सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल गठन

 

राष्ट्रपति पौडेललाई कतारमा स्वागत

दोहा । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा कतारको राजधानी दोहा आइपुगेका छन् ।राष्ट्रपति पौडेललाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेश विक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रालयका कर्मचारीले स्वागत गरे। राष्ट्रपति पौडेल कतारबाट जेनेभा प्रस्थान गर्नेछन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्को) उद्घघाटन सत्रलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले आज स्वीस महासंघका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ।राष्ट्रपति पौडेलले बिहीबार सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्ने छन् । यस्तै, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने छन् । स्वीट्जरल्याण्डको भ्रमणपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट रोयल डच एयरलान्सबाट जर्मनीको बर्लिन प्रस्थान गर्ने छन् । राष्ट्रपति पौडेलले संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । उनले असार ३ गते जर्मनी समकक्षीसँग औपचारिक वार्ता गर्नेछन् । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

उपत्यकासहित विभिन्न भागमा वर्षा, दिनभर बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशभरका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा भइरहेको छ। कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिनभरी नै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने बागमती, गण्डकी, कोसी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज सूर्योदय बिहान ५ बजेर १६ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४४ मिनेटमा हुनेछ।

बाल पोषण भत्ता सबै जिल्लामा पुर्याउन पहल भइरहेको छ : मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले पाँच वर्ष मुनिका बालबालिकालाई सरकाले दिँदै आएको बाल पोषण भत्ता ७७ वटै जिल्लामा पु¥याउन पहल भइरहेको बताएकी छन् । सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र इन्स्पायर नेपालको आयोजनामा “नेपालमा सामाजिक सुरक्षा र बाल अनुदान विषयक नीतिगत बहस” कार्यक्रमलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री चौधरीले हाल २५ जिल्लामा रहेको पोषण भत्ता कार्यक्रम सबै जिल्लामा पुर्याउन पहल भइरहेको जानकारी दिइन् । उनले हाल प्रति महिना रु ५ सय ३२ रुपैंयाका दरले प्रदान गरिँदै आएको भत्ता रकम बढाउने सन्दर्भमा पनि सरकार गम्भीर रहेको बताइन् ।   प्रतिनिधि सभा अन्तरगतको महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार शाहले समृद्ध नेपाल सुखी नेपालीको आधार स्तभ निर्माण गर्न बालबालिकामा लगानी गर्न आवश्यक रहेको बताए । स्वास्थ्य, शिक्षा तथा प्रविधि समितिका सभापति अम्बर बहादुर थापाले शिक्षा र स्वास्थ्य सबै बालबालिकाको पहुँचमा पु¥याउन बालबालिकमा लगानी आवश्यक रहेकोमा जोड दिँदै यो विषय सदमा उठाउने प्रतिबद्धता व्यक्त गरे । नेकपा एमाले संसदीय दलका सचेतक सुनिता बरालले बालबालिकाका क्षेत्रमा गरिएको लगानी छरिएर रहेकोले यसलाई एकीकृत गरेर लैजानुपर्नेमा जोड दिइन् । बाल अधिकारका लागि संसदीय समूहका संयोजक तथा संघीय सांसद रञ्जुकुमारी झाले आवश्यकता पहिचानका आधारमा सामाजिक सुरक्षा भत्तालाई प्रोत्साहन गर्नुपर्ने र बालबालिकाका निम्ति बढी प्राथमिकता दिनु पर्ने बताइन । संघीय सांसद दयाल बहादुर शाहीले नेपाल सामाजिक सुरक्षा भत्ताको कार्यक्रम निकै पछिल्लो पुस्ताबाट मात्र प्रदान गर्न थालिएको भएपनि यसको प्रभावकारिता उच्च रहेको हुँदा बालबालिकालाई सामाजिक सुरक्षाका दायरामा ल्याउने विषयलाई प्राथमिकताका साथ उठान गर्नु पर्ने बताए ।      राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुयालले बजेटको १५ प्रतिशत भन्दा बढी रकम सामाजिक सुरक्षामा खर्च हुने गरेको जानकारी दिँदै उक्त रकमलाई विशेष गरी बालबालिका र ज्येष्ठ नागरिकमा केन्द्रित गरिनु पर्ने बताए । आयोगका कार्यक्रम निर्देशक लोकनाथ भुषालले एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचनाको कार्यान्वयनमा नागरिक समाज र ट्रेड युनियन भूमिकाको बारेमा प्रस्तुतीकरण गरेका थिए । यस्तै सामाजिक सुरक्षा विषय विज्ञ बसन्तराज गौतमले बालबालिकामा लगानीको आवश्यकता, हालको अवस्था र भावि रणनीतिका विषयमा पस्तुती गरेका थिए ।    कार्यक्रममा नेपाल ट्रेड युनियन कंग्रेसका उप–महासचिव कुलबहादुर खड्का, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी उप–सचिव रोशनी कार्की, नागरिक समाजको तर्फबाट बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानकी अध्यक्ष मिना शर्मा, गैर सरकारी संस्था महासंघका सचिव भवराज रेग्मी, सेभ द चिल्ड्रेनका गोपाल नेपाली, वल्र्ड भिजनका श्याम अधिकारी, होम नेट तथा इन्स्पायर नेपालका ओम थपलिया लगायतले बालबालिकामा लगानी बढाउनु पर्ने आवश्यकताबारे प्रकाश पारेका थिए । राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष, बम बहादुर बानियाँ, सामाजिक सुरक्षा कोषका निर्देशक कविराज अधिकारी, नेपाल सरकारका विभिन्न निकायका राष्ट्र सेवक कर्मचारीहरू, यूनिसेफका उषा मिश्र, नागरिक संघसङ्गठनका सरोकारवालाहरू, विकास साझेदार संस्थाका प्रतिनिधिहरु, ट्रेड युनियनका प्रतिनिधिहरु, सञ्चारकर्मीहरुलगायत सय भन्दा बढीको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सरोकारवालाहरूले बालबालिका तथा राष्ट्रिय कूल ग्राहस्थ उत्पानमा निकै ठूलो योगदान पु¥याउने अनौपचारिक क्षेत्रमा पेशागत अभिभावकका बालबालिकाका विषयमा राज्यले यथोचित सम्बोधन गर्नुपर्ने तथा उनीहरुलाई सामाजिक सुरक्षाको दायराभित्र समेटी दिगो विकासका निम्ति पहल गर्नुपर्ने बताएका थिए । यसैगरी  बाल बजेट कोडको व्यवस्था गर्नुपर्ने, अटिजम भएका, यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिका, अपाङ्गता भएका बालबालिकाको सन्दर्भ तथा बालमैत्री स्थानीय शासन, पोषणमैत्री स्थानीय शासन, बालबालिका राष्ट्रिय गौरव हुन्, बालबालिका र विद्यालय शान्ति क्षेत्र राष्ट्रिय अभियान लगायतका विषयमा जोड दिँदै बालबालिकामा लगानी बढाउन, विद्यालय खाजा कार्यक्रम मा।वि। तहसम्म विस्तार गरी पोषणयुक्त खाजा वितरणको गुणस्तर बढाउनका निम्ति प्रदान गरिदै आएको रकममा वृद्धि गर्न, एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचनाको कार्यान्वयन गर्दै अनौपचारिक क्षेत्रलाई समेत सामाजिक सुरक्षाको दायराभित्र ल्याउनुपर्नेमा उनीहरुको जोड थियो । कार्यक्रम सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम अन्तर्गत युनिसेफ नेपालको सहयोग, सेभ द चिल्ड्रेनको बाल संवेदनशील सामाजिक सुरक्षा परियोजना र उइ सोसल मुभमेन्ट (We Social Movement), नेपालमा सामाजिक सुरक्षा र मर्यादित काम परियोजनाको सहयोगमा भएको थियो । सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलका अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष डोल्मा तामाङले स्वागत र कार्यक्रम संयोजक राजेन्द्र चौलागाईले सञ्चालन गरेका थिए । सरकारले आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम र बजेट निर्माणको अन्तिम तयारी गरिरहेको सन्दर्भमा, सामाजिक सुरक्षाका समग्र विषयहरू, एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचनाको कार्यान्वयन र विशेषत बालबालिकाका सवाल सम्बोधनका लागि आवश्यक नीति, कार्यक्रम र बजेटको सुनिश्चितताको लागि यस नीतिगत बहसको आयोजना गरिएको थियो ।  

बजेटमा ‘बेवारिसे’ शैली फेरौँ : सांसद पौडेल

काठमाडौं ।प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले बजेटमा ‘बेवारिसे’ किसिमको भाषाशैली फेर्नुपर्ने बताएका छन्। विनियोजन विधेयकमा समेटिएका दिगो विकास, सार्वजनिक वित्त संकलन, मौद्रिक नीतिको लचकता, सार्वजनिक ऋणको भुक्तानलगायत विषय महत्त्वपूर्ण भएको उनले उल्लेख गरे। आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)का विषयमा प्रतिनिधिसभा बैठकमा छलफलका क्रममा सोमबार उनले यस्तो बताएका हुन् । “तर, बढाइनेछ, गरिनेछ, दिइनेछ, बनाइनेछ, विश्वास गरेको छु भन्ने कुराहरू धेरै ठाउँमा छ। यो बेवारिसे छ।करेक्सनका लागि मैले आग्रह गर्दछु,” उनले भने।यो यो गरिनेछ भन्ने विषय अर्थमन्त्रीले प्रस्ट रूपमा किटान गरेर ल्याउनुपर्नेमा उनले जोड दिए। उनले भने, “यस किसिमका भाषा, ढंग र शैलीभन्दा फरक ढंगले हामी अघि बढ्नुपर्नेछ।”  

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधिसभामा पेस

काठमाडौं । प्रतिनिधिसभामा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता पेस गरिएको छ।प्रतिनिधिसभाको सोमबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता पेस गरेका हुन्।  सम्झौता संसद्मा पेश गर्दै मन्त्री बस्नेतले सौर्य ऊर्जा प्रविधि प्रयोग गरी सदस्य राष्ट्रहरुमा ऊर्जा पहुँच बढाउन ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तन कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासमा स्थापित आईएसएसँग सम्बन्धित करार सम्झौता भएको जानकारी दिए।उनले यो सम्झौताबाट नेपाललाई पनि फाइदा हुनसक्ने देखि उक्त सम्झौतामा नेपालले पनि हस्ताक्षर गरिसकेकोले आईएसएको सम्झौताको अनुमोदन गर्न संघीय संसद्मा पेश गर्ने प्रयोजनको लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट २०८० वैशाख १९ मा स्वीकृत भएको बताए । मन्त्री बस्नेतले प्रतिनिधिसभा नियमावली, २०७९ को निमय २२५ बमोजिम अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता संघीय संसद् प्रतिनिधिसभा समक्ष प्रस्तुत गरेका हुन् । उक्त सम्झौता अब सभाबाट पारित हुनुपर्नेछ।

बसको ठक्करबाट ९ वर्षका बालकको मृत्यु

चितवन । चितवनमा बसको ठक्करबाट जेब्रा क्रसिङमा हिँडिरहेका ९ वर्षीय बालकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका ७ माछापुच्छ्रे चोकमा ना ४ ख ५८१५ नम्बरको बसले जेब्रा क्रसिङमा हिडिँरहेका सोही ठाउँका बिक्रम पौडेलका ९ वर्षीय छोरा आरुषलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। घटनालगत्तै स्थानीय घटनास्थलमा जम्मा भएका थिए। उनीहरूलाई प्रहरीले सम्झाएर घर पठाएपछि बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घटनास्थल र छोराको शव देखेपछि बुवा बिक्रम बेहोस भएका छन। उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ। शवलाई पोष्टमार्टमका लागि भरतपुरको सरकारी अस्पतालमा राखिएको छ भने बस र चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छ। माडी नगरपालिका–८ बस्ने बस चालक विकास सार्कीलाई प्रहरीले सीताराम चोक पुगेपछि नियन्त्रणमा लिएको थियो ।

रोजगारी दिन रोमानियाले माग्यो २० हजार नेपाली

काठमाडौँ । रोमानियाले यो वर्ष २० हजार नेपालीलाई वैदेशिक रोजगारीका लागि लैजाने भएको छ । सन् २०२४ का लागि विभिन्न क्षेत्रमा काम गर्नका लागि २० हजार नेपाली माग गरेको हो । हाल ६ हजार जनालाई रोजगारीका लागि आएका मागपत्रहरू प्रमाणीकरण हुन सकेका छैनन् । ती मागपत्रहरू प्रमाणीकरण गरिएसँगै यो वर्षभित्रमा २० हजार श्रमिकलाई रोजगारका लागि माग गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता राजिव पोखरेलले बताए । रोमानियासँग कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि श्रम समझदारी भएको थियो । यूरोपेली मुलुक, रोमानिया नेपाली श्रमिकहरुका लागि आकर्षित र सुरक्षित श्रम गन्तव्यको रुपमा रहँदै आएको छ । समझदारीपछि महिला श्रमिकहरुलाई समेत लक्षित गरी सुरक्षित वैदेशिक रोजगारी लगायतका विषयलाई समेत प्राथमिकतामा राखेर आपसी सहकार्य गर्ने चाहना रोमानियाले राखेको थियो । दोहोरो करार, आधारभूत अंग्रेजी भाषाको ज्ञान तथा व्यवसायिक सीपजस्ता विषयहरुमा आपसी समन्वय र सहकार्यबाट समाधान र व्यवस्थापन गर्ने समेत सहमति कायम भएको थियो । हाल रोमानियामा नेपाली श्रमिकहरू व्यक्तिगत श्रम स्वीकृति लिएर जाने गरेका छन् । एजेण्टहरूलाई लाखौं रूपैयाँ तिरेर उनीहरू वैदेशिक रोजगारीका लागि रोमानिया जान बाध्य हुँदै आएका थिए ।

भरतपुर महानगरको सार्वजनिक सुनुवाईस् विकास निर्माण र सेवाप्रवाहबाट अधिकांश नागरिक सन्तुष्ट

चितवन ।भरतपुर महानगरपालिकाको आयोजनामा चालु आर्थिक वर्षको प्रथम चौमासिक (साउन–कातिक) सम्ममा भएका कामको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार वडा नम्बर २२ पटिहानी स्थित अम्ब्रेलन स्ट्रिटमा सम्पन्न भएको छ। सार्वजनिक सुनुवाईका क्रममा वडाबासीले महानगरबाट प्राप्त गर्ने सेवाको अझै जनमुखी बनाउन सुझाव दिएका छन् । उनीहरुले महानगरको विकास निर्माण र सेवाप्रवाहबाट सन्तुष्ट रहेको बताएका छन् । कार्यक्रमको सहजीकरण गरेको भ्रष्टाचार विरुद्ध अभियान चितवनले सार्वजनिक गरेको प्रतिवेदनमा महानगरका वडा र महानगर कार्यालयमा आउने सेवाग्राहीसँग सर्वेक्षणमा सो कुरा बताईएको छ । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरमा साझेदार निकाय, संघीय सरकार र प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणका कामहरूमा गुणस्तर लगायत कुनै पनि कुरामा गुनासो नआउने गरी काम गर्न निर्देशन दिइन्। उनले महानगर गोरवको आयोजनाको रुपमा रहेको सिटिहल निर्माण सम्पन्न हुने चरणमा रहेको बताउदै क्रिकेट रंगशालाको काम समेत एक महिना भित्र सबै प्रक्रिया पुरा गरि अलपत्र निर्माण कार्य सुचारु हुने उनले बताइन्। उनले महानगर अब विकास र समृद्धिका बाटाहरुसगौ आर्थिक विकासका लागि जनमुखी काममा थप सक्रिय बनेको स्पष्ट पारिन । यस चौमासिक प्रगति समीक्षामा नगरबासीको रचनात्मक सुझाव र विकासमा तीब्र चासो रहेको बताउँदै उनले यसलाई मनन गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन्। कार्यक्रममा बोल्दै भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महानगर योजनावद्ध र सन्तुलित विकासको नीतिलाई अवलम्बन गर्दै दिगो र आत्मनिर्भर विकासको पक्षमा काम अगाडि बढाइरहेको बताइन्। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक सुरक्षा र सुशासन कायम गर्दै अगाडि बढिरहेको बताउदै उहाँले यसलाई कायम गर्न महानगरवासीको रचनात्मक सुझाव र खबरदारी निरन्तर रहनु पर्ने बताइन्। उनले जनताको गुनासोलाइृ आत्मसाथ गर्दै सार्वजनिक सुनुवाईका गुनासोलाई थप सम्बोधन गर्ने प्रतिवद्धता जनाइन् । कार्यक्रममा चोमासिम प्रगति प्रतिवेदन पेश गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले आर्थिक बर्ष २०८० ८१ को विनियोजित ६ अर्ब ३९ करोड ७९ लाख ९० हजार रहेकोमा ४ महिनामा १४ दशमलव ३४ प्रतिशत खर्च भएको जानकारी दिए । यो कुल बजेटमा ९१ करोड ७५ लाख २२ हजार रुपैयाँ हुन आउछ । यस्तै चालु बजेट तर्फ २ करोड अर्ब ६७ करोड १४ लाख ८४ हजार रुपैयाँ विनियोजित भएकोमा ६० करोड ७८ लाख ४७ हजार २ सय ५२ रुपैया खर्च भएको बताए । जुन समग्र बजेटको २२.२४ प्रतिशत प्रगति हो । यस्तै उनले पुजीँगत तर्फ ३ अर्ब ७२ करोड ६५ लाख ६ हजार रुपैयाँ विनियोजित भएकोमा ३२ करोड ८४ लाख ३९ हजार ३० रुपैयाँ खर्च गरिएको बताए । यो समग्र पुजीगत खर्चको ८।८१ प्रतिशत हो । यसैगरि महानगरले लिएको राजश्व लक्ष्उ मध्ये प्रथम चौमासिक सम्म ३३ करोड १९ लाख ८५ हजार ७ सय ९० रुपैया राजस्व संकलन गरी प्रक्षेपण गरिएको रकमको १९ प्रतिशत राजस्व संकलन गरिएको बताए । यसैगरी न्यायिक समितिमा जम्मा ४७ वटा उजुरी प्राप्त भएकोमा ३२ वटा फर्छयौट भएको छ । भने यस चौमासिकमा ऐन, कार्यविधि, मापदण्ड गरि जम्मा १० वटा कानून निर्माण भएका छन्। कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले महानगरले जनमुखी भई नागरिकलाई सन्तुष्ट पार्न सफल भएकोमा खुसी व्यक्त गरे। कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्की, विभिन्न महाशाखाका प्रमुखहरुले जनताले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

२० अंकले बढ्यो सेयर बजार, १ अर्बबढिको कारोबार

काठमाडौं । मंगलबार २३ अंकले घटेको सेयर बजार बुधबार भने २०.६७ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १८५० विन्दुमा कायम भएको छ । सेयर बजार बढ्दा कारोबार रकम पनि बढेको छ । मंगलबार ९५ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार १ अर्ब ८ करोडको कारोबार भयो । कुल १९५ कम्पनीको मूल्य बढ्दा ४० को मात्रै घट्यो भने ३ को स्थिर रह्यो । सबै उपसमूहका सूचक बढेका छन् । होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै ३.४९ प्रतिशत बढेको छ । त्यस्तै हाइड्रोपावर उपसमूह २.३ प्रतिशत बढ्यो । अंकका आधारमा वाणिज्य बैंक समूह ३, विकास बैंक ६, फाइनान्स २०, होटल तथा पर्यटन १६७, जलविद्युत् ४५, जीवन बीमा १०९, उत्पादन ८७, माइक्रोफाइनान्स २३, निर्जीवन बीमा १२२, अन्य २५ र ब्यापाार उपसमूह २८ अंक बढे । बुद्धभूमि हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर र माथिल्लो मैलुङखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै थ्रीस्टार हाइड्रोपावरको ९.७, पिपुल्स हाइड्रोपावरको ९.४, सोनापुर मिनरल्सको ८.६ प्रतिशत मूल्य बढ्यो । सयपत्री हाइड्रोपावरको ८.१, स्वाभिमान लघुवित्तको ५.९ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, प्राइम कमर्सियल बैंक संस्थापक, मुक्तिनाथ विकास बैंक संस्थापक, हाथवे इन्भेस्टमेन्ट र हिमालयन डिस्टिलरी कम्पनी क्रमशः अगाडि रहे ।

सेवा निर्यात बापत नेपालले पहिलो पटक दुई खर्ब बराबरको विदेशी मुद्रा आर्जन गर्ने

काठमाडौं । सेवा निर्यात बापत नेपालले पहिलो पटक दुई खर्ब रुपियाँभन्दा बढी बराबरको विदेशी मुद्रा आर्जन गर्ने भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को राष्ट्रिय लेखा तथ्याङ्कअनुसार मुलुकको सेवा निर्यात चालु मूल्यमा दुई खर्ब दुई अर्ब ९७ करोड रुपियाँ पुग्ने अनुमान गरिएको हो। खासगरी पर्यटन क्षेत्रमा आएको सुधारका कारण होटल सेवा बिक्री बढ्दा यस वर्ष सेवा निर्यातबाट हुने आम्दानीमा सुधार आउने अवस्था बनेको कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । “यस वर्ष नेपाल भित्रिने पर्यटकको सङ्ख्या पछिल्ला वर्षभन्दा धेरै बढेकाले त्यसबापतको आयमा व्यापक सुधार आएको छ,” उनले भने। नेपाल पर्यटन बोर्डका अनुसार २०७९ साउनदेखि २०८० वैशाख मध्यसम्म साढे छ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्। जुन त्यसअघिको सोही अवधिको तुलनामा डेढ लाखभन्दा बढी हो। नेपालले विशेष गरी पर्यटन, शिक्षा, यातायात तथा सूचना प्रविधिजस्ता सेवा बिक्री गरेर विदेशी मुद्रा आर्जन गर्दै आएको छ। जसको लेखाङ्कन नेपाल राष्ट्र बैङ्कले गर्छ। यसबाहेक वस्तु निर्यातबापतको हिसाबकिताब भने भन्सार विभागले राख्ने गर्छ। तथ्याङ्क कार्यालयका अनुसार चालु आवमा वस्तु निर्यात भने एक खर्ब ८२ अर्ब १३ करोड रुपियाँ पुग्ने अनुमान छ। यस हिसाबले वस्तु निर्यातभन्दा नेपालले सेवा निर्यातबाट यस वर्ष बढी आम्दानी गर्ने देखिएको छ। राष्ट्र बैङ्कका अनुसार चालु आवको आठ महिनासम्म नेपालले भ्रमण शीर्षकअन्तर्गत ३७ अर्ब १२ करोड रुपियाँ विदेशी मुद्रा आर्जन गरेको छ। जुन गत आवको आठ महिनाको तुलनामा करिब शतप्रतिशतले बढी हो। गत चैतसम्म नेपालले सोही शीर्षकमा १८ अर्ब ६९ करोड रुपियाँ बराबरको विदेशी मुद्रा आम्दानी गरेको थियो। यो गोरखापत्र दैनिकमा आज प्रकासित समाचार हो ।

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

एमालेद्धारा हार स्वीकार : चुनाव हार्नुको मूख्य कारण अन्तरघात

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते भएको स्थानीय तह चुनावमा एमालेकाे हार स्वीकार गरेका छन् । उनले पार्टीले हार्नुको मुख्य कारण अन्तरघात भएको बताएका छन्। बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले अन्य दलका कारण नभई एमालेकै कारण चुनाव हारिएको बताएका हुन्। ‘अरू पार्टीका कारण होइन ‍यसपटक एमालेमा अन्तरघात भयो। यस्तो गर्न कहाँबाट सिकेछन्, यस विषयमा बृहत्‌ रूपमा समीक्षा गरिनुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने , ‘चार महानगरमा हामीले उपमेयर जित्यौं तर मेयर जित्न सकेनौं। भकाभक उपमेयर जित्ने, मेयर हार्ने भन्ने हुँदैन।’ ओलीले माधव नेपालको पार्टीमा समेत यस्तो अन्तरघात नभएको बताए। ‘अरू पार्टीमा नभएको यस्तो अन्तरघात हाम्रो पार्टीमा मात्रै कसरी भयो हामीले खोज्नुपर्छ,’ ओलीले बैठकमा भने,‘अर्को कारण राज्यसत्ताको चरम दुरूपयोग भयो। केही ठाउँमा हाम्रा साथीहरूको हत्यासम्म भयो। लोकतन्त्रको चीरहरण गर्ने काम भयो। त्यसले पनि हाम्रो मतमा प्रभाव पार्‍यो।’ वैशाख ३० गते भएको निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ। अब काठमाडौं महानगरसहित ६ पालिकामा मात्र अन्तिम परिणाम आउन बाँकी छ। एमाले यसपालि दोस्रो दल बनेको छ। २०७४ को चुनावमा २९४ पालिका जितेको एमाले यसपालि २०३ पालिका मात्रै मेयर –अध्यक्ष जितेको छ। चुनावी परिणामपछि ओलीले पहिलो पटक बुधबार यसबारे प्रतिक्रिया दिएका हुन्।

काठमाडौले रुचाएन काँग्रेस–एमाले, स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह उर्फ बालेन शाह विजयी भएका छन् । मतगणना सकिनुअघि नै उनले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएर उनी विजयी बनेका हुन् । अब काठमाडौं महानगरपालिकामा १९ हजार ३२३ मत गन्न बाँकी छ भने हालसम्म काठमाडौं महानगरपालिकामा १ लाख ७१ हजार ८०२ मत गनिएको छ ।   साहको एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितसँग २१ हजार १२१ र सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठसँग २० हजार ३७६ को मतान्तर छ । काठमाडौं महानगरपालिकामा काँग्रेस र एमालेको बलियो संगठनलाई तोड्दै साह विजयी भएका हुन् । यस्तै उप मेयरमा भने एमालेकी सुनिता डंगोल भारी मतान्तरका साथ विजयी भएकी छन् ।

नेपाल vs मरिसस: पहिलो हाफसम्म गोलरहित बराबरी

काठमाडौं, १५ । नेपाल र मरिससबीच अहिले भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । खेल त्रिपुरेश्वरस्थित् दशरथ रंगशालामा भइरहेको हो । खेलको शुरुदेखि नै नेपालमाथि आक्रामक दबाब राख्न सफल मौरिससका खेलाडीले गोल भने गर्न सकेनन् । नेपाललाई समेत गोल गर्ने केही मौका पाइएको भएपनि नेपालले समेत गोल गर्न नसक्दा पहिलो हाफसम्म कुनै टीमले गोल गर्न सकेनन् । नेपलाका सुमन लामाले पेनाल्टी क्षेत्र बाहिरबाट हानेको दुई प्रहारले पोस्टको दिशा लिन सकेन । पहिलो हाफ सकिन १० मिनेट बाँकी हुँदा मोरिससले एउटा राम्रो ‘मुभ’ बनाएको थियो । तर, एड्रिइन फ्रोन्कोइसको प्रहारलाई नेपालका गोलकिपर किरण चेम्जोङले बचाएका थिए । अखिल नेपाल फुटबल संघले मैदानमा सीमित दर्शकलाई प्रवेश दिएको छ । दर्शक बढेसँगै कोरोनाबाट सुरक्षा मापदण्ड भने पालना गरिएको छैन । नेपालको टिम गोलकिपर : किरण चेम्जोङ (कप्तान) रक्षापंक्ति : सुमन अर्याल, दिनेश राजवंशी, देवेन्द्र तामाङ र गौतम श्रेष्ठ मिडफिल्ड : सुरजज्यु ठकुरी, सुमन लामा र तेज तामाङ फरवार्ड : अञ्जन विष्ट, विमल घर्तीमगर र सुनील बल । वैकल्पिक खेलाडी : सुदीप गुरुङ, विशाल राई, सुजल श्रेष्ठ, मनीष डाँगी, आशिष लामा, दर्शन गुरुङ, नितिन थापा, आकाश बुढागमर, क्रितिशरन्त छुन्जु र जगजित श्रेष्ठ ।

सुनिल शर्मालाई सिंहदरबारमैं दलियाे कालाेमाेसाे

काठमाडौं । काठमाडौं मेडिकल कलेजकाविद्यार्थीहरुले कार्यकारी अध्यक्ष सुनिल शर्मालाई सिहदर कालोमोसो दलेका छन् । शिक्षा मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा मन्त्रालय परिसरमै सोही कलेजमा अध्ययनरत विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् । पाँच जनाको समूहमा रहेका विद्यार्थीले ‘नमस्कार सर’ भनेर शर्मालाई सम्बाेधन गरेका थिए । शर्माले नमस्कार समेत फर्काउन नपाउँदै विद्यार्थीले कालोमोसो दलेका हुन् । कालोमोसो दल्ने पाँच जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । उनीहरूले आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विरोध गर्दै आइरहेका छन् । शुक्रबार मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो । बैठकमा शर्माले मेडिकल कलेजको सुविधा र संरचनाअनुसार कलेजले रकम लिन पाउनुपर्ने धारणा राखेका थिए । बैठकले गरेको पाँच निर्णयमा पनि शर्माले फरक मत ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । यसअघि पनि हिजाे मात्रै विद्यार्थीहरुले शर्माकाे पुत्लादहन गरेका थिए ।