हङकङले नेपाललाई दियो २१३ रनको लक्ष्य

काठमाडौं । मैत्रीपूर्ण टी–२० आई क्रिकेटमा हङकङले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली हङकङले सबै विकेट गुमाएर २१२ रन बनाएको हो । 

नेपालका आकाश चन्दले तीन, आरिफ शेख, प्रतिश जिसी र राशिद खानले एक/एक विकेट लिए । 

एमाले केन्द्रीय कमिटी बैठक : आज समूहगत छलफलका निष्कर्ष सुनाइँदै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा आज निष्कर्ष सुनाइनेछ । समूहगत छलफलबाट आएका निष्कर्ष आजको बैठकमा सुनाउने कार्यक्रम छ ।  बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा हिजो समूहगत छलफल भएको थियो । छलफलका लागि नौवटा समूह बनाइएको छ ।  छलफलपछि आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी केन्द्रीय कमिटीको पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम छ  ।  छलफलमा आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्ने एमालेले जनाएको छ  । 

कुन ठाउँमा पानीको स्रोत राम्रो हुन्छ ?

ज्यो. बलराम उपाध्याय खकुरेल मानिसलाई जीवनमा पिउन वा अन्य कुनै प्रयोजनका लागि पानीको निकै महत्व हुन्छ । या भनौँ पानीबिना मानिस बाँच्न पनि सक्दैन । त्यसकारण पानी पनि मानिसको जीवनमा निकै महत्वपूर्ण मानिन्छ । यही सत्यलाई वास्तुशास्त्रले पनि स्वीकारेको छ । घर वा आवासमा पानीको कसरी व्यवस्थापन गर्ने भन्ने कुरा वास्तुशास्त्रमा वर्णन गरिएको छ । नयाँ घडेरीमा बनाइने एक तले घर वा धेरै तले अपार्टमेन्ट होस् पानीको व्यवस्था त गर्नैपर्छ। यसका साथै विद्यालय, मन्त्रालय वा कुनै पनि मानवीय संरचनामा पानीको आवश्यकता पर्छ नै । यी हरेक संरचना निर्माण गर्नुअघि नै पानीको व्यवस्था कसरी गर्न सकिन्छ भनेर विचार गर्नुपर्छ । वास्तुशास्त्र अनुसार संरचना निर्माण गर्ने जमिनमा बोरिङ्ग, कुवा  वा अन्य श्रोतबाट पानी निस्कन्छ कि निस्कँदैन ? वा कति खनेपछि जमिनको पानी भेटिन्छ भनेर अध्ययन गर्नुपर्छ । अनि पानीको स्वाद कस्तो छ, कस्तो गन्ध आएको छ भन्ने कुरा पत्ता लगाएर पानीको सहज व्यवस्थापन कसरी गर्ने भन्ने कुरा वास्तुशास्त्रमा बताइएको छ । कुनै पनि संरचनाको पूर्व दक्षिण दिशा, दक्षिण पश्चिम दिशा र पश्चिम उत्तर दिशामा पानीको ट्याँकी, कुवा वा पानीको श्रोत राख्नुहुँदैन । पानी ट्यांकी वा पानीको श्रोतको लागि पूर्व उत्तर अर्थात् इशान दिशालाई उपयुक्त र सही दिशा मानिएको छ । यदी इशानमा पानीको लागि ठाउँ मिलाउन नसक्ने अवस्थामा उत्तर र पूर्व दिशालाई पनि पानीको श्रोतका लागि प्रयोग गर्न सकिन्छ । आग्नेय कोण र दक्षिण दिशामा कहिले पनि पानीको कुनै पनि श्रोत बनाउनु राम्रो मानिँदैन । पश्चिम दिशालाई जलका मालिक वरुणको स्थान मानिने भएकाले पानीको लागि पश्चिम दिशा पनि प्रयोग गर्न सकिन्छ । कुनै पनि संरचनाको बिचको भागलाई ब्रह्म स्थान मानिने भएकाले घर वा संरचनाको मध्य भागमा कुनै पनि कुरा राख्नु वा पानीको श्रोत बनाउनुलाई वास्तुशास्त्रमा निषेध गरिएको छ । मध्य भागमा कहिले पनि खाल्डो बनाउनु हुँदैन । बोरिङ्ग, कुवा इनार आदि पानीको श्रोतहरु निर्माण गर्नको लागि माघ, फागुन, मंसिर, जेठ, कार्तिक र वैशाख महिना राम्रो हुने कुरा वास्तु शास्त्रमा बताइएको छ । बृहत् संहिता ग्रन्थका अनुसार चन्द्रमासँग पानीको सम्बन्ध हुने भएकाले चन्द्रमाको अवस्था अनुसार द्वितीया, अष्टमी, पञ्चमी, एकादशी तथा चतुर्दशी तिथिमा कुवा, इनार आदि खन्नु अशुभ  मानिन्छ । यी बाहेकका दिन मा शुभ मुहुर्त हेरेर खन्नु राम्रो हुने शास्त्रीय मान्यता रहेको छ ।

यसरी सकिन्छ मोटोपनबाट बच्न

काठमाडौं, भदौ १८ । आजको विश्वमा माटोपन प्रमुख चुनौतीका रुपमा आएको छ । धेरै मानिस अस्वाभाविक मोटोपनले आजित भएका छन । यदि तपाई अनावश्यक मोटोपनबाट वा यो महारोगबाट बच्न चाहानु हुन्छ भने दैनिक रुपमा खानपान, व्यायाम र तनाब जस्ता कुरामा सतर्कता अपनाउनुस । यी कुरामा तपाई सधै सचेत रहनुस्ः – स्लिम हुन चाहनेहरूले खानपानदेखि लिएर शारीरिक व्यायाममा समेत सजगता अपनाउनुपर्छ । –  शरीरमा क्यालोरीको मात्रा आवश्यकभन्दा बढी भए त्यसलाई घटाउन शारीरिक व्यायामलाई बढाउँदै लानुपर्छ, जसका कारण अनावश्यक क्यालोरी कटौती हुँदै जान्छ । –  छिटो र धेरै तौल घटाउने चक्करमा पर्नु हुँदैन । त्यसो गर्दा शरीरका अन्य अंग खराब हुन सक्छन् र पखाला चल्ने, रिंगटा लाग्ने, मुटुमा समस्या आदि देखा पर्न सक्छ । –  बिस्तारै र नियमपूर्वक थोरै–थोरै गर्दै तौल घटाउनुपर्छ । बिस्तारै मोटोपन घटाउँदा ढिलो तर दीर्घकालीन नतिजा हात लाग्छ । –  विज्ञहरूका अनुसार कम्तीमा पनि ६ देखि ९ महिना व्यायाम गर्नुपर्छ । –  असन्तुलित खानाले मधुमेह हुने सम्भावना हुन्छ । छिटो–छिटो तौल घटाउने योजनाले तौल घटाउनुभन्दा पनि अन्य स्वास्थ्य समस्या थपिन सक्छ ।

डा. गोविन्द केसी फेरि अनसन बस्ने

काठमाडौं, साउन १ । त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसी फेरि अनसन बस्ने भएका छन् । स्वास्थ्य क्षेत्रमा भएको अनियमिततालाई रोक्ने प्रयासमा हरदम प्रयासरत डा.केसी यस पटक पनि चिकित्सा शिक्षा ऐन पारित गर्नु पर्ने पहिलो मागसहित अनसन बस्न लागेका हुन् । आइतवार विज्ञप्ति जारी गर्दै डा. केसीले आईओएमलाई स्वायत्त बनाउन तथा त्रिवि पदाधिकारीलाई कारबाही गर्न दिएको अल्टिमेटम सरकारले गुजारेको भन्दै साउन ९ गते अपराह्न ४ बजेदेखि आमरण अनसन बस्ने घोषणा गरेका हुन् । डा केसीद्धारा विज्ञप्तिमा भनिएको छ ‘सम्झौताहरु बारम्बार उल्लंघन गरिरहेका सरकार र राजनीतिक दलहरुले चरम् गैर जिम्मेवारीपन देखाउँदै त्यस्तो कानुनी व्यवस्था गर्ने चिकित्सा शिक्षा ऐनको विधेयक संसदमा पुगेको एक वर्ष पुगिसक्दा समेत पारित गरेका छैनन् ।’ ‘त्यसो नहुनुमा निजी मेडिकल कलेज खोलेर व्यापार गर्न उद्यत् प्रमुख दलका शीर्ष नेताहरु तथा स्वार्थको द्वन्द्व हुने संसदीय समितिका सदस्यहरु मुख्य जिम्मेवार छन् । यही मौका छोपेर विद्यार्थी भर्ना, सिट र शुल्क निर्धारणमा चरम अनियमितता गरेर लुट मच्चाइरहेका छन् जसले गर्दा तीन करोड नेपालीको स्वास्थ्य र ज्यानसमेत खतरामा पर्ने अवस्था सिर्जना भएको छ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले विगतका सम्झौता बमोजिम आइओएमलाई थप स्वायत्तता दिनको सट्टा त्यसको विपरीत हुने गरी आइओएममा कायम अधिकारहरु खोसेर लिने काम गरेका छन्’ विज्ञप्तिमा उल्लेख छ । यस्तो छ विज्ञप्तिको पूर्ण पाठ हामीहरु गत दशकदेखि स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षालाई गुणस्तरीय बनाउन, सबै नेपालीको गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच पुर्याउन एवम् सबै विद्यार्थीहरुको सुलभ र गुणस्तरीय चिकित्सा शिक्षामा समान पहुँचको सुनिश्चितता गर्ने कानुनी तथा व्यवहारिक व्यवस्था गर्न संघर्ष गरिरहेको विदितै छ । हाम्रो यो लडाइँ समाजमा आम रुपमा सुशासनका लागि समेत रहेको छ । तर हामीसित भएका सम्झौताहरु बारम्बार उल्लंघन गरिरहेका सरकार र राजनीतिक दलहरुले चरम् गैर जिम्मेवारीपन देखाउँदै त्यस्तो कानुनी व्यवस्था गर्ने चिकित्सा शिक्षा ऐनको विधेयक संसदमा पुगेको एक वर्ष पुगिसक्दा समेत पारित गरेका छैनन् । त्यसो नहुनुमा निजी मेडिकल कलेज खोलेर व्यापार गर्न उद्यत् प्रमुख दलका शीर्ष नेताहरु तथा स्वार्थको द्वन्द्व हुने संसदीय समितिका सदस्यहरु मुख्य जिम्मेवार छन् । यही मौका छोपेर विद्यार्थी भर्ना, सिट र शुल्क निर्धारणमा चरम अनियमितता गरेर लुट मच्चाइरहेका छन् जसले गर्दा तीन करोड नेपालीको स्वास्थ्य र ज्यानसमेत खतरामा पर्ने अवस्था सिर्जना भएको छ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले विगतका सम्झौता बमोजिम आइओएमलाई थप स्वायत्तता दिनको सट्टा त्यसको विपरीत हुने गरी आइओएममा कायम अधिकारहरु खोसेर लिने काम गरेका छन् । त्यसैको फलस्वरुप त्रिवि पदाधिकारीहरुसित मिलेमतो गरेर निजी मेडिकल कलेजहरुले विद्यार्थी भर्ना र शुल्कको विषयमा आइओएमको निर्णय, मन्त्रीपरिषदको निर्देशन र अदालतको आदेश समेत नटेरेर चरम अराजकता प्रदर्शन गरेका छन् । परिणामस्वरुप विधिवत् रुपमा योग्यताक्रममा रहेका विद्यार्थीहरुको पढाइ अनिश्चित भएको छ भने नियामक निकायले दिंदै नदिएका सिटमा समेत मोलमोलाइमा विद्यार्थी भर्ना भएका छन् । ठूला अस्पताल र मेडिकल कलेजहरु देशका एकाध ठूला शहरमा मात्र केन्द्रित हुँदा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचबाट देशको तीन चौथाइ जति जनसंख्या विमुख भइरहेको छ । त्यो अवस्थाको अन्त गरी गुणस्तरीय स्वास्थ्य सेवाको न्यायोचित वितरण गर्नका लागि प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज खोल्ने भनेर हामीसित गरिएको सम्झौता तदारुकताका साथ कार्यान्वयन गरिनुपर्छ । हाल सञ्चालनमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल विद्यार्थी भर्नाको व्यवस्था गर्नका साथै दांगस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तत्काल शुरु गर्न, गेटास्थित मेडिकल कलेज शीघ्र सञ्चालनमा ल्याउन तथा दुर्गम जिल्लाहरु समेट्ने गरी डोटी÷डडेल्धुरा, पाँचथर/इलाम, उदयपुर, धनुषा/महोत्तरी लगायतका ठाउँमा सरकारी मेडिकल कलेजहरु खोलिनुपर्छ । मेडिकल शिक्षाको क्षेत्रमा हाल व्याप्त अनियमितता र अराजकतालाई राज्यका विभिन्न अंगबाट अनेक रुपमा संरक्षण रहेको समेत देखिएकाले हामी त्यस्तो खाले संरक्षणको भत्र्सना गर्दर्छौं । विभिन्न पक्षहरुको आर्थिक स्वार्थका लागि नागरिकहरुको स्वास्थ्यमा गम्भीर खेलबाड गरिने अवस्था राज्यको कुनै पनि अंगबाट भएमा त्यो हामीलाई सह्य हुने छैन । पछिल्लो समय अदालतका केही आदेशहरुका आडमा तथा समयमा पेशी र सुनुवाइ नभएका कारण मेरिटका विद्यार्थीहरु भर्ना नहुने, नियामक निकायले दिंदै नदिएका सिटमा भर्ना लिने जस्ता कामहरु भएकाले त्यसले मेडिकल माफियाको हितमा काम गरिरहेको दुखद स्थिति छ । साथै विगतदेखि समेत सन्देहास्पद भुमिका रहेको न्यायिक नेतृत्व यस खालका विकृति र विसंगतिलाई निर्मुल गरेर सही अर्थमा न्याय दिंदै मेडिकल शिक्षाको गुणस्तर कायम गर्न तत्पर भएको देखिंदैन । न्यायपालिकालाई समेत जवाफदेही बनाउन त्यहाँभित्रका गलत व्यक्ति र प्रवृत्तिविरुद्ध संघर्ष गर्न हामी प्रतिबद्ध छौं । सरकार, राजनीतिक नेतृत्व र संसद समेत यो क्षेत्रको संवेदनशीलता बुझेर आआफ्नो ठाउँबाट सुधार र सुशासनका लागि भुमिका खेल्नेछन् भन्ने हाम्रो अपेक्षा छ । त्यसो नभएमा राज्यका जुनसुकै अंगलाई जवाफदेही बनाउन नागरिकका हैसियतले हामीले हरेक उपाय अपनाएर संघर्ष गर्ने कुरा जानकारी गराउन चाहन्छौं । यसैबीच सुधारका ठोस मागहरु राखी हामीले बारम्बार सरकारको ध्यानाकर्षण गर्दै ती माग पूरा गर्न यही असार ३१ गतेको अल्टिमेटम दिएका थियौं । सो अवधिमा मागहरु पूरा नभएकाले यही साउन ९ गते अपरान्ह ४ बजेदेखि सत्याग्रह शुरु गर्ने जानकारी गराउँछु । साथै विगतमा झैं यसपल्ट पनि नागरिकहरुको हरेक तह र तप्काबाट सद्भाव, सहयोग र सहभागिता हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु । सत्याग्रहका मागहरु तत्काल माथेमा प्रतिवेदन अनुरुप हामीले दिएका सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गरियोस् । चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता रोक्न निम्न काम गरियोस् आइओएममा तत्काल डिनको सिफारिश अनुसार सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गरियोस् आइओएमलाई विगतका सम्झौताअनुसार थप स्वायत्तता दिंदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिवि कार्यकारी परिषदबाट आइओएममा फिर्ता गरियोस् सरकारी निर्देशन र अदालतको आदेश अटेरी गर्ने मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज गरियोस् चिकित्सा शिक्षा आयोग नबनुन्जेलसम्म मेडिकल शिक्षाका सबै तहको शुल्क विश्वविद्यालयले नभई सरकारले तोक्ने व्यवस्था गरियोस् । एमडी, एमएस र एमडीएस तहको शुल्क यही शैक्षिक सत्रदेखि लागू हुने गरी काठमाडौं विश्वविद्यालयमा जस्तै सबै निजी कलेजहरुका लागि २२ लाख कायम गरियोस् आइओएममा पदाधिकारी नियुक्त नगरेर अस्तव्यव्यस्त बनाउने, आइओएमका अधिकार खोसेर लैजाने तथा नाजायज रुपमा धेरै शुल्क कायम गर्ने त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गरियोस् । डा गोविन्द केसी त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज

करिब दुई लाख व्यक्तिगतलाई न्यूनतम १०० दिनको रोजगारी दिइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कम्तिमा दुई लाख व्यक्तिलाई १०० दिनको रोजगारी दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री वर्षमान पुनले घोषणा गरेका हुन् । उनले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहमा सूचीकृत बेरोजगारलाई सार्वजनिक निर्माण तथा मर्मत सम्भार आयोजनाका काममा सहभागी गराएर करिब दुई लाख व्यक्तिलाई न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिनेछ । यस कार्यक्रमका लागि ६ अर्ब बजेट बिनियोजन गरिएको छ ।’

एक्यान गण्डकी प्रमुखमा अनिल, कास्की सभापतिमा विवेक

पोखरा । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ गण्डकी प्रमुखमा सिए अनिल लामिछाने चयन भएका छन्। संघको शनिबार गण्डकी प्रमुख र कास्की कार्यसमितिको अधिवेशन भएको हो। एकाउन्टेन्ट्स संघको गण्डकी प्रमुखमा अनिल निर्विरोध चयन भए भने विवेक श्रेष्ठको नेतृत्वमा जिल्ला कार्यसमिति कास्की बनेको छ। समितिको उपसभापतिमा दीपक भुर्तेल, सचिवमा सागर आचार्य र कोषाध्यक्षमा पुरोचन उदास चयन भए।    समितिको सदस्यमा समिप भर्ती थकाली, प्रकाश पौडेल, सरोज पराजुली, उभेककुमार श्रेष्ठ र सविना महर्जन छन्। नेपालभरिको चार्टर्ड एकाउन्टेन्ट्सहरुको अधिवेशन शनिबार भएको हो। २०३४ सालमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको ११ वटा जिल्ला समिति र उपात्यका विशेष प्रदेश समितिसहित ८ वटा प्रदेश समिति छन्। गण्डकीमा ७५ जना चार्टर्ड एकाउन्टेन्ट्स छन्।

सत्ता समिकरण विरुद्ध दायाँबाया गर्दैनौं : नेकपा(एस)

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले अहिले नै सत्ता सहकार्यबाट दायाँबायाँ हुने कुनै योजना नरहेको र सत्ता सहकार्यविरुद्ध नलाग्ने स्पष्टीकरण दिएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले अहिले विकसित राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको जानकारी गराउँदै प्रचार विभाग प्रमुख एवम् उपमहासचिव जगन्नाथ खतिवडा सो जानकारी दिएका हुन् । उनका अनुसार बैठकमा सांसदहरूलाई आगामी नीति तथा कार्यक्रम र बजेटबारे प्रभावकारी भूमिका खेल्न निर्देशन दिने निर्णय समेत भएको छ ।

आजको मौसम : यी स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। भोलि मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। आज सूर्योदय बिहान ५ बजेर २० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४१ मिनेटमा हुनेछ ।

विकल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । विकलविरुद्ध यसअघि नै सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको आरोपमा दायर भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ ।  उनले आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा उनीविरुद्ध अर्को मुद्दा दायर भएको हो । अमेरिकाको पीआर लिइसकेपछि नेपालको सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेको उनीमाथि आरोप छ । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा पक्राउ परेका पौडेललाई विशेष अदालतको अनुमतिमा म्याद थप गरेर अख्तियारले अनुसन्धान गरिरहेको छ ।

कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार बिहान बस्ने भएको छ । संसदीय दलको बैठक बस्नुअघि मंगलबार बिहान कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मंगलबार बिहान साढे ७ बजे बस्ने काङ्ग्रेसले जनाएको छ। संसदीय दल कार्यसमितिको बैठकले एजेन्डा तय गरेपछि दलको बैठक बिहान ८ बजे  नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने बताइएको छ ।

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल चैत २१ गते बुधबार सन् २०२४ अप्रिल ३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ०४ पैसा र बिक्री दर १४३ रुपैयाँ ६८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २७ पैसा र बिक्री दर १६८ रुपैयाँ ०२ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

क्रोएसिया र पोर्चुगल पठाईदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई क्रोएसिया र पोर्चुगल पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका २ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका १० बस्ने ३६ वर्षीय मिङमार लामा र लम्जुङ मध्य नेपाल नगरपालिका ५ घर भई ललितपुर, ललितपुर महानगरपालिका २५ मगरगाउँ बस्ने ३६ वर्षीय प्रकाश वंशी ठकुरी रहेका छन् ।  पक्राउ मध्ये मिङमारले क्रोएसिया पठाईदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको र प्रकाशले पोर्चुगल पठाईदिन्छु भन्दै ३ जना पीडितबाट ११ लाख २७ हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मिङमारलाई काठमाडौं बौद्धबाट र प्रकाशलाई काठमाडौं बालुवाटारबाट पक्राउ गरको हो ।  उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

नेविसंघले गृहमन्त्री लामिछानेको पुत्ला जलायो

काठमाडौं । नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएको छ । नेविसंघ पशुपति क्‍याम्पस इकाइ समितिको अगुवाईमा सरकारलाई सुन तस्कर र सहकारी ठगहरूको गठबन्धन भन्दै नाराबाजी समेत गरिएको छ । उनीहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग पनि गरेका छन् ।  प्रदर्शनकारीले ‘सहकारी पीडितहरूलाई न्याय दे’ भन्दै नाराबाजी पनि गरेका छन् ।

विश्वासको मतको पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ती :  प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतका विषयमा पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ती भएको बताएका छन्।  विश्वासको मत लिने क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सदनमा भएको बहसले लोकतन्त्रलाई सजीव तुल्याउने विश्वास व्यक्त गरेका हुन्। “सबै राजनीतिक दललाई गठबन्धन गर्न छुट छ, जनताको पक्षमा जे फाइदा हुन्छ, त्यही गर्ने हो,” प्रधानमन्त्री प्रचण्डले भने, “सबै दललाई जनताको पक्षमा उभिन आग्रह गर्दछु, राजनीतिक बुझाइअनुसार जनताको पक्षमा गठबन्धन बनाउने हो, त्यो सबैलाई स्वतन्त्र छ ।” राष्ट्र र जनताको पक्षमा आफूले गठबन्धन गरेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले सोचेविचार गरेर जनताको आशा र अपेक्षालाई सम्बोधन गर्नका लागि नयाँ समीकरण बनाएको बताए । सबै मिलेर देश र जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले ठूलो सङ्घर्षपछि स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि आँच आउला कि भन्ने आफूले नठानेको बताउनुभयो । उहाँले ‘सबै पक्षबाट व्यक्त विचार र भावनालाई सम्मान गर्छु’ प्रधानमन्त्री प्रचण्डले भने । प्रधानमन्त्री  प्रचण्डले कांग्रेस एमाले मिल्दैमा आफ्नो दल नडराउने र स्वभाविक रुपमा प्रतिपक्ष दलमा बस्ने बताए । उनले भने,‘हामी ठुला दल मिलियो भने तेरो हालत के हुन्छ ? हिजोपनि आजपनि भनियो, मेरो त कामना छ तपाईँहरू मिल्नुस् । सबै मिल्नुस् । तपाईँहरू सबै मिल्नुभयो भने नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षीमा बसेर फेरि देश र जनताको पक्षमा लडिरहन्छ । तपाईँहरूलाई लाग्या छ त्यसो भनेर प्रचण्ड डराउँछ ? नेपाली कांग्रेसको नेता साथीहरुलाई यदि त्यस्तो लागेको छ भने हिजो तपाईँहरू सबै मिलेर मेरो टाउकै काट्न खोज्या हो नि त । डराउँछ माओवादी केन्द्र भन्ठान्नुभाछ ? त्यस्तो हुँदैन ।’  उनले को राजनीतिक दल कोसँग मिल्ने भन्नका लागि स्वतन्त्र रहेको बताउँदै समर्थन विरोध गरी गरी समर्थन नगर्न आग्रह गरे । समर्थन गर्ने भए पुरै समर्थन र विरोध गर्ने भए पुरै विरोध गर्न उनको आग्रह थियो ।

सत्ता गठबन्धनको बैठक सुरु‚ टुंग्गिएला मन्त्रालयको भागबन्डा !

काठमाडौं । नयाँ गठबन्धन बनेपछि मन्त्रालय भागबन्डा गर्न दलहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलहरूको बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्ड‚ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली‚ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव छन् । उनीहरूबाहेक दोस्रो तहका नेताहरू पनि बैठकमा सहभागी छन् ।