ने गल्ती के–के हुन् ? लोकसेवा परीक्षामा परीक्षार्थीले सामान्यतया सबै प्रश्नको उत्तर दिएका हुँदैनन् । उत्तर दिएका प्रश्नमा समेत सन्तुलन कायम भएको हुँदैन । उनीहरूले कुनै प्रश्नको उत्तर लामो र कुनै प्रश्नको उत्तर एकदमै छोटो दिएका हुन्छन् । विषयवस्तुमा अध्ययन नै नगरी परीक्षा दिने परीक्षार्थी पनि प्रशस्तै हुन्छन् । प्रश्नको उत्तर दिँदा राम्रोसँग अध्ययन गरेर खण्ड–खण्डमा सन्तुलन मिलाएर उत्तर दिनुपर्छ । कुनैमा कम र कुनैमा धेरै नलेखी सबै प्रश्नमा सन्तुलन मिलाएर लेख्नुपर्छ । कसरी उत्तर लेख्दा बढी अंक आउँछ ? परीक्षामा सोधिएका प्रश्नको समसामयिक सिद्धान्तका साथै व्यावहारिक कुराहरूको उदाहरण दिएर लेख्नुपर्छ । यसका लागि धेरै विषयवस्तुको ज्ञान हुनुपर्छ । विशेषगरी कुनै एउटा लेखकको मात्र नभएर तुलनात्मक रूपमा अध्ययन गर्नुपर्छ । त्यससँगै परीक्षामा लेख्दा अहिलेको विद्यमान अवस्थालाई समेट्दै लेखे जाँचकीबाट धेरै अंक प्राप्त गर्न सकिन्छ । धेरै अंक ल्याउन अपनाउन सकिने विधि केही छन् ? धेरै अंक ल्याउन तयारी धेरै गर्नुपर्छ । एक्लै बसेर पढ्नुभन्दा समूहमा बसेर पढ्दा धेरै सहज हुन्छ । एक्लै बसेर एउटामात्र किताब च्यापेर पढ्दा अरूले कसरी पढेका छन् भन्ने कुरा थाहा हुँदैन । त्यसैले समूहमा बसेर उत्तर दिने प्रयत्न गर्यो भने परीक्षामा धेरै सहज हुन्छ । ह्यान्डराइटिङले अंकमा कस्तो असर पार्छ ? ह्यान्डराइटिङले अंकमा एकदमै असर पार्छ । चिन्न र पढ्न नसकिने अक्षरले जाँचकीलाई इरिटेसन गर्छ । जसले गर्दा जाँचकीले राम्रोसँग पढ्न सक्दैन र पढ्दैन पनि । त्यसैले उत्तर लेख्दा अक्षर राम्रो पारेर सुरुमा डेस्टिनेसन दिँदै बुँदागत रूपमा लेख्नुपर्छ । जाँचकीले परीक्षार्थीबाट कस्तो अपेक्षा गर्छन् ? सर्वप्रथम जाँचकीले प्रश्नको सही उत्तर छ वा छैन भनेर हेर्छ । उत्तर लेख्दा जहिले पनि खण्ड–खण्डमा मिलाएर लेख्नुपर्छ । प्रश्नले मागेको मात्र उत्तर दिनुपर्छ । उत्तर लेख्दा सुरुमै प्रश्नको खण्डबारे उल्लेख गर्दा उपयुक्त हुन्छ । जसका लागि तीन खण्डमा विभाजन गरेर पहिलोमा परिभाषा, दोस्रोमा विशेषता र तेस्रोमा समस्याहरू क्रमशः लेख्दा राम्रो हुन्छ । यसरी लेख्दा परीक्षार्थीको अंकमा समेत फरक पर्छ । भीमदेव भट्ट पूर्वसदस्य, लोकसेवा आयोग नयाँपत्रिकादैनिकबाट
यी ५ लक्षण देखिए हुनसक्छ ओमिक्रोन– डा. पुन
डेल्टासँगै ओमिक्रोनको सरप्राइज उपस्थिति हुँदा संक्रमणको तीब्रतामा बुस्ट-अप भएको छ। यी दुई फरक भेरियन्टको भाइरसलाई हाल प्रयोगमा आइरहेको पिसिआर प्रविधिबाट छुट्याउन भने सकिँदैन। तर पछिल्लो समयमा नेपाल सरकारले सार्वजनिक गरेको तथ्यांकले २२ प्रतिशत एस-जीन नेगेटिभ (सिक्वेन्सिङ गर्दा ओमिक्रोन पुष्टि भएको) र बाँकीमा एस-जीन पोजिटिभ देखिँदा अघिल्लो भेरियन्ट डेल्टासँगै ओमिक्रोन फैलँदै गरेको देखिन्छ। यद्यपि यी दुई भेरियन्टहरुको उपस्थितिको अनुपातमा आगामी दिनमा के कति फरक हुनेछ भनेर हेर्न भने अर्को विज्ञप्ति कुर्नु पर्ने हुन्छ। अस्पतालमा केहि दिन यता निरन्तर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा उनीहरुमा यी निम्न ५ लक्षणहरु प्रमुख देखिएका छन्। १) घाँटी दुख्ने/असहज हुने। २) थकान महसुस हुने। ३) टाउको र शरीरका मांशपेशी दुख्ने। ४) हल्का शरीर तातिएको महसुस हुने। ५) नाकबाट पानी आउने/बन्द हुने। तर यी माथि उल्लेखित लक्षणहरु सामान्यतय खोप लगाएकाहरुमा नै देखिएका थिए। यी बाहेक अघिल्लो भेरियन्टहरुमा देखिँदै आइरहेका उच्च ज्वरो, खोकी, श्वास प्रश्वासमा असहजता तथा स्वाद/गन्ध थाहा नपाउने जस्ता लक्षणहरु पनि नदेखिने भन्ने चाँही होइन। खोप लगाउनेहरुमा संक्रमण हुन् सक्ने भए पनि जटिल अवस्था आउने वा मृत्यु हुने जोखिमलाई घटाउने विभिन्न अध्ययन, अनुसन्धान र लेखकको अनुभवबाट देखिन्छ। तसर्थ खोप लगाउनमा सबैको अर्जुन दृष्टि हुन् अति जरुरी देखिन्छ। -स्वास्थ्यखबरबाट
सानोतिनो रोग लागेका बेला समेत कडा खालको एन्टिवायोटिक ?
सानोतिनो रोग लागेका बेला समेत कडा खालको एन्टिवायोटिक औषधि दिने र खाने चलन समान्य जस्तै भइसकेको छ । तर यसले पार्ने प्रभावका बिषयमा अधिकांश उपभोक्तालाई जानकारी छैन । एन्टिवायोटिक औषधि डाक्टरको प्रिस्किृप्सन बिना बेच्न र उपभोग गर्न पाइदैन् । यो अन्तर्राष्टिय मान्यता हो । तर नेपालमा यो नियम न औषधि बिक्रेताले पालना गरेका छन न औषधि किनेर खाने उपभोक्ताले नै यसका विषयमा हेक्का राख्ने गरेका छन । नेपालमा अहिलेसम्म कुन किसिमको रोगमा कुन स्तरसम्मको एन्टिवायोटिक्स बिक्री गर्ने वा उपभोक्ताले खाने भन्ने कुनै गाइडलाइन छैन । त्यसैले औषधि दिने र लिने दुबैले मनपरि तरीकाले एन्टिवायोटिक्स सेवन गरिरहेका छन । छिटो रोग निको पार्न एन्टिवायोटिक्सको सेवन गर्ने गरिएको पाइन्छ । एक्टिवायोटिक्सलाई रोग निको पार्ने अचुक उपायको रुपमा हेर्ने गरेकाले यसले स्वास्थ्यमा नराम्रो असर पारिरहेको विज्ञहरु बताउछन । मिर्गौला प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठ भन्छन, एन्टिवोयोटिक्सको सही तरीकाले उपभोग गर्न नसकिए अभिषाप पनि बन्छ भन्ने कुराको ज्ञान धेरैलाई छैन । जसका कारण मिर्गौला बिग्रनेदेखि विभिन्न स्वास्थ्य समस्याको जन्म हुन्छ । जथाभावी एन्टिवोयोटिक्स सेवनकै कारण वर्षेनी दुई हजारभन्दा बढीले ज्यान गुमाउने गरेको सरकारी तथ्यांक छ । डिप्रेसनमा परेका व्यक्तिहरुले रातमा निद्रा नआएपछि निद्रा आउने औषधि आवश्यक भन्दा बढी सेवन गर्दा ज्यान समेत जाने गरेको छ । कोही रोग निको पार्ने निहूमा डोजभन्दा बढी औषधि एकै पटक खाइदिने त कोही एउटा रोगका लागि सेवन गर्नु पर्ने एन्टिवोयोटिक्स अर्को रोग निको पार्न खाइदिने गर्छन । कोही आफु खुशी औषधि पशलबाट एन्टिवायोटिक्स किनेर खाने गर्छन । मनपरि एन्टिवायोटिक्सको सेवनले समस्या निम्त्याएको चिकित्सकहरु बताउछन । चिकित्सको प्रिस्किृप्सन बिना नै दुखाई कम हुने औषधि एन्टिवायोटिक्स आफू खुशी सेवन गर्दा हरेक दिन कुनै न कुनै घटना घटिरहने गरेको त्रिवि शिक्षण अस्पतालका डा. सतिस शाह बताउछन । उनी भन्छन, आफू खुशी औषधि सेवन गर्दा यसले पार्ने साइड इफेक्टका बिषयमा धेरैलाई जानकारी छैन । औषधिको प्रयोग गर्न नजान्दा रोग निको हुनुको सट्टा ज्यान सक्छ भन्ने कुरा बिर्सनु हुदैन । औषधिलाई तरकारी किनेर खाएजस्तै विना कसैको सल्लाह सेवन गर्ने बानी बिकास रोकिनु पर्ने विज्ञहरु बताउछन । उनीहरुको भनाई छ, चिकित्सकको सल्लाह विना औषधि सेवन गर्दा एउटा रोग निको पार्न खोज्दा अर्कै रोग बल्जmने संभावना हुन्छ । एन्टिवायोटिक्स आफू खुशी सेवन गर्दा यसले मिर्गौला बिग्रने, कलेजको बिग्रने, आखा लगायत शरीरका महत्वपूर्ण अंगलाई नकारात्मक असर गर्छ । मिर्गौला विग्रनुको प्रमुख कारण अत्यधिक एन्टिवायोटिक्सको सेवन पनि हो, मिर्गौला प्रत्यारोपण विज्ञ डा. श्रेष्ठले भने । अन्दाजका भरमा औषधि खादा धेरै व्यक्ति मिर्गौला विग्रिएर डायलासिस गर्नु पर्ने अवस्था छ । औषधि प्रयोग गर्ने तरीका, सेवन गर्ने समय, सेवन गर्नु पर्ने मात्रा, खानपिनका बिषयमा ख्याल राख्न सकेमात्र रोग निको हुने चिकित्सक बताउछन । विरामीले बताएको बयानका आधारमा बजारमा खोलिएका औषधि पशलेले एन्टिवायोटिक्स बच्ने गरेका छन । उनीहरुले अन्दाजका भरमा औषधि बेचेको हुन्छ । चिकित्सकको सल्लाह लिन जादा थप शुल्क तिर्नु पर्ने भएकाले अधिकांश विरामी औषधि पशलबाटै गम्भिर प्रकृतिका रोगको औषधि समेत आफै किनेर ल्याउछन । टाउको दुखेको सिटामोल, जmाडापखाला लागेको जिवनजल जस्ता ओषधि आफै पनि किनेर ल्याउदा त्यति फरक पर्दैन । तर स्वासप्रस्वास, ग्यास्टिक, गर्भपतन गराउनेसम्मका औषधि विना चिकित्सकको सल्लाह किनेर सेवन गर्दा स्वास्थ्यमा पर्ने नकारात्मक असरलाई कसैले पनि ध्यान दिने गरेको पाइदैन । आवश्यक भन्दा बढी डोज औषधि सेवन गर्दा रोगसँंग लड्ने प्रतिरक्षात्मक क्षमता नै घट्ने विज्ञहरु बताउछन । लामो समयसम्म दुखाई क मगर्ने औषधि सेवन गर्दा पेन किलर अल्सर, दिसामा रगत देखिने, टाउको दुख्ने, रिंगटा लाग्ने, काम गर्न मन नलाग्ने, निद्रा लागिरहने जस्ता समस्या देखा पर्छन । औषधि व्यवस्था विभागका महानिर्देशक रामधारमण प्रसादका अनुसार साइड इफेक्ट कम गर्ने समान्य औषधि रिटामोल, डिकोल्ड, जिवनजल, भिटामिन वी कम्पलेक्स लगायतका औषधि चिकित्सकको सल्लाहबिनै स्वास्थ्यकर्मिको सल्लाह अनुसार सेवन गर्न सकिने भएपनि एक्टिवायोटिक्स सेवन गर्दा भने चिकित्सकको परामर्श लिनै पर्छ ।
मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक (नतिजासहित)
काठमाडौं, चैत १२ । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तह अन्तर्गतको नेपाली विषयको सबै विकास क्षेत्रको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै मावि तह अन्तर्गत देशभरको विज्ञान विषयको अन्तिम नतिजा सार्वजनिक गरेको हो । पूर्व र मध्यमाञ्चल विकास क्षेत्रको नेपाली विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिमाञ्चल विकास क्षेत्र नेपाली विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
मावि तहको ५ विषयको नतिजा सार्वजनिक (नामसहित)
काठमाडौं, चैत १० । शिक्षक सेवा आयोगले आज माध्यमिक तह अन्तर्गत विभिन्न विषयको नतिजा सार्वजनिक गरेको छ । आइतबार एक सूचना जारी गर्दै आयोगले माध्यमिक तह अन्तर्गत स्वास्थ्य, जनसंख्या तथा वातावरणसहित अर्थशास्त्र, कार्यालय संचालन तथा लेखा, संस्कृत भाषा, सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो । आयोगले यस अघि आन्तरिक तर्फ प्राथमिक र निम्न माध्यमिक तहको पनि नतिजा प्रकाशन गरेको थियो । नतिजा हेर्नुस् स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अर्थशास्त्र विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कार्यालय सञ्चालन तथा लेखा विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सामाजिक विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् संस्कृत भाषा विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
गगनको म्याद गुज्रेको गनगन
महामन्त्री थापा नेपाली काङ्ग्रेसका तिनै पात्र हुन्, जसले काङ्ग्रेस र माओवादीबीचमा गठबन्धन बन्दै गर्दा पनि विरोध गरे, र बनेपछि पनि निरन्तर गठबन्धन विरोधी नेतृत्व गरिरहे ।
त्रिविको उपकुलपतिको विज्ञापनमा रहेको पूर्वपदाधिकारीको अनुभव हटाएर अर्को सूचना जारी गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् । शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिए । शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुभएको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउनेमा हाम्रो चासो रहेको बताउँदै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन खोल्दै मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जोकोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्न सक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन भएकाले उच्च शिक्षाको गुणात्मक सुधारका निम्ति गम्भीर हुन समेत शिक्षामन्त्रीलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री फेवाताल छेवैमा छमछमी नाचेपछि…
गण्डकी। पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए। आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरू झाँकी र नाचगानसहित सामेल भएका थिए। फेवातालछेउ बाराहीघाटमा उल्लास छाइरहेको थियो। मध्यान्हपख घोषणा समारोह सुरु भयो। समारोहको बीचबीचमा कलाकारले प्रादेशिक मौलिकता झल्काउने गीत र नाचको प्रस्तुति दिइरहेका थिए। ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…’ का गायक प्रमोद खरेलदेखि प्रकाश सपुतसम्मले पोखरेलीलाई गीत समर्पण गरे। धर्मेन्द्र सेवानले आफ्ना दिवङ्गत बुबा बुद्धि परियारले गाएको ‘रेशम फिरिरि…’ सुनाए। गायक विवेक श्रेष्ठले ‘हङकङ पोखरा…’ गाएर दर्शकलाई मन्त्रमुग्ध पारे। औपचारिक समारोह सकिनुपूर्व अन्तिम प्रस्तुतिका लागि गायक प्रकाश सपुत मञ्चमा उक्नलागे। समारोहका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मञ्चस्थ विशिष्ट पाहुनाप्रति श्रद्धापूर्वक शिर निहुराए र आफ्नो प्रस्तुति दिन सुरु गरे। अरूलाई एक वटा मात्र गीत गाउन दिइए पनि सपुतले दुई गीत सुनाए। पहिलो पञ्चेबाजामा ‘माकुरमाकुर घुर…’ र दोस्रो ‘बोलामाया…’। देशविदेशका सांगीतिक प्रस्तुतिमा भ्याइ नभ्याइ उनी प्रधानमन्त्री प्रचण्डसामु भने पहिलो पटक गीत गाउँदै थिए। सपुतले क्रान्तिको पृष्ठभूमिबाट आएका प्रधानमन्त्रीबाट नयाँ पुस्ताले धेरै आशा गरेको बताए। उनले हरेकजसो नेता मौलिक संस्कृति र गीतसंगीतप्रति जानकार रहेको भन्दै प्रधानमन्त्रीलगायतलाई आफ्नो गीतमा नाच्न आग्रह गरे। ‘प्रधानमन्त्रीज्यूसँग अहिलेसम्म मेरो एउटा तस्बिर पनि छैन, प्रोटोकलले दिन्छ भने उहाँलाई म नाच्नका लागि आग्रह गर्दछु,’ सपुतले भनेका थिए। उनको अनुरोधलाई सहज रुपमा स्वीकार गर्दै प्रधानमन्त्रीसहित गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य मञ्चको अग्रभागमा आएर नाचे। गायक सपुतको ‘बोलमाया…’ गीतमा प्रधानमन्त्रीलगायत विशिष्ट ओहोदाका व्यक्तित्वहरूको नाचले उक्त समारोहमा बेग्लै रौनकता ल्याएको थियो। प्रधानमन्त्री नाच्दा दर्शकले तालीले साथ दिएका थिए। सो दृश्यलाई धेरैले क्यामरा र मोबाइलमा कैद गरे। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पोखराको विकासका लागि संघ सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताए। उनले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाए। ‘पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि यथोचित पहल तथा समन्वय गरिनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट आकर्षित गर्न सरकारले आवश्यक पहल गर्नेछ।’ उनले आगामी वैशाखमा आयोजना गर्न लागिएको लगानी सम्मेलनले समेत यस कार्यमा महत्त्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरेलीको वर्षौं पुरानो सपना पूरा भएको बताए। पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न गरिएको पटक-पटक पहलले सार्थकता पाएको उनको भनाइ छ। प्रमुख आचार्यले राजधानी घोषणाले विश्व पर्यटन बजारमा पोखराको ‘ब्राण्डिङ’ हुने बताए। प्रमुख आचार्यले पर्यटन राजधानी घोषणाले यस क्षेत्रका नागरिकको जीवनस्तर सुधार, रोजगारी सिर्जना र गरिबी निवारणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। आचार्यले तीन तहका सरकार मिलेर पोखरामा पर्यटनका थप पूर्वाधार निर्माण गरिने बताए। प्रधानमन्त्री प्रचण्डले पर्यटकीय राजधानी घोषणासँगै पर्यटकीय राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भको अनावरण गरेका थिए। सो अवसरमा कास्कीको हेम्जामा जन्मनुभएका साहित्यकार मुकुन्दशरण उपाध्यायलाई सम्मान गरिएको थियो। यस्तै दिवङ्गत भूगोलविद् हर्क गुरुङ र गायक तथा सर्जक प्रेमप्रकाश मल्ललाई मरणोपरान्त सम्मान गरिएको थियो। मल्लले ‘पोखरा त साँच्चिकैको पोखरा पो रै’छ…’ गीत गाएका थिए। -रासस
त्रिवि स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सच्चिएर पुनः प्रकाशित
काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका पुनः प्रकाशित गरेको छ। यसअघि सार्वजनिक गरेको परीक्षा तालिकामा त्रुटि भेटिएपछि पनिकाले सच्याएको हो। यसअघि शुक्रबार सार्वजनिक गरेको सूचना अनुसार चैत २८ गतेदेखि हुने भनिएको परीक्षामा चैत ३१ गते पनि परीक्षा राखिएको थियो । जबकि चैत महिना ३० गतेसम्म मात्रै छ। त्रुटिपूर्ण तालिकाबारे विरोध सुरु भएपछि पनिकाले आफ्नो वेबसाइटबाट हटाएको थियो।
पूर्वप्रधानमन्त्री केपी ओलीसँग राजेश हमालले सिनेमा संवाद गर्ने
काठमाडौं । अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन्। नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौं संस्करणमा सिनेमाका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तक्र्रियामध्ये एउटा सेसनमा ओली र राजेशले संवाद गर्ने भएका हुन्। सिनेमा संवाद शीर्षकमा हुने छलफल उद्घाटनको दोस्रो दिन अर्थात् शुक्रबार ११ बजे देखि सुरु भएर १ बजे सकिने आयोजकले जानकारी गराएको छ। दुईबीचको संवाद राष्ट्रिय सभागृहमा हुनेछ। चैतको १ गतेदेखि सुरु भएर ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआईको भविष्यसम्मका विषयमा छलफल हुने फेस्टिभल अध्यक्ष केपी पाठकले जानकारी गराएका छन्। महोत्सवमा प्रकाश सुवेदीले निर्देशक हराएको सूचना शीर्षकमा रामबाबु गुरुङ, झरना थापा र दीपकराज गिरीसँग संवाद गर्ने छन् भने नम्रता शर्माले चलचित्रमा लैङिक असमानताले पारेको प्रभावका बारेमा अभिनेत्री रीमा विश्वकर्मा, गायिका आनी छोइङ डोल्मासँग कुरा गर्नेछिन्।
रक्सी पिउनेहरुको कलेजो मात्रै नभएर पिसाब थैली फुटेर पनि मृत्यु हुन सक्ने
धरान– सामान्यतया मदिरा (रक्सी)को लत लागेकाहरुलाई कलेजोमा समस्या हुन्छ। लामो समय रक्सी पिउनेहरुको कलेजो ड्यामेज भएर मृत्युसमेत हुने गरेको छ। तर, लत लागेको होस वा कहिले कहीा मात्र मदिरा पिउने होस्, थाहा नपाई पिसाब थैली फुटेर पनि मृत्यु हुनसक्छ। एक महिनाअघि एक २४ वर्षीय युवकको पिसाब थैली फुटेर मृत्यु भएको हो। ती युवामा सधै मदिरा पिउने लत थिएन। तर उनी दिउँसो निक्कै मदिरा पिएका थिए। मदिरा पिउनेहरुले पानी धेरै पिएका हुन्छन्। राती सुत्ने बेला हुलुका पेट दुखेपनि उनले वास्ता गरेका थिएनन्। बिहान ४ बजेतिर प्यास लागेपछि पानी पिएका थिए। त्यसपछि एक्कासी बेहोस भएका ती युवकको पछि पोष्टमार्टमबाट पिसाब थैली फुटेर मृत्यु भएको खुल्यो। ‘रक्सी पिउनेहरुको मृत्यु यसरी पनि हुनसक्छ, त्यसैले सबैले होस पुर्याउनुपर्छ,’ यो घटनाको केसस्टडी रिपोर्ट तयार गरेका प्रतिष्ठानका सहायक निर्देशक डा.विकास साहले भने,‘थैलो फुटेको केही घण्टा वा दिनसम्म पनि थाहा नहुनसक्छ, तर यसरी फुटेको मानिसको ४७ प्रतिशत मानिसको मृत्यु नै हुन्छ।’ डा.साहका अनुसार रक्सी पिउनेहरुले धेरै पानी पिएका हुन्छन्। त्यस अवस्थामा पिसाब धेरै लाग्नुपर्ने हो। तर, यो घटनामा ती व्यक्तिलाई पिसाब नलागेको र थैली फुटेको अनौठो घटना भएको हो। उनले यो केसस्टडीको पेपर प्रस्तुती बुधबारदेखि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुरु भएको २६ औं स्वास्थ्य विज्ञान सम्मेलनको पहिलो दिन प्रस्तुत गरेका छन्। फरेन्सिक विभागका एसोसिएट प्रोफेसर डा.साहले रक्सी पिउने व्यक्तिको पिसाबथैली फुटेर मृत्यु भएको घटना एकदमै कम हुने बताए। ‘१५, २० वर्षसम्म धेरै रक्सी पिउनेहरुको कलेजो बिग्रने, मृत्यु हुने सामान्य हो, तर २४ वर्षकै उमेरमा त्यस्तो हुदैन,’उनले भने, ‘कहिले कही पिउनेलाई वमिट भएर श्वासनलीमा खानेकुरा गएर अड्किने र सास रोकिएर मृत्यु हुने पनि हुन्छ। यसखालको घटना एकदमै कम हुन्छ। त्यसैले रक्सी सकेसम्म नपिउँ, पिउँदा पनि ख्याल गरौं।’ डा. साहले जस्तै बुधबार विभिन्न बिषयमा प्रतिष्ठानका चिकित्सक, नर्स र विद्यार्थीहरुले शोध तथा अनुसन्धानपत्र प्रस्तुत गरेका छन्। सम्मेलनका संयोजक तथा बालरोग विभाग प्रमुख डा.प्रकाश पौडेलका अनुसार पहिलो दिन कुल ८० वटा अनुसन्धानपत्र प्रस्तुत गरिएको छ। ‘४० वटा ओरल र ४० वटा पेपर प्रेजेन्टेशन भएको छ। यी अनुसन्धानले केही नयाँ कुरा पत्ता लगाएको हुन्छ, त्यसले उपचार र रोकथाममा सहयोगी हुन्छ,’संयोजक डा.पौडेलले भने, ‘हामीले अपनाइरहेको उपचारको विधि, पद्दतीमा सुधार गर्न मात्र होइन, सरकारको स्वास्थ्य नीतिमा सुधार गर्नुपर्ने छ भने पनि यी अनुसन्धान पत्रहरुले मार्गनिर्देश गर्छ।’ बुधबार सम्मेलनको उद्घाटन प्रतिष्ठानका निमित्त उपकुलपति डा.गुरु खनालले गरेका थिए। हरेक वर्ष वार्षिकोत्सवको अवसरमा हुने यो सम्मेलनमा प्रतिष्ठानका चिकित्सक, विद्यार्थी र नर्सहरुले गरेको शोध तथा अनुसन्धान पत्र प्रस्तुत गर्ने गरिन्छ। यसपटक तीन दिनसम्म कुल २ सय १० वटा शोध तथा अनुसन्धान पत्रहरु प्रस्तुत हुने र छलफल गर्ने आयोजकले जनाएको छ। यसपाली प्रतिष्ठानको बालरोग विभागले सम्मेलन आयोजनाको जिम्मा पाएको छ। विपी प्रतिष्ठान विरामीको उपचार गर्ने अस्पताल मात्र नभएर दक्ष जनशक्ति उत्पादन गर्ने पनि थलो हो। साथै, यहाँ निरन्तर स्वास्थ्य अनुसन्धान पनि भइरहेको हुन्छ। वीपी प्रतिष्ठान नेपालकै सबैभन्दा धेरै शोध तथा अनुसन्धानहरु हुने संस्था हो। ‘हाम्रो संस्थाको मिसननै उपचार, पठनपाठन र अनुसन्धान हो, उद्देश्य अनुसारकै काम भइरहेको छ,’ निमित्त उपकुलपति डा.खनालले भने, ‘यी अनुसन्धानहरुले उपचार पद्दतीमा नयाँ आविष्कार गर्छ। संसारमा नभएको कुरा पत्ता लाग्नसक्छ, र उपचार पद्दती नै परिवर्तन गर्छ।’ वर्षेनी हुने यस्ता अनुसन्धानहरु प्रतिष्ठानको इन्स्टिच्युशनल इथिकल कमिटीबाट प्रस्ताव स्वीकृत भएपछि मात्र गर्न पाइन्छ। तीन दिनसम्म प्रस्तुत हुने शोध तथा अनुसन्धान पत्रहरुमध्येबाट उत्कृष्टलाई छनौट गरेर पुरस्कृत गर्ने आयोजक बालरोग विभागका एसिस्टेण्ट प्रोफेसर डा.शंकर यादवले जानकारी दिए। उनका अनुसार शोध तथा अनुसन्धान पत्रहरु प्रतिष्ठानमा भएको र इटहरी, इलाम, जनकपुरलगायत ठाउँमा पनि गरिएका छन्। -अन्नपूर्ण पोष्टबाट

